९४. वास्तविक काम गर्दा मैले के प्राप्त गरेँ

शिरान, चीन

नोभेम्बर २०२१ मा, म मण्डली अगुवा चयन भएँ। सुरुमा, मैले मेरा सहकर्मीहरूबाट सक्रिय भएर सिकेँ र विभिन्न कार्यमा सहभागी भएँ, र यो अलि व्यस्त र थकाइलाग्दो भए तापनि, मैले साँच्चै सन्तुष्टि महसुस गरेँ। केही समयपछि, मैले मण्डलीको काममा विभिन्न पक्षको जाँच र अनुगमन गर्नुपर्ने, अनि त्यहाँ रहेका समस्याहरूको समाधानमा सहभागी हुनुपर्ने, र यसका लागि धेरै समय र ऊर्जा खर्च हुने पाएँ। मैले सोचेँ, “यदि म हरेक काममा साँच्चिकै सहभागी भएँ भने, के म झन् बढी व्यस्त र थकित हुनेछैन र?” त्यतिबेला, म सुसमाचारको कामका लागि जिम्मेवार थिएँ, तर सुरु गर्दा मैले नबुझेका धेरै कुरा थिए, र काम राम्ररी गर्नका लागि, मैले सिक्न र खोजी गर्न धेरै समय र ऊर्जा खर्च गर्नुपर्थ्यो। मैले मो लीलाई सम्झिएँ, जो पहिले अगुवा थिइन्, र सुसमाचारको काम कसरी कार्यान्वयन र अनुगमन गर्ने भन्नेबारे उनी मभन्दा राम्ररी बुझ्थिन्। मलाई सुसमाचारको कामको सुपरिवेक्षण उनले नै गर्दा ठीक हुन्छ, र अनुभवी व्यक्तिले काम सम्हाल्दा, मेरा लागि कामकुराहरू धेरै सजिलो हुनेछन् भन्‍ने लाग्यो। त्यसपछि, मैले मो लीलाई केही समयका लागि सुसमाचारको कामको सुपरिवेक्षण गर्न दिएँ, र हरेक भेलामा सुसमाचारको काम कस्तो भइरहेको छ भनेर उनीसँग सोध्ने मात्र गर्थेँ। आवश्यक सबै काम कार्यान्वयन भइसकेको छ भनेर उनले बताउँदा म सुन्थेँ, त्यसैले म उनलाई विस्तृत विवरण सोध्दिनथेँ र उनलाई कामको नजिकबाट अनुगमन गर्न मात्र भन्थेँ। त्यतिबेला, मलाई थाहा थियो, अगुवाका रूपमा मैले कामको विस्तृत विवरणको अनुगमन गर्नुपर्छ, तर म आफैलाई धेरै थकाउन चाहँदैनथेँ। मो ली इन्चार्ज भएकाले ठीकै छ भन्‍ने मलाई लाग्यो, त्यसैले म सुसमाचारको कामबारे विरलै सोधपुछ गर्थेँ। केही समयपछि, माथिल्ला अगुवाहरूले एउटा पत्र पठाएर सुसमाचार स्विकार्ने सम्भावना भएका कुन-कुन व्यक्तिहरूलाई प्रचार गर्न सकिन्छ, र कुन-कुनलाई सकिँदैन भनेर सोधे। म छक्क परेँ किनकि मैले यी खास विवरणहरू बुझेको थिइनँ। त्यसैले मैले यसबारे मो लीलाई सोधेँ, तर उनले आफूसँग यसबारे सामान्य बुझाइ मात्र भएको, र सुसमाचार स्विकार्ने सम्भावना भएका हरेक व्यक्तिबारे उनलाई पनि खास कुरा थाहा नभएको अनि उनले वास्तवमा तिनीहरूको अनुगमन नगरेको कुरा बताइन्। यो सुनेर मलाई रिस उठ्यो, र मैले सोचेँ, “तपाईँले सुसमाचारको कामको सुपरिवेक्षण गरिरहनुभएको छ, तैपनि तपाईँले यसको विस्तृत विवरण बुझ्नुभएको छैन! तपाईँले वास्तविक काम गरिरहनुभएको छैन!” पछि, मैले विस्तृत विवरणहरूको जाँच गरेँ, र बल्ल मैले के थाहा पाएँ भने सुसमाचारको कामको बन्दोबस्त कार्यान्वयन गर्ने मो लीको सामान्य तरिका भनेको ब्रदर-सिस्टरहरूसँग बसेर ती पढ्नु मात्र रहेछ, र उनले कुनै विस्तृत सङ्गति वा बन्दोबस्त गरिरहेकी थिइनन्। ब्रदर-सिस्टरहरूले यो कुरा रिपोर्ट गरेको सुनेपछि, मलाई बेचैनी महसुस भयो, मो ली आफ्ना कर्तव्यमा यति धेरै झाराटारुवा भएकी रहिछिन् भन्‍ने लाग्यो। त्यतिबेला, मुख्य समस्या ममै छ भन्‍ने पनि मैले महसुस गरेँ। म प्रायजसो भेलाहरूमा कामको बन्दोबस्त मात्र गर्थेँ, र मैले ब्रदर-सिस्टरहरूलाई आफ्ना कर्तव्यमा बढी मेहनत गर्न, र कठिनाइहरूको सामना गर्दा परमेश्‍वरमा भर पर्न भने तापनि, म वास्तवमा धर्मसिद्धान्त र नाराहरूमा मात्र कुरा गरिरहेको हुन्थेँ, र कामको विस्तृत विवरणबारे विरलै सोधपुछ गर्थेँ, जुन कामबाट पन्छिनुजस्तै थियो। सुसमाचारको काममा जस्तै, मो लीलाई काम सुम्पिएपछि, उनले काम राम्ररी सिध्याउने प्रतीक्षा मात्र गर्थेँ भने मचाहिँ आरामले बसेर फाइदा उठाउने गर्थेँ। यसरी मैले आफ्ना कर्तव्य कसरी राम्ररी निर्वाह गर्न सक्थेँ र? काममा देखिएका समस्याहरू सबै मेरो आराममा लिप्त हुने बानी र झाराटारुवा हुनुले गर्दा भएका थिए। मलाई याद छ, त्यतिबेला सुसमाचार स्विकार्ने सम्भावना भएका दुई जना व्यक्ति थिए, तर मैले समयमै तिनीहरूको जाँच वा अनुगमन नगरेकाले, तिनीहरूलाई सुसमाचार प्रचार गर्न ढिलाइ भयो। पछि, प्रचारकले मलाई चेतावनी दिए, “तपाईँ अगुवा हुनुभएको एक महिना भइसक्यो; किन अझै पनि तपाईँले यी कामहरू बुझ्नुभएको छैन? तपाईँले वास्तवमै आत्मचिन्तन गर्नुपर्छ।”

आफ्नो उपासनाको समयमा, मैले परमेश्‍वरका वचन पढेँ: “झूटा अगुवाहरूको कामको प्रमुख विशेषता भनेको धर्मसिद्धान्तबारे बकबक गरिरहने र नाराहरू भट्याइरहने हो। आफ्‍ना आदेशहरू जारी गरिसकेपछि, तिनीहरूले त्यस मामलाबाट हात झिकिहाल्छन्। तिनीहरूले कामको त्यसपछिको विकासबारे प्रश्‍नहरू सोध्दैनन्; तिनीहरूले कुनै समस्या, विचलन, वा कठिनाइहरू उत्पन्‍न भए कि भनेर सोध्दैनन्। तिनीहरूले काम अह्राउनेबित्तिकै आफ्नो काम सकिएको मान्छन्। वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नैपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनका लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरू पहिचान गर्न सक्छस्, र त्यसरी तैँले कामको अनुगमन गर्न सक्‍नेछस्। सम्‍बन्धित पेसासित तँ परिचित भए पनि नभए पनि वा तैँले त्यसलाई बुझे पनि नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको नेतृत्व लिनुपर्छ, यसको अनुगमन गर्नुपर्छ, र निरन्तर रूपमा यसको प्रगतिबारे सोधपुछ गर्नुपर्छ र प्रश्‍नहरू सोध्नुपर्छ। तैँले यस्ता मामलाहरूको बोध कायम राख्‍नुपर्छ; यो तेरो जिम्‍मेवारी हो, यो तेरो कामकै पाटो हो। कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु, यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, उत्पन्न भएका समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, र कामको प्रगति वा प्रभावकारिता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। “झूटा अगुवाहरूले कार्यप्रगतिबारे थाहा नपाउने, र त्यसमा उत्पन्‍न हुने समस्याहरू तुरुन्तै पहिचान गर्न नसक्ने, तिनलाई समाधान त झन गर्नै नसक्ने हुनाले, यसले प्राय: बारम्बार ढिलाइहरू सिर्जना गर्छ। निश्‍चित कार्यमा, मानिसहरूले सिद्धान्तहरू नबुझेका हुने र यसको जिम्‍मेवारी लिने वा नेतृत्व लिने कुनै पनि उपयुक्त व्यक्ति नहुने हुनाले, काम गर्नेहरू प्रायजसो नकारात्मकता, निष्क्रियता, र प्रतीक्षाका स्थितिमा हुन्छन्, जसले कामको प्रगतिलाई गम्भीर रूपमा असर पार्छ। यदि अगुवाहरूले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरेका थिए भने—यदि तिनीहरूले कामको नेतृत्व लिएका थिए, त्यसलाई अघि सारेका थिए, त्यसको सुपरिवेक्षण गरेका थिए, र उक्त कामलाई मार्गदर्शन गर्न उक्त क्षेत्र बुझेको व्यक्ति भेट्टाएका थिए भने, काममा बारम्बार ढिलाइ हुनुको सट्टा त्यो तीव्र गतिमा अघि बढेको हुनेथ्यो। त्यसकारण, अगुवाहरूले कामको स्थितिबारे बुझ्नु र त्यसलाई बोध गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, अगुवाहरूले कार्यप्रगतिबारे बुझ्न र त्यसलाई बोध गर्न पनि अत्यन्तै जरूरी हुन्छ, किनभने कामको प्रगति त्यस कामको प्रभावकारिता र त्यसबाट प्राप्त हुनुपर्ने नतिजाहरूसँग सम्बन्धित हुन्छ। यदि अगुवा वा कामदारहरूले मण्डलीको काम के-कसरी अघि बढिरहेको छ भन्‍नेबारे बोध गरेका छैनन्, र तिनीहरूले कामकुराको अनुगमन वा सुपरिवेक्षण गर्दैनन् भने, मण्डलीको कामको प्रगति निश्‍चय नै ढिलो हुनेछ। कर्तव्य निर्वाह गर्ने अधिकांश मानिसहरू अत्यन्तै बदमास हुने, तिनीहरूमा बोझ लिनुपर्छ भन्‍ने भावना नहुने, र तिनीहरू प्राय: नकारात्मक, निष्क्रिय र झाराटारुवा हुने भएकाले यस्तो हुने हो। यदि ठोस रूपमा कामको जिम्‍मेवारी लिने, कामको प्रगतिबारे सामयिक रूपमा जानकारी लिने, र कर्तव्य निर्वाह गर्ने कर्मचारीहरूलाई मार्गदर्शन गर्ने, सुपरिवेक्षण गर्ने, अनुशासनमा राख्‍ने वा काटछाँट गर्ने बोझ लिनुपर्छ भन्‍ने भावना र कार्य सामर्थ्य भएको कोही पनि छैन भने, स्वाभाविक रूपमा, कार्य प्रभावकारिताको स्तर निकै खस्किन्छ र कामका नतिजाहरू निकै कमजोर हुनेछन्। यदि अगुवा र कामदारहरूले योसमेत प्रस्टसित देख्न सक्दैनन् भने, तिनीहरू मूर्ख र अन्धा हुन्। त्यसैले, अगुवा र कामदारहरूले तुरुन्तै कामको प्रगतिको छानबिन, अनुगमन र बोध गर्नुपर्छ, कर्तव्य निभाउने मानिसहरूमा समाधान गर्नुपर्ने कस्ता समस्याहरू छन् भनी छानबिन गर्नुपर्छ, र अझ राम्रा नतिजाहरू प्राप्त गर्न कुन समस्याहरू समाधान गर्नुपर्छ भनी बुझ्नुपर्छ। यी सबै कुरा अत्यन्तै महत्त्वपूर्ण छन्, अगुवाका रूपमा काम गर्ने व्यक्ति यी कुराबारे प्रस्ट हुनैपर्छ। तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न, तँ केही सतही काम गर्ने र त्यसपछि आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको छु भन्ठान्ने झूटो अगुवाजस्तो बन्नै हुँदैन। झूटा अगुवाहरू आफ्नो काममा लापर्बाह र असावधान हुन्छन्, तिनीहरूमा जिम्मेवारी बोध हुँदैन, समस्याहरू उत्पन्‍न हुँदा तिनीहरूले ती समाधान गर्दैनन्, र तिनीहरूले जे काम गरिरहेका भए पनि, तिनीहरू त्यो गरेजस्तो मात्र गर्छन् र त्यो कामलाई झाराटारुवा तरिकाले लिन्छन्; तिनीहरू केवल ठूला कुरा गर्छन्, धर्मसिद्धान्त र खोक्रो कुरा ओकल्छन्, र आफ्नो काममा झारा टार्छन्। सामान्यतया, झूटा अगुवाहरूले यस्तै स्थितिमा काम गर्छन्। ख्रीष्टविरोधीहरूका तुलनामा झूटा अगुवाहरूले खुलेआम दुष्ट केही नगर्ने र जानाजान दुष्टता नगर्ने भए पनि, तिनीहरूको कार्य प्रभावकारितालाई हेर्दा, तिनीहरूलाई झाराटारुवा, बोझ नउठाउने, गैरजिम्मेवार हुने र आफ्नो कर्तव्यप्रति बफादारी नभएको भनी चित्रण गर्नु उचित हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरका वचनले अगुवा र कामदारहरूको आफ्ना काममा हुनुपर्ने मनोवृत्ति औँल्याएका छन्, अर्थात्, कामको प्रगतिको सक्रिय रूपमा अनुगमन, सोधपुछ र जाँच गर्ने, अनि विभिन्न समस्या र कठिनाइहरू समाधान गर्दै कामको सहज प्रगति सुनिश्चित गर्ने। यी नै अगुवा र कामदारहरूका जिम्मेवारी हुन्। यदि कोही अनुभवहीन छ भने पनि, उसले व्यावसायिक सीप बुझेकाहरूबाट सिक्न सक्छ, र यसबाट अभ्यासका सिद्धान्तहरू फेला पारी कामको अनुगमन गर्न सक्षम हुन सक्छ। तर झूटो अगुवाले कामको वर्तमान अवस्थाहरू वा प्रगति बुझ्दैन, र हरेक कामले हासिल गर्नुपर्ने नतिजा वा मानिसहरूको अवस्था कस्तो छ भन्‍ने बुझ्दैन। ऊ सतही र लापरवाह तरिकाले काम गर्छ, केवल झारा टार्छ र वास्तविक काम गर्दैन, जसले गर्दा काम अघि बढ्दैन। परमेश्‍वरले जे खुलासा गर्नुभयो त्यो ठ्याक्कै मेरो व्यवहार थियो। सुसमाचारको काममा, मैले सुरुमा नबुझेको कुरालाई बहाना बनाएँ र मो लीलाई सुपरिवेक्षण गर्न त्यो काम सुम्पेँ। उनी पहिले अगुवा भइसकेकी र सुसमाचारको कामसँग परिचित भएकीले, उनले यो जिम्मेवारी लिन सक्छिन् भन्‍ने मैले ठानेँ, तर पछि, मैले वास्तवमा सुसमाचार स्विकार्ने सम्भावना भएका कति जना व्यक्तिलाई प्रचार गर्न सकिन्छ, वा ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्यमा के-कस्ता समस्या वा कठिनाइहरू सामना गरिरहेका छन् भनेर अनुगमन वा सोधपुछ गरिनँ। मैले त मो लीले सबै काम कार्यान्वयन भइसकेको बताएकी र कुनै कठिनाइ उल्लेख नगरेकीले, मैले धेरै चिन्ता लिनुपर्दैन भन्‍ने समेत सोचेँ, र त्यसैले म सुसमाचारको काममा सहभागी भइनँ। अगुवाका रूपमा, कामका सबै पक्षको प्रगति र स्थितिको अनुगमन, जाँच र सुपरिवेक्षण गर्ने जिम्मेवारी मेरो थियो, र मैले मो लीलाई सुसमाचारको कामको सुपरिवेक्षण गर्न दिए पनि, मैले अझै पनि त्यसको विस्तृत विवरणको अनुगमन, निरीक्षण र जाँच गर्नुपर्थ्यो। यदि कामले नतिजाहरू दिइरहेको थिएन भने, मैले त्यसका कारणहरू पत्ता लगाई समयमै समस्या र कठिनाइहरू समाधान गर्नुपर्थ्यो। तर मैले काम अरूलाई पन्छाएँ, र वास्ता नगर्ने मनोवृत्ति अपनाउन थालेँ, र नतिजास्वरूप, सुसमाचारको काममा ढिलाइ भयो। बाहिरी रूपमा हेर्दा, मैले कुनै स्पष्ट दुष्टता नगरी वा बाधा नपुर्‍याई आफ्ना कर्तव्य निर्वाह गरिरहेको जस्तो देखिन्थ्यो, तर अगुवाका रूपमा, म देहको ख्याल राख्दै थिएँ र वास्तविक काम गरिरहेको थिइनँ, र यसले गर्दा सुसमाचारको कामले नतिजाहरू दिन सकेन। म एउटा झूटो अगुवा थिएँ, र म यस कर्तव्यका लागि पूर्ण रूपमा अयोग्य थिएँ। यसबारे सोच्दा, मलाई गहिरो पछुतो लाग्यो। म यसरी नै अघि बढिरहन सक्दिनथेँ, र मैले आफ्ना कर्तव्यप्रतिको मनोवृत्ति तुरुन्तै बदल्नुपर्थ्यो। त्यसपछि, मैले सुसमाचारको कामको वास्तवमै अनुगमन गर्न थालेँ, र काममा समस्याहरू फेला पर्दा, तिनको समाधान गर्न सङ्गति गरेँ। सुसमाचारको कामले बिस्तारै नतिजाहरू दिन थाल्यो। केही समय काम गरेपछि, आफू अलिकति बदलिएको छु भन्‍ने मलाई लाग्यो, तर अचम्मको कुरा, त्यसको केही समयपछि नै, म फेरि खुलासा भएँ।

केही महिनापछि, मलाई अर्को मण्डलीको अगुवामा सरुवा गरियो, जहाँ मेरो मुख्य जिम्मेवारी मण्डलीको सफा गर्ने कामको निरीक्षण गर्नु थियो। अविश्‍वासी र दुष्ट मानिसहरूलाई सफा गर्ने केही सामग्रीहरू अपूरो भएको र तिनमा थप तथ्यगत प्रमाण आवश्यक भएको मैले देखेँ, त्यसैले मैले सफा गर्ने काम गरिरहेका ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेँ। तर, उनीहरूले भर्खरै तालिम सुरु गरेकाले, उनीहरूले सिद्धान्तहरू बुझेका थिएनन् र मुख्य बुँदाहरूलाई पक्रन सकेका थिएनन्, जसले गर्दा उनीहरूले थपेका सामग्रीहरू अपूरो हुन्थे र बारम्बार सच्याउनुपर्थ्यो। एक पटक, उनीहरूले थपेका सामग्रीहरूमा अझै विस्तृत विवरणको कमी भएको देखेँ, र मैले मनमनै सोचेँ, “मैले यी सिद्धान्तहरूबारे कयौँ पटक सङ्गति गरिसकेँ। उनीहरूले सिद्धान्तमा बुझे पनि, व्यवहारमा फरक परिस्थितिहरूको सामना गर्दा, उनीहरूलाई के गर्ने भन्‍ने थाहा हुँदैन। उनीहरूलाई कामको गतिमा ल्याउनका लागि मैले वास्तवमै केही सामग्रीहरू सङ्कलन र व्यवस्थित गर्न उनीहरूलाई मार्गदर्शन गर्नुपर्छ जस्तो छ। यसरी, उनीहरूको कर्तव्यहरू अझ दक्षतापूर्वक निर्वाह हुनेछ।” तर त्यसपछि मैले पुनर्विचार गरेँ, “यदि मैले उनीहरूलाई सफा गर्ने सामग्रीहरू जुटाउन मदत गरेँ भने, यसले धेरै समय र ऊर्जा लिनेछ। म पहिले नै आफ्ना कर्तव्यमा धेरै व्यस्त छु, त्यसैले त्यो कति थकाइलाग्दो होला? यसबाहेक, मैले यी कामहरूलाई बेवास्ता गरिरहेको छैन; उनीहरूले तालिम लिनुपर्छ, र मैले उनीहरूको सुपरिवेक्षण र जाँच मात्र गर्दा ठीकै हुनुपर्छ। यसरी मात्र उनीहरूले केही प्रगति गर्न सक्छन्।” यी कुराहरू मनमा राखेर, मैले उनीहरूलाई सङ्गति र विश्लेषण मात्र प्रदान गरेँ, र ती सामग्रीहरू उनीहरू आफैलाई थप्न दिएँ। तर थपिएका सामग्रीहरूमा अझै पनि कमीकमजोरीहरू थिए, र धेरै सामग्रीहरूमा बारम्बार काम गरिरहनुपर्‍यो, जसले गर्दा प्रगतिमा गम्भीर ढिलाइ भयो। पछि, एउटा भेलाको दौरान, माथिल्ला अगुवाहरूले सफा गर्ने काम कसरी भइरहेको छ भनेर थाहा पाए र मलाई औंल्याउँदै भने, “तपाईँले ब्रदर-सिस्टरहरूलाई यी कामहरूबारे सङ्गति र विश्लेषण प्रदान गर्नुभएको भए तापनि, उनीहरूले हरेक सामग्री धेरै पटक थप्नुपरेको छ, र यसले प्रगतिमा धेरै ढिलाइ गरेको छ। अहिलेको अवस्थामा, तपाईँले उनीहरूसँगै मिलेर यी सामग्रीहरू सङ्कलन र व्यवस्थित गर्नुपर्छ, उनीहरूलाई वास्तवमै तालिम दिनुपर्छ, र उनीहरूको कर्तव्यहरूको दक्षतामा सुधार ल्याउनुपर्छ। यो पनि अगुवाको जिम्मेवारी हो।” अगुवाहरूले मलाई यो कुरा औंल्याएको सुन्दा, मलाई केही हदसम्म दोषी महसुस भयो। यदि म वास्तवमै यस काममा सहभागी भएको भए, काममा यति लामो समयसम्म ढिलाइ हुने थिएन।

भेलाको दौरान, हामीले परमेश्‍वरका वचन पढ्यौँ: “अर्को प्रकारको झुटो अगुवा हुन्छ, जसबारे हामीले ‘अगुवा र कामदारहरूका जिम्मेवारीहरू’ भन्‍ने विषयबारे सङ्गति गर्दा बारम्बार कुरा गरेका छौँ। त्यस्ताहरूसँग केही क्षमता हुन्छ, तिनीहरू बुद्धिहीन हुँदैनन्, आफ्नो काममा तिनीहरूसँग तरिका र विधिहरू, साथै समस्याहरू समाधान गर्ने योजनाहरू हुन्छन्, र जब तिनीहरूलाई कुनै काम दिइन्छ, तिनीहरूले लगभग अपेक्षित मानकहरूअनुसार नै त्यसलाई कार्यान्वयन गर्न सक्छन्। तिनीहरूले काममा उत्पन्‍न हुने कुनै पनि समस्या पत्ता लगाउन सक्छन् र तीमध्ये केहीलाई समाधान गर्न पनि सक्छन्; जब तिनीहरूले केही मानिसहरूले रिपोर्ट गरेका समस्याहरू सुन्छन्, वा केही मानिसहरूका व्यवहार, प्रकटीकरण, बोली र कार्यहरू अवलोकन गर्छन्, तब तिनीहरूले हृदयमा प्रतिक्रिया जनाउँछन्, र तिनीहरूको आफ्नै राय र मनोवृत्ति हुन्छ। अवश्य नै, यदि यी मानिसहरूले सत्यता पछ्याउँछन् र तिनीहरूमा बोझको बोध हुन्छ भने, यी सबै समस्याहरू समाधान गर्न सकिन्छ। तर, हामीले आज सङ्गति गरिरहेका प्रकारको व्यक्तिको जिम्मेवारीमा पर्ने काममा समस्याहरू अप्रत्याशित रूपमा सुल्झिँदैनन्। त्यस्तो किन हुन्छ? किनभने यी मानिसहरू वास्तविक काम गर्दैनन्। तिनीहरू सहजता मन पराउँछन् र कडा परिश्रमलाई घृणा गर्छन्, तिनीहरू केवल सतही रूपमा झाराटारूवा मेहनत लगाइरहेका हुन्छन्, तिनीहरूलाई निष्क्रिय हुन र हैसियतका लाभहरू उपभोग गर्न मन पर्छ, तिनीहरूलाई मानिसहरूमाथि हैकम चलाउन मन पर्छ, र तिनीहरू अलिअलि मुख चलाएर केही सुझाव मात्रै दिन्छन् र आफ्नो काम सकियो भन्ठान्छन्। तिनीहरू मण्डलीको कुनै पनि वास्तविक काम वा परमेश्‍वरले तिनीहरूलाई सुम्पने महत्त्वपूर्ण कामलाई हृदयमा लिँदैनन्—तिनीहरूसँग यो बोझको बोध हुँदैन, र परमेश्‍वरको घरले यी कुराहरूमा बारम्बार जोड दिए पनि, तिनीहरूले अझै पनि तिनलाई हृदयमा लिँदैनन्। उदाहरणका लागि, तिनीहरू परमेश्‍वरको घरको चलचित्र निर्माणको काम वा लेखन-पठनको काममा हस्तक्षेप गर्न वा त्यसबारे सोधपुछ गर्न चाहँदैनन्, न त यस प्रकारका कामहरू कसरी अघि बढिरहेका छन् र तिनले कस्ता नतिजाहरू हासिल गरिरहेका छन् भनेर जाँचपड्ताल गर्ने इच्छा नै गर्छन्। तिनीहरू केही अप्रत्यक्ष सोधपुछ मात्र गर्छन्, र मानिसहरू यस काममा व्यस्त छन् र उनीहरूले यो काम गरिरहेका छन् भन्‍ने थाहा पाएपछि, तिनीहरू त्यसबारे थप सरोकार नै राख्दैनन्। तिनीहरूलाई त्यस काममा समस्याहरू छन् भन्‍ने राम्ररी थाहा हुँदा पनि, तिनीहरू अझै तिनमा सङ्गति गर्न र तिनलाई समाधान गर्न चाहँदैनन्, न त मानिसहरूले कसरी आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छन् भनेर सोधपुछ वा जाँचपड्ताल नै गर्छन्। तिनीहरू यी कुराहरूबारे किन सोधपुछ वा जाँचपड्ताल गर्दैनन्? तिनीहरू के सोच्छन् भने, यदि तिनीहरूले यी कुराहरूको जाँचपड्ताल गरे भने, तिनीहरूले समाधान गर्नुपर्ने धेरै समस्या हुनेछन्, र त्यो अति चिन्ताजनक हुनेछ। यदि तिनीहरूले जहिले पनि समस्याहरू समाधान गरिरहनुपर्‍यो भने, जीवन अत्यन्तै थकाइलाग्दो हुनेछ! यदि तिनीहरूले धेरै चिन्ता लिए भने, तिनीहरूलाई खाना मिठो लाग्न छोड्नेछ, र तिनीहरू राम्ररी निदाउन सक्नेछैनन्, तिनीहरूको देहलाई थकित महसुस हुनेछ, र त्यसपछि जीवन दुःखी हुनेछ। त्यसकारण, तिनीहरूले कुनै समस्या देख्दा सकेसम्म त्यसलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। यस प्रकारको व्यक्तिको समस्या के हो? (ऊ अत्यन्तै अल्छे हुन्छ।) ल भन्, कसको समस्या गम्भीर हुन्छ: अल्छी मानिसहरूको कि कमजोर क्षमता भएका मानिसहरूको? (अल्छी मानिसहरूको।) किन अल्छी मानिसहरूको समस्या गम्भीर हुन्छ? (कमजोर क्षमता भएका मानिसहरू अगुवा वा कामदार बन्‍न सक्दैनन्, तर आफ्नो क्षमताभित्रको कर्तव्य निर्वाह गर्दा तिनीहरू अलिक प्रभावकारी हुन सक्छन्। तर, अल्छी मानिसहरूले केही पनि गर्न सक्दैनन्; तिनीहरूसँग क्षमता नै भए पनि, त्यसको कुनै प्रभाव हुँदैन।) अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको अशक्तता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वर खुलासा गर्नुहुन्छ, झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको मुख्य कारण अल्छीपना हो। तिनीहरू देहगत आराममा लिप्त हुन्छन्, मानिसहरूलाई हुकुम चलाउन मन पराउँछन्, र समस्याहरू देख्दा पनि समाधान गर्न चाहँदैनन्। तिनीहरूसँग आफ्ना कर्तव्यप्रति बोझ वा जिम्मेवारीको कुनै बोध हुँदैन, र तिनीहरूको क्षमता जतिसुकै राम्रो भए पनि, तिनीहरू निकम्मा नै हुन्छन्। परमेश्‍वरले खुलासा गरेका झूटा अगुवाहरूका विभिन्न व्यवहारहरू मेरै व्यवहारको वर्णन गरेजस्तो लाग्यो। पछिल्लो समयमा, मेरो कर्तव्य भनेको मानिसहरूलाई हुकुम चलाउनु मात्र भएको थियो। म कुरा मात्र गर्ने बनेको थिएँ र कामकुराहरू कसरी भइरहेका छन् भनेर सतही रूपमा मात्र सोधेको हुन्थेँ। मैले नतिजाहरू खोजिनँ वा समस्याहरू समाधान गरिनँ, र सारमा, मैले वास्तविक काम गरिरहेको थिइनँ, बरु आफ्नो हैसियतको फाइदा मात्र उठाइरहेको थिएँ। विशेष गरी, मैले के देखेँ भने परमेश्‍वरले भन्नुहुन्छ अल्छी मानिसहरूमा चरित्रका समस्याहरू हुन्छन्, तिनीहरू आफ्ना कर्तव्यमा कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुन्छन्, तिनीहरूमा विवेक र समझको कमी हुन्छ, र तिनीहरूको श्रमसमेत मानकअनुरूप हुँदैन, अनि परमेश्‍वरले त्यस्ता मानिसहरूलाई साँच्चै घृणा गर्नुहुन्छ। यसले मलाई धेरै दुःखी बनायो। मैले आफ्नो हृदय र बल लगाएर कर्तव्यमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल भएको मात्र होइन, म परमेश्‍वरले घृणा गर्ने व्यक्ति पनि बनेको थिएँ। अगुवाको कर्तव्य गर्न पाउनु पहिले नै परमेश्‍वरले गर्नुभएको ठूलो उत्थान थियो, र यो परमेश्‍वरले मलाई तालिम लिन दिनुभएको मौका थियो। मैले यो कर्तव्य पूरा गर्न आफ्नो सक्दो प्रयास गर्नुपर्थ्यो, र यसले मेरो जीवनको उन्नतिलाई पनि फाइदा पुर्‍याउँथ्यो। मलाई स्पष्ट थाहा थियो, मानिसहरूलाई निकाल्ने कामका लागि सामग्री व्यवस्थित गरिरहेका ब्रदर-सिस्टरहरूले भर्खरै तालिम सुरु गरेका थिए, र उनीहरूले सिद्धान्तहरू बुझेका थिएनन्, अनि धेरै पटक थपथाप गरेपछि पनि, सामग्रीहरू अझै अपूरो थिए। यदि यस्तै चलिरह्यो भने, यसले काममा ढिलाइ गर्नेथियो। मैले यस विषयमा अझ बढी विचार गर्नुपर्थ्यो र उनीहरूलाई विस्तृत रूपमा मार्गदर्शन गर्नुपर्थ्यो। मैले उनीहरूले जतिसक्दो चाँडो सिद्धान्तहरू बुझ्न सकून् भनेर उनीहरूसँगै मिलेर व्यक्तिगत रूपमा केही सामग्रीहरू तयार पार्नुपर्थ्यो। तर मलाई त्यसो गर्दा धेरै समय र ऊर्जा खर्च हुने, जसले गर्दा शारीरिक कष्ट र थकान हुन्छ भन्‍ने लाग्यो, त्यसैले म वास्तवमा यो मुद्दा समाधान गर्न चाहन्नथेँ। मैले उनीहरूले सुधार गर्न आफै तालिम लिनुपर्छ भन्दै बहानासमेत बनाएँ। नतिजास्वरूप, धेरै सामग्री लामो समयसम्म थपिएनन्। वास्तवमा, मैले अझ बढी विचार गरेको र मूल्य चुकाएको भए यी समस्याहरू समाधान भएका हुन सक्थे, तर म धेरै अल्छी भएँ, र आफ्ना कर्तव्यमा आफ्नो देहबारे मात्र सोचेँ। मसँग झाराटारुवा मनोवृत्ति थियो, र कामप्रतिको बोझ वा जिम्मेवारीको कुनै बोध थिएन, र नतिजास्वरूप, सफा गर्ने काममा ढिलाइ भयो। यदि म यसरी नै अघि बढिरहेमा, ढिलो वा चाँडो म परमेश्‍वरद्वारा हटाइनेथिएँ। म त्यसरी नै अघि बढिरहन सक्दिनथेँ। मैले आफ्ना जिम्मेवारीहरू वहन गर्नुपर्थ्यो र परमेश्‍वरका मागहरूअनुसार आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका थप वचन पढेँ, र अगुवा र कामदारहरूले कसरी वास्तविक काम गर्छन् भन्‍नेबारे केही मार्गहरू प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कुनै कार्यका लागि प्रारम्भिक मार्गनिर्देशन प्रदान गर्दा, विशेष परिस्थितिहरूका लागि विशिष्ट कार्यान्वयन योजनाहरू प्रस्ताव गर्ने बाहेक, औसत क्षमता र तुलनात्मक रूपमा कमजोर कार्य योग्यता भएका अगुवा र कामदारहरूलाई अझ विशिष्ट र विस्तृत मार्गदर्शन दिइनुपर्छ। यी मानिसहरूले धर्मसिद्धान्तका हिसाबमा कुनै कार्य सिद्धान्तहरू र विशिष्ट कार्यान्वयन योजनाहरू बुझ्न सक्ने भए पनि, वास्तविक कार्यान्वयनको कुरा गर्नुपर्दा उनीहरूले अझै पनि तिनलाई अभ्यास गर्न जानेका हुँदैनन्। तैँले कमजोर क्षमता भएका र कार्य योग्यताको कमी भएका ती केही अगुवा र कामदारलाई कसरी व्यवहार गर्नुपर्छ? … तैँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तैँले ती मण्डलीहरूलाई ख्याल गर्नैपर्छ, जसको कमान तुलनात्मक रूपमा कमजोर र तुलनात्मक रूपमा कार्य योग्यता कम भएकाहरूले सम्हालेका छन्। अगुवा र कामदारहरूले यस्ता मामलाहरूलाई विशेष ध्यान दिनैपर्छ र विशेष मार्गनिर्देशन प्रदान गर्नैपर्छ। विशेष मार्गनिर्देशनले के जनाउँछ? सत्यताबारे सङ्गति गर्ने बाहेक, तैँले अझ विशिष्ट र विस्तृत मार्गनिर्देशन र सहायता पनि प्रदान गर्नैपर्छ, जसका लागि सञ्चारको हिसाबले अझ बढी प्रयत्न आवश्यक पर्छ। यदि तैँले उनीहरूलाई कामका बारेमा व्याख्या गरेपछि पनि उनीहरूले बुझ्दैनन्, र त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्‍ने कुरा जान्दैनन्, वा उनीहरूले धर्मसिद्धान्तको हिसाबले त्यो बुझे पनि र त्यसलाई कार्यान्वयन गर्न जानेका जस्तो देखिए पनि, तँ वास्तविक कार्यान्वयन कस्तो हुनेछ भन्‍नेबारे अझै अनिश्चित र अलि चिन्तित छस् भने, तब तैँले के गर्नुपर्छ? तँ आफै स्थानीय मण्डलीको गहिराइमा गएर उनीहरूलाई मार्गनिर्देशन गर्नुपर्छ र उनीहरूसँगै त्यो कार्य कार्यान्वयन गर्नुपर्छ। कामका बन्दोबस्तहरूका मागहरूअनुसार गर्न आवश्यक कार्यहरूसम्बन्धी विशिष्ट बन्दोबस्तहरू गर्ने क्रममा उनीहरूलाई सिद्धान्तहरू बता, जस्तै पहिला के गर्ने र त्यसपछि के गर्ने, र मानिसहरूलाई कसरी सही तरिकाले बाँडफाँड गर्ने—यी सबै कुरालाई राम्ररी व्यवस्थित गर्। यो नाराहरू मात्र फलाक्नु वा जथाभावी हुकुम दिनु, र उनीहरूलाई केही धर्मसिद्धान्तका साथ भाषण दिनु, अनि आफ्नो काम सकिएको ठान्‍नु नभई व्यावहारिक रूपमा उनीहरूलाई तिनीहरूको काममा मार्गनिर्देशन गर्नु हो—त्यो विशिष्ट काम गर्नुको प्रकटीकरण होइन, र नाराहरू फलाक्नु र मानिसहरूमाथि हैकम चलाउनु अगुवा र कामदारहरूका जिम्मेवारी होइनन्। जब स्थानीय मण्डलीका अगुवा वा सुपरिवेक्षकहरूले काम वहन गर्न सक्छन्, र काम सही मार्गमा प्रवेश गरेको हुन्छ, र मूलतः ठूला समस्याहरू केही पनि हुँदैनन्, तब मात्र अगुवा वा कामदार जान मिल्छ। यो नै कामका बन्दोबस्तहरू कार्यान्वयन गर्नका लागि अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीमा उल्लिखित पहिलो विशिष्ट कार्य हो—मार्गनिर्देशन प्रदान गर्ने। त्यसोभए, मार्गनिर्देशन ठ्याक्कै कसरी प्रदान गरिनुपर्छ त? अगुवा र कामदारहरूले पहिला कामका बन्दोबस्तहरूबारे मनन र सङ्गति गर्ने, कामका बन्दोबस्तहरूका विभिन्‍न विशिष्ट मागहरूबारे सिक्ने र बुझ्ने, साथै कामका बन्दोबस्तहरूभित्रका सिद्धान्तहरू बुझ्ने र बोध गर्ने अभ्यास गर्नुपर्छ। त्यसपछि, उनीहरूले कामका बन्दोबस्तहरू कार्यान्वयन गर्ने विशिष्ट योजनाहरूबारे सबै तहका अगुवा र कामदारहरूसँगै सङ्गति गर्नुपर्छ। त्यसबाहेक, उनीहरूले विशेष परिस्थितिहरूका लागि विशिष्ट कार्यान्वयन योजनाहरू प्रदान गर्नुपर्छ र, अन्त्यमा उनीहरूले तुलनात्मक रूपमा कमजोर र कमजोर क्षमता भएका अगुवा र कामदारहरूलाई अझ विस्तृत र विशिष्ट सहायता र निर्देशन दिनुपर्छ। यदि केही अगुवा र कामदारहरू कार्य कार्यान्वयन गर्न पूर्णतया असक्षम छन् भने, त्यस्ता परिस्थितिहरूमा के गर्नुपर्छ? माथिल्ला अगुवा र कामदारहरू मण्डलीको गहिराइमा गएर व्यक्तिगत रूपमै उक्त कार्यमा सहभागी हुनुपर्छ, र सत्यता सङ्गति गरेर वास्तविक समस्याहरू समाधान गर्नुपर्छ, र उनीहरूलाई काम कसरी गर्ने र कामलाई सिद्धान्तहरूअनुसार कार्यान्वयन कसरी गर्ने भनी सिक्न लगाउनुपर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०))। परमेश्‍वरले अगुवा र कामदारहरूले कसरी वास्तविक काम गर्छन् भन्‍नेबारे अभ्यासको मार्ग औँल्याउनुभएको छ। सिद्धान्तहरू बोध नगर्ने र कमजोर कार्य सामर्थ्य भएका ब्रदर-सिस्टरहरूलाई, हामीले अझ विस्तृत र विशिष्ट सहायता र मार्गदर्शन दिनुपर्छ। अगुवा र कामदारहरूबाट परमेश्‍वरले माग गर्ने कुरा यही हो। सफा गर्ने काममा भर्खरै तालिम सुरु गरेका र सिद्धान्तहरूको बोध नभएका ती ब्रदर-सिस्टरहरूलाई, मैले विस्तृत, विशिष्ट मार्गदर्शन दिनुपर्थ्यो र वास्तविक कामको परिदृश्यमा उनीहरूलाई व्यक्तिगत रूपमा सिकाउनुपर्थ्यो। तर मैले आफ्नो देहको कुरा सुनेँ र गर्नुपर्ने कुनै पनि वास्तविक काम गरिनँ, जसले गर्दा काममा ढिलाइ भयो। यो मेरो कर्तव्यको घोर अवहेलना थियो। म मण्डलीको सफा गर्ने कामको जिम्मेवार थिएँ, त्यसैले मैले मण्डलीबाट अविश्‍वासीहरू, साथै मण्डली जीवनमा अवरोध र बाधा पुर्‍याउने दुष्ट मानिस र ख्रीष्ट विरोधीहरूलाई सफा गर्नु आवश्यक थियो, ताकि ब्रदर-सिस्टरहरूले राम्रो मण्डली जीवन बिताउन, सत्यताबारे अझ राम्ररी सङ्गति गर्न, र जीवनमा उन्नति सकून्। तर मैले वास्तविक काम नगरेकाले मण्डलीबाट सफा गरिनुपर्ने मानिसहरू समयमै सफा गरिएनन्, जसले मण्डलीको काममा हानि पुर्‍यायो। यसमा, मैले वास्तवमा दुष्ट काम गरिरहेको थिएँ। त्यसबेलादेखि, म परमेश्‍वरका मागहरूअनुसार आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, र ब्रदर-सिस्टरहरूलाई तुरुन्तै सङ्गति र मार्गदर्शन दिन चाहन्थेँ ताकि उनीहरूले चाँडै सिद्धान्तहरू बोध गर्न र आफ्ना कर्तव्य पूरा गर्न सकून्।

त्यसको केही समय नबित्दै, माथिल्ला अगुवाहरूले सफा गर्नेसम्बन्धी केही सामग्रीहरू फिर्ता पठाए जसमा तथ्यपरक प्रमाण तुरुन्तै थप्नुपर्ने थियो। मैले यो काम ब्रदर-सिस्टरहरूलाई सुम्पिनेबारे सोचेँ, तर मलाई उनीहरूले अझै पनि सिद्धान्तहरू बोध गरेमा छैनन्, र उनीहरूलाई नै यी सामग्री थप्न लगाउँदा पक्कै पनि प्रगतिमा ढिलाइ हुन्छ भन्‍ने मैले महसुस भयो। त्यसैले, म उनीहरूकहाँ गएँ र उनीहरूसँगै मिलेर सिद्धान्तहरूको विश्लेषण र सङ्गति गरेँ। अगुवाहरूले औंल्याएका समस्याहरूको आधारमा, मैले पहिले उनीहरूलाई आफ्ना विचारहरू राख्न लगाएँ, र पछि, उनीहरूमा के कमी छ भनेर सङ्गति गर्न मैले सिद्धान्तहरूको सहारा लिएँ, जसले गर्दा उनीहरूले केही सिद्धान्तहरू बोध गर्न सके। मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहँदा, मलाई त्यति थकाइ नलागेको, र ब्रदर-सिस्टरहरूले पनि आफ्ना कर्तव्यमा प्रगति गरेको पाएँ। यसरी गरिएको अभ्यासले मेरो मनलाई शान्ति दियो। ब्रदर-सिस्टरहरूसँग मिलेर सामग्रीहरूको विश्लेषण गर्दा, मैले मानिसहरूलाई खुट्याउनेसम्बन्धी सिद्धान्तहरूबारे पनि अझ बढी बुझेँ। यी नतिजाहरू सबै वास्तविक काम गरेर प्राप्त भएका थिए।

यस अनुभवमार्फत, अगुवा र कामदारहरूले वास्तविक काम गर्नु साँच्चै महत्त्वपूर्ण छ भन्‍ने मैले देख्न पाएँ, किनकि यसले मण्डलीको कामको प्रगतिमा प्रत्यक्ष असर पार्छ। साथै, मानिसहरूले परमेश्‍वरका मागहरूअनुसार वास्तवमै आफ्ना कर्तव्य निर्वाह गर्दा, तिनीहरूले केही नतिजा हासिल गर्न सक्छन् भन्‍ने पनि मैले महसुस गरेँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ९३. सत्यताको पछ्याइ उमेरमा निर्भर हुँदैन

अर्को: ९५. छोराको गिरफ्तारीबाट मैले सिकेका पाठहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्