९३. सत्यताको पछ्याइ उमेरमा निर्भर हुँदैन

चेन लियाङ, चीन

सन् २००३ मा, मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ, र त्यसको केही समयपछि नै, मैले अगुवाको कर्तव्य सम्हालेँ। त्यतिबेला, म भर्खरै पचास वर्ष नाघेकी थिएँ र मलाई कुनै स्वास्थ्य समस्या थिएन। दिउँसो म भेलाहरूमा सहभागी हुन्थेँ र सुसमाचार प्रचार गर्थेँ, र राति जतिसुकै ढिलो फर्के पनि, म ब्रदर-सिस्टरहरूको स्थितिअनुसार आफूलाई परमेश्‍वरका वचनले सुसज्जित पार्थेँ। हुन त यो अलि व्यस्त र थकाइलाग्दो थियो, तर म आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु र भविष्यमा परमेश्‍वरले मुक्ति दिनुहुनेछ भन्‍ने सोच्दा मात्रै पनि मलाई अनन्त शक्ति मिल्थ्यो। दश वर्षभन्दा केही बढी समयपछि, मेरो स्वास्थ्य बिग्रन थाल्यो। पहिले, मेरो पित्तथैलीमा समस्या आयो र शल्यक्रिया गरेर निकाल्नुपर्‍यो, त्यसपछि मेरो कम्मरको हड्डी सर्‍यो र यसलाई ठीक गर्न शल्यक्रिया नै गर्नुपर्‍यो, र दुईवटा शल्यक्रियापछि, अहिले मेरो शरीर झनै खराब अवस्थामा छ भन्‍ने कुरा मलाई स्पष्ट भयो। मलाई पाठेघरमा मासु पलाउने र एट्रोफिक इरोसिभ ग्यास्ट्राइटिसजस्ता दीर्घकालीन रोगहरू पनि लागे, र म कमजोर र हतोत्साहित भएँ। म अब पहिलेको जस्तो छिटो हिँड्न सक्दिनथेँ, र सिँढी चढ्दा मैले पटक-पटक आराम गर्नुपर्थ्यो। मेरो स्मरणशक्ति पनि कमजोर भयो, र कहिलेकाहीँ मैले परमेश्‍वरका वचनको कुनै विशेष पक्षबारे पढ्न खोज्दा, त्यो खोज्ने प्रयास गर्ने बित्तिकै म आफूले के पढ्न चाहेकी थिएँ भन्‍ने कुरा नै बिर्सिन्थेँ। मण्डलीले मेरो शारीरिक अवस्थाअनुसार म आफैँले एउटा समूह भेलाको अगुवाइ गर्ने प्रबन्ध मिलायो, र जब ब्रदर-सिस्टरहरूको कुनै स्थिति हुन्थ्यो, म ती समाधान गर्न मद्दत गर्थेँ, र कहिलेकाहीँ मण्डलीमा अतिथि सत्कारक निवासको अभाव हुँदा, अतिथि सत्कार गर्ने जिम्मा मेरो हुन्थ्यो। हुन त मेरो स्वास्थ्य पहिलेको जस्तो राम्रो थिएन, तैपनि म केही कर्तव्य निर्वाह गर्न सक्थेँ र ऊर्जावान् महसुस गर्थेँ।

एक पटक, भेला सकिएर घर फर्कँदा, मेरो पुरानो ग्यास्ट्रिकको समस्या बल्झियो, र मेरो पेटमा पीडाको लहर चल्यो। मलाई सिधा उभिन र घर पुग्न धौधौ पर्‍यो, र केही समय पल्टिएपछि मात्र मलाई अलिकति सञ्चो महसुस हुन थाल्यो। मेरो स्वास्थ्य कमजोर भएको देखेर, अगुवाले मलाई कहिलेकाहीँ घरमै ब्रदर-सिस्टरहरूलाई भेलाका लागि अतिथि सत्कार गर्न भन्नुभयो। यो प्रबन्ध सुनेपछि, मैले सोचेँ, “यत्ति नै हो। अब म घरमा मात्र अतिथि सत्कार गर्न सक्छु। उमेर ढल्किँदै जाँदा, मेरो स्वास्थ्य झन्-झन् बिग्रँदै जानेछ। यदि एक दिन मैले अतिथिसत्कार गर्ने कर्तव्य पनि निर्वाह गर्न सकिनँ भने, म कुनै पनि कर्तव्य निर्वाह गर्न सक्नेछैन, तब मसँग मुक्ति पाउने के आशा हुन्छ र?” मनमा यिनै कुराहरू सोचेर, मैले आफ्नो सबै ऊर्जा गुमाएँ र म साँच्चै दिकदार भएँ, र मैले सोचेँ, “म बुढी हुँदैछु, मेरो स्मरणशक्ति घट्दै छ, म परमेश्‍वरका वचनहरूसमेत याद गर्न सक्दिनँ, र भर्खरै पढेको कुरा पनि बिर्सन्छु। म कसरी सत्यता बुझ्न सक्छु र? मेरो उमेरका मानिसहरूले जतिसुकै मेहनतका साथ पछ्याए पनि, उनीहरू प्रगति गर्न सक्दैनन्। सायद म अब एक-एक दिन गरेर समय बिताउने कोसिस गर्नेछु।” कहिलेकाहीँ, खाना पकाउँदा मेरो ढाड यति दुख्थ्यो कि म उभिन पनि सक्दिनथेँ, र आराम गर्न नजिकैको मुढामा बस्नुपर्थ्यो। विशेष गरी मेरो पेट बाउँडिने समस्या बल्झँदा, पीडा यति तीव्र हुन्थ्यो कि म बाँच्छु कि मर्छु भन्ने टुङ्गो हुँदैनथ्यो। मलाई कतै एक दिन म ढल्ने पो हुँ कि र भेलामा समेत सहभागी हुन नसक्ने पो हुँ कि भन्ने चिन्ता लाग्थ्यो। जवान मानिसहरू राम्रो स्वास्थ्यसहित दौडन र उफ्रन सकेको देख्दा, मलाई ईर्ष्या लाग्थ्यो, र म सोच्थेँ, “जवान हुनु कति राम्रो! उनीहरू जहाँ पनि जान सक्छन् र जुनसुकै कर्तव्य निर्वाह गर्न सक्छन्, र उनीहरूले मुक्ति पाउने सम्भावना अझ धेरै हुन्छ। जबकि मेरो स्वास्थ्य दिन-प्रतिदिन बिग्रँदै छ, र यदि भविष्यमा मैले कुनै कर्तव्य निर्वाह गर्न सकिनँ भने, म बेकामकी हुनेछु, र परमेश्‍वरले पक्कै पनि मलाई त्याग्नुहुनेछ!” मैले केही वर्ष अघिको कुरा सम्झेँ जब मलाई कर्तव्य निर्वाह गर्दा कुनै स्वास्थ्य समस्या थिएन, तर यति बेला म ७२ वर्षकी भइसकेकी थिएँ, र मेरो शरीर पहिलेको भन्दा बिल्कुलै फरक थियो। ओहो, म २० वर्ष पछाडि फर्कन पाएकी भए हुन्थ्यो! यसले गर्दा, म प्रायः हैरान हुन्थेँ र नकारात्मक स्थितिमा जिउँथेँ, र म सत्यताका लागि लागिपर्न चाहन्नथेँ। कहिलेकाहीँ म समय काट्न टिभी कार्यक्रमहरू हेर्थेँ, र ममाथि केही कुराहरू आइपर्दा र मेरो भ्रष्टता प्रकट हुँदा, म ती सुल्झाउन सत्यता खोज्दिनथेँ, र म ती कुराहरूबारे एकछिन सोच्थेँ र तिनलाई त्यतिकै छोडिदिन्थेँ। मेरा प्रार्थनाहरू पनि केही सुख्खा शब्द मात्र हुन्थे, र मेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गएको महसुस हुन्थ्यो। यसरी चलिरहनु खतरनाक हुन्छ भन्ने कुरा मलाई भित्रभित्रै थाहा थियो, र म यो दिक्दारीको स्थिति सुल्झाउन चाहन्थेँ। तर, अगाडि बढ्नका लागि मसँग कुनै निश्चित मार्ग थिएन।

एक दिन, मैले वृद्ध मानिसहरूको स्थितिबारे परमेश्‍वरका खुलासाका वचनहरू भेट्टाएँ, र मैले तुरुन्तै ती वचनहरूमा आफू प्रतिबिम्बित भएको देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्‍ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘अब त मेरो स्वास्थ्य स्थिति पनि त्यति राम्रो छैन र म सीमित काम मात्र गर्न सक्छु। यदि मैले यो थोरै कर्तव्य मात्रै निर्वाह गरेँ भने, के परमेश्‍वरले मलाई सम्झनुहोला त? कहिलेकाहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। जब मेरो हेरचाह गर्ने कोही हुँदैन, तब म आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्षम हुँदिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्‍वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्‍न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र अरूलाई सुनाउनका लागि मसँग कुनै राम्रो अनुभव छैन। म बूढो भएँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र मेरो शक्ति सकिएको छ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्‍नो कर्तव्य निर्वाह गर्न नसक्‍ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकाहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। मलाई सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न निकै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ जब तिनीहरूले यी कुराहरू सोच्छन्, तब तिनीहरू चिन्ता गर्छन्: ‘अरू मानिसहरूले २० वा ३० को दशकमा परमेश्‍वरमा विश्‍वास गर्न थाले—मैले किन यति बुढेसकालमा परमेश्‍वरमा विश्‍वास गर्न थालेँ? महाविपत्तिहरू आउनै लागेका छन्। मैले यति ढिलो परमेश्‍वरमा विश्‍वास गर्न थालेँ—के म अझै पनि मुक्ति प्राप्त गर्न सक्छु? मैले उहाँको कामको अवसर पाउनु परमेश्‍वरको अनुग्रह भए पनि, म धेरै बूढो भइसकेँ। मेरो स्मरणशक्ति राम्रो छैन, र मेरो शरीरले अब मेरो कुरा मान्दैन। भेलाहरूमा केही बेर सुनेपछि मलाई निद्रा लाग्छ र म झुल्छु। के मैले यसरी सत्यता प्राप्त गर्न सक्छु? म के गर्न सक्छु? म धेरै चिन्तित छु! मेरो उमेरमा, मेरा छोराछोरीहरू हुर्किसकेका छन्, र अब मैले तिनीहरूलाई हेरचाह गर्नु वा हुर्काउनु पर्दैन। म अब कुनै चिन्ता वा बेचैनीविना परमेश्‍वरमा विश्‍वास गर्न सक्छु। अब अरू केही पनि महत्त्वपूर्ण छैन। मेरो सबैभन्दा ठूलो इच्छा भनेको बाँकी रहेको समयमा सत्यता पछ्याउनु र सृजित प्राणीको कर्तव्य पूरा गर्नु, र अन्ततः मुक्ति प्राप्त गर्नु हो। कठै, मेरो शरीर पहिलेको जस्तो छैन। मेरो दृष्टि कमजोर हुँदैछ, मेरो दिमाग धमिलो छ, र मेरो शरीरले मेरो कुरा मान्दैन। मैले गर्न सक्ने थोरै काम गर्दा पनि, म बारम्बार गल्ती गर्छु र अरूलाई समस्यामा पार्छु। मलाई सत्यता प्राप्त गर्न र मुक्ति पाउन गाह्रो हुने जस्तो देखिन्छ! यस्तो लाग्छ कि पाका मानिसहरूसँग यी कुराहरूको कुनै सम्बन्ध छैन, र युवाहरू नै आशिषित् हुन्छन्। म बूढो भएँ र मैले यो अत्यन्तै राम्रो समय भेटे पनि, म यसको आनन्द लिन सक्नेगरी आशिषित् छैन!’ तिनीहरूले हृदयमा झन्-झन् हैरान र बेचैन महसुस गर्छन्। कहिलेकाहीँ तिनीहरू रुन चाहन्छन्, र तिनीहरूको हृदयमा सधैँ दुःखको एउटा स्पर्श हुन्छ। त्यसोभए, तिनीहरूले के गर्नुपर्छ? खास गरी, कतिपय पाका मानिसहरू यस्ता छन्, जो आफ्‍नो सारा समय आफूलाई परमेश्‍वरको लागि अर्पित गरेर अनि आफ्‍नो कर्तव्य पूरा गरेर नै बिताउन चाहन्छन्, तर शारीरिक रूपमा तिनीहरू ठीक हुँदैनन्। कतिलाई उच्‍च रक्तचापको समस्या हुन्छ, कतिलाई उच्च मधुमेह हुन्छ, कतिको ग्यास्ट्रिक समस्या हुन्छ, र तिनीहरूको शारीरिक क्षमताले कर्तव्यको माग पूरा गर्न सक्दैन, र त्यसकारण तिनीहरू फिक्री गर्छन्। तिनीहरूले भक्खरकाहरूले खान-पिउन, दौडन र उफ्रन सकेको देख्छन् र तिनीहरूलाई डाहा लाग्छ। तिनीहरूले भक्खरकाहरूले यस्ता कुराहरू गरेको जति देख्छन्, त्यति नै तिनीहरूलाई हैरानी हुन्छ, र तिनीहरूले सोच्छन्, ‘म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र सत्यता पछ्याउन र बुझ्‍न चाहन्छु, र म सत्यता अभ्यास गर्न पनि चाहन्छु, तैपनि किन गाह्रो हुन्छ? म अत्यन्तै वृद्ध र काम नलाग्‍ने भएको छु! के परमेश्‍वर पाका मानिसहरूलाई चाहनुहुन्‍न? के पाकाहरू साँच्‍चै काम नलाग्‍ने हुन्छन्? के हामीले मुक्ति प्राप्त गर्न सक्दैनौँ?’ यसबारे जसरी विचार गरे पनि तिनीहरू दुःखित हुन्छन् र खुसी हुन सक्दैनन्। … के पाका मानिसहरू आफ्नो उमेरको कारण सत्यता पछ्याउन नसक्‍ने हुन्छन् र? के तिनीहरू सत्यता बुझ्‍न सक्‍ने हुँदैनन् र? (बुझ्‍न सक्‍ने हुन्छन्।) के पाकाहरूले सत्यता बुझ्‍न सक्छन्? तिनीहरूले त्यो केही मात्रामा बुझ्‍न सक्छन्। जवान मानिसहरूले पनि त्यो सबै बुझ्‍न सक्ने चाहिँ होइन। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्‍न सक्‍दिनँ भन्‍ने लाग्छ। के यो तथ्य हो? (होइन।) कम उमेरका मानिसहरूसँग पाकाहरूमा भन्दा ज्यादा ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्‍ने, जान्‍ने, र चिन्‍ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बुढो भएर जन्‍मेका थिएनन्, र कम उमेरका मानिसहरू पनि एक दिन पाका हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, जवान मानिसहरूभन्दा फरक छु भनेर सोच्‍नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्‍नता हुँदैन। कुनै भिन्‍नता हुँदैन भनेर मैले भन्‍नुको अर्थ के हो? कुनै व्यक्ति वृद्ध भए पनि जवान भए पनि, उसको भ्रष्ट स्वभाव उस्तै हुन्छ, सबै कुराहरूबारे उसको मनोवृत्ति र दृष्टिकोण उस्तै हुन्छ, र सबै किसिमका कुराहरूबारे उसको दृष्टिकोण र अडान उस्तै हुन्छन्। त्यसकारण, पाकाहरूले तिनीहरू वृद्ध भएकोले, भक्खरकाहरूको भन्दा कम अभिलाषा भएकोले, र तिनीहरू स्थिर हुन सक्‍ने भएकोले, तिनीहरूसँग कुनै बेकाबु अभिलाषा वा इच्छा हुँदैन, र तिनीहरूमा कम भ्रष्ट स्वभाव हुन्छ भनेर सोच्‍नु हुँदैन—यो एउटा भ्रम हो। भक्खरकाहरूले पदको लागि सङ्घर्ष गर्न सक्छन्, त्यसोभए के पाकाहरूले पदको लागि सङ्घर्ष गर्न सक्दैनन् र? भक्खरकाहरूले सिद्धान्तहरूविरुद्ध काम गर्न र स्वेच्‍छाचारी व्यवहार गर्न सक्छन्, त्यसोभए के पाकाहरूले त्यसो गर्न सक्दैनन् र? (तिनीहरूले सक्छन्।) भक्खरकाहरू अहङ्कारी हुन सक्छन्, त्यसोभए के पाकाहरू पनि अहङ्कारी हुन सक्दैनन् र? तैपनि, जब पाकाहरू अहङ्कारी हुन्छन्, तब वृद्धावस्थाको कारण तिनीहरू त्यति आक्रामक हुँदैनन्, र त्यो त्यति उच्‍च अहङ्कार हुँदैन। भक्खरकाहरूले तिनीहरूको लचकदार हातखुट्टा र मस्तिष्कको कारण अहङ्कारको अझै स्पष्ट प्रकटीकरण देखाउन सक्छन्, जबकि पाकाहरूले तिनीहरूको कडा हातखुट्टा र अलचक मस्तिष्कको कारण अहङ्कारको त्यति स्पष्ट प्रकटीकरण देखाउँदैनन्। तैपनि, तिनीहरूको अहङ्कार र भ्रष्ट स्वभावको सार एउटै हुन्छ। … त्यसकारण, पाका मानिसहरूको काम नै नभएको र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न असक्षम हुने होइन, वा तिनीहरू सत्यता पछ्याउन असक्षम हुने त झनै होइन—तिनीहरूले गर्नुपर्ने धेरै कुराहरू छन्। तेरो जीवनकालमा तैँले सबै प्रकारका विधर्म र भ्रमहरू, साथै विभिन्‍न परम्परागत विचार र धारणाहरू, मूर्ख र हठी कुराहरू, रूढिवादी कुराहरू, अविवेकी कुराहरू, र विकृत कुराहरू थुपारेको छस्। यी कुराहरू तेरो हृदयमा ज्यादै नै थुप्रिएका छन्। तैँले यी कुराहरूलाई खोतल्न, चिरफार गर्न, र चिन्न जवान मानिसहरूले भन्दा पनि धेरै समय खर्च गर्नुपर्छ। तेरो कुनै काम नभएको होइन। जब तँ फुर्सदमा हुन्छस्, तब तँ हैरान, बेचैन, र चिन्तित बन्छस्, जुन न त तेरो काम हो न त तेरो जिम्मेवारी(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरले मेरो स्थिति जस्ताको तस्तै खुलासा गर्नुभयो। हालसालै, म हैरानी र व्यग्रतामा जिउँदै आइरहेकी थिएँ, मलाई सधैँ आफू बुढी हुँदै गएको, आफ्नो स्वास्थ्य कमजोर भएको, र कुराहरू बिर्सिरहने भएकाले म कहिलेकाहीँ मात्र अतिथिसत्कारको कर्तव्य सम्हाल्न सक्छु भन्ने लाग्थ्यो। मेरो उमेर ढल्किँदै जाँदा र स्वास्थ्य बिग्रँदै जाँदा, म आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नेछैन, त्यसैले मुक्ति पाउनेछैन भनेर मलाई चिन्ता लाग्थ्यो। मैले जतिसुकै पछ्याए पनि, यो सबै व्यर्थ देखिन्थ्यो। यस्तो दिक्दारीको स्थितिमा लडीबुडी गर्दा, ममा परमेश्‍वरका वचनहरू पढ्ने वा सत्यता पछ्याउने प्रेरणा नै थिएन, र मैले केवल आधा मनले पछ्याइरहेँ। अहिले मैले यी मेरा भ्रामक दृष्टिकोणहरू रहेछन् भन्ने महसुस गरेँ। वास्तवमा, वृद्धहरू शारीरिक रूपमा कमजोर होलान्, उनीहरूमा ऊर्जा कम होला र उनीहरूले प्रतिक्रिया पनि जवानहरूले भन्दा ढिलो देलान्, तर सत्यता बुझ्ने उनीहरूको क्षमता र उनीहरूका भ्रष्ट स्वभावहरू जवानहरूका जस्तै हुन्छन्। उनीहरू सत्यता पछ्याउञ्जेल र आफ्ना भ्रष्ट स्वभावहरू समाधान गरूञ्जेल उनीहरूले पनि मुक्ति पाउन सक्छन्। बुढेसकालले गर्दा, समाजको प्रभाव बढी गम्भीर हुन्छ, भित्रका शैतानी विषहरू जवान मानिसहरूका भन्दा गह्रौँ र जिद्दी हुन्छन्, र विभिन्न परम्परागत धारणा र भ्रष्ट स्वभाव बुझ्न र तिनलाई चिरफार गर्न बढी समय लाग्छ। उदाहरणका लागि, केही ब्रदर-सिस्टरले भ्रष्टता प्रकट गरिरहेको देख्दा, मैले उनीहरूलाई हेयको नजरले हेरेँ, र हृदयमा, मैले उनीहरूलाई गलत ठहराएँ र उनीहरूको अवमूल्यन गरेँ। यो एउटा अहङ्कारी स्वभाव थियो। के यो मैले चिन्तन गर्नुपर्ने र बुझ्नुपर्ने कुरा थिएन र? तर मैले परमेश्‍वरका अभिप्रायहरू बुझिनँ। म हैरानी र व्यग्रताको स्थितिमा लडीबुडी गरिरहेकी थिएँ, र म सत्यता पछ्याउने कुरामा आधा मनकी थिएँ। के म यसमा परमेश्‍वरलाई गलत बुझिरहेकी थिइनँ र? अब मैले के महसुस गरेँ भने, कुनै व्यक्ति जवान होस् वा वृद्ध, यदि उनीहरू सत्यताका लागि तिर्खाउँछन् र त्यसलाई पछ्याउँछन् भने, परमेश्‍वरले उनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। परमेश्‍वर उमेरको वास्ता नगरी हामीलाई मलजल गर्नुहुन्छ र सत्यता प्रदान गर्नुहुन्छ, र मुख्य कुरा भनेको हामी खोजी गर्छौँ कि गर्दैनौँ र परमेश्‍वरका वचनहरू अभ्यास गर्नमा मेहनत लगाउन इच्छुक हुन्छौँ कि हुँदैनौँ भन्ने हो। परमेश्‍वरले यी वचनहरूमा विशेष गरी वृद्धहरूको स्थितिलाई सम्बोधन गर्नुभयो, र वृद्धहरूले आफ्ना हैरानी र व्यग्रता त्याग्न सकून्, सत्यता खोज्नमा केन्द्रित हुन सकून्, साथै आफ्ना धारणा र कल्पनाहरूमा नजिऊन् र आफूमाथि आशा नमारून् भन्ने आशा गर्नुभयो। तर मैले सधैँ मेरो बुढेसकाल र कमजोर स्मरणशक्तिलाई सत्यता नपछ्याउने र आफूलाई लिप्त गराउने बहानाका रूपमा प्रयोग गरेँ, र यदि म यसरी नै चलिरहेँ भने, मलाई नै घाटा हुनेथियो। परमेश्‍वरका अभिप्रायहरू बुझेपछि मात्र म ब्युँझेँ, र मैले आफू यस्तै अलमल्ल स्थितिमा रहिरहेँ, र आफ्ना भ्रामक र चरम धारणाहरूद्वारा बाँधिएँ भने, म अन्ततः सत्यता प्राप्त गर्न असफल हुनेछु र मेरो अगाडि विनाशबाहेक केही बाँकी रहनेछैन भन्ने महसुस गरेँ। हामी वृद्धहरूलाई सान्त्वनाका वचनहरू र प्रोत्साहन दिनुभएकोमा, र हाम्रा लागि सत्यता पछ्याउने मार्ग देखाइदिनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ। यो हामीप्रति परमेश्‍वरको प्रेम हो। मैले सत्यता पछ्याउने मेरो सङ्कल्प गुमाउनु हुँदैनथ्यो, मैले आफूलाई सही तरिकाले व्यवहार गर्नुपर्थ्यो, परमेश्‍वरले मेरा लागि प्रबन्ध गर्नुभएका अवस्थाहरूमा पाठ सिक्नुपर्थ्यो, सत्यता खोज्न र आफूलाई चिन्नमा केन्द्रित हुनुपर्थ्यो, र स्वभाव परिवर्तन हासिल गर्नुपर्थ्यो। यी मैले गर्नुपर्ने कामहरू थिए।

यो महसुस गरेपछि, म मनन गर्न थालेँ, “विगतमा, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, मसँग हरेक दिन अनन्त ऊर्जा हुनु, तर अहिले म बुढी हुँदै जाँदा र मेरो शरीर दिन-प्रतिदिन कमजोर हुँदै गर्दा, मेरो हृदय नकारात्मकता र हैरानीले भरिएको हुनु, र मलाई अब माथि उठ्ने प्रयास गर्ने चाहना नहुनुको कारण के हो? मलाई केले नियन्त्रण गरिरहेको छ?” खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “मानिसहरू सबैले आशिष्‌, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष्‌ प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्‍वरमाथि विश्‍वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष्‌ प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो। सायद, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको जीवन जिउँदा, तिनीहरूलाई आफूले केही सत्यताहरू बुझेको छु र आफ्नो परिवार त्याग्न र खुसीसाथ आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न सक्षम छु, र अब आफूलाई आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्रायको ज्ञान छ, र यो अभिप्राय त्यागेको छु, र अब यसद्वारा शासित वा बाँधिएको छैन भन्‍ने महसुस हुन्छ। त्यसपछि, तिनीहरूले अब आफूसँग आशिष्‌ प्राप्त गर्ने अभिप्राय छैन भनी सोच्छन्, तर परमेश्‍वरले अर्कै सोच्नुहुन्छ। मानिसहरूले विभिन्‍न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्‍नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्‍वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न लागिरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू अब आफ्‍नो कर्तव्य निर्वाहमा आफ्नो जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित भएको महसुस गर्दैनन्। यसको साटो, तिनीहरू आफूले सत्यता पछ्याउन सक्ने, र आफ्‍नो कर्तव्य निर्वाह गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गर्न सक्ने, जसले गर्दा तिनीहरूका भ्रष्ट स्वभावहरू शुद्ध हुने र तिनीहरूले केही साँचो परिवर्तन हासिल गर्न सक्ने विश्‍वास गर्छन्। तर, जब तिनीहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरू घट्छन्, तब तिनीहरूका प्रकटीकरणहरू के-के हुन्छन्? तिनीहरूको साँचो अवस्था पूर्ण रूपमा प्रकाश हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरू मनन गर्दै जाँदा मैले अन्ततः के महसुस गरेँ भने, मैले हैरानी र व्यग्रतामा अल्झिएर आफूमाथि आशा मार्नुको कारण भनेको मलाई आफू बुढी हुँदैछु र आफूले भविष्यमा कुनै कर्तव्य निर्वाह गर्न सक्नेछैन, र आफूसँग मुक्तिको वा आशिष् प्राप्तिको कुनै आशा हुनेछैन भन्ने लागेर रहेछ। यसरी, मैले नकारात्मकतामा जिएर परमेश्‍वरको प्रतिरोध गरेँ। विगतमा, म आफ्ना कर्तव्यहरूमा त्याग गर्न, आफूलाई समर्पित गर्न, र व्यस्त हुन सक्थेँ, र बिरामी हुँदा पनि, म खुसीसाथ आफ्ना कर्तव्यहरू निर्वाह गर्थेँ। मैले सोचेँ, जबसम्म म आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छु, मसँग परमेश्‍वरद्वारा मुक्ति दिइने आशा हुन्छ। तर पछि, मेरा रोगहरू झनै खराब भए, र मेरो स्वास्थ्य दिन-प्रतिदिन बिग्रँदै गयो, र मैले अतिथिसत्कारको कर्तव्यसमेत निर्वाह गर्न नसक्ने सम्भावना भयो। मलाई आफूसँग आशिष् पाउने कुनै आशा नरहेको, परमेश्‍वरमा विश्वास गर्नु अर्थहीन देखिएको, र बरु आफूले जीवनको आनन्द लिनु नै राम्रो हुने महसुस भयो। त्यसैले मैले टिभी हेर्दै दिनहरू कटाएँ, मैले सत्यताका लागि मेहनत गर्न छोडिदिएँ, र आफ्नो आस्थाप्रति मेरो मनोवृत्ति आधा मनको बन्यो। मैले कुन अर्थमा परमेश्‍वरमा निष्कपटतापूर्वक विश्वास गरेकी थिएँ र? म सत्यता पछ्याउन र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेकी थिइनँ। बरु, मैले राम्रो परिणाम र गन्तव्य सुरक्षित गर्नका लागि परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्न आफ्नो कर्तव्य निर्वाहलाई प्रयोग गरेँ, र आफूले आशिष् पाउँदिनँ भन्ने लाग्नेबित्तिकै, मैले आफूमाथि आशा मारेँ। यो मेरो आस्थामा भएका गलत अभिप्राय र दृष्टिकोणहरूले गर्दा भएको थियो। मैले निष्कपटतापूर्वक परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने र सत्यता पछ्याउनेहरूबारे सोचेँ। उनीहरू पीडादायी परीक्षाहरू सामना गर्दा आफ्नो परिणाम र गन्तव्यबारे पनि चिन्ता गर्न सक्छन्, तर उनीहरू परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्ना समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्षम हुन्छन्, र उनीहरू कुनै इनाम नमागी खुसीसाथ परमेश्‍वरप्रति आफूलाई समर्पित गर्छन्। उनीहरू केवल परमेश्‍वरको गवाही दिन र उहाँलाई सन्तुष्ट पार्न आफ्ना कर्तव्यहरू पूरा गर्छन्। तर मेरो हकमा चाहिँ के त? हुन त मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ, तर मैले स्वभाव परिवर्तन खोजेकी वा आफूले कति सत्यता अभ्यास गरेकी रहेछु भनी चिन्तन गरेकी थिइनँ, मैले आफ्ना कर्तव्य र जिम्मेवारीहरू पूरा गरेकी छु कि छैन भनी ख्याल गरेकी थिइनँ, र म आशिष्‌हरू खोज्नमा मात्र केन्द्रित थिएँ। जब मेरो पीडा बढ्यो र मलाई आशिष् पाउन सक्दिनँ भन्ने लाग्यो, तब म निराश भएँ। ममा कुन हिसाबमा परमेश्‍वरप्रति साँचो निष्कपटता थियो र? मेरा विगतका त्याग र समर्पणहरू सबै आशिष् र लाभहरू प्राप्त गर्नका लागि थिए, ती केवल परमेश्‍वरसँग मोलतोल गर्ने र उहाँलाई ठग्ने प्रयास थिए। म साँच्चै घृणास्पद थिएँ! मैले पावललाई सम्झेँ, जसले सुसमाचार प्रचार गर्न समुद्र र जमिनभरि यात्रा गरे, र जसले महान् काम गरे। तर, उनको कर्तव्यमा उनका अभिप्रायहरू आशिष् र मुकुट प्राप्त गर्नु थियो, र अन्तमा, उनको स्वभाव परिवर्तन भएन। उनले धार्मिकताको मुकुट माग गर्दै खुलेआम परमेश्‍वरविरुद्ध कोलाहल समेत मच्चाए। उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए र उनी परमेश्‍वरद्वारा हटाइए र दण्डित गरिए। यसलाई ध्यानमा राखेर आफूलाई फर्केर हेर्दा, मैले मेरा कर्तव्यहरूमा मेरो लक्ष्य राम्रो परिणाम र गन्तव्य पाउनु हो, र मेरा कर्तव्यहरूपछाडिला अभिप्रायहरू गलत छन् भन्ने देखेँ। मैले जतिसुकै कर्तव्यहरू निर्वाह गरे पनि, मेरो भ्रष्ट स्वभाव अपरिवर्तित रहेकाले परमेश्‍वरले अझै पनि मलाई तिरस्कार गर्नुहुनेथ्यो। परमेश्‍वरले हामी सत्यता पछ्याउने मार्गमा हिँड्नेछौँ भन्ने आशामा नै हामीलाई शैतानको हानिबाट बचाउन कति धेरै कुरा भन्नुभएको छ, यति दृढता र गम्भीरताका साथ बोल्नुभएको छ भन्ने कुरा मैले सम्झेँ। तर ममा परमेश्‍वरप्रति अलिकति पनि निष्कपटता थिएन। म पूर्ण रूपमा विवेक र समझविहीन थिएँ! यी कुराहरू महसुस गरेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले तपाईँमा २० वर्षभन्दा बढी समयदेखि विश्वास गरेकी छु, तर मैले निष्कपटतापूर्वक आफूलाई तपाईँप्रति समर्पित गरेकी छैन। म स्वार्थी, घृणास्पद, र मानवताविहीन छु। म यति भ्रष्ट छु, तर तपाईँले मलाई तिरस्कार गर्नुभएको छैन, र तपाईँ अझै पनि मलाई मुक्ति दिँदै हुनुहुन्छ। म मेरा गलत अभिप्रायहरू त्याग्न र मेरा कर्तव्यहरू पूरा गर्न इच्छुक छु!”

यसपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्‍ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्‍ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्‍ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्‍चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्‍वरको काम सबैका लागि एउटै ढाँचामा लागू हुँदैन, न त उहाँ कसैलाई उनीहरूको सामर्थ्यभन्दा बाहिरको काम गर्न बाध्य पार्नुहुन्छ। बरु, परमेश्‍वर प्रत्येक व्यक्तिको वास्तविक अवस्था र पृष्ठभूमिअनुसार मागहरू राख्नुहुन्छ। यदि कुनै व्यक्ति वृद्ध छ भने, उहाँ उसको उमेरअनुसार मागहरू राख्नुहुन्छ, र यदि कुनै व्यक्तिको क्षमता कमजोर छ भने, उहाँ उसको क्षमताअनुसार मागहरू राख्नुहुन्छ। जबसम्म हामी सत्यता पछ्याउन र सिद्धान्तहरूअनुसार राम्रोसँग आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छौँ, हामी सबैले मुक्ति प्राप्त गर्ने अवसर पाउँछौँ। त्यो सँगसँगै मैले के पनि बुझेँ भने, परमेश्‍वर कुनै व्यक्तिको परिणाम उसको उमेर वा त्याग गर्ने क्षमताका आधारमा निर्धारण गर्नुहुन्न, र महत्त्वपूर्ण कुरा चाहिँ व्यक्ति सत्यता पछ्याउँछ कि पछ्याउँदैन र उसको स्वभाव परिवर्तन हुन्छ कि हुँदैन भन्ने हो। मेरो स्वास्थ्य पहिले जस्तो हृष्टपुष्ट नभए पनि, परमेश्‍वरले मलाई त्याग्नुभएको थिएन, र मण्डलीले अझै पनि मलाई मेरो शारीरिक अवस्थाअनुसार मेरो क्षमताले भ्याएसम्म कर्तव्यहरू निर्वाह गर्ने प्रबन्ध मिलाइरहेको थियो। सायद मेरो स्वास्थ्य थप बिग्रन सक्थ्यो, र म कुनै ठूला कर्तव्यहरू निर्वाह गर्न सक्ने थिइनँ, तर म आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्थेँ, र यदि ब्रदर-सिस्टरहरू खराब स्थितिमा भएका भए, म उनीहरूलाई सहयोग र सङ्गति गर्न परमेश्‍वरका वचनहरू पनि खोज्न सक्थेँ। म वरपरका मानिसहरूलाई सुसमाचार प्रचार गर्न पनि सक्थेँ। मैले निर्वाह गर्न सक्ने कर्तव्य नै छैन भन्ने होइन। साथै, म बुढी र अस्वस्थ भए पनि, मेरो दिमाग सफा थियो, मेरा कानले अझै सुन्न सक्थे र ती परमेश्‍वरका वचनहरू सुन्न सक्ने अवस्थामा थिए, मेरा आँखाले अझै परमेश्‍वरका वचनहरू पढ्न सक्थे, र मेरो मुखले अझै बोल्न र सङ्गति गर्न सक्थ्यो। जबसम्म म सत्यता पछ्याउँथेँ, मलाई परमेश्‍वरद्वारा मुक्ति दिइने आशा थियो। विगतमा, म सत्यता खोज्दिनथेँ, र निरन्तर आशिष् प्राप्त गर्न चाहने हैरानी र व्यग्रतामा लडीबुडी गरिरहन्थेँ, र मैले सत्यता पछ्याउँदै बिताउन सकिने समय खेर फालेँ। कति व्यर्थको कुरा!

पछि, ब्रदर-सिस्टरहरूले सम्झाइदिएका कारण, मैले “यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष् पाउनेछु र मुक्ति प्राप्त गर्नेछु” भन्नु भ्रामक दृष्टिकोण हो भनेर बल्ल थाहा पाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्‌हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, मैले आशिष् पाउनुसँग मैले कर्तव्य निर्वाह गर्नुको कुनै सम्बन्ध छैन। आफ्नो कर्तव्य निर्वाह गरेर, अझ धेरै कर्तव्य निर्वाह गरेर, वा धेरै दुःख सहेर म आशिष् पाउन सक्छु भन्ने होइन। यो मेरो भ्रामक दृष्टिकोण थियो। म एक सृजित प्राणी हुँ, परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र मैले जे गर्नुपर्ने हो त्यो नै मेरो कर्तव्य हो। त्यसैले, मैले परमेश्‍वरका वचनहरू सुन्नुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। आफ्नो कर्तव्य निर्वाह गरेर मात्र मेरो भ्रष्टता प्रकट हुन सक्छ, र तब मात्र मैले आफूलाई चिन्ने, आफ्नो भ्रष्टता फाल्ने, र परमेश्‍वरद्वारा मुक्ति दिइने मौका पाउन सक्छु। यदि मैले जतिसुकै कर्तव्यहरू निर्वाह गरे पनि सत्यता पछ्याइनँ र मेरो जीवन स्वभाव पटक्कै परिवर्तन भएन भने, म अझै पनि परमेश्‍वरद्वारा हटाइनेछु। मैले पत्रुसलाई सम्झेँ, जसले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पछ्याए र स्वभाव परिवर्तनमा केन्द्रित भए। उनले परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि मात्र आफ्नो कर्तव्य निर्वाह गरे। उनमा कुनै अशुद्धता वा व्यक्तिगत अभिप्रायहरू थिएनन् र उनी परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गरिरहेका थिएनन्, र परमेश्‍वरले उनलाई जतिसुकै परीक्षामा पारे पनि वा शोधन गरे पनि, उनी मृत्युसम्मै समर्पित थिए। उनी सत्यता पछ्याउने मार्गमा हिँडेकाले, अन्ततः उनले परमेश्‍वरको अनुमोदन पाए। म पत्रुसको उदाहरण पछ्याएर स्वभाव परिवर्तनको पछि लाग्नुपर्थ्यो। अब, म भेलाहरू आयोजना गर्न सक्ने भएकीले, म आफ्नो क्षमताले भ्याएसम्म त्यो काम गर्नेथिएँ। यदि एक दिन म गम्भीर रूपमा बिरामी परेँ र भेलाहरूमा सहभागी हुन वा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सकिनँ भने पनि, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनेथिएँ र गुनासो गर्ने वा परमेश्‍वरलाई दोष दिने थिइनँ। फर्केर हेर्दा, मैले के देखेँ भने, मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गर्न, धेरै सत्यता र रहस्य बुझ्न, परमेश्‍वरको वचनको धेरै प्रबन्ध पाउन, र मेरो भ्रष्ट स्वभाव चिन्नका लागि परमेश्‍वरको न्याय र सजाय स्विकार्न सकेकी रहेछु। यी कुराहरूले मलाई के देखाए भने, म जहाँ आइपुगेकी छु, त्यहाँसम्म मलाई पाइला-पाइला गर्दै डोर्‍याउने परमेश्‍वर नै हुनुहुन्थ्यो, र मैले परमेश्‍वरको अति धेरै प्रेम र अनुग्रह पाएकी छु! यो बुझेपछि, मैले त्यस उप्रान्त मेरो नकारात्मक स्थितिद्वारा नियन्त्रित गरिएको वा बाँधिएको महसुस गरिनँ।

यस अनुभवमार्फत, मैले परमेश्‍वर धर्मी हुनुहुन्छ, र एउटा व्यक्ति वृद्ध होस् वा जवान, परमेश्‍वर उनीहरूलाई बराबर अनुग्रह देखाउनुहुन्छ, र सत्यता पछ्याउञ्जेल, हामी परमेश्‍वरको मुक्ति पाउन सक्छौँ भन्ने बुझेकी छु। विगतमा, मलाई सधैँ मेरो उमेर र कैयौँ रोगले गर्दा, यदि मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्न सकिनँ भने, मलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न भन्ने लाग्थ्यो। तर ती मेरा धारणा र कल्पनाहरू मात्र थिए, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप थिएनन्। अब उप्रान्त, मेरो स्वास्थ्य जस्तोसुकै भए पनि, म सत्यता पछ्याउनमा केन्द्रित हुनेछु, आज्ञाकारी भई परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनेछु, र परमेश्‍वरको प्रेम प्रतिदान गर्न आफ्नो क्षमताले भ्याएसम्म आफ्ना कर्तव्यहरू निर्वाह गर्नेछु।

अघिल्लो: ९२. ख्याति र प्राप्तिको भुमरीबाट बाहिर निस्कँदा

अर्को: ९४. वास्तविक काम गर्दा मैले के प्राप्त गरेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्