९१. के सिद्ध वैवाहिक जीवनको पछि लाग्दा खुसी मिल्छ?

सिआओ टे, चीन

एकअर्कासँग आठ वर्षको चिनजान र प्रेमपछि, मेरा श्रीमान् र मैले इन्गेजमेन्ट गर्नै लाग्दा, म अचानक बिरामी परेँ जसले गर्दा मैले सन्तान जन्माउने क्षमता गुमाएँ। त्यतिबेला, म पूर्ण रूपमा निराश भएँ, र मैले जिउने साहस गुमाएँ। मैले सन्तान जन्माउन सक्दिनँ भन्ने देखेपछि मेरा श्रीमान्‌को परिवारले उनलाई मसँग सम्बन्ध तोड्न दबाब दिए, तर उनले आफ्नो परिवारको रोकतोकलाई बेवास्ता गर्दै दृढतापूर्वक मसँग विवाह गर्ने निर्णय गरे। मेरा श्रीमान्‌को अटल बफादारीले मेरो जीवनमा फेरि आशा जगाइदियो र म उनीप्रति निकै कृतज्ञ थिएँ। तर सँगसँगै, सन्तान जन्माउन नसकेकोमा मलाई आत्मग्लानि हुन्थ्यो, र म सधैँ मेरा श्रीमान्‌प्रति ऋणी भएको महसुस गर्थेँ। हाम्रो यो दुःखले जुरेको सम्बन्धलाई मैले उचित रूपमा कदर गर्नुपर्छ भनेर मैले मनमनै आफैलाई भनेँ। विवाह गरेपछि, म घरको सबै कुरा चिटिक्क मिलाएर राख्थेँ ताकि बाहिर काम गर्दा मेरा श्रीमान्‌लाई मनमा शान्ति होस्। महत्त्वपूर्ण र मामुली दुइटै मामलामा, म उनलाई पहिलो प्राथमिकता दिने सक्दो कोसिस गर्थेँ, साथै आफन्त र साथीभाइमाझ म उनको इज्जत राख्ने कुरामा ध्यान दिन्थेँ। हाम्रो विवाह भएको करिब दुई वर्षपछि, सन्तान जन्माउन नसकेकोमा मैले आफैलाई दोष दिएर जिउनु नपरोस् भनेर, मेरा श्रीमान्‌ले एउटा बच्चा धर्मपुत्र बनाए। यो बच्चालाई अपनाएपछि, हाम्रो घरमा अझ धेरै खुसी र हाँसो छायो, अनि मलाई घर पहिलेभन्दा न्यानो भएको महसुस भयो।

सन् २००९ को जनवरीमा, मेरो काकाकी छोरीले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा ठुलो अख्तियार र शक्ति थियो, र म तीप्रति गहिरो रूपमा आकर्षित भएँ। त्यसपछि, म प्रायः परमेश्‍वरका वचनहरू पढ्थेँ र उहाँका वचनहरू सम्बन्धी हाम्रो बुझाइबारे ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्थेँ। मैले परमेश्‍वरको आखिरी दिनहरूको काम मानवजातिलाई मुक्ति दिनु हो, शैतानबाट हानि भोगेका तर अझै परमेश्‍वरसामु नआएका धेरै मानिस छन्, साथै ती मानिसलाई परमेश्‍वरको मुक्ति स्वीकार गर्न उहाँसामु ल्याउनु हाम्रो जिम्मेवारी र दायित्व हो भन्ने कुरा बुझेँ। म सुसमाचारको काममा पनि आफ्नो योगदान दिन चाहन्थेँ। चाँडै, परमेश्‍वरको अनुग्रहले, मैले मण्डलीमा आफ्नो कर्तव्य सम्हाल्न थालेँ। मैले मनमनै सोचेँ, “मेरा श्रीमान्‌लाई परमेश्‍वरको राज्यको सुसमाचारको गवाही दिन र उनलाई पनि मसँगै परमेश्‍वरमाथिको विश्वासमा ल्याउन पाए कति राम्रो हुन्थ्यो होला।” तर मेरो कुरा सुनेपछि, मेरा श्रीमान्‌ले तिरस्कारपूर्ण भावमा “यस संसारमा परमेश्‍वर भन्ने छँदै छैन” भने, अनि आफू भौतिकवादी भएको भनेर थपे। परमेश्‍वरमाथिको विश्वासमा म निकै उत्साहित भएको देखेपछि, उत्सुक भएर उनले अनलाइनमा केही अनुसन्धान गरे। उनले चिनियाँ कम्युनिस्ट पार्टीले मण्डलीलाई बद्नाम गर्न र परमेश्‍वरको ईशनिन्दा गर्न बुनेका नकारात्मक प्रचारहरू देखे, त्यसैले उनले मलाई आत्तिएर सोधे, “तिमी सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गरिरहेकी छ्यौ? त्यसले गर्दा तिमी पक्राउ पर्छ्यौ। त्यसमाथि, परमेश्‍वरमा विश्वास गर्ने मानिसहरू आफ्नो परिवार र जागिर छोड्छन् भनेर अनलाइनमा लेखिएको छ। मूर्ख नबन।” उनले आफू राष्ट्रिय सुरक्षा संरक्षण ब्युरोमा बुझ्न गएको र जुन परिवारमा कसैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्छ, उक्त परिवारका अन्य सदस्यले उसको बारेमा उजुरी गर्नुपर्ने, अनि उसका छोराछोरी भविष्यमा निजामती कर्मचारी बन्न वा सेनामा भर्ती हुन नपाउने, र उसको परिवारका सबै सदस्य मुछिने भनेर उनलाई भनिएको पनि बताए। उनले यदि मैले आफ्नो विश्वासलाई कायम राखेँ भने, म ढिलोचाँडो पक्राउ पर्ने कुरा गरे। मेरा श्रीमान्‌को कुरा सुनेर म निकै अचम्मित भएँ। चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरका विश्वासीहरूबारे उजुरी गर्न परिवारका सदस्यहरूलाई समेत प्रयोग गरिरहेको थियो; त्यो अति दुष्ट कुरा थियो! हत्तपत्त मैले मेरा श्रीमान्‌लाई भनेँ, “अनलाइनमा देखिने अफवाहहरूमा विश्वास नगर्नुस्; ती सबै चिनियाँ कम्युनिस्ट पार्टीले बुनेका हुन्। म परमेश्‍वरमा विश्वास गर्छु, तर मैले आफ्नो परिवार र जागिर त्यागेकी छैनँ।” उनले मलाई पटक्कै विश्वास गरेनन् र अझै पनि चिनियाँ कम्युनिस्ट पार्टीकै पक्ष लिए। मेरो विश्वासप्रति मेरा श्रीमान्‌को विरोधका कारण, उनको पिठिउँ पछाडि गोप्य रूपमा विश्वास गरिरहनुबाहेक मसँग अरू विकल्प थिएन।

एक वर्षपछि, मेरा श्रीमान्‌ले म अझै पनि परमेश्‍वरमा विश्वास गरिरहेकी छु भन्ने थाहा पाए, अनि म पक्राउ पर्छु र हाम्रो परिवार पनि यसमा मुछिन्छ, जसले उनको प्रतिष्ठामा असर पुर्‍याउँछ भनेर उनी चिन्तित थिए। एकपटक, उनले अचानक घुँडा टेकेर मलाई परमेश्‍वरमा विश्वास गर्न छोड्न बिन्ती गरे। मेरा श्रीमान्‌ले घुँडा टेकेर मसँग बिन्ती गरिरहेको देख्दा, म निकै छक्क परेँ। उनी सामान्यतया पुरुषवादी सोच बोकेको व्यक्तिजस्तो व्यवहार गर्थे, तर त्यस दिन उनले घुँडा टेकेर मसँग बिन्ती गर्लान् भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मैले उनी सामान्यतया हाम्रो परिवारको कति धेरै ख्याल राख्थे र मलाई कति राम्रो व्यवहार गर्थे भन्ने कुरा सम्झेँ, अनि सोचेँ, “यदि मैले उनको कुरा सुनिनँ भने, के उनले मलाई अझै पनि पहिले जस्तै राम्रो व्यवहार गर्लान् त? के हामी यो विषयमा बारम्बार झगडा गर्नेछौँ? के यसले हामीलाई एकअर्कासँग मिल्नै नसक्ने अवस्थामा पुर्‍याउनेछ? तर यदि मैले उनको कुरा सुनेर परमेश्‍वरमा विश्वास गर्न छोडेँ भने, म मुक्ति प्राप्त गर्ने मेरो मौका गुमाउनेछु।” यो कुरा मनन गर्दा म अलिक कमजोर भएँ, अनि मैले सोचेँ, “सायद म भविष्यमा कमै मात्र बाहिर जानेछु। म सप्ताहन्तहरू घरमै श्रीमान्‌सँग बिताउनेछु ताकि उनलाई यति धेरै चिन्ता नहोस्। सायद उनी केही समयका लागि मात्र चिनियाँ कम्युनिस्ट पार्टीद्वारा भ्रमित पारिएको होला। अहिले मैले बुझेका सत्यताहरू सतही छन्; भविष्यमा, यदि मैले उनीसँग बिस्तारै कुरा गरेँ भने, मलाई विश्वास छ कि उनले मेरो कुरा बुझ्नेछन्।” पछि, मलाई परमेश्‍वरमाथिको विश्वास त्याग्न लगाउन, उनले अनलाइनमा भएका चिनियाँ कम्युनिस्ट पार्टीका नकारात्मक प्रचारहरू मलाई पढ्न लगाउन गोप्य रूपमा प्रिन्ट गरेर घरमा ल्याए। मैले अस्वीकार गरेँ, तर उनले मलाई तानेर त्यो जबरजस्ती पढ्न लगाए। अञ्जानमा, मैले उनलाई नहेरी अन्तै हेरेकी रहेछु, र अचम्मको कुरा, यसले मेरा श्रीमान्‌लाई आक्रोशित बनायो। उनले मेरो कठालो समातेर मलाई कुनामा धकेले, अनि तातो रिसले मेरो घाँटी जोडले अँठ्याए। उनका आँखाहरू डरलाग्दा देखिन्थे। उनले मलाई दुर्भावपूर्ण तरिकाले भने, “आज तैँले सत्य कुरा देख्नेछेस्! तँ ब्युँझनुपर्छ!” उनले मेरो घाँटी यति जोडले थिचिरहेका थिए कि मलाई सास फेर्न केही गाह्रो भइरहेको थियो, अनि निकै बेरसम्म थिचेपछि उनले बल्ल अँठ्याउन छोडे। मेरा श्रीमान्‌ले गरेको व्यवहार देखेर, म स्तब्ध भएँ। मेरा श्रीमान्‌लाई चिनेदेखि यता, उनले ममाथि कहिल्यै एकपटक पनि हात उठाएका थिएनन्। अहिले, परमेश्‍वरमाथिको मेरो विश्वासका कारणले उनले मप्रति हिंस्रक व्यवहार गरेका थिए! मलाई असाध्यै अन्याय भएको महसुस भयो, र मेरा आँखाबाट आँसु बग्यो। मैले मनमनै सोचेँ, “भविष्यमा म के गरूँ? यदि मैले परमेश्‍वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न जारी राखेँ भने, मेरा श्रीमान्‌ले पक्कै पनि मलाई विगतमा जस्तो राम्रो व्यवहार गर्नेछैन। त्यसपछि हाम्रो परिवार कति समय टिक्न सक्ला र? तर यदि मैले परमेश्‍वरमाथिको विश्वास त्यागेँ भने, म मुक्ति पाउने मौका गुमाउनेछु। सत्यताहरू व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनु एउटा अति नै दुर्लभ अवसर हो जुन म कुनै हालतमा गुमाउन सक्दिनँ।” म निकै द्विविधा र पीडामा थिएँ, र मलाई के गर्ने के गर्ने भयो। परमेश्‍वरसामु गएर मैले उहाँलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो कद धेरै सानो छ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र यी परिस्थितिहरूमा दृढ रहन मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “संसारको सृष्टि भएदेखि नै मैले मानिसहरूको यो समूहलाई चुन्ने र तिनीहरूको नियति पूर्वनिर्धारित गर्ने काम सुरु गरेको हुँ—नामै लिँदा, आजका तिमीहरूलाई। तिमीहरूको मनोभाव, क्षमता, रूप, र कद, तिमीहरू कुन परिवारमा जन्म्यौ, तिमीहरूको जागिर, र तिमीहरूको विवाह—आफ्‍नो सम्पूर्णतामा तिमीहरू, तिमीहरूको कपाल र तिमीहरूको छालाको रङ्ग, र तिमीहरूको जन्मको समय लगायत—सबै कुराहरू मेरा हातहरूले बन्दोबस्त गरेका थिए। मैले आफ्नै हातले तैँले हरेक दिन गर्ने कुराहरू र भेट्ने मानिसहरूको समेत बन्दोबस्त गरेँ, र तँलाई आज मेरो छेउमा ल्याइएको तथ्य पनि वास्तवमै मेरो बन्दोबस्तद्वारा गरिएको हो भनी उल्लेख गरिरहनु नपर्ला। आफूलाई अस्तव्यस्ततामा नफाल्; तँ शान्तसँग अघि बढ्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७४)। परमेश्‍वरका वचनहरूले मलाई मानिसको भाग्य परमेश्‍वरको हातमा हुन्छ भन्ने कुरा महसुस गराए। व्यक्तिको जागिर, विवाह, र परिवार सबै धेरै पहिले नै परमेश्‍वरद्वारा नियोजन गरिएका हुन्छन्। मेरो परिवार टुक्रिन्छ कि टुक्रिदैन भन्ने कुरा सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा निर्भर थियो, अनि मेरा श्रीमान्‌ले मसँग सम्बन्ध विच्छेद गर्छन् कि गर्दैनन् भन्ने कुरा मेरो नियन्त्रणमा थिएन। म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ र एउटा सृजित प्राणीको रूपमा मैले राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। परमेश्‍वरको अभिप्राय बुझेपछि, मेरो हृदय अलिक शान्त भयो।

त्यसपछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्‍वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु, र तेरा हृदयमा शान्ति र आनन्द ल्याइदिनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले मेरो स्नेहका कारणले म झन्डै शैतानको दाउपेचको सिकार भएकी रहेछु भनेर थाहा पाएँ। चिनियाँ कम्युनिस्ट पार्टीले मण्डलीलाई बद्नाम गर्न अनलाइनमा निराधार अफवाहहरू फैलायो, जसले हाम्रा गैरविश्‍वासी आफन्तहरूलाई भ्रममा पार्‍यो र तिनीहरूलाई प्रयोग गरेर हामीलाई अवरोध पार्न र सताउन थाल्यो, ताकि हामी परमेश्‍वरबाट टाढा रहन र उहाँलाई धोका दिन पुगौँ। सुरुमा, मेरा श्रीमान्‌ले मेरो विश्वासका कारण मलाई सताएनन्, तर अनलाइनका ती निराधार अफवाहहरू देखेपछि, उनले आफ्नो विरोध र सतावट देखाउन सक्दो प्रयास गरे, र अनेक प्रकारका उपायहरू लगाएर मलाई परमेश्‍वरमाथिको विश्वास त्याग्न लगाउन खोजे। उनले शैतानको एउटा साधनका रूपमा काम गरे! यदि मैले मेरा श्रीमान्‌को सतावटका कारण परमेश्‍वरमा विश्वास गर्न र आफ्नो कर्तव्य गर्न छोडेँ भने, के म शैतानको धूर्त दाउपेचमा फसेकी हुनेछैन र? परमेश्‍वर भन्‍नुहुन्छ: “गैरविश्‍वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ।” दैनिक जीवनका कुराहरूमा, म मेरा श्रीमान्‌को कुरा सुन्न सक्थेँ, तर परमेश्‍वरमाथिको मेरो विश्वासको सवालमा, मेरो आफ्नै अडान हुनुपर्थ्यो र मैले सिद्धान्तहरू पालना गर्नुपर्थ्यो। उनको सतावटका कारण मैले परमेश्‍वरमाथिको विश्वास त्याग्न मिल्दैनथ्यो; मैले बुद्धि लगाएर यसको सामना गर्नुपर्थ्यो। त्यसपछि, श्रीमान्‌लाई अतिरिक्त पैसा कमाउन ट्युसन पढाइरहेकी छु भनेर मैले बेलुकाको समयमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ, र म दिउँसो चाहिँ सामान्य रूपमा काममा जान्थेँ। केही समयसम्म सबै कुरा शान्त रूपमा यसरी नै चलिरह्यो, र मैले परमेश्‍वरमाथि विश्वास गरेको बारेमा मेरा श्रीमान्‌ले मसँग झगडा गरेनन्। केही समय बितेपछि, मेरा श्रीमान्‌लाई शङ्का लाग्यो। उनले लुकेर मेरो पिछा गर्न थाले, र प्रायः मेरो झोला खानतलासी गर्थे। उनले मैले दराजमा लुकाएर राखेका परमेश्‍वरका वचनका किताबहरू र मेरा उपासनाका नोटहरू फेला पारे, अनि रिसाउँदै मतिर औँला ठड्याएर भने, “तँ साह्रै जिद्दी रहिछेस्! म तेरा यी सबै किताबहरू जलाइदिन्छु; अनि हेर्छु तैँले कसरी विश्वास गरिरहन्छेस्!” मलाई उनले ती किताबहरू साँच्चै जलाइदिन्छन् कि भन्ने डर भयो त्यसैले उनी घरमा नभएको बेला, मैले ती किताबहरू सुरक्षित राख्न एउटी सिस्टरको घरमा सुटुक्क लगेँ। मेरा श्रीमान्‌को सतावटका कारण, मैले घरमा सामान्य रूपमा उपासना गर्न र परमेश्‍वरका वचनहरू पढ्न सकिनँ, त्यसैले मसँग भाडामा छुट्टै फ्ल्याट लिनुको विकल्प थिएन। हरेक दिन, घर जानुअघि म यही भाडाको फ्ल्याटमा परमेश्‍वरका वचनहरू पढ्थेँ।

सन् २०१२ को मेमा, मेरा श्रीमान्‌ परमेश्‍वरमा विश्वास गर्ने विषयमा बुझ्न संरक्षण ब्युरोमा गएका हुनाले, ब्युरोको कोही व्यक्तिले उनीमाथि निगरानी राख्न थाल्यो। उनीहरू सामान्यतया उनको हालखबर बुझ्ने बहानामा वीच्याटमार्फत उनलाई सम्पर्क गर्थे, र मैले काम गर्ने ठाउँ सोध्थे। चिनियाँ कम्युनिस्ट पार्टीले दुई महिनाभन्दा बढी समय मेरो पिछा गरेपछि, म एउटा भेलामा पक्राउ परेँ। म रिहा भएपछि, यदि पुलिसले मेरो पिछा गर्‍यो भने ब्रदर-सिस्टरहरूलाई समस्या पर्छ भनेर मलाई डर लाग्थ्यो, त्यसैले म तत्कालका लागि भेलामा जान छोडेँ र प्रायजसो मेरा श्रीमान्‌ घरमा नभएको बेला लुकेर परमेश्‍वरका वचनहरू मात्र पढ्ने गर्थेँ। एकदिन, मेरा श्रीमान्‌ले मैले अझै पनि परमेश्‍वरमा विश्वास गरिरहेको थाहा पाए, अनि उनले मलाई गम्भीर भावले सोधे, “के तँ विश्वास गर्न छोड्न सक्छस्? यदि तैँले परमेश्‍वरमा विश्वास गरिरहिस् र तँ फेरि पक्राउ परिस् भने, त्यसले मेरो इज्जत कहाँ पुर्‍याउँछ, तँलाई थाहा छ? के तैँले मेरो भावना वा हाम्रो बच्चाको भविष्यलाई ख्याल गरेकी छेस्? के हामी तीन जना अत्यन्तै राम्ररी जिइरहेका छैनौँ र? यदि तँ खुसी छैनस् भने, हामी घुम्न जान सक्छौँ। म तँलाई एउटा सानो कार पनि किन्दिउँला। तँलाई केही चाहियो भने, म त्यो पूरा गरिदिनेछु। तँ किन यो विश्वासको मार्ग पछ्याउन जिद्दी गर्छेस्?” त्यतिबेला, म अलिक प्रलोभनमा परेकी र कमजोर भएकी थिएँ। मलाई आफ्नो परिवारसँगै खुसी भएर बस्नु अत्यन्तै राम्रो हो भन्ने लाग्थ्यो, र म मेरा श्रीमान्‌को प्रस्तावमा सहमत हुन चाहन्थेँ। तर परमेश्‍वरमाथि विश्वास गर्न छोड्नेबारे सोच्दा, म निकै दुःखी भएँ। त्यसैले मैले हतारिँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म तपाईँमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु, तर म मेरो परिवार टुक्रेको हेर्न चाहन्नँ। कृपया मलाई विश्वास र दुःख सहने सङ्कल्प दिनुहोस् ताकि म शैतानको यो परीक्षालाई जित्न सकूँ।” त्यसपछि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “यदि, परमेश्‍वरलाई प्रेम गर्ने पथमा, परमेश्‍वरले शैतानसँग युद्ध गर्दा तँ उहाँको पक्षमा खडा हुन सकिस् भने, र तँ शैतानकहाँ फर्कँदैनस् भने, तैँले परमेश्‍वरप्रतिको प्रेम हासिल गरेको हुनेछस्, र तँ तेरो साक्षीमा दह्रिलो भएर खडा भएको हुनेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूले मलाई विश्वास र बल दिए। यी परिस्थितिहरू सामना गर्दा, मैले परमेश्‍वरको पक्षमा उभिएर शैतानलाई लज्जित पार्नुपर्थ्यो। मेरा श्रीमान्‌लाई यदि म फेरि पक्राउ परेँ भने त्यसले उहाँको इज्जतमा असर पुर्‍याउँछ र आफन्त तथा साथीभाइको अगाडि मुख देखाउन लाजमर्दो हुन्छ भन्ने डर थियो, त्यसैले उनले मलाई परमेश्‍वरलाई धोका दिन लगाउन भौतिक सुखसुविधा देखाएर फकाए। मसँग खुट्ट्याउने क्षमता थिएन र म प्रलोभित भएँ, यहाँसम्म कि म मेरा श्रीमान्‌लाई सन्तुष्ट पार्न र दैहिक पारिवारिक सुखको पछि लाग्न चाहन्थेँ। मेरो कद साँच्चिकै अति सानो थियो। म पक्राउ पर्नुअघि मलाई परमेश्‍वरमाथिको विश्वास त्याग्न लगाउन, मेरा श्रीमान्‌ले कसरी अनेक प्रकारका उपाय प्रयोग गरेर ममाथि निगरानी राखेका र मेरो पिछा गरेका थिए, अनि मेरा परमेश्‍वरका वचनका किताबहरूसमेत जलाउन चाहेका थिए भन्ने कुरा मैले सम्झेँ। मैले मेरा श्रीमान्‌ले साँच्चिकै मप्रति राम्रो व्यवहार गरिरहेका छैनन्; उनी मलाई मेरो विश्वास त्याग्न लगाउनका लागि मात्र यी भौतिक लाभहरू दिन खोजिरहेका छन् भन्ने देखेँ। म शैतानको धूर्त षड्यन्त्रमा फस्नु हुँदैनथियो। त्यसैले, मैले मेरा श्रीमान्‌लाई भनेँ, “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र परमेश्‍वरको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो।” मेरा श्रीमान्‌ले तिरस्कारपूर्वक जवाफ दिए, “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भन्ने विचार बाइबलबाट आएको हो, जुन मानिस आफैले लेखेको हो, तैपनि तँ यसलाई विश्वास गर्छेस्। तँ साँच्चै नै निर्बुद्धि रहिछेस्!” उनको कुरा सुनेर, मलाई परमेश्‍वरमा विश्वास गर्ने विषयमा हाम्रो मतभेद मिलाउन सकिँदैन भन्ने थाहा भयो। हामी दुई अलग मार्गमा हिँडिरहेका थियौँ, र ढिलोचाँडो हाम्रो वैवाहिक सम्बन्ध अन्त्य हुनु नै थियो। यो कुरा सम्झिँदा मेरो हृदय पीडाले भरियो, अनि मैले सोचेँ, “विवाह गरेपछिको समयमा हामीले साँच्चै धेरै कुरा भोगेका छौँ। सुरुमा, मेरो जीवनको सबैभन्दा कठिन समयमा मेरा श्रीमान्‌को अटल बफादारीले मलाई मद्दत गरेको थियो। यदि मैले यो वैवाहिक सम्बन्ध गुमाएँ भने, म भविष्यमा कसरी जिउनु?” मलाई अझै पनि मेरा श्रीमान् र बच्चाप्रति केही ऋणी महसुस भयो। तर त्यसपछि मैले सोचेँ, “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ, र परमेश्‍वर नहुनु भनेको जीवन नहुनुसरह हो। यदि मैले मेरा श्रीमान्‌को कुरा सुनेर परमेश्‍वरमा विश्वास गरिनँ, उहाँका वचनहरू खाइनँ र पिइनँ भने, मैले परमेश्‍वरको मुक्ति त्यागेकी र निरन्तर शैतानको सत्ताअन्तर्गत जिएकी हुनेछु। के त्यसपछि म जिउँदो लास भएर जिइरहेकी हुनेछैन र? म परमेश्‍वरमाथिको विश्वास त्याग्न सक्दिनँ!” त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मेरो अगाडिको मार्गमा हिँड्न मलाई मार्गदर्शन गर्नुहोस् भनी उहाँसँग बिन्ती गरेँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “हजारौँ वर्षदेखिको ‘राष्ट्रवादको उच्च भावना’ मार्फत मानव हृदयको गहिराइमा बसेका घातक प्रभावहरू र सामन्ती सोचले मानिसहरूलाई बाँधेका र साङ्लाले जकडेका छन्, तिनीहरूलाई रत्तिभर पनि स्वतन्त्रता दिएका छैनन्, तिनले तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा वा दृढता, अनि प्रगति गर्ने चाहना छाडेका छैनन्, बरु तिनीहरूलाई नकारात्मक र प्रतिगामी, दास मानसिकतामा जकडिएको, आदि अवस्थामा राखेको छन्। यी वस्तुगत कारकहरूले मानवताको वैचारिक दृष्टिकोण, आकाङ्क्षाहरू, नैतिकता, र स्वभावमा एक नमेटिने फोहोरी र कुरूप छाप पारेका छन्। मानिसहरू आतङ्कको अन्धकारमय संसारमा बाँचिरहेको, र तिनीहरूमध्ये कसैले पनि त्यसलाई पार गर्नेबारे सोच्ने नगरेको, वा एक आदर्श संसारमा जानेबारे सोच्ने नगरेको जस्तो देखिन्छ; बरु, तिनीहरू सन्तान जन्माउँदै र हुर्काउँदै, लागिपर्दै, पसिना बगाउँदै, आफ्नो श्रम गर्दै, अनि आरामदायी र सुखी परिवार, दाम्पत्य स्नेह, कर्तव्यनिष्ठ सन्तान, बुढेसकालमा आनन्दको, र शान्तिपूर्वक आफ्नो जीवन बिताउने सपनादेख्दै आफ्नो जीवनको नियतिप्रति सन्तुष्टिको भावनाका साथ आफ्ना दिनहरू बिताउँछन्…। दशौँ, हजारौँ, दशौँ हजार वर्षदेखि अहिलेसम्म, मानिसहरूले यसरी आफ्नो समय खेर फाल्दै आइरहेका छन्, कसैले पनि सबैभन्दा शानदार मानव जीवन सिर्जना गरेको छैन, तिनीहरू यस अन्धकार संसारमा आपसी कत्लेआम, ख्याति र प्राप्तिका लागि दौड, र एक-अर्काविरुद्ध षड्यन्त्र रच्नमा मात्रै लागिपरेका छन्। कसले पो कहिल्यै परमेश्‍वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्‍वरको काममा ध्यान दिएको छ? मानिसहरूका ती सबै भाग, जसलाई अन्धकारको प्रभावले ओगटेको छ, धेरै पहिले नै मानव प्रकृति बनिसकेका छन्, त्यसैले परमेश्‍वरको काम गर्न निकै गाह्रो छ, र मानिसहरूसँग आज परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको कुरामा ध्यान दिने हृदय त झन् कम छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३))। परमेश्‍वरका वचनहरूले जे खुलासा गरे त्यसबाट मैले मेरो पीडाको मूल कारण पत्ता लगाएँ। “एउटा पुरुष र एउटी महिलाले विवाह गरेपछि, तिनीहरूको प्रेमिल बन्धन गहिरो हुन्छ,” “जीवनभर सँगै यात्रा गर्नु,” र “एक असल श्रीमती र प्रेमिलो आमा बन्नु” भन्ने जस्ता परम्परागत धारणाहरूद्वारा बाँधिएकी र नियन्त्रित भएकी हुनाले, मलाई वैवाहिक प्रेम हुनु र छोराछोरीको धर्म निभाउनु अनि शान्तिपूर्वक जीवन बिताउनु नै खुसी हो भन्ने लाग्थ्यो। जब मैले मेरा श्रीमान्‌ले परमेश्‍वरमा विश्वास गर्न नमानेको र मेरो विरोधसमेत गरेको र मलाई सताएको, यस विषयमा सधैँ मसँग झगडा गरेको देखेँ, तब मलाई हाम्रो प्रेम टुट्छ र हामीले हाम्रो यो सुन्दर वैवाहिक सम्बन्ध गुमाउँछौँ भन्ने डर भयो, त्यसैले म यसलाई जोगाउन आफ्नो सक्दो कोसिस गर्न चाहन्थेँ। तर मैले परमेश्‍वरमा विश्वास गर्नुअघि, मेरा श्रीमान्‌ले मप्रति राम्रो व्यवहार गरेका भए पनि, अनि बाहिरबाट हेर्दा हाम्रो परिवार निकै घनिष्ठ र हाम्रो वैवाहिक सम्बन्ध सौहार्दपूर्ण देखिए पनि, हरेक दिन ती सानातिना घरायसी मामलाहरू मात्रै हुन्थे, जसले मलाई प्रायः भित्रभित्रै एक प्रकारको खोक्रोपन महसुस गराउँथे। वास्तवमा, त्यो साँचो खुसी थिएन। अहिले, मैले हाम्रो परिवारलाई जोगाएकी भए पनि र मेरो देह सन्तुष्ट भए पनि, मेरा श्रीमान्‌ले परमेश्‍वरमा विश्वास नगर्ने र उनले संसारको एउटा व्यक्तिको मार्ग पछ्याउने भएकाले, हामी एकताबद्ध देखिन्थ्यौँ, तर हाम्रो हृदय भने विभाजित थियो; हाम्रो साझा भाषा थिएन, कुनै खुसी हुने त कुरै छोडौँ। मैले चिनेका परिवारहरूलाई हेर्दा, बाहिरी रूपमा तीमध्ये धेरैजसो खुसी र आनन्दित देखिन्थे, तर उनीहरू आफ्नो भित्री खोक्रोपनबाट मुक्त हुन सकेका थिएनन्। उदाहरणका लागि, मेरी एउटी सहकर्मी थिइन्, जोसँग गाडी, घर, सुन्दरी छोरी, हेर्दाखेरि आरामदायी भौतिक जीवन र राम्रो वैवाहिक जीवन हुँदाहुँदै पनि, उनी पटक्कै खुसी थिइनन् अनि आफ्नो श्रीमान् कामको सिलसिलामा घरबाट टाढा जाँदा उनले अरू कसैसँग सम्बन्ध पो राख्छ कि भनेर उनी प्रायः चिन्ता गर्थिन्। जवान देखिइरहन, उनी आफ्नो स्वास्थ्य र सुन्दरता कायम राख्नमा धेरै समय लगाउँथिन्, र उनी आफ्नो श्रीमान्‌को पिछासमेत गर्थिन्। उनी प्रायः आफ्नो जीवन अत्यन्तै थकाइलाग्दो भएको भन्दै मसँग गुनासो गर्थिन्। यसले मलाई के महसुस गरायो भने, मानिसहरूले आफ्नो भौतिक जीवनमा जतिसुकै आनन्द लिए पनि, त्यसले उनीहरूको हृदयको खोक्रोपनलाई समाधान गर्न सक्दैन, अनि उनीहरूको परिवार जतिसुकै मिलेको भए पनि, त्यसले उनीहरूको आत्मिक आवश्यकताहरू पूरा गर्न सक्दैन। यदि मानिसहरू परमेश्‍वरमा विश्वास गर्दैनन् भने, उनीहरूले जतिसुकै दैहिक आनन्द लिए पनि, त्यो सबै क्षणिक हुन्छ। जब हामीमाथि महाविपत्तिहरू आइपर्छन्, तब ती मानिसहरूले परमेश्‍वरको सुरक्षा पाउनेछैनन् र तिनीहरू सबै नष्ट हुनेछन्। यदि मैले गैरविश्‍वासीको मार्ग पछ्याउने निर्णय गरेँ, वैवाहिक प्रेम र पारिवारिक खुसीको पछि लाग्न र क्षणिक दैहिक आनन्द पाउन परमेश्‍वरमाथिको विश्वास त्यागेँ भने, अन्ततः म विपत्तिमा फस्नेछु र दण्डित हुनेछु। मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र यदि कोही सृष्टिकर्ताकहाँ फर्कन्छ र आफ्नो कर्तव्य निर्वाह गर्छ भने मात्रै उसको जीवनको मूल्य र अर्थ रहन सक्छ। उदाहरणका लागि पत्रुसलाई हेर्नुहोस्, जसले प्रभु येशूको बोलावट सुने र उहाँलाई पछ्याउन सबथोक त्यागे। अन्त्यमा, तिनले परमेश्‍वरको साँचो बुझाइ प्राप्त गरे र परमेश्‍वरको सिद्धता र आशिष्‌हरू पाए। तिनको जीवन सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन थियो। अब उप्रान्त, मैले उचित रूपमा सत्यतालाई पछ्याउनुपर्छ र अर्थपूर्ण जीवन जिउनुपर्छ। पछि, मेरो कम्पनीमा काम कटौती भएको कारण, मलाई सेल्सपर्सनका रूपमा काम गर्न खटाइयो, जसको अर्थ मैले दिनभर कार्यालयमा बिताउनु पर्दैनथियो र दिउँसोको समयमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ। मैले यो साँच्चै परमेश्‍वरले मलाई बाटो देखाउनुभएको भन्ने महसुस गरेँ।

सन् २०१२ को डिसेम्बरमा, सुसमाचार प्रचार गर्ने क्रममा म फेरि पक्राउ परेँ र मैले जेलमा पन्ध्र दिन बिताएँ। म घर पुगेपछि, मेरा श्रीमान्‌ले निराश स्वरमा मलाई भने, “तँलाई थाहा छ, अब तेरो पक्राउको रेकर्ड छ। यसपटक, मैले मेरो पहुँच प्रयोग गर्न खोजेँ र संरक्षण ब्युरोका कप्तानलाई तेरो मुद्दा दर्ता नगर्न भनेँ, तर उनले भने, ‘सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्वासीहरूको मुद्दा गम्भीर प्रकृतिका हुन्छन्! यो केन्द्रीय अधिकारीहरूबाट आएको आदेश हो; कसैको सोर्सफोर्सले कुनै फरक पर्नेवाला छैन!’ हाम्रो बच्चा भविष्यमा सरकारी कर्मचारी बन्न वा सेनामा भर्ती हुन पाउनेछैन। अब तैँले हाम्रो पूरै परिवारलाई यसमा फसाएकी छेस्; तैँले मेरो इज्जत कहाँ पुर्‍याइएकी छेस् भन्ने कुरा सोच्!” उनको कुरा सुनेर, म आक्रोशित भएँ, अनि मैले सोचेँ, “परमेश्‍वरमा विश्वास गर्नु कुनै अपराध होइन, अनि यसले गर्दा मेरो पूरै परिवार किन समस्यामा पर्नुपर्ने? चिनियाँ कम्युनिस्ट पार्टी साँच्चिकै तिरस्कारयोग्य छ!” मेरा श्रीमान्‌ले अझै भने, “म सधैँभरि यसरी आकुलव्याकुल हुन चाहन्नँ। अब तँसँग दुई वटा बाटा छन्: एउटा परमेश्‍वरमाथिको विश्वास त्याग्ने र यो जीवन मसँगै जिउने। अर्को सम्बन्ध विच्छेद गर्ने, अनि हामी आ-आफ्नो बाटो लाग्ने र एकअर्काको मामिलामा हस्तक्षेप नगर्ने। म तँलाई सोच्न केही दिनको समय दिन्छु। अब निर्णय तेरो हातमा छ!” मेरो श्रीमान्‌ले सम्बन्ध विच्छेदको कुरा उठाएको सुनेपछि, मेरो मुटु टुक्रिएलाजस्तो भयो। मैले सोचेँ, “हाम्रो बच्चा अझै यति सानो छ; हाम्रो सम्बन्ध विच्छेदपछि उसको हालत के होला?” कुरा कहाँनेर झनै बिग्रियो भने, म भर्खरै रिहा भएकी र मलाई सुरक्षा जोखिम भएको हुनाले मैले ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्न सकेकी थिइनँ। मलाई अत्यन्तै एक्लो र विवश महसुस भयो, र मैले ब्रदर-सिस्टरहरूसँग बिताएका दिनहरू सम्झेँ। त्यो समयमा, मेरा श्रीमान् हरेक रात घर ढिला आउँथे, र उनी प्रायः मातेर लट्ठा परेका हुन्थे। हामी एउटै छानामुनि बसे पनि, हामी एकअर्काबाट टाढिएका थियौँ, अनि हाम्रो घरमा कुनै बेला जुन न्यानोपन थियो, त्यो निकै पहिले हराइसकेको थियो। म निकै दुःखी थिएँ, अनि चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको मेरो घृणा झन्-झन् बढ्दै गयो। उनीहरूले बुनेका अफवाहहरूले नै मेरो परिवारमा यो समस्या ल्याएको थियो। मैले परमेश्‍वरका वचनहरूका दुइटा खण्ड सम्झेँ: “के प्राचीनका पुर्खाहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। “के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै इमानदारीसाथ घृणा गर्छौ? मैले किन तिमीहरूलाई धेरै पटक सोधेको छु? म किन तिमीहरूलाई बारम्बार यो प्रश्न सोध्ने गर्छु? तिमीहरूको हृदयमा ठूलो रातो अजिङ्गरको कस्तो छवि छ? के यसलाई साँच्चै हटाइएको छ? के तँ त्यसलाई साँच्चै आफ्नो बुबा ठान्दैनस्? सबै मानिसले मेरा प्रश्नहरूमा रहेको मेरो अभिप्रायलाई बुझ्नुपर्छ। यो, मानिसको रिस उठाउनका निम्ति होइन, न त मानिसमाझ विद्रोह सुरु गर्नका लागि, न त मानिसले आफू उम्कने बाटो पाओस् भनेर नै हो, बरु यो त मानिसहरूलाई ठूलो रातो अजिङ्गरको बन्धनबाट छुटकारा दिनलाई हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २८)। परमेश्‍वरका वचनहरूको प्रकाशमा, मैले चिनियाँ कम्युनिस्ट पार्टी परमेश्‍वरलाई घृणा र प्रतिरोध गर्ने एउटा दुष्ट दियाबलस हो भन्ने कुरा स्पष्ट रूपमा देखेँ। यसले “धार्मिक स्वतन्त्रता” को झन्डा फहराउँछ, तर जताततै परमेश्‍वरका विश्वासीहरूलाई पक्राउ गर्छ र सताउँछ। यसले अनेक प्रकारका निराधार अफवाहहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्छ, साथै मानिसहरूलाई त्यसका दुष्ट शब्दहरूमा विश्वास गर्न र यसैसँग मिलेर परमेश्‍वरको प्रतिरोध गर्न लगाउँछ। मैले चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ गरिएका र सताइएका अनि घर छोड्न बाध्य गराइएका थिए थुप्रै ब्रदर-सिस्टरहरू, अनि यसका निराधार अफवाहहरू र छलद्वारा टुटाइएका थुप्रै सौहार्दपूर्ण परिवारहरूका बारेमा सोचेँ। तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरका विश्वासीहरू आफ्नो परिवार चाहँदैनन् भन्दै पीडितहरूलाई नै दोष दिन्छ। चोरले कसरी अरूलाई चोर दोष लगाएको! चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट र कुरूप सार प्रस्ट रूपमा देखेपछि सत्यता पछ्याउने र अन्तसम्म परमेश्‍वरलाई पछ्याउने मेरो दृढता अझ उच्च भयो। चिनियाँ कम्युनिस्ट पार्टीले मलाई जतिसुकै सताए पनि, मैले परमेश्‍वरलाई पछ्याउने सङ्कल्प गरेँ!

राति, म एक्लै बार्दलीमा उभिएँ, अनि परमेश्‍वरमा विश्वास गरेको त्यो समय सम्झेँ। मैले परमेश्‍वरको कति धेरै अनुग्रहका साथै परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिको आनन्द लिएकी थिएँ, केही सत्यताहरू बुझेकी थिएँ र मेरो हृदयका लागि साहारा पाएकी थिएँ। यदि मैले परमेश्‍वरमा विश्वास गरेँ र उहाँलाई पछ्याएँ भने मात्र मेरो जीवनको मूल्य हुन्छ भन्ने कुरा मलाई थाहा थियो, तर जब मैले यति दुःखले जुरेको मेरो वैवाहिक सम्बन्ध यसरी टुट्न गइरहेको बारेमा सोचेँ, मलाई हृदयमा अझै पनि गहिरो अनिच्छा महसुस भइरहेको थियो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म तपाईँलाई पछ्याउन चाहन्छु, तर म मेरो परिवारलाई छोड्न सकिरहेकी छैनँ। बिन्ती छ, मलाई यी दैहिक बन्धनहरूबाट मुक्त हुनका लागि लड्ने विश्वास र शक्ति दिनुहोस्।” त्यसपछि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “मानवजातिको जीवन परमेश्‍वरले दिनुभएको हो; तिनीहरूसँग भएका सबै कुरा परमेश्‍वरले दिनुभएको हो, र तिनीहरू परमेश्‍वरप्रति आभारी हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। मलाई जिइरहन साहस दिएको र सुन्दर वैवाहिक जीवन दिएको उनैले हो भन्ने ठानेर, मैले सधैँ मेरा श्रीमान्‌लाई नै आफ्नो हितकारीका रूपमा हेरेकी थिएँ, यहाँसम्म कि, मैले परमेश्‍वरमा विश्वास गर्न थालेपछि उनले मलाई सताउँदा र मेरो प्रतिरोध गर्दा पनि मैले उनलाई घृणा गरिनँ। जब म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी हुँदिनथेँ, म समय निकालेर उनलाई मिठो खाना पकाएर खुवाउने प्रयाससमेत गर्थेँ, र उनीप्रतिको मेरो ऋण तिर्न चाहन्थेँ। परमेश्‍वरका वचनहरूले मलाई मसँग जे जति छ त्यो सबै परमेश्‍वरले दिनुभएको हो, र यो विवाह पनि परमेश्‍वरको सार्वभौमिकता र नियोजनबाट नै आएको हो भन्ने कुरा बुझाए। मैले त परमेश्‍वरलाई पो धन्यवाद दिनुपर्ने थियो! यसबारे सोचेपछि, मलाई धेरै हल्का महसुस भयो, र वर्षौंदेखि मेरो हृदयमा रहेको बोझ अन्ततः हट्यो। मैले भित्री हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिएँ!

यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र म मेरा श्रीमान्‌को सार केही हदसम्म खुट्ट्याउन सक्ने भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरलाई पहिचान नगर्ने जोकोही पनि शत्रु हो; अर्थात्, परमेश्‍वरको देहधारणलाई पहिचान नगर्ने—चाहे ऊ यस प्रवाहभित्रको होस् वा यस प्रवाह बाहिरको होस्—ऊ ख्रीष्टविरोधी हो! के शैतानहरू, पिशाचहरू, र परमेश्‍वरका शत्रुहरू परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरूबाहेक अरू केही हुन् त? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र? … मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको व्यवहार असल छ उनीहरू धर्मी हुन्छन्, जबकि जसको व्यवहार घिनलाग्दो छ उनीहरू दुष्ट हुन्छन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँमा समर्पित हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरमा समर्पित हुने व्यक्ति धर्मी व्यक्ति हो, जबकि समर्पित नहुने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्‍वरले यो खुलासा गर्नुभयो कि जसले उहाँलाई स्वीकार गर्दैनन् ती सबै दियाबलस र शैतान हुन्; तिनीहरू परमेश्‍वरका शत्रु हुन्। परमेश्‍वर मानिसहरूको सारलाई हेर्नुहुन्छ, जबकि म भने उनीहरूको बाहिरी रूप मात्र हेर्थेँ। मैले देखेँ कि मेरा श्रीमान्‌ले घरभित्र र बाहिर दुवैतिर सबै काम राम्ररी सम्हाल्छन्, उनी आफ्ना परिवार र साथीभाइप्रति दयालु व्यवहार गर्छन्, मानिसहरूलाई चाहिएको बेलामा उनी मद्दत गरिहाल्छन्, र म सन्तान जन्माउन नसक्ने भएपछि पनि उनले मलाई पिठिउँ फर्काएनन्, त्यसैले मैले उनी यो संसारमा विरलै भेटिने असल व्यक्ति हो भन्ने सोचेँ। तर, म परमेश्‍वरमा विश्वास गर्छु भन्ने थाहा पाएपछि, उनको डरलाग्दो रूप खुलासा भयो; उनी अर्कै व्यक्ति बनेजस्तै लाग्यो। मलाई मेरो विश्वास त्याग्न लगाउन, उनले अनेक उपाय लगाएर मलाई धम्काए र फकाए, सम्बन्ध विच्छेदको धम्की दिएर मलाई जबरजस्ती समेत गरे। मैले मेरा श्रीमान्‌को सार भनेको सत्यता र परमेश्‍वरलाई घृणा गर्ने दियाबलसको सार भएको देखेँ। मैले यो पनि महसुस गरेँ कि म गुनासो नगरी हाम्रो परिवारप्रति आफूलाई समर्पित गर्न तयार हुने र मैले उनले भनेको जे पनि मान्ने, जसले एउटा पुरुषवादी सोच भएको व्यक्तिका रूपमा उनको आडम्बर पूरा हुने भएकाले मात्र विगतमा मेरा श्रीमान् मप्रति राम्रो व्यवहार गर्थे। परमेश्‍वरलाई भेट्टाएपछि, मैले केही सत्यताहरू बुझेँ, र मेरा आफ्नै विचारहरू निर्माण गरेँ, अनि जब मैले उनको कुरा सुन्न र मेरो विश्वास त्याग्न अस्वीकार गरेँ, उनले मलाई सताउन र मेरो विरोध गर्न थाले। जब मेरो पक्राउले उनको प्रतिष्ठा र स्वार्थलाई असर पार्‍यो, उनले मसँग सम्बन्ध विच्छेद गर्ने धम्की दिए। वास्तवमा, उनी साँच्चिकै मप्रति पटक्कै राम्रो व्यवहार गरिरहेका थिएनन्, जसले मलाई मानिसहरूबीच साँचो प्रेम हुँदैन र सबै कुरा स्वार्थ र लेनदेनमा आधारित हुन्छ भन्ने कुरा सिकायो। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “विश्‍वासी र गैरविश्‍वासीहरू अन्तर्निहित रूपमै मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। मैले के महसुस गरेँ भने, परमेश्‍वरमा विश्वास गर्ने यस मार्गमा, मेरो नियति नै मेरा श्रीमान्‌सँग अलग हुनु थियो। यदि हामीले सँगै बस्ने प्रयास गर्‍यौँ भने पनि, हामी खुसी हुनेछैनौँ, र यसले परमेश्‍वरमाथिको मेरो विश्वास र मेरो कर्तव्य निर्वाहमा असर पुर्‍याउनेछ। परमेश्‍वरमाथिको विश्वासको कुरामा म सम्झौता गर्न सक्दिनथिएँ। त्यसपछि, मेरा श्रीमान्‌ले मलाई मैले निर्णय गरेँ कि गरिनँ भनेर सोधे, अनि मैले भनेँ, “म परमेश्‍वरमा नै विश्वास गर्छु।” यो सुनेपछि, मेरा श्रीमान्‌ले टाउको हल्लाए र निराश हुँदै भने, “मैले साँच्चै मेरा सबै उपाय लगाइसकेँ; म तेरो परमेश्‍वरका तुलनामा केही पनि होइन रहेछु। तँलाई शुभकामना।” मैले मनमनै परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यसपछि, हामीले छिट्टै सम्बन्ध विच्छेदको प्रक्रिया पूरा गर्‍यौँ। नागरिक मामिला ब्युरोबाट बाहिर निस्कनेबित्तिकै, मैले राहतको लामो सास फेरेँ। त्यस दिनदेखि, मैले बल्ल स्वतन्त्र रूपमा परमेश्‍वरमा विश्वास गर्न पाएँ।

यो अनुभवले मलाई मेरो वास्तविक कद देख्न मद्दत गर्‍यो र परमेश्‍वरका वचनहरूले मात्र मानिसहरूलाई बदल्न र मुक्ति दिन सक्छन् भन्ने कुरा महसुस गरायो। मलाई मेरो परिवारबाट टाढा ल्याएर यसका बन्धनहरूबाट मुक्त गरेर, पूर्णकालीन रूपमा उहाँप्रति आफूलाई समर्पित गर्न, सत्यता पछ्याउन, र एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने बनाउनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु।

अघिल्लो: ९०. तिमी सधैँ आफैलाई जोगाउनतिर लाग्छौ भने आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनौ

अर्को: ९२. ख्याति र प्राप्तिको भुमरीबाट बाहिर निस्कँदा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्