८९. कठिनाइहरूका बारेमा सङ्गतिमा खुल्न सिक्नुपर्छ
सन् २०२३ को जुलाईमा, मैले भर्खरै केही मण्डलीको कामको निम्मेवारी लिन तालिम सुरु गरेकी थिएँ। काममा कठिनाइहरू आइपर्दा, म सधैँ आफैँ समाधान गर्ने प्रयास गर्थेँ र माथिल्ला अगुवाहरूसँग कहिल्यै मदत माग्दिनथेँ। म सोच्थेँ, यदि मैले समस्याहरू आफैँ समाधान गर्नुको सट्टा सधैँ माथिल्ला अगुवाहरूलाई रिपोर्ट गरेँ भने, मैले गुनासो गरिरहेकी हुनेछ र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेकी हुनेछैन। म उहाँहरूलाई ममा कार्य सामर्थ्य छ र आफैँ समस्याहरू समाधान गर्न सक्छु भनेर देखाउन चाहन्थेँ, अनि मेरा ब्रदर-सिस्टरहरूका हृदयमा राम्रो छाप छोड्न चाहन्थेँ।
मलाई याद छ, एक पटक मलजल गर्ने कामक नतिजा राम्रो थिएनन्, र धेरै नयाँ विश्वासी नियमित भेला हुँदैनथे। मलजल गर्ने कतिपय व्यक्ति खेतीपाती र घरधन्दामा व्यस्त थिए, त्यसैले उनीहरूले समयमै नयाँ विश्वासीहरूलाई अनुगमन र सहयोग गर्न सकेनन्, जबकि कोही चाहिँ काममा यति व्यस्त भए कि उनीहरूले नयाँ विश्वासीहरूसँग भेला गर्न नै बिर्से। त्यतिबेला मैले माथिल्ला अगुवाहरूलाई यी समस्याबारे रिपोर्ट गरिनँ, किनभने म उहाँहरूलाई यी कुरा म आफैँ सम्हाल्न सक्छु भन्ने देखाउन चाहन्थेँ। मैले मलजल गर्ने व्यक्तिहरूसँग सङ्गति गरेँ, र उनीहरूको स्थितिबारे सोधखोज फोन गरेँ। तर, मेरो जीवन अनुभव एकदमै थोरै थियो, र मैले पर्याप्त सत्यता बुझेकी थिइनँ, त्यसैले मैले समस्याको जड कारण छर्लङ्ग देख्न सकिनँ। मैले केवल उनीहरूसँग छोटो सङ्गति गरेँ र उनीहरूका समस्याहरू औँल्याएँ, अनि उनीहरूलाई आफ्ना कर्तव्यप्रति गर्ने व्यवहारमा बोझ उठाउन अर्ती दिएँ। नतिजास्वरूप, मलजल गर्ने व्यक्तिहरू आफ्ना कर्तव्यमा झाराटारुवा हुने समस्या समाधान भएन, र नयाँ विश्वासीहरू अझै पनि भेलाहरूमा नियमित उपस्थित भइरहेका थिएनन्। मैले सोचेँ, “के मैले माथिल्ला अगुवाहरूलाई यी समस्याबारे बताउनुपर्छ ताकि उहाँहरूले सहयोग गर्न र यसबारे सङ्गति गर्न सक्नुहोस्?” तर मलाई डर थियो, यदि मैले साँचो कुरा रिपोर्ट गरेँ भने, अगुवाहरूले म वास्तविक काम गर्न असक्षम छु भनी सोच्न सक्नुहुन्छ, त्यसैले मैले केही पनि भनिनँ। पछि, भेलाहरूमा नियमित उपस्थित नहुने नयाँ विश्वासीहरूको सङ्ख्या बढ्दै गयो, र काममा अनगिन्ती समस्या देखा परे। मलाई धेरै दबाब महसुस भयो, र मेरो हृदय विशेष गरी तड्पिएको र कमजोर थियो। तर, यस्तो हुँदाहुँदै पनि, मैले आफ्नो स्थितिबारे मेरा ब्रदर-सिस्टरहरूसँग खुलेर कुरा गरिनँ। म सोच्थेँ, यदि मैले आफ्ना कठिनाइ र कमजोरीहरूबारे सङ्गतिमा खुलेर कुरा गरेँ भने, यसले ब्रदर-सिस्टरहरू पनि नकारात्मक र कमजोर हुन सक्छन्, र एउटा अगुवाका रूपमा मसँग विश्वास हुनुपर्छ र म आफ्नो हृदयमा बलियो रहनुपर्छ। यसरी मात्र ब्रदर-सिस्टरहरूसँग आफ्ना कर्तव्य गर्ने विश्वास हुनेछ। मैले के पनि सोच्थेँ भने, यदि मैले आफ्ना साँचो विचार र कमीकमजोरीहरूबारे खुलेर कुरा गरेँ भने, ब्रदर-सिस्टरहरूले मलाई तुच्छ दृष्टिले हेर्नेछन्। त्यो समयावधिमा, अगुवाहरूले मलाई अक्सर सोध्नुहुन्थ्यो, “तपाईँका कर्तव्यमा कुनै कठिनाइहरू छन्?” वास्तवमा, मण्डलीमा मैले समाधान गर्न नसकेका धेरै समस्या थिए, तर मैले अगुवाहरूलाई बताएँ भने, उहाँहरूले मैले काम गर्न सक्दिनँ भनी सोच्नुहुनेछ भनेर म डराएकी थिएँ। अगुवाहरूले मलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असक्षम ठान्नुहोस् भन्ने म चाहन्नथेँ, त्यसैले मैले आफ्नो स्थिति अनि काममा भएका समस्याहरू लुकाइरहेँ। डिसेम्बरमा, मण्डलीमा अझ धेरै नयाँ विश्वासीहरू भेलाहरूमा त्यति नियमित उपस्थित भइरहेका थिएनन्। उनीहरू कहिले आउँथे त कहिले आउँदैनथे। माथिल्ला अगुवाहरूले मलाई सोध्नुभयो, “किन यति धेरै मानिस भेलाहरूमा नियमित उपस्थित भइरहेका छैनन्? के मलजल गर्ने व्यक्तिहरूले उनीहरूलाई समयमै अनुगमन नगरेका कारणले हो?” मैले सोचेँ, “यदि माथिल्ला अगुवाहरूले म जिम्मेवार रहेका मण्डलीहरूमा मलजल गर्ने व्यक्तिहरूमा यति धेरै समस्या छन् भन्ने थाहा पाउनुभयो भने, उहाँहरूले वास्तविक काम नगरेको भन्दै मेरो काटछाँट गर्न सक्नुहुन्छ।” मलाई अगुवाहरूले दोष दिनुहुन्छ वा म समस्याहरू समाधान गर्न सक्दिनँ भनी सोच्नुहुन्छ भन्ने डर थियो, त्यसैले मैले झूट बोलेँ, “नयाँ विश्वासीहरूको इन्टरनेट राम्रो छैन र कतिपयसँग मोबाइल फोन नै छैन। त्यसैले उहाँहरू नियमित रूपमा भेलामा उपस्थित हुन सक्नुहुन्न।” माथिल्ला अगुवाहरूले मलाई अर्को प्रश्न सोध्नुभयो, “सुसमाचारको कामका नतिजा कस्तो छन्?” मलाई थाहा थियो सुसमाचारको काम सुस्त गतिमा बढिरहेको छ, र सुसमाचार स्विकार्ने सम्भावना भएका कतिपय व्यक्ति सिद्धान्तअनुरूप थिएनन् र उनीहरूमा बुझ्ने क्षमताको कमी थियो। तर, म अगुवाहरूलाई सुसमाचारको काम सम्हाल्न सक्छु भनेर देखाउन चाहन्थेँ, त्यसैले मैले भनेँ, “यी मानिसहरू चाँडै नै मण्डलीमा आबद्ध हुन सक्नेछन्।” मैले सत्यता लुकाएका कारणले गर्दा, मेरा ब्रदर-सिस्टरहरूले सुसमाचार स्विकार्ने सम्भावना भएका यी व्यक्तिहरूको अनुगमन गर्ने कार्यमा धेरै समय बिताए, र धेरै व्यर्थका काम गरे। यसले मण्डलीको काममा अवरोध गर्यो र बाधा दियो।
त्यस समयमा, मेरो स्थिति धेरै खराब थियो, र माथिल्लो अगुवा सिस्टर सुजनले मलाई परमेश्वरका वचन पठाउनुभयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्वास गर्छ? के उसले साँच्चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। सरल शब्दमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र गौरवलाई बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। उसले आफ्नो नकारात्मकता र कमजोरीहरूबारे र आफ्नो विद्रोही र भ्रष्ट पक्षबारे खुलेर कुरा गऱ्यो भने, यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर क्षति गर्ने, र फाइदाभन्दा बेफाइदा बढी हुने सोच्छ। त्यसैले ऊ कहिलेकाहीँ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। यदि सबैले उसको कमजोर र विद्रोही पक्ष देख्ने, तिनीहरूले ऊ भ्रष्ट भएको र अलिकति पनि नबदलिएको देख्ने त्यस्तो कुनै दिन आयो भने पनि, तिनीहरूले अझै पनि नाटक गर्न जारी राख्नेछन्। उसले सोच्छ कि यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, जो नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुम्नेछ, सबैको आराधना र श्रद्धा गुम्नेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूसामु निष्कपट रूपमा खुलस्त हुनेछैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिनेछैन; बरु, उसले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्नेछ, र कहिल्यै हार मान्नेछैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्वरका वचन पढेपछि, मैले के बुझेँ भने ख्रीष्टविरोधीहरू भेष धारण गर्न सिपालु हुन्छन्। उनीहरू अरूले आफ्नो नकारात्मकता र कमजोरी देखून् भन्ने चाहँदैनन्, त्यसैले उनीहरू सधैँ समस्याहरूबाट पन्छिन्छन् र आफ्ना असफलता र कमीकमजोरीहरूबारे कुरा गर्दैनन्, मानिसहरूका हृदय जित्नका लागि अरूलाई आफ्नो सकारात्मक पक्ष मात्र देखाउँछन्। म ठ्याक्कै यस्तै थिएँ। मैले जानीजानी आफ्ना कठिनाइ, नकारात्मकता र कमजोरीहरू लुकाएँ किनभने म उत्कृष्ट व्यक्तिको भेष धारण गर्न, मानिसहरूले म सबै समस्या समाधान गर्न सक्छु र अरूभन्दा राम्रोसँग सत्यता बुझ्छु भन्ने ठानेको, र अरूको हृदयमा स्थान ओगट्न चाहन्थेँ। मलाई आफूले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको भन्दा फरक रहेनछ भन्ने महसुस भयो। जब म नबुझेका, बुझ्न नसकेका वा समाधान गर्न नसकेका समस्याहरूको सामना गर्थेँ, तब म आफ्ना अगुवा वा सहकर्मीहरूसँग परामर्श गर्दिनथेँ। म उहाँहरूले मेरा कमीकमजोरीहरू देखेर “तपाईँ यो काम पनि गर्न सक्नुहुन्न?” भनेको चाहन्नथेँ। म सबैले ममा कार्य सामर्थ्य छ भनेको चाहन्थेँ। मलजल गर्ने व्यक्तिहरूसँगको मेरो सङ्गतिले कुनै नतिजा नदिएको र उनीहरूको समस्या ज्यूँका त्यूँ रहेको कुरा मलाई राम्ररी थाहा थियो, तर मैले कहिल्यै अगुवाहरूसँग मदत मागिनँ। नतिजास्वरूप, मैले सत्यता नबुझेका कारणले गर्दा मलजल गर्ने व्यक्तिहरूका समस्या समयमै समाधान गर्न सकिनँ, जसले गर्दा कामलाई असर गर्यो। मेरा ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्दा, मैले कहिल्यै आफ्नो भ्रष्टताबारे खुलेर बताइनँ, र आफ्ना कमीकमजोरीहरूबारे कुरा गरिनँ। म अरूले मेरो वास्तविक कद थाहा पाऊन् भन्ने चाहन्नथेँ। उदाहरणका लागि, जब अगुवाहरूले मलाई मेरा काममा के समस्याहरू छन्, र कर्तव्य गर्दा कठिनाइहरू आएका छन् कि छैनन् भनेर सोध्नुभयो, तब स्पष्ट रूपमा मैले समाधान गर्न नसकेका धेरै समस्या भए तापनि, अगुवाहरूमा मेरो राम्रो छवि बनोस् भनेर मैले कुनै कठिनाइ छैनन् भनेँ। मलजल गर्ने व्यक्तिहरूले आफ्ना कर्तव्य झाराटारुवा तरिकाले गरिरहेका थिए, र सुसमाचारको काम ठप्प भएको थियो। तर, माथिल्ला अगुवाहरूले कामका बारेमा सोध्दा, यदि मैले साँचो कुरा बताएँ भने, अगुवाहरूले म समस्या समाधान गर्न सक्दिनँ र ममा कार्य सामर्थ्य छैन भनी सोच्नुहुनेछ भनी म डराएँ। त्यसैले, मैले तथ्यहरू लुकाउँदै नयाँ विश्वासीहरू इन्टरनेट नभएका कारणले भेलाहरूमा नियमित उपस्थित हुन नसकेको कुरा बताएँ, ताकि अगुवाहरूले वास्तविक कठिनाइ त नयाँ विश्वासीहरूमा नै रहेछ, र यो हामीले आफ्नो काम राम्ररी नगरेका कारणले होइन रहेछ भनी सोच्नुहोस्। सुसमाचार स्विकार्ने सम्भावना भएका यस्ता धेरै व्यक्ति थिए जो स्पष्ट रूपमै सिद्धान्तअनुरूप थिएनन्, म आफू वास्तविक काम गर्न सक्छु भनेर प्रमाणित गर्न, मैले झूट बोलेँ र यी मानिसहरू मण्डलीमा आबद्ध हुन सक्छन् भनेँ, जसका कारण मेरा ब्रदर-सिस्टरहरूले धेरै व्यर्थको काम गरे र मण्डलीको काममा ढिलाइ भयो। म एउटा साधारण मान्छे मात्र हुँ। म सिद्ध छैन। ममा धेरै कमीकमजोरी र अभावहरू छन् र मैले भर्खरै मण्डलीको काम गर्न तालिम सुरु गरेकी छु, त्यसैले धेरै कामहरू कसरी गर्ने भनेर मैले नजान्नु एकदमै सामान्य कुरा थियो। मैले कठिनाइहरूको सामना गर्दा समयमै माथिल्ला अगुवाहरूसँग मदत माग्नुपर्थ्यो। तर, मैले सधैँ के ठानेँ भने यो कामको जिम्मेवार आफू भएकाले, मैले काम कसरी गर्ने भनेर थाहा छैन भन्न मिल्दैन, र सबै समस्याहरू म आफैँले समाधान गर्न सक्षम हुनुपर्छ। अरूबाट सम्मान पाउनका लागि मैले माथिल्ला अगुवाहरूलाई समेत छल गरेँ र झुक्याएँ। मेरो अहङ्कारी र छली स्वभाव परमेश्वरका लागि कति घृणित थियो! म असाध्यै दुःखी थिएँ किनभने मेरा गलत पछ्याइहरूले मण्डलीको कामलाई असर गरेको थियो। मलाई थाहा थियो, मैले पश्चात्ताप गर्नुपर्छ, र यदि म गलत मार्गमा हिँडिरहेँ भने, म पक्का परमेश्वरद्वारा हटाइनेछु।
पछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई परमेश्वरका वचनको एउटा खण्ड पठाउनुभयो, र मैले मेरा आफ्नै समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिस सधैँ आफ्नो साँचो रूप ढाकछोप गर्ने प्रयास गर्छन्, सधैँ आफूलाई चोख्याउँछन्, अरूले तिनीहरूलाई उच्च मानून्, र तिनीहरूका दोष वा कमजोरीहरू देख्न नसकून् भनी सधैँ भेष बदल्छन्, र सधैँ आफ्नो सबैभन्दा राम्रो पक्ष अरूसामु प्रस्तुत गर्ने चाहना राख्छन्—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कार, आडम्बर, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। यो त शैतानी शासनका सदस्यहरूले गोप्य रूपमा जति नै लडाइँ, झगडा, वा काटमार गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न नदिइने कुरा जस्तै हो। तिनीहरू मानिसहरूले तिनीहरूको पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई सेतो पोत्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र अचूक छन् भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर सधैँभरि शासन गर्ने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र मनमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचन पढेपछि, मैले फर्केर सोचेँ, कसरी म जिम्मेवार रहेका मण्डलीहरूमा भेलाहरूमा नियमित उपस्थित नहुने धेरै नयाँ विश्वासी थिए, मेरा ब्रदर-सिस्टरहरूका समस्या समाधान नभई त्यसै रहेका थिए, र सुसमाचारको काम ठप्प भएको थियो, तैपनि मैले अझै समस्याहरू समाधान गर्न सक्छु भन्ने स्वाङ पारेँ। मण्डलीको काममा ढिलाइ भइरहेको म देख्न सक्थेँ, तर म अगुवाहरूसँग मदत माग्न अनिच्छुक थिएँ। अगुवाहरूले मलाई काममा कुनै कठिनाइ वा समस्याहरू छन् कि भनेर सोध्दा, मैले उहाँहरूलाई झुकाउने र काममा भएका समस्याहरू लुकाउने समेत गरेँ। म सधैँ मेरा ब्रदर-सिस्टरहरूमा म केही पनि गर्न असक्षम छैन, र म सबै समस्या समाधान गर्न सक्छु भन्ने छाप पार्न चाहन्थेँ। ममा आत्मसचेतनाको घोर कमी थियो! मैले प्रकट गरेको स्वभाव सीसीपीको जस्तै थियो। सीसीपी मानिसहरूको अगाडि भेष धारण गर्न रुचाउँछ, ताकि मानिसहरूले यसको आराधना गरून् र यसलाई पछ्याऊन्, तर वास्तवमा, यसको शासनमुनि मानिसहरू चरम कष्टमा जिउँछन्। महामारी, भूकम्प, प्राकृतिक प्रकोपहरू, र मानव निर्मित विपत्तिहरू उनीहरूमाथि निरन्तर आइरहन्छन्, तर सरकारले कुनै कदम चाल्दैन र मानिसहरूले समयमै उद्धार र उपचार पाउँदैनन्। मानिसहरूलाई धार्मिक स्वतन्त्रताबाट समेत वञ्चित गरिएको छ, र धेरै इसाईलाई सताइएको छ र घरबारविहीन बनाइएको छ। यद्यपि, सीसीपीले कहिल्यै सार्वजनिक रूपमा आफ्ना गल्तीहरू स्वीकार गरेको छैन, र मानिसहरूले सडकमा गुनासो पोख्दा पनि, यसले वास्तै गर्दैन। यसले केवल अरूको अगाडि आफ्नो छविलाई चोख्याउन ध्यान दिन्छ। यसको प्रकृति कति दुष्ट रहेछ भनेर मैले देखेँ! यदि मैले पश्चात्ताप गरिनँ, र हरेक मोडमा भेष धारण गर्ने र आफूलाई लुकाउने काम गरिरहेँ, र वास्तविक काम गरिनँ भने, अन्त्यमा, म पक्का परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ र हटाइनेथिएँ। त्यसपछि मैले परमेश्वरले इमानदार मानिसहरूलाई कसरी प्रेम गर्नुहुन्छ, र हामीले सत्यता पछ्याउन, निष्कपट भई खुल्न र इमानदार मानिस बन्न सकौँ भन्ने आशा गर्नुहुन्छ भन्ने कुरा सम्झेँ। तर, म सधैँ आफूले गर्न नसक्ने केही पनि छैन भनेर बहाना गर्न चाहन्थेँ, र महान् तथा असाधारण बन्ने कुरा पछ्याउँथे, ताकि मानिसहरूले मलाई आदर र आराधना गरून्। म त के पनि ठान्थेँ भने मेरो श्रेष्ठ र सिद्ध व्यक्ति बन्ने पछ्याइ परमेश्वरलाई मन पर्ने कुरा हो। तर, तथ्यहरूले मलाई गलत प्रमाणित गरे: परमेश्वरले मानिसबाट के माग गर्नुहुन्छ भन्ने कुरा मैले पटक्कै बुझेकी थिइनँ। म कति मूर्ख र पाखण्डी थिएँ!
अगुवाहरूले मलाई परमेश्वरका वचनको अर्को खण्ड पठाउनुभयो र मलाई तिनमा ध्यानपूर्वक मनन गर्न भन्नुभयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले मानिसहरूमा भरोसा राख्नुपर्छ र आफू कठिनाइमा पर्दा वा असफल हुँदा, आफ्ना समस्या र कमजोरीहरू, आफूले कसरी परमेश्वरविरुद्ध विद्रोह गऱ्यो, र त्यसबाट आफू कसरी बाहिर निस्क्यो र परमेश्वरका अभिप्रायहरू पूरा गर्न ससक्षम भयो भनी बताउँदै तिनीहरूसित बारम्बार सङ्गति गर्नुपर्छ। अनि यस प्रकारले तिनीहरूलाई भरोसा गर्नुको प्रभाव कस्तो हुन्छ? निस्सन्देह, त्यो सकारात्मक हुन्छ। कसैले पनि तँलाई तुच्छ ठान्नेछैनन्—अनि तिनीहरूले यी अनुभवबाट गुज्रने तेरो क्षमताको ईर्ष्या गर्लान्। कतपिय मानिस सधैँ के सोच्छन् भने जब मानिसहरूसित हैसियत हुन्छ, तब तिनीहरूले अधिकारीहरूले जस्तै व्यवहार गर्नुपर्छ, र आफूलाई गम्भीरताका साथ लिइयोस् र सम्मान गरियोस् भनेर निश्चात तरिकामा बोल्नुपर्छ। के यस्तो प्रकारको सोचाइ सही हो? यदि तैँले यस प्रकारको सोचाइ गलत हो भनेर बुझ्न सक्छस् भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र दैहिक कुराहरूको विरुद्धमा जानुपर्छ। गमक्क नपर्, र पाखण्डको मार्गमा नहिँड्। तँमा त्यस्तो सोच आउनेबित्तिकै, सत्यता खोजेर त्यो समाधान गर्नुपर्छ। यदि तैँले सत्यता खोजिनस् भने, यो सोच, यो दृष्टिकोणले आकार लिनेछ र तेरो हृदयमा जरा गाड्नेछ। परिणामस्वरूप, त्यो तँमाथि हावी हुनेछ अनि तैँले भेष बदल्नेछस् र यस्ता हदमा आफ्नो छवि बनाउनेछस् कि कसैले पनि तँमा त्यो कुरादेख्न वा तेरा सोचहरू बुझ्न सक्नेछैनन्। तँ अरूसँग तिनीहरूबाट तेरो साँचो हृदय लुकाएर राख्ने मुकुण्डो ओढेर बोल्छस्। तैँले अरूलाई तेरो हृदय हेर्न दिन अनि अरूलाई आफ्नो हृदय खोल्न र तिनीहरूसँग नजिक हुन सिक्नैपर्छ। तैँले आफ्नो दैहिक रुचिहरूविरुद्ध विरुद्ध विद्रोह गर्नैपर्छ र परमेश्वरका मागहरूअनुसार अभ्यास गर्नैपर्छ। यसरी, तेरो हृदयले शान्ति र खुसी पाउनेछ। तँलाई जेसुकै घटनाहरू आइपरे पनि, पहिला आफ्नो मनमा के-कस्ता समस्याहरू छन् भनी चिन्तन गर्। यदि तँलाई अझै पनि आफ्नो छवि बनाउन र भेष बदल्न चाह हुन्छ भने, तैँले तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्नुपर्छ: ‘हे परमेश्वर! म फेरि पनि भेष बदल्न चाहन्छु। म फेरि छल गर्दै षडयन्त्र गर्दै छु। म कस्तो खास दियाबलस रहेछु! तपाईंका लागि म साँच्चै घृणित हुनुपर्छ! अहिले म आफूलाई एकदमै घृणा गर्छु। बिन्ती छ, मलाई हप्काउनुहोस्, अनुशासनमा राख्नुहोस् र दण्ड दिनुहोस्।’ तैँले प्रार्थना गर्ने, आफ्नो मनोवृति खुलस्त पार्ने, र परमेश्वरमा भरोसा गरेर त्यसलाई खुलासा गर्ने, त्यसलाई केलाउने, र रोक्ने गर्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। मैले परमेश्वरका वचनसँग तुलना गरेर आत्मचिन्तन गरेँ। जबदेखि म मण्डलीहरूको कामको जिम्मेवार भएँ, तब मलाई के लाग्यो भने, एक सुपरिवेक्षकका रूपमा, मैले बाटो देखाउँदा सुपरिवेक्षकजस्तै देखिनुपर्छ: ममा कुनै अभाव वा कमीकमजोरीहरू हुनुहुँदैन, म काममा सबै समस्याहरू समाधान गर्न सक्षम हुनुपर्छ, र यदि म नकारात्मक भएँ भने, मेरा ब्रदर-सिस्टरहरूले विश्वास गुमाउनेछन् र नकारात्मक तथा कमजोर हुनेछन्। यस्तो गलत दृष्टिकोणका साथ, म आफ्ना कमीकमजोरी र अभावहरूबारे ब्रदर-सिस्टरहरूसँग खुलेर कुरा गर्न अनिच्छुक भएँ, र मेरो कर्तव्यमा कुनै कठिनाइ वा समस्याहरू छैनन् भनेर अगुवाहरूलाई झुक्याउने काम समेत गरेँ। मैले अरूलाई मेरो राम्रो पक्ष मात्र देखाएँ। म कति पाखण्डी थिएँ! परमेश्वरका वचनबाट मैले के बुझेँ भने एउटा सुपरिवेक्षकमा अभावहरू हुनु एकदमै सामान्य कुरा हो, र यदि म आफ्ना अभाव र कमजोरीहरूबारे खुल्न सकेँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई पटक्कै तुच्छ दृष्टिले हेर्नेछैनन्; यदि मण्डलीको काममा कठिनाइहरू भए, उनीहरूले पनि बोझ उठाउनेछन् र समाधान गर्न सँगै मिलेर काम गर्नेछन्, किनभने उनीहरूलाई म भर्खर तालिमको चरणमा छु भन्ने थाहा थियो। यसबाहेक, यदि मैले कर्तव्य गर्ने क्रममा आफ्ना असफलता, अभाव र कठिनाइहरू, र यहाँसम्म कि मेरो नकारात्मक र कमजोर पक्षबारे पनि ब्रदर-सिस्टरहरूसँग खुलेर भन्न सिकेँ भने, मेरा ब्रदर-सिस्टरहरूले मसँग सङ्गति गर्नेछन् र मलाई मदत गर्नेछन्, र म मेरा ब्रदर-सिस्टरहरूको अनुभवात्मक ज्ञानबाट आत्मिक उन्नति र फाइदाहरू प्राप्त गर्न, र अभ्यासको मार्ग फेला पार्न सक्छु। विगतमा, म कठिनाइहरूको सामना गर्दा खुल्न र खोज्न अनिच्छुक हुँदै, भेष धारण गर्ने र नक्कलीपनको स्थितिमा बाँचेकी थिएँ। बरु, म एक्लै लडेँ, र धेरै दबाबमा थिएँ। मेरो हृदयमा कुनै शान्ति र आनन्द थिएन, र मेरो कामका नतिजा सधैँ खराब हुन्थ्यो। पछि, जब मैले आफ्नो वास्तविक अवस्थाबारे ब्रदर-सिस्टरहरूसँग खुलेर कुरा गरेँ, र आफ्नै भ्रष्टता तथा काममा भएका समस्याहरूबारे सङ्गति गरेँ, तब उनीहरूले मलस्सी परमेश्वरका वचन साझा गरे, र माथिल्ला अगुवाहरूले पनि सङ्गति गरी मलाई मदत गर्नुभयो ताकि मैले समस्याहरू समाधान गर्ने केही उपायहरू फेला पारूँ। पछि, मैले नयाँ विश्वासीहरूलाई मलजल गरिरहेका ब्रदर-सिस्टरहरूसँग कुरा गरेँ, र, परमेश्वरका वचन समावेश गर्दै, उनीहरूले कर्तव्य गर्दा झाराटारुवा हुनुको प्रकृति र परिणामहरूबारे सङ्गति र खुलासा गरेँ। उनीहरूले आफ्ना समस्याहरू महसुस गरे, र आफ्ना स्थितिहरूलाई बदल्न इच्छुक भए। बिस्तारै, मलजल गर्ने व्यक्तिहरूले आफ्नो कर्तव्यमा बोझ उठाउन थाले, र कामले नतिजाहरू दिन थाल्यो। मलाई के महसुस भयो भने यदि मैले पहिले नै यसरी अभ्यास गरेकी भए, मेरो कर्तव्यमा असर पर्ने नै थिएन। यो अनुभवपछि, मैले मेरा ब्रदर-सिस्टरहरूसँग खुलेर कुरा गर्ने र आफ्ना भित्री विचारहरू बताउने प्रयास गरेँ, र यसरी अभ्यास गर्दा धेरै छुटकारा महसुस गरेँ।
त्यसपछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई परमेश्वरका वचनको अर्को खण्ड पठाउनुभयो: “कतिपय मानिसहरूलाई मण्डलीले प्रवर्द्धन र संवर्धन गर्छ, र तिनीहरूले तालिम लिने राम्रो मौका पाउँछन्। यो राम्रो कुरा हो। यो भन्न सकिन्छ कि तिनीहरूलाई परमेश्वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसोभए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो, तिनीहरूले सत्यता नबुझ्दा सत्यताको खोजी गर्नैपर्छ, र यदि आफैले खोजी गरेपछि पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्ने व्यक्तिलाई खोज्नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नका लागि आफैले परमेश्वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो ‘सुस्त समाधानले तात्कालिक आवश्यकता पूरा गर्न सक्दैन’ भनेजस्तै हुन्छ। यदि तँ सत्यताका हकमा चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न, अनि अझ बढी प्रश्नहरू सोध्न, र अझ बढी खोजी गर्न सिक्नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले समस्याहरू तुरुन्तै समाधान गर्न सक्नेछस्, दुवै कुरामा कुनै ढिलाइ हुनेछैन। तँलाई भर्खरै प्रवर्द्धन गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेको वा तँमा सत्यता वास्तविकता नभएको हुनाले—तँमा अझै पनि यो कदको कमी भएको हुनाले—तँलाई प्रवर्द्धन गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्ने नसोच्; यस्तो हुँदैन। तँमा कामप्रति बोझको बोध भएको र तँसित अगुवाको क्षमता भएको हुनाले मात्रै प्रवर्द्धन र संवर्धन गर्नको लागि तँलाई छनौट गरिएको हो। तँमा यो समझ हुनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचन पढेपछि, मैले के बुझेँ भने एउटा सुपरिवेक्षकका रूपमा मैले मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर काम गर्नुपर्छ, र मिलेर मण्डलीको कामको सुरक्षा गर्नुपर्छ। पहिले, ममा गलत दृष्टिकोण थियो। म ठान्थेँ, ब्रदर-सिस्टरहरूले मलाई सुपरिवेक्षकका रूपमा चुनेपछि, मैले सबै समस्या कसरी समाधान गर्ने भनेर जान्नै पर्छ, र समस्याहरूबारे माथिल्ला अगुवाहरूसँग सहयोग माग्दा उहाँहरूले मलाई तुच्छ दृष्टिले हेर्नुहुनेछ र ममा कार्य सामर्थ्यको कमी छ भनी सोच्नुहुनेछ। त्यसैले, जब मैले आफूले छर्लङ्ग देख्न वा समाधान गर्न नसक्ने समस्याहरूको सामना गरेँ, मैले तिनलाई लुकाएँ र केही पनि भनिनँ, एक्लै सबै थोक गर्ने व्यक्तिका रूपमा जिएँ। कर्तव्य गर्दा मलाई निरन्तर धेरै दबाब महसुस हुन्थ्यो, र मैले मण्डलीको काममा बाधा पनि पुऱ्याएँ। अब मैले के बुझेँ भने समस्याहरू समाधान गर्न र मण्डलीको कामको सुरक्षा गर्न, अगुवा र कामदारहरूले कठिनाइहरूको सामना गर्दा माथिल्ला अगुवाहरूसँग मदत माग्नुपर्छ। एउटा मानकअनुरूपको सुपरिवेक्षक त्यस्तो व्यक्ति हुनुपर्छ जसले मण्डलीको कामका लागि बोझ उठाउँछ। उनीहरूमा कमीकमजोरी र अभावहरू हुन सक्लान्, तर उनीहरूले नियमित रूपमा आत्मचिन्तन गर्नेछन् र सत्यता खोज्नेछन्, समाधान गर्न नसक्ने समस्याहरूको सामना गर्दा आफ्नो अभिमान त्याग्न र अग्रसर भई ब्रदर-सिस्टरहरूसँग मिलेर मार्गहरू खोज्न सक्षम हुनेछन्, र सबैसँग सौहार्दपूर्ण भई काम गर्नेछन् र सबैलाई मदत गर्नेछन्, मण्डलीको काम मिलेर राम्ररी गर्नेछन्। जब मैले यो कुरा बुझेँ, तब मैले अभ्यासको मार्ग पाएँ। त्यसपछि, जब म काममा आफूले समाधान गर्न नसक्ने कुनै कठिनाइहरूको सामना गर्थेँ, तब म परमेश्वरलाई प्रार्थना गर्थेँ र आफ्नो अभिमान त्यागेर मेरा ब्रदर-सिस्टरहरूसँग अघि सरेर खोजी गर्थेँ। सुसमाचारको काममा, म माथिल्ला अगुवाहरूलाई केही पनि नलुकाई परिस्थितिको रिपोर्ट गर्थेँ, मेरो काटछाँट हुन सक्छ वा अरूले मलाई तुच्छ दृष्टिले हेर्न सक्छन् भन्ने कुराको परवाह गर्दिनँथेँ। मैले परवाह गर्ने कुरा भनेको म इमानदार हृदयका साथ आफ्नो कर्तव्य राम्ररी गर्न सक्छु कि सक्दिनँ, र मण्डलीको कामलाई फाइदा हुने तरिकाले कसरी काम गर्ने भन्ने थियो। जब मैले यसरी अभ्यास गरेँ, मेरो हृदयले एकदमै शान्ति र चैन महसुस गर्यो। मलाई आफ्नै भ्रष्टता थाहा पाउन, तथा इमानदार व्यक्ति कसरी बन्ने र मेरा ब्रदर-सिस्टरहरूसँग कसरी हृदय खोल्ने भनेर बुझ्न अगुवाइ गर्नुभएकोमा म परमेश्वरलाई धन्यवाद दिन्छु।