८६. अब त सिधै कुरा गर्न गाह्रो छैन
सानैदेखि मेरा आमाबुबाले मलाई अरूसँगको सम्बन्धमा परिस्थिति हेरेर बोल्नुपर्छ, आफूले समस्या देखे पनि भन्नुहुँदैन, बोल्दा अरूको भावनाको ख्याल गर्नपर्छ, र संवेदनशील तथा मिलनसार बन्नुपर्छ भनेर सिकाउनुभयो। उहाँहरूले मलाई यसो गर्दा, आफु समस्यामा परिँदैन, र अरूले पनि मन पराउँछन्, अनि समाजमा टिक्ने एउटै उपाय यही हो भनेर सिकाउनुभयो। त्यतिबेला, मलाई यो कुरा सही लाग्यो, र मैले पनि त्यसैगरी व्यवहार गर्नुपर्छ भन्ने लाग्यो, त्यसैले मेरो अरूसँगको सम्बन्धमा विरलै झगडा वा विवाद हुन्थ्यो। म आफूले अर्को व्यक्तिमा कुनै समस्या देखे पनि, तिनलाई औँल्याउँने गर्दिनथेँ। आफूले परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, म अरूसँगको सम्बन्धमा त्यसरी नै व्यवहार गर्थेँ, र मेरा ब्रदर-सिस्टरहरूमा आफूले देखेका समस्याहरू विरलै औँल्याउँथेँ वा खुलासा गर्थेँ। विशेष गरी मैले सहकार्य गरिरहेकी बहिनीसँगको व्यवहारमा यस्तो हुन्थ्यो। मैले उनले कर्तव्य निर्वाह गर्ने तरिकामा स्पष्ट रूपमा समस्याहरू देखेकी र उनका लागि ती औँल्याइदिन चाहेकी भए तापनि, हरेक पटक मेरो ओठसम्म आएका शब्दहरू म निल्थेँ। यदि मैले उनका समस्याहरू औँल्याएँ र उनले स्वीकार गरिनन् भने, उनले मलाई नराम्रो नजरले हेर्लिन् र मप्रति पूर्वाग्रह राख्लिन् कि भनेर म सधैँ चिन्तित हुन्थेँ। पछि, परमेश्वरका वचनहरूद्वारा, मैले अन्ततः “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने परम्परागत साँस्कृतिक विचारबारे केही खुट्याइ प्राप्त गरेँ।
२०२१ को अक्टोबर मा, म सिस्टर लिउ लिनसँग सहकार्यमा थिएँ, र हामी मण्डलीको कामका लागि जिम्मेवार थियौँ। केही समयपछि, मैले उनले आफ्नो कर्तव्यप्रति गर्ने व्यवहारमा कुनै बोझ नलिएको देखेँ। उनी सुसमाचारको कामका लागि जिम्मेवार थिइन्, तर त्यसको अनुगमन वा सुपरिवेक्षण गर्दिनथिन्, र अगुवाहरूले कामबारे सोधपुछ गर्दा, उनी रिपोर्ट बुझाउँदिनथिन्। मैले उनलाई किन रिपोर्ट नबुझाएको भनेर सोधेँ, र उनले आफूलाई सञ्चो नभएको बताइन्। लिउ लिन यस्ती भइरहेकी देख्दा, म उनको आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति साह्रै अनादरपूर्ण छ र उनमा जिम्मेवारीबोध छैन भन्ने कुरा औँल्याउन चाहन्थेँ। तर मेरा ओठमै शब्दहरू आइपुग्नेबित्तिकै, मैले तिनलाई फेरि निलिदिएँ। मैले मनमनै सोचेँ, “केही नभनेकै राम्रो। यदि उनले स्वीकार गरिनन् र मलाई नराम्रो नजरले हेरिन् भने, भविष्यमा उनीसँग मिल्न साह्रै अप्ठ्यारो हुनेछ।” त्यसैले मैले उनको स्वास्थ्य अलि राम्रो भएपछि, उनले काममा मन लगाउलिन् कि भन्ने सोचेर अरू केही भनिनँ। त्यतिबेला, लिउ लिनले आफ्नो गर्धन दुखेको बताइन्, त्यसैले मैले उनको “ग्वा सा” गरिदिएँ, उनलाई व्यायाममा ध्यान दिन भनेँ, र केही हौसलाका शब्दहरू पनि बोलेँ। तर, मैले उनले कर्तव्य निर्वाह गरिरहेको तरिकामा भएका समस्याहरू चाहिँ औँल्याइनँ। तीन महिनापछि एक दिन, एक जना प्रचारकले हामीसँग सुसमाचार प्रचारसम्बन्धी केही विस्तृत कार्यहरूबारे सङ्गति गरे। त्यसपछि, मैले लिउ लिनलाई उनले आफ्ना ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेर यसलाई लागू गरिन् कि गरिनन् भनेर सोधेँ। उनले भनिन्, “मैले त प्रसङ्गवश कुरा मात्रै गरेँ।” म भित्रभित्रै क्रोधित थिएँ, र उनलाई काँटछाँट गर्न चाहन्थेँ, “तिमी कति गैरजिम्मेवार छौ। के यसले काममा ढिलाइ गरिरहेको छैन र?” तर मेरो ओठसम्म शब्दहरू आइपुग्नेबित्तिकै, मैले तिनलाई फेरि निलेँ। मैले मनमनै सोचेँ, “यदि मैले सबैको अगाडि उनलाई काँटछाँट गरेँ भने, उनको बेइज्जत हुनेछ। उनले मप्रति पूर्वाग्रह राख्लिन् कि? उनले मैले जानाजान हाम्रा ब्रदर-सिस्टरहरूको अगाडि उनलाई लज्जित पारेँ भन्लिन् कि? केही नभनेकै राम्रो।” त्यसैले म आफै काम लागू गर्न गएँ, र त्यसपछि उनीसँग सङ्गति गरिनँ वा उनका समस्याहरू औँल्याइनँ।
जुन २०२२ को अन्त्यमा, केही प्रवचनहरू तत्कालै जाँच गर्नुपर्ने भयो। झाङ टिङले यसमा पहिले काम गरिसकेकी थिइन्, त्यसैले मैले लिउ लिनलाई उनीसँग सङ्गति गर्न भनेँ। साँझमा, मैले लिउ लिनलाई उनले झाङ टिङसँग सिद्धान्तहरूबारे विस्तृत रूपमा सङ्गति गरेको-नगरेको बारे सोधेँ, तर, अनुहारमा असन्तुष्टि देखाउँदै, उनले अधैर्य भएर भनिन्, “उनले ती सबै बुझिसकेकी छिन्—त्यति विस्तृत रूपमा कुरा गरिरहनु आवश्यक छैन!” म उनलाई सम्झाउन चाहन्थेँ, “यदि तिमीले विस्तृत रूपमा सङ्गति गरिनौ, र झाङ टिङलाई सिद्धान्तहरू स्पष्ट भएनन् भने, के यसले काममा ढिलाइ गर्दैन र?” तर मेरा ओठसम्म शब्दहरू आउनेबित्तिकै, मैले तिनलाई फेरि निलेँ। मैले सोचेँ, “अघि भर्खरै मैले सोध्दा त उनी साह्रै रिसाएकी थिइन्। यदि मैले उनका कमीकमजोरीहरू फेरि औँल्याएँ भने उनी झन् रिसाउनेछिन्। भविष्यमा हामी एकअर्कासँग कसरी मिल्ने होला?” त्यसैले मैले उनका समस्याहरू औँल्याइनँ, र भविष्यमा उनले आफूलाई बदल्नुपर्छ भनेर बिस्तारै मात्र भनेँ। पछि, झाङ टिङले सिद्धान्तहरू बुझ्न नसकेका कारण, काम फेरि गर्नुपर्ने भयो, र एक दिनमा सकिनुपर्ने काम दस दिनभन्दा बढी ढिला भयो। माथिल्लो तहका अगुवाहरूले एउटा पत्र पठाएर हामीले कर्तव्य निर्वाहमा बोझ नलिएको र हाम्रो काम दक्षतापूर्ण नभएको बताए। मलाई हृदयमा आत्मग्लानि महसुस भयो। यो ढिलाइ मसँग सम्बन्धित थियो। मैले लिउ लिनले आफ्नो कर्तव्य गैरजिम्मेवाररूपमा निर्वाह गरिरहेकी देखेकी थिएँ, तर हाम्रो सम्बन्ध जोगाउन मैले कहिल्यै उनका समस्याहरू खुलासा गरिनँ। यसले गर्दा काममा ढिलाइ भयो। त्यस समयमा, मेरो हृदय साह्रै दमित र पीडाले भरिएको थियो। अलिक शान्त हुनेबित्तिकै, मैले सोचेँ, “परमेश्वर आफूले प्रबन्ध गर्नुभएका यी कुराहरूबाट मलाई कुन-कुन पाठ सिकाउन चाहनुहुन्छ?” मैले परमेश्वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्वर, मैले मसँग सहकार्य गर्ने सिस्टरले कर्तव्य निर्वाहमा बोझ नलिएकी र काममा ढिलाइ गरेकी देखेकी छु, तर म उनले मलाई नराम्रो नजरले हेर्नेछिन् भनेर डराउँदै उनका समस्याहरू औँल्याउने आँट गर्दिनँ। प्रिय परमेश्वर, मलाई अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस् ताकि म यो कुराबाट पाठ सिक्न सकूँ।”
एक दिन, मैले एउटा अनुभवात्मक गवाही भिडिओ हेरेँ। ती सिस्टरको गवाही र त्यसमा उद्धृत परमेश्वरका वचनहरूले मलाई आफूबारे केही बुझाइ दिए। परमेश्वर भन्नुहुन्छ: “सत्यता अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु वा नाराहरू भट्ट्याउनु होइन। बरु यो, मानिसहरूले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा आत्म-आचरणका सिद्धान्त, परिस्थितिबारे तिनीहरूको दृष्टिकोण, वा आफ्नो कर्तव्य निभाउने विषय समावेश हुन्छ, तबसम्म कसरी तिनीहरूले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्छ, अनि सत्यता खोज्नुपर्छ, र परमेश्वरका वचनहरूमा आधार र सिद्धान्तहरू खोज्नुपर्छ, र त्यसपछि अभ्यासको मार्ग खोज्नुपर्छ भन्ने कुरा हो। यसरी अभ्यास गर्न सक्नेहरू नै सत्यताको खोजी गर्न सक्ने मानिसहरू हुन्। कठिनाइहरू जति नै ठूला भए पनि यसरी सत्यताको खोजी गर्न सक्नु भनेको सत्यता खोजी गर्ने पत्रुसको मार्गमा हिँड्नु हो। उदाहरणका लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पालना गर्नुपर्छ? तेरो मूल दृष्टिकोण ‘सद्भाव खजाना हो; धैर्य सान हो,’ र तैँले सबैसित राम्रो सम्बन्ध कायम राख्नुपर्छ, अरूको इज्जतमा धक्का पुऱ्याउनु हुँदैन, र कसैलाई पनि चिढ्याउनु हुँदैन, ताकि भविष्यमा अरूसँग मिलेर रहन सजिलो होस्। यस दृष्टिकोणद्वारा बाँधिएर तँ अरूले खराब कामहरू गरिरहेको वा सिद्धान्तहरू उल्लङ्घन गरिरहेको देख्दा चुप रहन्छस्। तँ कसैलाई चिढ्याउनुभन्दा बरु मण्डलीको काममा क्षति हुन दिन्छस्। तँ चाहे जोसुकैसँग अन्तरक्रिया गरिरहेको होस्, तँ ऊसँग राम्रो सम्बन्ध कायम राख्न खोज्छस्। तँ बोल्दाखेरी सधैँ मानव भावनाबारे र इज्जत जोगाउनेबारे सोच्छस्, र अरूलाई खुसी तुल्याउन सधैँ मिठा शब्दहरू बोल्छस्। तैँले कुनै व्यक्तिमा समस्याहरू छन् भन्ने थाहा पाइस् भने पनि, तँ ती सहनतिर लाग्छस्, र बस उसको पिठ्युँ पछाडि कुरा काट्छस्, तर उसलाई भेट्दा तँ अझै शान्त रहन्छस् र आफ्नो सम्बन्धलाई कायम राख्छस्। तैँले आफूलाई यसरी आचरणमा ढाल्नेबारे तँलाई के लाग्छ? के यो मान्छे खुसी पारिहिँड्ने व्यक्तिको आचरण होइन र? के यो निकै धूर्त होइन र? यसले आत्म-आचरणका सिद्धान्तहरू उल्लङ्घन गर्छ। के आफूलाई यस्तो आचरणमा ढाल्नु निकृष्ट कुरा होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिस होइनन्, र यो आफूलाई आचरणमा ढाल्ने शिष्ट तरिका होइन। तैँले जतिसुकै कष्ट भोगेको र जतिसुकै मूल्य तिरेको भए पनि, यदि तैँले सिद्धान्तविना आफूलाई आचरणमा ढाल्छस् भने, तँ यस अर्थमा चुकेको छस्, र तँ परमेश्वरसामु चिनिने छैनस्, सम्झिइने छैनस् वा स्विकारिने छैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्वरका वचनहरू ऐनाजस्तै छर्लङ्ग छन्। सत्यता अभ्यास गर्नु भनेको व्यक्तिगत भावनाको वास्ता नगरी वा मानिसहरूलाई चिढ्याउने डर नमानी, सत्यताका सिद्धान्तहरूअनुसार आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु हो। मैले अरूसँगको सम्बन्ध सत्यताका सिद्धान्तहरूअनुसार सञ्चालन गरिनँ। म सधैँ व्यक्तिगत भावनामा भर परेँ, मानिसहरूलाई चिढ्याउन डराएँ, र आफ्ना अन्तरवैयक्तिक सम्बन्धहरूको रक्षा गरेँ। मैले अगुवाको रूपमा, लिउ लिन आफ्नो कामको पटक्कै वास्ता गर्दिनन् भन्ने देखेँ। उनकी सहकर्मीको रूपमा, मैले कर्तव्य निर्वाहमा रहेका उनका समस्याहरू औँल्याउनुपर्थ्यो, तर मलाई यदि उनले स्वीकार गरिनन् भने हाम्रो सम्बन्ध असजिलो हुनेछ, र भविष्यमा हामीलाई मिल्न गाह्रो हुनेछ भन्ने डर थियो। हाम्रो मित्रवत सम्बन्ध जोगाउन, मैले म समानुभूतिशील र विचारशील छु भनी देखाउन केही निरर्थक शब्दहरूमार्फत् उनलाई हौसला दिएँ। बाहिरबाट हेर्दा, मैले लिउ लिनसँग झगडा वा विवाद गरिनँ, र उनीसँग राम्रो बन्ने कोसिस गरेँ; मैले उनीसँगको दैहिक सम्बन्ध कायम राख्न केवल मुखले मात्र चिप्ला कुरा गरेँ, तर मण्डलीको काममा भने हानि पुग्यो। के मेरा कार्यहरूमा अलिकति पनि मानवता थियो र? म साह्रै स्वार्थी र साह्रै छली थिएँ! मैले कसरी परमेश्वर इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र चिप्ले तथा छली, मान्छे खुसी पारिहिँड्ने व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ भन्नेबारे सोचेँ। यो तरिकाले व्यवहार गरेर, के म परमेश्वरको घृणा कमाइरहेकी थिइनँ र? मैले कर्तव्य भनेको परमेश्वरले मानवजातिलाई दिनुभएको आज्ञा हो, र मैले परमेश्वरको घरको हितको रक्षा गर्नुपर्छ भन्नेबारे सोचेँ। जब मैले लिउ लिनको कार्य गर्ने शैली कामका लागि खराब छ भन्ने देखेँ, मैले त्यो कुरा औँल्याउँदै उनलाई मद्दत गर्नुपर्थ्यो, र कुनै कुराले डराउनु हुँदैनथ्यो।
एक दिन, एउटा भेलाको दौरान, हामीले परमेश्वरका वचनहरूको एउटा खण्ड खायौँ र पियौँ जसले मलाई मेरा समस्याहरूबारे केही बुझाइ दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, एकअर्काबाट कुराहरू लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र रच्छन्। अर्को व्यक्ति कस्तो हो भन्ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्बन्ध जोगाउन चाहन्छ? त्यो त समाजमा र आफ्नो समूहभित्र शत्रु बनाउन नचाहनका लागि हो, किनभने त्यसो गर्दा आफू अक्सर खतरनाक परिस्थितिमा परिन्छ। तैँले कुनै व्यक्तिका कमजोरीहरूमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्याएपछि ऊ तेरो शत्रु बन्नेछ र उसले तँलाई हानि गर्नेछ भन्ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, झन् एकअर्काका विश्वासपात्र हुनु त परको कुरा हो। त्यसोभए, यो वास्तवमा कस्तो सम्बन्ध हो? के यो आधारभूत सामाजिक सम्बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्बन्धहरू, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्ने शब्दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको चापलुसी गर्न राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्याएर आफ्नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्न नदिनका लागि अपनाइने तरकिप र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने मानव नैतिक आचरणको माग के उच्चकोटिको माग हो? के यो सकारात्मक माग हो? (होइन।) त्यसोभए, यसले मानिसहरूलाई के सिकाउँछ? तैँले कसैलाई चिढ्याउनु वा चोट पुऱ्याउनु नै हुँदैन, नत्र आफैलाई चोट पुग्नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन भन्ने सिकाउँछ। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई बद्लिन थाल्छ: ऊ तेरो असल, परिचित मित्रबाट अपरिचित व्यक्ति वा शत्रु बन्नेछ। यस प्रकारको शिक्षणले वास्तवमा कस्ता समस्याहरू हल गर्न सक्छ? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्नेछन्? के यसले पूर्ण रूपमा नैतिक आचरणको मानक पूरा गर्छ? बढीमा, यो संसारसँग व्यवहार गर्ने दर्शनभन्दा अरू केही होइन। के यो कथनको पालन र अभ्यासलाई असल नैतिक आचरण मान्न सकिन्छ? बिलकुलै सकिँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्वरका वचनहरूले जे खुलासा गरे, त्यो ठ्याक्कै मेरो वास्तविक स्थिति थियो। म अरूसँगको सम्बन्धमा सधैँ अत्यन्तै विचारशील र समानुभूतिशील बनेकी थिएँ। यदि मैले अर्को व्यक्तिमा कुनै समस्या देखेँ भने, हाम्रो सम्बन्ध बिग्रने डरले म ती समस्या औँल्याउँदिनथेँ। विशेष गरी, जब म लिउ लिनसँग सहकार्यमा कर्तव्य निर्वाह गरिरहेकी थिएँ, मैले उनको कर्तव्यप्रतिको मनोवृत्ति साह्रै अनादरपूर्ण भएको र यसले मण्डलीको काममा ढिलाइ गरेको देखेँ। म उनका समस्याहरू औँल्याउन चाहन्थेँ, तर जब मैले उनी रिसाएकी देखेँ, मेरो घाँटी कसिएजस्तो भयो, र हाम्रो सम्बन्ध बिग्रने डरले म एक शब्द भी बोल्न सकिनँ। म “तपाईँ असल हुनुहुन्छ, म असल छु, सबै जना असल छन्,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” जस्ता जियाइका शैतानी मार्गहरूमा भर परिरहेकी थिएँ, र विशेष गरी चिप्ले र छली बनेकी थिएँ। मैले हरेक मोडमा आफ्नै हितको ख्याल गरेँ र अरूसँगको सम्बन्धको रक्षा गरेँ। सानैदेखि म यस्तै रहेकी थिएँ: म अरूका समस्याहरू देख्दा स्पष्ट रूपमा तिनलाई औँल्याउँदिनथेँ। मैले यो विचारशील हुनु हो, र असल मानवताको सङ्केत हो भन्ने सोचेँ। तर, साँचो रूपमा असल मानवता भएकाहरूमा आफ्नो कर्तव्यप्रति वफादारी र जिम्मेवारीबोध हुन्छ। तिनीहरूसँग अरू मानिस र परमेश्वर दुवैप्रति इमानदार हृदय हुन्छ, तिनीहरू परमेश्वरको घरको हितको रक्षा गर्न सक्छन्, र अरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेर काम गरेको देख्दा सङ्गति गर्न, मद्दत गर्न, औँल्याउन र खुलासा गर्न सक्छन्, ताकि मानिसहरू तुरुन्तै बुझेर परिवर्तन हुन सकून्। मैले पहिले के विश्वास गरेकी थिएँ भने, अरूमा समस्या देख्दा नभन्नु भनेको उनीहरूको इज्जत जोगाउनु हो, उनीहरूप्रति विचारशील हुनु हो, र असल मानवता हुनु हो। मेरो यो दृष्टिकोण गलत थियो। बाहिरबाट हेर्दा, यी परम्परागत साँस्कृतिक विचारहरू मानवता र नैतिकतासँग मेल खान्छन्, तर सारमा, यिनले मानिसहरूलाई षड्यन्त्र गर्न र चालबाजी गर्न उक्साउँछन्, जसले मानिसहरूलाई झन्-झन् चिप्ले र छली बनाउँछ। यदि म सधैँ यी परम्परागत साँस्कृतिक विचारहरूअनुसार जिइरहेँ भने, मेरा भ्रष्ट स्वभावहरू कहिल्यै परिवर्तन हुनेथिएनन्, र मैले कहिल्यै सामान्य मानवता जिउनेथिइनँ।
खोजी गर्ने क्रममा, मैले परमेश्वरका अरू वचनहरू पढेँ: “‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइमा ‘औँला उठाउनु’ भन्ने वाक्यांश असल हो कि खराब हो? के यो ‘औँला उठाउनु’ भन्ने वाक्यांशले परमेश्वरका वचनहरूभित्र जस्तै मानिसहरू प्रकट वा खुलासा हुने अर्थ दिन्छ? (दिँदैन।) मेरो बुझाइअनुसार त, मानव भाषाको हिसाबमा ‘औँला उठाउनु’ को अर्थ त्यस्तो हुँदैन। यसमा केही हदसम्म दुर्भावनापूर्ण प्रकारको खुलासा गर्ने प्रकृति हुन्छ; यसको अर्थ मानिसहरूका समस्या र कमीकमजोरीहरू, वा अरूलाई थाहा नभएका केही कुरा र व्यवहार, वा पृष्ठभूमिमा भइरहेका केही षड्यन्त्र वा विचार र दृष्टिकोणहरू खुलासा गर्नु हो। ‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइमा ‘औँला उठाउनु’ को अर्थ यही हुन्छ। यदि दुई मानिस मिलेर बस्छन्, तिनीहरूबीच कुनै पर्खाल छैन अनि तिनीहरू एकअर्काका विश्वासपात्र हुन्, र दुवैले आफूलाई एकअर्काको लागि फाइदाजनक र उपयोगी हुने अपेक्षा गर्छन् भने, तिनीहरूले एकसाथ बसेर खुलस्त र इमानदारीसाथ विद्यामान समस्याहरूबारे स्पष्टसँग कुरा गर्नु सर्वोत्तम हुनेछ। यो उचित कुरा हो, र यो अरूको कमजोरीमाथि औँला उठाउनु होइन। यदि तैँले अर्को व्यक्तिका समस्याहरू पत्ता लगाइस् तर ऊ तेरो औँल्याइ अझै स्विकार्न सक्दैन भन्ने देखिस् भने, भनाभन वा झगडा हुन नदिन केही पनि नभन्। यदि तँ तिनीहरूलाई सहयोग गर्न चाहन्छस् भने, तैँले तिनीहरूसित विचार बुझ्न सुरुमा सोध्न सक्छस्, ‘म तपाईँमा अलि समस्या देख्छु, र म केही सल्लाह दिन चाहन्छु। तपाईँ स्विकार्न सक्नुहुन्छ कि हुन्न थाहा छैन। यदि सक्नुहुन्छ भने, म भन्छु। यदि सक्नुहुन्न भने, म अहिलेको लागि त्यो कुरा मनमै दबाउँछु, र केही बोल्नेछैनँ।’ यदि तिनीहरूले, ‘म तपाईँलाई भरोसा गर्छु। तपाईँले जे भन्नु भए त्यो उचित हुनेछ। म त्यो स्विकार्न सक्छु’ भनी भन्छन् भने, त्यसको अर्थ तँलाई अनुमति दिइएको छ र त्यसपछि तैँले तिनीहरूसँग तिनीहरूका समस्याहरूबारे एकपछि अर्को गर्दै सङ्गति गर्न सक्छस्। तिनीहरूले तैँले भनेका कुरा पूर्ण रूपमा स्विकार्ने मात्रै छैनन्, यसबाट फाइदा पनि प्राप्त गर्नेछन्, र तिमीहरू दुवैले सामान्य सम्बन्ध कायम गर्न सक्नेछौ। के त्यो एकअर्कालाई इमानदारीसाथ व्यवहार गर्नु होइन र? (हो।) अरूसँग अन्तरक्रिया गर्ने सही तरिका यही हो; यो अरूको कमजोरीमाथि औँला उठाउनुजस्तो होइन। यो भनाइअनुसार ‘अरूको कमजोरीमाथि औँला नउठाउनु’ को अर्थ के हो? यसको अर्थ अरूको कमीबारे नबोल्नु, तिनीहरूका सबैभन्दा वर्जित रहेका समस्याहरू उल्लेख नगर्नु, तिनीहरूको समस्याको सार खुलासा नगर्नु, र एकदमै स्पष्ट रूपमा औँला नउठाउनु हो। यसको मतलब केवल केही सतही टिप्पणी गर्नु, सबैले प्रायजसो भनिरहने कुराहरू भन्नु, व्यक्ति आफैले बुझ्न सक्ने कुराहरू भन्नु, र त्यस व्यक्तिले पहिले गरेको गल्ती वा संवेदनशील विषयहरू खुलासा नगर्नु हो। यदि तैँले यसरी व्यवहार गरिस् भने, त्यस व्यक्तिलाई यसले के फाइदा गर्छ? सायद तैँले उसलाई ठेस पुर्याउँदैनस् वा शत्रु बनाउँदैनस् होला, तर तैँले गरेको व्यवहारले त्यस व्यक्तिलाई कुनै पनि हालतमा सहयोग वा फाइदा पुग्दैन। त्यसकारण, ‘अरूको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने वाक्यांश आफै धूर्त, एक किसिमको चालबाजी हो, र यो इमानदार छैन। के भन्न सकिन्छ भने, यसरी व्यवहार गर्नु दुष्ट अभिप्रायहरू लिएर हिँड्नु हो; यो अरूसँग अन्तरक्रिया गर्ने सही तरिका होइन। गैरविश्वासीहरूले त ‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइलाई उच्च नैतिकवान् व्यक्तिले अपनाउने कुरा ठान्छन्। यो अरूसँग व्यवहार गर्ने छली आचरण हो भन्ने स्पष्ट छ, जुन मानिसहरूले आफ्नो रक्षा गर्न प्रयोग गर्छन्; यो व्यवहार गर्ने उचित तरिका हुँदै होइन। अरूको कमजोरीमाथि औँला नउठाउनु आफैमा खुल्लापन नहुनु हो र अरूको कमजोरीमाथि औँला उठाउने कार्यमा गोप्य मनसाय हुन सक्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्वरका वचनहरू पढेपछि, मैले मानिसहरूको खेदो खन्नु भनेको के हो, र कसरी मानिसहरूको खेदो नखनी बरु मद्दत गर्ने भन्ने कुरा बुझेँ। मानिसहरूको गल्ती औँल्याउने कुराअन्तर्गत व्यक्तिगत मनसाय र षड्यन्त्र पर्छन्; यसको उद्देश्य अर्को व्यक्तिलाई लज्जित पार्नु वा व्यक्तिगत लाभको लागि प्रतिस्पर्धा गर्नु हुन्छ। अर्को व्यक्तिका समस्या र कमीहरूलाई असीमित रूपमा बढाइचढाइ गरिन्छ, र उनीहरूलाई होच्याइन्छ र दोषी ठहराइन्छ ताकि अन्ततः आफ्नै लागि फाइदा लिने उद्देश्य पूरा होस्। तर, मानिसहरूका समस्याहरू औँल्याउनु र खुलासा गर्नुको उद्देश्य उनीहरूलाई मद्दत गर्नु हो। यदि हामीले अरू कसैमा उनीहरू आफैले महसुस नगरेकाे गम्भीर समस्या देख्यौँ भने, उनीहरूको कदअनुसार त्यसलाई प्रेमपूर्वक औँल्याउनु, सङ्गति गर्नु, खुलासा गर्नु र चिरफार गर्नु भनेको उनीहरूको खेदो खन्नु होइन, बरु मद्दत गर्नु हो। सामान्य मानवता भएका मानिसहरूले गर्नुपर्ने यही हो। मैले लिउ लिन आफ्नो कर्तव्यमा बोझ लिन्नन् भन्ने देखेँ र म यो कुरा औँल्याउन चाहन्थेँ, तर मलाई यसो गर्दा म उनको खेदो खन्दै छु भन्ने लाग्यो। मेरो यो दृष्टिकोण भ्रमपूर्ण थियो। यदि मैले जानाजान उनलाई होच्याएकी र लज्जित पारेकी, जसले गर्दा उनका ब्रदर-सिस्टरहरूले उनीप्रति नकारात्मक धारणा बनाएका र मैले आफूलाई बढी जिम्मेवार देखाउन खोजेकी भए, त्यो उनको खेदो खन्नु हुन्थ्यो। तर वास्तवमा, ममा यस्ता मनसायहरू थिएनन्। म केवल मण्डलीको कामको रक्षा गर्न र उनलाई मद्दत गर्न चाहन्थेँ, त्यसैले त्यो उनको खेदो खन्नु थिएन।
पछि, म लिउ लिनलाई भेट्न गएँ। उनका समस्याहरू औँल्याउन लाग्दा, म भित्रभित्रै अझै हिचकिचाइरहेकी थिएँ र उनले मलाई नराम्रो नजरले हेर्लिन् कि भनेर चिन्तित थिएँ, त्यसैले मैले सत्यता अभ्यास गर्न अगुवाइको लागि हृदयमा निरन्तर परमेश्वरलाई पुकारेँ। यस समयमा, मलाई मैले पहिले पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो, र मैले त्यो खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँमा मान्छे खुसी पारिहिँड्ने अभिप्राय र दृष्टिकोण छ भने, सबै मामिलामा, तैँले सत्यताको अभ्यास गर्नेछैनस् वा सिद्धान्तहरू कायम राख्नेछैनस्, र त्यसैले तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्यूँझिँदैनस् र कहिल्यै सत्यता खोज्दैनस् भने, तँ अविश्वासी होस्, र तैँले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैनस्। त्यसोभए, तैँले के गर्नुपर्छ? परमेश्वरको घरका हितहरू समावेश भएका मामिलाहरू सामना गर्दा, तैँले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई पुकार्नैपर्छ, उहाँलाई विश्वास र शक्ति माग्नैपर्छ, ताकि तैँले सिद्धान्तहरू कायम राख्न, तैँले गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न, तैँले लिनुपर्ने अडानलाई दृढतापूर्वक पक्रिराख्न, परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्वरको घरको कामलाई कुनै पनि हानि हुनबाट रोक्न सकेस्। यदि तँ आफ्नो स्वार्थ, आफ्नो घमण्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनेबारे आफ्नो दृष्टिकोणविरुद्ध विद्रोह गर्न सक्षम छस् भने, र यदि तँ आफूले इमानदार, अविभाजित हृदयले गर्नुपर्ने कुरा गर्छस् भने, तैँले शैतानलाई पराजित गरेको र सत्यताको यो पक्ष प्राप्त गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्बन्धहरू बचाउँदै, कहिल्यै सत्यता अभ्यास नगरी, दृढतापूर्वक सिद्धान्तहरू पालन गर्ने आँट नगरी, सधैँ शैतानको दर्शनअनुसार जिउने जिद्दी गर्छस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्छस्? तँसँग अझै कुनै विश्वास वा शक्ति हुनेछैन। यदि तैँले कहिल्यै सत्यता खोजी गर्न वा सत्यता स्वीकार गर्न सक्दैनस् भने, के परमेश्वरमाथिको त्यस्तो विश्वासले तँलाई सत्यता हासिल गर्न दिन्छ? (दिँदैन।) अनि यदि तैँले सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, र तँमा सत्यता वास्तविकता छँदै छैन भने, तैँले कहिल्यै मुक्ति पाउन सक्दैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई बल दिए। म अब मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न छोड्नुपर्थ्यो। मैले पूर्णरूपमा सत्यता अभ्यास गर्नुपर्थ्यो। लिउ लिनले मलाई नराम्रो नजरले हेरून् वा नहेरून्, मैले उनका समस्याहरू औँल्याउनैपर्थ्यो र मण्डलीको हितको रक्षा गर्दै परमेश्वरलाई सन्तुष्ट पार्नुपर्थ्यो। मैले उनका समस्याहरू औँल्याउन साहस जुटाएँ। लिउ लिनले यो सुन्दा, उनी अलिकति बेखुसी थिइन्, तर उनले आफ्ना समस्याहरू स्वीकार पनि गरिन्।
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ: “सहकार्य भनेको के हो? तिमीहरूले एक-अर्कासँग कामकुराबारे छलफल गर्न, र आफ्ना विचार र रायहरू व्यक्त गर्न सक्नुपर्छ; तिमीहरूले एक-अर्काको परिपूरक बनेर सुपरिवेक्षण गर्नुपर्छ, र एक-अर्काबाट खोजी गर्नुपर्छ, एक-अर्काको बारेमा सोधपुछ गर्नुपर्छ, र एक-अर्कालाई सतर्क गराउनु पर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको त्यही हो। उदाहरणको लागि, मानौँ तैँले कुनै कुरा आफ्नै इच्छा अनुसार सम्हालिस्, र कसैले यसो भन्यो, ‘तपाईँले गलत गर्नुभयो, तपाईँ पूर्ण रूपमा सिद्धान्तविपरीत जानुभयो। तपाईँले किन सत्यताको खोजी नगरी यसलाई आफूले चाहे अनुसार सम्हाल्नुभयो?’ यसको जवाफमा, तैँले यसो भन्छस्, ‘ठीक भन्नुभयो—तपाईँले मलाई सचेत गराउनुभएकोमा म खुशी छु! यदि तपाईँले त्यसो नगर्नुभएको भए, यसले विपत्ति ल्याउनेथियो!’ एक-अर्कालाई सतर्क गराउनु भनेको त्यही हो। त्यसोभए, एक-अर्काको सुपरिवेक्षण गर्नु भनेको के हो? हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र उसले आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्न सक्छ, र परमेश्वरको घरका हितहरू कायम राख्नुको सट्टा आफ्नै हैसियत र अभिमानको रक्षा मात्रै गर्न सक्छ। हरेक व्यक्तिमा यस्ता स्थितिहरू हुन्छन्। यदि तैँले कसैसँग समस्या छ भन्ने थाहा पाइस् भने, तैँले ऊसँग सङ्गति गर्ने पहल गर्नुपर्छ, उसलाई सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न सम्झाउनुपर्छ, साथै यसलाई आफ्नो लागि चेतावनीको रूपमा लिनुपर्छ। त्यो पारस्परिक सुपरिवेक्षण हो। पारस्परिक सुपरिवेक्षणले के काम गर्छ? यसको उद्देश्य परमेश्वरको घरका हितहरूको रक्षा गर्नु हो, र मानिसहरूलाई गलत मार्गमा जानबाट रोक्नु पनि हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, कर्तव्य निर्वाहमा सहकार्य गर्दा, हामीले एकअर्काको सुपरिवेक्षण गर्नुपर्छ, र यदि हामीले आफ्नो सहकर्मीले सिद्धान्तहरू उल्लङ्घन गर्ने तरिकाले काम गरिरहेको पायौँ भने, हामीले त्यो कुरा औँल्याउनुपर्छ र सङ्गति गरेर मद्दत गर्नुपर्छ। यो सत्यता सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्नु हो। यसले मानिसहरूलाई सत्यता बुझ्न मद्दत गर्न सक्छ र, त्योभन्दा बढी, मण्डलीको कामको रक्षा गर्छ। साथै, अगुवा वा कामदारहरूको रूपमा, हामीले हाम्रा ब्रदर-सिस्टरहरूसँग सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। परमेश्वरमा विश्वास गरेको लामो समय नभएका र सानो कद भएकाहरूको हकमा, यदि हामीले उनीहरूले भ्रष्ट स्वभाव प्रकट गरेका वा सिद्धान्तहरू उल्लङ्घन गरेर केही गरेका देख्यौँ भने, हामीले उनीहरूलाई मद्दत गर्न प्रेमपूर्वक सङ्गति गर्नुपर्छ। धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका र सिद्धान्तहरू बुझ्ने तर कामप्रति गैरजिम्मेवार हुनेहरूको सवालमा भने, तिनीहरूको यो समस्या औँल्याइनुपर्छ र खुलासा गरिनुपर्छ। यदि धेरै पटक औँल्याउँदा र खुलासा गर्दा पनि उनीहरू अलिकति पनि पश्चात्ताप देखाउँदैनन् भने, सिद्धान्तअनुसार उनीहरूलाई बर्खास्त गरिनुपर्छ। पछि, मैले लिउ लिनको कर्तव्यप्रतिको मनोवृत्ति अझै नसुध्रिएको देखेँ, र त्यसैले मैले मेरी अर्की सहकर्मीसँग छलफल गरेपछि, हामीले उनको व्यवहार माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्यौँ। माथिल्लो तहका अगुवाहरूले लिउ लिनलाई बर्खास्त गरे।
त्यसपछि, जब मैले ब्रदर-सिस्टरहरूले कर्तव्य निर्वाह गर्ने तरिकामा समस्याहरू देखेँ, मैले केवल आफ्नो इज्जतको ख्याल गर्न र उनीहरूसँगको सम्बन्ध जोगाउन छोडेँ। म उनीहरूका समस्याहरू औँल्याउन र उनीहरूको कदअनुसार मद्दत गर्न सक्थेँ। यसरी अभ्यास गर्दा, मेरा ब्रदर-सिस्टरहरूले फाइदा पाए र मेरो हृदय ढुक्क भयो। मैले यदि तपाईं परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुहुन्छ भने, तपाईंको हृदयले स्थिरता र शान्ति पाउनेछ। परमेश्वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद!