८५. एउटी असल श्रीमती र मायालु आमाको चिन्तन

झाओयाङ, चीन

जब म किशोरावस्थाको सुरुवाती चरणमा थिएँ, मलाई चियोङ याओका उपन्यासहरूमा आधारित टिभी सिरियलहरू हेर्न मन पर्थ्यो, त्यसमा देखाइने नायिकाहरू सुशील र दयालु हुन्थे, अनि जीवन जतिसुकै पीडादायी वा कठिन भए पनि, उनीहरू आफ्ना श्रीमान् र परिवारको साथ दिन्थे, र कुनै गुनासो नगरी अथक रूपमा उनीहरूको सेवा गर्थे। उनीहरूलाई दर्शकले माया र प्रशंसा गर्थे, र उनीहरूले ममा गहिरो छाप छोडेका थिए। साथै, मेरो परिवारबाट पाएको संस्कार र शिक्षाले मलाई बिस्तारै के महसुस गरायो भने एउटी नारीले आफ्नो जीवन आफ्ना श्रीमान् र छोराछोरीका लागि बाँच्नुपर्छ र सम्पूर्ण परिवारको राम्रो हेरचाह गर्नुपर्छ, अनि असल नारी हुनुको अर्थ यही नै हो। मेरो विवाह भएपछि, हरेक दिन काममा जानुबाहेक, म सधैँ परिवारको लागि खाना पकाउन, लुगा धुन र सरसफाइ गर्ने कार्यमा व्यस्त हुन्थेँ, अनि म मेरो श्रीमान् र बच्चाका दैनिक आवश्यकताहरूको अतिसावधानीपूर्वक ख्याल राख्थेँ। दिनहुँ, वर्षौंसम्म, जतिसुकै गाह्रो वा थकाइलाग्दो भए पनि, मैले कहिल्यै गुनासो गरिनँ। मेरी सासू र श्रीमान् मदेखि धेरै खुसी हुनुहुन्थ्यो, अनि आफन्त र छिमेकीहरू मलाई सुशील र असल श्रीमतीका रूपमा प्रशंसा गर्थे। परिवारबाट प्रशंसा र वरपरका मानिसहरूबाट तारिफ पाए पनि, म भित्रभित्रै त्यति खुसी थिइनँ। बरु, पारिवारिक झमेलाले गर्दा म प्रायः थकित र रित्तो महसुस गर्थेँ, र कहिलेकाहीँ आफैँलाई सोध्थेँ, “के जीवन वास्तवमा यसरी नै जिउनुपर्ने हो त?”

२००८ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, र लगत्तै म मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। तीन वर्षपछि, म मण्डली अगुवाको रूपमा छानिएँ, अनि मण्डलीको काममा व्यस्त भएकीले हरेक दिन म बिहान सबेरै निस्कनुपर्थ्यो र राति ढिलो घर फर्कनुपर्थ्यो। कहिलेकाहीँ म ढिलो घर फर्कँदा, मेरो श्रीमान् मसँग असन्तुष्ट हुनुहुन्थ्यो, र मेरी सासू मलाई रिस गर्नुहुन्थ्यो। उहाँहरूको नजरमा रहेको आफ्नो असल श्रीमती र बुहारीको छवि कायम राख्न, आफ्नो मण्डलीको काम सकेपछि, म घर जान्थेँ र हतार-हतार घरधन्दा गर्दै सासूलाई काममा सघाउँथेँ। म हरेक दिन व्यस्त हुन्थेँ, मसँग परमेश्‍वरका वचनहरू पढ्ने समय हुँदैनथियो, र कहिलेकाहीँ त भेलाको समयमा म निद्राले झुल्थेँ। मेरो हृदयमा, मलाई थाहा थियो, एक सृजित प्राणीको रूपमा, मैले मेरा कर्तव्यहरू पूरा गर्नुपर्छ, तर मलाई के पनि लाग्थ्यो भने एउटी नारी असल श्रीमती र मायालु आमा बन्नुपर्छ, र परिवारको राम्रो हेरचाह गर्नुपर्छ, र यदि मैले परिवारको हेरचाह गर्न सकिनँ भने, म असल नारी होइन, म अरूद्वारा आलोचित हुनेछु, र मेरो अन्तरात्माले मलाई शान्ति दिनेछैन। नतिजास्वरूप, मेरो हृदय सधैँ पारिवारिक मामिलाहरूले बाँधिएको र अल्झिएको हुन्थ्यो, र म आफ्नो कर्तव्यमा पूर्ण रूपमा समर्पित हुन सक्दिनथेँ। २०१२ को राष्ट्रिय दिवसको छुट्टीको बेला, मेरो बच्चाको सात दिन बिदा थियो, तर ठीक त्यही बेला, माथिल्लो अगुवाहरूले हामीलाई एउटा भेलामा आमन्त्रित गरे र मण्डलीको काम कार्यान्वयन गर्नुपर्ने थियो, त्यसैले म चार दिनसम्म घर गइनँ। म मण्डलीमा भए पनि, मेरो ध्यान भने परिवारतिरै थियो। मलाई चिन्ता लाग्थ्यो, “के मेरी सासूले मेरो अनुपस्थितिमा बच्चाको राम्रो हेरचाह गर्न सक्नुहोला? के मेरो श्रीमान् रिसाउनुहोला?” मेरो हृदय कहिल्यै शान्त भएन, र यसले मेरो कर्तव्यको सम्पादनमा असर पार्‍यो। घर फर्कने बाटोमा, म एकदमै चिन्तित थिएँ, र श्रीमान् मसँग रिसाउनुहोला भन्ने डर लाग्यो। घर पुगेपछि, मेरी सासू र मेरो श्रीमान्‌ले जतिसुकै गाली गरे पनि, म मौन रहेँ र चुपचाप काम गरेँ, किनभने मैले आफ्ना जिम्मेवारीहरू पूरा नगरेकोले मलाई दोषी महसुस भइरहेको थियो। पछि, मेरो श्रीमान् र सासूले टेलिभिजनमा चिनियाँ कम्युस्टि पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई बदनाम गर्न फैलाएका आधारहीन अफवाहहरू देख्नुभयो, र मेरो आस्थाको झन्-झन् विरोध गर्न थाल्नुभयो।

एक रात म भर्खरै घर पुगेकी थिएँ, मेरा श्रीमान्‌ मसँग रिसले आगो हुनुभयो, मेरो स्कुटर नदीमा फालिदिने धम्की दिनुभयो, र उहाँले मेरा परमेश्‍वरको वचनका पुस्तकहरू समेत फालिदिन चाहनुभयो। मैले अत्यन्त व्यग्रतापूर्वक उहाँका हातबाट परमेश्‍वरका वचनका पुस्तकहरू खोस्ने प्रयास गरेँ, र त्यो खोसाखोसमा, उहाँले मलाई धेरैचोटि थप्पड हान्नुभयो, र मोपको बिंडले मेरो खुट्टामा पिट्नुभयो। मेरी सासूले नदेखेजस्तो गर्नुभयो र आफ्नै कोठामा जानुभयो। मेरो हृदय छियाछिया भयो। उहाँहरू मेरो आस्थाकै कारण मात्र मलाई यस्तो व्यवहार गरिरहनुभएको थियो। पछि, मेरो श्रीमान् रुनुभयो र मसँग माफी माग्नुभयो, त्यसैले मैले उहाँलाई माफ गरिदिएँ। मलाई मैले परिवारको राम्रो हेरचाह नगरेकीले मात्र उहाँले मप्रति यस्तो व्यवहार गर्नुभएको हो भन्ने लाग्यो। त्यसपछि, परिवार कायम राख्ने कोसिस गर्दै, मैले निकै जोगाएर आफ्नो कर्तव्य निर्वाह गरेँ। मैले कहिल्यै पनि आफ्नो कर्तव्यमा मन लगाउन नसकेकीले, मेरो कर्तव्यको नतिजा राम्रो आएन, र म एकदमै थकित भएँ। म पारिवारिक झमेला नभएका ब्रदर-सिस्टरहरूले पूर्ण हृदयले मण्डलीको काममा आफूलाई समर्पित गरेको देख्थेँ, र मलाई उनीहरूको निकै ईर्ष्या लाग्थ्यो, म एक दिन आफू पनि उनीहरूजस्तै स्वतन्त्र भएर आफ्नो कर्तव्य पूरा गर्न सकूँला भन्ने आशा गर्थेँ। त्यो कति अद्भुत हुन्थ्यो होला! त्यस समयमा, म प्रायः परमेश्‍वरका वचनको, “के तिमी परमेश्‍वरलाई आफ्नो हृदयमा भएको प्रेम दिन इच्छुक छौ?” शीर्षकको भजन सुन्थेँ। हरेक पटक यो भजन सुन्दा, भावविह्वल भएर मेरा आँखा रसाउँथे। म परमेश्‍वरमा विश्वास गर्थेँ र आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, तर मेरो बफादारी आफ्नो परिवार, श्रीमान् र बच्चाप्रति नै थियो। मैले आफ्नो हृदय परमेश्‍वरलाई दिएकी थिइनँ, र म आफ्ना कर्तव्यहरू पूरा गरिरहेकी थिइनँ। जब म यी कुराहरूबारे सोच्थेँ, मलाई बेचैनी र दोषी महसुस हुन्थ्यो। मलाई म एउटा अदृश्य डोरीले बाँधिएजस्तो लाग्थ्यो, म कर्तव्य र परिवारबिच फसेकी थिएँ, र मेरो हृदय ठुलो पीडामा हुन्थ्यो। त्यसैले म प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र उहाँसँग मेरो लागि निकासको बाटो खोलिदिन बिन्ती गर्थेँ।

पछि, म आफ्नो कर्तव्य निर्वाह गर्न अन्यत्र गएँ। त्यतिबेला, म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न दृढ थिएँ, तर धेरै समय नबित्दै, मैले श्रीमान् र बच्चालाई छोड्न नसक्ने महसुस गरेँ, र म घर फर्किएँ। मेरो मन कर्तव्यमा थिएन, र मेरो कर्तव्यले नतिजा प्राप्त गरिरहेको थिएन, त्यसैले मलाई बर्खास्त गरियो। आफू बर्खास्त भएपछि, म एकदमै नकारात्मक भएँ। मलाई म सत्यता पछ्याउने व्यक्ति होइन जस्तो लाग्यो, र मैले माथितिर बढ्ने सङ्कल्प गुमाएँ। केही महिनापछि, अगुवाले मसँग सङ्गति गरे र मेरो लागि लेखन-पठनको कामको प्रबन्ध गरिदिए। मलाई एकैचोटि डर र खुसी दुवै लाग्यो, र सोचेँ, “यो कर्तव्य परमेश्‍वरबाट आएको उत्थान हो। तर यदि यो कर्तव्यले व्यस्त राख्यो भने, म बेलबेलामा घर आउन पाउनेछैनँ। त्यसोभए मेरो श्रीमान् र बच्चाको के होला? मेरी सासूको खुट्टामा पनि समस्या छ, र यदि म घरमा भइनँ भने, उहाँहरूको हेरचाह कसले गर्ला?” जब मैले यी कुराहरू सोचेँ, ममा यो कर्तव्य स्वीकार गर्ने साहस हरायो। मलाई थाहा थियो यो कर्तव्य पाउन गाह्रो छ, र यदि मैले यसलाई गुमाएँ भने, मैले फेरि कहिल्यै यो कर्तव्य निर्वाह गर्ने मौका नपाउन पनि सक्छु। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, पहिले, मैले आफ्नो परिवारको हेरचाह गर्न बारम्बार आफ्नो कर्तव्यलाई पन्छाएँ, र यसले तपाईंलाई दुखी र निराश बनायो। आफ्नो कर्तव्य पूरा गर्ने यो मौका पाएर, म तपाईंका मापदण्डहरू पूरा गर्न सङ्घर्ष गर्न चाहन्छु, तर मेरो कद धेरै सानो छ, र मलाई म यो अनुभव पार गर्न सक्दिनँ कि भन्ने डर छ। हे परमेश्‍वर, कृपया मलाई अगुवाइ गर्नुहोस् र मलाई आस्था र शक्ति दिनुहोस्।” त्यसपछि, मैले परमेश्‍वरका वचनको भजन “परमेश्‍वर सङ्कल्प भएकाहरूलाई मन पराउनुहुन्छ” सुनेँ: “व्यावहारिक परमेश्‍वरलाई पछ्याउँदा, हामीमा यो सङ्कल्प हुनैपर्छ: हामीलाई जति नै ठूलो परिस्थिति आइपरे पनि, वा हामीले जस्तो प्रकारका कठिनाइहरू सामना गर्नुपरे पनि, र हामी जति नै कमजोर र नकारात्मक भए पनि, हामीले आफ्नो स्वभाव परिवर्तनप्रति वा परमेश्‍वरले बोल्ने कुराप्रतिको आस्था गुमाउनु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नुभएको छ, र यसका लागि तिनीहरूमा यसलाई वहन गर्ने सङ्कल्प, आस्था, र दृढता हुनुपर्छ। परमेश्‍वर कायरहरूलाई मन पराउनुहुन्‍न; उहाँ सङ्कल्प भएका मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले थुप्रै भ्रष्टता प्रकट गरेको भए पनि, तैँले धेरैवटा घुमाउरो बाटोहरू लिएको, वा धेरै अपराध गरेको, परमेश्‍वरबारे गुनासो गरेको, वा धर्मभित्रबाटै परमेश्‍वरको प्रतिरोध गरेको वा हृदयमा उहाँविरुद्ध निन्दा पाल्ने आदि काम गरेको भए पनि—परमेश्‍वर ती सबै कुरा हेर्नुहुन्‍न। परमेश्‍वर त कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र कुनै दिन ऊ परिवर्तन हुन सक्छ वा सक्दैन भनेर मात्र हेर्नुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग)। परमेश्‍वरका वचनले मलाई आस्था दिए, र म एकदमै भावविह्वल भएँ। परमेश्‍वरले मेरा विगतका असफलताहरूलाई हेर्नुभएन, बरु म कर्तव्य पूरा गर्ने मौकाको कदर गर्न सक्छु कि सक्दिनँ र अहिले साँचो पश्चात्ताप गर्छु कि गर्दिनँ भनेर हेर्नुभयो। परमेश्‍वर सङ्कल्प भएका मानिसहरूलाई मन पराउनुहुन्छ। म यसपटक कायर बन्न मिल्दैनथ्यो, र मैले फेरि परमेश्‍वरलाई निराश पार्न मिल्दैनथ्यो। म आफ्नो कर्तव्य निर्वाह गर्ने यो मौकाको कदर गर्न तयार भएँ।

लेखन-पठनको काम सम्हालेपछि, मैले आफ्नो स्थिति अनुसार परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेँ। मैले परमेश्‍वरका वचनका दुई खण्डहरू पढेँ: “यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूका विचार र दृष्टिकोणहरूमा परम्परागत संस्कृतिबाट आएका धेरै कुराहरू रहेका हुन्छन्। विशेषतः महिलाहरूले आफ्ना श्रीमान्‌को ख्याल गर्नुपर्ने र आफ्ना सन्तानलाई हुर्काउनुपर्ने, र उनीहरू असल श्रीमती र स्नेही आमा बन्नुपर्ने, आफ्नो सारा जीवन आफ्ना श्रीमान्‌ र सन्तानलाई समर्पित गर्नुपर्ने अनि उनीहरूका लागि जिउनुपर्ने हुन्छ। उनीहरूले घरायसी कामहरू सबै उचित तरिकाले सम्हाल्नुपर्छ, जस्तै परिवारको दैनिक खाना, धुने र सफा गर्ने काम। यो नै असल श्रीमती र स्नेही आमा हुनुको स्वीकार्य मानक हो। हरेक महिलाले पनि आफूले यही गर्नुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले आफ्नो विवेक र नैतिकताको यो परम्परागत मानक उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। कतिपय मानिसहरू यो नैतिक मानक उल्लङ्घन गर्नुलाई आफ्नो विवेकसँग मिलाउन सक्दैनन्; तिनीहरूलाई आफूले श्रीमान्‌ र सन्तानप्रति गलत गरेको, आफू असल नारी नभएको भन्‍ने लाग्नेछ। तर जब तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, उहाँका धेरै वचनहरू पढ्छस्, केही सत्यताहरू बुझ्छस्, र केही मामिलाहरू छर्लङ्गै बुझ्छस्, तब तैँले सोच्नेछेस्, ‘म एक सृजित प्राणी हुँ र मैले एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ, र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुपर्छ।’ यस बेला, असल श्रीमती र स्नेही आमा हुनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबीच कुनै द्वन्द्व छ? यदि तँ असल श्रीमती र स्नेही आमा हुन चाहन्छेस् भने, तँ पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनस्, तर यदि तँ पूर्णकालीन कर्तव्य निर्वाह चाहन्छेस् भने, तँ असल श्रीमती र स्नेही आमा बन्न सक्दिनस्। अब के गर्छेस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्‍न, र परमेश्‍वरप्रति अर्पित हुन रोज्छस् भने, तैँले असल श्रीमती र स्नेही आमा हुन छोड्नैपर्ने हुन्छ। अब तँ के सोच्नेछेस्? तेरो मनभित्र कस्तो किसिमको अस्थिरता हुनेछ? के तँलाई आफूले आफ्नो सन्तान र श्रीमान्‌लाई निराश बनाएको महसुस हुनेछ? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? तैँले सृजित प्राणीको कर्तव्य पूरा नगर्दा, के तैँले परमेश्‍वरलाई निराश बनाएको छु भन्ने महसुस गर्छस्? तँमा दोषीपन वा धिक्कारको बोध हुँदैन किनकि तेरो मनमस्तिष्कमा सत्यताको नामनिसान केही छैन। त्यसैले, तँ के बुझ्छेस्? परम्परागत संस्कृति—असल श्रीमती र स्नेही आमा बन्‍नुपर्ने कुरा। त्यसैले तेरो दिमागमा ‘यदि म असल श्रीमती र स्नेही आमा होइन भने, असल वा सुशील नारी होइन’ भन्‍ने धारणा पलाउँछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछेस् र जकडिनेछेस्, अनि तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि र आफ्नो कर्तव्य निर्वाह गरेपछि पनि तँ त्यसरी नै बाँधिएकी र जकडिएकी हुनेछेस्। जब आफ्नो कर्तव्य निर्वाह गर्ने अनि असल श्रीमती र स्नेही आमा बन्ने कुराबीच द्वन्द्व हुन्छ, तब तैँले सायद मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्‍वरप्रति थोरै अर्पण देखाउन रोज्छेस्, तैपनि तेरो हृदयमा अझै पनि असहजताको अनुभूति र थोरै धिक्कार हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य निर्वाह गर्ने क्रममा अलिअलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमान्‌को हेरचाह गर्ने मौका खोज्नेछेस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछेस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै हुन्छ भनी सोच्नेछेस्। के यो असल श्रीमती र स्नेही आमा बन्ने परम्परागत संस्कृतिको विचार र सिद्धान्तले ल्याएको होइन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। “परमेश्‍वरले ‘परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ’ भनेर भन्नुहुँदा, यसको अर्थ के हुन्छ? यसको अर्थ सबैलाई यो कुरा बोध गराउनु हो: हाम्रो जीवन र आत्मा सबै परमेश्‍वरबाट आउँछन्; र ती उहाँद्वारा सृष्टि गरिएका थिए—ती हाम्रा बुबाआमाबाट आउँदैनन्, र प्रकृतिबाट त झन् ती पक्कै आउँदैनन्, ती त हामीलाई परमेश्‍वरले दिनुभएको हो; यति मात्र हो कि हाम्रो देहको जन्म हाम्रा बुबाआमाबाट भएको हुन्छ, र हाम्रा छोराछोरी हामीबाट जन्मेका हुन्छन्, तर उनीहरूको भाग्य पूर्ण रूपमा परमेश्‍वरको हातमा हुन्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्‍वरले नै तोक्‍नुभएको हो, र यो उहाँको अनुग्रह हो। त्यसकारण, तैँले अरू कसैप्रति आफ्नो दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्‍वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू कुनै पनि कुराभन्दा माथि राखेर गर्नुपर्ने काम यही हो, र यो मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र स्नेही आमा, सक्षम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजकी असल सदस्य होलिस्, तर परमेश्‍वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरमा विश्वास गर्ने तर सृजित प्राणीको कर्तव्य र दायित्व पूरा नगर्ने, परमेश्‍वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउने, साँचो रूपमा परमेश्‍वरप्रति समर्पित नहुने व्यक्ति होस्, र तँलाई खुलासा गरेर हटाइनेछ। के यस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू रद्दी हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनले मलाई के बुझाए भने मैले सधैँ एउटी नारीले आफ्नो श्रीमानको सेवा गर्नुपर्छ, छोराछोरी हुर्काउनुपर्छ, र असल श्रीमती र मायालु आमा बन्नुपर्छ भन्ने विश्वास गरेकी रहेछु। यी विचार र दृष्टिकोणहरू शैतानबाट आउँछन्। शैतानले मानिसहरूमा एउटी नारीले आफ्नो जीवन घरमै बिताउनुपर्छ, परिवारको सेवा गर्नुपर्छ, र आफ्नो जीवन श्रीमान् र छोराछोरीको वरिपरि केन्द्रित गर्नुपर्छ, र यदि उसले उनीहरूको राम्रो हेरचाह गर्दिन भने, ऊ असल नारी होइन भन्ने दृष्टिकोण भरिदिन्छ। म यही विचार र दृष्टिकोणसहित जिइरहेकी थिएँ, र मलाई परमेश्‍वरमा विश्वास गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र यो सृजित प्राणीले गर्नुपर्ने कुरा हो भन्ने राम्ररी थाहा थियो, तैपनि आफ्नो कर्तव्य पूरा गरिरहँदा, म घरका हरेक कुराबारे सोचिरहन्थेँ। जब मसँग केही खाली समय हुन्थ्यो, म आफूलाई पारिवारिक मामिलाहरूमा व्यस्त राख्थेँ, र म आत्मिक भक्ति र परमेश्‍वरका वचनहरू पढ्ने समयसमेत छोडिदिन्थेँ। ममा आफ्नो कर्तव्यप्रति कुनै बोझ थिएन, र मैले मण्डलीको काममा ढिलासुस्ती गरेँ। म आफ्नो कर्तव्य पूरा गरिरहेकी जस्तो देखिए पनि, मेरो हृदयमा भने म मेरो श्रीमान् र बच्चाको दैनिक जीवनबारे सोचिरहेकी हुन्थेँ, र यदि मैले थोरै मात्र केही गलत गरेँ, र श्रीमानलाई बेखुसी देखेँ भने, मलाई मैले आफ्ना जिम्मेवारीहरू पूरा नगरेको महसुस हुन्थ्यो। मेरो श्रीमान्‌ले मलाई पिट्दा, गाली गर्दा, र परमेश्‍वरको वचनका किताबहरू फालिदिन खोज्दा, अनि मेरी सासूले मलाई गिज्याउँदा र हप्काउँदा पनि, मैले उहाँहरूलाई घृणा गरिनँ। बरु, मलाई मैले आफ्ना जिम्मेवारीहरू पूरा गर्न र असल श्रीमती र मायालु आमा बन्न नसकेको महसुस हुन्थ्यो। वास्तवमा, परमेश्‍वरले आफ्ना वचनहरूमा कहिल्यै पनि नारीहरू असल श्रीमती वा मायालु आमा बन्नुपर्छ भन्ने माग गर्नुभएको छैन। परमेश्‍वरले हामीबाट चाहनुभएको कुरा त सत्यता पछ्याउनु, सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्नु, र हाम्रा जिम्मेवारी र मिसन पूरा गर्नु हो। मैले सत्यता बुझिनँ, र शैतानका भ्रामक तर्कहरूलाई सत्यता ठानेँ। यहाँसम्म कि म असल श्रीमती र मायालु आमा हुनु नै गर्नुपर्ने उचित कार्य हो भन्ने ठान्थेँ, र सृजित प्राणीको कर्तव्य पूरा गर्नुलाई भने अतिरिक्त कुरा ठान्थेँ। मलाई आफूले आफ्नो कर्तव्य राम्ररी निर्वाह नगर्दा कुनै प्रकारको आत्मग्लानि वा बेचैनी महसुस हुँदैनथ्यो, तर जब म परिवारको राम्रो हेरचाह गर्दिनथेँ, म आफूले उनीहरूलाई निराश पारेको महसुस गर्थेँ। मेरा आफ्नै दृष्टिकोण र सोचहरू नै समस्या रहेछन् भन्ने देखियो। मानव जीवन परमेश्‍वरबाट आउँछ, र परमेश्‍वरले मलाई पूरा गर्नुपर्ने जिम्मेवारीहरू र हासिल गर्नुपर्ने मिसनका साथ यस संसारमा रहने प्रबन्ध गर्नुभएको हो, मेरो परिवार वा आफन्तहरूका निम्ति बाँच्नका लागि होइन। यदि म असल श्रीमती र मायालु आमा बन्न, र परिवारको राम्रो हेरचाह गर्न मात्र बाँचेँ, र मैले निर्वाह गर्नुपर्ने कर्तव्य समेत निर्वाह गर्न सकिनँ भने, म पूर्ण रूपमा स्वार्थी व्यक्ति हुनेछु, र परमेश्‍वरले घृणा गर्ने र घिन मान्ने व्यक्ति बन्नेछु। वर्षौँसम्म, मैले असल श्रीमती र मायालु आमा बन्ने प्रयासमा धेरै समय खेर फालेकी थिएँ, र मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने धेरै अवसरहरू गुमाएकी थिएँ। म अब त्यसरी जिउन सक्दिनथेँ। पछि, मैले सचेत भई आफ्नो कर्तव्यमा मन लगाएँ। कहिलेकाहीँ जब म घरका कामकुराबारे सोच्थेँ, म परमेश्‍वरलाई प्रार्थना गर्थेँ र उहाँलाई मेरो हृदयको सुरक्षा गर्न बिन्ती गर्थेँ, ताकि म आफ्नो कर्तव्यलाई प्राथमिकता दिन सकूँ, अनि मैले थाहा नै नपाई मेरो हृदय शान्त हुन्थ्यो। कहिलेकाहीँ, म कामकुराहरू मिलाउनका लागि सघाउन घर जान्थेँ, र श्रीमान् वा सासूले जेसुकै भने पनि, मेरो हृदयले अब बाँधिएको महसुस गर्दैनथ्यो।

जुन २०१५ मा, म आफ्नो कर्तव्य निर्वाह गर्न टाढा गएँ। विगतमा, आफ्नै गृहनगरमा कर्तव्य निर्वाह गर्दा, म केही समयपछि घर फर्कन पाउँथेँ, तर यसपटक, म धेरै महिनासम्म घर गएकी थिइनँ। मौसम चिसो हुँदै जाँदा, मलाई चिन्ता लाग्न थाल्यो, “मेरो श्रीमान् र बच्चालाई कस्तो होला? के मेरा आमाबुबा स्वस्थ्य हुनुहुन्छ?” यी कुराहरूबारे सोच्दा, म फेरि बेचैन भएँ र आफ्नो कर्तव्य निर्वाह गर्न गाउँमै फर्कन चाहेँ। मलाई यसरी सोच्नु सही होइन भन्ने महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँलाई मेरो हृदयको सुरक्षा गर्न बिन्ती गरेँ। पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “तिमीहरूले सबै सुन्दर र असल कुराहरू पछ्याउनुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। यसबाहेक, तिमीहरू आफ्नै जीवनका निम्ति जिम्मेवार हुनुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिस पृथ्वीमा आएपछि मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यता खोज्ने र प्राप्त गर्ने मौका पाउनु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा पछ्याउनुपर्ने सही मार्गका रूपमा किन कदर गर्दैनौ? अनि सत्यता र इन्साफलाई तिमीहरू किन सधैँ यति धेरै तिरस्कार गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू)। परमेश्‍वरका वचनले मलाई साँच्चै प्रेरित गरे र मलाई जीवनको सही लक्ष्य दिए। मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्न पाउनु र सुसमाचार विस्तारमा आफ्नो कर्तव्य निर्वाह गर्ने मौका पाउनु मेरो लागि आशिष्‌ थियो, र अझ भन्नुपर्दा, परमेश्‍वरले मलाई उचाल्नुभएको थियो। मैले पत्रुसले कसरी आफ्नो जीवन परमेश्‍वरलाई चिन्न र प्रेम गर्नमा बिताए भन्ने बारेमा सोचेँ। जब परमेश्‍वरले उनलाई भेडाहरूको रेखदेख गर्ने जिम्मेवारी सुम्पनुभयो, उनले आफूप्रति परमेश्‍वरको प्रेम र विश्वास महसुस गरे, र उनी सत्यता पछ्याउन र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो सर्वस्व दिन अझ इच्छुक भए। अन्त्यमा, उनी परमेश्‍वरका लागि उँधोमुन्टो क्रूसमा टाँगिन सक्षम भए, र उनले जोडदार गवाही दिए र परमेश्‍वरको अनुमोदन पाए। पत्रुसको जीवन सबैभन्दा अर्थपूर्ण थियो। सुसमाचार विस्तारका लागि सबैभन्दा महत्त्वपूर्ण समय अहिले नै हो, र मैले पत्रुसको उदाहरण पछ्याउनुपर्थ्यो, आफ्नो कर्तव्य निर्वाह गर्ने मौकाको कदर गर्नुपर्थ्यो, सत्यता पछ्याउन आफ्नो सम्पूर्ण ऊर्जा लगाउनुपर्थ्यो, र राज्यको सुसमाचार विस्तारका लागि आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो। त्यसपछि, आफ्नो कर्तव्य निर्वाह गर्दा म पहिले जस्तो पारिवारिक मामिलाहरूमा बाँधिइनँ, र मैले धेरै हल्का महसुस गरेँ।

पछि, मैले परमेश्‍वरका पछिल्ला वचनहरू अझ धेरै पढेँ, र मैले सुसंस्कृत नारीहरू, र असल श्रीमती तथा मायालु आमाहरू बारेका परम्परागत सांस्कृतिक विचारहरूबारे थप अन्तर्दृष्टि प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “पूर्वीयहरू चाहन्छन् कि महिलाहरूले सधैँ असल व्यवहार गरून्, तीन आज्ञापालन र चार सद्गुणहरू अपनाऊन्, सद्गुणी र कोमल बनून्—कुन उद्देश्यका लागि? तिनीहरूलाई नियन्त्रण गर्न सजिलो बनाउनका लागि। यो पूर्वीय परम्परागत संस्कृतिबाट विकसित भएको घातक विचारधारा हो र यो वास्तवमा मानिसहरूका लागि हानिकारक छ, यसले अन्ततः महिलाहरूलाई दिशाविहीन रूपमा वा आफ्नै विचारहरूविना जीवन बिताउनमा डोऱ्याउँछ। यी महिलाहरूलाई आफूले के गर्नुपर्छ, कसरी गर्नुपर्छ वा कुन कार्यहरू सही वा गलत हुन् भन्‍ने थाहा हुँदैन। तिनीहरू आफ्नो परिवारका निम्ति आफ्नो जीवन अर्पणसमेत गर्छन्, तर अझ पनि आफूले पर्याप्त काम नगरेको महसुस गर्छन्। के यो महिलाहरूका निम्ति एक प्रकारको हानि हो? (हजुर, हो।) तिनीहरूका आफ्नै अधिकारहरू, तिनीहरूले उपभोग गर्नुपर्ने अधिकारहरू खोसिँदा, तिनीहरूले प्रतिरोधसमेत गर्दैनन्। तिनीहरूले किन प्रतिरोध गर्दैनन्? तिनीहरूले भन्छन्: ‘प्रतिरोध गर्नु गलत हो, यो सद्गुण होइन। फलानो-फलानोलाई हेर त, तिनीहरूले मभन्दा धेरै गरेका छन् र धेरै कष्ट भोग्छन्, तैपनि कहिल्यै गुनासो गर्दैनन्।’ तिनीहरूले किन यस्तो सोच्छन्? (तिनीहरू परम्परागत सांस्कृतिक सोचबाट प्रभावित छन्।) यो यही परम्परागत संस्कृति हो जसले तिनीहरूभित्र गहिरो जरा गाडेको छ, र तिनीहरूलाई ठूलो कष्ट दिएको छ। तिनीहरूले यस्तो प्रकारको यातना कसरी सहन सक्छन्? तिनीहरूलाई राम्रोसँग थाहा छ कि यस्तो प्रकारको यातना पीडादायी हुन्छ, यसले तिनीहरूलाई असहाय महसुस गराउँछ र तिनीहरूको हृदयलाई चोट पुऱ्याउँछ, त्यसोभए तिनीहरूले यसलाई कसरी अझै पनि सहन सक्छन् त? यसको वस्तुगत कारण के हो? कि तिनीहरूको सामाजिक पृष्ठभूमि यही नै हो, त्यसैले तिनीहरू उम्कन सक्दैनन्, तर केवल विनम्रतापूर्वक यसैमा चित्त बुझाउँछन्। तिनीहरूले आत्मपरक रूपमा पनि यस्तै महसुस गर्छन्। तिनीहरूले सत्यता, वा महिलाहरूले कसरी इज्जतका साथ जिउनुपर्छ भनी, वा महिलाहरूले जिउने सही तरिका बुझ्दैनन्। तिनीहरूलाई कसैले पनि यी कुराहरू बताएको छैन। तिनीहरूलाई थाहा भएसम्म, महिलाहरूको आत्मआचरण र कार्यहरूको मापदण्ड के हो? परम्परागत संस्कृति। तिनीहरू सोच्छन् कि पुस्तौँ-पुस्तादेखि हस्तान्तरित भइआएको कुरा सही हुन्छ, र यदि कसैले त्यसको उल्लङ्घन गर्छ भने, उसको विवेकको निन्दा गरिनुपर्छ। तिनीहरूको ‘मापदण्ड’ यही हो। तर के यो मापदण्ड वास्तवमा सही छ? के यसलाई उद्धरण चिन्हहरूभित्र राखिनुपर्छ? (हो, राखिनुपर्छ।) यो मापदण्ड सत्यतासँग मेल खाँदैन। यस्तो प्रकारको सोच र दृष्टिकोणको नियन्त्रणअन्तर्गत कसैको व्यवहार चाहे जति नै अनुमोदित वा अनुकूल भए तापनि, के यो वास्तवमा मापदण्ड हो? होइन, किनकि यो सत्यता र मानवता विरुद्ध जान्छ। लामो समयदेखि, पूर्वीय महिलाहरूले आफ्नो सम्पूर्ण परिवारको हेरचाह गर्नुपरेको छ, र तिनीहरू सबै साना मामुली मामलाहरूका लागि जिम्मेवार भएका छन्। के यो न्यायसङ्‍गत छ? (अहँ, छैन।) त्यसोभए तिनीहरूले कसरी त्यो सहन सक्छन् त? किनभने तिनीहरू यस प्रकारको सोच र दृष्टिकोणद्वारा बाँधिएका छन्। यसलाई सहन गर्ने तिनीहरूको क्षमताले सङ्‍केत गर्दछ कि, भित्री रूपमा, तिनीहरू ८०% निश्‍चित छन् कि यो नै सही कार्य हो, र यदि तिनीहरूले सहे मात्र भने, तिनीहरू परम्परागत संस्कृतिका मानकहरू पूरा गर्न सक्षम हुनेछन्। त्यसैले, तिनीहरू त्यस दिशातिर, ती मानकहरूतिर दौडिरहेका छन्। यदि, भित्री रूपमा, तिनीहरूले यो गलत हो र यसो गर्नु हुँदैन, यो मानवतासँग मेल खाँदैन, र यो मानवता र सत्यता विरुद्ध जान्छ भन्‍ने सोचे भने, के तिनीहरूले अझै त्यसो गर्न सक्नेथिए? (अहँ, सक्नेथिएनन्।) तिनीहरूले ती मानिसहरूबाट टाढा जाने र तिनीहरूका दास नबन्‍ने उपाय सोच्नुपर्ने हुन्थ्यो। तर धेरैजसो महिलाहरूले यसो गर्ने आँट गर्ने थिएनन्—तिनीहरूले के सोच्छन्? यही कि तिनीहरू आफ्नो समुदाय बिना बाँच्‍न त सक्थे, तर यदि तिनीहरूले छोडेर जाने हो भने तिनीहरूले भयानक कलङ्‍क बोक्नुपर्ने र निश्‍चित परिणामहरू भोग्नुपर्ने हुन्थ्यो। यसलाई मूल्याङ्‍कन गरेपछि, तिनीहरू सोच्छन् कि यदि तिनीहरूले त्यसो गरे भने, तिनीहरूका सहकर्मीहरूले तिनीहरू कसरी सद्गुणी थिएनन् भनेर कुरा काट्नेथिए, समाजले तिनीहरूलाई निश्‍चित तरिकाले निन्दा गर्नेथियो र तिनीहरूका बारेमा निश्‍चित रायहरू राख्‍नेथियो, अनि यी सबले गम्भीर परिणामहरू निम्त्याउनेथिए। अन्तमा, तिनीहरूले यसबारे विचार गर्छन् र यस्तो सोच्छन्, ‘यसलाई सहिदिनु नै राम्रो हुन्छ। अन्यथा, निन्दाको भारले मलाई थिच्‍नेछ!’ पुस्तौँ-पुस्तादेखि पूर्वीय महिलाहरू यस्तै छन्। यी सबै असल कार्यहरू पछाडि तिनीहरूले के सहनुपर्छ? तिनीहरूको मानवीय मर्यादा र अधिकारको हनन्। के यी विचार र दृष्टिकोणहरू सत्यतासँग मेल खान्छन्? (अहँ, खाँदैनन्।) ती सत्यतासँग मेल खाँदैनन्। तिनीहरू आफ्नो मर्यादा र मानव अधिकारबाट वञ्‍चित भएका छन्, र तिनीहरूले आफ्नो निष्ठा, आफ्नो स्वतन्त्र जीवन र सोच्‍ने स्थान, अनि बोल्‍ने र आफ्ना चाहनाहरू व्यक्त गर्ने अधिकारहरू गुमाएका छन्—तिनीहरूले गर्ने सबै कुरा ती घरका मानिसहरूका लागि हुन्छ। तिनीहरूले यसो गर्नुको उद्देश्य के हो? परम्परागत संस्कृतिले महिलाहरूबाट माग गर्ने मानकहरू पूरा गर्न, र अरू मानिसहरूबाट प्रशंसा प्राप्त गर्न, असल पत्‍नी र असल मानिस कहलिन। के यो एक किसिमको यातना होइन? (हजुर, हो।) यस्तो सोचाइ उचित हुन्छ कि विकृत? (यो विकृत हुन्छ।) के यो सत्यतासँग मेल खान्छ? (अहँ, खाँदैन।)” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन))। परमेश्‍वरका वचनहरू पढेपछि, मेरा भावनाहरू साँचो रूपमा पुष्टि भएका थिए। म ठ्याक्कै त्यस्तो व्यक्ति थिएँ जसलाई परमेश्‍वर शैतानको परम्परागत संस्कृतिद्वारा गहिरो रूपमा हानि पुर्‍याइएको व्यक्तिको रूपमा खुलासा गर्नुहुन्छ। सानैदेखि, टिभी सिरियलहरूमा देखाइने सुशील र भद्र नायिकाहरूको छविले ममा गहिरो छाप पारेको थियो। साथै, मेरा आमाबुबाको शिक्षा र समाजका दृष्टिकोणहरूको संस्कारले गर्दा, मेरा विचारहरू पूर्ण रूपमा बाँधिएका थिए। मैले असल श्रीमती र मायालु आमा हुनु, श्रीमानको सेवा गर्नु र बच्चा हुर्काउनुलाई एउटी नारीको रूपमा आफूले पूरा गर्नुपर्ने मापदण्ड मानेँ, र मैले यी कुराहरूलाई सकारात्मक रूपमा लिएँ। म मेरा दिनहरू दासझैँ श्रीमान् र परिवारको टहलमा बिताउँथेँ, परिवारका सदस्यहरूको दैनिक जीवनको ख्याल गर्नका लागि मात्र बाँच्थेँ, र कुनै निष्ठा र मर्यादा बिना नै जिउँथेँ, तैपनि यसलाई उच्च ठान्थेँ। वर्षौंसम्म, “असल नारी” को छवि कायम राख्न, मैले परमेश्‍वरका वचनहरू सुन्दा र ती सत्यता हुन् भन्ने जान्दाजान्दै पनि, साहसपूर्वक तिनलाई पछ्याउने आँट गरिनँ। म आफ्नो कर्तव्य निर्वाह गर्ने कोसिस गर्दा पनि, सधैँ परिवारको जीवनमा बाधा नपुग्ने सर्तमा मात्र गर्थेँ, र जब म परिवारको राम्रो हेरचाह गर्न सक्दिनथेँ, मलाई बेचैनी हुन थाल्थ्यो, उनीहरूलाई धोका दिइरहेकी छु जस्तो लाग्थ्यो, र हतार-हतार उनीहरूको चित्त बुझाउने उपायहरू सोच्थेँ। मलाई उनीहरूको हेरचाह नगर्नुभन्दा आफ्ना कर्तव्यहरू त्याग्नु उचित लाग्थ्यो। वास्तवमा, मेरा श्रीमान् र सासू दुवै वयस्क हुनुहुन्छ, र यतिबेलासम्म मेरो बच्चा जुनियर हाईस्कुलमा पुगिसकेको थियो, त्यसैले उनीहरू आफ्नो हेरचाह आफैँ गर्न पूर्ण रूपमा सक्षम थिए। तर म अझैपनि चिन्ता गर्थेँ, र मलाई सधैँ उनीहरूको हेरचाह नगर्नु मेरो गल्ती हो भन्ने लाग्थ्यो। मैले बारम्बार मण्डलीको कामलाई पन्छाएँ, र आफ्ना ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई पन्छाएँ। म साँच्चै घृणायोग्य र दयनीय भएकी रहेछु! परमेश्‍वरमा विश्वास गर्नु र आफ्ना कर्तव्यहरू निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। मेरो परिवार परमेश्‍वरको विरोध गरिरहेको छ र मलाई आफ्ना कर्तव्यहरू गर्नबाट रोकिरहेको छ भन्ने स्पष्ट थियो, तर उनीहरूलाई खुट्याउनु सट्टा, म आफ्ना कर्तव्य निर्वाह गरिरहँदा उनीहरूको राम्रो हेरचाह नगरेकोमा मेरै गल्ती छ भन्ने ठान्थेँ, र दोषी महसुस गर्थेँ। मैले अन्ततः देखेँ, यी परम्परागत सांस्कृतिक विचारहरू मानिसहरूका लागि साँच्चै हानिकारक छन्, अनि तिनले मेरो सोचलाई पूर्ण रूपमा विकृत बनाएका थिए, जसले गर्दा म कालो र सेतो अनि सही र गलत छुट्याउन असमर्थ भएकी थिएँ। शैतान हामीलाई नारीहरूले परिवारमा तल्लो दर्जा लिनुपर्छ र अरूसामु दासझैँ जिउनुपर्छ भन्ने विश्वास गर्ने बनाउँदै हामीलाई भ्रमित पार्न, असल श्रीमती र मायालु आमा बन्ने, तथा तीन आज्ञापालन र चार सद्गुण जस्ता परम्परागत सांस्कृतिक विचारहरू प्रयोग गर्छ, र यसरी नारीहरूको स्वतन्त्र इच्छा र जिउने अधिकार खोस्छ। यो नारीहरूलाई नियन्त्रण गर्ने र अपमान गर्ने माध्यम हो। मैले यी कुराहरू प्रस्ट देख्न सकिनँ, त्यसैले म यी परम्परागत सांस्कृतिक विचारहरूद्वारा निरन्तर हानि र नियन्त्रणमा परिरहेँ, र बारम्बार आफ्ना कर्तव्यहरूमा ढिलासुस्ती गरेँ, सत्यता पछ्याउने सङ्कल्प गुमाएँ, आफूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू निर्वाह गर्न सकिनँ, र कुनै निष्ठा र मर्यादा बिना जिइरहेँ। यदि यो क्रम जारी रह्यो भने, परमेश्‍वरको काम समाप्त हुँदा म उहाँद्वारा हटाइनेथिएँ। यी कुराहरू महसुस गरेपछि, म आफ्नो हृदयको अन्तस्करणदेखि शैतानलाई अस्वीकार गर्न, र अब उप्रान्त यी परम्परागत सांस्कृतिक विचारहरू अनुसार नजिउन तयार भएँ।

त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “परमेश्‍वरले मानवजातिका लागि स्वतन्त्र इच्छा सृष्टि गर्नुभयो, अनि यस स्वतन्त्र इच्छाबाट आउने सोचहरू के हुन्? के ती मानवतासँग मेल खान्छन्? यी सोचहरू कम्तीमा पनि मानवतासँग मेल खानुपर्छ। यसबाहेक उहाँले, मानिसहरूले आफ्नो जीवनको अवधिमा सबै मानिस, घटना र कामकुराहरूका बारेमा सही विचारहरू र बुझाइ प्राप्त गरेको, र त्यसपछि जिउने र परमेश्‍वरको आराधना गर्ने सही मार्ग रोजेको चाहनुभयो। यसरी जिइएको जीवन परमेश्‍वरले दिनुभएको थियो र त्यसको आनन्द लिइनुपर्छ। तर, मानिसहरू यी तथाकथित परम्परागत संस्कृतिहरू र नैतिक ग्रन्थहरूद्वारा आफ्नो जीवनभर प्रतिबन्धित, सीमित र विकृत हुन्छन्, र अन्ततः के बन्छन्? तिनीहरू परम्परागत संस्कृतिको कठपुतली बन्छन्। के मानिसहरूले सत्यता नबुझेका कारण यसो हुने होइन? (हजुर, हो।) के तिमीहरू भविष्यमा यही मार्गमा हिँड्न चाहनेथियौ? (अहँ, चाहनेथिएनौँ।) … त्यसोभए तैँले कसरी कार्य गर्नुपर्छ? (सत्यता सिद्धान्तहरूअनुरूप कार्यहरू गर्नुपर्छ।) निस्सन्देह रूपमा, सिद्धान्तहरू अनुरूप कार्य गर्नु सही हो, र तैँले सबैलाई सिद्धान्तहरू अनुरूप व्यवहार गर्नुपर्छ, यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने तिनीहरूलाई दाजुभाइ र दिदीबहिनीहरूझैँ व्यवहार गर्नुपर्छ, र यदि तिनीहरूले गर्दैनन् भने तिनीहरूलाई गैर-विश्‍वासीहरूझैँ व्यवहार गर्नुपर्छ। आफैँलाई अन्याय गर्नु, आफ्नो निष्ठालाई विकृत तुल्याउनु, वा तिनीहरूका लागि आफ्नो जीवन बलिदान गरेर आफ्नो मर्यादा र अधिकारहरू त्याग्‍नु आवश्यक छैन। तिनीहरू यसको लायक छैनन्। यस संसारमा एक जना मात्र हुनुहुन्छ जसका लागि तैँले आफ्नो जीवन खर्च गर्नु योग्य हुन्छ। उहाँ को हुनुहुन्छ? (परमेश्‍वर।) किन? किनभने परमेश्‍वर सत्यता हुनुहुन्छ, र उहाँका वचनहरू मानिसहरूको अस्तित्व, आत्मआचरण र कार्यहरूका लागि मापदण्ड हुन्। जबसम्म तँसँग परमेश्‍वर, र परमेश्‍वरका वचनहरू छन्, तबसम्म तँ विचलित हुनेछैनस्, र तैँले आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तरिकामा तँ सटीक हुनेछस्। एक पटक व्यक्तिलाई मुक्ति दिइएपछि परमेश्‍वरका वचनहरूले उसमा पार्ने अन्तिम प्रभाव यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन))। परमेश्‍वरका वचनहरूले मेरो हृदयलाई एकदम उज्यालो बनाए। परमेश्‍वर मानिसहरूले परिवारमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न सकून् भनेर मानिसहरूका लागि विवाहको प्रबन्ध गर्नुहुन्छ, मानिसहरूलाई दास बनाउनका लागि होइन, र झन् कसैलाई अरूको लागि जिउने बनाउन त हुँदै होइन। विवाहमा, श्रीमान् र श्रीमती दुवैका आ-आफ्ना जिम्मेवारी र दायित्वहरू हुन्छन्, र कुनैले पनि अर्कोका आवश्यकताहरू पूरा गर्नु जरूरी छैन। मैले आफ्नो वैवाहिक जीवन र परिवारमा जुनसुकै भूमिका निर्वाह गरेपनि, त्यो केवल मैले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी हो। जब मण्डलीको काममा व्यस्तता हुदैन, म श्रीमतीको रूपमा मेरा जिम्मेवारीहरू पूरा गर्न सक्छु र परिवारको दैनिक आवश्यकताहरूको ख्याल राख्न सक्छु। तर जब मेरो कर्तव्यमा व्यस्तता हुन्छ र मसँग घर जाने समय हुँदैन, मैले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्छ। यी कुराहरू बुझेपछि, मैले मेरो हृदयमा ठुलो मुक्ति र स्वतन्त्रता महसुस गरेँ। मलाई मेरो हृदयको एउटा झ्याल अचानक खुलेको, र म उज्यालोले भरिए जस्तो लाग्यो।

परमेश्‍वरका वचनहरूले नै मलाई “असल श्रीमती र मायालु आमा” बन्ने परम्परागत विचारको बन्धन र हानिबाट स्वतन्त्र हुन डोर्‍याएका छन्; अब म राज्यको सुसमाचार विस्तारमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम भएकी छु—यो मेरो जीवनको सबैभन्दा ठुलो आशिष्‌ हो, र यसैले मेरो जीवनलाई मूल्यवान् बनाउँछ। धन्यवाद परमेश्‍वर!

अघिल्लो: ८४. परमेश्‍वरमा विश्वास गरेका कारण म खोजीको सूचीमा परेपछि

अर्को: ८६. अब त सिधै कुरा गर्न गाह्रो छैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्