८४. परमेश्वरमा विश्वास गरेका कारण म खोजीको सूचीमा परेपछि
सन् २०२३ को जुलाईमा, मैले मण्डलीमा अगुवाका कर्तव्यहरू निर्वाह गर्न थालेँ। अगस्टमा, मैले एक जना ब्रदरसँग भेला हुने प्रबन्ध मिलाएकी थिएँ, तर भेला हुनुभन्दा अघिल्लो रात उहाँ पक्राउ पर्नुभयो। यो खबर सुन्दा, मेरो मुटुको ढुकढुकी अलिक बढ्यो, “यदि ती ब्रदर भेलाका लागि आउनुभएको भए र प्रहरीले उहाँलाई पछ्याएको भए त, म पनि पक्राउ परेकी हुनेथिएँ। म धन्न बचेँ!” मैले सोच्न थालेँ, “आजकल, प्रहरीले परमेश्वरमा विश्वास गर्नेहरूलाई पक्राउ गर्न पागल भइरहेको छ। यदि मैले कामका बारेमा सङ्गति गर्न मानिसहरूसँग भेट्ने प्रबन्ध मिलाइरहेँ भने, म कुनै पनि समय पक्राउ पर्न सक्नेछु। अबदेखि, म घरबाटै पत्रमार्फत मण्डलीको कामको अनुगमन गर्नेछु। यसो गर्दा, म पक्राउ पर्ने जोखिम कम हुनेछ।” त्यसैले, मैले मेरा ब्रदर-सिस्टरहरूसँग भेट्ने योजनाहरू रद्द गरेँ। पछि, मलाई एक जना यहुदाले घात गर्यो, त्यसैले प्रहरीले मेरो परिचयसम्बन्धी जानकारी पायो र म अगुवा हुँ भन्ने थाहा पायो। त्यसलगत्तै, मैले घरबाट मेरो तस्बिर लिएर केही प्रहरी मलाई पक्राउ गर्न मेरो घरमा आएका थिए भन्ने ब्यहोराको एउटा पत्र पाएँ। बुबाले म घरमा छैन भन्नुभएछ, अनि प्रहरीले जवाफमा भनेछ, “तपाईँकी छोरीलाई घर फर्केर प्रहरी चौकीमा गई आत्मसमर्पण गर्न भन्नुहोस्। यदि उनी फर्केर आइनन् भने, हामी उनको नाममा खोजी सूचना जारी गर्नेछौँ!” घरबाट आएको पत्र पढिसकेपछि, मेरो हृदय एकदमै भारी भयो, “प्रहरीलाई म अगुवा हुँ भन्ने थाहा छ र तिनीहरू मेरो तस्बिर लिएर मलाई खोज्न मेरो घरमै पुगेछन्। तिनीहरूले मेरो नाममा खोजी सूचना समेत जारी गर्नेछन्! यदि म प्रहरीको पक्राउमा परेँ भने, मलाई जबरजस्ती कबुलनामा गराउन, मण्डलीको पैसाबारे बताउन र अनि मेरा ब्रदर-सिस्टरहरूमाथि घात गराउन तिनीहरूले पक्कै पनि मलाई यातना दिनेछन्। यदि मैले केही भनिनँ भने, मलाई कुटेर मारिएन भने पनि, मलाई अपाङ्ग नहुञ्जेल कुटिनेछ! मेरो स्वास्थ्य धेरै कमजोर छ। मैले सीसीपीको यातना कसरी सहन सकूँला? यदि म आफ्नो गवाहीमा दृढ रहन सकिनँ र यहुदा बनेँ भने, मेरो परिणाम राम्रो हुनेछैन, र मैले परमेश्वरमा विश्वास गरे पनि मुक्ति पाउनेछैनँ।” त्यसपछि मैले पक्राउ परेका मेरा ब्रदर-सिस्टरहरूले यातना भोगिरहेको दृश्य सम्झेँ र मलाई धेरै डर लाग्यो, “अगुवाको कर्तव्य निर्वाह गर्नु त साह्रै खतरनाक रहेछ। यदि म एक साधारण विश्वासी भएकी भए, म सीसीपीको पक्राउको प्रमुख निसाना बन्ने थिइनँ, र मैले मृत्युको जोखिम सामना गर्नुपर्ने थिएन।” त्यसताका, म अक्सर यस विषयलाई लिएर चिन्ता र बेचैनीले भरिएकी हुन्थेँ। मलाई कुनै दिन आफू प्रहरीको हातमा परिने हो कि भनेर धेरै डर लाग्यो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो हृदयलाई शान्त पार्नै सकिनँ।
सेप्टेम्बरको एक बिहान, मैले पहिले मलाई अथिति सत्कार गरेकी एक सिस्टरबाट पत्र पाएँ। उहाँले भन्नुभयो, म उहाँको घरबाट सरेपछि, एक रात ११ बजेपछि १० जनाभन्दा बढी प्रहरीले उहाँको घर घेरेछन्। उहाँले ढोका खोल्ने आँट गर्नुभएनछ, त्यसैले प्रहरीले दोस्रो तलाको झ्यालसम्म पुग्न कैँची सिँढी प्रयोग गरेछन् र घरको खानतलासी गर्न सिधै झ्यालबाट भित्र पसेछन्। तिनीहरूले केही घण्टा खानतलासी गरेछन्, तर केही पनि नभेट्टाई फर्किएछन्। यो सन्देश देख्दा म अवाक् भएँ। म एक महिना अघिसम्म मात्र त्यही घरमा बसिरहेकी थिएँ। यदि म त्यहाँबाट ननिस्केकी भए, म पक्राउ पर्नेथिएँ। मलाई पक्राउ गर्न प्रहरीको ठूलो हुल आइरहेको दृश्य कल्पना गर्नेबित्तिकै, मलाई डर लाग्यो, र अगुवा हुनु त साह्रै जोखिमपूर्ण रहेछ भन्ने महसुस भयो। म गुनासो नगरी बस्न सकिनँ, “म अगुवा नभएको भए नै राम्रो हुनेथियो। त्यसो भएको भए म प्रहरीको खोजीको सूचीमा पर्ने थिइनँ। यदि म पक्राउ परेँ भने, मलाई आफू नबाचूँला भन्ने डर छ। म अझै पनि धेरै जवान नै छु, र परमेश्वरमाथिको मेरो विश्वासमा मैले अझै सत्यता प्राप्त गरेकी छैन। यदि मलाई प्रहरीले कुटेर मारिदियो भने, के मैले मुक्ति पाउने आफ्नो मौका गुमाउनेछैनँ र? के परमेश्वरमा विश्वास गरेको यतिका वर्षसम्म मैले गरेका सबै समर्पण व्यर्थ हुनेछैनन् र?” ती दिनमा, म चिन्ता र डरमा जिएँ, र कसैलाई मेरो कर्तव्य जिम्मा लगाउन चाहन्थेँ। मलाई लागेको थियो, यसरी म सीसीपीको पछ्याइ र पक्राउबाट बच्न सक्छु। तर, मण्डलीका मानिसहरू निरन्तर पक्राउ परिरहेका थिए। धेरै अगुवा र कामदार पनि पक्राउ परेका थिए। यदि मैले यस्तो बेलामा राजीनामा दिएँ भने, मण्डलीको काममा असर पर्ने मात्र थिएन, मैले एउटा अपराध पनि छोडेर जानेथिएँ। आफ्नो विवेकका कारण, मैले राजीनामा त दिइनँ, तर मैले आफ्नो हृदयमा अलिकति पनि ऊर्जा जुटाउन भने सकिनँ। त्यतिबेला, मण्डलीमा अगुवा र कामदारहरूको कमी थियो, र केही ब्रदर-सिस्टर पक्राउ पर्ने डरले नकारात्मकता र कमजोरीमा जिइरहेका थिए। कामका विभिन्न पक्ष लगभग ठप्प भएका थिए। मण्डलीमा यी सबै समस्या देखे तापनि, मलाई ती समाधान गर्न मनै थिएन। बरु, म दिनभरि चिन्तामा जिएँ, र कुनै दिन म प्रहरीको हातमा पर्नेछु र अनन्त सास्ती भोग्नुपर्नेछ भनेर डराएँ। काँतर र असहाय महसुस गरिरहेकै बेला, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, जब प्रहरीले मलाई खोजी सूचीमा राख्यो र मलाई पक्राउ गर्ने प्रयास गर्यो, तबदेखि मलाई अगुवाको कर्तव्य निर्वाह गर्न मन लागेन। मलाई थाहा छ, यसरी कर्तव्य निर्वाह गर्नुले तपाईँप्रति अलिकति पनि बफादारी देखाउँदैन, तर मलाई पक्राउ परिने हो कि भन्ने डर पनि लागेको छ। हे परमेश्वर, मलाई अन्तर्दृष्टि र अगुवाइ प्रदान गर्नुहोस् ताकि म समर्पित हुन सकूँ।”
त्यसपछि, मैले एक सिस्टरलाई आफ्नो स्थितिबारे खुलेर बताएँ। ती सिस्टरले मेरा लागि परमेश्वरका वचनका दुईवटा खण्ड खोजिदिनुभयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरूले परमेश्वरले योजनाबद्ध गर्नुभएका वातावरण र उहाँको सार्वभौमिकता स्पष्ट देख्न, बुझ्न, स्विकार्न वा त्यसमा समर्पित हुन सक्दैनन्, र जब मानिसहरूले आफ्नो दैनिक जीवनमा विभिन्न कठिनाइ सामना गर्छन्, वा जब यी कठिनाइहरू सामान्य मानिसहरूले सहन सक्नेभन्दा बढी हुन्छन्, तब तिनीहरूलाई अर्धचेतन रूपमै हरकिसिमको चिन्ता र बेचैनी हुन्छ, र हैरानीसमेत हुन्छ। तिनीहरूलाई भोलि, वा पर्सि कस्तो हुनेछ, वा तिनीहरूको भविष्य कस्तो हुनेछ भन्ने थाहा हुँदैन, त्यसैले तिनीहरू सबै किसिमका कुराहरूका बारेमा सन्तप्त, बेचैन, र चिन्तित हुन्छन्। यी नकारात्मक संवेगहरू उत्पन्न गर्ने सन्दर्भ के हो? त्यो के हो भने, तिनीहरू परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्दैनन्—अर्थात्, तिनीहरू परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्न र त्यसलाई छर्लङ्गै देख्न असक्षम हुन्छन् र तिनीहरूको हृदयमा परमेश्वरप्रति साँचो आस्था हुँदैन। तिनीहरूले परमेश्वरको सार्वभौमिकताका तथ्यहरू आफ्नै आँखाले देख्दा पनि त्यो बुझ्दैनन् वा त्यसलाई विश्वास गर्दैनन्। तिनीहरू परमेश्वरले तिनीहरूको भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ, र तिनीहरूको पूरै जीवन परमेश्वरको हातमा छ भन्ने कुरामा विश्वास गर्दैनन्, त्यसकारण परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति तिनीहरूको हृदयमा अविश्वास उत्पन्न हुन्छ, र त्यसपछि गुनासाहरू पैदा हुन्छन्, र तिनीहरू समर्पित हुन सक्दैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “यदि मानिसहरूले सत्यता खोजी गर्छन् भने, तिनीहरू यी कठिनाइहरूमा अल्झिँदैनन् र हैरानी, बेचैनी र चिन्ताका यी नकारात्मक संवेगहरूमा डुब्दैनन्। यसको विपरीत, यदि तिनीहरूले सत्यता पछ्याउँदैनन् भने, यी कठिनाइहरूले तिनीहरूलाई अल्झाउनेछन् जसले गर्दा तिनीहरू उम्कनै सक्दैनन्, र यदि तिनीहरूले यी कुराहरू समाधान गर्न सकेनन् भने, ती कुराहरू अन्त्यमा नकारात्मक संवेगहरू बन्नेछन् जुन तिनीहरूको सबैभन्दा भित्री हृदयमा गाँठो परेर बस्छन् र तिनले तिनीहरूको सामान्य जीवन र सामान्य कर्तव्य निर्वाहलाई असर गर्नेछन्, जुन सबैले तिनीहरूलाई दमनमा परेको र मुक्त हुन नसक्ने अवस्थामा पुगेको महसुस गराउनेछन्—ती कुराले तिनीहरूमा ल्याउने परिणाम यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचन पढिसकेपछि, मैले परमेश्वरको सार्वभौमिकता नबुझेको, र परमेश्वरको सार्वभौमिकतामा समर्पित हुन नसकेको कारणले नै म चिन्ता र बेचैनीमा जिइरहेकी रहेछु भन्ने कुरा बुझेँ। जब प्रहरीले मलाई खोजी सूचीमा राख्यो, म काँतरता र डरमा जिएँ, र यदि म प्रहरीको पक्राउमा परेँ र कुटेर मारिएँ भने, मैले मुक्ति पाउने मौका गुमाउनेछु भनेर डराएँ। आफ्नो ज्यान जोगाउनका लागि, मैले अगुवाको कर्तव्यबाट राजीनामा दिनेबारे सोचेँ। म परमेश्वरको सार्वभौमिकतामा समर्पित हुन इच्छुक थिइनँ र मैले परमेश्वरको अभिप्राय खोजिनँ, न त पाठ सिक्नका लागि आत्मचिन्तन गरेर आफूलाई चिन्न नै खोजेँ। मलाई यदि मेरो स्थिति यस्तै नै रहिरह्यो भने, यो मेरा लागि धेरै खतरनाक हुनेछ भन्ने महसुस भयो। परमेश्वरका वचनका यी दुई खण्ड पढिसकेपछि, मैले परमेश्वरको अभिप्राय बुझेँ। मैले आफ्नो स्थिति समाधान गर्न सत्यताको खोजी गर्नुपर्थ्यो, र नकारात्मक भावनाहरूमा जिइरहनु हुँदैनथ्यो; यसले मेरो जीवन प्रवेश र मेरो कर्तव्यलाई असर गर्नेथियो। त्यसपछि, मैले आफ्नो स्थितिलाई परमेश्वरसामु ल्याएर प्रार्थना गरेँ, र मैले यो परिस्थिति अनुभव गर्दै गर्दा मलाई अगुवाइ गर्न परमेश्वरसँग बिन्ती गरेँ।
प्रार्थना गरेपछि, मैले आफ्नो हृदय शान्त पारेँ र यस समयको दौरान रहेको आफ्नो स्थितिलाई सम्झेँ। मैले परमेश्वरका वचन पढेँ: “आफ्नै सुरक्षाबारे विचार गर्नेबाहेक, कतिपय ख्रीष्टविरोधीहरू केबारे पनि विचार गर्छन्? तिनीहरू भन्छन्, ‘अहिले, हाम्रो वातावरण प्रतिकूल छ, त्यसैले हामी हाम्रो अनुहार कम देखाऔँ र सुसमाचार प्रचार कम गरौँ। त्यसरी, हामी पक्राउ पर्ने सम्भावना कम हुन्छ, र मण्डलीको काम पनि नष्ट हुँदैन। यदि हामी पक्राउ पर्नबाट जोगियौं भने, हामी यहूदामा परिणत हुनेछैनौं, र भविष्यमा पनि हामी अस्तित्वमै रहिरहन सक्नेछौं, होइन र?’ के यस्ता बहानाहरू प्रयोग गरेर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउने ख्रीष्टविरोधीहरू छैनन् र? कतिपय ख्रीष्टविरोधीहरूलाई मृत्युको निकै डर लाग्छ र तिनीहरू नीच अस्तित्वमा जिउँछन्; तिनीहरूलाई प्रतिष्ठा र हैसियत पनि मनपर्छ, र तिनीहरू नेतृत्वको भूमिका लिन इच्छुक हुन्छन्। तिनीहरूलाई ‘अगुवाको काम सजिलो हुँदैन—यदि आफूलाई अगुवा बनाइएको कुरा ठूलो रातो अजिङ्गरले थाहा पायो भने, आफूलाई चर्चा मिल्नेछ, र आफ्नो नाम खोजी सूचीमा राखिने सम्भावना हुनेछ, र पक्राउ पर्नेबित्तिकै आफ्नो जीवन खतरामा पर्नेछ’ भन्ने थाहा भए पनि, यो हैसियतका फाइदाहरूमा लिप्त हुन तिनीहरू यी खतराहरू बेवास्ता गर्छन्। अगुवाको रूपमा सेवा गर्दा, तिनीहरू आफ्नो देहगत आनन्दमा मात्रै लिप्त हुन्छन्, र वास्तविक काममा संलग्न हुँदैनन्। विभिन्न मण्डलीहरूसँग अलिअलि पत्राचारमा रहनेबाहेक, तिनीहरू अरू केही काम गर्दैनन्। तिनीहरू कतै लुकेर बस्छन् र कसैसँग भेट गर्दैनन्, आफूलाई बन्द गरेर राख्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको अगुवा को हो भन्ने थाहै हुँदैन—तिनीहरूलाई त्यति हदसम्म डर लाग्छ। त्यसोभए, के तिनीहरू नाममात्रका अगुवा हुन् भनेर भन्नु सही हुँदैन र? (हुन्छ।) तिनीहरू अगुवाको रूपमा कुनै वास्तविक काममा संलग्न हुँदैनन्; तिनीहरू आफूलाई लुकाउनेबारे मात्रै वास्ता गर्छन्। अरूले तिनीहरूलाई ‘अगुवा बन्दा कस्तो हुन्छ?’ भनेर सोध्दा तिनीहरू भन्छन्, ‘म अत्यन्तै व्यस्त छु, र सुरक्षाको लागि, म घर सरिरहनुपर्छ। यो वातावरण यति तनावपूर्ण छ कि म आफ्नो काममा ध्यान दिनै सक्दिनँ।’ तिनीहरूलाई सधैँ धेरैले हेरिरहेका छन्, र कहाँ लुक्न सुरक्षित हुन्छ त्यो थाहै छैन भन्ने लाग्छ। तिनीहरू छद्मभेषी हुने, फरकफरक ठाउँमा लुकेर बस्ने, र एउटै ठाउँमा नबस्नेबाहेक, कुनै पनि दिन कुनै वास्तविक काम गर्दैनन्। के त्यस्ता अगुवाहरू छैनन् र? (छन्।) तिनीहरू के-कस्ता सिद्धान्तहरू पालना गर्छन्? यी मानिसहरू भन्छन्, ‘चलाक खरायोका तीन वटा दुला हुन्छन्। खरायोले सिकारीको आक्रमणबाट जोगिन र लुक्नलाई तीनवटा दुलो बनाउनुपर्छ। यदि व्यक्तिले खतराको सामना गर्यो र ऊ भाग्नुपर्यो, तर उसको लुक्ने ठाउँ छैन भने, के त्यो स्वीकार्य हुन्छ त? हामीले खरायोहरूबाट सिक्नुपर्छ! परमेश्वरले सृष्टि गर्नुभएका पशुहरूमा यस्तो बाँच्ने क्षमता हुन्छ, र मानिसहरूले तिनीहरूबाट सिक्नुपर्छ।’ अगुवाको भूमिका लिएपछि, तिनीहरू यो धर्मसिद्धान्तको बुझाइमा पुगेका हुन्छन्, र तिनीहरू आफूले सत्यता बुझेको छु भनेरसमेत विश्वास गर्छन्। वास्तवमा, तिनीहरू अत्यन्तै डराएका हुन्छन्। बस्ने ठाउँ असुरक्षित भएको कारण प्रहरीमा रिपोर्ट गरिएको अगुवाबारे वा आफ्नो कर्तव्य निर्वाह गर्न धेरैपटक बाहिर गएर धेरै मानिससँग अन्तरक्रिया गरेका कारण ठूलो रातो अजिङ्गरका जासूसहरूले निसाना बनाएको अगुवाबारे, र यी मानिसहरू कसरी पक्राउ परे र जेलसजाय पाए भन्नेबारे सुन्नसाथ तिनीहरू तुरुन्तै डराउँछन्। तिनीहरू सोच्छन्, ‘अहो, कतै पक्राउ पर्ने अर्को व्यक्ति म त हुनेछैन? मैले यसबाट सिक्नुपर्छ। म त्यति सक्रिय हुनु हुँदैन। यदि मैले मण्डलीको केही कामबाट पन्छिन मिल्छ भने, म ती काम गर्नेछैनँ। यदि मैले आफ्नो अनुहार देखाउनबाट तर्किन मिल्छ भने, म अनुहार देखाउनेछैनँ। म मेरो काम सक्दो न्यूनतम हदमा गर्नेछु, बाहिर जानबाट जोगिनेछु, कसैसँग अन्तरक्रिया गर्नबाट टाढै बस्नेछु, र म अगुवा रहेको कुरा कसैलाई थाहा नहोस् भन्ने सुनिश्चित गर्नेछु। आजभोलि, कसलाई अरूको वास्ता गर्ने फुर्सद छ र? जीवितै रहनु पनि त चुनौती नै हो!’ अगुवाको भूमिका लिएपछि, तिनीहरू झोला बोकेर लुक्नेबाहेक, कुनै काम गर्दैनन्। पक्राउ पर्छु र दण्डित हुनेछु भन्ने लगातारको डर र बेचैनीमा तिनीहरू बस्छन्। मानिलिऊँ तिनीहरू कसैले यसो भनेको सुन्छन्, ‘तपाईँ पक्राउ पर्नुभयो भने, तपाईं मारिनुहुनेछ! यदि तपाईं अगुवा नभएको भए, यदि तपाईं साधारण विश्वासी मात्रै हुनुहुभएको भए, थोरै जरिमाना तिरेर पनि तपाईं रिहाइ हुन सक्नुहुन्थ्यो, तर तपाईं अगुवा हुनुभएकोले, के हुन्छ भनेर भन्न गाह्रो छ। कुरो अत्यन्तै खतरनाक छ! पक्राउ परेका कतिपय अगुवा वा कामदारहरूले मरेकाटे कुनै पनि जानकारी दिएनन् र तिनीहरू पुलिसद्वारा कुटेर मारिए।’ कसैलाई कुटीकुटी मारियो भन्ने सुनेपछि, तिनीहरूको डर झन्झन् तीव्र हुन्छ, र तिनीहरूलाई काम गर्न झन्झन् डर लाग्छ। हरदिन तिनीहरू कसरी पक्राउ पर्नबाट जोगिने, कसरी आफ्नो अनुहार देखाउनबाट तर्किने, कसरी निगरानीमा पर्नबाट जोगिने, र कसरी दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा आउनबाट तर्किने त्यसबारे मात्रै विचार गर्छन्। तिनीहरू यी कुराहरूबारे सोच्दै दिमाग खियाउँछन् र आफ्नो कर्तव्य पूर्ण रूपमा बिर्सन्छन्। के यी बफादार मानिसहरू हुन् त? के यस्ता मानिसहरूले कुनै काम सम्हाल्न सक्छन् त? (अहँ, सक्दैनन्।) यस्ता मानिसहरू खालि डरपोक हुन्छन्, तर यस प्रकटीकरणका आधारमा मात्रै हामी तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न अवश्य नै सक्दैनौँ, तैपनि यो प्रकटीकरणको प्रकृति के हो? यस प्रकटीकरणको सार भनेकै अविश्वासीको सार हो। परमेश्वरले मानिसहरूको सुरक्षा गर्न सक्नुहुन्छ भन्ने कुरा तिनीहरू विश्वास गर्दैनन्, र परमेश्वरको लागि मेहनत गर्न आफूलाई समर्पित गर्नु भनेको आफूलाई सत्यतामा समर्पित गर्नु हो, र यो परमेश्वरले अनुमोदन गर्नुहुने कुरा हो भन्ने कुरा पनि तिनीहरू बिलकुलै विश्वास गर्दैनन्। तिनीहरू हृदयमा परमेश्वरको डर मान्दैनन्; तिनीहरू शैतान र दुष्ट राजनीतिक दलहरूको मात्रै डर मान्छन्। तिनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, तिनीहरू सबै कुरा परमेश्वरकै हातमा छ भन्ने विश्वास गर्दैनन्, अनि अवश्य नै तिनीहरू परमेश्वरले उहाँको खातिर, र उहाँको मार्ग पछ्याउन, र उहाँको आज्ञा पूरा गर्न सबै कुरा अर्पित गर्ने व्यक्तिलाई अनुमोदन गर्नुहुन्छ भन्ने कुरामा पनि विश्वास गर्दैनन्। तिनीहरू यीमध्ये कुनै कुरा पनि देख्न सक्दैनन्। अनि, तिनीहरू केमा चाहिँ विश्वास गर्छन् त? तिनीहरू आफू ठूलो रातो अजिङ्गरको हातमा परे, आफ्नो अन्त्य नराम्रो हुनेछ, आफूलाई जेल सजाय हुनेछ वा आफ्नो ज्यानसमेत जाने खतरा हुनेछ भन्ने कुरामा विश्वास गर्छन्। तिनीहरू हृदयमा आफ्नै सुरक्षाबारे मात्रै विचार गर्छन्, मण्डलीको कामबारे विचार गर्दैनन्। के तिनीहरू अविश्वासी होइनन् र? (हजुर, हुन्।) बाइबल के भन्छ? ‘मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ’ (मत्ती १०:३९)। के तिनीहरूले यी वचनहरूमा विश्वास गर्छन् त? (अहँ, गर्दैनन्।) यदि तिनीहरूलाई कर्तव्य निर्वाह गर्ने क्रममा जोखिम लिन लगाइयो भने, तिनीहरू लुकेर कसैको अघि देखा नपरी बस्न चाहन्छन्—तिनीहरू पूरै अदृश्य हुन चाहन्छन्। तिनीहरू यति हदसम्म डराउँछन्। तिनीहरू परमेश्वर मानिसहरूको आड हुनुहुन्छ, सबथोक परमेश्वरकै हातमा छ, र कुनै कुरा साँच्चै गलत भयो वा तिनीहरू पक्राउ परे भने, त्यो परमेश्वरले अनुमति दिनुभएको कुरा हो, र त्यसैले मानिसहरूमा समर्पित हृदय हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन्। ती मानिसहरूमा यस्तो हृदय, यस्तो बुझाइ, वा यस्तो तयारी हुँदैन। के तिनीहरू साँच्चै नै परमेश्वरमा विश्वास गर्छन् त? (अहँ, गर्दैनन्।) के यस प्रकटीकरणको सार अविश्वासीको सार होइन र? (हजुर, हो।) हो, यस्तै हुन्छ। त्यस्ता मानिसहरू असाधारण रूपमा डरपोक हुन्छन्, अत्यन्तै त्रसित रहन्छन्, र शारीरिक कष्ट भोग्ने र आफूलाई कुनै नराम्रो कुरा आइपर्नेछ भन्नेबारे डर मानिरहन्छन्। तिनीहरू फिस्टे चराजस्तै डराइरहन्छन् र त्यसउप्रान्त आफ्नो काम गर्न सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरले खुलासा गर्नुहुन्छ, ख्रीष्ट विरोधीहरूले आफ्ना कर्तव्यमा खतरनाक परिस्थितिको सामना गर्नेबित्तिकै आफ्नो सुरक्षाबारे मात्र विचार गर्छन्। तिनीहरू आफ्नो कर्तव्यप्रति बफादार हुँदैनन् र परमेश्वरको घरका हितहरूबारे विचार गर्दैनन्। यस्ता व्यक्तिको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ हुँदैन, र ऊ परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्दैन। ऊ अविश्वासी हुन्छ। परमेश्वरका वचन पढिसकेपछि, म लज्जित र दुःखी भएँ। मैले आफू पनि ख्रीष्टविरोधी जस्तै स्वार्थी र घृणास्पद रहेको कुरा महसुस गरेकी थिइनँ। मैले एक जना ब्रदरसँग भेला हुने प्रबन्ध मिलाएकी थिएँ, र उहाँ भेला हुनुभन्दा अघिल्लो दिन पक्राउ पर्नुभयो। परमेश्वरको सुरक्षाले गर्दा नै म पक्राउ पर्नबाट बच्न सकेकी थिएँ। तर, मैले परमेश्वरलाई धन्यवाद दिइनँ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनँ, बरु मण्डलीको कामलाई एकातिर पन्छाएर कसरी आफूलाई सुरक्षित राख्ने भन्नेबारे मात्र सोचेँ। अझ, जब मैले प्रहरी मेरो घरमा मलाई पक्राउ गर्न आएको थियो र मलाई खोजी सूचीमा राख्न लागेको थियो, अनि म पहिले बसेको अथिति सत्कारक परिवारमा खानतलासी गरिएको थियो भन्ने थाहा पाएँ, र सीसीपीले मलाई पक्राउ गर्न यति ठूलो प्रयत्न लगाइरहेको देखेँ, तब म डराएँ। आफ्नो ज्यान जोगाउनका लागि, मैले अगुवाको कर्तव्य निर्वाह गर्ने आँटसमेत गरिनँ। मण्डलीले सीसीपीको सतावट र गिरफ्तारी भोगिरहेको बेला, एक अगुवाका रूपमा, मैले मण्डलीका हितहरूको रक्षा गर्नुपर्थ्यो र त्यसपछिको परिस्थितिलाई तुरुन्तै राम्ररी सम्हाल्नुपर्थ्यो। यसका अतिरिक्त, मण्डलीमा कामका विभिन्न पक्षका नतिजाहरू खस्किँदै थिए, र मेरा ब्रदर-सिस्टरहरू नकारात्मकता र कातरतामा जिइरहेका थिए, जसलाई मद्दत र सहायता गर्न सत्यताबारे सङ्गति गर्न आवश्यक थियो। यी सबै काम गरिनुपर्ने थियो, तर पक्राउ पर्नबाट बच्नका लागि, मैले हरेक मोडमा आफ्नै सुरक्षा र उम्कने बाटोका बारेमा मात्र सोचेँ; मसँग आफ्नो कर्तव्य निर्वाह गर्ने हिम्मतै थिएन, र मण्डलीका समस्याहरू तुरुन्तै समाधान हुन सकेनन्। भनाइ नै छ, “विपतमा नै साँचो भावनाहरू प्रकट हुन्छन्।” मेरो व्यक्तिगत हितहरूमा असर नपर्दा सामान्य समयमा त म आफ्नो कर्तव्यमा डटिरहन सक्थेँ, तर अहिले ममाथि खतरनाक परिवेश आइपर्दा, म आफ्नो सुरक्षाका लागि खपटाभित्र लुक्ने काँतर कछुवाजस्तै भएकी थिएँ। यो मेरो वास्तविक कद थियो। मैले परमेश्वरमा विश्वास गरेकी थिएँ र परमेश्वरका यति धेरै वचन पढेकी थिएँ, तर सङ्कटको घडीमा, मैले सत्यता अभ्यास गर्ने कुनै गवाही दिइनँ, र ममा मण्डलीका हितहरूको रक्षा गर्ने कुनै चाहना नै थिएन। म पनि ख्रीष्टविरोधीजत्तिकै स्वार्थी र घृणास्पद थिएँ। म दुःखी भएँ र आफैँलाई धिक्कारेँ, अनि यति स्वार्थी भएकोमा आफैँलाई घृणा गरेँ। म वास्तवमै यस्तो महत्त्वपूर्ण कर्तव्यको लायक थिइनँ! मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्वर, म साह्रै स्वार्थी छु! सङ्कटको घडीमा, मैले अलिकति पनि बफादारी देखाइनँ। प्रिय परमेश्वर, मलाई अन्तर्दृष्टि दिनुहोस् र आफैँलाई चिन्न अगुवाइ गर्नुहोस् ताकि म यस परिवेशमा आफ्नो कर्तव्यमा लागिरहन सकूँ।”
मैले परमेश्वरका वचन सम्झेँ: “भ्रष्ट मानव सबै आफ्नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरू सबैले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; तिनीहरू आशिषित् हुनकै लागि कामकुरा त्याग्छन् र आफूलाई समर्पित गर्छन्, साथै तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सहने कष्ट र चुकाउने मूल्य पनि इनाम प्राप्त गर्नका लागि हो। छोटकरीमा भन्दा, यो सबै आशिषित् हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। संसारमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्, र परमेश्वरको घरमा, तिनीहरू आशिष्हरू प्राप्त गर्नका लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नका खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्छन् र धेरै कष्ट सहन सक्छन्। यो सबै मानिसहरूमा शैतानी प्रकृति हुन्छ भन्ने कुराको सबैभन्दा प्रस्ट प्रमाण हो। स्वभाव परिवर्तन भएका मानिसहरू फरक हुन्छन्, तिनीहरूलाई, सत्यतामा जिउनु अर्थपूर्ण हुन्छ, मानव हुनुको आधार परमेश्वरमा समर्पित हुनु, परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु हो, परमेश्वरको आज्ञा मान्नु भनेको पूर्ण रूपमा प्राकृतिक र न्यायोचित जिम्मेवारी हो, सृजित गरिएको प्राणीका कर्तव्यहरू पूरा गर्ने मानिसहरू मात्रै मानव कहलाइन लायक हुन्छ—अनि यदि तिनीहरूले परमेश्वरलाई प्रेम गर्न र उहाँको प्रेमको ऋण तिर्न सक्दैनन् भने, तिनीहरू मानव कहलाइन लायक हुँदैनन् भन्ने लाग्छ; तिनीहरूलाई के लाग्छ भने आफ्नो लागि जिउनु खोक्रो र अर्थहीन हुन्छ, मानिसहरू परमेश्वरलाई सन्तुष्ट तुल्याउन, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, र अर्थपूर्ण जीवन जिउनको लागि जिउनुपर्छ, ताकि तिनीहरू मर्ने बेलामा पनि, तिनीहरूले सन्तुष्ट महसुस गर्न सकून् र तिनीहरूले अलिकति पनि पछुतो गर्न नपरोस्, अनि तिनीहरू व्यर्थमा जिएका नहोऊन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ। यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरका वचनबाट मैले के देखेँ भने, जब मानिसहरू आफ्नै हितहरूका लागि मात्र कामकुरा गर्छन्, तब तिनीहरू शैतानी विषअनुसार जिइरहेका हुन्छन्, र “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” भन्ने भनाइलाई बाँच्ने नियमका रूपमा लिन्छन्, अनि आफूलाई फाइदा हुने काम मात्र गर्छन्। म ठ्याक्कै यस्तै प्रकारकी व्यक्ति थिएँ। मैले अगुवाको कर्तव्य निर्वाह गर्न थालेको समयमा ममाथि कुनै खतरनाक परिवेशहरू आइपरेका थिएनन्। मलाई थाहा थियो, यो कर्तव्य निर्वाह गर्दा, मैले अझ धेरै सत्यता बुझ्नेछु र धेरै असल कार्य जम्मा गर्न सक्नेछु, त्यसैले मैले विना हिचकिचाहट त्यो स्वीकार गरेकी थिएँ। तर, मेरा ब्रदर-सिस्टरहरू पक्राउ परिरहेको र प्रहरीले मलाई पछ्याउँदै खोजी सूचीमा राखेको देख्दा, मलाई प्रहरीले आफूलाई पक्राउ गरेर कुटेर मारेमा, आफूले मुक्ति पाउने मौका गुमाउनेछु भन्ने डर लाग्यो। त्यसैले मैले आफ्नै बारेमा सोच्न र योजना बुन्न थालेँ, र अगुवाको कर्तव्य निर्वाह गरेर मैले धेरै जोखिम उठाइरहेको महसुस गर्न थालेँ। मण्डलीले मेरा लागि यस्तो महत्त्वपूर्ण कर्तव्यको प्रबन्ध गरेकोमा मैले गुनासो समेत गरेँ, र त्यसलाई पछाडि छोड्न चाहेँ। मैले पाइला-पाइलामा आफ्नै गन्तव्यबारे विचार गरेँ, र परमेश्वरप्रति अलिकति पनि बफादारी वा समर्पणता देखाइनँ। म साह्रै स्वार्थी थिएँ! यदि मलाई प्रकट नगरिएको भए, आफ्नो कर्तव्य निर्वाह गर्दा त्याग र समर्पण गर्न सक्नु नै परमेश्वरप्रति बफादारी देखाउनु हो भन्ने विश्वास गरिरहने थिएँ। मैले अन्ततः आफ्ना विगतका समर्पणहरू अभिप्राय र अशुद्धताले भरिएका रहेछन् भन्ने महसुस गरेँ: ती आशिष्हरू पाउनका लागि थिए; ती परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास थिए। यसले परमेश्वरको घृणा र तिरस्कार निम्त्यायो। यस समयमा, मैले परमेश्वरको अभिप्राय बुझेँ। प्रहरीले हामीलाई पक्राउ गर्न खोजिरहेको यो परिवेश अनुभव गर्नुले मलाई ठूलो रातो अजिङ्गरको दुष्टता स्पष्ट रूपमा देख्न मात्र मद्दत गरेन, परमेश्वरमाथिको मेरो विश्वासभित्र धेरै वर्षदेखि लुकेको आशिष्हरू पाउने अभिप्राय चिन्न पनि मद्दत गर्यो। यो परिवेशको प्रबन्ध गरिदिनुभएकोमा मैले आफ्नो हृदयको गहिराइबाटै परमेश्वरलाई धन्यवाद दिएँ, र यो मेरा लागि परमेश्वरको मुक्ति हो भन्ने अनुभव गरेँ।
एक रात, मैले यस समयको आफ्नो स्थितिबारे एक सिस्टरसँग कुरा गरेँ। जब मैले पक्राउ पर्ने र मर्ने डर लागेको कुरा उल्लेख गरेँ, तब ती सिस्टरले मसँग मृत्युको अर्थबारे सङ्गति गर्नुभयो। मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ, र पढ्नका लागि त्यसको खोजी गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। … वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिन, परमेश्वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, यस्तो हुँदा पनि, यी मानिसहरूले मानवजातिप्रति परमेश्वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्पण गर्न सके। आफ्नो मृत्युसम्मै, तिनीहरूले परमेश्वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य निर्वाह गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा, त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउने तुल्याउँदा समेत, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचन मनन गर्दा, मैले के बुझेँ भने यदि कुनै व्यक्तिले परमेश्वरको गवाहीमा दृढ रहन आफ्नो ज्यान दिन्छ भने, उसको शरीर नाश भए पनि, उसको आत्मा जीवित रहन्छ। यदि कुनै व्यक्तिलाई परमेश्वरको गवाही दिएका कारण सताएर मारिन्छ भने, यो मूल्यवान् र अर्थपूर्ण हुन्छ, र परमेश्वरद्वारा अनुमोदित हुन्छ। तर, म भने सीसीपीले मलाई सताएर मार्यो भने म मुक्ति पाउन सक्नेछैनँ भन्ठान्थेँ, र त्यसैले म काँतरता र डरमा जिएँ, अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि आफ्नो ज्यान दिने आँट गरिनँ। वास्तवमा, ममा परमेश्वरप्रति साँचो समर्पण नै थिएन, मैले सत्यता अभ्यास गर्ने कुनै गवाही दिएकी थिइनँ, र परमेश्वरले मेरो साँचो हृदय पाउनुभएको थिएन। मेरो शरीर जीवित रहे तापनि, मैले कहिल्यै परमेश्वरको अनुमोदन जित्ने थिइनँ। परमेश्वरको नजरमा, म मरिसकेकी हुनेथिएँ, र अन्ततः मेरो आत्मा, प्राण र शरीर सबै नष्ट हुनेथिए। साथै, मलाई आफू मरेको खण्डमा, आफूलाई परमेश्वरले मुक्ति दिनुहुनेछैन भन्ने डर लाग्थ्यो: यो मैले परमेश्वरको धर्मी स्वभाव नबुझेका कारणले थियो। मैले प्रभु येशूलाई पछ्याउने चेलाहरूलाई सम्झेँ, जसलाई सुसमाचार प्रचार गर्दा शैतानी शासनहरूले सताएका थिए। कसैको हातखुट्टा पाँचवटा घोडा लगाएर चुट्याइयो, कसैलाई ढुङ्गाले हानेर मारियो, र पत्रुसलाई अन्ततः परमेश्वरकै खातिर क्रूसमा उँधोमुन्टो झुण्ड्याइयो। तिनीहरूले परमेश्वरको गुञ्जायमान गवाही दिन आफ्नो ज्यानको बलि दिए। बाहिरी रूपमा तिनीहरूको शरीर मरेको भए तापनि, तिनीहरूका आत्माहरू परमेश्वरकहाँ फर्केर गए, र तिनीहरूले परमेश्वरको अनुमोदन जिते। यो नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण कुरा हो। मृत्युको अर्थ बुझिसकेपछि, मेरो हृदयले अझ बढी छुटकारा महसुस गर्यो। मेरो जीवन परमेश्वरले दिनुभएको हो, र मैले आफ्नो कर्तव्य निर्वाह गरिरहनुपर्छ। म यसरी स्वार्थी भएर जिइरहन हुँदैनथ्यो।
मैले एक दिन आफ्नो उपासनाको समयमा परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “शैतानले परमेश्वरको अख्तियार नाघ्ने आँट कहिल्यै गरेको छैन, यति मात्र होइन, परमेश्वरका आदेशहरू र निश्चित आज्ञाहरूलाई सधैँ ध्यान दिएर सुनेको र पालन गरेको छ, र तिनलाई उल्लङ्घन गर्ने कहिल्यै आँट गरेको छैन, र अवश्य नै, परमेश्वरका कुनै पनि आदेशहरूलाई स्वतन्त्र रूपमा परिवर्तन गर्ने आँट गरेको छैन। परमेश्वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू यिनै थिए, त्यसकारण शैतानले यी सीमितताहरूलाई नाघ्ने आँट कहिल्यै गरेन। के यो परमेश्वरको अख्तियारको सामर्थ्य होइन र? के यो परमेश्वरको अख्तियारको साक्षी होइन र? परमेश्वरप्रति कस्तो व्यवहार गर्ने र परमेश्वरप्रति कस्तो दृष्टिकोण राख्ने भन्ने बारेमा मानवजातिलाई भन्दा शैतानलाई अझै बढी स्पष्ट रूपमा थाहा छ, त्यसकारण, आत्मिक क्षेत्रमा, शैतानले परमेश्वरको हैसियत र अख्तियारलाई स्पष्ट रूपमा देख्छ, र त्यसमा परमेश्वरको अख्तियारको सामर्थ्य र उहाँको अख्तियार प्रयोगको पछाडि रहेका सिद्धान्तहरूका बारेमा गहन बोध गर्छ। यसले तिनलाई बेवास्ता गर्ने आँट बिलकुलै गर्दैन, न त तिनलाई कुनै पनि हालतमा उल्लङ्घन गर्ने, वा परमेश्वरको अख्तियारलाई नाघ्ने कुनै काम गर्ने आँट नै गर्छ, र त्यसले कुनै पनि हालतमा परमेश्वरको क्रोधलाई चुनौती दिने आँट गर्दैन। त्यो प्रकृतिमा दुष्ट र अहङ्कारी भए तापनि, परमेश्वरले त्यसको लागि तय गर्नुभएका परिधि र सीमाहरूलाई नाघ्ने आँट शैतानले कहिल्यै गरेको छैन। करोडौँ वर्षसम्म, यसले यी परिधिहरूलाई कडाइको साथ पालन गरेको छ, परमेश्वरले त्यसलाई दिनुभएको हरेक आज्ञा र आदेशलाई पालन गरेको छ, र घेरालाई नाघ्ने आँट कहिल्यै गरेको छैन। यो दुर्भावनापूर्ण भए तापनि, शैतान भ्रष्ट मानवजातिभन्दा निकै बुद्धिमान् छ; त्यसलाई सृष्टिकर्ताको पहिचान थाहा छ, र त्यसका आफ्नै सीमाहरू थाहा छ। शैतानको ‘समर्पित’ कार्यहरूबाट के देख्न सकिन्छ भने, परमेश्वरको अख्तियार र शक्ति स्वर्गीय अध्यादेशहरू हुन् जसलाई शैतानले नाघ्न सक्दैन, र परमेश्वरको अद्वितीयपन र अख्तियारकै कारणले सबै थोक सुव्यवस्थित रूपमा परिवर्तन हुन्छन् र वृद्धि हुन्छन्, परमेश्वरले स्थापना गर्नुभएको मार्गभित्र रही मानवजाति जिउन र प्रजनन गर्न सक्छ, यस व्यवस्थालाई भङ्ग गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन, र यो नियमलाई परिवर्तन गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन—किनभने तिनीहरू सबै सृष्टिकर्ताको हातबाट, र सृष्टिकर्ताको पूर्वनिर्धारण र अख्तियारबाट आउँछन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरका वचन मनन गर्दा, मैले के बुझेँ भने शैतान जतिसुकै दुष्ट भए पनि, त्यो सधैँ परमेश्वरका हातमा हुन्छ। परमेश्वरको अनुमति वा परमेश्वरको आदेशविना, त्यसले मनलागी गर्ने आँट गर्दैन। उदाहरणका लागि, सीसीपीले परमेश्वरमा विश्वास गर्नेहरूलाई निरन्तर पक्राउ गर्छ र सताउँछ, अनि परमेश्वरका मण्डलीहरूलाई उन्मूलन गर्ने प्रयास गर्छ, तर वास्तवमा, सीसीपी पनि परमेश्वरकै नियन्त्रणमा छ। सीसीपीका महत्त्वाकाङ्क्षा र चाहनाहरू जतिसुकै ठूला भए पनि, वा मानिसहरूलाई हानि गर्ने त्यसका तरिकाहरू जतिसुकै चलाखीपूर्ण भए पनि, परमेश्वरको अनुमतिविना त्यसले हामीलाई केही गर्न सक्दैन। मैले यस समयमा सीसीपीले मलाई पक्राउ गर्ने निर्णय गरेको भए तापनि, हरेक पटक तिनीहरू कसरी मलाई भेट्टाउन थोरैले चुके भन्ने कुरा सम्झेँ। परमेश्वरका अद्भुत बन्दोबस्तहरूले गर्दा, म पटक-पटक पक्राउ पर्नबाट बचेँ। अब, परमेश्वरको अख्तियार र परमेश्वरको सार्वभौमिकताको कारणले म सुरक्षित र सकुशल तवरले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु। परमेश्वरको अनुमतिविना, सीसीपीले मलाई पक्राउ गर्न जतिसुकै प्रयास गरे पनि, म कहिल्यै तिनीहरूका हातमा पर्नेछैनँ। म पक्राउ नपर्ने कुरा परमेश्वरद्वारा नै नियोजित थियो, र मण्डलीको कामका लागि मेरो आवश्यकता थियो, त्यसैले मैले आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाउनुपर्थ्यो। यी बुझाइहरू प्राप्त गरेपछि, मेरा चिन्ता र फिक्रीहरू धेरै कम भए। म परमेश्वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुन, र मण्डलीको काम राम्ररी गर्न परमेश्वरमा भर पर्न इच्छुक भएँ। मैले हालको कामका लागि एउटा नयाँ योजना बनाएँ। मैले अहिले यति धेरै अगुवा र कामदार पक्राउ परेको, र परिणामतः उत्पन्न परिस्थितिमा पूरा गर्नुपर्ने धेरै काम गर्न बाँकी रहेकोबारे सोचेँ। धेरै ब्रदर-सिस्टर नकारात्मकता र कमजोरीमा जिइरहेका थिए, र तिनीहरूलाई यो परिवेश कसरी अनुभव गर्ने भन्ने थाहा थिएन: तिनीहरूलाई सङ्गति र सहयोग गर्न अगुवा र कामदारहरूको आवश्यकता थियो। मैले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। त्यसपछि, मैले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा समर्पित गरेँ। मैले मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर काम गरेँ, र केही समयको कडा परिश्रमपछि, मण्डलीले नयाँ अगुवा र कामदारहरू निर्वाचित गर्यो र कामका विभिन्न पक्षको कार्यान्वयनलाई निरन्तरता दिन सकियो। मेरा ब्रदर-सिस्टरहरूको स्थितिमा पनि केही सुधार आयो, र मण्डलीको काम बिस्तारै अघि बढ्न थाल्यो।
यो परिवेशको प्रकटीकरण अनुभव गरेपछि, मैले परमेश्वरमा विश्वास गर्नेसम्बन्धी आफ्नो दृष्टिकोण गलत रहेछ भन्ने देखेँ: त्यो त आशिष्हरू प्राप्त गर्नका लागि रहेछ, परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास रहेछ, र म गलत बाटोमा हिँडिरहेकी रहेछु। साथसाथै, मैले ठूलो रातो अजिङ्गरको दुष्ट प्रकृति पनि स्पष्ट रूपमा देखेँ, र आफ्नो हृदयको गहिराइबाटै ठूलो रातो अजिङ्गरलाई घृणा गर्न थालेँ। साथै, मैले ममा परमेश्वरप्रति साँचो आस्था नभएको पनि देखेँ: आफूमाथि पक्राउको खतरा आइपर्दा, म डराएँ। मेरो कद साह्रै सानो थियो। अब उप्रान्त, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न परमेश्वरमा भर पर्न इच्छुक छु। मैले सहज वातावरणमा यी प्राप्तिहरू गर्न सक्ने थिइनँ। परमेश्वरले मेरा लागि यो परिस्थितिको प्रबन्ध मिलाउनु नै मेरा लागि उहाँको साँचो मुक्ति हो भन्ने मैले अनुभव गरेँ, र म मेरो हृदयको गहिराइबाटै परमेश्वरलाई धन्यवाद दिन्छु!