८३. मेरो कर्तव्य कि मेरो करियर?

चेन सी, चीन

सानैदेखि, मैले पत्रपत्रिका र टीभीमा जीवनका हरेक क्षेत्रका महिला उद्यमी र शक्तिशाली महिलाहरूले ख्याति र प्राप्ति दुवै हासिल गरेका देखेकी थिएँ। तिनीहरू यति शानदार देखिन्थे, जसले गर्दा मलाई तिनीहरूको साह्रै डाह लाग्थ्यो। म पनि एक दिन सफल महिला उद्यमी बन्ने आशा गर्थेँ, ताकि मेरा साथीभाइ र आफन्तहरूले मेरो प्रशंसा गरून् र मलाई उच्च आदर गरून्। त्यो कस्तो शानदार र खुसीको जीवन हुन्थ्यो होला! मेरो सपना चाँडै पूरा गर्न, सन् १९९७ मा म र मेरो श्रीमानले फ्याक्ट्रीको जागिर छोड्यौँ र नयाँ यात्रा सुरु गर्दै, लुगाको व्यापार थाल्यौँ। आर्थिक सुधार र खुलापनको फाइदा उठाउँदै हामीले छोटो समयमै राम्रो पैसा कमायौँ र हाम्रो व्यापार पनि बिस्तारै स्थिर बन्दै गयो। हाम्रा साथीभाइ र आफन्तहरू सबैले हामीलाई उच्च ठान्न थाले र हाम्रो चाप्लुसी गर्न थाले। म र मेरो श्रीमानले अचानक हामी हाम्रो परिवारमा लोकप्रिय भएको पायौँ। म धेरै खुसी थिएँ। तर म सन्तुष्ट थिइनँ र व्यापारलाई अझ बढाउन चाहन्थेँ, अनि समय आएपछि, व्यापारिक दुनियाँमा आफ्नो स्थान बनाउन चाहन्थेँ। पछि, हामीले एक जना व्यापारीसँग थोक व्यापार गर्‍यौँ, तर ऊ ठग होला भनेर हामीले सोचेकै थिएनौँ, फलस्वरुप, हामीले हाम्रो सबै बचत गुमायौँ। हामीसँग पसल बेचेर आफ्नो गाउँ फर्कनुबाहेक अरू कुनै विकल्प थिएन। म निराश भएँ। तर मैले उद्यमी बन्ने मेरो सपना कहिल्यै त्यागिनँ। मैले ऋण लिएर फेरि सफलता हासिल गर्ने योजना बनाएँ। हाम्रा आफन्तहरू हामी सङ्कटमा परेको देख्दा, हामीले तिनीहरूको पैसा तिर्न सक्दैनौँ भनेर डराउनेछन् र हामीलाई सहयोग गर्न इन्कार गर्नेछन् भनेर मैले कहिल्यै कल्पनासमेत गरेकी थिइनँ। मलाई साह्रै दुःखी र लाचार भएको महसुस भयो। मलाई यति निराश देखेर, मेरो श्रीमानले मलाई सान्त्वना दिँदै भन्नुभयो, “दुःखी नहोऊ। प्रायः भनिन्छ नि ‘सहरमा गरिब हुँदा कसैले वास्ता गर्दैन, तर गाउँमा धनी हुँदा नचिनेका नातागोता पनि भेटिन्छन्।’ यो समाज यस्तै कठोर छ—यदि तिमीसँग पैसा छैन भने, तिम्रा आमाबुबाले समेत तिमीलाई तिरस्कार गर्छन्। हामी धनी भयौँ भने मात्र हाम्रा साथीभाइ र आफन्तहरूले हामीलाई उच्च ठान्नेछन्!” साथीभाइ र आफन्तहरूले इन्कार गर्दा हामीले महसुस गरेको शर्मको तुलनामा विगतका कुराहरू कति शानदार थिए भन्ने सम्झँदै, मैले म फेरि सफलता हासिल गरेरै छोड्नेछु भनी आफैँसँग सङ्कल्प गरेँ! मैले सहरबाहिरका साथीहरूबाट, अनि केही यताउतिबाट ऋण लिएँ, र ब्रान्ड फ्रान्चाइज व्यापार सुरु गरेँ। मेरो लगनशील व्यवस्थापनमा, व्यापार बिस्तारै फस्टायो। केही वर्षपछि मसँग गाडी, घर र बचत भयो। मेरा धनी ग्राहकहरूले मसँग ठूलो उत्साहका साथ व्यवहार गर्थे र मेरो श्रीमानले मेरो हरेक कुरा मान्‍नुहुन्थ्यो किनकि म पैसा कमाउन सक्षम भएकी थिएँ। साथीभाइ र आफन्तहरूले फेरि मेरो चाप्लुसी गर्न थाले, र मलाई बाठो, सक्षम र शक्तिशाली महिला भन्दै प्रशंसा गर्न थाले। यो केवल देखावटी चाप्लुसी हो भन्ने मलाई थाहा भए पनि, तिनीहरूले मेरो चाप्लुसी गरेको देख्दा मलाई साँच्चै आनन्द लाग्थ्यो। मसँग पैसा भएकोले अब अवस्थाहरू फरक भएका थिए, र धेरै मानिसहरूको प्रशंसा जित्न सक्दा यसले मेरो अभिमानलाई निकै सन्तुष्ट पार्यो। मलाई यी सबै वर्षहरूको कडा मिहिनेत सार्थक भयो जस्तो लाग्थ्यो।

पछि, म ब्रान्डेड सामान बेचेर धनी हुँदै गरेको मेरा समकक्षीहरूले देखे, त्यसैले तिनीहरूले पनि ब्रान्डेड सामान बेच्न थाले। मलाई अचानक सङ्कट आउँदै गरेको छ भन्‍ने महसुस भयो। मेरा प्रतिस्पर्धीहरूलाई जित्नका लागि मैले तिनीहरूमाथि निगरानी राख्नुपर्ने र म होसियार हुनुपर्ने मात्र होइन, बरु म मेरा ग्राहकहरूसँग सबै किसिमले नजिकिनु पनि पर्थ्यो, ग्राहकहरूलाई आकर्षित गर्न म हरेक दिन तिनीहरूको हालखबर सोध्न फोन गर्थेँ र विभिन्न अफरहरूको व्यवस्था गर्थेँ। म हरेक दिन देखावटी रूप धारण गर्थेँ, मेरा समकक्षीहरूसँग खुलस्त रूपमा पनि र गुप्त रूपमा रूपमा पनि प्रतिस्पर्धा गर्थेँ अनि ग्राहकहरूसँग चिल्लो घस्थेँ। मलाई भित्रभित्रै धेरै थकाइ लाग्थ्यो र दबिएको महसुस हुन्थ्यो। दिनको अन्त्यमा, मलाई धेरै थकाइ लाग्थ्यो र मेरो ढाड दुख्थ्यो। घर पुग्दा मलाई बोल्न पनि मन लाग्दैनथियो र राम्ररी सुत्न मात्र मन लाग्थ्यो। तर जब म ओछ्यानमा पल्टिन्थेँ, तब म कोल्टो मात्र फेर्थेँ र निदाउन सक्दिनथेँ, किनभने म मेरा प्रतिस्पर्धीहरूले गुप्त रूपमा मेरो विरुद्ध के योजना बनाउँदै होलान् र तिनीहरूलाई जित्न मैले कस्तो अफर चलाउन सक्छु भनेर सोचिरहन्थेँ। मेरो दिमाग षड्यन्त्र र सङ्घर्षले भरिन्थ्यो, र म तनावमा हुन्थेँ। म प्रायजसो बढी काम गरेकोले गर्दा अनिद्राको समस्याबाट पीडित हुन्थेँ। मैले दिमाग शान्त पार्ने र तागत दिने धेरै प्रकारका पोषणयुक्त ओखतीहरू खाएँ, तर केही फाइदा भएन। कहिलेकाहीँ म बल्लतल्ल निदाउँथेँ, तर फेरि डरलाग्दा सपनाहरूले तर्सिएर ब्युँझन्थेँ। मलाई प्रायजसो अवर्णनीय रित्तोपन र छटपटी महसुस हुन्थ्यो। मलाई यदि मैले अलिकति पनि ढिलासुस्ती गरेँ भने, मेरा प्रतिस्पर्धीहरूले जित्नेछन्, र मेरो प्रतिष्ठा बर्बाद भएर म बजारबाट बाहिरिनेछु भन्‍ने चिन्ता लाग्थ्यो। म बाहिरबाट सफल देखिन्थेँ, तर मभित्र कति पीडा छ भन्ने मलाई मात्र थाहा थियो। मध्यरातमा, म प्रायजसो सोच्थेँ, “के मैले वर्षौँदेखि चाहेको खुसीको जीवन यही हो त?” म अन्योलमा पर्थेँ। तर म अझै पनि अरूको नजरमा तुच्छ भएर एउटा सामान्य जीवन जिउन चाहन्नथेँ। त्यसैले म शारीरिक र मानसिक रूपमा थकित भए पनि, अलिकति पनि आराम गर्ने आँट गर्दिनथेँ। म व्यापार बढाउन मात्र चाहन्थेँ। केही वर्षको कडा परिश्रम र व्यवस्थापनपछि, मैले व्यवस्थापन गरेको ब्रान्ड स्थानीय क्षेत्रमा लोकप्रिय भयो। सम्मान समारोहहरूमा, मुख्य कार्यालयले मलाई मेरा सफल अनुभवहरू बाँड्न भाषण दिन समेत निम्तो दियो। जब म वक्ताको मञ्चमा उभिएँ, तालीको गडगडाहट सुन्दा र अरूको आँखामा आदर देख्दा, मलाई मेरो सपना बल्‍ल पूरा भएको छ भन्‍ने महसुस भयो। म धेरै उत्साहित र खुसी थिएँ। यो सेलिब्रेटी हुनुको स्वाद पाएजस्तै थियो, मेरो त भुँइमा खुट्टै थिएन, र मलाई ती सबै वर्षका कष्ट र कडा मिहिनेत सार्थक भयो जस्तो लाग्यो। तर सफलताको पछाडि मैले भोगेको थकान र पीडा कसैलाई थाहा थिएन। धेरै कामले गर्दा मेरो आँखाको दृष्टि कमजोर भयो। डाक्टरले मेरो भिट्रस धमिलो भएको र मलाई गम्भीर मोतिबिन्दु भएको बताउनुभयो, र अन्धो हुनबाट बच्न मैले शल्यक्रिया गर्नुपर्ने भयो। मैले मेरा साथीभाइ र आफन्तहरूको प्रशंसा जितेकी भए पनि, मलाई मभित्र भएको पीडा र रित्तोपनबाट कुनै छुटकारा मिलेको थिएन। प्रतिस्पर्धाको दबाब धेरै भएकोले, म प्रायजसो एकदमै तनावमा हुन्थेँ। मेरा समकक्षीहरू र मैले एकअर्कालाई मुस्कानका साथ अभिवादन गरे पनि, भित्रभित्रै दाउपेचहरू चलिरहेका हुन्थे, र हामी सबै एकअर्काप्रति गहन रूपमा सतर्क रहन्थ्यौँ। त्यसैले हाम्रो उद्योग विशाल भए पनि, मेरो मनको कुरा पोख्न सक्ने एउटा पनि विश्‍वासिलो मान्छे मसँग थिएन। म हरेक दिन मुकुन्डो लगाएर जिउँथेँ र मेरो हृदयले एक आरामदायी र खुसी जीवन जिउन पाउने दिनको तृष्णा गर्थ्यो।

सन् २००७ मा, एउटी सिस्टरले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामबारे गवाही दिनुभयो। परमेश्‍वरका वचनहरू पढेर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने देखेँ, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा म निश्चित भएँ। मैले के पनि महसुस गरेँ भने परमेश्‍वर मानवजातिलाई मुक्ति दिनका लागि न्यायको काम गर्न आखिरी दिनहरूमा देहधारी हुनुभएको छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र शुद्धिकरणलाई स्वीकार गरेर, अनि हाम्रा भ्रष्ट स्वभावहरू फालेर मात्र हामीले परमेश्‍वरबाट मुक्ति पाउन सक्छौँ र हामी उहाँको राज्यमा प्रवेश गर्न सक्छौँ। मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ जसले मलाई साँच्चै निक्कै छोयो।

परमेश्‍वरले तेरो हृदय र आत्मा खोजी गर्दै हुनुहुन्छ

…………

२  सर्वशक्तिमान्‌ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ।

३  उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, उहाँ तँ पछाडि फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ, तैँले तेरो स्मृति अचानक पुनः प्राप्त गर्ने दिन कुर्दै हुनुहुन्छ: जब तैँले तँ परमेश्‍वरबाट आइस्, अनि तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा तैँले एक “पिता” पाइस् भन्‍ने कुरा थाहा पाउँछस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्‌ले सदा तेरो रखवाली गर्दै, अत्यन्तै लामो समयदेखि त्यहाँ तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्‍ने कुरा थाहा पाउँछस्।

४  उहाँले व्यग्र रूपमा तृष्णा गर्दै, र उत्तररहित प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँले बाटो हेर्दै बस्नु अमूल्य कुरा हो, र त्यो मानव हृदय र मानव आत्माका खातिर हो। सायद उहाँ अनिश्चित कालसम्म बाटो हेर्नुहुन्छ, वा सायद त्यो समाप्त भएको छ। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा

म परमेश्‍वरका वचनहरूबाट अति नै भावविह्वल भएँ र मैले यी वर्षहरूमा व्यापार चलाउँदाको मेरो कठिन यात्राबारे सोचेँ। मसँग गाडी र घर भएको भए पनि र मैले मेरा इच्छाहरू पूरा गरेकी भए पनि, म अझै पनि अशान्त महसुस गर्थेँ। हरेक दिन धेरै पैसा कमाउन, म मेरा ग्राहकहरूको चाप्लुसी गर्थेँ र तिनीहरूको खुसामद गर्थेँ, अनि मेरा समकक्षीहरू र म नाफाका लागि एकअर्काविरुद्धमा दाउपेच गर्थ्यौँ र ठग्थ्यौँ; म मानसिक र शारीरिक रूपमा थकित थिएँ। म बाहिर शानदार छवि देखाउँथेँ, तर भित्रभित्रै धेरै पीडा भोगिरहेकी हुन्थेँ। अहिले मैले परमेश्‍वरको आवाजको बोलावट सुनेको हुनाले, मलाई वर्षौँदेखि बाहिर भौँतारिरहेको एउटा टुहुरो अन्ततः आफ्नी आमाको न्यानो काखमा फर्किए अब फेरि कहिल्यै एक्लो वा लाचार महसुस गर्नु नपर्ने भएको जस्तो महसुस भयो। भेलाहरूमा, ब्रदर-सिस्टरहरू सरल र खुलस्त व्यवहार गर्नुहुन्थ्यो, उहाँहरू परमेश्‍वरका वचनहरूको आफ्नो बुझाइबारे सङ्गति गर्नुहुन्थ्यो, र एकअर्काप्रति स्पष्ट र इमानदार बन्‍नुहुन्थ्यो। त्यहाँ व्यापारिक दुनियाँमा पाइने जस्तो कुनै दाउपेच थिएन, न त कुनै डाह र झगडा नै थियो। जब म कठिनाइहरूको सामना गर्थेँ, तब ब्रदर-सिस्टरहरूले मसँग परमेश्‍वरका वचनहरू सङ्गति गर्नुहुन्थ्यो, जसले मेरो हृदयमा प्रकाश ल्याउँथ्यो र मलाई अभ्यासको मार्ग दिन्थ्यो, जसले मलाई धेरै ढुक्‍क र स्वतन्त्र महसुस गराउँथ्यो। मैले पहिले कहिल्यै यस्तो महसुस गरेकी थिइनँ। परमेश्‍वरमा विश्‍वास गर्नु कति अद्भुत कुरा रहेछ!

पछि, मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँसित साँच्‍चै विवेक छ भने, तब तँसित बोझ, र जिम्मेवारीको भावना पनि हुनुपर्छ। तैँले भन्नुपर्छ: ‘ममाथि विजय गरिए वा नगरिए पनि, मलाई सिद्ध बनाइए वा नबनाइए पनि, मैले गवाहीको यस कदमलाई ठीकसँग वहन गर्नुपर्छ।’ सृष्टि गरिएको एक प्राणीको रूपमा, व्यक्ति परमेश्‍वरद्वारा पूर्ण रूपमा विजय गरिन सक्छ, र अन्त्यमा, ऊ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छ, र उसले परमेश्‍वरको प्रेमको पैँचो परमेश्‍वरलाई प्रेम गर्ने हृदयद्वारा र आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गरेर तिर्न सक्छ। यो मानिसको जिम्मेवारी हो, यो मानिसले गर्नुपर्ने कर्तव्य हो, र मानिसले वहन गर्नुपर्ने बोझ हो, र मानिसले यो आज्ञा पूरा गर्नैपर्छ। तब मात्र उसले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ। आज, के तैँले मण्डलीमा गर्ने कार्यहरू तेरो जिम्मेवारीको परिपूर्णता हो त? यो तँमा बोझ छ कि छैन भन्‍ने कुरामा र तेरो आफ्नै ज्ञानमा निर्भर गर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (३))। मैले परमेश्‍वरका वचनहरू बारम्बार पढेँ र आफैँप्रति धिक्कार महसुस गरेँ। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मैले हरेक दिन परमेश्‍वरका वचनहरूको आपूर्तिको आनन्द लिएँ। जब परिस्थितिहरू कठिन हुन्थे, तब ब्रदर-सिस्टरहरूले मलाई मद्दत गर्न मसँग परमेश्‍वरका वचनहरूमा सङ्गति गर्नुहुन्थ्यो। यो परमेश्‍वरको प्रेम थियो। म परमेश्‍वरको आपूर्तिको सित्तैँमा आनन्द लिएर मेरो कर्तव्य निर्वाह नगरी बस्नु हुँदैनथियो। त्यसो गर्नु विवेकहीन काम हुनेथियो। एक सृजित प्राणीको रूपमा, मैले मेरो कर्तव्य निर्वाह गर्नुपर्छ—यो मेरो जिम्मेवारी र दायित्व हो। परमेश्‍वरका वचनहरूबाट प्रभावित भएर, मैले मेरो कर्तव्य सकेसम्म राम्रोसँग निर्वाह गर्न थालेँ।

दुई वर्षपछि, म मलजल टोली अगुवाको रूपमा छानिएँ, र हरेक दिन म नयाँ विश्‍वासीहरूलाई मलजल गर्न र सहयोग गर्नमा व्यस्त हुन्थेँ। मसँग त्यति धेरै ऊर्जा नहुने भएकोले, मैले पसलका कामदारहरूलाई व्यापार सम्हाल्न दिएँ। कहिलेकाहीँ बिक्री घट्थ्यो, र मेरो श्रीमानले मसँग झगडा गर्दै भन्नुहुन्थ्यो, “तिमी पसलमा भएनौ भने, ढिलोचाँडो व्यापार डुब्ने नै छ, अनि कसले तिमीलाई गन्ने?” उहाँले भन्नुभएको कुराले मलाई साँच्चै मर्ममै प्रहार गर्‍यो। म कंगाल र बेसहारा हुँदा आफन्त र साथीभाइहरू सबैले मलाई कसरी हेपेका थिए भन्ने कुरा मैले सम्झन्थेँ। व्यापारबाट मैले जे हासिल गरेकी थिएँ, त्यो धेरै कठिन थियो; मैले यसलाई राम्रोसँग चलाइराख्नुपर्थ्यो। तर फेरि मैले मेरो कर्तव्य निर्वाह गर्नु भनेको मेरो जिम्मेवारी र दायित्व हो भनेर सोचेँ। म विवेकहीन बनेर मेरो कर्तव्य निर्वाह नगरी बस्नु हुँदैनथियो। म भित्रभित्रै दोधारमा परेँ। मैले सोचेँ, “यदि मेरो बिक्री घटिरह्यो भने, र पसल साँच्चै बन्द भयो भने मैले के गर्ने? त्यसपछि मलाई कसले भाउ दिने? होइन, मैले बिक्री बढाउने उपाय खोज्‍नुलाई मेरो प्राथमिकताको रूपमा हेर्नुपर्छ।” त्यसपछि, मैले मेरो कर्तव्य निर्वाह गर्नमा त्यति धेरै मेहनत गर्न छोडेँ। यसअघि जब म कुनै ब्रदर वा सिस्टर नकारात्मक र कमजोर भएको सुन्थेँ, तब म उहाँहरूलाई मद्दत र सहयोग गर्न हतारिन्थेँ। तर अहिले भने म केवल पसलमा दौडेर जान चाहन्थेँ। केही पटक त, पसलमा काम धेरै व्यस्त भएकोले र म निस्किन नपाएकोले, म भेलाहरूमा ढिलो पुग्थेँ। मलाई केही मात्रामा दोषी महसुस हुन्थ्यो, तर म मेरो व्यापारलाई छोड्नै सक्दिनथेँ। मैले नकारात्मक र कमजोर ब्रदर-सिस्टरहरूलाई समयमै मलजल र सहयोग नगरेकी हुनाले, एउटी सिस्टर पैसा कमाउनमा पूर्ण रूपमा केन्द्रित हुनुभयो र भेलामा आउन छोड्नुभयो, अनि अरू ब्रदर-सिस्टरहरू पनि नियमित रूपमा भेलामा आउन छोड्नुभयो। जब मैले यी कुराहरू भइरहेको थाहा पाएँ, तब म धेरै दुःखी भएँ। तैपनि, जब कर्तव्य र व्यापारबीच द्वन्द्व हुन्थ्यो, तब मैले व्यापारमा समय दिन नपाउने भएकोले, म भित्रभित्रै केही कमजोर महसुस गर्थेँ, र मलाई हल्का कर्तव्यमा सरुवा गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तैँले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्‍वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्‍वरका आज्ञाहरू पूरा गरिनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूले मलाई कर्तव्यको विशेष अर्थ बुझाए। व्यक्तिको कर्तव्य परमेश्‍वरले दिनुभएको आज्ञा हो, र सृजित प्राणीका रूपमा हामीले हाम्रा कर्तव्यहरू राम्रोसँग निर्वाह गर्नुपर्छ—यो हाम्रो जिम्मेवारी हो। मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कार्यमा तालिम लिने मौका दिएर परमेश्‍वरले ममाथि अनुग्रह देखाइरहनुभएको थियो। तर मैले मेरो आफ्नै व्यापारमा मात्र ध्यान दिएँ र तिनीहरूलाई मलजल वा सहयोग गरिनँ। केही ब्रदर-सिस्टरहरूले आफूलाई चाहिने मलजल पाउनुभएन, त्यसैले उहाँहरू पछि हट्नुभयो। के मैले उहाँहरूलाई हानि पुर्याइरहेकी थिइनँ र? मैले मेरो कर्तव्यलाई हल्का र गैरजिम्मेवार रूपमा लिएँ। मैले परमेश्‍वरलाई धोका दिएकी थिएँ! म जति यसको बारेमा सोच्थेँ, म उति नै बढी आत्मतिरस्कार र पछुतो महसुस गर्थेँ, त्यसैले मैले पश्चात्ताप गर्ने र मेरो कर्तव्य राम्रोसँग पूरा गर्ने इच्छा गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, मैले सक्रिय रूपमा नयाँ विश्‍वासीहरूलाई मलजल र सहयोग गर्न थालेँ। भेलामा आउन छोडेका केही ब्रदर-सिस्टरहरू फेरि नियमित रूपमा भेलामा आउन थाल्नुभयो। अन्ततः, मैले मेरो हृदयमा शान्ति महसुस गर्न थालेँ।

सन् २०१३ मा, म मण्डली अगुवाको रूपमा छानिएँ। परमेश्‍वरले मलाई माथि उठाउँदै हुनुहुन्छ भन्ने मलाई थाहा थियो, तर म भित्रभित्रै फेरि दोधारमा परेँ: म मलजल टोली अगुवाको रूपमा जतिसुकै व्यस्त भए पनि, म सधैँ मेरो व्यापार चलाउन समय निकाल्न सक्थेँ। मण्डली अगुवाको रूपमा, म मण्डलीको समग्र कामका लागि जिम्मेवार हुनेथिएँ र मसँग मेरो व्यापार हेर्ने समय हुनेथिएन। समय बित्दै जाँदा, के मेरा पुराना ग्राहकहरू अन्यत्र जानेछन्? के मैले यी सबै वर्षहरूमा धेरै दुःख गरेर जोडेको मेरो ग्राहकहरूलाई त्यत्तिकै अरूको हातमा सुम्पिएर म आफैँ पछि हटिरहेको हुँदिनँ र? मैले पैसा कमाउन सकेकोले गर्दा मात्रै यी सबै वर्षहरूमा मेरो श्रीमानले मेरो हेरचाह गरेको र साथीभाइ तथा आफन्तहरूले मलाई मुस्कानका साथ अभिवादन गरेका थिए भन्‍ने बारेमा सोचेँ। यदि मसँग अब करियर बाँकी रहेन भने मलाई कसले उच्च ठान्ला र? जब मैले धेरै दुःख गरेर व्यवस्थापन गरेको सबै कुरा गुम्न सक्छ भन्ने बारेमा सोचेँ, तब मलाई असाध्यै सास्ती महसुस भयो। तर यदि मैले यो कर्तव्य स्वीकार गरिनँ भने, मेरो विवेक शान्तिमा हुनेथिएन, र मैले परमेश्‍वरप्रति ऋणी महसुस गर्नेथिएँ। राती, म ओछ्यानमा कोल्टो फेर्थेँ, निदाउन सक्दिनथेँ। मैले विगतका वर्षहरूमा परमेश्‍वरमा गरेको मेरो विश्‍वास र कसरी मैले हरेक दिन परमेश्‍वरका वचनहरू खाएकी, पिएकी र आनन्द लिएकी थिएँ, अनि मैले परमेश्‍वरका कति धेरै अनुग्रह र आशिष्‌हरूको आनन्द लिएकी थिएँ भन्ने कुरा सोचेँ। जब म संसारमा एक्लो र लाचार महसुस गर्दै बरालिएकी थिएँ, तब परमेश्‍वरका वचनहरूले मेरो हृदयलाई न्यानो बनाए र मलाई उहाँको घरमा ल्याए, र त्यसपछि मेरो हृदयले एउटा सहारा पायो। जब म केवल पैसा लागि यताउति दौडिन्थेँ र व्यस्त हुन्थेँ अनि शरीर र मनमा थकाइ महसुस गर्थेँ, तब परमेश्‍वरका वचनहरूले मलाई एक सृजित प्राणीको रूपमा मैले पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारी बुझ्न मद्दत गरे, र मैले आफूलाई आचरणमा ढाल्ने तरिका फेला पारेँ। जब म पैसाको पछि लागिरहेकी थिएँ र कर्तव्यमा झाराटारुवा बनेको थिएँ, तब परमेश्‍वरका वचनहरूद्वारा न्याय र खुलासा गरिँदा मैले मेरो कर्तव्यप्रतिको मेरो दृष्टिकोण परमेश्‍वरलाई धोका दिने किसिमको छ भन्ने देखेँ, र मेरो संवेदनहीन, हठी हृदय ब्युँझियो। यो परमेश्‍वरले मलाई प्रेम गर्नुभएको र मुक्ति दिनुभएको कुरा थियो। मैले कसरी फेरि मेरो व्यापारलाई मेरो कर्तव्यभन्दा माथि राखेर परमेश्‍वरको हृदय दुखाउन सक्थेँ? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र सही छनौट गर्नका लागि मलाई विश्‍वास र सामर्थ्य दिनुहोस् भनी उहाँसँग बिन्ती गरेँ।

भोलिपल्ट बिहान, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्नेथ्यौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रनेथिए र अर्को हातले सत्यता समात्नेथिए। के तिमीहरूको साँचो रूप त्यसपछि आफै स्पष्ट हुनेथिएनन् र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक ख्याल गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक तिर्नेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेथियौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले मुटुमा घोचेको र व्याकुल भएको महसुस गरेँ। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै, मैले करियर र कर्तव्यको बीचमा छनौट गर्न सङ्घर्ष गर्दै र घरी यता घरी उता गर्दै आएकी थिएँ, म न त धेरै दुःख गरेर व्यवस्थापन गरेको करियर छोड्न चाहन्थेँ न त सत्यता नै छोड्न चाहन्थेँ। त्यसैले जब मेरो कर्तव्यले मेरो करियरमा असर पार्थ्यो, तब ममा प्रतिरोध जाग्थ्यो र आफ्‍नो कर्तव्यलाई इन्कार गर्न समेत चाहन्थेँ। परमेश्‍वरका वचनहरूद्वारा खुलासा भएपछि मात्र मैले के देखेँ भने, मैले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई पछ्याए पनि, मेरो हृदयमा परमेश्‍वरको लागि कुनै स्थान थिएन, र मैले कदर गरेको कुरा सत्यता वा परमेश्‍वरको मुक्ति थिएन, बरु मेरो करियर, पैसा र हैसियत थियो। यो परमेश्‍वरमाथिको विश्‍वास थिएन, यो त शैतानलाई पछ्याउने र परमेश्‍वरलाई धोका दिने कार्य थियो। परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरको मुक्ति चाहने तर यसका साथै पैसा, ख्याति र प्राप्ति पछ्याउनु अनि देहको आनन्द लिनुको अर्थ मलाई परमेश्‍वरले मुक्ति दिनु असम्‍भव कुरा थियो। मानवजातिलाई मुक्ति दिनका लागि आखिरी दिनहरूमा परमेश्‍वर देहधारी हुनुभएको र उहाँले सत्यता व्यक्त गर्नुभएको कुरा नै हाम्रो मुक्तिको एकमात्र मौका हो। यदि म अन्धधुन्ध पैसाको पछि लागिरहेँ र मैले सत्यता पछ्याइनँ भने, र मैले यो जीवनमा एक पटक आउने मौका गुमाएँ भने, के मैले आफ्नै जीवन बर्बाद गरिरहेकी हुनेथिइनँ र? म जीवनभर पछुताउनेथिएँ! अहिले मेरो कर्तव्य निर्वाह गर्ने र सत्यता पछ्याउने मौका पाउनु परमेश्‍वरको प्रेम र अनुग्रह थियो र मैले परमेश्‍वरलाई धन्यवाद दिएँ। मैले परमेश्‍वरका वचनहरू खाएकी र पिएकी थिएँ अनि परमेश्‍वरको अनुग्रह र आपूर्तिको आनन्द लिएकी थिएँ तर आफ्‍नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने बारे कुनै विचार गरिनँ, म सधैँ व्यापार गर्न र पैसा कमाउन चाहन्थेँ, अनि ख्याति, प्राप्ति र हैसियतको पछि लाग्न चाहन्थेँ। म कति विवेकहीन र समझहीन भइरहेकी थिएछु! मैले उप्रान्त देहलाई पछ्याउन र परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हुँदैनथियो। परमेश्‍वरले मबाट सही छनौटको अपेक्षा गरिरहनुभएको थियो। सत्यताको पछ्याइमा ध्यान केन्द्रित गर्न मैले मेरो करियर छोड्नै पर्थ्यो, र मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नै पर्थ्यो। त्यसपछि मैले मेरो सम्पूर्ण व्यापार व्यवस्थापन गर्न पसलका कामदारहरूलाई सुम्पिदिएँ र मेरो पूरा समय कर्तव्य पूरा गर्नमा लगाउन थालेँ। म हरेक दिन व्यस्त भए पनि, मलाई हृदयमा शान्ति महसुस भयो। जब मैले मण्डलीका केही ब्रदर-सिस्टरहरूले पनि पहिले मैले जस्तै गरेको देखेँ—बिहानदेखि बेलुकासम्म काम गर्ने, यताउति दौडिने, पैसा कमाउन मरिहत्ते गर्ने, र शैतानको छल र हानिका बीचमा पीडा र अन्योलमा जिउने गरेको देखेँ—तब मैले परमेश्‍वरमा भर परेँ र उहाँहरूसँग उहाँको वचनहरूमा सङ्गति गरेँ। परमेश्‍वरका अभिप्रायहरू बुझेपछि, उहाँहरूले पैसाको बन्धनलाई फाल्न, सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता पछ्याउन सक्नुभयो, अनि पहिलेभन्दा धेरै आरामदायी र स्वतन्त्र जीवन जिउन सक्नुभयो। त्यस क्षण, मैले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको श्रमसाध्य अभिप्रायलाई गहिरो रूपमा बुझेँ, र म धेरै भावविह्वल भएँ। यदि परमेश्‍वरले सत्यता व्यक्त गरेर मानिसहरूलाई मुक्ति नदिनुभएको भए, हामी सबै शैतानद्वारा मूर्ख बनाइनेथियौँ र हानिमा पर्नेथियौँ, अनि उम्कने कुनै बाटो हुनेथिएन। मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न पाउनु संसारमा व्यापार चलाउनुभन्दा धेरै अर्थपूर्ण थियो किनकि सुसमाचार प्रचार गर्नु भनेको मानिसहरूलाई मुक्ति दिने काम हो र यो सबैभन्दा बहुमूल्य र अर्थपूर्ण कुरा हो। विगतमा, मेरो आफ्नै स्वार्थका लागि, म संसारमा ख्याति र प्राप्तिका लागि मानिसहरूसँग प्रतिस्पर्धा गर्थेँ र तिनीहरूका विरुद्धमा दाउपेच गर्थेँ, जसले गर्दा म दुर्भावपूर्ण र छली बनेकी थिएँ, र अलिकति पनि मानवजस्तो नभई जिइरहेकी थिएँ। अहिले मण्डलीमा अर्थपूर्ण कामहरू गर्न पाउँदा, साथै परमेश्‍वरका वचनहरू खान र पिउन, सत्यता पछ्याउँदै र मेरो कर्तव्य निर्वाह गर्दै मेरा भ्रष्ट स्वभावहरू परिवर्तन गर्न सक्दा, मलाई जिउने अर्थपूर्ण तरिका यही मात्र हो भन्‍ने लाग्यो। मैले मेरो सम्पूर्ण हृदयले परमेश्‍वरलाई धन्यवाद दिएँ।

दुई वर्षपछि एक दिन, जब म भर्खरै घर पुगेकी थिएँ, तब मेरो श्रीमानले मलाई निरन्तर मनाउने प्रयास गर्दै भन्नुभयो, “तिमी एउटा सम्मानित मालिक बन्न छोड्यौ। यो ‘परमेश्‍वर’ भन्ने बकवास सब के हो? मलाई यति मात्र थाहा छ, पैसा कमाउनु नै सबैभन्दा यथार्थवादी कुरा हो। पैसा भयो भने, तिमीले राम्रो खान पाउँछौ, राम्रो लाउन पाउँछौ, जीवनको आनन्द लिन पाउँछौ, अनि अरू मानिसहरूले तिमीलाई उच्च ठान्छन्। यदि तिमीसँग पैसा छैन भने कसले तिमीलाई गन्छ? तिमी पसलमा छैनौ, बिक्री आधाभन्दा धेरै घटेको छ, र यसरी हुँदैन। यदि तिमीले यसलाई व्यवस्थापन गरेनौ भने, यो बन्द हुनेछ। तिमी संवेदनहीन भएर हेरिरहेकी छौ र हाम्रो व्यापार अरूलाई सुम्पिएर पछि हटिरहेकी छौ। तिमी मूर्ख बनिरहेकी छौ!” म फेरि शैतानको परीक्षामा पर्नेछु भन्ने मलाई डर लाग्यो, त्यसैले मैले हतारिएर परमेश्‍वरलाई मौन प्रार्थना गरेँ। मैले मेरो गैरविश्‍वासी श्रीमानले कसरी पैसा, ख्याति र प्राप्ति पछ्याउनुहुन्थ्यो र शैतानलाई पछ्याउनुहुन्थ्यो जबकि मैले परमेश्‍वरलाई पछ्याउने र सत्यता पछ्याउने अनि मुक्ति पाउने बाटो रोजेकी थिएँ भन्‍ने बारेमा सोचेँ। उहाँले मलाई मेरो कर्तव्य छोड्न र शैतानको शिविरमा फर्कन भनिरहनुभएको थियो। उहाँले मलाई हानि गर्न र बर्बाद गर्न खोजिरहनुभएको थियो। म उहाँको बन्धनमा पर्नु हुँदैनथियो। म हल्लिँदिन भन्‍ने देखेर, उहाँले मेरी फुपू र ससुरालाई बोलाउनुभयो। उहाँहरू सबैले मलाई मनाउने प्रयास गर्नुभयो, “हामी परमेश्‍वरप्रतिको तिम्रो विश्‍वासको विरोध गर्दैनौँ, तर तिमीले आफ्नो व्यापार त चलाउनै पर्छ! पहिले जब हामीसँग पैसा थिएन, तब कसले हाम्रो परिवारलाई गन्थ्यो र? अहिले हाम्रा नातागोता र साथीभाइहरू सबैले हाम्रो चाप्लुसी गरिरहेका छन्—के यो हाम्रो व्यापार फस्टाएकोले होइन र? के तिमीलाई कति धेरै मानिसहरूले हाम्रो डाह गर्छन् र हाम्रो व्यापार कहिले डुब्ला भनेर पर्खिरहेका छन् भन्‍ने थाहा छ? हाम्रो पसल पुरानो हो, र यसको प्रतिष्ठा फैलिसकेको छ। धेरै मानिसहरूले तिम्रो क्षमता र सीपको प्रशंसा गर्छन्। यदि तिमीले व्यापार हेरिनौ भने, हाम्रो पूरै परिवार गरिब हुनेछ र कसैले पनि हामीलाई टेर्नेछैन। के तिमी त्यसरी जिउन चाहन्छौ?” मैले व्यापार सुरु गर्दाका कठिनाइहरूका बारेमा र यो कसरी फस्टाएको थियो भन्ने बारेमा सोचेँ। दस वर्षभन्दा बढी समय रगत, पसिना र आँसु बगाएर, मलाई अहिले भएको ठाउँसम्म आइपुग्न धेरै गाह्रो भएको थियो। यदि मैले साँच्चै यसलाई छोड्नुपर्‍यो भने, मलाई अझै पनि गाह्रो लाग्नेथियो। त्यसपछि मलाई म शैतानको परीक्षामा परेकी छु भन्‍ने महसुस भयो, र मैले हतारिएर परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक ख्याल गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक तिर्नेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेथियौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरका प्रश्नहरूले मेरो मुटुमा हिर्काए। जबदेखि मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेँ, तबदेखि मैले परमेश्‍वरका धेरै वचनहरू पढेकी थिएँ र केही सत्यता बुझेकी थिएँ। मलाई मानिसहरू कसरी जिउनुपर्छ र तिनीहरूले कसरी आफूलाई आचरणमा ढाल्नुपर्छ भन्ने थाहा थियो। मैले विगत दुई वर्षमा पैसा, ख्याति र प्राप्तिलाई छोडेकी भए पनि, मेरो भित्री हृदयमा महसुस गरेको शान्ति र आनन्दलाई यस्ता कुराहरूले मापन गर्न सकिँदैनथ्यो। मैले परमेश्‍वरको आवाज सुन्न र उहाँको मुक्ति पाउने सौभाग्य पाएकी थिएँ; म शैतानको शिविरमा फर्कनु हुँदैनथियो। त्यसैले, मैले शान्तपूर्वक उहाँहरूलाई भनेँ, “मैले धेरै सोचविचार गरेरै मेरो करियर छोड्ने, परमेश्‍वरमा विश्‍वास गर्ने, र मेरो कर्तव्य निर्वा गर्ने निर्णय लिएकी हुँ। आखिरी दिनहरूमा परमेश्‍वरले सत्यता व्यक्त गरिरहनुभएको छ र मानिसहरूलाई मुक्ति दिइरहनुभएको छ, ताकि हामी शैतानको हानिबाट उम्कन सकौँ र हामीले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सकौँ, र यो जीवनमा एक पटक आउने मौका हो। म अहिले सम्पूर्ण हृदयले परमेश्‍वरमा विश्‍वास गर्न मात्र चाहन्छु र उप्रान्त ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गर्ने जीवन जिउन चाहन्नँ। मलाई के आशा छ भने तपाईंहरूले पनि परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नुहुनेछ र उहाँको मुक्ति स्वीकार गर्नुहुनेछ।” मैले यति भन्नेबित्तिकै, मेरी फुपू र ससुराले हात र टाउको हल्लाउनुभयो, यो देखेर म छक्क परेँ। मेरो श्रीमानले रिसाउँदै भन्नुभयो, “हामी परमेश्‍वरमा विश्‍वास गर्नेछैनौँ! तिमीले आज एउटा छनौट गर्नै पर्छ। यदि तिमी परमेश्‍वरमा विश्‍वास गरिरहन चाहन्छौ भने, कहिल्यै नफर्कनू। यो परिवारसँग तिम्रो कुनै सम्बन्ध हुनेछैन। तिमी तिम्रो बाटो लाग, म मेरो बाटो लाग्छु! हामी आ-आफ्नो बाटो लाग्नेछौँ!” उहाँ त्यति निष्ठुरी हुनुभएको देखेर, मैले भनेँ, “मलाई केही चाहिँदैन, र मैले परमेश्‍वरमा विश्‍वास गर्ने सङ्कल्प गरिसकेँ।” मैले मेरो छनौट गरेपछि, मेरो श्रीमानले हार मान्नुभयो र मलाई वास्ता गर्न छोड्नुभयो।

कहिलेकाहीँ म सोच्थेँ, “जब कर्तव्य र मेरो व्यापारबीच द्वन्द्व हुन्थ्यो, तब म सधैँ दोधारमा पर्थेँ। म किन दृढतापूर्वक मेरो कर्तव्य निर्वाह गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने निर्णय गर्न सक्दिनँ? यो समस्याको मूल कारण के हो?” मैले उत्तर खोज्दै गर्दा, परमेश्‍वरका वचनहरूमा यसो भनेको पढेँ: “शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्‍नका लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। जब मैले परमेश्‍वरका वचनहरू मनन गरेँ, तब मेरो हृदयमा प्रकाश आयो। वास्तवमा ख्याति र प्राप्ति भनेका शैतानले मानिसलाई भ्रष्ट तुल्याउन प्रयोग गर्ने माध्यमहरू रहेछन्। शैतानले हाम्रो सोचाइलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ, जसले गर्दा हामी ख्याति र प्राप्ति पछ्याउन दिमाग खियाउँछौँ, अपमान सहन्छौँ र भारी बोझ बोक्छौँ, र अन्त्यमा हामी परमेश्‍वरबाट तर्किन्छौँ र हामीले उहाँलाई धोका दिन्छौँ, अनि शैतानले हामीलाई नरकमा लैजान्छ। मैले वर्षौँदेखि कसरी ख्याति र प्राप्ति मात्र पछ्याएकी थिएँ भनेर सोचेँ। “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” भन्ने शैतानका विषहरू मभित्र गहिरो गरी जरा गाडेर बसेका थिए। सानैदेखि, मैले महिला उद्यमी र शक्तिशाली महिलाहरूको प्रशंसा गर्ने गर्थेँ र एक दिन ख्याति र प्राप्ति दुवै प्राप्त ठूलो नाम चलेको मान्छे बन्ने आशा गरेकी थिएँ। मैले पैसा, ख्याति र प्राप्तिलाई मेरो जीवनको मार्गदर्शन र लक्ष्य मानेकी थिएँ। मैले यी सबै वर्षहरू पैसा कमाउनका लागि कडा मिहिनेत गरेकी थिएँ, मेरा समकक्षीहरूसँग खुलेरै र गुप्त रूपमा प्रतिस्पर्धा गर्दै, एकअर्काविरुद्धमा दाउपेच गर्दै, एकअर्काको खुट्टा तान्दै र हिसाबकिताब गर्दै, सधैँ एकअर्कालाई पछार्न खोज्दै यसो गरेँ, र मेरो स्वभाव झन्-झन् छली र दुर्भावपूर्ण बन्दै गयो। म शरीर र मष्तिष्कमा थकित भए पनि, म आफूलाई ख्याति र प्राप्ति पछ्याउनबाट रोक्न सक्दिनथेँ, किनकि ख्याति र प्राप्ति नै मेरो जीवनका सारा आशा थिए, र तिनलाई गुमाउनु भनेको जीवनले अर्थ गुमाउनु सरह थियो। त्यसैले, मेरो बिक्री घटेको देख्दा, त्यो मेरो जीवन गुमाउनु जस्तै हुन्थ्यो, र यसले मलाई आतङ्कित बनाउँथ्यो। मैले पसल बन्द गर्नुपर्नेछ र मैले मानिसहरूको प्रशंसा गुमाउनेछु भन्ने मलाई डर लाग्थ्यो, त्यसैले म नचाहँदा-नचाहँदै पनि प्रतिरोधका साथ र झाराटारुवा ढङ्गले कर्तव्य पूरा गर्थें। झन्डै मैले आफ्‍नो कर्तव्यबाट पन्छिन र शैतानको शिविरमा फर्कन मेरो व्यापारलाई बहाना समेत बनाएकी थिएँ। ख्याति र प्राप्ति त मलाई कसिलो गरी बाँधेका साङ्‍ला जस्तै थिए। ती कुरा सत्यताको मेरो खोजीमा बाधा बने र तिनले मलाई मेरो कर्तव्यलाई पन्छाउन र बारम्बार परमेश्‍वरविरुद्ध विद्रोह गर्न लगाए। शैतानले ठीक यही ख्याति र प्राप्ति प्रयोग गरेर सत्यता पछ्याउने मेरो सङ्कल्पलाई कमजोर बनाउन र भत्काउन, मलाई मेरो कर्तव्य गर्नबाट रोक्न, र मेरो मुक्ति पाउने मौकालाई गुमाउन लगाइरहेको थियो, ताकि अन्ततः मैले परमेश्‍वरको प्रतिरोध गरूँ र म त्यसैसँग परमेश्‍वरद्वारा नष्ट होऊँ। मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने माध्यमहरू कति कपटी र दुर्भावपूर्ण छन्! मैले ख्याति र प्राप्ति पाएर पनि रित्तोपन र पीडा महसुस गर्ने, र अन्त्यमा यसबाट उम्कन आत्महत्या गर्ने ती सबै मानिसहरूको बारेमा सोचेँ। ख्याति र प्राप्तिले अस्थायी दैहिक आनन्द मात्र ल्याउँछ। तिनले हृदयको रित्तोपन भर्न सक्दैनन्; तिनले मानिसहरूलाई मुक्ति दिन सक्दैनन्, तिनीहरूलाई सुन्दर गन्तव्य दिने त कुरै छोडौँ। यदि मानिसहरू परमेश्‍वरको सामु आएनन् र तिनीहरूले उहाँको मुक्ति स्वीकार गरेनन् भने, तिनीहरूको प्रतिष्ठा जतिसुकै उच्च भए पनि वा तिनीहरूसँग जतिसुकै सम्पत्ति भए पनि, ती सबै पूर्ण रूपमा अर्थहीन हुन्छन्।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “जब मानिसहरूसँग परमेश्‍वरको स्वभावको बारेमा यथार्थ बुझाइ हुन्छ, जब तिनीहरूले परमेश्‍वरको स्वभाव वास्तविक छ, यो साँच्‍चै पवित्र, र साँच्‍चै धर्मी छ भनेर देख्छन्, र जब तिनीहरूले आफ्‍नो हृदयबाट परमेश्‍वरको पवित्रता र धार्मिकताको प्रशंसा गर्न सक्छन्, तब तिनीहरूले साँच्‍चै नै परमेश्‍वरलाई चिन्‍नेछन्, र तिनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्। परमेश्‍वरलाई चिनेकाहरू मात्र ज्योतिमा जिउँछन्। परमेश्‍वरलाई साँच्चै चिन्‍नुको प्रत्यक्ष प्रभाव भनेको परमेश्‍वरप्रति साँचो रूपमा प्रेम गर्न र समर्पित हुन सक्षम हुनु हो। जब मानिसहरूले साँचो रूपमा परमेश्‍वरलाई चिन्छन्, सत्यता बुझ्छन् र सत्यता प्राप्त गर्छन्, तब तिनीहरूको संसारलाई हेर्ने दृष्टिकोण र जीवनप्रतिको सोचमा वास्तविक परिवर्तन आउँछ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन आउने गर्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न, र सत्यताअनुसार आफूलाई आचरणमा ढाल्न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन्छन् र उहाँका वचनहरूअनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइमा स्थिर र उज्ज्वल महसुस गर्छन्, तिनीहरूको हृदय अन्धकारमुक्त हुन्छ, र जब तिनीहरू परमेश्‍वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र मुक्त भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले साँचो मानव जीवन प्राप्त गर्छन्, र त्यस्ता मानिसहरू मात्र सत्यता र मानवता भएकाहरू हुन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्वयम्‌बाट आएका हुन्। जब तैँले सर्वोच्च परमेश्‍वर—सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्छस्, र उहाँले तँ मानकअनुरूपको सृजित प्राणी होस्, र तँ मानव रूपमा जिइरहेको छस् भनेर भन्‍नुहुन्छ, तब मात्र तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ। परमेश्‍वरको अनुमोदन प्राप्त गर्नुको अर्थ तैँले सत्यता प्राप्त गरेको छस्, र तँ सत्यता र मानवता भएको व्यक्ति होस् भन्‍ने हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने सत्यता पछ्याउन र परमेश्‍वरलाई चिन्न पाउनु, स्वभावमा परिवर्तन हासिल गर्नु, उप्रान्त शैतानको हानिको अधीनमा नपर्नु, र स्वतन्त्र रूपमा परमेश्‍वरको आराधना गर्न सक्नु नै मूल्य र अर्थ भएको एकमात्र जीवन हो, र यो जीवन परमेश्‍वरद्वारा अनुमोदित र आशिषित छ। अहिले महामारी र सबै किसिमका विपत्तिहरू बारम्बार आइरहेका छन्। गैरविश्‍वासीहरू त्रास र अशान्तिको स्थितिमा बाँचिरहेका छन्, र तिनीहरूले भविष्य अन्धकारमय भएको महसुस गरिरहेका छन्। जब महामारी र विपत्तिहरू आउँछन्, तब तिनीहरू निराश हुन्छन् र तिनीहरूले उम्कने बाटो नभएको महसुस गर्छन्। तर हामीजस्ता विश्‍वासीहरू हरेक दिन परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ, र परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनमा, हामीले शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तरिकाहरू र यसको दुष्ट सारलाई बुझ्न र खुट्ट्याउन सकेका छौँ, हामी शैतानलाई अस्वीकार गर्न र परमेश्‍वरलाई पछ्याउन सक्षम भएका छौँ, हाम्रो हृदयमा साँचो शान्ति र आनन्द हुन्छ, र हामी हरेक दिन सक्रिय रूपमा हाम्रा कर्तव्यहरू निर्वाह गर्छौँ र सत्यता पछ्याउँछौँ, परमेश्‍वरका वचनहरू प्रसार गर्छौँ, उहाँको कामको गवाही दिन्छौँ, र उहाँको हेरचाह र सुरक्षामा जिउँछौँ। यसले हामीलाई सबैभन्दा आशिषित बनाउँछ, जुन कुरालाई हामीले कुनै पनि भौतिक कुरासँग साट्न सक्दैनौँ। मैले के कुरा अझ गहन रूपमा अनुभव गरेँ भने जीवनमा दुईवटा मात्र बाटा छन्: एउटा शैतानलाई पछ्याउने, पैसा, हैसियत, ख्याति र प्राप्ति पछ्याउने, र देहलाई सन्तुष्ट पार्ने, र विनाशको बाटोमा हिँड्ने बाटो हो; अर्को परमेश्‍वरलाई पछ्याउने, सत्यता पछ्याउने, आफ्‍नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने, हाम्रा भ्रष्ट स्वभावहरू फाल्ने, र मुक्तिको बाटोमा हिँड्ने बाटो हो। यसको बीचमा अरू कुनै पनि बाटो छैन। समय थोरै छ र महाविपत्तिहरू हामीमाथि आइपरिसकेका छन्। अझै पनि मैले नबुझेका धेरै सत्यताहरू छन्। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हरेक दिनको कदर गर्नु, गम्भीरतापूर्वक सत्यता पछ्याउनु, आफ्‍नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु, र साँचो मानव रूपमा जिउनु हो।

अहिले, म मेरो सबै समय मण्डलीमा कर्तव्य निर्वाह गर्न, ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरका वचनहरू खान र पिउनमा नै बिताउँछु, र मेरो हृदय मिठास र आनन्दले भरिएको छ। कहिलेकाहीँ, कर्तव्य निर्वाह गर्दा म केही कठिनाइहरूको सामना गर्छु र भ्रष्ट स्वभावहरू प्रकट गर्छु, तर परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शन अनि ब्रदर-सिस्टरहरूको सङ्गति र मद्दतले, मैले मेरा भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेकी छु, र मैले तिनलाई परिवर्तन गर्ने कुरालाई पछ्याइरहेकी छु। मलाई लाग्छ यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो। मैले मेरो करियर छोडे पनि, मैले केही सत्यता बुझेकी छु र म अलिकति मानव रूपमा जिउँछु। म परमेश्‍वरप्रति धेरै कृतज्ञ छु। यो छनौट गरेकोमा म कहिल्यै पछुताउनेछैन।

अघिल्लो: ८२. अनुग्रह र आशिष्‌ पाउनका लागि मात्र परमेश्‍वरमा विश्वास गर्नु ठीक हो त?

अर्को: ८४. परमेश्‍वरमा विश्वास गरेका कारण म खोजीको सूचीमा परेपछि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्