८२. अनुग्रह र आशिष् पाउनका लागि मात्र परमेश्वरमा विश्वास गर्नु ठीक हो त?
सन् २००८ को जुलाईमा, मेरी फुपूले मलाई परमेश्वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। सर्वशक्तिमान् परमेश्वरका वचन पढेर, मैले मानिसको जीवन परमेश्वरबाट आउँछ, म जे जति भोग गर्छु त्यो सबै उहाँले नै दिनुभएको हो, र मैले परमेश्वरमा विश्वास गर्नुपर्छ अनि उहाँको आराधना गर्नुपर्छ भन्ने कुरा बुझेँ। त्यतिबेला, हाम्रो परिवारले सुँगुर फार्म चलाउँथ्यो। हरेक दिन सुँगुरहरूलाई चारो दिइसकेपछि, म परमेश्वरका वचन पढ्थेँ, भजन सुन्थेँ र भेलाहरूमा नियमित सहभागी हुन्थेँ। कहिलेकाहीँ म सुसमाचार प्रचार गर्न बाहिर पनि जान्थेँ। एक दिन, हाम्रा एक जना छिमेकीले उनका सुँगुरहरूले खोकिरहेको र तिनीहरूलाई उच्च ज्वरो आएजस्तो देखिएको बताए। मेरा सुँगुरहरूलाई पनि यो रोग सर्ला कि भनेर म असाध्यै चिन्तित भएँ, त्यसैले मैले प्रार्थना गरेँ र यो मामिला परमेश्वरलाई सुम्पेँ। चमत्कारिक रूपमा, मेरा कुनै पनि सुँगुर सङ्क्रमित भएनन्, र केही महिनापछि, हामीले ती सुँगुरहरू दशौँ हजार युआनमा बेच्यौँ। म धेरै खुसी थिएँ। सुँगुर पालन सुरु गर्दा मसँग यसको कुनै अनुभव थिएन, तैपनि न त ठूला सुँगुर न त पाठापाठीलाई नै कुनै रोग लाग्यो, र घरका सबै कुरा राम्ररी चलिरहेको थियो। परमेश्वरमा विश्वास गर्नु त साँच्चै राम्रो रहेछ! उप्रान्त, मैले परमेश्वरमा सही तरिकाले विश्वास गर्नुपर्थ्यो र परमेश्वरको प्रेमको प्रतिदान गर्न आफ्ना कर्तव्यहरू निर्वाह गर्नुपर्थ्यो।
त्यसको धेरै समय नबित्दै, अगुवाले मलाई दुईवटा साना भेला समूहको सुपरिवेक्षण गर्ने जिम्मा दिनुभयो। म धेरै खुसी थिएँ, र मैले सोचेँ, “म जति धेरै भेलाहरूमा भाग लिन्छु, त्यति नै धेरै सत्यताहरू बुझ्नेछु, र जति धेरै म आफ्ना कर्तव्यहरू निर्वाह गर्छु, परमेश्वरले मेरो परिवारलाई त्यति नै धेरै सुरक्षा दिनुहुनेछ।” त्यसपछि, घरमा जतिसुकै व्यस्तता भए पनि, म सधैँ आफ्ना कर्तव्यहरू निर्वाह गर्न समय निकाल्ने कोसिस गर्थेँ। तर सन् २००८ को अन्त्यतिर, एउटा अनपेक्षित घटना हुन पुग्यो। एक रात, करिब १२ बजेतिर, मेरा दाइ, भाउजू र श्रीमान् कामबाट हतारहतार घर फर्किँदै हुनुहुन्थ्यो। बाहिर अँध्यारो थियो, पानी परिरहेको थियो र पहाडी बाटो उबडखाबड थियो, अनि उहाँहरू अचानक एउटा घुम्तीमा गहिरो खाडलमा खस्नुभयो। मेरो श्रीमान्को टाउको कारको ढोकामा ठोक्कियो, फुटेको सिसा उहाँको अनुहारमा बजारियो, उहाँको अनुहारभरि काटियो र उहाँ रक्ताम्मे हुनुभयो। उहाँ त्यहीँ बेहोस हुनुभयो। उहाँको यति धैरे रगत बगेको थियो कि उहाँ अस्पतालमा करिब दुई घण्टासम्म अचेत रहनुभयो र त्यसपछि बल्ल होसमा आउनुभयो। अस्पतालबाट डिस्चार्ज भएपछि, मेरो श्रीमान्लाई टाउकोमा लागेको चोटको हल्का असर बाँकी नै रह्यो, र कहिलेकाहीँ उहाँ बर्बराउनुहुन्थ्यो; उहाँको एउटा दाँत झरेको थियो; उहाँको मुखका घाउहरू निको भएका थिएनन्, र उहाँको बोली स्पष्ट थिएन। उहाँको त्यस्तो अल्मलिएको अवस्था देखेर, मेरो मुटु दुख्यो, र म शान्त भएर बस्नै सकिनँ, र मैले सोचेँ, “काममा जाँदा त उहाँ ठीक हुनुहुन्थ्यो; फर्किँदा उहाँको हालत यस्तो कसरी हुन सक्यो? यो सबै दाइले लापरवाहीसँग गाडी चलाएर भएको हो।” तर फेरि मैले सोचेँ, “म परमेश्वरमा विश्वास गर्छु, भेलाहरूमा सहभागी हुन्छु, र आफ्नो कर्तव्य निर्वाह गर्छु, तैपनि यस्तो घटना कसरी हुन सक्यो? परमेश्वरले उहाँहरूको सुरक्षा किन गर्नुभएन? यदि मेरो श्रीमान्लाई यस्तो असर रहिरह्यो भने, हाम्रो जीवन कस्तो होला? हाम्रा दुई छोरा अझै सानै छन्, र हाम्रो सुँगुर फार्म पनि छ। मेरा लागि यी कुराहरूको चिन्ता कसले गरिदेला?” त्यसपछिका केही दिनसम्म, म यति चिन्तित भएँ कि न मलाई खाना रुन्थ्यो न त म राम्ररी निदाउन नै सक्थेँ, र हिँड्दा मेरा खुट्टाहरू गह्रौँ महसुस हुन्थे। मलाई परमेश्वरका वचन पढ्ने वा भजन सुन्ने मन नै थिएन, र म आफूलाई जबरजस्ती भेलामा लगे पनि, म केवल टाउको निहुराएर बस्थेँ र बोल्न चाहँदैनथेँ। पछि, मेरो स्थितिबारे थाहा पाएपछि, सिस्टर वाङ फाङले परमेश्वरका वचनको “तिमीले सबै कुरामा परमेश्वरको साक्षी दिनुपर्छ” भन्ने बोलको भजन बजाउनुभयो: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। वाङ फाङले मसँग सङ्गति गर्नुभयो: “सिस्टर, हामी सबैलाई अय्यूबको अनुभवबारे थाहा छ। बाहिरबाट हेर्दा अय्यूबका अनगिन्ती गाईवस्तु र भेडाहरू चोरहरूले लगेजस्तो देखिए पनि, वास्तवमा यो शैतानबाट आएको परीक्षा थियो। परमेश्वरले आशिष् दिनुभएको कारणले मात्र अय्यूबले परमेश्वरको डर मानेका हुन् भन्ने शैतान सोच्थ्यो। परमेश्वरले शैतानलाई अय्यूबको परीक्षा गर्न दिनुभयो, र त्यसैले शैतानले अय्यूबलाई आक्रमण गर्न थाल्यो, डाँकाहरू प्रयोग गरेर उनका ऊँट र पशुधन लुट्यो, र उनका छोराछोरीलाई हानि पुर्यायो, र पछि, शैतानले अय्यूबको शरीरभरि खटिराहरू उब्जाइदियो। शैतानको लक्ष्य अय्यूबलाई परमेश्वरबारे गुनासो गर्न र उहाँलाई इन्कार गर्न लगाउनु थियो। तर अय्यूबको परमेश्वरप्रति सच्चा आस्था थियो, र उनले ‘यहोवाले नै दिनुभयो, र यहोवाले नै लैजानुभयो’ भनी विश्वास गरे, र उनले परमेश्वरको नाउँको प्रशंसा गरे। उनले परमेश्वरका निम्ति जबरदस्त गवाही दिए। हामीले परमेश्वरलाई पछ्याउँदा, शैतानले हामीलाई दोष लगाउँछ र आक्रमण गर्छ, र यसैले हामीलाई परीक्षामा पार्छ। तपाईँको परिवारमा भइरहेका घटनाहरूजस्तै, शैतानको लक्ष्य तपाईँलाई परमेश्वर त्याग्न र उहाँको मुक्ति गुमाउन लगाउनु हो। हामीले परमेश्वरमा आस्था राख्नैपर्छ र शैतानका युक्तिहरूमा फस्नु हुँदैन।” वाङ फाङको सङ्गति सुनेपछि, यो घटना वास्तवमा आत्मिक लडाइँ रहेछ र शैतानले मलाई बाधा दिन खोजिरहेको रहेछ भन्ने मैले महसुस गरेँ। मैले परमेश्वरमा विश्वास गरेर मुक्ति पाएको शैतान चाहँदैनथ्यो, त्यसैले यसले मेरो आस्था र मुक्तिलाई नष्ट गर्न र बिथोल्न आफ्नो सक्दो प्रयास गरिरहेको थियो। परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्पलाई डगमगाउन मेरो श्रीमान्को गाडी दुर्घटनालाई प्रयोग गरेर, यसले मलाई शङ्का गर्न र परमेश्वरमा विश्वास नगर्न, र अन्ततः आफूसँगै विनाशमा लैजान चाहन्थ्यो। शैतान कति दुर्भावपूर्ण छ, म यसको पासोमा पर्नु हुँदैन! त्यसपछि मैले मेरो श्रीमान्को दुर्घटना भएको रातबारे केही थप विचार गरेँ। बाहिर अँध्यारो थियो र पानी परिरहेको थियो; पहाडी बाटो पहिल्यै उबडखाबड थियो, र पानी पर्दा चिप्लो भएको थियो; मेरा दाइले लापरवाहीसँग गाडी चलाउनुभयो र दुर्घटनावश गाडी खाडलमा खस्यो; र मैले परमेश्वरमा विश्वास गरे पनि नगरे पनि यो घटना हुने नै थियो। तर यी सबै कुरा बिग्रँदा मैले परमेश्वरबारे गुनासो गरेँ। ममा समझको कति कमी रहेछ! मैले परमेश्वरबारे गुनासो गर्नुहुँदैनथ्यो! यो कुरा बुझेपछि, मैले परमेश्वरमा विश्वास गर्न र पछ्याउन जारी राख्ने मन बनाएँ। मैले परमेश्वरलाई प्रार्थना पनि गरेँ र मेरो श्रीमान् उहाँलाई सुम्पेँ, किनकि मलाई थाहा थियो, उहाँ निको हुने-नहुने कुरा परमेश्वरले नै निर्धारण गर्नुहुनेछ; म समर्पित हुन इच्छुक थिएँ। त्यसपछि, मैले परमेश्वरमा विश्वास गर्न र भेलाहरूमा सहभागी हुन जारी राखेँ। छ महिनापछि, औषधि सेवन र आराम गरेपछि, मेरो श्रीमान्को दिमाग बिस्तारै सामान्य अवस्थामा फर्कियो। उहाँ थप फुर्तिलो हुनुभयो, र उहाँमा कुनै दीर्घकालीन असर बाँकी रहेन। यस घटनाबाट, मैले परमेश्वरको सुरक्षा देखेँ र उहाँप्रतिको मेरो आस्था बलियो भयो।
एक दिन फेब्रुअरी २०११ मा, हाम्रा एक जना छिमेकीले उनका केही सुँगुरलाई खोरेत रोग लागेको बताए, र उनले हाम्रा सुँगुरहरूलाई कस्तो छ भनेर सोधे। मेरो श्रीमान्ले हाम्रा सुँगुरहरू ठीक छन् भन्नुभयो। तर केही दिनपछि, भर्खरै पाठापाठी जन्माएका हाम्रा केही माउ सुँगुरलाई पनि खोरेत रोग लाग्यो। माउको दूध खाने पाठापाठीहरू पनि सङ्क्रमित भए, र झन्डै डेढ महिनाभित्रै हाम्रा ६० भन्दा बढी पाठापाठी मरे। यो सब देख्दा मलाई मुटुमा छुरा रोपेजस्तो भयो। यदि हाम्रा अरू सुँगुरहरू पनि सङ्क्रमित भए भने, हामीले हाम्रो सर्वस्व, साँवा र नाफा दुवै गुमाउनेछौँ भनेर म एकदमै चिन्तित थिएँ। मेरो ससुराले मप्रति गुनासो गर्नुभयो, “परमेश्वरप्रतिको तेरो आस्थाले परिवारलाई सुरक्षित राखेको छैन। तेरो श्रीमान्को गाडी दुर्घटना भयो, र अहिले सुँगुरहरू बिरामी छन्।” मेरो श्रीमान्ले मलाई भेलामा जानसमेत दिनुभएन। मेरो पूरै परिवारले मलाई घेरेर एकपछि अर्को गर्दै नराम्ररी आलोचना गरे, र मलाई धेरै चित्त दुख्यो। मैले थाहै नपाई परमेश्वरमाथि शङ्का गर्न थालेँ, “यति धेरै पाठापाठी मरे—कतै यो मेरो परमेश्वरप्रतिको आस्थाकै कारण त भएको होइन?” म नकारात्मकता र कमजोरीमा पुगेँ र दुई-तीन महिनासम्म कुनै पनि भेलामा गइनँ। पछि, मेरो श्रीमान्को पहिलेको गाडी दुर्घटना सम्झँदा, यो शैतानले मलाई फेरि बाधा दिन खोजिरहेको हो भन्ने मलाई महसुस भयो। तर म परमेश्वरका वचन खाँदै-पिउँदै र आफ्नो कर्तव्य निर्वाह गर्दै थिएँ, त्यसैले पक्कै पनि, मलाई परमेश्वरको सुरक्षा हुनुपर्ने हो। परमेश्वरले मलाई किन आशिष् दिइरहनुभएको थिएन? परमेश्वरमा विश्वास गर्नु र नगर्नुमा त साँच्चै केही फरक थिएन! म जति यस्तो सोच्थेँ, यो परिस्थितिलाई कसरी अनुभव गर्ने भन्नेबारे म त्यति नै अन्योलमा पर्थेँ। त्यसैले मैले घुँडा टेकेँ र परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! मेरो परिवारका दर्जनौँ पाठापाठी मरेका छन्। यसै कारणले मेरो परिवारले मलाई आक्रमण गरिरहेको छ, र म अब धेरै सहन सक्छु जस्तो लाग्दैन। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मलाई सिस्टर वाङ फाङले पहिले अय्यूबको अनुभवबारे मसँग गरेको सङ्गति याद आयो। जब शैतानले अय्यूबको परीक्षा गर्न खोज्यो, अय्यूबको अपार सम्पत्ति डाँकाहरूले लगे, उनका छोराछोरीहरू किचिएर मरे, र उनको शरीरभरि खटिराहरू आए। तर अय्यूबलाई परमेश्वरको सार्वभौमिकताबारे थाहा थियो। उनलाई परमेश्वरले नै दिनुभएको थियो, र परमेश्वरले नै लिनुभएको हो भन्ने थाहा थियो। अय्यूबलाई परमेश्वरप्रति कुनै शङ्का थिएन, र उनले परमेश्वरको नाउँको प्रशंसा गरिरहे, परमेश्वरको गवाहीमा दृढ रहे, र शैतानलाई लज्जित पारे। मैले मेरा पाठापाठीहरू कसरी बिरामी भएर मरे भन्नेबारे सोचेँ, र यो पनि शैतानले मलाई परीक्षा गर्न र बाधा दिन खोजिरहेको हो, र मैले पनि परमेश्वरको गवाहीमा दृढ रहनुपर्छ भन्ने लाग्यो। अय्यूबले यति धैरे पशुधन र अपार सम्पत्ति गुमाए, तैपनि उनले परमेश्वरविरुद्ध गुनासो गरेनन्। तर मेरो हकमा भने, मेरा केही दर्जन पाठापाठी मरेकै कारण मैले परमेश्वरविरुद्ध गुनासो गरेँ। आफूलाई अय्यूबसँग तुलना गर्दा म कहाँ, उनी कहाँ! यो महसुस गरेपछि, मैले परमेश्वरलाई शैतानले मलाई फेरि जस्तोसुकै बाधा दिन खोजे पनि, म अझै परमेश्वरमा विश्वास गर्नेछु र उहाँको आराधना गर्नेछु भन्दै प्रार्थना गरेँ।
पछि, मैले मेरो स्थितिसँग सान्दर्भिक परमेश्वरका वचन खोजेर पढेँ। मैले परमेश्वरका यी वचनहरू देखेँ: “तँ केवल परमेश्वरमा विश्वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, ‘परमेश्वरको अङ्गालोमा’ जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्वरमा विश्वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनबाट, आशिष् पाउने अभिप्राय राखेर उहाँमा विश्वास गर्नेहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ भन्ने कुरा मैले बुझेँ। तर मेरो विश्वासमा, म उहाँले मेरो परिवारको शान्ति र स्वास्थ्यको रक्षा गर्नुभएको, मेरा पशुधनका धेरै बच्चाहरू भएको, र तिनीहरूबाट हामीले प्रशस्त धन कमाउन सकेको चाहन्थेँ। जब परिवारमा कुनै प्रकोप वा दुर्भाग्यविना सबै कुरा राम्ररी चलिरहेको थियो, तब मैले सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गरेँ, र मेरो श्रीमान् गाडी दुर्घटनाबाट निको हुनुभएपछि, मैले हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिएँ। तर जब सुँगुरका पाठापाठीहरू एकपछि अर्को गर्दै मरिरहे, तब मैले मेरो परिवारको सुरक्षा नगर्नुभएकोमा परमेश्वरबारे गुनासो गरेँ। म यति नकारात्मक भएँ कि मैले परमेश्वरका वचन पढ्नमा ध्यान दिन सकिनँ, र म दुई-तीन महिनासम्म भेलाहरूमा गइनँ। म हरेक दिन सुँगुरहरूको स्वास्थ्य र हाम्रो आर्थिक नोक्सानीबारे चिन्तित रहन्थेँ। मलाई म केवल परमेश्वरको अनुग्रह र आशिष् पाउनका लागि मात्र उहाँमा विश्वास गरिरहेकी छु, र म परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास गरिरहेकी छु भन्ने महसुस भयो। म साँच्चै स्वार्थी र घृणास्पद भएकी रहेछु! कुकुरलाई नै हेरौँ: जब यसको मालिकले यसलाई खाना दिन्छ, तब यसले मालिकका लागि घरको हेरचाह गर्छ, तर जब मालिकले खाना दिँदैन, कुकुरले तैपनि मालिकका लागि घरको पहरा दिन्छ। म त कुकुरभन्दा पनि गएगुज्रेकी थिएँ। जब परमेश्वरले मलाई आशिष् दिनुभयो, तब मैले उहाँलाई धन्यवाद दिएँ, तर जब परमेश्वरले मलाई अलिकति पनि सन्तुष्ट पार्नुभएन, तब मेरो उहाँप्रतिको आस्था गुम्यो, र मेरो परिवारले मलाई आक्रमण गर्दा पनि, मैले सूक्ष्म रूपमा उनीहरूका दृष्टिकोणहरू स्वीकार गर्न थालेँ, र परमेश्वरप्रति शङ्का र गुनासाहरू विकास गरेँ। म कति अन्योलमा परेकी रहेछु! मलाई सुँगुर पाल्ने अनुभवको कमी थियो, त्यसैले सुँगुरहरूलाई खोरेत रोग लाग्नु र मर्नु अपरिहार्य थियो। यसबाहेक, मेरा छिमेकीहरूले पालेका केही सुँगुरहरू पनि मरेका थिए, र यो कृषि व्यवसायमा धेरै सामान्य कुरा हो। तर मैले यो विषयलाई सही रूपमा हेर्न सकिनँ र उल्टै परमेश्वरले सुरक्षा दिनुभएन भनेर गुनासो गरेँ; के यो मेरो समझहीनता थिएन र? परमेश्वरको अभिप्राय बुझेपछि, मलाई हृदयमा ठूलो छुटकाराको बोध अनुभूत भयो। म आफ्नो आशिष्को चाहना त्याग्न र उप्रान्त परमेश्वरसँग आशिष् वा शान्तिको माग नगर्न, अनि परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन र उहाँले मेरा लागि बन्दोबस्त गरेका परिस्थितिहरूमा पाठ सिक्न तत्पर भएँ। त्यसपछि, म भेलाहरूमा उपस्थित हुन सुरु गरेँ, र बिस्तारै परमेश्वरसँगको मेरो सम्बन्ध नजिक हुँदै गयो।
अगस्ट महिनाको एक बिहान, म सुँगुरलाई चारो दिन जाँदा, मैले दुईवटा वयस्क सुँगुरले खोकिरहेको र तिनीहरूको शरीरमा राता टाटाहरू आएको देखेँ। यो कुन रोग हुन सक्छ भनेर सोध्न मैले हतारहतार मेरो छिमेकीलाई बोलाएँ। मेरो छिमेकीले भने, “वर्षको यो समयमा सुँगुरलाई उच्च ज्वरो आउने गर्दछ। पल्लो घरका केही सुँगुरलाई यो रोग लागेको छ। यो रोग सरुवा हो, त्यसैले तपाईँले छिट्टै यसका लागि रोकथामको औषधि किन्नुपर्छ।” यो रोग सरुवा हो भन्ने सुनेर म धेरै चिन्तित भएँ। मेरो परिवारसँग बजार लैजान ठिक्क पारिएका चालीसभन्दा बढी वयस्क सुँगुर थिए। यदि तिनीहरू सबैलाई ज्वरो आयो र मरे भने, के मेरो पछिल्लो छ महिनाको लगानी र सम्भावित नाफा दुवै खेर जाँदैन र? त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र यो मामिला उहाँलाई सुम्पेँ। पछि, मैले परमेश्वरका यी वचन सम्झेँ: “मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनले मलाई सजीव र निर्जीव दुवै परमेश्वरको हातमा हुन्छन्, र यी सुँगुरहरू सङ्क्रमित हुनु वा नहुनु पनि परमेश्वरकै हातमा छ भन्ने कुरा बुझाए। म पूर्वसावधानीको रूपमा तिनलाई केही औषधि खुवाउन मात्र सक्थेँ, तर तिनीहरूको जीवन वा मरण परमेश्वरद्वारा नै निर्धारित हुनेथियो। म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन तत्पर भएँ र उप्रान्त परमेश्वरबारे गुनासो गरिनँ। पछि, सुँगुरलाई चारो दिँदा, मैले चारोमा रोकथामको औषधि मिसाएँ, र दुई दिनपछि, ती दुई बिरामी सुँगुर निको भए, र अरू पनि ठीकै थिए। दुई महिनापछि, अरू घरका धेरै सुँगुरहरू मरे पनि, मेरा करिब चालीस वटै सुँगुरहरू स्वस्थ थिए र उच्च मूल्यमा बिक्री भए। यसपटक, सुँगुरहरू बिरामी पर्दा मैले परमेश्वरबारे गुनासो गरिनँ, र म धेरै खुसी थिएँ र परमेश्वरको सुरक्षाका लागि उहाँप्रति आभारी थिएँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र अभ्यास गर्ने एउटा मार्ग फेला पारेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचनबाट, मैले आस्थामा कर्तव्यहरू निर्वाह गर्नु मानिसको स्वर्गबाट आएको दायित्व हो; यो नै हामीले पूरा गर्नुपर्ने कुरा हो, र यो प्रतिपूर्ति निर्भर हुनुहुँदैन भन्ने कुरा बुझेँ। मानिसमा हुनुपर्ने समझबोध यही हो। मैले मेरो आस्थामा परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास गर्नुहुँदैन। परमेश्वरले मेरो परिवारलाई आशिष् र सुरक्षा दिनुहुँदा, मैले उहाँलाई धन्यवाद दिएँ, तर घरमा समस्याहरू र दुर्भाग्य आइपर्दा, मैले परमेश्वरबारे गुनासो गर्न थालेँ। यस्तो आस्थालाई परमेश्वरले अनुमोदन गर्नुहुन्न। म एउटा सृजित प्राणी हुँ, र मेरो नियति र धनसम्पत्ति परमेश्वरका हातमा छन्। परमेश्वरले दिनुभए पनि वा लिनुभए पनि, म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ र आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ। यी अनुभवहरूमार्फत, मैले शैतानका युक्तिहरूबारे केही सुझबुझ पाएँ, र मेरो आस्थाद्वारा आशिष् खोज्ने मेरो अभिप्रायबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वरमाथिको आस्थाबारे मेरो गलत दृष्टिकोण पनि अलिकति सच्चियो, र परमेश्वरमा विश्वास गर्दा हामी परमेश्वरप्रति समर्पित हुनुपर्छ, सत्यता पछ्याउनुपर्छ, र स्वभाव परिवर्तन खोज्नुपर्छ भन्ने कुरा मैले थाहा पाएँ। मैले पाएका बुझाइ र प्राप्तिहरूका लागि म परमेश्वरप्रति धेरै आभारी छु!