८०. आफ्नो परिवारको घेराबन्दी र आक्रमणबीच, मैले एउटा छनौट गरेँ
अगस्ट २०१२ मा, मेरी एक जना आफन्तले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामबारे सुसमाचार प्रचार गरिन्। मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सबै सत्यता हुन् भन्ने देखेँ, र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनी चिनेँ। म एकदमै उत्साहित थिएँ। मैले आफ्नो जीवनकालमा प्रभु येशूको पुनरागमनलाई स्वागत गर्न सक्छु भनेर सोचेकै थिइनँ। यो साँच्चै परमेश्वरको अनुग्रह थियो; परमेश्वर मलाई उठाइरहनुभएको थियो! मेरो श्रीमान् र मेरो विवाह भएको धेरै वर्ष भइसकेको थियो, र हाम्रो वैवाहिक सम्बन्ध मायालु थियो। मैले परमेश्वर मानिसलाई मुक्ति दिन आउनुभएको यो खुसीको खबर मेरो श्रीमान्लाई सुनाउनैपर्थ्यो, ताकि उहाँले पनि परमेश्वरद्वारा मुक्ति दिइने अवसर पाउनुहोस्। हामी दुवैले परमेश्वरमा विश्वास गर्न र सँगै राज्यमा प्रवेश गर्न सक्यौँ भने कति राम्रो हुन्थ्यो होला! मैले आफ्नो श्रीमान्लाई सुसमाचार प्रचार गर्दा, उहाँले आफू काममा व्यस्त भएको र समय नभएको बताउनुभयो, तर उहाँले मेरो परमेश्वरमाथिको विश्वासलाई विरोध गर्नुभएन। परमेश्वरको राज्यको सुसमाचार मुख्यभूमि चीनभरि द्रुत रूपमा फैलिँदै गर्दा, सिसिपिले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्न जथाभावी अफवाह र निन्दात्मक कुराहरू फैलाउन र झूटा प्रमाणहरू खडा गर्न थाल्यो। मेरो श्रीमान्ले आफ्नो फोनमा धेरै नकारात्मक अफवाह पढ्नुभयो। जब उहाँले मैले परमेश्वरमा विश्वास गरेका कारण सरकारले मलाई पक्राउ गर्न र सजाय दिन सक्छ, र यसले हाम्रो बच्चाको भविष्यको शिक्षा र रोजगारीमा समेत असर गर्न सक्छ भन्ने थाहा पाउनुभयो, तब उहाँले मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न सताउन थाल्नुभयो।
मार्च २०१३ को एक दिन दिउँसोतिर, घरदेखि टाढा काम गरिरहेका मेरो श्रीमान्ले विशेष यात्रा गर्नुभयो र गाडी चलाएर घर फर्कनुभयो। गम्भीर अनुहारका साथ उहाँले मलाई भन्नुभयो, “पुलिस मेरो एक जना सहकर्मीलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको कारण पक्राउ गर्न खानीमा आएको थियो। यदि ऊ छिटो नभागेको भए, तिनीहरूले उसलाई पक्रने थिए। तँ परमेश्वरमा विश्वास गर्ने हुनाले अहिले मेरो मन दिनभरि तनावमा छ। यदि तँ कुनै दिन पक्राउ परिस् भने, हाम्रो के गति होला? हाम्रो बच्चा यति सानो छ—उसको हेरचाह कसले गर्छ? अहिले सरकारले तिमीलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न दिँदैन। यदि तिमीले विश्वास गर्यौ भने, तिनीहरूले तिमीलाई पक्राउ गर्नेछन्। राज्यले अनुमति नदिएसम्म पर्खेर अनि मात्र विश्वास गरे हुँदैन र? त्यो समय आएपछि, म हाम्रो सम्पूर्ण परिवार, दर्जनौँ मानिसलाई तिमीसँगै परमेश्वरमा विश्वास गर्न लिएर आउनेछु।” मैले भनेँ, “सिसिपि एउटा नास्तिक पार्टी हो। यसले परमेश्वर हुनुहुन्छ भन्ने कुरा पटक्कै विश्वास गर्दैन। यसले मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न कसरी अनुमति देला र? तपाईँले मलाई विश्वास गर्न दिए पनि नदिए पनि, म परमेश्वरलाई कहिल्यै धोका दिनेछैन।” मैले उहाँले भनेको नमान्ने देखेपछि, मेरो श्रीमान्ले थप केही बोल्नुभएन। उहाँ गएपछि, मैले परमेश्वरमा विश्वास गरेका कारण पक्राउ परियो भने हाम्रो आठ वर्षको छोराको हेरचाह गर्ने कोही हुनेछैन भनेर उहाँले भनेको कुरा सम्झेँ। मलाई गहिरो पीडा भयो। मैले ४० वर्षको उमेरमा हाम्रो छोरालाई जन्म दिएकी थिएँ, र उसलाई जन्म दिने क्रममा म झन्डै मरेकी थिएँ। बच्चा हुँदादेखि नै मैले उसलाई आफैँले हुर्काएकी थिएँ। म उसलाई धेरै माया गर्थेँ—मलाई उसलाई मुखमा राखेँ भने ऊ पग्लेला भन्ने डर लाग्थ्यो; हातमा राखेँ भने खस्ला भन्ने चिन्ता ताग्थ्यो। यदि म पक्राउ परेँ भने, उसको हेरचाह कसले गर्ला? यो कुरा सोच्दा मेरो हृदयमा वेदना भयो, र म कोही नभएको ठाउँमा गएर ठूलो स्वरमा रुन चाहन्थेँ। मलाई प्रार्थना गर्न, वा परमेश्वरका वचन खान र पिउन मन लागेन। म नकारात्मक स्थितिमा जिएँ।
एउटा भेलामा, एउटी सिस्टरले मलाई परमेश्वरका वचनको एउटा खण्ड पढेर सुनाउनुभयो: “आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्? तेरो देहको परिवार र तेरा प्रियजनहरू किन सधैँ तेरो दिमागमा आउँछन्? के मैले तेरो हृदयमा कुनै निश्चित ठाउँ ओगटेको छु? तैपनि तँ आफूभित्र मलाई प्रभुत्व जमाउन र तेरो सम्पूर्ण सत्त्व ओगट्न दिने दाबी गर्छस्—यी सबै छलीपूर्ण झूट हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा नभई आजको राज्यका बारेमा सोच्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने, सबै कुरा परमेश्वरको हातमा छ। परमेश्वर स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई सर्वोत्तम क्रममा व्यवस्थित गर्नुहुन्छ, झन् एउटा बच्चाको नियतिको त के कुरा गर्नु। म पक्राउ पर्छु कि पर्दिनँ अनि मेरो बच्चाले दुःख पाउँछ कि पाउँदैन भन्ने कुरा सबै परमेश्वरमै निर्भर हुन्छ। मलाई याद छ, जब म परमेश्वरमा विश्वास गर्दिनथेँ, मेरो छोरा ३ वर्षको हुँदा उसको हात भाँच्चिएको थियो। ऊ ६ वर्षको हुँदा, उसलाई एउटा गाडीले ठक्कर दियो र ऊ चोटैचोटले भरिएको थियो। ऊ ८ वर्षको हुँदा, गाडीको ढोकामा च्यापिएर उसको एउटा औँला भाँच्चिएको थियो। म उसको छेउमै रहेर ध्यानपूर्वक हेरचाह गर्दागर्दै पनि, उसले केही दुर्घटना भोग्नु अपरिहार्य नै थियो। मैले परमेश्वरमा विश्वास गर्न र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेदेखि, म हरेक दिन मेरो छोराको छेउमा नभए पनि, मेरो छोरा परमेश्वरको सुरक्षाअन्तर्गत सुरक्षित र स्वस्थ रूपमा हुर्कियो। म घरमा हुँदाभन्दा उसको अझ राम्रो हेरचाह भइरहेको थियो। यसले मानिसहरूको नियति परमेश्वरको हातमा हुन्छ भन्ने देखाउँछ। जब मैले यो कुरा सोचेँ, मैले मेरो छोराको चिन्ता गर्न छोडेँ र मेरो हृदयले अझ धेरै स्वतन्त्र महसुस गर्यो। मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेँ।
पछि, मेरो श्रीमान्ले मलाई परमेश्वरप्रतिको मेरो आस्था त्याग्न बारम्बार मनाउने प्रयास गर्नुभयो। मलाई साँच्चै मनाउन नसक्ने देखेपछि, उहाँले मलाई सताउन र रोक्न थाल्नुभयो। जुलाईमा, मेरो श्रीमान्ले तीन महिनाको बिदा लिनुभयो। उहाँ दिनभरि मेरो हरेक चालमाथि नजर राख्नुहुन्थ्यो, र उहाँले यस्तो उद्घोष गर्नुभयो, “म आफूले फेला पार्ने कुनै पनि परमेश्वरको विश्वासीलाई रिपोर्ट गर्नेछु र जेल पठाउनेछु!” मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई सम्भावित खतरामा पार्ने डरले भेलाहरूमा सहभागी हुने आँट गरिनँ। घरमा, मेरो श्रीमान् मलाई घुरेर हेर्नुहुन्थ्यो, र दिनभरि अत्यन्तै क्रूरतापूर्वक सराप्नुहुन्थ्यो, अनि सबैभन्दा फोहोरी कुराहरू भन्नुहुन्थ्यो र आफ्नो रिस पोख्नुहुन्थ्यो। उहाँ घरलाईलथालिङ्ग बनाउने काम पनि गर्नुहुन्थ्यो। परमेश्वरका वचनका पुस्तकहरू भेट्टाएमा, उहाँ ती च्यातिदिनुहुन्थ्यो। एमपी-फाइभ प्लेयर फेला पारेमा, त्यो फुटाइदिनुहुन्थ्यो। त्यस दौरान, म अत्यन्तै वेदनामा थिएँ। मेरो हृदयलाई शान्त पारेर परमेश्वरलाई प्रार्थना गर्नु वा परमेश्वरका वचन पढ्नु त असम्भव सपना थियो। मैले हरेक दिन आफ्नो श्रीमान्को दुर्व्यवहार र सतावट सहनुपर्थ्यो। मलाई परमेश्वरको नयाँ कामलाई पछ्याउन आती नै गाह्रो रहेछ भन्ने महसुस भयो। मैले मण्डलीमा येशूमाथि विश्वास गर्दा मेरो श्रीमान्ले मलाई सताउनुभएको थिएन, त्यसैले सायद मण्डलीमै फर्केर येशूलाई विश्वास गर्नु बेस हुन्थ्यो कि। तर तपाईँ मण्डलीमा आखिरी दिनहरूमा परमेश्वरका सत्यताका अभिव्यक्तिहरू पटक्कै सुन्न सक्नुहुन्न। तपाईँलाई परमेश्वरका वचनले मलजल र आपूर्ति गरिँदैन, त्यसैले तपाईँ जति नै वर्ष मण्डलीमा गए पनि, त्यो सबै व्यर्थ हुनेछ; तपाईँले मुक्ति पाउनुहुनेछैन र राज्यमा प्रवेश गर्नुहुनेछैन। मैले अन्ततः परमेश्वरको देखापराइ देख्नु, र प्रभुको पुनरागमनलाई स्वागत गर्नुअघिको येशूमा विश्वास गरेका, आशा र प्रतीक्षा गरेका ती सबै वर्षलाई सम्झेँ; अनि मैले परमेश्वरको आखिरी दिनहरूको न्याय र शुद्धिकरण स्वीकार गर्ने अवसर पाएको, र आफ्नो श्रीमान्को सतावट र रोकटोकका कारण आफूले सर्वशक्तिमान् परमेश्वरप्रतिको आफ्नो आस्था झन्डै त्यागेको कुरा सम्झेँ। मलाई यति धेरै अनिच्छा थियो कि मेरा दस हजार हृदय छन्, र ती सबैले “अहँ!” भनेर चिच्याइरहेका छन् जस्तो लाग्थ्यो। वेदनामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, मेरो श्रीमान् हरेक दिन मलाई रोकटोक र दुर्व्यवहार गर्न नीच तरिकाहरू प्रयोग गर्नुहुन्छ। उहाँ मेरो पिछा पनि गर्नुहुन्छ। म तपाईँका वचन पढ्ने मौका पाउँदिनँ, र म आफ्ना ब्रदर-सिस्टरहरूको नजिक जाने आँट गर्दिनँ। मलाई आफू एउटा चेपमा बाँचिरहेजस्तो लाग्छ। म यति धेरै वेदना र सास्तीमा छु! प्रिय परमेश्वर, तपाईँको पुनरागमनका लागि पर्खनु कठिन थियो, र म तपाईँलाई छोड्न चाहन्नँ। कृपया मेरो प्रार्थना सुन्नुहोस् र मेरो लागि एउटा बाटो खोलिदिनुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो। तेरो वास्तविक कद जे भए पनि सुरुमा तँसित दुःख भोग्ने यो सङ्कल्प र साँचो आस्था दुवै हुनुपर्छ, साथै तँसित देहविरुद्ध विद्रोह गर्ने सङ्कल्प पनि हुनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरू पूरा गर्नैपर्छ, चाहे त्यसको अर्थ दुःख भोग्नु र आफ्ना व्यक्तिगत हितहरूमा क्षति भोग्नु नै किन नहोस्। तँ हृदयमा अफसोस महसुस गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तैँले परमेश्वरलाई सन्तुष्ट पार्न सकेको थिइनस्, र अहिले तैँले अफसोस महसुस गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूमार्फत परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तैँले यी सर्तहरू पूरा गर्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचन पढेपछि, मैले मेरो श्रीमान्को सतावट र रोकटोकलाई परमेश्वरले नै अनुमति दिनुभएको हो भन्ने बुझेँ। परमेश्वरले मेरो आस्था र कष्ट भोग्ने मेरो इच्छालाई सिद्ध पार्न यस्तो गर्नुभएको थियो। मैले पहिलो पटक परमेश्वरमा विश्वास गर्न थाल्दा, र उहाँको अनुग्रह र आशिषहरू देख्दा, अनि सबै कुरा सहज हुँदा, म खुसी थिएँ, र मसँग परमेश्वरलाई पछ्याउने आस्था थियो। तर, जब मलाई मेरो श्रीमान्ले सताउनुभयो र गालीगलौज गर्नुभयो, र मैले कष्ट भोग्नुपर्यो, तब मैले परमेश्वरप्रतिको आफ्नो आस्था गुमाएँ र थ्री-सेल्फ मण्डलीमा फर्कने विचार समेत गरेँ। म कष्ट भोग्ने कुनै इच्छा नभएकी एक कमजोर व्यक्ति थिएँ। मैले गम्भीरतापूर्वक परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो र परमेश्वरसँग आस्था र कष्ट भोग्ने इच्छा दिन बिन्ती गर्नुपर्थ्यो। मैले एउटा भेलामा पढेको परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछ, परिवर्तन हुनेछ, नवीकरण हुनेछ र लोप हुनेछ। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मैले के बुझेँ भने सजीव होस् वा निर्जीव, सबै कुरा परमेश्वरको हातमा हुन्छ, र मेरो श्रीमान्का सोच र विचारहरू पनि परमेश्वरकै हातमा थिए। मैले यो परिस्थिति अनुभव गर्दै गर्दा परमेश्वरमा आस्था राख्नुपर्थ्यो र परमेश्वरमा भर पर्नुपर्थ्यो। त्यसपछि, परमेश्वरले मेरो लागि एउटा बाटो खोलिदिनुभयो। केही समयका लागि, मेरो श्रीमान्ले आफ्नो सिरक लगेर अर्को कोठामा सुत्न थाल्नुभयो, र म मेरो हृदयलाई शान्त पारेर परमेश्वरलाई प्रार्थना गर्न सक्षम भएँ। कहिलेकाहीँ, मेरो श्रीमान् बाहिर जानुपर्थ्यो, र म उहाँ बाहिर गएको छोटो समयको उपयोग गरेर मेरा ब्रदर-सिस्टरहरूलाई खोज्थेँ र परमेश्वरको घरबाट नयाँ भिडियोहरू डाउनलोड गर्थेँ। मौका पाउनेबित्तिकै, म परमेश्वरका वचन पढ्थेँ र परमेश्वरको घरले पठाएका भिडियोहरू हेर्थेँ। बिस्तारै, परमेश्वरसँगको मेरो सम्बन्ध धेरै सामान्य हुँदै गयो, र मेरो हृदयले कम सास्ती महसुस गर्न थाल्यो। तीन महिनापछि, मेरो श्रीमान्को बिदा सकियो र उहाँ काममा फर्कनुभयो। म फेरि सामान्य रूपमा मण्डली जीवनमा सहभागी हुन सक्षम भएँ।
तर, यी राम्रा दिनहरू धेरै समय टिकेनन्। दुई महिनापछि, खानीमा एउटा ठूलो दुर्घटना भयो, जसले गर्दा ठूलो मानवीय क्षति भयो। सरकारले सबै खानीलाई काम रोक्न बाध्य बनायो, त्यसैले मेरो श्रीमान्ले थप दुई महिनाको बिदा पाउनुभयो। पहिले जस्तै, उहाँ घरमै बस्नुभयो, मेरो पिछा र निगरानी गर्नुभयो। उहाँले मलाई भेलामा जान वा परमेश्वरका वचन पढ्न दिनुभएन। एक साँझ, मैले मेरो श्रीमान्ले कम्प्युटरमा इन्टरनेट चलाइरहेको देखेँ। मैले यस मौकाको फाइदा उठाउँदै कोठामा गएर, सिरकभित्र लुकेर, जीवन प्रवेशसम्बन्धी प्रवचन र सङ्गति सुन्न थालेँ। आधा घण्टापछि, मेरो श्रीमान् कोठामा आउनुभयो। स्वाभाविक रूपमै, मैले मेरो एमपी-फाइभ प्लेयर लुकाएँ, तर मेरो श्रीमान्ले त्यो भेट्टाउनुभयो र बहुलाएझैँ गरी खोस्नुभयो। उहाँले क्रूरतापूर्वक भन्नुभयो, “तँ मबाट मर्न चाहन्छेस्!? तँ अझै विश्वास गर्ने आँट गर्छेस्! तैँले कसरी सुन्ने आँट गरिस्! तैँले कसरी विश्वास गर्ने आँट गरिस्!” बोल्दै गर्दा, उहाँले एमपी-फाइभ प्लेयर खोस्नुभयो र भुइँमा बेस्सरी बजार्नुभयो। त्यो चकनाचुर भयो, र म हतारहतार त्यो टिप्न गएँ। त्यसपछि मेरो श्रीमान्ले मलाई मुक्का र लात्तीले हान्नुभयो, र मेरो अनुहारमा लगातार थप्पड हान्नुभयो र मलाई कुल्चिनुभयो। केही बेरमै, उहाँले मलाई यति नराम्ररी कुट्नुभएको थियो कि मेरो अनुहारमा पूरै नीलडाम बसेको थियो र त्यो सुन्निएको थियो, अनि मेरो नाक र मुखबाट रगत बगिरहेको थियो। हाम्रो छोरा एक छेउमा उभिएर, डरले कामिरहेको थियो, र रुँदै कामिरहेको स्वरमा चिच्याइरहेको थियो, “बाबा, ममीलाई नपिट्नुहोस्! ममीलाई नपिट्नुहोस्!” त्यसपछि मात्र मेरो श्रीमान् रोकिनुभयो। उहाँले क्रूरतापूर्वक भन्नुभयो, “यदि हाम्रो बच्चा नभएको भए, म आज राति तँलाई पिटेरै मार्दिन्थेँ! तँ अझै परमेश्वरमा विश्वास गरिरहने आँट गर्छेस् कि गर्दिनस् भनेर हेर्न म तेरा खुट्टा भाँचिदिन्थेँ!” मेरो श्रीमान्ले यस्तो व्यवहार गर्दा मेरो मनै सिरिङ्ग भयो। मैले यो परिवारको हेरचाह गर्न आफ्नो सम्पूर्ण हृदय लगाउँदै हामी यतिका वर्ष सँगै बसेको कुरा सम्झेँ। तर अहिले, परमेश्वरप्रतिको मेरो विश्वासका कारण, उहाँले मलाई कुट्नुभयो र म मरेको हेर्न चाहनुभयो। यदि मेरो छोराले उहाँलाई रोक्न बिन्ती नगरेको भए, उहाँले मलाई कुन हालतमा छोड्नुहुनेथ्यो, मलाई थाहा छैन। उहाँ साँच्चै आफैँलाई प्रकट गरिरहेको एउटा दियाबलस हुनुहुन्थ्यो। पछि, मेरो श्रीमान्ले आफ्ना भाइबहिनीहरूलाई बोलाउनुभयो। तिनीहरू आए र म ओछ्यानमा पल्टिरहेको देखे। एक शब्द नबोली, तिनीहरूले मलाई ओछ्यानबाट घिसार्दै र धकेल्दै बैठक कोठामा लगे। म सोफामा बसेँ, र मेरो शरीरमा अलिकति पनि तागत थिएन। उहाँकी माइली आमाजूले क्रूरतापूर्वक भनिन्, “तँसँग गर्नका लागि कुनै राम्रो काम छैन? यस्तो राम्रो जीवनलाई एकातिर पन्छाएर कुनै परमेश्वरमा विश्वास गर्ने ढिपी गरेर तँ के सोचिरहेकी थिइस्?!” उहाँकी कान्छी आमाजूले भनिन्, “तँलाई थाहा छ कि सरकारले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई पक्राउ गरिरहेको छ, तैपनि तँ विश्वास गर्छेस्। तैँले मेरो दाजुको पिटाइ पाउनैपर्थ्यो!” उहाँका ज्वाइँ एक छेउमा बसेर, आगोमा घिउ थप्दै थिए, “म त देख्छु, मेरा जेठानले तँलाई कुट्दा धेरै नै नरम व्यवहार गर्नुहुन्छ। मेरी फुपुको पनि तँजस्तै विश्वास छ। उहाँ बाहिर गएपिच्छे, मेरा फुपाजु उहाँलाई पिट्नुहुन्छ। हरेक पटक, उहाँलाई पिटेरै आधा मरेतुल्य बनाउनुहुन्छ।” दस वर्षभन्दा अलि बढी उमेरकी मेरी भतिजीले पनि मतिर औँला देखाउँदै क्रूरतापूर्वक भनी, “आन्टी, तपाईँ कति मूर्ख हुनुहुन्छ। हाम्रो परिवारमा दर्जनौँ मानिस छन्, र हामीमध्ये कसैले पनि यो कुरा विश्वास गर्दैनौँ। तपाईँ मात्र गर्नुहुन्छ!” तिनीहरू सबैले एकपछि अर्को गर्दै मलाई आक्रमण गरेको हेरेर, अनि तिनीहरूका मुखबाट निस्किरहेका शब्दहरू सुनेर, मलाई असह्य दुःख लाग्यो, “मैले परमेश्वरमा विश्वास गरेर कानुन तोडेकी छैनँ, र मैले कुनै गलत काम गरेकी छैनँ। तैपनि तिनीहरू मलाई दुश्मनजस्तो व्यवहार गरिरहेका छन्! ठूला मानिसहरूले मलाई आक्रमण गरेको त म सहन सक्छु, तर यहाँ मेरी भतिजीले मलाई औँला देखाउँदै मेरो आलोचना गरिरहेकी छे!” मलाई असाध्यै लाज लाग्यो, र मेरो इज्जतमा गहिरो चोट पुगेको थियो। म वेदनामा थिएँ, र मैले मनमनै प्रार्थना गरेँ, “प्रिय परमेश्वर, म यो परिस्थितिको सामना गर्न जान्दिनँ। म तपाईँसँग बिन्ती गर्छु, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरू सम्झेँ: “परमेश्वरले देहधारण गरी पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्ष आफैमा सबैभन्दा पीडादायी कुरा थियो, त्यसमाथि उहाँलाई कसैले बुझ्न सकेन। … उहाँले सहने मुख्य कष्ट भनेको चरम रूपमा भ्रष्ट मानवतासँग सँगै जिउनु, सबै किसिमका मानिसहरूबाट उपहास, अपमान, न्याय, र निन्दा सहनु, साथै दुष्ट दियाबलसद्वारा खेदो गरिनु र धार्मिक संसारबाट अस्वीकार र शत्रुता भोग्नु हो। उहाँको हृदयका घाउहरूलाई कसैले पनि निको पार्न सक्दैन। यो एउटा पीडादायी कुरा हो। उहाँले अपार धैर्यका साथ भ्रष्ट मानवजातिलाई मुक्ति दिनुहुन्छ, र उहाँले आफ्ना घाउहरूका बाबजुद मानिसहरूलाई प्रेम गर्नुहुन्छ—यो सबैभन्दा पीडादायी काम हो। मानवताको क्रूरता र प्रतिरोध, निन्दा र बदनाम, झूटा आरोप, सतावट, र तिनीहरूको खेदो र हत्याले परमेश्वरलाई नै ठूलो जोखिम हुनेगरी उहाँको देहलाई यो काम गर्न लगाउँछ। उहाँले सहनुभएको कष्टलाई कसले बुझ्न सक्थ्यो, र उहाँलाई कसले सान्त्वना दिन सक्थ्यो र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। ख्रीष्टको सार प्रेम हो)। परमेश्वरका वचनले मेरो हृदयलाई न्यानो प्रवाहले जस्तै न्यानो बनाए। परमेश्वर निर्दोष हुनुहुन्छ, र मानवजातिलाई मुक्ति दिन पृथ्वीमा देहधारी हुनुभयो। परमेश्वरलाई शासक दलबाट गिरफ्तारी र आधारहीन अफवाहहरू, धार्मिक समुदायबाट निन्दा र इन्कार, अनि संसारका मानिसहरूबाट श्राप र ईश्वरनिन्दाको सिकार बनाइन्छ। परमेश्वर यति धेरै कष्ट सहनुहुन्छ, तैपनि मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ र आफ्नो काम गर्नुहुन्छ। उहाँले हामीलाई दिनुहुने आफ्नो मुक्तिलाई कहिल्यै अलिकति पनि त्याग्नुभएको छैन। यसको विपरीत, म गहन रूपमा भ्रष्ट व्यक्ति हुँ। परमेश्वरमा विश्वास गरेको कारण मेरो परिवारले मलाई तिरस्कार गरेको, कुटेको र सरापेको, र मेरो इज्जत र हैसियतमा केही आँच आएको कारण, मैले त्यो सहन सकिनँ। मलाई लाग्यो, मसँग अगाडि बढ्ने बाटै छैन। म कति कमजोर र असक्षम रहेछु! यसो सोच्दा, म परमेश्वरमा विश्वास गरेको कारण अपमानित हुनुपरेको थियो। यो त धार्मिकताका लागि सताइनु हो। यो महिमित कुरा हो। यो पटक्कै अपमानजनक वा लाजमर्दो कुरा होइन। साथै, तिनीहरूको त्यही सतावट र रोकटोकले नै मलाई परमेश्वर र सत्यतालाई घृणा गर्ने तिनीहरूको सार खुट्ट्याउन मद्दत गरेको थियो। परमेश्वरमा विश्वास गरेर र आफ्नो कर्तव्य निर्वाह गरेर, म मेरो जीवनको सही मार्गमा हिँडिरहेकी छु। म जे गरिरहेकी छु, त्यो मानवजातिमाझ सबैभन्दा न्यायवान् कुरा हो। तिनीहरूले मलाई जति नै रोकटोक गरे पनि वा सताए पनि, मैले अन्त्यसम्म परमेश्वरलाई पछ्याउनैपर्छ। म चुइँक्क पनि नबोलेको देखेर, उहाँका माइला भाइले अझ दुष्ट तरिकाहरू अपनाए। उसले मेरो श्रीमान्लाई भन्यो, “दाजु, हामीले जे भने पनि भाउजू सुन्दै सुन्नुहुन्न। परमेश्वरमा विश्वास गर्दा उहाँलाई सरकारले पक्राउ गर्ने मात्र होइन। यसले गर्दा तपाईँको छोराको विश्वविद्यालयको भर्ना वा जागिरको खोजीमा पनि असर गर्नेछ। उहाँलाई थप केही भन्नुको कुनै अर्थ छैन। एउटा कलम र कागज ल्याउनुहोस् र उहाँलाई परमेश्वरमा विश्वास नगर्ने भनेर एउटा ग्यारेन्टी पत्र लेख्न लगाउनुहोस्।” मैले मनमनै सोचेँ, “मानिसहरूलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हो। मानिसहरूले परमेश्वरमा विश्वास गर्नु र परमेश्वरको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। तपाईँहरू परमेश्वरमा विश्वास गर्नुहुन्न, र तपाईँहरू सिसिपीको पछि लागेर मलाई परमेश्वरमा विश्वास नगर्ने भनी ग्यारेन्टी पत्र लेख्न बाध्य पार्नुहुन्छ। असम्भव!” मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्वर, यी मानिसहरूले मलाई जति नै सताए पनि, म यो कुरा लेख्नुभन्दा मर्न तयार छु। म तपाईँप्रतिको आफ्नो गवाहीमा दृढ रहनेछु र शैतानलाई अपमानित गर्नेछु। म तपाईँसँग बिन्ती गर्छु, कृपया मलाई अझ बढी आस्था र शक्ति दिनुहोस्।” त्यतिन्जेल मध्यरात बितिसकेको थियो, तर तिनीहरूले मलाई छोड्ने कुनै छाँटकाँट देखाएनन्। मैले बुद्धिमानीपूर्वक भनेँ, “भविष्यमा, म घरमै बसेर विश्वासलाई निरन्तरता गर्नेछु। म बाहिर जानेछैनँ।” त्यसपछि मात्र तिनीहरूले मलाई छोडे। मैले केही महिनापछि मलाई मेरै माइती पक्षले सताउनेछ, घेरा हाल्नेछ र आक्रमण गर्नेछ भनेर कहिल्यै अपेक्षा गरेकी थिइनँ।
फेब्रुअरी २०१४ को एक दिन, म आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर निस्कने तयारी गर्दै थिएँ। म बाहिर निस्कन मात्र के लागेकी थिएँ, मेरो श्रीमान्ले मेरो कठालो समात्नुभयो र मलाई भुइँमा पछार्नुभयो। उहाँले क्रूरतापूर्वक भन्नुभयो, “आज तँ कहीँ जाँदिनस्। हामी सम्बन्धविच्छेद गर्न नागरिक मामिला ब्युरोमा जाँदैछौँ!” मेरो श्रीमान्ले सम्बन्धविच्छेद गर्न चाहेको भनी सुनेपछि, मैले मनमनै सोचेँ, “मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि अहिलेसम्म, तपाईँले मलाई निरन्तर सताउनुभएको छ र रोकटोक गर्नुभएको छ। म मण्डली जीवन जिउन असमर्थ भएकी मात्र छैनँ, मैले आफ्नो कर्तव्य पनि निर्वाह गर्न सकेकी छैनँ। मसँग आत्मिक भक्तिका लागि वा परमेश्वरका वचन खान-पिउनका लागि कुनै अवसरसमेत छैन। यदि हामीले सम्बन्धविच्छेद गरेनौँ भने, मैले परमेश्वरमा विश्वास गर्न र राम्ररी परमेश्वरलाई पछ्याउन सक्नेछैनँ।” त्यसैले मैले भनेँ, “यदि तपाईँ सम्बन्धविच्छेद गर्न चाहनुहुन्छ भने, सम्बन्धविच्छेद नै गरौँ। नागरिक मामिला ब्युरोमा जाऔँ।” त्यसपछि हामी नागरिक मामिला ब्युरोमा पुग्यौँ, तर हामीले सम्बन्धविच्छेद गर्न सकेनौँ किनभने हामीले हाम्रो घरायसी दर्ता पुस्तिका नवीकरण गर्नुपर्नेथ्यो। त्यो दिउँसो, मेरो श्रीमान्ले मेरा माइती पक्षका केही दाजुभाइ र दिदीबहिनीलाई फोन गरेर घर बोलाउनुभयो। उहाँले भन्नुभयो, “म आजै ऊसँग सम्बन्धविच्छेद गर्न चाहन्छु किनभने राज्यले उसको परमेश्वरप्रतिको विश्वासको विरोध गर्छ। ऊ पक्राउ पर्ने जोखिममा मात्र छैन, म र हाम्रा छोराछोरी पनि यसमा मुछिन सक्छौँ। मैले जे भने पनि, उसले सुन्दै सुनिन; ऊ केवल विश्वास गर्न चाहन्छे। आज, तिमीहरूले उसलाई अबदेखि परमेश्वरमा विश्वास गर्न छोड्न र घरमै सामान्य जीवन बिताउन मनाउने प्रयास गर्छौ कि भनेर मैले तिमीहरूलाई यहाँ बोलाएको हुँ। म उसलाई दुईवटा विकल्प दिँदैछु: पहिलो, परमेश्वरप्रतिको उसको विश्वास त्याग्ने र घरमै राम्रो सामान्य जीवन बिताउने। म बितेका कुराहरू बिर्सिदिनेछु, र सामान्य रूपमै पैसा कमाउन बाहिर जानेछु। दोस्रो, यदि उसले परमेश्वरमा विश्वास गर्न जारी राखी भने, हामी सम्बन्धविच्छेद गर्नेछौँ र म हाम्रा छोराछोरीलाई जिम्मा आफैसँग राख्नेछु। यो घर हाम्रा छोराछोरीको हुनेछ, र घरमा भएका सबै कुरा हाम्रा छोराछोरीको हुनेछ। ऊ परिवारबाट बाहिरिनेछे र उसको नाममा केही पनि हुनेछैन।” मेरो दाजुले यो सुनेपछि, उहाँले मलाई कराउनुभयो, “हाम्रा आमाबुबा बितिसक्नुभयो, र दाजुको कुरालाई बुबाको जस्तै मानेर मान्नुपर्छ। म जे भन्छु, तैँले त्यही गर्नुपर्छ! परमेश्वरप्रतिको तेरो विश्वास जति नै राम्रो भए पनि, यदि राज्यको नीतिले अनुमति दिँदैन भने तैँले विश्वास गर्नु हुँदैन। राज्यले अनुमति नदिएसम्म पर्खी अनि मात्र विश्वास गर्!” मेरो साहिँलो भाइले भन्यो, “दिदी, तपाईँलाई सरकारले परमेश्वरमा विश्वास गर्नेहरूलाई पक्राउ गर्छ भन्ने थाहा छ, तैपनि तपाईँ विश्वास गर्नुहुन्छ। के तपाईँ आफैँ सिंहको मुखमा टाउको हालिरहनुभएको छैन र?” मैले दृढतापूर्वक भनेँ, “म परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्न दृढ छु। तिमीहरूले जे भने पनि बेकार छ! मैले यतिका वर्ष येशूलाई विश्वास गरेँ, र लामो तथा कठिन पर्खाइपछि अन्ततः प्रभुको पुनरागमन देखेँ। तिमीहरूले मलाई परमेश्वरलाई धोका दिन लगाउनु असम्भव छ!” रिसले चुर हुँदै, मेरो श्रीमान्ले हुँदै भन्नुभयो, “तँलाई कसैले पनि सम्झाउन नसक्ने हुनाले, जाऔँ र सम्बन्धविच्छेद गरौँ!” मेरो श्रीमान्ले मसँग सम्बन्धविच्छेद गर्न लाग्नुभएको देखेर, मेरा दाजुभाइ र दिदीबहिनीहरू चिन्तित भए। मेरी बहिनीले एक छेउमा रुँदै यसो भनी, “यो एक समय मिलेको परिवार थियो र अहिले यो टुक्रिन लागेको छ। तपाईँले परमेश्वरमा विश्वास गर्नुको के अर्थ छ र?” मेरा अरू सबै आफन्तहरू एकपछि अर्को गरेर भटट बोल्दै, मलाई घरमै राम्रो सामान्य जीवन बिताउन मनाउने प्रयास गरिरहेका थिए। तिनीहरूको कुरा सुन्दा मलाई हृदयमा धेरै खिन्न लाग्यो। मैले मनमनै परमेश्वरलाई पुकारेँ, “प्रिय परमेश्वर, मलाई यी सबै आफन्तले रोकटोक गरिरहेका छन्, र मेरो हृदय खलबलिएको छ। मलाई के गर्ने थाहा छैन। हे परमेश्वर, मलाई अन्तर्दृष्टि दिनुहोओस् र मार्गदर्शन गर्नुहोओस्।” मैले परमेश्वरका वचनहरू सम्झेँ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनले ममा अचानक अन्तर्दृष्टि ल्याइदिए। मेरो श्रीमान् र मेरो परिवारले परमेश्वरप्रतिको मेरो विश्वासलाई त्यसरी सताउनु र रोकटोक गर्नुको पछाडि शैतानका युक्तिहरू थिए। मैले शैतानले अय्यूबलाई दुर्व्यवहार गरेको कुरा सम्झेँ। बाहिरबाट हेर्दा, अय्यूबका सबै सम्पत्ति लुटिएको र घर भत्किएर उनका छोराछोरीको मृत्यु भएको जस्तो देखिन्थ्यो। तर वास्तवमा यो शैतानले परमेश्वरको अघि अय्यूबमाथि आरोप लगाइरहेको थियो। त्यसबेला अय्यूबलाई भित्री कुरा थाहा नभए पनि, तिनले परमेश्वरबारे गुनासो गरेनन्। तिनले यसो समेत भने, “अनि तिनले भने, म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। जब अय्यूब परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहे, तब शैतान पूर्ण रूपमा अपमानित भयो र गयो। परमेश्वरको हृदयले पनि सान्त्वना पायो। अब मैले एक सृजित प्राणीका रूपमा, शैतानका बाधा र आक्रमणहरू ममाथि आइपर्दा, म परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहनुपर्छ र शैतानलाई अपमानित गर्नुपर्छ भन्ने बुझेँ। यो परिवारले मलाई परमेश्वरमा विश्वास गर्न दिएको थिएन, र यदि म यहाँ अझै बसेँ भने, मैले सत्यता प्राप्त गर्ने र मुक्ति पाउने अवसर गुमाउनेथिएँ। यो कुरा सोचेपछि, मैले तिनीहरूलाई भनेँ, “हामी सम्बन्धविच्छेद गर्दैछौँ!” म आफ्नो कुरा सकेर उठ्न मात्र के लागेकी थिएँ, मेरो साहिँलो भाइले मेरो गालामा जोडले थप्पड हान्यो र मलाई लात्तीले हान्यो। उसले रुँदै भन्यो, “दिदी, तपाईँ साँच्चै बहुलाउनुभयो! हामी सबैले तपाईँलाई मनाउने प्रयास गरिरहेका छौँ, र तपाईँले भने एक शब्द सुन्नुभएको छैन!” मेरी कान्छी छोरीले रुँदै भनी, “ममी, बाबासँग सम्बन्धविच्छेद नगरिदिनुहोस्। सम्बन्धविच्छेद गरेपछि तपाईँ के गर्नुहुन्छ? हामी के गर्ने?” यो सुन्दा, मलाई यो शैतानको एउटा युक्ति हो, र शैतानले मलाई प्रलोभनमा पार्न फेरि एकपटक स्नेहको प्रयोग गरिरहेको छ भन्ने थाहा थियो। मैले केही बेर सोचेँ, र शान्तपूर्वक भनेँ, “मेरो चिन्ता नगर। मैले आफ्नै बाटो रोजेँ।” त्यसपछि मैले मेरी छोरीहरूलाई भनेँ, “तिम्रा बाबाले तिम्रो भाइको हेरचाह गर्नुहुनेछ। तिमीहरू दुवै ठूला भइसकेका छौ र तिमीहरूका आफ्नै परिवार छन्: तिमीहरू आफैँ आफ्नो हेरचाह गर्न सक्छौ।” आफ्नो कुरा सकेपछि, म तल गएँ।
नागरिक मामिला ब्युरोमा जाँदै गर्दा, मेरो श्रीमान्ले सम्बन्धविच्छेदको सम्झौता पत्र निकाल्नुभयो र मलाई हस्ताक्षर गर्न भन्नुभयो। उहाँले मलाई म के चाहन्छु भनेर पनि सोध्नुभयो। मैले मलाई केही पनि चाहिँदैन भनेँ, र सम्झौता पत्रमा हस्ताक्षर गरेँ। हस्ताक्षर गरिसक्नेबित्तिकै, मेरो हृदयले ठूलो स्वतन्त्रता पाएको महसुस गर्यो। गाडी नागरिक मामिला ब्युरोमा पुग्न नपाउँदै, मैले भर्खरै मलाई दबाब दिइरहेको सम्पूर्ण परिवार ढोका बाहिर उभिरहेको देखेँ। हामी गाडीबाट बाहिर निस्केपछि, तिनीहरू हामीलाई रोक्न दौडिएर आए। मेरी जेठी छोरीले मेरो मन बहलाउन मलाई मेरी बहिनीको घर लैजान चाहेको कुरा बताई। मेरो ज्वाइँले मेरो श्रीमान्लाई उहाँले रक्सी पिउन बाहिर लैजान लागेको भनेर भन्नुभयो। सम्बन्धविच्छेदको सङ्कट यसरी नै अन्त्य भयो। त्यसपछि, मेरो श्रीमान्ले फेरि कहिल्यै सम्बन्धविच्छेदको कुरा निकाल्नुभएन, र मलाई परमेश्वरमा विश्वास नगर्ने भनेर ग्यारेन्टी पत्र लेख्न फेरि कहिल्यै भन्नुभएन। मैले देखेँ, जब म आफ्नो साँचो हृदयले परमेश्वरमा भर परेँ र आफ्नो गवाहीमा दृढ रहेँ, तब शैतान अपमानित भयो र असफल भयो।
एकपटक, मैले आफ्नो आत्मिक भक्तिको दौरान परमेश्वरका वचनहरू पढेँ, जसले मलाई मेरो श्रीमान्को सारलाई अझ राम्ररी खुट्ट्याउन मद्दत गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “पति आफ्नी पत्नीलाई किन प्रेम गर्छ? पत्नी आफ्नो पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठ हुन्छन्? बुबाआमा किन आफ्ना छोराछोरीहरूको यति धेरै ख्याल राख्छन्? मानिसहरूको सबै मनसाय केप्रति लक्षित हुन्छन्? के यो सबै उनीहरूका आफ्नै योजना र स्वार्थी चाहनाहरू सन्तुष्ट पार्नप्रति लक्षित हुँदैनन् र? के उनीहरूको आशय साँच्चै परमेश्वरको व्यवस्थापनको योजनाका खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्वरको कामका खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको आशय सृजित प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त? … विश्वासी पति र गैरविश्वासी पत्नीबीच वस्तुतः कुनै सम्बन्ध हुँदैन, र विश्वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू मिल्दैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूसँग दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। मैले परमेश्वरको नयाँ काम स्वीकार गर्नुअघि, मेरो श्रीमान्ले मैले उहाँका लागि छोराछोरी र घरको हेरचाह गरुँ, र उहाँलाई घरको कुनै चिन्ता नहोस् भनी मलाई राम्रो व्यवहार गर्ने गरेको कुरा सम्झेँ। सरकारले अनुमति नदिँदा नदिँदै पनि मैले परमेश्वरमा विश्वास गर्दा, उहाँलाई म कुनै दिन पक्राउ परेँ भने, उहाँको इज्जत र स्वार्थमा धक्का लाग्नेछ, र हाम्रो छोराको हेरचाह गर्ने कोही हुनेछैन भन्ने चिन्ता लाग्यो। त्यसैले, उहाँले मलाई सताउन र मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्ने प्रयास गर्न सबै प्रकारका छल र युक्ति प्रयोग गर्नुभयो। सुरुमा, उहाँले मलाई फकाउन र लोभ्याउन मीठा कुराहरू प्रयोग गर्नुभयो। यसले काम नगरेपछि, उहाँले गालीगलौज गर्न र कुट्न थाल्नुभायो उहाँ मलाई पिटेरै मार्न उत्सुक हुनुहुन्थ्यो जस्तो देखिन्थ्यो। उहाँले मलाई परमेश्वरलाई धोका दिने ग्यारेन्टी पत्र लेख्न बाध्य पार्न आफ्ना आफन्तहरूसँग समेत मिलेमतो गर्नुभयो, र मैले त्यो नलेखेमा मसँग सम्बन्धविच्छेद गर्ने भनेर भन्नुभयो। मेरो श्रीमान्ले मेरो परमेश्वरप्रतिको विश्वासमा रोकटोक गर्न कुनै कसर बाँकी राख्नुभएन र आफ्नो दिमाग खियाउनुभयो। परमेश्वरले खुलासा गर्नुभएझैँ, मानिसहरूबीच कुनै पारिवारिक भावना हुँदैन, केवल स्वार्थको सम्बन्ध हुन्छ। मेरो श्रीमान् मलाई साँचो रूपमा राम्रो व्यवहार गरिरहनुभएको थिएन। केवल परमेश्वर मानिसहरूलाई साँचो प्रेम र निःस्वार्थ मुक्ति दिनुहुन्छ। अब मसँग सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउने अझ बढी आस्था र अझ ठूलो इच्छा थियो।
त्यसपछि, म भेलाहरूमा जान वा मेरो कर्तव्य निर्वाह गर्न घरबाट बाहिर निस्कँदा मेरो श्रीमान्को बन्धनमा पर्न छोडेँ। मेरो श्रीमान्ले मलाई साँच्चै रोकटोक सकिँदैन भन्ने बुझ्नुभयो, र त्यसैले उहाँले हस्तक्षेप गर्न छोड्नुभयो। मेरा आफन्तहरूले पनि परमेश्वरमा विश्वास गर्नेसम्बन्धी कुनै पनि कुरा निकाल्न छोडे। मलाई मेरो परिवारको अन्धकारमय प्रभावलाई पछाडि छोड्न मार्गदर्शन गर्ने सर्वशक्तिमान् परमेश्वरका वचनहरू नै थिए। मलाई अब मेरो श्रीमान्ले रोकटोक गर्नुहुन्न र बाधा पुर्याउनुहुन्न, र म आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्छु। परमेश्वरलाई धन्यवाद!