७४. म स्थिरतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएकी छु
मैले मण्डलीमा विद्युतीय उपकरणहरू मर्मत गर्न थालेको दुई वर्षभन्दा बढी भइसक्यो। पहिलो पटक यो कर्तव्य सम्हाल्दा, मलाई यो निकै चुनौतीपूर्ण लाग्यो किनभने मैले केही नयाँ व्यावसायिक सीप र प्रविधि सिक्नुपरेको थियो। म यसको अनुसन्धानमा समय र ऊर्जा लगाउन इच्छुक थिएँ अनि कष्ट भोग्न वा मूल्य चुकाउन डराउँदिनथेँ। मेरो वरिपरिका ब्रदर-सिस्टरहरू मैले आफ्नो कर्तव्य निर्वाह गर्दा बोझ उठाएकी छु भनी मूल्याङ्कन गर्थे। यो सुन्दा म निकै खुसी हुन्थेँ। तर, मैले यो कर्तव्य निर्वाह गरेको समय लम्बिँदै जाँदा, मैले प्राविधिक सीपहरू केही हदसम्म सिक्न सकेँ, र काम निकै सहज रूपमा अघि बढ्यो। त्यसैले मलाई यो कर्तव्य साधारण र नीरस लाग्न थाल्यो। दिनभरि दोहोरिरहने काम र प्रक्रियाहरू सामना गर्नु परेर, मैले मनमनै सोचेँ, “के म सधैँभरि यसरी नै चलिरहनुपर्नेछ? यो त अति नै नीरस छ! मैले प्राविधिक पक्ष काम चलाउन पुग्ने जति सिकिसकेकी छु। म आफूले सामना गर्ने धेरैजसो समस्या समाधान गर्न जान्दछु, त्यसैले कुनै ठूला कठिनाइहरू छैनन्। यसरी नै चलिरहनु त एकदमै पट्यारलाग्दो हुन्छ! मैले अर्को कर्तव्य निर्वाह गर्न पाएकी र नयाँ वातावरणमा सर्न पाएकोकी भए बेस हुन्थ्यो। म केही ताजा मानिस, घटना र कामकुराहरूको सम्पर्कमा आउनेथिएँ, सायद त्यसपछि म आफ्नो कर्तव्य निर्वाह गर्न ऊर्जाले भरिपूर्ण हुनेथिएँ। म व्यावसायिक सीपहरूसँग परिचित नभए पनि, ती शून्यबाटै सिक्न सक्छु—त्यो त ठिकै हुनेथ्यो।” म आफ्ना विचारहरूबारे छलफल गर्न सुपरिवेक्षकलाई भेट्न चाहन्थेँ। तर त्यसपछि मैले लामो समयदेखि यो कर्तव्य निर्वाह गर्दै आएको, र तत्काल मेरो कर्तव्य सम्हाल्न कुनै उपयुक्त व्यक्ति भेट्टाउन नसकिने कुरा सम्झेँ, मैले केही भनिनँ। तर, केही नभनेर, मेरो हृदयले अझै पनि दबिएको र हताश महसुस गरिरहन्थ्यो। हरेक दिन, म उपकरण मर्मत गर्ने काममा झारा मात्र टार्थेँ। म आफूले गर्ने कुनै पनि काममा गम्भीर वा होसियार हुँदिनथेँ, र दिनहरू त्यत्तिकै खेर फाल्थेँ।
म आफ्नो कर्तव्य निर्वाह गर्दा ध्यान नदिने हुनाले, मैले मर्मत गरेका उपकरणहरूमा बारम्बार समस्याहरू आउँथे, र कहिलेकाहीँ तिनलाई पटक-पटक मर्मत गर्नुपर्थ्यो। तीन दिन लाग्नुपर्ने कम्प्युटर मर्मतको काम लम्बिएर पाँच दिन वा त्योभन्दा बढी समय लाग्थ्यो, जसले गर्दा ब्रदर-सिस्टरहरूलाई त्यो प्रयोग गर्नमा ढिलाइ हुन्थ्यो। एकपटक, मैले एउटा कम्प्युटर हातमा लिएँ, र यो त सामान्य समस्या रहेछ भन्ने देखेपछि, मलाई वाक्क लाग्यो, अनि जसोतसो काम सक्नका लागि मैले लापरवाहीपूर्वक मर्मत गरेँ। पछि, मेरा सहकर्मी ब्रदरले जाँच गर्दा कम्प्युटरमा अझै पनि खराबी रहेको कुरा पत्ता लगाए, र त्यसलाई खोलेर फेरि मर्मत गर्नुपर्ने भयो। अर्को पटक, सुपरिवेक्षकले मलाई ऊ मिङ र झेङ याङ नामका दुई जना नयाँ ब्रदरलाई उपकरण कसरी मर्मत गर्ने भनेर सिकाउन भन्नुभयो। मैले सामान्य गल्तीहरूलाई कसरी सम्हाल्ने भनेर छोटकरीमा मात्र बताएँ, अनि ती दुई ब्रदरलाई आफैँ मर्मत गर्ने प्रशिक्षण गर्न लगाएँ। केही दिन बिते तर उपकरण अझै मर्मत गरिएको थिएन, त्यसैले म यसबारे सोधपुछ गर्न र के भइरहेको छ भनी पत्ता लगाउन गएँ। ऊ मिङले त्यो मर्मत भइरहेको छ भनेर भने। मैले मनमनै सोचेँ, “यस्ता उपकरण मर्मत गर्न रत्तिभर पनि गाह्रो छैन। यो अझै किन मर्मत भएको छैन? होस्। उनीहरू गर्दैछन् भने ठिकै छ।” थप केही दिनपछि पनि उनीहरूले त्यो मर्मत गरेका थिएनन्, तर मैले उनीहरूलाई काम छिटो गर्न आग्रह मात्र गरेँ, र वास्तवमा उनीहरूका कठिनाइ वा मर्मतको अवस्थाबारे पत्ता सोधखोज गरिनँ। अर्को दुई दिन बितेपछि मात्र मैले के थाहा पाएँ भने, उनीहरूले मुख्य चरण नै सिकेका रहेनछन्, त्यसैले उनीहरूले अलिकति पनि प्रगति गरेका रहेनछन्। आफ्नो कर्तव्यमा लगातार समस्याहरू आइरहेको, जसले प्रगतिमा रोकावट ल्याइरहेको, र त्यसको परिणामस्वरूप सबैले दुःख पाइरहेको देख्दा, मेरो हृदयमा आत्मग्लानि महसुस भयो। मैले आफ्नो कर्तव्य झाराटारुवा तरिकाले निर्वाह गरेका कारण यस्तो भएको हो भन्ने बुझेँ, त्यसैले मैले आफ्नो स्थिति समाधान गर्न परमेश्वरका वचनहरू खोजेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “झाराटारुवा हुन मन पराउने मानिसहरूमा विवेक र समझ हुँदैन, तिनीहरूको मानवता कमजोर हुन्छ, तिनीहरू भरोसायोग्य हुँदैनन्, र तिनीहरू फिटिक्कै भरपर्दा हुँदैनन्। के पवित्र आत्माले त्यस्ता मानिसहरूमाथि काम गर्नुहुनेछ? कदापि गर्नुहुनेछैन। त्यसैले, आफ्ना कर्तव्यमा झाराटारुवा हुन रुचाउने मानिसहरू परमेश्वरद्वारा कहिल्यै सिद्ध पारिनेछैनन्, र तिनीहरू उहाँद्वारा कहिल्यै प्रयोग गरिनेछैनन्। जो झाराटारुवा हुन रुचाउने मानिसहरू सबै छली, दुष्ट मनसायले भरिएका हुन्छन्, र तिनीहरूमा विवेक र समझ बिलकुलै हुँदैन। तिनीहरू सिद्धान्त वा सीमाहरूविना कार्य गर्छन्; तिनीहरू आफ्नै रुचिअनुसार कार्य गर्छन्, र हरप्रकारका खराब कुराहरू गर्न सक्षम हुन्छन्। तिनीहरूका सबै कार्यहरू तिनीहरूको मुडमै आधारित हुन्छन्। यदि तिनीहरू राम्रो मुडमा छन् र प्रसन्न छन् भने, तिनीहरूले अलि राम्रो गर्छन्। यदि तिनीहरू खराब मुडमा छन् र बेखुसी छन् भने, तिनीहरू झाराटारुवा हुन्छन्। यदि तिनीहरू रिसाएका छन् भने, तिनीहरूले मनमौजी र असावधान हुन र महत्त्वपूर्ण मामिलाहरूमा ढिलाइ गर्न सक्छन्। तिनीहरूका हृदयमा परमेश्वर बिलकुलै हुनुहुन्न। तिनीहरू यतिकै मृत्यु पर्खेरै दिन कटाउँछन्। … हृदयहीन मानिसहरूको व्यवहारमा कुनै सीमा हुँदैन; तिनीहरूलाई केही कुराले नियन्त्रण गर्न सक्दैन। के यस्ता मानिसहरूले विवेकका आधारमा मामिलाहरू सम्हाल्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? (तिनीहरूमा विवेकको मानक हुँदैन, न त तिनीहरूमा मानवता वा सीमा नै हुन्छ।) ठिक भनिस्। तिनीहरूको व्यवहारमा विवेकको मानक हुँदैन; तिनीहरू आफ्ना प्राथमिकताका आधारमा कार्य गर्छन्, आफ्नो मुडअनुसार आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले आफ्ना कर्तव्यमा प्राप्त गर्ने नतिजाहरू राम्रा वा नराम्रा हुने कुरा तिनीहरूको मुडमै भर पर्छ। तिनीहरूको मुड राम्रो छ भने, नतिजाहरू राम्रा हुन्छन्, तर मुड खराब छ भने, नतिजाहरू खराब हुन्छन्। के व्यक्तिले यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा त्यो मानकअनुरूपको हुने सम्भावना हुन्छ? तिनीहरू सत्यता सिद्धान्तहरूका आधारमा नभई तिनीहरूको मुडका आधारमा आफ्ना कर्तव्यहरू निभाउँछन्; यसर्थ, तिनीहरूका लागि सत्यतालाई व्यवहारमा लागू गर्नु र परमेश्वरको अनुमोदन प्राप्त गर्नु अत्यन्तै कठिन हुन्छ। शारीरिक प्राथमिकताका आधारमा कार्य गर्नेहरूले बिलकुलै सत्यतालाई व्यवहारमा लागू गर्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो)। “धेरै मानिसहरू झारटारुवा तरिकाले कर्तव्य निभाउँछन्, तिनीहरू कहिल्यै त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्, यस्तो लाग्छ मानौँ तिनीहरू गैरविश्वासीहरूको लागि काम गरिरहेका छन्। सबैथोक एक मजाक हो जस्तो गर्दै, तिनीहरू कच्चा, सतही, उदासीन र लापरवाही ढङ्गले काम गर्छन्। यस्तो किन हुन्छ? तिनीहरू श्रम गरिरहेका गैरविश्वासीहरू हुन्; तिनीहरू कर्तव्य निभाइरहेका अविश्वासीहरू हुन्। यस्ता मानिसहरू अत्यन्तै फटाहा हुन्छन्; तिनीहरू छाडा र अनियन्त्रित हुन्छन्, र तिनीहरू गैरविश्वासीहरूभन्दा कति पनि फरक हुँदैनन्। तिनीहरू आफ्नै लागि काम गर्दाचाहिँ, निश्चय नै झाराटारूवा हुँदैनन्, तर कर्तव्य पालना गर्ने कुरामा चाहिँ तिनीहरू किन अलिकति पनि उत्साही वा परिश्रमी हुँदैनन्? तिनीहरूले जे गरे पनि, तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, त्यसमा खेलाँचीपन र बदमासी हुन्छ। यस्ता मानिसहरू सधैँ झाराटारुवा हुन्छन् र तिनीहरूभित्र कपट लुकेको हुन्छ। के यस्ता मानिसहरूसँग मानवता हुन्छ? तिनीहरूसँग निश्चय नै कुनै मानवता हुँदैन; न त तिनीहरूसँग अलिकति पनि विवेक वा समझ नै हुन्छ। छाडा गधा वा छाडा घोडाजस्तै तिनीहरूलाई पनि निरन्तरको व्यवस्थापन र रेखदेख चाहिन्छ। तिनीहरू परमेश्वरको घरमाथि छल र कपट गर्छन्। के यसको मतलब तिनीहरूमा उहाँप्रति साँचो विश्वास छ भन्ने हो त? के तिनीहरू उहाँको लागि आफैलाई खर्चिरहेका छन् त? तिनीहरू निश्चय नै मापदण्डभन्दा तल हुन्छन् र तिनीहरू श्रम गर्न पनि योग्य हुँदैनन्। यस्ता मानिसहरूलाई अरू कसैले काममा लगाएको भए, तिनीहरू केही दिनमै निकालिनेथिए। परमेश्वरको घरमा तिनीहरूलाई श्रमिक र भाडाका कामदार भन्नु पूर्णतः सही हुन्छ, र तिनीहरूलाई हटाउन मात्र सकिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, मण्डलीका हित वा आफ्नै जिम्मेवारीलाई ख्याल नगरी कर्तव्य निर्वाह गर्ने, र निरन्तर आफ्नै चाहनाहरू पछ्याउने, आफ्नै प्राथमिकताहरूअनुसार चल्ने, र जे मन लाग्यो त्यही गर्ने व्यक्ति, मानवताविहीन हुन्छ। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो हालैको कार्यसम्पादन ठ्याक्कै यस्तै रहेकोबारे विचार गरेँ। लामो समयसम्म यो कर्तव्य निर्वाह गरिसकेपछि, म केही प्रविधि र व्यावसायिक सीपमा पोख्त भइसकेकी थिएँ, र आफ्नो कर्तव्य अब उप्रान्त ताजा वा चुनौतीपूर्ण नरहेको महसुस गरेकी थिएँ। त्यसैले मैले आफ्नो कर्तव्य निर्वाह गर्दा लापरवाही गर्न थालेकी थिएँ, र सम्भव भएसम्म झाराटारुवा तरिकाले काम गरेकी थिएँ। मैले उपकरण मर्मत गर्दा ध्यान दिएकी थिइनँ र स्पष्ट देखिने खराबीहरू छुटाएकी थिएँ, जसले गर्दा फेरि काम गर्नुपर्थ्यो, र प्रगतिमा ढिलाइ हुन्थ्यो। ऊ मिङ र झेङ याङले भर्खरै यो कर्तव्य निर्वाह गर्ने प्रशिक्षण लिन सुरु गरेका थिए, र उनीहरूले जतिसक्दो चाँडो मर्मतका तरिकाहरूसँग आफूलाई परिचित बनाउन सकून् भनेर उनीहरूसँग अझ बढी कुराकानी र अनुगमन गर्न आवश्यक थियो। तर, मैले बोझ बोकेकी थिइनँ र उनीहरूलाई विस्तृत रूपमा मार्गदर्शन गरेकी थिइनँ। फलस्वरूप, उनीहरूले व्यावसायिक सीपहरूमा सुस्त प्रगति गरेका थिए, र मर्मतको काममा ढिलाइ भएको थियो। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्ना व्यक्तिगत प्राथमिकताहरू धेरै नै हावी भएका थिए, र मण्डलीका हितहरूको रक्षा गर्नेबारे रत्तिभर पनि सोचेकी थिइनँ। म झाराटारुवा र लापरवाह भएकी थिएँ र आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नै चाहनाहरू पछ्याएकी थिएँ। ममा साँच्चै मानवताको निकै कमी थियो, र म पूर्ण रूपमा अविश्वसनीय थिएँ! मैले परमेश्वरका वचनहरू सम्झेँ: “आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुनु एक प्रमुख वर्जित कुरा हो। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झारा टार्छस् भने, तैँले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न असम्भव छ। यदि तँ अर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छस् भने, तैँले सबैभन्दा पहिले झाराटारुवा हुने आफ्नो समस्यालाई सुल्झाउनुपर्छ। तैँले यस अवस्थाका प्रकटीकरणहरू देख्नेबित्तिकै त्यसलाई सच्याउन कदम चाल्नुपर्छ। यदि तँ अन्योलमा परेको छस्, कहिल्यै समस्याहरू देख्न सक्दैनस्, सधैँ प्रक्रिया मात्र पूरा गर्छस्, र झाराटारुवा शैलीमा काम गर्छस् भने, तैँले राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्न सम्भव हुनेछैन। त्यसकारण, तैँले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउनैपर्छ। मानिसहरूले मुस्किलले आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर पाउँछन्! जब परमेश्वरले तिनीहरूलाई यो मौका दिनुहुन्छ, तैपनि तिनीहरूले यसलाई पक्रँदैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्वरको कामले कसैलाई पनि पर्खँदैन, न त आफ्नो कर्तव्य निर्वाह गर्ने मौकाले नै पर्खन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्वरका वचनहरूबाट मैले के महसुस गरेँ भने, परमेश्वर मानिसहरूलाई कर्तव्य निर्वाह गर्न सीमित अवसरहरू दिनुहुन्छ। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा व्यक्तिगत प्राथमिकताहरूअनुसार चलेर र झाराटारुवा तरिकाले त्यसो गरेर काममा ढिलाइ गराइसकेकी थिएँ। मैले पश्चात्ताप गर्ने विचार नगरी यसरी नै आफ्ना चाहनाहरू पछ्याइरहेकी भए, अन्तमा मैले पक्कै पनि कर्तव्य निर्वाह गर्ने मौका गुमाउनेथिएँ! म यसरी नै लागिरहन चाहन्नथेँ। त्यसपछि मैले पश्चात्ताप गर्दै परमेश्वरलाई प्रार्थना गरेँ र आफ्नो कर्तव्यमा गम्भीर र होसियार हुन थालेँ। मैले ध्यानपूर्वक उपकरण मर्मत गरेँ, र साथसाथै, मैले ऊ मिङ र झेङ याङलाई उनीहरूका विधिहरूको सम्बन्धमा सूक्ष्म रूपले मार्गदर्शन गरेँ। यसरी अभ्यास गरेर, मेरो स्थिति पहिलेभन्दा धेरै राम्रो भयो, मर्मतमा कम समस्याहरू देखा परे, र कर्तव्य निर्वाह गर्नु पट्यारलाग्दो र नीरस छ भन्ने भावनामा पनि धेरै कमी आयो।
त्यसपछि, मैले आत्मचिन्तन गरेँ: लामो समयदेखि एउटा कर्तव्य निर्वाह गर्दै आएपछि, मैले किन नीरसता र पट्यार देखाएँ अनि झाराटारुवा हुन थालेँ? केही दिनपछि, मैले परमेश्वरका वचनहरू पढेँ: “यदि हामीले उत्तेजनाको आनन्द लिनु भ्रष्ट स्वभाव हो भनेर भन्छौँ भने, यो कस्तो भ्रष्ट स्वभाव हो? यो अहङ्कार हो, छल हो कि क्रूरता हो? (यीमध्ये कुनै पनि होइन।) यो कुनै पनि प्रकारको भ्रष्ट स्वभावसँग सम्बन्धित छैन। त्यसोभए यो कस्तो समस्या हो? (यो मानवताको समस्या हो।) यो मानवताको कस्तो प्रकारको समस्या हो? के यो अलिक हदभन्दा बाहिर जानु हो? (हो।) यो अनुचित र हदभन्दा बाहिरको तरिकामा व्यवहार गर्नु, उत्तेजनाको आनन्द लिनु, र चञ्चल हुनु हो। चञ्चलताले सामान्य मानवताको कमीलाई सङ्केत गर्छ। यो विवेकसँग सम्बन्धित हुँदैन बरु यसले मुख्य रूपमा सामान्य मानवताको चेतनाको कमीलाई प्रतिबिम्बित गर्छ। त्यस्ता मानिसहरू एउटा कार्यमा लागिरहन सक्दैनन् वा नियम पालना गर्दै र कर्तव्यनिष्ठाको साथ आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। तिनीहरूले वयस्कहरूले जसरी काम गर्न सक्दैनन्; तिनीहरूमा परिपक्व सोचाइ, व्यक्तिगत आचरणको परिपक्व शैली, र काम गर्ने परिपक्व तरिकाको अभाव हुन्छ। कम्तीमा पनि, यो तिनीहरूको मानवताको खराबी हो। अवश्य नै, यो तिनीहरूको चरित्रको समस्या बन्ने स्तरमा पुग्दैन बरु तिनीहरूले आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्ने मनोवृत्तिसँग सम्बन्धित हुन्छ। नवीनता र उत्तेजनाहरूको आनन्द लिनु, तिनीहरूले जे गरे पनि त्यसमा अस्थिर हुनु, धैर्यता कायम राख्न नसक्नु, चञ्चल र अनुचित हुनु, र सधैँ उत्तेजना खोजी गर्न र नयाँ सुन्दर कुराहरू प्रयोग गर्न चाहनु—यस्ता समस्याहरू मानवताको खराबीभित्र पर्छन्। उत्तेजनाका आनन्द लिने मानिसहरूमा सामान्य मानवताको चेतनाको कमी हुन्छ; तिनीहरूलाई वयस्कहरूले वहन गर्नुपर्ने जिम्मेवारी र काम वहन गर्न सजिलो हुँदैन। तिनीहरूले जुनसुकै कार्य गरे पनि, तिनीहरूले लामो समयसम्म काम गरे र यसले यसको नवीनता गुमायो भने, तिनीहरूलाई यो काम न्यास्रोलाग्दो लाग्छ, तिनीहरू त्यो गर्नमा रुचि गुमाउँछन्, र नवीनता र उत्तेजना बोधको खोजी गर्न चाहन्छन्। कुनै उत्तेजनाविना, तिनीहरूलाई परिस्थितिहरू सादा लाग्छ र तिनीहरूले आत्मिक खोक्रोपनको अनुभूति समेत अनुभव गर्न सक्छन्। जब तिनीहरूलाई यस्तो महसुस हुन्छ, तब तिनीहरूको हृदय चञ्चल हुन्छ, र तिनीहरूले उत्तेजना वा चाख लाग्दा कुराहरू खोज्न चाहन्छन्। तिनीहरू निरन्तर चलनचल्ती बाहिरका कुरा गर्न चाहन्छन्। जब पनि तिनीहरूलाई आफूले गरिरहेको काम वा आफूले सम्हालिरहेका मामलाहरूलाई अल्छीलाग्दो वा अरोचक लाग्छ, तब तिनीहरू निरन्तरता दिने चाहना गुमाउँछन्। यो तिनीहरूले गर्नुपर्ने काम वा अर्थपूर्ण र बहुमूल्य काम भए पनि, तिनीहरू निरन्तरता दिन सक्दैनन्। … बाहिरी रूपमा हेर्दा यस्ता मानिसहरूमा कुनै ठूला समस्याहरू छैनन् जस्तो देखिन्छ। यदि तैँले त्यस्ता मानिसहरूलाई खुट्ट्याइनस् वा तिनीहरूको सार वा यस्तो समस्याको सारलाई छर्लङ्ग देख्न सकिनस् भने, तैँले यस्तो सोच्न सक्छस्, ‘यी मानिसहरूमा अस्थिर स्वभाव मात्रै छ; तिनीहरू तीस-चालीसको दशकका हुन् तर अझै पनि साना केटाकेटी जस्तै अपरिपक्व छन्।’ वास्तवमा, भित्र गहिराइमा, यस्ता प्रकारका मानिसहरूले निरन्तर उत्तेजनाको खोजी गर्छन्। तिनीहरूले चाहे जे गरे पनि, तिनीहरूमा वयस्कहरूको सोचाइ र सचेतना, साथै मामलाहरू सम्हाल्ने वयस्कहरूको शैली र मनोवृत्तिको कमी हुन्छ। त्यसकारण, त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्। तिनीहरूको मानवता खराब हुँदैन र तिनीहरूको चरित्र विशेष रूपमा दुष्ट हुँदैन होला, तर तिनीहरूको मानवताको यो खराबीका कारण, तिनीहरूलाई महत्त्वपूर्ण कामका लागि, विशेष गरी कामका निश्चित महत्त्वपूर्ण विषयवस्तुका लागि सुयोग्य हुन निकै गाह्रो हुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (९))। मैले परमेश्वरका वचनहरू पढेपछि अन्ततः के महसुस गरेँ भने, आफ्नो कर्तव्य निर्वाह गर्दा मैले नीरसता र पट्यार देखाउनु अनि झाराटारुवा र लापरवाह हुनुको मुख्य कारण ममा मानवताको समस्या हुनु रहेछ। मलाई नयाँपन र उत्साह मन पर्थ्यो, र म सामान्य र साधारण कुरा मन पराउँदिनथेँ। एउटै काममा लागिरहनु र सुरुदेखि अन्त्यसम्म निरन्तर त्यही गर्नुको सट्टा, मैले परिवर्तन र चुनौतीहरूले भरिएको कर्तव्य निर्वाह गर्न खोजेकी थिएँ। मैले पहिलो पटक मर्मतको कर्तव्य निर्वाह गर्दा, म नयाँ कुराहरूको सम्पर्कमा आएकी थिएँ, र ममा यस कर्तव्यमा समावेश केही व्यावसायिक सीपको त्यति राम्रो बुझाइ थिएन, त्यसैले त्यहाँ केही चुनौती र कठिनाइ थिए। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा धेरै ताजा र उत्साहजनक अनुभव पाउन सक्थेँ, त्यसैले मलाई यो कर्तव्य मन पर्थ्यो र म मूल्य चुकाउन इच्छुक थिएँ। तर, लामो समयसम्म यो कर्तव्य निर्वाह गरेपछि, त्यो नयाँपन हराएको थियो, र मलाई यो कर्तव्य पट्यारलाग्दो र नीरस लाग्न थालेको थियो। बाहिरबाट हेर्दा मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए पनि, मेरो हृदय वाक्क भइसकेको थियो, र म हरेक दिन झाराटारुवा तरिकाले उपकरण मर्मत गरिरहेकी हुन्थेँ। म आफ्नो हृदयमा नयाँ वातावरणमा सर्ने र फरक कर्तव्य निर्वाह गर्ने बारेमा समेत सोचिरहेकी हुन्थेँ। मैले आफ्नो कर्तव्यलाई बफादारीपूर्वक लिएकी थिइनँ। आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै नयाँपन वा उत्साह महसुस नगर्दा, मैले त्यसमा आफ्नो रुचि जगाउन सकेकी थिइनँ। मैले पूर्ण रूपमा आफ्ना व्यक्तिगत प्राथमिकताहरूका आधारमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ। मैले आत्म-आचरण र कार्यहरूमा सीमा नाघेकी थिएँ र म बेचैन भएकी थिएँ। ममा निरन्तरताको कमी थियो, र मैले एक वयस्क व्यक्तिको जिम्मेवारी उठाएकी थिइनँ। यसरी कुनै पनि कुरा सम्पन्न गर्न गाह्रो भएको थियो, र म पूर्ण रूपमा अविश्वसनीय भएकी थिएँ। विशेष गरी, मैले परमेश्वरका वचनहरू पढेँ: “जब पनि तिनीहरूलाई आफूले गरिरहेको काम वा आफूले सम्हालिरहेका मामलाहरूलाई अल्छीलाग्दो वा अरोचक लाग्छ, तब तिनीहरू निरन्तरता दिने चाहना गुमाउँछन्। यो तिनीहरूले गर्नुपर्ने काम वा अर्थपूर्ण र बहुमूल्य काम भए पनि, तिनीहरू निरन्तरता दिन सक्दैनन्। … तिनीहरूको मानवता खराब हुँदैन र तिनीहरूको चरित्र विशेष रूपमा दुष्ट हुँदैन होला, तर तिनीहरूको मानवताको यो खराबीका कारण, तिनीहरूलाई महत्त्वपूर्ण कामका लागि, विशेष गरी कामका निश्चित महत्त्वपूर्ण विषयवस्तुका लागि सुयोग्य हुन निकै गाह्रो हुन्छ।” परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, मानवताको यस्तो प्रकारको खोट अत्यन्तै हानिकारक हुन्छ। उपकरण मर्मत गर्ने जिम्मेवारी मेरो थियो, र मेरा सबल पक्षहरूका आधारमा, मण्डलीले मलाई यो कर्तव्य निर्वाह गर्न खटाउनु उपयुक्त थियो। तर, मैले आफ्नो प्राथमिकताअनुसार आफ्नो कर्तव्यलाई लिएकी थिएँ, र आफूलाई यो नयाँ वा चाखलाग्दो लाग्न छोड्नेबित्तिकै म वाक्क भएकी थिएँ र झाराटारुवा बनेकी थिएँ। मैले मेरो कर्तव्य फेरबदल गर्ने बारेमा समेत सोचेकी थिएँ। त्यहाँ मेरो बफादारीको भावना कहाँ थियो र? यदि मैले आफूलाई नसच्याएकी भए र कुनै जिम्मेवारीबोधविना आफ्नो कर्तव्य निर्वाह गरेकी भए, म प्रकाश गरिने र बर्खास्त गरिने जोखिममा पर्नेथिएँ।
यो कुरा बुझेपछि, मैले नोआलाई सम्झेँ, जो १२० वर्षसम्म जहाज निर्माणमा लागिरहे, त्यसैले मैले परमेश्वरका वचनहरू खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “नोआलाई त्यो जहाज बनाउन कति वर्ष लाग्यो? (१२० वर्ष।) १२० वर्षले आजका मानिसहरूका निम्ति के जनाउँछ? यो एउटा सामान्य व्यक्तिको जीवनकालभन्दा लामो हो। शायद, २ जना मानिसहरूको जीवनकालभन्दा पनि लामो हो। तैपनि यी १२० वर्षसम्म, नोआले एउटै कार्य गरे, र उनले हरेक दिन उही कार्य गरे। त्यो पूर्व-औद्योगिक समयमा, त्यो सूचना-सञ्चार अघिको युगमा, सबथोक मानिसहरूका दुई हातमा र शारीरिक श्रममा निर्भर रहेको त्यो युगमा, नोआले हरेक दिन उही कार्य गरे। १२० वर्षसम्म, उनले हार मानेनन् न त उनी रोकिए नै। एक सय बिस वर्ष: हामी यो कुरा कसरी कल्पना गर्न सक्छौँ? के मानवजातिमा अरू कोही १२० वर्षसम्म एउटै कार्य गर्नमा प्रतिबद्ध रहन सक्थ्यो होला? (सक्थेन।) कोही पनि १२० वर्षसम्म एउटै कार्य गर्नमा प्रतिबद्ध रहन सक्थेन भन्नु आश्चर्य होइन। तर एउटा व्यक्ति थिए जो, परमेश्वरले सुम्पनुभएको कार्यमा, १२० वर्ष सम्म, बिना कुनै परिवर्तन, लागिरहे, जसले कहिल्यै पनि गुनासो गरेनन् वा हार मानेनन्, जो बाहिरी वातावरणबाट प्रभावित भएनन्, र जसले अन्ततः त्यो कार्य ठ्याक्कै परमेश्वरले भनेजस्तै गरी पूरा गरे। यो कस्तो प्रकारको मामला थियो? मानव जातिमा, यो दुर्लभ, असामान्य थियो—अद्वितीय नै थियो। मानव इतिहासको लामो लहरमा, परमेश्वरलाई पछ्याएका सबै मानवजातिमाझ, यो पूर्णतया अतुलनीय थियो। यसमा संलग्न इन्जिनियरिङको भव्यता र कठिनाइ, यसमा चाहिने शारीरिक श्रम र मेहनत, अनि यसमा लागेको समयका सन्दर्भमा, यो कुनै सजिलो कार्य थिएन, जसकारण, जब नोआले यो कार्य गरे, यो मानवजातिमाझ अद्वितीय भयो, र उनी परमेश्वरलाई पछ्याउने सबैका निम्ति एउटा नमुना र उदाहरण हुन्। नोआले एकदुई वटा सन्देशहरू मात्रै सुनेका थिए, र त्यो बेला परमेश्वरले त्यति धेरै वचन व्यक्त गर्नुभएको थिएन, र त्यसैले नोआले त्यति धेरै सत्यता बुझेका थिएनन् भन्नेमा कुनै शङ्का छैन। उनले आधुनिक विज्ञान वा आधुनिक ज्ञान बुझेका थिएनन्। उनी अत्यन्त साधारण मानिस, मानवजातिको एक सामान्य सदस्य थिए। तैपनि एक पक्षमा, उनी हरकोहीभन्दा फरक थिए: उनले परमेश्वरका वचनहरू पालना गर्न जान्दथे, उनलाई परमेश्वरका वचनहरू पछ्याउन र पालन गर्न आउँथ्यो, उनलाई मानिसको उचित स्थान के हो भन्ने थाहा थियो, र उनी परमेश्वरका वचनहरूलाई साँचो रूपमा विश्वास र तीप्रति समर्पित हुन सक्षम थिए—तर त्योभन्दा बढी चाहिँ होइन। नोआका लागि यी सरल सिद्धान्तहरू परमेश्वरले उनलाई सुम्पनुभएका सबै कुरा पूरा गर्नलाई पर्याप्त थिए, र यस काममा उनी केही महिना वा वर्ष वा दशक मात्र नभई, पूरै एक शताब्दीभन्दा बढी समय लागिरहे। के यो गन्ती तीनछक पार्ने खालको छैन र? यो नोआबाहेक अरू कसले गर्न सक्थ्यो र? (कसैले सक्दैनथ्यो।) … नोआ परमेश्वरको काम पूरा गर्न सक्षम थिए किनभने उनले परमेश्वरका वचनहरू सुनेपछि, तिनलाई दृढताका साथ हृदयमा राख्न सक्षम भए; उनका लागि, परमेश्वरको आज्ञा जीवनभरको कार्य थियो, उनको आस्था अटल थियो, र उनको इच्छा एक सय वर्षसम्म अपरिवर्तित थियो। उनीसँग परमेश्वरको डर मान्ने हृदय भएकोले, उनी वास्तविक व्यक्ति भएकाले, र उनी पूर्णतः समझदार भएकाले परमेश्वरले ठूलो जहाज निर्माण गर्ने जिम्मा सुम्पनुभयो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक))। परमेश्वरका वचनहरू पढेपछि, म अत्यन्तै भावुक र लज्जित भएँ। नोआले परमेश्वरका धेरै वचन सुनेका थिएनन्, न त उनले धेरै सत्यता नै बुझेका थिए, तर उनी एक सय बीस वर्षसम्म परमेश्वरको आज्ञामा निरन्तर लागिरहन सके। किनभने उनमा विवेक र समझ थियो। नोआले जलप्रलयले संसार नष्ट गर्नुअघि परमेश्वरले आफूलाई जहाज बनाउन भन्नुभएको सुन्दा, नोआले परमेश्वरको अत्यावश्यक अभिप्राय महसुस गरे, र उनमा परमेश्वरलाई ख्याल गर्ने हृदय उत्पन्न हुन थाल्यो। उनले जहाज बनाउने कामलाई आफूले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण र जरुरी कामका रूपमा लिए। नोआले जहाज बनाउने विशाल परियोजना सम्पन्न गर्दै गर्दा, उनले कठिनाइ, असफलता, रोगबिमार, थकान, आफ्नो परिवारबाट बुझाइको कमी, र संसारका मानिसहरूको गिल्ला र निन्दाको सामना गरे, तर सुरुदेखि अन्त्यसम्म, उनी परमेश्वरको आज्ञामा निरन्तर लागिरहे, र उनको मनमा त्यसलाई त्याग्ने सोच कहिल्यै आएन। उनले परमेश्वरले उनलाई यस्तो महत्त्वपूर्ण आज्ञा सुम्पनुभएकोमा निरन्तर गहन कृतज्ञता पनि महसुस गरे, र परमेश्वरले उनलाई गर्ने उन्नयनबाट उनी प्रायः उत्प्रेरित हुन्थे। परमेश्वरका वचनहरू र उहाँको आज्ञाको प्रतिक्रियामा, नोआले सुने, स्वीकार गरे, समर्पित भए, र निरन्तर लागिरहे। यो नोआमा विवेक र समझ हुनुको प्रकटीकरण थियो। यस प्रकारको चरित्र साँच्चै अत्यन्तै बहुमूल्य छ! जब मैले परमेश्वरले यस्तो सोध्नुभएको देखेँ, “नोआ १२० वर्षसम्म कटिबद्ध रहन सके। तिमीहरू कति वर्षसम्म कटिबद्ध रहन सक्थ्यौ?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक))। मसँग जवाफमा भन्नका लागि साँच्चै केही थिएन! यतिका वर्षभरि, मैले परमेश्वरका निकै धेरै वचनको मलजल र आपूर्ति, अनि परमेश्वरको हेरचाह र सुरक्षाको आनन्द लिएकी थिएँ, तर जम्मा दुई वर्ष मात्र उपकरण मर्मत गर्ने कर्तव्य निर्वाह गरेपछि, म त्यसमा थप लागिरहन सकिनँ, र लापरवाह र झाराटारुवा हुन थालेँ। ममा साँच्चै अलिकति पनि विवेक वा समझ थिएन, र म पूर्ण रूपमा अविश्वसनीय थिएँ! मैले अत्यन्तै पछुतो र आत्मग्लानि महसुस गरेँ, र पश्चात्ताप गर्दै परमेश्वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्वर, मलाई जतिसुकै लामो समयसम्म यो कर्तव्य निर्वाह गर्न भनिए पनि, म यो राम्ररी गर्न इच्छुक छु, र म अब उप्रान्त आफ्नै प्राथमिकताहरूका आधारमा यो गर्नेछैनँ।”
त्यसपछि, हामीले सारांशीकरण गरिरहेको बेला, मैले आफ्नो कर्तव्यमा अझै धेरै समस्या रहेको पत्ता लगाएँ। मेरो मर्मत गर्ने सीप एकदमै औसत थियो, र मैले अझै सीपहरू सिकिरहन आवश्यक थियो। तर, मैले प्रगति गर्न प्रयास नगरेकीले र व्यावसायिक सीपहरू अध्ययन गर्नमा ध्यान केन्द्रित नगरेकीले, मेरा मर्मत गर्ने सीपहरूमा खासै सुधार आएको थिएन। म साँच्चै अत्यन्तै अहङ्कारी र आत्म-धर्मी थिएँ। मैले आफ्नै कमजोरीहरू चिनिनँ, र मलाई यो कुरा कसरी गर्ने थाहा छ, वा मैले त्यो कुरा सिकिसकेकी छु, र यस कर्तव्यमा अब कुनै कठिनाइ वा चुनौतीहरू छैनन् भन्ने लाग्यो। म साँच्चै असाध्यै अज्ञानी थिएँ, र मलाई आफ्नो वास्तविक क्षमता रत्तिभर पनि थाहा थिएन। त्यसपछि, म परमेश्वरका मागहरूअनुसार आफ्नो कर्तव्यप्रति गम्भीर हुनुपर्यो, आफ्ना कमीकमजोरीहरू र त्रुटिहरू पत्ता लगाउनुपर्यो, र मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न सकूँ भनेर आफ्ना सीपहरू कसरी सुधार्ने भनी खोज्नुपर्यो।
त्यसपछि, मैले आफ्नो कर्तव्य परिवर्तन गर्ने बारेमा सोचिनँ, बरु कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भन्नेबारे सोचेँ। जब मेरा मानसिकता बदलियो, मेरा पहिलेका चिडचिडाहट र पट्यारका भावना हराएर गए, र म आफ्ना कर्तव्यहरूमा आफ्नो हृदय समर्पित गर्न सक्षम भएँ। समस्या सरल होस् वा गाह्रो, म त्यसलाई गम्भीरतापूर्वक लिन, र जतिसक्दो चाँडो उपकरण राम्ररी मर्मत गर्न समय र प्रयास लगाउन सक्षम छु, जसले गर्दा मेरा ब्रदर-सिस्टरहरूलाई त्यसको प्रयोगमा ढिलाइ हुँदैन। मलाई मेरो कर्तव्य निर्वाह गर्दाको मेरो स्थितिबारे केही बुझाइ दिएकोमा, र त्यसमा केही परिवर्तन गर्न मद्दत गरेकोमा, म परमेश्वरका वचनहरूको खुलासालाई धन्यवाद दिन्छु। म मेरो हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिन्छु!