७३. म किन कठिनाइहरूबाट पछि हटिरहेँ?

बर्था, म्यानमार

सन् २०२२ को मे महिनामा, म मण्डली अगुवा चुनिएँ। मलाई अनुग्रहित तुल्याउनुभएकोमा र उच्च पार्नुभएकोमा म परमेश्‍वरप्रति निकै आभारी थिएँ, र मलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ भन्ने अनुभूति भयो। सुरुमा, म आफ्नो कर्तव्यमा निकै सक्रिय थिएँ, र मैले नबुझ्ने कुराहरू आइपर्नेबित्तिकै, म माथिल्लो तहका अगुवासँग कुराकानी गर्न खोज्थेँ, र बुझाइ प्राप्त गरेपछि सङ्गति गरेर समस्या समाधान गर्थेँ। पछि, कोभिड-१९ को बन्दाबन्दी खुकुलो हुन थालेपछि, धेरै जना नयाँ विश्वासीहरू काम गर्न थाले र भेला हुन वा सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकेनन्। यो अवस्था सामना गर्नुपर्दा, म केही अलमलमा परेँ, अनि मनमनै सोचेँ, “अगुवा भएपछि, मैले मेरा ब्रदर-सिस्टरहरूलाई साथ दिनुपर्छ र मद्दत गर्नुपर्छ, साथै तिनीहरूका स्थिति र कठिनाइहरू समाधान गर्नुपर्छ।” त्यसपछि मैले ब्रदर-सिस्टरहरूसँग एक-एक गरेर सङ्गति गरेँ, तर यसबाट मैले कुनै नतिजा पाइनँ, त्यसैले अब उनीहरूलाई मद्दत गर्न जान मलाई मन लागेन। मलाई के लाग्यो भने, म आफ्नो काममा जानुपर्ने र मैले सुसमाचार प्रचार गर्नुपर्ने भएकोले, यदि मैले नियमित रूपमा भेलाहरूमा सहभागी नहुने ब्रदर-सिस्टरहरूलाई पनि साथ दिनुपर्‍यो भने, मैले मुस्किलले आराम गर्ने समय पाउनेछु। म धेरै थकित हुन्थेँ र मण्डली अगुवा हुन समेत छोड्न चाहन्थेँ मेरो क्षमता राम्रो छैन, म समस्याहरू समाधान गर्न सक्दिनँ, र मसँग कुनै कार्य सामर्थ्य छैन भन्ने सोचेर म नकारात्मक स्थितिमा जिइरहेकी थिएँ। त्यसैले म माथिल्लो तहका अगुवाले मेरो कर्तव्य परिवर्तन गरिदिऊन् भन्ने मात्र चाहन्थेँ।

पछि, मैले आफ्ना विचारहरू माथिल्लो तहका अगुवालाई सुनाएँ, र सुनेपछि उहाँले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाउनुभयो: “इमानदार व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर परमेश्‍वरका वचनहरूबारे कहिल्यै सोच्दैनस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्‍नो सारा हृदय र बल लगाउनु, परमेश्‍वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि के गर्नुपर्छ भनेर तैँले बुझ्छस् र तँलाई थाहा छ तर तैँले गर्दैनस् भने, तैँले आफ्नो कर्तव्यमा आफ्नो सारा हृदय र बल लगाइरहेको छैनस्। बरु तँ धूर्त छस् र लटरपटर गरिरहेको छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्‍वर यस्ता धूर्त र छली मानिसहरूलाई प्रयोग गर्नुहुन्न; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मात्र कर्तव्य निर्वाह गर्न प्रयोग गर्नुहुन्छ। बफादार श्रमिकहरूसमेत इमानदार हुनैपर्छ। निरन्तर झाराटारुवा, धूर्त हुने र लटरपटर गर्ने सबै मानिसहरू छली हुन्, र तिनीहरू सबै पिशाच हुन्। तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरमा साँचो विश्‍वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। इमानदार मानिसहरूले कसरी सबै कुरामा सत्यता खोज्छन् र आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरका सबै बन्दोबस्तप्रति समर्पित हुन्छन् भन्नेबारे परमेश्‍वरका वचनहरूले कुरा गर्छन्। उनीहरू आफ्नो कर्तव्य पूरा गर्न आफ्नो सारा हृदय र शक्ति लगाउँछन्, र उनीहरू कामकुरा गर्नका लागि अरूले भरोसा गर्न सक्ने मानिस हुन्। जब कुनै छली व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छ र आफ्नो व्यक्तिगत स्वार्थ गाँसिएका वा दुःख भोग्नुपर्ने र मेहनत गर्नुपर्ने कुराहरूको सामना गर्छ, तब ऊ जिम्मेवारीबाट पन्छिनका लागि बहानाहरू खोज्छ। उसले आफ्नो कर्तव्य निर्वाह गरे पनि ऊ आफ्नो पूर्ण प्रयास लगाउँदैन, र आफ्नो ऊर्जाको केही अंश मात्र प्रयोग गर्छ। यो भनेको धूर्त बन्नु र ढिलासुस्ती गर्नु हो। मैले यसलाई आफ्नै व्यवहारसँग दाँजेर हेरेँ। जब मैले नयाँ विश्वासीहरू नियमित रूपमा भेलाहरूमा उपस्थित नभएको देखेँ, र उनीहरूलाई मद्दत गर्न र उनीहरूसँग सङ्गति गर्न प्रयास गरेपछि पनि कुनै नतिजा देखिनँ, तब मैले उनीहरूलाई साथ दिन थप मानसिक प्रयत्न लगाउन चाहिनँ। मैले त उनीहरूका कठिनाइहरू समाधान गर्नका लागि मेरो क्षमता अपर्याप्त भएकोले यस्तो भएको हो, र ममा कार्य सामर्थ्यको कमी छ समेत भनेँ, अनि म माथिल्लो तहका अगुवाले मलाई अर्कै कर्तव्य दिऊन् भन्ने चाहन्थेँ। वास्तवमा, म कष्टबाट बच्ने मेरो अभिप्राय लुकाउन, र आफ्नो देहमा लिप्त हुनका लागि जिम्मेवारी नलिन बहाना बनाइरहेकी थिएँ। एक अगुवाको रूपमा, म ब्रदर-सिस्टरहरूलाई राम्ररी मलजल गर्ने र साथ दिने आफ्नो जिम्मेवारी पूरा गरिरहेकी हुनुपर्थ्यो। तर म दुःख पाउन वा मूल्य चुकाउन चाहन्नथेँ। म सधैँ आफ्नै दैहिक स्वार्थका बारेमा सोचिरहेकी र आराममा लिप्त भइरहेकी हुन्थेँ। यसरी कर्तव्य निर्वाह गरेर, म केवल झाराटारुवा र धूर्त बनिरहेकी हुन्थेँ, र ढिलासुस्ती गर्ने उपायहरू खोजिरहेकी हुन्थेँ। मैले प्रकट गरिरहेको कुरा एउटा स्वार्थी, घृणास्पद र छली स्वभाव थियो। यी कुराहरू महसुस गरेपछि, मलाई अलिकति दोषी महसुस भयो। मैले नयाँ विश्वासीहरूलाई साथ दिन आफ्नो हृदय लगाएकी थिइनँ, बरु म धूर्त बनिरहेकी र ढिलासुस्ती गरिरहेकी थिएँ। यो परमेश्‍वरले घृणा गर्ने कुरा हो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, हालै धेरै जना नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा उपस्थित भइरहेका छैनन्, र सुसमाचारसम्बन्धी कामदारहरू निकै थोरै छन्। मैले उनीहरूसँग सङ्गति गरेकी भए पनि, मलाई शारीरिक कष्टसँग डर लाग्ने र मूल्य चुकाउन मन नलाग्ने हुनाले, मैले उनीहरूका खास कठिनाइहरू समाधान गर्न आफ्नो सक्दो प्रयास गरेकी छैन। म मेरो कर्तव्यप्रतिको झाराटारुवा मनोवृत्ति परिवर्तन गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले नियमित रूपमा भेलाहरूमा उपस्थित नहुने ब्रदर-सिस्टरहरूलाई एक-एक गरी साथ दिन थालेँ। मलाई समाधान गर्न नआउने उनीहरूका केही स्थिति र कठिनाइहरूबारे मैले मेरो सहकर्मीसँग छलफल गरेँ, र नयाँ विश्वासीहरूसँग सङ्गति गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेँ। केही समय यसो गरेपछि, केही नयाँ विश्वासीहरू नियमित रूपमा भेलाहरूमा उपस्थित हुन थाले, र केही कर्तव्यहरू पनि निर्वाह गर्न सक्ने भए। एक जना नयाँ विश्वासी सुसमाचार प्रचार गर्न धेरै सक्रिय थिए, त्यसैले मैले उनलाई मसँग सहकार्य गरेर सुसमाचार प्रचार गर्न लगाएँ। बिस्तारै, सबै जना सुसमाचार प्रचार गर्न अझ सक्रिय भए, र मलाई अब कुराहरू त्यति गाह्रो लागेन। मैले आफ्नो कर्तव्यमा सम्पूर्ण प्रयास लगाएँ भने परमेश्‍वरले पनि मलाई मार्गदर्शन गर्नुहुनेछ भन्ने मैले महसुस गरेँ। यसरी अभ्यास गर्दा, मलाई अब थकाइ लागेन, र मेरो हृदयमा सहज महसुस भयो। सुरुमा त मैले यो कुरा अनुभव गरेकी हुनाले, दैहिक आराममा लिप्त हुने मेरो भ्रष्ट स्वभावको बारेमा मलाई केही बुझाइ प्राप्त भएको छ, र म केही हदसम्म परिवर्तन भएकी छु भनेर मैले सोचेँ, तर जब ममाथि वास्तविक परिस्थितिहरू आइपरे, मैले यस सम्बन्धमा फेरि एउटा भ्रष्ट स्वभाव प्रकट गरेँ।

एक पटक, अगुवाले मलाई प्रचारक बन्ने तालिम लिन लगाउन र मुख्य रूपमा केही मण्डलीहरूको सुसमाचारको कामको जिम्मेवारी दिन चाहनुभयो। यो सुन्दा, मेरो मनमा मिश्रित भावनाहरू उब्जिए। मेरो कामको तालिका अनियमित भएको र मलाई जुनसुकै बेला काममा बोलाउन सकिने भएकोले, अनि प्रचारक हुँदा कार्यभार बढी हुने भएकोले, मलाई खाली समय कम पाउँछु भन्ने लाग्यो। विशेषगरी, सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने सन्दर्भमा ममा धेरै कुराको कमी थियो। मैले अझै धेरै अध्ययन गर्न र तालिम लिन आवश्यक थियो, र यसमा पनि मेरो धेरै समय जानेथियो। यी कुराहरू सोचेर, म यो कर्तव्यबाट पन्छिन चाहन्थेँ। मैले आफ्ना विचारहरू खुलस्त रूपमा व्यक्त गरेँ, र मेरा चिन्ताहरू सुनेपछि, अगुवाले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाउनुभयो: “परमेश्‍वरले जुनै समयको वा जुनसुकै चरणको काम गरिरहनुभएको भए पनि, उहाँलाई जहिले पनि उहाँसँग सहकार्य गर्न केही मानिसहरू आवश्यक पर्छन् भन्‍ने कुरा तिमीहरूले बुझ्नुपर्छ। यी मानिसहरूले उहाँको काममा वा सुसमाचार सुनाउन सहकार्य गर्छन् भनेर उहाँले नै पूर्वनिर्धारित गर्नुहुन्छ। त्यसोभए, के परमेश्‍वरसँग उहाँले पूर्वनिर्धारित गर्नुभएको हरेक व्यक्तिका लागि आज्ञा हुन्छ त? हरेक व्यक्तिको मिसन र जिम्मेवारी हुन्छ; सबैका लागि आज्ञा हुन्छ। जब परमेश्‍वरले तँलाई आज्ञा दिनुहुन्छ, त्यो तेरो जिम्मेवारी बन्छ। तैँले यो जिम्मेवारी वहन गर्नुपर्छ; यो तेरो कर्तव्य हो। कर्तव्य भनेको के हो? कर्तव्य भनेको परमेश्‍वरले तँलाई दिनुभएको मिसन हो। मिसन भनेको के हो? (परमेश्‍वरको आज्ञा नै मानिसको मिसन हो। व्यक्तिले आफ्नो जीवन परमेश्‍वरको आज्ञाका निम्ति जिउनुपर्छ। यो आज्ञा तिनीहरूको हृदयको एकमात्र कुरा हुनुपर्छ र तिनीहरू अरू कुनै पनि कुराका निम्ति जिउनुहुँदैन।) परमेश्‍वरको आज्ञा नै मानिसको मिसन हो; यो सही बुझाइ हो। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई परमेश्‍वरको आज्ञा पूरा गर्न पृथ्वीमा राखिएको हो। यदि तँ यो जीवनमा सामाजिक खुड्किलो चढ्ने, सम्पत्ति बटुल्ने, राम्रो जीवन जिउने, परिवारको सामिप्यतामा रमाउने, र ख्याति, लाभ र हैसियतको आनन्द उठाउने जस्ता कुराहरू मात्र पछ्याउँछस् भने—यदि तैँले सामाजिक हैसियत कमाइस्, तेरो परिवार प्रतिष्ठित भयो, तेरो परिवारका सबैजना सुरक्षित र स्वस्थ भए—तर तँ परमेश्‍वरले तँलाई दिनुभएको मिसनलाई बेवास्ता गर्छस् भने, के तैँले जिइरहेको यो जीवनको कुनै मूल्य हुन्छ र? तैँले मरेपछि परमेश्‍वरलाई के जवाफ दिनेछस्? तैँले जवाफ दिन सक्नेछैनस्, र यो सबैभन्दा ठूलो विद्रोह हो; यो सबैभन्दा ठूलो पाप हो। तिमीहरूमध्ये कोही पनि अहिले परमेश्‍वरको घरमा संयोगले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छैनौ—तिमीहरूमध्ये जोसुकै जुनसुकै पृष्ठभूमिबाट आफ्नो कर्तव्य निर्वाह गर्न आएको भए पनि, त्यो संयोगले भएको थिएन। परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्ने कुनै पनि मानिसलाई कुनै व्यक्तिले जथाभावी छानेको थिएन; कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो युगहरूभन्दा अघि नै परमेश्‍वरद्वारा पूर्वनियोजित गरिएको थियो। यो पूर्वनियोजित थियो भन्नुको अर्थ के हो? किटान नै गरेर भन्‍नुपर्दा के हो त? यो के हो भने, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनामा उहाँले धेरै लामो समयअघि नै तँ कति चोटि संसारमा आउनेछस्, आखिरी दिनहरूको समयमा तँ कुन वंश र कुन परिवारमा जन्मनेछस्, यो परिवारका परिस्थितिहरू कस्ता हुनेछन्, तँ पुरुष हुनेछस् कि महिला, तेरा के सबलताहरू हुनेछन्, तँसित कुन तहको शिक्षा हुनेछ, तँ कतिको वाक्पटु हुनेछस्, तेरो के क्षमता हुनेछ, तँ कस्तो देखिनेछस्, तँ कुन उमेरमा परमेश्‍वरको घरमा आएर आफ्नो कर्तव्य निर्वाह गर्न थाल्नेछस्, र तैँले कुन समयमा के-कस्तो कर्तव्य निर्वाह गर्नेछस् भनेर योजना बनाइसक्‍नुभएको छ। परमेश्‍वरले सुरुमै तेरो लागि हरकदम पूर्वनियोजित गरिसक्‍नुभएको छ। तँ जन्मनुअघि र पछिल्ला केही जीवनमा संसारमा आउँदा, परमेश्‍वरले तैँले कामको यो अन्तिम चरणमा के-कस्तो कर्तव्य निर्वाह गर्नेछस् भनी प्रबन्ध गरिसक्नुभएको थियो। यो निश्चय नै ठट्टा होइन! तिमीहरूले यहाँ प्रवचन सुन्‍न सकिरहेका छौ, यो पनि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको थियो। यसलाई हल्का रूपमा लिन मिल्दैन! यसका साथै, तेरो उचाइ, तेरो रूपरङ्ग, तेरा आँखा कस्ता देखिन्छन्, तेरो आकृति, तेरो स्वास्थ्य अवस्था, तेरा जीवन अनुभवहरू के-कस्ता छन् र तँ निश्चित उमेरमा कुन कर्तव्यहरू लिन सक्छस्, र तेरो गुणस्तर र क्षमता कस्तो छ—परमेश्‍वरले तेरो निम्ति यी कुराहरू धेरै अघि पूर्वनिर्धारित गर्नुभएको थियो, र ती निश्चय नै अहिले प्रबन्ध गरिएका होइनन्। परमेश्‍वरले धेरै अघि तेरो निम्ति यी कुराहरू पूर्वनिर्धारित गर्नुभएको छ, भन्‍नुको मतलब, यदि उहाँले तँलाई प्रयोग गर्ने मनसाय बनाउनुभयो भने, उहाँले तँलाई यो आज्ञा र यो मिसन दिनुअघि नै तँलाई तयार गरिसक्नुभएको हुनेछ। त्यसैले, के तँ त्यसबाट भाग्नु स्वीकार्य हुन्छ त? के तँ त्यसबारे अर्धमनको हुनु स्वीकार्य हुन्छ त? ती दुवै स्वीकार्य हुँदैनन्; त्यसो गर्नु परमेश्‍वरलाई निराश तुल्याउनु हो! मानिसहरूले आफ्नो कर्तव्य त्याग्नु भनेको सबैभन्दा घटिया खालको विद्रोह हो। त्यो जघन्य कार्य हो। परमेश्‍वरले विचारशील र गम्भीर भएर मिहिनेत गर्नुभयो, अनादिकालदेखि नै तँलाई आजसम्म ल्याउन र यो मिसन दिन पूर्वनिर्धारित गर्नुभयो। त्यसोभए के यो मिसन तेरो जिम्मेवारी होइन त? के तेरो यो जीवनलाई मूल्य दिने कुरा यही होइन र? यदि तँ परमेश्‍वरले तँलाई दिनुहुने मिसन पूरा गर्दैनस् भने, तैँले जिउनुको मूल्य र अर्थ गुमाउँछस्; तँ व्यर्थमा जिएको जस्तै हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, कुनै पनि व्यक्तिले कुनै निश्चित समयमा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो सबै परमेश्‍वरद्वारा नियोजित हुन्छ, र मैले यसलाई स्वीकार गर्नुपर्छ, किनकि यो मानवको दायित्व हो। तर जब मैले मेरो कर्तव्यको सामना गरेँ, तब मैले यसलाई पन्छाउन खोजेँ किनकि मलाई शारीरिक कष्ट हुने डर थियो। यसमा, म आफ्नो कर्तव्यलाई अस्वीकार गरिरहेकी थिएँ, र यो मेरो अत्यन्तै विद्रोही व्यवहार थियो! परमेश्‍वरले मानिसहरूलाई गाह्रो लाग्ने कामकुरा गर्न बाध्य पार्नुहुन्न, न त उहाँले मानिसहरूलाई तिनीहरूको क्षमताभन्दा बाहिर धकेल्नुहुन्छ। मैले पहिलो पटक सुसमाचार प्रचार गर्न थाल्दा, कमीकमजोरी र अपर्याप्तताहरू हुनु सामान्य नै थियो, र यदि मैले तालिमको क्रममा केही कुरा बुझिनँ भने, म सोध्न सक्थेँ। यदि मैले साँच्चै आफ्नो जिम्मेवारी पूरा गरेँ भने, परमेश्‍वर सन्तुष्ट हुनुहुनेथियो। मैले म पहिले आफ्नो कर्तव्यमा कति झाराटारुवा थिएँ र यसले मलाई कति दोषी महसुस गराएको थियो भन्ने बारेमा सोचेँ। अनि अहिले मैले प्रचारक बन्ने अवसर पाएकी थिएँ; यो निकै अप्रत्याशित थियो। मलाई साँच्चै नै आफू अयोग्य छु भन्ने लाग्यो। म अब आफ्नो कर्तव्यबाट पन्छिन सक्दिनथेँ। मैले आफ्ना दैहिक स्वार्थहरू त्याग्नुपर्थ्यो र परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्नुपर्थ्यो।

पछि, एउटी सिस्टर उनी कसरी आफ्नो कर्तव्यबाट पन्छिन चाहिरहन्थिन्, र उनले यसबारे थप चिन्तन गरेकी वा बुझेकी थिइनन् भन्ने बारेमा मसँग कुरा गरिरहेकी थिइन्। मैले म पनि यस्तै स्थितिमा थिएँ भनेर सम्झेँ। हरेक पटक मैले कुनै गाह्रो कर्तव्यको सामना गर्नुपर्दा, मेरो हृदयमा प्रकट हुने पहिलो कुरा त्यसबाट पन्छिने र मेरो देहलाई दुःख नदिने चाहना हुन्थ्यो। ममा किन यस्ता प्रकटीकरणहरू थिए? मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्‍नै लागि जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। “मानिसको देह सर्प जस्तै हो: यसको सारतत्त्व भनेको मानिसको जीवनलाई हानि गर्नु हो। जब तेरो देहले पूर्ण रूपमा मनमाफिक गर्छ, तब तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ अधिक चाहनाहरू हुन्छन्; यसले सधैँ आफ्नै लागि सोच्छ, र यसले सधैँ सहजताको चाहना राख्छ र ऐसआराममा लिप्त हुन चाहन्छ, यसमा व्यग्रता वा तात्कालिकताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ। यदि तैँले यसलाई निश्चित बिन्दुसम्म सन्तुष्ट पारिस् भने, यसले अन्ततः तँलाई निल्नेछ। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यसपटक सन्तुष्ट पारिस् भने, अर्को पटक यसले फेरि सन्तुष्ट पारिमाग्छ। योसँग सधैँ अधिक चाहनाहरू तथा नयाँ मागहरू हुन्छन्, र तैँले देहलाई लाडप्यार गरेको फाइदा उठाएर यसले तँलाई यसलाई अझ बढी प्रिय ठान्न र त्यसको आराममा प्रेरित गर्छ—र यदि तैँले यसलाई कहिल्यै जित्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्। तैँले परमेश्‍वरसामु जीवन प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तेरो अन्तिम परिणाम के हुनेछ भन्‍ने कुरा तैँले कसरी देहविरुद्ध विद्रोह गर्ने अभ्यास गर्छस् भन्‍नेमा निर्भर हुन्छ। परमेश्‍वरले तँलाई मुक्ति दिनुभएको छ, चयन गर्नुभएको छ र पूर्वनिर्धारण गर्नुभएको छ, तैपनि यदि आज तँ उहाँलाई सन्तुष्ट पार्न अनिच्छुक छस्, सत्यतालाई व्यवहारमा लागू गर्न अनिच्छुक छस्, र परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयका साथ तेरो आफ्नै देहविरुद्ध विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्, र यसरी तैँले चरम दुःख सहनेछस्। यदि तैँले देहलाई सधैँ लाडप्यार गर्छस् भने, शैतानले बिस्तारै तँलाई निल्नेछ, तँलाई जीवनरहित, अथवा आत्माको स्पर्शरहित बनाइछोड्नेछ, र एक दिन तँ भित्री रूपमा पूरै अँध्यारो हुनेछस्। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाएको हुनेछ, अब तेरो हृदयमा परमेश्‍वर हुनुहुनेछैन, र त्यस बेला तैँले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नेछस् र उहाँलाई छोडेर जानेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूले के खुलासा गर्छन् भने, शैतानको विषद्वारा जिउँदा त्यसले मानिसलाई स्वार्थी बनाउँछ, र जे गर्दा पनि, तिनीहरू पहिले आफ्नै स्वार्थलाई ख्याल गर्छन्, जसले गर्दा तिनीहरू आफ्नो देहलाई दुःख हुने वा बोझिलो हुने कर्तव्यहरूबाट पन्छिन्छन्। म “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ” र “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ” भन्‍ने शैतानी विषहरूद्वारा जिइरहेकी थिएँ। कुराहरूको सामना गर्दा, म पहिले आफ्ना दैहिक स्वार्थहरू पूरा गर्न खोज्थेँ, र म यी दृष्टिकोणहरू सही छन् र यिनको पालन गर्दा म अरूभन्दा बाठी हुन्छु भन्ने समेत सोच्थेँ। त्यसैले, हरेक पटक मेरो कर्तव्यको सामना गर्दा, म पहिले मेरो देहलाई दुःख हुन्छ कि हुँदैन भनेर ख्याल गर्थेँ, र यदि मेरो देहलाई दुःख वा बोझ हुन्थ्यो भने, म ती कर्तव्यहरूलाई पन्छाउँथेँ वा आलटाल गर्थेँ। जब नयाँ विश्वासीहरू असामान्य स्थितिमा थिए र उनीहरूलाई साथ दिन परमेश्‍वरका वचनहरूको सङ्गति आवश्यक थियो, मैले यो समस्या कसरी समाधान गर्ने भनी सोचेर मूल्य चुकाउन चाहिनँ, र फलस्वरूप, मेरो सङ्गतिले कुनै प्रभाव पारेन, र केही नयाँ विश्वासीहरूले समयमै साथ पाएनन्। जब अगुवाले मलाई प्रचारकको कर्तव्य सम्हाल्ने प्रबन्ध गर्नुभयो, मैले एक प्रचारकका रूपमा कार्यभार कति धेरै हुन्छ होला, र यसमा कति धेरै समय र मेहनत चाहिन्छ होला, र त्यसकारण म आफ्नो देहमा लिप्त हुन पाउँदिनँ होला भनेर सोचेँ, त्यसैले फेरि एक पटक, मैले आफ्नो कर्तव्यबाट पन्छिने विचार गरेँ। मैले म यी शैतानी विषहरूद्वारा जिइरहेकी छु, मेरो देहलाई अति माया गरिरहेकी छु, यथास्थितिमै रमाइरहेकी छु, प्रगतिका लागि प्रयास गरिरहेकी छैन, र स्वार्थी र छली बनिरहेकी छु भन्ने देखेँ। सामान्य मानवता भएको व्यक्तिले जिउनुपर्ने कुरा यो थिएन। म आराममा लिप्त भएँ र मैले सक्ने काम गरिनँ, जसको फलस्वरूप, मण्डलीको काममा ढिलाइ भयो। परमेश्‍वर मजस्ता मानिसहरूलाई घृणा गर्नुहुन्थ्यो। त्यसैले म आफ्ना कर्तव्यहरूप्रतिको मनोवृत्ति परिवर्तन गर्न चाहन्थेँ र अब उप्रान्त दैहिक आरामको लालसा गर्न चाहन्नथेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अब मेरो देहलाई सन्तुष्ट पार्न चाहन्नँ। म आफ्नो स्थिति परिवर्तन गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्न इच्छुक छु।”

पछि, वा भाषीहरूको एउटा मण्डलीलाई सुपरिवेक्षक चाहिएको रहेछ, र एउटी सिस्टरले मलाई यस मण्डलीको कामको अनुगमन गर्न सुझाव दिइन्। जब मैले पहिलो पटक यो सुझाव सुनेँ, म यसबाट पन्छिन चाहेँ, किनभने वा भाषीहरूको मण्डलीको जिम्मेवारी लिँदा धेरै समय लाग्थ्यो र दैहिक दुःख हुन्थ्यो, र म वा जातकी भए पनि, म त्यो भाषा बोल्न सक्दिनँ, र म आधारभूत दैनिक अभिव्यक्तिहरू मात्र बुझ्न सक्छु। म सुपरिवेक्षक बनेकी भए धेरै कठिनाइहरू हुनेथिए, र म भाषा सिक्ने प्रयत्न गर्न चाहन्नथेँ, त्यसैले फेरि एक पटक, मैले आफ्नो कर्तव्यबाट पन्छिने विचार गरेँ। मेरो स्थिति गलत भएको थाहा पाएपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, कृपया मलाई तपाईँको अभिप्राय बुझ्न र मेरो देहविरुद्ध विद्रोह गरेर यो कर्तव्य स्विकार्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” पछि, एउटी सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्: “तैँले परमेश्‍वरका अभिप्रायहरूलाई जति धेरै ख्याल गर्छस्, तैँले त्यति नै बढी बोझ वहन गर्नेछस्, अनि तैँले जति ठूलो बोझ वहन गर्छस्, तेरो अनुभव त्यति नै गहिरो हुनेछ। जब तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, अनि त्यसपछि उहाँले तँलाई सुम्पनुभएका कार्यहरूका सम्बन्धमा तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब परमेश्‍वरले तँलाई यो बोझ दिनुहुन्छ, तब तैँले परमेश्‍वरका वचनहरू खाने र पिउने क्रममा सम्बन्धित सत्यताहरूलाई विशेष ध्यान दिनेछस्। यदि तँसित दाजुभाइ-दिदीबहिनीहरूको जीवन स्थितिप्रति बोझ छ भने, यो तँलाई परमेश्‍वरद्वारा सुम्पिएको बोझ हो, अनि तैँले आफ्ना दैनिक प्रार्थनाहरूमा यो बोझलाई सधैँ आफूसँगै बोक्नेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ, अनि परमेश्‍वर जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक छस्; परमेश्‍वरको बोझलाई तेरो आफ्नै बोझका रूपमा लिनु भनेको यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, हामी आफ्ना कर्तव्यमा परमेश्‍वरका अभिप्रायहरूलाई जति धेरै ख्याल गर्छौँ, उहाँले हामीमाथि त्यति नै धेरै बोझ राख्नुहुन्छ। अनि हामीमा हाम्रा ब्रदर-सिस्टरहरूको स्थितिप्रति बोझको भावना विकास हुनेछ, र यसरी, हामी बिस्तारै आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा अर्पित गर्न थाल्नेछौँ। हामीले सामना गर्ने विभिन्न समस्याहरूमा सत्यता खोजेर, हामी हाम्रो जीवनमा अझ छिटो वृद्धि हासिल गर्नेछौँ। यो कुरालाई ध्यानमा राखेर, मैले वा भाषीहरूको मण्डलीको निगरानी गर्नुपर्छ भन्ने ती सिस्टरको प्रस्ताव स्वीकार गरेँ। सुरुमा, जब मैले काम गर्न थालेँ, मलाई यो गाह्रो लाग्यो, तर मण्डलीका अगुवा र कामदारहरूसँग सहकार्य गरेपछि, मेरा कर्तव्यहरू कम गाह्रो लाग्न थाले। म परमेश्‍वरप्रति धेरै आभारी थिएँ। यसरी आफ्ना कर्तव्यहरू निर्वाह गर्दा मलाई अझ धेरै सहज महसुस भयो।

यी अनुभवहरूबाट गुज्रिएपछि मैले के महसुस गरेँ भने, देहगत आराममा लिप्त हुँदा म आफ्नो कर्तव्यप्रति बोझको भावना गुमाउँछु र दुःख हुने गाह्रो कर्तव्यहरूबाट पन्छिन्छु। यदि म भौतिक आराममा लिप्त भइरहेँ र मैले आफ्नो देहविरुद्ध विद्रोह गरिनँ भने, अन्ततः मैले मेरा कर्तव्यहरू गुमाउनेछु र आफैमाथि विनाश ल्याउनेछु। जब मैले दैहिक स्वार्थहरू त्यागेँ र आफ्ना कर्तव्यहरू स्विकारेँ, र म समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्ने भएँ, तब यसरी अभ्यास गर्दा मलाई अझ बढी सहज महसुस भयो, र मैले अझ छिटो प्रगति गरेँ।

अघिल्लो: ७२. सतावट र सङ्कष्टको अनुभवबाट मैले सिकेका पाठहरू

अर्को: ७४. म स्थिरतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएकी छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्