६९. प्रतिष्ठा र हैसियत जोगाउनुका परिणामहरू
लिज मण्डलीमा सामान्य मामिलाहरूको कामको लागि जिम्मेवार थिइन्। रोजरले भर्खरै तालिम सुरु गरेका थिए, र उनी सामान्य मामिलाहरूको कामसँग परिचित थिएनन्, त्यसैले लिजले उनलाई धैर्यपूर्वक यसबारे सिकाइन्। केही समयपछि, रोजरले आधारभूत कामहरू गर्न जाने, अनि लिजले तिनका लागि केही कामको प्रबन्ध गरिन्। कयौँ दिन बिते। लिजले रोजरको कामको जाँच गर्दा, उनले पुस्तकहरूको सुरक्षा गर्ने केही मानिसहरूलाई अनुचित रूपमा छनोट गरिएको र केही नयाँ विश्वासीहरूलाई समयमै परमेश्वरका वचनका पुस्तकहरू वितरण नगरिएको कुरा पत्ता लगाइन्। रोजरले ती दुवै अवस्थाको भेउ पाएका थिएनन्। यो थाहा पाएपछि लिजको स्वर गम्भीर भयो, र उनले रोजरलाई यी कार्यहरू किन नगरेको भनेर सोधिन्। रोजरले भने, “म साँच्चै माफी चाहन्छु। हालसालै म काममा व्यस्त थिएँ र यी कुराहरूको जाँच गरिनँ। मैले केही कुराहरूको त सोधखोज गरेँ…।” रोजरले सबै खालका बहानाहरू बनाए। लिजलाई भित्रभित्रै रिस उठ्यो, र उनी रोजरले आफ्नो कर्तव्य निर्वाहप्रतिको मनोवृत्तिबारे चिन्तन गरुन् भनेर रोजरका समस्याहरू औँल्याउन चाहन्थिन्। तर मुखमै आउने बित्तिकै ती शब्दहरू उनले भित्रै निलिन्। उनले सोचिन्, “मैले रोजरलाई काँटछाँट गरेँ भने, के उनले म धेरै कठोर छु भन्ने सोच्लान्? आफूले भर्खरै उनीसँगै काम गर्न थालेको बेला मैले उनीमाथि नराम्रो छाप पारेँ भने, के उनले मसँग घुलमिल हुन गाह्रो छ भन्ने सोच्लान्?” त्यसैले, लिजले आफ्नो बोल्ने तरिका बदलिन् र गला साफ गरिन्, र आफ्नो पहिलेको गम्भीर अनुहारमा जबरजस्ती मुस्कान ल्याइन्। नम्र स्वरमा उनले रोजरलाई भनिन्, “ब्रदर, सामान्य मामिलाहरूको काम धेरै महत्त्वपूर्ण हुन्छ। यदि यसमा ढिलाइ भयो भने, यसले मण्डलीको कामलाई असर गर्छ। मलाई आशा छ तपाईँ बुझ्न सक्नुहुन्छ। तपाईँ काममा व्यस्त हुनुहुन्छ, र म तपाईँको कठिनाइ बुझ्न सक्छु। मलाई आशा छ तपाईँ आफूलाई सुम्पिएका कामहरू गर्न सक्दो प्रयास गर्नुहुनेछ। यदि तपाईँ व्यस्त हुनुहुन्छ भने, मलाई भन्न सक्नुहुन्छ र त्यो काम म गरिदिनेछु।” रोजरले दोषी महसुस गर्दै भने, “सिस्टर, म माफी चाहन्छु। यो मेरो समस्या हो। म परिवर्तन हुनेछु।” रोजरका कुरा सुनेपछि लिजले अलिकति राहत महसुस गरिन्। उनले मनमनै सोचिन्, “नम्र स्वरले पनि समस्या समाधान हुन सक्छ जस्तो छ। यसरी बोल्दा ब्रदरको इज्जत जोगाउन मद्दत पुग्न मात्र नभई उनलाई मसँग घुलमिल हुन सजिलो छ भन्ने समेत महसुस गराउँछ। के यो राम्रो होइन र?” केही दिनपछि, लिजले रोजरको आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति अझै पनि निकै लापरवाह रहेको थाहा पाइन्, र तिनले वास्तवमा कामको सोधखोज गरिरहेका थिएनन्। उनी रोजरलाई काँटछाँट गर्न चाहन्थिन्, तर उनले फेरि सोचिन्, “मैले केही दिनअघि मात्रै उनका समस्याहरू औँल्याएकी थिएँ। मैले फेरि गएर उनीसँग सङ्गति गरेँ भने, के उनले मलाई कचकचे बनिरहेकी भन्ने सोच्लान्? जे भए पनि, हामीलाई तनाव कम गर्न केही समय चाहिन्छ। यदि यसो गर्दा पनि भएन भने, म नै यी कार्यहरू गर्नेछु।” लिजले रोजरलाई खोजिनन्, बरु आफैँले सक्रिय रूपमा कामको जिम्मा लिइन्।
समय बित्दै गयो, र आँखा झिमिक्क गर्दा, एक महिना बितिसकेको थियो। एक दिन, लिजले सिस्टर लुनालाई सोधिन्, “हालसालै रोजर धेरै सुस्तरी काम गरिरहेका छन्। उनले कुनै समस्याको पो सामना गरिरहेका हुन् कि, तपाईँलाई थाहा छ त?” निराश देखिँदै लुनाले भनिन्, “मैले रोजरसँग कर्तव्यप्रतिको उनको मनोवृत्तिका बारेमा सङ्गति गरेकी छु, तर उनी सधैँ आफू काममा व्यस्त भएको र समय नभएको बताउँछन्।” यो सुनेर लिजले आफ्नो हृदयमा बताउनै नसक्ने कुरा महसुस गरिन्। यस मामिलाबाट आफूले के पाठ सिक्नुपर्छ भनी खोज्न उनले मनमनै परमेश्वरलाई प्रार्थना गरिन्। पछि, उनले परमेश्वरका वचन पढिन्: “गैरविश्वासीहरू सबै नै शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू सबै अरूलाई रिझाउने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्वरको घरमा आएको छस्, तैँले परमेश्वरको वचन पढेको, र परमेश्वरको घरका प्रवचनहरू सुनेको छस्, तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्न, र इमान्दार व्यक्ति बन्न सक्दैनस्? किन तँ सधैँ अरूलाई रिझाउने व्यक्ति भएको छस्? सधैँ अरूलाई रिझाउने व्यक्तिहरूले आफ्नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ अरूलाई रिझाउने व्यक्ति बन्न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्वासघाती हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनद्वारा खुलासा गरिएको स्थितिसँग आफूलाई दाँज्दा, लिजले आफू पनि त्यस्तै रहेको बुझिन्। उनी अरूको नजरमा असल मानिस देखिनका लागि पाइलैपिच्छे संसारसँग व्यवहार गर्ने शैतानको दर्शनमा भर परेर आफ्नो पारस्परिक सम्बन्धलाई जोगाइरहेकी थिइन्। उनले रोजरले काममा ढिलाइ गरेको देखेकी थिइन् र तिनका समस्याहरू औँल्याउन चाहेकी थिइन्, तर रोजरले आफ्नो बारेमा नकारात्मक राय बनाउलान् र तिनको हृदयमा आफ्नो मूल्याङ्कन खस्केला भन्ने डरले उनले तिनका समस्याहरू औँल्याउने वा तिनलाई मद्दत गर्ने कार्य गरिनन्। एउटा सुपरिवेक्षकको नाताले उनले अधिकारस्वरूप मण्डलीको कामको सुरक्षा गर्नुपर्ने थियो, तर उनले तिनको हृदयमा आफ्नो राम्रो छवि जोगाउनतिर लागिन् र आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरिनन्। उनमा इन्साफको बोध रत्तिभर थिएन। लिजले परमेश्वरले भनेका कुराहरू आफ्नो मनमा बारम्बार गुनिन्। “त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्वासघाती हुन्छ।” उनलाई पीडाले आफ्नो मुटु छेडे झैँ भयो। सुरुदेखि नै, उनले गरेका सब थोक र उनका सबै कार्य परमेश्वरको नजरमा घृणित थिए। त्यसैले, लिजले आत्मचिन्तन गर्न थालिन्। अरू मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि जोगाउने प्रयास गर्नबाट उनी किन पछि हट्न सकिनन्? यसलाई कुन विचारहरूले नियन्त्रण गरिरहेका थिए?
आफ्ना चिन्तनको दौडान, लिजले परमेश्वरका वचनको एउटा खण्ड पढिन्: “परिवारले एकदुई वटा भनाइले मात्रै होइन, अनगिन्ती प्रसिद्ध उद्धरण र उक्तिहरूको बाढीद्वारै मानिसहरूलाई सिकाउने गर्छ। उदाहरणको लागि, के तेरो परिवारका अग्रज र आमाबुबाले प्रायजसो ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने भनाइ उल्लेख गर्दैनन् र? (हो।) तिनीहरूले तँलाई यसो भनिरहेका हुन्छन्: ‘मानिसहरूले आफ्नो प्रतिष्ठाकै खातिर बाँच्नुपर्छ। मानिसहरूले आफ्नो जीवनकालमा राम्रो छवि बनाउन र अरूको मनमा राम्रो छाप छोड्नबाहेक अरू केही खोज्नु हुँदैन। तिमीले जोसँग कुरा गरे पनि, तिनीहरूसँग मिठासपूर्ण शब्दहरू बोल, चिप्लो घस्ने र दया देखाउने शब्दहरू मात्र बोल, र तिनीहरूलाई नचिढ्याऊ। बरु, अझ धेरै असल कामकुरा र दयालु कार्यहरू गर।’ परिवारले सिकाउने कुराको यो विशेष प्रभावले मानिसहरूको व्यवहार वा आचरणका सिद्धान्तहरूमा निश्चित प्रभाव पार्छ, जसको परिणामस्वरूप तिनीहरूले अपरिहार्य रूपमा ख्याति र प्राप्तिलाई ठूलो महत्त्व दिन्छन्। अर्थात्, तिनीहरूले आफ्नो ख्याति, प्रतिष्ठा, मानिसहरूको मनमा तिनीहरूले सिर्जना गर्ने छाप, र तिनीहरूले गर्ने हरेक काम र व्यक्त गर्ने हरेक रायबारे अरूले गर्ने मूल्याङ्कनलाई ठूलो महत्त्व दिन्छन्। मानिसहरूले ख्याति र प्राप्तिलाई ठूलो महत्त्व दिन्छन्, त्यसैले ती प्रसिद्ध भनाइहरूका शब्दहरू र परम्परागत संस्कृतिमा कामकुराहरूसँग व्यवहार गर्ने सिद्धान्तहरू तिनीहरूको हृदयमा हाबी हुन्छन्, यहाँसम्म कि तिनलाई पूर्ण रूपमा ओगट्छन्। थाहै नपाईकन, तिनीहरूले सत्यता र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् कि छैनन् भन्ने कुरालाई महत्त्वहीन देख्न थाल्छन्, र तिनीहरूले त्यस्ता विचारहरूलाई पूर्ण रूपमा त्याग्न पनि सक्छन्। तिनीहरूको हृदयमा, ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने जस्ता शैतानी दर्शनहरू र परम्परागत संस्कृतिका चर्चित भनाइहरू अत्यन्तै महत्त्वपूर्ण बन्छन्। … ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने भनाइले तेरो हृदयमा गहिरो जरा गाडेको छ र यो तेरो आदर्श वाक्य बनेको छ। तँ सानो छँदैदेखि तँलाई यो भनाइले प्रभावित र सिकाएको छ, र ठूलो भएपछि पनि आफ्नो परिवारको अर्को पुस्तालाई र आफ्ना वरिपरिका मानिसहरूलाई प्रभावित पार्न तँ यो भनाइ दोहोर्याइरहन्छस्। अझै गम्भीर कुरा त अवश्यै यो हो कि, तैँले यो भनाइलाई आफ्नो व्यवहार र विभिन्न कुराहरूलाई लिने तेरो विधि र सिद्धान्तको रूपमा अपनाएको छस्, र तैँले त्यसलाई आफ्नो जीवनमा पछ्याउने लक्ष्य र दिशाको रूपमा समेत अपनाएको छस्। तर तेरो लक्ष्य र दिशा गलत छन्, त्यसैले अन्तिम परिणाम पनि अवश्यै नकारात्मक नै हुनेछ। किनकि तैँले गर्ने सबै कुरा सारमा आफ्नो ख्यातिको खातिर मात्र हुन्छ, र ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने भनाइ अभ्यास गर्नको खातिर मात्र हुन्छ—यो सत्यतालाई पछ्याउनु होइन। तैपनि तँ आफैलाई यो कुरा थाहै छैन। तँलाई यो भनाइमा कुनै गल्ती छैन भन्ने लाग्छ, किनभने, के मानिसहरू आफ्नो ख्यातिका लागि जिउँदैनन् र? यस्तो आम भनाइ नै छ, ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ।’ यो भनाइ निकै सकारात्मक र जायज देखिन्छ, त्यसैले तैँले अचेतन रूपमै यसका सिकाइने कुराका प्रभावहरू स्विकार्छस् र यसलाई सकारात्मक कुरा ठान्छस्। एकपटक यो भनाइलाई सकारात्मक ठानेपछि, तैँले अचेतन रूपमै यसलाई पछ्याइरहेको र अभ्यास गरिरहेको हुन्छस्। साथै, तैँले अनजानमा र भ्रममा परेर यसलाई सत्यता मापदण्ड ठान्छस्। जब तैँले यसलाई सत्यता मापदण्ड ठान्छस्, तब परमेश्वरले भन्नुभएको कुरा तँभित्र घुस्न छोड्छ, र तैँले उहाँको कुरा बुझ्न पनि सक्दैनस्। तैँले अन्धाधुन्ध रूपमा ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने यो आदर्श वाक्य अभ्यास गर्छस् र त्यहीअनुसार व्यवहार गर्छस्, र तैँले अन्त्यमा यसबाट प्राप्त गर्ने कुरा भनेको राम्रो प्रतिष्ठा हो। तैँले पाउन चाहेको कुरा पाएको हुन्छस्, तर त्यसो गर्ने क्रममा तैँले सत्यता उल्लङ्घन गरेको र त्यागेको हुन्छस्, र मुक्ति पाउने मौका गुमाएको हुन्छस्। यसको अन्तिम नतिजा यही हुने हुनाले, तैँले तेरो परिवारले तँलाई सिकाएको ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने विचार तैँले त्याग्नु र छोड्नुपर्छ। यो तैँले पक्रिराख्नुपर्ने कुरा होइन, न त यो तैँले अभ्यास गर्न जीवनभर मेहनत र ऊर्जा लगाउनुपर्ने भनाइ वा विचार नै हो। तेरो मस्तिष्कमा हालिएको र तँलाई सिकाएको यो विचार र दृष्टिकोण गलत छ, त्यसकारण तैँले यसलाई त्याग्नुपर्छ। यो सत्यता नभएकोले मात्रै होइन, बरु यसले तँलाई बहकाएर अन्त्यमा विनाशमा पुर्याउने र यसका परिणामहरू अत्यन्तै गम्भीर हुने भएकोले तैँले यसलाई त्याग्नुपर्छ। तेरो लागि, यो साधारण भनाइ मात्रै होइन, बरु एउटा क्यान्सर नै हो, अर्थात् मानिसहरूलाई भ्रष्ट तुल्याउने माध्यम र विधि हो। यस्तो किन हो भने, परमेश्वरका वचनहरूमा, मानिसहरूको लागि उहाँले दिनुभएका सबै मापदण्डहरूमा, परमेश्वरले मानिसहरूलाई कहिल्यै पनि राम्रो प्रतिष्ठाको पछि लाग्न, वा इज्जत खोज्न, वा मानिसहरूमाझ राम्रो प्रभाव छर्न, वा मानिसहरूको अनुमोदन प्राप्त गर्न, वा मानिसहरूबाट स्याबासी पाउन लगाउनुभएको छैन, न त उहाँले कहिल्यै मानिसहरूलाई ख्याति पाउन वा राम्रो प्रतिष्ठा स्थापित गरिछोड्नको लागि बाँच्न नै लगाउनुभएको छ। मानिसहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरून्, र उहाँमा र सत्यतामा समर्पित होऊन् भन्ने मात्रै परमेश्वर चाहनुहुन्छ। तसर्थ, जहाँसम्म तेरो कुरा छ, यो भनाइ तेरो परिवारले तँमाथि लादेको एक प्रकारको सिकाइ मात्र हो, र यसलाई तैँले त्याग्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्वरका वचनको खुलासा पढेपछि, लिजले के बुझिन् भने शैतानले परिवारको शिक्षा र सिकाइने कुराका प्रभावहरू प्रयोग गरेर मानिसहरूको कलिलो हृदयमा विभिन्न शैतानी नियमहरू भर्छ, जस्तै “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” अनि “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ।” यी शैतानी विषहरू मानिसहरूको रगत र हड्डीमा पुगेर मानिसहरूको प्रकृति नै बनेका हुन्छन्। मानिसहरू यी कुराअनुसार जिउन, अनि प्रतिष्ठा र हैसियतलाई आफ्नो प्राण ठान्न बाध्य छन्। लिजले के चिन्तन गरिन् भने सानै उमेरदेखि नै उनले सधैँ अरूको दिमागमा रहेको आफ्नो छविको ख्याल गरेकी थिइन्। आफ्ना आमाबुबा र वरपरका मानिसहरूबाट प्रशंसा पाउनको लागि, उनी अरू बच्चाहरूभन्दा बढी आज्ञाकारी थिइन्, र प्रायः आफ्ना आमाबुबालाई घरको काममा सघाउँथिन्। उनी आफ्ना छिमेकीहरूको काम पनि गरिदिन्थिन्। आफ्ना साथीहरूसँग खेल्दा उनी कहिल्यै झगडा गर्दिनथिन्, र उनका आमाबुबा अनि गाउँका मानिसहरू सबैले उनलाई समझदार बच्चा भनेर प्रशंसा गर्थे। काम सकिएपछि, कुनै सहकर्मीले लिजसँग मद्दत मागे भने, उनी सधैँ हुन्छ भन्थिन्। कहिलेकाहीँ, आफ्ना सहकर्मीहरूसँग मनमुटाव हुँदा, आफू जतिसुकै दुःखी भए पनि उनी रिसाउँदिनथिन्, र आफ्ना सहकर्मीहरूसँगको सुमधुर सम्बन्धलाई निरन्तर जोगाउँथिन्। मण्डलीमा जोडिएपछि पनि, लिज ब्रदर-सिस्टरहरूको दिमागमा रहेको आफ्नो छविमा धेरै केन्द्रित रहिन्। उनले कतिपय मानिसले सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह नगरेको, वा तिनीहरू झाराटारुवा बनिरहेको देख्दा, स्पष्ट रूपमा यो कुरा औँल्याउन र तिनीहरूलाई काँटछाँट गर्न चाहे पनि, तिनीहरूले उनको बारेमा बनाउन सक्ने रायको ख्याल गर्थिन् र तिनीहरूसँगको आफ्नो सम्बन्धलाई जोगाउन मीठा कुरा गरेर तिनीहरूलाई अर्ती दिने कार्य रोज्थिन्। रोजरसँगको उनको सम्बन्धलाई नै उदाहरणका रूपमा लिऊँ। उनले रोजरलाई दैहिक बन्धनहरूमा जिइरहेको, र आफ्नो कर्तव्यप्रति लापरवाह मनोवृत्ति अपनाउँदै काममा ढिलाइ गरिरहेको देख्दा, उनले तिनका समस्याहरू औँल्याउनुपर्थ्यो र यसरी कर्तव्य निर्वाह गर्नुको प्रकृति र परिणामहरूबारे तिनीसँग सङ्गति गर्नुपर्थ्यो। तर, रोजरले आफ्नो बारेमा नराम्रो राय बनाउलान् र आफूलाई निर्दयी भन्लान् भन्ने डरले उनले मीठा कुरा गरेर नम्रतापूर्वक अर्ती दिने प्रयास गरिन्। उनले रोजरले गर्नुपर्ने कामको जिम्मा समेत लिएर आफैँले त्यो काम गरिन्। रोजरले साँचो रूपमा आत्मचिन्तन नगरेका वा आफूलाई नबुझेका कारण, आफ्नो कर्तव्यप्रतिको तिनको मनोवृत्ति परिवर्तन भएन। यसले तिनको जीवन प्रवेशमा मात्र बाधा पुर्याएन, मण्डलीको काममा पनि ढिलाइ गर्यो। यो कुरा बुझेपछि, लिजलाई आफू अत्यन्तै नीच र दुष्ट भएको महसुस भयो। एउटी सुपरिवेक्षकको नाताले उनले मण्डलीको कामको सुरक्षा गर्नुपर्थ्यो, र आफ्ना ब्रदर-सिस्टरहरूको जीवन प्रवेशका लागि बोझ उठाउनुपर्थ्यो। त्यसको सट्टा, उनले आफ्नो इज्जत र हैसियत जोगाउने काम मात्र गरिन्। यदि उनले यो कुरालाई परिवर्तन गरिनन् भने, अन्ततः उनी परमेश्वरद्वारा तिरस्कृत भई हटाइनेथिइन्।
एक दिन उपासनाको समयमा, उनले परमेश्वरका वचनको एउटा खण्ड पढिन्, जसले उनलाई एकदमै छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा मध्यमार्गी बाटो अपनाउने, सिद्धान्तहरू पालन नगर्ने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? यो परमेश्वर र सत्यतामा समर्पित हुन सक्नु हो; यो आफ्नो कर्तव्य र सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने तरिकामा सिद्धान्तहरू हुनु हो, र—आफ्नो कर्तव्यको निर्वाहमा—जिम्मेवार हुनु, छली नहुनु वा ढिलासुस्ती नगर्नु, परमेश्वरको घरको हितको सुरक्षा गर्न सक्षम हुनु, र आफ्नै खातिर षड्यन्त्र नरच्नु हो। त्यस्ता प्रकटीकरणहरू सबैले स्पष्ट रूपमा देख्न सक्छन्; सबै जना आफ्नो हृदयमा तीबारे स्पष्ट हुन्छन्। यसबाहेक, परमेश्वर प्रत्येक मानिसहरूको हृदयको छानबिन गर्नुहुन्छ र तिनीहरूको साँचो अवस्था जान्नुहुन्छ; तिनीहरू जोसुकै भए पनि, कसैले पनि परमेश्वरलाई छल गर्न सक्दैन। कतिपय मानिस आफूमा असल मानवता छ भनी सधैँ घमण्ड गर्छन्—तिनीहरू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दैनन्, कहिल्यै अरू कसैको हितलाई हानि पुऱ्याउँदैनन्, र कहिल्यै अरू मानिसहरूको सम्पत्तिको लोभ गर्दैनन्, हितहरूबारे विवाद हुँदा अरूको फाइदा उठाउनुभन्दा बरु हानि भोग्न रुचाउँछन्। अनि अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तर, परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू धूर्त र छली हुन्छन्, र सधैँ आफ्नै लागि षड्यन्त्र रच्छन्। तिनीहरूले परमेश्वरको घरका हितहरूको ख्याल गर्ने एउटा पनि कुरा छैन, न त तिनीहरूले परमेश्वरको तात्कालिकता बाँड्ने वा परमेश्वर के सोच्नुहुन्छ भनी सोच्ने कुनै कुरा छ, न त तिनीहरूले आफ्ना कर्तव्यहरूका खातिर आफ्ना हितलाई पन्छाउन सक्ने कुनै कुरा नै छ। तिनीहरू आफ्ना हितहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको खुलासा गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन। यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि तिनीहरूको आफ्नै ख्याति र प्राप्तिप्रतिको प्रेम परमेश्वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि तिनीहरूको आफ्नै ख्याति र प्राप्तिप्रतिको प्रेम परमेश्वरको घरको हितप्रति भन्दा बढी छ भने, वा यदि तिनीहरूको आफ्नै ख्याति र प्राप्तिप्रतिको प्रेम तिनीहरूले परमेश्वरप्रति देखाएको ख्यालभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवता हुन्छ? तिनीहरू मानवत्व भएका व्यक्ति होइनन्। तिनीहरूको व्यवहारलाई अरूले पनि देख्छन् र परमेश्वरले पनि देख्न सक्नुहुन्छ। त्यस्ता व्यक्तिहरूलाई सत्यता प्राप्त गर्न धेरै कठिन हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचन पढेपछि, लिजले के बुझिन् भने साँच्चिकै असल मानवता भनेको बाहिरबाट देखिने असल व्यवहार, वा अरूबाट असल मानिस भनेर चिनिने र प्रशंसित हुने मात्र होइन। बरु, यो त परमेश्वरसँग एउटै मन हुनु; परमेश्वरप्रति समर्पित हुनु; आफ्नो कर्तव्यप्रति बफादार हुनु; मण्डलीको कामको सुरक्षा गर्न सक्षम हुनु; दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देख्दा तुरुन्तै तिनीहरूको खुलासा गर्नु र तिनीहरूलाई रोक्नु; अनि ब्रदर-सिस्टरहरूले सिद्धान्तविपरीत काम गरिरहेको, वा भ्रष्ट स्वभावअनुसार काम गरेर मण्डलीको हितमा हानि पुर्याइरहेको देख्दा, तिनीहरूले सिद्धान्तअनुसार काम गरून् भनेर तिनीहरूसँग प्रेमपूर्वक सङ्गति गर्नु र तिनीहरूलाई मद्दत गर्नु वा तिनीहरूका कामको प्रकृति गम्भीर छ भने तिनीहरूलाई काँटछाँट गर्नु हो। यो नै साँचो रूपमा असल मानवता हुनु हो। विगतमा, लिजले सधैँ असल मानवता हुनु भनेको नरिसाउनु, बहस वा झगडा नगर्नु, र अरूप्रति दयालु र नम्र हुनु हो भन्ने विश्वास गरेकी थिइन्। परमेश्वरका वचनको खुलासाबाट, उनले अन्ततः के बुझिन् भने वास्तवमा यस प्रकारको “असल मानवता” पछाडि भ्रष्ट स्वभावहरू लुकेका हुन्छन्—यो पाखण्डी र छली कार्य हो। लिजलाई आफू साँच्चै नै धेरै मूर्ख बनेकी रहेछु भन्ने महसुस भयो। लिजले कसरी आफूले रोजरले काममा ढिलाइ गरिरहेको स्पष्ट रूपमा देखेर पनि तिनका समस्याहरू नऔँल्याएको अनि तिनलाई सङ्गति र मद्दत नगरेको मात्र नभई, आफ्नो हृदयले भन्न नखोजेको अर्तीका केही कुरा समेत भनेको थिएँ भन्नेबारे चिन्तन गरिन्। उनले अरूको दिमागमा रहेको आफ्नो राम्रो छवि जोगाउन यी सबै गरेकी थिइन्। उनले आफू असल मानवता भएकी व्यक्ति पटक्कै होइन रहेछु भन्ने देखिन्। लिजले परमेश्वरका वचनबाट आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरिन्, र सत्यता अभ्यास गर्ने सङ्कल्प पनि प्राप्त गरिन्। यस पटक, उनले छिट्टै रोजरलाई भेटेर तिनका समस्याहरू औँल्याउनुपर्थ्यो। यदि उनले तिनीसँग सङ्गति गरेपछि पनि तिनले त्यसलाई स्वीकारेनन् र पश्चात्ताप गरेनन् भने, सिद्धान्तअनुसार तिनको कर्तव्यमा फेरबदल गरिनुपर्थ्यो।
लिजले अचानक रोजर कसरी दिनभर पारिवारिक बन्धनहरूमा जिइरहेका छन्, र तिनी आफैँ पनि धेरै थाकेका हुनुपर्छ भन्नेबारे सोचिन्। यदि उनले तिनलाई काँटछाँट र तिनका समस्याहरू औँल्याउने मात्र गरिन् भने, के त्यसले तिनलाई नकारात्मक बनाउला? तर, ती समस्या नऔँल्याईकन, उनले यो मामिला समाधान गर्न सक्ने थिइनन्। यो सोच्दा, लिजलाई कसरी अभ्यास गर्ने भन्ने थाहा भएन, त्यसैले उनले परमेश्वरलाई प्रार्थना गरिन्। त्यसपछि, उनले परमेश्वरका वचनमा अभ्यासको बाटो खोजिन्। उनले परमेश्वरका वचन पढिन्: “तैँले साँचो दाजुभाइ-दिदीबहिनीलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। तिनीहरूले जसरी परमेश्वरमा विश्वास गरे पनि वा जुनै मार्ग अपनाए पनि, तैँले तिनीहरूलाई प्रेमभावले सहयोग गर्नुपर्छ। व्यक्तिले हासिल गर्नुपर्ने न्यूनतम परिणाम के हो? पहिलो, तिनीहरूलाई पछारिन, र नकारात्मक बन्न नदिनु हो; दोस्रो, तिनीहरूलाई सहयोग गर्नु, र गलत मार्गबाट फर्कन लगाउनु हो; अनि तेस्रो, तिनीहरूलाई सत्यता बुझ्न र सही मार्ग लिन लगाउनु हो। यी तीन प्रकारका परिणामहरू तिनीहरूलाई प्रेमभावले सहयोग गरेपछि मात्र हासिल गर्न सकिन्छ। यदि तँमा साँचो प्रेम छैन भने, तैँले यी तीन प्रकारका प्रभावहरू हासिल गर्न सक्दैनस्, र हदै भए एउटा वा दुइटा मात्र हासिल गर्न सक्छस्। यी तीन प्रकारका परिणामहरू अरूलाई मद्दत गर्ने तीन सिद्धान्तहरू पनि हुन्। तँलाई यी तीन सिद्धान्तहरू थाहा छ र ती तैँले बुझेको पनि छस्, तर वास्तवमा ती कसरी लागु गरिन्छ? के तैँले अरूको कठिनाइलाई साँचो रूपमा बुझ्छस्? के यो अर्को समस्या होइन र? तैँले यो कुरा पनि सोच्नुपर्छ: ‘तिनीहरूको कठिनाइको स्रोत के हो? के म तिनीहरूलाई सहयोग गर्न सक्षम छु? यदि मेरो कद अत्यन्तै सानो छ र म तिनीहरूको समस्या समाधान गर्न सक्दिनँ, र लापरवाही रूपमा बोल्छु भने, मैले तिनीहरूलाई गलत बाटोमा डोर्याउन सक्छु। यसबाहेक, यो व्यक्तिको बुझ्ने क्षमता कस्तो छ, र उसको क्षमता कति छ? के ऊ हठी छ? के ऊसँग आत्मिक बुझाइ छ? के ऊ सत्यता स्वीकार गर्न सक्छ? के ऊ सत्यताको खोजी गर्छ? यदि उसले म ऊभन्दा सक्षम रहेको देख्यो, अनि मैले ऊसँग सङ्गति गरेँ भने, के उसमा डाहा वा नकारात्मकता पैदा हुनेछ?’ यी सबै प्रश्नहरूलाई ध्यान दिनुपर्छ। तैँले यी प्रश्नहरूबारे विचार गरिसकेपछि र यीबारे तँ स्पष्ट भइसकेपछि, गएर त्यो व्यक्तिसँग सङ्गति गर्, उसको समस्यामा लागु हुने परमेश्वरका वचनहरूका धेरै खण्डहरू पढ्, र उसलाई परमेश्वरका वचनहरूको सत्यता बुझ्न र अभ्यासको मार्ग भेट्टाउन सक्षम बना। त्यसपछि, त्यो समस्या समाधान हुन्छ, र ऊ आफ्नो कठिनाइबाट मुक्त हुनेछ। … कुनै पनि समस्यालाई साँचो रूपमा समाधान गर्न सजिलो छैन। तैँले सत्यता बुझ्नैपर्छ, समस्याको सार छर्लङ्ग देख्नुपर्छ र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अरूसँग स्पष्टसँग सङ्गति गर्नुपर्छ, र अरूले बुझ्ने तरिकाले अभ्यासको मार्गबारे सङ्गति गर्न सक्नुपर्छ। यसरी मानिसहरूले सत्यता बुझ्ने मात्र होइन, तिनीहरूसँग यसलाई अभ्यास गर्ने मार्ग पनि हुनेछ, त्यसपछि मात्रै त्यो समस्या समाधान भएको मान्न सकिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ)। परमेश्वरका वचनले मानिसहरूलाई कसरी मद्दत गर्ने भन्ने सिद्धान्तहरूलाई अत्यन्तै स्पष्ट रूपमा व्याख्या गर्छन्। लिजले के बुझिन् भने मानिसहरूलाई ठेस नपुर्याउन, तिनीहरूलाई मद्दत गर्न, र परमेश्वरका अभिप्रायहरू बुझ्ने, तिनीहरूका आफ्नै भ्रष्ट स्वभावहरू बुझ्ने र परमेश्वरका वचनबाट अभ्यास र प्रवेशको बाटो खोज्ने बनाउनका लागि तिनीहरूको कदअनुसार व्यवहार गर्नुपर्छ र तिनीहरूका वास्तविक कठिनाइहरूबारे पत्ता लगाउनुपर्छ। यसका साथै, सङ्गतिको दौडान तपाईँले मानिसहरूसँग इमानदारीपूर्वक व्यवहार गर्नुपर्छ, र मानिसहरूसँग झाराटारुवा बन्नु वा अन्य कुनै अभिप्राय राख्नु हुँदैन। यदि तपाईँ आफ्नो हृदयको कुरासँग बाझिने मीठा कुराहरू मात्र बोल्नुहुन्छ भने, तपाईँले जतिसुकै नम्र भएर बोले पनि त्यो पाखण्ड नै हो; यो सरासर बेइमानी हुनु हो। अर्कोतर्फ, यदि तपाईँको कुरा साँचो छ र तपाईँको उद्देश्य मानिसहरूलाई मद्दत गर्नु हो भने, तपाईँले कडा रूपमा वा हप्काएरै बोले पनि त्यो उचित नै हुन्छ। यदि तपाईँ सत्यतामा स्पष्ट रूपमा सङ्गति गर्नुहुन्छ, र अर्को व्यक्तिले सत्यता बुझेर पनि त्यसको अभ्यास गर्दैन, वा परमेश्वरको घरको कामलाई पटक्कै ध्यान दिँदैन भने, तपाईँले प्रकृतिको गम्भीरता हेरेर उसलाई काँटछाँट गर्न वा हटाउन सक्नुहुन्छ। लिजले रोजर एक नयाँ विश्वासी भएको र तिनमा परमेश्वरमाथि साँचो आस्था रहेको बारेमा विचार गरिन्। तिनको जीवनमा केही वास्तविक कठिनाइहरू भएका कारण मात्रै तिनले काममा जानुपरेको थियो, र काम र कर्तव्य बाझियो भने कसरी अभ्यास गर्ने भनेर तिनलाई थाहा थिएन। तिनको स्थिति र कठिनाइहरूलाई लक्षित गर्दै तिनलाई सङ्गति र मद्दत गर्न, यस स्थितिमा जिउनुका खतरनाक परिणामहरू औँल्याउन, र मानवजातिलाई मुक्ति दिने परमेश्वरको अभिप्राय, आत्मिक लडाइँहरू, र देहविरुद्ध विद्रोह गर्ने अभ्यासको बाटोबारे सङ्गति गर्न लिजले परमेश्वरका वचनका सान्दर्भिक खण्डहरू खोज्नुपर्थ्यो। यदि लिजले यसबारे स्पष्ट रूपमा सङ्गति गर्दा पनि रोजरले परिस्थितिहरूमा सुधार गरेनन् भने, उनले तिनलाई काँटछाँट गर्न वा चेतावनी दिन सक्थिन्, र त्यसपछि पनि तिनले कामकुराहरू परिवर्तन गरेनन् भने, तिनलाई हटाइनेथियो। अभ्यासको बाटो प्राप्त गरेपछि, लिजको हृदयले अचानक हल्का महसुस गऱ्यो।
भोलिपल्ट, लिजले रोजरलाई भेटिन्। उनले भनिन्, “ब्रदर रोजर, मैले पहिले सत्यता अभ्यास गरिनँ। जब म तपाईँले सधैँ व्यस्त छु र कर्तव्य निर्वाह गर्ने समय छैन भनेको सुन्थेँ, म तपाईँको देहको पक्षमा उभिएँ र तपाईँको कमजोरीप्रति सहानुभूति देखाएँ। बाहिरीरूपमा, म तपाईँप्रति कहिल्यै कठोर भइनँ र मैले तपाईँका समस्याहरू औँल्याइनँ। वास्तवमा, म यसो गरेर तपाईँलाई हानि पुर्याइरहेकी थिएँ। अब, म तपाईँसँग एउटा गम्भीर विषयमा छलफल गर्न चाहन्छु। यो हाम्रो कर्तव्यप्रतिको मनोवृत्तिसँग सम्बन्धित विषय हो। …” लिजले सङ्गति गरिसकेपछि रोजरले पछुताउँदै भने, “यो सत्य हो। म निरन्तर देहगत रूपमा जिइरहेको छु, र परमेश्वरसँगको मेरो सम्बन्ध धेरै टाढा भएको छ। आफ्नो स्थिति खराब हुँदा मैले आफ्नो कर्तव्य निर्वाह गर्नु एउटा झन्झट जस्तो समेत महसुस गरेँ। अब, यो सङ्गतिका कारण मैले अन्ततः मेरो स्थिति कति डरलाग्दो रहेछ भनेर बुझेको छु। परमेश्वरलाई धन्यवाद। तपाईँका शब्दले मेरो मुटु छेडे, तर ती मेरो लागि धेरै उपयोगी भएका छन्। अबदेखि म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछु।” त्यसपछि, रोजर काममा अझै पनि धेरै व्यस्त हुन्थे, तर तिनले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि उचित रूपमा समयको व्यवस्थापन गर्न सके, र केही नतिजा हासिल गरे। यो दृश्य देखेपछि लिज धेरै भावुक भइन्। उनले के अनुभव गरिन् भने परमेश्वरका वचनअनुसार कार्य गरेर मात्रै उनले हिँड्ने मार्ग पाउनेछिन् र अरूलाई लाभ पुर्याउन सक्नेछिन्। यस अनुभवपछि, लिज निकै प्रभावित भइन्, र उनले शैतानी नियमहरूअनुसार जिउँदा आफूलाई अझ बढी पाखण्डी मात्रै बनाउनेछ; आफू चिप्ले र छली बन्नेछु, र अन्ततः आफू र अरूलाई हानि गर्न मात्र पुग्नेछु; अनि परमेश्वरका वचनअनुसार अभ्यास गरेर मात्र उनी मानव रूपमा जिउन सक्नेछु भन्ने देखिन्।