६८. म अब आफ्नो भाग्यबारे गुनासो गर्नेछैनँ
मेरो जन्म एउटा साधारण परिवारमा भएको थियो, र मेरो जीवनको सुरुवात सम्पन्न परिवारमा जन्मेका बच्चाहरूको जस्तो नभई तिनीहरूको भन्दा निम्न स्तरको थियो। झन् दुर्भाग्यको कुरा त के थियो भने म प्राथमिक विद्यालयमा पढ्दै गर्दा मेरा आमाबुबाको पारपाचुके भयो, मेरो बुबाले मलाई स्कुलनजिकैको एउटा बोर्डिङ् परिवारमा राख्नुभयो, र पछि म मेरी फुपु र हजुरआमासँग बस्न थालेँ। मेरो उमेरका बच्चाहरूले मेरो पारिवारिक पृष्ठभूमिका बारेमा थाहा पाएपछि, तिनीहरू मबाट टाढा हुन थाले, र मलाई सधैँ अरूको सामु हीनताबोध हुन्थ्यो। राति म प्रायः रुन्थेँ र ममाथि अन्याय भएको महसुस गर्थेँ, अनि सोच्थेँ, “मलाई किन यस्तो खराब भाग्य दिइएको हो?” म आफैँभित्र खुम्चिएँ र विरलै मात्र कसैसँग कुराकानी गर्थेँ। म टिभीमा शक्तिशाली महिला प्रमुख कार्यकारी अधिकृतहरूलाई फूल र भव्यताले घेरिएको देख्थेँ, र म तिनीहरूको डाह गर्थेँ, तिनीहरूले वास्तवमै राम्रो भाग्य पाएका छन् भनी सोच्थेँ। म कसरी आफू अर्काको छत्रछायामा बाँचिरहेकी छु र हेलाँमा परेकी छु भन्ने कुरा सोच्थेँ, त्यसैले म मनमनै सङ्कल्प गर्थेँ, “ठूली भएपछि, म टिभीका ती महिलाहरूजस्तै केही बनेर देखाउनेछु, र मलाई हेप्नेहरूलाई मलाई नयाँ दृष्टिले हेर्ने बनाउनेछु।”
तथापि, मेरा आमाबुबाको पारपाचुकेले मेरो बाल्यकालमा एउटा कालो छाया छोड्यो, र म प्रायः पीडा र उदासी महसुस गर्थेँ, अनि म अन्तर्मुखी र एकान्तप्रेमी बन्न पुगेँ। पछि, हजुरआमाको पछि लागेर मैले प्रभु येशूमा विश्वास गरेँ, र १६ वर्षको उमेरमा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले के थाहा पाएँ भने मानव पीडाको स्रोत शैतानको भ्रष्टता हो, र यस चरणमा परमेश्वरको काम मानिसहरूलाई पापबाट मुक्ति दिनु र सुन्दर गन्तव्यमा पुर्याउनु हो। मैले आखिरी दिनहरूमा परमेश्वरको मुक्तिको अवसर कति दुर्लभ छ, र परमेश्वरको काम कसरी समाप्त हुन लागेको छ भन्ने सोचेँ, त्यसैले मैले आफ्नो पढाइ छोडेँ र मण्डलीमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न तालिम लिन थालेँ। मण्डलीमा मैले के देखेँ भने ब्रदर-सिस्टरहरूलाई कुनै समस्या पर्दा, तिनीहरू अगुवाहरूलाई सोध्थे, र त्यसपछि अगुवाहरू समाधानका लागि सङ्गति गर्थे। ब्रदर-सिस्टरहरू सबैले तिनीहरूलाई उच्च सम्मान गरेको जस्तो देखिन्थ्यो, र मलाई तिनीहरूको डाह लाग्थ्यो, म सोच्थेँ, “मैले राम्ररी पछ्याउनुपर्छ, ताकि भविष्यमा म पनि एउटा अगुवा वा कामदार बन्न सकुँ, त्यसपछि म एउटी साधारण अनुयायी मात्र हुनेछैनँ, बरू एक प्रमुख व्यक्तित्व बन्नेछु।” त्यसपछि, मण्डलीले मलाई जस्तोसुकै कर्तव्य सुम्पे पनि, म तिनलाई राम्ररी निर्वाह गर्न सक्दो प्रयास गर्थेँ, अनि जवान र राम्रो क्षमता भएकोमा ब्रदर-सिस्टरहरू मेरो प्रशंसा गर्थे, र तिनीहरू मलाई राम्ररी पछ्याउन प्रोत्साहित गर्थे। म निकै दङ्ग पर्थेँ, सोच्थेँ, “म त संवर्धनका लागि सम्भावना भएकी उम्मेदवार रहेछु क्यारे! मैले राम्ररी पछ्याउने कार्य जारी राख्नुपर्छ!” त्यसैले म सक्रियतापूर्वक आफ्ना कर्तव्यहरू निर्वाह गर्थेँ। नयाँ विश्वासीहरूलाई मलजल गर्न टाढा-टाढाको यात्रा गर्नुपर्दा पनि मलाई थकान महसुस हुँदैनथ्यो, र घाम होस् या पानी, मैले आफ्ना कर्तव्यहरूमा अलिकति पनि ढिलाइ गरिनँ। म केवल के आशा गर्थेँ भने मेरा प्रयास र त्यागहरू ब्रदर-सिस्टरहरूको नजरमा परून्, र एक दिन म अगुवा वा कामदारको रूपमा छानिन सकुँ। तर मण्डलीमा जति पटक चुनाव भए पनि म छानिइनँ, र तीन वर्षपछि पनि म लेखन-पठनकै कर्तव्य निर्वाह गर्दैथिएँ। मैले बुझ्न सकिनँ, र म छक्क परेँ, “के म लेखन-पठनको कर्तव्य निर्वाह गर्न मात्र बनेकी हुँ त? के मण्डलीमा मेरो स्थान साँच्चै यही हो त?”
फेब्रुअरी २०१९ मा, म मण्डलीको लेखन-पठनको कामको लागि जिम्मेवार भएँ, र म निकै खुसी भएँ, यसलाई एउटा महत्त्वपूर्ण मोड हो भनी सोचेँ। मैले मनमनै विचार गरेँ, “सायद परमेश्वरले मलाई अग्रिम तालिम दिँदै हुनुहुन्छ। परमेश्वरको घरमा मेरो भविष्य अझै छ जस्तो छ। अगुवा बन्न, समस्याहरू समाधानका लागि सत्यता सङ्गति गर्न सक्षम हुनुपर्छ, त्यसैले मैले पनि ब्रदर-सिस्टरहरूका समस्या समाधान गर्न परमेश्वरका वचनहरूमा सङ्गति गर्ने अभ्यास गर्नुपर्छ। भर्खरै म लेखन-पठनको कामको लागि जिम्मेवार भएकी छु, र केही समयको तालिमपछि, सायद म अगुवा बन्न सक्छु होला।” एक पटक भेलाको दौरान, मैले एउटा नयाँ विश्वासीलाई अगुवाको रूपमा छानिएको छ भन्ने सुनेँ, र मलाई नराम्रो लाग्यो, अनि सोचेँ, “एक वर्षभन्दा अलि बढी समयदेखि मात्र विश्वास गरेको यो नयाँ विश्वासीले यस्तो महत्त्वपूर्ण जिम्मेवारी लिइरहेको छ। मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भइसक्यो, तैपनि यस्तो राम्रो मौका मलाई किन आएन? म किन एउटै ठाउँमा अड्किरहेकी छु? लेखन-पठनका कर्तव्यहरू महत्त्वपूर्ण त हुन्, तर ती अगुवा वा कामदारको जस्तो अरूले देख्ने खालका हुँदैनन्। यी दुईबीच ठूलो भिन्नता छ।” आफ्नो साइकल डोहोर्याउँदै गर्दा म नरोई बस्न सकिनँ। त्यसपछि, मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने जाँगर नै गुमाएँ। सन् २०२२ मा, लेखन-पठन गर्ने कर्मचारीहरूमा हेरफेर गरियो, तर मैले लेखन-पठनको कर्तव्यलाई नै निरन्तरता दिएँ। म साँच्चै निराश भएँ र सोचेँ, “यति धेरै वर्ष परमेश्वरमा विश्वास गरेर पनि म अझैपनि लेखन-पठनकै कर्तव्य किन निर्वाह गरिरहेकी छु? के म लेखन-पठनको कर्तव्यको लागि मात्र उपयुक्त छु? के अगुवा बन्ने मेरो भाग्यमा छैन होला त? के हामीले जे-जस्तो कर्तव्य लिए पनि र यसलाई जहिलेसुकै निर्वाह गरे पनि, त्यो सबै परमेश्वरको पूर्वनिर्धारण र सार्वभौमिकता अनुसार नै हुन्छ भनेर परमेश्वरका वचनहरूले भन्दैनन् र? सायद मेरो नियति नै लेखन-पठनको कर्तव्य निर्वाह गर्नु हो।” मैले मभन्दा केही वर्ष जेठो एक जना ब्रदरलाई सम्झेँ। परमेश्वरमा विश्वास गर्न थालेको केही समयपछि नै उनी मण्डली अगुवा बने, र पछि, उनी एक प्रचारक बने। मलाई उनी अगुवा बन्नकै लागि जन्मेका थिए, तर मैले जति नै कडा प्रयास गरे पनि, अगुवा वा कामदार बन्ने मौका कहिल्यै पाउनेछैनँ, मेरो वृद्धिको कुनै सम्भावना छैन, र मेरो जीवन यस्तै हुनेछ भन्ने लाग्यो। यसपछि, सुपरभाइजरले मलाई कुनै काम अह्राएमा म त्यो गर्थेँ, तर मैले अझ राम्रो गर्नका लागि सक्रिय रूपमा प्रयास गर्न छोडेँ, र कहिलेकाहीँ आफ्ना कर्तव्यहरूमा समस्याहरू देख्दा पनि मलाई तिनको समाधान गर्ने कुनै प्रेरणा मिल्दैनथ्यो। मेरो कामका नतिजा झन्-झन् खस्कँदै गइरहेका थिए, र आफ्ना कर्तव्यहरूमा प्रगति नगरेकी र निष्क्रिय मनोवृत्ति राखेकीले सुपरभाइजरले मलाई काटछाँट गरिन्। मलाई आफूभित्र म आफ्ना कर्तव्यहरूमा निष्क्रिय भइरहेकी छु भन्ने थाहा थियो, तर मलाई आफ्ना समस्याहरूबारे धेरै बुझाइ थिएन।
पछि, मैले दिक्दारीको समस्यालाई खुलासा गर्ने परमेश्वरका वचनहरू पढेँ, र त्यसपछि मात्र म आफ्नो स्थिति बुझ्न थालेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले कुनै व्यक्तिलाई देख्छस्, र त्यो व्यक्ति कुनै काम गर्दा सधैँ निराशा र निष्क्रियतामा हुन्छ, उसले कुनै ऊर्जा बटुल्न सक्दैन, उसको संवेग र मनोवृत्ति सकारात्मक र आशावादी हुँदैन, र उसले सधैँ नकारात्मक, दोष दिने र हतासा पोख्ने मनोवृत्ति मात्र व्यक्त गरिरहन्छ। तैँले उसलाई सल्लाह दिन्छस् तर उसले कहिल्यै सुन्दैन, अनि तैँले उसलाई देखाएको बाटो सही हो र तेरो तर्क राम्रो हो भनेर उसले स्वीकार पनि गर्छ, तर काम गर्दा उसले कुनै ऊर्जा बटुल्न सक्दैन, र ऊ अझै पनि नकारात्मक र निष्क्रिय नै रहिरहन्छ। अनि गम्भीर परिस्थितिहरूमा, उसको शरीरको चाल, जिउडाल, हिँडाइ, बोलीको भाव, र बोल्ने शब्दहरूबाट, तैँले यस व्यक्तिको संवेग निकै निराशामा डुबेको छ, उसले गर्ने हरेक कुरामा उसको कुनै जोसजाँगर छैन र ऊ निचोरिएको फलजस्तै भएको छ, र ऊसँग जसले समय बिताउँछ त्यो व्यक्ति उसको नराम्रो प्रभावमा पर्नेछ भन्ने कुरा देख्न सक्छस्। यो सबको अर्थ के हो? निराशामा परेका मानिसहरूले देखाउने विभिन्न व्यवहार, अनुहारको अभिव्यक्ति, बोल्ने शैली, र विचार र दृष्टिकोणहरूसमेत नकारात्मक गुणका हुन्छन्। अनि, यी नकारात्मक अवस्थाहरूको कारण के हो त? यसको जड कहाँ छ? पक्कै पनि, दिक्दारीजस्तो नकारात्मक संवेग पैदा हुनुको मूल कारण हरेक व्यक्तिको लागि फरक-फरक हुन्छ। एक प्रकारको व्यक्तिको दिक्दारी उसले आफ्नै खराब भाग्यप्रति गर्ने निरन्तर विश्वासबाट पैदा हुन सक्छ। के यो एउटा कारण होइन र? (हो।) … तिनीहरू परमेश्वरमा विश्वास गरेपछि परमेश्वरको घरमा आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्न—कठिनाइ सहन र कडा परिश्रम गर्न, कुनै पनि मामिलामा अरूले भन्दा धेरै सहन, र धेरैजसो मानिसहरूको अनुमोदन र सम्मान पाउने प्रयास गर्न सङ्कल्प गर्छन्। तिनीहरू आफू अगुवा, सुपरिवेक्षक, वा टोली प्रमुख हुन चुनिनसमेत सक्छ भन्ने सोच्छन्, अनि त्यसपछि त के तिनीहरूले आफ्ना पितापुर्खालाई र आफ्नो परिवारलाई सम्मान दिइरहेका हुनेछैनन् र? के तिनीहरूले आफ्नो नियति परिवर्तन गरेका हुँदैनन् र? तैपनि, वास्तविकता तिनीहरूको कामनाअनुसारको हुँदैन र तिनीहरू उदास बन्छन्, र सोच्छन्, ‘मैले परमेश्वरमा विश्वास गरेको वर्षौँ भयो र म मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग राम्ररी घुलमिल हुन सक्छु, तर किन अगुवा, सुपरिवेक्षक, वा टोली प्रमुख छनौट गर्ने बेलामा, मेरो पालो कहिल्यै आउँदैन? के म साह्रै सरल देखिएकोले हो कि, कि मैले राम्ररी काम नगरेकोले मलाई कसैले ध्यान नदिएको हो? निर्वाचन हुँदैपिच्छे, मलाई थोरै आशा लाग्छ, र म टोली प्रमुखका रूपमा छनौट हुन पाए खुसी नै हुन्थेँ। म परमेश्वरको ऋण तिर्न अत्यन्तै उत्साहित छु, तर पनि निर्वाचन हुँदैपिच्छे नै म निराश मात्र हुन्छु र यो सबबाट मलाई छुटाइन्छ। के भएर यस्तो भएको हो? के म मेरो जीवनभरि एउटा साधारण व्यक्ति, सामान्य व्यक्ति, र अनुल्लेखनीय व्यक्ति मात्रै बन्न सक्छु? मेरो बाल्यकाल, जवानी, र अधबैँसे उमेरलाई फर्केर हेर्दा, मैले हिँडेको यो बाटो सधैँ नै सामान्य रहेको थियो र मैले कुनै पनि स्मरणीय काम गरेको छैनँ। मसँग कुनै महत्त्वाकाङ्क्षा नभएकाले वा मेरो क्षमता कमजोर भएकाले यो भएको होइन, र मैले पर्याप्त प्रयास नगर्ने वा धेरै कठिनाइ भोग्न नसकेकाले यो भएको होइन। मेरा पनि सङ्कल्प र उद्देश्यहरू छन्, र यो भन्न सकिन्छ कि मसँग पनि महत्त्वाकाङ्क्षा छँदै छ। त्यसोभए किन म भीडभन्दा माथि कहिल्यै उठ्न सक्दिनँ? अन्तिम विश्लेषण गरेर हेर्दा के देखिन्छ भने, मेरो भाग्य नै खराब छ र म कष्ट भोग्न जन्मेको हुँ, र परमेश्वरले मेरो लागि यसरी नै बन्दोबस्त मिलाउनुभएको छ।’ तिनीहरू यसबारे जति सोचिरहन्छन्, तिनीहरूलाई आफ्नो भाग्य त्यति नै खराब छ भन्ने लाग्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि मैले अन्तत: आफ्ना कर्तव्यहरूमा बढ्दै गएको मेरो निष्क्रियता र नकारात्मकता त भ्रामक दृष्टिकोणहरूका कारणले पो रहेछ भन्ने बुझेँ। मैले अगुवा वा कामदार बन्न र अरूभन्दा अलग देखिन नसक्नुको अर्थ मेरो भाग्य खराब छ, र अगुवा वा कामदार बने मात्र मेरो भविष्य हुन्छ र मेरो भाग्य राम्रो छ भन्ने देखिन्छ भनी सोचेँ। अगुवा वा कामदारको रूपमा छानिनको लागि, मैले आफूलाई परमेश्वरका वचनहरूले सुसज्जित पार्न कडा मिहिनेत गरेँ, र ब्रदर-सिस्टरहरूका स्थितिमा समस्याहरू देख्दा, म सङ्गति र मद्दत गर्न परमेश्वरका वचनहरू सक्रियतापूर्वक खोज्थेँ। आफ्नो सङ्गतिले नतिजा ल्याउँदा, मलाई मसँग क्षमता छ र म वास्तविक समस्याहरू समाधान गर्न सक्छु भन्ने लाग्थ्यो, र कुनै दिन यदि सबैले मेरो क्षमता देखे भने मलाई अगुवाको रूपमा छान्न सक्छन् भनी सोच्थेँ। तर आफूले जति नै कडा प्रयास गरे पनि, म लेखन-पठनको कर्तव्यमै अड्किरहेँ। खासगरी, आफूभन्दा कम समयदेखि परमेश्वरमा विश्वास गरेका ब्रदर-सिस्टरहरू पहिले नै अगुवा र कामदारहरू बनिसकेका देख्दा, म तिनीहरूको भाग्य राम्रो छ, र तिनीहरू अगुवा र कामदार बन्नकै लागि जन्मेका हुन् भन्ने सोच्थेँ। तर धेरै वर्षसम्म लेखन-पठनको कर्तव्य निर्वाह गरेपछि, म आफूलाई एउटै ठाउँमा अड्किएकी, मण्डलीमा कसैको नजरमा नपरेकी र एउटी साधारण व्यक्ति मात्र भएकी महसुस गर्थेँ। त्यसैले मैले यो समस्याको दोष मेरो खराब भाग्यलाई दिएँ, परमेश्वरले ममाथि कृपादृष्टि राख्नुभएको छैन र उहाँले मेरो लागि पूर्वनियोजन र प्रबन्ध गर्नुभएको कर्तव्य तल्लो स्तरको छ भनी सोचेँ, त्यसैले म आफ्ना कर्तव्यहरूमा झन्झन् प्रेरणाहीन बन्दै गएँ। आफ्नो कामका नतिजा कमजोर हुँदा, म आफूमा चिन्तन गर्दिनथेँ, र समस्याहरू फेला पर्दा, म तिनको समाधान गर्न मानसिक प्रयास गर्न चाहन्नथेँ। मलाई स्पष्ट रूपमा के थाहा थियो भने ममा व्यावहारिक अनुभवको कमी छ र मैले अझ धेरै अभ्यास गर्नुपर्छ अनि आफूलाई अझ धेरै सत्यताहरूले सुसज्जित गर्नुपर्छ, तर म प्रयास गर्न अनिच्छुक थिएँ, र मैले आफैँसँग हार मानेँ। लाग्थ्यो म दलदलमा फसेकी छु, बिस्तारै त्यसैमा भासिँदै गएकी र उम्कन असमर्थ भएकी छु। मेरो दिक्दारीको असर साँच्चै ठूलो थियो!
पछि, मैले परमेश्वरका वचनहरूको खुलासा देखेँ, र मेरा भ्रामक दृष्टिकोणहरू बुझ्न थालेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले धेरै पहिले नै मानिसहरूको भाग्य पूर्वनिर्धारित गर्नुभएको छ, र ती अपरिवर्तनीय छन्। यो ‘असल भाग्य’ र ‘खराब भाग्य’ व्यक्तिपिच्छे फरक-फरक हुन्छन्, र ती कुरा वातावरणमा र मानिसहरूले कस्तो महसुस गर्छन् र के पछ्याउँछन् भन्ने कुरामा निर्भर हुन्छन्। त्यसकारण कसैको भाग्य असल पनि हुँदैन र खराब पनि हुँदैन। तैँले साह्रै कठिन जीवन जिउन सक्छस्, तर तैँले यस्तो सोच्न सक्छस्, ‘म उच्च जीवन जिउने प्रयास गरिरहेको छैनँ। पुग्दो खान र लाउन पाए म त्यसैमा खुसी हुन्छु। जीवनमा हर-कसैले कष्ट भोग्नुपर्छ। सांसारिक मानिसहरूले भन्छन्, “वर्षा नभई इन्द्रेनी देखिन्न”, त्यसकारण दुःख-कष्टमा पनि मूल्य हुन्छ। यो त्यति खराब कुरा होइन, र मेरो भाग्य खराब छैन। माथिको स्वर्गले मलाई केही पीडा, केही परीक्षा, र केही सङ्कष्ट दिएको छ। यो किन हो भने उहाँ मलाई निकै सम्मान गर्नुहुन्छ। यो राम्रो भाग्य हो!’ कतिपय मानिसहरू कष्ट भोग्नु खराब कुरा हो, र यसको अर्थ तिनीहरूको भाग्य खराब छ, र जीवन कष्टरहित, आराम र सहज छ भने मात्रै तिनीहरूको भाग्य राम्रो हुन्छ भन्ने सोच्छन्। गैरविश्वासीहरू यसलाई ‘विचारको कुरा’ भन्छन्। परमेश्वरका विश्वासीहरूले ‘भाग्य’ सम्बन्धी यो विषयलाई कसरी लिन्छन्? के हामी ‘असल भाग्य’ वा ‘खराब भाग्य’ भनेर कुरा गर्छौँ? (गर्दैनौँ।) हामी यस्ता कुराहरू गर्दैनौँ। मानौँ, तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले तेरो भाग्य राम्रो छ, तर त्यसपछि यदि तैँले आफ्नो विश्वासमा सही मार्ग पछ्याउँदैनस्, र तँलाई दण्डित, खुलासा गरियो र हटाइयो भने, के त्यसको अर्थ तेरो भाग्य राम्रो छ भन्ने हुन्छ कि नराम्रो? यदि तँ परमेश्वरमा विश्वास गर्दैनस् भने, तँलाई खुलासा गरिने वा हटाइने सम्भावनै हुँदैन। गैरविश्वासीहरू र धर्मका मानिसहरूले मानिसहरूलाई खुलासा गर्ने वा चिन्नेबारेमा कुरा गर्दैनन्, र तिनीहरूले मानिसहरूलाई सफाइ गर्ने वा हटाउनेबारेमा पनि कुरा गर्दैनन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्न सके भने, तिनीहरूको भाग्य राम्रो छ भन्ने हुन्छ, तर यदि अन्त्यमा तिनीहरूलाई दण्ड भयो भने, के त्यसको अर्थ तिनीहरूको भाग्य खराब छ भन्ने हुन्छ? एक क्षण तिनीहरूको भाग्य असल हुन्छ, र अर्को क्षण खराब हुन्छ—तर खासमा त्यो कस्तो हो, असल कि खराब? कुनै व्यक्तिको भाग्य असल छ कि छैन भन्ने कुरा मूल्याङ्कन गर्न सकिने कुरा होइन, र मानिसहरूले यो कुरा मूल्याङ्कन गर्नै सक्दैनन्। यो सबै परमेश्वरले गर्नुहुने कुरा हो र परमेश्वरले बन्दोबस्त गर्नुहुने सबै कुरा असल हुन्छन्। यति मात्र हो, हरेक व्यक्तिको भाग्यको दिशा, वा तिनीहरूको वातावरण, र तिनीहरूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू, र आफ्नो जीवनकालमा तिनीहरूले अनुभव गर्ने जीवन मार्ग फरक-फरक हुन्छन्; यी कुराहरू व्यक्तिपिच्छे फरक-फरक हुन्छन्। हरेक व्यक्ति जिउने वातावरण र तिनीहरू हुर्कने-बढ्ने वातावरण दुवै परमेश्वरले नै तय गर्नुभएको हुन्छ, तर ती दुवै वातावरण पूरै फरक हुन्छन्। हरेक व्यक्तिले आफ्नो जीवनकालमा अनुभव गर्ने कुराहरू पूरै फरक हुन्छन्। तथाकथित कुनै असल भाग्य वा खराब भाग्य भन्ने कुरै हुँदैन—यो सब परमेश्वरले नै मिलाउनुभएको, र परमेश्वरले नै गर्नुभएको हुन्छ। यदि हामीले यो सब परमेश्वरले नै गर्नुभएको हो भन्ने दृष्टिकोणले हेर्यौँ भने, परमेश्वरले गर्नुहुने हरेक कुरा असल र सही हुन्छ; यति मात्र हो, मानिसहरूको अभिरुचि, भावना र छनौटहरूको दृष्टिकोणबाट, कतिपय मानिसहरूले सहज जीवन जिउन रोज्दै, ख्याति, लाभ, र असल प्रतिष्ठा रोज्छन्, र संसारको समृद्धि प्राप्त गर्न, अनि आफ्नो जीवन आफै सम्हाल्न रोज्छन्। यसको अर्थ तिनीहरूको भाग्य राम्रो छ, र जीवनभरि सामान्य र असफल भएर जिउनु, समाजको तल्लो स्तरमा जिउनु खराब भाग्य हो भन्ने तिनीहरूलाई लाग्छ। सांसारिक कुराहरू पछ्याउने र संसारमा जिउन खोज्ने गैरविश्वासी र सांसारिक मानिसहरूको दृष्टिकोणबाट हेर्दा, विभिन्न कुराहरू यस्तै देखिन्छन्, र असल भाग्य र खराब भाग्यको विचार यसरी नै पैदा भएको हुन्छ। असल भाग्य र खराब भाग्यको विचार भाग्यसम्बन्धी मान्छेको सङ्कीर्ण बुझाइ र सतही अनुभूतिबाट, अनि मानिसहरूले कति भौतिक कष्ट भोग्छन्, तिनीहरूलाई कति आनन्द हुन्छ, र तिनीहरूले कति ख्याति र लाभ प्राप्त गर्छन्, र यस्तै अन्य कुराहरूसम्बन्धी तिनीहरूको मूल्याङ्कनबाट मात्रै पैदा भएको हुन्छ। वास्तवमा, मान्छेको भाग्यप्रतिको परमेश्वरको बन्दोबस्त र सार्वभौमिकताको दृष्टिकोणद्वारा हामीले यसलाई हेर्यौँ भने, असल भाग्य वा खराब भाग्य भनेर व्याख्या नै गरिँदैन। के यो सही होइन र? (हो।) यदि तैँले मान्छेको भाग्यलाई परमेश्वरको सार्वभौमिकताको दृष्टिकोणले हेर्छस् भने, परमेश्वरले गर्नुहुने सबै कुरा असल हुन्छ, र ती कुराहरू नै हरेक व्यक्तिलाई चाहिने कुरा हुन्छन्। यस्तो किन हुन्छ भने, विगत र वर्तमान जीवनमा कारण र प्रभावले भूमिका खेलेको हुन्छ, ती कुराहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, ती कुराहरूमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ, र परमेश्वरले नै ती कुराहरूको योजना र बन्दोबस्त गर्नुभएको हुन्छ—मानवजातिसँग कुनै विकल्प हुँदैन। यदि हामीले यो दृष्टिकोणले हेर्यौँ भने, मानिसहरूले आफ्नो भाग्यलाई असल वा खराब भनेर मूल्याङ्कन गर्नु हुँदैन, होइन र? यदि मानिसहरूले यस विषयमा त्यत्तिकै मूल्याङ्कन गर्छन् भने, के तिनीहरूले भयानक गल्ती गरिरहेका हुन्नन् र? के तिनीहरूले परमेश्वरको योजना, बन्दोबस्त, र सार्वभौमिकताको मूल्याङ्कन गर्ने गल्ती गरिरहेका हुँदैनन् र? (हुन्छन्।) अनि, के त्यो गल्ती गम्भीर गल्ती होइन र? के यसले तिनीहरूले जीवनमा हिँड्ने मार्गलाई असर गर्दैन र? (गर्छ।) त्यसोभए, त्यो गल्तीले तिनीहरूलाई विनाशतर्फ लैजान्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वर के खुलासा गर्नुहुन्छ भने कतिपय मानिसहरू अरूभन्दा अलग देखिन र ख्याति र प्राप्ति हासिल गर्न सक्नु भनेको राम्रो भाग्य हुनु हो, र जीवनभर साधारण हुनु र असफल हुनु भनेको खराब भाग्य हुनु हो, अनि कष्ट भोग्नु भनेको व्यक्तिको भाग्य खराब हुनु हो भन्ने सोच्छन्। तिनीहरू आरामदायी, सहज र शान्तिपूर्ण जीवन जिउनु भनेको राम्रो भाग्य हुनु हो भन्ने सोच्छन्। राम्रो वा खराब भाग्यबारेका यी सबै विचारहरू मानिसहरूका व्यक्तिपरक पछ्याइ र चाहनाहरूमा आधारित हुन्छन्। हरेकको जीवनमार्ग परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तअनुसार हुन्छ, परमेश्वरले मानिसका आवश्यकताहरूका आधारमा कामकुराहरूको प्रबन्ध गर्नुहुन्छ, र सबै कुरा तिनीहरूको जीवनका लागि लाभदायक हुन्छ, अनि राम्रो वा खराब भाग्य भन्ने कुनै कुरा हुँदैन। व्यक्तिगत रुचिका आधारमा आफ्नो भाग्य खराब छ भन्नु भनेको परमेश्वरले प्रबन्ध गर्नुभएका परिस्थितिहरूप्रति समर्पित नहुनु र उहाँको सार्वभौमिकतामा विश्वास नगर्नु हो। वास्तवमा, परमेश्वरले प्रबन्ध गर्नुहुने सबै कुरा राम्रो हुन्छ। जस्तै मैले मेरो बाल्यकालमा पारिवारिक दुर्भाग्य भोगेँ र बेवास्ता, तिरस्कार अनि हेलाँको सिकार भएँ, यदि मैले यी असफलता र पीडाहरू नभोगेकी भए, म परमेश्वरसामु नआउन पनि सक्थेँ। परमेश्वरको प्रेम र मुक्तिकै कारण आज मैले उहाँका वचनहरू पढ्ने र आफ्नो कर्तव्य निर्वाहको अभ्यास गर्ने अवसर पाएकी छु। तर मैले प्रख्यात व्यक्ति बन्नु, अरूभन्दा अलग देखिनु, र अरूको आदर पाउनु भनेको राम्रो भाग्य हुनु हो, र एउटा साधारण, औसत जीवन जिउनु, र हेलाँमा पर्नु भनेको खराब भाग्य हुनु हो भन्ने सोचेँ। यी एउटा अविश्वासीका दृष्टिकोणहरू थिए। परमेश्वरमा विश्वास गर्न थालेपछि, जब म अगुवा र कामदारहरूले समस्याहरू समाधान गर्नसक्ने क्षमताको कारण ब्रदर-सिस्टरहरूबाट सम्मान र प्रशंसा पाइरहेका देख्थेँ, म अगुवा वा कामदार भएँ भने मात्र मेरो वृद्धिको सम्भावना हुन्छ, र साधारण ब्रदर-सिस्टरहरूको भन्दा तिनीहरूको भाग्य राम्रो हुन्छ भन्ने सोच्थेँ। मलाई यति धेरै वर्ष परमेश्वरमा विश्वास गरेर पनि म अझै लेखन-पठनको कर्तव्य मात्र निर्वाह गरिरहेकी हुनाले, मेरो कदर भएको छैन, र मेरो वृद्धिको कुनै सम्भावना छैन भन्ने लाग्यो, र मैले आफ्ना कर्तव्यहरूप्रतिको आफ्नो प्रेरणा गुमाएँ। तर विचार गर्दा, के अगुवा वा कामदारमा बढुवा हुनुले साँच्चै राम्रो भाग्यलाई सङ्केत गर्छ त? वास्तवमा, यदि कुनै व्यक्तिले सत्यता पछ्याउँदैन र उसको भ्रष्ट स्वभावलाई शुद्धिकरण गर्न वा बदल्न सकिँदैन भने, उसले मानिसको प्रशंसा र आराधना पाए तापनि, उसलाई मुक्ति दिन वा सिद्ध पार्न सकिँदैन। जस्तै सत्यता नपछ्याउने र आफ्नो धेरै वर्षको कार्य अनुभवलाई पूँजीको रूपमा प्रयोग गरी, अरूलाई निरन्तर नियन्त्रित गर्ने कतिपय अगुवा र कामदारहरू, आफूले चाहेअनुसार काम गर्छन्, मण्डलीको काममा अवरोध र बाधा दिन्छन्, र अन्ततः, तिनीहरू प्रकटित भई बर्खास्त गरिन्छन्। अर्कोतर्फ, कतिपय मानिसहरू कहिल्यै अगुवा बनेका हुँदैनन्, तर तिनीहरू आफ्नो स्थानअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्। तिनीहरू सत्यता पछ्याउन र आफ्ना अभिप्रायहरू, दृष्टिकोणहरू, र भ्रष्ट स्वभावमाथि चिन्तन गर्नमा केन्द्रित हुन्छन्, र तिनीहरूले अझै पनि परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्छन्, आफ्ना कर्तव्यहरूमा नतिजा हासिल गर्छन्, र आफ्नो जीवनमा बढ्दै जान्छन्। हामीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, मुख्य कुरा सत्यता पछ्याउनु हो। राम्रो वा खराब भाग्य भन्ने कुनै कुरा हुँदैन। यो बुझेपछि, मेरो हृदयले अलि उज्यालो महसुस गऱ्यो। मैले आफू ख्याति, प्राप्ति र हैसियतमा धेरै केन्द्रित रहेकी, र एउटा सिर्जित प्राणीका रूपमा व्यावहारिक तवरले आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक बनिरहेकी रहेछु, र म आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरलाई सधैँ ख्याति पछ्याउने माध्यमको रूपमा प्रयोग गर्न चाहँदिरहेछु भन्ने देखेँ। तर यदि मेरा चाहनाहरू पूरा हुने भएका भए, ख्याति, प्राप्ति र हैसियतप्रतिको मेरो तृष्णा अझ तीव्र हुनेथियो, र म झन् अहङ्कारी र अभिमानी हुनेथिएँ अनि आफूलाई अरू सबैभन्दा उत्तम ठान्नेथिएँ। यो सायद मेरो लागि राम्रो कुरा हुनेथिएन। मैले परमेश्वरले प्रबन्ध गर्नुहुने सबै कुरा राम्रो हुन्छ, र त्यो सबैको पछाडि परमेश्वरका श्रमसाध्य अभिप्रायहरू हुन्छन् भन्ने कुरा साँच्चै महसुस गरेँ।
त्यसपछि, मैले फेरि सोचेँ, “परमेश्वरले शासन र प्रबन्ध गर्नुभएका परिस्थितिहरूप्रति मेरो मनोवृत्ति कस्तो हुनुपर्छ?” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “जहाँसम्म मानिसहरूलाई भाग्यबारे कस्तो महसुस हुन्छ भन्ने कुरा छ, तिनीहरूसँग असल भावना र खराब भावना हुन सक्छ, अनि कुनै भाग्यमा सबै कुरा सहज रूपमा अघि बढ्न सक्छ, र कुनै भाग्य बाधाले भरिएको, कठिन भाग्य, र बेखुसीको भाग्य हुन सक्छ—तर असल वा खराब भाग्य भन्ने कुरै हुँदैन। अब, भाग्यप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले अन्त्यमा सृष्टिकर्ताले तँलाई नस्विकारिन्जेल र नसम्झिन्जेल सत्यताको बुझाइ हासिल गर्न, परमेश्वरले तेरा लागि प्रबन्ध गरेको यस जीवनमा आफ्नो सबैभन्दा ठूलो कार्य प्रयोगमा ल्याउन, सृजित प्राणीका कर्तव्य, जिम्मेवारी, र दायित्वहरू पूरा गर्न, र आफ्नो जीवन अझै अर्थपूर्ण र अझै मूल्यवान् बनाउन सृष्टिकर्ताका बन्दोबस्तहरू पालना गर्नुपर्छ, र सृष्टिकर्ताले यी कुराहरू बन्दोबस्त गर्नुपछाडि रहेको उद्देश्य र अर्थलाई सक्रिय रूपमा र लगनशील भई खोजी गर्नुपर्छ। अवश्य नै, यदि तैँले सत्यता खोजेर र स्विकारेर मुक्ति प्राप्त गर्नका लागि कडा परिश्रम गरिस् भने झनै राम्रो हुनेछ—त्यो सबैभन्दा राम्रो हुनेछ। जे भए पनि, भाग्यका सन्दर्भमा, सृजित मानवजातिमा हुनुपर्ने सबैभन्दा उचित मनोवृत्ति भनेको मनमानी न्याय र परिभाषा दिनु वा यसलाई सम्हाल्न चरम पद्धति प्रयोग गर्नु होइन। अनि अवश्य नै, मानिसहरूले आफ्नो भाग्यलाई प्रतिरोध गर्ने, इन्कार्ने, वा बदल्ने प्रयास गर्नुपर्ने त झनै होइन, बरु तिनीहरूले यसलाई बुझ्न, खोज्न, महसुस गर्न, र पालन गर्न आफ्नो हृदय प्रयोग गर्नुपर्छ र त्यसपछि यसलाई सकारात्मक रूपमा सामना गर्नुपर्छ। अन्त्यमा, तैँले परमेश्वरले तेरा लागि खडा गरेको जिउने वातावरण र जीवन यात्रामा, परमेश्वरले तँलाई सिकाउने आत्मआचरणको तरिका खोजी गर्नुपर्छ, परमेश्वरले तँ हिँडोस् भनेर माग गर्ने मार्ग पहिल्याउनुपर्छ, र यसरी परमेश्वरले तेरो लागि मिलाउनुभएको भाग्य अनुभव गर्नुपर्छ, र अन्त्यमा, तँ आशिषित हुनेछस्। जब सृष्टिकर्ताले तेरो लागि मिलाउनुभएको भाग्यलाई तैँले यसरी अनुभव गर्छस्, तब तैँले शोक, दुःख, आँसु, पीडा, निराशा, र असफलता मात्रै होइन, अझै महत्त्वपूर्ण रूपमा, आनन्द, शान्ति, र सान्त्वना, साथै सृष्टिकर्ताले तँलाई प्रदान गर्नुहुने सत्यताको अन्तर्दृष्टि र ज्योति पनि अनुभव गर्नेछस्। अनि यति मात्र होइन, जब तँ जीवनको बाटोमा अलमलिएको हुन्छस्, जब तैँले निराशा र असफलता सामना गर्छस्, र जब तैँले छनौट गर्नुपर्ने हुन्छ, तब तैँले सृष्टिकर्ताको अगुवाइ अनुभव गर्नेछस्, र अन्त्यमा तैँले सबैभन्दा अर्थपूर्ण जीवन कसरी जिउने त्यसको बुझाइ, अनुभव र ज्ञान प्राप्त गर्नेछस्। त्यसपछि तँ जीवनमा फेरि कहिल्यै हराउनेछैनस्, तँ फेरि कहिल्यै चिन्ताको अटुट स्थितिमा रहनेछैनस्, अनि अवश्यै, तैँले फेरि कहिल्यै खोटो भाग्यबारे गुनासो गर्नेछैनस्, तँ आफ्नो भाग्य खोटो छ भनेर निराशाको संवेगमा डुब्ने त झन् कुरै हुँदैन। यदि तँसँग यस्तो मनोवृत्ति छ र सृष्टिकर्ताले तेरो लागि तय गर्नुभएको भाग्य सामना गर्न तैँले यो विधि प्रयोग गर्छस् भने, तेरो मानवता अझै सामान्य हुने तँमा सामान्य मानवता हुने, र सामान्य मानवताका कुराहरू हेर्ने सोच, दृष्टिकोण र सिद्धान्त हुने मात्रै होइन—त्यसभन्दा पनि बढी, तैँले जीवनको अर्थबारे गैरविश्वासीहरूसँग कहिल्यै नहुने दृष्टिकोण र बुझाइ अवश्यै प्राप्त गर्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि, मैले कुनै व्यक्तिले आफ्नो भाग्य राम्रो वा खराब जे महसुस गरे पनि, ऊ परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ, कुनै परिस्थितिमा परमेश्वरको अभिप्राय के हो भनी खोज्नुपर्छ, र आफ्ना कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नुपर्छ भन्ने बुझेँ। परमेश्वरको अभिप्रायसँग मिल्ने कुरा यही हो। त्यसैले मैले मनमनै विचार गरेँ, “म सधैँ लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी छु; यसमा परमेश्वरको अभिप्राय के छ त?” मैले कसरी कुनै घटना घट्दा, म सत्यता कसरी खोज्ने भन्ने जान्दिनथेँ र विरलै मात्र परमेश्वरका वचनहरू मनन गर्न प्रयास गर्थेँ भन्ने कुरा सोचेँ। लेखन-पठनको कर्तव्य निर्वाह गरेर, मैले यी कमजोरीहरूलाई पूर्ति गर्न सकेकी रहेछु, जसले गर्दा मैले परमेश्वरका वचनहरू लगनशीलतापूर्वक मनन गर्न र आफ्नो भ्रष्ट स्वभावमाथि चिन्तन गर्न सिकेकी रहेछु। यो मेरो जीवन प्रवेशका लागि लाभदायक थियो। साथसाथै, यस परिस्थितिले म हैसियतलाई धेरै महत्त्व दिन्छु, र हैसियतप्रतिको आफ्नो चाहना पूरा नहुँदा, म हार मान्न चाहँदिरहेछु भन्ने कुरा प्रकट गर्यो। मैले मेरो विश्वासमा सत्यता होइन, हैसियत पछ्याइरहेकी रहेछु भन्ने महसुस गरेँ। बारम्बार असफलताहरू भोगेपछि, म हैसियत पछ्याउने गलत मार्गको बारेमा सचेत हुन थालेँ, र अगुवा बन्ने मेरो महत्त्वाकाङ्क्षालाई त्याग्न अनि इमानदार र सोझो तरिकाले आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्षम भएँ। मैले म किन अगुवाको रूपमा छानिएकी थिइनँ भनी चिन्तन पनि गरेँ। खासगरी ममा आफ्ना कर्तव्यहरूप्रति जिम्मेवारीपनको अभाव भएको हुनाले, र मेरो कार्य सामर्थ्य अपर्याप्त भएको हुनाले, ममा अगुवा हुने क्षमता थिएन न त उक्त मापदण्ड नै पूरा गर्न सक्थेँ। मेरो भाग्य राम्रो वा खराब हुनुसँग यसको कुनै सरोकार थिएन। यो महसुस गरेपछि, म आफ्ना कमीकमजोरी र अपर्याप्तताहरूलाई सही रूपमा लिन, परमेश्वरले योजनाबद्ध गर्नुभएका परिस्थितिहरूप्रति समर्पित हुन, र आफ्ना वर्तमान कर्तव्यमा सिद्धान्तहरूबमोजिम उचित आचरण गर्न सक्षम भएँ। पछि, ब्रदर-सिस्टरहरूले मलाई मलजल गर्ने डिकनको रूपमा छाने, र केही हप्ता मात्र तालिम लिएपछि, लेखन-पठन गर्ने कर्मचारीहरूको अभावका कारण अगुवाहरूले मलाई फेरि लेखन-पठनको कर्तव्य निर्वाह गर्न खटाए। यस पटक, मैले गुनासो गरिनँ वा दिक्दार महसुस गरिनँ। बरु, मैले कसरी मण्डलीले मलाई धेरै वर्षसम्म लेखन-पठनको कर्तव्य निर्वाह गर्न संवर्धन गरेको थियो, र कसरी यस क्षेत्रमा मेरा केही सबल पक्षहरू थिए भन्नेबारे सोचेँ। डिकन हुनुभन्दा, लेखन-पठनका कर्तव्यहरू मेरो लागि अझ उपयुक्त थिए, र “विगतमा, लेखन-पठनको कर्तव्य निर्वाह गर्दा मैले केही पश्चात्तापहरू छोडेँ, तर यस पटक, मैले मेरो सम्पूर्ण हृदयले यसलाई निर्वाह गर्नुपर्छ” भन्ने सोच्दै म यसप्रति हृदयको गहिराइबाट समर्पित भएँ। केही समयपछि, मेरा कर्तव्यहरूले केही नतिजा दिए, र मैले ठूलो राहत महसुस गरेँ।
यो सम्पूर्ण अनुभवबाट गुज्रिएपछि, मैले के देखेँ भने परमेश्वरले उहाँको सार्वभौमिकताको अंशको रूपमा प्रबन्ध गर्नुहुने परिस्थितिहरू सधैँ राम्रा हुन्छन् र ती ठ्याक्कै मेरो जीवनलाई आवश्यक पर्ने कुराहरू हुन्छन्। मैले यो बुझाइ प्राप्त गर्न र कुराहरू बदल्न सक्नु परमेश्वरका वचनहरूको परिणाम थियो। परमेश्वरलाई धन्यवाद!