६६. म ईर्ष्याका बन्धनबाट मुक्त भएँ
२०२१ को शरद ऋतुमा, म लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी थिएँ। त्यतिबेला, छङ शिन नाम गरेकी एक सिस्टर हाम्रो टोलीमा सामेल हुन आइन्। छङ शिनको क्षमता राम्रो छ, र उनको बुझाइ शुद्ध छ। उनमा सिद्धान्तहरूको धेरै ठोस ज्ञान नभए पनि, उनी सक्रिय रूपमा खोजी गर्थिन् र अरूका सुझावहरू स्वीकार गर्थिन्। कहिलेकाहीँ म सँगै काम गर्ने सिस्टरहरूले मेरो अगाडि छङ शिनको प्रशंसा गर्थे, र उनलाई केही समस्यामा थोरै मार्गदर्शन दिइसकेपछि, उनको काममा त्यसपछि कम विचलन र समस्याहरू देखिन्छन् भन्थे। केही समयपछि, हामी जिम्मेवार रहेको टोलीका नतिजाहरू राम्रो नआएकोले, सुपरिवेक्षकले छङ शिनलाई उनीहरूसँग भेला र सङ्गति गर्न पठाउने विषयमा हामीसँग छलफल गर्नुभयो। मैले मनमनै सोचेँ, “छङ शिन यहाँ आएको एक महिना पनि भएको छैन, र उनले सिद्धान्तहरू अझै राम्ररी बुझेकी छैनन्। मलाई चाहिँ जान मन छ कि छैन भनेर सोध्दै नसोधीकन तपाईंले उनलाई पठाउने व्यवस्था मिलाउनुभयो। के तपाईंलाई छङ शिनको क्षमता मभन्दा राम्रो छ, र उनले सङ्गति गरेर ल्याउने नतिजाहरू मैले ल्याउन सक्नेभन्दा राम्रो हुनेछ भन्ने लाग्छ? यतिका वर्ष तालिम लिएपछि पनि म एउटा नयाँ सदस्य जत्तिको पनि हुनेछैन भन्ने मैले कहिल्यै सोचेकी थिइनँ।” तर त्यसपछि, मैले आफू पछिल्लो पटक सङ्गति गर्न जाँदा नतिजाहरू साँच्चै त्यति राम्रो नआएको कुरा सम्झेँ, त्यसैले म केही बोलिनँ। त्यसपछि, जब मैले सुपरिवेक्षकले छङ शिनको काममा व्यक्तिगत रूपमा मार्गदर्शन गरिरहनुभएको देखेँ, तब मलाई साँच्चै नरमाइलो लाग्यो, र सोचेँ, “छङ शिन भर्खरै आएकी थिइन् तर सुपरिवेक्षकले तुरुन्तै उनलाई महत्त्व दिनुभयो र संवर्धन गर्नुभयो। यस्तो लाग्छ कि म उनीजत्तिको सिपालु छैन। यसपालि छङ शिन नै भेलामा गए तापनि नतिजा भने राम्रो नआए निकै बेस हुन्थ्यो। त्यसो भयो भने सुपरिवेक्षकले उनलाई उप्रान्त त्यति उच्च महत्त्व दिनुहुनेथिएन।” पछि, छङ शिन भेलाबाट फर्किइन् र आफूले समस्या कसरी समाधान गरिन् भनेर सुपरिवेक्षकलाई बताइन्। यो सुनेपछि मलाई धेरै असहज महसुस भयो, र सोचेँ, “मैले सुरुमा तालिम लिन थाल्दा, ममा धेरै समस्या थिए। तिमीले अहिले मभन्दा राम्रो गरिरहेकी छौ। के यसले तिमी मभन्दा राम्रो छौ भन्ने देखाउँदैन र? यस्तो हुनु हुँदैन। मैले तिम्रो खोट देखाउनै पर्छ!” तर मैले उनमा कुनै समस्या भेट्टाउन सकिनँ, र म धेरै खिन्न भएँ।
पछि, मैले छङ शिनको कर्तव्यमा केही समस्या देखा परेको देखेँ, जसको अर्थ काम फेरि गर्नुपर्ने थियो। यसमा म केही खुसी भएँ, र सोचेँ, “तिम्रो जति धेरै समस्या हुन्छ, त्यति नै राम्रो। सायद अरूको नजरमा, म अझै पनि तिमीभन्दा राम्रो मानिनेछु, र तिम्रो जति धेरै समस्या ममा हुनेछैनन्।” कहिलेकाहीँ मेरो दिमागमा एउटा विचार आउँथ्यो: “के म छङ शिनको ईर्ष्या गर्दछु?” तर, म त्यति खराब छु भनेर स्वीकार गर्न चाहन्नथेँ, त्यसैले मैले यसबारे चिन्तन गरिनँ। पछि, मैले छङ शिनले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू बोध नगरेको, र विषयहरूलाई एकदमै एकपक्षीय ढङ्गले विचार गरेको देखेँ, त्यसैले मैले उनलाई यो कुरा औँल्याइदिएँ। म उनको सकारात्मकतालाई कम गर्न उनको खोट निकाल्न चाहन्थेँ, तर उनले त्यसलाई सही रूपमा लिनेछिन् र सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहनेछिन् भन्ने मैले सोचेकै थिइनँ। म धेरै निराश भएँ, र सोचेँ, “तिमी किन नकारात्मक हुँदैनौ?” केही समयपछि, छङ शिन केही सिद्धान्तहरूमा पोख्त भएकी थिइन्। उनले काममा आउने समस्याहरू स्वतन्त्र रूपमा समाधान गर्न सकिन्, र कम समस्याहरू देखा पर्न थाले। सुपरिवेक्षकले खुसी हुँदै भन्नुभयो, “छङ शिनले यस अवधिमा केही प्रगति गरेकी छिन्।” तर, म पटक्कै खुसी थिइनँ, र सोचेँ, “छङ शिनले भर्खरै तालिम सुरु गरेकी थिइन् तर यति ठूलो प्रगति गरिन्। उनी पछि आएर पनि शीर्ष स्थानमा पुगिन्। के यसले मेरो क्षमता उनको भन्दा खराब छ भन्ने देखाउँदैन र?” मैले जति धेरै यसबारे सोचेँ, त्यति नै असन्तुलित महसुस गरेँ, “मैले तिमीलाई ध्यान दिनुपर्ने सबै कुराहरू नबताउनुपर्ने रहेछ भन्ने पहिले नै थाहा पाउनुपर्थ्यो। त्यसो भएको भए तिमीले यति छिटो प्रगति गर्ने थिएनौ!” म ईर्ष्यामा जिएँ, मेरो दिमाग आफ्नै अभिमान र हैसियतले भरिएको थियो, म निरन्तर छङ शिनको कर्तव्यमा विचलन र त्रुटिहरू पत्ता लगाउने बारे सोच्थेँ, र उनले धेरै गल्ती गरून् भन्नेमा व्यग्र थिएँ। म गलत स्थितिमा जिइरहेकी हुनाले, मेरो हृदय अन्धकार र धमिलो थियो, र मैले आफ्नो कर्तव्यमा भएका धेरै समस्या ठम्याउन सकिनँ।
एक रात, म सुत्ने तयारी गर्दैगर्दा, मैले यस अवधिमा कर्तव्य निर्वाह गर्दाको आफ्नो स्थितिलाई फर्केर हेरेँ। समस्याहरू हेर्न धेरै मेहनत लाग्थ्यो, र मेरो दिमाग कुहिरोले भरिएजस्तो भएको थियो। म विगतमा जस्तो स्पष्ट रूपमा समस्याहरू देख्न सक्दिनथेँ, र परमेश्वरको नेतृत्व र मार्गदर्शन महसुस गर्न सक्दिनथेँ। मलाई अलिकति बेचैनी महसुस भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्वर, पछिल्लो समय म छङ शिनले राम्रो गरेको देख्न सकिरहेकी छैनँ, र आफ्नो कर्तव्य निर्वाह गर्दाखेरि पनि म आफ्नो हृदयलाई शान्त पार्न सकिरहेकी छैनँ। म आफैँलाई कसरी बुझ्ने, मलाई थाहा छैन। मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” प्रार्थनापछि, मैले परमेश्वरका वचन पढेँ: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूलाई संवर्धन गर्न सिक्नु पनि जरुरी हुन्छ र तैँले कदापि त्यस्ता व्यक्तिहरूको डाहा गर्नु र उनीहरूलाई दबाउनु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। यदि तँ सत्यता पछ्याउने केही व्यक्तिलाई संवर्धन गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र हरेक काम राम्रोसित गर्ने बनाउन सक्छस्, र अन्त्यमा, तिनीहरू सबैसँग अनुभवात्मक गवाहीहरू हुन्छन् भने, तँ मानकअनुरूपको अगुवा वा कामदार होस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तँ अर्पित भइरहेको छस्। कतिपय मानिसहरू आफूभन्दा अरू उत्तम र उच्च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरूले अन्य व्यक्तिहरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्न। यदि तँ साँच्चै परमेश्वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचन पढिसकेपछि, म साँच्चै नै ईर्ष्याको स्थितिमा जिरहेकी थिएँ भन्ने कुरा मैले स्वीकार गरेँ। जब मैले छङ शिनको क्षमता राम्रो छ, र सुपरिवेक्षकले उनलाई महत्त्व दिनुभयो र संवर्धन गर्नुभयो भन्ने देखेँ, तब मलाई ईर्ष्या लाग्यो र म यो कुरा स्वीकार गर्न अनिच्छुक भएँ। मलाई उनको कामले मेरो भन्दा राम्रा नतिजाहरू ल्याउनेछ, र उनले मलाई ओझेलमा पार्नेछिन्, अनि म उनीभन्दा कमसल देखिनेछु भन्ने चिन्ता लाग्यो। म निरन्तर उनको कर्तव्यमा धेरै विचलन र समस्याहरू आऊन् भन्नेमा व्यग्र थिएँ, र सधैँ उनको खोट निकाल्ने र उनलाई होच्याउने प्रयास गरिरहन्थेँ, ताकि उनी नकारात्मक होऊन् र आफ्नो काम गर्न नसकून्, अनि म उनीभन्दा राम्रो देखिन सकूँ। के मैले उनलाई दबाउने र पाखा लगाउने काम गरिरहेकी थिइनँ र? मैले जे प्रकट गरेकी थिएँ, त्यो एउटा स्वार्थी र दुर्भावपूर्ण स्वभाव थियो! म के सोचिरहेकी थिएँ भन्ने कुरा कसैलाई थाहा थिएन, तर परमेश्वरको छानबिनमुनि यी सबै कुरा स्पष्ट थिए। विगतमा, मैले निरन्तर म अरूको ईर्ष्या गर्दिनँ भनेर सोचेकी थिएँ, अझ उनीहरूलाई दबाउने प्रयास गर्ने त कुरै भएन। म यतिविघ्न दुर्भावपूर्ण र मानवताविहीन छु भन्ने मैले कहिल्यै सोचेकी थिइनँ! मेरो क्षमता धेरै औसत छ, र कर्तव्य निर्वाह गर्दा मैले पाएका नतिजाहरू धेरै राम्रा थिएनन् भन्ने मलाई राम्ररी थाहा थियो, तर म अझै पनि प्रतिष्ठा र हैसियतका लागि छङ शिनसँग प्रतिस्पर्धा गर्न चाहन्थेँ। ममा आत्म-सचेतना र समझको पूर्ण अभाव थियो! मलाई धेरै लज्जित महसुस भयो।
त्यसपछि मैले परमेश्वरका अरू धेरै वचन पढेँ: “ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको खाना खाने, परमेश्वरका वचनहरू उपभोग गर्ने, र उहाँको घरका सारा लाभहरू उपभोग गर्ने बेलामा पनि, ऊ प्रायः परमेश्वरको घरलाई हाँसोमा उडाउने मौका खोजिरहेको हुन्छ। ऊ परमेश्वरका सारा विश्वासीहरू तितरबितर होऊन्, र परमेश्वरको काम अघि बढ्न नसकोस् भन्ने व्यग्र प्रतीक्षामा हुन्छ। त्यसकारण, परमेश्वरको घरलाई केही आइपर्दा, त्यसको रक्षा गर्ने, वा त्यो समस्या समाधान गर्ने उपायहरू सोच्ने, वा आफ्नो सारा शक्तिले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्ने, वा उनीहरूसँग मिलेर उक्त समस्या सँगै समाधान गर्ने, एकताबद्ध भएर परमेश्वरसामु आउने र उहाँको सार्वभौमिकताप्रति समर्पित हुने काम गर्नुको साटो, ख्रीष्टविरोधीहरू दर्शक बन्नेछन्, हाँसेर बस्नेछन्, तिनीहरूले हानिकारक सल्लाह दिनेछन्, अनि विनाश र बाधा पुर्याउनेछन्। महत्त्वपूर्ण क्षणमा, उसले परमेश्वरको घरलाई हानि पुग्नेगरी बाह्य मानिसहरूलाई सहयोगसमेत गर्नेछ, र यसरी उसले शैतानका नोकरका रूपमा काम गर्नेछ, जानाजानी बाधा पुर्याउनेछ र चिजहरू भत्काउनेछ। के त्यस्तो व्यक्ति परमेश्वरको शत्रु होइन र? कुनै क्षण जति धेरै महत्त्वपूर्ण हुन्छ, त्यति नै प्रस्ट रूपमा उसको दुष्ट स्वरूप खुलासा हुन्छ; कुनै क्षण जति धेरै महत्त्वपूर्ण र जति धेरै घटनापूर्ण हुन्छ, त्यति नै धेरै उसको दुष्ट स्वरूप विस्तृत र पूर्ण मात्रामा खुलासा हुन्छ; कुनै क्षण जति महत्त्वपूर्ण हुन्छ, त्यति नै धेरै उसले परमेश्वरको घरलाई हानि पुग्नेगरी बाह्य मानिसहरूलाई सहयोग गर्नेछ। ऊ कस्तो चिज हो त? के यस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू हुन् त? तिनीहरू विनाशकारी, घृणित काम गर्ने मानिसहरू हुन्; तिनीहरू परमेश्वरका शत्रुहरू हुन्; तिनीहरू दियाबलसहरू हुन्, तिनीहरू शैतानहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्, र तिनीहरू मुक्तिका दावेदारहरू होइनन्। यदि तिनीहरू साँच्चिकै दाजुभाइ-दिदीबहिनीहरू, परमेश्वरको घरका मानिसहरू हुन्थे भने, परमेश्वरको घरमा आइपर्ने जुनसुकै समस्यामा पनि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसित मनमस्तिष्कले एकजुट भएर त्यसलाई सामना गर्ने र सम्हाल्नेथिए। तिनीहरू दर्शक बनेर बस्नेथिएनन्, हेरेर हाँस्ने त कुरै छाडौँ। यस्ता ख्रीष्टविरोधी मानिसहरू मात्र दर्शक बनेर हाँस्छन्, र परमेश्वरको घरलाई नराम्रा कुराहरू होऊन् भनी व्यग्र प्रतीक्षा गर्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग एक))। परमेश्वर खुलासा गर्नुहुन्छ, जो सधैँ परमेश्वरको घरको खिल्ली उडाउन चाहन्छन् र परमेश्वरको घरको काम बिग्रियोस् भन्ने आशा गर्छन्, तिनीहरू दियाबलस हुन्। त्यस्ता मानिसहरूप्रति परमेश्वर अत्यन्तै क्रोधित हुनुहुन्छ भन्ने मलाई महसुस भयो, र म धेरै डराएँ। म सधैँ छङ शिनलाई आक्रमण गर्न उनको खोट निकाल्न चाहन्थेँ, र उनको कर्तव्यमा समस्याहरू आऊन् भन्नेमा व्यग्र थिएँ: जति धेरै समस्या भयो, त्यति नै राम्रो भनी सोच्थेँ। उनी जति धेरै गल्ती गर्थिन्, मेरो अगाडि त्यति नै कमसल देखिनेथिइन्, र म त उनी यति धेरै नकारात्मक होऊन् कि आफ्नो कर्तव्य नै निर्वाह गर्न नसकून् भनी उत्कट चाहना समेत राख्थेँ। छङ शिनले गरिरहेको काम मण्डलीको काम थियो, तसर्थ उनीबाट कर्तव्यमा गल्ती होस् भन्ने मैले निरन्तर चाहँदैगर्दा, के मैले मण्डलीको काममा समस्याहरू देखा परून् भन्ने आशा गरिरहेकी थिइनँ र? मेरो यो व्यवहार र ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको चाहना पूरा नहुँदा, परमेश्वरको घरको काम असफल होस् भनी सराप्ने र परमेश्वरको घरको खिल्ली उडाउने तरिकामा के भिन्नता छ र? मेरो हृदय साँच्चै अति नै दुर्भावपूर्ण थियो! विवेक र समझ भएको व्यक्ति परमेश्वरको घरको काम सामान्य रूपमा अघि बढिरहेको देख्दा खुसी हुनेथियो, र धेरै समस्या देख्दा दुःखी हुन्थ्यो। तर, जब मैले छङ शिनको कर्तव्यमा समस्याहरू देखा परेको देखेँ, तब मैले उनीसँग कसरी सङ्गति गर्ने र उनलाई मद्दत गर्ने, वा काम राम्ररी गर्न कसरी उनीसँग एकमनको भएर सहकार्य गर्ने भन्ने बारे सोच्दै सोचिनँ। बरु, मेरो दिमागमा उनको काममा कसरी बढी समस्याहरू पत्ता लगाउने ताकि म उनलाई आक्रमण गर्न र आफूलाई राम्रो देखाउन सकूँ भन्ने विचारहरू मात्र भरिएका थिए। अझ म त उनको काममा धेरैभन्दा धेरै गल्ती होऊन् भनी व्यग्रतासाथ चाहन्थेँ: जति धेरै भयो, त्यति नै राम्रो भनी सोच्थेँ। मैले परमेश्वरका वचनको आपूर्तिको आनन्द लिएँ, तर अझै पनि ख्रीष्टविरोधीले जस्तै परमेश्वरको घरको खिल्ली उडाएँ। ममा परमेश्वरको डर मान्ने हृदय रत्तिभर पनि थिएन—म कसरी परमेश्वरको घरको सदस्य हुन सक्थेँ र? सतहमा हेर्दा, मैले दियाबलस र शैतानहरूले जस्तै मण्डलीको काममा प्रत्यक्ष रूपमा बाधा र अवरोध गरेकी थिइनँ, तर मैले प्रकट गरेका अभिप्रायहरू र मेरा कार्यहरूको प्रकृति दियाबलस र शैतानहरूकै जस्तो थियो—मैले परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ! यदि परमेश्वरको प्रकाश र परमेश्वरका वचनको खुलासा नभएको भए, म आफ्नै अभिप्रायहरू पत्ता लगाउन वा समस्याको सार देख्न सक्षम हुने थिइनँ, र म आफ्नै बाहिरी रूपद्वारा भ्रममा पर्ने थिएँ। म धेरै डराएँ, दुःखित र दोषी महसुस गरेँ। छङ शिनको क्षमता राम्रो छ र उनी छिटो बुझ्छिन्, र यी कुरामा उनी मभन्दा राम्रो छिन् भन्ने मलाई स्पष्ट रूपमा थाहा थियो, तर म उनको ईर्ष्या गर्थेँ र परमेश्वरको घरको हितलाई रत्तिभर पनि विचार नगरी उनलाई दबाएँ। मैले यस्तो कसरी गर्न सकेँ? ममा साँच्चै मानवताको अभाव थियो! मैले परमेश्वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्वर, म ज्यादै खराब छु। मलाई ईर्ष्याको बन्धनबाट मुक्त हुन अगुवाइ गर्नुहोस्। म उप्रान्त आफ्नो भ्रष्ट स्वभावमा जिउन चाहन्नँ।”
पछि, मैले आत्मचिन्तन गरेँ। अरूको ईर्ष्या गर्न बाध्य पार्ने गरी आखिर कुन कुराले मलाई नियन्त्रण गरिरहेको थियो? मैले परमेश्वरका वचन पढेँ: “ख्रीष्टविरोधीहरूलाई प्रतिष्ठा र हैसियत निकै मन पर्छ। प्रतिष्ठा र हैसियत तिनीहरूको जीवनको प्राण हो। तिनीहरूलाई प्रतिष्ठा र हैसियतविना जीवन अर्थहीन छ भन्ने लाग्छ, र प्रतिष्ठा र हैसियतविना कुनै पनि कुरा गर्न तिनीहरूलाई जाँगर चल्दैन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत दुवै नै तिनीहरूको व्यक्तिगत हितहरूसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छन्; ती तिनीहरूका घातक बिन्दुहरू हुन्। त्यसकारण ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा हैसियत र प्रतिष्ठामै केन्द्रित हुन्छन्। यी कुराहरू नहुने हो भने, तिनीहरूले कुनै पनि काम गर्नेछैनन् होला। ख्रीष्टविरोधीहरूसँग हैसियत भए पनि नभए पनि, तिनीहरूले जुन उद्देश्यको लागि सङ्घर्ष गर्छन्, तिनीहरू जुन दिशामा लागिपर्छन् त्यो यिनै दुई कुराहरू अर्थात् प्रतिष्ठा र हैसियतसँग सम्बन्धित हुन्छ। … परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको लागि ख्रीष्टविरोधीहरूले कहिल्यै पनि कुनै वास्तविक काम गर्दैनन्, र तिनीहरूले कहिल्यै पनि राज्यको सुसमाचार प्रचार गर्नका लागि कुनै वास्तविक काम गर्दैनन्। जब तिनीहरूले मूल्य चुकाउँछन्, त्यो बेला तिनीहरूले किन मूल्य चुकाएछन्, त्यो हेर्नू। जब तिनीहरूले कुनै समस्याबारे आवेगसाथ बहस गर्छन्, तब तिनीहरूले किन यसबारे यसरी बहस गरिरहेका छन्, त्यो हेर्नू। जब तिनीहरूले कुनै व्यक्तिबारे छलफल गर्छन् वा उसलाई निन्दा गर्छन्, तब तिनीहरूको अभिप्राय र उद्देश्य के हो, त्यो हेर्नू। अनि, जब तिनीहरू कुनै कुराको सन्दर्भमा व्याकुल हुन्छन् वा रिसाउँछन्, तब तिनीहरूले कस्तो स्वभाव प्रकट गर्दै छन्, त्यो हेर्नू। मानिसहरूले मान्छेको हृदयको भित्री भाग देख्न सक्दैनन्, तर परमेश्वरले देख्न सक्नुहुन्छ। जब परमेश्वरले मान्छेको हृदयको भित्री भाग हेर्नुहुन्छ, तब मानिसहरूले बोल्ने र गर्ने कुराको सार मापन गर्न उहाँ के प्रयोग गर्नुहुन्छ? यसलाई मापन गर्न उहाँ सत्यता प्रयोग गर्नुहुन्छ। मान्छेको नजरमा त आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्नु उचित कुरा हो। तर त्यसोभए परमेश्वरको नजरमा किन यसलाई ख्रीष्टविरोधीहरूको प्रकटीकरण र अभिव्यक्ति, र ख्रीष्टविरोधीहरूको सारका रूपमा चित्रण गरिन्छ? यो कुरा ख्रीष्टविरोधीहरूले गर्ने सबै कुराको प्रेरक शक्ति र उत्प्रेरणामा आधारित हुन्छ। परमेश्वरले तिनीहरूले गर्ने कामको प्रेरक शक्ति र उत्प्रेरणालाई सूक्ष्म जाँच गर्नुहुन्छ, र अन्त्यमा, तिनीहरूले गर्ने सबै कुरा कर्तव्य निर्वाह गर्ने, सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने कामको लागि नभई आफ्नै प्रतिष्ठा र हैसियतको लागि हुन्छ भनेर निर्धारित गर्नुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरका वचनबाट, मैले के महसुस गरेँ भने मलाई मानिसहरूको ईर्ष्या लाग्नुको मुख्य कारण प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना अति प्रबल हुनु थियो। म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता शैतानी विषहरूले जिइरहेकी थिएँ। म ठान्थेँ, अरूले आदर र प्रशंसा गर्दा मलाई जीवनमा मर्यादा र आत्मविश्वास मिल्छ, र अरू मभन्दा राम्रो हुँदा म लज्जित र अपमानित महसुस गर्थेँ। त्यसैले, कर्तव्य निर्वाह गर्दा म हरेक मोडमा आफ्नै प्रतिष्ठा र हैसियतलाई विचार गर्थेँ। जब मैले सुपरिवेक्षकले छङ शिनलाई भेलामा पठाउने व्यवस्था मिलाउनुभएको, र उनीसँग व्यक्तिगत रूपमा सङ्गति पनि गर्नुभएको देखेँ, मलाई छङ शिनलाई सुपरिवेक्षकले महत्त्व दिनुभएको र संवर्धन गर्नुभएकोमा ईर्ष्या लाग्यो। उनलाई होच्याउनका लागि उनको कर्तव्यमा विचलन र समस्याहरू पत्ता लगाउन मैले आफ्नो दिमाग खियाएँ, किनकि उनी मभन्दा राम्रो छिन् भन्ने कुराले मलाई त्रसित बनाउँथ्यो। जब मैले उनको कर्तव्यमा समस्याहरू भेट्टाएँ, तब म एकदमै खुसी भएँ, र मलाई सन्तुलन भेट्टाएजस्तो भयो। मेरो पूरै दिमाग यो समूहमा कसको हैसियत उच्च छ र कसको निम्न छ, को राम्रो छ र को कमजोर छ, र म आफूलाई कसरी राम्रो देखाउन सक्छु भन्ने विचारहरूले भरिएको थियो। प्रतिष्ठा र हैसियतले नै ममा खुसी र चिन्ता ल्याउँथ्यो। मैले जेजति सोचेँ, त्यो सबै प्रतिष्ठा र हैसियतका खातिर सोचेँ, सृजित प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्वरलाई सन्तुष्ट पार्नका लागि त रत्तिभर पनि सोचिनँ। म शैतानी विषहरूअनुसार जिएँ, र मेरो प्रकृति विशेष गरी अहङ्कारी थियो। म सधैँ मेरा वरिपरि भएका बाँकी मानिसहरूलाई उछिन्ने प्रयत्न गर्न चाहन्थेँ, र अरू मभन्दा राम्रो भएको मलाई सह्य हुँदैनथ्यो। म केवल आफूलाई राम्रो देखाउन चाहन्थेँ र अरूले चर्चा पाएको म सहन सक्दिनथेँ। मैले प्रतिष्ठा र हैसियतका खातिर मानिसहरूलाई दबाउने र उनीहरूलाई दुःख दिने समेत गरेँ। मैले आफू हिँडिरहेको मार्ग ख्रीष्टविरोधीहरूको मार्ग हो भन्ने देखेँ। यतिबेला, मलाई धेरै पछुतो लाग्यो र आफैँलाई घृणा गरेँ किनकि प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना अति प्रबल थियो। यदि मैले पश्चात्ताप गरिनँ भने, म अन्ततः परमेश्वरबाट तिरस्कृत हुने र हटाइने थिएँ! मैले परमेश्वरका यी वचन सम्झेँ: “सबै मानिसहरूभित्र केही न केही गलत स्थितिहरू हुन्छन्, जस्तै नकारात्मकता, कमजोरीपन, हतोत्साह, र दुर्बलता; वा तिनीहरूसँग तुच्छ अभिप्रायहरू हुन्छन्; वा तिनीहरू आफ्नो आत्मगौरव, स्वार्थी चाहनाहरू, र स्वार्थद्वारा निरन्तर समस्याग्रस्त बन्छन्; वा तिनीहरू आफ्नो क्षमता कमजोर छ भन्ठान्छन्, र तिनीहरूले केही नकारात्मक स्थितिहरू अनुभव गर्छन्। यदि तँ सधैँ यी स्थितिहरूमा जिउँछस् भने, तँलाई पवित्र आत्माको काम प्राप्त गर्न निकै कठिन हुनेछ। यदि तँलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुन्छ भने, तँभित्र सकारात्मक तत्वहरू कमै मात्र हुनेछन्, र नकारात्मक तत्वहरू प्रकट भई तँलाई बाधा पुर्याउनेछन्। मानिसहरू ती नकारात्मक स्थितिहरूलाई दबाउन सधैँ आफ्नै इच्छामा भर पर्छन्, तर जसरी दबाए पनि तिनीहरू ती स्थितिहरूबाट मुक्त हुन सक्दैनन्। यसको मुख्य कारण के हो भने, मानिसहरूले यी नकारात्मक कुराहरू पूर्ण रूपमा खुट्ट्याउन सक्दैनन्; तिनीहरूले प्रष्ट रूपले ती कुराहरूको सार देख्न सक्दैनन्। यसले तिनीहरूलाई देह र शैतानविरुद्ध विद्रोह गर्न कठिन तुल्याउँछ। साथै, मानिसहरू सधैँ यी नकारात्मक, उदास, र विकृत स्थितिहरूमा फस्छन्, र तिनीहरू परमेश्वरलाई प्रार्थना गर्ने वा उहाँलाई आदरभावले हेर्ने गर्दैनन्, बरु ती कुराहरूमा झारा टार्ने काम मात्र गर्छन्। फलस्वरूप, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र अन्त्यमा तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा मार्गको कमी हुन्छ, र तिनीहरूले कुनै मामिला पनि प्रष्ट रूपमा देख्न सक्दैनन्। तँभित्रै अत्यन्तै धेरै नकारात्मक कुराहरू छन्, र ती चीजहरूले तेरो हृदय भरिएको छ, त्यसैले तँ बारम्बार नकारात्मक, आत्मिक रूपमा उदास हुन्छस्, र तँ परमेश्वरबाट झन्झन् टाढा हुन्छस्, अनि झन्-झन् कमजोर बन्छस्। यदि तँ पवित्र आत्माको अन्तर्दृष्टि र काम प्राप्त गर्न सक्दैनस् भने, तँ यी स्थितिहरूबाट उम्कन सक्नेछैनस्, र तेरो नकारात्मक स्थिति परिवर्तन हुनेछैन, किनकि यदि पवित्र आत्मा तँमा काम गर्दै हुनुहुन्न भने, तैँले मार्ग भेट्टाउन सक्दैनस्। यी दुई कारणहरूले गर्दा, तँलाई आफ्नो नकारात्मक स्थिति त्यागेर सामान्य स्थितिमा प्रवेश गर्न निकै कठिन हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मैले परमेश्वरको स्वभावको अविश्वसनीय धार्मिकता महसुस गरेँ। परमेश्वर दुष्ट र प्रतिकूल कुराहरूलाई घृणा गर्नुहुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा जब म निरन्तर मेरो अभिमान र हैसियतलाई विचार गर्थेँ, छङ शिनको ईर्ष्या गरिरहन्थेँ, र प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गर्ने स्थितिमा जिउँथेँ, तब मेरो हृदय नकारात्मक र प्रतिकूल कुराहरूले भरिन्थ्यो, र परिणामस्वरूप परमेश्वरले मबाट आफ्नो मुहार लुकाउनुभयो। पवित्र आत्माको काम र अगुवाइविना, म अन्धकारमा जिएँ, र मलाई आफ्नो कर्तव्य निर्वाह गर्न धेरै गाह्रो भयो। मैले केवल मेरो आफ्नै अभिमान र हैसियतबारे सोचेँ, र मेरो कर्तव्यमा के समस्याहरू छन् वा परमेश्वरका अभिप्रायहरूअनुरूप हुने गरी कसरी अभ्यास गर्ने भनेर मनन गर्ने हृदय मसँग छँदै थिएन। यसरी म कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्थेँ र? मेरो व्यर्थको अभिमान र हैसियत जोगाउन, मैले मेरो कर्तव्य र जिम्मेवारीहरूलाई एकातिर पन्छाएँ र परमेश्वरको घृणा कमाएँ। म साँच्चै अति नै मूर्ख थिएँ!
त्यसपछि, मैले परमेश्वरका अरू धेरै वचन पढेँ: “यदि तँ साँच्चै परमेश्वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्वरको घरमा एक प्रतिभावान् व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यता अभ्यास गर्न सक्नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदैन। सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचन मनन गरेपछि, मैले के बुझेँ भने परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने मानिसहरूले राम्रो क्षमता भएका मानिस देख्दा उनीहरूलाई सिफारिस र संवर्धन गर्छन्। छङ शिनले भर्खरैदेखि तालिम लिइरहेकी र धेरै सिद्धान्तहरू बुझिनसकेकी भए तापनि, उनको क्षमता राम्रो छ, यदि उनलाई संवर्धन गरियो भने, काम सम्हाल्ने अर्को व्यक्ति थपिनेथियो र हामीले एक जना थप सहयोगी पाउनेथियौँ। यो मण्डलीको कामका लागि फाइदाजनक हुनेथियो। मैले छङ शिन मभन्दा राम्रो छिन् भनेर स्वीकार गर्न नचाहनु मभित्रको एउटा गलत दृष्टिकोणले रहेछ भन्नेबारे चिन्तन गरेँ। मलाई लाग्थ्यो, मैले धेरै वर्षदेखि लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी हुनाले, म हरेक कुरामा अरूभन्दा राम्रो हुनुपर्छ, र मलाई महत्त्व दिइनुपर्छ र संवर्धन गरिनुपर्छ। तर, विचार गर्दा, मैले धेरै वर्षदेखि लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी भए पनि, मेरो क्षमता औसत छ, र केही सिद्धान्त बुझ्न र बोध गर्न मैले धेरै असफलता र प्रकटीकरणहरूको अनुभव गर्नु पर्यो। तर, छङ शिनले छोटो समयमै सिद्धान्तहरूको सार बुझ्न सक्नुले उनको क्षमता मभन्दा राम्रो छ भन्ने प्रमाणित गर्यो। मैले यो तथ्य स्वीकार गर्नुपर्थ्यो, मेरो आफ्नै क्षमता र कदलाई स्पष्ट रूपमा देख्नुपर्थ्यो, र आफ्नो स्थानमा सही ढङ्गले उभिनुपर्थ्यो। मैले पहिले जस्तो छङ शिनको ईर्ष्या गर्न र उनलाई पाखा लगाउन हुँदैनथ्यो; मैले मेरा अभिप्रायहरू सुधार्नुपर्थ्यो र हाम्रा कर्तव्यहरू राम्ररी निर्वाह गर्न उनीसँग सौहार्दपूर्ण रूपमा सहकार्य गर्नुपर्थ्यो। त्यसपछि, मैले सचेत भई परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई आफ्नो ईर्ष्या त्याग्न, मण्डलीको हितलाई ख्याल गर्न, र आफ्नो कर्तव्य निर्वाह गर्ने मेरो मानसिकता सुधार्न अगुवाइ गर्नुहोस् भनी उहाँसँग बिन्ती गरेँ। त्यसपछि, मैले छङ शिनको खोट खोज्न छाडेँ, र यसको सट्टा उनीसँग कसरी मिलेर काम गर्ने भनेर सोचेँ, हाम्रा कर्तव्यहरूमा भएका समस्याहरूको सारांश निकालेँ र उनीसँग छलफल गर्न सान्दर्भिक सिद्धान्तहरू पत्ता लगाएँ। जब मैले मेरो गलत स्थितिलाई बदलेँ, आफ्नो ईर्ष्या त्यागेँ, र कर्तव्य निर्वाह गर्ने मेरो मानसिकता सुधारेँ, तब मैले पवित्र आत्माको काम र अगुवाइ महसुस गरेँ, र म समस्याहरू अझ स्पष्ट रूपमा देख्न सक्षम भएँ। पछि, जब हामीले हाम्रो टोलीका लागि सुपरिवेक्षकको चुनाव गर्दा, मैले छङ शिनलाई भोट दिएँ। नतिजा आउँदा, छङ शिन सुपरिवेक्षक निर्वाचित भइन्, र मैले यसलाई सही रूपमा लिन र उनीसँग सौहार्दपूर्ण रूपमा काम गर्न सकेँ। परमेश्वरका वचनको अगुवाइले नै मलाई अरूको ईर्ष्या गर्ने मेरो भ्रष्ट स्वभावबारे केही बुझाइ प्राप्त गर्न र यसलाई केही हदसम्म परिवर्तन गर्न सक्षम बनायो। परमेश्वरलाई धन्यवाद!