६३. म मेरो कर्तव्यमा बोझ उठाउन तयार छु
सन् २०२३ को जुलाईको मध्यतिर, मैले मण्डलीमा लेखन-पठनको कर्तव्य निर्वाह गर्दै, दुई जना अरू सिस्टरहरूसँग मिलेर काम गरिरहेकी थिएँ: एक जना नयाँ सदस्य वाङ सुए थिइन् भने अर्की लिन सी थिइन्। अगस्टको अन्त्यतिर, अगुवाहरूले लिन सीलाई अस्थायी रूपमा अर्को काम गर्न भने, त्यसैले टोलीमा वाङ सुए र म मात्र बाँकी रह्यौँ। सामान्यतया, सुपरिवेक्षकले हामीसँग कामबारे छलफल गरिसकेपछि, तिनले मलाई अलि गाह्रा कामहरू कार्यान्वयन गर्न र सम्हाल्न लगाउँथिन्, अनि वाङ सुएलाई भने सजिला कामहरू गर्ने व्यवस्था गरिदिन्थिन्। सुरुमा त मैले यसलाई सही रूपमा लिन सकेकी थिएँ, तर समय बित्दै जाँदा, मैले टोलीको धेरै कामबारे चिन्ता लिनुपर्ने भयो, र सुपरिवेक्षकले मलाई सधैँ गाह्रा कामहरूमा खटाउँथिन्, जसलाई राम्रोसँग गर्नका लागि धेरै समय र मेहनत लगाउनुपर्थ्यो। फलस्वरूप मसित फुर्सदको समय असाध्यै कम हुन्थ्यो, र मैले आफ्नो हृदयमा केही असन्तुष्ट महसुस गरेँ, अनि गुनासो गर्न थालेँ, “किन सबै गाह्रा कामहरू मलाई नै दिइन्छ? वाङ सुएले लामो समयदेखि तालिम नलिएकी भए पनि र अझै पनि उनले सिद्धान्तहरू राम्ररी बोध नगरेकी भए पनि, उनले पहिले लेखन-पठनको कर्तव्य निर्वाह गरेकी छिन् र उनीसित यसको आधारभूत ज्ञान छ। के उनले पनि अलि कठिन कामहरू गर्ने तालिम लिन सक्दिनन् र? सबै कुरामा मलाई नै खटाइँदा, दिनभरि तनावले मेरो टाउको फुट्लाजस्तै हुन्छ, र यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु असाध्यै थकाइलाग्दो छ!” मैले जति धेरै सोचेँ, म त्यति नै दुःखी भएँ।
एकदिन, अगुवाहरूले मलाई लेखन-पठनको काम कार्यान्वयन गर्न केही पत्रहरू लेख्न लगाउनुभयो, जुन निकै जरुरी काम थियो। मैले काम थालेँ र हतार-हतार लगातार दुईवटा पत्र लेखेँ, जसका लागि निकै सोचविचार गर्नुपरेको थियो। पत्रहरू लेखिसकेपछि मैले लामो सास फेरेँ, र मनमनै सोचेँ, “अझै एउटा सञ्चार पत्र लेख्न बाँकी छ, र जेसुकै भए पनि, यो लेख्ने पालो त वाङ सुएकै हो। यसरी, मलाई पनि अलि हाइसञ्चो हुनेछ।” तर सुपरिवेक्षकले सञ्चार पत्र लेख्न फेरि मलाई नै लगाउँछिन् भन्ने मैले सोचेकै थिइनँ, र मैले आफ्नो हृदयमा एकदम प्रतिरोधको महसुस गरेँ, “फेरि म नै किन? तपाईं किन वाङ सुएलाई सञ्चार पत्र लेख्ने तालिम लिन लगाउनुहुन्न? निष्पक्ष र मनासिब हुने एउटै तरिका त्यही हो! वाङ सुएमा पेसेवर सीपको अलि कमी भए पनि, के मैले उनले लेखेको कुरामा थपेर सुधार गर्न सक्दिनँ र? त्यसो गर्दा मेरो अलिकति ऊर्जा जोगिनेथियो।” तथापि, सुपरिवेक्षकले पहिले नै बन्दोबस्त गरिसकेकी थिइन्, त्यसैले मैले अस्वीकार गर्न सकिनँ। ती दिनहरूमा, जब म सुपरिवेक्षकले सधैँ मलाई केही न केही गर्न खटाउने गरेको, र प्रायजसो यो धेरै दिमाग खियाउनुपर्ने काम हुने गरेको बारे सोच्थेँ, तब मलाई दबाबपूर्ण र झर्को लागेको महसुस हुन्थ्यो, अनि म लिन सी छिट्टै फर्कून् भन्ने चाहन्थेँ ताकि मलाई अलि हाइसञ्चो होस्। त्यसपछि, म आफ्ना कर्तव्यहरू निर्वाह गर्न पहिलेजस्तो सकारात्मक भइनँ। टोलीमा दुई जना मात्र भएकाले, म खाली बसिनँ भने र मैले हरेक दिन थोरै काम गर्न भ्याएँ भने, त्यो पर्याप्त हुनेछ भन्ने मलाई लाग्यो। त्यसरी म धेरै थाक्ने पनि थिइनँ। मैले आफैँलाई गर्ने मागहरूमा ढिलासुस्ती गरेकाले र कामकुराहरूको कडाइका साथ योजना नबनाएकाले, उही दिन पूरा हुन सक्ने कामहरू अर्को दिनसम्म धकेलिन्थ्यो, र म यो कर्तव्य निर्वाह गर्न चाहन्नँ भन्ने विचारसमेत मेरो मनमा बारम्बार आउन थाल्यो। मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति गलत छ भनेर बुझे पनि, र मैले आफ्नो कर्तव्य निर्वाह गर्नेबारे परमेश्वरका केही वचनहरू पढेकी भए पनि, मैले आफ्ना समस्याहरूबारे कहिल्यै गम्भीरतापूर्वक चिन्तन गरिनँ, र यी स्थितिहरू समाधान भएनन्। जब हामी सँगै कामबारे छलफल गरिरहेका हुन्थ्यौँ, तब म केही पनि भन्न चाहन्नथिएँ, किनकि सुपरिवेक्षकले मसँग केही जुक्तिहरू छन् भन्ने देख्लिन् र त्यो काममा मलाई नै खटाउलिन् भन्ने मलाई डर लाग्थ्यो। पछि, मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे चिन्तन गरेँ। मैले सुपरिवेक्षकले मेरा लागि बन्दोबस्त गरिदिएका कामहरू गरे पनि, मेरो हृदयमा धेरै गुनासाहरू हुन्थे। हामीले सधैँ यति अनिच्छुक भई आफ्ना कर्तव्यहरू निर्वाह गरेको कुरालाई परमेश्वरले अनुमोदन गर्नुहुन्न। मैले आफ्नो स्थितिबारे परमेश्वरलाई प्रार्थना गरेँ, ताकि उहाँले मलाई अन्तर्दृष्टि दिनुभएको होस् र आफैँबारे चिन्तन गर्न र बुझ्न मलाई मार्गदर्शन गर्नुभएको होस्।
मेरो आत्मिक भक्तिको समयमा आफैँबारे चिन्तन गर्दा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “कर्तव्यहरूले एकदमै फराकिलो दायरा समेटेका हुन्छन्, र यिनमा थुप्रै क्षेत्रहरू समावेश हुन्छन्, तर तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, सरल भाषामा भन्नुपर्दा, यो तेरो दायित्व र तैँले गर्नुपर्ने काम हो। यदि तैँले यसलाई हृदयबाटै राम्रोसँग निर्वाह गर्छस् भने, परमेश्वरले तँलाई अनुमोदन गर्नुहुनेछ, र तँलाई साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने व्यक्तिको रूपमा मान्नुहुनेछ। तँ जोसुकै भए पनि, यदि तैँले सधैँ आफ्नो कर्तव्यबाट भाग्ने वा लुक्ने प्रयास गर्छस् भने, त्यहाँ समस्या छ। अलि कम गम्भीरतापूर्वक भन्नुपर्दा, तँ अत्यन्तै अल्छी, अत्यन्तै धूर्त छस्, तँ फोकटमा बस्छस्, तँलाई फुर्सत मन पर्छ र परिश्रम मन पर्दैन। अलि गम्भीर रूपमा भन्नुपर्दा, तँ आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक छस्, र तँसँग कुनै अर्पण वा समर्पण छैन। यदि तँ शारीरिक रूपमा लागिपर्ने कामको भार समेत बहन गर्न सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तैँले के कामचाहिँ राम्ररी गर्न सक्छस्? यदि कुनै व्यक्ति आफ्नो कर्तव्यको सम्बन्धमा साँच्चिकै अर्पित छ र उसमा त्यसप्रति जिम्मेवारीबोध छ भने, त्यो परमेश्वरद्वारा माग गरिएको, र परमेश्वरको घरलाई खाँचो भएसम्म, तिनीहरूले आफ्नै निर्णय नगरी माग गरिएको जे पनि गर्नेछन्। के आफूले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य राम्रोसँग गर्नु र त्यसलाई काँधमा लिनु नै कर्तव्य निर्वाह गर्नुको एउटा सिद्धान्त होइन र? (हो।) … सबै कुरा भन्नुभन्दा गर्नु कठिन हुन्छ। मानिसहरूले साँच्चै कुनै काम गर्न सुरु गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, एक हिसाबमा, तिनीहरूको चरित्र हो, र अर्को हिसाबमा, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्ने हो। सुरुमा हामी चरित्रबारे कुरा गरौँ। यदि कुनै व्यक्ति राम्रो चरित्रको छ भने, उसले सबै कुराको सकारात्मक पक्षलाई देख्छ, उसले सकारात्मक दृष्टिकोणबाट र सत्यताको आधारमा कामकुराहरू स्विकार्न र बोध गर्न सक्षम हुन्छ; अर्थात्, उसको हृदय, चरित्र, र आत्मा इमानदार छन्—यो चरित्रको दृष्टिकोण हो। अब हामी अर्को पक्ष अर्थात् व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्नेबारेमा कुरा गरौँ। सत्यतालाई प्रेम गर्नु भनेको सत्यता स्वीकार गर्न सक्षम हुनु हो, भन्नुको मतलब, तैँले परमेश्वरका वचनहरू बुझे पनि वा नबुझे पनि, र तैँले परमेश्वरको अभिप्राय बुझे पनि नबुझे पनि, कामबारे र तैँले निर्वाह गर्नुपर्ने कर्तव्यबारे तेरो विचार, राय र दृष्टिकोण सत्यताअनुरूप भए पनि नभए पनि, तैँले अझै पनि यसलाई परमेश्वरबाट आएको भनी स्विकार्न सक्छस्; यदि तँ समर्पित र सच्चा छस् भने, त्यो नै काफी हुन्छ, यसले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्न योग्य बनाउँछ, र यो न्यूनतम माग हो। यदि तँ समर्पित र सच्चा छस् भने, तैँले कुनै काम गर्दा, तँ झाराटारुवा हुनेछैनस्, र तँ छली रूपमा सुस्ताउनेछैनस्, बरु तैँले त्यसमा आफ्नो पूरै हृदय र शक्ति लगाउनेछस्। यदि कुनै व्यक्तिको भित्री स्थिति गलत छ, र उसमा नकारात्मकता उत्पन्न हुन्छ भने, उसले जोस गुमाउनेछ, र ऊ झाराटारुवा हुन चाहनेछ। यदि उसलाई आफ्नो स्थिति ठीक छैन भनेर हृदयमा राम्ररी थाहा छ, तैपनि उसले सत्यता खोजी गरेर यसलाई सुल्झाउने प्रयास गर्दैन भने, यस्तो व्यक्तिमा सत्यताप्रति प्रेम हुँदैन—ऊ आफ्नो कर्तव्य निर्वाह गर्न अलिअलि मात्र इच्छुक हुन्छ; तर उसले कुनै पनि प्रयास गर्न वा कष्ट भोग्न चाहँदैन, र ऊ सधैँ छली रूपमा सुस्ताउने कोसिस गरिरहेको हुन्छ। वास्तवमा, परमेश्वरले पहिले नै यो सबै कुरा छानबिन गरिसक्नुभएको हुन्छ—त्यसो भए, तिनीहरूलाई किन उहाँ थोरै पनि ध्यान दिनुहुन्न? परमेश्वर त उहाँका चुनिएका मानिसहरू ब्युँझिऊन् र ती मानिसहरूलाई खुट्ट्याएर खुलासा गरून् र हटाऊन् भनेर मात्र प्रतीक्षारत हुनुहुन्छ। तैपनि, त्यस्ता मानिसहरूले अझै यस्तो सोच्छन्, ‘म कति चलाख छु, हेर त। हामी उही खाना खान्छौं, तर काम गरिसकेपछि, तिमीहरू थाकेर लखतरान हुन्छौ र म बिलकुलै थाक्दिनँ। सबैभन्दा बाठो मै हुँ। म त्यस्तो कडा मेहनत गर्दिनँ; जसले कडा मेहनत गर्छ त्यो मूर्ख हो।’ के तिनीहरूले इमानदार मानिसहरूलाई यसरी हेर्नु ठीक हुन्छ? हुँदैन। साँच्चै भन्ने हो भने, आफ्नो कर्तव्य निर्वाह गर्दा कडा मेहनत गर्ने मानिसहरूले सत्यता अभ्यास गरिरहेका र परमेश्वरलाई सन्तुष्ट पारिरहेका हुन्छन्, त्यसैले तिनीहरू नै सबैभन्दा बाठा मानिसहरू हुन्। केले तिनीहरूलाई बाठा तुल्याउँछ? तिनीहरू भन्छन्, ‘म परमेश्वरले मलाई गर्न नलगाउनुभएको कुनै पनि कुरा गर्दिन, र म उहाँले गर्न लगाउनुभएको सबथोक गर्छु। उहाँले जे भन्नुहुन्छ म त्यही गर्छु, म मेरो हृदय र सारा ऊर्जा यसैमा लगाउँछु, मैले सक्ने सबै कुरा यसमा लगाउँछु, र म बिलकुलै झारा टार्दिनँ। मैले यो कुनै व्यक्तिको लागि गरिरहेको छैन, मैले त यो परमेश्वरको लागि गरिरहेको छु। परमेश्वरले मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ; परमेश्वरलाई सन्तुष्ट पार्न मैले यो काम गर्नुपर्छ।’ यो सही मनस्थिति हो। फलस्वरूप, जब मण्डलीले मानिसहरूलाई सफा गर्छ, तब आफ्नो कर्तव्य निर्वाह गर्दा, धुर्त्याइँ गर्नेहरू सबैलाई हटाइन्छ, तर परमेश्वरको छानबिन स्विकार्ने इमानदार मानिसहरू मण्डलीमै रहन्छन्। ती इमानदार मानिसहरूका स्थितिहरूमा सुधार आइरहन्छ, र तिनीहरूमाथि आइपर्ने सबै कुरामा परमेश्वरले नै तिनीहरूको रक्षा गर्नुहुन्छ। अनि केले गर्दा तिनीहरूले यो सुरक्षा प्राप्त गर्छन्? किनभने तिनीहरू हृदयमा इमानदार हुन्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्दा कठिनाइ वा थकानको डर मान्दैनन्, र तिनीहरू आफूलाई सुम्पिइएको कुनै पनि कुरामा चयनशील हुँदैनन्; तिनीहरूले किन भनेर सोध्दैनन्, तिनीहरू आफूलाई जसो गर्न भनिएको छ त्यसै गर्छन्, कुनै छानबिन वा विश्लेषण नगरी, वा अरू कुनै कुराबारे विचार नगरी आज्ञापालन गर्छन्। तिनीहरूले कुनै पनि हिसाबकिताब गर्दैनन्, र सबै थोकमा आज्ञापालन गर्न सक्छन्। तिनीहरूको भित्री स्थिति सधैँ निकै सामान्य हुन्छ। खतरा सामना गर्दा, परमेश्वरले तिनीहरूको रक्षा गर्नुहुन्छ, जब तिनीहरूमाथि रोग वा महामारी आइलाग्छ, तब पनि परमेश्वरले तिनीहरूको रक्षा गर्नुहुन्छ, र भविष्यमा तिनीहरूले आशिष्हरू मात्र पाउनेछन्। कतिपय मानिसहरूले यस मामलालाई छर्लङ्गै देख्न सक्दैनन्। जब तिनीहरूले इमानदार मानिसहरूले कर्तव्य निर्वाह गर्दा इच्छापूर्वक कठिनाइ र थकान सहेको देख्छन्, तब तिनीहरूले यी इमानदार मानिसहरू मूर्ख हुन् भन्ने सोच्छन्। ल भन् त, के यो मूर्खता हो? यो सच्चाइ हो, यो साँचो आस्था हो। साँचो आस्थाबिना साँच्चिकै कहिल्यै बुझ्न वा बुझाउन नसकिने त्यस्ता धेरै कुराहरू छन्। जसले सत्यता बुझ्छन्, जो सधैँ परमेश्वरसामु जिउँछन् र उहाँसँग सामान्य सङ्गत गर्छन्, र जो परमेश्वरप्रति साँच्चै समर्पित हुन्छन् र साँच्चिकै उहाँको डर मान्छन्, तिनीहरूलाई मात्र साँच्चिकै के भइरहेको छ भनेर हृदयमा सबैभन्दा प्रस्ट थाहा हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने जसले आफ्नो कर्तव्य त निर्वाह गर्छन् तर कष्ट भोग्न वा मूल्य चुकाउन चाहँदैनन् र सधैँ उम्कन खोज्छन्, तिनीहरू अल्छी, आराम गर्न मन पराउने र श्रमलाई घृणा गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूमा मानवता हुँदैन र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा बफादार हुँदैनन्। मैले परमेश्वरका वचनहरूसँग तुलना गरेर आफ्नै स्थिति र व्यवहारबारे चिन्तन गरेँ। लिन सीको सरुवा भएपछि, टोलीमा वाङ सुए र म मात्र बाँकी थियौँ। सुरुमा म आफ्नो कर्तव्यको बोझ लिन इच्छुक भए तापनि, समय बित्दै जाँदा, मैले धेरै कामहरूबारे चिन्ता लिनुपर्ने भयो, र सुपरिवेक्षकले निरन्तर मेरा लागि गाह्रा कामहरू गर्ने बन्दोबस्त गरिदिन्थिन्, जसमा मैले मेहनत लगाउनुपर्थ्यो र मूल्य चुकाउनुपर्थ्यो, जसले गर्दा हरेक दिन तनावले मेरो टाउको फुट्लाजस्तै हुन्थ्यो। मैले यसरी मेरो कर्तव्य निर्वाह गर्दा धेरै कष्ट हुन्छ भनेर सोच्न थालेँ, त्यसैले मैले गुनासो र गनगन गरेँ। आफ्नो शरीरलाई कष्ट र थकाइबाट जोगाउन, म निरन्तर काम वाङ सुएलाई सुम्पनेबारे सोच्थेँ ताकि मलाई अलि हाइसञ्चो होस्, तर सुपरिवेक्षकले सबै गाह्रा कामहरू मलाई नै गर्न लगाउँथिन्। जब मेरो शरीरका स्वार्थहरू पूरा हुन सक्दैनथे, तब म प्रतिरोधी र असन्तुष्ट भएको महसुस गर्थेँ। मैले काम गरिरहेको भए पनि, मसँग अर्को विकल्प नभएकोले मात्रै ती काम गरिरहेकी थिएँ, र मेरो हृदयले व्यग्रताका साथ लिन सी फर्कने समयको प्रतीक्षा गरिरहेको हुन्थ्यो ताकि हामीले कामको बोझ बाँड्न सकौँ र मैले कम कष्ट भोग्नु परोस्। जब हामी सबै मिलेर कामबारे छलफल गर्थ्यौँ, तब म चिप्ले माछा बन्थेँ र आफ्ना रायहरू व्यक्त गर्दिनथेँ, किनकि सुपरिवेक्षकले मलाई थप काम गर्न लगाउलिन् भन्ने मलाई डर लाग्थ्यो। म यो कर्तव्य निर्वाह गर्नसमेत चाहन्नथिएँ। मैले के देखेँ भने परमेश्वरले खुलासा गर्नुभएको आराम चाहने र श्रमलाई घृणा गर्ने अल्छी व्यक्ति त ठ्याक्कै म नै रहेछु। जसले आफ्ना कर्तव्यहरू बफादार भई निर्वाह गर्छन्, तिनीहरूले आफ्नो कर्तव्यलाई आफ्नो आधारभूत जिम्मेवारीको हिस्सा ठान्छन्। तिनीहरूले जतिसुकै कष्ट भोग्नुपरे पनि वा जतिसुकै मूल्य चुकाउनुपरे पनि, आफूले गर्नुपर्ने जुनसुकै कामको बोझ उठाउन अग्रसरता लिनेछन् र त्यो काम गर्न आफ्नो हृदय र मन लगाउनेछन्। तिनीहरू अल्छी वा चिप्ले माछा हुँदैनन्, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने जिम्मेवारी लिनका लागि तिनीहरू विवेकशील हुन्छन्। यसले मानिसलाई आश्वस्त पार्छ र परमेश्वरलाई सन्तुष्ट पार्छ। तर अर्कोतर्फ, म भने आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ शरीरको ख्याल गर्थेँ। म अल्छी र चिप्ले माछा थिएँ, र आफ्नो कर्तव्यमा आफ्नो सम्पूर्ण हृदय र मन लगाउन असक्षम थिएँ। मैले के देखेँ भने म खराब चरित्र भएको व्यक्ति रहेछु, जसले आराममा लिप्त हुन र परमेश्वरको घरको भरमा बाँच्न आफ्नो कर्तव्य निर्वाह गर्ने बहाना प्रयोग गर्छ। म अति नै स्वार्थी र घृणास्पद थिएँ! परमेश्वरले मलाई मेरो कर्तव्य निर्वाह गर्ने र सत्यता प्राप्त गर्ने अवसर दिनुभयो, तर मैले शरीरलाई ख्याल गरेँ र यस अवसरको कदर गरिनँ। एकपटक यो अवसर गुमेपछि, पछुताउनका लागि धेरै ढिला हुनेथियो। मैले उप्रान्त आफ्नो कर्तव्यलाई यसरी लिनु हुँदैनथियो। मैले कामकुराहरू चाँडै बदल्नुपर्नेथियो।
पछि सुपरिवेक्षकले हामीसँग भेला आयोजना गरिन् र परमेश्वरका केही वचनहरू पढेर सुनाइन्। एउटा खण्ड मेरो स्थितिसित ठ्याक्कै सम्बन्धित थियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरू पढेपछि, मैले बोझ उठाउन आफू अनिच्छुक हुनुको मूल कारणबारे केही कुरा बुझेँ। म सधैँ “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” र “कहिल्यै घाटामा पर्नुहुँदैन” जस्ता बाँच्ने शैतानी नियमहरूद्वारा जिउँदै आएकी थिएँ। यी कुराहरू मेरो हृदयमा गहिरो गरी गाडिएका थिए, र ती मेरो प्रकृति बनिसकेका थिए। यी शैतानी विषहरूद्वारा जिएर, म झन्-झन् स्वार्थी र घृणास्पद बन्दै गएकी थिएँ, र म आफ्नो आत्मआचरण र हरेक काममा मेरो शरीरको हितलाई विचार गर्थेँ। सुरुमा, हामी तीन जना सँगै काम गर्थ्यौँ, र सबैले कामको बोझ बाँड्न सक्थ्यौँ। शरीरलाई धेरै थकान हुँदैनथियो, र म सामान्य रूपमा काम गर्न सक्थेँ। तथापि, लिन सी अरू कर्तव्यहरू निर्वाह गर्न गएपछि, मेरो स्वार्थी र घृणास्पद प्रकृति प्रकट भयो। जब सुपरिवेक्षकले मलाई गाह्रा कामहरू गर्न लगाउने बन्दोबस्त गरिदिन्थिन्, तब मलाई प्रतिरोधी महसुस हुन्थ्यो र म गुनासो गर्थेँ, अनि मलाई आफू घाटामा परेको महसुस हुन्थ्यो। मैले आफ्नो कर्तव्यलाई पटक्कै मेरो जिम्मेवारी ठानिनँ। वास्तवमा, मैले लामो समयदेखि लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी थिएँ र केही सिद्धान्तहरू बोध गरेकी थिएँ। मैले कामको बढी बोझ उठाउनु मेरो लागि सही नै हुन्थ्यो: यो मैले निर्वाह गर्नु नै पर्ने कर्तव्य थियो। तथापि, म स्वार्थी र घृणास्पद थिएँ र कष्ट भोग्न चाहन्नथिएँ। म आफ्ना पूर्ण प्रयासहरू समर्पित गर्न अनिच्छुक थिएँ र कामको नतिजालाई विचार गर्दिनथिएँ। ममा साँच्चै जिम्मेवारीको बोध पटक्कै थिएन। मैले परमेश्वरका वचनहरूको मलजल र आपूर्तिको आनन्द लिएँ, तर परमेश्वरको प्रेमको ऋण चुकाउन इमानदारीसाथ उहाँप्रति आफूलाई समर्पित गरिनँ। जब मेरा शारीरिक हितहरूसँग कर्तव्य बाझिन्थ्यो, तब म मण्डलीको कामलाई ख्याल गर्दिनथिएँ, र आफ्नो कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नसमेत चाहन्नथिएँ। म अति नै स्वार्थी र घृणास्पद थिएँ! मैले कर्तव्य परमेश्वरबाट आउँछ, त्यसैले आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति नै परमेश्वरप्रतिको मनोवृत्ति हो भन्ने बारेमा विचार गरेँ। आफ्नो कर्तव्य अस्वीकार गर्न र आफ्ना जिम्मेवारीहरूबाट उम्कन चाहनु भनेको परमेश्वरलाई विश्वासघात गर्नु हो! जब मैले यो सोचेँ, तब म धेरै दुःखी भएँ र आत्म-ग्लानीले भरिएँ। म परमेश्वरसमक्ष पश्चात्ताप गर्न र आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न, अनि विवेक र समझ भएको व्यक्ति बन्न तयार भएँ।
त्यसपछि, सुपरिवेक्षकले मन खोलेर मसँग सङ्गति गरिन् र कामको बन्दोबस्त यसरी गर्नुको मुख्य कारण वाङ सुएले भर्खरै तालिम लिन सुरु गरेकी हुन्, र उनलाई कामसँग परिचित हुन समय चाहिन्छ, जबकि मैले लामो समयदेखि यो कर्तव्य निर्वाह गरिरहेकी छु र पेसेवर सीपहरू लगायत यसका सबै पक्षहरूसँग बढी परिचित छु भनेर भनिन्। त्यसैले तिनले मलाई बढी काम गर्न लगाउने बन्दोबस्त गरिदिएकी थिइन्। सुपरिवेक्षकले मलाई परमेश्वरका यी वचनहरू पनि पढेर सुनाइन्: “यदि तिमीहरू सत्यता पछ्याउँछौ भने, तिमीहरूले काम गर्ने तौरतरिका बदल्नुपर्छ। तिमीहरूले आफ्नो हित, व्यक्तिगत अभिप्राय र इच्छाहरू त्याग्नुपर्छ। तिमीहरूले काम गर्दा सर्वप्रथम सबैले मिलेर सत्यता सङ्गति गर्नुपर्छ, अनि आफूहरूमाझ कामको बाँडफाँट गर्नुभन्दा पहिले परमेश्वरका अभिप्राय र मापदण्ड बुझ्नुपर्छ, र यसो गर्दा को कुन कुरामा राम्रो छ र कुन कुरामा कमजोर छ भनेर विचार पुर्याउनुपर्छ। तिमीहरूले आफूले गर्न सक्ने काम लिनुपर्छ र आफ्नो कर्तव्यमा दृढतापूर्वक लाग्नुपर्छ। कुनै कुराको लागि पनि झगडा वा खोसाखोस गर्ने गर्नु हुँदैन। तिमीहरूले मिलजुल र सहनशील हुन सिक्नुपर्छ। यदि कसैले भर्खरै कर्तव्य निर्वाह गर्न थालेको छ वा कुनै क्षेत्रको लागि चाहिने सीपहरू भर्खरै सिकेको छ, तर कति कामहरू गर्न सक्दैन भने, तैँले उसलाई दबाब दिनु हुँदैन। तैँले उसलाई अलिक सजिलो हुने काम दिनुपर्छ। यसले उसलाई आफ्नो कर्तव्य निर्वाह गर्दा नतिजाहरू हासिल गर्न सजिलो बनाउँछ। सहनशील, धैर्यवान् र सिद्धान्तनिष्ठ हुनु भनेको यही हो। यो सामान्य मानवतामा हुनुपर्ने एउटा पक्ष हो; यो मानिसहरूका लागि परमेश्वरले आवश्यक गर्नुभएको, अनि मानिसहरूले अभ्यास गर्नैपर्ने कुरा हो। यदि तँ निश्चित प्रकारको व्यावसायिक काममा निकै दक्ष छस्, र तैँले यो काम अरूले भन्दा अलि लामो समयदेखि गर्दै आएको छस् भने, कठिन कामहरू तँलाई दिइनुपर्छ। तैँले यस कुरालाई परमेश्वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। छानेर लिने र गनगन गर्ने नगर, र यसो नभन्, ‘किन मानिसहरूले सधैँ मेरो लागि अवस्था कठिन बनाइदिन्छन्? तिनीहरूले अरूलाई सजिलो काम, र मलाईचाहिँ गाह्रो काम दिन्छन्। के तिनीहरूले मेरो जीवन कठिन बनाउन खोज्दै छैनन् र?’ ‘तेरो जीवन कठिन बनाउन खोज्नु’ को अर्थ के हो? कार्य बन्दोबस्त हर व्यक्तिको अवस्थासित मिल्ने गरी तय गरिन्छ—सक्नेहरूले धेरै काम गर्नुपर्छ। तैँले धेरै कुरा सिकेको छस् र परमेश्वरले तँलाई धेरै कुरा दिनुभएको छ, त्यसकारण तँलाई गह्रौँ बोझ दिनु सही हुन्छ। यो तँलाई दुःख दिनका लागि गरिएको हुँदैन, तँलाई दिइएको बोझ तेरो लागि एकदमै सही हुन्छ। यो तेरो कर्तव्य हो, त्यसकारण रोज्ने र छान्ने, वा इन्कार गर्ने, वा यसबाट पन्छिने प्रयास नगर्। किन तँलाई यो कठिन लाग्छ? वास्तवमा, तैँले यसमा हृदय लगाइस् भने, यसलाई पूरा गर्न सकिहाल्छस्। तँलाई यो कठिन लाग्नु, र आफूलाई अनुचित व्यवहार गरिएको, र जानीजानी दुःख दिइएको जस्तो लाग्नु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो, यो आफ्नो कर्तव्यलाई इन्कार गर्नु, र यसलाई परमेश्वरबाट आएको भनी स्वीकार नगर्नु हो; यो सत्यता अभ्यास गर्नु होइन। जब तँ आफ्नो कर्तव्यमा रोज्ने र छान्ने काम गर्छस्, अनि घिउजस्तो र सजिलो, र आफूलाई राम्रो देखाउने काम गर्छस् भने, यो शैतानको भ्रष्ट स्वभाव हो। यदि तँ आफ्नो कर्तव्यलाई स्वीकार गर्न, र समर्पित हुन सक्दैनस् भने, यसले तँ अझै पनि परमेश्वरप्रति विद्रोहपूर्ण छस्, र तैँले उहाँलाई विरोध गरिरहेको, इन्कारिरहेको र पन्छाइरहेको छस् भन्ने प्रमाणित गर्छ—यो एउटा भ्रष्ट स्वभाव हो। त्यसो भए, यो भ्रष्ट स्वभाव हो भन्ने तँलाई थाहा भएपछि तैँले के गर्नुपर्छ? जब कसैलाई दिइएको काम पूरा गर्न सजिलो छ, तर तँलाई दिइएको कामले तँलाई लामो समयसम्म व्यस्त राख्छ, अनि अनुसन्धान गर्न धेरै समय लाग्छ भन्ने तँलाई लाग्छ भने, यसले तँलाई बेखुसी बनाउँछ। के तँलाई बेखुसी महसुस हुनु सही कुरा हो? अवश्य होइन। त्यसो भए, यो कुरा गलत हो भन्ने तँलाई बोध भएपछि तैँले के गर्नुपर्छ? यदि तँ प्रतिरोध गर्दै यसो भन्छस् भने, ‘हरेक पटक तिनीहरूले कामको बाँडफाँट गर्दा मलाई गाह्रो, फोहोरी र परिश्रम गर्नुपर्ने काम दिन्छन्, र अरूलाई हलुका, सरल र उच्च प्रतिष्ठावाला काम दिन्छन्। के तिनीहरूले मलाई जे पनि गराउँदा हुने व्यक्ति सम्झेको हो? यो काम बाँडफाँट गर्ने निष्पक्ष तरिका होइन!’—यदि तेरो सोच यस्तो हो भने, त्यो गलत छ। तर कामको बाँडफाँटमा तलमाथि जेसुकै भए पनि, वा त्यो बाँडफाँट मनासिब र बेमनासिब जुनसुकै रूपले गरिए पनि, परमेश्वरले सूक्ष्म जाँच गर्नुहुने कुराचाहिँ के हो? उहाँले छानबिन गर्नुहुने कुरा व्यक्तिको हृदय हो। उहाँले व्यक्ति हृदयदेखि नै समर्पणकारी छ कि छैन, परमेश्वरको लागि उसले केही बोझ बोक्न सक्छ कि सक्दैन र ऊ परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनी हेर्नुहुन्छ। परमेश्वरको मापदण्डबाट मापन गर्दा, तैँले गरेका बहानाहरू अमान्य छन्, कर्तव्यमा तेरो कार्यसम्पादन मापदण्डअनुरूप छैन र तँसँग सत्यता वास्तविकता छैन। तँसँग समर्पणता बिलकुलै छैन र केही परिश्रमपूर्ण वा सिकसिकलाग्दो काम गर्नुपर्दा तँ गुनासो गर्छस्। यहाँ यो कस्तो समस्या हो? सर्वप्रथम त, तेरो मानसिकता गलत छ। यसको अर्थ के हो? यसको अर्थ कर्तव्यप्रतिको तेरो मनोवृत्ति गलत छ। यदि तँ आफ्नै गर्व र हितबारे सोचिरहन्छस्, परमेश्वरका अभिप्रायप्रति विचारशील हुँदैनस्, र कुनै समर्पणता देखाउँदैनस् भने, त्यो तैँले कर्तव्यप्रति राख्नुपर्ने सही मनोवृत्ति होइन। यदि तँ इमानदार भएर परमेश्वरको लागि आफूलाई खर्चेको हुन्थिस् र तँसँग परमेश्वरलाई प्रेम गर्ने हृदय हुन्थ्यो भने, सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो काम तँ कसरी सम्हाल्नेथिस्? तेरो मानसिकता फरक हुनेथ्यो: तैँले कठिन हुने जुनसुकै काम रोज्नेथिस् र काँधमा भारी बोझ उठाउन खोज्नेथिस्। अरू मानिसहरूले गर्न नमानेका काम तैँले लिनेथिस्, अनि तैँले यो काम केवल परमेश्वरको प्रेमका खातिर र उहाँलाई सन्तुष्ट बनाउनको लागि गर्नेथिस्। यसो गर्दा तँलाई आनन्द आउनेथ्यो, र तैँले कुनै गुनासो गर्नेथिनस्। सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो कामले मानिसहरूलाई उनीहरू को हुन् भनेर देखाउँछ। हलुका र उच्च प्रतिष्ठावाला काम मात्र लिने मानिसहरूभन्दा तँ कसरी फरक छस् र? तँ तिनीहरूभन्दा उत्तम छैनस्। के यो कुरा त्यस्तै होइन र? तैँले कामकुराहरू यसरी नै हेर्नुपर्छ। त्यसैले, मानिसहरूलाई उनीहरू को हुन् भनेर सबभन्दा धेरै प्रकाश गर्ने कुरा भनेकै कर्तव्यका दौरान उनीहरूले गर्ने कार्यसम्पादन हो। कतिपय मानिसहरूले अधिकांश समय ठूलाठूला कुरा गर्छन्, र परमेश्वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन इच्छुक रहेको दाबी गर्छन्, तर जब तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कुनै कठिनाइ सामना गर्छन्, तब तिनीहरूको मुखबाट हरप्रकारका गुनासा र नकारात्मक शब्दहरू निस्कन्छन्। यसले उनीहरू पाखण्डी हुन् भनेर स्पष्टै देखाउँछ। यदि कसैले सत्यतालाई प्रेम गर्छ भने, उसले कर्तव्य निर्वाह गर्दा कठिनाइ आइपरे पनि, र उसलाई त्यो कर्तव्य उचित रूपमा दिइएको नभए पनि, उसले आफ्नो कर्तव्यलाई गम्भीरतासाथ लिँदै परमेश्वरलाई प्रार्थना गर्नेछ र सत्यता खोज्नेछ। भारी, सिकसिकलाग्दो वा कठिन काम गर्नुपरे पनि उसले गुनासो गर्नेछैन र उसले परमेश्वरप्रति समर्पित हृदयले आफ्नो कार्य राम्ररी गर्न अनि राम्रोसँग कर्तव्य निर्वाह गर्न सक्नेछ। यसो गर्दा उसलाई धेरै आनन्द मिल्नेछ र परमेश्वरलाई पनि यो देखेर सान्त्वना मिल्नेछ। यस्तो व्यक्तिले नै परमेश्वरको अनुमोदन प्राप्त गर्छ। यदि कसैले सिकसिकलाग्दो, कठिन र परिश्रमपूर्ण काम पाउनेबित्तिकै रिसाउने र झर्को मान्ने गर्छ, र कसैलाई आफ्नो आलोचना गर्न दिँदैन भने, यस्तो व्यक्ति परमेश्वरको लागि आफूलाई इमानदारीसाथ खर्चिने व्यक्ति होइन। यस्तो व्यक्तिलाई केवल प्रकाश गर्न र हटाउन मात्र सकिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई लज्जित तुल्याए। मैले मण्डलीले कसरी मलाई धेरै वर्षदेखि लेखन-पठनको कर्तव्य निर्वाह गर्न संवर्धन गरेको छ, र मैले वाङ सुएभन्दा बढी सिद्धान्तहरू बुझेकी छु भन्ने बारेमा विचार गरेँ। गाह्रा कामहरूमा खटाइँदा त्यसको बोझ उठाउनु मेरो जिम्मेवारी थियो, र मैले प्रतिवाद गर्ने र त्यसबाट उम्कने प्रयास गर्नु हुँदैनथियो। सुपरिवेक्षकले मण्डलीको कामको आवश्यकतालाई विचार गरेर यसरी कामकुराहरूको बन्दोबस्त गरिदिएकी थिइन्, र ती बन्दोबस्तहरू मनासिब नै थिए। वाङ सुएले भर्खरै तालिम लिन सुरु गरेकी थिइन् र उनी अझै सिद्धान्तहरूसँग परिचित हुने प्रक्रियामै थिइन्। यदि उनलाई गाह्रा र जटिल काम खटाइएको भए, यसले कामको प्रगतिमा ढिलाइ गर्नेथियो र उनलाई तनाव दिनेथियो। त्यसैले उनलाई तालिम लिने मौका दिन पहिले केही सजिला कामहरूमा खटाइनुपर्थ्यो, र उनले विभिन्न सिद्धान्तहरू अझ बढी मात्रामा बोध गरेपछि, खटाइएको बेला उनले गाह्रा कामहरू सम्हाल्न सक्नेथिइन्। तथापि, मैले यस कुरालाई अलिकति पनि विचार गरिनँ, र म उल्टै असन्तुष्ट भएँ। ममा साँच्चै मानवता र समझको अति नै कमी थियो! अब मैले के बुझेँ भने हामीले आफ्नो कर्तव्य निर्वाह गर्दा मण्डलीको हितलाई सुरक्षा दिनुपर्छ, हामी एकअर्काप्रति सहनशील र समझदार हुन सिक्नुपर्छ र कर्तव्यमा सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। यसरी सँगै काम गर्दा, काम राम्रोसँग पूरा हुन सक्छ। सुपरिवेक्षकले सधैँ मेरा लागि कठिन कामहरू गर्न लगाउने बन्दोबस्त गरिदिँदा यो अनुचित हो भन्ने मलाई लाग्थ्यो। अहिले मैले के महसुस गरेँ भने कामकुराहरूलाई हेर्ने यो तरिका गलत थियो। कर्तव्य निर्वाह गर्दा, धेरै गर्ने वा थोरै गर्ने, वा निष्पक्ष वा अनुचित भन्ने कुरा हुँदैन। परमेश्वरले हामी हरेकको कद र क्षमता जान्नुहुन्छ, र हामीले कति गर्न सक्छौँ भन्ने कुरा उहाँलाई थाहा हुन्छ। बोझ परमेश्वरबाट आएको आशिष् हो र यो मानिसहरूले तालिम लिन सकून् भनेर उनीहरूलाई परमेश्वरले दिनुहुने अवसर पनि हो। धेरै कठिन कामहरू गर्दा होसियारपूर्वक सोच्नुपर्ने र विचार गर्नुपर्ने भए पनि, यसले तपाईंलाई सिद्धान्तहरूबारे अझ बढी सोच्न बाध्य पार्न सक्छ, र तपाईंको पेसेवर सीपको स्तरलाई सुधार गर्न सक्छ। यसबाहेक, यदि तपाईंले आफ्नो कर्तव्यमा बढी दबाब सामना गर्नुभयो भने, तपाईंले आफैँलाई जिम्मेवारी लिन इच्छुक हृदय भएको व्यक्तिको रूपमा तालिम पनि दिन सक्नुहुन्छ। यी सबै असल कुराहरू हुन्। तैपनि, म आफ्नो स्वार्थी र घृणास्पद शैतानी स्वभावद्वारा जिइरहेकी थिएँ, मैले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू देख्न सकिनँ, र म निरन्तर आफ्नो कर्तव्यबाट उम्कन समेत चाहेँ। मलाई साँच्चै मेरो लागि के असल हो भन्ने कुरा थाहा थिएन, र मैले परमेश्वरका अभिप्रायहरूलाई निराश पारेँ। परमेश्वरका वचनहरूको मार्गदर्शनमा, मैले आफ्नो स्थितिलाई केही हदसम्म बद्लेँ, र अहिले मैले गर्नुपर्ने कुरा भनेको समर्पित हुनु र आफ्नो कर्तव्यमा लागिरहनु हो भनेर मनमनै सोचेँ।
पछि, वाङ सुएलाई अस्थायी रूपमा अर्को काम गर्न खटाइयो र मैले धेरै कुराहरू सम्हाल्नुपर्ने भयो। मैले आफ्ना दैनिक कार्यहरूको योजना बनाउनुपर्थ्यो र सकेसम्म ती सबै उही दिन सिध्याउनुपर्थ्यो। हरेक दिन तनावले मेरो टाउको फुट्लाजस्तै हुन्थ्यो, र म लिन सी छिट्टै फर्कून् भन्ने व्यग्रताका साथ प्रतीक्षा गरिरहेकी हुन्थेँ ताकि मलाई अलि हाइसञ्चो होस्। जब मैले यसबारे सोचेँ, तब मैले पहिले पढेका परमेश्वरका केही वचनहरू सम्झेँ: “हरेक वयस्कले कष्ट, बिमारी, र विभिन्न कठिनाइहरू जस्ता जतिसुकै दबाब सामना गरे पनि, उसले एक वयस्कका जिम्मेवारीहरू वहन गर्नैपर्छ। यी सबैले अनुभव गर्नुपर्ने र सहनुपर्ने कुराहरू हुन्; एक सामान्य व्यक्तिको जीवन यस्तै हुन्छ। यदि तँ दबाब सहन, कष्ट भोग्न, वा झट्काहरू खप्न सक्दैनस् भने, यसको अर्थ तँसँग कुनै दृढता वा सङ्कल्प छैन, र तँ ज्यादै कमजोर र बेकम्मा छस् भन्ने हुन्छ। सबैले—चाहे समाजमा होस् वा परमेश्वरको घरमा—आफ्नो जीवनमा यो कष्ट सहनैपर्छ। यो हरेक वयस्कले वहन गर्नुपर्ने जिम्मेवारी हो, उसले काँधमा बोक्नुपर्ने बोझ हो, र योबाट कोही पनि उम्कन सक्दैन, त्यसैले तैँले यसबाट पन्छिने प्रयास गर्नु हुँदैन। यदि तँ सधैँ यो सबै कष्टबाट भाग्न वा मुक्त हुन चाहन्छस् भने, तेरो दबाबको संवेग बाहिर आउनेछ, र त्यसले तँलाई सधैँ अल्झाउनेछ। तर, यदि तँ यी सबै कुरा राम्ररी बोध गर्न र स्वीकार गर्न सक्छस्, र यसलाई तेरो जीवन र अस्तित्वको आवश्यक भागका रूपमा हेर्छस् भने, तैँले यी मामिलाहरूका कारण नकारात्मक संवेगहरू विकास गर्नेछैनस्। एकातिर, तैँले वयस्कहरूमा हुनुपर्ने र उनीहरूले लिनुपर्ने जिम्मेवारी र दायित्वहरू वहन गर्न सिक्नुपर्छ। अर्कोतिर, तैँले सामान्य मानवताभित्र आफ्नो बसाइ र कामको वातावरणमा अरूसँग मिलेर सह-अस्तित्वमा रहन सिक्नुपर्छ। आफूलाई जे मन लाग्यो त्यही मात्रै नगर्। मेलमिलापपूर्ण सह-अस्तित्वको उद्देश्य के हो? यसको उद्देश्य तैँले एक वयस्कका रूपमा पूरा गर्नुपर्ने काम, दायित्व र जिम्मेवारीहरू अझ राम्रोसँग सम्पन्न गर्नु हो। तैँले जुनसुकै काम वा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, खतरा आइपर्दा, शैतानका शक्तिहरूको बाधा र क्षतिको सामना गर्दा, तँ हानिलाई न्यूनीकरण गर्न सक्षम हुनैपर्छ, ताकि तेरो काम र कर्तव्यका नतिजाहरू अलिक राम्रो होऊन्। सङ्कल्प भएको व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। यदि तँमा सामान्य मानवता छ भने, तैँले काम गर्दा यो पूरा गर्नुपर्छ। जहाँसम्म कामको दबाबको कुरा छ, चाहे त्यो माथिबाट आउने होस् वा परमेश्वरको घरबाट, वा यदि यो ब्रदर-सिस्टरहरूले तँलाई दिने दबाब होस्, यो तैँले सहनुपर्ने कुरा हो। तैँले यसो भन्न मिल्दैन, ‘म दबाबको कारणले यो गर्नेछैनँ। म त परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह र काम गर्ने क्रममा केवल फुर्सद, सहजता, खुसी र आराम खोजिरहेको छु।’ यस्तो गर्नु हुँदैन, र यो एक सामान्य वयस्कमा हुनुपर्ने सोचाइ होइन, र परमेश्वरको घर भनेको तँ आराममा लिप्त हुने ठाउँ होइन। हरेक व्यक्तिले आफ्नो जीवन र काममा निश्चित मात्रामा दबाब र जोखिम लिन्छ। कुनै पनि काममा, विशेष गरी परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा, तैँले सर्वोत्तम नतिजाहरूका लागि प्रयास लगाउनुपर्छ। बृहत् स्तरमा, यो परमेश्वरको शिक्षा र माग हो। सानो स्तरमा, यो हरेक व्यक्तिले आफ्नो आत्म-आचरण र कार्यहरूमा राख्नुपर्ने मनोवृत्ति, दृष्टिकोण, मानक र सिद्धान्त हो। जब तँ परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्छस्, तैँले परमेश्वरको घरका सर्त र प्रणालीहरू पालना गर्न सिक्नैपर्छ, र तैँले नियमहरू पालना गर्न, आफूलाई शिष्ट रूपमा आचरणमा ढाल्न सिक्नैपर्छ। यो व्यक्तिको आत्म-आचरणको एक अत्यावश्यक भाग हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने परमेश्वरले हामीले उहाँका मागहरूअनुसार आफूलाई आचरणमा ढालौँ भन्ने आशा गर्नुहुन्छ, र वयस्कहरूका रूपमा, हामीले वयस्कहरूले उठाउनुपर्ने जिम्मेवारीहरू काँधमा लिनुपर्छ, आफ्ना हृदय उचित कुराहरूले भर्नुपर्छ, र आफ्ना उचित कामहरू गर्नुपर्छ। जब हामी कुनै काम लिन्छौँ तब हामीमा जिम्मेवारीको बोध हुनुपर्छ, र हामीले जस्तोसुकै समस्या वा कठिनाइहरूको सामना गर्नुपरे पनि, तिनलाई समाधान गर्न हामीले प्रार्थना गर्नुपर्छ र परमेश्वरमा भरोसा गर्नुपर्छ अनि सत्यता खोज्नुपर्छ, र हामीले राम्रोसँग गर्न सक्ने सबै कुरा पूरा गर्नुपर्छ। विवेक र समझ भएका मानिसहरूले गर्नुपर्ने कुरा यही हो। मैले परमेश्वरले विगतका दुई महिनामा मेरा लागि यो वातावरण कसरी खडा गरिदिनुभएको थियो भन्ने बारेमा विचार गरेँ। एकातिर, यसले मेरो स्वार्थी र घृणास्पद भ्रष्ट स्वभाव प्रकट गर्यो, र मलाई कसरी बोझ लिने, जिम्मेवारी लिने र विवेक र समझ भएको व्यक्ति बन्ने भनेर पनि सिकायो। मैले परमेश्वरको अभिप्रायलाई निराश पार्नु हुँदैनथ्यो। मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न परमेश्वरमा भरोसा गर्नुपर्थ्यो र शरीरविरुद्ध विद्रोह गर्नुपर्थ्यो। त्यसपछि, मैले आफ्नो मानसिकता ठीक गरेँ र हरेक दिन के गर्ने भनेर योजना बनाएँ। मैले गर्नुपर्ने काम धेरै भए पनि र समय कम भए पनि, म आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो हृदय शान्त पार्न सक्षम हुन्छु। कहिलेकाहीँ केही कठिन कामहरू गर्न धेरै सोचविचार र चिन्तन गर्नुपर्छ, तर म तिनलाई सत्यता प्राप्त गर्ने र सिद्धान्तहरूमा प्रवेश गर्ने अवसरका रूपमा लिन्छु, त्यसैले हरेक दिनको अन्त्यमा मलाई आफूले केही प्राप्त गरेजस्तो महसुस हुन्छ। मैले के अनुभव गरेँ भने जब तपाईं परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुहुन्छ, तब तपाईंको हृदय शान्त हुन्छ र सहजतामा हुन्छ। ती दुई महिनामा ममाथि आइपरेको वातावरण मेरा लागि एउटा प्रकटीकरण थियो, र परमेश्वरको मुक्ति पनि थियो। मेरो हृदयमा, म मौन रूपमा परमेश्वरलाई धन्यवाद र प्रशंसा चढाउँछु।