६२. मण्डलीको कामको सुरक्षा गर्नु मेरो जिम्मेवारी हो
सन् २०१९ मा, मैले मण्डलीमा लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी थिएँ। एकदिन, मैले छिङयुआन मण्डलीकी सिस्टर युआन ली अगुवाको रूपमा चुनिएको कुरा थाहा पाएँ। जब मैले यो खबर सुनेँ, तब म अलिक छक्क परेँ। मलाई युआन लीको बारेमा राम्रोसँग थाहा थियो। उहाँ आफ्नो कर्तव्य निर्वाह गर्नमा जोशिलो हुनुहुन्थ्यो, र सधैँ सुसमाचार प्रचार गर्न निकै सक्रिय हुनुहुन्थ्यो। उहाँ दुःख वा थकानदेखि डराउनुहुन्नथ्यो। तैपनि, जब उहाँ पहिले अगुवा हुनुहुन्थ्यो, तब उहाँ सधैँ प्रतिष्ठा र हैसियतको पछि लाग्नुहुन्थ्यो, र आफैलाई उचाल्ने र देखावटी गर्ने काम गर्नुहुन्थ्यो। अझ, जब समस्याहरू आउँथे, तब उहाँले ब्रदर-सिस्टरहरूलाई सत्यता खोज्न र पाठ सिक्न अगुवाइ गर्नुहुन्नथ्यो। बरु, उहाँले फाटो ल्याउने काम गर्नुहुन्थ्यो, जसले गर्दा ब्रदर-सिस्टरहरू सही र गलतको स्थितिको बीचमा जिउनुपर्थ्यो र मण्डलीको काममा पनि असर पर्थ्यो। अनि माथिल्लो अगुवाहरूले उहाँलाई धेरै पटक सुझाव दिए पनि र मद्दत गरे पनि, उहाँले त्यसलाई स्वीकार गर्नुभएन, र उल्टै आफ्नो बचाउ गर्न कारणहरू अघि सार्नुभयो। अन्त्यमा, उहाँलाई बर्खास्त गरियो। बर्खास्त गरिएपछि, उहाँले साँचो रूपमा आफ्नै भ्रष्टतालाई घृणा गर्नुभएन र पश्चात्ताप गर्नुभएन। युआन ली सत्यता पछ्याउने व्यक्तिजस्तो देखिनुहुन्नथ्यो। उहाँ अगुवा हुनका लागि उपयुक्त हुनुहुन्नथ्यो। सिद्धान्तहरू अनुसार, अगुवा चुनिएका मानिसहरू सत्यता पछ्याउने व्यक्ति हुनुपर्छ। नत्रभने, मण्डलीका सबै ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा असर पर्नेछ र मण्डलीको काममा ढिलासुस्ती हुनेछ। म युआन लीको व्यवहारको बारेमा माथिल्लो अगुवाहरूलाई रिपोर्ट गर्न चाहन्थेँ, तर फेरि मैले के सोचेँ भने, छिङयुआन मण्डलीमा धेरै पटक ठूला गिरफ्तारीहरू भएका थिए। धेरै ब्रदर-सिस्टरहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गिरफ्तार गरिएको थियो, त्यसैले अगुवा चुन्ने कार्यमा वास्तविक कठिनाइहरू आएका थिए। यदि मैले फरक राय राखेँ भने, के माथिल्लो अगुवाहरूले मैले सानातिना गल्तीहरू खोतलिरहेकी छु र उहाँहरूलाई अप्ठ्यारो अवस्थामा पारिरहेकी छु भनेर सोच्नुहोला? म अगुवाहरूलाई चिढ्याउने कुनै पनि काम गर्नेथिइनँ। यसका साथै, मैले छिङयुआन मण्डली छोडेको केही समय भइसकेको थियो। सायद यो समयमा युआन लीले केही बुझाइ प्राप्त गरेर पश्चात्ताप पो गर्नुभएको छ कि। त्यसपछि मैले सोचेँ, युआन लीले विगतमा साँच्चै सत्यता पछ्याउनुभएको थिएन। म माथिल्लो अगुवाहरूलाई मेरा विचारहरू बताउँदै एउटा चिठी लेख्न सक्छु, र युआन लीले पश्चात्तापको कुनै सङ्केत देखाउनुभएको छ कि छैन भनेर सोध्न सक्छु। यसो गर्दा मेरो जिम्मेवारी पूरा हुनेथियो। तर जब वास्तवमै पत्र लेख्ने बेला आयो, तब मैले मनमनै सोच्न थालेँ, “यदि युआन ली चुनिनुभएको हो भने, पक्कै पनि माथिल्लो अगुवाहरूलाई उहाँको बारेमा थाहा थियो होला र उहाँहरूले उहाँको बारेमा छानबिन गर्नुभएको थियो होला। माथिल्लो अगुवाहरूले मभन्दा बढी सत्यता बुझ्नुहुन्छ र उहाँहरूलाई सिद्धान्तहरूको बोध पनि बढी छ। यदि उहाँहरू सहमत हुनुभयो भने, युआन ली पक्कै पनि चुनिनलाई उपयुक्त हुनुहुन्थ्यो होला। मैले यो कुरा उल्लेख गरिरहनु पर्दैन। साथै, म केवल लेखन-पठनका कर्तव्यहरू मात्र निर्वाह गर्दै छु, जबकि युआन ली मण्डलीकी अगुवा हुनुहुन्छ। उहाँ यो कर्तव्यका लागि उपयुक्त हुनुहुन्न भने पनि, त्यो माथिल्लो अगुवाहरूको कुरा हो। यो मेरो सरोकारको विषय होइन। यदि मैले युआन लीका समस्याहरूबारे रिपोर्ट गरेँ भने, के उहाँहरूले मलाई मैले आफूसँग सरोकार नभएको कुरामा हात हालिरहेकी छु भनेर सोच्नुहोला, र मप्रति नराम्रो धारणा बनाउनुहोला? मैले यसलाई यत्तिकै छोडिदिनुपर्छ।” त्यसैले मैले उहाँको बारेमा रिपोर्ट गरिनँ।
पछि, हामी युआन ली जिम्मेवार हुनुभएको मण्डलीको क्षेत्रभित्र पर्ने एउटा नयाँ अतिथि सत्कारक घरमा सर्यौँ। जब युआन ली हामीलाई चिठीहरू पुर्याउन आउनुभयो, तब हामीले हाम्रा स्थितिहरूबारे सँगै कुरा गर्यौँ। युआन लीले उहाँकी सहकर्मी सिस्टर, झाङ हुआको क्षमता कमजोर भएको, र उहाँले कुनै पनि काम राम्रोसँग गर्न सक्नुहुन्न भन्ने बारेमा कुरा भन्नुभयो। अर्की अगुवा, रानरानको क्षमता राम्रो थियो, तर उहाँ शारीरिक सुखमा लिप्त हुनुहुन्थ्यो र उहाँले आफ्नो कर्तव्य निर्वाह गर्दा बोझ उठाउनुहुन्नथ्यो। पछि, उहाँले आफ्नो कर्तव्य निर्वाह गर्दा आफूले कसरी बोझ उठाउनुभयो भन्ने बारेमा कुरा गर्नुभयो। मैले मनमनै सोचेँ, “युआन लीले किन अझै पनि अरूलाई होच्याउने र आफैलाई उचाल्ने काम गरिरहनुभएको छ?” वास्तवमा, मैले झाङ हुआ र रानरानको बारेमा केही मात्रामा बुझेकी थिएँ। झाङ हुआ उमेरले पाको हुनुहुन्थ्यो, र उहाँको क्षमता अलि कमजोर भएको कुरा साँचो थियो। तर उहाँले आफ्नो कर्तव्य निर्वाह गर्दा बोझ उठाउनुहुन्थ्यो। रानरान आफ्नो कर्तव्य निर्वाह गर्दा बोझ उठाउनमा पक्कै पनि अलि कमजोर हुनुहुन्थ्यो, तर बारम्बारको सङ्गति र सुपरिवेक्षणले गर्दा, उहाँ सामान्य रूपमा आफ्नो कर्तव्य गर्न सक्षम हुनुभएको थियो। उहाँ युआन लीले भनेजस्तो खराब हुनुहुन्नथियो। उहाँले भन्नुभएको तरिकाले त यी दुई अगुवाहरूले केही काम नै गर्दैनन् र उहाँ आफैले मात्र सबैथोक गरिरहनुभएको छ जस्तो देखिन्थ्यो। त्यतिबेला, युआन लीले धेरै घटनाहरू सूचीकृत गर्दै रानरानको चरित्र खराब छ भनेर पनि भन्नुभयो। वास्तवमा युआन लीले तथ्यहरूलाई बङ्गाइरहनुभएको थियो। मैले रानरानबाट के थाहा पाएँ भने युआन लीले सधैँ उहाँ र झाङ हुआको बीचमा कुरा लगाउन जानुहुन्थ्यो, र हरेकलाई अर्कोले गरेको गल्तीबारे सुनाउँदै कुरा लगाएर समस्या खडा गर्नुहुन्थ्यो। यसको मतलब रानरान र झाङ हुआले एकअर्काप्रति पूर्वाग्रह राखेका थिए र सद्भावपूर्ण रूपमा सहकार्य गर्न सकेका थिएनन्, जसले गर्दा मण्डलीको काममा कुनै नतिजा देखिएको थिएन। त्यसैले, मैले युआन लीलाई उहाँले गरिरहनुभएको कामको प्रकृति र यसको परिणामबारे औँल्याइदिएँ। युआन लीको अनुहार निकै अँध्यारो देखियो, र उहाँले पन्छिनका लागि बहानाहरू खोज्नुभयो। युआन ली गइसकेपछि, मेरो मन पटक्कै शान्त भएन। मैले मनमनै सोचेँ, “युआन ली आफूलाई देखावटी गर्न र अरूलाई होच्याउन मन पराउनुहुन्छ, र उहाँले सत्यता स्वीकार गर्नुहुन्न। उहाँको व्यवहार गर्ने तरिका उस्तै छ। यदि सिद्धान्तअनुसार यसको लेखाजोखा गर्ने हो भने, यसले उहाँले साँचो पश्चात्ताप गर्नुभएको छैन, र मण्डलीको अगुवाजस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न उहाँ अनुपयुक्त हुनुहुन्छ भन्ने देखाउँछ। मैले युआन लीका समस्याहरूबारे माथिल्लो अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ।” तैपनि, जब मैले चिठी लेखिरहेकी थिएँ, तब मलाई द्विविधा भयो, “प्रायजसो, युआन लीसँग मेरो राम्रो सम्बन्ध छ। यदि मैले उहाँको अवस्थाबारे अगुवाहरूलाई विस्तृत रूपमा रिपोर्ट गरेँ भने, उहाँहरू पक्कै पनि अवस्था प्रमाणित गर्न र के भइरहेको छ भनी बुझ्न आउनुहुनेछ। त्यतिबेला, यदि युआन लीले उहाँको समस्याबारे रिपोर्ट गर्ने म नै हुँ भन्ने थाहा पाउनुभयो भने, उहाँले पक्कै पनि मलाई घृणा गर्नुहुनेछ। भविष्यमा म उहाँसँग कसरी मिल्न सकूँला र? साथै, यदि मैले यो कुरा रिपोर्ट गरेँ भने, के अगुवाहरूले मैले आफ्नो लेखन-पठनको कर्तव्य राम्रोसँग गरिरहेकी छैन, र सरोकार नभएको कुरामा हात हालिरहेकी छु भनेर भन्नुहोला, र मप्रति नराम्रो धारणा बनाउनुहोला? त्यसो भयो भने मेरो लागि दुवैतिर नराम्रो हुनेछ। म यसलाई यत्तिकै छोडिदिन्छु। झन्झट नबेसाउनु नै जाती हुन्छ। समय बित्दै जाँदा, अगुवाहरूले पक्कै पनि उहाँका समस्याहरू पत्ता लगाउनुहुनेछ र उहाँलाई बर्खास्त गर्नुहुनेछ। म यसमा मुछिनेछैन।” तैपनि, त्यसपछि पनि जब-जब म यो कुरा सम्झन्थेँ, तब-तब मलाई अलिकति बेचैनी महसुस हुन्थ्यो। राती, म ओछ्यानमा छटपटाइरहन्थेँ, निदाउन सक्दिनथिएँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, युआन ली मण्डलीको अगुवाको कर्तव्य निर्वाह गर्न अनुपयुक्त हुनुहुन्छ भन्ने कुरामा म हृदयदेखि स्पष्ट छु। मैले चिठी लेख्नुपर्छ र उहाँका समस्याहरूबारे रिपोर्ट गर्नुपर्छ भन्ने मलाई थाहा छ, तर मैले यसलाई व्यवहारमा लागू गर्न सकेकी छैन। मलाई डोर्याउनुहोस् र मार्गदर्शन दिनुहोस्।” मैले परमेश्वरका यी वचनहरू पढेँ: “परमेश्वरको मार्ग पछ्याउनु भनेको सतही प्रावधानहरू पालना गर्नु होइन; बरु, यो भनेको त तैँले कुनै समस्याको सामना गर्दा तैँले सबैभन्दा पहिले यसलाई परमेश्वरद्वारा प्रबन्ध गरिएको अवस्था, उहाँले तँलाई प्रदान गर्नुभएको जिम्मेवारी, वा उहाँले तँलाई सुम्पिनुभएको कार्यको रूपमा लिनु हो। यो समस्याको सामना गर्दा तैँले यसलाई परमेश्वरले तँलाई गर्नुभएको परीक्षाको रूपमा हेर्नुपर्छ। तैँले यो समस्या सामना गर्दा, तँसँग तेरो हृदयमा एक मापदण्ड हुनुपर्छ अनि तैँले यो कुरा परमेश्वरबाट आएको हो भनी सोच्नुपर्छ। तैँले कसरी यसलाई यस्तो तरिकाले सम्हाल्न सकिन्छ जसबाट तैँले आफू परमेश्वरप्रति बफादार रहेरै आफ्नो उत्तरदायित्व निभाउन सक्छस् र साथसाथै कसरी उहाँलाई क्रोधित नतुल्याई वा उहाँको स्वभावलाई नचिढ्याई यो कुरा गर्न सकिन्छ भनेर सोच्नुपर्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्वरका वचनहरू पढेपछि, मैले हरेक दिन सामना गर्ने कुराहरू सबै परमेश्वरले नै प्रबन्ध गर्नुभएको हुन्छ भन्ने बुझेँ। चाहे मैले जुनसुकै कुराको सामना गर्नुपरे पनि, मैले सचेत भई परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र आफ्नो जिम्मेवारी र बफादारी पूरा गर्नुपर्छ। यसरी मात्र मैले परमेश्वरको स्वभावलाई चिढ्याउने कामहरू गर्नबाट आफूलाई जोगाउन सक्छु। मैले युआन लीको मामिलालाई कसरी लिएँ भन्ने कुरा फर्केर सोच्दा, अरूले उहाँलाई राम्ररी नचिनेका भए पनि, म उहाँलाई केही हदसम्म खुट्ट्याउन सक्थेँ। युआन लीले बाहिरी रूपमा मात्र केही असल व्यवहारहरू देखाउनुहुन्थ्यो। आफ्नो कर्तव्य निर्वाह गर्दा, उहाँ प्रायजसो आफैलाई उचाल्नुहुन्थ्यो र देखावटी गर्नुहुन्थ्यो। जब उहाँमाथि कुराहरू आइपर्थे, तब उहाँले सत्यता खोज्न र पाठ सिक्नमा ध्यान केन्द्रित गर्नुहुन्नथ्यो। उहाँ सही र गलतको स्थितिमा जिउनुहुन्थ्यो, र उहाँले ब्रदर-सिस्टरहरूको सुझाव र काटछाँटलाई स्वीकार गर्नुहुन्नथ्यो। यदि उहाँले ब्रदर-सिस्टरहरूको अगुवाइ गर्नुभयो भने, अन्त्यमा सबैलाई हानि हुनेथियो। मलाई युआन ली अगुवा हुन अनुपयुक्त हुनुहुन्छ भन्ने राम्ररी थाहा थियो, तर मैले उहाँका समस्याहरूबारे रिपोर्ट गर्दै चिठी लेख्ने आँट गरिनँ। मण्डलीको हितमा नोक्सान पुगिरहँदा पनि म रमिते बनेर हेरिरहेँ। ममा साँच्चै परमेश्वरको डर मान्ने हृदय अलिकति पनि थिएन! मैले के देखेँ भने, मण्डलीको कामप्रतिको मेरो मनोवृत्ति साह्रै अनादरपूर्ण रहेछ। मैले आफ्नो जिम्मेवारी पूरा गर्दै बफादार बन्ने काम पटक्कै गरिनँ। मैले पूर्ण रूपमा आफ्नै हितको रक्षा गरिरहेकी थिएँ। ममा मानवताको साह्रै कमी थियो! मलाई हृदयमा ठूलो पश्चात्ताप महसुस भयो, र आफैप्रति घृणा लाग्यो। म कसरी यति स्वार्थी हुन सकेँ?
एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “विवेकको चेतना हुनु भनेको अत्यन्तै मूल्यवान् कुरा हो, र सही र गलतबीच फरक छुट्ट्याउने क्षमता हुनु र सकारात्मक कुराहरूलाई प्रेम गर्ने सन्दर्भमा इन्साफको समझ हुनु पनि त्यति नै मूल्यवान् कुरा हुन्। यी तीन वटा कुराहरू सामान्य मानवताका सबैभन्दा वाञ्छनीय र मूल्यवान् कुराहरू हुन्। यदि तँमा यी तीन वटा कुराहरू छन् भने, तँ सत्यता अभ्यास गर्न अवश्यै सक्षम हुनेछस्। तँमा यीमध्ये एउटा वा दुइटा मात्र कुरा भए पनि, तैँले केही सत्यता अभ्यास गर्न सक्नेछस्। विवेकको चेतनालाई एकपटक हेरौँ। उदाहरणका लागि, यदि तैँले कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याइरहेको भेटिस् भने, के तँ त्यो खुट्ट्याउन सक्षम हुनेछस्? के तँ प्रस्ट रूपमा देखिने दुष्ट कार्यहरू पहिचान गर्न सक्छस्? अवश्यै सक्छस्। दुष्ट मानिसहरू खराब काम गर्छन्, र असल मानिसहरू असल काम गर्छन्; औसत व्यक्तिले एक नजरमै तीबीचको भिन्नता बताउन सक्छ। यदि तँमा विवेकको चेतना छ भने, के तँमा भावना र विचारहरू हुनेछैनन् र? यदि तँमा विचार र भावनाहरू छन् भने, तैँले सत्यता अभ्यास गर्नका लागि सबैभन्दा आधारभूत सर्तहरूमध्ये एउटा पूरा गर्छस्। यदि तैँले यस व्यक्तिले दुष्टता गरिरहेको छ भनी पहिचान र महसुस गर्न सक्छस्, त्यसलाई खुट्ट्याएर उक्त व्यक्तिको खुलासा गर्न सक्छस्, र परमेश्वरका चुनिएका मानिसहरूलाई यो मामला खुट्ट्याउन सक्षम तुल्याउँछस् भने, के उक्त समस्या समाधान हुनेछैन र? के यो सत्यता अभ्यास गर्नु र सिद्धान्तहरू पालना गर्नु होइन र? यहाँ सत्यता अभ्यास गर्न के-कस्ता विधिहरू प्रयोग गरिएका छन्? (खुलासा गर्ने, रिपोर्ट गर्ने, र दुष्टकर्मलाई रोक्ने।) सही भनिस्। यसरी कार्य गर्नु भनेको सत्यता अभ्यास गर्नु हो, र यसो गरेर तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको हुनेछस्। यदि तैँले यस्ता परिस्थितिहरू सामना गर्दा तँ आफूले बुझ्ने सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छस् भने, यो सत्यता अभ्यास गर्नु हो, यो सिद्धान्तहरूका साथ कामकुरा गर्नु हो। तर यदि तँसित विवेकको चेतना छैन, र तैँले दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देखिस् भने, के तँ यसबारे सचेत हुनेथिस्? (हुनेथिइनँ।) अनि चेतना नभएका मानिसहरूले त्यसबारे के सोच्नेथिए? ‘त्यो व्यक्तिले दुष्टता गरेर मलाई के भो त? उसले मलाई चोट पुर्याइरहेकै छैन, मैले उसलाई किन चिढ्याउनु? के त्यसो गर्नु साँच्चिकै जरुरी छ र? त्यसो गरेर मलाई कसरी फाइदा हुन्छ?’ के यस्ता मानिसहरू दुष्ट मानिसहरूलाई दुष्टता गर्नबाट खुलासा गर्ने, रिपोर्ट गर्ने, वा रोक्ने गर्छन्। निश्चय नै गर्दैनन्। तिनीहरू सत्यता बुझ्छन् तर अभ्यास गर्न सक्दैनन्। के यस्ता मानिसहरूमा विवेक र समझ हुन्छ? तिनीहरूमा न त विवेक न समझ हुन्छ। म किन यसो भन्ने गर्छु? किनभने तिनीहरू सत्यता बुझ्छन् तर त्यसलाई अभ्यास गर्दैनन्; यसको मतलब तिनीहरूमा विवेक वा समझ छैन, र तिनीहरू परमेश्वरविरुद्ध विद्रोह गरिरहेका छन्। तिनीहरू आफ्ना हितलाई क्षतिबाट जोगाउनमा मात्र ध्यान दिन्छन्; तिनीहरू मण्डलीको काममा कुनै क्षति पुग्ला, वा परमेश्वरका चुनिएका मानिसहरूलाई क्षति पुग्ला कि भन्नेबारे वास्ता नै गर्दैनन्। तिनीहरू आफैलाई मात्र बचाउन खोज्छन्, र यदि तिनीहरूले समस्याहरू पत्ता लगाए भने पनि, तिनलाई बेवास्ता गर्छन्। तिनीहरू कसैले दुष्टता गरिरहेको देख्दा समेत त्यो नदेखेझैँ गर्छन्, अनि यदि त्यसले आफ्ना हितमा हानि पुऱ्याइरहेको छैन भने ठिकै हो भन्ठान्छन्। अरूले जे गरे पनि, त्यो तिनीहरूको सरोकारको विषय नै नभएझैँ देखिन्छ; तिनीहरू कुनै जिम्मेवारीको भावना अनुभूत गर्दैनन्, र तिनीहरूको विवेकले तिनीहरूमाथि कुनै प्रभाव पार्दैन। यी प्रकटीकरणहरूका आधारमा भन्नुपर्दा, के यी मानिसहरूमा मानवता छ? विवेक र समझविनाको व्यक्ति भनेको मानवताविनाको व्यक्ति हो। विवेक र समझविनाका सबै मानिसहरू दुष्ट हुन्: तिनीहरू मानवको खोल ओडेका पशु हुन्, जसले हरप्रकारका खराब कुराहरू गर्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने एउटा साँचो मानिसमा विवेकको चेतना हुन्छ। ऊ सही र गलत छुट्याउन सक्षम हुन्छ, र उसमा सकारात्मक कुराहरूलाई प्रेम गर्ने इन्साफको बोध हुन्छ। जब उसले कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा अवरोध गरिरहेको र बाधा दिइरहेको देख्छ, तब उसले त्यो खुट्ट्याउन सक्छ र ऊ मण्डलीको हितलाई नोक्सान हुनबाट सुरक्षा दिन समयमै रिपोर्ट गर्न र तिनको खुलासा गर्न सक्षम हुन्छ। विवेक र समझ नभएको व्यक्तिले समस्याहरू पत्ता लगाए पनि तिनलाई बेवास्ता गर्छ। उसले आफ्नै हितहरूको सुरक्षा गर्ने बारेमा मात्र सोच्छ, र जब उसले मानिसहरूले दुष्ट काम गरिरहेको अनि मण्डलीको काममा अवरोध गरिरहेको र बाधा दिइरहेको देख्छ, तब ऊ त्यसमा मुछिँदैन। उसमा जिम्मेवारीको बोध रतीभर पनि हुँदैन। मैले छिङयुआन मण्डलीमा कसरी धेरै पटक ठूला गिरफ्तारीहरू भएका थिए भन्ने कुरा सम्झेँ। ब्रदर-सिस्टरहरूको मण्डली जीवन राम्रो थिएन, र उहाँहरू आफ्नो जीवन प्रवेशमा मद्दत गर्न सक्ने एउटा असल अगुवाको प्रतीक्षामा हुनुहुन्थ्यो। तैपनि, मलाई युआन ली अगुवा हुन उपयुक्त हुनुहुन्न भन्ने राम्ररी थाहा थियो, तर म उहाँलाई चिढ्याउन डराएँ, उहाँले मप्रति पूर्वाग्रह राख्नुहोला भनेर डराएँ, र अगुवाहरूले मप्रति नराम्रो धारणा बनाउनुहोला भनेर डराएँ। त्यसैले, बुझेर पनि मैले आफूलाई मूर्ख बनाएँ, र युआन लीका समस्याहरूबारे रिपोर्ट गर्ने आँट गरिनँ। मण्डलीको काममा क्षति पुगिरहँदा र मेरा ब्रदर-सिस्टरहरूको जीवनले नोक्सान भोगिरहँदा पनि म रमिते बनेर हेरिरहेँ। म साँच्चै कति स्वार्थी र छली रहेछु! विगतमा, म मण्डलीका केही कर्तव्यहरू पूरा गर्न सक्षम छु भन्ने ठान्थेँ; बाहिरी रूपमा, मेरो व्यवहार केही मात्रामा असल थियो, र मैले मण्डलीको काममा स्पष्ट रूपमा अवरोध गर्ने कुनै काम गर्दिनथेँ, त्यसैले ममा अलिकति मानवता छ जस्तो लाग्थ्यो। अहिले, मैले के देखेँ भने ममा एउटा सामान्य मानिसमा हुनुपर्ने विवेक र समझ पनि छैन रहेछ। म मानव भनिन लायक रहेनछु! यदि मैले परमेश्वरसामु पश्चात्ताप गरिनँ भने, म पक्कै पनि परमेश्वरद्वारा घृणा गरिनेथिएँ र हटाइनेथिएँ। जब मैले यसरी सोचेँ, तब मेरो हृदय पश्चात्ताप र आत्मग्लानीले भरियो। मैले सत्यता अभ्यास गर्न र आफ्नो कर्तव्य पूरा गर्न तयार हुँदै परमेश्वरलाई प्रार्थना गरेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “परमेश्वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्वरको नाउँ, उहाँको गवाही र उहाँको कामको प्रतिरक्षा गर्नू” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा)। “तैँले परमेश्वरको घरको हितसित सम्बन्धित वा परमेश्वरको घरको कामसित वा परमेश्वरको नाउँसित सरोकार राख्ने कुनै पनि कुरालाई सम्हाल्नुपर्छ र त्यसको जिम्मेवारी लिनुपर्छ। तिमीहरूमध्ये हरेकसित यो जिम्मेवारी, यो दायित्व छ अनि तिमीहरूले गर्नैपर्ने कुरा यही नै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा)। परमेश्वरका वचनहरूले मलाई के कुरा बुझाए भने जब परिस्थितिहरू आइपर्छन्, तब मानिसले आफ्ना फाइदाहरू त्याग्नुपर्छ र मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ। यदि कसैले मण्डलीमा सिद्धान्तहरूसँग मेल नखाने, मण्डलीको हितलाई हानि पुर्याउने कुराहरू देख्यो भने, उसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, सिद्धान्त कायम राख्नुपर्छ, र मण्डलीको कामको रक्षा गर्नुपर्छ। तब मात्र ऊ परमेश्वरको घरको सदस्य बन्न सक्छ र परमेश्वरद्वारा अनुमोदित हुन सक्छ। यदि मानिसहरूलाई चिढ्याउने डरले ऊ वास्ता नगरी बस्छ भने, यो मण्डलीको कामको सुरक्षा गर्नु होइन। यो परमेश्वरप्रतिको चिढ्याइ हो। पछि, मैले युआन लीका समस्याहरूबारे रिपोर्ट गर्दै अगुवाहरूलाई एउटा चिठी लेखेँ। अगुवाहरूले यसलाई प्रमाणित गर्न कसैलाई पठाउने प्रबन्ध मिलाउनुभयो। उहाँहरूले अवस्थाबारे पत्ता लगाउनुभएपछि, युआन लीले लगातार आफैलाई उचाल्ने र देखावटी गर्ने काम गरिरहनुभएको कुरा उहाँहरूले थाहा पाउनुभयो। जब परिस्थितिहरू आइपर्थे, तब उहाँले तिनलाई परमेश्वरका वचनहरूअनुसार हेर्नुहुन्नथ्यो; उहाँ सही र गलतको स्थितिमा जिउनुहुन्थ्यो। उहाँले ब्रदर-सिस्टरहरूबीच कुरा लगाएर फाटो ल्याउने काम पनि गर्नुहुन्थ्यो, र मण्डलीको काममा अवरोध र बाधा खडा गर्नुहुन्थ्यो। जब सिद्धान्तअनुसार यसको लेखाजोखा गरियो, तब उहाँ अगुवा हुन अनुपयुक्त हुनुभयो, त्यसैले उहाँलाई बर्खास्त गरियो। जब मैले यो नतिजाबारे थाहा पाएँ, तब मेरो मनले निकै राहत महसुस गर्यो। मैले के महसुस गरेँ भने, जब मैले सिद्धान्तअनुसार अभ्यास गर्छु, तब मेरो विवेकले धिक्कार्दैन, र मेरो हृदय स्वतन्त्र हुन्छ।
पछि, मैले कुराहरूका बारेमा गहिरिएर सोचेँ, “मेरो आफ्नै स्वार्थको कुरा आउनेबित्तिकै म किन सिद्धान्तअनुसार अभ्यास गर्न असक्षम हुन्छु? मलाई सत्यता अभ्यास गर्नु किन यति गाह्रो हुन्छ?” मैले परमेश्वरका यी वचनहरू पढेँ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। … मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्वरको विरोध गर्छन् र परमेश्वरको विरुद्धमा उभिन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि मैले के बुझेँ भने शैतानले हामीभित्र आफ्ना विषहरू भर्न विभिन्न प्रकारका प्रसिद्ध र ठूला मानिसहरूका भनाइहरू प्रयोग गर्छ। उदाहरणका लागि, “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” “कुनै कुरा गलत छ भन्ने थाहा छ भने, त्यो नभनेकै बेस,” “जति कम समस्या, उति राम्रो,” र “धेरै बोले हुन्छ गल्ती नानाभाँती।” म यिनै शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ, र आफ्नै स्वार्थलाई सबैभन्दा माथि राख्थेँ। मैले जे गरे पनि, त्यो मेरो फाइदाको छ कि छैन भनेर नाप्थेँ। यदि त्यो मेरालागि फाइदाजनक छ भने, म अर्को एक शब्द पनि नबोली त्यो काम तुरुन्तै गर्थेँ; यदि त्यो मेरालागि फाइदाजनक छैन भने र कसैलाई चिढ्याउने खालको छ भने, म अवश्य नै त्यो काम गर्दिनथेँ। म निकै स्वार्थी र छली थिएँ। मलाई युआन ली अगुवा हुन अनुपयुक्त हुनुहुन्छ भन्ने कुरा राम्ररी थाहा थियो, र म यो कुरा माथिल्लो अगुवाहरूलाई रिपोर्ट गर्न चाहन्थेँ, तर मलाई के डर थियो भने, यदि मैले रिपोर्ट गरेँ भने माथिल्लो अगुवाहरूले मैले आफ्नै कर्तव्य राम्रोसँग गरिरहेकी छैन र सरोकार नभएको कुरामा हात हालिरहेकी छु भनेर भन्नुहोला, र मप्रति नराम्रो धारणा बनाउनुहोला। मलाई युआन लीलाई चिढ्याउँछु र हाम्रो सम्बन्धमा असर पार्छु भन्ने कुराको पनि डर थियो, त्यसैले पटक-पटक, मैले मौनता रोजेँ। अनि मलाई के विश्वास थियो भने, यसो गर्दा, मैले कसैलाई चिढ्याउनेछैन र आफैले कुनै नोक्सान भोग्नुपर्नेछैन। बाहिरी रूपमा, यसो गर्ने मेरो निर्णय निकै चलाखीपूर्ण देखिन्थ्यो, तर वास्तवमा मैले परमेश्वरलाई चिढ्याइरहेकी थिएँ। मैले मण्डलीको काममा क्षति पुगिरहेको र मेरा ब्रदर-सिस्टरहरूसँग राम्रो मण्डली जीवन नभएको देखेँ, तर म चिन्तित वा दुखी भइनँ, र मैले त्यसमा कुनै ध्यान दिइनँ। मैले शैतानको मतियारको रूपमा काम गरिरहेकी थिएँ। परमेश्वरले मैले गरेका हरेक कामलाई पूर्ण स्पष्टताका साथ छानबीन गर्नुभयो, तर मैले अझै पनि आफूलाई बाठो ठानिरहेकी थिएँ। कस्तो दयनीय कुरा! कस्तो घृणास्पद! यी शैतानी विषहरूअनुसार जिउँदा, मैले सत्यता स्पष्ट रूपमा बुझेर पनि म त्यसलाई व्यवहारमा लागू गर्न सक्दिनँ भन्ने कुरा देखेँ। म सही र गलत छुट्याउन सक्दिनथेँ, ममा इन्साफको बोध थिएन र कुनै मानवता थिएन। म जुन कुरामा जिएँ त्यो पूर्ण रूपमा शैतानको कुरूप छवि थियो, जुन कुराप्रति म आफैमा पनि वितृष्णा जगाउँथ्यो, र यसलाई परमेश्वरले त अझ बढी तिरस्कार र घृणा गर्नुहुन्थ्यो। यदि मैले सत्यता अभ्यास नगरी यिनै शैतानी दर्शनहरूअनुसार जिउने कार्यलाई जारी राखेँ भने, अन्ततः मैले मुक्ति पाउने मौका पूर्ण रूपमा गुमाउनेछु र परमेश्वरद्वारा दण्ड पाउनेछु।
चिन्तन गर्दा, मैले के पनि महसुस गरेँ भने ममा केही गलत दृष्टिकोणहरू रहेछन्। म अगुवा र कामदारहरूसँग सही ढङ्गले व्यवहार गर्न असक्षम थिएँ, यसले गर्दा पनि म सत्यता अभ्यास गर्न असक्षम भएको थिएँ। मैले परमेश्वरका यी वचनहरू पढेँ: “जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू बढुवा गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा सम्मान गर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्वरमा जति नै वर्ष विश्वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? अनि, परमेश्वरको डर मान्ने उनीहरूको हृदय कति ठूलो हुन्छ? के तिनीहरू कामकुरा गर्दा आफ्नै इच्छा नपछ्याउन सक्षम हुन्छन्? के तिनीहरू परमेश्वरको खोजी गर्न सक्षम हुन्छन्? तिनीहरूले अगुवाइको काम गरिरहेका बेला के तिनीहरू परमेश्वरका अभिप्रायहरू खोज्न बारम्बार परमेश्वरसामु आउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउन सक्छन्? तिनीहरू निश्चय नै त्यस्ता कुराहरू गर्न असक्षम हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र पर्याप्त अनुभवहरू पाएका हुँदैनन्, त्यसकारण तिनीहरू यी कामकुरा गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा कसैलाई बढुवा र संवर्धन गर्नुको अर्थ उसले पहिल्यै सत्यता बुझेको छ भन्ने होइन, न त यसको अर्थ ऊ पहिलेबाटै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम छ भन्ने नै हुन्छ। … मैले यो कुरा भन्नुको अर्थ के हो? सबैलाई परमेश्वरको घरले बढुवा र संवर्धन गर्ने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई तिनीहरूले सही ढङ्गले हेर्नुपर्छ, तिनीहरूले कठोर भएर यी मानिसहरूबाट मागहरू गर्नु हुँदैन, र अवश्यै तिनीहरूले तिनीहरूबारे अव्यावहारिक राय पनि बोक्नु हुँदैन भनी थाहा दिनु हो। तिनीहरूलाई अत्यधिक प्रशंसा वा सम्मान गर्नु मूर्खता हो; तिनीहरूलाई अत्यधिक कठोर मागहरू राख्नु अमानवीय र अव्यावहारिक हुन्छ। त्यसोभए, तिनीहरूसित व्यवहार गर्ने सबैभन्दा मनासिब तरिका के हो? तिनीहरूलाई साधारण मानिसका रूपमा लिनु र कुनै समस्याको सम्बन्धमा कोही व्यक्तिकहाँ जान आवश्यक परेमा तिनीहरूसँग सङ्गति गर्नु र एकअर्काको सबल पक्षबाट सिक्नु र एकअर्काको परिपूरक बन्नु। यसबाहेक, अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, तिनीहरूले समस्या सुल्झाउनहेतु सत्यता प्रयोग गर्न सक्छन् कि सक्दैनन् भनी सुपरिवेक्षण गर्नु सबैको जिम्मेवारी हो; कुनै अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भनेर मापन गर्ने मानक र सिद्धान्तहरू यिनै हुन्। यदि कुनै अगुवा वा कामदारले साधारण समस्याहरू सम्हाल्न र समाधान गर्न सक्छ भने, ऊ सक्षम छ। तर यदि उसले साधारण समस्याहरू समेत सम्हाल्न र समाधान गर्न सक्दैन भने, ऊ अगुवा वा कामदार हुन लायक छैन, र उसलाई पदबाट तुरुन्तै हटाइनुपर्छ। अरू कसैलाई नै छनोट गर्नुपर्छ, र परमेश्वरको घरका काममा ढिलाइ गर्नु हुँदैन। परमेश्वरको घरका काममा ढिलाइ गर्नु भनेको आफैलाई र अरूलाई चोट पुर्याउनु हो, यो कसैका लागि राम्रो हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। “सत्यतासामु सबै समान हुन्छन्, र परमेश्वरको घरमा कर्तव्य पूरा गर्नेहरूको हकमा उमेर वा नीचता र महान्ताको कुनै भिन्नता हुँदैन। कर्तव्यसामु सबै समान हुन्छन्, यति हो तिनीहरूले फरक-फरक काम गर्छन्। कोसँग वरिष्ठता छ भन्ने आधारमा तिनीहरूबीच कुनै भिन्नता हुँदैन। सत्यतासामु सबैले नम्र, समर्पित, र स्वीकार गर्ने हृदय राख्नुपर्छ। मानिसहरूमा यो समझ र यो मनोवृत्ति हुनुपर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरका वचनहरूले मलाई के कुरा बुझाए भने मण्डलीका सबै तहका अगुवाहरू ब्रदर-सिस्टरहरूमध्येबाटै चुनिन्छन्। उहाँहरूले अगुवाको कर्तव्य निर्वाह गर्दा यसले उहाँहरूमा अगुवा बन्नका लागि चाहिने केही क्षमता छ भन्ने देखाउँछ। तर उहाँहरूलाई पदोन्नति गरेर, परमेश्वरको घरले उहाँहरूलाई तालिम लिने मौका मात्र दिन्छ: यसको मतलब उहाँहरू अगुवाको रूपमा मानकअनुरूप हुनुहुन्छ भन्ने हुँदैन। उहाँहरू आफ्नो स्वभावमा परिवर्तन पछ्याउने अवधिमा हुनुहुन्छ, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अपरिहार्य रूपमा उहाँहरूमा केही विचलनहरू हुन्छन् नै। हामीले यसलाई सही ढङ्गले लिनुपर्छ। यदि समस्याहरू छन् भने, हामीले तिनका बारेमा कुरा उठाउन सक्छौं, र अगुवाहरूसँग मिलेर खोजी गर्न सक्छौं। साथै, अगुवाहरूको सुपरिवेक्षण गर्ने र मण्डलीको कामको सुरक्षा गर्ने जिम्मेवारी ब्रदर-सिस्टरहरू सबैको हुन्छ। यो हामीले निर्वाह गर्नुपर्ने एउटा कर्तव्य हो। युआन लीको चुनावलाई नै उदाहरणको रूपमा लिऊँ। पछि अगुवाहरूले मलाई के भन्नुभयो भने, उहाँहरू भर्खरै अर्को मण्डलीबाट सरुवा भएर आउनुभएको थियो, त्यसैले उहाँहरूलाई युआन लीको निरन्तरको व्यवहारबारे त्यति धेरै थाहा थिएन। त्यतिबेला, उहाँहरूले मण्डलीमा कुनै उपयुक्त मानिसहरू छैनन् भन्ने ठान्नुभयो, र बाहिरी रूपमा युआन ली आफ्नो कर्तव्य निर्वाह गर्नमा निकै सक्रिय भएको र उनले सुसमाचार प्रचारमा केही नतिजा ल्याएको देख्नुभयो। त्यसैले, उहाँहरू युआन ली अगुवाको रूपमा चुनिनुपर्छ भन्ने कुरामा सहमत हुनुभयो। उहाँहरूको काममा भी विचलनहरू थिए। तथ्यहरूबाट, मैले के देखेँ भने हरेक व्यक्तिमा कमीकमजोरीहरू हुन्छन्, र कसैले भी आफ्नो कर्तव्य सिद्ध रूपमा निर्वाह गर्न सक्दैन। ब्रदर-सिस्टरहरू एकअर्काको पूरक बन्नुपर्छ। विगतमा, म के ठान्थेँ भने अगुवाहरूले कुराहरू जाँचिरहनुभएको हुन्छ, त्यसैले कुनै समस्या हुन सक्दैन, तर यो मेरो धारणा र कल्पना मात्र थियो। अर्को सन्दर्भमा, जब हामी परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्छौं, तब हामी अगुवा हौं कि साधारण विश्वासी हौं भन्ने कुराले केही फरक पार्दैन: कुरा यत्ति मात्र हो कि, हामीले फरक-फरक कर्तव्यहरू निर्वाह गर्छौं। परमेश्वरको घरमा, कुनै ठूलो वा सानो हैसियत हुँदैन। अगुवाहरूको हैसियत साधारण ब्रदर-सिस्टरहरूको भन्दा उच्च हुन्छ, र उहाँहरूले जे भन्नुभयो त्यही हुन्छ भन्ने कुरा बिल्कुलै होइन। परमेश्वरको घर गैरविश्वासी संसारभन्दा फरक छ। परमेश्वरको घरमा, सत्यताले नै शासन गर्छ, र धार्मिकताले नै शासन गर्छ। म ठूलो रातो अजिङ्गरको देशमा शिक्षित र दीक्षित भएकी हुनाले, मलाई के लाग्थ्यो भने अगुवा हुनु भनेको कुनै हाकिम हुनु जस्तै हो—तपाईंसँग शक्ति हुन्छ, र तपाईं साधारण विश्वासीहरूभन्दा एक तह माथि हुनुहुन्छ। म अगुवाहरूमा समस्याहरू देखे पनि, तिनलाई उठाउने आँट गर्दिनथेँ, किनकि म के सोच्थेँ भने आफ्नो राय अघि सार्नु भनेको अगुवाहरूभन्दा फरक मत राख्नु हो, र उहाँहरूलाई अप्ठ्यारो स्थितिमा पार्नु हो। मलाई मेरो कर्तव्य लेखन-पठनको कर्तव्य हो, र मैले अगुवाहरूसँग सम्बन्धित मामिलाहरूमा हात हाल्नु हुँदैन भन्ने पनि लाग्थ्यो। म के सोच्थेँ भने, यदि मैले आफ्नो क्षेत्रभन्दा बाहिरका कुराहरूमा हात हालेँ भने, मैले अगुवाहरूलाई चिढ्याउनेछु र मेरो लागि अवस्था नराम्रो हुनेछ। आत्मसंरक्षणका लागि, म परमेश्वरको घरका अगुवा र कामदारहरूसँग त्यसरी नै व्यवहार गर्थेँ जसरी गैरविश्वासीहरूले हाकिमहरूसँग व्यवहार गर्छन्। मेरो हृदयमा, म परमेश्वरको घरमा सत्यताले शासन गर्छ भन्ने कुरामा विश्वास नै गर्दिनथेँ। कुराहरूप्रतिको मेरो दृष्टिकोण साह्रै हास्यास्पद थियो! वास्तवमा, परमेश्वरको घरमा, कसले राय अघि सार्छ भन्ने कुराले फरक पार्दैन। जबसम्म यो सत्यता सिद्धान्तहरूसँग मेल खान्छ, र परमेश्वरको घरको काम र ब्रदर-सिस्टरहरूका लागि लाभदायक हुन्छ, तबसम्म सबैले यसलाई स्वीकार गर्छन् र अपनाउँछन्। यो त मैले युआन लीका समस्याहरूबारे रिपोर्ट गरेजस्तै हो। उहाँहरूले अवस्था बुझ्नुभएपछि र प्रमाणित गर्नुभएपछि, अगुवाहरूले उहाँलाई बर्खास्त गर्नुभयो। यसले मलाई परमेश्वरको घरमा सत्यताले शासन गर्छ र धार्मिकताले शासन गर्छ भन्ने कुरा अझ स्पष्टसँग देखायो।
सन् २०२२ मा एक दिन, मैले मण्डली अगुवा वाङ मिनलाई भेटेँ। जब मैले वाङ मिनले आफ्नो स्थितिबारे छलफल गरेको सुनेँ, तब उहाँ आफ्नो कर्तव्य निर्वाह गर्दा आराममा लिप्त बन्नुहुन्छ र उहाँले बोझ उठाउनुहुन्न भन्ने कुरा मैले पत्ता लगाएँ। व्यक्तिगत मामिलाहरूले गर्दा, उहाँ प्रायः भेलाहरूमा ढिलो आउनुहुन्छ वा उपस्थित बन्नुहुन्न र मण्डलीको काममा ढिलासुस्ती गर्नुहुन्छ भनेर उहाँले भन्नुभयो। मैले कर्तव्य निर्वाह गर्नुको अर्थबारे उहाँसँग सङ्गति गरेँ, तर उहाँ आफूसँग वस्तुगत कठिनाइहरू छन् भन्दै पन्छिनुभयो। त्यसपछि वाङ मिनले आफूले भर्खरै परमेश्वरमा विश्वास गर्न थाल्दा कसरी उहाँ चिनियाँ कम्युनिस्ट पार्टीका आधारहीन अफवाहहरूबाट प्रभावित हुनुभयो र परमेश्वरको कामबारे केही धारणाहरू विकास गर्नुभयो, त्यसैले उहाँ पछि हट्नुभयो र उहाँले विश्वास गर्न छोड्नुभयो भन्ने कुरा गर्न थाल्नुभयो। पछि, उहाँलाई गम्भीर रोग लाग्यो र त्यो रोग निको भइरहेको थिएन। त्यसपछि मात्र उहाँ फर्कनुभयो र उहाँले परमेश्वरमा विश्वास गर्ने कार्यलाई जारी राख्नुभयो। उहाँले यो अनुभवबारे छलफल गर्ने क्रममा, विगतमा आफूले परमेश्वरलाई विश्वासघात गरेकोमा उहाँले अलिकति पनि बुझाइ वा पश्चात्ताप देखाउनुभएन। मैले उहाँलाई यस घटनाबारे उहाँले के चिन्तन गर्नुभयो र के बुझाइहरू प्राप्त गर्नुभयो भनेर सोधेँ, तर उहाँले मलाई सीधा जवाफ दिनुभएन। उहाँले आफ्नो बचाउ गर्दै के भन्नुभयो भने, त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरू साह्रै सशक्त थिए, र उहाँ भ्रममा पर्नुको एउटै कारण त्यही हो। उहाँले परमेश्वरको निन्दा गर्ने केही शब्दहरू समेत दोहोर्याउनुभयो। उहाँले यसरी कुरा गरेको सुन्दा, म साह्रै छक्क परेँ। उहाँले भर्खरै परमेश्वरमा विश्वास गर्न थाल्दा चिनियाँ कम्युनिस्ट पार्टीका आधारहीन अफवाहहरू खुट्ट्याउन सक्नुभएन भन्ने कुरा त बुझ्न सकिन्थ्यो, तर अहिले, परमेश्वरमा विश्वास गरेको एक दशकभन्दा बढी भइसक्दा पनि, उहाँले अझै परमेश्वरको निन्दा गर्ने शब्दहरू दोहोर्याइरहनुभएको थियो। अझ खराब कुरा त, उहाँले ती कुरा गर्दाखेरि कुनै चेतना देखाउनुभएन। मैले उहाँलाई परमेश्वरको डर मान्ने विषयसँग सम्बन्धित परमेश्वरका केही वचनहरू पढेर सुनाएँ, र उहाँले कसरी कुरा गरिरहनुभएको थियो र व्यवहार गरिरहनुभएको थियो भन्ने कुराको प्रकृतिबारे बताएँ। परमेश्वरका वचनहरू पढिसकेपछि पनि, उहाँमा कुनै प्रतिक्रिया देखिएन। मलाई के लाग्यो भने यो मान्छे निकै संवेदनहीन रहेछ, र म वाङ मिनका समस्याहरूबारे रिपोर्ट गर्दै अगुवाहरूलाई एउटा चिठी लेख्न चाहन्थेँ। तर मेरो मनमा द्वन्द्व चल्यो, र मैले सोचेँ, “मैले माथिल्लो अगुवाहरू उहाँको संवर्धन गर्ने योजनामा हुनुहुन्छ भन्ने सुनेको छु। साथै, मैले वाङ मिनलाई भेटेको यो पहिलो पटक हो। यदि मैले उहाँका समस्याहरूबारे तुरुन्तै रिपोर्ट गरेँ भने, के माथिल्लो अगुवाहरूले मैले एकचोटि भेट्दैमा यो व्यक्तिको समस्या खुट्ट्याएकोले म साँच्चै अहङ्कारी रहेछु भनेर भन्नुहोला? के यस कुरालाई उहाँहरूको खुट्ट्याउन सक्ने क्षमतामाथि शङ्का गरेको रूपमा लिइनेछ? साथै, यदि मैले भनेको कुरा गलत भयो र यसले मण्डलीले कसैलाई पदोन्नति गर्ने र संवर्धन गर्ने कुरामा असर पार्यो भने, के अगुवाहरूले मप्रति नराम्रो धारणा बनाउनुहोला?” जब मैले यो कुरा सोचेँ, तब म हिचकिचाएँ। त्यसपछि मैले म फेरि आफ्नै हितहरूको सुरक्षा गर्ने बारेमा सोचिरहेकी छु भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई मनमनै प्रार्थना गरेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए, र मलाई आत्मग्लानी र लाज महसुस गरायो। मैले यो मान्छे सत्यता पछ्याउने व्यक्ति होइन, र अगुवा हुन अनुपयुक्त छ भनेर पहिल्यै खुट्ट्याउन सकेकी थिएँ। अगुवाहरू अझै पनि उहाँको संवर्धन गर्ने योजनामा हुनुहुन्थ्यो। यदि उहाँ साँच्चै पदोन्नति हुनुभयो भने, के परमेश्वरको घरको हितमा हानि पुग्नेथिएन र? म यसरी स्वार्थी र घृणास्पद तरिकाले जिइरहनु हुँदैनथियो। मैले मण्डलीको कामको सुरक्षा गर्नुपर्थ्यो, र आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गर्नुपर्थ्यो। त्यसैले मैले वाङ मिनका समस्याहरूबारे माथिल्लो अगुवाहरूलाई रिपोर्ट गरेँ। अगुवाहरूले अवस्थाबारे पत्ता लगाउनुभएपछि, वाङ मिन साँच्चै संवर्धन गरिन अनुपयुक्त हुनुहुन्छ भन्ने देख्नुभयो, र तत्कालका लागि उहाँलाई पदोन्नति नगर्ने निर्णय गर्नुभयो।
सन् २०२३ मा, मैले वाङ मिन गिरफ्तार हुनुभएको र यहुदाजस्तै गद्दार बन्नुभएको खबर सुनेँ। उहाँलाई निष्कासित गरिएको थियो। जब मैले यो कुरा सुनेँ, तब मैले यदि मैले आफ्नो सुरक्षा गर्नका लागि समयमै अवस्थाबारे रिपोर्ट नगरेको भए, र वाङ मिन पदोन्नति हुनुभएको भए मण्डलीलाई पुग्ने क्षति अझ ठूलो हुनेथियो भन्ने महसुस गरेँ। मेरो विवेक जीवनभर अप्ठ्यारोमा रहनेथियो। साथै, मैले त्यस्ता मानिसहरूबारे समयमै रिपोर्ट गर्नुपर्छ र सिद्धान्तहरू कायम राख्नुपर्छ जो सच्चा छैनन् भन्ने कुरा बुझेँ। सत्यताको यो पक्ष अभ्यास गर्नु कति महत्त्वपूर्ण छ! सत्यता सम्बन्धी हाम्रो बुझाइ सतही भए पनि, हामीले कतिपय मानिसहरू वा कामकुराहरूलाई ठम्याउन नसके पनि, र समस्याहरू रिपोर्ट गर्दा थोरै गल्ती भए पनि, यसले केही फरक पार्दैन। मुख्य कुरा के हो भने यदि हामीले मण्डलीको कामको सुरक्षा गर्न सक्यौँ भने, यस्तो हृदय हुनु साँच्चै बहुमूल्य कुरा हो। पछि, जब मैले मण्डलीमा कसैले सिद्धान्तविपरीत काम गरिरहेको देख्थेँ, तब म समयमै अगुवाहरूलाई रिपोर्ट गर्न सक्षम हुन्थेँ, र मण्डलीको कामको सुरक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गर्थेँ। मलाई यसरी आफूलाई आचरणमा ढाल्दा, मेरो हृदयलाई सहजता र शान्ति मिल्छ भन्ने महसुस भयो। ममा यो परिवर्तन ल्याउन परमेश्वरले दिनुभएको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद!