६१. म अब मेरो कमजोर क्षमताद्वारा बाँधिएकी छैन
सन् २०२१ मा, म मण्डलीमा लेखन-पठनका कर्तव्यहरू निर्वाह गर्दै थिएँ, तर २०२२ को सुरुमा, मलाई अर्को कर्तव्यमा खटाइयो। पछि, मैले आत्मचिन्तन गरेँ र मेरो गम्भीर भ्रष्ट स्वभाव अनि निरन्तर आफ्नै दृष्टिकोणमा अडिग रहने बानीले गर्दा मेरो कर्तव्य मानकअनुरूप निर्वाह नगरिएको रहेछ भन्ने महसुस गरेँ। केही महिनापछि, अगुवाहरूले मलाई लेखन-पठनका कर्तव्यहरूलाई निरन्तरता दिन भन्नुभयो। एक दिन, संयोगवश मैले के थाहा पाएँ भने, मेरो कमजोर क्षमताका कारण मलाई पहिले नयाँ काममा खटाइएको रहेछ, अनि लेखन-पठनको कामको परिमाण बढेको र लेखन-पठनका कामदारहरूको अभाव भएकाले मात्र मण्डलीले मलाई फिर्ता आउने प्रबन्ध गरेको रहेछ। यो कुरा सुन्दा मलाई धेरै दुःख लाग्यो, र मैले सोचेँ, “मलाई सुरुमा के लागेको थियो भने, ममा केही क्षमता भएको र मैले यो कर्तव्य सम्हाल्न सक्ने भएकाले नै मलाई यसपटक फिर्ता ल्याइएको हो, तर ब्रदर-सिस्टरहरूले मेरो मूल्याङ्कन यसरी गरेका रहेछन् भन्ने मैले सोचेकी थिइनँ। यस्तो लाग्छ, मैले यो कर्तव्यमा जति नै कडा प्रयास गरे पनि त्यो सबै व्यर्थ हुनेछ। भर्खरै लेखन-पठनको काम गर्न थालेका गरेका ब्रदर-सिस्टरहरूको क्षमता राम्रो छ, र केही संवर्धन पाएपछि उनीहरूले मलाई उछिन्नेछन्। म त यो कर्तव्यमा अस्थायी रूपमा मात्र श्रम गरिरहेकी छु। राम्रो क्षमता भएका ब्रदर-सिस्टरहरूले आफ्नो काममा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्, र उनीहरूको मुक्ति पाउने आशा बढी हुन्छ। तर मेरो कमजोर क्षमताले गर्दा म महत्त्वपूर्ण काम सम्हाल्न सक्दिनँ, र मलाई जुनसुकै बेला नयाँ काममा खटाइन सक्छ, त्यसैले म कसरी मुक्ति पाउने कुनै आशा गर्न सक्छु र? यो काम गर्नुभन्दा त बरु सुसमाचार प्रचार गर्नु र नयाँ विश्वासीहरूलाई मलजल गर्नु नै मेरा लागि बेस हुन्थ्यो। कम्तीमा सुसमाचारको काममा, म केही असल कार्यहरू तयार गर्न सक्थेँ, र बाँच्ने केही आशा राख्न सक्थेँ।” यी कुराहरू सोच्दा, मलाई धेरै दिक्दार लाग्यो, र लेखन-पठनको काम गर्न फर्केकोमा मलाई पछुतोसमेत भयो।
पछि, मैले मेरो स्थिति गलत रहेछ भन्ने महसुस गरेँ, त्यसैले म प्रार्थना गर्न परमेश्वरसामु आएँ, “हे परमेश्वर, मेरो कमजोर क्षमताका कारण मलाई पहिले मेरो कर्तव्यबाट नयाँ काममा खटाइएको थियो भनेर सिस्टरहरूले भनेको मैले सुनेँ। मलाई धेरै दुःख लागेको छ, तर म नकारात्मक हुनु वा गलतफहमीमा पर्नु हुँदैन भन्ने मलाई थाहा छ। बिन्ती छ, तपाईँको अभिप्राय बुझ्न मलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि मसित माथितिर लागिपर्ने विश्वास हुन सकोस्।” त्यति नै बेला, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “परमेश्वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचनहरूले मलाई साँच्चै नै छोए। परमेश्वरले सबैका लागि मुक्तिको अवसर तयार गर्नुभएको छ, र व्यक्तिको क्षमता कमजोर होस् वा राम्रो होस्, वा व्यक्ति वृद्ध होस् वा जवान होस्, त्यसको वास्ता नगरी, परमेश्वरले हरेक व्यक्तिसँग उसको वास्तविक कद र क्षमताअनुसार माग गर्नुहुन्छ, अनि हरेक व्यक्तिका लागि उपयुक्त कर्तव्यहरूको प्रबन्ध गर्नुहुन्छ। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, जबसम्म ऊ सत्यता पछ्याउँछ र परमेश्वरप्रति बफादार हुन्छ, परमेश्वरले कुनै कृपावाद नदेखाई समान रूपमा आफ्नो मुक्ति दिनुहुनेछ। मैले ‘वृद्ध-वृद्धाले पनि परमेश्वरको गवाही दिन सक्छन्’ भन्ने अनुभवात्मक गवाही भिडिओका ब्रदरलाई सम्झेँ। उनी धेरै वृद्ध र बिरामी भए पनि, उनले अतिथिसेवा गर्ने आफ्नो कर्तव्यमा सक्दो गरे, र परमेश्वरको गवाही दिन अनुभवात्मक लेखहरू लेख्ने अभ्यास गरे। उनी केही सत्यताहरू बुझ्न सक्थे, र उनको जीवनमा प्रगति देखियो। यसले परमेश्वरको निष्पक्षता र धार्मिकता देखाउँछ। परमेश्वरले हरेक व्यक्तिसँग उसको पृष्ठभूमि, कद र क्षमताअनुसार माग गर्नुहुन्छ, र उहाँ कसैलाई पनि कठिनाइमा पार्ने कोसिस गर्नुहुन्न। तर मैले परमेश्वरको अभिप्राय बुझिनँ, साथै राम्रो क्षमता भएकाहरूले मात्र मुक्ति पाउन सक्छन्, र कमजोर क्षमता भएकाहरूले मुक्ति पाउन सक्दैनन् भनेर भ्रामक रूपमा सोचेँ। त्यसैले जब ब्रदर-सिस्टरहरूले मेरो क्षमता कमजोर छ, र म लेखन-पठनको कामका लागि योग्य छैनँ भनी मूल्याङ्कन गरेको मैले थाहा पाएँ, मलाई म मण्डलीमा ठूलो भूमिका खेल्न सक्दिनँ, परमेश्वर मलाई मन पराउनुहुन्न, र मसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने लाग्यो। मलाई लेखन-पठनको काम गर्न फर्केर आएकोमा पछुतोसमेत भयो। म आफ्ना धारणा र कल्पनाहरूमा जिइरहेकी, परमेश्वरलाई गलत बुझिरहेकी थिएँ, र म साँच्चै मूर्ख र समझहीन थिएँ! वास्तवमा, मेरो क्षमता कस्तो छ भन्ने कुरा परमेश्वरलाई थाहा छ, र ब्रदर-सिस्टरहरूलाई पनि थाहा थियो। मण्डलीले मेरा लागि लेखन-पठनको काम गर्ने प्रबन्ध गरेकाले, म समर्पित हुनुपर्थ्यो, मैले आफूले बुझेका र गर्न सक्ने कुराहरू प्रयोग गरेर सक्दो गर्नुपर्थ्यो, र सफा विवेकका साथ काम गर्नुपर्थ्यो। मैले गर्नुपर्ने यही नै थियो। म आफ्नो कमजोर क्षमताका कारण दिक्दार भइरहनु हुँदैनथ्यो।
त्यसपछि, मैले खोज्न थालेँ, र आफैलाई सोधेँ, “मेरो क्षमता कमजोर छ भन्ने थाहा पाउँदा म किन यति दिक्दार र निराश भएँ?” मैले परमेश्वरका वचनहरू पढेँ: “कतिपय मानिसले कुनै माथिल्लो तहका अगुवाबाट तिनीहरूमा आत्मिक बुझाइ छैन भनेको सुन्दा, तिनीहरूलाई आफू सत्यता बुझ्न सक्षम छैनँ, आफूलाई परमेश्वरले पक्कै चाहनुहुन्न, र आफूसँग आशिष् पाउने आशा छैन भन्ने लाग्छ; तर तिनीहरूलाई दुःख लागे पनि, तिनीहरू अझै पनि सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन्—यस्ता मानिसहरूमा अलिअलि समझ हुन्छ। जब कतिपय मानिसले आफूमा आत्मिक बुझाइ छैन भनेर कसैले भनेको सुन्छन्, तब तिनीहरू नकारात्मक बन्छन्, र त्यस उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन्। तिनीहरू सोच्छन्, ‘तिमी मसँग आत्मिक बुझाइ छैन भनेर भन्छौ—के त्यसको अर्थ मसँग आशिष् पाउने आशा छैन भन्ने होइन र? मैले भविष्यमा कुनै आशिष् नपाउने भएपछि, म अझै केका लागि विश्वास गरिरहेको छु? म आफूलाई सेवा प्रदान गर्न लगाइएको स्वीकार गर्नेछैनँ। यदि बदलामा केही पनि पाइँदैन भने तिम्रा निम्ति कसले परिश्रम गर्छ र? म त्यस्तो मूर्ख छैनँ!’ के यस्ता मानिसहरूमा विवेक र समझ हुन्छ? तिनीहरूले परमेश्वरबाट एकदमै धेरै अनुग्रह पाउँछन्, तैपनि त्यसको ऋण तिर्न जान्दैनन्, र तिनीहरू सेवा दिनसमेत चाहँदैनन्। यस्ता मानिसहरू सक्किन्छन्। तिनीहरूले अन्त्यसम्म सेवा दिनसमेत सक्दैनन् र तिनीहरूमा परमेश्वरप्रति साँचो आस्था हुँदैन; तिनीहरू अविश्वासी हुन्। यदि तिनीहरूमा परमेश्वरका लागि सच्चा हृदय र परमेश्वरप्रति साँचो आस्था छ भने, तिनीहरूलाई जसरी मूल्याङ्कन गरिए पनि, यसले तिनीहरूलाई केवल अझ साँचो र सही रूपमा आफूलाई चिन्न सक्षम बनाउनेछ—तिनीहरूले यस मामिलालाई सही तरिकाले लिनुपर्छ र त्यसलाई परमेश्वरको पछ्याइमा वा आफ्नो कर्तव्य निर्वाहमा प्रभाव पार्न दिनु हुँदैन। तिनीहरूले आशिष् प्राप्त गर्न नसके पनि, तिनीहरू अझै पनि कुनै गुनासो नगरी परमेश्वरका लागि अन्त्यसम्म सेवा प्रदान गर्न इच्छुक हुनुपर्छ, र त्यसो गर्न पाउँदा खुसी हुनुपर्छ, अनि तिनीहरूले आफूलाई परमेश्वरले सबै कुरा योजनाबद्ध गर्ने कार्यको कृपामा राख्नुपर्छ—त्यसपछि मात्र तिनीहरू विवेक र समझसहितको व्यक्ति हुनेछन्। कुनै व्यक्तिले आशिष् पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने कुरा परमेश्वरका हातमा हुन्छ, यसमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले नै यसको बन्दोबस्त गर्नुहुन्छ, र यो मानिसहरूले मागेर वा कोसिस गरेर प्राप्त गर्ने कुरा होइन। बरु, यो त व्यक्तिले परमेश्वरको वचन पालन गर्न सक्छ कि सक्दैन, सत्यता स्विकार्न सक्छ कि सक्दैन, र परमेश्वरका मागअनुसार आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ—परमेश्वरले प्रत्येक व्यक्तिलाई उसको कार्यअनुसार प्रतिफल दिनुहुनेछ। यदि कसैसँग यतिको इमानदारी छ र उसले आफूले बटुल्न सक्ने सबै सामर्थ्य आफूले गर्नुपर्ने कर्तव्यमा समर्पित गर्छ भने, त्यो नै पर्याप्त हुन्छ, र उसले परमेश्वरको अनुमोदन र आशिष् पाउनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। “ष्टविरोधीहरू नाफा र आशिष् प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्वरमा विश्वास गर्नु भनेको आशिष् र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष् प्राप्त गर्नका लागि होइन भने परमेश्वरमा विश्वास गर्नु हुँदैन, र त्यो आशिष्का लागि होइन भने, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरू तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनको विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई वितृष्णा हुने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्ने कुरालाई जनाउँछ। यो सत्यता पछ्याउने वा नपछ्याउने कुरा होइन; यो दुष्ट स्वभाव हो, यो परमेश्वरविरुद्ध निर्लज्ज रूपमा कोलाहल मच्चाउनु र परमेश्वरको विरोध गर्नु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको साँचो रूप हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वरका वचनहरूको खुलासाका कारण, मैले समस्याको जड पत्ता लगाएँ। मेरो नकारात्मकता र गलतफहमीका पछाडि के पछ्याउने भन्नेबारे गलत दृष्टिकोणहरू रहेछन्। मैले परमेश्वरमा विश्वास गरेर आशिष् खोज्नुलाई पछ्याइको वैध लक्ष्यका रूपमा लिएकी थिएँ, र आशिष् पाउने मेरो चाहना पूरा नभएपछि, म निरुत्साहित, निराश र नकारात्मक भएँ, साथै पीडामा परेँ। जब मलाई कमजोर क्षमता भएकी र लेखन-पठनको कामका लागि उपयुक्त नभएकी भनी मूल्याङ्कन गरियो, मलाई म सक्किएँ, मैले जतिसुकै पछ्याए पनि त्यो बेकार हुनेछ, र ढिलोचाँडो म हटाइनेछु भन्ने लाग्यो। फलस्वरूप, म नकारात्मक स्थितिमा जिएँ, र अब मसित आफ्ना कर्तव्यहरू निर्वाह गर्ने प्रेरणा थिएन। मैले म केवल आशिष् पाउनका लागि आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेकी छु, र म “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” अनि “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानी दर्शनहरूद्वारा जिइरहेकी छु भन्ने देखेँ। मैले गर्ने हरेक कुरा “लाभ” भन्ने शब्दद्वारा प्रेरित थियो। यदि कुनै कुरा मेरो भविष्यका लागि लाभदायक थियो वा त्यसले आशिष् ल्याउन सक्थ्यो भने, म त्यो गर्न इच्छुक हुन्थेँ, र म आफूलाई दुःख भोग्न र मूल्य चुकाउन सक्षम पाउँथेँ। तर यदि कुनै कुरा मेरा लागि लाभदायक थिएन भने, म त्यो गर्न अनिच्छुक हुन्थेँ, र म त्यसबाट पन्छिन वा त्यसलाई अस्वीकार गर्नसमेत चाहन्थेँ। मैले आफू साँच्चै स्वार्थी र लाभद्वारा प्रेरित भएको देखेँ! मैले पहिलो पटक परमेश्वरमा विश्वास गर्दाको समयलाई फर्केर हेर्दा, मैले के देखेँ भने, राम्रो परिणाम र गन्तव्य प्राप्त गर्नका लागि परमेश्वरलाई पछ्याउन मैले सबै कुरा त्यागेकी रहेछु, र मण्डलीले मलाई जुनसुकै कर्तव्य अह्राउँदा पनि, मैले तिनलाई स्वीकार गर्न र तिनमा समर्पित हुन सकेकी रहेछु, साथै दुःख भोग्न र मूल्य चुकाउन सकेकी रहेछु। मलाई म मुक्ति पाउनेछु र बाँच्नेछु भन्ने लाग्थ्यो, त्यसैले मसँग अनन्त ऊर्जा थियो। तर ब्रदर-सिस्टरहरूले कमजोर क्षमता भएको भनी मेरो मूल्याङ्कन गर्दा, मलाई मसँग बढुवा हुने र संवर्धन हुने कुनै अवसर छैन, म महत्त्वपूर्ण काम गर्न असक्षम छु, र म अन्ततः हटाइनेछु भन्ने अनुभूति भयो। त्यसैले म नकारात्मक भएँ, मैले गलतफहमी पालेँ, र म लेखन-पठनको कामलाई निरन्तरता दिन अनिच्छुक भएँ। मैले परमेश्वरमा विश्वास गरेजस्तो र उहाँलाई पछ्याएजस्तो देखिए पनि, मेरो ध्यान अझै पनि मेरो भविष्य र नियतिमा नै केन्द्रित थियो। म आफ्ना कर्तव्यहरू निर्वाह गरेर राम्रो परिणाम र गन्तव्य प्राप्त गर्न चाहन्थेँ, र यसमा, म परमेश्वरसँग मोलतोल गर्ने र उहाँलाई धोका दिने प्रयास गरिरहेकी थिएँ। म एक ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ! यी कुराहरू थाहा पाएपछि, मलाई धेरै दोषी महसुस भयो। मण्डलीले कसरी मलाई लेखन-पठनको काम गर्ने प्रबन्ध गरिदिएको थियो र मलाई आफ्ना कर्तव्यहरूमा तालिम लिने अवसर दिएको थियो भन्नेबारे मैले सोचेँ, र मैले यो परमेश्वरको अनुग्रह रहेछ भन्ने देखेँ! तर मैले कृतज्ञ हुन्छु, वा परमेश्वरको प्रेमको प्रतिदान गर्छु भनेर सोचिनँ। त्यसको साटो, म सधैँ परमेश्वरसँग मोलतोल गर्ने प्रयास मात्र गर्न चाहन्थेँ। मसँग एउटा व्यक्तिमा हुनुपर्ने विवेक र समझसमेत थिएन। ममा साँच्चै मानवताको कमी थियो! मैले साँच्चै परमेश्वरप्रति ऋणी महसुस गरेँ, म यति गहिरो रूपमा भ्रष्ट भएकोमा मैले आफैलाई घृणा गरेँ, र म अब यो नकारात्मकतामा रहिरहन चाहिनँ।
पछि, मैले चिन्तन गरिरहेँ, र सोचेँ, “ब्रदर-सिस्टरहरूले मेरो क्षमता कमजोर छ भन्दा, म दिक्दार र दुःखी भएँ। यसको अर्को कारण पनि थियो, त्यो के हो भने, मैले राम्रो र कमजोर क्षमता भनेको के हो भनेर मापन गर्न सकेकी छैनँ, र मैले आफैलाई सही तरिकाले व्यवहार गर्न सकेकी छैनँ।” मैले परमेश्वरका वचनहरू पढेँ: “कुनै व्यक्तिको क्षमता कसरी मापन गरिनुपर्छ? यो उसले परमेश्वरका वचनहरू र सत्यता कुन हदसम्म बुझ्छ भन्ने आधारमा मापन गरिनुपर्छ। यो सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तीक्ष्ण-दिमागका, र मानिसहरूसँग व्यवहार गर्नमा विशेष गरी सिपालु हुन्छन्। तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब तिनीहरूले जतिसुकै प्रयास गरे पनि कहिल्यै त्यो बुझ्न सक्दैनन्, र जब तिनीहरू परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरू ती बुझ्न सक्दैनन्। जब तिनीहरू आफ्नो अनुभवात्मक गवाही बाँड्छन्, तब त्यो सधैँ शब्द र धर्मसिद्धान्तहरू मात्रै हुन्छ; तिनीहरू केवल अनाडी जस्ता देखिन्छन्, र अरूलाई तिनीहरूसँग कुनै आत्मिक बुझाइ छैन भन्ने महसुस हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। “चाहे त्यो सत्यता बुझ्नु होस् वा कुनै पेशा वा विशेष सिप सिक्नु होस्, राम्रो क्षमताका मानिसहरू त्यसमा भएका सिद्धान्तहरू बुझ्न, कुरोको चूरोमा पुग्न, अनि आफ्नो वास्तविकता र सार पहिचान गर्न सक्षम हुन्छन्। यसरी, तिनीहरू आफूले गर्ने सबथोकमा र आफू संलग्न हुने हरेक काममा, सही मूल्याङ्कन गर्छन् अनि सही मापदण्ड र सिद्धान्तहरू निर्धारित गर्छन्। असल क्षमता भनेको यही हो। असल क्षमताका मानिसहरू परमेश्वरको घरका कामको विभिन्न विषयवस्तुहरूको जाँच-पड्ताल गर्न सक्षम हुन्छन्। औसत वा कम क्षमता भएकाहरू यस्तो काम गर्न असक्षम हुन्छन्। यो कुनै पनि हालतमा परमेश्वरको घरले केही मानिसलाई निगाह गरेको वा हेय दृष्टिले हेरेको, वा मानिसहरूलाई फरक-फरक व्यवहार गरेको होइन—यति मात्र हो, धेरै मानिस आफ्नो क्षमताका कारण जाँच-पड्ताल गर्न सक्दैनन्। किन तिनीहरू जाँच-पड्ताल गर्न सक्दैनन्? मूल कारण के हो? कारण हो, तिनीहरू सत्यता बुझ्दैनन्। अनि किन तिनीहरू सत्यता बुझ्दैनन्? किनभने तिनीहरूको क्षमता औसत हुन्छ, वा निकै कमजोर हुन्छ। यसकारण सत्यता तिनीहरूको पहुँचबाहिर हुन्छ र सत्यता सुन्दा तिनीहरू त्यो बुझ्न सक्दैनन्। कतिपय मानिसले ध्यानपूर्वक नसुन्ने हुनाले सत्यता नबुझ्लान्, वा हुन सक्छ तिनीहरू सानै छन् र परमेश्वरमाथिको आस्थाबारे अझै बुझेका छैनन्, र यसमा तिनीहरूलाई त्यति चासो छैन। तर, मूल कारण यी होइनन्। मूल कारण त तिनीहरूको क्षमता पर्याप्त नहुनु हो। कमसल क्षमता हुने मानिसहरूका हकमा भन्नुपर्दा, तिनीहरूको कर्तव्य जे भए पनि वा तिनीहरूले जति नै लामो समयदेखि काम गरिरहेका भए पनि, तिनीहरूले जति प्रवचनहरू सुन्ने वा तैँले तिनीहरूसित सत्यताबारे जति नै सङ्गति गरे पनि, तिनीहरूको दिमागले त्यहाँसम्म भ्याउन सक्दैन। तिनीहरू आफ्नो कर्तव्य निर्वाहलाई लम्ब्याउँछन्, कामकुरा भद्रगोल पार्छन्, र केही पनि हासिल गर्दैनन्। टोली अगुवाका रूपमा काम गर्ने र केही कामको जाँच-पड्ताल गर्ने कतिपय मानिसका हकमा भन्नुपर्दा, जब तिनीहरू पहिलोपटक कामको जिम्मेवारी लिन्छन्, सिद्धान्तहरू बुझ्दैनन्। केही असफलतापछि, तिनीहरू सत्यता बुझ्छन् र खोजी गरेर अनि प्रश्नहरू सोधेर सिद्धान्तहरू बुझ्छन्। त्यसपछि, तिनीहरू यी सिद्धान्तहरूका आधारमा जाँच-पड्ताल गर्न र कामको जिम्मेवारी आफै बहन गर्न सक्छन्। क्षमता हुनु भनेको यही हो। अरू मानिसहरूका हकमा भन्नुपर्दा, तैँले तिनीहरूलाई सबै सिद्धान्त बताउन सक्छस् र ती कसरी लागु गर्ने भनेरसमेत विस्तारमा व्याख्या गर्न सक्छस्, अनि तैँले भन्ने कुरा तिनीहरूले बुझेजस्तो देखिनेछ, तर कामकुरा गर्दा तिनीहरू अझै पनि सिद्धान्तहरू बुझ्न सक्दैनन्। बरु, तिनीहरू आफ्नै विचार र कल्पनाहरूमा भर पर्छन्, र यो सही हो भनेर विश्वाससमेत गर्छन्। तर, तिनीहरू आफूले सिद्धान्तबमोजिम कामकुरा गर्छ कि गर्दैन भनी प्रस्टसित भन्न सक्दैनन् र वास्तवमा तिनीहरूलाई थाहासमेत हुँदैन। यदि माथिले तिनीहरूलाई प्रश्न सोध्नुभएमा, तिनीहरू आत्तिन्छन् र के भन्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। माथिले जाँच-पड्ताल गरे र मार्गदर्शन दिए भने मात्र तिनीहरू ढुक्क हुन्छन्। यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भन्ने देखाउँछ। यस्तो कमजोर क्षमता भएकाले, तिनीहरूले आफ्ना कर्तव्य मान्कनुरूप तरिकाले पूरा गर्नु त परै जाओस्, परमेश्वरका मापदण्डहरू पूरा गर्न वा सत्यता सिद्धान्तअनुसर जिउन पनि सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, राम्रो क्षमता भएका मानिसहरूले परमेश्वरका वचनहरू सुनेपछि मुख्य कुराहरू बुझ्न सक्छन्, र यी वचनहरूबाट उनीहरूले सत्यता बुझ्न, आत्मचिन्तन गर्न र आफूलाई चिन्न, अनि अभ्यास र प्रवेशको मार्ग फेला पार्न सक्छन्। यसका साथै, राम्रो क्षमता भएका मानिसहरूमा आत्मिक बुझाइ हुन्छ र उनीहरू बुझक्कड हुन्छन्। परिस्थितिहरू सामना गर्दा, उनीहरूले तार्किक निष्कर्ष निकाल्न, र परमेश्वरका आवश्यक सिद्धान्तहरू अनुसार सही रूपमा अभ्यास गर्न सक्छन्। अर्कोतर्फ, कमजोर क्षमता भएका मानिसहरू सत्यता बुझ्नमा कमजोर हुन्छन् र कम बुझक्कड हुन्छन्, अनि उनीहरूले जतिसुकै प्रवचन सुने पनि, उनीहरूको जीवनको वृद्धि सुस्त हुन्छ। उनीहरू आफ्नो कर्तव्यमा सिद्धान्तहरू बुझ्न सङ्घर्ष गर्छन्, प्रायः प्रावधानहरू मात्र पालना गर्छन्, र उनीहरूका कर्तव्यहरूको प्रभावकारिता अलि कम हुन्छ। परमेश्वरका वचनहरू मनन गर्दै, मैले आत्मचिन्तन गरेँ, “मैले केही वर्षदेखि लेखन-पठनको काम गर्दै आएकी छु, र मैले धेरै सिद्धान्तहरू सुनेकी छु, तर मैले खासै प्रगति गरेकी छैन। विशेषगरी अलिक जटिल समस्याहरू सामना गर्दा, म अलमल्ल पर्छु र प्रावधानहरू मात्र पालना गर्ने गर्छु। मैले हरेक पटक कुनै काम सिध्याउँदा, त्यसमा अझै पनि अगुवाहरूको जाँच र मार्गदर्शनको आवश्यकता पर्छ, र मेरो कामको प्रभावकारिता निकै कम छ।” त्यसपछि मात्र मैले मेरो क्षमता साँच्चै कमजोर रहेको महसुस गरेँ। विगतमा, मलाई मेरो क्षमता राम्रो छ भन्ने लाग्थ्यो, तर यो सत्यता सिद्धान्तहरूमा आधारित भएर मापन गरिएको थिएन, त्यो त मेरो आफ्नै धारणा र कल्पना मात्र थियो। मैले केही काम गर्न सके पनि, यसको अर्थ मेरो क्षमता राम्रो थियो भन्ने होइन, यति मात्र हो कि यो काम लामो समयसम्म गरेपछि, मैले उक्त काममा केही अनुभव हासिल गरेकी थिएँ। तर साँच्चै राम्रो क्षमता भएका ब्रदर-सिस्टरहरूका तुलनामा, ममा अझै पनि धेरै कमी थियो। यस बिन्दुमा, मैले मेरो खास क्षमताको सही मूल्याङ्कन प्राप्त गरेँ, र मेरो हृदयमा, म ब्रदर-सिस्टरहरूले मेरो बारेमा गरेको मूल्याङ्कनलाई स्वीकार गर्न र मान्न सक्षम भएँ। हुन त मेरो क्षमता त्यति राम्रो थिएन, तर पनि मण्डलीले मलाई लेखन-पठनको काम गर्ने अवसर दिएको थियो। यो परमेश्वरको अनुग्रह थियो। ममा विवेकको कमी हुनु हुँदैनथ्यो, र मैले परमेश्वरको प्रेमको प्रतिदान गर्न सक्रिय रूपमा काम गर्नुपर्थ्यो र आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र आशिष् पछ्याउने मेरो गलत दृष्टिकोण केही हदसम्म सच्चियो। परमेश्वर भन्नुहुन्छ: “उसले आशिष् पाउनुलाई पछ्याउनुपर्ने वैध लक्ष्यका रूपमा लियो। यो कसरी गलत हो? यो पूर्ण रूपमा सत्यताको विरुद्धमा जान्छ, र मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्रायसँग मेल खाँदैन। आशिष् पाउनु भनेको मानिसहरूले पछ्याउनुपर्ने वैध लक्ष्य नभएकाले, वैध लक्ष्य के हो त? परमेश्वरका सबै योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन सक्नका लागि सत्यता र स्वभावमा परिवर्तन पछ्याउनु—मानिसहरूले पछ्याउनुपर्ने लक्ष्य यही हो। उदाहरणका लागि, मानौँ तैँले काटछाँट सामना गर्छस्, र धारणा र गलतफहमीहरू विकास गर्छस्, र तँ समर्पित हुन सक्दैनस्। तँ किन समर्पित हुन सक्दैनस्? किनभने तँलाई आफूले आशा गरेको भविष्य र आशिष् पाउने तेरो सपना दुवैलाई चुनौती दिइएको छ भन्ने लाग्छ; फलस्वरूप, तँ नकारात्मक र निराश हुन्छस्, र आफ्नो कामलाई फ्याँकेर आफ्नो कर्तव्य त्याग्न चाहन्छस्। यसको कारण के हो? त्यो के हो भने, तेरो पछ्याइमा समस्या छ। त्यसोभए यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले तुरुन्तै आफ्ना गलत विचारहरू त्याग्नुपर्छ, र आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोज्नुपर्छ—यो सर्वोच्च प्राथमिकता हो। तैँले यसो भन्नुपर्छ, ‘म छोड्न सक्दिनँ। मैले एक सृजित प्राणीले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ, र आशिष् पाउने मेरो चाहना त्याग्नुपर्छ।’ जब तँ आशिष्को चाहना त्याग्छस् र सत्यता पछ्याउने मार्गमा हिँड्छस्, तब तेरो काँधबाट एउटा बोझ हट्छ। के तँ त्यतिबेला पनि नकारात्मक हुन सक्छस्? तँ बेलाबेलामा अझै पनि नकारात्मक हुने भए तापनि, तँ यसद्वारा बाँधिनेछैनस्। आफ्नो हृदयमा, तैँले प्रार्थना गरिरहनेछस् र लडाइँ लडिरहनेछस्, र आफ्नो पछ्याइको लक्ष्यलाई आशिष् पाउने र निश्चित गन्तव्य पाउने पछ्याइबाट सत्यताको पछ्याइमा बदल्नेछस्। तैँले मनमनै सोच्नेछस्, ‘सत्यता पछ्याउनु एक सृजित प्राणीको कर्तव्य हो। म केही सत्यता बुझ्न पुगेको छु, र त्यो नै सबैभन्दा ठूलो प्रतिफल, सबैभन्दा ठूलो आशिष् हो। परमेश्वर मलाई चाहनुहुन्न भने पनि, मैले राम्रो गन्तव्य पाइनँ भने पनि, र आशिष् पाउने मेरा आशाहरू चकनाचुर भए भने पनि, म अझै पनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु। यो एउटा जिम्मेवारी हो जसबाट म पन्छिन सक्दिनँ। जुनसुकै कारणले होस्, मैले यसलाई मेरो कर्तव्यको पूर्तिमा असर गर्न दिन पटक्कै मिल्दैन, र मैले यसलाई परमेश्वरको आज्ञा पूरा गर्नमा असर गर्न दिन मिल्दैन। मैले आफूलाई आचरणमा ढाल्ने सिद्धान्त यही हो।’ के यो देहका बन्धनहरूलाई पार गर्नु होइन र? कतिपयले यसो भन्न सक्छन्, ‘तर म अझै पनि नकारात्मक भएँ भने नि?’ त्यसोभए आफ्नो नकारात्मकता समाधान गर्न सत्यता खोजिरहनू। तँ जति पटक नकारात्मकतामा फसे पनि, तैँले त्यसलाई समाधान गर्न सत्यता खोजिरहनु, र सत्यतातर्फ लागिपरिरहनु मात्रै पर्छ—बिस्तारै, तँ आफ्नो नकारात्मकताबाट बाहिर निस्कनेछस्। तेरो अनुभवमा जुन दिन तँलाई आशिष् पाउने चाहना महसुस हुँदैन, र तँ आफ्नो गन्तव्य र परिणामद्वारा बाँधिँदैनस्, त्यस दिनपछि तैँले यसरी जिउनु अझ धेरै आरामदायी र स्वतन्त्र छ भन्ने महसुस गर्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु नै जीवन प्रवेश प्राप्त गर्ने एक मात्र उपाय हो)। परमेश्वरका वचनहरूबाट, मैले पछ्याइको सही लक्ष्य फेला पारेँ। विश्वास आशिष्का लागि होइन, सत्यता पछ्याउन, स्वभाव परिवर्तन पछ्याउन, र परमेश्वरप्रतिको समर्पण हासिल गर्नका लागि हुनुपर्छ। मैले राम्रो परिणाम वा गन्तव्य प्राप्त गर्ने भए पनि वा नभए पनि, म एउटी सिर्जित प्राणी हुँ, त्यसकारण, मैले परमेश्वरमा समर्पित हुनुपर्छ र उहाँको आराधना गर्नुपर्छ अनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। एक सिर्जित प्राणीसँग हुनुपर्ने समझको बोध यही नै हो। मैले हाम्रो मुक्तिका लागि परमेश्वरले हामीलाई पूरा गर्न माग गर्नुभएका एघार मापदण्डहरूबारे सोचेँ, जसमध्ये एउटाले यसो भन्छ: “यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने, के तँ झाराटारुवापन वा नकारात्मकताको कुनै छनकबिना अर्पित भएर मेरा लागि सेवा प्रदान गर्न सक्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२))। चिन्तन गरेपछि, मैले थाहा पाएँ कि मेरो कर्तव्य निर्वाह गर्दा त्यसमा साँच्चिकै मेरा आफ्नै चाहना र मागहरू गाँजिनु हुँदैन, र परमेश्वरले कामकुराहरू जसरी योजनाबद्ध गर्नुभए पनि, म आफैले छनौट गर्ने प्रयास नगरी समर्पित हुनुपर्छ। परमेश्वरले मलाई सेवाकर्ता नै भन्नुभए पनि, मैले बफादारीका साथ परमेश्वरको सेवा गर्नुपर्छ र एक सिर्जित प्राणीका रूपमा आफ्नो स्थानमा उभिनुपर्छ। यस अवसरमा ब्रदर-सिस्टरहरूले ममा कमजोर क्षमता भएको भनी मूल्याङ्कन गरेको कुरा परमेश्वरले अनुमतिले नै सुनियो, र यसमा मैले सिक्नुपर्ने एउटा पाठ थियो। यो अवस्थामार्फत, आशिष्का लागि परमेश्वरमा विश्वास गर्ने र परमेश्वरसँग मोलतोल गर्ने प्रयास गर्ने मेरा घृणास्पद अभिप्रायहरू प्रकट भए, जसले गर्दा मैले के पछ्याउने भन्नेबारे मेरा अघिल्ला गलत दृष्टिकोणहरू तुरुन्तै चिन्न, पश्चात्ताप गर्न, र तिनलाई सच्याउन पाएँ। यो त परमेश्वरको प्रेम थियो! यो नभएको भए, मैले आफूलाई कहिल्यै चिन्ने थिइनँ र मलाई सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा हिँड्न कठिन हुने थियो। यो थाहा पाएपछि, मलाई अब यो अवस्थाप्रति प्रतिरोधी महसुस भएन, र म अब आफ्नो भविष्य वा गन्तव्यबारे चिन्ता वा फिक्री गर्न चाहन्नथेँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई एउटा अभ्यासको मार्ग दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘मेरो क्षमता कमजोर भए पनि, मसँग इमानदार हृदय छ।’ यी वचनहरू निकै सच्चा सुनिन्छन्, र तिनमा परमेश्वरले मानिसबाट गर्ने एउटा माग छ। के माग? के हो भने, कमजोर क्षमता हुनु ठूलो कुरा होइन, तर उनीहरूमा इमानदार हृदय हुनैपर्छ र उनीहरूमा त्यो छ भने, उनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति वा पृष्ठभूमि जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्नुपर्छ, तँ आफ्नो कर्तव्यप्रति अर्पित हुनुपर्छ, तैँले छट्टु व्यवहार गर्नु हुँदैन, तँ धूर्त वा छली व्यक्ति हुनु हुँदैन, झुट बोल्नु वा धोका दिनु हुँदैन, र घुमाएर कुरा गर्नुहुँदैन। तँ त्यस्तो व्यक्ति बन्नुपर्छ, जसले सत्यताअनुसार कार्य गर्छ, र जो सत्यतालाई पछ्याउँछ। धेरै मानिस आफ्नो क्षमता कमजोर भएको र आफूले कहिल्यै आफ्नो कर्तव्य राम्ररी वा मानकअनुरूप निर्वाह नगरेको सोच्छन्। तिनीहरू आफ्नो हृदय र शक्ति आफूले गर्ने कुरामा लगाउँछन्, तर सिद्धान्तहरू कहिल्यै बोध गर्न सक्दैनन् र अझै पनि त्यत्ति राम्रा परिणामहरू प्राप्त गर्न सक्दैनन्। अन्ततः तिनीहरूले केवल आफ्नो क्षमता एकदमै कमजोर भएको गुनासो गर्न सक्छन् अनि तिनीहरू नकारात्मक हुन्छन्। त्यसोभए, के कमजोर क्षमता भएको व्यक्तिका लागि अघि बढ्ने मार्ग नै छैन त? कमजोर क्षमता हुनु कुनै घातक रोग होइन र परमेश्वरले कमजोर क्षमता भएका मानिसहरूलाई म मुक्ति नै दिन्नँ भनेर कहिल्यै भन्नुभएन। परमेश्वरले पहिले उहाँलाई इमानदार तर अज्ञानी व्यक्तिहरूका लागि दुःख लाग्छ भनेर भन्नुभयो। अज्ञानी हुनुको अर्थ के हो? अज्ञानता धेरै अवस्थामा कमजोर क्षमताका कारण हुन्छ। यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्, र तिनीहरूमा सत्यताबारे सतही बुझाइ हुन्छ; यो विशिष्ट वा पर्याप्त व्यावहारिक हुँदैन, र प्रायः सतही स्तर वा शाब्दिक बुझाइ, धर्मसिद्धान्त र प्रावधानहरूको बुझाइमा रहन्छ। त्यसैले तिनीहरूले धेरै समस्या प्रस्ट रूपमा देख्न सक्दैनन् र आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै सिद्धान्तहरू बोध गर्न, वा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्। त्यसोभए, के परमेश्वरले कमजोर क्षमता भएका मानिसहरू चाहनुहुन्न? (चाहनुहुन्छ।) परमेश्वरले मानिसलाई कुन मार्ग वा दिशा देखाउनुहुन्छ? (इमानदार व्यक्ति बन्ने।) के त्यति भनेर मात्र तिमीहरू इमानदार व्यक्ति बन्न सक्छौ? (सक्दैनौँ, हामीमा इमानदार व्यक्तिका प्रकटीकरणहरू हुनैपर्छ।) इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर परमेश्वरका वचनहरूबारे कहिल्यै सोच्दैनस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्नो सारा हृदय र बल लगाउनु, परमेश्वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्यमा आफ्नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, व्यक्तिको क्षमता भनेको उसले मुक्ति पाउन सक्छ कि सक्दैन भनेर हामीले मापन गर्ने मानक होइन, र मुख्य कुरा भनेको व्यक्तिले सत्यता बुझ्न र अभ्यास गर्न सक्छ कि सक्दैन, र अन्तमा उसको जीवन स्वभाव परिवर्तन हुन्छ कि हुँदैन भन्ने हो। कतिपय मानिसका हकमा, उनीहरूको क्षमता कमजोर भए पनि र उनीहरूले सत्यता ढिलो बुझे पनि, उनीहरू सत्यता पछ्याउँछन्, इमानदार मानिस बन्ने अभ्यास गर्छन्, र आफ्नो कर्तव्यमा आफ्नो हृदय र पूर्ण प्रयास लगाउँछन्। त्यस्ता मानिसहरूले अन्ततः मुक्ति पाउन सक्छन्। आफैबारे सोच्दा, मेरो क्षमता कमजोर थियो, र म प्रावधानहरू मात्र पालना गर्ने गर्थेँ, त्यसैले मैले राम्रो नतिजा हासिल गरिनँ। यो मेरो वास्तविकता थियो। तर परमेश्वर भन्नुहुन्छ कि कमजोर क्षमताको हुनु कुनै घातक रोग होइन। मेरो क्षमता कमजोर भएको र मैले सत्यता ढिलो बुझ्ने भएकाले, मैले परमेश्वरका वचनहरूमा अझ बढी प्रयास लगाउनुपर्छ। मैले माथिका प्रवचन र सङ्गतिहरू अझ धेरै सुन्नुपर्छ, र मैले कुनै पनि समस्या वा कठिनाइहरूबारे ब्रदर-सिस्टरहरूसँग अझ बढी खोज, सङ्गति र छलफल गर्नुपर्छ। यसरी, म प्रगति गर्न र केही खास काम गर्न सक्छु। मैले मण्डलीमा प्रकट भएका झूटा अगुवा र ख्रीष्टविरोधीहरूबारे सोचेँ। कतिपयसँग राम्रो क्षमता र वरदानहरू थिए, तर उनीहरूले सत्यता पटक्कै नपछ्याएका, र आफ्नै प्रतिष्ठा र हैसियतका लागि मात्र कर्तव्यहरू निर्वाह गरेका हुनाले, अन्तमा उनीहरूले मण्डलीको काममा अवरोध गरे र बाधा दिए, अनि उनीहरू निष्कासित गरिए र हटाइए। जबकि कतिपय ब्रदर-सिस्टरहरूसँग राम्रो क्षमता नहोला, तर उनीहरू परमेश्वरका वचनहरूबाट जे बुझ्छन् त्यो अभ्यास गर्छन्, सम्पूर्ण हृदयले आफ्नो कर्तव्य निर्वाह गर्छन् र मेहनती हुन्छन्, अनि मण्डलीले उनीहरूका लागि जुन कर्तव्य प्रबन्ध गरे पनि उनीहरू त्यसप्रति समर्पित हुन्छन्। उनीहरू सही मानिस हुन्, उनीहरूसँग सही हृदय हुन्छ, साथै परमेश्वर र आफ्ना कर्तव्यहरूप्रति उनीहरूमा इमानदार मनोवृत्ति हुन्छ, त्यसैले उनीहरू आफ्ना कर्तव्यमा केही नतिजा प्राप्त गर्न सक्षम हुन्छन्। पक्कै पनि, यदि कुनै व्यक्तिको क्षमता साँच्चै कमजोर छ, यहाँसम्म कि उसले परमेश्वरका वचनहरू वा सत्यता लगभग बुझ्नै सक्दैन भने, उसलाई सत्यता प्राप्त गर्न, जीवन स्वभावमा परिवर्तन हासिल गर्न, र परमेश्वरमार्फत मुक्ति पाउन कठिन हुन्छ। यो पनि एउटा वास्तविकता हो। त्यसैले, कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले परमेश्वरका वचनहरू बुझ्न सक्छ कि सक्दैन, उसले सत्यता बुझ्न र अभ्यास गर्न सक्छ कि सक्दैन, र उसको जीवन स्वभाव परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुरामा निर्भर हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र म अभ्यासको मार्गबारे अझ स्पष्ट भएँ। परमेश्वर भन्नुहुन्छ: “मानिसहरूको क्षमता बढाउनुको अर्थ तिमीहरूले आफ्नो बुझ्ने क्षमतामा सुधार ल्याउनु हो, जसले गर्दा तिमीहरूले परमेश्वरका वचनहरू बुझ्न, र ती वचनहरूलाई कसरी अभ्यास गर्ने भनेर जान्न सक्छौ। यो सबैभन्दा आधारभूत शर्त हो। यदि तैँले मैले भनेको कुरा नै नबुझी मलाई पछ्याइस् भने, के तेरो विश्वास अस्पष्ट हुँदैन र? मैले जतिसुकै वचनहरू बोले पनि, यदि ती वचनहरू तिमीहरूको पहुँचभन्दा टाढा छन् भने, मैले जेसुकै भने पनि यदि तैँले केही बुझिनस् भने, यसको अर्थ तिमीहरूको क्षमता कमजोर छ। बुझाइको क्षमताविना, तिमीहरूले मैले बोलेको केही पनि बुझ्दैनौं, जसले इच्छाइएको प्रभाव प्राप्त गर्न एकदमै गाह्रो बनाउँछ; मैले तिमीहरूलाई सीधै भन्न नसक्ने धेरै कुरा छन्, र इच्छाइएको प्रभाव प्राप्त गर्न सकिँदैन, र यसरी यसमा अतिरिक्त कार्य आवश्यक पर्छ। तिमीहरूको बुझ्ने क्षमता, परिस्थिति बुझ्ने तिमीहरूको क्षमता, र तिमीहरू बाँच्ने स्तर एकदमै अपूर्ण छ, त्यसैले तिमीहरूमा ‘क्षमता बढाउने’ कार्य गरिनु पर्दछ। यो अपरिहार्य छ, र यसको कुनै विकल्प छैन। त्यसरी मात्रै केही प्रभाव हासिल गर्न सकिन्छ, यदि भएन भने, मैले भनेका सबै वचनहरूको कुनै अर्थ रहँदैन। अनि त्यसो हुँदा, तिमीहरू सबै इतिहासमा पापीको रूपमा परिचित हुँदैनौं र? के तिमीहरू पृथ्वीका सबैभन्दा निकृष्ट प्राणी बन्दैनौं र? तिमीहरूमा के कार्य भइरहेको छ, र तिमीहरूले के शर्त पूरा गर्न आवश्यक छ भनेर तिमीहरूलाई थाहा छैन र? तिमीहरूले आफ्नो क्षमता जान्नैपर्छ: यसले मेरो आवश्यकता सर्तलाई पूरा गर्दैन। र के यसले मेरो कार्यलाई ढिलो बनाउँदैन र? तिमीहरूको हालको क्षमता र तिमीहरूको चरित्रको हालको अवस्थाको आधारमा, तिमीहरू कोही पनि मेरो गवाही दिन योग्य छैनौं, न त तिमीहरूमध्ये कोही नै मेरो भविष्यको कार्यको भारी जिम्मेवारीका लागि काँध थाप्न योग्य छौँ। के तिमीहरूमा गहिरो लाजको भान भएको छैन? यदि तँ यसरी नै अघि बढिस् भने, तैँले मेरा अभिप्रायहरूलाई कसरी सन्तुष्ट पार्न सक्छस्? तैँले तेरो जीवन पूर्ण रूपमा जिउनुपर्छ। समयलाई व्यर्थमा व्यतीत हुन नदे—त्यसो गर्नुको कुनै अर्थ हुन्न। तँ के-कस्ता कुराद्वारा सुसज्जित हुनुपर्छ भन्ने कुरा तैँले बुझ्नुपर्छ। आफूलाई सबै कुरा जान्ने नसम्झी—तैँले अझै धेरै लामो यात्रा तय गर्नु छ! मानवताको न्यूनतम सामान्य सुझबुझ पनि तँमा छैन भने, भन्नुपर्ने कुरा के नै पो रह्यो र? के यो सबै व्यर्थ छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। क्षमता बढाउनु परमेश्वरको मुक्ति पाउनका खातिर हो)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, मेरो क्षमता कमजोर भए पनि, म सत्यतामा ढिलो प्रवेश गरे पनि, र मेरो कामको प्रभावकारिता अरूको भन्दा कम भए पनि, मैले आफैमाथि हार मान्न, नकारात्मक हुन, वा पछि हट्न मिल्दैनथ्यो। मैले सक्रिय रूपमा सत्यताका लागि प्रयास गर्नुपर्थ्यो, सान्दर्भिक सिद्धान्तहरू सिक्नुपर्थ्यो, आफ्नो क्षमता सुधार्नुपर्थ्यो, र आफ्ना कर्तव्यहरू पूरा गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। ब्रदर-सिस्टरहरूले यो मूल्याङ्कन नगरेका भए, मैले आफैलाई चिन्ने थिइनँ। मलाई सधैँ मेरो क्षमता राम्रो छ र म केही काम गर्न सक्षम छु भन्ने लाग्थ्यो, र म आत्म-प्रशंसा र आत्मसन्तुष्टिको स्थितिमा जिइरहेकी थिएँ। यदि म यस्तै भइरहेकी थिएँ भने, मैले कहिल्यै कुनै प्रगति गरेकी हुने थिइनँ। परमेश्वरको अभिप्राय बुझेपछि, म अब मेरो कमजोर क्षमताद्वारा बाँधिएकी थिइनँ, र म यो कर्तव्यमा जति लामो समयसम्म रहिरहन सके पनि, म आफ्नो बल प्रदान गर्न र आफ्नो कर्तव्यमा लागिरहन इच्छुक थिएँ। यदि कुनै दिन मेरो क्षमता पर्याप्त भएन, र मलाई फेरि अर्को कर्तव्यमा खटाइयो भने पनि, म परमेश्वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक थिएँ। पछि, मैले आफ्नो क्षमता सुधार्नतिर ध्यान दिन थालेँ। मैले आफ्नो कर्तव्यमा सक्रिय रूपमा अध्ययन र अनुसन्धान गरेँ, आफ्ना कर्तव्यहरूमा भएका विगतका गल्ती र विचलनहरूमाथि चिन्तन गरेँ र तिनको सारांश निकालेँ, अनि सिद्धान्तहरू अनुसार कामकुरा गर्नमा ध्यान केन्द्रित गरेँ। थाहै नभई, मैले आफ्ना कर्तव्यहरूमा केही प्रगति गर्न थालेँ, र म माथितिर लागिपर्दै गर्दा, मेरा कर्तव्यहरूमा मेरो प्रभावकारिता पनि सुध्रियो।
यो अनुभवमार्फत, मैले मेरा लागि परमेश्वरको प्रेम र मुक्ति महसुस गरेँ, र मैले के देखेँ भने, फरक-फरक क्षमता भएका मानिसहरूका लागि परमेश्वरसित फरक-फरक मागहरू रहेका छन्। व्यक्तिको क्षमता जस्तोसुकै भए पनि, जबसम्म ऊ सच्चा रूपमा सत्यता पछ्याउँछ, र आफ्ना कर्तव्यहरूमा विश्वासिलो र समर्पित हुन्छ, तब ऊ जोसुकै भए पनि, उसले मुक्तिको मौका पाउँछ। यो परमेश्वरको धार्मिकता हो।