६०. मैले किन कर्तव्य छानी-छानी रोजेँ

झाउ फेङ, चीन

सन् २०२३ को जुलाई महिनामा, मैले प्रतिष्ठा र हैसियतलाई पछ्याएको र वास्तविक काम नगरेको कारणले मलाई अगुवाको पदबाट बर्खास्त गरियो। दुई हप्तापछि, मेरी पूर्व सहकर्मी सिस्टर लिउ सियाओ मलाई भेट्न आउनुभयो। उहाँले भन्नुभयो, “अहिले चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई जताततै गिरफ्तार गरिरहेको छ। कतिपय अतिथि सत्कारक परिवारहरू परमेश्‍वरका विश्‍वासी हुन् भन्‍ने कुरा बाहिर थाहा छ, त्यसैले उनीहरू सुरक्षित छैनन्। तपाईंले परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ भन्‍ने कुरा बाहिर थाहा छैन, र तपाईंको पारिवारिक अवस्था पनि उपयुक्त छ। अब उप्रान्त, तपाईंले आफ्नो घरमा अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्न सक्‍नुहुन्छ।” जब मैले लिउ सियाओलाई देखेँ, तब मलाई लाज लाग्यो। मैले सोचेँ, “भर्खर दुई हप्ता अघिसम्म मात्र, म उहाँसँग सहकर्मीको रूपमा अगुवाको कर्तव्य निर्वाह गरिरहेकी थिएँ, तर अहिले उहाँ मेरो कर्तव्यको प्रबन्ध मिलाउन आउनुभएको छ। झन् त्यो पनि अतिथिसत्कार गर्ने कर्तव्य! म पतन भएर कहाँ पुगेँ! के उहाँले मलाई सत्यता नपछ्याउने व्यक्ति र अतिथिसत्कार गर्ने कर्तव्यको लागि मात्र योग्य व्यक्ति ठान्नुभएको हो?” त्यसपछि मैले के सोचेँ भने, अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्ने धेरैजसो ब्रदर-सिस्टरहरू बढी उमेरका र औसत क्षमता भएका हुन्छन्। यदि मलाई चिन्ने ब्रदर-सिस्टरहरूले मैले घरमै अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्दैछु भन्‍ने थाहा पाए भने यो कति लाजमर्दो कुरा हुनेछ! मलाई अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्न पटक्कै मन थिएन, र अतिथिसत्कार गर्ने कर्तव्य तुच्छ हो, जुन आफू जहाँ गए पनि प्रतिष्ठा र प्रमुखताको आनन्द लिने अगुवाहरूको जस्तो हुँदैन भन्‍ने लाग्थ्यो। तथापि, कर्तव्यमा बोलावट हुँदा अस्वीकार गर्नु भनेको समझको कमी हुनु हो, त्यसैले मैले मन नलागी-नलागी स्वीकार गरेँ। मैले मनमनै यो पनि सोचिरहेकी थिएँ, “जब म केही आत्मिक भक्ति र आत्म-चिन्तन गरेर आफैबारे केही बुझाइ प्राप्त गर्छु, तब मलाई अर्को कर्तव्यका लागि नयाँ काममा खटाइने सम्भावना हुन्छ।”

मैले अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्न थालेपछि, लिउ सियाओ कहिलेकाहीँ ब्रदर-सिस्टरहरूसँग कामको बारेमा छलफल गर्न मेरो घरमा आउनुहुन्थ्यो। मैले आफू पनि कसरी उहाँ जस्तै थिएँ, तर अहिले म उहाँहरूका लागि खाना पकाइरहेकी छु, मैले हरेक दिन भाँडा माझ्‍नु परिरहेको छ, र सरसफाइ गरिरहनु परेको छ भन्‍ने बारेमा सोचेँ। योभन्दा लाजमर्दो कुरा अरू केही हुन सक्दैनथियो! एकदिन ढोकाको घण्टी बज्यो, र मैले ढोका खोल्दा सिस्टर वाङ डानलाई देखेँ। मेरो अनुहार तुरुन्तै तातो भएर आयो। विगतलाई सम्झँदा, मैले सधैँ वाङ डानलाई सबै काम अह्राउने गर्थेँ, तर अहिले वाङ डानले मेरो लागि कामको प्रबन्ध मिलाइरहनुभएको थियो। भाग्यमा आएको यस्तो ठूलो परिवर्तन कति लाजमर्दो थियो! वाङ डानले भन्नुभयो, “आउँदो एक-दुई दिनमा, हामी तपाईंको घरमा बसिरहेका ब्रदर-सिस्टरहरूलाई लैजानेछौँ र उहाँहरूलाई अर्को अतिथि सत्कारक निवासमा सार्नेछौँ।” जब मैले यो सुनेँ, तब म धेरै खुसी भएँ, “के उहाँहरूले अब मेरा लागि अर्को कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाउन लाग्नुभएको हो? मलाई नयाँहरूलाई मलजल गर्ने वा सुसमाचार प्रचार गर्ने काम जे भए पनि केही फरक पर्दैन तर यो अतिथिसत्कार गर्ने कर्तव्य चाहिँ हुनु भएन। म मेरा ब्रदर-सिस्टरहरूसँग सम्पर्कमा रहन पाएँ भने, मण्डलीमा निर्वाचन हुने दिन आउँदा, मसँग अगुवा वा डिकनको रूपमा निर्वाचनमा उठ्ने मौका हुनेछ। यो अतिथिसत्कार गर्ने कर्तव्य जस्तो होइन, जहाँ अनुहार देखाउने मौका समेत हुँदैन।” म दिवास्वप्नमा हराइरहेकै बेला, वाङ डानले भन्नुभयो, “हामी उहाँहरूलाई लैजानेछौँ र उहाँहरूको ठाउँमा अरू ब्रदर-सिस्टरहरूलाई ल्याउनेछौँ।” जब मैले यो सुनेँ, तब म निकै निराश भएँ। “यो अतिथिसत्कार गर्ने कर्तव्य कहिले सकिने होला?” पछि, मैले माथिल्लो अगुवाहरूबाट आएको एउटा पत्र देखेँ। त्यसमा के भनिएको थियो भने, चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई छानबिन गरिरहेको, खोजी गरिरहेको र गिरफ्तार गरिरहेको छ, र सबैले सुरक्षामा ध्यान दिनुपर्छ र मण्डलीको हितलाई सुरक्षा दिनुपर्छ, र विशेष गरी, अतिथि सत्कारक परिवारहरूले राम्रो वातावरण कायम राख्नुपर्छ र आफ्ना ब्रदर-सिस्टरहरूलाई सुरक्षा दिनुपर्छ। पत्र पढिसकेपछि, मैले सोचेँ, “अहिलेको वातावरण झन्-झन् तनावपूर्ण बन्दै गइरहेको छ, र हामीलाई थप सुरक्षित अतिथि सत्कारक परिवारहरू चाहिएको छ। अतिथिसत्कार गर्ने मेरो कर्तव्य फेरबदल गर्न सजिलो हुनेछैन जस्तो देखिन्छ।” त्यस समयमा म दिनभरि नै निराश र दुःखी भइरहेको हुन्थेँ। जब सिस्टरहरूले दैनिक जीवनमा मलाई मन नपर्ने केही कुरा गर्थे वा भन्थे, तब मलाई उनीहरूलाई देख्दा तिरस्कार हुन्थ्यो, र जब सरसफाइ गर्दा मिलाउनुपर्ने धेरै सामानहरू हुन्थे, तब म रिसाउँथेँ र प्रतिरोधी महसुस गर्थेँ। मलाई आफू सबै फोहोरी र थकाउने काम गर्ने नोकर्नीजस्तै भएको महसुस हुन्थ्यो, र म ठूलो झोँकमा सामानहरू ठटाउँदै र पछार्दै मिलाउथेँ। म सिस्टरहरूसँग कुरा गर्दा पनि म खुसी देखिँदिनथिएँ। त्यस समयमा, सिस्टरहरू मबाट बन्धनमा परेका थिए, र मेरो आफ्नै स्थिति झन्-झन् खराब हुँदै गयो। मैले नियमित रूपमा आत्मिक भक्ति पनि गर्न छोडेँ, र कहिलेकाहीँ त म फोन चलाएर अन्धाधुन्ध रूपमा शरीरको सुखचयनमा समेत लिप्त हुन्थेँ। सिस्टर ली लुले मेरो स्थिति खराब भएको देख्नुभयो, र मलाई परमेश्‍वरका वचनहरू धेरै पढ्न, धेरै भजनहरू सिक्न, र लेखहरू लेख्ने अभ्यास गर्न सम्झाउनुभयो, तर मैले उहाँको कुरा सुनिनँ। एकदिन, ली लुले मेरो स्थितिलाई औँल्याउँदै, बाहिरबाट हेर्दा मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको भए पनि, म इच्छुक छैन भनी बताउनुभयो। उहाँको कुरा सुनेपछि, मलाई अलि प्रतिरोधी महसुस भयो, “म हरेक दिन तपाईंहरूका लागि खाना पकाउन व्यस्त हुन्छु। अनि म कसरी अनिच्छुक भएँ?” पछि, उहाँका शब्दहरू मेरो मनमा खेलिरहे। त्यो रात, म ओछ्यानमा कोल्टे फेरिरहेँ, निदाउन सकिनँ। मैले मनमनै सोचेँ, “सिस्टरले किन मेरो आलोचना गर्नुभयो? परमेश्‍वरको अभिप्राय के हो?” मैले हालसालै कसरी मेरो स्थिति खराब भएको थियो, र मैले आफ्नो कर्तव्यमा ध्यान दिएको थिइनँ, वा मैले मेरा सिस्टरहरूप्रति प्रेम देखाएको थिइनँ भन्‍ने बारेमा सोचेँ। म प्रायजसो उनीहरूलाई रिसाएर हेर्थेँ र उनीहरूलाई बन्धनमा पार्थेँ … मैले जति धेरै यसबारे सोचेँ, मलाई त्यति नै धेरै दोषी र आत्म-ग्लानि महसुस भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई आफैलाई बुझ्न अगुवाइ गर्नुहोस् भनी उहाँसँग बिन्ती गरेँ। मैले पहिले पढेका परमेश्‍वरका केही वचनहरू सम्झिएँ: “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई उच-नीच भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्‍वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरो अभिमान र हैसियत, तेरा आफ्नै लाभहरू, र यस्तै अन्य कुरालाई ध्यान दिन्छस्, तब आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पणताको हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्‍वरले बताउनुभएका कुराहरू ठ्याक्कै मेरो स्थिति नै थियो। मैले पहिले मण्डलीमा अगुवा हुँदाको समयबारे सम्झिएँ, जतिबेला मैले आफ्नो अनुहार देखाउन पाउँथेँ। म जहाँ गए पनि, ब्रदर-सिस्टरहरूले मेरो आदर गर्नुहुन्थ्यो, र म हृदयदेखि नै खुसी हुन्थेँ र मसँग आफ्ना कर्तव्यहरू निर्वाह गर्ने ऊर्जा हुन्थ्यो। विशेष गरी, जब म क्षेत्रीय अगुवाको रूपमा निर्वाचित भएँ, तब म निकै खुसी थिएँ, र म भिडमा अरूभन्दा फरक देखिएको छु र सबैको ध्यानको केन्द्र बनेको छु भन्‍ने सोच्थेँ। मेरो कर्तव्य निर्वाह गर्ने ऊर्जा दोब्बर भयो। त्यतिबेला, म हरेक दिन बिहानदेखि बेलुकासम्म काम गर्थेँ। त्यो हिउँदको समय थियो, र धेरै जाडो थियो, तर जब म राति ११ वा १२ बजे मात्र घर पुग्थेँ, तब पनि म खुसी नै हुन्थेँ; मलाई न चिसो महसुस हुन्थ्यो न त थकान नै लाग्थ्यो। तर मलाई बर्खास्त गरिएपछि र अगुवाले मलाई अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाएपछि, मलाई आफू सबै कडा परिश्रम र सानातिना कामहरू गर्ने नोकर्नीजस्तै भएको महसुस भयो, मानौँ म एउटा तल्लो स्तरको सेवक हुँ। मेरो हृदय समर्पित हुन सकेन, र मैले अगुवाहरूले कहिले मलाई नयाँ काममा खटाउनुहुनेछ भन्‍ने दिनको प्रतीक्षा गरिरहेँ। पछि, माथिल्लो अगुवाहरूले एउटा पत्र पठाउनुभयो, जसमा अहिलेको वातावरण झन्-झन् तनावपूर्ण बन्दै गइरहेको छ, र हामीलाई थप सुरक्षित अतिथि सत्कारक परिवारहरू चाहिएको छ भनेर भनिएको थियो। जब मैले तत्कालका लागि मलाई नयाँ काममा खटाइनेछैन भन्‍ने बुझेँ, तब मलाई असहज महसुस भयो र म नकारात्मक भएर जिएँ। मैले आफ्नो कर्तव्य त निर्वाह गरेँ, तर मेरो हृदय गहन रूपमा अनिच्छुक थियो, र म मेरा सिस्टरहरूलाई रिस र घृणाको नजरले हेर्थेँ, र उनीहरूलाई बन्धनमा पार्थेँ। परमेश्‍वरप्रतिको मेरो समर्पणता कस्तो किसिमको थियो? मेरो समर्पणता शर्तसहितको थियो, र यसमा मेरा आफ्नै प्राथमिकताहरू र अशुद्धताहरू मिसिएका थिए। यो परमेश्‍वरप्रतिको साँचो समर्पणता थिएन। यदि मेरो फाइदा हुन्छ भने र मैले केही प्रतिष्ठा जित्न पाउँछु भने मात्र म समर्पित हुन्थेँ, तर यदि मेरो लागि फाइदाजनक हुँदैन भने र मैले आफूलाई देखाउन पाउँदिन भने, म समर्पित हुन सक्दिनथेँ। यदि मैले यो स्थितिलाई परिवर्तन गरिनँ भने, यो धेरै खतरनाक हुनेथियो।

एकदिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार कुरा चल्छ। त्यसोभए, कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? बृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ। खास रूपमा भन्दा, मानवजातिबीच परमेश्‍वरको व्यवस्थापनको कार्य गरिने क्रममा, विविध प्रकारका काम उत्पन्न हुन्छन्, र ती सबैका लागि मानिसहरूले आफ्नो भागको काम गर्नु र त्यो पूरा गर्नु आवश्यक हुन्छ। यसरी, मानिसहरूका जिम्‍मेवारी र मिसनहरू उत्पन्न हुन्छन्, अनि यी जिम्‍मेवारी र मिसनहरू नै परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्ने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूले आफ्नो भाग पूरा गर्न आवश्यक हुने विभिन्‍न कार्यहरू नै तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्‍ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको माग हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार फैलावटमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो। पृथ्वीका मानिसहरू जसरी जिए पनि परमेश्‍वरको व्यवस्थापन कार्यविना के तिनीहरूसित कर्तव्यहरू हुन्थ्यो? हुँदैनथ्यो। अब तँ प्रस्ट रूपमा बुझ्छस्। व्यक्तिको कर्तव्य केसँग सम्बन्धित हुन्छ? (त्यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ।) ठिक भनिस्। मानवजातिका कर्तव्यहरू, सृजित प्राणीहरूका कर्तव्यहरू र मानवजातिको मुक्तिका निम्ति परमेश्‍वरको व्यवस्थापनको कार्यका बीचमा प्रत्यक्ष सम्बन्ध छ। भन्नु नै हो भने, परमेश्‍वरले मानवजातिलाई मुक्ति नदिनुभएको भए, र देहधारी परमेश्‍वरले मानिसहरूमाझ व्यवस्थापन कार्य सुरु नगर्नुभएको भए, मानिसहरूसित गर्नुपर्ने कुनै कर्तव्य हुनेथिएन भनेर भन्न सकिन्छ। कर्तव्यहरू परमेश्‍वरको कामबाटै उत्पन्न हुन्छन्; परमेश्‍वर मानिसहरूबाट यही नै माग गर्नुहुन्छ। यसलाई यो दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरको पछि लाग्ने हरेक व्यक्तिका लागि कर्तव्य महत्त्वपूर्ण हुन्छ, होइन र? यो निकै महत्त्वपूर्ण हुन्छ। मोटामोटी रूपमा कुरा गर्दा, तैँले परमेश्‍वरको व्यवस्थापन योजनाको काममा भाग लिइरहेको छस्; अझ स्पष्ट रूपमा भन्‍ने हो भने, तँ परमेश्‍वरले विभिन्न समयमा र विभिन्न समूहका मानिसहरूमाझ गर्ने विविध कामका आवश्यकताअनुसार काम गरिरहेको छस्। तेरो कर्तव्य जे सुकै भए पनि, त्यो परमेश्‍वरले तँलाई दिनुभएको एउटा मिसन हो। कहिलेकहीँ तैँले कुनै महत्त्वपूर्ण कुराको देखरेख वा सुरक्षा गर्नुपर्छ। यो कुनै ठूलो मामिला होइन—यो तेरो जिम्मेवारी हो भनेर मात्र भन्न सकिन्छ—तर त्यो परमेश्‍वरले तँलाई दिनुभएको काम हो, तैँले त्यो उहाँबाट स्विकारेको होस्, र अब त्यो तेरो कर्तव्य हो। मामलाको जडमै गएर बताउनुपर्दा, व्यक्तिको कर्तव्य उसलाई परमेश्‍वरले सुम्पनुभएको हो। यसमा मुख्यगरी सुसमाचार प्रचार गर्ने, गवाही दिने, भिडियो बनाउने, र मण्डलीको अगुवा वा कामदार बन्ने कामहरू समावेश हुन्छन्, वा त्यो अझ जोखिमपूर्ण काम वा अझ महत्त्वपूर्ण काम हुन सक्छ। चाहे जे नै भए पनि, त्यो परमेश्‍वरको काम र सुसमाचार फैलाउनुका आवश्यकताहरूसँग सम्बन्धित भएसम्म, मानिसहरूले त्यसलाई परमेश्‍वरबाट पाएको कर्तव्यका रूपमा स्वीकार गर्नुपर्छ। यसलाई अझ विस्तृत रूपमा भन्नुपर्दा, कर्तव्य भनेको व्यक्तिको मिसन हो, परमेश्‍वरले सुम्पनुभएको आज्ञा हो; अझ स्पष्ट रूपमा भन्नुपर्दा, यो तेरो जिम्मेवारी हो, तैँले गर्नैपर्ने काम हो। यो तेरो मिसन हो, परमेश्‍वरले तँलाई सुम्पिनुभएको आज्ञा, र तेरो जिम्मेवारी र कर्तव्य हो, त्यसकारण तेरो व्यक्तिगत मामिलाहरूसँग तैँले कर्तव्य निर्वाह गर्नुको कुनै सम्बन्ध हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको योजनाले गर्दा मात्रै मानिसहरूले कर्तव्यहरू निर्वाह गर्ने र मुक्ति पाउने मौका पाएका हुन्, र परमेश्‍वरको घरमा निर्वाह गर्नुपर्ने धेरै कर्तव्यहरू छन्। कतिले मण्डलीको अगुवाइ गर्छन्, कतिले सुसमाचार प्रचार गर्छन्, र कतिले साधारण मामिलाका कामहरू गर्छन् इत्यादि। परमेश्‍वरको नजरमा, राम्रा र नराम्रा कर्तव्यहरू, वा उच्च र तुच्छ कर्तव्यहरूबीच कुनै भेद छैन। सृजित प्राणीहरूको रूपमा, हामीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि वा हामीले आफूलाई देखाउन सके पनि नसके पनि, हामी परमेश्‍वरप्रति समर्पित हुनुपर्छ, र हामीले आफ्ना प्राथमिकताहरूको आधारमा छनौट गर्नु हुँदैन। यसको विपरीत, मैले परमेश्‍वरबाट आएका कर्तव्यहरूलाई विभिन्न श्रेणीहरूमा विभाजित गरेँ, र अगुवा हुनु भनेको धेरै प्रतिष्ठित कुरा हो भन्‍ने विश्वास गरेँ, किनभने तिनीहरू जहाँ जान्छन्, त्यहाँ तिनीहरूको आदर हुन्छ र तिनीहरूलाई ईर्ष्या गरिन्छ। तिनीहरू कम्पनीको वरिष्ठ व्यवस्थापकजस्तै हुन्, जसलाई मानिसहरूले वरिपरिबाट घेरेर प्रशंसा र आदर गर्छन्। तर, जब तपाईं अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्नुहुन्छ, तब तपाईंले थकाउने र फोहोर किसिमका सानातिना कामहरूमा परिश्रम गर्नुहुन्छ; यो त संसारमा नोकर्नी हुनु जस्तै हो, तपाईं एक सेवक बन्‍नुहुन्छ, र तपाईंलाई तुच्छ ठानिन्छ। त्यसैले जब अगुवाले मलाई अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाउनुभयो, तब मलाई यो असाध्यै लाजमर्दो र अपमानजनक लाग्यो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्दा गुनासो गरेँ। अन्तमा, मेरो स्थिति झन्-झन् खराब हुँदै गयो, यहाँसम्म कि मैले नियमित रूपमा आत्मिक भक्ति पनि गरिनँ वा मलाई लेखहरू लेख्ने मन पनि लागेन। यो सबै आफ्‍नो कर्तव्यप्रतिको मेरो गलत दृष्टिकोणको कारणले भएको थियो। मैले गैरविश्‍वासीको दृष्टिकोणबाट कुराहरूलाई हेरेँ, र आफ्‍नो कर्तव्यलाई मैले मेरो जिम्मेवारी र दायित्व मानिनँ। एक सृजित प्राणीको रूपमा, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको योजनामा आफ्नो कर्तव्य निर्वाह गर्न पाउनु नै सबैभन्दा अर्थपूर्ण कुरा हो। यो सबैभन्दा ठूलो सम्मान हो, र मलाई यो अवसर दिनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। चिनियाँ कम्युनिस्ट पार्टीले उन्मत्त भएर परमेश्‍वरको प्रतिरोध गरिरहेको छ, र परमेश्‍वरको काममा बाधा दिन र यसलाई नष्ट गर्न इसाईहरूलाई सताउन र गिरफ्तार गर्नका लागि यसले अनेक किसिमका तरिकाहरू पनि अपनाउँछ। यस्तो प्रतिकूल वातावरणमा, मेरा ब्रदर-सिस्टरहरूलाई राम्रोसँग अतिथिसत्कार गर्नु, र उहाँहरूलाई सुरक्षित वातावरणमा आफ्नो कर्तव्य निर्वाह गर्न मद्दत गर्नु मेरो जिम्मेवारी र दायित्व हो। तथापि, म अभिमान र हैसियतले कस्‍सिलो गरी बाँधिएको थिएँ, र अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्ने मानिसहरू सत्यता पछ्याउने मानिसहरू होइनन्, र बढी उमेरका मानिसहरूले मात्र यो कर्तव्य निर्वाह गर्छन् भन्‍ने भ्रामक विश्वास गर्थेँ। यी सबै मेरा धारणा र कल्पनाहरू थिए।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले ‘उच्‍च शिक्षालयहरूको’ शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्‍ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुरा मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्‍याउँदै र आक्रमण गर्दै आएका छन्। फलस्वरूप, मानिस परमेश्‍वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र स्वेच्छाले परमेश्‍वरका निम्ति कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, स्वेच्छाले परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति एक जना पनि छैन, र स्वेच्छाले परमेश्‍वरको देखापराइलाई खोज्ने व्यक्ति त झनै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्‍वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्‍ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने, म परमेश्‍वरप्रति समर्पित हुन नसक्नुको मुख्य कारण त म शैतानी विचार र दृष्टिकोणहरूद्वारा प्रशिक्षित भएकोले रहेछ, जस्तै, “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ।” मैले मेरो अभिमान र हैसियतलाई धेरै महत्त्व दिएको थिएँ। मैले सरकारी स्वामित्वको उद्यममा काम गर्दाको समयलाई सम्झिएँ, र म सधैँ आफूलाई अरूभन्दा श्रेष्ठ ठान्थेँ। म इट्टाभट्टा, निर्माण स्थल, वा साना कारखानाहरूमा काम गर्ने मानिसहरूलाई तुच्छ ठान्थेँ। परमेश्‍वरमा विश्वास गर्न थालेपछि पनि म उस्तै थिएँ, र अगुवा हुनु प्रतिष्ठित कुरा हो भन्‍ने ठान्थेँ, जबकि अतिथिसत्कार गर्ने कर्तव्य वा साधारण मामिलाका कर्तव्य निर्वाह गर्नेहरूलाई म तुच्छ ठान्थेँ। मलाई ती कर्तव्यहरू केवल दौडधूप गर्ने र शारीरिक श्रम गर्ने काम हुन्, र ती तुच्छ हुन् भन्‍ने लाग्थ्यो। त्यसैले जब लिउ सियाओले मलाई अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाउनुभयो, तब मलाई अरूभन्दा तुच्छ भएको महसुस भयो, र जब मैले उहाँलाई देखेँ, तब मलाई लुक्न मन लाग्यो। जब कुनै कामले गर्दा वाङ डान मलाई भेट्न आउनुहुन्थ्यो, तब उहाँलाई भेट्न मलाई धेरै लाज लाग्थ्यो, र उहाँहरू अगुवा हुनुभएकोमा, जहाँ गए पनि प्रतिष्ठाको आनन्द लिनुभएकोमा र ब्रदर-सिस्टरहरूको आदर जित्नुभएकोमा म उहाँहरूको ईर्ष्या गर्थेँ। मैले अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्ने हुनाले, म उहाँहरूको स्तरमा छैन भन्‍ने मलाई लाग्थ्यो, र मलाई धेरै लाज लाग्थ्यो। वाङ डानले ब्रदर-सिस्टरहरूलाई लैजान्छु भन्‍ने बित्तिकै म खुसी भएँ, र एकदिन मैले मण्डलीमा भेला हुने समूहहरूको सुपरिवेक्षण गर्ने र भविष्यमा पदोन्नति हुने मौका पाउँछु भन्‍ने आशा गरेँ। तर जब मैले अझै अतिथिसत्कार गर्ने कर्तव्य नै निर्वाह गर्नुपर्छ भन्‍ने कुरा सुनेँ, तब मेरो स्थिति खस्कियो, र म नकारात्मक भएँ र मैले आफ्नो कर्तव्य निर्वाह गर्नमा झारा टारेँ। मैले त्यो समयको बारेमा सम्झिएँ जब म अगुवा थिएँ र प्रतिष्ठा र हैसियतलाई पछ्याएको र परिणामस्वरूप गलत बाटोमा हिँडेकोले मलाई बर्खास्त गरिएको थियो; मैले अहिले अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गरिरहेको थिएँ, तर मेरो पुरानो प्रकृति परिवर्तन भएको थिएन। मैले अझै पनि अभिमान र हैसियतलाई ख्याल गरिरहेको थिएँ र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकिरहेको थिइनँ। मैले म शैतानका भ्रामक विचार र दृष्टिकोणहरूद्वारा बाँधिएको र नियन्त्रित भएको रहेछु, र आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले हरेक मोडमा आफ्नै अभिमान र हैसियतलाई मात्र विचार गरिरहेको रहेछु भन्‍ने महसुस गरेँ। मैले कुनै समर्पणता देखाइनँ, कुनै बफादारीको त कुरै नगरौँ, र मानिसहरू र कुराहरूलाई हेर्ने मेरो दृष्टिकोण एउटा गैरविश्‍वासीको जस्तै थियो। मैले कुराहरूलाई परमेश्‍वरका वचनहरूमा आधारित गरिनँ। मैले गरेका सबै कुरा सत्यताप्रति शत्रुवत् थिए र तिनले परमेश्‍वरको प्रतिरोध गर्थे। जब मैले यो बुझेँ, तब मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्नै अभिमान र हैसियतलाई रक्षा गर्नका लागि तपाईंका बन्दोबस्तहरूमा समर्पित हुन सकिरहेको छैन। म अब उप्रान्त शैतानी विचार र दृष्टिकोणहरूद्वारा जिउन चाहन्नँ। मलाई मानिसहरू र कुराहरूलाई तपाईंका वचनहरूअनुसार हेर्न र तपाईंका बन्दोबस्तहरूमा समर्पित हुन अगुवाइ गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढ्दा मेरो हृदय उज्यालो भयो। जब हामी आफ्ना कर्तव्यहरू निर्वाह गर्छौँ, तब हामीले पहिले आफ्ना व्यक्तिगत हित, अभिमान, र हैसियतलाई त्याग्नुपर्छ। अरूले हाम्रो बारेमा जेसुकै सोचे पनि, हामीले आफ्नो कर्तव्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ र परमेश्‍वरको घरको हितलाई प्राथमिकता दिनुपर्छ। यसरी, हामीले परमेश्‍वरको सामु काम गर्छौँ र आफ्नै कर्तव्य निर्वाह गर्छौँ। आजकल, चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई बौलाहा जसरी गिरफ्तार गर्न हरेक सम्भव उपायहरू अपनाइरहेको छ। तिनीहरूले विभिन्न प्रकारका उच्च-प्रविधियुक्त निगरानी उपकरणहरू भित्र्याएका छन् र सडक तथा गल्लीहरूमा उच्च-रिजोल्युसन भएका क्यामेराहरू जडान गरेका छन्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूको निगरानी गर्न र पिछा गर्नका लागि छिमेकी समितिहरूका बीचमा र न्यूनतम जीवन भत्ता प्राप्त गर्ने मानिसहरूका बीचमा सुराकीहरू परिचालन गरेका छन्। धेरै अतिथि सत्कारक परिवारहरूले आफ्नो सुरक्षामा जोखिमको सामना गरिरहेका छन्, र सुरक्षित अतिथि सत्कारक परिवार पाउन सजिलो छैन। म बाहिर नचिनिएको विश्वासी हुँ र मैले आफ्नो सुरक्षामा कुनै जोखिमको सामना गर्नु पर्दैन, त्यसैले मैले अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्नु नै उपयुक्त छ। म मण्डलीका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ र मैले अतिथिसत्कार गर्ने आफ्‍नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यो मण्डलीको हितलाई सुरक्षा दिनु पनि हो। परमेश्‍वरको अभिप्राय बुझिसकेपछि, म आफ्नो अभिमान र हैसियत त्याग्न र मेरा ब्रदर-सिस्टरहरूलाई सुरक्षा दिनका लागि मेरो अतिथिसत्कार गर्ने कर्तव्य राम्रोसँग निर्वाह गर्न तयार भएँ, ताकि उहाँहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्न सुरक्षित वातावरण दिन सकियोस्। पछि, जब मसँग समय हुन्थ्यो, तब म परमेश्‍वरका वचनहरू धेरै पढ्थेँ, आत्मिक भक्ति गर्थेँ, र लेखहरू लेख्ने अभ्यास गर्थेँ। यसरी अभ्यास गर्दा, मेरो हृदयले धेरै सहजताको महसुस गर्यो। परमेश्‍वरको अगुवाइको कारण नै मैले यी प्राप्तिहरू हासिल गर्न सकेकी थिएँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ५९. मैले छोराछोरीप्रतिको मेरो ऋणी भावनालाई त्यागेँ

अर्को: ६१. म अब मेरो कमजोर क्षमताद्वारा बाँधिएकी छैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्