५२. बर्खास्त भएर मैले जे प्राप्त गरेँ
सन् २०१६ मा, म मण्डलीमा अगुवा चुनिएँ। मण्डलीको कामको जिम्मेवारी लिन म सिस्टर झाङ जिङसँग मिलेर काम गर्न थालेँ। त्यतिबेला मैले परमेश्वरमा विश्वास गरेको दुई वर्षभन्दा अलि बढी मात्र भएको थियो। झाङ जिङ अगुवा बनेको चाहिँ लामो समय भएको थियो र उनीसँग कामको धेरै अनुभव थियो। यसबाहेक, भेलाहरूमा उनको सङ्गति एकदमै स्पष्ट हुन्थ्यो। ब्रदर-सिस्टरहरूलाई जस्तोसुकै कठिनाइ भए पनि, उनी तत्कालै सङ्गति गर्नका लागि परमेश्वरका सान्दर्भिक वचनहरू भेट्टाउन सक्थिन् र उनीहरूलाई मद्दत गर्थिन्। सबैले उनको धेरै प्रशंसा गर्थे। मलाई झाङ जिङको निकै डाहा लाग्थ्यो, र एक दिन म पनि उनीजस्तै बन्न सकूँला अनि सबैको प्रशंसा र अनुमोदन पाउन सकूँला भन्ने आशा गर्थें। केही समयको कडा मिहिनेतपछि, आफूले भेलाहरूमा कसैको कुनै किसिमको स्थिति भएको थाहा पाएँ भने, म पनि तत्कालै परमेश्वरका केही वचनहरू भेट्टाउन सक्थेँ र मेरा आफ्नै अनुभव वा केही उदाहरणहरू जोडेर सङ्गति गर्थेँ। ब्रदर-सिस्टरहरू ध्यान दिएर सुन्थे र टिपोट गर्थे। यो दृश्य देखेर म धेरै खुसी हुन्थेँ, र ब्रदर-सिस्टरहरूले मलाई साँच्चै अनुमोदन गरेका छन् भन्ने महसुस गर्थेँ। नतिजास्वरूप, म अझ बढी जोसका साथ सङ्गति गर्थेँ।
एकचोटि, एउटा मण्डलीका केही ब्रदर-सिस्टरहरू मिलेर एक जना झूटो अगुवा विरुद्ध रिपोर्ट गरे। त्यतिबेला यसलाई कसरी समाधान गर्ने मलाई थाहा थिएन, त्यसैले मैले परमेश्वरसँग निष्ठापूर्वक प्रार्थना गरेँ, अनि ब्रदर-सिस्टरहरूसँग सङ्गति खोजेँ। अन्ततः, ती झूटो अगुवालाई हटाइयो, र मण्डलीको काम सामान्य अवस्थामा फर्कियो। यो घटनापछि, म आफैँलाई प्रशंसा गर्न थालेँ: “मैले केही दिनमै यस्तो जटिल समस्या समाधान गरेँ। यो कसरी गरिन्छ भनेर मैले ब्रदर-सिस्टरहरूलाई देखाउनुपर्छ। मेरो उमेर सानो भए पनि र मैले परमेश्वरमा विश्वास गरेको थोरै समय भएको भए पनि, म जटिल समस्याहरू सम्हाल्न सक्छु।” भेलाहरूमा, म बडो जोसका साथ मैले त्यो रिपोर्टपत्रलाई कसरी सम्हालेँ भनेर छलफल गर्थेँ, तर त्यतिबेला म कठिनाइहरूबिच कसरी जिइरहेकी थिएँ, म कसरी कामकुराहरू खुट्याउन सक्दिनथेँ, र म कसरी नकारात्मक भएकी थिएँ भन्ने विवरणहरूचाहिँ बताउँदिनथेँ। म मुख्य रूपमा त्यो घटना कति जटिल थियो, ती झूटो अगुवाको मानवता कति खराब थियो, अनि मैले समस्या समाधान गर्न कसरी शान्त र निडर भई सत्यता खोजी गरेँ भन्ने कुरामा जोड दिन्थेँ। त्यतिबेला, सबै जना धेरै ध्यान दिएर सुन्थे। उनीहरूको आँखामा ईर्ष्या भरिएको हेराइ देख्दा, मलाई आफ्नो हृदयमा राम्रो महसुस हुन्थ्यो। मसँग कार्य सामर्थ्य छ भन्ने कुरा मलाई झन् बढी महसुस भयो। अर्को पटक, एक जना सिस्टर आफ्ना गैरविश्वासी परिवारका सदस्यहरूले अवरोध गरेका कारण आफ्नो कर्तव्य निर्वाहमा बन्धित थिइन्। मैले परमेश्वरमा विश्वास गरेका कारण म आफ्ना श्रीमान्द्वारा कसरी सताइएकी थिएँ, र अन्त्यमा मैले कसरी आफ्नो परिवार छोडेँ र आफ्नो सबै समय कर्तव्य निर्वाह गर्नमा बिताएकी थिएँ भनी छलफल गरेँ। मैले आफूले कति धेरै दुःख पाएकी थिएँ, मैले कसरी सङ्कल्प गरेकी थिएँ, र मैले कसरी आफ्नो परिवार छोडेकी थिएँ भन्नेबारे धेरै विस्तृत रूपमा कुरा गरेँ। मेरो कुरा सुनेपछि, ती सिस्टरले मेरो एकदम प्रशंसा गरिन्। उनले भनिन्, “आफ्ना श्रीमान्ले यति नराम्ररी सताउँदा पनि तपाईं दृढ रहन सक्नुभयो। तपाईंले साँच्चै धेरै दुःख पाउनुभएछ। तपाईंभित्र साँच्चै सङ्कल्प छ!” अरू ब्रदर-सिस्टरहरूले भने, “तपाईंलाई कामकुराहरू कसरी अनुभव गर्ने भनेर साँच्चै थाहा छ। तपाईं हामीभन्दा बढी सत्यता पछ्याउनुहुन्छ। हामीचाहिँ किन सत्यता अभ्यास गर्न सक्दैनौँ?” त्यतिबेला, मैले भनेँ, “हाम्रो भ्रष्टता सबै उस्तै हो। हामी सत्यता अभ्यास गर्न तयार रहुन्जेल परमेश्वरले अगुवाइ गर्नुहुनेछ।” तर, आफ्नो हृदयमा, म अझै पनि आफैँलाई धेरै प्रशंसा गर्थेँ। मलाई म सत्यता पछ्याउँदै छु, र मेरो कद ब्रदर-सिस्टरहरूको भन्दा ठूलो छ भन्ने लाग्थ्यो। नत्रभने, आफ्नो कर्तव्य निर्वाह गर्न म कसरी आफ्नो परिवार छोड्न सक्थेँ र? अनि सबैले मलाई अगुवा हुन किन चुन्थे र? वास्तवमा, जब म मेरा श्रीमान्द्वारा दिइएको सतावट भोगिरहेकी थिएँ, ममा धेरै नकारात्मकता र कमजोरी थियो। मैले केही समयको लागि आफ्नो कर्तव्य पनि छोडेँ। तर, म यी सबै कुरालाई यत्तिकै हल्का रूपमा लिन्थेँ, वा यसलाई उल्लेख नै गर्दिनथेँ। मलाई लाग्थ्यो, “मैले सबै कुरा भनिदिएँ भने, सबैले पक्कै पनि ममा कदको अभाव रहेछ, र म उनीहरूभन्दा खासै राम्रो रहेनछु भन्ने सोच्नेछन्। त्यसो भयो भने, भविष्यमा कसले पो मेरो प्रशंसा गरिरहला र? साथै, यदि मैले सकारात्मक अभ्यासबारे बढी कुरा गरेँ भने, त्यसले मेरा ब्रदर-सिस्टरहरूलाई पनि प्रोत्साहन दिनेछ। यसमा केही गलत छैन।” त्यसैले, मैले यसबारे थप केही सोचिनँ। सामान्यतया, भेलाहरूमा सङ्गति गर्दा म सचेत भएरै सकारात्मक बुझाइबारे बढी कुरा गर्थेँ, तर आफ्ना भ्रष्ट स्वभावहरू अनि कुरुप विचार र धारणाहरू भने उल्लेख गर्दिनथेँ। अथवा, म सबैले प्रकट गर्ने सामान्य, सतही भ्रष्टताहरूबारे मात्र सरल तरिकाले कुरा गर्थेँ। मलाई मानिसहरूले थाहा पाए भने, उनीहरूले मेरो प्रशंसा गर्न छोड्नेछन् भन्ने डर लाग्थ्यो। साथै, म जानेर वा नजानेरै आफू काममा कति व्यस्त छु, आफूले कति धेरै कुराहरू गर्नुपर्छ, र आफू कसरी सधैँ साँझ अबेरसम्म काम गर्छु भन्नेबारे कुरा गर्थेँ। त्यसपछि ब्रदर-सिस्टरहरू म दुःख सहन र मूल्य चुकाउन सक्छु, अनि कर्तव्य निर्वाह गर्नमा बोझ उठाउँछु भन्ने ठान्थे। उनीहरू म समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्छु, र म सत्यता पछ्याउने व्यक्ति हुँ पनि भन्थे। उनीहरू सबैले मेरो प्रशंसा गर्थे र ममा भर पर्थे। पछि, मैले के थाहा पाएँ भने, हरेक पटक जब म मेरा सहकर्मीहरूसँग भेला हुन्थेँ, सबैले आफ्ना काममा भएका समस्याहरू एकोहोरो पोख्थे र त्यसपछि खासै केही बोल्दैनथे। पूरै भेलाभरि, छलफल गर्ने मान्छे म मात्र हुन्थेँ। मलाई यहाँ केही त गलत भइरहेको छ जस्तो लाग्यो—के भेलाहरू म मात्रै बोल्न सक्ने स्थानमा परिणत भएका थिएनन् र? जब उनीहरूलाई कठिनाइ हुन्थ्यो, उनीहरू सत्यता खोज्दैनथे, बरु मैले समाधान गरिदिन्छु कि भनेर पर्खिरहन्थे। के यो उनीहरूलाई मेरो अगाडि ल्याउनु थिएन र? म उनीहरूलाई उनीहरूले परमेश्वरलाई धेरै प्रार्थना गर्नुपर्छ, धेरै खोजी र सङ्गति गर्नुपर्छ, र मानिसमा मात्र भर पर्नु हुँदैन भन्थेँ। तर, पछि पनि उनीहरू उस्तै रहे।
पछि, मलाई बर्खास्त गरियो किनभने म भेला र सङ्गतिको दौरान आफूलाई देखाउनका लागि लगातार शब्द र धर्मसिद्धान्तहरू फलाक्थेँ, समस्याहरू समाधान गर्न असक्षम थिएँ, र मेरो कामले नतिजा दिइरहेको थिएन। त्यतिबेला, मैले यसबारे धेरै सोचिनँ। मैले सोचेँ, यदि म वास्तविक काम गर्न नसकेकोले बर्खास्त गरिएकी हुँ भने, ठीकै छ त: म बर्खास्त हुनै पर्छ। जे भए पनि, मैले आफ्नो सक्दो प्रयास गरेकी थिएँ, र म अल्छी वा छली भएकी थिइनँ। तर, मैले मलाई बर्खास्त गरिएपछि, केही ब्रदर-सिस्टरहरूले यो कुरालाई सही मानेनन्, र अगुवाहरूले मलाई किन हटाए भनेर प्रश्न गरे भन्नेचाहिँ सोचेकी थिइनँ। अगुवाहरूले मलाई आफ्नै समस्याहरूबारे राम्ररी चिन्तन गर्न आग्रह गरे। त्यतिबेला मलाई डर लाग्यो। मैले मनमनै सोचेँ, “मलाई मेरो काम गराइको कारणले बर्खास्त गरिएको थियो, र अहिले ब्रदर-सिस्टरहरू यसलाई अन्यायको रूपमा हेर्दै मेरो प्रतिरक्षा र सुरक्षा गरिरहेका छन्। के मैले उनीहरूलाई मेरो अगाडि ल्याएकी छैन र? यो त ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो!” मैले जति धेरै सोचेँ, मलाई त्यति नै डर लाग्यो। मैले आफ्ना आँखाबाट बगेका आँसु रोक्न सकिनँ, र मैले परमेश्वरलाई निष्ठापूर्वक प्रार्थना गरेँ, “प्रिय परमेश्वर, मैले आफ्नो परिवार र जागिर छोडेँ, र म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ। मैले म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न असफल मात्र हुनेछैनँ, मानिसहरूलाई आफ्नै अगाडि समेत ल्याउनेछु भन्ने कहिल्यै सोचेकी थिइनँ। म साँच्चै धेरै विद्रोही छु! प्रिय परमेश्वर, मलाई मेरा समस्याहरू बुझ्नका लागि अगुवाइ गर्नुहोस् ताकि म पश्चात्ताप गर्न र परिवर्तन हुन सकूँ।”
त्यसपछि, म आत्मचिन्तन गर्न थालेँ। खोजी गर्ने क्रममा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्च ठानून् र आराधना गरून् भन्ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले अरूलाई आफूलाई उच्च ठान्न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी हासिल गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू अरूका हृदयमा अझ उच्च, स्थिर र अझ सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदरभावले हेर्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र? के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि छलीपन आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गरिँदैन र? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले के चिन्तन गरेँ भने मलाई बर्खास्त गरिएपछि, ब्रदर-सिस्टरहरूले यसलाई नमान्नुको मुख्य कारण के थियो भने मैले बारम्बार आफैँलाई उचालेकी थिएँ र आफ्नो प्रदर्शन गरेकी थिएँ, अनि मेरा आफ्नै कमीकमजोरी र भ्रष्टताबारे खुलेर कुरा गरिनँ, जसले गर्दा सबैले मेरो राम्रो पक्ष मात्र देखे। उनीहरू आफूलाई अन्याय लागेको कुराको विरुद्धमा मेरो पक्षमा लडे, किनभने मैले उनीहरूलाई भ्रममा पारेकी थिएँ। मैले त्यो रिपोर्टपत्र सम्हालेको कुराबारे सोचेँ। सुरुमा, म पनि अन्योलमा थिएँ, र यसलाई कसरी समाधान गर्ने मलाई थाहा थिएन। पछि, मैले परमेश्वरलाई निष्ठापूर्वक प्रार्थना गरेँ, अनि ब्रदर-सिस्टरहरूसँग खोजी, छलफल र सहकार्य गरेर मात्र समस्या समाधान गरेँ। तर, उनीहरूको अगाडिचाहिँ, म आफूले कसरी खोजी गरिरहेकी थिएँ, कसरी सत्यतासिद्धान्तहरूका आधारमा ती झूटो अगुवालाई खुट्याएकी थिएँ, र अन्तमा मैले कसरी यसलाई सम्हालेकी र समाधान गरेकी थिएँ भन्नेबारे लामो बखान गरेँ। मैले जोड दिएका हरेक कुरा मैले के गरेकी थिएँ भन्नेबारे मात्र हुन्थ्यो, ताकि सबैले मलाई नयाँ दृष्टिकोणले हेरून्। म आफूलाई प्रदर्शन गर्नका लागि मैले आफ्नो परिवारबाट पाएको सतावट कसरी अनुभव गरेकी थिएँ भन्नेबारे कुरा गर्ने मौका पनि बारम्बार छोप्थेँ। मैले कसरी सतावट पाएकी थिएँ र कति धेरै दुःख भोगेकी थिएँ भन्नेबारे म धेरै विस्तृत रूपमा कुरा गर्थेँ, तर आफ्ना कमजोरीहरूबारे भने हल्का रूपमा कुरा गर्थेँ। म मैले आफ्नो कर्तव्य कसरी त्यागेकी थिएँ र परमेश्वरलाई कसरी धोका दिएकी थिएँ भन्नेबारे एउटा शब्द पनि उल्लेख गर्दिनथेँ, ताकि सबैले ममा कद छ र मलाई कुराहरू कसरी अनुभव गर्ने भन्ने थाहा छ भन्ने ठानून्। म कर्तव्य निर्वाह गर्ने क्रममा मैले कसरी दुःख भोगेँ र मूल्य चुकाएँ भन्ने कुरा पनि बारम्बार प्रदर्शन गर्थेँ, र जानेरै सकारात्मक अभ्यास र प्रवेशको बाटोबारे बढी कुरा गर्थेँ। म मानिसहरूले गलत रूपमा म उनीहरूभन्दा बढी सत्यता पछ्याउँछु र मसँग वास्तविकता छ भनी ठानून् भनेर आफ्ना नकारात्मकता र कठिनाइहरू गुपचुप राख्थेँ। म ब्रदर-सिस्टरहरूलाई ठग्न र आँखामा छारो हाल्न यी भ्रमहरूको प्रयोग गर्थेँ। म साँच्चै नै एकदमै दुष्ट र नीच थिएँ! मेरा ब्रदर-सिस्टरहरू मेरो सम्मान र प्रशंसा गर्थे किनभने मैले उनीहरूलाई झुक्याएँ। म वास्तविक काम गर्न असक्षम भएका कारण मण्डलीले मलाई सिद्धान्तहरूअनुसार बर्खास्त गर्दा समेत उनीहरू मेरो सुरक्षाका लागि बोले। यी सबै म आफैँलाई उचाल्ने र आफ्नो प्रदर्शन गर्ने कार्यका परिणामहरू थिए। यो कसरी आफ्नो कर्तव्य निर्वाह गर्नु हुन सक्थ्यो र? म त खुलेआम परमेश्वरको विरोध गरिरहेकी थिएँ र मेरा ब्रदर-सिस्टरहरूलाई हानि पुऱ्याइरहेकी थिएँ! मैले कसरी म अगुवा हुँदा मैले आफ्ना ब्रदर-सिस्टरहरूको कुनै भलो गरेकी थिइनँ, बरु उनीहरूलाई भ्रममा पार्ने र हानि पुर्याउने कार्य गरेकी थिएँ भन्नेबारे सोचेँ, र मलाई हृदयमा साह्रै दुःख लाग्यो।
त्यो अवधिमा, म हरेक दिन परमेश्वरलाई निष्ठापूर्वक प्रार्थना गर्थेँ, आफ्ना समस्याहरू समाधान गर्न परमेश्वरको मद्दत माग्थेँ, एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “केही मानिसहरूले विशेष गरी पावलकै मूर्तिपूजा गर्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरू आयोजना गर्न र प्रचार गर्न मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको मूर्तिपूजा गरेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरू आफूले प्रस्तुत गर्ने छविलाई अरूले ध्यान दिएको मन पराउँछन्। अब यी प्रकटीकरणहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरू साँच्चै यी प्रकटीकरणहरू देखाउँछन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन्, तिनीहरू परमेश्वरको आराधना पटक्कै गर्दैनन्, र तिनीहरूले उच्च हैसियत पछ्याउँछन् र अरूमाथि अख्तियार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् भन्ने कुरा देखाउन यो नै पर्याप्त छ। यो शैतानको प्रतिनिधिमूलक प्रतिरूप हो। तिनीहरूको प्रकृतिका सहजै देख्न सकिने पक्षहरू भनेका के हुन् भने, तिनीहरू अहङ्कारी र अभिमानी हुन्छन्, तिनीहरूले परमेश्वरको आराधना गर्दैनन्, र तिनीहरू अरूलाई आफ्नो आराधना गराउने प्रयास गर्छन्। त्यस्ता प्रकटीकरणहरूले तिनीहरूको प्रकृतिका बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको विरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरू मनन गर्दा, मैले मेरो प्रकृति अति नै अहङ्कारी भएको कारण म सधैँ मानिसहरू मवरिपरि घुमिरहून् भन्ने चाहन्थेँ भन्ने महसुस गरेँ। मैले आफ्नो पहिचान वा हैसियत बुझिनँ, र म एक साधारण व्यक्ति भएर, स्थिर भई आफ्नो कर्तव्य निर्वाह गर्न तयार थिइनँ। बरु, म जहाँ गए पनि, मानिसहरूले मेरो प्रशंसा गरून् र मलाई पुजून् भन्ने चाहन्थेँ। यो उद्देश्य हासिल गर्नका लागि, म आफूलाई प्रदर्शन गर्न भेलाहरूमा लगातार वचन र धर्मसिद्धान्तहरू फलाक्थेँ, ताकि मानिसहरूले ममा सत्यता वास्तविकता छ भन्ने ठानून्। म निरन्तर कसरी म समस्याहरू समाधान गर्न सक्छु, दुःख सहन सक्छु, र आफूलाई समर्पित गर्न सक्छु भन्ने कुरा पनि प्रदर्शन गर्थेँ। म आफूले प्रकट गरेका भ्रष्टताहरू र मेरा नकारात्मकता अनि कमजोरीहरूलाई जानेरै गुपचुप राख्थेँ। म आफ्ना ब्रदर-सिस्टरहरूको प्रशंसा छलपूर्वक जित्नका लागि उनीहरूका अगाडि आफूलाई उच्च सङ्कल्प भएकी र लगनशील भई सत्यता पछ्याउने व्यक्ति भनेर भ्रमपूर्वक आफूलाई प्रस्तुत गर्थेँ। यसले गर्दा मेरा ब्रदर-सिस्टरहरूले ममा सत्यता वास्तविकता छ र म समस्याहरू समाधान गर्न सक्छु भन्ने ठाने। जब उनीहरूलाई समस्या पर्थ्यो, उनीहरू परमेश्वरलाई प्रार्थना गर्ने र सत्यता खोज्ने गर्दैनथे, बरु समाधानका लागि ममा भर पर्थे। मलाई बर्खास्त गरिएपछि उनीहरूले आफूलाई अन्याय लागेको कुराको विरुद्धमा लड्ने समेत गरे। यसबारे सोच्दा, म मण्डलीमा अगुवा थिएँ। रिपोर्टपत्रहरू सम्हाल्ने र समस्याहरू समाधान गर्ने जस्ता कुराहरू सबै मेरो मुख्य कामका हिस्सा थिए। यसबाहेक, ममा परमेश्वरको अगुवाइ अनि मेरा ब्रदर-सिस्टरहरूको सङ्गति र सहायता भएको कारणले मात्र मैले त्यो कुरा राम्ररी सम्हाल्न सकेकी थिएँ। तब मात्र यी नतिजाहरू हासिल गर्न सकिन्थ्यो। मैले आफैँमा भर परेर त केही पनि हासिल गर्न सक्ने थिइनँ। मसँग प्रदर्शन गर्न लायक कुनै आधार नै थिएन। यसबाहेक, आफ्नो परिवारबाट सतावट भोग्दा मैले केही दुःख त पाएँ, तर यदि कोही परमेश्वरमा विश्वास गर्छ र चिनियाँ कम्युनिस्ट पार्टीको शासन भएको देशमा परमेश्वरलाई पछ्याउँछ भने, उसले यी कठिनाइहरू भोग्नैपर्छ। यो पनि मेरो मुक्तिकै खातिर हो। अझ भन्नुपर्दा, म प्रायः कमजोर र नकारात्मक हुन्थेँ, र एकचोटि त मैले आफ्ना कर्तव्य पनि छोडेँ र परमेश्वरलाई धोका दिएँ। यदि परमेश्वरका वचनहरूको अगुवाइ नभएको भए, म आफैँमा दृढ रहन सक्ने थिइनँ। तर, मैले परमेश्वरलाई उचालिनँ र परमेश्वरको गवाही दिइनँ। बरु, मैले आफैँलाई उचालेँ। म सबैले मेरो प्रशंसा गर्दा खुसी हुन्थेँ र रमाइलो मान्थेँ। मलाई साँच्चै अलिकति पनि लज्जा थिएन! मैले मेरो हृदयमा परमेश्वरका लागि कुनै ठाउँ रहेनछ, न त ममा परमेश्वरको डर मान्ने हृदयको कुनै सङ्केत नै रहेछ भन्ने देखेँ। म खुलेआम एक भ्रष्ट व्यक्ति थिएँ, र ममा सत्यता वास्तविकता पटक्कै थिएन, तैपनि म अझै लुकेर आफैँलाई उचाल्ने र आफ्नो प्रदर्शन गर्ने तरिकाहरू खोज्थेँ, र आफ्ना ब्रदर-सिस्टरहरूको हृदयमा आफ्नो लागि ठाउँ बनाउन चाहन्थेँ। म साँच्चै नै अति अहङ्कारी र समझविहीन व्यक्ति थिएँ! त्यसपछि मैले पावलका बारेमा सोचेँ-उनी असाध्यै अहङ्कारी र अभिमानी थिए। उनी मानिसहरू सधैँ उनको प्रशंसा गरून् र उनलाई पुजून् भन्ने चाहन्थे। अलिकति काम गर्नेबित्तिकै, उनी आफूले कसरी दुःख पाएका थिए र उनी कति बफादार थिए भन्ने कुरा प्रदर्शन गरिहाल्थे, तर उनले कहिल्यै प्रभु येशूका वचनहरूको गवाही दिएनन्। अन्तमा, उनले, “मेरा निम्ति जिउनु नै ख्रीष्ट हो” समेत भने। यो चरम अहङ्कारी र ईश्वरनिन्दायुक्त कुरा हो। उनले परमेश्वरको स्वभावलाई चिढ्याए र परमेश्वरको धर्मी दण्ड निम्त्याए। परमेश्वरका वचनहरूको खुलासाद्वारा, मैले अन्तत: के देखेँ भने कामकुरा गर्ने मेरो व्यवहार र मैले प्रकट गरेको स्वभाव पावलको जस्तै थियो। म परमेश्वरको विरोध गर्दै ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी थिएँ। परमेश्वरले यसको निन्दा गर्नुभएको थियो। म आफ्नो हृदयमा त्रसित थिएँ। मैले परमेश्वरमा विश्वास गरेको निकै वर्षपछि मेरो अन्त्य परमेश्वरको विरोध गर्ने व्यक्तिको रूपमा अन्त्य हुनेछ भन्ने सोचेकी थिइनँ। के परमेश्वरले मलाई अझैपनि मुक्ति दिनुहोला? के उहाँ यो बर्खास्तीको प्रयोग मलाई प्रकट गर्न र हटाउनका लागि गर्नुहोला? मैले जति धेरै सोचेँ, म त्यति नै व्याकुल भएँ। त्यसैले, मैले मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म परमेश्वरको अभिप्राय बुझ्न सकूँ भन्दै उहाँलाई प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका वचनहरूका दुई खण्डहरू पढेँ: “मानिसहरू विशेष गरी आफ्नो परिणाम र गन्तव्यप्रति, र आफ्नो कर्तव्यको हेरफेर र आफ्नो कर्तव्यबाट बर्खास्त हुनुप्रति संवेदनशील हुन्छन्। केही मानिसहरू त्यस्ता कुराहरूबारे बारम्बार झट्टै गलत निष्कर्षमा पुग्छन्, तिनीहरू कर्तव्यबाट बर्खास्त हुने र तिनीहरूसँग कुनै हैसियत नहुनेबित्तिकै, वा परमेश्वरले तिनीहरूलाई मन पराउँदिनँ वा अबउप्रान्त चाहँदिनँ भन्नेबित्तिकै तिनीहरूका निम्ति सबै कुरा समाप्त हुन्छ भनी सोच्छन्। तिनीहरूले गर्ने फैसला यही हो। अनि, तिनीहरू यस्तो विश्वास गर्छन्, ‘परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, परमेश्वरले मलाई चाहनुहुन्न, र मेरो परिणाम निर्धारित भइसकेको छ, त्यसैले अब जिइरहनुको के अर्थ?’ यस्ता सोचहरू सुन्दा अरूलाई ती तर्कसङ्गत र मर्यादापूर्ण लाग्छन्—तर वास्तवमा यो कस्तो खाले सोचाइ हो? यो परमेश्वरविरुद्धको विद्रोहीपन हो, यो आफूलाई निराशामा डुबाउनु हो। अनि, तिनीहरू किन आफूलाई निराशामा डुबाउँछन्? किनभने तिनीहरू परमेश्वरका अभिप्राय बुझ्दैनन्, तिनीहरू परमेश्वरले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनी प्रस्टसित बुझ्न सक्दैनन्, र तिनीहरूमा परमेश्वरमाथिको साँचो आस्था हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। “परमेश्वरबाट निन्दाको एउटा अभिव्यक्ति सुन्दा नै तैँले सोच्छस् कि, परमेश्वरबाट निन्दित भएपछि मानिसहरू परमेश्वरद्वारा त्यागिएका हुन्छन्, र अब तिनीहरूले मुक्ति पाउनेछैनन्, र यही कारणले तँ नकारात्मक बन्छस्, र तैँले आफूलाई निराशामा डुबाउँछस्। यो परमेश्वरको गलत व्याख्या गर्नु हो। खासमा, परमेश्वरले मानिसहरूलाई त्याग्नुभएको हुँदैन। तिनीहरू आफैले परमेश्वरको गलत व्याख्या गरेर आफूलाई त्यागेका हुन्छन्। मानिसहरूले आफैलाई त्याग्नुभन्दा गम्भीर कुरा केही हुँदैन, र यो कुराले पुरानो करारको यो वचन चरितार्थ गर्छ: ‘मूर्खहरू बुद्धिको चाहनामा मर्छन्’ (हितोपदेश १०:२१)। मानिसहरूले आफूलाई निराशामा डुबाउनुभन्दा मूर्ख व्यवहार केही हुँदैन। कहिलेकाहीँ तैँले परमेश्वरका त्यस्ता वचनहरू पढ्छस् जसले मानिसहरूबारे फैसला गर्नेजस्तो देखिन्छ; खासमा, तिनले कसैका बारेमा फैसला गरिरहेका हुँदैनन्, बरु ती परमेश्वरका इच्छाहरू र विचारहरूका अभिव्यक्ति हुन्। ती सत्यता र सिद्धान्तका वचन हुन्, तिनले कसैका बारेमा फैसला गरिरहेका हुँदैनन्। रिस र आक्रोशको समयमा परमेश्वरले बोल्नुभएका वचनले पनि परमेश्वरको स्वभाव प्रतिनिधित्व गर्छन्, ती वचनहरू सत्यता हुन्, साथै सिद्धान्त हुन्। मानिसहरूले यो कुरा बुझ्नैपर्छ। परमेश्वरले यसो भन्नुको उद्देश्य मानिसहरूलाई सत्यता र सिद्धान्तहरू बुझ्न दिनु हो; यो कसैका बारेमा फैसला गर्नु पटक्कै होइन। मानिसहरूको अन्तिम गन्तव्य र इनामसँग यसको कुनै सम्बन्ध छैन, ती कुरा झन् मानिसहरूको अन्तिम दण्ड हुने त कुरै भएन। ती त मानिसहरूलाई न्याय र काँटछाँट गर्न बोलिएका वचन मात्र हुन्, ती उहाँका अपेक्षा पूरा नगर्ने मानिसहरूप्रतिको रिसका परिणाम हुन्, ती मानिसहरूलाई जगाउन र उक्साउन बोलिएका हुन्, र ती परमेश्वरको हृदयका वचनहरू हुन्। तर अझै पनि, कतिपय मानिसहरू परमेश्वरको न्यायको एउटै अभिव्यक्तिको कारण पछारिन्छन् र परमेश्वरलाई त्याग्छन्। यस्ता मानिसहरूलाई आफ्नो लागि के ठिक हुन्छ भन्ने नै थाहा हुँदैन, तिनीहरू समझप्रतिरोधी हुन्छन्, र बिलकुलै सत्यता स्विकार्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। परमेश्वरका वचनहरूबाट, मैले परमेश्वरको श्रमसाध्य अभिप्राय बुझेँ। हामीमा असफलता र प्रकटित हुने कुरा आइपर्नुको मतलब हामीलाई हटाइनेछ भन्ने होइन। यदि हामी असफलताबिच सत्यता खोज्न सक्छौँ, पाठ सिक्न सक्छौँ, र साँचो रूपमा पश्चात्ताप गर्न सक्छौँ भने, यो हाम्रा लागि मुक्ति हो। मैले म कसरी आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ आफैँलाई उचाल्थेँ र आफ्नो प्रदर्शन गर्थेँ भन्नेबारे सोचेँ। सुरुदेखि नै, म थाहा नपाईकन नै ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी रहेछु। यस पटक आफू बर्खास्त हुँदा, मैले वास्तविक काम गर्न नसकेकीले मेरो कर्तव्य फेरबदल गरिनेछ र त्यो ठीकै हुनेछ भन्ने मैले सोचेँ। मैले आफैँबारे पटक्कै चिन्तन गरिनँ। जब अगुवाहरूले मलाई आत्मचिन्तन गर्न सम्झाए, र परमेश्वरका वचनहरूको खुलासा भयो, तब मात्र मैले म धेरै अघिदेखि नै गलत बाटोमा हिँडिरहेकी रहेछु, र दुष्ट काम गर्दै परमेश्वरको विरोध गरिरहेकी रहेछु भन्ने बुझेँ। म साँच्चै नै धेरै चेतनाविहीन थिएँ! मेरा लागि, यो बर्खास्ती एउटा ठूलो सुरक्षा थियो। म दुष्ट काम गरिरहेकी थिएँ र यसले मलाई मेरो बाटोमै रोकिदियो। नत्रभने, म अन्ततः दण्डित हुने थिएँ र अझै पनि के भइरहेको छ भन्नेबारे बेखबर हुने थिएँ। मैले असफलता र प्रकटित हुनुको अर्थ हटाउनु होइन—बरु, यो त मलाई आफैँलाई बुझ्न र पश्चात्ताप तथा परिवर्तन हासिल गर्न मद्दत गर्ने कुरा हो भन्ने देखेँ। मैले परमेश्वरको श्रमसाध्य अभिप्राय अनुभव गरेँ, र म धेरै भावविह्वल भएँ। मैले परमेश्वरको विरोध गर्ने धेरै कामहरू गरेकी थिएँ तर उहाँले अझै पनि मेरो मुक्तिलाई त्याग्नुभएन। यो साँच्चै परमेश्वरको प्रेम थियो! मैले परमेश्वरलाई गलत रूपमा बुझ्न छोडेँ, र परमेश्वरसामु पश्चात्ताप गर्न तयार भएँ।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “परमेश्वरको गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति भ्रष्टता प्रकट गरेका छौ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ, अन्त्यमा तिमीहरू परमेश्वरद्वारा कसरी विजय गरियौ, तिमीहरूले परमेश्वरको कामको कति वास्तविक ज्ञान प्राप्त गरेका छौ, र तिमीहरूले परमेश्वरको प्रेम चुकाउन कसरी उहाँको गवाही दिनुपर्दछ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा ठोसता प्रदान गर्नुपर्छ, जबकि सरल तरिकाले बोल्नुपर्छ। रित्ता सिद्धान्तहरूका बारेमा कुरा नगर। व्यावहारिक तरिकाले बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि सबैभन्दा उपयुक्त देखिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। “त्यसोभए, कसरी कार्य गर्नुचाहिँ आफूलाई उच्च नपार्नु र आफूबारे गवाही नदिनु हो? यदि तैँले कुनै मामलाको सम्बन्धमा रवाफ देखाउँछस् र आफूबारे गवाही दिन्छस् भने, तैँले केही मानिसहरूलाई तँलाई राम्रो ठान्न र तेरो आराधना गर्न लगाउने परिणाम प्राप्त गर्नेछस्। तर यदि तैँले त्यही मामलाका सम्बन्धमा आफूलाई उदाङ्गो पार्छस् र आफ्नो आत्मज्ञान बाँड्छस् भने, यसको प्रकृति फरक हुन्छ। के यो साँचो होइन र? आफूलाई उदाङ्गो पार्नु र आफ्नो आत्मज्ञान साझा गर्नु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो। यो एउटा सकारात्मक कुरा हो। यदि तँ आफूलाई साँच्चिकै जान्दछस् र आफ्नो स्थितिबारे ठिक किसिमले, साँचो रूपमा र प्रस्टताका साथ बोल्छस् भने; यदि तैँले पूर्णतया परमेश्वरका वचनहरूमा आधारित ज्ञान साझा गर्छस् भने; यदि तेरो कुरा सुन्नेहरूलाई त्यसबाट शिक्षा र लाभ मिल्छ भने; अनि यदि तँ परमेश्वरको कामको गवाही दिन्छस् र उहाँलाई महिमित तुल्याउँछस् भने, त्यो नै परमेश्वरबारे गवाही दिनु हो। … मानिसहरूले आफूलाई उच्च पारिरहेका र आफूबारे गवाही दिइरहेका छन् कि छैनन् भनी खुट्ट्याउने कडी नै वक्ताको अभिप्रायलाई हेर्नु हो। यदि तेरो अभिप्राय भनेको तैँले प्रकट गरेको भ्रष्टता, र तँ कसरी बदलिएको छस् भनी सबैलाई देखाउनु, र तिनीहरूलाई यसबाट लाभ लिन मदत गर्नु हो भने, तेरा शब्दहरू गम्भीर र साँचो हुन्, र ती तथ्यहरूसँग मिल्दो छन्। यस्तो अभिप्राय सही हो, र तैँले रवाफ देखाइरहेको वा आफूबारे गवाही दिइरहेको छैनस्। यदि तेरो अभिप्राय नै तिनीहरूले तँलाई राम्रो मानून् र तेरो आराधना गरून् भन्नका लागि तँसित वास्तविक अनुभवहरू छन्, तँ बदलिएको छस् र तँसित सत्यता वास्तविकता छ भनेर सबैलाई देखाउनु हो भने, यो अभिप्राय गलत छ। त्यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु हो। यदि तैँले भन्ने गरेको अनुभवात्मक गवाही झूटो, दूषित छ, र त्यसको उद्देश्य मानिसहरूलाई छल्ने, तिनीहरूलाई तेरो साँचो स्थिति हेर्नबाट रोक्ने, र तेरा अभिप्रायहरू, भ्रष्टता, कमजोरी, वा नकारात्मकता अरूसामु खुलासा हुनबाट रोक्ने हो भने, यसरी बोल्नु भनेको मानिसहरूलाई छल गर्नु र भ्रममा पार्नु हो। यो झूटो गवाही दिनु हो, यो परमेश्वरलाई छल गर्ने प्रयास हो, यो परमेश्वरको बेइज्जत गर्नु हो, र परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने कुरा यही हो। यी स्थितिहरूबीच प्रस्ट भिन्नताहरू छन्, र ती सबैलाई अभिप्रायहरूका आधारमा खुट्ट्याउन सकिन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्वरका वचनहरूबाट, मैले अभ्यासको मार्ग भेट्टाएँ। आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले सही अभिप्राय राख्नैपर्छ, र जानेरै परमेश्वरलाई उचाल्नुपर्छ, परमेश्वरको गवाही दिनुपर्छ, र आफ्नो हृदयमा परमेश्वरलाई नै महान् मानेर सम्मान गर्नुपर्छ। आफ्ना अनुभवबारे कुरा गर्दा, ममा परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। चाहे त्यो मेरो आफ्नै नकारात्मकता र कमजोरी होस्, वा मेरो आफ्नै भ्रष्टताको प्रकटीकरण होस्, म सधैँ यसबारे खुलस्त हुनुपर्छ र यसलाई उदाङ्गो पार्नुपर्छ, ताकि मेरा ब्रदर-सिस्टरहरूले यस प्रकारको भ्रष्ट स्वभावबारे खुट्याइ प्राप्त गरून्, यसलाई कसरी बुझ्ने र समाधान गर्ने भन्ने जानून्, र मेरा अनुभवबाट शिक्षा र फाइदा लिन सकून्। यसबाहेक, मैले आफैँलाई खुलस्त र उदाङ्गो पार्दा, मेरा ब्रदर-सिस्टरहरूले मेरो वास्तविक कद र मेरो भ्रष्टताको सत्यता स्पष्ट रूपमा देख्न सक्नेछन्, उनीहरूले ममा अरूले प्रकट गर्ने थुप्रै भ्रष्टता छ, मेरा केही भ्रष्ट स्वभावहरू अन्य मानिसहरूका भन्दा गम्भीर हुन सक्छन्, र म अरूको प्रशंसा र पूजा पाउनका लागि पटक्कै योग्य छैन भन्ने पनि देख्नेछन्। यसरी अभ्यास गर्नु भनेको आफैँलाई सुरक्षित राख्नु पनि हो।
जब मैले यो कुरा बुझेँ, तब मैले कसरी अगुवाहरूले सबैमा मलाई खुट्याउने क्षमताको अभाव छ भनेका थिए र मलाई आत्मचिन्तन गर्न आग्रह गरेका थिए भन्ने कुरा सम्झिएँ। त्यसैले म भेलाहरूमा यस अवधिको मेरो आत्म-चिन्तन र आत्म-ज्ञानबारे खुलासा गर्न र मैले प्रकट गरेको भ्रष्टतालाई उदाङ्गो पार्न चाहन्थेँ। यसरी, सबैले मलाई खुट्याउन सक्ने थिए। तर, जब वास्तवमै बोल्ने समय आयो, मेरो हृदयमा अलिकति द्विविधा भयो, “यदि मेरा ब्रदर-सिस्टरहरू सबैले मैले प्रकट गरेका यी कुराहरू र मेरा व्यवहारहरूबारे थाहा पाए भने, उनीहरूले मेरो बारेमा के सोच्लान्? के उनीहरूले म सुरुदेखि नै एउटा पाखण्डी थिएँ भन्लान्? के उनीहरूले मलाई अस्वीकार गर्लान्?” त्यसपछि म खुल्न र सङ्गति गर्न अलि अनिच्छुक भएँ। त्यतिबेला, मलाई निनवेका मानिसहरूको पश्चात्तापबारे परमेश्वरको सङ्गति याद आयो। परमेश्वर भन्नुहुन्छ: “‘आफ्नो दुष्ट मार्गबाट फर्कून्’ भनेको यस्ता कार्य गर्ने मानिसहरूले फेरि कहिल्यै यस्ता कार्य गर्नेछैनन् भन्ने हो। अर्को शब्दमा भन्दा, तिनीहरूले फेरि कहिल्यै यस्तो दुष्ट व्यवहार गर्नेछैनन्; तिनीहरूको कार्यको विधि, स्रोत, मनोसाय, अभिप्राय र सिद्धान्त सबै परिवर्तन भएका छन्; तिनीहरूले आफ्नो हृदयमा आनन्द र खुसी ल्याउनको लागि ती विधि र सिद्धान्तहरूलाई फेरि कहिल्यै प्रयोग गर्नेछैनन्। ‘आफ्नो हातमा भएका हिंसाबाट फर्कून्’ भन्ने पदावलीको ‘फर्कून्’ भन्ने शब्दले विगतलाई छोड्नु, वा पन्छाउनु, विगतसँग पूर्ण रूपमा सम्बन्ध तोड्नु र फेरि कहिल्यै पछि नफर्कनु भन्ने अर्थ दिन्छ। जब निनवेका मानिसहरूले आफ्ना हातका हिंसालाई त्यागे, यसले तिनीहरूको साँचो पश्चात्तापलाई प्रमाणित र प्रतिनिधित्व गर्यो। परमेश्वरले मानिसहरूको बाहिरी रूपका साथै तिनीहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ। जब परमेश्वरले निनवेवासीको हृदयको साँचो पश्चात्तापलाई कुनै प्रश्न नउठाई अवलोकन गर्नुभयो र तिनीहरूले आफ्ना दुष्ट मार्गलाई र आफ्नो हातका हिंसालाई त्यागिसकेको अवलोकन गर्नुभयो, तब उहाँले आफ्नो हृदय परिवर्तन गर्नुभयो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। निनवेका मानिसहरूले भाङ्ग्रा र खरानीमा बसी परमेश्वरसामु पश्चात्ताप गरे। उनीहरूले आफ्ना विगतका दुष्ट मार्गहरू त्यागे र फेरि कहिल्यै दुष्ट कामहरू गरेनन्। अन्तमा, उनीहरूले परमेश्वरको कृपा प्राप्त गरे। यसको ठीक विपरीत, म पश्चात्ताप गर्न तयार छु मात्र भन्थेँ। तर जब वास्तवमै त्यस्तो परिस्थिति आयो, म फेरि पनि आफ्नो इज्जत जोगाउन चाहन्थेँ। यो साँचो पश्चात्ताप थिएन! मैले आफ्नो इज्जतको ख्याल छोड्नैपर्छ, र मेरा ब्रदर-सिस्टरहरूसँग आफ्नो भ्रष्टताको सत्यताबारे खुलस्त हुनैपर्छ। मैले सबैलाई मेरो साँचो कद स्पष्ट रूपमा देख्न दिनुपर्छ, ताकि उनीहरूले अब उप्रान्त मेरो प्रशंसा वा पूजा नगरून्, र मेरो असफलताबाट परमेश्वरको धार्मिकता बुझून् र यसबाट चेतावनी लिऊन्। जब मैले यो महसुस गरेँ, तब अगुवा भएदेखि यता मैले के प्रकट गरेकी थिएँ र कस्तो व्यवहार गरेकी थिएँ भन्नेबारे मैले खुलेर सङ्गति गरेँ: मैले कसरी आफैँलाई उचालेकी थिएँ र आफ्नो प्रदर्शन गरेकी थिएँ। सङ्गति गरिसकेपछि, मेरो हृदयले असाध्यै हल्का महसुस गऱ्यो।
केही दिनपछि, माथिल्लो तहका अगुवाहरूले मेरो लागि एउटा कर्तव्यको बन्दोबस्त गरिदिए। त्यतिबेला, म यति उत्साहित भएँ कि म रोएँ। मैले जब म साँचो रूपमा परमेश्वरसँग पश्चात्ताप गर्छु, तब म उहाँको मुस्कुराएको मुहार देख्नेछु भन्ने कहिल्यै सोचेकी थिइनँ। परमेश्वरले मलाई त्याग्नुभएन, न त उहाँले मेरा अपराधहरूअनुसार मलाई व्यवहार गर्नुभयो। म अत्यन्तै भावविह्वल भएँ। मैले मनमनै सङ्कल्प गरेँ, “भविष्यमा, आफ्नो कर्तव्य निर्वाह गर्दा ममा परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ, मैले जानेरै परमेश्वरलाई उचाल्नुपर्छ, परमेश्वरको गवाही दिनुपर्छ, सत्यता पछ्याउन आफ्नो सक्दो प्रयास गर्नुपर्छ, व्यावहारिक भएर आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ, र आफ्नो प्रदर्शन गर्न छोड्नुपर्छ।” पछि, जब मैले आफ्ना कर्तव्यहरू पूरा गरेँ, मैले धेरै संयम देखाएँ। हरेक पटक जब म आफ्नो प्रदर्शन गर्न चाहन्थेँ, म सचेत भई परमेश्वरलाई प्रार्थना गर्थेँ, उहाँको छानबिन स्वीकार गर्थेँ, आफ्ना गलत अभिप्रायहरूविरुद्ध विद्रोह गर्थेँ, र अब उप्रान्त आफ्ना भ्रष्ट स्वभावहरू पछ्याउँदै काम गर्दिनथेँ। जब मैले यसरी अभ्यास गरेँ, मैले हृदयमा धेरै शान्ति महसुस गरेँ।