४८. मेरो अन्तर्मुखी व्यक्तित्वले अब मलाई नकारात्मक बनाउँदैन
म सानैदेखि अन्तर्मुखी थिएँ, र विद्यालयमा आफ्ना सबै सहपाठीलाई चिन्नसमेत सक्दिनथेँ। मेरा धेरै साथी थिएनन्, र म अरूसँग धेरै घुलमिल हुन चाहन्नथेँ, किनकि मलाई कुरा गर्नुपर्ने केही छैन जस्तो लाग्थ्यो। बिस्तारै, म अपरिचितहरूसँग कुराकानी गर्न एकदमै डराउने भएँ, र धेरै मानिस हुँदा म एकदमै घबराउँथेँ अनि बोल्न झनै अनिच्छुक हुन्थेँ, किनकि मैले केही गलत बोलेँ भने अरूको अगाडि म लज्जित हुन्छु कि भन्ने मलाई डर लाग्थ्यो।
म माध्यमिक विद्यालयमा हुँदा, मेरो परिवार र मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्यौँ। पछि, मैले मण्डलीमा ग्राफिक डिजाइन गर्ने तालिम लिएँ, जुन प्रायः कम्प्युटरको अगाडि बस्नुपर्ने कर्तव्य थियो। बढीमा, म भेलाहरूमा आफ्नो स्थितिका बारेमा कुरा गर्थेँ, तर मैले अरूसँग त्यति धेरै अन्तरक्रिया गर्नु पर्दैनथ्यो, र त्यसैले म आफ्नो अन्तर्मुखी व्यक्तित्वद्वारा त्यति धेरै नियन्त्रित भइनँ। सन् २०२२ मा, मैले मलजल गर्ने कर्तव्य लिएँ। सुरुमा, सिस्टर जियायिन र म नयाँ विश्वासीहरूसँग एकसाथ भेला हुन्थ्यौँ। जियायिन फिटिक्कै लजाउँदिनथिन्। यसको विपरीत, उनी नयाँ विश्वासीहरूसँग बातचित गर्न एकदमै सिपालु थिइन्, र बातचित गर्दा, उनी नयाँ विश्वासीहरूका स्थिति र समस्याहरू बुझ्न सक्थिन्, अनि त्यसपछि उनी तिनीहरूसँग सङ्गति गर्न परमेश्वरका वचनहरूका सान्दर्भिक खण्डहरू खोज्थिन्। नयाँ विश्वासीहरू उनलाई एकदमै मन पराउँथे र उनीसँग कुराकानी गर्न इच्छुक हुन्थे। हरेकपटक यो देख्दा, मलाई एकदमै ईर्ष्या लाग्थ्यो। मलाई म उनीजस्तै बहिर्मुखी हुन पाए र मानिसहरूसँग यति सजिलै कुरा गर्न सक्ने भए हुन्थ्यो भन्ने चाह हुन्थ्यो। मेरा लागि, यो एकदमै गाह्रो कुरा थियो, र म मेरी सिस्टरले यो कसरी यति सजिलै गर्न सक्छिन् भनेर सोच्थेँ। म छेउमा बसेर उनीहरूले बातचित गरेको हेर्थेँ, र मलाई सधैँ आफू उनीहरूसँग घुलमिल हुन सक्दिनँ जस्तो लाग्थ्यो, यसले गर्दा म दुःखी हुन्थेँ। कहिलेकाहीँ, जियायिन मलाई बोल्न अनुरोध गर्थिन्। म नयाँ विश्वासीहरूका प्रश्नहरूबारे थोरै सङ्गति त गर्न सक्थेँ, तर बोल्न थाल्नेबित्तिकै, म भकभकाउँथेँ र कुरा दोहोर्याइरहन्थेँ। म आफूले भन्न चाहेको कुरा कहिल्यै राम्ररी व्यक्त गर्न सक्दिनथेँ। मलाई लाग्थ्यो, मेरो क्षमता यति कमजोर छ कि म राम्ररी बोल्नसमेत सक्दिनँ, र यदि मेरी सिस्टरले मलाई नयाँ विश्वासीहरूको जिम्मा लगाइन् भने मैले उनीहरूलाई के भन्ने भनेर सोच्थेँ। नयाँ विश्वासीहरूसँग एक्लै भेला हुनुपर्छ भन्ने सोचले नै म घबराउँथेँ, किनकि मलाई आफू राम्ररी नबोलेमा नयाँ विश्वासीहरूले मलाई मन पराउनेछैनन् र उप्रान्त भेला हुन चाहनेछैनन् भन्ने डर लाग्थ्यो। मलाई म आफ्नो कुराकानी गर्न नसक्ने समस्याले गर्दा आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ कि भन्ने झनै डर लाग्थ्यो। नयाँ विश्वासीहरूलाई मलजल गर्दा र सुसमाचार प्रचार गर्दा मानिसहरूसँग कुराकानी गर्नुपर्छ, र ममा यही सीपको अभाव छ भन्ने कुरालाई विचार गर्दा, यदि मैले नयाँ विश्वासीहरूलाई मलजल गर्न सकिनँ भने, अरू कर्तव्यहरू पनि राम्ररी निर्वाह गर्न सक्दिनँ भन्ने मलाई लाग्यो, र यसले मलाई यस्तो सोच्न लगायो, “यदि मसँग गर्नका लागि कर्तव्य छैन भने, म कसरी मुक्ति पाउन सक्छु? मेरो भविष्य वा गन्तव्य के हुनेछ?” मैले यो कर्तव्य लिइसकेकी हुनाले, यो कठिनाइ पार गर्ने मार्ग खोज्नैपर्थ्यो। पछि, मैले मेरी सिस्टर अरूसँग कसरी बातचित गर्छिन्, सुरुवातमा के भन्छिन्, नयाँ विश्वासीहरूका कठिनाइहरू कसरी बुझ्छिन् इत्यादि कुराहरू ध्यान दिएर सुन्न थालेँ। मैले नयाँ विश्वीसीहरूलाई भेट्दा आफूले के भन्नुपर्छ भन्ने थाहा होस् भनेर यी कुराहरू कण्ठ गरेँ र मनमा राखेँ। तर जब म वास्तवमै नयाँ मानिसहरूसँग एक्लै भेला हुन गएँ, तब म एकदमै घबराएँ। मेरो मनले साथ नै दिएन, र मैले आफूले कण्ठ गरेका धेरैजसो कुरा बिर्सेँ। मैले केही साहस जुटाएँ र सिस्टरले भनेका कुराहरूको उदाहरण पछ्याउँदै आफूलाई बोल्न बाध्य पारेँ, तर मैले भनेको कुरा साँच्चै फिका लाग्यो। “तपाईँलाई अहिले कस्तो छ?” जस्तो सरल कुरा सोध्दासमेत सिस्टरले भन्दाजस्तो स्वाभाविक रूपमा निस्किएन, र केही शब्द बोलेपछि, त्यहाँ असहज सन्नाटा छायो। मैले आफैलाई तिरस्कार गर्दै सोचेँ, “म बोल्नमा किन यति बेढङ्गी छु? म केही आधारभूत शब्दसमेत राम्ररी भन्न सक्दिनँ!” म साँच्चै आफ्नो अन्तर्मुखी व्यक्तित्व बदल्न चाहन्थेँ, किनकि मलाई आफ्नो व्यक्तित्व बद्लेर मात्र म मलजल गर्ने कर्तव्यका लागि अझ योग्य हुन सक्छु, अनि त्यसपछि मात्र मेरो भविष्य र गन्तव्य सुरक्षित हुनेछ भन्ने लाग्यो। मलाई आफूले सायद पर्याप्त अभ्यास गरेकी छैनँ भन्ने लाग्यो, त्यसैले त्यसबेलादेखि, भेला हुँदैपिच्छे, म नयाँ विश्वासीहरूसँग अझ धेरै कुरा गर्न सक्दो प्रयास गर्थेँ, तर मैले पार पाउनै सकिनँ। त्यसपछि मैले परमेश्वरलाई अझ धेरै प्रार्थना गर्ने, अनि सायद परमेश्वरले मलाई मार्गदर्शन गर्नुभयो भने, म अझ बढी बहिर्मुखी हुनेछु र कुराकानी गर्न सक्षम हुनेछ भन्नेबारे सोचेँ। तर केहीपटक प्रार्थना गरेपछि पनि, मानिसहरूलाई भेट्दा म अझै नघबराई सक्दै सक्दिनथेँ, र बिस्तारै म निराश भएँ, सोचेँ, “मैले यतिका लामो समय अभ्यास गरेपछि पनि किन कुनै परिवर्तन देखेकी छैनँ? म यो कर्तव्य पूरा गर्न चाहन्छु, तर मेरो यो व्यक्तित्व यसका लागि पटक्कै ठिक छैन। परमेश्वरले किन मलाई अलि बढी बहिर्मुखी बनाउनुभएन? यदि मैले जियायिनले जस्तै कुराकानी गर्न सकेकी भए, म यो कर्तव्य पूरा गर्न सक्नेथिएँ, होइन र? यदि मलाई कुराकानी गर्न गाह्रो भइरह्यो भने, के नयाँ विश्वासीहरूले मलाई साँच्चै अप्ठ्यारो मान्छे रहेछ भन्ने सोच्नेछन्? के उनीहरू भविष्यमा मसँग भेला हुन अझै इच्छुक हुनेछन्? यदि मलाई आफ्नो कर्तव्य पूरा गर्न नसकेकामा हटाइयो भने नि?”
एकपटक, एउटी नयाँ विश्वासीसँग केही धारणा थिए, र मण्डली अगुवाहरूले मलाई उनलाई साथ दिन भने। घर पुगेपछि, मैले हतार-हतार सान्दर्भिक सत्यताहरू खोजेँ। मैले तिनको केहीपटक समीक्षा गरेँ र ती कण्ठसमेत गरेँ, तर जब म ती नयाँ विश्वासीको घरमा पुगेँ, तब म यति धेरै घबराएँ कि मेरो मुटु ढुकढुक गरिरहेको थियो, र डरले मुठी कस्दा मेरो हातमा पसिना आइरहेको थियो। ती नयाँ विश्वासीले अरू केही धारणा पनि बताइन्, र ममा ती धारणाहरू कसरी समाधान गर्ने भन्नेबारे केही विचार भए तापनि, म यति धेरै घबराएँ कि मेरो दिमाग नै शून्य भयो, र एक-दुई वाक्य बोलेपछि नै के भन्ने भनेर बिर्सेँ। ती नयाँ विश्वासीका प्रतिक्रियाहरू एकदमै उदासिन थिए। मैले त्यहाँबाट निस्कँदा, मनमनै सोचेँ, “म यो गर्नै जान्दिनँ! मैले पहिले नै राम्ररी तयारी गरेकी थिएँ, तर महत्त्वपूर्ण समयमा, मैले आफूलाई स्पष्ट रूपमा व्यक्त गर्न नै सकिनँ। यो कर्तव्य मजस्तो बोल्न नजान्ने व्यक्तिले गर्न सक्ने कुरा होइन।” मैले यसबारे जति धेरै सोचेँ, म त्यति नै नकारात्मक बनेँ।
केही समयपछि, अगुवाहरूले एउटा पत्र पठाए। त्यसमा मेरो व्यक्तित्व अन्तर्मुखी छ, म अरूसँग कुराकानी गर्न सक्दिनँ, र ममा आफ्नो कर्तव्यमा बोझको बोध छैन भनिएको थियो। र त्यसैले, उनीहरूले मूल्याङ्कन गरेपछि मलाई नयाँ कर्तव्यमा खटाउने निर्णय गरे। मलाई मिश्रित संवेगहरू महसुस भयो, “मजस्तो बोल्न नजान्ने व्यक्तिले नयाँ विश्वासीहरूलाई मलजल गर्नसमेत सक्दैन, झन् सुसमाचार प्रचार गर्नु त परै जाओस्। मसँग अरू कुनै प्रतिभाहरू छैनन्, त्यसैले म अरू कुन कर्तव्य गर्न सक्छु र? परमेश्वरको काम सकिनै लागेको छ, र म कर्तव्यविहीन छु; के यसको अर्थ म हटाइनेछु भन्ने होइन र?” मैले यसबारे जति धेरै सोचेँ, म त्यति नै दुःखी बनेँ, र म यति नकारात्मक भएँ कि मैले परमेश्वरबारे गुनासोसमेत गर्न थालेँ। मैले सोचेँ, “मैले बद्लिन सक्दो प्रयास गरेकी छु, तर म अझै राम्ररी कुराकानी गर्न सक्दिनँ। परमेश्वरले किन मलाई यस्तो व्यक्तित्व दिनुभयो? परमेश्वरले मलाई अझ बढी बहिर्मुखी, अरूसँग कुराकानी गर्न सक्ने बनाउनुपर्थ्यो। तब म आफ्नो कर्तव्य पूरा गर्न सक्नेथेँ।” यसरी सोच्दै गर्दा, म अचानक अलि डराएँ, “के मैले परमेश्वरबारे गुनासो गरिरहेकी छैनँ र?” मैले उप्रान्त यसरी सोच्ने आँट गरिनँ, तर मैले आफ्नो कर्तव्यमा प्रेरणा महसुस गरिनँ। त्यसबेला, एउटी नयाँ विश्वासीको स्थिति खराब थियो, र मैले गएर सङ्गति गर्न र त्यो समाधान गर्न चाहिनँ। मैले ती नयाँ विश्वासीलाई मलजल गर्नका लागि अर्की सिस्टरलाई सुम्पिन लागेकी हुनाले, ती सिस्टरलाई नै उनका समस्याहरू सम्हाल्न दिनुपर्ला भन्ने सोचेँ। मैले यो सोच्दै गर्दा, मलाई केही हदसम्म दोषी महसुस भयो, र मैले यो सही होइन भन्ने बुझेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “परमेश्वर हामीलाई जिउन दिनुहुन्छ, त्यसैले हामीले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ; हामीले जिउने हरेक दिन, त्यो दिनको कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र परमेश्वरले हामीलाई सुम्पनुभएको कुरालाई हामीले आफ्नो प्राथमिक कार्य बनाउनुपर्छ, कर्तव्य निर्वाह गर्नुलाई आफ्नो जीवनको पहिलो प्राथमिकता बनाउनुपर्छ र कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। हामीले सिद्धता नपछ्याए पनि, हामी सत्यतातर्फ लागिपर्नुपर्छ, र परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूमा आधारित भएर कार्य गर्न सक्छौँ, ताकि हामी परमेश्वरलाई सन्तुष्ट पार्न, शैतानलाई लज्जित तुल्याउन, र कुनै पछुतो नगरी बस्न सकौँ। परमेश्वरमा विश्वास गर्नेहरूको आफ्नो कर्तव्यप्रतिको दृष्टिकोण यस्तो हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरूले मलाई परमेश्वर व्यक्तिको आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति र ऊ समर्पित छ कि छैन अनि उसले सक्दो प्रयास गरिरहेको छ कि छैन भन्ने कुरा हेर्नुहुन्छ, र यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर बुझाए। मैले के सोचेँ भने म अन्तर्मुखी र राम्ररी कुराकानी गर्न नसक्ने भएकीले, मैले आफूलाई आफ्नो कर्तव्यमा समर्पित गरिरहेकी छैनँ, र मैले ती नयाँ विश्वासीका समस्याहरू समाधान गर्न सत्यता खोज्ने प्रयास गर्न चाहिनँ। मैले ती नयाँ विश्वासीको जीवनलाई पटक्कै विचार गरिरहेकी थिइनँ। यस्तो मनोवृत्ति भएकाले, ममा जिम्मेवारीको कुनै बोध थिएन, त्यसैले परमेश्वरले मलाई कसरी अनुमोदन गर्न सक्नुहुन्थ्यो र? मलाई नयाँ कर्तव्यमा खटाइएको भए पनि, कर्तव्य हस्तान्तरणका अवधिमा केही काम अझै गर्न आवश्यक थियो। मैले झारा टार्न मिल्दैनथ्यो। मैले ती नयाँ विश्वासीका समस्याहरू छिटो समाधान गर्नुपर्थ्यो र आफ्नो जिम्मेवारीलाई अन्त्यसम्म पूरा गर्नुपर्थ्यो। पछि, मैले ती नयाँ विश्वासीका समस्याहरू समाधान गर्ने उपायहरू खोजेँ, र आश्चर्यजनक रूपमा, मैले ती नयाँ विश्वासीका समस्याहरूलाई ठ्याक्कै सम्बोधन गर्ने एकदमै उपयोगी अनुभवात्मक लेख फेला पारेँ। त्यसपछि मैले ती नयाँ विश्वासीसँग त्यस लेखबाट लेखकका अनुभवहरू सङ्गति गरेँ, र म आफूले भनेका कुराहरूमा त्यति धाराप्रवाह नभए पनि, अन्ततः ती नयाँ विश्वासीका समस्याहरू समाधान भए।
पछि, अगुवाहरूले मैले केही अनुभवात्मक गवाही लेखहरू लेखेकी छु भन्ने देखे र मलाई लेखन-पठनको कर्तव्य निर्वाह गर्न खटाए। तीन महिनापछि, अगुवाहरूले मलाई केही ब्रदर-सिस्टरसँग प्रवचन लेख्ने सिद्धान्तहरू बाँड्न भने। जब मैले आफ्नो व्यक्तित्व र कुराकानी गर्ने असमक्षताबारे सोचेँ, तब मैले सिद्धान्तहरू बताउनु त परै जाओस्, यी कुराहरू म अरूसँग कसरी स्पष्ट रूपमा सङ्गति गर्न सकूँला भनेर सोचेँ। त्यसैले मैले कठोर लबजमा भनेँ, “तपाईँहरू मलाई मैले गर्न नसक्ने कुरा गर्न दबाब दिइरहनुभएको छ! मबाट अरूको प्रगतिमा रोकावट पुग्न सक्छ!” अगुवाहरूले मसँग जसरी सङ्गति गरे पनि, मलाई असक्षम र प्रतिरोध महसुस भयो। अगुवाहरू गएपछि, म शान्त भएँ र मलाई अलि पछुतो र आत्म-ग्लानि महसुस भयो। मैले आफूलाई खटाइएका कर्तव्यहरू सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूको हिस्सा हुन्, र यसरी आफ्नो कर्तव्य अस्वीकार गर्नु परमेश्वरको अभिप्रायअनुरूप होइन भनेर बुझेँ। त्यसपछि, म यो कर्तव्य लिन सहमत भएँ। तर, म अझै पनि आफ्नो अन्तर्मुखी व्यक्तित्वद्वारा बाँधिएकी थिएँ, र मलाई आफूले गरेको हरकुराबारे दिक्दारी महसुस हुन्थ्यो। मैले मनमनै सोचेँ, “जे भए पनि, म आफ्नो पछ्याइमा सफल हुन सक्दिनँ, त्यसैले म केवल श्रमिक हुनेछु। त्यति भए पुग्छ।” यो मानसिकता गलत हो भन्ने मलाई थाहा भए तापनि, यसलाई कसरी बदल्ने भनेर मलाई थाहा थिएन।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ, जसले मलाई साँच्चै मद्दत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले समाधान गर्न नसक्ने केही समस्याहरू छन्। उदाहरणका लागि, तँसँग अरूसँग कुरा गर्दा नर्भस हुने प्रवृत्ति हुन सक्छ; जब तैँले परिस्थितिहरू सामना गर्छस्, तब तँसँग आफ्नै विचार र दृष्टिकोणहरू हुन सक्छन् तर तिनलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनस्। धेरै मानिसहरू उपस्थित हुँदा तँ निकै नर्भस हुन्छस्; तैँले अस्पष्ट रूपमा बोल्छस् र तेरो मुख काँप्छ। कतिपय मानिसहरू त भकभक समेत गर्छन्; अरूका हकमा, यदि विपरीत लिङ्गी सदस्यहरू उपस्थित छन् भने, तिनीहरूको कुरा झनै बुझ्न सकिँदैन, र के भन्ने वा के गर्ने भन्ने तिनीहरूलाई बस थाहा नै हुँदैन। के यसलाई जित्न सजिलो छ? (छैन।) कम्तीमा पनि छोटो अवधिमा, तँलाई यो कमजोरीलाई जित्न सजिलो हुँदैन किनभने यो तेरो जन्मजात अवस्थाको भाग हो। … यदि तैँले छोटो अवधिमा यो खराबी, यो कमजोरीलाई जित्न सक्छस् भने, जित्। यदि यसलाई जित्न गाह्रो छ भने, यसको झमेला नलिई, यसविरुद्ध सङ्घर्ष नगर्, र आफूलाई चुनौती नदे। अवश्य नै, यदि तँ यसलाई जित्न सक्दैनस् भने, तँलाई नकारात्मक महसुस हुनु हुँदैन। तैँले आफ्नो जीवनकालमा यसलाई कहिल्यै जित्न नसके पनि, परमेश्वरले तँलाई निन्दा गर्नुहुनेछैन, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन। मञ्चमा बोल्ने तेरो डर, तेरो नर्भसपन र डर—यी प्रकटीकरणहरूले तेरो भ्रष्ट स्वभाव प्रतिबिम्बित गर्दैनन्; ती जन्मजात भए पनि वा जीवनमा पछि वातावरणले पैदा गरेका भए पनि, बढीमा, ती तेरो मानवताको खराबी, कमजोरी हुन्। यदि तँ यसलाई दीर्घकालमा, वा आफ्नो जीवनकालमा समेत परिवर्तन गर्न सक्दैनस् भने, यसमा एकोहोरो भई नबस्, तँलाई बन्धनमा पार्न नदे, न त तँ यसको कारण नकारात्मक नै बन्नुहुन्छ, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन; यसलाई परिवर्तन गर्ने प्रयास गर्नु वा यसविरुद्ध सङ्घर्ष गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यसलाई परिवर्तन गर्न सक्दैनस् भने, यसलाई स्वीकार गर्, अस्तित्वमा रहन दे, र यसलाई सही रूपमा लिई, किनभने तँ यो खराबी, यो कमजोरीसँग सह-अस्तित्वमा रहन सक्छस्—तँसँग यो हुनुले परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने तेरो कार्यमा असर गर्दैन। तैँले सत्यतालाई स्वीकार गर्न र आफ्नो क्षमताले भ्याए अनुसार आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, तैँले अझै पनि मुक्ति पाउन सक्छस्; यसले तेरो सत्यताको स्वीकारमा असर गर्दैन र तेरो मुक्ति प्राप्तिमा असर गर्दैन। त्यसकारण, तँ प्रायजसो तेरो मानवताको निश्चित खराबी वा कमजोरीको बन्धनमा पर्नु हुँदैन, न त तँ प्रायजसो नकारात्मक र निरुत्साहित नै हुनुपर्छ, न त तैँले आफ्नो कर्तव्य त्याग्नुपर्छ र मुक्ति पाउने मौका गुमाउँदै, सत्यता पछ्याउन समेत त्याग्नुपर्छ। यो पटक्कै सार्थक हुँदैन; मूर्ख र अज्ञानी व्यक्तिले त्यही गर्नेथियो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू मेरो सुखा हृदयलाई पोषित गर्ने समयमै परेको झरीजस्तै थिए। तिनले मलाई आशा प्रदान गरे र मलाई सत्यता पछ्याउन आवश्यक प्रेरणा दिए। मैले सधैँ पार गर्न नसकेको समस्या मेरो जन्मजात मानव विशेषताहरूसँग सम्बन्धित छ भनेर बुझेँ। यी मैले जन्मिँदै लिएर आएका कुराहरू, परमेश्वरले नियोजित गरेका कुराहरू थिए, र मानिसहरूमा दोषहरू भए तापनि, परमेश्वर तिनका लागि उनीहरूलाई निन्दा गर्नुहुन्न किनभने यी भ्रष्ट स्वभावहरू होइनन्। मैले आफ्नो अन्तर्मुखी व्यक्तित्वको कारण म कसरी सधैँ अरूसँग घुलमिल हुन डराउँथेँ भन्ने बारेमा सोचेँ। म नौला मानिसहरूको उपस्थितिमा वा भिडभाड भएको अवस्थामा घबराउँथेँ र असङ्गत रूपमा बोल्थेँ, अनि म आफूले भनेको कुरामा आफूलाई असहज पाउँथेँ र अरूसँग कुराकानी गर्न सक्दिनथेँ। म अन्तर्मुखी मानिसहरूले बहिर्मुखी मानिसहरूले जस्तो आफ्नो कर्तव्य प्रभावकारी रूपमा कहिल्यै निर्वाह गर्न सक्दैनन् भन्ने सोच्थेँ, त्यसैले म आफ्नो अन्तर्मुखी व्यक्तित्व बदल्ने प्रयास गरिरहन्थेँ। म यदि मैले आफ्नो व्यक्तित्व बदलेँ भने, आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छु र ममा मुक्तिको आशा हुन्छ भनेर विश्वास गर्थेँ। यसका लागि, मैले अरूले जस्तै कसरी बोल्ने भनेर सिक्ने प्रयास गरेँ र परमेश्वरलाई मलाई अलि बढी बहिर्मुखी बनाइदिनुहोस् भनेर प्रार्थनासमेत गरेँ। जब बद्लिने मेरा सबै प्रयास असफल भए, तब म यस कर्तव्यका लागि उपयुक्त छैनँ भन्ने निष्कर्षमा पुगेँ। म दिक्दारीका प्रतिकूल संवेगहरूमा डुबेँ, र म झन्-झन् धेरै नकारात्मक हुँदै गएँ। लेखन-पठनको कर्तव्य निर्वाह गरेपछि, अगुवाहरूले मलाई ब्रदर-सिस्टरहरूसँग सिद्धान्तहरू सङ्गति गर्न भने, तर मैले प्रतिरोध गरेँ र यसलाई स्वीकार गर्न चाहिनँ, किनकि मलाई म आफ्नो व्यक्तित्वले गर्दा, कहिल्यै राम्ररी सङ्गति गर्न सक्दिनँ भन्ने लाग्यो। मैले आफूले गर्न सक्ने कुरा गर्दै, श्रमिक हुन स्विकारेँ। मैले सत्यता नबुझेकी हुनाले, आफ्ना दोष र कमजोरीहरूलाई उचित रूपमा सम्हाल्न सकिनँ। म दिक्दारीका प्रतिकूल संवेगहरूमा डुबेँ, र मैले आफैमाथि फैसलाहरू सुनाएँ। म परमेश्वरका वचनहरूले मलाई ठिक समयमा जसरी मद्दत गरे, त्यसका लागि एकदमै कृतज्ञ थिएँ। तिनले मलाई अन्तर्मुखी हुनु भनेको भ्रष्ट स्वभाव होइन तर व्यक्तिको मानवतामा हुने दोष हो भनेर बुझाए। यो जन्मजात मानव विशेषता हो, र परमेश्वर मैले यसलाई बद्लूँ भन्ने माग गरिरहनुभएको थिएन, केवल म यससँगै जिऊँ भन्ने माग गरिहनुभएको थियो। त्यसैले, मैले यससँग सङ्घर्ष गर्नु वा यसद्वारा बाँधिनु हुँदैनथ्यो। यस दोषको बाबजुद, जबसम्म म सत्यता पछ्याउँछु र आफ्नो भ्रष्ट स्वभाव बदल्छु, तबसम्म म अझै पनि मुक्ति पाउन सक्छु। म आफूमा दोष छ भन्दैमा सत्यता पछ्याउन छोडेकामा साँच्चै मूर्ख थिएँ!
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ जसले मेरो गलत दृष्टिकोणलाई सच्यायो, जसले गर्दा मैले व्यक्तिको मुक्तिसँग उसको व्यक्तित्वको कुनै सम्बन्ध हुँदैन भनेर बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरा समस्या, खराबी, वा त्रुटिहरू जेसुकै भए पनि, यीमध्ये कुनै पनि परमेश्वरका नजरमा समस्याहरू होइनन्। तैँले सामान्य मानवताको अन्तर्निहित अवस्थाहरूअन्तर्गत रहेर कसरी सत्यता खोजी गर्छस्, सत्यता अभ्यास गर्छस्, सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्छस्, र परमेश्वरको मार्ग पछ्याउँछस् भन्ने कुरा मात्रै परमेश्वर हेर्नुहुन्छ—परमेश्वर यी कुराहरू हेर्नुहुन्छ। त्यसकारण, सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा, सामान्य मानवताको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, बानीबेहोरा, र जिउने शैली जस्ता आधारभूत अवस्थाहरूलाई तँलाई प्रतिबन्धित गर्न नदे। अवश्य नै, यी आधारभूत अवस्थाहरूलाई जित्ने प्रयास गर्नमा आफ्नो ऊर्जा र समय पनि निवेश नगर्, न त तिनलाई परिवर्तन गर्ने प्रयास नै गर्। … यो हरेक सृजित मानवले जन्मजात रूपमा लिएर आउने कुरा हो। भ्रष्ट स्वभाव वा व्यक्तिको मानवताको सारसँग यसको कुनै सम्बन्ध हुँदैन; यो मानिसहरूले बाहिरी रूपमा देख्न सक्ने अस्तित्वको स्थिति, र व्यक्तिले मानिस, घटना, र कामकुराहरूलाई लिने तरिका मात्रै हो। कतिपय मानिसहरू आफूलाई व्यक्त गर्न सिपालु हुन्छन्, जबकि अरू सिपालु हुँदैनन्; कतिलाई कुराहरू वर्णन गर्न मन पर्छ, अरूलाई मन पर्दैन; कतिलाई आफ्ना विचारहरू आफैसँग राख्न मन पर्छ, जबकि अरूलाई आफ्ना विचारहरू भित्र राख्न मन पर्दैन, बरु सबैले सुन्न सकून् भनेर तिनलाई ठूलो स्वरमा व्यक्त गर्न चाहन्छन्, र त्यसपछि मात्रै तिनीहरू खुसी हुन्छन्। मानिसहरूले जीवन र मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने फरक-फरक तरिकाहरू यिनै हुन्; मानिसहरूको व्यक्तित्व यिनै हुन्। तेरो व्यक्तित्व तैँले जन्मँदा नै लिएर आएको कुरा हो। यदि तैँले धेरै प्रयास गरेपछि पनि यसलाई परिवर्तन गर्न सकेको छैनस् भने, म तँलाई के भन्छु भने, तैँले अब विश्राम लिन सक्छस्; आफूलाई त्यति थकाउनुपर्ने आवश्यकता नै छैन। यसलाई परिवर्तन गर्न सकिँदैन, त्यसकारण यसलाई परिवर्तन गर्ने प्रयास नगर्। तेरो मूल व्यक्तित्व जेसुकै भए पनि, त्यो तेरो व्यक्तित्व नै रहन्छ। मुक्ति प्राप्त गर्नका लागि आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्; यो भ्रमपूर्ण विचार हो—तँमा जुनसुकै व्यक्तित्व भए पनि, त्यो वस्तुगत तथ्य हो, र तँ त्यसलाई परिवर्तन गर्न सक्दैनस्। यसका वस्तुगत कारणहरूका हिसाबमा भन्दा, परमेश्वरले आफ्नो काममा हासिल गर्न चाहनुहुने नतिजासँग तेरो व्यक्तित्वको कुनै सम्बन्ध हुँदैन। तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा पनि तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। यसका साथै, तँ सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता भएको व्यक्ति होस् कि होइनस् भन्ने कुरा तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। त्यसकारण, तैँले निश्चित कर्तव्य पूरा गरिरहेको छस् वा कामको निश्चित विषयवस्तुको सुपरिवेक्षकका रूपमा सेवा गरिरहेको छस् भन्दैमा आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्—यो त्रुटिपूर्ण विचार हो। त्यसोभए तैँले के गर्नुपर्छ? तेरो व्यक्तित्व वा जन्मजात अवस्था जेसुकै भए पनि, तैँले सत्यता सिद्धान्तहरू पालन र अभ्यास गर्नुपर्छ। अन्ततः, परमेश्वर तैँले तेरो व्यक्तित्व, वा तँसँग रहेको अन्तर्निहित क्षमता, सीप, सक्षमता, वरदान, वा प्रतिभाका आधारमा तैँले उहाँको मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् वा तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा मापन गर्नुहुन्न, र अवश्य नै तैँले आफ्नो शारीरिक जन्मजात प्रवृत्ति र आवश्यकताहरूलाई कति हदसम्म नियन्त्रण गरेको छस् भन्ने कुरा पनि हेर्नुहुन्न। बरु, तैँले परमेश्वरलाई पछ्याउँदै र आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, उहाँका वचनहरूको अभ्यास र अनुभव गरिरहेको छस् कि छैनस्, तँसँग सत्यता पछ्याउने स्वेच्छा र सङ्कल्प छ कि छैन, र अन्ततः, तैँले सत्यता अभ्यास गर्ने र परमेश्वरको मार्ग पछ्याउने कार्य हासिल गरेको छस् कि छैनस् भन्ने कुरा चाहिँ परमेश्वर हेर्नुहुन्छ। परमेश्वर यही कुरा हेर्नुहुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरले एकदमै स्पष्ट रूपमा बोल्नुभएको छ। व्यक्तिको व्यक्तित्वसँग उसको मुक्तिको कुनै सम्बन्ध हुँदैन। परमेश्वर कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भनेर उसको अन्तर्निहित व्यक्तित्वका आधारमा, वा उसको क्षमता, योग्यता, वा प्रतिभाका आधारमा न्याय गर्नुहुन्न, बरु उसले सत्यता अभ्यास गर्न र परमेश्वरको मार्ग पछ्याउन सक्छ कि सक्दैन भन्ने आधारमा न्याय गर्नुहुन्छ। मैले गलत दृष्टिकोणले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ। म सधैँ सोच्थेँ, मलजल गर्ने व्यक्तिका रूपमा, यदि मैले अरूसँग कुराकानी गर्न सकिनँ भने म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ, र भविष्यमा म निश्चित रूपमा मुक्ति पाउन सक्दिनँ। मैले आफ्नो व्यक्तित्व र दोषहरू बदलेर मात्र आफ्नो कर्तव्य पूरा गर्न र भविष्यमा मुक्ति पाउन सक्छु भनेर सोचेँ। त्यसैले मैले आफ्नो व्यक्तित्व बदल्ने प्रयास गरिरहेँ, तर अन्ततः मैले त्यो बदल्न सकिनँ र म नकारात्मक मात्र बनेँ। मैले आफूलाई बहिर्मुखी व्यक्तित्व नदिनुभएकामा परमेश्वरबारे गुनासोसमेत गरेँ। मैले आफ्नो व्यक्तित्व बदल्न प्रयास लगाइरहेँ, तर यो गलत थियो, किनकि व्यक्तित्वमा आउने परिवर्तनहरू बाहिरी परिवर्तन मात्र हुन्। म आफ्ना दोषहरू बद्लेर बहिर्मुखी बनेँ र मैले अरूसँग कुराकानी गर्न सकेँ भने पनि, यदि मैले आफ्नो भ्रष्ट स्वभाव समाधान गरिनँ, सधैँ दिलोज्यानले सक्दो प्रयास नगरी आफ्नो कर्तव्यमा झारा मात्र टारेँ, चुनौतीहरू सामना गर्दा सत्यता खोजिनँ, र परमेश्वरसँग तर्क वा उहाँबारे गुनासोसमेत गरेँ भने, परमेश्वरले मलाई अनुमोदन गर्नुहुनेथिएन, र अन्ततः म हटाइनेथिएँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ: “मानिसहरूका जन्मजात गुणहरू र तिनीहरूको देहका नैसर्गिक गुणहरू परमेश्वरको कामका निसानाहरू होइनन्, र उहाँको कामले मानिसहरूको भ्रष्ट स्वभाव, र परमेश्वरविरुद्ध विद्रोह गर्ने र परमेश्वरसँग नमिल्ने मानिसहरूका भित्री कुराहरूलाई लक्षित गर्छ। यदि मानिसहरूले परमेश्वरको कामले तिनीहरूको क्षमता, नैसर्गिक गुणहरू, र तिनीहरूको व्यक्तित्व, बानी, जीवनशैली, र आदि इत्यादि कुरालाई समेत परिवर्तन गर्ने उद्देश्य राख्छ भन्ने कल्पना गर्छन् भने, तिनीहरूको दैनिक जीवनको अभ्यासको हरेक पक्ष तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूले प्रभावित हुनेछन् र बहकिनेछन्, र अपरिहार्य रूपमा नै धेरै विकृत भाग वा चरम कुराहरू देखा पर्नेछन्। यी विकृत भाग र चरम कुराहरू सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन् र तिनले मानिसहरूलाई सामान्य मानवताको विवेक र समझबाट टाढा जान, र सामान्य मानवताको मार्गबाट अलग हुन लगाउनेछन्। उदाहरणका लागि, मानौँ, तेरा धारणा र कल्पनाहरूमा, तँ परमेश्वरले मानिसहरूको क्षमता, सक्षमता, र तिनीहरूका नैसर्गिक गुण समेत परिवर्तन गर्न चाहनुहुन्छ भन्ने विश्वास गर्छस्; यदि तँ परमेश्वरले परिवर्तन गर्न चाहनुहुने कुराहरू यिनै हुन् भन्ने सोच्छस् भने, तँसँग कस्तो प्रकारका पछ्याइहरू हुनेछन्? तँसँग विकृत र दह्रिलो गरी पकडमा राखिएका पछ्याइहरू हुनेछन्—तैँले श्रेष्ठतम क्षमता पछ्याउन चाहनेछस्, र तैँले श्रेष्ठतम क्षमता र श्रेष्ठतम सक्षमताहरू, र श्रेष्ठतम अन्तर्ज्ञान र आत्म-संवर्धन, र साधारण मानिसहरूको भन्दा श्रेष्ठतम केही क्षमताहरू समेत प्राप्त गर्नका लागि विभिन्न प्रकारका सीपहरू सिक्ने र विभिन्न प्रकारका ज्ञानहरूमा निपुण हुनमा ध्यान दिनेछस्—यसरी, तैँले बाहिरी क्षमता र प्रतिभाहरूलाई ध्यान दिनेछस्। त्यसोभए, त्यस्ता पछ्याइहरूले मानिसहरूमा के-कस्ता परिणामहरू ल्याउँछन्? तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्न नसक्ने मात्र होइन, बरु तिनीहरूले फरिसीहरूको मार्ग लिनेछन्। तिनीहरू कोसँग श्रेष्ठतम क्षमता छ, कोसँग श्रेष्ठतम वरदान छ, कोसँग श्रेष्ठतम ज्ञान छ, कोसँग अधिक सबल सामर्थ्यहरू छन्, कोसँग बढी सबल पक्षहरू छन्, मानिसहरूका बीचमा कोसँग उच्च प्रतिष्ठा छ र अरूले कसलाई आदर र सम्मान गर्छन् भनेर हेर्नका लागि एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यसरी, तिनीहरूले सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न नसक्ने मात्र होइन, बरु तिनीहरू सत्यताबाट टाढा जाने मार्गमा हिँड्नेछन्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि, मैले चिन्तन र मनन गरेँ। परमेश्वरको आखिरी दिनहरूको काम भनेको हामीभित्र सत्यता सिद्धान्तहरू हाल्नु, र हाम्रा भ्रष्ट स्वभावहरू, साथै हामीभित्रका परमेश्वरविरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने सबै कुरालाई पखाल्नु र बदल्नु हो, हाम्रा अन्तर्निहित क्षमता, नैसर्गिक प्रवृत्ति र व्यक्तित्वजस्ता कुराहरूलाई बदल्नु होइन। मैले परमेश्वरको काम बुझिनँ र गलत दृष्टिकोण लिएर जिएँ। मैले परमेश्वरसँग मलाई बहिर्मुखी, वाक्पटु, र असल क्षमतावान् बनाइदिनुहोस् भनेर बिन्ती गरिरहेँ, तर यो परमेश्वरका मागहरूको विपरीत थियो। मैले पावलबारे सोचेँ। बाहिरबाट हेर्दा, उनीसँग धेरै प्रतिभा छन्, उनी वाक्पटु छन्, र उनले सुसमाचार प्रचारमार्फत् धेरै मानिस प्राप्त गरेका छन् भन्ने प्रस्ट थियो, तर उनले सत्यतामा कहिल्यै प्रयास गरेनन् वा जीवन प्रवेशमा ध्यान दिएनन्, र उनको भ्रष्ट स्वभाव कहिल्यै बदलिएन। उनी आफूले गरेका सबै कामका कारण सधैँ आफूलाई उचाल्ने पनि गर्थे, र अन्ततः उनले “मेरा निम्ति जिउनु नै ख्रीष्ट हो” भन्नेजस्ता अत्यन्तै अहङ्कारी शब्दहरू बोले। यसले परमेश्वरको स्वभावलाई चिढ्यायो र यसले गर्दा परमेश्वरले उनलाई दण्ड दिनुभयो। मैले यस्तो व्यक्तिलाई पनि चिनेकी थिएँ जो एकदमै बहिर्मुखी र वाक्पटु थियो, तर उसले आफूलाई शब्द र धर्मसिद्धान्तहरूले सुसज्जित पार्नमा मात्र ध्यान दियो, र उसले कहिल्यै सत्यता अभ्यास गरेन वा चिन्तनमार्फत आफूलाई चिनेन, अनि अन्ततः ऊ अविश्वासी भनेर प्रकट भयो र उसलाई हटाइयो। मैले आफ्नो आस्थामा सत्यता नपछ्याउनु र आफ्नो स्वभाव बदल्नमा ध्यान नदिनु साँच्चै खतरनाक रहेछ, र अन्ततः यसले गर्दा व्यक्ति गलत मार्गमा हिँड्न र परमेश्वरद्वारा हटाइन सक्छ भनेर बुझेँ।
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र अभ्यासको मार्ग फेला पारेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरो मानवता जति नै सिद्ध वा भद्र भए पनि, वा तँसँग अरू मानिसहरूभन्दा कम कमीकमजोरीहरू र खराबीहरू भए पनि, र तँसँग अझै धेरै सबल पक्षहरू भए पनि, यसले तैँले सत्यता बुझ्छस् भन्ने सङ्केत गर्दैन, न त यसले सत्यताको तेरो पछ्याइलाई नै प्रतिस्थापन गर्न सक्छ। यसविपरीत, यदि तँ सत्यता पछ्याउँछस्, धेरै सत्यता बुझ्छस्, र तँसँग यसबारे पर्याप्त रूपमा गहन र व्यावहारिक बुझाइ छ भने, यसले तेरो मानवताका धेरै खराबी र समस्याहरूको पूर्ति गर्नेछ। उदाहरणका लागि, मानौँ तँ डरपोक र अन्तर्मुखी व्यक्ति होस्, तँसँग भकभकाउने बानी छ, र तँ त्यति शिक्षित छैनस्—अर्थात्, तँसँग धेरै खराबी र अपर्याप्तताहरू छन्—तर तँसँग व्यावहारिक अनुभव छ, र तैँले बोल्दा भकभकाए पनि, तैँले स्पष्ट रूपमा सत्यताबारे सङ्गति गर्न सक्छस्, र यो सङ्गति सुनेपछि यसले सबैलाई सुधार गर्छ, समस्याहरू समाधान गर्छ, मानिसहरूलाई नकारात्मकताबाट बाहिर निस्कन सक्षम तुल्याउँछ, र परमेश्वरबारे रहेका तिनीहरूका गुनासा र गलतफहमीहरूलाई हटाउँछ। हेर् त, तँ आफ्ना शब्दहरूमा भकभकाए पनि, तिनले समस्याहरू समाधान गर्न सक्छन्—यी शब्दहरू कति महत्त्वपूर्ण छन्! जब साधारण मानिसहरूले ती कुरा सुन्छन्, तब तिनीहरूले तँ अशिक्षित व्यक्ति होस्, र तैँले बोल्दा व्याकरणका नियमहरू पालन गर्दैनस्, र कहिलेकहीँ तैँले प्रयोग गर्ने शब्दहरू पनि साँच्चै सुहाउँदो हुँदैनन् भनेर भन्छन्। सायद तैँले कुनै क्षेत्रको बोल्ने शैली प्रयोग गर्छस्, वा दैनिक जीवनको भाषा प्रयोग गर्छस्, र तेरा शब्दहरूमा बोल्न अत्यन्तै सिपालु उच्च शिक्षा पाएका मानिसहरूको स्तर र शैलीको कमी हुन्छ होला। तर, तेरो सङ्गतिमा सत्यता वास्तविकता समावेश हुन्छ, यसले मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छ, र मानिसहरूले ती सुनेपछि, तिनीहरूवरिपरिका सबै अँध्यारा बादल हराउँछन्, र तिनीहरूका सबै समस्याहरू समाधान हुन्छन्। देखिस्, के सत्यता बुझ्नु महत्त्वपूर्ण छैन र? (छ।)” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूले मलाई अभ्यासको स्पष्ट मार्ग दिए। मैले ध्यान दिनुपर्ने कुरा भनेको सत्यता पछ्याउनु थियो। मेरो व्यक्तित्वमा केही दोष भए तापनि, जबसम्म म सत्यता बुझ्थेँ, तबसम्म यी समस्याहरूमध्ये केहीलाई पूर्ति गर्न सक्थेँ। पछाडि फर्केर हेर्दा, मैले मलजल गर्ने कर्तव्य लिएदेखि नै, म आफ्नो अन्तर्मुखी व्यक्तित्व र मैले नयाँ मानिसहरूसँग कुराकानी गर्न नसक्नुको कारण नै आफ्नो कर्तव्यमा असफल भइरहेकी छु भनेर सधैँ सोच्थेँ, त्यसैले मैले आफ्नो व्यक्तित्वमा भएका दोषहरू बदल्ने प्रयास गरिरहेँ। मैले सत्यतामा कहिल्यै प्रयास लगाइनँ, बरु, मेरा सबै प्रयास आफ्ना दोषहरू हटाउनमै गए। यो वास्तवमा गलत थियो। त्यतिबेला, जब म नयाँ विश्वासीहरूलाई साथ दिन गएँ, तब म मेरो व्यक्तित्वद्वारा बाँधिएकी र मलाई नयाँ विश्वासीहरूका धारणाहरू सामना गर्दा के भन्ने भनेर थाहा नभए तापनि, साँचो कुरा के थियो भने मुख्य समस्या त उनीहरूका धारणाहरू कसरी सम्बोधन गर्ने भन्नेबारे ममा आंशिक बुझाइ हुनु मात्र थियो। वास्तवमा, मैले आफ्नो कर्तव्य पूरा गर्न नसक्नु पूर्ण रूपमा व्यक्तित्वको समस्या थिएन, र मुख्य समस्या त मैले सत्यता नबुझ्नुमा थियो। त्यसबेलादेखि, मैले सत्यता सिद्धान्तहरूमा प्रयास लगाउनमा ध्यान दिनुपर्थ्यो, र यदि मैले सत्यता स्पष्ट रूपमा बुझेँ भने, अन्ततः म स्पष्ट रूपमा बोल्न सक्थेँ। कहिलेकाहीँ म घबराएँ र मैले आफ्ना शब्दहरू बिर्सेँ भने, आफ्नो हृदयलाई शान्त पार्न परमेश्वरलाई अझ धेरै प्रार्थना गर्न सक्थेँ, र म आफूले भन्न चाहेको कुरा आफ्नो हृदयमा धेरैपटक दोहोर्याएर बिस्तारै बोल्न सक्थेँ। यदि मैले अझै पनि कुनै कुरा स्पष्ट रूपमा व्याख्या गर्न सकिनँ भने, पछि म परमेश्वरका वचनहरूका सान्दर्भिक खण्डहरू खोज्न वा ब्रदर-सिस्टरहरूबाट मद्दत माग्न सक्थेँ। मैले यसरी अभ्यास गर्नुपर्थ्यो।
अब म आफ्नो अन्तर्मुखी व्यक्तित्वका कारण नकारात्मक बन्दिनँ, र भेलाहरूमा सङ्गति गर्दा, म आफ्नो हृदय शान्त पार्ने अभ्यास गर्छु र अरूसँग कुराकानी गर्न सक्षम छु। म अब पहिलेजस्तो अरूसँग कसरी कुराकानी गर्ने भनेर बैचैन हुँदिनँ, र म अब दबाबले निसास्सिएको महसुस गर्दिनँ। म सत्यताले व्यक्तिका सबै कठिनाइ समाधान गर्न सक्छ र मलाई नकारात्मकताबाट बाहिर निकाल्ने परमेश्वरका वचनहरू नै हुन् भनेर साँच्चै महसुस गर्छु। म अब आफ्नो व्यक्तित्वका दोषहरूद्वारा बाँधिएकी वा नियन्त्रित छैनँ।