४९. काटछाँट बेहोरेपछिको चिन्तन
सन् २०२३ मा, म क्षेत्रीय अगुवाको रूपमा चुनिएँ। मलाई ठूलो जिम्मेवारी बोकेको महसुस भयो। म हरेक दिन विभिन्न मण्डलीहरूमा धाउँथे, र आफूले भेटेका समस्याहरूलाई सक्रिय रूपमा समाधान गर्थेँ। केही समयपछि, मण्डलीको सफाइ गर्ने कामले केही नतिजा ल्यायो, र अन्य कामहरूमा पनि प्रगति देखिन थाल्यो। म केही हदसम्म आत्म-सन्तुष्ट भएँ, र मलाई आफूले केही वास्तविक काम गरेजस्तो महसुस भयो। पछि, जब माथिल्लो अगुवा, सिस्टर छन्सीले कामको अनुगमन गरिन्, उनले निर्वाचनको काम सुस्त गतिमा भइरहेको, अगुवा र डिकनहरूको निर्वाचन सम्पन्न नभएकोले मण्डलीको काममा बाधा पुगिरहेको, र सुसमाचारको काम पनि अघि बढिरहेको छैन भन्ने कुरा औँल्याइन्। छन्सीले यसो भनेको सुन्दा, मलाई केही लज्जित महसुस भए पनि, यी समस्याहरू वास्तवमै थिए, र म तिनलाई नकार्न सक्दिनथेँ। त्यसैले मैले यी कामहरूको अनुगमन गर्न सुरु गरेँ। केही प्रयासपछि, निर्वाचनको काम र सुसमाचारको काम दुवैमा केही प्रगति देखियो, अनि मैले मनमनै सोचेँ, “छन्सीले यी समस्याहरू औँल्याएदेखि नै, मैले कामको अनुगमन गरिरहेकी छु, अगुवा र डिकनहरू खडा गरिएका छन्, र गएको महिनाको तुलनामा सुसमाचारको काममा सुधार भएको छ। यसपालि त, पक्कै पनि उनले ममा केही समस्या छ भनेर कुरा उठाउने छैनन्।”
पछि, जब छन्सीले फेरि निर्वाचनको कामको प्रगतिबारे सोधिन्, मैले आफूलाई थाहा भएको अवस्थाबारे उनलाई बताएँ, तर मलाई छक्क पार्दै उनले भनिन्, “अगुवा र डिकनहरू खडा गरिएका हुनाले, के उनीहरूको बायोडाटा र मूल्याङ्कनहरू राम्ररी सङ्कलन गरियो त? औपचारिक निर्वाचन कहिले सुरु हुन्छ?” छन्सीले यसो भनेको सुन्दा, म अचानक आत्तिएँ, र सोचेँ, “मैले हरेक मण्डलीमा निर्वाचनको कामको अनुगमन गरिरहेकी भए पनि, बायोडाटा र मूल्याङ्कनहरू पूर्ण रूपमा सङ्कलन गरियो कि गरिएन, वा औपचारिक निर्वाचन कहिले हुन्छ भन्ने कुरामा म निश्चित छैन।” मैले हतारिँदै भनेँ, “यसबारे अझै अनुगमन गर्न बाँकी छ।” त्यसपछि छन्सीले सोधिन्, “तपाईंको जिम्मेवारीको दायराभित्र, अझ धेरै अगुवा र डिकनहरूको आवश्यकता छ र काममा बाधा पुगिरहेको छ—तपाईं किन यसमा अझ बढी हतारो देखाउनुहुन्न? फेरि सुसमाचारको काम पनि छ। कतिपय मण्डलीहरूले लामो समयदेखि कुनै नतिजा ल्याएका छैनन्। खास समस्या के हो तपाईंलाई थाहा छ? यसलाई समाधान गर्न तपाईं के गर्दै हुनुहुन्छ? अहिले तपाईंको पूरै क्षेत्रभरिको सुसमाचारको नतिजा राम्रो छैन।” मैले यो सुन्दा, म प्रतिरोधि बन्दै सोचेँ, “तपाईंले भर्खरै हाम्रो काममा भएका विचलनहरू औँल्याएपछि, के हामीले छिटोभन्दा छिटो अनुगमन गरेर तिनको समाधान गरेनौँ र? हामीले त्याग गर्दै आएका छौँ र अल्छी गरेका छैनौँ। काम कार्यान्वयन गर्न पनि समय लाग्छ, होइन र? त्यसबाहेक, के हालसालै सुसमाचारको काम र निर्वाचनको काममा प्रगति भएको छैन र? तपाईं किन अझै हामीलाई काटछाँट गर्दै हुनुहुन्छ? लाग्छ हामीले जे गरे पनि, तपाईंको लागि कहिल्यै पर्याप्त हुँदैन। के तपाईं जानाजानी हामीलाई निसाना बनाउँदै र गल्तीहरू खोज्दै हुनुहुन्न र?” मैले जति धेरै यसबारे सोचेँ, मलाई उति नै धेरै प्रतिरोध महसुस भयो, र झोक्किएर, मैले भनेँ, “ममा कुनै कार्य सामर्थ्य छैन र मेरो कर्तव्यले राम्रो नतिजा दिइरहेको छैन भन्ने स्पष्ट छ। मलाई बरु बर्खास्त गरिदिए हुन्छ!” मलाई यस्तो अवस्थामा देखेर, छन्सीले मैले सत्यता स्वीकार नगरेकी, र काममा समस्याहरू हुँदा, म विचलनहरू सच्याउन सत्यता नखोजेर, बरु उल्टै प्रतिरोधी र विरोधी भएको कुरा गरिन्। तर उनले जे भने पनि, म अरू सुन्न चाहन्नथेँ, र साह्रै अन्यायमा परेको महसुस गर्दै मैले शिर निहुराएँ। मैले मनमनै सोचेँ, “मैले हालसालै साँच्चै कडा परिश्रम गरिरहेकी छु। के मैले सुरुदेखि नै यो कामको अनुगमन गरिरहेकी छैन र? के यो वास्तविक काम गर्नु होइन र? अझै पनि तपाईंलाई यो पर्याप्त छैन जस्तो लाग्छ, र तपाईं म सत्यता स्वीकार गरिरहेकी छैनँ भन्नेसमेत भन्नुहुन्छ, त्यसैले यदि मलाई बर्खास्त गर्नुपर्ने हो भने, सिधै बर्खास्त गरिदिए हुन्छ! अगुवाको कर्तव्यको मापदण्डहरू साह्रै उच्च छन्, र म स्पष्ट रूपमा तिनलाई पूरा गर्न सक्दिनँ!” यो घटनापछि, म असाध्यै दुखी भएँ। जब म शान्त भएर आत्मचिन्तन गर्न थालेँ, तब मैले के बुझेँ भने छन्सीले मेरा समस्याहरू औँल्याउनु मेरो लागि कामकुरा गाह्रो बनाउनका लागि थिएन, न त मलाई गिज्याउन नै थियो, बरु उनले मण्डलीको कामको बारेमा सोचिरहेका कारणले थियो। मैले त्यो किन स्वीकार गर्न सकिनँ? म परमेश्वरसामु आएँ र प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, आज सिस्टरले मेरो कर्तव्यमा भएका समस्याहरू औँल्याइन्, र मलाई त्यो स्वीकार गर्न साह्रै गाह्रो भयो। मैले तर्क गर्न र आफ्नो सफाइ दिन मात्र चाहिरहेँ, र मैले निरन्तर अन्यायमा परेको महसुस गरिरहेँ। हे परमेश्वर, कृपया मलाई आफैलाई बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”
आफ्नो खोजीको क्रममा, मैले परमेश्वर सत्यता स्वीकार नगर्ने ख्रीष्टविरोधीहरूका व्यवहारहरू खुलासा गर्नुहुन्छ भन्ने देखेँ, र ती व्यवहारहरूलाई आफूसँग दाँजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब उसले सुरुमा आफ्नो हृदयको गहिराइदेखि नै यस कुरालाई विरोध र इन्कार गर्छ। ऊ यससँग लड्छ। अनि त्यो किन हुन्छ? किनभने ख्रीष्टविरोधीहरू प्रकृति सारले नै सत्यताप्रति वितृष्णा राख्छन् र त्यसलाई घृणा गर्छन्, र तिनीहरू सत्यता कदापि स्विकार्दैनन्। प्राकृतिक तवरबाटै, ख्रीष्टविरोधीको सार र स्वभावले उसलाई आफ्ना गल्तीहरू मान्न वा आफ्नो भ्रष्ट स्वभाव स्विकार्नबाट रोक्छ। यी दुई तथ्यका आधारमा, ख्रीष्टविरोधीहरू काटछाँटप्रति पूर्ण रूपमा र अत्यन्तै इन्कार र अवज्ञा गर्ने मनोवृत्ति राख्छन्। तिनीहरूले हृदयको गहिराइबाटै यसलाई घृणा र प्रतिरोध गर्छन्, र तिनीहरूमा स्वीकार वा समर्पणको थोरै लक्षणसमेत हुँदैन, तिनीहरूमा साँचो मनन वा पश्चात्ताप हुनु त परको कुरा हो। जब कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, जोसुकैले त्यो कारबाही गरे पनि, यो जेसँग सम्बन्धित भए पनि, यसका लागि ऊ जति हदसम्म दोषी भए पनि, उसको गल्ती जति प्रस्ट भए पनि, उसले जति धेरै दुष्टता गरे पनि, वा उसको दुष्टताले मण्डलीका काममा जेजस्ता परिणामहरू निम्त्याए पनि—उक्त ख्रीष्टविरोधीले यीमध्ये कुनै पनि कुराको विचार गर्दैन। ख्रीष्टविरोधीका नजरमा त उसलाई काटछाँट गर्ने व्यक्तिले उसलाई मात्र अलग व्यवहार गरिरहेको हुन्छ, वा उसलाई सताउन उसका गल्तीहरू खोतलिरहेको हुन्छ। ख्रीष्टविरोधीले उसलाई हेपिएको र अपमानित गरिएको छ, उसलाई मानवझैँ व्यवहार गरिएको छैन, र उसलाई हेला र तिरस्कार गरिएको छ भन्नेसमेत सोच्न सक्छ। कुनै ख्रीष्टविरोधी काटछाँटमा परेपछि, उसले आफूबाट के गल्ती भयो, उसले कस्तो भ्रष्ट स्वभाव प्रकट गऱ्यो, पालना गर्नुपर्ने सिद्धान्तहरू खोजी गऱ्यो कि गरेन, सत्यता सिद्धान्तअनुसार व्यवहार गऱ्यो कि गरेन, वा उसलाई काटछाँट गरिएका मामलामा आफ्ना जिम्मेवारीहरू पूरा गऱ्यो कि गरेन भनेर कहिल्यै चिन्तन गर्दैन। उसले यो कुनै पनि कुराबारे जाँच वा चिन्तन गर्दैन, न त यी विषयहरूबारे सोचविचार र मनन नै गर्छ। यसको सट्टा, काटछाँटमा पर्नुलाई उसले आफ्नै इच्छाअनुसार र आवेगका साथ लिन्छ। जब ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब ऊ रिस, अवज्ञा, र द्वेषले भरिन्छ, र कसैको सल्लाह सुन्दैन। ऊ काटछाँट स्विकार्न इन्कार गर्छ, र आफ्ना बारेमा सिक्न र चिन्तन गर्न परमेश्वरकहाँ फर्केर आउन सक्दैन, अनि झारा टार्ने वा आफ्ना कर्तव्यमा जे पायो त्यही गर्नेजस्ता सिद्धान्तहरू उल्लङ्घन गर्ने आफ्नो व्यवहार सुधार्न सक्दैन, न त उसले यस मौकालाई आफ्नो भ्रष्ट स्वभाव हटाउनका लागि नै प्रयोग गर्छ। बरु, उसले आफ्नो बचाउ गर्न र आफूलाई निर्दोष ठहराउन बहानाहरू बनाउँछ, अनि कलह पैदा गर्ने र अरूलाई उक्साउने कुराहरूसमेत बोल्छ। सङ्क्षेपमा भन्दा, ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा, तिनीहरूमा हुने खास प्रकटीकरणहरू अवज्ञा, असन्तुष्टि, प्रतिरोध र ललकार हुन्, अनि तिनीहरूका हृदयमा केही गुनासा पनि उब्जन्छन्: ‘मैले यति धेरै मूल्य चुकाएँ र यति धेरै काम गरेँ। मैले केही कुरामा सिद्धान्तहरू नपछ्याएको वा सत्यता नखोजेको भए पनि, यो सब आफ्नै लागि गरेको होइन! मैले मण्डलीका काममा केही हानि गरे पनि, त्यो जानाजानी गरेको होइन! कसले पो गल्ती गर्दैन र? तिमीले मेरो कमजोरीप्रति विचार नपुर्याई र मेरो मनस्थिति वा आत्मसम्मानलाई वास्ता नगरी, मेरा गल्तीहरू मात्र पक्रेर मलाई निरन्तर काटछाँट गर्न मिल्दैन। परमेश्वरको घरमा मानिसहरूप्रति प्रेम छैन र यो एकदमै अन्यायी छ! त्यसबाहेक, तिमी मलाई यति सानो गल्ती गरेकामा काटछाँट गर्छौ—के यसले तिमी मलाई नराम्रो नजरले हेर्छौ र हटाउन चाहन्छौ भन्ने अर्थ दिँदैन र?’ ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा, तिनीहरूका मनमा आउने पहिलो कुरा भनेको आफूले गरेको गल्ती वा आफूले प्रकट गरेको भ्रष्ट स्वभावबारे आत्मचिन्तन गर्नु हुँदैन, बरु बहस गर्नु, स्पष्टिकरण दिनु र आफ्नो सफाइ दिनु, त्यससँगै अड्कल गर्नु हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने ख्रीष्टविरोधीहरूले जतिसुकै परमेश्वरको घरको काममा अवरोध गरे पनि र बाधा दिए पनि, उनीहरूको अन्तरात्मामा कुनै दोषीपनको महसुस हुँदैन, र जब उनीहरूलाई काटछाँट गरिन्छ, उनीहरू केवल प्रतिरोध महसुस गर्छन् र आफ्नो सफाइ दिन्छन्, निरन्तर आफ्नो पक्षमा तर्क गर्न खोज्छन्, र आफ्ना गल्तीहरू स्वीकार गर्दैनन् वा मान्दैनन्। उनीहरू ब्रदर-सिस्टरहरूको काटछाँटलाई अरूले गल्ती खोज्न लागेको वा उनीहरूका लागि कामकुरा गाह्रो बनाउन लागेको रूपमा समेत लिन्छन्। यो ख्रीष्टविरोधीहरूको सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने प्रकृतिका कारणले हुन्छ। फर्केर सोच्दा, मलाई काटछाँट गरिँदा, के मैले प्रकट गरेको कुरा पनि सत्यताप्रति वितृष्णा राख्ने स्वभाव थिएन र? माथिल्लो अगुवाले हाम्रो निर्वाचनको काम सुस्त गतिमा अगाडि बढिरहेको, र म आफ्नो कर्तव्यमा निष्क्रिय र सुस्त भएकी भन्ने कुरा औँल्याइन्। उनले हाम्रो जिम्मेवारीको दायराभित्रको समग्र सुसमाचारको काम प्रभावकारी नभएको भन्ने कुरा पनि औँल्याइन्। यी तथ्यहरू थिए। उनले हाम्रो काममा भएका समस्याहरू औँल्याइन् र हामीलाई यी विचलनहरू सच्याउन मार्गदर्शन गरिन्। यो मण्डलीको कामको सुरक्षा गर्नका लागि थियो। मैले यसलाई स्वीकार गर्नुपर्थ्यो र मेरो काममा भएका समस्याहरूबारे चिन्तन गर्नुपर्थ्यो, र त्यसपछि तुरुन्तै तिनलाई सच्याउनुपर्थ्यो। तथापि, मैले आत्मचिन्तन नगरेकी मात्र होइन, म आत्म-सन्तुष्टिको स्थितिमा समेत जिएँ। म माथिल्लो अगुवाप्रति प्रतिरोधी बनेँ र उनलाई मन पराइनँ, भित्रभित्रै निरन्तर तर्क गरेँ र आफ्नो सफाइ दिएँ, अनि उनले मेरा समस्याहरू औँल्याउनु भनेको उनले मलाई मन नपराएकोले मात्र हो, र उनले जानाजानी मेरा गल्तीहरू खोजिरहेकी थिइन् भन्ने सोचेँ। मैले अगुवाको कर्तव्यले माग गर्ने कुराहरू साह्रै उच्च हुन्छन् भन्नेसमेत सोचेँ, त्यसैले म नकारात्मक र विद्रोही भएँ, र ममा कार्य सामर्थ्य छैन र आफ्नो कर्तव्य पूरा नगरेकीले मलाई बरु बर्खास्त गरिदिए हुन्छ भनेँ। मैले आफ्नो कर्तव्य पूरा नगर्नु, तर अझै असक्षमताको बहाना बनाउनु, र यसलाई त्याग्नुमा साँच्चै समझको कमी थियो। के मैले प्रकट गरेको कुरा ठ्याक्कै सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीको स्वभाव थिएन र? मैले मण्डलीबाट निष्कासित गरिएकी एउटी ख्रीष्टविरोधीलाई सम्झेँ। उनी सधैँ आफ्नै इच्छाअनुसार काम गर्थिन्, र जब मण्डलीको काममा हानि पुऱ्याउने समस्याहरू आउँथे, उनलाई कुनै पछुतो हुँदैनथ्यो, न त उनी ब्रदर-सिस्टरहरूको काटछाँट, मार्गदर्शन वा मद्दत नै स्वीकार गर्थिन्। पछि पनि, उनले आफूलाई सच्याइनन्, र केवल तर्क गरिरहिन् र उनीहरूविरुद्ध हो-हल्ला गरिन्। अन्त्यमा, उनका धेरै दुष्ट कार्यहरूका कारण उनलाई मण्डलीबाट निष्कासित गरियो। यदि मैले काटछाँट गरिन वा ब्रदर-सिस्टरहरूको सही सल्लाह मान्न अस्वीकार गरिरहेँ भने, र मण्डलीको काममा गम्भीर क्षति पुऱ्याएँ भने, अन्त्यमा, म पनि ख्रीष्टविरोधीजस्तै प्रकटित भई परमेश्वरद्वारा हटाइनेथिएँ! ममा पनि ख्रीष्टविरोधीका व्यवहारहरू र सत्यताप्रति वितृष्णा राख्ने स्वभाव छन् भन्ने महसुस गरेपछि, मलाई डर लाग्न थाल्यो। मैले मलाई दुष्ट काम गर्न र परमेश्वरको प्रतिरोध गर्नबाट जोगाउनुहोस् भन्दै उहाँलाई मौन प्रार्थना गरेँ।
प्रार्थना गरेपछि, मैले मनमनै सोचेँ, “वास्तविक काम गर्नु भनेको के हो?” आफ्नो खोजीको क्रममा, मैले परमेश्वरका वचनहरू पढेँ: “तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तैँले कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती प्रबन्धहरूलाई सही तरिकाले कार्यान्वयन गरिरहेको छस् कि छैनस्; तेरो अगुवाइको दौरान तँ आफू जिम्मेवार भएको हरेक विशिष्ट काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा वास्तविक समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशिष्ट काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा भनेको तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (९))। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने परमेश्वरले कुनै अगुवा वा कामदारले वास्तविक काम गरिरहेको छ कि छैन भनेर मापन गर्दा, त्यो व्यक्तिले कति दुःख सहेको जस्तो देखिन्छ वा कति त्याग गरेको जस्तो देखिन्छ भनेर हेर्नुहुन्न, बरु काममा कति कठिनाइ र समस्याहरू समाधान गरिएका छन्, काम कत्तिको प्रभावकारी छ, र ऊ आफ्नो कर्तव्यमा कत्तिको कार्यकुशलता देखाउँछ भन्ने कुरा हेर्नुहुन्छ। तर म सधैँ आफ्नै धारणा र कल्पनाहरूमा भर परेकी थिएँ, र नतिजा, कार्यकुशलता वा प्रगति जस्तोसुकै भए पनि, जबसम्म म अल्छी गरिरहेकी हुन्नँ, आफूलाई हरेक दिन व्यस्त राखिरहेकी हुन्छु, र आवश्यक काम समयमा नै गरिन्छ, तबसम्म मैले वास्तविक काम गरिरहेकी छु भन्ने सोचेँ। त्यसैले, माथिल्लो अगुवाले मैले वास्तविक काम नगरिरहेको कुरा औँल्याइन्, मलाई अन्याय भएको महसुस भयो, र म त्यो स्वीकार गर्न अनिच्छुक भएँ र तर्क गर्न चाहेँ। परमेश्वरका वचनहरूको प्रकाशमा आत्मचिन्तन गर्दा, मैले के देखेँ भने म हरेक दिन व्यस्त थिएँ, तथापि धेरै वास्तविक समस्याहरू समाधान गर्न र विशेष गरी अगुवा र डिकनहरूको निर्वाचनमा म सत्यता सिद्धान्तहरू खोजिरहेकी थिइनँ। मैले मानिसहरूलाई घचघच्याउन पत्रहरू लेखेँ, तैपनि म धेरैजसो झाराटारुवा मात्र बनिरहेकी थिएँ, केवल नाराहरू लगाइरहेकी थिएँ र सामान्य तरिकाले कुराहरूको अनुगमन गरिरहेकी थिएँ। पछि मण्डलीको कार्यान्वयन कसरी भयो, प्रगति कस्तो भयो, र कुन कठिनाइहरू अझै समाधान भएका छैनन् भनेर मैले विरलै सोधेँ, जसले गर्दा निर्वाचनमा सुस्त प्रगति भयो र कार्यकुशलता साह्रै कम भयो। सुसमाचारको कामको मेरो अनुगमनमा पनि त्यस्तै समस्या देखा पऱ्यो। बाहिरी रूपमा, मैले कामको धेरै अनुगमन गरेजस्तो देखिन्थ्यो, तर धेरैजसो समय यो केवल माथि र तल खबर पुर्याउने काम मात्र थियो। म विरलै विद्यमान समस्याहरूबारे सोध्थेँ, तिनलाई समयमै समाधान गर्ने कुरा त परै जाओस्, जसले गर्दा कामको नतिजा कमजोर भयो। यो वास्तविक काम गर्नु थिएन। यसरी कर्तव्य निर्वाह गर्दा, म केवल झारा टार्दै थिएँ, र मूलभूत रूपमा मानिसहरूलाई ढाँट्न र परमेश्वरलाई धोका दिन खोज्दै थिएँ। परमेश्वर हामीलाई उहाँका अभिप्रायहरूको ख्याल गर्दै कर्तव्यहरू निर्वाह गर्न, र कार्यकुशलता र नतिजामा ध्यान केन्द्रित गर्न माग गर्नुहुन्छ। यसो गरेर मात्र हामी मानकअनुरूप हुने गरी कर्तव्यहरू निर्वाह गरिरहेका हुन्छौँ। मैले कामलाई सतही रूपमा मात्र कार्यान्वयन गरेँ र वास्तविक समस्याहरू समाधान गरिनँ, जसले गर्दा मेरो जिम्मेवारीको दायराभित्रको काममा कुनै वास्तविक प्रगति वा नतिजा आएन। यदि यस्तो निरन्तर भइरह्यो भने, म अन्त्यमा झूटो अगुवाको रूपमा प्रकट भई हटाइनेथिएँ। यी कुराहरू महसुस गरेपछि, मलाई आफैप्रति घृणा जाग्यो, र मैले मनमनै सङ्कल्प गरेँ, “आफूले फेरि कर्तव्य निर्वाह गर्दा, मैले लगनशीलता र पूर्ण प्रतिबद्धताका साथ गर्नुपर्नेछ, र काम गर्दा कार्यकुशलता र वास्तविक नतिजामा ध्यान केन्द्रित गर्नुपर्नेछ, ताकि कामलाई सकेसम्म चाँडो अघि बढाउन सकियोस्।” पछि, सुसमाचारको काम कार्यान्वयन गर्दा, मैले अगुवा र डिकनहरूसँग मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्राय र सुसमाचार प्रचार गर्नुको महत्त्वबारे सङ्गति गरेँ, र उनीहरूलाई सुसमाचारको काममा वास्तवमै सहभागी हुन अगुवाइ गरेँ। ब्रदर-सिस्टरहरूले सुसमाचार प्रचार गर्नुको महत्त्व बुझे र सुसमाचारको काममा सक्रिय रूपमा लागे, र पछि, सुसमाचारको काममा केही प्रगति भयो। निर्वाचनको काममा पनि, मैले समयमै समस्याहरूको अनुगमन र समाधान गरेँ, र केही समयपछि, अधिकांश मण्डली अगुवा र डिकनहरू निर्वाचित भए, र मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्यो।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “काटछाँट हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्नुपर्ने कुरा के हो? व्यक्तिले आफ्नो कर्तव्य मानक अनुरूप पूरा गर्नका लागि काटछाँट अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा मुक्ति प्राप्त गर्नका निम्ति दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट गर्नु उसका सम्भाव्यता र भवितव्यसँग सम्बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट गरिन्छ? के यो उसलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, र स्वाभाविक रूपमा यो मानिसहरूलाई सहायता गर्ने र उद्धार गर्ने तरिका पनि हो। काटछाँट गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई समयमै पहिचान गर्न, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्न मदत गर्छ। जे-जस्तो नै भए पनि, काटछाँटले तँलाई तेरा गल्तीहरू चिन्न र सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई विचलनहरू निम्त्याउन र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई महाविपत्तिहरू पैदा गर्नदेखि बचाउँछ। के यो मानिसहरूका लागि सबैभन्दा ठूलो सहयोग, सबैभन्दा ठूलो उपचार होइन र? विवेक र समझ भएका व्यक्तिहरूले काटछाँट भोग्नुलाई सही रूपमा हेर्न सक्नुपर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरका वचनहरूबाट, मैले काटछाँटमा पर्नुको महत्त्व बुझेँ, र मानकअनुरूप हुने गरी कर्तव्यहरू निर्वाह गर्नका लागि मानिसले काटछाँटको अनुभव गर्नु आवश्यक छ भन्ने थाहा पाएँ। जब ब्रदर-सिस्टरहरू हाम्रो कर्तव्यमा समस्या वा विचलनहरू देख्छन्, उनीहरूले हाम्रा समस्याहरू औँल्याउनु र समयमै हामीलाई काटछाँट वा खुलासा गर्नुले हामीलाई हाम्रा समस्याहरू महसुस गर्न र छिटो सच्याउन मद्दत गर्छ। यो मण्डलीको कामको सुरक्षा गर्नु र हामीलाई वास्तविक मद्दत प्रदान गर्नु हो। मैले सोचेँ, माथिल्लो अगुवाले मेरो काममा बारम्बार समस्याहरू औँल्याउनु मेरो लागि कामकुरा गाह्रो बनाउन वा मलाई लज्जित पार्नका लागि थिएन, बरु भविष्यमा म मण्डलीको काम अझ राम्ररी गर्न सकूँ भनेर मेरो काममा भएका कमी-कमजोरी र विचलनहरू महसुस गर्न मद्दत गर्नका लागि थियो, र मलाई मेरो कर्तव्यमा झाराटारुवा हुने मेरो भ्रष्ट स्वभाव चिन्न मद्दत गर्नका लागि पनि थियो। त्यस क्षणमा, मैले साँच्चै के महसुस गरेँ भने काटछाँटको कार्यले मानिसहरूको जीवन प्रवेशलाई फाइदा पुर्याउने मात्र होइन, उनीहरूलाई आफ्नो कर्तव्यमा भएका विचलन र समस्याहरू तुरुन्तै सच्याउन, उनीहरूलाई आफ्नै तरिकाले चल्नबाट जोगाउन र मण्डलीको काममा हानि आउनबाट रोक्न समेत मद्दत गर्छ। काटछाँटमा पर्नु परमेश्वरको प्रेम र मुक्ति हो! पछि, जब माथिल्लो अगुवाले मेरो कामको अनुगमन गरिन्, उनले मेरा समस्याहरू औँल्याइ नै रहिन्, र कहिलेकाहीँ, म आफूलाई तर्क गर्न चाहने स्थितिमा पाउँथेँ, तैपनि मैले के बुझेँ भने अगुवाले मेरो कामको अनुगमन गर्नु भनेको उनले मलाई हात समातेर डोर्याउनु हो, र काममा सिद्धान्तहरूमा कसरी प्रवेश गर्ने भनेर सिकाउनु हो, त्यसैले मेरो हृदयमा, मलाई उति सारो प्रतिरोध महसुस भएन।
त्यसको केही समयपछि नै, माथिल्लो अगुवाले म सुसमाचारको कामको अनुगमन गर्न निष्क्रिय भइरहेकी, र मैले सुसमाचारको कामलाई बेवास्ता गर्न पुगेकी साथै सबै कठिनाइहरू सुसमाचार कामदारहरूमाथि थोपरिदिएकी भन्ने कुरा लेख्दै एउटा पत्र पठाइन्। पत्र पढेपछि, म मनमनै तर्क नगरी बस्न सकिनँ, “तपाईं कसरी मैले यसलाई बेवास्ता गर्न पुगेकी भन्न सक्नुहुन्छ? सुसमाचारको काम प्रभावकारी भएको छैन, र यसले गर्दा म चिन्तित र निराश भएकी छु। म पछिल्लो समय सुसमाचारको काम अघि बढाउन कडा परिश्रम गरिरहेकी छु, र उठेका समस्याहरूबारे सङ्गति र मद्दत प्रदान गरेकी छु। तपाईं कसरी म सुसमाचारको काममा संलग्न भएकी छैनँ भन्न सक्नुहुन्छ?” त्यस क्षणमा, मैले म फेरि सत्यताप्रति वितृष्णा राख्ने स्वभाव प्रकट गर्न थालेकी छु भन्ने महसुस गरेँ, र मैले सोचेँ, “अगुवाको पत्रले पक्कै पनि कुनै समस्या औँल्याएको हुनुपर्छ, त्यसैले ममा समझ हुनुपर्छ र पहिले समर्पित हुनुपर्छ।” त्यसैले मैले मनमनै मौन प्रार्थना गरेँ, र परमेश्वरलाई मलाई समर्पित हुन मार्गदर्शन गर्नुहोस् भनेर बिन्ती गरेँ। त्यसपछि मैले केही समयअघि पढेको काटछाँटलाई कसरी लिने भन्नेबारेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ, त्यसैले मैले तुरुन्तै त्यो खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “त्यसोभए, समर्पित हुने मनोवृत्ति ठ्याक्कै कस्तो हुन्छ? पहिलो कुरा त, तँसँग सकारात्मक मनोवृत्ति हुनुपर्छ: जब तँलाई काटछाँट गरिन्छ, तैँले सुरुमै सही र गलत विश्लेषण गर्दैनस्—समर्पित हृदयले यसलाई स्वीकार मात्र गर्छस्। उदाहरणको लागि, कसैले तैँले केही गलत गरिस् भन्न सक्छ। तैँले आफ्नो हृदयमा यो नबुझे पनि, र तँलाई आफूले के गल्ती गरेँ भनेर थाहा नभए पनि, तँ यसलाई स्विकार्छस्। स्वीकार मूलतः सकारात्मक मनोवृत्ति हो। यसका साथै, यसमा अलि बढी नकारात्मक हुने एउटा मनोवृत्ति पनि हुन्छ, जुन मौनता कायम राख्नु र कुनै प्रतिरोध नगर्नु हो। यसमा कस्तो खाले व्यवहार समावेश हुन्छ? तँ तर्क गर्दैनस्, आफ्नो प्रतिरक्षा गर्दैनस्, न आफ्नो लागि वस्तुगत बहानाहरू बनाउँछस्। यदि तँ आफ्नो लागि सधैँ बहाना बनाउँछस्, तर्क गर्छस्, र जिम्मेवारी अरू मानिसहरूमा थोपर्छस् भने, के त्यो प्रतिरोध होइन र? त्यो विद्रोही स्वभाव हो। तैँले अस्वीकार, प्रतिरोध, वा तर्क गर्नु हुँदैन। यदि तैँले सही तर्क गर्छस् नै भने पनि, के त्यो सत्यता हुन्छ र? त्यो त मानिसको वस्तुगत बहाना हो, सत्यता होइन। तँलाई यो कुरा किन भयो, वा यो कसरी आयो भनेर वस्तुगत बहानाहरू सोधिएको होइन बरु, तेरो कार्यको प्रकृति सत्यताअनुरूप छैन भनेर तँलाई भनिएको हो। यदि तँसँग यो स्तरको ज्ञान छ भने, तँ वास्तवमै स्विकार्न र प्रतिरोध नगर्न सक्षम हुनेछस्। तँमाथि केही कुरा आइपर्दा, सुरुमा तँसित समर्पित हुने मनोवृत्ति हुनु महत्त्वपूर्ण छ। … काटछाँट सामना गर्दा, के-कस्तो कार्यव्यवहारमा स्वीकार गर्ने र समर्पित हुने मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तँ व्यावहारिक हुनुपर्छ र तँमा समझ हुनुपर्छ। तँ सबभन्दा सुरुमा समर्पित हुनुपर्छ, र तैँले प्रतिरोध वा अस्वीकार गर्नु हुँदैन, र तैँले तर्कसङ्गततासाथ व्यवहार गर्नुपर्छ। यसरी, तँसँग न्यूनतम रूपमा आवश्यक समझ हुनेछ। यदि तँ स्वीकार र समर्पणको स्थिति हासिल गर्न चाहन्छस् भने, तैँले सत्यता बुझ्नैपर्छ। सत्यता बुझ्नु सामान्य कुरा होइन। सुरुमा, तैँले परमेश्वरबाट आएका कुराहरू स्विकार्नुपर्छ: कम्तीमा पनि तैँले काटछाँट भोग्नु भनेको परमेश्वरले नै तँलाई ती भोग्न अनुमति दिनुभएको कुरा हो, वा त्यो परमेश्वरबाटै आएको कुरा हो भनेर जान्नुपर्छ। चाहे काटछाँट पूर्णतया व्यावहारिक होस् वा नहोस्, तँसँग स्विकार्ने र समर्पित हुने मनोवृत्ति हुनुपर्छ। यो परमेश्वरप्रतिको समर्पणको प्रकटीकरण हो, र साथै, परमेश्वरको सूक्ष्म जाँच स्विकार्नु पनि हो। यदि तँ काटछाँट परमेश्वरबाट होइन मानिसबाट आउँछ भन्ने सोच्दै, आफ्नो पक्षमा तर्क र प्रतिरक्षा मात्र गर्छस् भने, त्यो तेरो बुझाइ त्रुटिपूर्ण छ। एकातिर, तैँले परमेश्वरको जाँचलाई स्विकारेको छैनस्, र अर्कोतिर, परमेश्वरले तेरो लागि बनाउनुभएको वातावरणमा तँसँग समर्पित हुने मनोवृत्ति वा व्यवहार छैन। यो त परमेश्वरमा समर्पित नहुने व्यक्ति हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरूले हामीलाई बताउँछन् जब हामीलाई काटछाँट गरिन्छ, हामीले सही र गलतको विश्लेषण गर्नु हुँदैन वा तर्क गर्न र आफ्नो सफाइ दिन खोज्नु हुँदैन, बरु स्वीकार र समर्पणबाट सुरु गर्नुपर्छ। हामीले नबुझे पनि, हामीले यस मामिलामा खोजी र समर्पणको मनोवृत्तिसहित अगाडि पढ्नुपर्छ। मानिसमा हुनुपर्ने समझ यही नै हो। मैले सामना गरेको यो काटछाँट परमेश्वरद्वारा अनुमति दिइएको थियो, र मैले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्थ्यो। मलाई आफ्ना समस्याहरूबारे अझैपनि थाहा थिएन, तैपनि मैले तर्क गर्न वा आफ्नो सफाइ दिन खोज्नु हुँदैनथ्यो। बरु, मैले आफूलाई शान्त राख्नुपर्थ्यो र विनम्र भई खोजी गर्नुपर्थ्यो, र मेरो काममा भएका विचलन र समस्याहरूबारे चिन्तन गर्नुपर्थ्यो। काटछाँटको सामना गर्दा मैले राख्नुपर्ने सही मनोवृत्ति यही हो। अझ गहिरिएर सोच्दा, म प्रायः सुसमाचारको कामको अनुगमन गर्थेँ, तैपनि मैले धेरै विस्तृत कामहरू गरिरहेकी थिइनँ। उदाहरणका लागि, सुसमाचार कामदारहरूले सुसमाचार प्रचार गर्दा र परमेश्वरको गवाही दिँदा भोगिरहेका समस्याहरू मैले कहिल्यै विशेष रूपमा जाँचिनँ वा समाधान गरिनँ। के यो ठ्याक्कै माथिल्लो अगुवाले म कामका विस्तृत कुराहरूमा सहभागी नभइरहेकी र सुसमाचारको कामलाई बेवास्ता गरिरहेकी भनेकै कुरा थिएन र? यी कुराहरू महसुस गरेपछि, मैले हृदयदेखि नै अगुवाको मार्गदर्शन स्वीकार गरेँ। त्यसपछि, मैले वास्तवमै सुसमाचार कामदारहरूको अनुगमन गरेँ, र समस्याहरू आउँदा, म तुरुन्तै सम्बन्धित सत्यताहरू खोज्थेँ र समाधानका उपायहरूबारे सङ्गति गर्थेँ। बिस्तारै, सुसमाचारको काममा सुधार आउन थाल्यो।
यी धेरैपटकका काटछाँटहरू अनुभव गरेर, मैले सत्यताप्रति वितृष्णा राख्ने मेरो ख्रीष्टविरोधी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ, र मैले के महसुस गरेँ भने मानिसहरूसँग भ्रष्ट स्वभाव हुने भएकोले, उनीहरू प्रायः आफ्नो कर्तव्य झाराटारुवा तरिकाले निर्वाह गर्छन्, र यदि हामीले काटछाँट स्वीकार गरेनौँ र बरु प्रतिरोध महसुस गर्यौँ र विद्रोही भयौँ भने, यसले काममा गम्भीर हानि मात्र ल्याउनेछ। यिनै पटक-पटकका, मेरो इच्छाविपरितका काटछाँटहरूले नै मेरो सुरक्षा गरे, र मलाई झूटो अगुवाको गलत मार्गमा हिँड्नबाट जोगाए। काटछाँटमा पर्नु मेरो कर्तव्य पालनाको लागि साँच्चै फाइदाजनक थियो!