४७. अब म विवाहलाई कसरी हेर्नुपर्छ भन्ने जान्दछु

सङ स्याओ, चीन

म १८ वर्षको हुँदा मेरी हजुरआमाले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने आखिरी दिनहरूमा परमेश्‍वर सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन, तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न, र अन्ततः यो युगको अन्त्य गर्न न्यायको काम गर्नुहुन्छ। मैले प्रभु येशूमा कहिल्यै विश्‍वास गरेको थिइनँ र परमेश्‍वरको कामको अन्तिम चरणमा सामेल हुन पाउनु मेरो अहोभाग्य थियो। यो मेरो लागि परमेश्‍वरको अनुग्रह थियो। मैले गम्भीरतापूर्वक परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ र परमेश्‍वरको प्रेम चुकाउन आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। त्यहाँभन्दा पछि, मैले जोसपूर्ण रूपमा पछ्याएँ, बारम्बार परमेश्‍वरका वचनहरू पढेँ र मेरा आमाबुबा र हजुरआमासँग भेलाहरूमा सहभागी भएँ। म आफ्नो कर्तव्य निर्वाह गर्नमा पनि सक्रिय थिएँ। छ महिनापछि, कामको आवश्यकताले गर्दा म आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेर गएँ। कहिलेकाहीँ, आफ्नो गृहनगर हुँदै जाँदा म केही समय निकालेर घर फर्कन्थेँ।

२०१९ मा, म २५ वर्षको थिएँ। एक पटक म घर फर्कंदा, मेरो बुबाले मलाई भन्नुभयो, “छोरा, तिमी विवाह गर्ने उमेरको भयौ, र तिमीले आफ्नो परिवार सुरू गर्नुपर्छ। तिम्रो कजन र उसकी श्रीमतीलाई हेर त। विवाह गरेपछि पनि उनीहरूले मण्डलीमा कर्तव्य निर्वाह गर्न सकेका थिए, र राम्रै भइरहेको थियो।” उहाँले विवाह गरेका युवा ब्रदर-सिस्टरहरूका अरू दुई-चारवटा उदाहरण दिनुभयो, र मलाई पनि त्यसै गर्न सम्झाउने प्रयास गर्नुभयो। मैले भनेँ, “म आफ्नो कर्तव्य निर्वाह गर्न व्यस्त छु। मलाई साँच्चै विवाह गर्न र पारिवारिक जीवन जिउन मन छैन। यो जीवनमा, म आफ्नो सम्पूर्ण समय परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्नमा मात्र समर्पण गर्न चाहन्छु। सत्यता पछ्याएर र हाम्रो कर्तव्य राम्रोसँग निर्वाह गरेर मात्र हाम्रो जीवन अर्थपूर्ण हुन सक्छ। परमेश्‍वर भन्‍नुहुन्छ: ‘केही मानिसहरूका परिवारहरूले उनीहरूलाई थिचोमिचो गर्छन्, यसैले तिनीहरूले विवाह नगरेसम्म परमेश्‍वरमा विश्‍वास गर्न सक्दैनन्। यस प्रकारले, प्रतिकूल रूपमा विवाह उनीहरूको लागि उपयोगी हुन्छ। अरूका लागि विवाहले कुनै फाइदा गर्दैन, तर उनीहरूसँग पहिले जे थियो त्यसको मूल्य चुकाउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७))। हाम्रो परिवारमा कसैले पनि मलाई सताइरहेको छैन, त्यसैले म आफ्नो सम्पूर्ण समय आफ्नो कर्तव्य निर्वाह गर्नमा समर्पण गर्न चाहन्छु। यो मेरो जीवनको पछ्याइका लागि लाभदायक हुनेछ।” आफूले यसो भन्दै गर्दा, मैले मेरो बुबालाई निराश भएर ओछ्यानमा पल्टिरहनुभएको देखेँ। उहाँले सानो स्वरमा भन्नुभयो, “आफ्नो सम्पूर्ण समय कर्तव्य निर्वाह गर्नमा लगाउनु भनेको सही मार्गमा हिँड्नु हो। यदि तिमी विवाह नगर्ने निर्णय गर्छौ भने, त्यो तिम्रो स्वतन्त्रता हो र म तिम्रो बाटोमा तगारो बन्नेछैनँ। तर जब म तीन पुस्तादेखि एक्लो छोराको भरमा टिकेको हाम्रो परिवार, र यदि तिमीले विवाह गरेनौ भने हाम्रो वंश तिमीसँगै समाप्त हुनेछ भन्ने सोच्छु, मेरो हृदयमा दुःख लाग्छ। त्यसैले मैले तिम्रो कजनले जस्तै तिमीले पनि विवाह गर्ने निर्णय गर्छौ कि भनेर तिमीसँग सल्लाह गर्ने विचार गरेँ।” त्यसपछि, मेरो बुबाले मलाई कहिल्यै यसरी सम्झाउने प्रयास गर्नुभएन।

२०२४ को वसन्तोत्सवपछि, मैले कर्तव्य निर्वाह गरिरहेको क्षेत्रमा केही ब्रदर-सिस्टरहरू पक्राउ परे। केही समयको लागि मसँग बस्नको लागि उपयुक्त अतिथिसत्कारक घर भएन, त्यसैले मैले अगुवाहरूसामु म अस्थायी रूपमा घर फर्कने प्रस्ताव राखेँ। म घरमा हुँदा, मेरी आमा मसँग बेलाबेलामा विवाह गर्ने कुरा गर्नुहुन्थ्यो। एक पटक, उहाँले दुई-चार जना सिस्टरहरूका छोरीहरूबारे बताउनुभयो। उहाँलाई तीमध्ये एउटी निकै राम्री लाग्थ्यो, र यसबारे मेरो विचार के छ भनेर मलाई सोध्नुभयो। यो सुन्नेबित्तिकै, मैले सोचेँ, “मेरो विवाहको कुरा मेरा आमाबुबाको दिमागमा निरन्तर बोझ बनिरहेको रहेछ, र अहिले त उहाँहरूले कदम नै चाल्नुभएछ। यदि मैले सीधै अस्वीकार गरेँ भने, त्यसले मेरी आमालाई धेरै चोट पुग्नेछ।” त्यसैले मैले जानाजानी यसलाई पन्छाउने प्रयास गर्दै, कुराकानीलाई अर्को विषयतिर मोडेँ। एक साँझ, म मेरी आमासँग कुराकानी गर्दै थिएँ। मेरी आमाले गम्भीर हुँदै भन्नुभयो, “छोरा, मैले यति धेरै पैसा किन जम्मा गरेकी हुँ, तँलाई थाहा छ? एउटा कारण त तेरी हजुरआमाको उपचार खर्च जुटाउनु हो; अर्कोचाहिँ तेरो विवाह गर्नको लागि हो। अब, तेरी हजुरआमा बितिसक्नुभयो, र हाम्रो परिवारमा बाँकी रहेको एउटै मुख्य विषय भनेको तेरो विवाह हो। यदि तैँले कोही उपयुक्त व्यक्ति भेट्टाइस् भने, तैँले विवाह गर्नुपर्छ! यसले तेरो परमेश्‍वरमाथिको विश्‍वासमा कुनै बाधा पुर्‍याउनेछैन। तँ तीस वर्षको भइसकिस्, र तँ अब जवान हुनेछैनस्। यदि तैँले विवाह गरिनस् भने, तँलाई साथ दिने कोही हुनेछैन र अन्त्यमा तँ एक्लो हुनेछस्। तेरो बुबा र म पनि अब जवान हुँदै जानेवाला छैनौँ, र हामीले तँलाई जीवनभर साथ दिन सक्नेछैनौँ।” मेरी आमाका यी कुरा सुनेर, मैले मेरो हृदयमा अलिकति पीडा महसुस गरेँ। विगतका वर्षहरूमा, विवाहबारे मेरो अडान सधैँ धेरै रहेको थियो, तर अहिले म साँच्चै नै डगमगाइरहेको थिएँ। मलाई गत वर्ष मेरी हजुरआमा बित्नुभएको समयको याद आयो। संसारमा एउटा आफन्त कम हुनु भनेको मलाई साथ दिने एउटा व्यक्ति कम हुनु हो भन्ने मलाई लाग्यो, र मेरो हृदयमा एक किसिमको खिन्नता महसुस भयो, “यदि मैले विवाह गरिनँ भने, मेरा आमाबुबा बितिसकेपछि म मेरो बुढेसकालमा एक्लै हुनेछु।” साथै, मेरा आमाबुबाले म सानो छँदादेखि नै मसँग कहिल्यै कुनै माग राख्नुभएको थिएन। मैले घरबाट टाढा रहेर आफ्नो कर्तव्य निर्वाह गरिरहँदा यी सबै वर्षहरूमा उहाँहरूले मलाई समर्थन गर्नुभएको थियो। यस जीवनमा उहाँहरूले मबाट राख्नुभएको यो एउटै सानो अपेक्षा पनि मैले पूरा गर्न सकेको थिइनँ। मलाई आफूले आफ्ना आमाबुबालाई निराश बनाएको जस्तो लाग्यो। तर त्यसपछि मेरो मनमा अर्को विचार आयो, “यदि मैले विवाह गरेर सन्तान जन्माएँ भने, मेरो जीवनमा धेरै उल्झनहरू आउनेछन्, र आफ्नो कर्तव्यका लागि मसँग कम समय र ऊर्जा हुनेछ। म आफ्नो कर्तव्य निर्वाह गर्न समेत असमर्थ हुन सक्छु। एक जना ब्रदरको अवस्था यस्तै छ—विवाह गरेपछि जीवनले उनलाई पैसा कमाउन संसारमै फर्कन बाध्य बनायो। उनी नियमित रूपमा भेलाहरूमा सहभागी हुन पनि सकेनन्। मैले परमेश्‍वरको घरमा आएर आफ्नो कर्तव्य निर्वाह गर्ने परमेश्‍वरको अनुग्रह प्राप्त गरेँ, र यी वर्षहरूमा मैले परमेश्‍वरबाट धेरै कुरा पाएको छु। यदि मैले आफ्नो कर्तव्य निर्वाह गरिनँ, र त्यसको सट्टा वैवाहिक जीवन बिताउन गएँ भने, मैले परमेश्‍वरलाई निराश बनाइरहेको हुनेछु!” त्यसैले मैले मेरी आमालाई भनेँ, “म परिवार सुरू गर्न चाहन्नँ। एकपटक मैले परिवार सुरू गरेँ भने, म धेरै उल्झनहरूमा पर्नेछु, र मेरो कर्तव्यमा असर पर्नेछ। म एक्लै ठीक छु। तपाईंहरू आफ्नो जीवन राम्ररी बिताउनुहोस् र मेरो चिन्ता लिनु आवश्यक छैन।” मेरी आमाले मैले यसो भनेको सुनेपछि, उहाँ यति धेरै दुःखी हुनुभयो कि उहाँले आफ्नो टाउको निहुराउनुभयो र अरू केही बोल्नुभएन। यसले मलाई केही वर्षअघिको मेरो बुबाको निराश र दुःखी अनुहारको याद दिलायो, र अचानक मेरो हृदय पग्लियो। मैले सोचेँ, “यदि मैले मेरा आमाबुबाको यो एउटा आवश्यकतासमेत पूरा गर्न सक्दिनँ, र उहाँहरूलाई हाम्रा आफन्तहरू र उहाँका साथीहरूको अगाडि लज्जित हुन र अरूबाट खिल्ली र आलोचनाको पात्र बन्न छोडिदिन्छु भने, के यो मेरो ठूलो स्वार्थ हुनेछैन र? म मेरा आमाबुबाले जन्माएको र हुर्काएको एक्लो सन्तान हुँ, त्यसैले यदि मैले विवाह गरेर सन्तान जन्माइनँ भने, मेरो परिवारको कुनै वंश हुनेछैन। मैले मेरा आमाबुबा र पुर्खाहरूलाई निराश बनाउनेछु। के यो सन्तानी धर्म पूरा नगर्नु होइन र? मेरा आफन्त र साथीहरू सबैले मलाई कहिले विवाह गर्छौ भनेर सोध्छन्। तिनीहरूमध्ये कतिपय त मेरा आमाबुबा उचित जिम्मेवारी लिइरहनुभएको छैन भन्ने कुरा गर्छन्। तिनीहरू भन्छन्, मेरो उमेर धेरै भइसक्दा पनि मेरी श्रीमतीसमेत छैन, छोराछोरी त परै जाओस्, र मैले परिवारको वंश अन्त्य गर्दैछु। यदि म अझै पनि परिवार सुरू गर्न र आफ्नो करियर बनाउन हतार गर्दिनँ भने, कसलाई के थाहा उनीहरूले मेरो पछाडि अरू के-के कुरा काट्नेछन्!” त्यो समयभरि, म यो विषयलाई लिएर अशान्त थिएँ, र कहिलेकाहीँ मध्यरातपछि पनि निदाउन सक्दिनथेँ। मैले मनमनै सोचेँ, “मैले यी सबै वर्षहरूमा घरबाट टाढा रहेर आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छु, र मैले मेरो उमेरका केही ब्रदर-सिस्टरहरूले विवाह गरेर सन्तान जन्माएको देखेको छु। उनीहरूका धेरै उल्झनहरू छन्, तापनि उनीहरू केही कर्तव्यहरू निर्वाह गर्न सक्छन्। मैले कुनै उपयुक्त व्यक्ति भेट्टाएँ, विवाह गरेँ र त्यस्तो जीवन जिउँदै परमेश्‍वरमा विश्‍वास गरेँ भने के होला? मैले मेरा आफन्त र साथीहरूलाई मैले वंश अन्त्य गर्दैछु भन्ने मौका दिनुहुँदैन, किनकि यसले मेरा आमाबुबालाई उनीहरूको अगाडि लज्जित बनाउँछ। तर विवाह गरेर सन्तान जन्माउँदा ममाथि ठूला उल्झनहरू थपिनेछन्, र मेरो परमेश्‍वरमाथिको विश्‍वास वा सत्यता पछ्याइमा रत्तिभर फाइदा नपुर्‍याई मेरो कर्तव्य निर्वाह गर्ने कुरामा ठूला बाधाहरू खडा गर्नेछ …” म दोधारमा परेँ। पछि, अगुवाहरूले मेरो लागि उपयुक्त अतिथिसत्कारक परिवार भेट्टाए र मलाई गएर आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्दै एउटा पत्र पठाए। मलाई बिदाइ गर्दा मेरी आमा रुनुभयो। म अत्यन्तै दुःखी भएँ, र मेरी आमाले नदेखून् भनेर मैले जबरजस्ती आफ्नो आँसु लुकाएँ। मैले यस जीवनमा आफूले आफ्ना आमाबुबालाई निराश बनाएको जस्तो महसुस गरेँ। उहाँहरूको छोराको रूपमा, म उहाँहरूलाई साथ दिन असमर्थ त भएकै थिएँ, मैले उहाँहरूलाई मेरो बारेमा चिन्तित समेत बनाएको थिएँ र उहाँहरूलाई अरूले कुरा काट्ने विषय बनाएको थिएँ। यस्तो स्थितिमा जिइरहँदा, मैले पीडा महसुस गरेँ, र मेरो कर्तव्य निर्वाहमा पनि असर पर्‍यो। मलाई मेरो स्थिति गलत छ भन्ने थाहा थियो, त्यसैले मैले यो समस्या समाधान गर्न सचेततापूर्वक परमेश्‍वरका वचनहरू पढेँ।

एक दिउँसो, मलाई अचानक परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो जुन मैले पहिले सुनेको थिएँ: “जवानहरूले पछ्याउनुपर्ने कुरा।” त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड खोजेँ र पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जवान मानिसहरू आकाङ्क्षा, कर्मशक्ति र आफैलाई अझ उत्तम बनाउने उत्साही चाहनाविहीन हुनुहुँदैन; तिनीहरू आफ्ना भविष्यबारे निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनप्रतिको आशा वा भविष्यप्रतिको विश्‍वास नै गुमाउनु हुन्छ; तिनीहरूसँग तिनीहरूको सम्पूर्ण जीवन मप्रति समर्पित गर्ने तिनीहरूको चाहनालाई साकार गर्न—तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने दृढता हुनुपर्छ। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले पाखण्ड र बेइन्साफलाई ढाकछोप गर्न नै हुन्छ—तिनीहरू आफ्नो उचित अडानमा दृढ रहनुपर्छ। तिनीहरू भीडसँग लाग्नुहुँदैन, बरु तिनीहरूमा इन्साफ र सत्यताका निम्ति बलिदान गर्न र सङ्घर्ष गर्न साहस गर्ने भावना हुनुपर्छ। युवाहरूमा अन्धकारका शक्तिहरूको दमनमा नझुक्ने र आफ्नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस हुनुपर्छ। युवाहरू कामकुरालाई चुपचाप सहेर बस्नु हुँदैन, बरु अझ बढी, तिनीहरूसँग निष्कपटता र खुलस्तताको भावना हुनुपर्छ, र तिनीहरूका दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको भावना हुनुपर्छ। अवश्य, यी हरेकप्रतिका मेरा मागहरू र हरेकका निम्ति मेरा अर्तीहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, युवाहरू कामकुरा के-कस्ता छन् भन्ने कुरा प्रस्ट रूपमा खुट्ट्याउने र इन्साफ तथा सत्यताको खोजी गर्ने सङ्कल्परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरू पछ्याउनुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। यसबाहेक, तिमीहरू आफ्नै जीवनका निम्ति जिम्मेवार हुनुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिस पृथ्वीमा आएपछि मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यता खोज्ने र प्राप्त गर्ने मौका पाउनु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा पछ्याउनुपर्ने सही मार्गका रूपमा किन कदर गर्दैनौ? अनि सत्यता र इन्साफलाई तिमीहरू किन सधैँ यति धेरै तिरस्कार गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू)। परमेश्‍वरका वचनहरू पढ्दा, मलाई परमेश्‍वर सामुन्नेमै रहेर मार्गदर्शन गरिरहनुभएको जस्तो महसुस भयो। मैले अत्यन्तै प्रोत्साहित महसुस गरेँ। मैले के देखेँ भने, परमेश्‍वर युवाहरूले सत्यता पछ्याउँछन् भन्ने ठूलो आशा गर्नुहुन्छ। एउटा युवाको रूपमा, परमेश्‍वरमा विश्‍वास गर्दा ममा सत्यता प्राप्त गर्ने पछ्याइका आदर्श र लक्ष्यहरू मात्र नभएर, ममा एउटा अडान हुनुपर्ने कुरा पनि आवश्यक छ: म अरूको लहैलहैमा लाग्न सक्दिनँ, बरू म विषयहरू खुट्याउन सक्ने हुनुपर्छ। मैले पत्रुसको बारेमा सोचेँ। उनले युवा अवस्थामै परमेश्‍वरमा विश्‍वास गर्न थाले। उनी न्यायको चाहना गर्थे र उनमा सत्यताको तृष्णा थियो। उनका आमाबुबाले उनी हुर्किएपछि कुनै प्रकारको आधिकारिक पद पाउन सकून् भनेर उनी स्कुल जानुपर्ने माग राख्नुभयो, तर पत्रुसलाई त्यो सही मार्गको पछ्याइविपरीत छ, त्यो खोक्रो जीवन हो भन्ने थाहा थियो। उनी आफ्ना आमाबुबाको बन्धनमा परेनन्, र उनले परमेश्‍वरमाथिको विश्‍वासको मार्गमा हिँड्ने कुरा नै छनौट गरे। पत्रुस सही र गलत छुट्याउन सक्दैनथे र उनले दृढ अडान लिए। उनी मानिसबाट आएका कुराहरूलाई घृणा गर्न, तिरस्कार गर्न, र अस्वीकार गर्न सक्षम थिए, अनि परमेश्‍वरबाट आएका कुराहरू पछ्याउनका लागि अपमान सहने र आफ्नो ज्यान समेत दिन सक्षम थिए। अन्ततः, उनी परमेश्‍वरद्वारा सिद्ध पारिए र सबैभन्दा अर्थपूर्ण जीवन जिए। पत्रुसको अनुभवसँग तुलना गर्दा, मलाई असाध्यै लाज लाग्यो। आफूले विवाहको विषयमा गैरविश्‍वासीहरूको निन्दाको सामना गर्नुपर्दा, र केही अपमान र पीडा सहनुपर्दा, मैले मेरो अडान गुमाएँ। मैले आफ्ना आमाबुबाप्रतिको सन्तानी कर्तव्य पूरा गर्न विवाह गर्नु र सन्तान जन्माउनुलाई सृजित प्राणीका कर्तव्यहरू निर्वाह गर्नु जत्तिकै महत्त्वपूर्ण ठानेँ। म एकैपटक दुईवटा डुङ्गा हरेकमा एक-एक खुट्टा राखेर उभिइरहेको थिएँ: दुवै पक्ष अस्थिर थिए किनकि मैले दुवैमध्ये कुनै पनि छनौट गरेको थिइनँ। अहिले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कामको महत्त्वपूर्ण समय हो। यदि मैले यस समयमा विवाह गरेर सन्तान जन्माएँ भने, मैले उनीहरूलाई पाल्नको लागि कडा परिश्रम गर्नुपर्ने थियो, र मसँग आफ्नो कर्तव्य निर्वाह गर्न वा सत्यता पछ्याउनका लागि त्यति धेरै समय र ऊर्जा हुनेथिएन। यदि मैले अहिले भएका अनुकूल परिस्थितिहरू गुमाएँ भने, त्यो जीवनभरको पछुतो हुनेछ। जब मैले यो कुरा बुझेँ, मैले के देखेँ भने, उचित रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र सँगसँगै आफ्नो कर्तव्य निर्वाह गर्दै परिवार सुरू गर्ने मेरो चाहना पटक्कै यथार्थपरक थिएन। एकपटक मैले विवाह गरेपछि, यो अब मेरो हातमा नहुन सक्छ। म मेरा आमाबुबाबाट प्रभावित हुनु हुँदैन। म आफ्नो पछ्याइमा निरन्तर लागिरहनुपर्छ। यो कुरा महसुस गरेपछि, मैले आफ्नो हृदयमा त्यति धेरै दोधार र पीडा महसुस गरिनँ। यद्यपि, त्यसपछि, जब-जब मेरो अगाडि उपयुक्त परिस्थिति आउँथ्यो, ममा अझै पनि विवाह गर्ने र त्यस्तो प्रकारको जीवन जिउने विचार आउँथ्यो। एक पटक, मैले गम्भीरतापूर्वक परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, जुन दिन म तपाईंकहाँ फर्किएँ, मैले मेरो जीवनभर तपाईंलाई पछ्याउनेछु, तपाईंको निम्ति आफूलाई समर्पित गर्नेछु, र सृजित प्राणीका कर्तव्यहरू निर्वाह गर्नेछु भन्ने सङ्कल्प गरेँ। तर हालै, म निरन्तर रूपमा जीवनसाथी खोज्ने, परिवार सुरू गर्ने, र परमेश्‍वरमा विश्‍वास गर्दै पारिवारिक जीवन जिउने बारे सोचिरहेको छु। म यसरी पतन हुन तयार छैनँ, तर मेरो सङ्कल्पलाई बलियो बनाउने शक्ति मसँग छैन। कृपया मलाई यो गलत स्थितिबाट बाहिर निकाल्नुहोस्।”

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र मेरो आफ्नै समस्याको बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तिनीहरूका आमाबुबाले असहमति जनाउँछन्, तिनीहरूलाई सधैँ आदेश र दबाब दिइरहन्छन्। उनीहरूले आफ्ना सन्तानलाई देख्नेबित्तिकै गनगन गर्न थाल्छन्: ‘के तँ कसैसित डेट गइरहेको छैनस्? के तैँले कसैलाई मन पराएको छैनस्? उसलाई चाँडो घर लिएर आइज ताकि हामीले ऊ तेरो लागि ठिक छ छैन जाँच्न सकौँ। यदि ऊ सुहाउँदो छ भने खुरुक्क बिहे गरिहाल्; तेरो उमेर ढल्किसक्यो! महिलाहरू तीस पुगेपछि विवाह गर्दैनन् र पुरुषहरू पैँतिस पुगेपछि जोडी खोज्दैनन्। तँ के गर्न खोज्दै छस्, संसार उल्टो पार्न खोज्दै छस्? बिहे गरिनस् भने, बुढेसकालमा तेरो हेरचाह कसले गर्नेछ?’ आमाबुबाहरू सधैँ चिन्ता लिन्छन् र यही कुरामा लागिरहन्छन्, तैँले यो वा त्यो खालको व्यक्ति खोज् भन्‍ने चाहन्छन्, र तँलाई जोडी खोजेर बिहे गर्न दबाब दिन्छन्। तर विवाह गरेपछि पनि तेरा आमाबुबाले तँलाई कर लगाइरहन्छन्: ‘मेरो उमेर छँदै एउटा बच्चा जन्माइहाल्। म उसलाई हेरिदिउँला।’ तैँले भन्छस्, ‘तपाईँले मेरा सन्तान हेरिदिनु पर्दैन। चिन्ता नगर्नूस्।’ जवाफमा उनीहरूले यसो भन्छन्, ‘“चिन्ता नगर्नूस्” भनेर के भन्न खोजेको? चाँडो एउटा बच्चा जन्माइहाल्! जन्मेपछि उसको हेरचाह म गर्नेछु। ऊ अलि ठूलो भएपछि तैँले हेर्दा हुन्छ।’ आमाबुबाले सन्तानप्रति जे-जस्ता अपेक्षाहरू राखे पनि—आमाबुबाको मनोवृत्ति जे-जस्तो भए पनि वा यी अपेक्षाहरू सही भए नि नभए नि—सन्तानको लागि त्यो सधैँ बोझ नै हुन्छ। यदि तिनीहरूले आमाबुबाका कुरा सुन्ने गर्छन् भने, तिनीहरूले असहज र बेखुसी महसुस गर्नेछन्। यदि तिनीहरू आमाबुबाका कुरा सुन्दैनन् भने, तिनीहरूको विवेकले घोच्नेछ: ‘मेरा आमाबुबा गलत हुनुहुन्न। उहाँहरू धेरै पाका भइसक्नुभो र मैले विवाह गरेको र बच्चाबच्ची जन्माएको हेर्न पाउनुभएको छैन। उहाँहरू दुःखी महसुस गर्नुहुन्छ, त्यसैले मलाई विवाह गर्न र सन्तान जन्माउन आग्रह गर्नुहुन्छ। यो पनि उहाँहरूको जिम्मेवारी नै हो।’ त्यसैले, यस मामलामा आमाबुबाका अपेक्षाहरू सम्हाल्ने सम्बन्धमा, मानिसहरूलाई भित्री रूपमा कताकता यो एउटा बोझ हो भन्‍ने सधैँ लागिरहन्छ। तिनीहरूले उनीहरूको कुरा सुने नि नसुने नि, यो गलत देखिन्छ, र जे गरे पनि तिनीहरूलाई आमाबुबाका आदेश वा चाहनाहरू पूरा नगर्नु भनेको अति अपमानजनक र अनैतिक कुरा हो भन्‍ने अनुभूति हुन्छ। यो तिनीहरूको विवेक घोच्‍ने मामला हो। कतिपय आमाबुबाहरू सन्तानको जीवनमा समेत हस्तक्षेप गर्छन्: ‘चाँडो विवाह गरेर सन्तान जन्माइहाल्। मलाई ठूलो, तन्दुरुस्त नाति जन्माइदे।’ यसरी तिनीहरू बच्चाको लैङ्गिकतामा समेत हस्तक्षेप गर्ने कोसिस गर्छन्। कतिपय आमाबुबा यसो पनि भन्छन्, ‘तेरो पहिल्यै एउटी छोरी छे, चाँडो मलाई एउटा नाति जन्माइदे, मलाई नाति र नातिनी दुवै चाहिन्छ। तेरो जहान र तँ दिनभर परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निभाउने काममै व्यस्त हुन्छस्। तैँले गर्नुपर्ने काम गरिरहेको छैनस्; सन्तान पाउनु ठूलो कुरा हो। तँलाई “तीनवटा सन्तानीय अभक्तिमध्ये उत्तराधिकारी नजन्माउनु सबभन्दा खराब हो” भन्‍ने कुरा थाहा छैन? के तँलाई एउटी छोरी पाएर पुग्छ जस्तो लाग्छ? तैँले चाँडो एउटा नाति जन्माउनु बेस हुन्छ! तँ हाम्रो परिवारको एक्लो सन्तान होस्; यदि तैँले मेरो लागि नाति नजन्माउने हो भने, के हाम्रो परिवारको वंश समाप्त हुँदैन र?’ अनि, तैँले मनन गर्छस्, ‘ठिक हो, यदि परिवारको वंश मबाट समाप्त भयो भने, के मैले पुर्खाहरूलाई निराश तुल्याइरहेको हुनेछैन र?’ यसरी, विवाह नगर्नु गलत हुन्छ, अनि विवाह गर्ने तर सन्तान नजन्माउने गर्नु पनि गलत हुन्छ; तर एउटी छोरी मात्र जन्माएर पनि पुग्दैन, तैँले छोरा पनि जन्माउनैपर्छ। कतिपय मानिसहरूले सुरुमा छोरा जन्माउँछन्, तर तिनीहरूका आमाबुबाले यसो भन्छन्, ‘एउटाले पुग्दैन। केही भइहाल्यो भने के गर्ने? अर्को एउटा जन्मा ताकि तिनीहरू एकअर्काको साथी बन्न सक्छन्।’ सन्तानको लागि आमाबुबाको वचन नै कानुन हो र उनीहरू पूर्णतया अनुचित हुन सक्छन् र सबभन्दा टेढो तर्क व्यक्त गर्न सक्छन्—उनीहरूका सन्तान तिनलाई कसरी सम्हाल्ने भनेर अन्योलमा हुन्छन्। आमाबुबाहरू सन्तानको जीवन, काम, विवाह, र विविध कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिमाथि हस्तक्षेप र आलोचना गर्छन्। सन्तानले आफ्नो रिस दबाउन मात्र सक्छन्। तिनीहरू आमाबुबाबाट लुक्न वा भाग्न सक्दैनन्। तिनीहरूले आमाबुबालाई गाली गर्न वा शिक्षा दिन सक्दैनन्—त्यसोभए तिनीहरूले के गर्न सक्छन् त? तिनीहरू त्यो सहन्छन्, उनीहरूलाई सकेसम्म कम भेट्ने प्रयास गर्छन्, र भेट्नै परे पनि यी मामलाहरू उठाउँदैनन्। यदि यी मामलाहरूबारे कुरा उठिहालेमा, तिनीहरू तुरुन्तै त्यो कुरा छाडेर कतै गएर लुक्छन्। तर कतिपय त्यस्ता मानिसहरू हुन्छन्, जो आफ्ना आमाबुबाका अपेक्षाहरू पूरा गर्न र उनीहरूलाई निराश नपार्न, आमाबुबाले भनेका कुराहरूमा सहमत हुन्छन्। तँ हिचकिचाउँदै भए पनि डेटिङ् जान्छस्, विवाह गर्छस्, र सन्तान जन्माउँछस्। तर एउटा मात्र बच्चा भएर हुँदैन; तैँले धेरै नै जन्माउनुपर्छ। तेरा आमाबुबाले भनेका कुराहरू पूरा गर्न र उनीहरूलाई खुसी र आनन्द दिन तँ यो काम गर्छस्। तैँले आमाबुबाका चाहनाहरू पूरा गर्न सके नि नसके नि, उनीहरूले गर्नू भनी दबाब दिने कुराहरू जुनसुकै बच्चाको लागि समस्याजनक हुन्छ। तेरा आमाबुबा कानुनविपरीत केही पनि गरिरहेका हुँदैनन्, त्यसैले तैँले उनीहरूको आलोचना गर्न, त्यसबारे अरू कसैसित कुरा गर्न, वा उनीहरूसित बहस गर्न पनि मिल्दैन। यो प्रक्रिया चलिरहँदा, उक्त मामला तेरो बोझ बन्छ। तँलाई सधैँ के लाग्छ भने, तेरा आमाबुबाले विवाह र गर्न र सन्तान जन्माउन दिएको दबाब पूरा गर्न नसकुन्जेल, तैँले तेरा आमाबुबा र पुर्खाहरूलाई प्रस्ट विवेकद्वारा सामना गर्न सक्नेछैनस्। यदि तैँले आमाबुबाका कुराहरू पूरा गरेको छैनस् भने—अर्थात्, डेट गएको, विवाह गरेको, र उनीहरूले भनेझैँ सन्तान जन्माएर वंश निरन्तरता दिएको छैनस् भने—तँलाई भित्री रूपमा दबाब महसुस हुनेछ। तेरा आमाबुबाले यी मामलाहरूमा हस्तक्षेप नगर्ने, र तँलाई परिस्थिति जस्तो आइपर्छ त्यस्तै रूपमा सामना गर्ने स्वतन्त्रता दिने भनेर भने मात्र तँ अलि तनावरहित हुन सक्छस्। तर तेरा नातेदार, साथीसँगी, सहपाठी, सहकर्मी, र अरू सबैले तेरो निन्दा गर्छन् र तेरो पिठ्युँपछाडि तेरो बारे कुरा काट्छन् भने, त्यो पनि तेरो लागि बोझ नै हुन्छ। तँ २५ वर्ष पुगेर अविवाहित हुँदा, तँलाई त्यो खासै महत्त्वपूर्ण हो जस्तो लाग्दैन, तर जब तेरो उमेर ३० पुग्छ, तँलाई त्यो खासै राम्रो होइन भन्‍ने अनुभूति हुन थाल्छ, त्यसैले तँ यी नातेदार र परिवारका सदस्यहरूबाट पन्छिन्छस्, र यो कुरा उठाउँदैनस्। अनि यदि तँ ३५ वर्ष पुगेर पनि अविवाहित नै छस् भने, मानिसहरूले यसो भन्‍नेछन्, ‘तैँले किन बिहे नगरेको? के तँलाई केही समस्या छ? तँ अलि विचित्र छस्, होइन र?’ यदि तँ विवाहित होस् तर सन्तान चाहँदैनस् भने, तिनीहरूले यसो भन्‍नेछन्, ‘तिमीले बिहे गरेपछि सन्तान किन नजन्माएको? अरू मानिसहरू बिहे गरेर एउटी छोरी र त्यसपछि छोरा जन्माउँछन्, वा पहिला छोरा र त्यसपछि छोरी जन्माउँछन्। तँ किन सन्तान चाहँदैनस्? तँलाई के भएको छ? के तँसित कुनै मानव भावना छैन? के तँ सामान्य व्यक्ति त होस्?’ चाहे त्यो आमाबुबाबाट आओस् वा समाजबाट, यी मामलाहरू फरक-फरक परिवेश र पृष्ठभूमिमा तेरो लागि बोझ बन्छन्। विशेषगरी तेरो कुनै खास उमेरमा तँलाई आफूले केही गल्ती गरेँ भन्‍ने महसुस हुन्छ। उदाहरणको लागि, यदि तेरो उमेर तीस र पचासबीच छ र तँ अझै अविवाहित छस् भने, तँ मानिसहरूलाई भेट्ने आँट गर्दैनस्। तिनीहरू भन्छन्, ‘त्यो महिलाले जीवनभर कहिल्यै बिहे गरिन, त्यो बुढीकन्या हो, उसलाई कसैले चाहँदैन र बिहे गर्दैन।’ ‘त्यो केटोले जीवनभर कहिल्यै बुढी पाएन।’ ‘तिनीहरूले किन बिहे गरेनन्?’ ‘के थाहा, तिनीहरूमै केही गडबडी हुन सक्छ।’ तैँले राम्ररी सोच्छस्, ‘ममा केही गडबडी छैन। तर मैले किन बिहे गरिनँ? मैले आमाबुबाको कुरा सुनिनँ र उहाँहरूलाई निराश तुल्याइरहेको छु।’ मानिसहरू भन्छन्, ‘त्यो केटोले बिहे गरेको छैन, त्यो केटीले बिहे गरेकी छैन। हेर त तिनीहरूका आमाबुबा अहिले कति दयनीय छन्। अरू आमाबुबाले नातिनातिना र पनातिपनातिना पाइसके, तर तिनीहरू भने अझै एक्लै छन्। के तिनीहरूका पुर्खाले केही खराब काम गरेको हुनुपर्छ? के यो परिवारको लागि कुनै उत्तराधिकारी नछोड्नु होइन र? तिनीहरूको वंश धान्ने कुनै सन्तान हुनेछैन। त्यो परिवारलाई के भएको हो?’ अहिले तेरो मनोवृत्ति जति अडिग भए पनि, जबसम्म तँ मरणशील र साधारण व्यक्ति हुन्छस् र तँसित यो मामला बुझ्न पर्याप्त सत्यता हुँदैन, ढिलोचाँडो त्यसले तँलाई समस्या र बाधा दिनेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनहरूले खुलासा गरेको कुरा ठ्याक्कै मेरो स्थिति थियो। मलाई विवाह गर्नु एउटा ठूलो उल्झन हो र यसले सत्यता पछ्याउने वा मेरो कर्तव्य निर्वाह गर्ने कुरामा कुनै फाइदा गर्दैन भन्ने थाहा थियो, त्यसैले म विवाह गर्न चाहन्नथेँ। तर जब तीस वर्ष पुग्दा पनि मैले विवाह गरिनँ वा सन्तान जन्माइनँ, मेरा आफन्त र साथीहरूले मेरो खिल्ली उडाए र मेरो आलोचना गरे। मैले वा मेरा आमाबुबाले शिर ठाडो पारेर हिँड्न नसक्ने जस्तो महसुस गर्‍यौँ। यसको नतिजास्वरूप, मेरा आमाबुबाले वंश अन्त्य नहोस् भनेर मलाई बारम्बार विवाह गर्न आग्रह गर्नुभयो। उहाँहरूले सक्रिय रूपमा मलाई सम्भावित जीवनसाथीहरू समेत चिनाउनु भयो। यो सबै “तीनवटा सन्तानीय अभक्तिमध्ये उत्तराधिकारी नजन्माउनु सबभन्दा खराब हो,” र “पुरुष उमेर पुगेपछि विवाह गर्नुपर्छ; महिला उमेर पुगेपछि वैवाहिक बन्धनमा बाँधिनुपर्छ” जस्ता परम्परागत धारणाहरूले बाँधिनुको नतिजा थियो। हामीले शैतानद्वारा हामीभित्र भरिएका यी भ्रामक विचारहरूलाई हाम्रो आचरण र हाम्रा कार्य मार्गदर्शन गर्ने सिद्धान्तहरूका रूपमा लिएका थियौँ। हामी के विश्‍वास गर्थ्यौँ भने आमाबुबाले आफ्ना छोराछोरीको विवाह गर्ने र करियर बनाउने कुरामा चिन्तित हुनुपर्छ ताकि परिवारको वंश अगाडि बढाउने सन्तान होऊन्, जबकि छोराछोरीले यो कुरा मान्नुपर्छ र प्रशस्त सन्ततिहरू सुनिश्चित गर्न आफ्नै सन्तान जन्माउनुपर्छ, ताकि उनीहरूका आमाबुबाले छोराछोरी र नातिनातिनाहरूले भरिएको घरको सुखभोग गर्न सकून्। यदि छोराछोरीले यो कुरा पूरा गरेनन् भने, यो गम्भीर रूपमा विद्रोही हुनु र आमाबुबाको अनादर गर्नु हो। मैले मेरा आमाबुबाका अपेक्षाहरू पूरा गर्न सकिनँ, मेरै कारण उहाँहरूलाई चिन्तित र दुःखी तुल्याएँ, र उहाँहरूको बदनाम गरेँ। मलाई एउटा छोराको रूपमा, आफूले एकदमै स्वार्थी बन्दै आमाबुबाको अनादर गरे जस्तो लाग्यो। मैले आफन्त र साथीहरूको निन्दा सहन सकिनँ, र मेरा आमाबुबाप्रतिको मेरो ऋण चुकाउन विवाह गर्ने विचार गरेँ। यद्यपि, म सत्यता पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने आफ्ना अनुकूल अवस्थाहरू गुमाउन चाहन्नथेँ। फलस्वरूप मैले राम्ररी खान वा सुत्न सकिनँ, र म सङ्कष्टमा जिएँ। परमेश्‍वरले मानिसहरूलाई सन्तान जन्माउने वा नजन्माउने भनी निर्णय गर्ने अधिकार दिनुभएको छ, र मानिसहरूले जे छनौट गरे पनि, त्यो न्यायोचित छ। तर शैतान मानिसहरूलाई बाँध्न “तीनवटा सन्तानीय अभक्तिमध्ये उत्तराधिकारी नजन्माउनु सबभन्दा खराब हो,” र “पुरुषले उमेर पुगेपछि विवाह गर्नुपर्छ; महिला उमेर पुगेपछि वैवाहिक बन्धनमा बाँधिनुपर्छ” जस्ता परम्परागत धारणाहरू प्रयोग गर्छ ताकि कसैमा मानवता छ वा छैन, वा तिनीहरूले आमाबुबाप्रतिको सन्तानी धर्म निभाउँछन् वा निभाउँदैनन् भन्ने कुरा तिनीहरूको वैवाहिक स्थिति र तिनीहरूका सन्तान छन् वा छैनन् भन्ने आधारमा मूल्याङ्कन गरियोस्, न कि तिनीहरूको चरित्रको आधारमा, परमेश्‍वरका वचनहरूको आधारमा त झन् परको कुरा हो। यसरी, मानिसले कसैको निष्पक्ष मूल्याङ्कन गर्न नसक्ने मात्र होइन, बरू सबैजना अरूले निन्दा गर्ने र तिरस्कार गर्ने डरले विवाह गर्न र परिवारको वंश अगाडि बढाउनका खातिर जिउन बाध्य हुन्छन्। वास्तवमा, विवाह नगर्नुको अर्थ आफ्ना आमाबुबाप्रति सन्तानी धर्म ननिभाउनु होइन। कतिपय मानिसहरू आफ्नो करियरमा व्यस्त हुने भएकाले गम्भीर सम्बन्धबारे विचार गर्न चाहँदैनन्। कतिपय त जीवनका दबाबका कारण विवाह नै गर्दैनन्। मैले सृजित प्राणीका कर्तव्यहरू राम्रोसँग निर्वाह गर्न सकूँ भनेर विवाह नगर्ने कुरा रोजेँ। यो मेरो स्वतन्त्रता र सबैभन्दा सही छनौट हो। तर, ममा सत्यता थिएन र मैले कामकुराहरू स्पष्ट देख्न सकिनँ, त्यसैले म परम्परागत धारणाहरूले बाँधिएको थिएँ र छुटकारा पाउन सकिनँ। म केवल लाचार भई मेरो परिवारको दबाब र सामाजिक विचारको निन्दा सहन सक्थेँ। मेरो बुबा र मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भइसकेको थियो, तापनि हामी अझै यी भ्रामक दृष्टिकोणहरूको भरमा कामकुराहरू हेर्थ्यौँ, र अझै पनि यी परम्परागत धारणाहरूले बाँधिएका र जेलिएका थियौँ। हामी साँच्चै धेरै मूर्ख थियौँ!

एक दिन, मैले परमेश्‍वरका वचनहरू पढेँ: “परिवारको वंश टुट्दैमा के हुन्छ र? के त्यो देहको थरको कुरा मात्र होइन र? प्राणहरूबीच एकअर्कासँग सम्बन्ध हुँदैन; तिनीहरूबीच उत्तराधिकार वा निरन्तरताको कुनै कुरा हुँदैन। सम्पूर्ण मानवजातिको पुर्खा एउटै हो; हरव्यक्ति उक्त पुर्खाकै सन्तति हो, त्यसैले मानवजातिको वंश अन्त्य हुने प्रश्‍नै आउँदैन। कुनै वंशलाई निरन्तरता दिनु तेरो जिम्मेवारी होइन। जीवनमा सही मार्गमा हिँड्नु, स्वतन्त्र र मुक्त जीवन जिउनु, र साँचो सृष्टि गरिएको प्राणी हुनु नै मानिसले पछ्याउनुपर्ने कुराहरू हुन्। मानवजाति जन्माउने मेसिन हुनु तैँले बोक्नुपर्ने बोझ होइन। परिवारको निम्ति सन्तान जन्माउनु वा परिवारको वंशलाई निरन्तरता दिनु पनि तेरो जिम्मेवारी होइन। परमेश्‍वरले तँलाई यो जिम्मेवारी दिनुभएको छैन। जसले सन्तान जन्माउन चाहन्छ उसले जन्माउँदा हुन्छ; जसले आफ्नो वंशलाई निरन्तरता दिन चाहन्छ उसले दिँदा हुन्छ; जो त्यो जिम्मेवारी लिन चाहन्छ उसले लिँदा हुन्छ; तँसँग त्यसको कुनै सम्बन्ध छैन। यदि तँ त्यो जिम्मेवारी लिन इच्छुक छैनस् र त्यो दायित्व पूरा गर्न अनिच्छुक छस् भने, ठिकै छ, त्यो तेरो अधिकारको कुरा हो। के यो उचित होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनहरूले मेरो हृदयमा ठूलो स्पष्टता र अन्तर्दृष्टि ल्याए, मलाई मेरो शरीरबाट कुनै भारी बोझ हटेको झैँ भयो। मैले के बुझेँ भने परिवारको वंश अगाडि बढाउने कुरामा मानिसहरूको कुनै जिम्मेवारी हुँदैन। सुरुमा, परमेश्‍वरले मानवजातिका पुर्खाहरू, आदम र हव्वालाई सृष्टि गर्नुभयो, र निरन्तर प्रजननमार्फत, मानवजातिले कुल र परिवारहरू खडा गरे, तर एक व्यक्तिको आत्मा कुनै एक कुल वा परिवारको मात्र हुँदैन। परमेश्‍वर नै को कुन परिवारमा जान्छ भन्ने कुरामा सार्वभौमिकता राख्दै त्यसको प्रबन्ध गर्नुहुन्छ। यो जीवनमा, तिमी ली परिवारमा जन्मन सक्छौ; अर्को जीवनमा, तिमी झाओ परिवारमा जन्मन सक्छौ, र त्यसपछिको जीवनमा, परमेश्‍वरले तिमीलाई विदेशमा जन्मने प्रबन्ध गर्न सक्नुहुन्छ। थर भनेको मानिसको पहिचान हो, र मानिसको थर जेसुकै भए पनि, अन्तिम निष्कर्षमा, हामी सबै सिर्जित मानवजाति हौँ, र हाम्रो जीवनको स्रोत परमेश्‍वर हुनुहुन्छ। पहिले, मैले यो कुरालाई स्पष्ट रूपमा देखेको थिइनँ। मैले सधैँ मेरो परिवारका तीन पुस्ताहरू लगातार एक्ला छोराहरूमार्फत चलेको हुनाले, यदि मेरो पुस्तामा मैले विवाह गरिनँ र सन्तान जन्माइनँ भने, मैले परिवारको वंश अन्त्य गर्नेछु र मेरा आमाबुबा र पुर्खाहरूलाई निराश तुल्याउनेछु भन्ने विश्‍वास गरेको थिएँ। फलस्वरूप मैले आफ्नो हृदयमा आफैलाई निन्दा गरेँ। परमेश्‍वरका वचनहरूले मलाई मानिसका आत्माहरूको एकअर्कासँग कुनै सम्बन्ध हुँदैन भन्ने कुरा बुझ्न मद्दत गरे। यदि मैले विवाह नगर्ने वा सन्तान नजन्माउने कुरा रोजेँ भने, त्यसले म कर्तव्यनिष्ठ सन्तान हुँ कि होइन भन्ने कुरासँग कुनै सम्बन्ध राख्दैन। मेरा आमाबुबा र म आ-आफ्नै मिसन लिएर यो संसारमा आएका हौँ। परमेश्‍वरले मलाई परमेश्‍वरको घरमा आएर मेरो कर्तव्य निर्वाह गर्न दिएर ममाथि अनुग्रह गर्नुभयो, र मैले मेरो कर्तव्य निर्वाह गर्नमा ध्यान केन्द्रित गर्नका लागि सांसारिक उल्झनहरू त्याग्ने कुरा छनौट गरेँ। यो सही मार्गमा हिँड्नु र उचित कर्तव्यहरूप्रति चित्त लगाउनु हो। यो परमेश्‍वरद्वारा अनुमोदित छ।

पछि, मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “जहाँसम्म विवाहको कुरा छ, पहिला विवाह परमेश्‍वरले तोक्नुहुन्छ भन्‍ने कुरालाई थाती राखौँ। यस मामलाप्रति परमेश्‍वरको मनोवृत्ति भनेको मानिसहरूलाई नै छान्ने अधिकार दिने हो। तैँले अविवाहित नै रहन वा वैवाहिक जीवनमा प्रवेश गर्न रोज्न सक्छस्; तैँले दम्पती भएर जीवन जिउन सक्छस्, वा एउटा ठूलै परिवार बनाउने रोज्न सक्छस्। यो तेरो स्वतन्त्रताको कुरा हो। यी निर्णयहरू गर्नुमा तँसित जे आधार भए पनि वा तैँले जे उद्देश्य वा नतिजा हासिल गर्न चाहे पनि, छोटकरीमा भन्नुपर्दा, यो अधिकार तँलाई परमेश्‍वरले दिनुभएको हो; तँसँग रोज्ने अधिकार छ। … परमेश्‍वरले तँलाई यस्तो अधिकार दिनुभएको भए पनि, तैँले यो अधिकार प्रयोग गर्दा, तैँले आफूले के निर्णय गर्न लागेको छु र यो निर्णयले कस्ता परिणामहरू ल्याउन सक्छन् भनेर राम्रोसित विचार गर्नुपर्छ। जे-जस्ता परिस्थितिहरू आइपर्न सक्‍ने भए पनि, तैँले अरूलाई दोष लगाउनु हुँदैन, न त परमेश्‍वरलाई नै दोष लगाउनु हुन्छ। तैँले आफ्नो निर्णयका परिणामहरूको जिम्मेवारी लिनुपर्छ। … एकातिर, वैवाहिक जीवनमा प्रवेश गर्नुको अर्थ यो होइन कि तैँले यसरी आमाबुबाको मायाको ऋण तिरेको छस् वा आफ्नो सन्तानीय कर्तव्य पूरा गरेको छस्; अविवाहित रहने निर्णय गर्नुको अर्थ पनि अवश्यै यो होइन कि तैँले तेरा आमाबुबाको अवज्ञा गरिरहेको छस्। अर्कोतिर, वैवाहिक जीवनमा प्रवेश गर्न वा थुप्रै सन्तान जन्माउन रोज्नु पनि न त परमेश्‍वरको आज्ञापालन नगर्नु नै हो न त उहाँविरुद्ध विद्रोह गर्नु नै हो। यसको लागि तेरो निन्दा गरिनेछैन। अविवाहित रहन रोजेकै कारण परमेश्‍वरले तँलाई अन्त्यमा मुक्ति प्रदान गर्नुहुने पनि होइन। छोटकरीमा भन्‍नुपर्दा, तँ अविवाहित भए पनि, वा तँसित धेरै सन्तान भए पनि, तैँले अन्त्यमा मुक्ति पाउन सक्नेछस् कि छैनस् भन्‍ने कुरा परमेश्‍वरले यी पक्षहरूको आधारमा निर्धारण गर्नुहुनेछैन। परमेश्‍वरले तेरो वैवाहिक पृष्ठभूमि वा वैवाहिक स्थिति हेर्नुहुन्न; उहाँले त तँ सत्यता पछ्याइरहेको छस् छैनस्, कर्तव्यपालनप्रति तेरो मनोवृत्ति कस्तो छ, तैँले कति सत्यता स्विकारेको र समर्पित भएको छस्, र तँ सत्यता सिद्धान्तअनुसार कार्य गर्छस् गर्दैनस् भन्‍ने कुरा मात्र हेर्नुहुन्छ। अन्त्यमा, परमेश्‍वरले तेरो वैवाहिक स्थितिलाई पनि एकातिर पन्छाउनुहुनेछ, र तैँले मुक्ति प्राप्त गर्नेछस् कि छैनस् भन्‍ने कुरा निर्धारण गर्न तैँले रोजेको जीवन मार्ग, तेरा जिउने सिद्धान्तहरू, र जीवित रहन तैँले प्रयोग गर्ने नियमहरू जाँच्नुहुनेछ। यसमा हामीले उल्लेख गर्नैपर्ने एउटा तथ्य अवश्यै छ। जो अविवाहित वा सम्बन्धविच्छेद भएका छन्, जो वैवाहिक सम्बन्धमा प्रवेश गरेका छैनन् वा त्यसबाट निस्केका छन्, तिनीहरूको लागि एउटा फाइदा छ, त्यो के हो भने, तिनीहरूले विवाहको संरचनाभित्र कसैको लागि वा केही कुराको लागि पनि जिम्मेवार हुनुपर्दैन। तिनीहरूले यी जिम्मेवारी र दायित्वहरू बोक्नुपर्दैन, त्यसैले तिनीहरू तुलनात्मक रूपमा बढी स्वतन्त्र हुन्छन्। तिनीहरूसित बढी समय, बढी ऊर्जा, र केही हदसम्म बढी व्यक्तिगत स्वतन्त्रता हुन्छ। उदाहरणको लागि, वयस्क व्यक्तिको रूपमा, तँ कर्तव्यपालन गर्न बाहिर जाँदा, तँलाई कसैले पनि बन्देज लगाउन सक्दैन—तेरा आमाबुबासँग पनि त्यो अधिकार हुँदैन। तैँले आफै परमेश्‍वरलाई प्रार्थना गर्छस्, उहाँले तेरो लागि बन्दोबस्तहरू गर्नुहुनेछ, र तँ झोला बोकेर निस्कन सक्छस्। तर यदि तँ विवाहित होस् र तेरो परिवार छ भने, तँ त्यति नै मात्रामा स्वतन्त्र हुँदैनस्। तैँले उनीहरूको जिम्मेवारी लिनुपर्छ। सर्वप्रथम, जियाइ अवस्था र आर्थिक स्रोतसाधनको सन्दर्भमा, तैँले उनीहरूलाई कम्तीमा खाना र कपडा प्रदान गर्नुपर्छ, र छोराछोरी साना हुँदा तैँले उनीहरूलाई स्कुल लानुपर्छ। तैँले यी जिम्मेवारीहरू बोक्नैपर्छ। यी परिस्थितिहरूमा, विवाहित मानिसहरू स्वतन्त्र हुँदैनन्, किनभने तिनीहरूसँग आफूले पूरा गर्नैपर्ने सामाजिक र पारिवारिक दायित्वहरू हुन्छन्। अविवाहित र छोराछोरी नभएकाहरूको लागि यो कुरा सजिलो छ। परमेश्‍वरको घरमा कर्तव्यपालन गर्दा तिनीहरू भोकै वा चिसोमा बस्नेछैनन्; तिनीहरूले गाँस र बास पाउनेछन्। तिनीहरूले पारिवारिक जीवनका खाँचोहरूको कारण दौडधुप गरेर पैसा कमाउनुपर्दैन। फरक यही हो। अन्त्यमा, विवाहको सन्दर्भमा, कुरो त्यही हो: तैँले कुनै बोझ बोक्नुपर्दैन। चाहे तेरा आमाबुबाका अपेक्षाहरू होऊन्, समाजका परम्परागत दृष्टिकोणहरू होऊन्, वा तेरा आफ्नै अनावश्यक चाहनाहरू होऊन्, तैँले कुनै बोझ बोक्नुपर्दैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनहरूबाट मैले मानिसहरूले वैवाहिक जीवनमा प्रवेश गर्ने वा नगर्ने आफ्नो छनौटमा कुनै बोझ बोक्नुहुँदैन भन्ने कुरा बुझेँ। परमेश्‍वरले हामीलाई स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार दिनुभएको छ। मैले विवाह गर्ने कुरा छनौट गरेँ भने परमेश्‍वरले मलाई निन्दा गर्नुहुनेछैन, न त उहाँ मैले विवाह गर्ने कुरा छनौट नगरेकै कारण मलाई मुक्ति दिन सकिन्छ भनेर निर्धारण गर्नुहुनेछ। परमेश्‍वर मानिसहरूको वैवाहिक स्थितिको आधारमा तिनीहरूको परिणाम निर्धारण गर्नुहुन्न। उहाँ मानिसहरू परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सत्यतामा प्रवेश गरेका छन् वा छैनन् र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गरेका छन् वा छैनन् भन्ने कुरा हेर्नुहुन्छ। सत्यता पछ्याइमा सबैजना समान छन्। वास्तवमा, मैले के पनि महसुस गरेँ भने एकल ब्रदर-सिस्टरहरूका लागि सत्यता पछ्याउन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न केही फाइदाहरू हुन्छन्। परिवारका उल्झनहरूविना, उनीहरूसँग आफ्ना कर्तव्यहरू निर्वाह गर्न र परमेश्‍वरका वचनहरू मनन गर्न समर्पित हुने धेरै समय र ऊर्जा हुन्छ। यो मानिसहरूलाई सत्यतामा प्रवेश गर्न लाभदायक हुन्छ। जब मैले विश्‍वभरका परमेश्‍वरमा विश्‍वास गर्ने धेरै नयाँ विश्‍वासीहरूले परमेश्‍वरको गवाही दिन सुसमाचार प्रचार गर्न थालेका देखेँ, मैले परमेश्‍वरले भन्नुभएको कुरा सम्झेँ: “परमेश्‍वरका मानिसहरू अझ परिपक्व हुँदै जाँदा, त्यसले ठूलो रातो अजिङ्गरको थप पतन भइरहेको प्रमाणित गर्छ; मानिसले यो प्रस्ट रूपमा देख्‍न सक्छ। परमेश्‍वरका मानिसहरूको परिपक्‍वता शत्रुको विनाशको पूर्वसङ्केत हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय १०)। परमेश्‍वरको काम लगभग अन्त्यमा पुगिसकेको छ, र अहिले, प्रकोपहरू झन्-झन् गम्भीर हुँदै गइरहेका छन्। यदि हामीले अहिले हाम्रो कर्तव्यमा बढी समय र ऊर्जा लगाएनौँ भने, पछि हाम्रो चाहना भए पनि उचित रूपमा सत्यता पछ्याउन वा हाम्रा कर्तव्यहरू निर्वाह गर्नका लागि कुनै मौका नहुन सक्छ। अहिले, संसारभरका ब्रदर-सिस्टरहरू सक्रिय रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छन्, र परमेश्‍वरको कामको प्रसार गर्ने र गवाही दिने गरिरहेका छन्। यी परमेश्‍वरले सम्झनुहुने असल कार्यहरू हुन्। आज, मैले विवाह नगर्ने कुरा छनौट गरेँ। मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, मेरो आफ्नै भ्रष्ट स्वभाव समाधान गर्न नियमित रूपमा परमेश्‍वरका वचनहरू मनन गर्नुपर्छ, र मेरो समयलाई सत्यता पछ्याउन प्रयोग गर्नुपर्छ। यदि मैले परमेश्‍वरको गवाही दिन र मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकेँ भने मात्र मैले यो जीवन व्यर्थमा जिएको हुनेछैन। यो कुरा बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, मैले विवाहको विचार त्यागेको छु र आफ्नै स्वतन्त्र इच्छाले मेरा कर्तव्यहरू निर्वाह गर्न मेरो सम्पूर्ण समय प्रयोग गर्ने कुरा छनौट गरेको छु। तपाईं मलाई सत्यता पछ्याउने मार्गमा हिँड्न, र मेरो भ्रष्ट स्वभाव समाधान गर्न परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “आफ्ना आमाबुबासँग व्यवहार गर्दा, तँ पहिले तर्कसङ्गत रूपमा यो रक्तसम्बन्धबाट बाहिर निस्कनुपर्छ र आफूले स्विकारिसकेका र बुझिसकेका सत्यताहरू प्रयोग गरेर आमाबुबाको वास्तविकता चिन्‍नुपर्छ। आफ्ना आमाबुबालाई तिनीहरूका आचरणसम्‍बन्धी विचार, दृष्टिकोण र अभिप्रायहरूको आधारमा, र आचरणसम्‍बन्धी सिद्धान्त र तौरतरिकाको आधारमा चिन्‍नुपर्छ, र यसो गर्दा तिनीहरू पनि शैतानद्वारा भ्रष्ट भएका मानिसहरू हुन् भन्‍ने पुष्टि हुन्छ। तैँले तेरा आमाबुबालाई सत्यताको दृष्टिकोणबाट हेर्, तिनीहरू सधैँ उच्‍च अनि तँप्रति निस्स्वार्थी र दयालु छन् भनेर नसोच, किनभने यदि तैँले तिनीहरूलाई त्यसरी हेरिस् भने, तिनीहरूमा के समस्याहरू छन् भनेर तैँले कहिल्यै पत्ता लगाउनेछैनस्। तेरा आमाबुबालाई आफ्नो पारिवारिक सम्बन्ध, वा छोरा वा छोरीको रूपमा रहेको तेरो भूमिकाको दृष्टिकोणबाट नहेर्। यस क्षेत्रबाट बाहिर निस्की, अनि तिनीहरूले संसारसँग, सत्यतासँग, र मानिसहरू, मामिलाहरू र विभिन्‍न कुराहरूसँग कसरी व्यवहार गर्छन् भनेर हेर्। साथै, अझ स्पष्ट रूपमा भन्दा, मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्ने, र आफूलाई के-कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने भन्‍नेबारे तँलाई तेरा आमाबुबाले सिकाएका विचार र दृष्टिकोणहरूलाई हेर्—तैँले तिनीहरूलाई पहिचान गर्नुपर्ने र खुट्ट्याउनुपर्ने यसरी नै हो। यस तरिकाले, तिनीहरूका मानव गुणहरू र तिनीहरू शैतानद्वारा भ्रष्ट भएको तथ्य बिस्तारै स्पष्ट हुनेछ। अनि, तिनीहरू कस्ता मानिसहरू हुन्? यदि तिनीहरू विश्‍वासी होइनन् भने, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ? यदि तिनीहरू विश्‍वासी हुन् भने, सत्यताप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ? के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्? के तिनीहरू सत्यतालाई प्रेम गर्छन्? के तिनीहरूलाई सकारात्मक कुराहरू मन पर्छ? जीवन र संसारप्रति तिनीहरूको दृष्टिकोण के छ? अनि यस्तै अन्य कुराहरू के छन्? यदि तैँले यी कुराहरूको आधारमा आफ्ना आमाबुबालाई खुट्याउन सक्छस् भने, तँसँग स्पष्ट विचार हुनेछ। यी कुराहरू स्पष्ट भएपछि, तेरो मनमा रहेको तेरा आमाबुबाको उच्‍च, कुलीन र अटल हैसियत परिवर्तन हुनेछ। अनि जब यो परिवर्तन हुन्छ, तब तेरा आमाबुबाले देखाएको मातृ र पितृ प्रेम—साथै तिनीहरूका निश्‍चित बोली र व्यवहार, र तँलाई उच्‍च लाग्‍ने तिनीहरूका छविहरू—यी कुराहरू तेरो मनमा त्यति गहिरो गरी गाडिएर बसेका हुनेछैनन्। तेरा आमाबुबाको तँप्रतिको प्रेमको निःस्वार्थपन र महान्ता, साथै तँलाई हेरचाह, सुरक्षा, र स्‍नेह प्रदान गर्नेतर्फको तिनीहरूको समर्पणले थाहै नपाई तेरो मनमा महत्त्वपूर्ण स्थान ओगट्न छोड्नेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१३))। परमेश्‍वरका वचनहरूले ममा जागरण ल्याए। मैले कसरी मेरा आमाबुबाले मलाई बारम्बार विवाह गर्न आग्रह गर्नुभएको थियो भन्ने कुरा सम्झेँ। बाहिरी रूपमा, मेरा आमाबुबा मेरो बारेमा सोचिरहनुभएको थियो र म एक्लो हुनेछु भनेर चिन्तित हुनुहुन्थ्यो, तर सारमा, उहाँहरू परम्परागत धारणाहरूको भरमा जिइरहनुभएको थियो, जसले मलाई देहको पारिवारिक जीवनमा फसाउने थियो, र मैले सत्यता पछ्याउने अनुकूल अवस्थाहरू गुमाउने थिएँ। यो शैतानको बाधाहरूबाट उत्पन्न हुन्छ। पहिले, मैले सधैँ दैहिक र पारिवारिक स्नेहको दृष्टिकोणबाट कामकुराहरूलाई हेरेको थिएँ; मैले सत्यताअनुसार कामकुराहरू खुट्याएको थिइनँ। मैले सधैँ मेरा आमाबुबाले उहाँहरूलाई यो मेरो लागि राम्रो हुनेछ जस्तो लागेकोले मलाई विवाह गर्न आग्रह गरिरहनुभएको छ भन्ने सोचेको थिएँ, र उहाँहरूको कुरा अस्वीकार गर्दा मलाई दोषी महसुस हुन्थ्यो। यदि परमेश्‍वरका वचनहरूले मलाई बारम्बार मार्गदर्शन नगरेका भए, मैले यी परम्परागत सांस्कृतिक मूल्यमान्यताहरूलाई पटक्कै खुट्याउन सक्ने थिइनँ। अब, मैले परमेश्‍वरमा विश्‍वास गर्ने र मेरो मार्ग छनौट गर्ने विषयमा परमेश्‍वरका वचनहरू पालन गर्नुपर्छ। म मेरा आमाबुबाबाट प्रभावित हुनु हुँदैन। यदि उहाँहरूले भन्नुभएको कुरा परमेश्‍वरका वचनहरूसँग मिल्छ भने, म त्यसलाई पालन गर्न सक्छु; तर यदि यो सत्यताविपरीत छ र मेरो जीवनको लागि लाभदायक छैन भने, मैले त्यसलाई अस्वीकार गर्नैपर्छ। यो कुरा बुझेपछि, मैले विवाह नगर्ने निर्णय गरेकोमा आफ्नो हृदयमा कुनै दबाब महसुस गरिनँ।

त्यसपछि, मैले मेरो बुबालाई मेरो अनुभवात्मक बुझाइबारे सङ्गति गर्न पत्र लेख्ने समय निकालेँ, ताकि उहाँ पनि परमेश्‍वरका वचनहरूबाट सत्यता बुझेर परम्परागत धारणाहरूको हानिबाट मुक्त हुन सक्नुहोस्। पछि, मेरो बुबाले जवाफमा पत्र लेख्नुभयो, “तिम्रो अनुभव धेरै राम्ररी लेखिएको छ। त्यतिबेला, परम्परागत विचारहरूका कारण म तिमीलाई जीवनसाथी खोज भन्न चाहन्थेँ। तिम्रो पत्र पढेपछि, मैले साँच्चै तिम्रो छनौटको प्रशंसा गरेँ। तिमीले मेरो लागि खोजेका परमेश्‍वरका वचनहरू पढेपछि, म पनि यो दृष्टिकोण परिवर्तन गर्न सक्षम भएँ। विगतमा, मैले दैहिक स्नेहको भरमा तिमीलाई बाधा पुर्‍याएँ, तर अब मैले बुझेँ तिमी आफ्नो सम्पूर्ण समय कर्तव्य निर्वाह गर्नमा समर्पित गर्नका लागि विवाह त्याग्न तयार छौ, जुन सबैभन्दा अर्थपूर्ण कुरा हो!” मेरो बुबाको जवाफ देखेर, म धेरै सन्तुष्ट भएँ। परमेश्‍वरका वचनहरू सत्यता हुन्। तिनीहरूले हाम्रा गलत विचार र दृष्टिकोणहरूलाई परिवर्तन गरे। तिनीहरूले हामीलाई परम्परागत धारणाहरूको बन्धनबाट छुटकारा दिए ताकि हामीले हाम्रा कर्तव्यहरू स्वतन्त्रता र छुटकारामा निर्वाह गर्न सकौँ। मैले परमेश्‍वरको मुक्ति र परमेश्‍वरको प्रेमलाई प्रत्यक्ष रूपमा अनुभव गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद र प्रशंसा होस्!

अघिल्लो: ४६. असल साथीको गल्ती बताइइदिँदा लामो र असल मित्रता कायम हुन्छ

अर्को: ४८. मेरो अन्तर्मुखी व्यक्तित्वले अब मलाई नकारात्मक बनाउँदैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्