४६. असल साथीको गल्ती बताइइदिँदा लामो र असल मित्रता कायम हुन्छ
२०२३ मा, म लेखन-पठनका कर्तव्यहरू निर्वाह गर्नमा ये सुनको सहकर्मी थिएँ। ये सुनको कार्य सामर्थ्य मेरोभन्दा राम्रो थियो, र उनी बढी कुशल पनि थिइन्। सामान्यतया, यदि ममा कुनै स्थिति भएमा, उनी मलाई मद्दत गर्न परमेश्वरका वचनहरू सङ्गति गर्थिन्। हामी एकदमै राम्ररी मिलेका थियौँ। फेब्रुअरी २०२४ मा, एउटा भेलामा, ये सुनले आफ्नो अहङ्कारी स्वभाव बुझ्न परमेश्वरका वचनहरूलाई समेटिन्, तर त्यो बुझाइ एकदमै सामान्य थियो। उनले कुरा सकाएपछि, लान सिनले ये सुनका केही अहङ्कारी र अरूलाई बन्धनमा पार्ने व्यवहार औँल्याइदिइन् जुन उनले आफ्नो कर्तव्य निर्वाह गर्दा देखाउँथिन्। उनले भनिन्, सामान्यतया ये सुनले उनका समस्याहरू औँल्याउँदा, ये सुनको लबजमा केही तिरस्कार हुन्थ्यो, जसले उनलाई धेरै बन्धनमा पार्थ्यो। अनि कहिलेकाहीँ उनलाई आफ्नो क्षमता कमजोर छ र आफू यस कर्तव्यका लागि त्यति योग्य छैनँ भन्ने महसुस हुँदा, ये सुन उनलाई तिरस्कार गर्दै काम गर्न नसक्ने भए राजीनामा दिन भन्थिन्, जसले गर्दा उनी धेरै नकारात्मक हुन्थिन्। लान सिनले कुरा गर्दै गर्दा, ये सुनको अनुहार बिस्तारै मलिन हुँदै गयो। जब लान सिनले आफ्नो सङ्गति सकाइन्, तब ये सुन आफूले अरूलाई बन्धनमा पारेकी छु र दुष्टता गरेकी छु भन्दै रुइन्, अनि उनको मुड बिग्रियो। सोचेँ, ये सुनले लान सिनले औँल्याइदिएका समस्याहरू पूर्ण रूपमा स्वीकार गरेकी छैनन्, तर त्यसपछि मैले के पनि सोचेँ भने, ये सुन आफ्नो इज्जतलाई धेरै महत्त्व दिन्छिन्, र त्यसैले लान सिनले उनका समस्याहरू औँल्याइदिँदा, उनले तत्कालै स्विकार्न नसक्नु सामान्य कुरा थियो। केही समयपछि उनी अलि राम्रो हुनुपर्ने हो भन्ने लाग्यो, मैले थप केही भनिनँ। खाना खाँदै गर्दा, लान सिनले कुराकानी गर्न ये सुनलाई धेरैपटक खोजिन्, तर ये सुनले उनलाई बेवास्ता गरिन्। माहोल अलि अप्ठ्यारो थियो। ये सुन र म एउटै अफिसमा सँगै काम गर्थ्यौँ, र दिउँसोको खाना खाएपछि, लान सिन मलाई कम्प्युटरमा मद्दत गर्न हाम्रो अफिसमा आइन्। तब ये सुन बाहिर गइन्, मानौँ उनी जानाजानी लान सिनबाट तर्किरहेकी छिन्। पहिले, उनी र लान सिन प्रायजसो सँगै कुराकानी गर्ने र हाँस्ने गर्थे, तर अहिले, उनी अर्कै व्यक्तिजस्ती थिइन्। मैले ये सुन लान सिनप्रति पूर्वाग्रही छिन् भन्ने बुझेँ। म उनको स्थितिबारे सोध्न, र उनको मनोवृत्ति सत्यता नस्विकार्ने किसिमको छ र त्यसले मानिसहरूलाई बन्धनमा परेको महसुस गराउँछ भनेर औँल्याउन चाहन्थेँ। तर त्यसपछि मैले मेरो मन बदलेँ, “भर्खरै मात्र लान सिनले उनका समस्याहरू औँल्याइदिइन्, तर उनले अझै आफ्नो स्थिति सुधारेकी छैनन्। यदि मैले अहिले गएर उनको आलोचना गरेँ भने, के उनी झन् बढी नकारात्मक हुँदिनन् र? यदि पछि उनले मप्रति नराम्रो राय राखिन् र मलाई बेवास्ता गरिन् भने, मैले के गर्ने? हामी एउटै अफिसमा छौँ र बारम्बार एकअर्कालाई भेट्छौँ। यदि हाम्रो सम्बन्ध निकै चिसियो भने, भविष्यमा मिलेर बस्न धेरै गाह्रो हुनेछ। पछि, म कुनै स्थितिमा परेँ वा मैले आफ्नो काममा कुनै समस्याहरू सामना गरेँ भने उनले मलाई मद्दत नगरेमा मैले के गर्ने? के म आफैँ लज्जित हुनेछैन र?” जब मैले यस्तो सोचेँ, तब मैले भन्न लागेका कुराहरू मनमै दबाएँ। तर, मैले ये सुनको स्थिति राम्रो रहनेछ भनेर स्पष्ट रूपमा देख्न सकेँ, र त्यसबारे सङ्गति नगरेकामा मलाई आत्मग्लानि भयो। त्यसपछि मैले हिम्मत जुटाएर सोधेँ, “तिम्रो स्थिति त्यति राम्रो छैन जस्तो देखिन्छ। के यो लान सिनले औँल्याइदिएका समस्याहरू तत्कालै स्विकार्न गाह्रो भएकाले हो? यदि तिम्रो मनमा कुनै विचारहरू छन् भने, तिमीले खुलस्त भएर त्यसबारे सङ्गति गर्न सक्छौ। ती कुराहरू भित्रै दबाएर नराख!” ये सुनले सानो स्वरमा भनिन्, “म ठिक छु। म यसलाई पचाउँदै छु,” र त्यसपछि थप केही भनिनन्। उनले खुलस्त भएर त्यसबारे सङ्गति गर्न नचाहेकी देखेर, मलाई अचानक के भन्ने नै थाहा भएन। मैले थप केही भनेँ भने, त्यसले मप्रति घृणा जगाउनेछ र उनले मेरा बारेमा नराम्रो राय राख्नेछिन् भन्ने मलाई चिन्ता लाग्यो। त्यसैले, मैले प्रोत्साहनका केही शब्द मात्र बोलेँ र हतार-हतार कुराकानी टुङ्ग्याएँ।
त्यसपछि, ये सुन लगातार दुई दिनसम्म खान र काम गर्नमै मग्न भइन्। उनी हामीले उनलाई केही कुरा सोध्दा दुई-चार शब्द बोल्नेबाहेक खासै बोल्दै बोल्थिनन्। पहिले, जब-जब हाम्रो काममा मैले छर्लङ्ग देख्न नसकेका कुनै समस्याहरू हुन्थे, तब-तब ये सुन सक्रिय रूपमा आफ्ना रायहरू व्यक्त गर्थिन् र केही सुझाव दिन्थिन्। यदि कामसम्बन्धी मेरा पत्रहरूमा मेरो सङ्गति स्पष्ट नभएका कुनै भागहरू हुन्थे भने, उनी ती अझ राम्रो बनाउन मद्दत गर्थिन्। तर, यी दुई दिनका दैरान, ये सुनले हामीले आफ्नो काममा सामना गरेका समस्याहरूबारे सङ्गतिसमेत गरिनन्। म ती उठाएर छलफल गर्न चाहन्थेँ, तर जब मैले ये सुनको मनस्थिति राम्रो नभएको देखेँ, तब मलाई कामको छलफल गरेर कुनै नतिजा हासिल गर्न गाह्रो हुनेछ भन्ने लाग्यो, र त्यसैले मैले ती उल्लेख गरिनँ। फलस्वरूप, काममा असर पऱ्यो। त्यसपछि, मैले ये सुनको व्यवहार खुलासा गर्न चाहेँ ताकि उनलाई आफ्ना समस्याहरूबारे थाहा हुन सकोस्। तर त्यसपछि मैले लान सिनले उनको अहङ्कारी स्वभावबारे छोटोमा मात्रै बताएकी छिन्, र फलस्वरूप ये सुनको स्थिति यस्तो खराब भएको छ भनेर सोचेँ। यदि मैले फेरि उनी सत्यता स्वीकार गर्दिनन् भनेर बताएँ भने, के उनी मप्रति पूर्वाग्रही हुने छैनन्, अनि मनमा दूरा बनाएर आफ्नो कर्तव्य निर्वाह गर्नेछैनन् र? त्यतिबेला हामीलाई मिलेर बस्न कति गाह्रो होला? त्यसैले, मैले ये सुनलाई ढङ्ग पुऱ्याएर भनेँ, “यदि तिम्रो मनमा कुनै विचारहरू छन् भने, तिमी तीबारे बताउन सक्छौ। यदि तिमीले यसरी नै कहिल्यै केही नभन्ने गरिरह्यौ भने, मानिसहरूलाई बन्धनमा पार्नेछौ। परमेश्वरले हामीलाई हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबारे चिन्तन गर्न दिन यस्तो किसिमको वातावरण खडा गर्नुभयो। यो हाम्रो जीवन प्रवेशका लागि लाभदायक हुन्छ।” उनले सानो स्वरमा भनिन्, “म यसलाई बिस्तारै पचाउँदै छु। म ठिक छु। यस्तै भएको राम्रो। यदि म भविष्यमा कम बोलेँ भने, मैले मानिसहरूलाई बन्धनमा परेको महसुस गराउनेछैनँ।” जब मैले ये सुनले अझै पनि झोँक चलेको जस्तो गरी कुरा गरिरहेकी देखेँ, तब म फेरि हिचकिचाएँ। “यदि मैले उनका समस्याहरू औँल्याइदिएँ र उनले ती स्वीकार गरिनन् भने, के उनले मलाई पनि बेवास्ता गर्नेछिन्? होस्, त्यतिबेला उनी खुलस्त भएर सङ्गति गर्न इच्छुक नहुन्जेल पर्खौँ।” पछि, हामीले सँगै कामबारे छलफल गर्दा, ये सुन अझै पनि त्यति बोलिनन्। लान सिनले ये सुनको हालत देखिन्, र के गर्ने भनेर मेलो पाइनन्। उनलाई यो आफ्नै गल्ती हो भन्ने लाग्यो, र उनलाई एकदमै आत्मग्लानि भयो। उनको स्थिति पनि केही हदसम्म दिक्दार थियो। ती दुई दिन, मैले केवल यही कुरा मात्र सोचिरहेँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा मेरो मनलाई शान्त पार्नसमेत सकिनँ। मैले आफूलाई बुझ्नका लागि परमेश्वरले अगुवाइ गरिदिनुहोओस् भनी आफ्नो स्थितिबारे बताउन उहाँलाई प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “अधिकांश मानिसहरू सत्यता पछ्याउन इच्छुक हुन्छन् र सत्यता अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र चाहना मात्रै हुन्छ; तर, भित्रबाट, सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। त्यसैले जब तैँले दुष्ट शक्तिहरूले मण्डलीको काममा बाधा दिने र अन्तर्ध्वंस गर्ने कार्यको सामना गर्छस्—उदाहरणका लागि, जब तैँले झूटा अगुवाहरूले सिद्धान्तहरूको उल्लङ्घन गर्दै मामिलाहरूलाई सम्हाल्ने र वास्तविक काम नगर्ने, वा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्टता गर्ने र मण्डलीको काममा बाधा दिने र त्यसकारण परमेश्वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याउने कुराको सामना गर्छस्—तब तँसँग उठेर बोल्ने साहस हुँदैन। तँसँग यो साहस किन हुँदैन? के यो तँ डरपोक भएकाले वा स्पष्टवक्ता नभएकाले भएको हो, कि तैँले कामकुराहरू स्पष्ट रूपमा देख्न नसक्ने भएकाले बोल्ने आँट नगर्ने हुनाले भएको हो? यो यीमध्ये कुनै पनि कुराको कारणले भएको होइन; यो मुख्यतया तँ आफ्ना भ्रष्ट स्वभावहरूद्वारा बाँधिएको परिणाम हो। तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूमध्येको एक छली स्वभाव हो: जब केही हुन्छ, तब तैँले विचार गर्ने पहिलो कुरा तेरा आफ्नै हित, तेरा कार्यहरूका परिणाम, र ती तेरा लागि लाभदायक हुनेछन् कि छैनन् भन्ने कुरा हो। यो छली स्वभाव हो, होइन र? अर्को भनेको स्वार्थी र नीच स्वभाव हो। तँ सोच्छस्, ‘तिनीहरूले परमेश्वरको घरको हितलाई हानि पुऱ्याउनुसँग मेरो के सरोकार छ र? म अगुवा होइन, त्यसैले म किन संलग्न हुनुपर्यो र? यसको मसित कुनै सरोकार छैन, र यो मेरो जिम्मेवारी होइन।’ यस्ता विचार र शब्दहरू तैँले जानाजानी सोचेका कुराहरू होइनन्, बरु तैँले अनजानमा उत्पन्न गरेका कुराहरू हुन्—यी तिनै भ्रष्ट स्वभावहरू हुन्, जुन मानिसहरूले कुनै समस्याको सामना गर्दा प्रकट गर्छन्। तेरा विचारहरू यिनै भ्रष्ट स्वभावहरूको अधीनमा हुन्छन्, तिनले तेरा हात-खुट्टाहरू बाँध्छन्, र तैँले भन्ने कुरालाई नियन्त्रण गर्छन्। तेरो हृदयमा, तँ उठेर बोल्न चाहन्छस्, तर तँलाई चिन्ता लाग्छ, र यदि तैँले बोलिस् भने पनि, तँ घुमाउरो पाराले कुरा गर्छस् र आफ्नो लागि उम्कने ठाउँ छोड्छस्, वा तँ टालटुले कुरा गर्छस् र सत्य बोल्दै बोल्दैनस्। खुट्ट्याउन सक्ने मानिसहरूले यो देख्न सक्छन्, र वास्तवमा, तेरो हृदयमा तँलाई आफूले भन्नुपर्ने सबै कुरा भनेको छैनँ, आफूले नतिजाहरू हासिल गरेको छैनँ, आफूले केवल झारा टारिरहेको थिएँ, र समस्या समाधान भएको छैन भन्ने पनि थाहा हुन्छ। तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छैनस्, तैपनि तँ सङ्कोच नमानी आफूले पूरा गरेको छु भनी भन्छस्, वा आफूले त्यतिबेला कुराहरू स्पष्ट रूपमा नदेखेको दाबी गर्छस्। के यी दाबीहरू तथ्यहरूसँग मेल खान्छन्? के तँ साँच्चै यही सोच्छस्? के तँ पूर्ण रूपमा तेरा शैतानी स्वभावहरूको नियन्त्रणमा छैनस् र? तैँले भनेका केही कुरा तथ्यहरूसँग मेल खाए पनि, मुख्य ठाउँहरूमा र अत्यन्तै महत्त्वपूर्ण मुद्दाहरूमा, तँ झूट बोल्छस् र मानिसहरूलाई छल गर्छस्। यो कुरा तँ एक झूटो व्यक्ति होस्, र आफ्ना शैतानी स्वभावहरूअनुसार जिउने व्यक्ति होस् भनी प्रमाणित गर्न पर्याप्त छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वर के खुलासा गर्नुहुन्छ भने धेरैजसो समय, मानिसहरू सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, तर आफ्ना स्वार्थी र छली भ्रष्ट स्वभावहरूबाट नियन्त्रित भएकाले, उनीहरू आफ्नै हितहरूबारे अत्यन्तै धेरै विचार गर्छन्, र आफ्ना ब्रदर-सिस्टरहरूका समस्याहरू स्पष्ट रूपमा देखे पनि, ती औँल्याउने वा खुलासा गर्ने आँट गर्दैनन्। उनीहरूले ती औँल्याए पनि, आधा कुराहरू नभनी र परमेश्वरका घरका हितहरूलाई विचार नगरी घुमाउरो तरिकाले त्यसो गर्छन्। म ठ्याक्कै यस्तै स्थितिमा थिएँ। मैले ये सुनले लान सिनको मार्गदर्शनलाई स्विकारेकी छैनन् भनेर देखेकी थिएँ, जसलाई लान सिनले ये सुनसँग कुरा गर्दा बेवास्ता गरिएको थियो; यसले लान सिनलाई बन्धनमा पारेको थियो। मैले समयमै सङ्गति गरेर मद्दत गर्नुपर्थ्यो। तर, मलाई यदि मैले त्यो समयमा उनले सत्यता स्वीकार गर्दिनन् भनेर औँल्याइदिएँ भने, उनले तत्कालै त्यो कुरा स्वीकार गर्नेछैनन् र मेरा बारेमा नराम्रो राय राख्नेछिन्, अनि पछि मलाई कुनै कठिनाइ आएमा उनले मलाई मद्दत गर्नेछैनन् भन्ने चिन्ता लागेको थियो। त्यसैले, मैले उनलाई उनको स्थितिबारे ढङ्ग पुऱ्याएर मात्र सोधेकी थिएँ। जब मैले उनी खुलस्त हुन इच्छुक छैनन् भन्ने देखेँ, तब मैले फेरि उनका समस्याहरू खुलासा गर्दा उनलाई मप्रति घृणा लाग्नेछ भन्ने चिन्ता गर्न थालेकी थिएँ, र त्यसैले मैले भन्न लागेका कुराहरू मनमै दबाएँ। पछि, ये सुनको स्थितिमा अझै सुधार आएको थिएन। लगातार केही दिनसम्म, उनले हामीसँग खासै कुरा गरिनन्, र हामीले कामका बारेमा सामान्य रूपमा कुराकानी गर्न वा छलफल गर्न सकेनौँ। न त हामीले काम कार्यान्वयनमा राम्रा नतिजाहरू नै हासिल गर्न सक्यौँ। मैले ये सुनका समस्याहरू स्पष्ट रूपमा देखेकी थिएँ, तर आफूलाई जोगाउन चाहेकीले ती खुलासा गर्ने आँट गरेकी थिइनँ। लान सिनको स्थिति र मण्डलीको काम प्रभावित भइरहँदा मैले केवल रमिते बनेर हेरेकी थिएँ। मेरो हृदयमा केवल आफ्नै हितहरू थिए। मैले मण्डलीको कामलाई पटक्कै सुरक्षा गरेकी थिइनँ। म अत्यन्तै छली र स्वार्थी भएकी थिएँ!
पछि, मैले परमेश्वरका वचनहरू पढेँ, र आफूले सत्यता अभ्यास गर्न नसक्नुको मूल कारणबारे केही कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, एकअर्काबाट कुराहरू लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र रच्छन्। अर्को व्यक्ति कस्तो हो भन्ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्बन्ध जोगाउन चाहन्छ? त्यो त समाजमा र आफ्नो समूहभित्र शत्रु बनाउन नचाहनका लागि हो, किनभने त्यसो गर्दा आफू अक्सर खतरनाक परिस्थितिमा परिन्छ। तैँले कुनै व्यक्तिका कमजोरीहरूमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्याएपछि ऊ तेरो शत्रु बन्नेछ र उसले तँलाई हानि गर्नेछ भन्ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, झन् एकअर्काका विश्वासपात्र हुनु त परको कुरा हो। त्यसोभए, यो वास्तवमा कस्तो सम्बन्ध हो? के यो आधारभूत सामाजिक सम्बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्बन्धहरू, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्ने शब्दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको चापलुसी गर्न राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्याएर आफ्नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्न नदिनका लागि अपनाइने तरकिप र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने मानव नैतिक आचरणको माग के उच्चकोटिको माग हो? के यो सकारात्मक माग हो? (होइन।) त्यसोभए, यसले मानिसहरूलाई के सिकाउँछ? तैँले कसैलाई चिढ्याउनु वा चोट पुऱ्याउनु नै हुँदैन, नत्र आफैलाई चोट पुग्नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन भन्ने सिकाउँछ। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई बद्लिन थाल्छ: ऊ तेरो असल, परिचित मित्रबाट अपरिचित व्यक्ति वा शत्रु बन्नेछ। यस प्रकारको शिक्षणले वास्तवमा कस्ता समस्याहरू हल गर्न सक्छ? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्नेछन्? के यसले पूर्ण रूपमा नैतिक आचरणको मानक पूरा गर्छ? बढीमा, यो संसारसँग व्यवहार गर्ने दर्शनभन्दा अरू केही होइन। के यो कथनको पालन र अभ्यासलाई असल नैतिक आचरण मान्न सकिन्छ? बिलकुलै सकिँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने म संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरूअनुसार जिइरहेकीले गर्दा मैले ये सुनका समस्याहरू सिधै औँल्याउने आँट गरेकी थिइनँ। मैले “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” र “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्नेजस्ता उक्तिहरूलाई संसारसँग व्यवहार गर्ने मेरो आफ्नै तरिकाका रूपमा अपनाएकी थिएँ। मैले के सोचेकी थिएँ भने, मानिसहरूसँग मिलेर बस्नका लागि, उनीहरूलाई छुट दिनुपर्छ, उनीहरूले सजिलै स्विकार्ने तरिकामा बोल्नुपर्छ, र उनीहरूलाई चिढ्याउनु हुँदैन, र यसरी मात्र मानिसहरूसँगको आफ्नो सम्बन्धलाई सुरक्षित गर्न र भिडमा आफ्नो स्थान पाउन सकिन्छ। जब म परमेश्वरमा विश्वास गर्दिनथेँ तब यदि कसैले केही गल्ती गऱ्यो भने, म त्यो सिधै औँल्याउने आँट गर्दिनथेँ। मैले कुनै कुरा उल्लेख गरे पनि, म त्यसो एकदमै ढङ्ग पुऱ्याएर गर्थेँ, र त्यसैले म आफ्ना सहकर्मीहरूसँग एकदमै राम्ररी मिल्थेँ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, आफ्ना ब्रदर-सिस्टरहरूसँग मिलेर बस्न संसारसँग व्यवहार गर्ने यिनै दर्शनहरूमा भर पर्न जारी राखेकी थिएँ। जब मैले आफ्ना ब्रदर-सिस्टरहरूले सिद्धान्तविपरीत र मण्डलीको कामलाई लाभदायक नहुने तरिकामा कामकुराहरू गरिरहेको देखेँ, तब मैले सद्भावपूर्ण वातावरणलाई हानि गर्छु कि भनेर त्यो औँल्याउने आँट गरेकी थिइनँ। विशेष गरी, जब मैले ये सुनले लान सिनले औँल्याइदिएका समस्याहरू नस्विकारेकी र उनी भ्रष्ट स्वभावमा जिइरहेकी अनि उनले हाम्रा कर्तव्यहरूमा बाधा पुऱ्याइरहेकी छिन् भन्ने देखेँ, तब मैले सङ्गति गर्नुपर्थ्यो, उनलाई सुझावहरू दिनुपर्थ्यो, अनि सत्यता नस्विकार्नुका गम्भीर परिणामहरू बुझ्न मद्दत गर्नुपर्थ्यो। तर, म यसले हाम्रो सम्बन्धलाई असर गर्छ भनेर डराएकी थिएँ, त्यसैले मैले उनका समस्याहरू नऔँल्याइकन घुमाउरो तरिकाले उनको स्थितिबारे मात्र सोधेकी थिएँ। फलस्वरूप, उनी निरन्तर रूपमा रिसाएकी हुन्थिन् र उनले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेकी थिइनन्, जसले गर्दा काममा रोकावट आयो। मैले के बुझेँ भने, संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरूअनुसार जिउनु भनेको मानिसहरूप्रति निष्कपट वा सहयोगी हुनु पटक्कै होइन, र यसले मण्डलीको कामलाई सुरक्षा दिँदैन। यसले मलाई झन्-झन् छली र स्वार्थी पनि बनाउँछ: यो त साँच्चै अरूलाई र आफूलाई हानि पुऱ्याउनु हो! जब साँच्चै मानवता भएका मानिसहरूले आफ्ना ब्रदर-सिस्टरहरू भ्रष्ट स्वभावमा जिइरहेका देख्छन्, तब उनीहरूले प्रेमका आधारमा परमेश्वरका वचनहरूबारे सङ्गति गर्नेछन्, र आफ्ना ब्रदर-सिस्टरहरूलाई उनीहरूका आफ्नै भ्रष्ट स्वभावहरू बुझ्न मद्दत गर्नेछन्। तर, मैले त ये सुनका समस्याहरू औँल्याइदिएपछि उनले मेरा बारेमा नराम्रो राय राख्छिन् र भविष्यमा मिलेर बस्न झन् गाह्रो हुन्छ कि भनेर मात्र विचार गरेकी थिएँ। मैले आफूलाई कसरी जोगाउने भन्ने बारेमा मात्र सोचेकी थिएँ। मैले मेरी सिस्टरको जीवन प्रवेश वा मण्डलीको कामलाई पटक्कै ख्याल गरेकी थिइनँ। मैले के बुझेँ भने, मैले परमेश्वरमा धेरै वर्षदेखि विश्वास गर्दै आएकी भए पनि, म अलिकति पनि बदलिएकी थिइनँ। ममा सामान्य मानवता थिएन, र मैले साँच्चै परमेश्वरको घृणा आफूमाथि ल्याएकी थिएँ। जब मैले यो कुरा बुझेँ, तब मेरो हृदय आत्मग्लानि र पछुतोले भरियो। मैले परमेश्वरलाई सत्यता अभ्यास गर्न सक्न मलाई अगुवाइ गर्नुहोओस् भनेर आफ्नो स्थितिबारे प्रार्थना पनि गरेँ।
त्यसपछि, मैले एउटा अनुभवात्मक गवाही भिडियो हेरेँ। त्यसमा उद्धृत गरिएका परमेश्वरका वचनका दुई खण्ड मेरा लागि विशेष गरी लाभदायक थिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कहिलेकाहीं, सद्भावको अर्थ सहनशीलता र सहिष्णुता हो, तर यसको अर्थ आफ्नो अडानमा अडिग रहनु र सिद्धान्तहरू कायम राख्नु पनि हो। सद्भावको अर्थ कामकुराहरू सहज बनाउनु, वा मानिसहरूलाई खुसी पारिहिँड्ने बन्न खोज्नु, वा सम्झौता गर्ने तरिका अपनाउनु होइन—र यसको अर्थ निश्चय नै कसैको प्रिय हुन खोज्नु होइन। यी सिद्धान्तहरू हुन्। तैँले यी सिद्धान्तहरू बोध गरिसकेपछि, थाहै नपाई तेरा बोली र कार्यहरू परमेश्वरका अभिप्रायहरूसँग मिल्नेछन्; तँसँग मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारे सिद्धान्तहरू हुनेछन्, र तँ अरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्षम बन्नेछस्। यसरी, तँ भाइ-बहिनीहरूसँग मित्रैलो रूपमा रहन सक्षम हुनेछस्, र एकता हासिल गर्न सजिलो हुनेछ। यदि मानिसहरू परमेश्वरमाथिको आफ्नो विश्वास र आफ्नो कर्तव्य निर्वाहमा शैतानका दर्शनहरू, आफ्नै रुचि, चाहना, र स्वार्थी मनसायहरूद्वारा जिउँछन्, र सधैँ आफ्ना वचन र कार्यहरूमा आफ्नै इच्छा पछ्याउँछन् भने, तिनीहरू अरूसँग मित्रैलो रूपमा रहन र आफ्ना कर्तव्यहरू पूरा गर्न असक्षम हुनेछन्। यस्तो किन हुन्छ? किनभने शैतानको शक्तिअन्तर्गत जिउने मानिसहरू सबै आफ्ना शैतानी स्वभावहरूद्वारा जिउँछन्; तिनीहरू सबैले आफ्ना लागि स्वार्थी योजना बनाउँछन्, ख्याति, प्राप्ति, र हैसियत पछ्याउँछन्, र आफ्नो मनको कुरा लुकाउँछन्। त्यसैले तिनीहरू एकअर्काविरुद्ध षड्यन्त्र रच्छन् र आफ्नै ख्याति, प्राप्ति, र हितहरूका लागि लड्छन्। त्यस्ता मानिसहरूले सत्यता स्वीकार गर्न सक्दैनन्, झन् त्यो अभ्यास गर्नु त परै जाओस्, र यसरी तिनीहरू एकता हासिल गर्न असक्षम हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्जस्यपूर्ण सहकार्यको विषयमा)। “यदि तँमा मान्छे खुसी पारिहिँड्ने व्यक्तिको अभिप्राय र दृष्टिकोण छ भने, सबै मामिलामा, तैँले सत्यताको अभ्यास गर्नेछैनस् वा सिद्धान्तहरू कायम राख्नेछैनस्, र त्यसैले तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्यूँझिँदैनस् र कहिल्यै सत्यता खोज्दैनस् भने, तँ अविश्वासी होस्, र तैँले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैनस्। त्यसोभए, तैँले के गर्नुपर्छ? परमेश्वरको घरका हितहरू समावेश भएका मामिलाहरू सामना गर्दा, तैँले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई पुकार्नैपर्छ, उहाँलाई विश्वास र शक्ति माग्नैपर्छ, ताकि तैँले सिद्धान्तहरू कायम राख्न, तैँले गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न, तैँले लिनुपर्ने अडानलाई दृढतापूर्वक पक्रिराख्न, परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्वरको घरको कामलाई कुनै पनि हानि हुनबाट रोक्न सकेस्। यदि तँ आफ्नो स्वार्थ, आफ्नो घमण्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनेबारे आफ्नो दृष्टिकोणविरुद्ध विद्रोह गर्न सक्षम छस् भने, र यदि तँ आफूले इमानदार, अविभाजित हृदयले गर्नुपर्ने कुरा गर्छस् भने, तैँले शैतानलाई पराजित गरेको र सत्यताको यो पक्ष प्राप्त गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्बन्धहरू बचाउँदै, सधैँ शैतानको दर्शनअनुसार जिउने जिद्दी गर्छस् भने, र यदि तँ कहिल्यै सत्यता अभ्यास गर्न सक्दैनस् र सिद्धान्तहरू कायम राख्ने आँट गर्दैनस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्नेछस्? तँसँग अझै कुनै आस्था वा शक्ति हुनेछैन। यदि तँ कहिल्यै सत्यता खोज्दैनस् वा सत्यता स्विकार्दैनस् भने, के परमेश्वरमाथिको त्यस्तो आस्थाले तँलाई सत्यता हासिल गर्न दिनेछ? (दिनेछैन।) अनि यदि तँ सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, तँमा सत्यता वास्तविकता अलिकति पनि छैन, र अझै शैतानको शक्तिअन्तर्गत जिउँछस् भने, तैँले बिलकुलै कहिल्यै मुक्ति पाउन सक्दैनस्। सत्यता प्राप्त गर्नु मुक्ति पाउनका लागि पूरा गर्नैपर्ने अनिवार्य सर्त हो भन्ने कुरा तँलाई स्पष्ट हुनुपर्छ। त्यसो भए तैँले कसरी सत्यता प्राप्त गर्न सक्छस्? यदि तैँले सत्यता अभ्यास गर्न सक्छस् भने, यदि तँ सत्यताअनुसार जिउन सक्छस्, र सत्यता तेरो जीवनको आधार बन्छ भने, तैँले सत्यता र जीवन पाउनेछस्, र तँ मुक्ति पाउनेहरूमध्येको एक हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरले के भन्नुभयो भने, साँचो सद्भाव भनेको धैर्य र सहनशीलता मात्र होइन, र तपाईँसँग पनि सिद्धान्तहरू हुनैपर्छ र तपाईँ आफ्नो अडानमा दृढ हुनैपर्छ। तपाईँ बीचमा रहने मार्गमा टाँसिरहनु वा मान्छे खुसी पारिहिँड्ने बन्नु हुँदैन। सत्यता सिद्धान्तहरूका आधारमा मानिसहरूलाई व्यवहार गरेर अनि उनीहरूसँग काम गरेर मात्र तपाईँ परमेश्वरको अभिप्रायअनुसार हुन सक्नुहुन्छ। यदि तपाईँ निरन्तर संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरूद्वारा जिउनुहुन्छ, आफ्नो पारस्परिक सम्बन्धहरूलाई सुरक्षा दिनुहुन्छ, सत्यता सिद्धान्तहरू कायम राख्न सक्नुहुन्न, र परमेश्वरका वचनहरू अभ्यास गर्न सक्नुहुन्न भने, अन्ततः तपाईँले निश्चित रूपमा सत्यता प्राप्त गर्न सक्नुहुनेछैन, र तपाईँ परमेश्वरद्वारा हटाइनेहरूमध्ये एक हुनुहुनेछ। म मान्छे खुसी पारिहिँड्नेका सोच र दृष्टिकोणहरूद्वारा जिइरहेकी थिएँ। मलाई मैले ये सुनका समस्याहरू औँल्यादिनुपर्छ र उनलाई आफैलाई बुझ्न अनि उनको स्थिति सुधार्न मद्दत गर्नुपर्छ भनेर स्पष्ट रूपमा थाहा थियो, तर मलाई यदि मैले ती औँल्याइदिएँ भने, त्यसले हामीबीचको सम्बन्ध बिगार्नेछ भनेर निरन्तर चिन्ता लागेको थियो। त्यसैले, मैले खुलस्त हुने र सङ्गति गर्ने अभ्यास गरेकी थिइनँ। बाहिरबाट हेर्दा, हामी दुईबीच स्पष्ट रूपमा सद्भावपूर्ण सम्बन्ध थियो, तर उनले आफ्ना समस्याहरू कहिल्यै बुझेकी थिइनन् र उनको स्थिति झन्-झन् खराब हुँदै गएको थियो। सबै जना बन्धनमा परेका थिए, र काममा असर पुगेको थियो। यी सबै कुरा मैले सत्यता अभ्यास नगर्नुका परिणामहरू थिए। मैले यसो गरिरहनु हुँदैनथ्यो। मैले परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्थ्यो र सत्यता नस्विकार्ने ये सुनको व्यवहार र त्यसको प्रकृति औँल्याइदिनुपर्थ्यो। यदि उनले सङ्गति र खुलासापछि सत्यता स्वीकार गरिन् भने, त्यो उनका लागि राम्रो हुनेथ्यो—त्यो साँचो मद्दत हुनेथ्यो। तर, यदि सङ्गति गरेपछि पनि उनले अझै त्यो नस्विकारेकी र प्रतिरोध महसुस गरेकी भए, मैले केही खुट्ट्याइ प्राप्त गर्नु आवश्यक हुनेथ्यो। त्यो रात, मैले परमेश्वरलाई प्रार्थना गरेँ, ये सुनका समस्याहरू औँल्याउन सक्न उहाँलाई आस्था मागेँ। प्रार्थना गरेपछि, मैले सुनको स्थितिबारे सोध्न अग्रसरता लिएँ, र सत्यता नस्विकार्ने र सत्यताप्रति वितृष्णा राख्ने उनका व्यवहारहरू औँल्याइदिएँ। ये सुनले मेरो कुरा सुनेपछि, उनीसँग आफ्नो स्थितिबारे केही बुझाइ भयो र उनी त्यो परिवर्तन गर्न इच्छुक भइन्। मैले उनी सत्यता स्विकार्न इच्छुक छिन्, तर सुरुमा, उनी भ्रष्ट स्वभावमा जिइरहेकी थिइन् र उनले त्यसलाई तत्कालै परिवर्तन गर्न सकिनन् भनेर देखेँ। मैले के पनि अनुभव गरेँ भने, जब परमेश्वरका वचनहरूअनुसार अभ्यास गरिन्छ, तब हृदयलाई चैन र शान्ति महसुस हुन्छ।
अर्को दिनको भेलामा, ये सुनले आफ्नो स्थितिबारे सङ्गति गर्दा, उनलाई आफूले आफ्नो अहङ्कारी स्वभावद्वारा मानिसहरूलाई बन्धनमा पारिरहेकी छु, र आफूले सत्यता स्वीकार गरेकी छैनँ भन्ने थाहा थियो भनेर बताइन्। तर, उनले यसरी काम गर्नुको प्रकृति र परिणामहरू बुझेकी थिइनन्। मलाई मनमा फेरि द्वन्द्व महसुस हुन थाल्यो, “सायद मैले फेरि उनका लागि कामकुराहरू औँल्याइदिनुपर्छ, ताकि उनले विवरणहरू अझ बढी बुझ्न सकून्। यदि उनले सामान्य रूपरेखा मात्र बुझिन् भने, भविष्यमा कामकुराहरू परिवर्तन गर्न र प्रवेश गर्नका लागि यो उनका लागि लाभदायक हुँदैन। तर यदि मैले त्यो औँल्याइदिएँ भने, के उनले म उनीबाट अत्यन्तै धेरै माग गर्दै छु भनेर सोच्नेछिन्? यदि उनले त्यो स्विकार्न सकिनन् र उनी फेरि नकारात्मक बनिन् भने नि? यदि उनले मेरा बारेमा पूर्वाग्रहहरू राखिन् भने, भविष्यमा हामी कसरी मिलेर बस्ने? सायद मैले उनलाई बिस्तारै आफै काकुराहरू बुझ्न दिनु नै पर्छ।” जब मैले यो सोचेँ, तब म फेरि अलि पछि हटेँ। यतिबेला, मैले के बुझेँ भने, मेरो हिचकिचाहट अझै पनि मैले उनीसँगको मेरो सम्बन्ध कायम राख्न चाहेकीले गर्दा थियो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, उहाँलाई आस्था दिनुहोस् र मैले मेरी सिस्टरलाई इमानदार हृदयले व्यवहार गर्न सकूँ भनेर बिन्ती गरेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “शिक्षाप्रद बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, परामर्श दिने, अगुवाइ गर्ने, सल्लाह दिने, बुझ्ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काट-छाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताबारे बुझाइ र पश्चात्ताप गर्ने हृदय प्राप्त गरून्। त्यसपछि मात्रै नतिजाहरू हासिल गर्न सकिन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यसले तिनीहरूलाई वास्तवमै मदत गर्छ, र यो तिनीहरूका लागि शिक्षाप्रद हुन्छ, होइन र?” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने, मानिसहरूका लागि प्रोत्साहन र अर्तीका वचनहरू मात्र लाभदायक हुँदैनन्। मानिसहरूका समस्याहरूका सन्दर्भमा काँटछाँट गर्नु र उनीहरूका कमी र कमजोरीहरू औँल्याउनु अझ ठूलो आत्मिक वृद्धि हो। यसले मानिसहरूलाई आफ्नो स्थिति अझ राम्ररी बुझ्न, समस्याहरू समाधान गर्न सत्यता खोज्न मद्दत गर्न सक्छ, र यो उनीहरूको जीवन प्रवेशका लागि पनि लाभदायक हुन्छ। अहिले, ये सुनले आफूले सत्यता नस्विकार्नुको प्रकृति र परिणामहरू बुझेकी थिइनन्। त्यो औँल्याइदिएर, म उनलाई आफूलाई अझ राम्ररी बुझ्न मद्दत गर्न सक्थेँ। यो उनको आफ्नै जीवन प्रवेश र मण्डलीको काम दुवैका लागि लाभदायक हुनेथ्यो। ये सुनले मेरा बारेमा जेसुकै सोचे पनि त्यो महत्त्वपूर्ण होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने मैले परमेश्वरका वचनहरू अभ्यास गर्नैपर्छ र मेरी सिस्टरलाई साँचो मद्दत दिनैपर्छ। त्यसैले, मैले ये सुनको स्थितिका सन्दर्भमा परमेश्वरका वचनहरूका केही खण्ड पढेँ, र उनको बुझाइ सामान्य छ र त्यो विस्तृत रूपमा छैन भनेर औँल्याइदिएँ। त्यसपछि, मैले परमेश्वरका वचनहरू समावेश गर्दै, यसरी व्यवहार गर्नुको प्रकृति र परिणामहरूबारे सङ्गति गरेँ। सङ्गतिको माध्यमबाट, ये सुनले हाल आफूसँग धेरै गहन बुझाइ नभएको स्विकारिन, र उनी कामकुराहरू सुधार्न र बदल्न इच्छुक भइन्। उनले त्यहीँ नै लान सिनलाई माफी पनि मागिन्। लान सिनले पनि आफ्नै स्थितिका बारेमा सङ्गति गरिन्। सबै जनाले आफ्ना बारेमा खुलस्त बताए र कसैका बीचमा अब कुनै पर्खाल थिएन। परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्दा कसरी मानिसहरूलाई मद्दत र लाभ मिल्छ भन्ने कुरा मैले साँच्चै अनुभव गरेँ। जबसम्म मानिसहरू सत्यता स्वीकार गर्न इच्छुक हुन्छन्, तबसम्म ब्रदर-सिस्टरहरूबीच समस्याहरू औँल्याइदिनु, एकअर्कालाई मद्दत गर्नु, सङ्गति गर्नु र खुलासा गर्नुले मानिसहरूलाई नकारात्मक बनाउँदैन मात्र होइन, बरु वास्तवमा मानिसहरूलाई आफैलाई अझ राम्ररी बुझ्न मद्दत गर्नेछ, र सबैले आफ्नो जीवन प्रवेशमा प्रगति गर्नेछन्। सत्यता अभ्यास गर्नुका प्राप्तिहरू यिनै हुन्।