४५. सतावट र सङ्कष्ट भोगेको अनुभवबाट मैले के प्राप्त गरेँ
२०२२ को जुन महिनामा, हाम्रो मण्डलीले सिसिपीबाट ठूलो गिरफ्तारीको सामना गरिरहेको थियो। मेरो वरपरका ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् भन्ने थाहा पाउँदा, मलाई अत्यन्तै दुःख लाग्यो। साथै, म यस्तो सोच्दै आफ्नै सुरक्षाबारे पनि चिन्तित भएँ, “पक्राउ परेका केही ब्रदर-सिस्टरहरूसँग मेरो सम्पर्क थियो। मैले उनीहरूमध्ये केहीसँग-सँगै कर्तव्य निर्वाह गरेकी थिएँ र एउटै गाडीमा यात्रा पनि गरेकी थिएँ। यदि प्रहरीले सीसीटीभी फुटेज जाँच गर्यो भने, म यसमा मुछिनबाट बच्ने कुनै उपाय हुनेछैन। मलाई लुपस रोग छ, र मेरा खुट्टाहरू सुन्निएका छन्। यदि मलाई प्रहरीले पक्राउ गर्यो र यातना दियो भने, मेरो शरीरले कुनै पनि हालतमा त्यो सहन सक्दैन। त्यसमाथि, मैले जेलमा राम्रोसँग खान वा सुत्न पाउनेछैनँ। मेरो स्वास्थ्य त्यसै पनि यति कमजोर छ, त्यसैले प्रहरीले मलाई कुटेर नमारे पनि म जेलमा रोगले नै मर्नेछु। यदि म मरेँ भने, मैले मुक्ति पाउने मौका गुमाउनेछु।” यस्तो सोच्दा, मलाई मेरो हृदयमा निकै डर लाग्यो। एक दिन, म अगुवा सिस्टर झाओ यानलाई चिठी पठाउन गएँ। उनले बाहिर निस्कँदा कसैले उनलाई पछ्याइरहेको जस्तो लागेको भनेर भनिन्। पछि, उनले धेरै फरक-फरक ठाउँको चक्कर लगाइन्, र त्यो व्यक्तिको पिछा छुटाउन सफल भएको देखेपछि मात्र उनी घर फर्किइन्। यो सुन्दा म अलिक आत्तिएँ। मैले मनमनै सोचेँ, “मैले उनलाई दिनमा दुई-तीन पटक चिठीहरू पुर्याउनुपर्छ। यदि उनलाई कसैले पछ्याइरहेको छ भने, के म पनि मुछिनेछु?” म कतै लुक्न र अबदेखि चिठीहरू नबुझाई बस्न चाहन्थेँ। तर, मैले त्यसपछि के सोचेँ भने परिस्थिति यति प्रतिकूल भएकाले, अगुवाहरू व्यक्तिगत रूपमा आफ्नो काम गर्न सक्दैनन्। धेरै काम चिठीमार्फत नै सम्पादन गर्नुपर्थ्यो। यदि अगुवाहरूकहाँ समयमै चिठीहरू पुर्याउन सकिएन भने, काममा ढिलाइ हुनेथ्यो। मैले यसबारे बारम्बार सोचिरहेँ, र जसरी भए पनि हिम्मत जुटाएर यो कर्तव्य निर्वाह गर्न जारी राख्नुपर्छ भन्ने निर्णय गरेँ। चिठीहरू पठाउने र प्राप्त गर्ने कामको अलावा, म नयाँ विश्वासीहरूलाई मलजल पनि गर्थेँ। पक्राउ परेकी एउटी सिस्टर नयाँ विश्वासीहरू भेला हुने एउटा ठाउँमा एक पटक गएकी थिइन्। हामीले कुनै उपयुक्त अतिथि सत्कारक परिवार फेला पार्न नसकेकाले, र नयाँ विश्वासीहरूका भेलाहरू रोक्न नमिल्ने भएकाले, समग्र परिस्थितिको मूल्याङ्कन गरेपछि, हामीले परिस्थितिमाथि नजर राख्यौँ भने, यो भेला हुने ठाउँ अझै पनि प्रयोग गर्न सकिन्छ भन्ने निर्णय गर्यौँ। हामीले त्यहाँ भेला हुन जारी राख्यौँ। तर, मलाई प्रहरीले यो भेला हुने ठाउँबारे थाहा पायो भने, तिनीहरू आएर हामीलाई जुनसुकै बेला पक्राउ गर्न सक्छन् भन्ने चिन्ता लाग्यो। जब हामी भेला भइरहेका हुन्थ्यौँ, तब म मेरो हृदयलाई शान्त पार्न सक्दिनथेँ। त्यतिखेर, केही नयाँ विश्वासी आफ्नै काममा व्यस्त थिए, र केहीलाई उनीहरूका परिवारले सताइरहेका थिए। नयाँ विश्वासीहरूको स्थितिलाई समाधान गर्न कसरी सङ्गति गर्ने भनेर मैले विचार गरिनँ। भेलाहरूमा जाँदा, म केवल औपचारिकता मात्र पूरा गरिरहेकी हुन्थेँ। बिस्तारै, उनीहरू नियमित रूपमा भेला हुन छोडे। पछि, मैले मेरो आफ्नै स्थिति गलत छ भन्ने महसुस गरेँ, र आफ्नै समस्याहरू समाधान गर्न सत्यता खोजेँ।
मैले आफ्नो आत्मिक भक्तिको समयमा परमेश्वरका यी वचनहरू पढेँ: “जब म औपचारिक रूपमा मेरो काम सुरु गर्छु, सबै मानिस मेरो चालसँगै चल्छन्, यसरी कि ब्रह्माण्डभरिका मानिसहरू आफूलाई मसँगै व्यस्त राख्छन्, सारा ब्रह्माण्ड ‘उल्लास’ को स्थितिमा हुन्छ, र मानिस मद्वारा अघि बढाइन्छ। परिणामस्वरूप, ठूलो रातो अजिङ्गर आफै समेत मद्वारा अस्तव्यस्तता र अलमलको स्थितिमा पुऱ्याइन्छ, र त्यसले मेरो काममा सेवा गर्छ, र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, बरु मैले चाहेअनुसार मलाई योजनाबद्ध गर्न दिनुबाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनामा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु तर मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा ‘मागहरू’ कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको घरमा पूरा हुन्छ—ठूलो रातो अजिङ्गरलाई उचित रूपमा मेरो सेवा गर्न यो अझ बढी अनुकूल हुन्छ, जसको माध्यमबाट म त्यसलाई विजय गर्नेछु र मेरो योजना पूरा गर्नेछु। मैले काम गर्दै गर्दा, सबै स्वर्गदूत मसँगै निर्णायक लडाइँमा लाग्छन् र अन्तिम चरणमा मेरा अभिप्राय पूरा गर्ने सङ्कल्प गर्दछन्, ताकि पृथ्वीका मानिसहरू पनि स्वर्गदूतहरू झैँ मेरो सामुन्ने समर्पित होऊन्, र तिनीहरूमा मेरो विरोध गर्ने कुनै चाहना नहोस्, र तिनीहरूले मलाई धोका दिने कुनै काम नगरून्। सारा ब्रह्माण्डभरिमा हुने मेरो कामका गतिविधिहरू यिनै हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २९)। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, ठूलो रातो अजिङ्गर परमेश्वरको कामको एउटा सेवा गर्ने वस्तु हो। परमेश्वर सबै प्रकारका मानिसलाई प्रकट गर्ने काममा सेवा प्रदान गर्न ठूलो रातो अजिङ्गरको सतावट प्रयोग गर्नुहुन्छ। को सामा हुन् र को गहुँ हुन् भन्ने कुरा प्रकट हुनेछ। परमेश्वरमा साँचो विश्वास गर्ने र परमेश्वरमा साँचो आस्था भएका मानिसहरूले जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि वा तिनीहरूको परिस्थिति जतिसुकै खतरनाक भए पनि, तिनीहरू निरन्तर आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। परमेश्वरमा साँचो विश्वास नगर्ने मानिसहरू गिरफ्तारी र सतावट सामना गर्दा कायर बन्छन् र पछि हट्छन्। मैले के देखेँ भने जब मैले खतरनाक परिस्थितिको सामना गरेँ, म कायरता र डरका कारण आफ्नो कर्तव्य निर्वाह गर्न समेत चाहन्नथेँ, र म निरन्तर लुक्न मात्र चाहन्थेँ। म आफ्नै व्यक्तिगत सुरक्षाको मात्र ख्याल गर्थेँ। म मण्डलीको कामलाई पटक्कै विचार गर्दिनथेँ। नयाँ विश्वासीहरूलाई मलजल गर्दा म झाराटारुवा समेत हुन्थेँ। के मेरो व्यवहार परमेश्वरप्रतिको धोका थिएन र? यदि म यसरी नै चलिरहेँ भने, के म निफनेर फालिने सामा हुनेथिइनँ र?
मैले परमेश्वरका थप वचनहरू पढेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने सबै कुरा र घटनाहरू परमेश्वरकै हातमा छन्। शैतान जतिसुकै उन्मत्त भए तापनि, यसले परमेश्वरको अनुमतिविना स्वेच्छाचारी रूपमा काम गर्ने आँट गर्दैन। मैले अय्यूबको अनुभव सम्झेँ। शैतानले परमेश्वरसँग बाजी राख्दा, परमेश्वरले शैतानलाई अय्यूबको ज्यान लिन अनुमति दिनुभएन, त्यसैले शैतानले त्यसो गर्ने आँट गरेन। त्यसले परमेश्वरले अनुमति दिनुभएको दायराभित्र रहेर काम गर्छ, र यसलाई अलिकति पनि नाघ्ने पनि आँट गर्दैन। मैले परमेश्वरको सार्वभौमिकतालाई बुझेकी रहेनछु भन्ने देखेँ। मलाई त घरमै लुकेर बसेको खण्डमा पक्राउ परिँदैन, जबकि बाहिर काम गरेमा पक्राउ पर्ने जोखिम हुन्छ भन्ने लागिरहन्थ्यो। मैले एकै दिनमा केही चिठी पुर्याउनुपर्दा वा नयाँ विश्वासीहरूलाई मलजल गर्न जानुपर्दा, मेरो हृदयमा प्रतिरोध महसुस हुन्थ्यो। मलाई सधैँ यसो गरिरहँदा प्रहरीको निगरानीमा पर्ने र त्यसपछि पक्राउ पर्ने खतरामा हुन्छु भन्ने लाग्थ्यो। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, म हरेक दिन सबै प्रकारका निगरानी क्यामेराहरूको नजरआगाडि परे पनि, परमेश्वरको अनुमतिविना प्रहरीले मलाई पक्राउ गर्न सक्दैन। मैले एउटी सिस्टरको अनुभव सम्झेँ। प्रहरीले उनलाई चेकपोइन्टमा रोकेको थियो र पक्राउ गर्नै लागेको थियो। उनी उम्कन सक्ने कुनै उपाय नभएजस्तो देखिन्थ्यो, तर उनी उनीहरूकै आँखा अगाडिबाट सजिलै सुटुक्क उम्किइन्। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, तर मसँग परमेश्वरको सर्वशक्तिमान्ता, सार्वभौमिकता र अख्तियारबारे साँचो बुझाइ थिएन। खतरनाक परिस्थिति सामना गर्दा, मलाई आफूलाई बचाउन आफ्नो खबटामा टाउको लुकाउने कछुवाझैँ तर्किने र लुक्ने चाहना हुन्थ्यो। ममा ज्यादै कम आस्था थियो! परमेश्वरका वचनहरू मनन गर्दै गर्दा, मेरो स्थितिमा केही सुधार आयो। पछि, फेरि चिठीहरू पुर्याउन जाँदा, मलाई त्यति डर लागेन। म सकेसम्म छिटो चिठीहरू पुर्याउन मात्र चाहन्थेँ ताकि मण्डलीको काममा ढिलाइ नहोस्। नयाँ विश्वासीहरूलाई मलजल गर्न जाँदा आफूमा कायरताका विचारहरू आउँदा, म सचेत भई परमेश्वरलाई प्रार्थना गर्थेँ, र मेरो हृदय शान्त हुन सकोस् भनेर यसको रक्षा गर्न परमेश्वरलाई बिन्ती गर्थेँ। मैले आफ्नो हृदयमा परमेश्वरका वचनहरू मनन गर्नमा र तिनलाई आफ्नो सङ्गतिमा नयाँ विश्वासीहरूका समस्याहरूसँग जोड्नमा ध्यान केन्द्रित गरेँ। नयाँ विश्वासीहरू सबैले भेलाहरूबाट कुराहरू प्राप्त गरेका छन् भनेर बताएँ; उनीहरू फेरि नियमित रूपमा भेला हुन सके।
पछि, मैले आत्मचिन्तन गरेँ। खतरनाक परिस्थिति सामना गर्नेबित्तिकै, म किन सधैँ आफ्नै सुरक्षाको मात्र ख्याल गर्थेँ? मैले परमेश्वरका यी वचनहरू पढेँ: “के मूलभूमि चीनको वातावरणमा कर्तव्य निभाउने क्रममा कुनै जोखिम लिनबाट जोगिनु र कुनै पनि खराब घटना नघट्ने कुरा सुनिश्चित गर्नु सम्भव हुन्छ त? सबैभन्दा सतर्क व्यक्तिले पनि त्यस्तो ग्यारेन्टी गर्न सक्दैन। तर होसियार हुनु जरुरी छ। अग्रिम रूपमा राम्ररी तयारी गर्दा परिस्थिति अलिक सुधार हुन्छ, र यसले कुनै कुरा गलत हुँदा घाटाहरू न्यूनीकरण गर्न सहयोग गर्न सक्छ। यदि कुनै तयारी गरिएन भने, घाटा निकै धेरै हुनेछ। के तिमीहरूले यी दुई परिस्थितिहरूबीच रहेको भिन्नता स्पष्ट रूपमा देख्न सक्छौ? त्यसकारण, चाहे भेलाहरूको सन्दर्भमा होस् वा कुनै प्रकारको कर्तव्यपालनको सन्दर्भमा होस्, सतर्क हुनु नै सबैभन्दा राम्रो हो, र केही निवारक उपायहरू अपनाउनु जरुरी हुन्छ। जब बफादार व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छ, तब उसले अलिक विस्तृत रूपमा र राम्रोसँग सोच्न सक्छ। उसले यी कुराहरू जतिसक्दो राम्ररी बन्दोबस्त गर्न चाहन्छ, ताकि कुनै कुरा गलत भयो भने, घाटाहरू कम गर्न सकियोस्। उसले यो परिणाम हासिल गर्नैपर्छ भन्ने उसलाई लाग्छ। बफादारिता नभएको व्यक्तिले यी कुराहरू विचार गर्दैन। उसलाई यी कुराहरू महत्त्वपूर्ण छैनन् भन्ने लाग्छ, र उसले यी कुराहरूलाई आफ्नो जिम्मेवारी वा कर्तव्यको रूपमा लिँदैन। जब कुनै कुरा गलत हुन्छ, तब उसलाई कुनै ग्लानिबोध हुँदैन। यो बफादारीको कमी हुनुको प्रकटीकरण हो। ख्रीष्टविरोधीहरू परमेश्वरप्रति कुनै बफादारी देखाउँदैनन्। जब तिनीहरूलाई काम दिइन्छ, तिनीहरू खुशीसाथ यो काम स्वीकार गर्छन्, र केही राम्रा घोषणाहरू गर्छन्, तर खतरा आइपर्दा, तिनीहरू सबैभन्दा छिटो भाग्छन्; सबैभन्दा पहिले दौडने, सबैभन्दा पहिले भाग्ने तिनीहरू नै हुन्छन्। यसले तिनीहरूको स्वार्थीपन र घृणित अवस्था अत्यन्तै गम्भीर छ भन्ने देखाउँछ। तिनीहरूमा कुनै जिम्मेवारी वा बफादारीको भाव हुँदैन। समस्या सामना गर्दा, तिनीहरूलाई कसरी भाग्ने र कसरी लुक्ने भन्ने मात्रै थाहा हुन्छ, र तिनीहरू आफ्नो रक्षा गर्नेबारे मात्रै विचार गर्छन्, आफ्नो जिम्मेवारी वा कर्तव्यबारे कहिल्यै विचार गर्दैनन्। आफ्नो व्यक्तिगत सुरक्षाको लागि, ख्रीष्टविरोधीहरू निरन्तर आफ्नो स्वार्थी र घृणित प्रकृति प्रदर्शन गर्छन्। तिनीहरू परमेश्वरको घरको काम वा आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिँदैनन्। परमेश्वरको घरका हितहरूलाई त झन् तिनीहरू अझै कम मात्र प्राथमिकता दिन्छन्। बरु यसको साटो, तिनीहरूले आफ्नै सुरक्षालाई प्राथमिकता दिन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरका वचनहरूले ख्रीष्ट विरोधीहरू अत्यन्तै स्वार्थी र घृणास्पद हुन्छन् भन्ने कुरा खुलासा गर्छन्। उनीहरूले जस्तोसुकै कुराको सामना गरे तापनि, उनीहरू आफ्नो व्यक्तिगत फाइदाको मात्र ख्याल गर्छन्। विशेष गरी, खतरनाक परिस्थितिको आइपर्दा, खतराको सानो सङ्केत पाउनेबित्तिकै, उनीहरू सबैभन्दा पहिले आफ्नै व्यक्तिगत सुरक्षाको ख्याल गर्छन्। उनीहरू मण्डलीको काममा क्षति पुग्छ कि पुग्दैन भन्नेने कुराकोर पटक्कै ख्याल गर्दैनन्। मैले के देखेँ भने, मैले प्रकट गरेको स्वभाव ख्रीष्ट विरोधीको जस्तै छ। यस पटक, धेरै ब्रदर-सिस्टर पक्राउ परेका थिए। मैले सोचेको पहिलो कुरा के थियो भने, मा पक्राउ परेका मानिसहरूसँग सम्पर्कमा थिएँ, त्यसैले मेरो आफ्नै सुरक्षामा सम्भावित खतरा थियो। अगुवाहरूले मलाई चिठीहरू पुर्याउने कामको बन्दोबस्त गर्दा, मलाई पक्राउ पर्ने र प्रहरीको कुटाइ खाएर मर्ने डर थियो। त्यसपछि त भविष्यमा मेरो राम्रो परिणाम वा गन्तव्य हुनेथिएन। मलाई लाग्यो, यो कर्तव्य निर्वाह गरेर म आफूलाई मृत्युको खतरामा पारिरहेकी छु: यसमा धेरै जोखिम समावेश छ। त्यसैले म यो कर्तव्य अस्वीकार गर्न चाहन्थेँ। पछि, बाहिरी रूपमा म समर्पित भएको जस्तो देखिए तापनि, मैले आफैलाई त्यसो गर्न बाध्य पारिरहेकी थिएँ। खतराको सानो सङ्केत पाउनेबित्तिकै म कायर र भयभीत हुन्थेँ, र सधैँ लुकेर बस्न चाहन्थेँ। नयाँ विश्वासीहरूलाई मलजल गर्नु मेरो कर्तव्यको हिस्सा हो भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो। तर, कायर र भयभीत भएको कारण मैले मेरो हृदयलाई शान्त पार्न र नयाँ विश्वासीहरूसँग भेला हुन सकिनँ। यसको अर्थ नयाँ विश्वासीहरूका समस्याहरू समाधान हुन सकेनन्, र उनीहरू भेलाहरूमा सहभागी हुन अनिच्छुक हुँदै नकारात्मकतामा जिए। हरेक मोडमा, मैले आफ्नै सुरक्षा र कसरी आफ्नो रक्षा गर्ने भन्ने बारेमा नै सोचेँ। मैले मण्डलीको काम र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई एकातिर पन्छाएँ। ममा साँच्चै कुनै मानवता थिएन! म अत्यन्तै स्वार्थी र घृणास्पद थिएँ! मलाई आफ्नो हृदयको गहिरामै पछुतो लाग्यो। म व्यक्तिगत फाइदा त्याग्न, र पक्राउ परे पनि वा नपरे पनि आफ्नो कर्तव्य पूरा गर्न इच्छुक भाएँ। यस्तो सोच्दा, मेरो हृदय धेरै शान्त भयो।
पछि, मैले ब्रदर-सिस्टरहरू पक्राउ परेका खबरहरू निरन्तर सुनेँ, र मेरो हृदय फेरि तनावग्रस्त भयो। पक्राउ परेका ब्रदरहरूमध्ये एक जनालाई भेला हुने केही ठाउँका बारेमा थाहा थियो। मैले नै उनलाई केही दिनअघि एउटा भेला हुने ठाउँमा लगेकी थिएँ, र म आफूलाई कसैले देखेर पछ्याएको थियो कि थिएन भन्नेबारे निश्चित थिइनँ। मलाई आफू जुनसुकै बेला पक्राउ पर्न सक्ने जस्तो लाग्यो। यदि म पक्राउ परेँ भने, मलाई कुटेर मारिएन भने पनि म जेलमा रोगले नै मर्नेथिएँ। यसबारे सोच्दा, मलाई झन्-झन् डर लाग्न थाल्यो, र मलाइ फेरि लुक्ने चाहना भयो। तर त्यसपछि मेरो मनमा अर्को विचार आयो, “यदि म गएँ भने, यहाँको काम के होला? म एउटा ख्रीष्ट विरोधी जस्तै स्वार्थी र घृणास्पद तरिकाले जिउनु हुँदैन। मैले आफूलाई जोगाउन मण्डलीको कामलाई बेवास्ता गर्नु हुँदैन।” मैले बाहिरी रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए तापनि, म मेरो हृदयमा अझै पनि कायर र भयभीत थिएँ। एक पटक, मैले आफ्नो आत्मिक भक्तिको समयमा परमेश्वरका यी वचनहरू पढेँ: “मुख्यभूमि चीनमा, परमेश्वरका चुनिएका मानिसहरू सबैले ठूलो रातो अजिङ्गरको सतावट र गिरफ्तारी भोगेका छन्, र केही परीक्षा पनि अनुभव गरेका छन्। तिनीहरू जतिसुकै पटक कमजोर र असफल भएका भए पनि, सत्यता पछ्याउन सक्नेहरू सबैको कद क्रमिक रूपमा बढेको छ र तिनीहरूले जीवन प्रवेश प्राप्त गरेका छन्। यदि तिनीहरूले विगतमा भोगेका परिस्थिति र परीक्षाहरू फेरि सामना गरे भने, तिनीहरूमा केही आस्था हुनेछ। यदि कुनै दिन तिनीहरूको अनुभवले तिनीहरूलाई मृत्युसँग नडराउने अवस्थामा पुर्याउँछ, र तिनीहरू मानिसहरूको जीवन र मृत्यु साँच्चै परमेश्वरको हातमा छ र परमेश्वरद्वारा योजनाबद्ध र प्रबन्ध गरिन्छ भनी छर्लङ्गै देख्न सक्छन् भने, के यसको अर्थ तिनीहरूको आस्था अझै ठूलो भएको छ भन्ने होइन र? पुरानो करारको युगमा जस्तै—दानिएललाई सिंहको खोरमा फालिँदा सिंहहरूले उनलाई किन टोकेनन्? किनभने उनीसँग परमेश्वरले सिंहहरूलाई आफूलाई टोक्न अनुमति दिनुहुन्न भन्ने विश्वास थियो। त्यसोभए दानिएल आफ्नो हृदयमा के सोचिरहेका थिए? उनले परमेश्वरबारे गुनासो गरेनन्। उनले आफ्नो हृदयमा यसो भने, ‘परमेश्वरले मलाई सिंहको खोरमा फाल्नुभएको छ। म र सिंहहरू दुवै प्राणी हौँ। यदि परमेश्वर तिनलाई मलाई खान अनुमति दिनुहुन्छ भने, मेरो मर्ने समय आएको छ। यदि परमेश्वर अनुमति दिनुहुन्न भने, सिंहहरूले मलाई खानेछैनन्। यसले म अझै पनि परमेश्वरको हातमा जिउनुपर्छ, र मेरो आयु अझै सकिएको छैन र म मर्नुपर्ने होइन भन्ने प्रमाणित गर्छ। यो कुरा सृष्टिकर्ताद्वारा निर्धारण गरिन्छ।’ जब दानिएलले यस मामिलाको सामना गरे, तब पहिलो कुरा, उनले परमेश्वरको नामलाई इन्कार गरेनन्, दोस्रो कुरा, परमेश्वरले गर्नुभएको कामप्रति उनलाई कुनै शङ्का थिएन, उनले यसको आलोचना वा निन्दा गरेनन्, वा परमेश्वरविरुद्ध विद्रोह गरेनन्, र उनी परमेश्वरका प्रबन्धहरूमा समर्पित हुन सक्षम भए। यसरी शैतान पराजित र अपमानित भयो। त्यसोभए, दानिएलका कार्य र प्रकटीकरणहरू के थिए? ती गवाही थिए। तँसँग यस्तो कद भएपछि मात्रै तैँले यस्ता परीक्षाहरू सामना गर्नेछस्। परमेश्वरले तँलाई सिंहको खोरमा राख्नुभए पनि, तँ डराउँदैनस्, र सिंहहरूले तँलाई खाने आँट गर्दैनन् भने, यसले तँसँग साँचो आस्था छ र तँ सिद्ध पारिने मार्गमा लागेको छस् भन्ने प्रमाणित गर्छ। जीवनको वृद्धि ठ्याक्कै यस्तै हुन्छ। अय्यूबको असीमित सम्पत्ति खोसिएजस्तै, सिंहको खोरमा फालिनु पनि एउटा परीक्षा हो। अय्यूबको प्रकटीकरण के थियो? (समर्पण।) उनी किन समर्पित हुन सक्षम भए? किनभने परमेश्वरले गरेको कामबारे अय्यूबलाई कुनै शङ्का थिएन। परमेश्वरले इनाम दिनुभए पनि वा खोस्नुभए पनि, अय्यूबका लागि त्यो ठीकै थियो। परमेश्वरले एक दिन दिनुभएर अर्को दिन खोस्नुभए पनि, अय्यूब अझै पनि समर्पित हुन्थे। परमेश्वरले जसरी कार्य गर्नुभए पनि, अय्यूबका लागि त्यो ठीकै थियो; उनी परमेश्वरलाई उहाँको इच्छाअनुसार योजनाबद्ध गर्न दिन र परमेश्वरमा समर्पित हुन सक्थे। उनी परमेश्वरसँग मिल्ने व्यक्ति थिए। अर्थात्, परमेश्वरले जसरी कार्य गर्नुभए पनि, परमेश्वरले उनलाई खेलौना बनाउनुभए पनि, उनी अझै पनि समर्पित हुन सक्थे। … साँचो आस्थामा साँचो समर्पण समावेश हुन्छ, र साँचो समर्पणले साँचो आस्थालाई जन्म दिन्छ। यदि तँसँग साँचो आस्था छ र तँ साँचो समर्पण हासिल गर्न सक्छस् भने, कुन परीक्षाले तँलाई हराउन सक्छ? कुन परिवेशले तँलाई हराउन सक्छ? तँलाई कुनै पनि परिवेशले हराउन सक्दैन। तँलाई सिंहको खोरमा फालिए पनि, सिंहहरूले तँलाई खाने आँट गर्नेछैनन्। के यो राम्रो कुरा होइन र? (हो।)” (परमेश्वरको सङ्गति)। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने यदि तपाईँ नास्तिक देश चीनमा बसेर परमेश्वरमा विश्वास गर्नुहुन्छ भने, तपाईँ गिरफ्तारी र सतावटबाट बच्न सक्नुहुन्न। तर, परिस्थिति जतिसुकै खतरनाक भए पनि, यदि तपाईँ मृत्युसँग नडराई आफ्नो ज्यान जोखिममा हाल्न सक्नुहुन्छ भने, यो नै परमेश्वरमाथिको साँचो आस्था हो। यो दानियलले भोगेको कुरा जस्तै हो। उनले परमेश्वरको सार्वभौमिकतामाथि विश्वास गरे र परमेश्वरमा आस्था राखे। आफूलाई सिंहको खोरमा फालिँदा पनि उनले परमेश्वरसँग गुनासो गरेनन्। उनी बाँचे पनि वा मरे पनि, उनले आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा नै राखे। परमेश्वरले हामीलाई यो सतावट र सङ्कष्ट अनुभव गर्न लगाउनुभयो ताकि यसैमार्फत परमेश्वरमाथिको हाम्रो साँचो आस्थालाई सिद्ध पार्न सकियोस्। म दानियल जस्तै हुनुपर्छ, र मेरो जीवन वा मृत्यु परमेश्वरकै हातमा सुम्पनुपर्छ। यदि परमेश्वरले म प्रहरीद्वारा गिरफ्तार गरिने अनुमति दिनुभयो भने, म परमेश्वरका बन्दोबस्तहरूप्रति समर्पित हुनेछु। यदि परमेश्वरले मेरो गिरफ्तारीको अनुमति दिनुभएन भने, म मेरो कर्तव्य राम्ररी निर्वाह गर्न इच्छुक थिएँ।
पछि, मैले मण्डलीको एउटा भजन सुनेँ, जसले मलाई साँच्चै भावुक बनायो।
ख्रीष्टलाई पछ्याउँदै, म कहिल्यै पछि हट्नेछैन, मृत्युसम्म पनि
आखिरी दिनहरूका मानिसको पुत्र सत्यता व्यक्त गर्नुहुन्छ, र अनगिन्ती हृदयलाई ब्युँझाउनुहुन्छ। म परमेश्वरका वचनहरू सबै सत्यता हुन् भन्ने देख्छु, त्यसैले म उहाँलाई पछ्याउँछु। शैतान, ठूलो रातो अजिङ्गरले परमेश्वरका चुनिएका मानिसहरूलाई उन्मत्त रूपमा दमन गर्छ र पक्रन्छ। ख्रीष्टलाई पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्नेहरू आफ्नो जीवन जोखिममा पारेर त्यसो गर्छन्। परमेश्वरको गवाही दिएको कारण म कुनै दिन पक्राउ पर्न र सताइन सक्छु। म आफ्नो हृदयमा यो धार्मिकताका खातिर गरिएको सतावट हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्छु। सुसमाचार प्रचार गरेको कारण म कुनै दिन पक्राउ पर्न र जेल पर्न सक्छु। यो उहाँलाई पछ्याउनेहरूका लागि परमेश्वरले नियोजन गर्नुभएको कष्ट हो। सुसमाचार प्रचार गर्ने यस मार्गमा म अझै कति हिँड्न सक्छु भन्ने कुरा मलाई थाहा छैन, तर म जीवित हुञ्जेल परमेश्वरका वचनहरू प्रसार गर्नेछु र ख्रीष्टको गवाही दिनेछु। म सत्यता पछ्याउन र परमेश्वरको आज्ञा पूरा गर्नका लागि मात्र आफूलाई समर्पित गर्छु। यस जीवनमा, ख्रीष्टलाई पछ्याउन र उहाँको गवाही दिन पाउँदा मेरो हृदय गर्वले भरिन्छ। मैले राज्य साकार भएको दिन देख्न नसके पनि, आज गवाही दिन र शैतानलाई अपमानित गर्न सक्नु नै मेरो लागि पर्याप्त छ। सतावट र सङ्कष्टमा परमेश्वर मेरो साथमा हुनुहुन्छ; उहाँ मेरो सहारा हुनुहुन्छ। सायद मेरो जीवन क्षणिक आतसबाजीजस्तै बिलाएर जानेछ, तर परमेश्वरका लागि शहीद हुनु भनेको एउटा जोडदार गवाही दिनु हो। मैले राज्यको सुसमाचार फैलाउनमा आफ्नो झिनो बल अर्पण गरेको छु। मलाई कुनै गुनासो छैन र कुनै पछुतो छैन। परमेश्वरको गवाही दिन सक्षम हुनु भनेको मेरो जीवन व्यर्थ नजानु हो। यो परमेश्वरको नियोजन हो, र म उहाँलाई प्रशंसा र धन्यवाद चढाउँछु।
…………
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
मैले यो गीत दोहोर्याएर सुनेँ। म उत्प्रेरित त भएँ, तर मलाई लाज पनि लाग्यो। मेरा ब्रदर-सिस्टरहरू सुसमाचार प्रचार गर्न र परमेश्वरको गवाही दिन आफ्नो ज्यानको बलि चढाउन तयार थिए। उनीहरू शहीद नै भए पनि, आफ्नो गवाहीमा दृढ रहनेथिए। यसको विपरीत, मैले मेरो सुरक्षामा केही सम्भावित खतरा मात्र सामना गरेकी थिएँ—मेरो ज्यानको बलि चढाउने कुरा त छँदै थिएन। तर पनि, म यति डराएकी थिएँ कि उप्रान्त आफ्ना कर्तव्यहरू निर्वाह गर्न चाहन्नथेँ। यी ब्रदर-सिस्टरहरूको तुलनामा म केही पनि थिइनँ। म आफ्नै ज्यानको धेरै वास्ता गर्थेँ! मैले अनुग्रहको युगका चेलाहरूका बारेमा सोचेँ, जसले प्रभु येशूको कामको गवाही दिन यति धेरै सतावट भोगेका थिए। तर, उनीहरूले मृत्युको डर मानेर सुसमाचार प्रचार गर्न वा परमेश्वरको गवाही दिन कहिल्यै छोडेनन्। अन्ततः, उनीहरू परमेश्वरका लागि शहीद भए। उनीहरूको शरीर मरे तापनि, उनीहरूको प्राण मरेन; उनीहरू अर्को तरिकाले बाँचिरहे। उनीहरूको गवाहीले परमेश्वरको अनुमोदन प्राप्त गर्यो, र उनीहरूको मृत्यु मूल्यवान् र अर्थपूर्ण थियो। यसको विपरीत, जो मानिसहरू कायर र भयभीत थिए, र जो आफ्नै ज्यान बचाउने कुराको मात्र वास्ता गर्थे, उनीहरू यहुदा बने र उनीहरूले आफ्नो ज्यान बचाउन परमेश्वरलाई धोका दिए। उनीहरू केही समयका लागि बाँचे तापनि, उनीहरूका आत्मा, प्राण र शरीर अन्ततः सदासर्वदाका लागि नष्ट भए। यो बुझेपछि, म कायर र मृत्युद्वारा नियन्त्रित हुन छोडेँ। यदि कुनै दिन म साँच्चै पक्राउ परेँ भने, त्यो मैले दिनुपर्ने गवाही हुनेछ। म यहुदा बनेर परमेश्वरलाई धोका दिनुभन्दा मर्न नै रुचाउनेछु। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “परमेश्वरले तँसँग जेसुकै माग गर्नुभए पनि, तैँले त्यसमा आफ्नो सारा शक्ति लगाउनु मात्र पर्छ, र म यी अन्तिम दिनहरूमा तैँले परमेश्वरसामु उहाँलाई आफ्नो बफादारी देखाउनेछस् भन्ने आशा गर्छु। यदि यो क्षण तेरो मृत्यु तोकिएको समय नै भए पनि, तैँले परमेश्वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सकेसम्म, आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्नु र मुस्कुराउनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय ४१)। मैले जस्तोसुकै परिस्थिति सामना गरे पनि, म एक सृजित प्राणी हुँ र मैले मेरो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। मैले परमेश्वरलाई पछ्याउनैपर्छ र यसका लागि मैले आफ्नो ज्यान नै दिनुपरे पनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। पछि, मैले सामान्य रूपमा मेरो कर्तव्य निर्वाह गरेँ। पक्राउ परेका ब्रदरले भेटेका अतिथि सत्कारक परिवारहरूलाई मैले हतार-हतार खबर गरेँ, ताकि उनीहरू सर्न सकून्। यसले गर्दा अरू कुनै ब्रदर-सिस्टरहरू मुछिएनन्। केही ब्रदर-सिस्टर पक्राउ पर्ने डरले खराब स्थितिमा हुँदा, मैले उनीहरूलाई खोजेँ र उनीहरूसँग सङ्गति गरेँ। अझ धेरै मानिसले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, अगुवाहरूले मलाई यी नयाँ विश्वासीहरूलाई मलजल गर्न लगाउनुभयो। मैले सक्रिय रूपमा सहकार्य गरेँ।
यस अनुभवमार्फत, मैले परमेश्वरको अख्तियार, र मेरो आफ्नै स्वार्थी र घृणास्पद शैतानी प्रकृतिबारे केही बुझाइ प्राप्त गरेँ। मा मेरो हृदयको गहिराइबाट सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद दिन्छु!