४४. म अब आफ्नो इज्जत जोगाउने कोसिस गर्दिनँ
सेप्टेम्बर २०२३ मा, मेरा ब्रदर-सिस्टरहरूले मलाई मण्डलीमा अगुवा चुने, र मेरो मुख्य जिम्मेवारी मलजल गर्ने काम थियो। यो खबर सुन्दा, मैले धेरै दबाब महसुस गरेँ। मैले सोचेँ, “मण्डलीको काममा धेरै कार्य समावेश हुन्छन्। मैले भर्खरै तालिम लिन सुरु गरेकी छु र मसित कुनै अनुभव छैन। यदि म गएँ अनि ब्रदर-सिस्टरहरूको काम अनुगमन गरेँ र त्यहाँ मैले सम्हाल्न नसक्ने केही कुरा रहेछन् भने, उनीहरूले मेरा बारेमा के सोच्लान्? उनीहरूले ममा समझको कमी छ, र म आफैलाई कसरी काम गर्ने भनी थाहा नभईकन अरूको कामको अनुगमन गर्छु भन्लान् कि?” उनीहरूले मेरा कमीहरू थाहा पाएर मलाई तुच्छ ठानेको म चाहन्नथिएँ, त्यसैले मैले अगुवाको कर्तव्य अस्वीकार गरेँ। मैले सुपरिवेक्षकलाई भनेँ, “मैले आफ्नो हालकै कर्तव्यमै मिहिनेत गर्नु राम्रो हुन्छ।” सुपरिवेक्षकले मलाई भेटेर सङ्गति गर्नुभयो, “आफैप्रतिको तपाईँको माग धेरै उच्च छ। सबैमा कमीहरू हुन्छन्, र हाम्रो काममा केही कमजोरी हुनु एकदमै सामान्य कुरा हो। हामीप्रतिका परमेश्वरका मागहरू त्यति उच्च छैनन्। परमेश्वरले महत्त्व दिने कुरा भनेको आफ्नो कर्तव्यप्रतिको हाम्रो मनोवृत्ति हो, र हामीले आफ्नो काममा आफ्नो सम्पूर्ण प्रयास लगाउँछौँ कि लगाउँदैनौँ भन्ने कुरा उहाँले हेर्नुहुन्छ।” सुपरिवेक्षकको कुरा सुन्दा, मलाई उहाँको कुरा सही लाग्यो। सबैमा कमी र कमजोरीहरू हुन्छन्, त्यसैले हामी सबैले अझ धेरै तालिम लिन र सिक्न आवश्यक छ। मैले यो कर्तव्य अस्वीकार गर्नु हुँदैन। त्यसपछि, मैले आत्मचिन्तन गरेँ। यो कर्तव्य दिइँदा मैले किन अस्वीकार गर्ने कोसिस गरिरहेँ?
एक दिन उपासनाको समयमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “यदि तँ सबै कुरामा अर्पित हुन र परमेश्वरका अभिप्रायहरू पूरा गर्न चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य निर्वाह गरेर त्यसो गर्न सक्दैनस्; तैँले परमेश्वरले तँलाई दिने कुनै पनि आज्ञा स्वीकार गर्नैपर्छ। चाहे त्यो तँलाई चाख लाग्ने र तेरा रुचिहरूसित मेल खाने कुरा होस्, वा त्यो तँलाई गर्न आनन्द नलाग्ने, वा तैँले पहिले कहिल्यै नगरेको र तँलाई गाह्रो लाग्ने कुरा होस्, तैँले त्यो स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। तैँले त्यो केवल स्वीकार गर्नुपर्ने मात्रै होइन, बरु सक्रिय रूपमा सहकार्य गर्नैपर्छ, पेसागत सीपहरू सिक्नैपर्छ, अनि अनुभवहरू र प्रवेश पनि प्राप्त गर्नैपर्छ। तैँले कष्ट, थकान, अपमान, वा बहिष्करण भोगिस् भने पनि, तैँले अर्पणका साथ त्यसो गर्नैपर्छ। यसरी अभ्यास गरेर मात्रै तैँले सबै कुरामा अर्पित हुन र परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्नेछस्। तैँले यसलाई आफ्नै उद्यमका रूपमा नभई आफूले पूरा गर्नुपर्ने कर्तव्यका रूपमा निर्वाह गर्नुपर्छ। तैँले कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? सृष्टिकर्ता परमेश्वरले कसैलाई दिनुभएको कामको रूपमा हेर्नुपर्छ; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्वरले मापदण्ड दिनुभएअनुसार आफ्नो कर्तव्य निभाउनु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो। यदि तँ यो कर्तव्य परमेश्वरको आज्ञा हो, र यो तँमाथि आइरहेको परमेश्वरको प्रेम र आशिष् हो भनी स्पष्टसँग देख्न सक्छस् भने, तैँले परमेश्वरलाई प्रेम गर्ने हृदयले आफ्नो कर्तव्य स्वीकार गर्न र आफ्नो कर्तव्य निभाउँदा तैँले परमेश्वरका अभिप्रायहरूलाई वास्ता गर्न सक्नेछस्, र परमेश्वरलाई सन्तुष्ट पार्न तैँले सबै कठिनाइहरू पार गर्न सक्नेछस्। परमेश्वरको लागि साँचो रूपमा आफैलाई समर्पित गर्नेहरूले कहिल्यै पनि परमेश्वरको आज्ञालाई इन्कार गर्न सक्दैनन्; तिनीहरूले कहिल्यै पनि कुनै कर्तव्य इन्कार गर्न सक्दैनन्। परमेश्वरले तँलाई जे-जस्तो कर्तव्य सुम्पनुभए पनि, यसमा जति नै कठिनाइ आइपर्ने भए पनि, तैँले यसलाई इन्कार गर्नु हुँदैन बरु स्वीकार गर्नुपर्छ। अभ्यासको मार्ग यही हो, जुन परमेश्वरलाई सन्तुष्ट पार्न सत्यता अभ्यास गर्नु र सबै कुरामा अर्पित हुनु हो। यहाँ मुख्य कुरा के हो? ‘सबै कुरा’ भन्ने शब्द हो। ‘सबै कुरा’ तेरा चाहनासँग नमिल्न सक्छन्, र ती तँलाई सधैँ गर्न मन पर्ने वा स्वीकार गर्न खुसी लाग्ने कुराहरू नहुन सक्छन्। तँ निपुण नभएका र तैँले गर्न सिक्नैपर्ने केही काम हुन्छन्; केही कठिन हुन्छन्; अरूमा तैँले कष्ट भोग्नुपर्ने हुन्छ। तर त्यो जेसुकै भए पनि, यदि त्यो परमेश्वरले तँलाई सुम्पनुभएको कुरा हो भने, तैँले त्यसलाई परमेश्वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ; तैँले यो कर्तव्य सम्हाल्नुपर्छ, र यो पूरा गर्नमा आफ्नो हृदय लगाउनुपर्छ, ताकि तैँले आफ्नो बफादारी चढाउन र परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्। अभ्यासको मार्ग भनेको यही हो। जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यताको खोजी गर्नुपर्छ र कस्तो अभ्यास परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ भन्ने पत्ता लगाएपछि, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। यसो गरेर मात्रै तँ सत्यता अभ्यास गरिरहेको हुन्छस्, र यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने, परमेश्वरका अभिप्रायहरू पूरा गर्नका लागि, हामीले परमेश्वरबाट आउने जुनसुकै कर्तव्य स्वीकार गर्नुपर्छ। हामीलाई दिइएको कर्तव्य हामीले पहिले कहिल्यै नगरेको काम हुन सक्छ, त्यसैले हामीले यसलाई सिक्न समय र मिहिनेत लगाउनुपर्छ, र हाम्रो शरीरले अझ धेरै कष्ट भोग्नुपर्ने हुन्छ। वा हाम्रा कमीहरूका कारण हाम्रो अभिमानमा चोट पुग्न सक्छ, तर जेसुकै भए तापनि, हामीसँग सरल र आज्ञाकारी हृदय हुनुपर्छ। एउटा सृजित प्राणीमा कर्तव्यप्रति हुनुपर्ने मनोवृत्ति यही नै हो। मैले योसँग दाँजेर आफैलाई हेरेँ। जब मैले आफू मण्डलीमा अगुवा चुनिएकी छु भनेर थाहा पाएँ, मलाई के कुरा थाहा थियो भने अगुवाहरूले मण्डलीको कामका विभिन्न पक्षको अनुगमन गर्नुपर्छ, तर सबै पक्षमा अपूर्ण थिएँ, त्यसैले कामको अनुगमन गर्दैगर्दा आफूले सम्हाल्न नजान्ने केही समस्या आइपरे भने र मेरा ब्रदर-सिस्टरहरूलाई समाधानको बाटो देखाउन सकिनँ भने, सबैले मलाई पक्कै तुच्छ ठान्नेछन् र म असक्षम छु भन्नेछन् भनेर म चिन्तित भएँ। त्यसैले, मैले आफूलाई धेरै कार्य कसरी गर्ने भन्ने नै थाहा छैन र म यो कामको योग्य हुनेछैनँ भन्दै बहाना बनाएँ। यो कर्तव्य दिइँदा, मैले परमेश्वरका अभिप्रायहरूलाई कसरी ख्याल गर्ने र आफ्नो कर्तव्य कसरी वहन गर्ने भनेर सोचिनँ; यसको साटो, मानिसहरूले मलाई तुच्छ नठानून् भनेर म यसलाई अस्वीकार गर्न चाहेँ। मैले मण्डलीको कामको अलिकति पनि सुरक्षा गरिनँ। म विशेष गरी स्वार्थी र घृणास्पद थिएँ। मलाई अगुवाको कर्तव्य निर्वाह मौका दिएर परमेश्वरले ममाथि अनुग्रह गर्नुभएको थियो। यो सत्यता प्राप्त गर्ने ठूलो अवसर थियो, र मैले सक्रिय र सकारात्मक मनोवृत्तिका साथ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो। यो कुरा बुझेपछि, म आफ्नो गलत मानसिकतालाई बदल्न तत्पर भएँ। ममा धेरै कमी र कमजोरी भए तापनि, म मेरा ब्रदर-सिस्टरहरूबाट सिक्न तयार भएँ। त्यसैले, मैले सुपरिवेक्षकलाई म अगुवा बन्ने तालिम लिन तत्पर छु भनी बताएँ।
त्यसपछि, मैले परमेश्वरका वचन पढेँ: “पहिलो प्रकार भनेको विभिन्न कामका सुपरिवेक्षक हुन सक्नेहरू थिए। तिनीहरूबाट गरिने पहिलो माग भनेको तिनीहरूसँग सत्यता बुझ्ने सक्षमता र क्षमता हुनुपर्छ। यो न्यूनतम माग हो। दोस्रो माग भनेको तिनीहरूले बोझ बोक्नुपर्छ—यो अपरिहार्य छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। “कतिपय मानिसहरूले सोध्न सक्छन्: ‘प्रवर्द्धन र संवर्धन गरिनका लागि प्रतिभावान् मानिसहरूले पूरा गर्नुपर्ने मापदण्डमा सत्यता बुझ्ने, सत्यता वास्तविकता प्राप्त गरेको, र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कुरा किन समावेश हुँदैनन्? तिनमा किन परमेश्वरलाई चिन्न सक्ने, परमेश्वरमा समर्पित हुन सक्ने, परमेश्वरप्रति बफादार हुने, र मानकअनुरूपको सृजित प्राणी बन्ने कुरा समावेश हुँदैनन्? के यी कुराहरू पछाडि नै छाडिएका छन्?’ ल भन्, यदि कसैले सत्यता बुझ्छ र ऊ सत्यता वास्तविकतामा प्रवेश गरेको छ, परमेश्वरमा समर्पित हुन सक्छ, परमेश्वरप्रति बफादार छ, ऊसँग परमेश्वरको डर मान्ने हृदय छ, र त्यसमाथि, उसले परमेश्वरलाई चिन्छ, उहाँको प्रतिरोध गर्दैन, र ऊ मानकअनुरूपको सृजित प्राणी हो भने, के उसलाई अझै संवर्धन गर्नुपर्छ? यदि उसले साँच्चै यो सबै हासिल गरेको छ भने, के संवर्धनको नतिजा हासिल भइसकेको हुँदैन र? (हुन्छ।) त्यसकारण, प्रवर्द्धन र संवर्धन गरिनका लागि प्रतिभावान् मानिसहरूबाट गरिने मागहरूमा यी मापदण्ड समावेश हुँदैनन्। सत्यता नबुझ्ने र भ्रष्ट स्वभावहरूले भरिएका मानवमध्येबाट नै उम्मेदवारहरूलाई प्रवर्द्धन र संवर्धन गरिने हुनाले, यी प्रवर्द्धन र संवर्धन भइरहेका उम्मेदवारहरूसँग पहिल्यै सत्यता वास्तविकता हुनु, वा तिनीहरू पहिल्यै परमेश्वरमा समर्पित हुनु असम्भव छ, पहिल्यै परमेश्वरप्रति पूर्ण रूपमा बफादार हुनु त झनै सम्भव छैन, र तिनीहरू निश्चित रूपमा नै परमेश्वरलाई चिन्न र आफूसँग परमेश्वरको डर मान्ने हृदय हुनबाट अझ टाढा हुन्छन्। प्रवर्द्धन र संवर्धन गरिनका लागि सबै प्रकारका प्रतिभावान् मानिसहरूले सबैभन्दा पहिला हामीले भर्खरै उल्लेख गरेका मापदण्डहरू नै पूरा गर्नुपर्छ—यी नै सबैभन्दा व्यावहारिक र विशिष्ट मापदण्ड हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। “मलाई भन्, तँ कसरी साधारण र सामान्य व्यक्ति हुन सक्छस्? परमेश्वरले भन्नुभएझैँ, कुनै महान् व्यक्ति वा अतिमानव बन्ने प्रयास नगरी, तँ कसरी सृजित प्राणीको उचित स्थान लिन सक्छस्? तँ कसरी साधारण र सामान्य व्यक्ति हुन अभ्यास गर्नुपर्छ? यो कसरी हासिल गर्न सकिन्छ? को बोल्न चाहन्छ? (सबैभन्दा पहिले, हामीले हामी साधारण मानिस, एकदमै सामान्य मानिस हौँ, र हामीले नबुझ्ने, नबोध्ने, र छर्लङ्गै देख्न नसक्ने धेरै कुरा छन् भनी स्वीकार गर्नैपर्छ। हामीले हामी भ्रष्ट र त्रुटिपूर्ण छौँ भनी स्वीकार गर्नैपर्छ। त्यसपछि, हामीसँग निष्कपट हृदय हुनुपर्छ र खोजी गर्न अक्सर परमेश्वरसामु आउनुपर्छ।) पहिले, आफूलाई उपाधि नदे र त्यसपछि त्यसलाई तँलाई बाँध्न नदे, र यसो नभन्, ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरिवेक्षक हुँ, वा म यस क्षेत्रमा सबैभन्दा ज्ञानी र प्राविधिक रूपमा निपुण व्यक्ति हुँ।’ आफूले आफैलाई दिएको उपाधिद्वारा नियन्त्रित नहो। यसो हुनेबित्तिकै, यसले तँलाई कसिलो गरी बाँध्नेछ; तेरा वचन र कार्यहरू यसबाट प्रभावित हुनेछन्, साथै तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछन्। तैँले आफूलाई यो हैसियतका बन्धनहरूबाट मुक्त गर्नैपर्छ। पहिले, यो आधिकारिक उपाधिको पदबाट हट्, र एक साधारण व्यक्तिको पद धारण गर्। त्यसपछि तेरो मानसिकता केही हदसम्म सामान्य हुनेछ। तैँले यो पनि स्वीकार गर्नुपर्छ: ‘मलाई यो कसरी गर्ने भन्ने थाहा छैन, र म त्यो बुझ्दिनँ—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यो कहिल्यै अनुभव गरेको छैन, त्यसैले मलाई के गर्ने भन्ने थाहा छैन।’ जब तँ आफूले साँच्चै के सोचिरहेको छु भनी भन्न सक्छस् र यसरी इमानदारीपूर्वक बोल्न सक्छस्, तब तँसँग सामान्य समझ हुनेछ। यदि तैँले अरूलाई आफ्नो वास्तविक रूप चिन्न दिइस् भने, तिनीहरूले तँप्रति सामान्य दृष्टिकोण राख्नेछन्, र तैँले देखावटी गर्नु पर्नेछैन। तैँले उप्रान्त गह्रौँ दबाब महसुस गर्नेछैनस्, र तँ अरूसँग सामान्य रूपमा कुराकानी गर्न सक्षम हुनेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ। जीवन धेरै थकाइलाग्दो लाग्नेले आफैलाई मात्रै दोष दिनुपर्छ। कुनै पनि कुराको नाटक नगर् वा कुनै पनि कुरालाई ढाकछोप नगर्। पहिले, तँ आफ्नो हृदयमा के सोचिरहेको छस् र तेरा साँचो विचारहरू के हुन् भनी खुलस्त हो, ताकि सबैले ती कुरा जानून् र बुझून्। यसरी, तेरा चिन्ताहरू, साथै तँ र अरूबीचका तगारो र शङ्काहरू सबै हट्नेछन्। यसबाहेक, तँलाई अर्को कुराले पनि बाँधिरहेको छ, त्यो के हो भने, तँ सधैँ आफूलाई टोलीको प्रमुख, एक अगुवा वा एक कामदार, उपाधि, हैसियत र प्रतिष्ठा भएको व्यक्ति ठान्छस्—यदि तँ त्यसपछि आफूले यो बुझ्दिनँ र त्यो गर्न असक्षम छु भनेर भन्छस् भने, के त्यो आफ्नै अपमान गर्नु होइन र? जब तँ आफ्नो हृदयका यी बन्धनहरू त्याग्छस्, जब तँ आफूलाई अगुवा वा कामदार ठान्न छोड्छस्, र जब तँ आफूलाई अरू मानिसहरूभन्दा राम्रो ठान्न छोड्छस् र बरु तँ एक साधारण व्यक्ति, अरू सबैजस्तै होस्, र तँ केही क्षेत्रमा अरूभन्दा निम्नस्तरीय छस् भनी महसुस गर्छस्, तब तैँले यस मानसिकताका साथ सत्यता र कामसँग सम्बन्धित मामिलाहरूमा सङ्गति गर्दा, नतिजा र वातावरण दुवै फरक हुनेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचनबाट, मैले मानिसहरूलाई पदोन्नति र संवर्धन गर्ने विषयमा परमेश्वरको घरका सिद्धान्तहरू बुझेँ। सत्यता वास्तविकता भएका वा कामका सबै विभिन्न पक्ष गर्न सक्ने मानिसहरूलाई मात्र अगुवाका रूपमा पदोन्नति र संवर्धन गर्न सकिन्छ भन्ने होइन। यसको साटो, जबसम्म तपाईँसँग सत्यता बुझ्ने क्षमता हुन्छ, असल मानवता हुन्छ, आफ्नो कर्तव्य निर्वाहमा बोझ बोक्नुहुन्छ, र अनुभव नभए पनि सिक्न तत्पर हुनुहुन्छ भने, तपाईँलाई संवर्धन गर्न सकिन्छ। यसका साथै, यदि तपाईँ अगुवा चुनिनुभयो भने, तपाईँले आफूलाई उच्च स्थानमा राख्नै हुँदैन, तपाईँले आफूलाई सही स्थानमा राख्नुपर्छ अनि आफू एउटा साधारण मानिस मात्र हुँ र काम जस्तोसुकै भए पनि, तपाईँ जन्मँदै त्यो काम गर्न जानेर आएको होइन भन्ने कुरा स्विकार्नुपर्छ; जब तपाईँले आफूलाई गर्न नआउने वा आफूले नबुझ्ने कामकुराहरू सामना गर्नुहुन्छ, तब तपाईँले आफ्ना ब्रदर-सिस्टरहरूबाट सहयोग लिन सक्नुहुन्छ। मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने तालिम लिन सुरु गर्दाका कुरा सम्झेँ, मलाई कसरी काम गर्ने भन्ने थाहा थिएन, तर त्यतिबेला मैले के बुझेँ भने नयाँ विश्वासीहरूलाई मलजल गर्नु भनेको समस्याहरू समाधान गर्न सत्यता कसरी प्रयोग गर्ने भन्ने तालिम हो, जुन मेरो जीवन प्रवेशका लागि लाभदायक थियो, र त्यसैले मसँग आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने प्रेरणा थियो। मैले मेरा ब्रदर-सिस्टरहरूसँगै तालिम लिँदा, बिस्तारै-बिस्तारै, केही समयपछि म पनि केही समस्या समाधान गर्न सक्षम भएँ। मलाई के महसुस भयो भने जुनसुकै काम भए पनि, तपाईँले त्यसलाई कसरी गर्ने भनी थाहा पाएपछि र बुझेपछि मात्रै गर्न सक्नुहुन्छ भन्ने हुँदैन; तपाईँ सधैँ अध्ययन र तालिमको प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ। यद्यपि, म मेरो अहङ्कारी स्वभावद्वारा नियन्त्रित थिएँ, र म के सोच्थेँ भने यदि म मण्डलीमा अगुवा हुँ भने, मैले अरूभन्दा धेरै बुझ्नुपर्छ र काममा अरूभन्दा सिपालु हुनुपर्छ। यसरी मात्रै म अगाडि गएर अरू मानिसहरूको कामको अनुगमन गर्न योग्य हुनेछु। म के पनि सोच्थेँ भने यदि म आफैले यसलाई गर्न सकिनँ वा बुझिनँ भने, अरू मानिसहरूले पक्कै पनि मलाई तुच्छ ठान्नेछन्, र त्यसैले मैले त्यो कर्तव्य अस्वीकार गरेँ। मलाई मेरो आफ्नै वास्तविक क्षमता थाहा थिएन। ममा समझको साह्रै कमी थियो! वास्तवमा, हामीप्रतिका परमेश्वरका मागहरू उच्च छैनन्—केवल साधारण मानिस बन्नु र शान्तपूर्वक आफ्ना कमजोरीहरूको सामना गर्नु, आफूले नबुझेका कुराहरूका सम्बन्धमा सक्रिय भएर ब्रदर-सिस्टरहरूबाट मद्दत माग्नु, र आफ्ना कमीहरू परिपूर्ति गर्न सत्यता खोज्नु भन्ने मात्र उहाँको माग हो। यदि हामीले यसरी बिस्तारै तालिम लियौँ भने, हाम्रो प्रगति अझ छिटो हुनेछ। यो कुरा बुझेपछि, म “आफू अगुवा हुँ, म अरूभन्दा सिपालु हुनुपर्छ र अरूभन्दा धेरै बुझ्नुपर्छ” भन्ने भ्रामक दृष्टिकोणलाई त्याग्न, र एउटा इमानदार व्यक्ति बन्ने अभ्यास गर्न तत्पर भएँ। मैले अगुवाको कर्तव्यलाई आफ्नो हृदयको गहिराइबाट स्वीकार गरेँ।
सुरुमा, म आफू रहेको मण्डलीका लागि मात्र जिम्मेवार थिएँ। म मण्डलीका मानिसहरू र कामसँग तुलनात्मक रूपमा परिचित थिएँ, तर धेरै समय नबित्दै, सुपरिवेक्षकले मलाई अरू केही मण्डलीको कामको जिम्मेवारी लिन आग्रह गर्नुभयो। मैले मनमनै सोचेँ, “यी मण्डलीका ब्रदर-सिस्टरहरूको कार्य सामर्थ्य धेरै राम्रो छ। उनीहरूले मैले भन्दा लामो समयदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्। म उनीहरू जत्तिको सिपालु छैन। यदि मैले उनीहरूको कामको अनुगमन गर्दा धेरै कामकुरा गर्न सकिनँ भने, उनीहरूले मेरा बारेमा के सोच्नेछन्? उनीहरूले मलाई तुच्छ पो ठान्ने हुन् कि?” मैले सुपरिवेक्षकलाई म यसको योग्य छैनँ र म यो गर्न सक्दिनँ भन्दै मेसेज पठाएँ। सुपरिवेक्षकले मलाई तालिम लिएर हेर्न आग्रह गर्नुभयो। पछि मैले पहिले पढेको परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचन मनन गर्दैगर्दा, मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि आफ्नो अभिमान र हैसियतलाई पन्छाउनुपर्छ, र हरेक मोडमा परमेश्वरको घरका हितहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने बुझेँ। यसले मात्र परमेश्वरलाई सन्तुष्ट पार्नेथियो। मलाई यो कर्तव्य दिइनु भनेको परमेश्वरले मलाई उन्नयन गरी, मलाई अझ धेरै सत्यता खोज्न र सत्यता पछ्याउने मार्गमा हिँड्न प्रेरित गरिरहनुभएको थियो। मैले म्यानमारको अवस्था कति तनावपूर्ण छ र त्यहाँ निरन्तर युद्ध भइरहेको छ भन्ने कुरा सोचेँ। म कति लामो समयसम्म आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु भन्ने मलाई थाहा थिएन। अब मसँग कर्तव्य पूरा गर्ने मौका भएकाले, मैले यसको राम्ररी कदर गर्नुपर्थ्यो, र अरूले मेरा बारेमा के सोच्लान् भन्ने चिन्ताले मैले यसलाई अस्वीकार गर्नु हुँदैनथ्यो। मेरो कर्तव्यमा यसपछि जस्तोसुकै समस्याहरू खुलासा भए तापनि, मैले शान्त भई आफ्ना कमजोरीहरूको सामना गर्नुपर्थ्यो। जब मैले यसरी सोचेँ, मेरो हृदयले अलि बढी चैन महसुस गर्यो। एक दिन, मैले आफूसँग काम गरिरहेका ब्रदर र सिस्टरलाई भेटेँ र आगामी कामका बारेमा छलफल गरेँ। मैले उनीहरूमध्ये दुई जनासँग खुलस्त कुरा गर्दै भनेँ, “ममा धेरै कमी छन् र म धेरै कार्यहरू गर्न सक्दिनँ, त्यसैले हामीले मिलेर काम गर्नुपर्छ।” मैले यो कुरा भन्न जसै मुख खोलेँ, मेरो अनुहार एकदमै रातो भयो। मलाई आफ्नो केही इज्जत गुमेको जस्तो लागे तापनि, उनीहरूसामु आफ्ना कमीहरू स्विकारेपछि र हृदयदेखि बोलेपछि मेरो हृदयले धेरै चैन महसुस गर्यो। मेरा ब्रदर र सिस्टरले मलाई तुच्छ ठानेनन्, र काम राम्ररी गर्न मसँग मिलेर काम गर्न तत्पर भए।
एक दिन, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र मैले आफ्नो कर्तव्य अस्वीकार गर्नुको मूल कारणबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अधिकांश मानिसहरू सत्यता खोज्नुको सट्टा सानातिना चालहरूको सहारा लिन्छन्। तिनीहरू आफ्नै हित, अभिमान, र अरू मानिसहरूको मनमा आफ्नो स्थान वा हैसियतलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरूले कदर गर्ने कुराहरू यिनै मात्र हुन्। तिनीहरू यी कुराहरूमा दह्रोसँग टाँसिन्छन् र तिनलाई आफ्नो जीवन नै ठान्छन्—तिनीहरू परमेश्वर यी कुराहरूलाई कसरी हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्ने कुरासँग कुनै सरोकार राख्दैनन्; तिनीहरू पहिले आफू समूहको मालिक हुँ कि होइन, आफूले अरूले उच्च सम्मान गर्ने पद सुरक्षित गर्न सक्छु कि सक्दिनँ, र कसैले आफूले भनेको कुरा सुन्छ कि सुन्दैन भन्ने कुरासँग सरोकार राख्छन्। तिनीहरू पहिले त्यो पद ओगट्नतिर लाग्छन्। समूहमा हुँदा, लगभग सबै मानिस यस प्रकारको पद, यस प्रकारको अवसर खोज्छन्। यदि तिनीहरू अत्यधिक सक्षम छन् भने, तिनीहरूले अवश्यै शीर्ष स्थान ओगट्ने प्रयास गर्छन्। यदि तिनीहरू औसत मात्रै छन् भने, तिनीहरूले अझै पनि समूहमा एक प्रमुख पद धारण गर्ने प्रयास गर्छन्। अनि यदि तिनीहरू समूहको तल्लो तहमा छन्, औसत क्षमता र सक्षमताका छन् भने, तिनीहरूले अरूलाई आफूलाई उच्च सम्मान गर्न लगाउने प्रयास पनि गर्छन्; तिनीहरूले अरूलाई आफूलाई हेयको नजरले हेर्न दिन सक्दैनन्। यी मानिसहरूले आफ्नो अभिमान र इज्जतमा नै सीमा कोर्छन्; तिनीहरूले यी कुराहरूलाई समातिराख्नैपर्छ भनी सोच्छन्। तिनीहरूले आफ्नो निष्ठा गुमाए पनि, वा परमेश्वर तिनीहरूसँग अप्रसन्न हुनुभए पनि र तिनीहरूलाई मान्यता दिनुहुन्न भने पनि, तिनीहरू अझै आफ्नो अभिमान र हैसियतका लागि लागिपर्नुपर्छ; तिनीहरू हर हालतमा अपमानबाट जोगिनैपर्छ। यो एक शैतानी स्वभाव हो। तैपनि तिनीहरू यो महसुस गर्दैनन्। तिनीहरूले आफूसँग बाँकी रहेको थोरै अभिमान गुमाउन सकिन्न भनी सोच्छन्। तिनीहरूलाई के थाहा छैन भने, जब यी सतही कुराहरू पूर्ण रूपमा त्यागिन्छन् र छोडिन्छन्, तब मात्रै तिनीहरू वास्तविक मानिस बन्नेछन्, र यदि तिनीहरूले त्यागिनुपर्ने यी कुराहरूलाई आफ्नो जीवनझैँ गरी जोगाए भने, तिनीहरूको जीवन गुम्नेछ। तिनीहरूलाई के दाउमा छ भन्ने कुरा थाहै छैन। त्यसकारण, आफूले गर्ने जुनै कुरामा पनि, तिनीहरू सधैँ केही कुरा लुकाएर राख्छन्, तिनीहरू सधैँ आफ्नै अभिमान र हैसियतको रक्षा गर्नको खातिर काम गर्छन्, र तिनीहरूले यी कुराहरूलाई प्राथमिकता दिन्छन्। तिनीहरू आफ्नै खातिर मात्रै बोल्छन् र भ्रामक तर्कहरू गर्छन्—तिनीहरूले आफ्नै लागि जे पनि गर्नेछन्। तिनीहरू हर उज्ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। उदाहरणको लागि, जब क्यामेरा देखा पर्छ, मानिसहरू तछाड-मछाड गर्दै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्न छोड्छस्, जब इज्जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले, अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र अझ बढी तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्ने कुरालाई नियन्त्रण गर्न छोड्छन्—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढेपछि, मैले के बुझेँ भने मानिसहरू सबैले हैसियतको कदर गर्छन्, र उनीहरू आफूले गर्ने हरेक कुराको हरेक मोडमा आफ्नो प्रतिष्ठा र हैसियतलाई विचार गर्छन्। मैले सुरुका दिनहरूलाई फर्केर सोचेँ, जतिबेला म मण्डलीमा अगुवा चुनिएकी थिएँ। मैले भर्खरै तालिम सुरु गरेकी र ममा धेरै कमी रहेका कारण, आफूलाई धेरै कामकुरा कसरी गर्ने भनी थाहा नहुँदानहुँदै मैले मेरा ब्रदर-सिस्टरहरूको कामको अनुगमन गरेँ भने, म साँच्चै असक्षम देखिनेछु भन्ने मलाई डर लाग्यो। मानिसहरूले मलाई तुच्छ नठानून् भनेर, मैले बारम्बार आफ्नो कर्तव्य अस्वीकार गरेँ। म अगुवा बन्ने कुरामा तालिम लिन सक्नु भनेको परमेश्वरले मलाई उन्नयन गर्नुभएको थियो। परमेश्वर म सत्यता पछ्याउने मार्गमा हिँड्न र बिस्तारै-बिस्तारै आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सकूँ भन्ने चाहनुहुन्थ्यो। तर, मैले उहाँको अनुग्रहको कदर गरिनँ र आफ्नो इज्जत जोगाउन आफ्नो कर्तव्य अस्वीकार गर्ने कोसिस गरिरहेँ। यो त परमेश्वरविरुद्ध विद्रोह गर्नु थियो। यतिका वर्षसम्म, मैले परमेश्वरका यति धेरै वचनको मलजल र आपूर्तिको आनन्द लिएकी थिएँ, तर मण्डलीको कामले म यो गरौँ भन्ने माग गर्दा, मैले आफ्ना जिम्मेवारीहरू कसरी पूरा गर्ने वा परमेश्वरको अनुग्रहको कसरी ऋण तिर्ने भनेर सोचिनँ। ममा साँच्चै मानवताको साह्रै कमी थियो! वास्तवमा, म अगुवा भएदेखि नै, मैले बिस्तारै-बिस्तारै खुट्याइको क्षेत्रमा केही सत्यताद्वारा आफूलाई सुसज्जित पारेँ, र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्ने तालिम लिएँ। अगुवाका रूपमा, मैले धेरै कुरा अनुभव गरेँ र सत्यता प्राप्त गर्ने धेरै अवसर पाएँ। यी सबै वास्तविक लाभ थिए! यदि मैले अगुवाका रूपमा सेवा गरिनँ र अरूको कामको अनुगमन गरिनँ भने, मेरा आफ्नै कमीहरू खुलासा हुने थिएनन् र मेरो इज्जत जोगिने त थियो। यद्यपि, अन्ततः मैले सत्यता प्राप्त गर्ने थिइनँ र मेरा स्वभावहरू बदलिने थिएनन्। के अन्त्यमा यो सबै रित्तो हुने थिएन र? अन्ततः, मैले मुक्ति पाउने मेरो मौका मात्र गुमाउने थिएँ र आफैलाई बर्बाद पार्ने थिएँ। यसबारे सोच्दा पनि डर लाग्छ। पछि, इज्जतद्वारा त्यति धेरै नबाँधिईकन मैले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ।
एकपटक, म एउटा मण्डलीमा उनीहरूको एउटा भेलामा सहभागी हुन गएँ। एउटी सिस्टरले कामका बारेमा कुराकानी गर्दा स्पष्ट विचारहरू व्यक्त गरिन्, र म त्यसमा केही थप्न चाहन्थेँ। तर, मलाई मेरी सिस्टरले यति राम्रोसँग र विस्तृत रूपमा बोलेकी छिन् भन्ने लागेकाले, मैले केही पनि भनिनँ। मैले मनमनै सोचेँ, “यदि म यहाँ आएर अलिकति पनि सल्लाह दिइनँ भने, मेरा ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्लान्? उनीहरूले म साँच्चै काम नलाग्ने छु र ममा कुनै कार्य सामर्थ्य छैन भनी सोच्नेछैनन् र?” जब मैले यस्तो सोचेँ, तब मलाई अलिकति अप्ठ्यारो लाग्यो, र मेरा ब्रदर-सिस्टरहरूले पक्कै पनि मलाई छर्लङ्गै देखेका छन् भनी सोचेँ। त्यसैले मलाई उनीहरूको भेलाहरूमा सहभागी हुन मन लाग्न छोड्यो। ती दिनमा, मैले उनीहरूको कामको अनुगमन गरिनँ वा यसबारे बुझिनँ। त्यतिबेला, मलाई केही आत्मग्लानि भयो, “ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठान्नेछन् भन्ने डरले मैले कामको अनुगमन गरिनँ। के यो मेरो कर्तव्यप्रतिको अवहेलना होइन र? यदि मैले लामो समयसम्म कामको अनुगमन गरिनँ भने, मैले पक्कै पनि यो कर्तव्य गुमाउनेछु, र सत्यता प्राप्त गर्ने धेरै अवसर गुमाउनेछु। अरू मानिसहरूले मेरा बारेमा के सोच्छन् भनेर मैले निरन्तर विचार गरिरहनु हुँदैन। मानिसहरूले मलाई जतिसुकै उच्च सम्मान गरे तापनि, त्यसको कुनै फाइदा छैन। मुख्य कुरा त परमेश्वरले मेरा बारेमा के सोच्नुहुन्छ भन्ने हो र त्यो सबैभन्दा महत्त्वपूर्ण हो।” त्यसैले, मैले आफ्नो अभिमानलाई त्यागेँ र कामको अनुगमन गर्न गएँ। पछि, मैले एक हप्तामा कुन-कुन मण्डलीहरूको अनुगमन गर्ने र कामका कुन पक्षहरूको अनुगमन गर्ने भनेर रूपरेखा तयार गर्दै, आफैका लागि एउटा योजना बनाएँ। सुरुमा, म धेरै अत्तालिएकी थिएँ। म आफूलाई राम्ररी व्यक्त गर्न सक्दिनँ कि र मेरा ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठान्लान् कि भन्ने मलाई डर लाग्यो। जब-जब यस्तो हुन्थ्यो, तब-तब म शान्त हुन्थेँ र मलाई इज्जतद्वारा बाँधिनबाट जोगाउनुहोस् भन्दै परमेश्वरलाई प्रार्थना गर्थेँ। मैले आफ्नो मानसिकता सच्च्याएपछि, मैले आफ्नो हृदयलाई शान्त पार्न र सामान्य रूपमा कामको अनुगमन गर्न सक्षम भएँ। यसका साथै, कामको अनुगमन गर्दा, मैले के पत्ता लगाएँ भने ब्रदर-सिस्टरहरू सबैसँग केही न केही सबलता थिए, र यिनैमार्फत मैले मेरा आफ्ना कमजोरीहरू परिपूर्ति गर्न सकेँ। कहिलेकाहीँ, कामको अनुगमन गर्दा मैले छिचोल्न नसक्ने कुनै समस्या सामना गरेँ भने, म उनीहरूसँग सिधै यसो भन्थेँ, “मैले अझै पनि यो समस्या छिचोल्न सकिरहेकी छैनँ, त्यसैले म पछि खोज्नेछु।” यसरी अभ्यास गर्दा, मेरो हृदयलाई धेरै चैन महसुस भयो। मैले यो थोरै बुझाइ प्राप्त गर्न र यो सानो परिवर्तन हासिल गर्न सक्नु भनेको परमेश्वरका वचनद्वारा प्राप्त भएको नतिजा हो। परमेश्वरलाई धन्यवाद!