४२. मैले कसरी आफ्नो ईर्ष्या समाधान गरेँ
सन् २०१९ को अक्टोबरमा, मैले मो हानसँग फोटोग्राफीको काममा सहकार्य गरेँ। मैले पहिले फोटोग्राफी पढेकी हुनाले, मानकअनुरूपका तस्बिरहरू खिच्ने मेरो सफलताको दर उनको भन्दा धेरै उच्च थियो। मैले सोचेँ, “सुरुदेखि नै सजिलै प्रयोग गर्न मिल्ने यति धेरै सामग्री उत्पादन गर्न सकेको देख्दा त ममा फोटोग्राफीको केही प्रतिभा छ जस्तो छ। सुपरिवेक्षकले पक्कै पनि मलाई फोटोग्राफीको दुर्लभ प्रतिभा ठान्नुहुनेछ।” म मनमनै दङ्ग परिरहेकी थिएँ, अनि मैले मो हानलाई तुच्छ ठान्दै सोचेँ, “तिमी त पहिले एउटा फोटोग्राफी सङ्घको सदस्यसमेत थियौ, तैपनि तिम्रो सीप त्यति धेरै प्रभावशाली छैन!” पछि, एउटा भेलाको क्रममा, सुपरिवेक्षकले मेरो सीप र मेरो कर्तव्यप्रतिको अर्पणको प्रशंसा गर्नुभयो, अनि मो हानलाई मबाट अझ धेरै सिक्न भन्नुभयो। यो सुन्दा म एकदमै दङ्ग परेँ। त्यसपछि, मैले आफ्ना कर्तव्यहरूमा अझ धेरै मेहनत गर्न थालेँ। कहिलेकाहीँ मध्याह्नमा, म चर्को घाम सहँदै नर्कटका घारीहरूमा एक्लै तस्बिरहरू खिच्थेँ। एकपटक, मैले आफूलाई सन्चो नभए पनि ठूलो आँधीबेहरीका बीच तस्बिरहरू खिचिरहेँ। मैले सोचेँ, यदि मैले अझ धेरै राम्रा तस्बिर खिचेँ भने, सबैले मेरो झनै उच्च मूल्याङ्कन गर्नेछन्, अनि यसका लागि यो कष्ट भोग्नु सार्थक हुन्छ। केही समयपछि, सुपरिवेक्षक मलाई उच्च महत्त्व दिनुहुन्छ भन्ने कुरा स्पष्ट भयो, अनि मलाई हरेक प्राविधिक छलफलका दौरान सधैँ मेरा तस्बिर खिचेका अनुभवहरूबारे बोल्न लगाइन्थ्यो। तालिमका सत्रहरूमा पनि, सुरुमा मलाई नै विश्लेषण गर्न र सारांशीकरण गर्न लगाइन्थ्यो। सुपरिवेक्षक मलाई कति धेरै महत्त्व दिनुहुन्छ भन्ने कुरा देखेर, मलाई आफू प्रतिभाशाली व्यक्ति भएजस्तो अझ धेरै महसुस भयो।
एक साँझ, सुपरिवेक्षक हाम्रो टोलीकहाँ आउनुभयो र हामीले कामको व्यवस्थापन गर्न एउटा टोली अगुवा छान्न आवश्यक रहेको कुरा बताउनुभयो। सिद्धान्तहरूबारे सङ्गति गरेपछि, मो हान र अर्की एकजना सिस्टरले मलाई टोली अगुवाका रूपमा सिफारिस गर्नुभयो। म मनमनै यस्तो सोच्दै दङ्ग परिरहेकी थिएँ, “मेरो कर्तव्यप्रतिको मेहनत आखिर खेर गएनछ। सबैले याद गरेका रहेछन्।” तर बाहिरी रूपमा भने, मैले विनम्रता देखाएको नाटक गर्दै भनेँ, “अहँ, म सक्दिनँ। प्राविधिक पक्षमा म निकै राम्रो भए पनि, ममा जीवन प्रवेशको कमी छ। म टोली अगुवाका जिम्मेवारीहरू सम्हाल्न सक्दिनँ।” पछि, सुपरिवेक्षकले विस्तृत मूल्याङ्कन गर्नुभयो र मो हानलाई टोली अगुवा चुन्नुभयो। मैले मो हान आफ्नो काममा स्थिर छिन्, उनी निश्चित सिद्धान्तहरू बोध गर्न सक्छिन्, अनि उनको जीवन प्रवेश राम्रो छ भन्ने बारेमा सोचेँ। मैले परमेश्वरमा विश्वास गरेको छोटो समय मात्र भएको थियो र म प्राविधिक पक्षमा मात्र सिपालु थिएँ, अनि म तत्कालका लागि निश्चय नै एकल कार्यका लागि बढी उपयुक्त थिएँ। तर यो परिणाम देख्दा, मलाई अझै पनि दुविधा र क्षतिको भाव अनुभूति भयो। मेरो पूरै दिन विचलित भएर बित्यो र मैले आफूलाई केही पनि गर्नका लागि उत्प्रेरित गर्न सकिनँ। मलाई मो हान नै टोली अगुवाका लागि सही छनौट हुन् भन्ने थाहा भए पनि, अझै पनि निराशा लागिरहेको थियो, अनि मैले सोचेँ, “के सुपरिवेक्षकले म सत्यता बुझ्दिनँ, ममा कुनै जीवन प्रवेश छैन, अनि म केवल काम मात्र गर्ने एउटी श्रमिक हुँ भन्ने सोच्नुहुन्छ, त्यसैले उहाँले मेरो संवर्धन गर्ने योजना बनाउनुभएको छैन?” पछि, सुपरिवेक्षक हामीसँग भेला हुँदा, मैले उहाँलाई नियाल्न थालेँ, अनि उहाँले मलाई बढी ध्यान दिनुहुन्छ कि मो हानलाई भनेर सोच्न थालेँ। मैले के याद गरेँ भने, सुपरिवेक्षक कहिलेकाहीँ मो हानको स्थितिबारे विस्तृत रूपमा सोधपुछ गर्नुहुन्थ्यो, अनि केही पटक त सुपरिवेक्षकले उनीसँग व्यक्तिगत रूपमै सङ्गति गर्नुभयो। यसले मेरा विचारहरूलाई थप पुष्टि गर्यो, अनि मलाई सुपरिवेक्षक मो हानलाई नै बढी महत्त्व दिनुहुन्छ भन्ने लाग्यो। म एकदमै निरुत्साहित र खिन्न भएँ, अनि मैले मो हानप्रति द्वेषसमेत राख्न थालेँ। एकपटक, सुपरिवेक्षकले मो हानले तस्बिर खिचाइमा सुधार गरेकी छिन् भनेर भन्नुभयो र उनलाई आफ्नो छायाङ्कनको अनुभव बाँड्न भन्नुभयो। यसले गर्दा मलाई मो हानको अझ धेरै ईर्ष्या लाग्यो, अनि उनले मेरो चमक खोसिन् जस्तो महसुस भयो। त्यसपछि, मलाई मो हानको वरिपरि अत्यन्तै अप्ठ्यारो लाग्न थाल्यो, अनि कहिलेकाहीँ त उनी बोलेको सुन्दा मात्र पनि मलाई रिस उठ्थ्यो, अनि मलाई जानाजानी उनलाई खण्डन गर्ने र उनको विरोध गर्ने चाहना हुन्थ्यो। मेरो यस्तो मनोवृत्ति देखेर, मो हानले बाँधिएको महसुस गरिन् र एकपटक मलाई के भनिन् भने, उनीसँग मैले निरन्तर गरिरहने तर्क र विरोधले उनलाई हैरान पारिरहेको छ, अनि मसँग कुराकानी गर्न उनलाई एकदमै थकाइलाग्दो लाग्छ। मलाई यसरी उनको ईर्ष्या गर्नु गलत हो भन्ने थाहा थियो, तर मैले आफूलाई नियन्त्रण गर्नै सकिनँ। विगतमा, कुनै राम्रा भिडियो ट्युटोरियलहरू भेट्टाउँदा, म ती मो हानलाई सिफारिस गर्थें, अनि उनले खिचेका तस्बिरहरूमा कुनै समस्या देखेमा, मा उनलाई मद्दत गर्न ती कुराहरू औँल्याइदिन्थेँ। तर सुपरिवेक्षकले उनलाई बढी महत्त्व दिएको महसुस गरेदेखि, मलाई उनलाई प्राविधिक मामिलाहरूमा मद्दत गर्न मन लाग्न छोड्यो। कहिलेकाहीँ, म उनकै अगाडि उनको खिल्ली उडाउँथेँ र उनको बनावट नराम्रो छ र त्यसमा सुन्दरताको कमी छ भनेर भन्थेँ। यस्ता केही घटनापछि, मो हानले यस कर्तव्यका लागि आफू उपयुक्त हुनका लागि आफ्नो क्षमता पर्याप्त भए-नभएको कुरामा शङ्का गर्न थालिन्। जब मैले मेरा घोचपेचहरूले गर्दा उनले आफ्नो आत्मविश्वास गुमाएको देखेँ, तब मलाई अलिकति पनि नराम्रो लागेन, बरु मलाई वास्तवमा अलिक खुसी नै लाग्यो, अनि मैले सोचेँ, यदि उनी नकारात्मक भइन् भने, सुपरिवेक्षकले उनलाई असक्षम ठान्न सक्नुहुन्छ र फेरि मलाई महत्त्व दिन थाल्नुहुनेछ। एकपटक, हामीले छिट्टै केही तस्बिर खिच्नुपर्ने भयो, अनि मो हानले दिनभरि छायाङ्ककन स्थल खोज्न कडा मेहनत गरिरहेको देख्दा मात्र पनि मलाई रिस उठ्यो। मलाई उनले केही उत्कृष्ट ठाउँ फेला पारेर स्वीकार गरिने खालका तस्बिरहरू खिच्लिन्, अनि यस्तो भएमा सुपरिवेक्षकले उनलाई अझ धेरै महत्त्व दिनुहुनेछ भन्ने डर थियो। त्यसैले मैले उनी मानिसहरूको प्रशंसा पाउन मात्रै कडा मेहनत गरिरहेकी छिन्, र उनी यो सब प्रतिष्ठा र हैसियतका खातिर मात्र गरिरहेकी छिन् भनेर भन्दै उनको उत्साहलाई कमजोर पार्ने प्रयास गरेँ। मैले यसो भनेको सुनेर, मो हानले आफ्नो कर्तव्यमा बाँधिएको महसुस गरिन्। अर्को पटक, मैले सुपरिवेक्षकले मो हानको स्थिति समाधान गर्न निरन्तर सङ्गति गरिरहनुभएको देखेँ, अनि मलाई ईर्ष्या लाग्यो। सङ्गति गर्ने मेरो पालो आएपछि, मैले आफैलाई चिनेको ढोँग प्रयोग गर्दै विशेष जोड दिएँ र सुपरिवेक्षकको अगाडि भनेँ, “मैले मो हानप्रति कठोर व्यवहार गर्दै आएकी छु। मलाई उनले यति धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी हुनाले, उनीसँग सत्यता वास्तविकताहरू हुनुपर्छ भन्ने लागेको थियो, त्यसैले म मेरो जीवन प्रवेशमा उनी मलाई मद्दत गरून् भन्ने चाहन्थेँ। तर जब उनले मलाई मद्दत गरिनन्, तब मैले उनलाई तुच्छ ठान्न थालेँ।” मैले पहिले भेटेका अरू ब्रदर र सिस्टरहरूले मलाई कसरी मद्दत गर्थे भन्ने कुरा पनि उल्लेख गरेँ। यति भनिसकेपछि, मलाई दोषी महसुस भयो। सुपरिवेक्षकले मो हानलाई के लाग्छ भनेर सोध्नुभयो। मो हानले भनिन्, “उनले भनेको कुराले मलाई निकै व्यथित पार्छ। मलाई त आफूले यति धेरै वर्ष परमेश्वरमा विश्वास गरेपछि केही धर्मसिद्धान्त बुझे पनि, मसँग खासै सत्यता वास्तविकता वा उनीप्रतिको प्रेम छैन जस्तो लाग्छ।” ती सिस्टरले अझै पनि परमेश्वरबाट आएको भनी स्विकार्न र आत्मचिन्तन गर्न सकेको देख्दा, मलाई अत्यन्तै लाज लाग्यो र धर्ती फाटेर मलाई निलिदिए हुन्थ्यो जस्तो लाग्यो। यस घटनापछि, मैले आत्मचिन्तन गर्न थालेँ, अनि मैले प्रतिष्ठा र हैसियतका खातिर मो हानलाई दबाइरहेकी र होच्याइरहेकी रहेछु भन्ने महसुस गरेँ। पछि, मैले ख्रीष्ट विरोधीहरू कसरी हैसियतका खातिर असहमति राख्नेहरूलाई दबाउँछन् र पन्छाउँछन् भनी खुलासा गर्ने उहाँका वचनहरू पढेँ, अनि यसले मलाई आफूले प्रकट गरेको भ्रष्टताबारे केही बुझाइ दियो।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमै मानिसहरूलाई गर्ने दमन, बहिष्कार, आक्रमण, र मानिसका समस्याहरू खुलासा गर्ने कार्यहरू सबै लक्षित हुन्छन्। निःसन्देह नै, तिनीहरूले सत्यता खोजी गर्ने र तिनीहरूलाई चिन्न सक्ने मानिसहरूलाई निसाना बनाउन यस्ता विधिहरू प्रयोग गर्छन्। यी मानिसहरूलाई चकनाचूर पारेर, तिनीहरूले आफ्नै स्थान दह्रिलो बनाउने उद्देश्य हासिल गर्छन्। यसरी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्नु दुर्भावपूर्ण प्रकृति हो। तिनीहरूको भाषा र बोल्ने शैलीमा आक्रामकता: खुलासा गर्ने, दोष लगाउने, निन्दा गर्ने, र दुष्ट लाञ्छना लगाउने स्वभाव हुन्छ। तिनीहरूले तथ्य बङ्ग्याएर सकारात्मकलाई नकारात्मक अनि नकारात्मकलाई सकारात्मकसमेत बताउँछन्। यसरी कालोलाई सेतो र सेतोलाई कालो भन्दै सही र गलतलाई उल्टोपाल्टो पार्दा मानिसहरूलाई पराजित गर्ने र तिनीहरूको बदनाम गर्ने ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। मतविरोधीहरूलाई यसरी आक्रमण र बहिष्कार गर्ने यो कार्य कस्तो मानसिकताबाट उत्पन्न हुन्छ? धेरैजसो यो ईर्ष्यालु मानसिकताबाट आएको हुन्छ। क्रूर स्वभावमा, डाहले कठोर घृणा बोकेको हुन्छ; अनि डाहका कारण ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने गर्छन्। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूलाई खुलासा र रिपोर्ट गरियो, तिनीहरूले आफ्नो हैसियत गुमाए, र तिनीहरूलाई आघात भयो भने, तिनीहरू अवज्ञाकारी र असन्तुष्ट हुनेछन्, र तिनीहरूलाई उग्र रूपमा प्रतिशोधी बन्न झन् सजिलो हुनेछ। प्रतिशोधीता एक प्रकारको मानसिकता हो, र यो भ्रष्ट स्वभावको प्रकार पनि हो। जब ख्रीष्टविरोधीहरूले कसैले तिनीहरूलाई हानि गर्ने काम गरेको, अरू तिनीहरूभन्दा सक्षम रहेको, वा कसैको अभिव्यक्ति र सुझाव तिनीहरूको भन्दा असल वा बुद्धिमानी रहेको, र सबैजना त्यस व्यक्तिको अभिव्यक्ति र सुझावमा सहमत भएको देख्छन्, तब तिनीहरूलाई तिनीहरूको पद खतरामा परेझैँ लाग्छ, तिनीहरूको हृदयमा डाह र घृणा पैदा हुन्छ, र तिनीहरूले आक्रमण गर्छन् र बदला लिन्छन्। बदला लिने क्रममा, ख्रीष्टविरोधीहरूले प्राय: आफ्नो निसानालाई पहिले नै प्रहार गरिहाल्छन्। जबसम्म अर्को पक्षले भनेको मान्दैन, तबसम्म तिनीहरूले पूर्वसक्रिय रूपमै मान्छेलाई आक्रमण गर्ने र तोड्ने काम गर्छन्। त्यसपछि मात्रै तिनीहरूलाई आफ्नो रिस मरेको झैँ लाग्छ। मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने कार्यका अन्य प्रकटीकरणहरू के-के हुन्? (अरूलाई होच्याउनु।) अरूलाई होच्याउने कार्य पनि यो प्रकट हुने एउटा तरिका हो; तैँले जति नै राम्ररी काम गरे पनि, तँ नकारात्मक र कमजोर भएर खडा हुन नसक्ने अवस्थामा नपुगुन्जेल, ख्रीष्टविरोधीहरूले तँलाई होच्याउने छन् वा दोष दिनेछन्। त्यसपछि तिनीहरू खुसी हुनेछन्, र तिनीहरूले आफ्नो उद्देश्य पूरा गरेका हुनेछन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्)। “जब तिनीहरूले आफूभन्दा राम्रो व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई तल झार्ने प्रयास गर्छन्, तिनीहरूले उसलाई बदनाम गर्न र उसको अख्तियारलाई कमजोर पार्न उसका बारेमा अफवाहहरू रच्छन् वा घृणास्पद उपायहरू प्रयोग गर्छन्, र तिनीहरूले उसलाई पैतालाले समेत किचाउँछन्, र यो सबै गर्नुको उद्देश्य मानिसहरूको मनमा आफ्नो हैसियत जोगाउनु हो। यो कस्तो प्रकारको स्वभाव हो। यो अहङ्कारी र अभिमानी स्वभाव मात्रै होइन—यस्ता मानिसहरूमा शैतानी प्रकृति सार हुन्छ; यो एक क्रूर स्वभाव हो। तिनीहरूले आफूभन्दा राम्रा र श्रेष्ठ मानिसहरूलाई आक्रमण र बहिष्कार गर्छन्—तिनीहरू कपटी र दुष्ट हुन्छन्। साथै तिनीहरूले मानिसहरूलाई तल झार्न कुनै कसर बाँकी नराख्नुले तिनीहरूभित्र ठूलो पैशाचिक प्रकृति छ भन्ने देखाउँछ! शैतानी स्वभावहरूद्वारा जिएर, तिनीहरूले मानिसहरूलाई होच्याउँछन्, फसाउने प्रयास गर्छन्, र सास्ती दिन्छन्। के यो दुष्कर्म होइन र? यसरी जिउँदा, तिनीहरू अझै पनि आफू ठीक छु, आफू असल व्यक्ति हुँ भनी सोच्छन्। तर जब तिनीहरूले आफूभन्दा श्रेष्ठ व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई सास्ती दिने र खुट्टाले किचाउने सामर्थ्य राख्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्ने मानिसहरू अनियन्त्रित र बेकाबु हुँदैनन् र? यस्ता मानिसहरूले आफ्नै हित र आफ्नै भावनाहरूको मात्रै ख्याल गर्छन्, र तिनीहरू आफ्नै चाहना र महत्त्वाकाङ्क्षाहरूलाई सन्तुष्ट पार्न, र आफ्नै लक्ष्यहरू हासिल गर्न मात्रै चाहन्छन्। तिनीहरूले मण्डलीको काममा कति क्षति पुगेको छ भनेर वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमा आफ्नो हैसियत र आफ्नै ख्याति जोगाउन परमेश्वरको घरका हितहरूलाई बलिदान दिन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरूले परमेश्वरका अभिप्रायलाई पटक्कै वास्ता गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्वरको भय मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्वरको डर मान्दैनन्, तिनीहरू आफैलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक कुरालाई परमेश्वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्वर उल्लेखयोग्य हुनुहुन्न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ नै हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरू पढ्दा, मलाई निकै डर लाग्यो र म व्यथित भएँ। मेरो दिमागमा आफ्नो कर्तव्यमा मो हानसँग सहकार्य गरेका दृश्यहरू एकपछि अर्को गर्दै आउन थाले। आफूले खिचेका तस्बिरहरूबाट केही नतिजा आउन थालेपछि र सुपरिवेक्षकले मलाई बढी ध्यान दिइरहनुभएको देखेपछि, मैले आफूलाई प्रतिभाशाली भन्ठानेँ। टोली अगुवा चुन्ने समय आउँदा, मलाई पक्कै पनि आफू नै छानिन्छु जस्तो लागेको थियो। तर जब मो हान चुनिइन्, मलाई एकदमै नकारात्मक र निराश महसुस भयो, अनि मेरो मनमा मो हानप्रति द्वेष र ईर्ष्या उत्पन्न भयो, र मलाई उनले मेरो चमक खोसेजस्तो लाग्यो। सुपरिवेक्षकको नजरमा आफ्नो स्थान फिर्ता पाउन, मैले मो हानलाई पन्छाउने प्रयास गर्न थालेँ। म प्रायजसो उनको विपरीत अडान लिनुका साथसाथै, उनले खिचेका तस्बिरहरूमा कमीकमजोरी देख्दा, उनको उत्साहलाई कमजोर पार्न उनको खिल्ली उडाउँथेँ र उनलाई होच्याउँथेँ। म उनले आफैलाई सीमित गरिरहेको देख्दा मनमनै खुसी हुन्थेँ, अनि उनी अझै नकारात्मकतामा फस्दै जाऊन् भन्ने आशा गर्थें, त्यसो भएमा, सुपरिवेक्षकले उनलाई असक्षम ठान्नुहुनेथ्यो र मलाई फेरि महत्त्व दिनुहुनेथ्यो। उनले राम्रा ठाउँहरू खोज्न दौडधुप गरिरहेको देख्दा, मलाई उनले केही राम्रा तस्बिर खिच्लिन् र सुपरिवेक्षकले उनलाई झन् धेरै महत्त्व दिनुहोला भन्ने डर लाग्यो, त्यसैले मैले उनलाई आक्रमण गर्न उनी प्रतिष्ठा र हैसियतको पछि लागिरहेकी छिन् भनेर आरोप लगाएँ। भेलाहरूमा समेत, सुपरिवेक्षकले उनीसँग धेरै सङ्गति गर्दा मलाई असन्तुष्टि महसुस हुन्थ्यो, त्यसैले म सुपरिवेक्षकको नजरमा उनमा सत्यता वास्तविकता र अरूप्रतिको प्रेमको कमी छ भनी देखाउने प्रयास गर्दै सुपरिवेक्षककै अगाडि उनलाई होच्याउँथेँ। मैले मेरी सिस्टरलाई दबाउन गरेका यी अनुचित प्रयासहरू साँच्चै घृणित र दुष्ट थिए! आफ्नो हैसियत जोगाउन ख्रीष्ट विरोधीहरूले गर्ने व्यवहारभन्दा मेरा यी दुष्ट कार्यहरू कसरी फरक थिए र? मो हान मसँग सहकार्य गर्न थालेदेखि नै सधैँ मप्रति सहनशील र धैर्यवान् रहँदै आएकी थिइन्। म कहिलेकाहीँ खराब स्थितिमा हुँदा, उनी मलाई मार्गदर्शन र मद्दत गर्न आफ्ना अनुभवहरू बाँड्थिन्। प्राविधिक क्षेत्रहरूमा रहेका आफ्ना कमीकमजोरीहरूबारे उनी जानकार थिइन्, उनी निरन्तर सिक्न प्रयास गरिरहन्थिन्, अनि राम्रा तस्बिरहरू खिच्न कडा मेहनत गर्थिन्। बाहिर तस्बिर खिच्न जाँदा जस्तोसुकै कठिनाइ र थकान सामना गर्नुपरे पनि, उनी बिरलै गुनासो गर्थिन्। चाहे उनको जीवन प्रवेशमा होस् वा आफ्नो कर्तव्यप्रतिको उनको दृष्टिकोणमा होस्, उनी मभन्दा धेरै असल थिइन्, अनि टोली अगुवाका रूपमा उनको छनौट पूर्ण रूपमा सिद्धान्तहरू अनुरूप नै थियो। तर मैले ईर्ष्याका कारण उनलाई बारम्बार दबाएँ र बहिष्कार गरेँ। ममा साँच्चै मानवता नै थिएन! परमेश्वरले सङ्गतिमा ख्रीष्ट विरोधीहरूको स्वभावको विश्लेषण गर्दै आउनुभएको थियो, तैपनि मैले यसको आधारमा आफूलाई हेर्न र आत्मचिन्तन गर्न सकिनँ, अनि मैले आफ्नो भ्रष्ट स्वभावलाई पछ्याउँदै मेरी सिस्टरलाई दबाइरहेँ। ममा परमेश्वरको डर मान्ने सबैभन्दा आधारभूत हृदयसमेत थिएन। मेरा कार्यहरूले परमेश्वरको घिन र घृणा कसरी ननिम्त्याउन सक्थ्यो र? म मो हानसँगको आफ्नो अन्तरक्रियालाई जति धेरै सम्झिन्थेँ, मलाई त्यति नै धेरै पश्चात्ताप र दोषी महसुस हुन्थ्यो। मलाई सत्यता नपछ्याएकोमा र आफ्नो शैतानी प्रकृतिलाई पछ्याउँदै यति धेरै दुष्टता गरेकोमा आफैप्रति घृणा लाग्यो।
त्यस समयमा, मा एकदमै दिक्दार हुन्थेँ। प्रतिष्ठा र हैसियतका खातिर आफूले दुष्टता गरेर ख्रीष्टविरोधीहरूको मार्गमा हिँडेको कुरा सोच्दा, म हरेक पटक पछुतोले भरिन्थेँ। म प्रायजसो मध्यरातमा सिरकभित्र लुकेर सुँकसुँकाउँदै रुन्थेँ। म ब्रदर र सिस्टरहरूको अगाडि खुलस्त हुने आँटसमेत गर्दिनथेँ, किनकि मलाई उनीहरूले म यस्ती छु भन्ने थाहा पाएपछि मलाई घृणा गर्नेछन् र मलाई इन्कार गर्नेछन्, अनि म आफ्नो कर्तव्य निर्वाह गर्ने मौकासमेत गुमाउन सक्छु भन्ने डर थियो। म परमेश्वरलाई प्रार्थना गर्ने आँट पनि गर्दिनथेँ, किनकि मलाई आफूजस्तो व्यक्तिले धेरै पहिल्यै परमेश्वरको घिन र घृणा निम्त्याइसकेको हुनुपर्छ, त्यसैले परमेश्वर मेरो प्रार्थना सुन्नुहुन्न भन्ने लाग्थ्यो। यसरी, म अत्यन्तै नकारात्मकता र पीडाको स्थितिमा भासिएँ।
एक दिन, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ जसले मेरो हृदयलाई गहन रूपमा छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा र खरानी लगाउनेबित्तिकै, उहाँको हृदय बिस्तारै कोमल हुन थाल्यो अनि उहाँले आफ्नो मन परिवर्तन गर्न थाल्नुभयो। उहाँले तिनीहरूलाई तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुभएको क्षण अघि—तिनीहरूले तिनीहरूको पापको स्वीकृति र पश्चात्ताप गरेको क्षणअघि—परमेश्वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्चात्तापका कार्यहरूको शृङ्खला गरेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्वरको रिस बिस्तारै कृपा र सहनशीलतामा रूपान्तरित भयो। एउटै घटनामा परमेश्वरको स्वभावका यी दुई पक्ष एकैसाथ प्रकाश भएको भए पनि ती विरोधाभासपूर्ण भने छैनन्। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्नु र जान्नुपर्छ? निनवेका मानिसहरूले पश्चात्ताप गर्नअघि एउटा र पश्चात्ताप गरेपछि अर्को गरी, यी दुई विपरीत ध्रुवीय सार व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्वरको सारको यथार्थता र चिढ्याउन नसकिने गुण देख्न दिनुभयो। मानिसहरूलाई निम्न कुराहरू बताउन परमेश्वरले आफ्नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्वरले मानिसहरूलाई सहनुहुन्न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्न भन्ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्वरसामु साँचो रूपले पश्चात्ताप गर्छन्, र बिरलै आफ्ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्ने हो। अर्को शब्दमा भन्दा, जब परमेश्वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्चात्ताप गर्न सक्नेछ भन्ने आशा गर्नुहुन्छ, अनि उहाँ मानिसको साँचो पश्चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्नुहुनेछ। भन्नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्वरको क्रोध उत्पन्न गर्छ, जबकि परमेश्वरको कुरा सुन्ने र उहाँको अघि साँचो रूपमा पश्चात्ताप गर्नेहरूलाई, आफ्ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्नो हातका हिंसा त्याग्न सक्नेहरूलाई परमेश्वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्चात्ताप नै हो। जबसम्म मानिसहरू आफ्ना दुष्ट मार्ग छाड्छन् र आफ्नो हिंसालाई त्याग्छन्, तबसम्म तिनीहरूप्रति परमेश्वरले आफ्नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। मैले उहाँको वचनको यो खण्ड पढेपछि एउटा अवर्णनीय संवेग अनुभूति गरेँ। मैले मप्रतिको परमेश्वरको कृपा महसुस गरेँ। मलाई अँध्यारो बन्द बाटोमा उज्यालोको किरण देखेजस्तै लाग्यो। मैले प्रतिष्ठा र हैसियतका खातिर गरेको सबै दुष्टता अनि मेरी सिस्टरलाई पुऱ्याएको हानिबारे सोचेँ, तैपनि परमेश्वरले मलाई त्याग्नुभएको थिएन र बरु उहाँका वचनद्वारा मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न जारी राख्नुभएको थियो, र मलाई आफैभित्रका समस्याहरू देख्न, अनि खुलासा हुँदा आत्म-त्याग, नकारात्मकता, र कमजोरीमा भासिनु व्यर्थ छ, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पश्चात्ताप गर्नु हो भन्ने कुरा बुझ्न मद्दत गर्नुभएको थियो। मैले कसरी सोदोम र निनेवेका मानिसहरूले परमेश्वरले उनीहरूलाई नष्ट गर्ने निर्णय गर्ने बिन्दुसम्म दुष्टता गरेका थिए भन्ने बारेमा सोचेँ। तर निनवेका मानिसहरूले आफ्ना कार्यहरू परमेश्वरका लागि यति घृणित छन् कि उनीहरू विनाशको सँघारमा छन् भन्ने कुरा महसुस गरे, अनि उनीहरूले समयमै परमेश्वरसामु आएर पश्चात्ताप गर्न र आफ्ना पापहरू स्वीकार गर्न सके। उनीहरूले आफ्नो साँचो पश्चात्तापका कारण परमेश्वरको कृपा प्राप्त गरे। मैले के देखेँ भने, परमेश्वरले मानिसहरूका दुष्ट कार्यहरूलाई घृणा गर्नुभए पनि, उहाँ अझै पनि मानिसहरूको ख्याल गर्नुहुन्छ र उनीहरूप्रति कृपा देखाउनुहुन्छ, अनि उहाँ मानिसहरूलाई पश्चात्ताप गर्ने हरेक मौका दिनुहुन्छ। म गहन रूपमा प्रभावित भएँ। मानवजातिप्रतिको परमेश्वरको प्रेम अत्यन्तै वास्तविक छ! मैले मो हानसँग काम गरेको झन्डै एक वर्षको आफ्नो समयलाई फर्केर हेर्दा के देखेँ भने, म सधैँ उनको ईर्ष्या गर्थें र उनलाई पन्छाउँथेँ, अनि म कहिल्यै आत्मचिन्तन गरिनँ। म एकदमै भावशून्य भएकी थिएँ। यदि उहाँका वचनहरूको न्याय र खुलासा नभएको भए, मैले आफूभित्रका समस्याहरू पटक्कै देख्न सक्नेथिइनँ, अनि मैले आफ्नो शैतानी प्रकृतिअनुरूप काम र अझ धेरै दुष्ट कार्यहरू गरिरहको हुनेथिएँ। परमेश्वरको न्याय र सजाय नै उहाँको सुरक्षा र प्रेम हो! यो कुरा मनमा राख्दै, मैले सङ्कल्प प्राप्त गरेँ र म आफूभित्रका समस्याहरूको सिधै सामना गर्न र परमेश्वरसामु पश्चात्ताप गर्न इच्छुक छु भन्दै उहाँलाई प्रार्थना गरेँ।
यसपछि, मैले उहाँका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले ख्याति र हैसियतको पछ्याइलाई छोड्न सक्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि तिनीहरूले ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू आफ्नो ख्याति र हैसियतको पछ्याइलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथि विश्वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि ख्याति र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—ख्याति र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्वरमाथि विश्वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरू सधैँ यस्ता कुराहरूलाई महत्त्व दिइरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा खुट्ट्याउन सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले समस्या तिनीहरूमै हुन्छ, फलस्वरूप तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वर के भन्नुहुन्छ भने ख्रीष्ट विरोधीहरूले गर्ने हरेक कुरा उनीहरूकै प्रतिष्ठा र हैसियतका लागि हुन्छ, अनि उनीहरू प्रतिष्ठा र हैसियतलाई आफ्नै जीवनजत्तिकै बहुमूल्य मान्छन्। हैसियतका लागि लड्न उनीहरू जुनसुकै हदसम्म जान्छन्, चाहे त्यसका लागि परमेश्वरको घरका हितलाई हानि पुऱ्याउनु किन नपरोस्। प्रतिष्ठा र हैसियतप्रतिको मेरो दृष्टिकोणलाई फर्केर हेर्दा, के त्यो ख्रीष्ट विरोधीहरूको जस्तै थिएन र? आफ्नो फोटोग्राफीको कर्तव्यमा केही सानातिना नतिजा हासिल गरेदेखि र सुपरिवेक्षकको नजरमा आफ्नो महत्त्व बढाएदेखि, मलाई आफू उल्लेखनीय छु जस्तो लाग्यो र मलाई अरूले महत्त्व दिएको असाध्यै मन पर्थ्यो। सुपरिवेक्षकको नजरमा राम्रो छवि कायम राख्न, मलाई आफूले आफ्नो कर्तव्य निर्वाह गर्दा भोगेको कुनै पनि मूल्य वा कष्ट सार्थक छ जस्तो लाग्यो, मानौँ अरूको प्रशंसा नै मेरा लागि सबथोक थियो। सुपरिवेक्षकले मो हानलाई टोली अगुवा चुनेको देख्दा, मलाई उनले अरूको हृदयमा मेरो ठाउँ लिएजस्तो लाग्यो, अनि मैले असह्य पीडा महसुस गरेँ। मलाई अरूको उच्च सम्मान गुमाउनु भनेको आफ्नो मेरूदण्ड नै गुमाउनु हो जस्तो लाग्थ्यो। म पूर्ण रूपमा अशक्त भएको महसुस गर्थेँ। मैले सुपरिवेक्षकको नजरमा आफ्नो महत्त्व फिर्ता पाउन मो हानको खिल्ली उडाएँ, उनलाई गिज्याएँ, बहिष्कार गरेँ, र दबाएँ। मैले दुष्टता गरेँ, आफ्नी सिस्टरलाई चोट पुऱ्याएँ, र मण्डलीको काममा ढिलाइ गरेँ, साथै म आफै पनि अन्धकारमा फसेँ र असीम कष्टमा जिएँ। यी सबै कुरा मेरो प्रतिष्ठा र हैसियतप्रतिको निरन्तर पछ्याइको कारणले गर्दा भएका थिए। म “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ” र “नाइके एउटा मात्रै हुन सक्छ” भन्ने शैतानी विषहरूअनुसार जिएकी थिएँ, अनि म भीडभन्नेदा अलग एक मात्र व्यक्ति हुन चाहन्थेँ। सुपरिवेक्षकले मेरी सिस्टरलाई अलिकति बढी ध्यान दिएको देखेपछि म ईर्ष्यालु भएन र रिसाएँ। मैले उनलाई शत्रुका रूपमा समेत हेर्न थालेँ र उनलाई सहन सकिनँ। म ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी थिएँ! मैले प्रतिष्ठा र प्राप्ति शैतानले मानिसहरूलाई लगाइदिने अदृश्य साङ्लाहरू हुन्, अनि ती मानिसहरूलाई भ्रष्ट पार्ने र हानि गर्ने साधनहरू हुन् भन्ने देखेँ। यदि परमेश्वरका वचनहरूको खुलासा र न्यायले मेरो भावशून्य हृदयलाई नब्युँझाएको भए, म अझै पनि मेरो भ्रष्ट स्वभावअनुसार जिइरहेकी हुनेथिएँ, र यदि म यसरी नै चालिरहेकी भए, ढिलोचाँडो, मैले सबै प्रकारका दुष्ट कार्य गरेर परमेश्वरको स्वभावलाई चिढ्याएको हुनेथिएँ, अनि अन्ततः म परमेश्वरद्वारा हटाइनेथिएँ र दण्डित हुनेथिएँ।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ। परमेश्वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्नु तेरो जीवनमा हुने वृद्धि र मुक्ति प्राप्त गर्ने मार्ग हो, र यो तेरो लागि परमेश्वरको छानबिन, न्याय र सजाय स्विकार्न, अनि सत्यता र जीवन प्राप्त गर्न उहाँको अघि आउने मौका हो। यदि तँ ख्याति र हैसियत, अनि तेरो आफ्नै हितलाई पछ्याउनको लागि सत्यता पछ्याउन छोड्छस् भने, यो परमेश्वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्नुसरह हो। तैँले ख्याति, प्राप्ति र हैसियत अनि तेरा आफ्नै हितहरू रोजिरहेको हुन्छस्, तर तैँले जे त्यागिरहेको हुन्छस् त्यो नै सत्यता हो, र तैँले जे गुमाइरहेको हुन्छस् त्यो जीवन, र मुक्ति पाउने मौका हो। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्नै हित छनौट गर्छस् र सत्यतालाई त्याग्छस् भने, के यो मूर्ख कुरा होइन र? ठेट शब्दमा भन्नुपर्दा, यो सानो फाइदाको लागि ठूलो घाटा बेहोर्नु हो। ख्याति, प्राप्ति, हैसियत, पैसा, र स्वार्थहरू सबै क्षणिक हुन्, ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्ने तुल्याउने आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले मानिसहरूबाट सत्यताहरू खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तँ तेरा हितहरूलाई त्याग्छस् तर तैँले प्राप्त गर्ने भनेको सत्यता र मुक्ति हुन्; यी परिणामहरू तेरै हुन्, र तिनीहरू तैँले आफ्नै लागि प्राप्त गर्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, ख्याति, प्राप्ति, र हैसियतको प्राप्ति अस्थायी कुरा मात्र हो, अनि सत्यता प्राप्त गर्नु मात्र अनन्त कुरा हो। हामीलाई आइपर्ने कुराहरूमा परमेश्वरका अभिप्रायहरू खोज्नु र परमेश्वरका मागहरूअनुसार आफूलाई आचरणमा ढाल्न व्यक्तिगत स्वार्थहरू त्याग्नु नै परमेश्वरको अनुमोदन प्राप्त गर्ने तरिका हो। जीवन जिउने सबैभन्दा मूल्यवान तरिका यही हो। मैले अय्यूबबारे सोचेँ, जोआफ्नो प्रतिष्ठित स्थान र हैसियतका बाबजुद आफ्नो स्थानमा अल्झिएर बसेनन्। उनको हैसियत उच्च हुँदा र उनी अरूद्वारा प्रशंसित हुँदा सुखसयलमा लिप्त भएनन्, बरु उनले निरन्तर परमेश्वरको डर मानिरहे र दुष्टताबाट अलग बसिरहे। जब उनीमाथि परमेश्वरका परीक्षाहरू आइपरे, अनि उनले आफ्नो हैसियत, छोराछोरी, र सम्पत्ति गुमाए, तब पनि उनले खरानीमा बसेर परमेश्वरको धार्मिकताको प्रशंसा गरिरहे। उनले अरूको विचार वा उनीप्रतिको दृष्टिकोणको वास्ता गरेनन्, बरु यसको सट्टा, उनी परमेश्वरले उनका लागि प्रबन्ध गर्नुभएको परिस्थितिप्रति समर्पित भए। अय्यूबले आफ्ना कार्यहरूद्वारा सृजित प्राणीले जिउनुपर्ने उचित रूप प्रदर्शन गरे। आत्मचिन्तन गरेर, मैले केही प्राविधिक सीप जानेको र केही राम्रा तस्बिर खिचेको कारणले मात्र अरूबाट अलिकति अस्थायी प्रशंसा पाएकी थिएँ, त्यसैले मैले आफ्नो स्थान र हैसियत बिर्सेकी थिएँ। मलाई आफू उल्लेखनीय छु र अरूले मलाई महत्त्वपूर्ण मान्नुपर्छ जस्तो लाग्यो। म आफूलाई अरूले उछिनेको देख्दा ईर्ष्यालु भएँ र रिसाएँ। मैले दुष्टता समेत गरेँ र अरूलाई चोट पुऱ्याएँ। अय्यूबको तुलनामा, म पूर्ण रूपमा अविवेकी र निर्लज्ज थिएँ!
केही समयपछि नै, सिस्टर झाङ्ग नुओलाई हाम्रो समूहमा सरुवा गरियो। धेरै समय नबित्दै, उनी टोली अगुवा चुनिइन्। जब म आफू वरपरका सिस्टरहरूले काममा नबुझेका कुराहरूबारे झाङ्ग नुओसँग सल्लाह लिइरहेको, अनि कहिलेकाहीँ सुपरिवेक्षकले झाङ्ग नुओलाई उनको कर्तव्यमा रहेको बोझको भावना र प्राविधिक सीपहरू सिक्ने उनको लगनशीलताका लागि प्रशंसा गरेको देख्थेँ तब मलाई निकै दुःखी र निराश महसुस हुन्थ्यो। विगतमा, सुपरिवेक्षक मलाई बढी महत्त्व दिनुहुन्थ्यो, तर अहिले, झाङ्ग नुओ वरपर हुँदा, म उनीभन्दा तल्लो स्तरकी जस्तो देखिएँ। एक दिन, आफ्नो कम्प्युटर चलाइरहेको बेला, मैले आफूले के कुरा प्रकट गरिरहेकी छु भनेर चिन्तन गरेँ। मैले झाङ्ग नुओले उत्कृष्ट काम गरेको देख्दा म किन दुःखी भएँ? मेरो वरपरका सिस्टरहरूले उनको प्रशंसा गर्दा, म किन यति निराश भएँ? के यो कुरा मेरो प्रतिष्ठा र हैसियतसँग जोडिएको कारणले गर्दा होइन र? त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, प्रतिस्पर्धा गर्ने मेरो चाहना फेरि देखा परेको छ। म उप्रान्त प्रतिष्ठा र हैसियतको बन्धन र नियन्त्रणमा रहन चाहन्नँ। अरूले मेरो बारेमा जेसुकै सोचून्, म केवल आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु। कृपया मेरो हृदयलाई सुरक्षा दिनुहोस्।” त्यसपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “यदि अरू कोही तँभन्दा असल छ र उसले तैँले भन्दा बढी सत्यता बुझेको छ भने, तैँले ऊबाट सिक्नुपर्छ—के यो राम्रो कुरा होइन र? यो सबै जना खुसी हुनुपर्ने कुरा हो। उदाहरणका लागि, मानव इतिहासमा परमेश्वरका अनुयायीहरूमध्ये अय्यूब भन्ने व्यक्ति थियो। के यो परमेश्वरको छ हजार वर्षे व्यवस्थापन कार्यमा भएको महिमित कुरा थियो कि अनादरपूर्ण कुरा थियो? (यो महिमित कुरा थियो।) यो महिमित कुरा थियो। तैँले यस मामिलाप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? तँमा कस्तो दृष्टिकोण हुनुपर्छ? तँ परमेश्वरप्रति खुसी हुनुपर्छ र उहाँका निम्ति हर्षोल्लास मनाउनुपर्छ, परमेश्वरको शक्तिको प्रशंसा गर्नुपर्छ, परमेश्वरले महिमा प्राप्त गर्नुभएको छ भनेर प्रशंसा गर्नुपर्छ—यो राम्रो कुरा थियो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। उहाँका वचनहरूले मलाई सबै कुरा अचानक स्पष्ट पारिदिए। साँच्चै, ब्रदर र सिस्टरहरूले आफ्ना कर्तव्यहरूमा सुधारिएका नतिजाहरू हासिल गर्दा, के त्यसले मानिसहरूमा भइरहेको परमेश्वरको कामले फल फलाइरहेको छ भनेर देखाउँदैन र? यो परमेश्वरको हृदयलाई आराम दिने कुरा हो। यो त एउटा राम्रो कुरा हो! म उप्रान्त आफ्नो भ्रष्ट स्वभावबाट बाँधिनु र परमेश्वरप्रति शत्रुवत् हुनु हुँदैनथियो। भोलिपल्ट, मैले झाङ्ग नुओसँग मेरो स्थितिको बारेमा खुलस्त हुन पहल गरेँ। यसरी अभ्यास गरेपछि, मैले आफ्नो हृदयमा स्वतन्त्रताको ठूलो अनुभूति गरेँ, अनि उनीसँगको मेरो सम्बन्ध निकै घनिष्ठ भयो। पछि, सुपरिवेक्षकले अझै पनि कहिलेकाहीँ झाङ्ग नुओले आफ्ना प्राविधिक सीपहरूमा द्रुत गतिमा प्रगति गरिरहेकी छिन् र उनीसँग संवर्धन गर्ने क्षमता छ भनेर उल्लेख गर्नुहुन्थ्यो। सुपरिवेक्षकले उनलाई यति धेरै महत्त्व दिएको देख्दा, म अझै पनि कहिलेकाहीँ निराश हुन्थेँ, तर यो पहिलेको जस्तो पीडादायी भने थिएन। यसको सट्टा, मैले उनीबाट सिक्नमा र उनका सामर्थ्यहरूबाट लाभ उठाउनमा ध्यान केन्द्रित गरेँ। यसरी अभ्यास गर्दा मैले आफ्नो हृदयमा अझ धेरै शान्ति र स्वतन्त्रता महसुस गरेँ, अनि मैले उनको मद्दतले आफ्ना प्राविधिक सीपहरूमा केही प्रगति पनि गरेँ।
यसरी खुलासा हुनुको मेरो यो अनुभव मेरा लागि पीडादायी थियो, तर यो बहुमूल्य पनि थियो, अनि अनुभव गर्नका लागि मलाई यस्तो परिस्थिति मिलाइदिनुभएकोमा म परमेश्वरप्रति साँच्चै आभारी छु। मैले प्राप्त गर्न सकेका परिवर्तनहरू पूर्ण रूपमा परमेश्वरको प्रेमकै कारणले हुन्!