४१. मेरो अहङ्कारी स्वभाव समाधान गर्ने मार्गको खोजी

साइरस, फिलिपिन्स

मैले हाईस्कुलमा नृत्य सिकेको थिएँ, र मसँग नृत्यको केही अनुभव छ। मलाई नाच्न पनि धेरै मन पर्छ। मण्डलीले मेरा लागि नृत्यको कर्तव्य निर्वाह गर्ने बन्दोबस्त मिलाउँदा, म निकै खुसी भएँ—मलाई आफ्नो जग राम्रो भएकाले, यो पक्कै पनि सजिलै सिक्नेछु भन्‍ने लाग्यो। मैले विना कुनै हिचकिचाहट यो कर्तव्य स्वीकार गरेँ। अभ्यासको क्रममा, म सबै चाल सजिलैसँग चलन सक्थेँ, त्यसैले मलाई लाग्थ्यो, म आफ्ना ब्रदर-सिस्टरहरूभन्दा राम्ररी नाच्न सक्छु। कहिलेकाहीँ मेरा ब्रदर-सिस्टरहरू सुझावहरू दिन्थे, मेरा चालहरू उनीहरूको भन्दा फरक छन्, र हाम्रा नृत्यका चालहरूलाई एकरूप बनाउनुपर्छ भनेर भन्थे। म यी कुराहरूलाई बाहिरी रूपमा मात्र स्विकार्थेँ। मलाई आफ्नो हृदयमा चाहिँ मेरा चालहरू उनीहरूको भन्दा बढी उचित छन् भन्‍ने लाग्थ्यो, र म उनीहरूका कुरा सुन्न चाहन्नथेँ। पछि, सुपरिवेक्षकहरूले हामीले बनाएको एउटा भिडिओको नमुना जाँच्दा, उहाँहरूले पनि हाम्रा नृत्यका चालहरू अमिल्दा छन् र तिनलाई एकरूप बनाउनुपर्छ भनेर भन्नुभयो। तर, उहाँहरूले कोरस भागमा मेरा नृत्यका चालहरू धेरै राम्रा छन्, र अन्य ब्रदर-सिस्टरहरूले मबाट सिक्न सक्छन् भनेर पनि भन्नुभयो। उहाँहरूले मलाई उनीहरूलाई नृत्य सिकाउन पनि भन्नुभयो। यो सुन्दा, म दङ्ग परेँ, र मलाई यी मानिसहरूमध्ये म नै सबैभन्दा उत्कृष्ट नर्तक हुँ भन्‍ने कुरा अझ बढी महसुस भयो। मसँग धेरै अनुभव थियो र म उनीहरूलाई मार्गदर्शन गर्न र नृत्यमा अगुवाइ गर्न सक्थेँ। मैले उनीहरूलाई नृत्यका चालहरू सिकाइरहँदा, मेरो स्तरसम्म पुग्नका लागि उनीहरूले बारम्बार अभ्यास गर्नुपर्थ्यो किनभने मेरा चालहरू निकै फराकिला थिए र तिनमा धेरै बल हुन्थ्यो। यो उनीहरूका लागि धेरै गाह्रो थियो। त्यतिबेला, मैले आत्मचिन्तन गरिनँ, र नृत्यको योजनालाई अझ उपयुक्त बनाउन कुनै हेरफेर पनि गरिनँ। यसको सट्टा, मैले म एकदमै सिपालु छु र मेरा नृत्यका चालहरू साँच्चै विशेष छन् भनेर मात्र सोचेँ। अर्को दिन हामीले अभ्यास जारी राख्दा, हाम्रा खुट्टाका चालहरूबारे हाम्रा विचारहरू फरक-फरक भए। म उनीहरूले सुझाव दिएको तरिकाले गर्न चाहन्नथेँ, किनभने मलाई उनीहरूका चालहरू राम्रा देखिँदैनन् भन्‍ने लाग्यो। मैले उनीहरूलाई आफ्नै विचारअनुसार अभ्यास गर्न सिकाइरहेँ।

पछि, सिस्टर डियानले मेरा हातका चालहरू धेरै नै अतिरञ्जित छन् र त्यति विनीत छैनन् भनेर भनिन्, र मलाई मेरा चालहरूको दायरा कम गर्न भनिन्। अन्य ब्रदर-सिस्टरहरूले पनि उनको कुरामा सहमति जनाए, तर मैले त्यो कुरा स्वीकार गरिनँ। मलाई मेरा चालहरू सही छन् भन्‍ने लाग्यो। तर, मलाई आफूले उनीहरूको सुझाव नस्वीकारेमा, उनीहरूले मलाई अत्यन्तै अहङ्कारी भन्लान् कि भन्ने चिन्ता लाग्यो। त्यसपछि मात्र मैले मेरा हातका चालहरूको दायरा कम गर्ने कोसिस गरेँ। हामीले नृत्यको भिडिओ नमुनालाई फर्केर हेर्दा, मैले हाम्रा चालहरू एकसमान नभएको थाहा पाएँ। मेरा चालहरूको दायरा अझै पनि उनीहरूको भन्दा धेरै नै फराकिलो थियो। मलाई के लाग्थ्यो भने, म उनीहरूभन्दा राम्रो नाच्छु र मेरा चालहरू बढी उपयुक्त छन्। पहिले, सुपरिवेक्षकहरूले मेरा राम्रा चालहरूका लागि मेरो प्रशंसा गर्नुभएको थियो, त्यसैले यदि हाम्रा चालहरू उस्तै थिएनन् भने, त्यो पक्कै पनि उनीहरूकै समस्या थियो। कहिलेकाहीँ, मैले उनीहरूले सुझाव दिएको तरिकाले कुराहरू गरे पनि, मलाई उनीहरूका चालहरू सुन्दर लाग्दैनथ्यो। वास्तवमा, हरेक पटक उनीहरूका सुझावहरूप्रति भित्रभित्रै असहमति जनाउँदा र उनीहरूसँग राम्ररी सहकार्य गर्न नसक्दा, मेरो हृदयमा असाध्यै पीडा हुन्थ्यो। म अत्यन्तै थकित महसुस गर्थेँ र आफूसँग परमेश्‍वरको उपस्थिति महसुस गर्न सक्दिनथेँ। मैले मेरो कर्तव्यप्रतिको जोश पनि गुमाएँ। मैले विचार गर्न थालेँ, “उनीहरूसँग नाच्दा मलाई हरेक पटक हृदयमा किन पीडा महसुस हुन्छ? के यसरी मेरो कर्तव्य निर्वाह गर्नु परमेश्‍वरको अभिप्रायअनुरूप छ त?” म यसरी नै अघि बढ्न चाहन्नथेँ, त्यसैले मैले आफ्ना समस्याहरूमा चिन्तन गर्न सकूँ भनेर मलाई अन्तर्दृष्टि दिनुहोस् भनी बिन्ती गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ।

एक दिन, आफ्नो उपासनाको क्रममा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मेरो मनलाई साँच्चै छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सधैँ देखावा गर्ने, सधैँ ठूला कुरा गर्ने, एक्लै कामकुरा गर्ने प्रयास नगर्। तैँले अरूसँग सहकार्य गर्ने तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्‍नमा र तिनीहरूका सबल पक्षहरू पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्भावपूर्ण सहकार्य गर्न सहज हुन्छ। यदि तँ सधैँ देखावा गर्ने र अन्तिम निर्णय गर्ने प्रयास गर्छस् भने, तैँले सद्भावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्। तैँले के गरिरहेको हुन्छस्? तैँले बाधा उत्पन्‍न गरिरहेको र अरूलाई अन्तर्घात गरिरहेको हुन्छस्। बाधा उत्पन्‍न गर्नु र अरूलाई अन्तर्घात गर्नु भनेको शैतानको भूमिका निर्वाह गर्नु हो; यो आफ्‍नो कर्तव्य निर्वाह गर्नु होइन। यदि तँ सधैँ बाधा उत्पन्‍न गर्ने र अरूलाई अन्तर्घात गर्ने काम गर्छस् भने, तैँले जति धेरै प्रयास लगाए पनि वा जति नै ध्यान दिए पनि, परमेश्‍वरले त्यो कुरा स्मरण गर्नुहुनेछैन। तँसँग बल कम होला, तर यदि तँ अरूसँग सहकार्य गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सच्चा व्यक्ति होस्। … यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले आज्ञापालन गर्न सिक्नैपर्छ। यदि सत्यता बुझ्ने वा सत्यताअनुरूप बोल्ने कोही छ भने तैँले उसको कुरा स्वीकार गरेर पालना गर्नैपर्छ। तैँले कुनै पनि हालतमा बाधा पुर्‍याउने वा कमजोर पार्ने कामकुरा गर्नु हुँदैन, र स्वेच्छाचारी र एकतर्फी रूपमा काम नगर्। यसरी तैँले दुष्‍ट काम गर्नेछैनस्। तैँले याद राख्‍नुपर्छ: आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको आफ्नै व्यवसाय वा तेरो आफ्नै व्यवस्थापन गर्ने कुरा होइन। यो तेरो निजी काम होइन, यो मण्डलीको काम हो, र तैँले आफ्‍नो सबल पक्षहरूको मात्र योगदान दिन्छस्। परमेश्‍वरको व्यवस्थापनका कार्यमा तैँले गर्ने काम मानिसको सहकार्यको एउटा सानो भाग मात्रै हो। तेरो त एक छेउको सानो भूमिका मात्रै हो। तैँले बहन गर्ने जिम्‍मेवारी त्यही हो। तेरा हृदयमा यो समझ हुनुपर्छ। त्यसकारण, जति मानिसहरूले आफ्नो कर्तव्य एकसाथ निर्वाह गरिरहेका भए पनि, वा तिनीहरूले जे कठिनाइ सामना गरे पनि, हरेकले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र सँगै सङ्गति गर्नु, सत्यता खोजी गर्नु, र त्यसपछि अभ्यासका सिद्धान्तहरू के-के हुन् भनी निर्धारित गर्नु हो। तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरे भने, अभ्यासको मार्ग भेट्टाउनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने, यदि हामी आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न चाहन्छौँ भने, हामीले आफ्ना ब्रदर-सिस्टरहरूसँग कसरी सहकार्य गर्ने भनेर सिक्नुपर्छ, र हाम्रा कमीकमजोरीहरूको परिपूर्ति गर्न एकअर्काका सबल पक्षहरूबाट सिक्नुपर्छ। यसरी मात्र हामी परमेश्‍वरको अभिप्रायअनुरूप हुनेथियौँ। यदि हामी सधैँ आफ्नै विचारहरूमा मात्र अडिग रहन चाहेको खण्डमा, यसले काममा असर गर्नेथ्यो र परमेश्‍वरको घृणा निम्त्याउनेथ्यो। मैले के पनि चिन्तन गरेँ भने, मसँग उनीहरूभन्दा बढी अनुभव छ र म उनीहरूभन्दा राम्ररी नाच्छु भन्ने लागेकाले मैले मेरा ब्रदर-सिस्टरहरूसँग सामञ्जस्यपूर्ण रूपमा काम गरिनँ, त्यसैले उनीहरूले आफ्ना चालहरूलाई मेरै अनुसार ढाल्नुपर्छ। मेरा ब्रदर-सिस्टरहरूले मेरा चालहरू धेरै नै अतिरञ्जित छन् भनेर सल्लाह दिँदा, मैले प्रतिरोध महसुस गरेँ, र उनीहरूका सुझावहरू मान्न चाहिनँ। मैले मेरा चालहरूको दायरा साँच्चै नै धेरै ठूलो छ भनेर देख्न सके पनि, म अझै परिवर्तन हुन चाहन्नथेँ। कहिलेकाहीँ, मैले उनीहरूका सुझावहरू माने पनि, मलाई आफ्नो हृदयमा सहज महसुस हुँदैनथ्यो। मलाई अझै पनि मेरा चालहरू नै राम्रा छन् भन्ने विश्वास थियो, र म आफ्नै विचारहरूमा अडिग रहिरहेँ। यसले गर्दा मेरा चालहरू र उनीहरूका चालहरू अमिल्दा भए र तिनमा तालमेल भएन। मैले आफू धेरै अहङ्कारी भएको, र निरन्तर आफ्नै चालहरू सही छन् भन्ने विश्वास गरेको देखेँ। वास्तवमा, मेरा चालहरू साँच्चै नै धेरै अतिरञ्जित थिए र ती पटक्कै राम्रा देखिँदैनथे। त्यसमाथि, मेरा चालहरू अरूका चालहरूसँग नमिल्ने भएकाले, यसले समग्र चालहरूको सटीकतामा असर गर्‍यो र नृत्यको नतिजालाई पनि असर गर्‍यो। यसले बाधा दिने भूमिका निभायो। परमेश्‍वरले भन्‍नुभयो: “तैँले अरूसँग सहकार्य गर्ने तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्‍नमा र तिनीहरूका सबल पक्षहरू पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्भावपूर्ण सहकार्य गर्न सहज हुन्छ।” वास्तवमा मेरा सबै ब्रदर-सिस्टरका केही सबल पक्ष थिए। कोहीको टाउकाको चाल धेरै सहज र स्वाभाविक हुन्थ्यो, जबकि मेरो टाउकाको चाल रोबोटको जस्तै अररो थियो। साथै, उनीहरूका चालहरूको दायरा त्यति ठूलो नभए पनि, ती साँच्चै आकर्षक देखिन्थे। मैले के महसुस गरेँ भने, उनीहरूले मलाई फेरि सुझावहरू दिँदा, मैले ती स्वीकार गर्नुपर्छ, र उनीहरूले सुझाएका चालहरू पछ्याउन सक्दो प्रयास गर्नुपर्छ। यदि मेरो विचार फरक हुन्थ्यो भने, म त्यो बताएर आफ्ना ब्रदर-सिस्टरहरूसँग छलफल गर्न सक्थेँ, अनि हाम्रा चालहरू एकरूप र उचित बनाउन हामी मिलेर काम गर्न सक्थ्यौँ, अनि परमेश्‍वरको प्रशंसा गर्न र परमेश्‍वरको गवाही दिन राम्ररी नाच्न सक्थ्यौँ।

एक पटक, ब्रदर-सिस्टरहरूले मेरा काँध र टाउको धेरै हल्लिरहेका छन् र तिनलाई मिलाउन आवश्यक छ, अनि मेरो कम्मरको चाल पनि मिलाउनुपर्छ भनेर भने। सुरुमा, मैले यो कुरा पूर्ण रूपमा स्वीकार गर्न सकिनँ: मलाई मेरा चालहरू नै सही छन् भन्‍ने लाग्यो। तर, जब मैले उनीहरूको टाउकाको चाल मेरोभन्दा फरक भएको देखेँ, मलाई सायद आखिरमा उनीहरूकै कुरा सही हो कि भन्‍ने लाग्यो, र मैले त्यो स्वीकार गर्ने कोसिस गरेँ। कहिलेकाहीँ म त्यो राम्ररी गर्न सक्थेँ, तर कहिलेकाहीँ म फेरि आफ्नै पुरानो तरिकामा फर्कन्थेँ। जब उनीहरू मलाई हेरिरहेका हुन्थे, म सोच्थेँ, “ममा नृत्यको जग उनीहरूभन्दा राम्रो हुँदाहुँदै पनि, आफ्ना चालहरू परिवर्तन गर्न मैले नै किन कडा मेहनत गर्नुपरेको होला?” मैले धेरै कमजोर र लज्जित महसुस गरेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “तैँले अरूसँग सहकार्य गर्ने तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्‍नमा र तिनीहरूका सबल पक्षहरू पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्भावपूर्ण सहकार्य गर्न सहज हुन्छ। यदि तँ सधैँ देखावा गर्ने र अन्तिम निर्णय गर्ने प्रयास गर्छस् भने, तैँले सद्भावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अरूका असल कुराहरूबाट सिक्न र उनीहरूका सुझावहरू स्वीकार गर्नमा बढी ध्यान दिनुपर्छ भनी बुझाए। उनीहरू सबैले मेरा चालहरू नराम्रा छन् भनेकाले, मैले परिवर्तन हुन सक्दो प्रयास गर्नुपर्छ। यी चालहरू राम्ररी चल्न सजिलो नभए पनि, हाम्रा चालहरूलाई एकरूप बनाउन मैले सक्दो प्रयास गर्नुपर्छ। त्यसमाथि, अरूका सुझावहरू स्वीकार गर्नाले मलाई परमेश्‍वरको प्रशंसा गर्न राम्ररी नाच्न मात्र मद्दत गर्दैन, बरु मेरो भ्रष्ट स्वभाव समाधान गर्न र मलाई अहङ्कार र आत्म-धार्मिकताबाट बच्न पनि मद्दत गर्न सक्छ। त्यो साँझ, हाम्रो सामूहिक अभ्यास सकिएपछि पनि मैले एक्लै अभ्यास जारी राखेँ। भोलिपल्ट हामीले फेरि नृत्य अभ्यास गर्दा, उनीहरूले मेरा चालहरू अलि राम्रा भएका छन् भनेर भने। मेरा चालहरू अझै पनि उत्तम नभए पनि, तिनमा केही सुधार देखिएको थियो। मैले आफ्नै प्राथमिकताअनुसार नाच्न मिल्दैन—मैले हाम्रा चालहरू एकसमान छन् कि छैनन् भनेर विचार गर्नुपर्छ। किनकि हामीमध्ये एक जनाले धेरै राम्ररी नाचे पनि, यदि ऊ अरूभन्दा फरक तरिकाले नाच्छ भने, हाम्रा नृत्यका चालहरू सुन्दर वा सटीक देखिनेछैनन्, र त्यसले राम्रो नतिजा ल्याउनेछैन। पछि, सुपरिवेक्षकहरूले हामीले बनाएको नृत्यको भिडिओ हेर्नुभयो र हाम्रा चालहरूमा सुधार आएको छ भनेर भन्नुभयो। मलाई यो परमेश्‍वरको अगुवाइ हो, र हाम्रो सामञ्जस्यपूर्ण सहकार्यमार्फत हासिल भएको नतिजा पनि हो भन्ने थाहा थियो।

एक दिन, मैले एउटा भेलामा परमेश्‍वरका केही वचन पढेँ, जसले मलाई मेरो आफ्नै भ्रष्ट स्वभावबारे केही नयाँ बुझाइ दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानवजातिलाई शैतानद्वारा यति गहिरो रूपले भ्रष्ट तुल्याइएको छ कि तिनीहरू सबैमा शैतानी प्रकृति र अहङ्कारी स्वभाव हुन्छ; बेवकुफ र मूर्खहरूसमेत अहङ्कारी हुन्छन्, र तिनीहरू अरूभन्दा राम्रो छु भन्ठान्छन् र अरूको आज्ञापालन गर्न मान्दैनन्। यो प्रस्टै देखिन्छ, मानवजातिलाई अति गहिरो रूपले भ्रष्ट तुल्याइएको छ र तिनीहरूलाई परमेश्‍वरप्रति समर्पित हुन धेरै कठिन हुन्छ। तिनीहरू आफ्नो अहङ्कार र आत्मधार्मिकताको कारण पूरै समझहीन बनेका छन्; तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्—अरू मानिसहरूको कुरा सही र सत्यताबमोजिम भए पनि, तिनीहरूले ती कुराहरू पालन गर्दैनन्। अहङ्कारकै कारण मानिसहरू परमेश्‍वरको आलोचना, निन्दा, र प्रतिरोध गर्ने आँट गर्छन्। अनि, कसरी यो अहङ्कारी स्वभाव समाधान गर्न सकिन्छ? के यसलाई मानव संयममा भर परेर समाधान गर्न सकिन्छ? के यसलाई पहिचान र स्वीकार गरेर मात्र समाधान गर्न सकिन्छ? कदापि सकिँदैन। अहङ्कारी स्वभाव समाधान गर्ने एउटै मात्र तरिका छ, र त्यो परमेश्‍वरको न्याय र दण्ड स्विकार्नु हो। सत्यता स्विकार्न सक्षमहरूले मात्र बिस्तारै आफ्ना अहङ्कारी स्वभावहरू फाल्न सक्छन्; सत्यता नस्विकार्नेहरूले कहिल्यै आफ्नो अहङ्कारी स्वभाव समाधान गर्न सक्दैनन्। म त्यस्ता धेरै मानिस देख्छु, जो आफूले आफ्नो कर्तव्यमा केही प्रतिभा देखाउँदा घमण्डी बनिहाल्छन्। तिनीहरू केही क्षमता देखाउँदा आफूलाई अत्यन्तै प्रभावशाली ठान्छन्, अनि यी क्षमताहरूमै भर परिबस्छन्, र थप मेहनत गर्दैनन्। अरूले जे भने पनि तिनीहरू सुन्दैनन्, तिनीहरू आफूसँग भएका यी साना कुराहरू सत्यता हुन्, र ती सर्वोच्च हुन् भन्ठान्छन्। यो कस्तो स्वभाव हो? यो अहङ्कारी स्वभाव हो। तिनीहरूमा समझको अत्यन्तै कमी छ। के व्यक्तिमा अहङ्कारी स्वभाव हुँदा उसले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ? के ऊ परमेश्‍वरप्रति समर्पित हुन र अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन सक्छ? यो त झन् कठिन छ। अहङ्कारी स्वभाव सुल्झाउन, उसले आफ्नो कर्तव्य निभाउने क्रममा परमेश्‍वरको काम, उहाँको न्याय र दण्ड अनुभव गर्न सिक्‍नुपर्छ। यस तरिकाले मात्र उसले आफूलाई साँच्चिकै चिन्‍न सक्छ। प्रस्ट रूपमा आफ्नो भ्रष्ट सार बुझेर, राम्रोसित आफ्नो अहङ्कारको जड देखेर, र त्यसपछि त्यसलाई खुट्याएर अनि विश्‍लेषण गरेर मात्र तैँले साँच्चिकै आफ्नो प्रकृति सार चिन्‍न सक्छस्। तैँले आफूभित्रका सबै भ्रष्ट कुराहरू उजागर गर्नुपर्छ, र ती कुराहरूलाई सत्यतासँग तुलना गरेर सत्यताको आधारमा चिन्नुपर्छ, र त्यसपछि तैँले तँ को होस् भनेर चिन्‍नेछस्: तँ भ्रष्ट स्वभावले मात्र भरिएको छैनस्, र तँमा समझ र समर्पणको मात्र कमी छैन, तँमा त धेरै कुराहरूको पनि कमी छ, तँमा सत्यता वास्तविकता छैन, र तँ कति दयनीय छस् भनी तैँले देख्नेछस्। त्यसपछि, तँ अहङ्कार बन्‍न सक्दै सक्नेछैनस्। यदि तैँले आफूलाई यस तरिकाले विश्‍लेषण गरेर चिन्दैनस् भने, आफ्नो कर्तव्य निभाउँदा तैँले ब्रह्माण्डमा आफ्नो स्थान के हो भनेर चिन्नेछैनस्। तैँले आफू हर कोणबाट महान्‌ छु, अरूका सबै कुराहरू खराब छन्, र आफू मात्र सबैभन्दा उत्तम हुँ भन्ठान्नेछस्। अनि, तैँले आफूलाई अरूले आदर र आराधना गरून् भनेर सधैँ हरेक व्यक्तिसामु धाक देखाउनेछस्। यो आफूमा बिलकुलै आत्मसचेतना नहुनु हो। कतिपय मानिसहरू सधैँ धाक देखाइरहेका हुन्छन्। जब अरूहरूलाई त्यो कुरा त्यति रुचिकर लाग्दैन, तब उनीहरूले तिनीहरूलाई अहङ्कारी भनेर आलोचना गर्छन्। तर तिनीहरू त्यो कुरा स्वीकार गर्दैनन्; तिनीहरू अझै पनि आफूलाई प्रतिभाशाली र सिपालु नै भन्ठान्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी छन्। के यति धेरै अहङ्कारी र आत्मधर्मी मानिसहरू सत्यताको तृष्णा गर्न सक्षम हुन्छन्? के तिनीहरूले सत्यता पछ्याउन सक्छन्? यदि तिनीहरूले आफूलाई चिन्‍न कहिल्यै सक्दैनन् र आफ्ना भ्रष्ट स्वभावहरू फाल्दैनन् भने, के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छन् त? कदापि सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने व्यक्तिको स्वभाव अहङ्कारी भएकाले, ऊ निरन्तर आफू सही रहेको, र अरूभन्दा श्रेष्ठ रहेको विश्वास गर्छ। यसरी परमेश्‍वरमा समर्पित हुन र अरूका सुझावहरू स्वीकार गर्न धेरै गाह्रो हुन्छ। कुनै व्यक्तिसँग निश्चित क्षेत्रहरूमा केही वरदान वा सीपहरू हुँदा, ऊ आफूलाई अरूभन्दा राम्रो र बढी ज्ञानी ठान्छ, आफ्नै विचारअनुसार काम गर्छ, र उसलाई अरूसँग सहकार्य गर्न गाह्रो हुन्छ। अरूले दिएका सुझावहरू सिद्धान्तअनुरूप नै भए पनि, ऊ तिनलाई अपनाउन चाहँदैन। मेरो व्यवहार पनि ठ्याक्कै यस्तै थियो। मलाई आफूसँग नृत्यको अनुभव छ, त्यसैले अरूले मेरा चालहरूबाट सिक्नुपर्छ भन्‍ने विश्वास थियो। विशेषगरी, सुपरिवेक्षकहरूले मेरो नृत्य राम्रो छ भनेर भन्दा, म आफूलाई झनै उच्च ठान्न थालेँ। मेरा ब्रदर-सिस्टरहरूले मलाई सुझावहरू दिँदा, मैले ती ध्यान दिएर सुनिनँ, र सुधार गर्नका लागि ती प्रयोग गरी हेर्न पनि चाहिनँ। मेरा ब्रदर-सिस्टरहरूले भनेको कुरा सही भए पनि, र मैले मेरा चालहरू अरूको जस्तो नभएको अनि अरू सबैको चालसँग तिनको तालमेल नमिलेको स्पष्ट देख्न सके पनि, म अझै पनि ती स्वीकार गर्न र आफूलाई परिवर्तन गर्न चाहन्नथेँ। मैले मनमनै सोचेँ, “मैले तिमीहरूको कुरा किन सुन्नु? म तिमीहरूभन्दा राम्ररी नाच्छु। मैले पो तिमीहरूलाई मार्गदर्शन गर्नुपर्छ त।” मेरा ब्रदर-सिस्टरहरूले मलाई नृत्यको एउटा चाल बारम्बार अभ्यास गर्न लगाउन चाहँदा, मैले त्यो स्वीकार गर्न चाहिनँ, र उनीहरूले मलाई सिकाइरहेका छन् जस्तो लाग्यो। के मेरो यो व्यवहार अति अहङ्कारी थिएन र? हामीले सँगै नाच्नु भनेको परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त हो, ताकि हामी मिलेर राम्ररी काम गर्न सकौँ र हाम्रो कर्तव्य राम्ररी निर्वाह गर्न सकौँ। तर, म अहङ्कारी र आत्म-धर्मी थिएँ: म सधैँ आफ्नै तरिकाले नाच्थेँ र अरूका सुझावहरू स्वीकार गर्दिनथेँ, जसको परिणामस्वरूप ब्रदर-सिस्टरहरूबीचको सहकार्य कमजोर भयो र नृत्यको प्रगतिमा पनि ढिलाइ भयो। वास्तवमा, मैले संसारमा सिकेका नृत्यका चालहरू कुनै सिद्धान्त वा मानक थिएनन्। केही चाल धेरै अतिरञ्जित र त्यति पवित्र थिएनन्: तिनले परमेश्‍वरको गवाही दिने प्रभाव हासिल गर्न सक्दैनथे। म परमेश्‍वरको विश्‍वासी हुँ, र मेरा चालहरू मर्यादित र उचित हुनुपर्छ। म परमेश्‍वरको प्रशंसा गर्नका लागि, अनि दर्शकहरूले आफ्नो हृदयमा आनन्द महसुस गरून् र मसँगै परमेश्‍वरको प्रशंसा गर्न सकून् भनेर नाच्छु। म अहङ्कारी भइरहन र आफ्नै विचारहरूमा अडिग रहिरहन मिल्दैनथ्यो। म परमेश्‍वरको घरका मागहरूमा समर्पित हुनुपर्छ र आफ्ना ब्रदर-सिस्टरहरूसँग सामञ्जस्यपूर्ण रूपमा काम गर्दै आफूलाई त्याग्नुपर्छ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “मलाई भन्, के कोही सिद्ध छ? कोही व्यक्ति धेरै बलियो भए पनि, र ऊ सक्षम र प्रतिभाशाली भए पनि, ऊ अझै पनि सिद्ध हुँदैन। यो एक तथ्य हो। मानिसहरूमा यो बुझाइ हुनैपर्छ, र मानिसहरूमा आफ्नै सबल पक्ष र गुणहरू अनि आफ्नै कमजोरीहरूप्रति हुनुपर्ने सही मनोवृत्ति यही हो; यो मानिसहरूमा हुनुपर्ने चेतना हो। यदि तँसँग यो चेतना छ भने, तँ आफ्नै सबल पक्ष र कमजोरीहरूलाई, साथै अरूकालाई पनि सही तरिकाले लिन सक्छस्, र यसरी तँ अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सक्षम हुनेछस्। यदि तँ सत्यताको यो पक्ष बुझ्छस् र सत्यता वास्तविकताको यस पक्षमा प्रवेश गर्न सक्छस् भने, तँ दाजुभाइ तथा दिदीबहिनीहरूसँग मित्रवत् रूपमा रहन सक्छस्, र आफ्ना कमजोरीहरू हटाउन तिनीहरूका सबल पक्षहरूबाट सिक्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ त्यसमा झन्-झन् राम्रो हुँदै जानेछस् र तँसँग परमेश्‍वरको आशिष्‌ हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, हामीसँग कुनै निश्चित क्षेत्रमा जस्तोसुकै सीप वा अनुभव भए पनि, त्यसको मतलब हामी गल्ती गर्दैनौँ र हामी सिद्ध छौँ भन्ने होइन। सबैले गल्ती गर्छन् र सबैका कमीकमजोरीहरू हुन्छन्। यसका लागि हामीले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नुभंदा पहिले हाम्रा दुर्बल पक्षहरूको परिपूर्ति गर्न एकअर्काका सबल पक्षहरूबाट सिक्नु आवश्यक हुन्छ। विगतमा, अभ्यासको क्रममा मैले मेरा ब्रदर-सिस्टरहरूसँग राम्ररी सहकार्य गरिनँ। मेरो स्वभाव अत्यन्तै अहङ्कारी थियो, र म सधैँ आफूलाई नै अरूभन्दा राम्रो ठान्थेँ। म उनीहरूका सुझावहरूलाई गम्भीरतापूर्वक लिन्नथेँ, त्यसैले मेरा नृत्यका चालहरू सधैँ उनीहरूसँग भन्दा अमिल्दा हुन्थे। यदि परमेश्‍वरका वचनहरूको खुलासा र मेरा ब्रदर-सिस्टरहरूको मार्गदर्शन नभएको भए, मैले आफूलाई चिन्ने थिइनँ, र म अझ बढी अहङ्कारी हुनेथिएँ। मैले मेरा ब्रदर-सिस्टरहरूबाट सिक्नैपर्छ। मेरा दुर्बल पक्षहरूको परिपूर्ति गर्न मैले उनीहरूका सबल पक्षहरूबाट सिक्नुपर्छ र एकअर्कालाई मद्दत गर्नुपर्छ। यसरी मात्र हामी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छौँ। पछि, हामी नाच्दै गर्दा, मेरा ब्रदर-सिस्टरहरूले ममा भएका अझ केही समस्या औँल्याए। उदाहरणका लागि, मेरा चालहरू अत्यन्तै द्रुत थिए र मेरो गति उनीहरूको भन्दा फरक थियो। उनीहरूसँग तालमेल मिलाउनका लागि मैले आफ्नो गति अलिकति कम गर्नुपर्छ भनेर उनीहरूले सुझाव दिए। यी सुझावहरू सुन्दा, मलाई मन नपरे पनि, म पहिले जस्तो आफ्नै विचारहरूमा अडिग रहन चाहन्नथेँ। मैले मेरा ब्रदर-सिस्टरहरूसँग सामञ्जस्यपूर्ण रूपमा काम गर्नैपर्छ र उनीहरूका सुझावहरू स्वीकार गर्नुपर्छ। मैले यसरी नै अभ्यास गर्दा, मेरा चालहरू पहिलेभन्दा राम्रा भए, म उनीहरूसँग एकरूपता कायम राख्न सफल भएँ, र मेरो नृत्यमा पनि सुधार आयो।

यस अनुभवमार्फत, मैले मेरा ब्रदर-सिस्टरहरूसँग कसरी सही तरिकाले काम गर्ने भनेर सिकेँ, र मेरो आफ्नै अहङ्कारी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। मैले यो थोरै बुझाइ प्राप्त गर्न र यति सानो परिवर्तन ल्याउन सक्नु परमेश्‍वरका वचनहरूद्वारा नै हासिल भएको नतिजा हो। म परमेश्‍वरलाई धेरै धन्यवाद दिन्छु!

अघिल्लो: ३८. नयाँ विश्वासीहरूलाई मलजल गर्दा आइपरेका समस्याहरू

अर्को: ४९. काटछाँट बेहोरेपछिको चिन्तन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्