३६. आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु भनेको परमेश्‍वरले सुम्पनुभएको मिसन हो

छिङथ्येन, चीन

मेरो परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन। म सानो छँदा, मेरो भाइ र मलाई पढाउन पैसा कमाउनका लागि मेरो बुबा घरबाट टाढा गएर काम गर्नुहुन्थ्यो। उहाँले एकदमै मितव्ययी जीवन बिताउनुभयो र बिरामी पर्दा पनि आराम गर्नुभएन। मेरो सानो र अबोध उमेरमा, हामीलाई हुर्काउन मेरो बुबाले धेरै दुःख भोग्नुभएको छ भन्ने मलाई लाग्थ्यो, त्यसैले मैले ठूलो भएपछि उहाँप्रति छोरीको धर्म निभाउने सङ्कल्प गरेँ। सानै भए पनि, म लुगा धुने, खाना पकाउने र भाइको हेरचाह गर्ने जस्ता काम गरेर सकेसम्म घरका कामहरूमा मेरा आमाबुबालाई सघाउँथेँ, अनि हाम्रा छिमेकीहरूले मेरो प्रशंसा गर्दै भन्थे, “कति समझदार र मिहिनेती छोरी!” आफू ठूली भएपछि, म हरेक महिना थोरै पकेट खर्च मात्र राख्थेँ र आफ्नो बाँकी कमाइ मेरा आमाबुबालाई दिन्थेँ, अनि म प्रायजसो मेरा आमाबुबाका लागि लुगाफाटा, खानेकुरा र अन्य आवश्यक कुराहरू पनि किनिदिन्थेँ। कहिलेकाहीँ मेरो बुबाले मैले किनिदिएको नयाँ लुगा लगाउनुहुन्थ्यो र उहाँले खुसी हुँदै आफन्त र छिमेकीहरूलाई भन्नुहुन्थ्यो, “हेर्नुहोस् न, मेरी छोरीले मेरा लागि के किनिदिएकी छे देख्‍नुभयो!” मेरा आमाबुबालाई त्यति खुसी देखेर मलाई पनि हर्ष लाग्थ्यो।

सन् २००९ मा, मैले परमेश्‍वरलाई भेट्टाएँ र अन्ततः मण्डलीमा एउटा कर्तव्य सम्हालेँ। त्यतिबेला, मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको ठाउँ घर नजिकै थियो, त्यसैले म प्रायजसो आफ्ना आमाबुबालाई भेट्न जान पाउँथेँ। सन् २०१३ सम्‍ममा, सीसीपीको प्रहरीले मेरो आस्थाका बारेमा थाहा पायो र मलाई पक्राउ गर्न मेरो घरमा आयो, त्यसपछि म घर जान पाइनँ। सन् २०१७ को नोभेम्बरमा, मैले मेरो बुबा गाडी दुर्घटनामा पर्नुभएको र उहाँको नाडी भाँचिएको थाहा पाएँ। यो सुनेपछि, म शान्त भएर बस्नै सकिनँ, र म घर गएर मेरो बुबालाई भेट्न चाहन्थेँ। उहाँलाई ठक्कर दिने ड्राइभरले जिम्मेवारी लिन अस्वीकार गरेको र उहाँहरू अदालत जानु परेको कुरा पनि मैले सुनेँ। म धेरै चिन्तित भएँ, र मैले सोचेँ, “मेरो भाइ घरमा छैन, अनि मेरी आमाले यी सबै कुरा सम्हाल्दै बुबाको हेरचाह गर्नुपर्छ। के उहाँले यो सम्हाल्न सक्नुहुनेछ? म घरमा भएको भए, बुबाको हेरचाह गर्न मद्दत गर्न सक्थेँ, तर यत्रो ठूलो घटना हुँदासमेत, मैले उहाँहरूको बोझ बाँड्न सकेको छैनँ।” मलाई उहाँहरूप्रति ठूलो ऋणी भएको महसुस भयो, र म साँच्चै घर गएर बुबाको हेरचाह गर्न चाहन्थेँ, तर मलाई पक्राउ पर्ने डर थियो, त्यसैले मैले विचार नगरी त्यसै फर्कने आँट गरिनँ। तर मैले सोचेँ, “यदि म अस्पतालमा गएर मेरो बुबालाई भेटिनँ भने, के मेरा आफन्त र साथीहरूले मलाई मानवता र विवेक नभएको भनेर गाली गर्नेछैनन् र?” म धेरै व्याकुल थिएँ र म केवल घर फर्कन मात्र चाहन्थेँ। त्यसैले मैले आफ्ना कामहरू सक्न ओभरटाइम काम गरेँ, र बार्हौं चन्द्रमासको २९ गतेका दिन, जोखिम मोलेरै म घर गएँ।

म घर पुग्दासम्म, मेरो बुबालाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको थियो, र बुबाको स्वास्थ्यमा राम्रो सुधार भइरहेको देखेर मैले अन्ततः चैन महसुस गरेँ। मलाई देख्दा मेरो बुबा धेरै खुसी हुनुभयो, तर केही समय नबित्दै उहाँको अनुहारमा चिन्ता छायो किनभने केही घण्टाअघि मात्र प्रहरीले बुबालाई फोन गरेर मेरो आस्थाका बारेमा सोधपुछ गर्न हाम्रो गाउँमा फर्कन भनेको रहेछ। प्रहरीको हैरानीको सामना गर्दा, हाम्रो परिवारले धेरै दमित र असहाय महसुस गर्‍यो। बुबा जानुभएपछि, आमाले मलाई प्रहरी चौकीबाट वर्षमा कयौँ पटक घरमा फोन गरेर म कहाँ छु भनेर सोधपुछ गर्ने गरेको र उनीहरू प्रायः मेरा बाजेबज्यैको घरमा गएर उहाँहरूलाई हैरानी दिने गरेको कुरा बताउनुभयो। उहाँले मलाई हरेक नयाँ वर्ष र चाडबाडमा, प्रहरीले म घर आएँ कि आइनँ भनेर सोध्ने गरेको कुरा पनि बताउनुभयो। मेरी आमाबाट यो कुरा सुनेर मलाई साँच्चै रिस उठ्यो। मैले घर छाडेदेखि यतिका वर्षसम्म प्रहरीले मलाई खोजिरहेको होलान्, र तिनीहरूले नयाँ वर्षमा मेरा आमाबुबालाई समेत हैरान गर्नेछन् भनेर मैले अपेक्षा गरेकी थिइनँ। तर सोही समय, मलाई घरमै आएर प्रहरीले पक्राउ गर्ला भन्ने डर लाग्यो, र घरमा बिताएका ती दुई दिनमा, म पूरै समय त्रासमा बसेँ। म मेरो बुबा फर्केर आउनुहोला र फेरि उहाँलाई भेट्न पाउँला भनेर पर्खन चाहन्थेँ, तर तेस्रो दिनसम्म पनि उहाँ फर्कनुभएन। मलाई धेरै बेचैनी महसुस भयो, र म घरमा जति धेरै समय बिताउँछु, खतरा त्यति नै बढ्दै जान्छ भन्‍ने लाग्यो, त्यसैले म हतारहतार त्यहाँबाट निस्किएँ। म आफ्नो कर्तव्य निर्वाह गरिरहेको ठाउँमा फर्केपछि, मैले घरमा भएको घटनाका बारेमा सोचिरहेँ र म शान्त हुन सकिनँ। मैले सोचेँ, “अरू मानिसहरूका छोराछोरी नयाँ वर्षमा आफ्ना आमाबुबालाई भेट्न घर जान्छन्, र उनीहरूका लागि केही पोसिलो खानेकुरा लिएर आउँछन्, र परिवारका मामिलाहरूबारे उनीहरूसँग कुराकानी गर्छन् र मनका कुराहरू साटासाट गर्छन्, तर म विरलै मात्र घर जान पाउँछु र म मेरा आमाबुबासँग धेरै समय बिताउन पाउँदिनँ। त्यसमाथि, मेरा कारणले प्रहरीले उहाँहरूलाई निरन्तर हैरान गरिरहन्छ। बुबा फर्केर जाँदा प्रहरीले उहाँलाई कस्तो व्यवहार गर्ला भन्ने समेत मलाई थाहा छैन।” मलाई एकदमै दुःख लाग्यो। मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए पनि, आफ्ना आमाबुबाका बारेमा सोच्दा, मलाई विचलित महसुस हुन्थ्यो।

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ, र मेरो स्थितिमा अलिकति सुधार आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय आमाबुबाले घरायसी आनन्द साथै बालबच्चा र नातिनातिनाले भरिएको घरमा रमाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्‍वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्‍वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्‍वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तानद्वारा घेरिएर बस्ने आशिष् पाएका हुँदैनन्। यो परमेश्‍वरको योजनाबद्ध कार्य हो र मानिसहरूले जबरजस्ती गरेर हुँदैन। जे होस्, अन्ततः पितृभक्तिको सन्दर्भमा, मानिसहरूमा कम्तीमा समर्पणको मानसिकता हुनैपर्छ। यदि परिस्थितिले साथ दियो र तँसित त्यसो गर्नलाई क्षमता भयो भने, तैँले आमाबुबालाई सन्तानीय आदर देखाउन सक्छस्। यदि परिस्थितिले साथ दिएन र तँसित त्यसो गर्ने क्षमता छैन भने, जबरजस्ती गर्ने कोसिस नगर्। यो समर्पण हो। यो समर्पण कसरी आउँछ? यो समर्पणको आधार के हो? यो परमेश्‍वरले बन्दोबस्त गरिरहनुभएका र परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्ने यी सबै कुराहरूमा आधारित हुन्छ। यी मानिसहरूले रोज्ने कुरा होइनन्, र मानिसहरूसँग रोज्ने अधिकार पनि हुँदैन; तिनीहरू समर्पित हुनुपर्छ। जब तँलाई मानिसहरू समर्पित हुनुपर्छ र सबथोक परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको हुन्छ भन्‍ने अनुभूति हुन्छ, के तँलाई हृदयमा अझ धेरै सहज अनुभूति हुँदैन र? (हुन्छ।) तब के तेरो विवेकले अझै घोच्नेछ र? त्यसले त्यसउप्रान्त निरन्तर घोच्नेछैन, र आमाबुबाप्रति आफू कर्तव्यनिष्ठ नभएको विचार तँभित्र हाबी हुनेछैन। कहिलेकाहीँ तैँले यसबारे अझै सोच्न सक्छस्—आफ्नो मानवताभित्र केही सामान्य सोच र प्रवृत्तिहरू हुनु भनेको कसैले पन्छाउन नसक्ने कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्‍वरका वचन पढेपछि, मैले के बुझेँ भने यस जीवनमा आमाबुबाले आफ्ना छोराछोरीबाट कति आशिष्‌को आनन्द लिन्छन् भन्ने कुरा, र उनीहरूले आफ्ना छोराछोरीका लागि भोग्ने कष्ट, यी सबै परमेश्‍वरद्वारा नियोजन गरिएका हुन्छन्। कतिपय आमाबुबाले जीवनभर छोराछोरीलाई साथमा पाउँछन् र पारिवारिक खुसीको आनन्द लिन्छन्, जबकि अरूको जीवन त्यस्तो हुँदैन। यी सबै कुरामा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू समावेश हुन्छन्। मेरो बुबा गाडी दुर्घटनामा पर्नुहुँदा, सुरुमा गल्ती गर्ने ड्राइभरले जिम्मेवारी लिन अस्वीकार गरेको थियो, तर अप्रत्याशित रूपमा, त्यहाँबाट गुज्रिरहेको एउटा पत्रकारले उक्त ट्राफिक दुर्घटनाको खुलासा गर्‍यो। पछि, मेरी आमाले अस्पतालमा एक जना वकिललाई भेट्नुभयो जसले स्वेच्छाले मुद्दामा मद्दत गरे, र त्यो मामिला सहजै सुल्झियो। यसले मलाई के महसुस गरायो भने आमाबुबाले आफ्नो जीवनमा अनुभव गर्ने कुरा, उहाँहरूले आनन्द लिने आशिष्‌हरूको सङ्ख्या र उहाँहरूले भोग्ने कष्टको मात्रा परमेश्‍वरद्वारा पहिले नै पूर्वनिर्धारित भइसकेका हुन्छन्। छोराछोरी आफ्ना आमाबुबाको छेउमा छन् कि छैनन् भन्ने कुरासँग यी कुराहरूको कुनै सम्बन्ध हुँदैन, र मैले परमेश्‍वरका वचनका आधारमा कुराहरूलाई हेर्नुपर्छ, मेरा आमाबुबालाई परमेश्‍वरको हातमा सुम्पनुपर्छ, म परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुनुपर्छ, र मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यो नै बुद्धिमानी छनौट हो। मैले के पनि विचार गरेँ भने यस पटकको भेटमा मेरा आमाबुबालाई केही भावनात्मक सान्त्वना दिनुबाहेक, मैले उहाँहरूका लागि गर्न सक्ने अरू केही थिएन। यसको विपरीत, यदि म घरमा पक्राउ परेँ भने, म आफ्नो कर्तव्य निर्वाह गर्न असक्षम मात्र हुने थिइनँ, यसले मेरो जीवनमा पनि हानि ल्याउनेथियो, र म पक्राउ परेको देखेर मेरा आमाबुबा झनै व्यथित र दुःखी हुनुहुनेथियो। भविष्यमा, कुराहरू आइपर्दा मैले अझ धेरै प्रार्थना गर्नुपर्छ र परमेश्‍वरको खोजी गर्नुपर्छ, र भावनाका आधारमा कार्य गर्न हुँदैन।

सन् २०२३ को अगस्टको एक दिन, मैले मेरो भाइबाट एउटा पत्र पाएँ, जसमा मेरो बुबालाई दुई वर्षअघि नै मुटुको रक्तनलीसम्बन्धी रोग लागेको, र उहाँलाई सधैँ मलाई फेरि नभेटीकनै कुनै दिन अचानक बित्छु कि भन्ने डर लागिरहने कुरा लेखिएको थियो। उसले हाम्रो बुबालाई अवसाद भएको कुरा पनि बतायो, किनभने उहाँलाई सधैँ प्रहरीले मलाई पक्राउ गरेको र यातना दिएको छ भन्ने शङ्का लागिरहन्थ्यो, र उहाँ प्रायजसो मप्रति नराम्रा कुराहरू भएको सपना देख्नुहुन्थ्यो। उहाँले मेरो याद आइरहन्छ भनी परिवारलाई भनिरहनुहुन्थ्यो, र यसो भन्दै गर्दा उहाँ रुनुहुन्थ्यो। त्यो पत्र पढ्दै गर्दा, मेरो दिमाग शून्य भयो। पत्रमा वर्णन गरिएको व्यक्ति मेरै बुबा हो भनेर मैले पत्याउनै सकिरहेकी थिइनँ। मैले सोचेँ, “मेरो बुबा त सधैँ स्वस्थ हुनुहुन्थ्यो। उहाँलाई अचानक कसरी मुटुको रक्तनलीसम्बन्धी रोग र अवसाद हुन सक्छ? जब-जब बुबाले मेरो कुरा गर्नुहुन्छ, तब उहाँ रुनुहुन्छ र मलाई कति धेरै सम्झन्छु भनेर भनिरहनुहुन्छ। के मेरो चिन्ताले नै उहाँलाई रोग लागेको हो? के मेरो बारेको निरन्तर डरले गर्दै नै उहाँलाई अवसाद भएको हो?” मेरो मुटु टुटिरहेको थियो र मेरा आँखा आँसुले भरिएका थिए। मैले मेरा आमाबुबाले मलाई कति दुःख गरेर हुर्काउनुभएको थियो, र उहाँहरूका लागि यो कति गाह्रो भएको थियो भन्ने कुरा सोचेँ। मैले उहाँहरूको हेरचाह त गरिरहेकी थिइनँ नै, त्यसमाथि मेरै कारणले उहाँहरूलाई सीसीपीले सताइरहेको थियो। उहाँहरू मेरो चिन्ता गरिरहनुहुन्थ्यो र डरमा जिइरहनुभएको थियो, र मेरो बुबालाई त अवसाद नै भइसकेको थियो। पक्कै पनि आफन्त र साथीहरूले मलाई कृतघ्न र विवेकहीन भनेर गाली गर्नेथिए। मेरो विवेकले गहिरो रूपमा दोषी ठहर्‍याइरहेको महसुस गर्दै थियो। मैले मुटुको रक्तनलीको गम्भीर रोग ज्यानमारा हुन सक्छ भन्‍ने पनि सोचेँ। यो रोगले भावनात्मक उत्तेजना खप्न नै सक्दैन, र मेरो बुबाले सधैँ मेरो चिन्ता गरिरहनुहुने र उहाँको मनस्थिति खराब भइरहने हुनाले, उहाँको जीवन जुनसुकै बेला खतरामा पर्न सक्थ्यो! यदि उहाँ यसरी नै अवसादी रहिरहनुभयो भने, के उहाँले आफ्नो मानसिक सन्तुलन गुमाउनुहुनेछ? मैले यसभन्दा अगाडि कुरा सोच्ने आँटै गरिनँ। मेरा गाला हुँदै अनियन्त्रित रूपमा आँसु बग्न थाले, र मैले मुटुमा असह्य पीडा महसुस गरेँ। मैले यतिसम्म सोचेँ, “यदि मलाई त्यतिबेला अगुवा नचुनिएको भए, मैले घरबाहिर गएर बारम्बार भेला गरिरहनुपर्ने थिएन, र मलाई प्रहरीले निगरानी गर्ने र खोज्ने पनि थिएन। यदि त्यस्तो नभएको भए, मैले घर छाड्नुपर्ने थिएन, र मेरा आमाबुबा बिरामी पर्दा, म उहाँहरूको छेउमा बसेर हेरचाह गर्न सक्थेँ, अनि मेरो बुबा मेरो चिन्ता गरेर र मलाई सम्झेर अवसादको सिकार हुनुहुने थिएन।” त्यसपछिका केही दिनसम्म, म आफ्ना आमाबुबाप्रतिको अपराधबोधको भावनामा डुबिरहेँ, मेरो स्थिति एकदमै खराब थियो, र मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने पटक्‍कै मन थिएन। कहिलेकाहीँ, मेरो दिमागमा एउटा विचार आउँथ्यो, “यदि म घर गएँ र मैले मेरो बुबालाई म ठीक छु भनेर देखाउन सकेँ भने, सायद उहाँको मनस्थितिमा सुधार आउँथ्यो, र उहाँलाई छिट्टै निको हुन्थ्यो।” यी कुराहरू सोच्दा म झनै अन्योलमा परेँ। आफ्नो पीडामा, म प्रार्थना गर्न परमेश्‍वरसामु आएँ, “हे परमेश्‍वर, यस्ता कुराहरू तपाईँको अनुमतिले नै हुन्छन्, र मैले तपाईँको अभिप्राय खोज्नुपर्छ भन्‍ने मलाई थाहा छ, तर म भावनाहरूद्वारा बाँधिएकी छु र निरन्तर आफ्ना आमाबुबाको चिन्ता गरिरहन्छु। म धेरै पीडामा छु। बिन्ती मलाई सत्यताको खोजी गर्न र भावनाहरूका बन्धनलाई तोडेर मुक्त हुन मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “यदि तँ आफ्नो घर छोडेर आफ्नो कर्तव्य पूरा गर्न अन्यत्र नगएको, र आफ्नो आमाबुबाको साथमा बसेको भए, के तैँले तिनीहरू कहिल्यै बिरामी नहुने सुनिश्चित गर्न सक्थिस्? (सक्थिनँ।) के तैँले तेरा आमाबुबा बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छस्? के तैँले तिनीहरू धनी हुन्छन् कि गरिब हुन्छन् भनेर नियन्त्रण गर्न सक्छस्? (सक्दिनँ।) तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा ती कुनै पनि ठूला, गम्भीर रोगहरू वा घातक अवस्थाहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले जति नै आमाबुबाप्रतिको धर्म निभाए पनि वा जतिसुकै विचारशील भएर तिनीहरूको ख्याल गरे पनि, बढीमा तैँले केवल तिनीहरूको शारीरिक पीडा र बोझलाई थोरै कम गर्नेछस्। तर तिनीहरू कहिले बिरामी हुन्छन्, तिनीहरूलाई कुन रोग लाग्छ, तिनीहरू कहिले मर्छन्, र कहाँ मर्छन् भन्‍ने कुराहरूको हकमा भन्दा—के यी कुराहरूसँग तैँले छेउमै बसेर तिनीहरूको हेरचाह गरिरहेको छस् कि छैनस् भन्ने कुराको कुनै सम्बन्ध हुन्छ? अहँ, हुँदैन। यदि तैँले आमाबुबाप्रति छोराछोरीको धर्म निभाउँछस् भने, यदि तँ कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, र तैँले दिनभरि तिनीहरूसँगै बसेर तिनीहरूको हेरचाह गरिस् भने, के तिनीहरू बिरामी पर्दैनन्? के तिनीहरू मर्दैनन्? यदि तिनीहरू बिरामी हुनु छ भने, जसरी पनि बिरामी हुँदैनन् र? यदि तिनीहरू मर्नु छ भने, जसरी पनि मर्दैनन् र? होइन र?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “तँ सधैँ तेरा आमाबुबाले सहेका र सामना गरेका सबै कुराहरू तँसँग सम्बन्धित छन्, र तैँले ती बोझहरू बाँडेर लिनुपर्छ भन्‍ने सोच्छस्; तँ सधैँ आफूलाई दोष दिन्छस्, यी कुराहरू तँसँग सम्बन्धित छन् भन्‍ने सोच्छस् र सधैँ संलग्‍न हुन चाहन्छस्। के यो सही विचार हो? (होइन।) किन? … मानिस जन्मनु, बूढो हुनु, बिरामी पर्नु, मर्नु, र जीवनका विभिन्‍न ठूला-साना मामिलाहरू सामना गर्नु अत्यन्तै सामान्य कुराहरू हुन्। यदि तँ वयस्क होस् भने, तँसँग परिपक्‍व सोचाइ हुनुपर्छ, र तैँले यस विषयलाई शान्त र सही तरिकाले हेर्नुपर्छ: ‘मेरा आमाबुबा बिरामी छन्। तिनीहरूले मलाई धेरै याद गरेका कारण यस्तो भएको हो भनेर कतिपय मानिसहरूले भन्छन्, तर के यो सम्भव छ? तिनीहरूले पक्‍कै पनि मलाई सम्झन्थे—कुनै व्यक्तिले आफ्‍नो सन्तानलाई नसम्झी कसरी बस्‍न सक्छ र? मलाई पनि तिनीहरूको याद आउँथ्यो, तैपनि म किन बिरामी भइनँ?’ के कुनै व्यक्तिले आफ्‍नो सन्तानलाई धेरै याद गरेका कारण ऊ बिरामी हुन्छ र? त्यस्तो हुँदैन। त्यसोभए, तेरा आमाबुबाले यी महत्त्वपूर्ण मामिलाहरू सामना गर्दा के भइरहेको हुन्छ? यो मात्र भन्‍न सकिन्छ कि, परमेश्‍वरले तिनीहरूको जीवनमा यस्ता कुरा आउनुपर्छ भनेर योजनाबद्ध गर्नुभएको हो। परमेश्‍वरको हातले नै यसलाई योजनाबद्ध गर्नुभएको हो—तैँले वस्तुगत कारण र आधारहरूलाई ध्यान दिनु हुँदैन—तेरा आमाबुबा यो उमेरमा पुगेपछि तिनीहरूले यो कुरा सामना गर्नु नै पर्नेथियो, र तिनीहरूलाई यो रोग लाग्‍नु नै पर्नेथियो। यदि तँ तिनीहरूको साथमा भएको भए, के तिनीहरू त्यसबाट जोगिन सक्थे? यदि परमेश्‍वरले तिनीहरूको भाग्यको भागका रूपमा तिनीहरू बिरामी हुन्छन् भनेर बन्दोबस्त नगर्नुभएको भए, तँ तिनीहरूको साथमा नै नभएको भए पनि, तिनीहरूलाई केही हुनेथिएन। यदि तिनीहरूले आफ्नो जीवनमा यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नेछन् भनेर लेखिएको थियो भने, तँ तिनीहरूको साथमा भएर तैँले कस्तो प्रभाव पार्न सक्नेथिइस् र? तिनीहरू यसबाट बच्न सक्‍नेथिएनन्, होइन र? (हो।) परमेश्‍वरमा विश्‍वास नगर्ने ती मानिसहरूका बारेमा सोच्—के तिनीहरूको परिवार वर्षैपिच्छे नै सँगै हुँदैनन्? ती आमाबुबाले ठूलो दुर्भाग्य सामना गर्दा, तिनीहरूको परिवारका सदस्यहरू र तिनीहरूका सन्तान सबै तिनीहरूसँगै हुन्छन्, होइन र? जब आमाबुबा बिरामी पर्छन्, वा जब तिनीहरूको रोग बिग्रन्छ, तब के तिनीहरूका सन्तानले तिनीहरूलाई छोडेका कारण यस्तो भएको हुन्छ? त्यस्तो हुँदैन, यस्तो हुन्छ भनेर नियतिमा लेखिएको हुन्छ। यति मात्र हो कि, तिनीहरूको सन्तानका रूपमा, तेरा आमाबुबासँग तेरो रगतको नाता हुन्छ, त्यसकारण तिनीहरू बिरामी छन् भन्‍ने सुन्दा तँ दुःखी हुन्छस्, जबकि अरू मानिसहरूले केही पनि महसुस गर्दैनन्। यो सामान्य कुरा हो। तर, तेरा आमाबुबाले यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नुको मतलब यसलाई कसरी हटाउने वा समाधान गर्ने भनेर तैँले विश्‍लेषण र अनुसन्धान गर्नुपर्छ वा यसबारे सोच्‍नुपर्छ भन्‍ने होइन। तेरा आमाबुबा वयस्क हुन्; तिनीहरूले समाजमा धेरै पटक यस्तो कुरा अनुभव गरेका छन्। यदि परमेश्‍वरले तिनीहरूलाई यस कुराबाट मुक्त गर्ने परिवेशको बन्दोबस्त गर्नुभयो भने, ढिलो-चाँडो यो पूर्ण रूपमा हराउनेछ। यदि यो कुरा तिनीहरूका लागि जीवनको तगारो हो, र तिनीहरूले यो अनुभव गर्नु नै पर्ने हो भने, तिनीहरूले कति लामो समयसम्म यो अनुभव गर्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरको हातमा हुन्छ। यो तिनीहरूले अनुभव गर्नु नै पर्ने कुरा हो, र तिनीहरू यसबाट जोगिन सक्दैनन्। यदि तँ यस मामिलालाई आफै समाधान गर्न चाहन्छस्, यदि तँ यस मामिलाको स्रोत, कारण र परिणामहरूको विश्‍लेषण र अनुसन्धान गर्न चाहन्छस् भने, त्यो मूर्ख विचार हो। यो कुनै कामको छैन, र यो अनावश्यक कुरा हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। आमाबुबा बिरामी हुने मामिलालाई कसरी लिने भनेर परमेश्‍वरले स्पष्ट पार्नुभएको छ। कुनै व्यक्तिको भाग्य कसरी अघि बढ्छ, ऊ बिरामी पर्छ कि पर्दैन, कुन उमेरमा बिरामी पर्छ, कस्तो प्रकारको रोग लाग्छ, त्यसबाट उसको मृत्यु हुन्छ कि हुँदैन, उसको आयु कति लामो हुन्छ, इत्यादि—यी सबै परमेश्‍वरद्वारा पूर्वनिर्धारित भएका हुन्छन्। कुनै पनि व्यक्तिले यी कुराहरूमा हस्तक्षेप गर्न वा यिनलाई परिवर्तन गर्न सक्दैन। बाहिरबाट हेर्दा, मेरो बुबा मेरो यादले बिरामी पर्नुभएको जस्तो देखिन्थ्यो, तर वास्तवमा, उहाँले आफ्नो जीवनको यस चरणमा यो बाधा अनुभव गर्नुहुनेछ भनेर परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको थियो। मेरो बुबाको रोगको सम्पूर्ण जिम्मेवारी मैले आफ्नै टाउकोमा लिनु पूर्ण रूपमा तर्कहीन कुरा थियो, र यो तथ्यअनुरूप थिएन। मैले मेरा कजनहरू आफ्ना आमाबुबासँगै बस्ने र उहाँहरूको हेरचाह गर्ने गरेको कुरा सोचेँ, तर केही वर्षअघि मेरी फुपूलाई उच्च रक्तचाप र दमको रोग लाग्यो, अनि मेरा फुपाजुलाई पनि एउटा गम्भीर रोग लाग्यो। यसले के देखाउँथ्यो भने छोराछोरी आफ्ना आमाबुबाको छेउमा बसे पनि, त्यसले केही परिवर्तन गर्दैन। त्यसमाथि, मानिसहरू केवल मासु र रगतले बनेका हुन्, र मानिसहरूले पृथ्वीको अन्न खाने हुनाले, उनीहरू कुनै न कुनै समय बिरामी पर्ने नै छन्। मेरो बुबा साठी वर्षको हाराहारीमा हुनुहुन्थ्यो, र यस उमेरमा उहाँका शारीरिक कार्यक्षमताहरू घट्दै गइरहेका थिए, र उहाँको रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुँदै गइरहेको थियो, त्यसैले उहाँलाई अधबैँसे र वृद्ध मानिसहरूलाई सामान्यतया लाग्ने रोगहरू लाग्नु सामान्य थियो। धेरै वृद्ध मानिस उच्च रक्तचाप, मधुमेह र मुटुको रोगबाट पीडित हुन्छन्। म घरमा हुँदा, मैले मेरो बुबाले धेरै धूमपान र मध्यपान गर्नुभएको देखेकी थिएँ, र उहाँको दैनिक दिनचर्या अनियमित थियो। मैले उहाँलाई धूमपान र मध्यपान छोडाउन विभिन्न तरिका अपनाएँ, र उहाँलाई स्वास्थ्यका लागि लाभदायक खानेकुराहरू खान प्रोत्साहित गरेँ, तर उहाँले मेरो सल्लाह कहिल्यै सुन्नुभएन। यदि मैले मेरो बुबाका अस्वस्थ बानीहरूलाई समेत परिवर्तन गर्न सकिनँ भने, उहाँको रोगका बारेमा केही गर्न सक्छु भनेर कसरी आशा गर्न सक्थेँ? साथै, मेरो नजिकै एक जना सिस्टर थिइन् जसका आमाबुबालाई मधुमेह र उच्च रक्तचाप भएको थियो। ती सिस्टर डाक्टर थिइन्, र उनका आमाबुबा बिरामी पर्दा, उनले उहाँहरूलाई सबभन्दा राम्रो औषधी र महँगा स्वास्थ्य खुराकहरू दिइन्, र उहाँहरूका लागि उत्कृष्ट नर्सिङ होम खोज्न कुनै कसर बाँकी राखिनन्। उनी लगभग हरेक दिन आफ्ना आमाबुबालाई भेट्न जान्थिन्, र उनले खानादेखि लिएर उहाँहरूको दैनिक दिनचर्यासम्मका सम्पूर्ण आवश्यकताहरूको हेरचाह गरिन्, तर मधुमेहको जटिलताका कारण उनकी आमाको खुट्टा काट्नुपर्‍यो, र उनका बुबालाई अल्जाइमर रोग लाग्यो। म एक जना वृद्ध सिस्टरलाई पनि चिन्थेँ जसका छोराछोरी उहाँको साथमा थिएनन्। उहाँ लगभग असी वर्षकी हुनुहुन्थ्यो, तर पनि उहाँ एकदमै स्वस्थ हुनुहुन्थ्यो, र उहाँको स्वास्थ्य परीक्षणको नतिजा सधैँ सामान्य आउँथ्यो। मैले के देखेँ भने हरेकले आफ्नो जीवनमा कति धेरै थोक भोग्नुपर्छ, र उनीहरूले रोगको सास्ती अनुभव गर्छन् कि गर्दैनन्, यी सबै कुरा परमेश्‍वरको पूर्वनिर्धारणमा निर्भर हुन्छन्, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। छोराछोरी हेरचाह गर्नलाई साथमा भएकै कारणले आमाबुबाले धेरै आशिष्‌को आनन्द लिने वा रोगबाट बच्ने भन्‍ने हुँदैन, न त छोराछोरी हेरचाह गर्नलाई साथमा नभएकै कारण उनीहरूले धेरै कष्ट भोग्ने वा बिमारी सहनुपर्ने नै हुन्छ। यी तथ्यहरूबाट, मैले के देखेँ भने हरेक व्यक्तिको जन्मदेखि, बुढ्यौली, बिमारी र मृत्युसम्मको जीवन पूर्वनिर्धारित हुन्छ, र मेरो बुबाको रोगका सम्बन्धमा, म उहाँसँगै रहे पनि, मैले केही परिवर्तन गर्न सक्ने थिइनँ। यी कुराहरू बुझेपछि, मेरो हृदय धेरै हलुका भयो।

एक दिन, मैले एउटा अनुभवात्मक गवाही भिडिओ हेरेँ, र त्यसमा उहाँका वचनहरूको एउटा खण्ड थियो जुन मेरा लागि निकै उपयोगी साबित भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “गैरविश्‍वासी संसारमा एउटा भनाइ छ: ‘कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्‍छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, ‘कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्छ’ भन्ने पहिलो भनाइमा उल्लिखित घटनाहरू वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तर, यी त जीवित प्राणीहरूको संसारमा भेटिने घटना मात्र हुन्। यी कुराहरू परमेश्‍वरले विभिन्‍न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको एक किसिमको नियम मात्र हुन्। मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन्, र यसले सबै जीवित प्राणीहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भनेर थप पुष्टि गर्छ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। हेर्, सिंह र बाघ अत्यन्तै क्रूर मांसाहारी हुन्, तर तिनले आफ्नो डमरुको पालनपोषण गर्छन् र वयस्क हुनुभन्दा पहिले तिनलाई टोक्दैनन्। यो जनावरको अन्तर्निहित प्रवृत्ति हो। तिनीहरू जुनसुकै प्रजातिका भए पनि, तिनीहरू क्रूर भए पनि वा दयालु र कोमल भए पनि, सबै जनावरहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। मानिसलगायत सबै प्रकारका प्राणीहरू यस्तै एउटा नैसर्गिक प्रवृत्ति र एउटा नियम पालना गरेर मात्र सन्तान उत्पादन गरिरहन र जिइरहन सक्छन्। यदि तिनीहरूले यो नियम पालना गरेनन्, वा यदि यो नियम र यो नैसर्गिक प्रवृत्ति नभएको भए, तिनीहरू सन्तान उत्पादन गर्न र जिइरहन सक्षम हुनेथिएनन्। जैविक श्रृङ्खला अस्तित्वमा रहने थिएन, न त यो संसार नै अस्तित्वमा रहनेथियो। के यो कुरा साँचो होइन र? (हो।) कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्छ भन्‍ने कुराले जीवित प्राणीहरूको संसारले यस प्रकारको नियम पालना गर्छ भन्‍ने कुरालाई ठ्याक्कै पुष्टि गर्छ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरू सचेत र कर्तव्यनिष्ठ भएर आफ्नो सन्तानलाई हुर्काउँदै तिनीहरूप्रतिका जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्षम हुन्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्‍च स्तरका जनावर भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू जनावरभन्दा खराब हुन्, होइनन् र? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति हेरचाह गरे पनि वा तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृजित प्राणीले गर्नुपर्ने काम मात्र गरिरहेका थिए—यो तिनीहरूको नैसर्गिक प्रवृत्ति हो। … सबै प्रकारका जीवित प्राणी र जनावरहरूमा यी अन्तर्निहित प्रवृत्ति र नियमहरू हुन्छन्, र तिनीहरूले यी नियमहरूलाई राम्ररी र पूर्ण रूपमा पालना गर्छन्। यो कुनै पनि व्यक्तिले नष्ट गर्न नसक्‍ने कुरा हो। केही विशेष जनावरहरू पनि छन्, जस्तै बाघ र सिंहहरू। यी जनावरहरू वयस्क भएपछि, आफ्ना आमाबुबालाई छोड्छन्, र केही भाले जनावरहरू त आवश्यकताअनुसार प्रतिद्वन्द्वी भएर एक-अर्कालाई टोक्‍ने, एक-अर्कासँग प्रतिस्पर्धा गर्ने र झगडा गर्ने पनि गर्छन्। यो सामान्य कुरा हो, र यो नियम हो। तिनीहरू आफ्‍ना भावनाहरूद्वारा नियन्त्रित हुँदैनन्, र तिनीहरू मानिसहरू जस्तो ‘मैले तिनीहरूको दया-मायाको ऋण तिर्नुपर्छ, मैले तिनीहरूलाई भरपाई गर्नुपर्छ—मैले मेरा आमाबुबाको आज्ञा पालन गर्नुपर्छ। यदि मैले तिनीहरूप्रति पैतृक निष्ठा देखाइनँ भने, अरूले मेरो निन्दा गर्नेछन्, मलाई हप्काउनेछन्, र मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्नेछन्। म त्यो सहन सक्दिनँ!’ भन्दै आफ्नो भावनामा बाँच्दैनन्। पशु जगतमा यस्तो कुरा भनिँदैन। मानिसहरूले किन यस्तो कुरा गर्छन्? किनभने समाजमा र मानिसहरूको समूहभित्र, विभिन्‍न गलत विचार र आम रूपमा प्रचलित दृष्टिकोणहरू रहेका हुन्छन्। मानिसहरू यी कुराहरूद्वारा प्रभावित, क्षतविक्षत भएपछि र सडेपछि, तिनीहरूमा आमाबुबा र सन्तानको सम्बन्धलाई व्याख्या गर्ने र लिने विभिन्‍न तरिकाहरू पैदा हुन्छन्, र तिनीहरूले अन्ततः आफ्ना आमाबुबालाई आफ्‍ना ऋणदाताका रूपमा व्यवहार गर्छन्—तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभरि पनि कहिल्यै तिर्न नसक्‍ने ऋणदाताहरू। आफ्ना आमाबुबाको मृत्युपछि आफ्नो सम्पूर्ण जीवनभरि ग्लानि महसुस गर्ने मानिसहरू पनि छन्, र तिनीहरूले आफ्‍ना आमाबुबालाई बेखुस पार्ने कुनै एउटा काम गरेकाले वा तिनीहरूका आमाबुबाले चाहेको दिशामा नगएकाले आफ्ना आमाबुबाको दया चुक्ता गर्न नसकेकोमा ग्लानि महसुस गर्छन्। मलाई भन, के यो अति नै भएन र? मानिसहरू आफ्नो भावनाका माझ जिउँछन्, त्यसैले तिनीहरूलाई यी भावनाहरूबाट उत्पन्‍न हुने विभिन्‍न विचारहरूले मात्रै अतिक्रमण गर्न र बाधा पुर्‍याउन सक्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचन पढेपछि, मैले अन्ततः के बुझेँ भने “कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्‍छ” भन्ने विचारले परमेश्‍वरले सबै प्राणीलाई दिनुभएको स्वाभाविक प्रवृत्तिलाई देखाउँछ। विभिन्न जनावरसँग सानो छँदा स्वतन्त्र रूपमा बाँच्न सक्ने क्षमता हुँदैन, र तिनीहरूलाई बाँच्नका लागि आफ्ना आमाबुबाको हेरचाह चाहिन्छ। यो जीवन अस्तित्वको एउटा नियम हो जसले सबै प्राणीलाई प्रजनन गर्न र हुर्कन-बढ्न मद्दत गर्छ। मानिसहरू पनि त्यस्तै हुन्, आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काउनु एउटा स्वाभाविक प्रवृत्ति हो, र यसो गर्दा, उनीहरूले आमाबुबाका रूपमा आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्, र आफ्ना छोराछोरीलाई कुनै उपकार गरिरहेका हुँदैनन्। मलाई के लाग्थ्यो भने मेरा आमाबुबाले मलाई धेरै मेहनत र कष्ट गरेर हुर्काउनुभयो, अनि विशेष गरी, जब मैले मेरो बुबाले परिवार पाल्न र मलाई पढाउने पैसा कमाउन कडा परिश्रम गरिरहनुभएको, मितव्ययी जीवन बिताइरहनुभएको, र बिरामी पर्दा पनि आराम नगर्नुभएको देखेँ, तब मैले मलाई हुर्काउनका लागि मेरो बुबाले चुकाउनुभएको मूल्य र भोग्नुभएको कष्टलाई उपकारका रूपमा लिएँ, र यो कुरा मेरो हृदयमा गहिरोसँग बस्यो। म सोच्थेँ, म ठूली भएपछि, म उहाँप्रति छोरीको धर्म निभाउनेछु, नत्र भने, म पूर्ण रूपमा विवेकहीन हुनेछु। त्यसमाथि, म “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो” र “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” जस्ता विचारहरूबाट प्रभावित थिएँ, र आफ्ना आमाबुबाप्रति छोरीको धर्म निभाउनुलाई सबैभन्दा महत्त्वपूर्ण कुरा मान्थेँ। जब मैले मेरो बुबा गाडी दुर्घटनामा पर्नुभएको कुरा सुनेँ, तब म पक्राउ पर्ने जोखिम मोलेरै उहाँलाई भेट्न गएँ। जब मैले मेरो बुबालाई मुटुको रक्तनलीसम्बन्धी रोग र अवसाद भएको थाहा पाएँ, तब मलाई के लाग्यो भने यो रोग मेरै कारणले सीसीपीले उहाँलाई दिएको हैरानी र मेरा लागि उहाँले लिनुभएको डर र चिन्ताले गर्दा भएको हो। यसको परिणामस्वरूप मलाई गहिरो अपराधबोध भयो, र सुरुमा अगुवाको कर्तव्य सम्हालेकोमा मलाई पछुतोसमेत लाग्यो। प्रार्थनाको कारणले मैले आफ्नो कर्तव्य त्यागेर घर त गइनँ, तर मेरो ध्यान आफ्नो कर्तव्यमा पटक्कै थिएन, र मैले मेरो कर्तव्यमा झाराटारुवा मात्र गर्न थालेँ। अहिले मैले के बुझेँ भने शैतानले मानिसहरूमा भर्ने परम्परागत विचारहरू भ्रामक र भ्रष्ट तुल्याउने खालका हुन्छन्, र तिनले मानिसहरूलाई भावनाहरूमा जिउने, परमेश्‍वरलाई धोका दिने, परमेश्‍वरबाट टाढा हुने, र अन्ततः परमेश्‍वरको मुक्ति पाउने मौका गुमाउने बनाउँछन्।

पछि, मैले उहाँका थप वचनहरू पढेँ: “परमेश्‍वरले तेरा आमाबुबाले तँलाई हुर्काउनेछन् भनी नियोजन गर्नुभयो, तर तैँले आफ्नो जीवन तिनीहरूलाई प्रतिदान गर्नमै बिताएस् भनेर होइन। यो जीवनमा तँसँग जिम्मेवारी र दायित्वहरू छन् जुन तैँले पूरा गर्नुपर्छ, र एउटा मार्ग छ जुन तैँले लिनैपर्छ; तेरो आफ्नै जीवन छ। तेरो जीवनमा, तैँले आफ्नो सबै ऊर्जा आफ्ना आमाबुबाप्रतिको धर्म निभाउन र तिनीहरूको दया प्रतिदान गर्नमा लगाउनु हुँदैन। आफ्ना आमाबुबाप्रतिको धर्म निभाउनु तेरो जीवनको एउटा पाटो मात्र हो। यो मानव स्नेहका सम्बन्धहरूमा अपरिहार्य कुरा हो। तर तँ र तेरा आमाबुबाबीच कस्तो प्रकारको सम्बन्ध जुरेको छ र तिमीहरू कति लामो समयसम्म सँगै बस्न सक्नेछौ भन्‍ने कुरा परमेश्‍वरका योजनाबद्धता र बन्दोबस्तहरूमा निर्भर हुन्छ। यदि परमेश्‍वरले तँ र तेरा आमाबुबा फरक-फरक ठाउँमा हुनेछौ, तँ तिनीहरूबाट धेरै टाढा हुनेछस् र तिमीहरू सँगै बस्न पाउनेछैनौ भनी योजनाबद्ध र बन्दोबस्त गर्नुभएको छ भने, यो जिम्मेवारी पूरा गर्नु भनेको तेरा लागि एक प्रकारको तृष्णा मात्रै हो। यदि परमेश्‍वरले तेरो निवास तेरा आमाबुबाको धेरै नजिक हुने, र तँ तिनीहरूको छेउमा बस्न सक्ने बन्दोबस्त गर्नुभएको छ भने, आफ्ना आमाबुबाप्रति केही जिम्मेवारीहरू पूरा गर्नु र तिनीहरूप्रति छोराछोरीको धर्म पूरा गर्नु तैँले गर्नुपर्ने कुराहरू नै हुन्—यसमा आलोचना गर्न सकिने केही पनि छैन। तर यदि तँ आफ्ना आमाबुबाभन्दा फरक ठाउँमा छस्, र तँसँग आमाबुबाप्रति छोराछोरीको कर्तव्य पूरा गर्ने मौका वा सही परिस्थितिहरू छैनन् भने, तैँले यसलाई लाजमर्दो कुराको रूपमा लिनु पर्दैन। तैँले छोराछोरीको कर्तव्य पूरा गर्न नसक्नुको अर्थ तैँले आफ्ना आमाबुबालाई अन्याय गरेको छस् भन्‍ने होइन; तेरा परिस्थितिहरूले साथ नदिएको मात्र हो। सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्‍ने कुरा बुझ्‍नुपर्छ। यदि तैँले आफ्ना आमाबुबाको दया प्रतिदान गर्नमा मात्रै ध्यान दिन्छस् भने, यो तैँले निर्वाह गर्नुपर्ने धेरै कर्तव्यहरूमा बाधक बन्नेछ। तैँले आफ्नो जीवनमा गर्नुपर्ने धेरै कुराहरू छन्, र तैँले निर्वाह गर्नुपर्ने यी कर्तव्यहरू एक सृजित प्राणीले गर्नुपर्ने, र सृष्टिकर्ताले तँलाई सुम्पनुभएका कामकुरा हुन्, र तैँले आफ्ना आमाबुबाको दया प्रतिदान गर्नुसँग तिनको कुनै सम्बन्ध छैन। आफ्‍ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु, तिनीहरूलाई प्रतिदान गर्नु, तिनीहरूको दया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्‍बन्ध छैन। तैँले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु, तिनीहरूलाई प्रतिदान गर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्‍न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्थितिहरूले साथ दिँदा तैँले यो काम अलिअलि गर्न र आफ्ना जिम्मेवारीहरू अलिअलि पूरा गर्न सक्छस्; परिस्थितिले साथ नदिँदा, तैँले जबरजस्ती त्यसो गर्नु आवश्यक छैन। यदि तैँले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनलाई आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनस् भने, यो भयानक गल्ती होइन, यो केही हदसम्म तेरो विवेक र नैतिक इन्साफको विरुद्ध जाने मात्र हो, र तँलाई केही मानिसहरूद्वारा निन्दा गरिनेछ—त्यति मात्रै हो। तर कम्तीमा पनि, यो सत्यताको विरुद्ध जाँदैन। यदि यो तेरो कर्तव्य निर्वाह गर्ने र परमेश्‍वरको इच्छा पछ्याउने खातिर हो भने, तँलाई परमेश्‍वरद्वारा समेत अनुमोदन गरिनेछ। त्यसकारण, आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउने सम्बन्धमा, जबसम्म तैँले सत्यता बुझ्छस् र मानिसहरूप्रति परमेश्‍वरका मागहरू बुझ्छस्, तेरा अवस्थाहरूले तँलाई आमाबुबाप्रति छोराछोरीको धर्म निभाउन नदिए पनि, तेरो विवेकले घोच्नेछैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचन पढेपछि, मैले के बुझेँ भने मैले छोरीको धर्म निभाउने कुरालाई मेरो जीवनको मिसनका रूपमा लिनु हुँदैन। मेरा आमाबुबासँग सम्बन्धित मामिलाहरूमा, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, र यदि मसँग आफ्ना आमाबुबासँग बस्ने मौका छ भने, मैले उहाँहरूको हेरचाह गर्न र सन्तानका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गर्नुपर्छ। तर यदि मसँग त्यस्तो मौका छैन भने, मैले मनमा शान्ति लिएर आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। मैले आफ्ना आमाबुबाको हेरचाह गर्न नसक्नुको कारण म सन्तानका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न अनिच्छुक भएकाले नभई, मलाई सीसीपीले पीछा गरिरहेकाले र म घर फर्कन नसक्ने भएकाले गर्दा थियो, र यसका लागि मैले अपराधबोध वा दोषी महसुस गरिरहनु आवश्यक थिएन। परमेश्‍वरले मेरो जन्म आखिरी दिनहरूमा हुने भनेर पूर्वनिर्धारित गर्नुभयो र मलाई उहाँको सामु ल्याउनुभयो, र मैले उहाँका त्यति धेरै वचनको मलजल र आपूर्तिको आनन्द लिएकी छु। अहिले राज्यको सुसमाचार विस्तारका लागि महत्त्वपूर्ण समय हो, र मैले सुसमाचारको काममा आफ्नो हृदय समर्पण गर्नुपर्छ, आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र परमेश्‍वरको प्रेमको प्रतिदान गर्नुपर्छ। यदि मैले केवल छोरीको धर्म निभाउन मात्र खोजेँ र सृजित प्राणीका रूपमा आफ्नो जिम्मेवारी र मिसनलाई त्यागेँ भने, मैले मेरा लागि परमेश्‍वरले गरेका आपूर्ति, हेरचाह र सुरक्षालाई अवहेलना गरिरहेकी हुनेछु, र त्यो साँच्चै विवेक र मानवताविहीन कुरा हुनेछ। परमेश्‍वरका वचन पढेर, मैले आमाबुबा र छोराछोरीबीचको सम्बन्धलाई बुझ्न सकेँ, मैले उप्रान्त शैतानका परम्परागत विचारहरूद्वारा बाँधिएको वा नियन्त्रित भएको महसुस गरिनँ, मैले भित्री रूपमा स्वतन्त्र महसुस गरेँ, र म शान्त मनले आफ्नो कर्तव्य निर्वाहमा ध्यान केन्द्रित गर्न सक्षम भएँ। म मेरो हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो: ३५. एउटा कठिन निर्णय

अर्को: ३७. मैले मेरा दमनकारी भावनाहरूलाई कसरी जितेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्