३०. कसरी मैले प्रतिभाशाली मानिसहरूको ईर्ष्या गर्न छोडेँ

रोज, फिलिपिन्स

सन् २०२१ को फेब्रुअरीमा, म मण्डली अगुवाको रूपमा छानिएँ। एकदिन, माथिल्लो तहका एक अगुवाले मलाई सिस्टर एस्थरको क्षमता राम्रो भएको र उनी आफ्नो कर्तव्यमा धेरै सक्रिय रहेकी अनि उनको संवर्धन गर्ने जिम्मेवारी मेरो भएको बताए। माथिल्लो तहका अगुवाले यसो भनेको सुनेर म, सायद सिस्टर एस्थरले चाँडै नै आफ्ना कर्तव्यमा मैलेभन्दा राम्रो गर्लिन् भन्ने सोचेर केही चिन्तित भएँ। यदि माथिल्लो तहका अगुवाहरू र ब्रदर-सिस्टरहरू सबैले उनको उच्च सम्मान गरे भने, मलाई बेवास्ता गरिन सक्छ, र भविष्यमा मण्डलीका मामिलाहरूका लागि कोही पनि मकहाँ आउनेछैनन्। पछि, मैले एस्थरलाई मण्डलीको काम कसरी गर्ने भनेर बताए तापनि, मैले उनलाई मण्डलीको अवस्थाबारे सबै वास्तविक विवरणहरू बताइनँ, र कामलाई कसरी राम्रोसँग गर्ने भन्नेबारेमा विस्तृत सङ्गति पनि दिइनँ। मैले एस्थर आफ्नो कर्तव्यमा सक्रिय छिन् भन्ने देखेँ। उनले छिट्टै कामसँग आफूलाई परिचित गराइन्, र उनका कर्तव्यका नतिजा झन्-झन् राम्रा हुँदै गए। उनले ब्रदर-सिस्टरहरूबाट प्रशंसा पाइन्, र माथिल्लो तहका अगुवाहरूले पनि यो कुरा देखे। धेरै समय नबित्दै, एस्थर मण्डली अगुवाको रूपमा चुनिइन् र मण्डलीको काममा मसँग सहकार्य गर्न थालिन्। म मध्य पूर्वमा भएकीले र फिलिपिन्सको समय फरक भएकोले, ब्रदर-सिस्टरहरूलाई मसँग सम्पर्क गर्न गाह्रो हुन्थ्यो, त्यसैले उनीहरू भेलाहरू आयोजना गर्न सधैँ एस्थरलाई नै सम्पर्क गर्थे। म हरेक भेलामा उनलाई देख्थेँ, र उनी आफ्नो कर्तव्यमा एकदमै सक्रिय थिइन्। मलाई उनको धेरै ईर्ष्या लाग्यो, र मलाई ब्रदर-सिस्टरहरूले उनलाई मभन्दा बढी सक्रिय र सक्षम ठान्लान्, र उनले मभन्दा धेरै काम गर्न सक्लिन्, जसले गर्दा उनीहरूले मभन्दा उनलाई धेरै महत्त्व देलान् भन्ने डर थियो। मैले सोचेँ, “भविष्यमा, मैले मण्डलीको कामबारेका मेरा केही अनुभवहरू उनलाई तुरुन्तै बताउनु हुँदैन। उनले पहिले नै मण्डलीको काम र केही सत्यताहरूबारे धेरै कुरा बुझिसकेकी छिन्, त्यसैले यदि मैले आफूले बुझेका सबै कुरा उनलाई बताएँ भने, कुनै दिन उनले मण्डलीको काम मभन्दा राम्रोसँग बुझ्नेछिन् र मैलेभन्दा राम्रोसँग गर्नेछिन्। तब ब्रदर-सिस्टरहरूले उनलाई मलाईभन्दा बढी रुचाउनेछन् र प्रशंसा गर्नेछन्, र माथिल्लो तहका अगुवाहरूले पनि उनलाई धेरै महत्त्व दिनेछन् र म अब संवर्धन गर्न लायक छैन भन्ने सोच्नेछन्।” परिणाम स्वरूप, मैले एस्थरको संवर्धन गर्न चाहिनँ। दिनहरू बित्दै जाँदा, एस्थर आफ्नो कर्तव्यमा झनै सक्रिय भइन्। उनले धेरै काम गरिन्, र हरेक पटक उनीसँग हुँदा मलाई आफू असक्षम र हतोत्साहित महसुस हुन्थ्यो।

एक पटक, धेरै नयाँ व्यक्तिहरू मण्डलीमा सामेल भएकाले, हामीले थप साना भेला समूहहरू स्थापना गर्नुपर्ने भयो। एस्थर र मैले यो काम अलग-अलग रूपमा गर्‍यौँ। बाहिरबाट हेर्दा, ती सिस्टर र म राम्रैसँग मिलेर काम गरेजस्तो देखिन्थ्यो, तर मैले उनलाई यो काम छिटो मिलाउनुपर्छ भनेर भनिनँ, र म आफ्नै काममा मात्र व्यस्त रहेँ। मैले सोचेँ, “यदि मैले धेरै समूहहरू स्थापना गर्न र धेरै मानिसहरूलाई भेलामा उपस्थित हुने व्यवस्था गर्न सकेँ भने, मैले ब्रदर-सिस्टरहरूबाट प्रशंसा पाउनेछु।” जब मैले एस्थरलाई उनको कामको प्रगतिबारे सोधेँ, तब उनले मलाई उनको कामको बोझ धेरै भएकोले, भेला हुनुपर्ने धेरै मानिसहरूको लागि समय दिन नसकेको बताइन्। तर मैले उनको मद्दतका लागि कुनै इच्छा देखाइनँ। माथिल्लो तहका अगुवाहरूले मलाई एस्थरको कामबारे सोध्दा, मैले त उनले आफ्नो कामको बोझ धेरै भएको गुनासो गरेकी थिइन् समेत भनेँ। माथिल्लो तहका अगुवाहरू मैले भनेको कुरामा सहमत भएजस्तो देखियो, र म धेरै खुसी भएँ। मलाई उनीहरूको नजरमा एस्थरको महत्त्व घटेको छ, र अब उनीहरूले उनको काम गर्ने क्षमता राम्रो छ भनेर सोच्न छोड्नेछन् भन्ने लाग्यो। अर्को पटक, जब एस्थरले एउटा समूहको लागि भेला सञ्चालन गरिन्, एक जना नयाँ व्यक्तिमा परमेश्‍वरको काम र उहाँको देखापराइसम्बन्धमा केही धारणाहरू थिए। एस्थरले मलाई यी धारणाहरू समाधान गर्न कसरी सङ्गति गर्ने भनेर आफूलाई थाहा नभएको बताइन्। वास्तवमा, मलाई ती धारणाहरू समाधान गर्न कुन सत्यताहरूबारे सङ्गति गर्नुपर्छ भन्ने थाहा थियो, तर मैले उनी अझ धेरै सिकून् भन्ने चाहिनँ। मैले सोचेँ, “तिमीले पहिले नै राम्रो गरिरहेकी छौ। यदि तिमीले अझ धेरै सिक्यौ र यो समस्या समाधान गर्न सक्यौ भने, ब्रदर-सिस्टरहरू सबैले तिम्रो प्रशंसा गर्नेछन्। म सबैले तिम्रो प्रशंसा गरून् भन्ने चाहन्नँ। हामी दुवै मण्डली अगुवा भए पनि, म पहिले अगुवा बनेकी हुँ, र म नै सबैभन्दा उत्कृष्ट हुन चाहन्छु। यदि मानिसहरूले तिमीसामु राख्ने हरेक समस्या तिमीले समाधान गर्न सक्यौ भने, ब्रदर-सिस्टरहरूले तिम्रो काम मेरोभन्दा बढी प्रभावकारी छ भन्ने सोच्नेछन्। तब मैले कसरी कामलाई निरन्तरता दिन सकूँला र?” त्यसैले, मैले उनलाई यो समस्या कसरी समाधान गर्ने भनेर बताइनँ। बरु, मैले उनलाई माथिल्लो तहका अगुवाहरूलाई सोध्नु मात्र भनेँ। मैले के सोचेँ भने, यसरी माथिल्लो तहका अगुवाहरूले उनी सत्यता बुझ्दिनन् भन्ने सोच्नेछन्, र त्यसपछि उनीहरूले उनको उच्च मूल्याङ्कन गर्न छोड्नेछन्। यसो गरेपछि, मलाई साह्रै दोषी महसुस भयो, तर मैले उनलाई अझै पनि मद्दत गरिनँ। माथिल्लो तहका अगुवाहरूले मलाई उनलाई मद्दत गर्न आग्रह गरेपछि मात्र मैले उनलाई यो समस्या कसरी समाधान गर्ने भनेर बताएँ।

म एकदमै कठोरदिल भएछु। म साँच्चै एस्थरको ईर्ष्या गर्न चाहन्नथेँ, तर मैले आफूलाई नियन्त्रण गर्न सकिनँ। मलाई आफ्ना कार्यहरूप्रति दुःख लाग्यो, र मलाई मेरो स्थिति खराब रहेको थाहा भयो। आफ्नो समस्या महसुस गरेपछि, मैले आत्मचिन्तन गर्दै आफूलाई बुझ्न सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूलाई संवर्धन गर्न सिक्‍नु पनि जरुरी हुन्छ र तैँले कदापि त्यस्ता व्यक्तिहरूको डाहा गर्नु र उनीहरूलाई दबाउनु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। यदि तँ सत्यता पछ्याउने केही व्यक्तिलाई संवर्धन गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र हरेक काम राम्रोसित गर्ने बनाउन सक्छस्, र अन्त्यमा, तिनीहरू सबैसँग अनुभवात्मक गवाहीहरू हुन्छन् भने, तँ मानकअनुरूपको अगुवा वा कामदार होस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तँ अर्पित भइरहेको छस्। कतिपय मानिसहरू आफूभन्दा अरू उत्तम र उच्‍च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरूले अन्य व्यक्तिहरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई गहिरो दुःख लाग्यो। मैले म प्रतिभाशालीहरूको ईर्ष्या गर्ने व्यक्ति रहेछु भन्ने महसुस गरेँ। जब माथिल्लो तहका अगुवाहरूले मलाई एस्थरको संवर्धन गर्न भने, तब मैले उनी प्रतिभाशाली, भेलाहरू राम्रोसँग सञ्चालन गर्न जान्ने र आफ्नो काममा राम्रो नतिजा ल्याउने देखेँ, त्यसैले म उनको ईर्ष्या गर्न थालेँ। म उनले मलाई उछिन्लिन् र ब्रदर-सिस्टरहरूबाट प्रशंसा पाउलिन् भनेर डराएँ, र मलाई माथिल्लो तहका अगुवाहरूले उनलाई महत्त्व देलान्, र त्यसकै कारण उनीहरूले मेरो संवर्धन गर्न छोड्लान् भन्ने चिन्ता लाग्यो। एस्थरले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेका कारण उनलाई बढुवा हुन र संवर्धन गरिनबाट रोक्न, मैले उनलाई दबाएँ। मलाई उनको क्षमता राम्रो छ भन्ने राम्ररी थाहा थियो तर मैले उनको संवर्धन गरिनँ, र मैले उनलाई मण्डलीको काम राम्रोसँग कसरी गर्ने भनेर बताइनँ। म केवल मलाई मात्र उच्च सम्मान गरियोस् भन्ने चाहन्थेँ। उनले ब्रदर-सिस्टरहरूका समस्या समाधान गर्न नसक्दा, मैले आफूलाई कसरी समाधान गर्ने भन्ने थाहा भए पनि, मैले उनलाई बताइनँ। बाहिरबाट हेर्दा, मैले उनलाई माथिल्लो तहका अगुवाहरूलाई सोध्न प्रोत्साहन गरिरहेकी थिएँ, तर वास्तवमा, यसो गरेर, मैले माथिल्लो तहका अगुवाहरूमाझ उनको खराब छाप पार्न, र उनीहरूले उनी सत्यता बुझ्दिनन् र यो कर्तव्य पूरा गर्ने क्षमता उनमा छैन भन्ने सोचून् भन्ने चाहेँ। म साँच्चै धूर्त, छली, स्वार्थी र घृणास्पद रहेछु! मण्डली अगुवाको रूपमा, मैले प्रतिभाशाली मानिसहरू भेट्टाउँदा उनीहरूको संवर्धन गर्नुपर्थ्यो, र उनीहरूलाई मण्डलीको काम राम्रोसँग गर्न मद्दत गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। तर मैले परमेश्‍वरको अभिप्रायको ख्याल गरिनँ, न त मण्डलीको कामको नै ख्याल गरेँ। मैले केवल आफ्नै प्रतिष्ठा र हैसियतको लागि काम गरेँ। प्रतिभाशालीहरूको ईर्ष्या गर्ने स्थितिमा जिउँदै, मैले प्रतिभाशाली व्यक्तिहरूलाई दबाएँ र एस्थरको संवर्धन गर्न अस्वीकार गरेँ, र उनी मण्डलीको काममा असफल होऊन् भन्ने आशासमेत राखेँ। यी कार्यहरूका पछाडि, म दुर्भावपूर्ण स्वभाव प्रकट गरिरहेकी थिएँ। दुर्भावपूर्ण स्वभाव भएकाहरूले मात्र आफ्ना ब्रदर-सिस्टरहरूलाई दबाउँछन्। सामान्य मानवता भएका मानिसहरू आफ्ना ब्रदर-सिस्टरहरूलाई हानि गर्दैनन्। त्यतिबेला, मैले म आफ्नो कर्तव्यमा शैतानी स्वभावअनुसार काम गरिरहेकी रहेछु, र यो परमेश्‍वरको नजरमा घृणित छ भन्ने महसुस गरेँ। एस्थरको क्षमता राम्रो छ र उनी आफ्नो कर्तव्यमा सक्रिय थिइन्, र उनको संवर्धन गरेर, मण्डलीको काम अझ सजिलैसँग गर्न सकिन्थ्यो, र मण्डलीको कामको सबै पक्षका नतिजाहरूमा सुधार आउनेथियो। मैले उनको ईर्ष्या गर्नु हुँदैनथ्यो; बरु मैले उनको संवर्धन गर्नुपर्थ्यो, उनको कर्तव्यमा उनलाई मद्दत गर्नुपर्थ्यो, र मण्डलीको काम जिम्मेवारीपूर्वक र लगनशीलताका साथ गर्नुपर्थ्यो। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अब उप्रान्त मेरो शैतानी स्वभावअनुसार काम गर्न चाहन्नँ। म अब उप्रान्त तपाईंको विरुद्ध विद्रोह गर्न वा तपाईंको विरोध गर्न चाहन्नँ। म तपाईंको सामु पश्चात्ताप गर्न, मेरी सिस्टरलाई मद्दत गर्न, र हाम्रो कर्तव्य राम्रोसँग निर्वाह गर्न उनीसँग मिलेर काम गर्न चाहन्छु।” मैले परमेश्‍वरलाई बारम्बार प्रार्थना गरेँ। त्यो अवधिमा, मैले आफ्नो हृदयमा धेरै पछुतो महसुस गरेँ। मैले आफूलाई अब उप्रान्त एस्थरको ईर्ष्या गर्नु हुँदैन—यो एक भ्रष्ट स्वभाव हो जसले परमेश्‍वरलाई प्रसन्न तुल्याउँदैन भनेर भनेँ। त्यसपछि, मैले सक्रिय रूपमा एस्थरलाई मदत गर्न थालेँ। मैले उनीसँग दैनिक रूपमा कुराकानी गरेँ, र बिस्तारै उनलाई मण्डलीको काम राम्रोसँग कसरी गर्ने भनेर मार्गदर्शन दिएँ ताकि उनले प्रगति गर्न सकून्। जब-जब माथिल्लो तहका अगुवाहरू मलाई लागू गर्नुपर्ने कामबारे जानकारी दिन्थे, तब-तब म एस्थरसँग त्यो काम कसरी गर्ने भनेर छलफल गर्थें। मलाई अब उनी मभन्दा अगाडि बढ्लिन्, ब्रदर-सिस्टरहरूबाट प्रशंसा पाउँलिन्, र मेरो प्रसिद्धि खोस्लिन् भन्ने डर लागेन। हामीले एकसाथ कर्तव्य निर्वाह गर्दा मैले एस्थरसित मिलेर काम गरेँ, र मैले धेरै कामहरू सजिलो भएको पाएँ, र मण्डलीको कामका नतिजा पनि सुधारिए।

पछि, म धेरै मण्डलीहरूको कामको सुपरिवेक्षण गर्दै थिएँ, र माथिल्लो तहका अगुवाहरूले सिस्टर माइलिनलाई मैले सुपरिवेक्षण गरिरहेको एउटा मण्डलीमा उनको कर्तव्य निर्वाह गर्न खटाए। सुरुमा, उनी भेलाहरूमा धेरै कम बोल्थिन्, र उनी धेरै शान्त थिइन्, तर पछि, उनले धेरै सङ्गति गर्न थालिन्, र उनको सङ्गति धेरै राम्रो थियो। मलाई उनिप्रति केही ईर्ष्यालु बन्दै चिन्तित भएँ किनभने उनले लामो समयदेखि परमेश्‍वरमा विश्वास गरेकी थिइन्, धेरै सत्यताहरू बुझ्थिन्, कामबारे धेरै कुरा जान्दथिन्, र काममा धेरै अनुभव थियो। मैले सोचेँ ब्रदर-सिस्टरहरूले पक्कै पनि उनको प्रशंसा र सराहना गर्नेछन्। म त्यसो होस् भन्ने चाहन्नथेँ। एकदिन, मैले सिस्टर माइलिनले सुपरिवेक्षण गरिरहेका धेरै समूहहरूको अवस्थाबारे उनीसँग छलफल गरेँ, र मैले उनलाई ब्रदर-सिस्टरहरू नियमित रूपमा भेलामा किन उपस्थित भइरहेका छैनन् भन्ने कारणबारे सोधेँ। उनले मलाई आफूले यस विषयको जाँचपड्ताल गरिरहेकी, तर धेरै काम गर्दा पनि, के गलत भइरहेको छ भन्नेबारे आफू अझै स्पष्ट भइनसकेकी बताइन्। यो सुनेपछि, मैले उनमा धेरै कमीकमजोरीहरू रहेछन् भन्ने सोचेँ र उनी गुनासो गरिरहेकी छिन् भन्ने लाग्यो। जब माथिल्लो तहका अगुवाहरू कामबारे सोध्न आए, तब मैले उनीहरूलाई, “माइलिन गुनासो गर्न रुचाउँछिन् र आफ्नो कर्तव्य पूरा गर्नमा निरन्तर लागिपर्न इच्छुक छैनन्” भनेँ। मैले अगुवाहरू उनी गुनासो गर्छिन् र अरूको सल्लाह स्वीकार गर्न अनिच्छुक छिन् भन्ने सोचून्, भन्ने चाहना राख्दै अगुवाहरूलाई हाम्रो कुराकानीका स्क्रिनसटहरू समेत पठाएँ। म उनीहरूले उनलाई कमजोर ठानून्, मलाई बढी महत्त्व दिऊन्, र म उनीभन्दा संवर्धन गर्न लायक छु भन्ने सोचून् भन्ने चाहन्थेँ। जब मैले यी विचारहरू प्रकट गरेँ, तब मैले आफ्नो स्थिति गलत रहेको महसुस गरेँ, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँसँग खोजेँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “जब तिनीहरूले आफूभन्दा राम्रो व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई तल झार्ने प्रयास गर्छन्, तिनीहरूले उसलाई बदनाम गर्न र उसको अधिकारलाई कमजोर पार्न उसका बारेमा अफवाहहरू रच्छन् वा घृणास्पद उपायहरू प्रयोग गर्छन्, र तिनीहरूले उसलाई पैतालाले समेत किच्छन्, र यो सबै गर्नुको उद्देश्य मानिसहरूको मनमा आफ्नो हैसियत जोगाउनु हो। यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कारी र अभिमानी स्वभाव मात्रै होइन—यस्ता मानिसहरूमा शैतानी प्रकृति सार हुन्छ; यो एक क्रूर स्वभाव हो। तिनीहरूले आफूभन्दा राम्रा र श्रेष्ठ मानिसहरूलाई आक्रमण र बहिष्कार गर्छन्—तिनीहरू कपटी र दुष्ट हुन्छन्। साथै तिनीहरूले मानिसहरूलाई तल झार्न कुनै कसर बाँकी नराख्नुले तिनीहरूभित्र ठूलो पैशाचिक प्रकृति छ भन्ने देखाउँछ! शैतानी स्वभावहरूद्वारा जिएर, तिनीहरूले मानिसहरूलाई होच्याउँछन्, फसाउने प्रयास गर्छन्, र सास्ती दिन्छन्। के यो दुष्कर्म होइन र? यसरी जिउँदा, तिनीहरू अझै पनि आफू ठीक छु, आफू असल व्यक्ति हुँ भनी सोच्छन्। तर जब तिनीहरूले आफूभन्दा श्रेष्ठ व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई सास्ती दिने र खुट्टाले किच्ने सामर्थ्य राख्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्ने मानिसहरू असंयमित र बेकाबु हुँदैनन् र? यस्ता मानिसहरूले आफ्नै हित र आफ्नै भावनाहरूको मात्रै ख्याल गर्छन्, र तिनीहरू आफ्नै चाहना र महत्त्वाकाङ्क्षाहरूलाई सन्तुष्ट पार्न, र आफ्नै लक्ष्यहरू हासिल गर्न मात्रै चाहन्छन्। तिनीहरूले मण्डलीको काममा कति क्षति पुगेको छ भनेर वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमा आफ्नो हैसियत र आफ्नै ख्याति जोगाउन परमेश्‍वरको घरका हितहरूलाई बलिदान दिन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरूलाई पटक्‍कै ख्याल गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरू ज्यादै नै ईर्ष्यालु हुन्छन् र तिनीहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतको अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्‍वरको डर मान्दैनन्, तिनीहरू आफैलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक कुरालाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर उल्लेखयोग्य हुनुहुन्‍न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ नै हुँदैन। के आफ्नो हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान नहुने, र परमेश्‍वरको डर मान्ने हृदय नहुने व्यक्तिहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसैले, जब तिनीहरू जोसका साथ यताउता गएर आफूलाई व्यस्त राख्छन् र अत्यधिक मेहनत लगाउँछन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्‍वरप्रति समर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यका अभिप्राय, सिद्धान्त र उद्देश्य तिनीहरूको आफ्नै ख्याति र हैसियतका लागि, तिनीहरूको आफ्नै हित रक्षा गर्नको खातिर हुन्छन्। के तिमीहरू यस किसिमको व्यक्ति डरलाग्दो हुन्छ भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन? के तिनीहरू हदैसम्म अहङ्कारी होइनन् र? के तिनीहरू शैतान होइनन्? अनि कोसँग परमेश्‍वरको डर मान्ने हृदयको सबैभन्दा कमी हुन्छ? पशुहरूबाहेक, दुष्ट र ख्रीष्टविरोधीहरू, दियाबलस र शैतानका वर्गमा त्यस्तो कुराको कमी हुन्छ। तिनीहरूले सत्यता कदापि स्वीकार गर्दैनन्; तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदै हुँदैन र तिनीहरूले जस्तोसुकै दुष्टता गर्न सक्छन्। तिनीहरू परमेश्‍वरका शत्रु हुन्, र उहाँका चुनिएका मानिसहरूका पनि शत्रु हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थितिको खुलासा गरे। म ती ब्रदर-सिस्टरहरूको ईर्ष्या गर्थेँ जसको कामले मेराभन्दा उत्तम नतिजा ल्याउँथ्यो, र मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन उनीहरूलाई आक्रमण गर्ने र पन्छाउने समेत गरेँ। मलाई उनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् भन्ने थाहा भए पनि, मैले परमेश्‍वरको अभिप्रायको ख्याल गरिनँ। म परमेश्‍वरको अभिप्रायको ख्याल गर्न मण्डलीको काम राम्रोसँग गर्नुको सट्टा, अरूको प्रशंसा कमाउने र उनीहरूले मलाई उच्च सम्मान गर्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्थेँ। जब मैले माइलिनले लामो समयदेखि परमेश्‍वरमा विश्वास गरेकी, उनमा क्षमता र कार्य सामर्थ्य भएको, र उनमा कर्तव्यप्रति बोझको बलियो भावना पनि भएको महसुस गरेँ, तब म उनको ईर्ष्या गर्न थालेँ र उनले मलाई उछिन्न सक्छिन् भनेर चिन्तित भएँ। मैले माथिल्लो तहका अगुवाहरूका अगाडि उनी सधैँ आफ्नो कर्तव्यबारे गुनासो गर्छिन् भन्दै उनको आलोचना गरेँ, जबकि वास्तवमा, माइलिनले मलाई उनले आफ्नो कर्तव्यमा कठिनाइहरूको सामना गरिरहेकी, र धेरै काम गर्दा पनि, उनले अझै पनि समस्याहरू समाधान गर्न नसकेको मात्र बताएकी थिइन्। तर मैले माथिल्लो तहका अगुवाहरूसँग उनी गुनासो गरिरहेकी छिन् भनेर झूट बोलेँ। मेरो लक्ष्य माथिल्लो तहका अगुवाहरूले उनी संवर्धन गर्न लायक छैनन् भन्ने सोचून् भन्ने थियो, र मैले अगुवाहरूमाझ रहेको उनको छविलाई बिगार्ने उद्देश्य राखेँ। त्यसो हुँदा, अगुवाहरूले उनको उच्च मूल्याङ्कन वा उनलाई संवर्धन नगर्लान् भन्ने थियो, र मैले उनले मलाई उछिन्लिन् कि भनेर चिन्ता लिनुपर्ने थिएन। मैले वास्तवमा मेरो प्रतिष्ठा र हैसियतको खातिर मेरी सिस्टरलाई बदनाम गरेँ। म पूर्ण रूपमा धूर्त र दुर्भावनापूर्ण रहेछु! मण्डली अगुवाको रूपमा, मैले हामी एकअर्काका सबल र कमजोर पक्षहरूलाई पूर्ति गर्न सजिलो बनाउँदै मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर सहकार्य गर्नुपर्थ्यो, र मैले आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्नुपर्थ्यो। मैले मेरा ब्रदर-सिस्टरहरूलाई प्रतिस्पर्धीको रूपमा व्यवहार गर्नु हुँदैनथ्यो। तर मैले केवल मेरो प्रतिष्ठा र हैसियतको मतलब गरेँ। म केवल आफू मात्र अरूद्वारा प्रशंसित होऊँ भन्ने चाहन्थेँ। बाहिरबाट हेर्दा, ममा मण्डलीको कामप्रति बोझको भावना भए जस्तो देखिन्थ्यो, तर ममा परमेश्‍वरको डर मान्‍ने हृदय थिएन। जब मैले माइलिन प्रतिभाशाली छिन् भन्ने देखेँ, तब म ईर्ष्यालु भएँ र उनलाई मभन्दा अगाडि बढ्न दिन अस्वीकार गरेँ। आफ्ना लक्ष्यहरू हासिल गर्न, मैले उनी आफ्नो कर्तव्यमा कठिनाइहरूको सामना गरिरहेकी छिन् भन्ने आफूलाई स्पष्ट रूपमा थाहा भए पनि, उनलाई मद्दत गर्न समेत अस्वीकार गरेँ। म आफ्नो ख्याति, प्राप्ति र हैसियत जोगाउनकै लागि मण्डलीको कामलाई हानि पुऱ्याउन तयार थिएँ। म आफूले प्रकट गरेको अहङ्कारी र दुर्भावपूर्ण स्वभावदेखि भयभीत भएँ। मैले मण्डलीको कामको ख्याल गरिनँ बरु आफ्नै दुष्कर्ममा लागेँ। यसले परमेश्‍वरलाई साँच्चै घिन लाग्यो! मैले कसरी राज्यको सुसमाचार छिटो-छिटो फैलिरहेको थियो, जताततै कति धेरै मण्डलीहरू स्थापना भइरहेका थिए, र नयाँ व्यक्तिहरूलाई मलजल गर्न र मण्डलीहरूको अगुवाइ गर्न थप मानिसहरूको तत्काल आवश्यकता थियो भन्नेबारे सोचेँ। तर मेरा विचारहरू दुष्ट थिए। मैले केवल आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन खोजेँ, र जब मैले प्रतिभाशाली मानिसहरू भेटेँ, तब मैले उनीहरूको संवर्धन नगर्नुका साथै, उनीहरूलाई आक्रमण गरेँ र पन्छाएँ। म परमेश्‍वरको विरोध गरिरहेकी थिएँ र सुसमाचारको काममा अवरोध र बाधा दिइरहेकी थिएँ। असल मानवता भएको व्यक्ति मण्डलीको काममा सहकार्य गर्न थप मानिसहरू खडा भएको देखेर खुसी हुनेथियो, र केवल ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मात्र आफूभन्दा बढी सक्षम अरूलाई देख्दा खतरा महसुस गर्छन्, र आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन अरूलाई आक्रमण गर्छन् र पन्छाउँछन्। मेरो हृदयमा परमेश्‍वरको लागि कुनै स्थान थिएन वा परमेश्‍वरको डर मान्‍ने हृदय थिएन। मैले प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिएँ। आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न, मैले माइलिनलाई मद्दत नगर्नुका साथै, उनलाई दबाउन विभिन्न जुक्तिहरू प्रयोग गरेँ, जसले उनको कर्तव्य राम्रोसँग निर्वाह गर्ने क्षमतामा असर पाऱ्यो। मैले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको स्वभाव थियो। म परमेश्‍वरको प्रतिरोध गरिरहेकी थिएँ। यदि मैले पश्चात्ताप नगरी यस्तै गरिरहेँ भने, म परमेश्‍वरद्वारा पक्कै पनि त्यागिनेथिएँ। त्यसैले मैले आफ्नो हृदय परमेश्‍वरसामु खोलेँ र क्षमा माग्दै उहाँलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरसँग म उहाँको अभिप्राय बुझ्न र अभ्यासको मार्ग भेट्टाउन सकूँ भनेर मलाई अन्तर्दृष्टि र ज्योति दिनुहोस् भन्ने अनुरोध पनि गरेँ।

पछि, मैले परमेश्‍वरका वचनको एक खण्ड पढेँ: “यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्‍नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने मण्डली अगुवाको रूपमा, मैले आफ्नो कर्तव्यमा सधैँ मण्डलीको कामलाई पहिलो स्थानमा राख्दै परमेश्‍वरको अभिप्रायको ख्याल गर्नुपर्छ। मैले राम्रो क्षमता र कार्य सामर्थ्य भएका ब्रदर-सिस्टरहरूलाई देख्दा, आफ्नै ख्याति, प्राप्ति र हैसियतका खातिर उनीहरूको ईर्ष्या गर्नु वा उनीहरूलाई पन्छाउनु हुँदैन, बरु उनीहरूलाई सिफारिस र संवर्धन गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको कर्तव्य पूरा गर्न मद्दत गर्नुपर्छ ताकि उनीहरू छिटो बढ्न सकून्। यो मेरो कर्तव्य र जिम्मेवारी थियो। मैले परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नुपर्छ, ख्याति, प्राप्ति र हैसियतका साथै ईर्ष्याको बन्धनबाट मुक्त हुनुपर्छ, मेरा आफ्नै स्वार्थलाई पन्छाउनुपर्छ, इमानदारीपूर्वक ब्रदर-सिस्टरहरूको संवर्धन गर्नुपर्छ, र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। परमेश्‍वरको अभिप्राय बुझेपछि, मैले आफ्ना अभिप्रायहरू सच्याउन थालेँ, र मैले परमेश्‍वर ईर्ष्यालाई घृणा गर्नुहुन्छ भनेर आफैलाई सम्झाइरहेँ। माइलिनसँग फेरि कामबारे छलफल गर्दा, मैले उनको कुरा सुन्न आफूलाई शान्त पारेँ, र मैले उनलाई भएका कुनै पनि कठिनाइहरूप्रति अभिरुचि राख्न र मद्दत गर्न सक्दो प्रयास गरेँ, र आफूले भोगेका यस्तै अनुभवहरूबारे सङ्गति गरेँ। म आफूले आफ्ना कामबाट सिकेका राम्रा तरिकाहरू पनि बताउँथेँ। यसरी अभ्यास गर्दा, मैले साँच्चै शान्ति महसुस गरेँ, र कामले छिट्टै राम्रो नतिजा दियो।

एक पटक, माइलिनले मलाई केही नयाँ व्यक्तिहरू अझै पनि नियमित रूपमा भेलामा उपस्थित नभएकोले आफू धेरै दुःखी भएको बताउँदै एउटा सन्देश पठाइन्। उनको सन्देश देख्दा मलाई दोषी महसुस भयो, किनभने यसले मलाई मैले उनको ईर्ष्या गर्ने गरेको समयको याद दिलायो। त्यतिबेला, जब उनी आफ्नो कर्तव्यमा कठिनाइहरूको सामना गर्थिन्, तब मैले उनलाई मद्दत नगर्नुका साथै, उनी आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ गुनासो गर्छिन् भन्दै अगुवाहरूका अगाडि उनको आलोचना समेत गरेँ। मेरो स्वार्थले उनलाई गहिरो चोट पुऱ्याएको थियो। त्यस दिनदेखि, म उनलाई प्रायः सान्त्वना र प्रोत्साहन दिन्थेँ, र म उनलाई चिन्ता नलिन आग्रह गर्थेँ साथै सक्रिय रूपमा उनीसँग काम गर्थें। मालाई अब उनको कर्तव्यका नतिजा मेराभन्दा धेरै छन् कि छैनन् वा उनी मभन्दा बढी प्रख्यात भइन् कि भएनन् भन्ने कुराको वास्ता लागेन। धेरै समय नबित्दै, माइलिन सुसमाचारको कामको सुपरिवेक्षण गर्न छानिइन्, र मसँगै, मण्डलीहरूको सुसमाचारको कामको अनुगमन गर्न जिम्मेवार हुनेभइन्। जब-जब सुसमाचारको काममा समस्या वा कठिनाइहरू हुन्थे, तब-तब हामी समाधानबारे सँगै छलफल गर्थ्यौँ र प्रायः मनदेखि नै खुलेर कुरा गर्थ्यौँ। मलाई अब उनको ईर्ष्या लाग्न छोड्यो, र हाम्रो बीचमा कुनै बाधा रहेन। त्यसबेलादेखि, मेरो हृदय हलुका भएको छ। आफ्नो अनुभवमा, मैले के महसुस गरेँ भने मैले साँच्चै प्रतिष्ठा र हैसियतको चाहना त्याग्नुपर्छ, किनभने तब मात्र मैले परमेश्‍वरका मागअनुसार आफ्ना कर्तव्य पूरा गर्न सक्छु। म अब उप्रान्त प्रतिष्ठा र हैसियतका लागि ब्रदर-सिस्टरहरूसँग प्रतिस्पर्धा गर्न चाहन्नथेँ, किनभने मलाई मैले जति धेरै प्रतिष्ठा र हैसियतको खोजी गरेँ, त्यति नै धेरै म परमेश्‍वरबाट टाढा हुनेछु भन्ने थाहा थियो। त्यसो गरेर, म केवल भ्रष्ट स्वभावमा मात्र जिउने थिएँ, र मैले मण्डलीको काम राम्रोसँग गर्न वा आफ्नो कर्तव्य पूरा गर्न सक्ने थिइनँ। त्यसपछि, जब-जब मण्डलीमा संवर्धन गर्न आवश्यक पर्ने नयाँ व्यक्तिहरू हुन्थे, तब-तब म उनीहरूलाई मद्दत गर्न सक्दो प्रयास गर्थेँ। कहिलेकाहीँ आफूले अझै पनि ईर्ष्या प्रकट गरे पनि, म आफैलाई घृणा गर्थेँ। म आफ्नो हृदयलाई शान्त पार्थेँ, र परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र म परमेश्‍वरलाई म अब उप्रान्त भ्रष्ट विचारहरूद्वारा नबाँधिऊँ भनेर मेरो हृदयको सुरक्षा गर्नुहोस् भन्ने अनुरोध गर्थेँ। यसरी प्रार्थना गरेपछि, मेरो हृदयले शान्ति पाउँथ्यो, म अब अरूको ईर्ष्या गर्दिनथेँ वा उनीहरूले मलाई उछिन्लान् कि भनेर डराउँदिनथेँ, र म केवल आफ्ना ब्रदर-सिस्टरहरूलाई मद्दत गर्न, उनीहरूसँग राम्रोसँग सहकार्य गर्न, र मेरो कर्तव्य पूरा गर्न चाहन्थेँ।

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको मार्गदर्शनले नै मलाई प्रतिभाशाली मानिसहरूप्रतिको मेरो ईर्ष्याको भ्रष्ट स्वभाव महसुस गर्न, र परमेश्‍वर म जस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ भन्ने थाहा पाउन सक्षम बनायो। म अब आफ्नो देहविरुद्ध विद्रोह गर्न र परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्न, इमानदारीपूर्वक आफ्ना ब्रदर-सिस्टरहरूलाई मद्दत र समर्थन गर्न, र मण्डलीको काम र आफ्ना ब्रदर-सिस्टरहरूलाई फाइदा पुऱ्याउने कुराहरू गर्न सक्छु। यो सबै परमेश्‍वरको मुक्ति हो।

अघिल्लो: २९. सङ्कष्टबाट अबदेखि म पछि हट्दिनँ

अर्को: ३१. बच्चा जन्माउन सक्छु कि सक्दिनँ भनेर म अब चिन्ता गर्दिनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्