३१. बच्चा जन्माउन सक्छु कि सक्दिनँ भनेर म अब चिन्ता गर्दिनँ
बिहे गरेपछि, म आफ्ना कर्तव्यहरूमा निकै व्यस्त थिएँ, त्यसैले मैले के सोचेँ भने, यदि म गर्भवती भएँ र मैले बच्चा जन्माएँ भने, मेरो दिनचर्या उसकै वरिपरि केन्द्रित हुनेछ अनि मसँग आफ्ना कर्तव्यहरू निर्वाह गर्न र परमेश्वरप्रति आफूलाई समर्पित गर्नका लागि कुनै समय वा ऊर्जा हुनेछैन, त्यसैले मैले तत्कालका लागि बच्चा नजन्माउने र आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिने निर्णय गरेँ। केही वर्षपछि, मेरा आमाबुबा बिरामी पर्नुभयो, र उहाँहरू दुवै नबितुञ्जेल म उहाँहरूको हेरचाह गर्नमै व्यस्त भएँ। उहाँहरू बित्नुभएपछि, मलाई अचानक एउटा यस्तो चिन्ताले सतायो जुन चिन्ता मलाई पहिले कहिल्यै लागेको थिएन। मैले मेरा आमाबुबा बिरामी पर्दा उहाँहरूको हेरचाह गर्न म कसरी साथमै थिएँ भन्ने कुरा सोचेँ, तर मलाई के लाग्यो भने, यदि मेरा छोराछोरी भएनन् भने मेरो बुढेसकालमा वा म बिरामी पर्दा मेरो हेरचाह गर्न को तयार होला र? तर यो विचार विरलै मात्र आउँथ्यो र यसले मेरो कर्तव्यमा खासै असर नगरेको हुनाले, मैले यसमा त्यति ध्यान दिइनँ।
केही समयपछि, मलाई अचानक महिनावारीको गम्भीर दुखाइ भयो। यो यति खराब थियो कि, यसले गर्दा मलाई बान्ता नै भयो। मलाई वर्षौँदेखि महिनावारीको दुखाइ हुन्थ्यो, तर यति साह्रो कहिल्यै दुखेको थिएन। म जाँच गर्न अस्पताल गएँ, र मलाई एडेनोमायोसिस भएको र मेरो पाठेघरमा मासु पलाएको पत्ता लाग्यो, अनि त्यो बढेर पाँच सेन्टिमिटर पुगिसकेको रहेछ। डाक्टरले यो अवस्थाको उपचार गर्न गाह्रो भएको, समय बित्दै जाँदा दुखाइ झन्-झन् बढ्दै जाने, अनि यो यति पीडादायक हुन सक्छ, जसले गर्दा मैले आत्महत्या गर्नेबारे समेत सोच्न सक्ने, र अन्ततः मैले मेरो पाठेघर नै निकाल्नुपर्ने हुन सक्छ भनेर भन्नुभयो। मेरो अहिलेसम्म बच्चा नभएको कुरा थाहा पाएपछि, डाक्टरले मलाई छिट्टै बच्चा जन्माउन जोड दिनुभयो, र त्यसपछि मलाई बच्चा जन्माउन मन नलागे पाठेघर निकाल्न सकिन्छ भनेर भन्नुभयो। त्यतिबेला मैले यस कुरामा खासै ध्यान दिइनँ, र मलाई डाक्टरले अलि बढी नै गम्भीर रूपमा कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्यो। घर फर्किएपछि, मैले इन्टरनेटमा यो रोगबारे धेरै जानकारी खोजेँ, र केही पैसा खर्च गरेर बेइजिङका एक जना विशेषज्ञसँग सल्लाह लिएँ। यो यति जटिल अवस्था होला भन्ने मैले सोचेकी थिइनँ, र साँच्चै नै यसको उपचार गर्न गाह्रो रहेछ भन्ने मैले थाहा पाएँ। कि त मैले यसलाई व्यवस्थापन गर्न र छिट्टै बिग्रन नदिन नियमित रूपमा हर्मोन लिनुपर्ने थियो, कि त मैले मेरो पाठेघर निकाल्नुपर्ने थियो। त्यसपछिका केही दिनहरूमा, मेरो अवस्था झन्-झन् बिग्रँदै गयो। मलाई एक किसिमको वर्णन गर्न नसकिने डर र उदासी महसुस भयो, र मैले मनमनै सोच्न थालेँ, “यो रोग पक्कै पनि समयसँगै झन् खराब र पीडादायक हुँदै जानेछ। यदि मैले मेरो पाठेघर निकालेँ भने, म भर्खर तीसको दशकको सुरुवातमै भए पनि मैले कहिल्यै बच्चा जन्माउन सक्दिनँ। तर अहिले, मसँग मेरा कर्तव्यहरू पनि छन्, र म हरेक दिन यति व्यस्त हुन्छु। मैले बच्चा जन्माउन र हुर्काउन समय वा ऊर्जा कसरी निकाल्ने? त्यसमाथि, प्रभु येशूले भन्नुभएको छ: ‘ती दिनहरूमा गर्भवतीहरू र दूध पिलाउने आमाहरूलाई धिक्कार छ!’ (मत्ती २४:१९)। मानिसलाई मुक्ति दिने परमेश्वरको काम समाप्त हुन लागेको छ, र महाविपत्तिहरू पनि आइसकेका छन्। यदि मैले बच्चा जन्माएको कारण सत्यता पछ्याउने र मुक्ति पाउने आफ्नो मौका गुमाएँ भने के होला? तर यदि मैले अहिले बच्चा जन्माइनँ भने, एकचोटि पाठेघर निकालेपछि मैले फेरि बच्चा जन्माउन सक्दिनँ। त्यसोभए म बुढी हुँदा मेरो हेरचाह कसले गर्ला त?” म निरन्तर हैरानी र चिन्तामा बाँचिरहेकी थिएँ, मेरो अवस्था झन्-झन् बिग्रँदै गएको कुरा र पाठेघर निकाल्नुपर्ने कुराले म पिरोलिएकी थिएँ। म सधैँ अवसादी रहन्थेँ, र मसँग आफ्ना कर्तव्यहरू निर्वाह गर्ने कुनै उत्साह थिएन। मेरो हृदय भयानक सास्तीको स्थितिमा थियो। मैले आफ्ना कठिनाइहरूबारे परमेश्वरलाई प्रार्थना गरेँ र परमेश्वरसँग खोजी गरेँ। परमेश्वरको अभिप्रायसँग मिल्ने गरी मैले कसरी अभ्यास गर्न सक्थेँ?
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “मलाई भन, के कुनै व्यक्तिलाई कुनै रोग कहिले लाग्छ, निश्चित उमेरमा उसको स्वास्थ्य स्थिति कस्तो हुन्छ, र तिनीहरूलाई कुनै ठूलो रोग वा गम्भीर रोग लाग्छ कि लाग्दैन भन्ने कुरा पहिले नै पूर्वनिर्धारित गरिएको हुँदैन र? हुन्छ, र यो निश्चित कुरा हो। परमेश्वरले तेरा लागि विभिन्न कुराहरू कसरी पूर्वनिर्धारित गर्नुहुन्छ भन्ने बारेमा हामी अहिले छलफल गर्नेछैनौँ; मानिसहरूको रूप, अनुहारको विशेषता, शरीरको आकार र उसको जन्म मिति सबैलाई स्पष्टसँग थाहा हुन्छ। ती गैरविश्वासी भविष्यवक्ता, ज्योतिषी, र ग्रह र मानिसहरूको हात पढ्न सक्ने मानिसहरूले मानिसहरूको हात, अनुहार, र जन्म मितिबाट तिनीहरूको जीवनमा कहिले विपत्ति आइपर्छ, र कहिले तिनीहरूको जीवनमा दुर्भाग्य आउँछ भन्ने कुरा बताउन सक्छन्—यी कुराहरू पहिले नै निर्धारित गरिएको हुन्छ। … निश्चित उमेरमा कसैको स्वास्थ्य स्थिति कस्तो हुनेछ र उसलाई ठूलो रोग लाग्छ कि लाग्दैन भन्ने जस्ता सबै कुरा परमेश्वरले नै तय गर्नुभएको हुन्छ। गैरविश्वासीहरूले परमेश्वरमा विश्वास गर्दैनन् र तिनीहरू हात, जन्म मिति, र अनुहार हेराएर यी कुराहरू पत्ता लगाउनका लागि कुनै व्यक्तिकहाँ जान्छन्, र तिनीहरूले यी कुराहरूमा विश्वास गर्छन्। तँ परमेश्वरमा विश्वास गर्छस् र प्रायजसो प्रवचनहरू सुन्छस् र सत्यतामा सङ्गति गर्छस्, त्यसकारण यदि तँ यसमा विश्वास गर्दैनस् भने, तँ अविश्वासीबाहेक केही पनि होइनस्। यदि तँ साँच्चै सबै कुरा परमेश्वरको हातमा छ भन्ने विश्वास गर्छस् भने, तैँले यी सबै कुराहरू—चाहे त्यो गम्भीर रोग, ठूलो रोग, सानो रोग होस्, वा व्यक्तिको शारीरिक अवस्था जस्तोसुकै होस्—परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत पर्छन्, र गम्भीर रोग लाग्नु र निश्चित उमेरमा व्यक्तिको स्वास्थ्य कस्तो हुन्छ भन्ने कुरा संयोगले हुने कुराहरू होइनन् भनेर विश्वास गर्नुपर्छ। यो एक प्रकारको सकारात्मक र सही बुझाइ हुनु हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरू पढेर, मैले के बुझेँ भने मानिसको जन्म, बुढेसकाल, बिमारी, र मृत्यु सबै परमेश्वरले नै पूर्व-निर्धारण गर्नुभएको हुन्छ। मानिसले आफ्नो जीवनकालमा कति दुःख भोग्छ, कस्तो रोग र सास्तीको सामना गर्छ, अनि कति आशिष्को आनन्द लिन्छ, ती सबै परमेश्वरद्वारा नै पूर्व-निर्धारित हुन्छन्, र यसबाट कोही पनि उम्कन सक्दैन। मलाई सधैँ मेरो रोग झन् बिग्रने हो कि, दुखाइ असह्य भएर मैले पाठेघर नै निकाल्नुपर्ने पो हो कि, र भविष्यमा मेरा छोराछोरी भएनन् भने मैले कस्तो कष्ट भोग्नुपर्ला भन्ने चिन्ता लागिरहन्थ्यो। वास्तवमा, यी सबै चिन्ताहरू अनावश्यक थिए। यदि मैले साँच्चै आफ्नो पाठेघर निकाल्नुपर्ने भयो र मेरा छोराछोरी भएनन् भने, यो मेरो नियति हुनेथियो। यो मेरो चिन्ता र हैरानीले समाधान गर्न सकिने कुरा थिएन। मेरो अवस्था कस्तो थियो र मेरो भविष्य कस्तो हुनेछ—यो सबै परमेश्वरको हातमा छ। मैले यसको शान्तिपूर्वक सामना गर्नुपर्छ र म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। त्यसमाथि, मेरो रोगले मेरो ज्यान नै जाने खतरा थिएन, त्यसैले मैले यसको बारेमा हैरान र चिन्तित भएर आफ्ना दिनहरू बिताउनु हुँदैनथियो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता पछ्याउनु, यस परिस्थितिमा परमेश्वरको अभिप्राय खोज्नु र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सिक्नु थियो। यसबारे सोच्दा मेरो हैरानी केही मात्रामा कम भयो। तर कहिलेकाहीँ म अझै सोच्थेँ, “यदि मैले बच्चा जन्माउने क्षमता गुमाएँ र मेरा कुनै छोराछोरी भएनन् भने नि? अनि म बुढी भएपछि वा बिरामी पर्दा मैले के गर्ने? के मैले अहिले नै बच्चा जन्माउनुपर्छ त? तर के बच्चा जन्माउँदा यसले सत्यता पछ्याउने र मुक्ति पाउने कुरामा असर गर्छ र?”
एकदिन, मैले परमेश्वरका वचनहरू पढेँ: “विवाहको सन्दर्भमा, तैँले आफूले त्याग्नुपर्ने बोझहरू त्याग्नुपर्छ। अविवाहित रहन रोज्नु तेरो स्वतन्त्रता हो, वैवाहिक जीवनमा प्रवेश गर्न रोज्नु पनि तेरो स्वतन्त्रता हो, र थुप्रै सन्तान जन्माउन रोज्नु पनि तेरो स्वतन्त्रता नै हो। तेरो रोजाइ जे भए पनि, त्यो तेरो स्वतन्त्रताको कुरा हो। एकातिर, वैवाहिक जीवनमा प्रवेश गर्नुको अर्थ यो होइन कि तैँले यसरी आमाबुबाको मायाको ऋण तिरेको छस् वा आफ्नो सन्तानीय कर्तव्य पूरा गरेको छस्; अविवाहित रहने निर्णय गर्नुको अर्थ पनि अवश्यै यो होइन कि तैँले तेरा आमाबुबाको अवज्ञा गरिरहेको छस्। अर्कोतिर, वैवाहिक जीवनमा प्रवेश गर्न वा थुप्रै सन्तान जन्माउन रोज्नु पनि न त परमेश्वरको आज्ञापालन नगर्नु नै हो न त उहाँविरुद्ध विद्रोह गर्नु नै हो। यसको लागि तेरो निन्दा गरिनेछैन। अविवाहित रहन रोजेकै कारण परमेश्वरले तँलाई अन्त्यमा मुक्ति प्रदान गर्नुहुने पनि होइन। छोटकरीमा भन्नुपर्दा, तँ अविवाहित भए पनि, वा तँसित धेरै सन्तान भए पनि, तैँले अन्त्यमा मुक्ति पाउन सक्नेछस् कि छैनस् भन्ने कुरा परमेश्वरले यी पक्षहरूको आधारमा निर्धारण गर्नुहुनेछैन। परमेश्वरले तेरो वैवाहिक पृष्ठभूमि वा वैवाहिक स्थिति हेर्नुहुन्न; उहाँले त तँ सत्यता पछ्याइरहेको छस् छैनस्, कर्तव्यपालनप्रति तेरो मनोवृत्ति कस्तो छ, तैँले कति सत्यता स्विकारेको र समर्पित भएको छस्, र तँ सत्यता सिद्धान्तअनुसार कार्य गर्छस् गर्दैनस् भन्ने कुरा मात्र हेर्नुहुन्छ। अन्त्यमा, परमेश्वरले तेरो वैवाहिक स्थितिलाई पनि एकातिर पन्छाउनुहुनेछ, र तैँले मुक्ति प्राप्त गर्नेछस् कि छैनस् भन्ने कुरा निर्धारण गर्न तैँले रोजेको जीवन मार्ग, तेरा जिउने सिद्धान्तहरू, र जीवित रहन तैँले प्रयोग गर्ने नियमहरू जाँच्नुहुनेछ। … वैवाहिक जीवनमा प्रवेश गरेपछि, तैँले कति सन्तान जन्माउनेछस् भन्ने सन्दर्भमा, यो परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा हो, तर तेरो वास्तविक परिस्थिति र पछ्याइको आधारमा तँ आफैले पनि विकल्पहरू रोज्न सक्छस्। परमेश्वरले तँमाथि कुनै नियमहरू थोपर्नुहुनेछैन। मानौँ, तँ लखपति, करोडपति वा अरबपति होस्, र तैँले यसो भन्छस्, ‘मेरो लागि आठ-दस जना सन्तान हुनु समस्याको कुरा होइन। धेरै छोराछोरी भएर मेरो कर्तव्यपालन गर्ने ऊर्जामा कमी आउनेछैन।’ यदि तँ उक्त झन्झटदेखि डराउँदैनस् भने, छोराछोरी जन्मा; परमेश्वरले तेरो निन्दा गर्नुहुनेछैन। विवाहबारेको तेरो मनोवृत्तिको कारण परमेश्वरले तेरो मुक्तिबारे उहाँको मनोवृत्ति बदल्नुहुनेछैन। वास्तविकता यही हो। कुरो प्रस्ट भयो? (हजुर।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनहरू पढेर नै मैले अचानक के बुझेँ भने विवाह गर्ने र बच्चा जन्माउने कुरा परमेश्वरले मानिसहरूलाई दिनुभएको स्वतन्त्रता हो। मानिसहरूले विवाह गरेकै वा बच्चा जन्माएकै भरमा चाहिँ परमेश्वरले तिनीहरूलाई दोषी ठहराउनुहुन्न। मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भनेर परमेश्वरले मुख्यतया आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति, र तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् अनि तिनीहरू सत्यताप्रति समर्पित हुन्छन् कि हुँदैनन् भन्ने आधारमा मूल्याङ्कन गर्नुहुन्छ। यदि कुनै व्यक्तिले विवाह गर्दैन वा बच्चा जन्माउँदैन भने पनि, उसले सत्यता पछ्याउँदैन र आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेको छैन भने, अन्ततः उसले मुक्ति पाउन सक्दैन। वास्तविकता के हो भने, परमेश्वरले मानिसका देखिने त्याग वा कार्यहरूलाई हेर्नुहुन्न। मानिसहरूले बच्चा जन्माउने अथवा अविवाहित नै रहने छनौट गर्न सक्छन्, र यस विषयमा तिनीहरूले जस्तोसुकै छनौट गरे पनि, परमेश्वरले तिनीहरूलाई दोषी ठहराउनुहुन्न। यो तिनीहरूको स्वतन्त्रता र अधिकार हो। तैपनि, यस्ता कुराहरू व्यक्तिको खास स्थितिमा आधारित हुनुपर्छ। यदि विवाह गर्दा र बच्चा जन्माउँदा सत्यता पछ्याउने कुरामा र कर्तव्यमा असर पर्छ भने, तिनीहरूले यी कुराहरूलाई पन्छाएर आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्छ। अहिले मानिसलाई मुक्ति दिने परमेश्वरको कामको महत्त्वपूर्ण घडी हो, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेर र सत्यता पछ्याएर मात्र मसँग मुक्ति पाउने मौका छ। यदि मैले भविष्यमा मेरो हेरचाह होस् भनेर मात्र बच्चा जन्माएँ, र बच्चा हुर्काउन आफ्नो सारा ऊर्जा खर्च गरेँ भने, यसले सत्यता पछ्याउने कार्यमा र आफ्नो कर्तव्य दुवैमा असर गर्नेछ। बच्चा जन्माउनु परमेश्वरले दिनुभएको स्वतन्त्रता र अधिकार हो, तर मैले कुन कुरा बढी महत्त्वपूर्ण छ भनेर छुट्याउनुपर्थ्यो, र अहिलेका लागि, सत्यता पछ्याउनु र प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जब मैले यसबारे सोचेँ, तब मेरो हृदयमा स्वतन्त्रताको महसुस भयो, र मैले विवाह र बच्चा जन्माउने यस विषयलाई कसरी लिने भन्ने कुरा थाहा पाएँ।
जब म समर्पित हुन तयार भएँ, तब एकदिन अचानक मेरी एक जना आफन्तले मलाई सम्पर्क गरिन् र शरीरको निःशुल्क स्याहार दिने एउटा ठाउँ छ भनेर भनिन्, अनि उनले मलाई त्यहाँ जाने हो कि भनेर सोधिन्। संयोगवश त्यतिबेला म आफ्नो कर्तव्यमा त्यति व्यस्त थिइनँ, त्यसैले मैले त्यहाँ गएर हेर्ने निर्णय गरेँ। केही महिनापछि, मेरो अवस्थामा अप्रत्याशित रूपमा सुधार आयो। म अस्पतालमा जाँच गर्न गएँ, र रिपोर्टमा फाइब्रोइड खुम्चिएर तीन सेन्टिमिटर भएको देखियो। मैले एक पैसा पनि खर्च नगरी मेरो अवस्थामा सुधार आउला भनेर कहिल्यै सोचेकी थिइनँ। मैले हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिएँ। जब म शरीरको स्याहार लिन गइरहेकी थिएँ, तब त्यहाँ मैले धेरैजसो वृद्ध पुरुष र महिलाहरू देखेँ, र मैले उनीहरूलाई उनीहरूको हेरचाह गर्ने छोराछोरी छन् कि छैनन् भनेर सोधेँ। कतिपय मानिसहरूले त आफ्ना छोराछोरीले हेरचाह नगर्ने मात्र होइन, आफ्नै पेन्सनले उनीहरूलाई पाल्नुपर्ने बाध्यता छ भनेर भने। झण्डै सत्तरी वर्ष पुगिसकेका कतिपय मानिसहरूले अझै पनि आफ्ना नातिनातिनाको हेरचाह गर्नुपर्ने, उनीहरूलाई स्कुल पुर्याउने र ल्याउने गर्नुपर्ने रहेछ। आफ्ना छोराछोरीले गनगन गर्लान् भन्ने डरले उनीहरू बिरामी पर्न डराउँदा रहेछन्, त्यसैले उनीहरू बारम्बार स्याहारका लागि आउँदा रहेछन्। मैले अचानक के महसुस गरेँ भने छोराछोरी हुँदैमा उनीहरूले हेरचाह गर्छन् नै भन्ने हुँदैन, र वास्तवमा, जब मानिस बुढो हुन्छ, तब उसले आफ्ना छोराछोरी र नातिनातिनाको पो हेरचाह गर्नुपर्ने हुन सक्छ। यसले गहन रूपमा मेरो मन छोयो।
एकदिन, मैले परमेश्वरका अरू वचनहरू पढेँ: “आमाबुबाले छोराछोरीलाई किन हुर्काउँछन्? यो तिनीहरूले तँलाई बुढेसकालमा हेरचाह गरून् र तँ बितेपछि तेरो उचित अन्येष्टि गरून् भन्नका लागि होइन, बरु परमेश्वरले तँलाई दिनुभएको जिम्मेवारी र दायित्व पूरा गर्नका लागि हो। एउटा पक्ष के हो भने, छोराछोरी हुर्काउनु भनेको मानवको नैसर्गिक प्रवृत्ति हो, र अर्को पक्ष भनेको यो एउटा मानव जिम्मेवारी हो। तैँले नैसर्गिक प्रवृत्ति र जिम्मेवारीका कारण छोराछोरी जन्माइस्, बुढेसकालको तयारीको लागि र बुढेसकाल लागेपछि हेरचाह गरियोस् भनेर होइन। के यो दृष्टिकोण सही होइन र? (हो।) के छोराछोरी नभएका मानिसहरू बुढेसकालमा दुःखित नै हुन्छन् भन्ने हुन्छ? हुन्छन् नै भन्ने छैन, हैन र? छोराछोरीबिनाका मानिसहरू पनि बुढेसकालसम्म बाँच्न सक्छन्, र कतिपय स्वस्थ पनि हुन्छन्, आफ्ना पछिल्ला वर्षहरूमा रमाउँछन्, र शान्तिपूर्वक मरण अँगाल्छन्। के छोराछोरी भएका मानिसहरू आफ्ना पछिल्ला वर्षहरूमा निश्चित रूपमा खुसी र स्वस्थ भई रमाउन सक्छन्? (सक्छन् नै भन्ने छैन।) त्यसकारण, बुढेसकालमा आमाबुबाको स्वास्थ्य, खुसी, जियाइ अवस्था, जीवनको गुणस्तर, र शारीरिक स्थिति वास्तवमा तिनीहरूका छोराछोरीले आफ्नो धर्म निभाउँछन् कि निभाउँदैनन् भन्ने कुरासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुँदैन, बरु परमेश्वरको पूर्वनियोजन र उहाँले तिनीहरूका लागि खडा गर्नुहुने जियाइ वातावरणसँग सम्बन्धित हुन्छ। छोराछोरीहरू आफ्ना आमाबुबाको पछिल्ला वर्षहरूको जियाइ अवस्थाको जिम्मेवारी बोक्न बाध्य हुँदैनन्। के यो साँचो होइन र? (हो।) … तैँले आफ्नो जीवन र अस्तित्वको लागि सकेसम्म आफै जिम्मेवारी र बोझ वहन गर्नुपर्छ, र तैँले त्यो अरूमा, विशेषगरी छोराछोरीको काँधमा, सार्नु हुँदैन। तैँले जीवनलाई आफ्ना छोराछोरीको साथ वा सहयोगविना सक्रिय र सही ढङ्गले सामना गर्नुपर्छ, र तँ तेरा छोराछोरीदेखि अलग भए पनि, तैँले जीवनमा आइपर्ने जुनसुकै कुरालाई आफैले सामना गर्न सक्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। “आमाबुबा र तिनीहरूका छोराछोरीबीच कति गहिरो सम्बन्ध छ, तिनीहरूले आफ्ना छोराछोरीबाट बदलामा के-कति पाउन सक्छन्, तिनीहरू बुढेसकालमा आफ्नो हेरचाहका लागि आफ्ना छोराछोरीमा भर पर्न सक्छन् कि सक्दैनन्—सरल भाषामा भन्दा, यो सबै परमेश्वरद्वारा पूर्वनिर्धारित र पूर्वनियोजित हुन्छ। मानिसहरूले आफ्नो दिमागमा चाहेजस्तै सबै कुरा भइदिन्छ भन्ने हुँदैन। अवश्य पनि, सबैले धेरै राम्रा कल्पनाहरू गर्छन् र आफ्ना छोराछोरीबाट केही फाइदाहरू प्राप्त गर्न चाहन्छन्। तर तैँले तेरो नियतिमा त्यो लेखिएको छ कि छैन भनेर किन कहिल्यै ख्याल गरिनस्? तँ र तेरा छोराछोरीबीचको सम्बन्ध कति लामो समयसम्म टिक्ला भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। तैँले यो जीवनमा गर्ने हरेक कामको तेरा छोराछोरीसँग कुनै सम्बन्ध हुनेछ कि हुनेछैन, तैँले कुनै ठूलो घटनाको अनुभव गर्दा तेरा छोराछोरी संलग्न हुनेछन् कि हुनेछैनन्—यी सबै कुरा परमेश्वरको पूर्वनियोजनमा निर्भर हुन्छन्। परमेश्वरको पूर्वनियोजनविना, तैँले जतिसुकै कडा परिश्रम गरे पनि, त्यो काम लाग्नेछैन। जब तैँले आफ्ना छोराछोरीलाई हुर्काएर वयस्क बनाएको हुन्छस्, तब तेरो जिम्मेवारी पूरा भएको हुनेछ, र तेरा छोराछोरीहरूले समय आएपछि स्वाभाविक रूपमा छाडेर जानेछन्। यो मानिसहरूले छर्लङ्गै देख्नुपर्ने कुरा हो। यदि तैँले यो मामिला छर्लङ्गै देख्न सकिनस् भने, तँसँग सधैँ व्यक्तिगत चाहनाहरू हुनेछन्, र सधैँ व्यक्तिगत मागहरू हुनेछन्, र तैँले आफ्ना लक्ष्यहरू हासिल गर्न विभिन्न प्रकारका सोच र दृष्टिकोणहरूलाई स्वीकार गर्नेछस्। अन्तमा के हुनेछ? तँ आफ्नो मृत्युशय्यामा मात्रै ब्युँझनेछस्, र तैँले आफ्नो जीवनकालमा धेरै मूर्खतापूर्ण कामहरू गरेको, र तैँले केवल धारणा र कल्पनाहरूअनुसार काम गरेको, र तँ ज्यादै मूर्ख र अज्ञानी भएको महसुस गर्नेछस्; यो वास्तविक अवस्था वा परमेश्वरका पूर्वनियोजनहरूसँग पटक्कै मिल्दैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने बच्चा जन्माउनु मानवको प्राकृतिक स्वभाव हो र यो एउटा जिम्मेवारी पनि हो, अनि मानिसले बुढेसकालमा आफ्नो हेरचाहका लागि छोराछोरीको भर पर्नु हुँदैन। मानिसको पछिल्लो जीवन कस्तो हुनेछ, त्यसमा धेरै दुःख हुन्छ कि धेरै स्वास्थ्य र खुसी हुन्छ भन्ने कुरा छोराछोरी छन् कि छैनन् भन्ने कुराले होइन, तर परमेश्वरको पुर्वनियोजनले तय गर्छ। मानिसहरूले आफ्नो क्षमताअनुसार आफ्नो बुढेसकालको जिम्मेवारी लिनुपर्छ, स्वतन्त्र रूपमा जीवनका चुनौतीहरूको सामना गर्नुपर्छ, र यी कुराहरूका लागि आफ्ना छोराछोरीमा निर्भर हुनु हुँदैन। आफैँलाई फर्केर हेर्दा, मैले के महसुस गरेँ भने म मेरो अवस्था गम्भीर भयो र मेरो पाठेघर निकाल्नुपर्यो भने मैले बच्चा जन्माउन सक्दिनँ भनेर चिन्ता लिन्थेँ। म बुढी हुँदा वा बिरामी पर्दा मेरो हेरचाह कसले गर्ला भनेर पनि चिन्तित हुन्थेँ। त्यसैले म चिन्ता र हैरानीको स्थितिमा बाँचिरहेकी थिएँ। मैले “बुढेसकालमा हेरचाह पाउनका लागि छोराछोरी हुर्काउनु” भन्ने परम्परागत विचारलाई समातेकी थिएँ, जसअनुसार मैले बच्चा जन्माउनुको उद्देश्य मेरो बुढेसकालमा स्थिरतालाई सुनिश्चित गर्नु भन्ने, र म बुढी हुँदा मेरो हेरचाह गर्न कोही होस् भन्ने हुन्थ्यो। मेरो ध्यान मेरै फाइदामा मात्र केन्द्रित थियो, जुन उनीहरूसँग माग गर्ने उद्देश्यमा केन्द्रित थियो। यो पूर्ण रूपमा स्वार्थी दृष्टिकोण थियो। त्यसबाहेक, सबैको बुढेसकाल कसरी बित्छ भन्ने कुरा परमेश्वरद्वारा नै पुर्वनियोजन भइसकेको हुन्छ, र छोराछोरी छन् कि छैनन् भन्ने कुरासँग यसको कुनै सरोकार हुँदैन। कतिपय वृद्ध मानिसहरू स्वस्थ हुन्छन् र उनीहरूको पेन्सन हुन्छ, तर उनीहरूका छोराछोरी ऋणको बोझमा हुन्छन्, त्यसैले उनीहरूलाई छोराछोरीको हेरचाहको आवश्यकता पर्दैन, बरु, उनीहरूले नै खासमा छोराछोरीलाई पाल्न मदत गर्छन्। कतिपय मानिसहरूका हकमा, उनीहरू बुढो भएपछि र बिरामी पर्दा, उनीहरूका छोराछोरीमा मानवता हुँदैन र उनीहरूको हेरचाह गर्न चाहँदैनन्, अनि जब तिनीहरू बिरामी पर्छन्, तब अन्य आफन्तहरूले उनीहरूको हेरचाह गर्न मदत गर्छन्। मैले छोराछोरी हुँदैमा सुरक्षाको ग्यारेन्टी हुँदैन भन्ने कुरा देखेँ। कसैको बुढेसकाल कसरी बित्छ, र उसका छोराछोरीले उसलाई साथ दिन्छन् कि दिँदैनन् वा उसको हेरचाह गर्छन् कि गर्दैनन् भन्ने कुरा सबै परमेश्वरको पुर्वनियोजनमा निर्भर हुन्छ। मेरा श्रीमान् अन्यत्रै काम गर्नुहुने, र मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको कुरा सम्झँदा, मेरो हेरचाह गर्न कोही साथमा नभए पनि, मैले बिरामी र समस्यामा पर्दा परमेश्वरमा भर पर्न सिकेँ। मेरा कठिनाइहरूमा मलाई मार्गदर्शन गर्ने परमेश्वरका वचनहरू नै थिए। मेरो स्वास्थ्यमा धेरै सुधार आयो। यो सबै परमेश्वरको अनुग्रह र कृपा थियो। यदि भविष्यमा मेरा छोराछोरी भएनन् भने पनि, म परमेश्वरमा भर परेर राम्ररी जिउन सक्छु। तर भविष्यमा मेरो हेरचाह गर्ने छोराछोरी भएनन् भने मैले के गर्ने भनेर म सधैँ चिन्ता गर्थेँ, जसले गर्दा म हैरानी र चिन्तामा बाँच्थेँ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफूलाई उत्प्रेरित गर्न समेत सकेकी थिइनँ। के मैले आफैँलाई यो पीडा मात्र दिइरहेकी र परमेश्वरको सार्वभौमिकतामाथि विश्वास नगरेकी होइन र? मैले परमेश्वरमा विश्वास गर्थेँ तर उहाँमा भरोसा गर्दिनथेँ वा उहाँको सार्वभौमिकतालाई बुझ्दिनथेँ। म शैतानको परम्परागत संस्कृतिअनुसार बाँचिरहेकी थिएँ। के मेरा विचारहरू अविश्वासीहरूका जस्तै थिएनन् र? यी कुराहरू बुझेपछि, मैले राहत महसुस गरेँ। मैले भविष्यको चिन्ता लिनु हुँदैन, र मैले आफूलाई परमेश्वरको हातमा सुम्पनुपर्छ। मेरो बुढेसकाल जस्तोसुकै भए पनि, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनेछु। परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्नु र मुक्ति पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र सबैभन्दा यथार्थपरक कुरा पनि हो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “यदि तैँले आफ्नो जीवनका उत्तम वर्षहरू राम्रो जागिर भेट्टाउने वा जोडी खोज्ने बारेमा सोच्दै बिताउँछस्, र परमेश्वरमा विश्वास गर्दा दैहिक जीवनको आनन्द लिने अर्थात् दुवै काम एकैसाथ गर्ने आशा गर्छस् भने, केही वर्षपछि तैँले जोडी पनि भेट्टाउलास्, विवाह पनि गर्लास्, बच्चा पनि जन्माउलास् अनि घर र करियर पनि बनाउलास्, तर तैँले ती सबै वर्षहरूमा परमेश्वरमा विश्वास गरेर केही पनि प्राप्त गरेको हुनेछैनस्, तैँले कुनै सत्य प्राप्त गरेको हुनेछैनस्, तैँले तेरो हृदय खाली भएको महसुस गर्नेछस् र तेरा उत्तम वर्षहरू त्यसै बितेर गएका हुनेछन्। जब तैँले चालिस वर्षको उमेरमा पछाडि फर्केर हेर्नेछस्, तँसँग परिवार पनि हुनेछ, तेरा बच्चाहरू पनि हुनेछन् र तँ एक्लो पनि हुनेछैनस्, तर तैँले तेरो परिवारको भरणपोषण गर्नुपर्नेछ। अनि यो एक यस्तो जन्जिर हो जसबाट तँ मुक्त हुनै सक्दैनस्। यदि तँ आफ्नो कर्तव्य निभाउन चाहन्छस् नै भने पनि तैँले तेरो परिवारको जन्जिरमा बाँधिएर कर्तव्य निभाउनुपर्नेछ। तेरो हृदय जतिसुकै ठूलो भए तापनि तैँले दुवै कुरालाई ध्यान दिन सक्दैनस्—तँ परमेश्वरलाई पूर्ण हृदयले पछ्याउन र राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्षम हुनेछैनस्। परिवार र सांसारिक कुराहरू त्याग्ने धेरै मानिसहरू छन्, तर परमेश्वरलाई केही वर्ष विश्वास गरेपछि तिनीहरूले अझ पनि केवल ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन्। तिनीहरूले कुनै सत्य प्राप्त गरेका छैनन् र तिनीहरूसँग कुनै वास्तविक अनुभव गवाही छैन। यो त तिनीहरूले आफ्नो समय बरबाद गर्नुसरह हो। अहिले, जब तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, तिनीहरूले सत्यको एउटा सानो अंश पनि बुझ्दैनन् र जब तिनीहरूलाई केही हुन्छ, तिनीहरू यसलाई कसरी अनुभव गर्ने भन्ने नै जान्दैनन्—यसैले तिनीहरू रुन थाल्छन् र ठूलो पश्चात्तापले भरिन्छन्। जब तिनीहरूले सुरुको कुरा सोच्न थाल्छन्, सबै जवान मानिसहरू सँगै मण्डली जीवन बिताउँदै बसेको, आफ्ना कर्तव्यहरू पूरा गरेको, सँगै भजनहरू गाएको र सँगै परमेश्वरको प्रशंसा गरेको कुरा सोच्न थाल्छन्, तब तिनीहरूले ती दिनहरू कति असल थिए र आफू त्यो समयमा फर्कन पाए पनि हुन्थ्यो नि भनेर सोच्छन्। तर दुर्भाग्य, यस संसारमा पश्चात्तापको कुनै उपचार नै छैन। चाहँदैमा कसैले पनि समयलाई फर्काउन सक्दैन। सुरुको समयमा फर्केर जाने र जीवनलाई पुनः जिउने कुनै उपाय नै छैन। यसैले, एउटा मौका आएर गइसकेपछि, त्यो फर्केर आउनेवाला छैन। एक व्यक्तिको आयु केही दशक लामो मात्र हुन्छ, त्यसैले यदि तैँले सत्यता पछ्याउने यो सर्वोत्तम समय गुमाइस् भने, तैँले पछुतो गर्नु बेकार हुनेछ। … अहिले, तिमीहरू यस महान् क्षणका लागि ठीक समयमा आइपुगेका छौ—परमेश्वरले आखिरी दिनहरूमा न्यायको काम गरिरहनुभएको छ। मानिसहरूका निम्ति परमेश्वरद्वारा मुक्ति दिइने र उहाँद्वारा सिद्ध पारिने यो एकमात्र अवसर हो। परमेश्वरको राज्यको सुसमाचार फैलाउने यस महत्त्वपूर्ण क्षणमा तिमीहरू सबैले आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छौ। यो साँच्चै परमेश्वरले गर्नुभएको तिमीहरूको असाधारण उत्थान हो। तैँले जुनसुकै क्षेत्रको अध्ययन गरेको भए तापनि वा तँसँग जुनसुकै क्षेत्रको ज्ञान भए तापनि वा तँमा जुनसुकै वरदान वा विशेषज्ञता भए तापनि, यस्ता जुनसुकै अवस्थामा परमेश्वरले उहाँको घरमा कर्तव्य पूरा गर्नका निम्ति यो विशेषज्ञता प्रयोग गर्ने अनुमति दिँदै तँलाई अनुग्रह देखाउँदै हुनुहुन्छ। यो मौका प्राप्त गर्न एकदम गाह्रो हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। आखिरी दिनहरूमा मानवका लागि परमेश्वरले दिनुहुने मुक्ति नै अन्तिम अवसर हो। दोस्रो वा तेस्रो मौका हुनेछैन। विशेषगरी अहिले मानिसहरूलाई मुक्ति दिन र सिद्ध पार्न परमेश्वरले सत्यता व्यक्त गरिरहनुभएको यो महत्त्वपूर्ण समय हो। मैले आफ्नो जीवनको यस्तो राम्रो उमेरमा आखिरी दिनहरूको परमेश्वरको कामलाई स्वीकार गर्न सक्नु, कुनै बोझ वा झमेलाविना पूर्ण रूपमा आफ्ना कर्तव्यहरूमा समर्पित हुन सक्नु, अनि आफ्ना कर्तव्यहरू निर्वाह गर्दै सत्यता पछ्याउन र स्वभावमा परिवर्तन ल्याउन सक्नु साँच्चै परमेश्वरको अनुग्रह हो। मैले आफ्नो सबैभन्दा राम्रो समय र ऊर्जा सुसमाचार प्रचार गर्न अनि सत्यता र मुक्ति पछ्याउनमा समर्पित गर्नुपर्छ। यदि मैले बच्चा जन्माएँ भने, मेरा आमाबुबा बितिसक्नुभएको हुनाले, र मेरा सासू-ससुरा र श्रीमान्ले परमेश्वरमा विश्वास नगर्नुहुने हुनाले, बच्चाको हेरचाह गर्न मलाई सघाउने कोही हुनेछैन, र मैले आफैँ बच्चाको हेरचाह गर्नुपर्नेछ। मेरा विचारहरू बच्चाकै वरिपरि केन्द्रित हुनेछन्, र यसले ममाथि थप बोझ र झमेला थप्नेछ। सत्यता पछ्याउन वा आफ्ना कर्तव्यहरू निर्वाह गर्नका लागि मसँग एकदमै थोरै समय वा ऊर्जा हुनेछ। यदि मैले बच्चा जन्माउनमा आफ्नो सबैभन्दा राम्रो समय र ऊर्जा खर्च गरेँ भने, मलाई सिद्ध पार्ने परमेश्वरको यो उत्तम अवसर मैले गुमाउनेछु। अन्ततः मैले न त सत्यता प्राप्त गर्न सक्नेछु न त मेरा कर्तव्यहरू राम्ररी पूरा गर्न सक्नेछु, मैले मुक्ति पाउने मेरो मौका गुमाउनेछु, र त्यतिबेलासम्म पछुताउनका लागि धेरै ढिला भइसकेको हुनेछ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र त्यसले मेरो हृदयलाई गहन रूपमा छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिले आफ्नो जीवनमा सबभन्दा सार्थक काम के गर्न सक्छ भनेर गैरविश्वासीहरूले बुझ्दैनन्, तर तिमीहरू यसबारे केही बुझ्छौ, हैन र? (हो।) परमेश्वरको आज्ञा स्विकार्नु र आफ्नो मिसन पूरा गर्नु—सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। तिमीहरूले अहिले निर्वाह गरिरहेका कर्तव्यहरू मूल्यवान् छन्! तैँले अहिले नै नतिजाहरू नदेख्न सक्छस्, र अहिले नै त्यसबाट राम्रा प्रभावहरू प्राप्त नगर्न सक्छस्, तर त्यसले फल दिन धेरै समय लाग्नेछैन। दीर्घकालमा, यदि यो कार्य राम्रोसँग गरेमा यसले मानवजातिप्रति पुर्याउने योगदान पैसाले मापन गर्न असम्भव हुनेछ। यस्ता साँचा गवाहीहरू अरू कुनै पनि कुराभन्दा धेरै अमूल्य र मूल्यवान् हुन्छन्, र अनन्तकालसम्म रहिरहनेछन्। यी कुराहरू परमेश्वरलाई पछ्याउने हरेक व्यक्तिका असल कर्महरू हुन् र ती याद गर्न लायक योग्य हुन्छन्। परमेश्वरमा विश्वास गर्नु र सत्यता पछ्याउनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबाहेक, व्यक्तिले जीवनमा गर्ने अरू सबै कुरा खोक्रो हुन्छ र सम्झन लायक हुँदैन। यदि तैँले पृथ्वी हल्लाउने आँटी कार्य पूरा गरेको भए पनि, अन्तरिक्ष र चन्द्रमाको यात्रा गरेको भए पनि, त्यो व्यर्थ हो; यदि तैँले मानवजातिलाई केही फाइदा वा मद्दत पुऱ्याउने वैज्ञानिक प्रगतिहरू गरेको भए पनि, त्यो व्यर्थ हो। यो सब बितेर जानेछ। बितेर नजाने एउटै कुरा के हो? (परमेश्वरको वचन।) केवल परमेश्वरको वचन, केवल परमेश्वरका गवाहीहरू, सृष्टिकर्ताको गवाही दिने सबै गवाही र काम, र मानिसहरूका असल कार्यहरू मात्रै बितेर जानेछैनन्। यी कुराहरू सदासर्वदा रहनेछन्, र ती एकदमै मूल्यवान् छन्। त्यसैले, आफूले सक्दो प्रयास गर र आफ्ना क्षमताहरूको पूर्ण उपयोग गर। कुनै पनि मानिस, घटना, वा कामकुराहरूद्वारा नबाँधिओ; इमानदारीपूर्वक परमेश्वरका लागि आफूलाई समर्पित गर, र आफ्नो कर्तव्य निर्वाहमा आफ्नो सम्पूर्ण ऊर्जा लगाओ र रगत-पसिना बगाओ। परमेश्वरले सबभन्दा धेरै आशिष् दिनुहुने कुरा नै यही हो र यसको लागि त जुनसुकै मात्राको कष्ट पनि सार्थक नै हुन्छ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सृजित प्राणीको कर्तव्य राम्रोसित निर्वाह गर्दा मात्र जिउनुको मूल्य हुन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु, राज्यको सुसमाचार विस्तारका लागि आफ्नो सामर्थ्य अर्पण गर्नु, र अझै धेरै मानिसहरूलाई परमेश्वरको सामु ल्याउनु नै सबैभन्दा सम्मानजनक र परमेश्वरको अनुमोदन सबैभन्दा धेरै पाउने कुराहरू हुन्। लेखन-पठनको कर्तव्य निर्वाह गर्न पाउनु, र मानिसहरूमा परमेश्वरको कामले ल्याएका परिणामहरूको गवाही दिन थप राम्रा अनुभवात्मक गवाहीका लेखहरू छनौट गरी, अझै धेरै मानिसहरूलाई परमेश्वरलाई चिन्न र उहाँको सामु फर्कन मदत गर्नु भनेको परमेश्वरको गवाही दिनु हो। यो परमेश्वरले अनुमोदन गर्नुहुने कुरा हो, र यसका लागि मैले जतिसुकै कष्ट भोगे पनि त्यो सार्थक हुन्छ। मानिसलाई मुक्ति दिने परमेश्वरको काम समाप्त हुन लागेको छ, र महाविपत्तिहरू सुरु भइसकेका छन्। मलाई भोलि के हुन्छ वा कहिले विपत्ति आउँछ भन्ने समेत थाहा थिएन, तर पनि मैले भविष्यको योजना बनाइरहेकी थिएँ र बुढेसकालमा मेरो हेरचाह गर्नका लागि बच्चा जन्माउनेबारे सोचिरहेकी थिएँ। भविष्यप्रतिका मेरा सबै हैरानी र चिन्ताहरू अनावश्यक छन्। अब म कुनै बोझ वा झमेलाविना पूर्ण रूपमा आफ्ना कर्तव्यहरूमा समर्पित हुन सक्छु। आफ्ना कर्तव्यहरू निर्वाह गर्दै म सत्यता पछ्याउन र स्वभावमा परिवर्तन ल्याउन पनि सक्छु। यो सबै परमेश्वरको अनुग्रह हो। सत्यता पछ्याउने र मुक्ति पाउने यो वर्तमान अवसरको मैले कदर गर्नुपर्छ, र आफ्नो सम्पूर्ण ऊर्जा र समय मेरा कर्तव्यहरूमा र परमेश्वरको गवाही दिनमा समर्पित गर्नुपर्छ। यदि मैले केही सत्यता बुझ्न र परमेश्वरबाट मुक्ति पाउन सकेँ भने, मेरो जीवन व्यर्थमा बितेको हुनेछैन। यी कुराहरू बुझेपछि, मैले मेरो हृदयका हैरानी र चिन्ताहरूलाई त्यागिदिएँ, र आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न जिउने ठूलो विश्वास प्राप्त गरेँ। परमेश्वरलाई धन्यवाद!