२९. सङ्कष्टबाट अबदेखि म पछि हट्दिनँ

लिउ च्ये, चीन

सन् २०२३ अगस्ट महिनामा, म एउटा मण्डलीमा अगुवा थिएँ। २९ तारिखको दिन माथिल्ला अगुवाहरूबाट एउटा पत्र आयो। पत्रमा के भनिएको थियो भने हालैका दिनहरूमा चिनियाँ कम्युनिस्ट पार्टीले नजिकैका दुइटा मण्डलीहरूमा पक्राउ गर्ने निशाना बनाएको छ, र धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका छन्। उनीहरूले मलाई त्यहाँको अवस्थाबारे केही थाहा छ कि भनेर सोधेका रहेछन्। जब मैले पत्र पढी सिध्याएँ, तब म स्तब्ध भएँ, “कसरी फेरि यति धेरै ब्रदर-सिस्टरहरू पक्राउ पर्न सके? सायद म त्यहाँ गएर बाँकी रहेका कामहरू सम्हाल्न सक्छु कि सक्दिनँ भनेर जाँच्न अगुवाहरूले यो पत्र पठाएका हुन्। मलाई त्यहाँको अवस्थाबारे खासै थाहा नभए पनि, मसँग बाँकी रहेका कामहरू सम्हाल्ने पहिलेको केही अनुभव छ। म गएँ भने, म त्यो काम गर्न सक्नेछु। त्यसमाथि, त्यहाँका मण्डलीहरूबाट यति धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका हुनाले, बाँकी रहेका कामहरू सम्हाल्नका लागि मानिसहरू भेटाउन गाह्रो हुनेछ।” तर त्यसपछि मेरो मनमा अर्को विचार आयो, “बाँकी रहेका कामहरू सम्हाल्नु ज्यादै खतरनाक छ। म आफैलाई पनि प्रहरीले खोजिरहेको छ। म त्यहाँ गएँ भने, म पनि पक्राउ पर्न सक्छु। जे होस्, मलाई ती मण्डलीहरूमा के भइरहेको छ भन्ने कुरा साँच्चै थाहा छैन, र त्यसमाथि, अगुवाहरूले मलाई त्यहाँ जान बन्दोबस्त गरेका छैनन्। त्यसैले मैले आफैँ अघि सरेर त्यो काम नगर्नु नै बेस हुन्छ।” यसकारण, म त्यहाँ कहिल्यै नगएको र मलाई त्यहाँको अवस्थाबारे केही थाहा नभएको कुरा बताउँदै मैले जवाफ पठाएँ। मैले त्यो पत्र पठाउनेबित्तिकै माथिल्ला अगुवाहरूबाट अर्को पत्र आयो, जसको मैले आशै गरेकी थिइनँ। उक्त पत्रमा मलाई ती दुई मण्डलीहरूमा गएर बाँकी रहेका कामहरू सम्हाल्‍नू भनिएको थियो। अगुवाहरूले पक्राउ परेका सत्र जना मानिसहरूको सूची पनि पठाएका थिए। मण्डलीका अगुवाहरू र अन्य केही महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गरिरहेका मानिसहरू सबै पक्राउ परेका रहेछन्। पत्रमा, माथिल्ला अगुवाहरूले बाँकी रहेका कामहरू कसरी सम्हाल्ने भनेर मलाई केही तरिकाहरूबारे सङ्‍गति गरेका थिए, र त्यहाँ गएर सिस्टर झाउ नालाई भेटी उनीसँग काम गर्न भनेका थिए, साथै परमेश्‍वरलाई धेरै प्रार्थना गर्न र आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका थिए। जब मैले यो पढेँ, तब मेरो हृदय अत्यन्तै बेचैन भयो। यी मण्डलीहरूबाट यति धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेकाले, बाँकी रहेका कामहरू सम्हाल्न सक्ने मानिसहरू निकै थोरै छन् भन्ने कुरा मैले सोचेँ। यस सम्बन्धमा मसँग केही अनुभव थियो र म यो कर्तव्य निर्वाह गर्न योग्य थिएँ, तर आफ्नै सुरक्षाको चिन्ताले गर्दा पक्राउ पर्ने डरले मैले केही नगरी बस्ने छनौट गरेकी थिएँ, र मलाई तोकेर नै नभनेसम्म म यो काम गर्न तयार थिइनँ। जब ममाथि यस्ता कुराहरू आइपरे, तब मैले आफ्नै हितबारे मात्र विचार गरेँ—मैले मण्डलीको हितको अलिकति पनि ख्याल गरिनँ। म अति नै स्वार्थी थिएँ! त्यसैले, मैले अगुवाहरूलाई जवाफ लेख्दै म बाँकी रहेका कामहरू सम्हाल्न तयार छु भनेर भनेँ। तर त्यसपछि मैले सोचेँ, “यी दुई मण्डलीका धेरैजसो अगुवा र कामदारहरू पक्राउ परेका छन्। यदि उनीहरूमध्ये कसैले यातना सहन नसकेर तिनीहरू यहुदा बने भने, म त्यहाँ जाँदा सीधै पक्राउ पर्नेछैन र? मलाई चिनियाँ कम्युनिस्ट पार्टीले पहिल्यै खोजिरहेको छ, त्यसैले म पक्राउ परेँ भने मैले पक्कै पनि अरूले भन्दा धेरै कठोर यातना भोग्नुपर्नेछ। मलाई कुटेर मारिएन भने पनि, मलाई अपाङ्ग चाहिँ बनाइनेछ।” जब मैले यस्तो सोचेँ, तब मेरो हृदयमा निकै डर छायो। तैपनि, कर्तव्यको बोलावट भएको थियो, र आफ्नै बारेमा मात्र सोचेर म स्वार्थी र घृणास्पद बन्नु हुँदैनथियो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गर्दै मलाई मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तेरो कर्तव्य र जिम्मेवारीहरूको कुरा आउँदा, र, यसलाई अझ बृहत् रूपमा भन्दा, परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा र परमेश्‍वरले तँलाई खटाउनुभएको केही महत्त्वपूर्ण कामको कुरा आउँदा, तैँले सधैँ मूल्य चुकाउनुपर्छ। त्यो जतिसुकै कठिन भए पनि—चाहे तैँले हड्डी घोट्नुपरे पनि, चाहे तैँले सतावट भोग्नुपर्ने भए पनि, वा त्यसले तेरो जीवनलाई जोखिममा पार्ने भए पनि—तैँले मूल्य चुकाउन हिचकिचाउनु हुँदैन, बरु आफ्नो बफादारी अर्पण गर्नुपर्छ र मृत्युसम्मै समर्पित हुनुपर्छ। यो सत्यता पछ्याउनुको वास्तविक प्रकटीकरण, वास्तविक समर्पण, र साँचो अभ्यास हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। परमेश्‍वरका वचनहरूले मलाई के बुझाए भने कर्तव्यको बोलावट मप्रतिको परमेश्‍वरको परीक्षा थियो। परमेश्‍वर मेरो कर्तव्यप्रतिको मेरो दृष्टिकोण हेर्न चाहनुहुन्थ्यो, साथै उहाँप्रति मेरो विश्‍वास र समर्पणता छ कि छैन भनी हेर्न चाहनुहुन्थ्यो। बाँकी रहेका कामहरू सम्हाल्ने कार्य खतरनाक भए पनि, मलाई यो कर्तव्य निर्वाह गर्न मेरो नामै तोकेर बोलाइएको थियो। जुनसुकै मूल्य चुकाउनुपरे तापनि मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नैपर्थ्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा त परमेश्‍वरका भेटीहरूलाई नोक्सान हुनबाट सुरक्षा दिनु थियो। यी वर्षहरूमा परमेश्‍वरको घरले मलाई कसरी मलजल र संवर्धन गरेको थियो भन्‍ने कुरा मैले सोचेँ। अहिले, यस्तो जटिल परिस्थितिमा, मैले मण्डलीको कामलाई सुरक्षा दिनैपर्थ्यो। म आफ्नै बारेमा मात्र सोचेर टाउको लुकाउने कछुवाझैँ पछि हट्न मिल्दैनथियो। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म एउटा सृजित प्राणी हुँ, र तपाईंमा समर्पित हुनु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। मेरा आफ्नै छनौट र मागहरू हुनु हुँदैन। म कमजोर भए तापनि, म तपाईंको अभिप्रायलाई ख्याल गर्न र मेरो कर्तव्यमा कुनै पछुतो बाँकी नराख्न तयार छु। तपाईंले मलाई अगुवाइ र मार्गदर्शन गर्नुभएको होस्।”

अगस्ट ३१ मा, म नजिकैको एउटा मण्डलीमा पुगेँ र झाउ नालाई भेटेँ। यस पटक चिनियाँ कम्युनिस्ट पार्टीले ब्रदर-सिस्टरहरूलाई पक्राउ गर्न धेरै प्रहरी अधिकृतहरू पठाएको छ भनी झाउ नाले भनेको मैले सुनेँ। दुई जना अगुवा, सुसमाचार डिकन र अतिथि सत्कारकहरू सबै पक्राउ परेका थिए। एउटा पनि सुरक्षित घर बाँकी थिएन। मैले मनमनै सोचेँ, “यति धेरै मानिसहरू पक्राउ परेका छन्। यस्तो लाग्छ प्रहरीले उनीहरूलाई लामो समयदेखि पछ्याइरहेको र निगरानी गरिरहेको थियो। यहाँ आफ्नो कर्तव्य निर्वाह गर्नु ज्यादै खतरनाक छ!” जब मैले यस्तो सोचेँ, तब मेरो हृदयमा निकै डर छायो। मैले हृदयमै परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्‍वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्‍वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए। परमेश्‍वरले सबै कुरामाथि शासन गर्नुहुन्छ र उहाँ तीमाथि सार्वभौम हुनुहुन्छ। शैतान पनि परमेश्‍वरकै हातमा छ। परमेश्‍वरको अनुमतिविना, शैतान जतिसुकै उन्मत्त भए पनि, त्यसले मलाई केही गर्न सक्दैन। म पक्राउ पर्ने वा नपर्ने कुरा परमेश्‍वरको हातमा छ। भोलिपल्ट, झाउ ना र म मण्डलीका भेटी र सामग्रीहरूको जिम्मा लिएका मानिसहरूलाई खोज्न गयौँ। एकै मनका भई, हामीले परमेश्‍वरलाई प्रार्थना गर्‍यौँ र कसरी सँगै मिलेर काम गर्ने भनेर छलफल गर्‍यौँ। केही दिनभित्रै, हामीले मण्डलीका सामग्री र भेटीहरू सुरक्षित रूपमा त्यहाँबाट बाहिर निकाल्यौँ। मैले परमेश्‍वरको सुरक्षा र अगुवाइ देखेँ, र मैले हृदयमा परमेश्‍वरलाई धेरै धन्यवाद दिएँ।

त्यसलगत्तै, झाउ ना र म अर्को मण्डलीमा गयौँ। यस मण्डलीका लगभग सबै अगुवा र डिकनहरू पक्राउ परेका थिए। केवल सुसमाचार डिकन मात्र पक्राउ पर्नबाट बचेका थिए, र हाम्रा खुट्टा बिसाउनका लागि एउटा घर समेत थिएन। कामको बारेमा छलफल गर्न मकैबारी वा डाँडाकाँडामा सुसमाचार डिकनसँग भेट्ने बन्दोबस्त गर्नुबाहेक हामीसँग अर्को विकल्प थिएन। त्यतिखेर कामका कठिनाइहरू धेरै थिए, र हामी ती सबैलाई एकैचोटि समाधान गर्न सक्दैनथ्यौँ। मैले आफ्नो हृदयमा कमजोरी महसुस गरेँ, र म कठिनाइहरूका बीचमा बाँचिरहेकी थिएँ। मैले परमेश्‍वरलाई प्रार्थना गर्दै उहाँसँग मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “सबैभन्दा बुद्धिमानी कुरा भनेको सबै कुरामा परमेश्‍वरतिर हेर्नु र उहाँमाथि भर पर्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरूलाई छर्लङ्गै देखेसँगै सुरु हुनुपर्छ)। मेरो हृदय अचानक उज्यालो भयो, “हो, म परमेश्‍वरमा भर पर्नुपर्छ। स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई नियन्त्रण गर्ने अख्तियार र शक्ति परमेश्‍वरसँग छ। मैले परमेश्‍वरमा भर परेँ भने, पूरा गर्न गाह्रो केही पनि छैन।” परमेश्‍वरका वचनहरू मेरो लागि जीवनस्रोत जस्तै भएका थिए, जसले मलाई विश्‍वास र सामर्थ्य दिए। सुरक्षित अतिथि सत्कारक घर नभएको हुनाले के गर्ने होला भनेर मैले मनन गर्न थालेँ। त्यसपछि, मैले के महसुस गरेँ भने यदि एउटी सिस्टरलाई घर भाडामा लिन लगाएँ भने, के हामीसँग बस्ने र कामबारे छलफल गर्ने ठाउँ हुँदैन र? मैले तुरुन्तै झाउ नालाई यो विचार सुनाएँ। हामी दुई जना सहमत भयौँ र त्यही दिन यसबारे सङ्‍गति गर्न एउटी सिस्टरलाई खोज्न गयौँ। तैपनि, त्यतिबेला मलाई अझै पनि केही शङ्का थियो। वातावरण यति खतरनाक छ—के सिस्टर सहमत होलिन्? हामीलाई अतिथि सत्कार गर्नकै लागि उनले घर भाडामा लिने योजना बनाइरहेको कुरा बताउलिन् भनेर मैले सोचेकै थिइनँ। अचम्मको कुरा, हामीले एउटै कुरा सोचेका रहेछौँ। म अत्यन्तै भावुक भएँ। हामी दुई जनाले कृतज्ञताका साथ सिस्टरको हात समात्यौँ, र हाम्रा आँखाबाट अनायासै आँसु झरे। यो सबै परमेश्‍वरको अगुवाइ थियो भन्ने कुरा मैले गहिराइबाटै बुझेँ। मेरो सबैभन्दा ठूलो कमजोरी, सबैभन्दा ठूलो कठिनाइ र सबैभन्दा खराब सास्तीको घडीमा, मैले परमेश्‍वरमा भरोसा गरेँ र परमेश्‍वरको हात देखेँ; अगाडि नै अतिथि सत्कारक व्यक्तिको तयारी गरेर, हाम्रा लागि अगाडिको बाटो खोल्दै, परमेश्‍वरले उहाँको आफ्नै कामलाई सुरक्षा दिनुभएको मैले देखेँ। मैले हृदयमा परमेश्‍वरलाई धन्यवाद दिइरनबाट आफूलाई रोक्न सकिनँ। त्यसपछि, मैले के थाहा पाएँ भने साधारण मामलाका डिकन लिन सी पक्राउ परेपछि, उनको छोराले केही पैसा खर्च गरेर सम्पर्कमा रहेको एक जनालाई भनेर उनलाई धरौटीमा रिहा गराएछन्। लिन सीले प्रहरीले आफूलाई यातना दिएको कुरा बताइन्। उनीहरूले उनलाई मुक्का, लात, थप्पड हानेका थिए, र इलेक्ट्रिक ब्याटनले झट्का दिएका थिए। उनीहरूले जबर्जस्ती उनको नाक-मुखमा तोरीको तेल खन्याइदिए, चिसो पानी छ्यापे, र त्यसपछि तातो पानीले पोले। उनलाई यति नराम्ररी कुटिएको थियो कि उनको अनुहार नीलो र कालो भएको थियो, र हतकडी उनको मासुमा यति गहिरोसँग गाडिएको थियो कि त्यसलाई खोल्नै सकिँदैनथ्यो। मण्डलीका अगुवा सिस्टर ली सुवाङलाई पनि चिन्नै नसकिने गरी कुटिएको छ भन्‍ने मैले सुनेँ। जब मैले यो सबै सुनेँ, तब मेरो मुटुमा निकै डर छायो। मेरो पूरै शरीर गलेको महसुस भयो, र मेरो हृदयमा कसैले छुरा घोपेजस्तो पीडा भयो। मैले मनमनै सोचेँ, “मैले बाँकी रहेका कामहरू सम्हाल्दै छु, त्यसैले कहिलेकाहीँ मैले आफै गएर भेटीहरू र परमेश्‍वरका वचनका पुस्तकहरू सार्नुपर्छ। यहाँ मेरो कर्तव्य निर्वाह गर्नु भनेको प्रहरीकै आँखाअगाडिबाट भेटीहरू खोसेर ल्याउनु जस्तै हो। आजभोलि जताततै क्यामेरा र सीसीटीभी छन्, र मलाई प्रहरीले खोजिरहेको छ। म जुनसुकै बेला पक्राउ पर्न सक्ने खतरा छ। यदि म परमेश्‍वरका वचनका पुस्तकहरू सार्न जाने क्रममा पक्राउ परेँ भने, उनीहरूले मलाई कसरी यातना देलान्? लिन सी ७८ वर्षकी हुन्, तैपनि उनीहरूले उनलाई मरेतुल्य हुने गरी क्रूर तरिकाले कुटे। यदि म पक्राउ परेँ भने, प्रहरीले मलाई कस्ता यातना दिनेछन् भन्‍ने मलाई थाहा छैन। के मलाई कुटेर मारिनेछैन र? म जेलबाट जिउँदै बाहिर निस्कन्छु कि निस्कन्नँ भन्‍ने पनि मलाई थाहा छैन। यदि मैले यातना सहन नसकेर म यहुदा बनेँ भने, परमेश्‍वरप्रतिको विश्‍वासको मेरो जीवन समाप्त हुनेछ, र मेरो लागि मुक्तिको कुनै मौका हुनेछैन।” मैले जति धेरै सोचेँ, मलाई त्यति नै धेरै डर लाग्‍न थाल्यो। मेरो शरीरमा अलिकति पनि सामर्थ्य बाँकी थिएन, र मलाई केही पछुतो समेत भइरहेको थियो, “अहिले त म साँच्चै आँधीको भुमरीमा फसेकी छु। यो कर्तव्य यति हतारमा स्वीकार गर्नुअघि मैले किन राम्ररी सोचिनँ? म कसरी यति मूर्ख बन्‍न सकेँ?” मेरो स्थिति गलत छ भन्ने कुरा मैले महसुस गरेँ, र परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, ठूलो रातो अजिङ्गरले धेरै अगुवा र कामदारहरूलाई पक्राउ गरेको छ, सिस्टरहरूलाई चिन्नै नसकिने गरी कुटेको छ, र उनीहरूलाई अनेकौँ किसिमका यातना दिएको छ भन्‍ने मैले सुनेकी छु। मेरो हृदय कमजोर र भयभीत छ, र म कायरतामा बाँचिरहेकी छु। हे परमेश्‍वर, म तपाईंसँग अगुवाइ र मार्गदर्शन माग्दछु, र मलाई चिनियाँ कम्युनिस्ट पार्टीको अन्धकारको प्रभावबाट नडराउने विश्‍वास र सामर्थ्य दिनुहोस्!”

प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा पङ्क्ति सम्झेँ: “आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्‍वरका आज्ञाहरू पूरा गरिनैपर्छ।” मैले पढ्नका लागि त्यो खण्ड खोजेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्‍वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्‍वरका आज्ञाहरू पूरा गरिनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। जब मैले परमेश्‍वरका वचनहरूलाई मनन गरेँ, तब मैले कर्तव्य भनेको परमेश्‍वरले मानिसहरूलाई दिनुभएको आज्ञा हो, जसलाई पूरा गर्नु मानिसहरूको नैतिक दायित्व हो र यसलाई अस्वीकार गर्न मिल्दैन भन्‍ने कुरा बुझेँ। यदि तिमीले यसलाई पूरा गर्न सक्दैनौ भने, तिमी जिउन लायक हुँदैनौ। मैले बितेका युगहरूका सन्तहरूलाई सम्झेँ। परमेश्‍वरको आज्ञा पूरा गर्नका लागि, उनीहरूले संसारका सबै भागहरूमा परमेश्‍वरको सुसमाचार प्रचार गरे। उनीहरूको रगत बगे पनि र उनीहरूले आफ्नो ज्यान गुमाए तापनि, उनीहरूले कहिल्यै शैतानका शक्तिहरूसामु घुँडा टेकेनन्। उनीहरूले कुनै हिचकिचाहट वा शङ्काविना परमेश्‍वरको सुसमाचार प्रसार गरिरहे। तैपनि, जब ममाथि यो कर्तव्य आइपर्‍यो, तब मैले यसलाई गौरवपूर्ण कुराको रूपमा हेरिनँ। यसको सट्टा, म पक्राउ पर्ने डरले कायरतामा बाँचिरहेकी थिएँ। मैले आफ्नै हित, प्राप्ति र गुमाउने कुराबारे मात्र विचार गरेँ। जब ममाथि खतरा आइपर्‍यो, तब म भाग्न चाहन्थेँ। मैले साँच्चै पक्राउ परेर यातना भोगेकी नभए पनि, मैले यो कर्तव्य स्वीकार गरेकोमा पछुताउन थालिसकेकी थिएँ, र मैले आफ्नो हृदयमा परमेश्‍वरलाई धोका दिइसकेकी थिएँ। बितेका युगहरूका सन्तहरूसँग तुलना गर्दा, म साँच्चै लज्जित भएँ! उनीहरूले परमेश्‍वरका यति धेरै वचनहरू नपढेका भए पनि त्यस्तो गवाही दिन सकेका थिए, तर मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेकी र परमेश्‍वरका यति धेरै वचनहरू खाएकी र पिएकी भए तापनि, महत्त्वपूर्ण घडीमा, म परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न असमर्थ भएँ, र आफ्‍नो कर्तव्य निर्वाह गर्ने कुरामा कुनै बफादारी देखाइनँ। ममा विवेक र मानवताको साह्रै कमी थियो!

मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्‍वरमाथि तिनीहरूसँग साँचो विश्‍वास हुँदैन, परमेश्‍वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। जब परमेश्‍वरप्रति बफादार र परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरूलाई यस्ता कुराहरू आइपर्छन्, उनीहरूले ती कुराको सामना कसरी गर्छन्? तिनीहरूले गर्ने कार्य ख्रीष्टविरोधीहरूले गर्ने कार्यभन्दा कसरी फरक हुन्छ? (परमेश्‍वरप्रति बफादार मानिसहरूको जीवनमा यस्ता कुराहरू आइपर्दा, तिनीहरूले परमेश्‍वरको घरको हित रक्षा गर्न, परमेश्‍वरको घरको भेटीमा घाटा हुनबाट जोगाउने उपायहरू सोच्छन् अनि तिनीहरूले घाटा कम गराउन अगुवा र सेवकहरू, दाजुभाइ-दिदीबहिनीहरूको लागि आवश्यक व्यवस्था गर्छन्। ठीक यसै बेला, ख्रीष्टविरोधीहरूले चाहिँ सुरुमा आफूलाई रक्षा गर्ने कुरा सुनिश्‍चित गर्छन्। तिनीहरूलाई मण्डलीको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको सुरक्षाको चिन्ता हुँदैन, र जब मण्डलीले पक्राउहरू सामना गर्छ, तब यसले मण्डलीको काममा घाटा निम्त्याउँछ।) ख्रीष्टविरोधीहरू मण्डलीको काम र परमेश्‍वरको भेटी छोडेर हिँड्छन्, र तिनीहरू घटनाका असरहरू समाधान गर्न मानिसहरू खटाउँदैनन्। यो त ठूलो रातो अजिङ्गरलाई परमेश्‍वरको भेटी र उहाँका चुनिएका मानिसहरू खोस्न अनुमति दिनुजस्तै हो। के यो परमेश्‍वरका भेटीहरू र उहाँका चुनिएका मानिसहरूप्रति गुप्त रूपमा धोका दिनु होइन र? परमेश्‍वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्‍ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको घटना सम्‍हाल्‍ने खतरा मोल्‍छन्, अनि आफू पछि हट्नुअघि परमेश्‍वरको घरमा हुने घाटा कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्‍नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्‍वरको आज्ञा हो, र परमेश्‍वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्‍नो कर्तव्य निभाउने खतरा मोल्‍नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्‍नो सुरक्षा सुनिश्‍चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्‍वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्‍नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ। परमेश्‍वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्टविरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्‍वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्टविरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्‍म तिनीहरू ढुक्‍क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरका वचनहरूले ख्रीष्ट विरोधीहरूको स्वार्थी र घृणास्पद प्रकृतिलाई खुलासा गरेका छन्। ठूलो रातो अजिङ्गरले पक्राउ गर्ने खतरनाक परिस्थिति ख्रीष्ट विरोधीहरूमाथि आइपर्दा, उनीहरूले सधैँ आफूलाई सुरक्षित राख्न खोज्छन् भन्‍ने मैले बुझेँ। उनीहरूले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिन्छन् र परमेश्‍वरको घरको हितबारे कहिल्यै विचार गर्दैनन्। उनीहरूले आफ्नो सुरक्षाका लागि परमेश्‍वरका भेटीहरूलाई समेत त्याग्छन्। परमेश्‍वरका वचनहरूसँगै, मैले प्रकट गरेको कुरालाई यससँग तुलना गरेँ, र म पनि एउटा ख्रीष्ट विरोधी जस्तै रहेछु भन्‍ने पाएँ। जब प्रहरीले यस पटकको पक्राउमा धेरै अधिकृतहरू परिचालन गरेको छ, पक्राउ परेका ब्रदर-सिस्टरहरूले विभिन्न किसिमका यातना भोगेका छन्, ली सुवाङलाई चिन्नै नसकिने गरी कुटिएको छ, र उनीहरूले ७८ वर्षीय लिन सीलाई समेत बाँकी राखेनन् भन्‍ने मैले सुनेँ, तब बाँकी रहेका कामहरू सम्हाल्दा म प्रहरीको हातमा पर्नेछु, र मलाई कुटेर मारिएन भने पनि अपाङ्ग बनाइनेछ भन्‍ने डर मलाई लाग्यो। यदि मैले यातना सहन नसकेर म यहुदा बनेँ भने, मैले मुक्ति पाउन सक्नेथिइन। म कायरता र डरमा बाँचेँ, र मैले यो कर्तव्य स्वीकार गरेकोमा पछुतो समेत मानेँ। जब ममाथि खतरा आइपर्‍यो, तब म आफूलाई सुरक्षित राख्न मात्र चाहन्थेँ। मैले मेरा ब्रदर-सिस्टरहरूको सुरक्षाबारे विचार गरिनँ, र परमेश्‍वरका भेटीहरू ठूलो रातो अजिङ्गरले जफत गर्छ कि गर्दैन भन्‍ने कुरा पनि सोचिनँ। आफू पक्राउ नपरेसम्म अरू जोसुकै पक्राउ परोस् मलाई वास्तै थिएन जस्तो भइरहेको थियो। मैले मण्डलीको कामको अलिकति पनि रक्षा गरिनँ। म अति नै स्वार्थी र घृणास्पद थिएँ! मैले ठूलो रातो अजिङ्गरको देशमा हामीले परमेश्‍वरमा विश्‍वास गर्दा वा कुनै कर्तव्य निर्वाह गर्दा, हामी पक्राउ पर्ने जोखिममा हुन्छौँ, तर परमेश्‍वरले हामीलाई जाँच्न र हाम्रो विश्‍वासलाई सिद्ध पार्न यो परिस्थिति प्रयोग गर्नुहुन्छ भन्ने कुराबारे सोचेँ। खतरनाक परिस्थितिहरूमा आफ्नो सुरक्षाको पर्वाह नगरी, परमेश्‍वरका भेटीहरूलाई सुरक्षा दिने र आफ्ना ब्रदर-सिस्टरहरूलाई सुरक्षा दिनेहरू नै मण्डलीको कामको रक्षा गर्ने र परमेश्‍वरप्रति बफादार हुने व्यक्तिहरू हुन्। जब मैले यो कुरा बुझेँ, तब म पहिले जस्तो डराएकी थिइनँ, र ममा बाँकी रहेका कामहरू राम्रोसँग सम्हाल्ने, अनि नोक्सानलाई कम गर्न जतिसक्दो चाँडो भेटीहरू र परमेश्‍वरका वचनका पुस्तकहरू सार्ने विश्‍वास पलायो।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका कार्यहरूबारे परमेश्‍वरले गर्नुभएको फैसलाबारे कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानव धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्‍वरको काम प्रसार गर्नका लागि त्यति ठूलो मूल्य चुकाए, तर तिनीहरू अन्त्यमा सैतानद्वारा मारिए। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्‍वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्‍वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूका अवस्थामा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी हुन्छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, ‘यी मानिसहरूले परमेश्‍वरको सुसमाचार प्रसार गर्ने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिस मान्नुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्‍ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्‍वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्‍वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्‍वरका कार्यहरूको गवाही दिन, परमेश्‍वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्‍वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, यस्तो हुँदा पनि, यी मानिसहरूले मानवजातिप्रति परमेश्‍वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्पण गर्न सके। आफ्नो मृत्युसम्मै, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य निर्वाह गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा, त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउने तुल्याउँदा समेत, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्‍नुको अर्थ के हो? के मेरो उद्देश्य तिमीहरूलाई पनि परमेश्‍वरलाई गवाही दिन र उहाँको सुसमाचार प्रसार गर्न त्यही विधि प्रयोग गराउनु हो? तैँले त्यसै गर्नुपर्छ भन्‍ने जरुरी छैन, तर तैँले बुझ्नैपर्छ कि यो तेरो जिम्मेवारी हो, र यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यो गर्न आफू कर्तव्यबद्ध भएका रूपमा त्यसलाई स्वीकार गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचनहरूलाई मनन गरेपछि, मैले के बुझेँ भने परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसमा परमेश्‍वरका लागि ठूलो चाहना भएको हृदय हुनुपर्छ। मैले बितेका युगहरूका सन्तहरूलाई सम्झेँ जसले प्रभु येशूको सुसमाचार प्रसार गर्नका लागि आफ्नो ज्यान दिएका थिए। कसैलाई घोडाको पछाडि घिसारियो, कसैलाई उम्लिरहेको तेलमा फालियो, र पत्रुस मृत्युसम्मै समर्पित भई परमेश्‍वरका लागि उल्टो क्रुसमा टाँगिए; उनीहरूले परमेश्‍वरका लागि जोरदार गवाहीहरू दिए। उनीहरूको मृत्यु अति अर्थपूर्ण र बहुमूल्य थियो; उनीहरूको मृत्युलाई परमेश्‍वरले याद गर्नुभयो। शैतानद्वारा उनीहरूको शरीरलाई हानि पुर्‍याइएको र मारिएको भए तापनि, उनीहरूको प्राण कहिल्यै मरेन। यदि पक्राउ पर्ने र कुटाइ खाएर मर्ने डरले मैले मेरो कर्तव्य त्यागेँ वा यहुदा बनेर परमेश्‍वरलाई धोका दिएँ भने, म जिउँदो लास जस्तै हुनेथिएँ। अन्तमा, अनन्त दण्ड भोग्नका लागि मेरो प्राणलाई नरकमा फालिनेथियो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो जीवन र मृत्युको अन्तिम फैसला तपाईंकै हातमा छ। म तपाईंको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार छु। यदि म साँच्चै पक्राउ परेँ भने, त्यो तपाईंको अनुमतिले हुनेछ। म तपाईंका लागि आफ्नो गवाहीमा दृढ रहन तयार छु। प्रहरीले मलाई यातना दिएर मारे पनि, म कहिल्यै यहुदा बन्नेछैन र मण्डलीको हितलाई घात गर्नेछैन।” मैले प्रार्थना गरेपछि, मेरो हृदयमा अझ बढी विश्‍वास पलायो।

मण्डलीका अगुवाहरू सबै पक्राउ परेकाले, मण्डलीले पुस्तकहरू राख्न कतिवटा घरहरू प्रयोग गर्थ्यो भन्‍ने हामीलाई थाहै थिएन। पछि, हामीले यताउता सोधपुछ गर्दा सिस्टर हाओ यी र अर्की सिस्टरले राखेका परमेश्‍वरका वचनका पुस्तकहरू सार्नुपर्ने रहेछ भन्‍ने थाहा पायौँ। हामीले रिहा भएकी एउटी सिस्टरबाट प्रहरीले दोस्रो चरणको पक्राउ सुरु गर्न लागेको छ भन्ने पनि सुन्यौँ। यदि समयमै पुस्तकहरू सारिएन भने, ती ठूलो रातो अजिङ्गरको हातमा पर्नेथिए। हामीले हाओ यीलाई भेट्न एउटा एकान्त ठाउँ रोज्यौँ, तर उनले परमेश्‍वरका वचनका पुस्तकहरू राखिएको घरको ढोकामा दुइटा निगरानी क्यामेराहरू छन् भनेर भनिन्। हामीले पुस्तकहरू सार्न खोज्दा केही गडबड हुन्छ कि भन्‍ने उनलाई डर थियो, र जेसुकै भए पनि उनले हामीलाई ती सार्ने प्रयास गर्न दिइनन्। मैले मनमनै सोचेँ, “प्रहरीसँग हाओ यीको तस्बिर छ, र पक्राउ परेका ब्रदर-सिस्टरहरूलाई उनको पहिचान गर्न लगाइएको छ। यदि हामीले पुस्तकहरू सारेनौँ भने, अनि उनलाई केही भयो भने, परमेश्‍वरका वचनका सबै पुस्तकहरू ठूलो रातो अजिङ्गरको हातमा पर्नेछन्, र मण्डलीको हितमा गम्भीर नोक्सान पुग्नेछ। तर यदि पुस्तकहरू सार्ने क्रममा म पक्राउ परेँ भने, के प्रहरीले मलाई कुटेर मार्नेछैन र?” मलाई हृदयमा अलिकति चिन्ता र डर लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्‍नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्‍नुहुन्छ(मत्ती १०:२८)। हो। शैतानले शरीरलाई हानि पुर्‍याउन सक्छ, तर यसले प्राणलाई मार्न सक्दैन। यदि पुस्तकहरू सार्दा म पक्राउ परेँ भने, यो परमेश्‍वरको अनुमतिले हुनेछ। परमेश्‍वरका लागि गवाही दिने मेरो समय यही थियो। मैले परमेश्‍वरका वचनका पुस्तकहरूलाई ठूलो रातो अजिङ्गरको हातमा पर्न दिनु हुँदैनथियो। मैले हाओ यीलाई भनेँ, “तिमी परमेश्‍वरका वचनका पुस्तकहरू सार्ने काममा संलग्न हुनु पर्दैन। हामी आफै सार्नेछौँ।” हाओ यी सहमत भइन्। झाउ ना र मैले परमेश्‍वरका वचनका पुस्तकहरू कसरी सार्ने भनेर छलफल गरी सहमति जनायौँ। झाउ नाले भनिन्, “यो स्थानान्तरण ज्यादै खतरनाक छ। तिमीलाई प्रहरीले खोजिरहेको छ—तिमीले आफ्नो अनुहार देखाउनु हुँदैन। म एक्लै जानेछु, ताकि म पक्राउ परे पनि म एकलै परूँ।” जब मैले झाउ नाले यसो भनेको सुनेँ, तब म निकै प्रभावित भएँ, र उनलाई नै यो काम गर्न दिन चाहन्थेँ। तर त्यसपछि मैले उनको स्वास्थ्य कमजोर रहेको कुरा सम्झेँ, र ती सबै पुस्तकहरू एकलै सार्न धेरै समय लाग्ने हुनाले उनी खतरामा पर्नेछिन् भन्‍ने सोचेँ। मैले यसरी नै स्वार्थी र घृणास्पद बनेर आफूलाई मात्र सुरक्षित राख्नु हुँदैनथियो। मैले भनेँ, “हामी दुवै जना गयौँ भने राम्रो हुन्छ। त्यसो गर्दा, छिटो हुनेछ। जति कम समय लाग्छ, त्यति नै सुरक्षित हुन्छ।” त्यसैले, हामीले भेष बदल्यौँ र होसियारीपूर्वक परमेश्‍वरका वचनका पुस्तकहरूलाई त्यहाँबाट बाहिर निकाल्यौँ। केही दिनपछि, हामीले अर्को ठाउँबाट पनि परमेश्‍वरका वचनका पुस्तकहरू सार्ने काम पूरा गर्‍यौँ। मैले परमेश्‍वरको हेरचाह र सुरक्षा देखेँ, र म हृदयदेखि नै परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ!

बाँकी रहेका कामहरू सम्हाल्दा म गहन रूपमा प्रभावित भएँ। परमेश्‍वरका वचनहरूले नै मलाई पाइलैपिच्छे कायरता र डरबाट बाहिर निस्कन डोर्‍याएका थिए। मेरो सबैभन्दा ठूलो सास्ती र असहायपनको घडीमा, परमेश्‍वरले नै मेरो लागि बाटो खोल्नुभयो र मलाई परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताको केही वास्तविक बुझाइ र अनुभव दिनुभयो। यसका साथै, मैले मेरो आफ्नै स्वार्थी र दुष्ट शैतानी प्रकृतिको बारेमा पनि केही बुझाइ प्राप्त गरेँ। यो खतरनाक परिस्थितिमा मेरो कर्तव्य निर्वाह गर्दा यसले मलाई प्रकाश गरिरहेको र सिद्ध पारिरहेको थियो भन्ने मैले महसुस गरेँ। म खतरनाक परिस्थितिमा आफ्नो कर्तव्य निर्वाह गर्नदेखि पछि हटिनँ। यी सबै परिणामहरू परमेश्‍वरका वचनहरूको अगुवाइबाटै प्राप्त भएका हुन्। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: २८. के आमाबुबाले आफ्ना छोराछोरीको भाग्य बदल्न सक्छन्?

अर्को: ३०. कसरी मैले प्रतिभाशाली मानिसहरूको ईर्ष्या गर्न छोडेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्