२८. के आमाबुबाले आफ्ना छोराछोरीको भाग्य बदल्न सक्छन्?

झेङ ची, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेपछि, परमेश्‍वरका वचन खाएर र पिएर, मैले के महसुस गरेँ भने परमेश्‍वरमा विश्वास गरेर र उहाँको आराधना गरेर मात्र मानवजातिले राम्रो भाग्य र गन्तव्य प्राप्त गर्न सक्छ, र मैले बुझेँ कि यो अँध्यारो र दुष्ट संसारमा, परमेश्‍वरमाथिको विश्वास नै जीवनको एक मात्र सही मार्ग हो। त्यतिबेला मेरो छोरा माध्यमिक विद्यालयमा पढ्थ्यो, र म प्रायः ऊसँग परमेश्‍वरमा विश्वास गर्नेबारे कुरा गर्थेँ, मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो र त्यसैले मानवले परमेश्‍वरमा विश्वास गर्नुपर्छ र उहाँको आराधना गर्नुपर्छ भनेर बताउँथेँ, र हृदयमा, म मेरो छोराले पनि मसँगै परमेश्‍वरमा विश्वास गरोस् भन्ने आशा गर्थेँ। त्यसो भयो भने, उसले परमेश्‍वरको हेरचाह र सुरक्षा पाउन, अनि राम्रो गन्तव्य प्राप्त गर्न सक्नेथियो। परमेश्‍वरलाई भेट्टाएको केही समयपछि, मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ, तर चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूलाई पक्रने र सताउने अनि जताततै आधारहीन अफवाहहरू फैलाउने काम गर्दै आएको हुनाले, मेरो श्रीमान्‌ले मेरो विश्वासका कारण म पक्राउ पर्न सक्छु र यसले मेरो परिवारलाई पनि मुछ्न सक्छ भन्ने डरले मलाई अवरोध पार्न र सताउन थाले, र उनी प्रायः मसँग झगडा गर्थे। तर मेरो छोराले मेरो विश्वासलाई धेरै समर्थन गर्थ्यो, र उसले प्रायः आफ्नो बुबालाई मेरो बाटोमा नउभिन सम्झाउने प्रयास गर्थ्यो। हरेक पटक सप्ताहान्तमा छोरा घर आउँदा, म समय पाउनेबित्तिकै उसलाई बाइबलका कथाहरू सुनाउँथेँ र ऊसँगै परमेश्‍वरका वचनहरू पढ्थेँ। कहिलेकाहीँ, उसले टिभी हेरिरहेको र सक्रिय रूपमा परमेश्‍वरका वचनहरू नपढिरहेको देख्दा, म आत्तिन्थेँ, र उसलाई मसँगै परमेश्‍वरका वचनहरू पढ्न निरन्तर आग्रह गर्थेँ। छोरा मुखले त हुन्छ भन्थ्यो, तर हलचल नगरी त्यहीँ बसिरहन्थ्यो, अनि म रिसाउँथेँ र कहिलेकाहीँ उसलाई गाली गर्थेँ। म रिसाएको देखेपछि, ऊ हतार-हतार परमेश्‍वरका वचनका केही खण्ड पढ्न आउँथ्यो। मेरो छोराले मसँग झारा टार्ने काम मात्र गरिरहेको छ भन्ने मलाई थाहा हुन्थ्यो, तर मलाई के लाग्थ्यो भने, जे भए पनि उसले परमेश्‍वरका वचनहरू पढ्दै नपढ्नुभन्दा त यो राम्रै हो। छोरा उच्च माध्यमिक विद्यालय जान थालेपछि, मैले नजिकैको मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ, र सप्ताहान्त आउनेबित्तिकै म घर जान सक्दो प्रयास गर्थेँ ताकि मैले ऊसँग परमेश्‍वरमा विश्वास गर्नेबारे कुरा गर्न सकूँ। पछि, मेरो छोरा विश्वविद्यालय गयो, र मैले उसलाई एउटा MP5 प्लेयर किनिदिएँ ताकि उसले त्यो विद्यालयमा लगोस् र समय निकालेर परमेश्‍वरका वचनहरू पढ्न सकोस्। बेलाबेलामा, म उसलाई “केही पूरक तत्त्वहरू लिनू” भन्दै सम्झाउन फोन गर्थेँ, जसको आशय उसले परमेश्‍वरका वचनहरू धेरै पढ्नुपर्छ भन्ने हुन्थ्यो। छोरा छुट्टीमा घर आउँदा, म सुरुमा उसलाई यही सोध्थेँ, “के तैँले विद्यालयमा परमेश्‍वरका वचनहरू पढ्ने गरेको छस्?” उसले समय पाउँदा पढ्ने गरेको छु भन्दा, मलाई राहत महसुस हुन्थ्यो।

सन् २०११ को वसन्त ऋतुमा, कसैले मेरो विश्वासको बारेमा अधिकारीहरूलाई उजुरी गरेछ, त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीबाट पक्राउ पर्नबाट बच्न, मैले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि घर छोड्नुपर्‍यो। त्यतिबेला, मेरो छोरा टाढाको एउटा विश्वविद्यालयमा दोस्रो वर्षमा पढ्दै थियो, र म सार्वजनिक फोनमार्फत उसलाई सम्पर्क गर्नकै लागि दर्जनौँ माइल यात्रा गर्थेँ, र “आफ्ना ‘पूरक तत्त्वहरू’ लिन नबिर्सनू है” भन्दै सम्झाउँथेँ। उसले त्यसो गर्ने वाचा गरेको सुनेपछि, मलाई ढुक्क हुन्थ्यो। पढाइ सकिएपछि ऊ आएर मसँगै परमेश्‍वरमा विश्वास गर्नेछ भनेर मैले सधैँ आशा गरेकी थिएँ, र म प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र मेरो छोराको हृदयलाई प्रेरित गर्न र उसलाई परमेश्‍वरमा विश्वास गर्नका लागि मार्गदर्शन दिन उहाँलाई अनुरोध गर्थेँ। तर परिस्थितिहरू मेरो इच्छाविपरीत हुन पुगे। सन् २०१३ को शरद ऋतुमा, मेरो छोरा स्नातक गरेपछि एउटा सैनिक प्रतिष्ठानमा गयो। म त्यतिबेला बेचैन थिएँ, “चिनियाँ कम्युनिस्ट पार्टी एउटा नास्तिक पार्टी हो, र यसले सैन्य कर्मचारीहरूलाई विश्वास राख्न दिँदैन। प्रतिष्ठानमा गएपछि, मेरो छोरालाई परमेश्‍वरका वचनहरू पढ्न निषेध मात्र गरिनेछैन, चिनियाँ कम्युनिस्ट पार्टीले हरेक दिन उसको दिमाग भुट्नेछ, र उसलाई नास्तिक विचारहरू सिकाइनेछ। यदि यस्तै चलिरह्यो भने, ऊ पक्कै पनि परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै जानेछ। के उसले अझै पनि परमेश्‍वरमा विश्वास गर्न सक्ला त? ती वर्षहरूमा, मैले सधैँ मेरो छोराले परमेश्‍वरमा विश्वास गरोस् र उसले राम्रो गन्तव्य प्राप्त गरोस् भन्ने आशा गरेकी थिएँ, तर अब, मेरो त्यो इच्छा पूर्ण रूपमा चकनाचुर भएको थियो।” छोरा त्यो नारकीय ठाउँमा जानेबारे सोच्दा, म न खान सक्थेँ न त सुत्न नै सक्थेँ, र म नरोइ बस्नै सकिनँ। मैले सम्झेँ कि उच्च माध्यमिक विद्यालय पढ्ने बेलामा, ऊ हरेक दुई हप्तामा एक पटक घर आउने गर्थ्यो, तर आफ्नो कर्तव्यका कारण म प्रायः समयमै फर्कन पाउँदिनथेँ। पछि, जब मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेँ, तब ऊसित सङ्‍गति गर्नका लागि मसँग समय नै थिएन। मलाई के लाग्यो भने, यदि मैले स्थानीय स्तरमै आफ्ना कर्तव्यहरू निर्वाह गरेकी भए, मैले ऊसँग बसेर परमेश्‍वरका अझ धेरै वचनहरू पढ्न र उसलाई अझ बढी मार्गदर्शन गर्न सक्थेँ, र सायद ऊ गलत मार्गमा हिँड्ने थिएन। जब मैले यसरी सोचेँ, मलाई आफूले आमाको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गरेकी छैन जस्तो लाग्यो, र मलाई छोराप्रति ऋणी महसुस भयो। अनि त्योभन्दा बढी, म उसको भविष्य र भाग्यबारे चिन्तित थिएँ। पछि, मैले मण्डलीमा लगभग मेरो छोराकै उमेरका धेरै जना जवान ब्रदर-सिस्टरहरूलाई देखेँ, र तिनीहरूलाई परमेश्‍वरमा विश्वास गरिरहेका र सही मार्गमा हिँडिरहेका देखेँ, जबकि मेरो छोरा भने संसारको पछि लागिरहेको थियो। मलाई उसको बारेमा सधैँ अफसोस महसुस हुन्थ्यो, र म मैले उसमा अझ बढी मिहिनेत गरिनँ, र ऊसँग बसेर परमेश्‍वरका वचनहरू अझ बढी पढिनँ भनेर पछुतो मान्थेँ। जब म आफ्ना कर्तव्यहरूमा व्यस्त हुन्नथेँ, म उसको बारेमा सोच्थेँ र आफूलाई अपराधबोध र दुःखले भरिएको पाउँथेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूका दुइटा खण्ड पढेँ, र मैले मेरो छोराको बारेमा आफ्ना केही चिन्ताहरू त्याग्न सकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जन्म दिने र हुर्काउनेबाहेक, व्यक्तिको जीवनमा आमाबुबाले बोक्ने जिम्मेवारी भनेको उसलाई हुर्कनका लागि बाहिरी रूपमा वातावरण प्रदान गर्नु मात्रै हो, र त्यो त्यहीँ सकिन्छ, किनभने कुनै पनि व्यक्तिको भाग्यमा सृष्टिकर्ताको पूर्वनियोजनले मात्रै प्रभाव पार्छ। कसैको भविष्य कस्तो हुनेछ भन्‍ने कुरा कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्ने कुरा होइन; यो धेरै अघि नै पूर्वनियोजित हुन्छ, र व्यक्तिका आमाबुबाले समेत उसको भाग्य परिवर्तन गर्न सक्दैनन्। भाग्यको हकमा, सबै जना स्वतन्त्र हुन्छन्; सबैको आफ्नै भाग्य हुन्छ। त्यसैले, कसैका आमाबुबाले उसको जीवनको भाग्यलाई पटक्कै विफल पार्न सक्दैनन्, न त उसले जीवनमा खेल्ने भूमिकाको हकमा तिनीहरूले उसलाई कुनै मद्दत नै गर्न सक्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “‘छोराछोरीले सही मार्ग पछ्याउन नसक्नु भनेको आमाबुबासँग सम्बन्ध भएको कुरा हो’ भनेर भन्‍नु गलत हो। व्यक्ति जोसुकै भए पनि, यदि ऊ निश्‍चित प्रकारको व्यक्ति हो भने, ऊ त्यही निश्‍चित मार्गमा हिँड्छ। के यो निश्‍चित कुरा होइन र? (हो।) व्यक्तिले लिने मार्गले नै ऊ वास्तवमा को हो भन्‍ने कुरा निर्धारित गर्छ। उसले हिँड्ने मार्ग र ऊ कस्तो व्यक्ति बन्छ भन्‍ने कुरा उसको आफ्‍नै हातको कुरा हो। यी कुराहरू पूर्वनिर्धारित, अन्तर्निहित, अनि व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुन्छन्। त्यसोभए आमाबुबाको शिक्षाको उपादेयता के हो त? के यसले व्यक्तिको प्रकृति नियन्त्रण गर्न सक्छ त? (सक्दैन।) आमाबुबाको शिक्षाले मानव प्रकृति नियन्त्रण गर्न र व्यक्तिले कुन मार्ग लिन्छ भन्‍ने समस्या सुल्झाउन सक्दैन। आमाबुबाले प्रदान गर्न सक्‍ने एउटै शिक्षा के हो? छोराछोरीको दैनिक जीवनका केही सरल व्यवहारहरू, केही सतही विचारहरू र आत्मआचरणका नियमहरू—यी आमाबुबासँग सम्बन्ध भएका कुराहरू हुन्। आमाबुबाले छोराछोरी वयस्कतामा पुग्‍नुपहिले, आफ्नो उचित जिम्मेवारी पूरा गर्नुपर्छ, र त्यो भनेको छोराछोरीलाई सही मार्ग हिँड्न, मेहनतसाथ अध्ययन गर्न, र हुर्किएपछि अरूभन्दा माथि उठ्न सक्षम हुन प्रयास गर्न, खराब काम नगर्न वा खराब मानिसहरू नबन्न सिकाउनु हो। आमाबुबाले छोराछोरीको व्यवहारलाई नियमन पनि गर्नुपर्छ, तिनीहरूलाई शिष्ट व्यवहार गर्न र अग्रजहरूलाई देख्दा अभिवादन गर्न सिकाउनुपर्छ, र व्यवहारसम्बन्धी अन्य कुराहरू सिकाउनुपर्छ—आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। छोराछोरीको जीवनको हेरचाह गर्ने र आत्मआचरणका केही आधारभूत नियमहरूबारे तिनीहरूलाई शिक्षा दिने—आमाबुबाको प्रभाव यही हो। छोराछोरीको व्यक्तित्वको हकमा भन्दा, आमाबुबाले यो कुरा सिकाउन सक्दैनन्। कतिपय आमाबुबा सहज हुन्छन् र सबै कुरा बिस्तारै गर्छन्, तर तिनीहरूका छोराछोरी अत्यन्तै हतारे हुन्छन् र केही पल पनि त्यतिकै बस्न सक्दैनन्। तिनीहरू १४-१५ वर्षको हुँदा आफै कमाई खान जान्छन्, सबै कुरामा तिनीहरूले आफ्नै निर्णय गर्छन्, तिनीहरूलाई आमाबुबाको आवश्यकता पर्दैन, र तिनीहरू अत्यन्तै आत्मनिर्भर हुन्छन्। के तिनीहरूलाई आमाबुबाले यो कुरा सिकाएका हुन्छन् त? हुँदैनन्। त्यसकारण, व्यक्तिको व्यक्तित्व, स्वभाव, र उसको सारसमेत, साथै उसले भविष्यमा रोज्ने मार्गसँग उसका आमाबुबाको कुनै पनि सम्बन्ध हुँदैन। … यहाँ, यो ‘शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो’ भन्‍ने अभिव्यक्तिमा समस्या छ। आमाबुबाले छोराछोरीलाई शिक्षा दिने जिम्मेवारी पाएका भए पनि, सन्तानको नियति आमाबुबाले निर्धारित गर्दैनन्, यो कुरा सन्तानको प्रकृतिले निर्धारित गर्छ। के शिक्षाले सन्तानको प्रकृतिसम्बन्धी समस्या समाधान गर्न सक्छ त? पटक्‍कै सक्दैन। व्यक्तिले जीवनमा लिने मार्ग उसका आमाबुबाले निर्धारित गर्दैनन्, यो त परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। भनाइ नै छ नि, ‘मानिसको भाग्य स्वर्गले निर्धारित गर्छ,’ र यो भनाइलाई मानव अनुभवले सारांशित गरेको छ। व्यक्ति वयस्कतामा पुग्‍नुपहिले, उसले कुन मार्ग लिनेछ भन्‍ने कुरा भन्‍नै सकिँदैन। तिनीहरू वयस्क बनेपछि, र तिनीहरूसँग विचारहरू भएर समस्याहरूबारे मनन गर्न सक्‍ने भएपछि, तिनीहरूले बाहिर वृहत्तर समुदायमा के गर्ने भन्‍ने छनौट गर्नेछन्। कतिपय मानिसहरूले वरिष्ठ अधिकारी बन्‍न चाहन्छु भन्छन्, र अरूले वकिल बन्‍न चाहन्छु, र अझै अरूले लेखक बन्‍न चाहन्छु भनेर भन्छन्। हरेकको आ-आफ्नै छनौट र आ-आफ्नै विचार हुन्छ। कसैले पनि ‘म मेरा आमाबुबाले मलाई शिक्षा दिऊन् भनेर पर्खनेछु, र मेरा आमाबुबाले मलाई जे बन्‍न शिक्षा दिनुहुन्छ म त्यही बन्‍नेछु,’ भनेर भन्दैन। यति साह्रो मूर्ख त कोही पनि हुँदैन। वयस्कतामा पुगेपछि, मानिसहरूका विचारहरू मडारिँदै क्रमशः परिपक्‍व हुन थाल्छन्, र त्यसैले तिनीहरूको अगाडि रहेका मार्ग र उद्देश्यहरू झन्झन् स्पष्ट हुँदै जान्छन्। यति नै बेला, तिनीहरू कस्ता व्यक्ति हुन्, र तिनीहरू कुन समूहका सदस्य हुन् भन्‍ने कुरा पनि बिस्तारै स्पष्ट हुँदै जान्छ। यस बिन्दुदेखि, हरेक व्यक्तिको व्यक्तित्व क्रमशः स्पष्ट रूपमा परिभाषित हुँदै जान्छ, र सँगसँगै, तिनीहरूको स्वभाव, साथै तिनीहरूले पछ्याइरहेका मार्ग, तिनीहरूको जीवन दिशा, र तिनीहरू कुन समूहमा पर्छन् त्यो कुरा पनि स्पष्ट हुँदै जान्छ। यो सबै केमा आधारित हुन्छ? अन्ततः परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा नै यही हो—यससँग व्यक्तिका आमाबुबाको कुनै सम्बन्ध हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरका वचनहरूबाट मैले के महसुस गरेँ भने, आमाबुबा आफ्ना छोराछोरीलाई जन्माउने र हुर्काउने, उनीहरूको हुर्काइका लागि राम्रो वातावरण प्रदान गर्ने, उनीहरूलाई असल बन्न, सही मार्गमा हिँड्न, र वयस्क हुनुअघि खराब कामहरू नगर्न शिक्षित गर्ने, र उनीहरूलाई आचरणका सबैभन्दा आधारभूत सिद्धान्तहरू सिकाउने कुरामा जिम्मेवार हुन्छन्। तर, बच्चाको भाग्य र उसले जीवनमा लिने मार्ग सबै परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छन्, र ती आमाबुबाले निर्णय गर्न वा नियन्त्रण गर्न सक्ने कुरा होइनन्। छोराछोरी वयस्क बनेपछि, उनीहरूका आफ्नै विचार र रोजाइहरू हुन्छन्, र उनीहरू कस्ता व्यक्ति हुन्, कुन समूहमा पर्छन्, र कुन मार्गमा हिँड्न रोज्छन् भन्ने जस्ता कुराहरू प्रस्ट हुन्छन्। तर मेरो बच्चा हुर्केर पनि परमेश्‍वरमा विश्वास नगर्दा वा सही मार्गमा नहिँड्दा, यो आमाको रूपमा मेरो असफलता हो, र मैले उसलाई परमेश्‍वरका वचनहरू धेरै पढेर नसुनाएको वा उसलाई अझ बढी मार्गदर्शन नगरेको कारणले गर्दा नै ऊ संसारको मार्गमा हिँडेको हो भन्ने भ्रमपूर्ण सोच बनाएँ। विगत दस वर्षदेखि, म गहिरो अपराधबोधमा जिइरहेकी थिएँ, र निरन्तर ऊप्रति ऋणी महसुस गरिरहेकी थिएँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ, तर मैले मानिस र मामलाहरूलाई परमेश्‍वरका वचनहरूअनुसार हेरिनँ। यो साँच्चै लाजमर्दो कुरा थियो! मेरो छोराले विश्वासको मार्गमा नहिँड्ने निर्णय गर्नु पनि सत्यतालाई प्रेम नगर्ने उसको प्रकृतिद्वारा नै निर्धारित थियो। वास्तवमा मैले परमेश्‍वरमा विश्वास गर्नेबारे घरमा ऊसँग धेरै पटक कुरा गरेकी थिएँ, तर ऊ परमेश्‍वरका वचनहरूमा रुचि राख्दैनथ्यो। हरेक पटक मैले उसलाई फोन गरेर सम्झाउँदा, ऊ मेरो चित्त बुझाउनका लागि मात्र परमेश्‍वरका वचनहरू थोरै पढ्थ्यो। हुर्कँदै जाँदा, ऊ संसार, ख्याति र प्राप्तिप्रति मोहित हुन पुग्यो, त्यसैले ऊ स्वाभाविक रूपमा संसारको मार्गमा हिँड्न खोज्यो। यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर नछोडेकी र घरमै बसेर हरेक दिन उसलाई परमेश्‍वरका वचनहरू पढेर सुनाएकी भए पनि, उसले परमेश्‍वरमा विश्वास गरेको हुनेथिएन। उसको भाग्य र ऊ हिँड्ने मार्ग उसकी आमाको रूपमा मैले नियन्त्रण गर्न सक्ने कुरा होइनन्। यो उसको प्रकृतिसँग सम्बन्धित छ र परमेश्‍वरको पूर्वनिर्धारणमा पनि निर्भर हुन्छ। एउटी सिस्टर थिइन् जसले कलेजबाट स्नातक गरेपछि पूर्णकालीन कर्तव्य निर्वाह गर्नप्रति आफूलाई अर्पित गरिन्, तर उनका गैरविश्‍वासी बुबाले उनलाई प्रहरी चौकीमा पठाए। रिहा भएपछि, उनले परमेश्‍वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न जारी राखिन्। अर्की सिस्टरले एक प्रतिष्ठित विश्वविद्यालयमा पढिन्, र परमेश्‍वरका वचनहरू सुनेपछि, उनी गहिरो रूपमा प्रभावित भइन् र उनले परमेश्‍वरमा विश्वास गर्ने अठोट गरिन्, त्यसैले उनले आफ्नो स्नातकोत्तरको पढाइ छोडिन् र पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न थालिन्। यी तथ्यहरूबाट मैले मानिसहरू कुन मार्गमा हिँड्ने निर्णय गर्छन् भन्ने कुरा साँच्चिकै तिनीहरूका आमाबुबासँग असम्बन्धित छ भन्ने देखेँ।

एक दिन मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कतिपय आमाबुबाले छोराछोरीमाथि लाद्‌ने मापदण्डहरू यस्ता हुन्छन्: ‘हाम्रा छोराछोरी सही मार्गमा लाग्नुपर्छ, उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, बाहिरी संसार त्याग्ने, र जागिर छाड्ने गर्नुपर्छ। अन्यथा, हामी राज्यमा प्रवेश गर्दा उनीहरूले प्रवेश गर्न सक्नेछैनन्, र हामी उनीहरूबाट अलग्गिनेछौँ। हाम्रो पूरै परिवार सँगसँगै राज्यमा प्रवेश गर्न सक्यौँ भने ज्यादै गज्जब हुनेछ! हामी यो संसारमा जस्तै स्वर्गमा पनि सँगै हुन सक्‍नेछौँ। राज्यमा हुँदा हामीले एकअर्कालाई छोड्‍नु हुँदैन, हामी युगौँ युग सँगै रहनैपर्छ!’ अनि, त्यसपछि थाहा हुन्छ कि तिनीहरूका छोराछोरीले त परमेश्‍वरमा विश्‍वासै गर्दैनन्, बरु सांसारिक कुराहरू पछ्याउँछन्, र धेरै पैसा कमाउन र धेरै धनी बन्‍न लागिपर्छन्; उनीहरू फेसनमा रहेका लुगा लाउँछन्, र जे चलिरहेको छ त्यही गर्छन् र त्यसैको बारेमा कुरा गर्छन्, तर आमाबुबाका इच्छाहरू पूरा गर्दैनन्। फलस्वरूप, यी आमाबुबाहरू निराश हुन्छन्, यसकारण तिनीहरू प्रार्थना गर्ने र व्रत बस्ने गर्छन्, एक हप्ता, १० दिन वा दुई हप्तासम्म व्रत बस्छन्, र यस मामलामा छोराछोरीको निम्ति निकै मेहनत लगाउँछन्। तिनीहरू प्राय: यति भोकाउँछन् कि तिनीहरूलाई रिँगटा लागिरहन्छ, र तिनीहरू प्राय: परमेश्‍वरसामु प्रार्थना गर्दै रोइरहन्छन्। तर तिनीहरूले जसरी प्रार्थना गरे पनि, वा जति मेहनत लगाए पनि, तिनीहरूका छोराछोरीलाई त्यसले छुँदैन, र तिनीहरू ब्युँझन जान्दैनन्। जति धेरै ती छोराछोरीले विश्‍वास गर्न अस्वीकार गर्छन्, त्यति नै धेरै यी आमाबुबाले यस्तो सोच्छन्: ‘ओहो, म छोराछोरीको मामलामा असफल भएँ, मैले उनीहरूलाई निराश तुल्याएँ। म उनीहरूलाई सुसमाचार सुनाउन असक्षम रहेँ, र मैले आफूसँगै उनीहरूलाई मुक्तिको मार्गमा ल्याइनँ। ती मूर्खहरू—यो मुक्तिको मार्ग हो!’ उनीहरू मूर्ख होइनन्; उनीहरूमा यो आवश्यकता नभएको मात्र हो। मूर्ख त यिनै आमाबुबाहरू हुन्, किनकि तिनीहरू छोराछोरीलाई जबरजस्ती यस मार्गमा हिँडाउन खोज्छन्, होइन र? यदि ती छोराछोरीलाई यो आवश्यक थियो भने, के यी आमाबुबाले यी कुराहरूबारे बोल्न जरुरी हुनेथ्यो र? ती छोराछोरी आफै विश्‍वास गर्न आउनेथिए। यी आमाबुबाहरू सधैँ यस्तो सोच्ने गर्छन्: ‘मैले मेरा छोराछोरीलाई निराश तुल्याएँ। मैले उनीहरूलाई सानै उमेरदेखि कलेज जान हौस्याएँ, र उनीहरू कलेज गएपछि पछाडि फर्किएनन्। उनीहरूले सांसारिक कुराहरू पछ्याउन छाड्नेछैनन्, र उनीहरू घर आउँदा खालि काम गर्ने, पैसा कमाउने, कसले बढुवा पायो वा गाडी किन्यो, कसले धनीसँग बिहे गर्‍यो, को उच्च अध्ययनको लागि युरोप गयो भन्‍नेबारे मात्र कुरा गर्छन्, र अरू मानिसहरूको जीवन कति राम्रो चलिरहेको छ भनेर मात्र बताइरहन्छन्। घर आउँदा उनीहरू जहिले पनि ती चिजबारे मात्र कुरा गर्छन्, र म ती कुराहरू सुन्न चाहन्नँ, तर त्यसबारे म केही गर्न सक्दिनँ। उनीहरूलाई परमेश्‍वरमा विश्‍वास गराउन मैले जे भनेर कोसिस गरे पनि, उनीहरूले सुन्दैनन्।’ यस कारणले गर्दा, तिनीहरू आफ्ना छोराछोरीसँग मिल्दैनन्। छोराछोरीलाई देख्दा तिनीहरूको मुहार निन्याउरो हुन्छ; छोराछोरीसँग बोल्दा तिनीहरूले अप्रसन्न भाव देखाउँछन्। कतिपय छोराछोरीलाई के गर्ने भन्‍ने नै थाहा हुँदैन, र उनीहरू सोच्छन्: ‘मेरा आमाबुबालाई के भएको छ मलाई थाहा छैन। यदि म परमेश्‍वरमा विश्‍वास गर्दिनँ भने, म बस विश्‍वास गर्दिनँ। तिनीहरू किन मलाई सधैँ यस्तो मनोवृत्तिद्वारा व्यवहार गर्छन्? मैले त कसैले परमेश्‍वरमा जति धेरै विश्‍वास गर्छ, ऊ त्यति राम्रो व्यक्ति बन्नेछ भन्ठान्थेँ। तर परमेश्‍वरका विश्‍वासीहरूमा कसरी आफ्नो परिवारप्रति त्यति थोरै मात्र स्नेह हुन सकेको?’ यी आमाबुबाहरू आफ्ना छोराछोरीबारे यति चिन्तित हुन्छन् कि तिनीहरूको रक्तनसा फुट्लै जस्तो हुन्छ, अनि तिनहरूले यसो भन्छन्: ‘उनीहरू मेरा छोराछोरी होइनन्! म उनीहरूसित सम्बन्ध तोड्दै छु, म उनीहरूलाई त्याग्दै छु!’ तिनीहरूले त्यसो त भन्छन्, तर तिनीहरूले साँच्चिकै त्यस्तो महसुसचाहिँ गर्दैनन्। के यस्ता आमाबुबाहरू मूर्ख होइनन् र? (हुन्।) तिनीहरू सधैँ सबथोकमाथि नियन्त्रण जमाउन र हाबी हुन चाहन्छन्, सधैँ छोराछोरीको भविष्य, आस्था, र हिँड्ने मार्गमा हाबी हुने इच्छा गर्छन्। यो अति मूर्खतापूर्ण कुरा हो! यो उचित होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरले जे खुलासा गर्नुहुन्छ त्यो पूर्ण रूपमा सही हुन्छ। मैले हृदयमा ठ्याक्कै यही सोचेकी थिएँ, र मैले यसरी नै काम गरेकी थिएँ। मेरो बच्चा विद्यालयमा छँदा, ऊ स्नातक गरेपछि हामी सँगै परमेश्‍वरमा विश्वास गरौँला र आमा-छोराका रूपमा राज्यमा प्रवेश गरौँला भनेर मैले हृदयमा पहिल्यै योजना बनाएकी थिएँ। त्यो कति गजब हुन्थ्यो होला! त्यसैले, मेरो बच्चा घरमा हुँदा, म परमेश्‍वरमा विश्वास गर्नेबारे समय निकालेर ऊसँग कुरा गर्थेँ, उसलाई परमेश्‍वरका वचनहरू पढ्न बारम्बार सम्झाउँथेँ, र उसले कुरा नसुन्दा म रिसाउँथेँ अनि कहिलेकाहीँ उसलाई गाली पनि गर्थेँ। ऊ अर्कै सहरको एउटा विश्वविद्यालयमा अध्ययनरत हुँदा, म दर्जनौँ माइल यात्रा गरेर उसलाई फोन गर्थेँ र परमेश्‍वरका वचनहरू पढ्न सम्झाउँथेँ, र म अनुचित रूपमा परमेश्‍वरको अगाडि प्रार्थना गर्थेँ र मेरो बच्चाको हृदयलाई प्रेरित गर्नुहोस् र उसलाई विश्वासतर्फ डोर्‍याउनुहोस् भन्दै उहाँसँग मागहरू राख्थेँ। म आफ्नै भाग्यलाई त नियन्त्रण गर्न सक्दिनथेँ, तैपनि मैले मेरो बच्चाको भाग्य योजनाबद्ध गर्न र नियन्त्रण गर्न प्रयास गरिरहेँ, र म उसलाई मैले उसका लागि योजना बनाएको मार्गमा हिँडाउन चाहन्थेँ। म साँच्चै नै अहङ्कारी र अति आत्मविश्वासी थिएँ! जब मैले मेरो छोराले संसारको मार्ग रोजेको कुरा थाहा पाएँ, म बेचैन र निराश भएँ, खान र सुत्न सकिनँ, र उसलाई विश्वासको मार्गमा डोर्‍याउन अझ बढी मिहिनेत नगरेकोमा पछुताएँ। वास्तवमा, म यस कारणले बेचैन थिएँ कि मलाई यदि मेरो बच्चाले परमेश्‍वरमा विश्वास गरेन भने ऊ प्रकोपमा फस्नेछ भन्ने डर थियो। आफ्ना भावनाहरूद्वारा नियन्त्रित भएर, मैले परमेश्‍वरका अभिप्रायहरूलाई बेवास्ता गरेँ, र मेरो बच्चालाई उसको इच्छाविपरीत परमेश्‍वरमा विश्वास गर्नेतर्फ घिसार्न जिद्दी मात्र गरिरहेँ। छोरासँगै राज्यमा प्रवेश गर्ने मेरो सपना पूरा गर्न मद्दत माग्दै मैले अनुचित रूपमा परमेश्‍वरलाई प्रार्थना समेत गरेँ। मैले जे-जे गरेँ ती सबै साँच्चै मूर्खतापूर्ण थिए, र परमेश्‍वरको निम्ति अत्यन्तै तिरस्कार्य थिए!

पछि, मैले परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ: “आमाबुबाको नाताले, उनीहरूले आफ्ना वयस्क छोराछोरीप्रति विकास गर्नुपर्ने मनोवृत्तिको कुरा आउँदा, तिनीहरूलाई मौन रूपमा आशीर्वाद दिने र तिनीहरूप्रति राम्रा अपेक्षाहरू राख्नेबाहेक, छोराछोरीले जस्तोसुकै दैनिक जीवन जिए पनि, र तिनीहरूको नियति वा जीवन जे-जस्तो भए पनि, आमाबुबाले कामकुरालाई जस्ताको त्यस्तै छोडिदिन मात्र सक्छन्। कुनै आमाबुबाले पनि यसमा केही परिवर्तन गर्न सक्दैनन्, न त यसबारे निर्णय नै गर्न सक्छन्। तैँले छोराछोरी जन्माइस् र हुर्काइस्, तर हामीले पहिले छलफल गरेजस्तै, आमाबुबाहरू आफ्ना छोराछोरीको नियतिको मालिक होइनन्। आमाबुबाले छोराछोरीको भौतिक शरीर जन्माउँछन् र तिनीहरूलाई वयस्कतासम्म हुर्काउँछन्, तर छोराछोरीको नियति कस्तो हुनेछ भन्‍नेबारे कुरा गर्दा, यो तिनीहरूका आमाबुबाले दिने वा रोज्ने कुरो होइन, तिनीहरूले निर्णय गर्ने कुरा त झनै होइन। तँ आफ्ना छोराछोरीले राम्रो गरून् भन्‍ने इच्छा गर्छस्, तर के त्यसले तिनीहरूले राम्रो गर्नेछन् भन्‍ने प्रत्याभूति गर्छ र? तँ तिनीहरूले दुर्भाग्य र नानाथरी अशुभ घटनाहरू सामना गरून् भन्‍ने चाहँदैनस्, तर के त्यसको अर्थ तिनीहरू ती कुराहरूबाट पन्छिन सक्नेछन् भन्‍ने हुन्छ र? तेरा छोराछोरीले जे सामना गरे पनि, ती कुनै पनि कुरा मानव इच्छाले हुने हुँदैनन्, र ती कुनै पनि तेरा आवश्यकता वा अपेक्षाहरूले निर्धारित हुँदैनन्। अनि, यसले तँलाई के बताउँछ? छोराछोरी हुर्किसकेपछि, आफ्नो गुजारा चलाउन, आफ्नै तवरले सोच्न, र परिस्थितिहरूबारे विचार गर्न, आत्म-आचरणका सिद्धान्तहरू पालना गर्न र जीवनबारे दृष्टिकोणहरू राख्न सक्षम भएपछि, र उप्रान्त आफ्ना आमाबुबाको प्रभाव, बहकाउ, बन्धन, वा व्यवस्थापनमा रहन छोडेपछि, तिनीहरू साँच्चिकै वयस्क हुन्। अनि, तिनीहरू वयस्क बनेका छन् भन्नुको अर्थ के हो? यसको अर्थ आमाबुबाले छाडिदिनुपर्छ, छोराछोरीलाई जीवनमा स्वतन्त्र रूपले अन्वेषण गर्न र जीवनमा आफ्नै मार्ग रोज्न अनुमति दिनुपर्छ भन्ने हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। “परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिका रूपमा, यदि तँ सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न चाहन्छस् भने, तेरो बाँकी जीवनमा रहेको ऊर्जा र समय तैँले निर्वाह गर्ने कर्तव्यमा र परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरामा खर्चिनुपर्छ; तैँले छोराछोरीमाथि समय खर्चनु हुँदैन। तेरो जीवन छोराछोरीको स्वामित्वको होइन, र त्यसलाई तिनीहरूको जीवन वा अस्तित्वको लागि वा तिनीहरूप्रति तेरा अपेक्षाहरू पूरा गर्नका लागि सक्‍काउनु हुँदैन। बरु, त्यसलाई परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्य र आज्ञा, साथै तैँले सृजित प्राणीका रूपमा पूरा गर्नुपर्ने मिसनमा अर्पित गर्नुपर्छ। तेरो जीवनको मूल्य र अर्थ यसैमा हुन्छ। यदि तँ आफ्नो इज्जत गुमाएर तेरा छोराछोरीको दास बन्न, तिनीहरूबारे चिन्ता लिन, र तिनीहरूप्रतिका तेरा आफ्नै अपेक्षाहरू पूरा गर्न तिनीहरूको लागि जे पनि गर्न तत्पर छस् भने, यो सबै व्यर्थ र मूल्यहीन छ, र यसलाई याद गरिनेछैन। यदि तँ त्यसो गर्न जिद कस्छस् र यी विचार र व्यवहारहरू त्याग्दैनस् भने, त्यसको अर्थ तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, तँ मानकअनुरूपको सृजित प्राणी हैनस्, र तँ एकदमै विद्रोही छस्, साथै तैँले परमेश्‍वरले तँलाई दिनुभएको जीवन र समय दुवैलाई प्रिय ठान्दैनस् भन्ने मात्र हुन्छ। … जब यो दायित्व पूरा गरिन्छ, र तेरा छोराछोरीहरू वयस्क हुन्छन्, तब तिनीहरू अत्यधिक सफल हुन्छन् वा केवल सादा र साधारण व्यक्ति रहन्छन् भन्‍ने कुराको तँसँग कुनै सरोकार हुँदैन, किनभने तिनीहरूको नियति तैँले निर्धारण गर्न सक्ने कुरा होइन, न त यो तैँले रोज्ने कुरा नै हो, र यो तैँले तिनीहरूलाई प्रदान गर्ने कुरा त झनै होइन—यो परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हुन्छ। यो परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हुने हुनाले, तैँले तिनीहरूको जीवन वा तिनीहरूको अस्तित्वमा हस्तक्षेप गर्नु वा घुस्नु हुँदैन। तिनीहरूका बानीबेहोरा, दैनिक दिनचर्या, र जीवनप्रतिको मनोवृत्ति, तिनीहरूसँग जस्तोसुकै जीविका चलाउने तरिकाहरू भए पनि, जीवनप्रति जस्तोसुकै दृष्टिकोण भए पनि, संसारप्रति जस्तोसुकै मनोवृत्ति भए पनि, तिनीहरूले जस्तोसुकै मार्ग पछ्याए पनि—यी तेरो सरोकारका विषय होइनन्। यी मामिलाहरूलाई हातमा लिएर दुःख भोग्ने तेरो कुनै दायित्व छैन, र तिनीहरू हरेक दिन खुसीसाथ जिउँछन् भनी सुनिश्चित गर्नका लागि तँसँग कुनै उपाय पनि छैन। यस सन्दर्भमा तेरा सबै प्रयासहरू अनावश्यक छन्। हरव्यक्तिको नियति परमेश्‍वरले निर्धारण गर्नुहुन्छ; त्यसकारण, तिनीहरूले जीवनमा कति आशिष् वा दुःख भोग्छन्, तिनीहरूले कस्तो परिवार, विवाह र छोराछोरी पाउँछन्, तिनीहरू समाजमा कस्ता अनुभवहरूमार्फत गुज्रन्छन्, र तिनीहरूले जीवनमा कस्ता घटनाहरू अनुभव गर्छन्, त्यस्ता कुराहरू तिनीहरू आफैले पूर्वानुमान गर्न वा बदल्न सक्दैनन्, र ती कुराहरू बदल्ने गर्ने क्षमता आमाबुबामा त झनै कम हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। हामीले हाम्रा छोराछोरीलाई कस्तो मनोवृत्तिका साथ व्यवहार गर्नुपर्छ भन्ने कुरा परमेश्‍वरका वचनहरूले एकदमै स्पष्ट पार्छन्। आमाबुबाले छोराछोरीलाई हुर्काएर वयस्क बनाएपछि, उनीहरूका जिम्मेवारीहरू पूरा हुन्छन्। उनीहरूका छोराछोरीले कुन मार्ग लिन्छन् वा उनीहरूको भाग्य कस्तो हुन्छ भन्ने कुरा आमाबुबाले निर्णय गर्ने होइन। छोराप्रतिको मेरो जिम्मेवारी धेरै पहिल्यै पूरा भइसकेको थियो, त्यसैले मैले मेरो बच्चाको जीवनमा वा उसले लिने मार्गमा अनुचित रूपमा हस्तक्षेप गर्नु हुँदैनथ्यो। मैले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्थ्यो र परमेश्‍वरबाट आउने हरेक कुरा स्वीकार गर्नुपर्थ्यो। मैले अय्यूबको बारेमा सोचेँ। बुबाका रूपमा, उनले पनि आफ्ना छोराछोरीले आफूले जस्तै परमेश्‍वरमा विश्वास गरुन् र उहाँको आराधना गरुन् भन्ने आशा गर्थे, तर आफ्ना छोराछोरीलाई गर्ने व्यवहारमा अय्यूबका सिद्धान्तहरू थिए। उनले केवल तिनीहरूलाई सुसमाचार प्रचार गरे र बुबाका रूपमा आफ्नो जिम्मेवारी पूरा गरे, र तिनीहरूले परमेश्‍वरमा विश्वास गर्छन् कि गर्दैनन् भन्ने सन्दर्भमा, अय्यूबले तिनीहरूको इच्छाविपरीत तिनीहरूलाई तानेर विश्वास गराउने कोसिस गरेनन्, र तिनीहरूले रोजेको मार्गमा उनले हस्तक्षेप गरेनन्। उनले आफ्ना छोराछोरीका लागि परमेश्‍वरसामु प्रार्थना गर्ने, तिनीहरूको हृदयलाई प्रेरित गरेर परमेश्‍वरमा विश्वास गराउन उहाँलाई अपिल गर्ने काम गरेनन्। उनी केवल परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित भए। अय्यूबको अभ्यास परमेश्‍वरका अभिप्रायहरू अनुसार थियो। आफूलाई अय्यूबसँग तुलना गर्दा, म लज्जित भएँ। मैले परमेश्‍वरका त्यति धेरै वचनहरू खाएकी र पिएकी थिएँ, तैपनि मेरो हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ थिएन। अवस्थाहरू सामना गर्दा, मैले सत्यता खोजिनँ र परमेश्‍वरका अभिप्रायहरू बोध गरिनँ, बरु यसको सट्टा, मैले केवल अन्धाधुन्ध रूपमा आफ्नो इच्छाबमोजिम काम गरेँ। मैले अय्यूबको उदाहरण पछ्याउनुपर्थ्यो र आफ्नो छोरालाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्थ्यो।

अहिले मेरो छोरा अझै पनि संसारमै खोजी गरिरहेको छ, तर अब म उसको भविष्य वा भाग्यको बारेमा चिन्ता गर्दिनँ, न त म उसका लागि दुखी वा निराश नै हुन्छु। परमेश्‍वरका वचनहरूले नै मेरा भ्रामक दृष्टिकोणहरूलाई बदलिदिए। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: २७. पक्राउ परेर यातना पाएपछि कसैले परमेश्‍वरलाई धोका दिएको थाहा पाउँदा

अर्को: २९. सङ्कष्टबाट अबदेखि म पछि हट्दिनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्