२७. पक्राउ परेर यातना पाएपछि कसैले परमेश्‍वरलाई धोका दिएको थाहा पाउँदा

मो उवेन, चीन

सन् २०२२ को अन्त्यतिर एक दिन, पक्राउ परेपछि मण्डलीका अगुवा लिन हुइले परमेश्‍वरलाई धोका दिएर यहुदा बनेको कुरा मैले थाहा पाएँ। सोधपुछको क्रममा, प्रहरीले लिन हुइलाई मण्डलीको आर्थिक कुराहरू र ब्रदर-सिस्टरहरूको बारेमा जानकारी खुलाओस् भनी धम्की दिएको थियो। यदि तिनले कबुल गरेनन् भने, जेल जानुपर्ने हुन्छ भन्दै तिनीहरूले तिनलाई करकापमा पार्न तिनकी छोरीको भविष्यको प्रयोग गरे। जेलमा दुःख भोग्नुपर्ने डर र छोरीको भविष्य बिग्रने चिन्ताले गर्दा, तिनी चिनियाँ कम्युनिस्ट पार्टीको मतियार बने। तिनले परमेश्‍वरका वचनहरूका पुस्तक राखिएको घर चिनाउन प्रहरीलाई डोर्‍याए, र पक्राउ परेका ब्रदर-सिस्टरहरूको ब्रेनवास गर्न प्रहरीलाई मद्दतसमेत गरे। लिन हुइ यहुदाको रूपमा खुलासा भएको र मण्डलीबाट निष्कासित भएको देख्दा, म गहिरो सोचमा परेँ, “लिन हुइले धेरै वर्षदेखि अगुवाको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएका थिए। ब्रदर-सिस्टरहरूसँगको तिनको सङ्गति प्रायः स्पष्ट नै हुन्थ्यो। तार्किक रूपमा भन्नुपर्दा, तिनीजस्तो उत्साहका साथ पछ्याउने व्यक्ति त केही कद भएको व्यक्ति हुनुपर्ने हो। पक्राउ परेपछि तिनी कसरी यहुदा बन्न सके? यसरी पछ्याउने लिन हुइ समेत आफ्नो गवाहीमा दृढ रहन सकेनन्। म अगुवा भएकी छैन र मैले धेरै सत्यता बुझेकी छैन; यदि म एक दिन पक्राउ परेँ भने के होला? यदि प्रहरीले मलाई सजाय सुनायो वा मलाई धम्की दिन मेरो परिवारको भविष्य प्रयोग गर्‍यो भने, के म आफ्नो गवाहीमा दृढ रहन सकूँला? यदि म दृढ रहन सकिनँ र यहुदा बनेँ भने, म अनन्त विनाशमा पर्नेछु! के यसको अर्थ कुनै राम्रो भविष्य वा गन्तव्य नहुनु होइन र? मैले कसरी मुक्ति पाउन र म कसरी राज्यमा प्रवेश गर्न सक्छु?” म जति धेरै सोच्थेँ, म त्यति नै दिक्दार हुन्थेँ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्ने प्रेरणा गुमाएँ। जब म कुनै मण्डलीका ब्रदर-सिस्टरहरू पक्राउ परेको कुरा सुन्थेँ, तब मलाई धेरै डर लाग्थ्यो, र कतै म पनि प्रहरीद्वारा पक्राउ पर्ने पो हो कि र एक दिन दृढ रहन नसक्ने पो हो कि भनी निरन्तर चिन्ता लाग्थ्यो। त्यस समयमा, सफा गर्ने कामको जिम्मेवारी पाएका केही सिस्टरहरूको स्थिति खराब थियो र उनीहरूको समस्या हल गर्न सङ्गतिको आवश्यकता थियो। मैले उनीहरूसँग भेट्नका लागि समय र स्थान तय गरेकी थिएँ। पछि, त्यो क्षेत्रमा सुरक्षा खतराहरू छन् भन्ने सुनेपछि, मलाई जान मन लागेन। “यदि म पक्राउ परेँ भने के होला?” पछि, एउटी सिस्टरले मसँग सङ्गति गरिन्, र अन्ततः म गएँ र काममा ढिलाइ गरिनँ।

पछि, लिन हुइ पक्राउ परेपछि तिनले परमेश्‍वरलाई दिएको धोकालाई मैले कसरी बुझ्नुपर्छ भनेर खोजी गरेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “मानिसलाई राज्यको युगमा पूरा रूपमा पूर्ण पारिनेछ। विजयको कामपछि, मानिसले शोधन र सङ्कष्ट भोग्नेछ। यो सङ्कष्ट दौरान विजय गर्न सक्‍ने र आफ्नो गवाहीमा दृढ रहन सक्‍नेहरू नै अन्ततः पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्ट दौरान, मानिसबाट यो शोधन स्वीकार गर्ने माग गरिन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हो। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँच स्वीकार गर्नैपर्छ र तिनीहरूले यो अन्तिम शोधन स्वीकार गर्नैपर्छ। सङ्कष्टहरूको माझमा हुनेहरू पवित्र आत्माको कामविहीन र परमेश्‍वरको मार्गदर्शनविहीन हुन्छन्, तर साँच्चै विजय गरिएकाहरू र परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू अन्ततः दृढ रहनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, यी विजेताहरूले दर्शनहरू गुमाउनेछैनन् र आफ्‍नो गवाही नगुमाई अझै सत्यता अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। केवल अल्याङटल्याङ गर्नेहरूले आज सित्तैमा खान पाए पनि, कोही पनि अन्तिम सङ्कष्टबाट उम्कन सक्दैन, र कोही पनि अन्तिम परीक्षाबाट उम्कन सक्दैन। जित्नेहरूका लागि, यस्तो सङ्कष्ट एक ठूलो शोधन हो; तर केवल अल्याङटल्याङ गर्नेहरूका लागि, यो पूर्ण रूपमा हटाइने काम हो। हृदयमा परमेश्‍वर हुनेहरूलाई जस्तोसुकै जाँच गरिए पनि, तिनीहरूको निष्ठा अपरिवर्तित रहन्छ; तर हृदयमा परमेश्‍वर नहुनेहरूका लागि, परमेश्‍वरको काम तिनीहरूको देहका लागि लाभदायक नहुनेबित्तिकै, तिनीहरूले परमेश्‍वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छन्, र परमेश्‍वरबाट टाढा समेत जान्छन्। यिनीहरू नै अन्तमा दृढतापूर्वक खडा नहुनेहरू हुन्, जो केवल परमेश्‍वरका आशिष्‌हरू खोज्छन् र परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने र उहाँप्रति आफूलाई अर्पित गर्ने कुनै चाहना राख्दैनन्। यस्ता नीच मानिसहरू सबैलाई परमेश्‍वरको कामको अन्त्य भएपछि ‘खेदिनेछ’, र तिनीहरूलाई अलिकति पनि कृपा देखाइनेछैन। मानवता नभएकाहरूमा परमेश्‍वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, ‘दयालु-हृदयको’ व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्। यदि आँखा झिमिक्क नगरी मार्ने यी दुष्ट पिशाचहरूलाई फालिएन भने, के तिनीहरू गम्भीर अन्तर्निहित खतरा बन्नेछैनन् र? विजयको काम समाप्त भएपछि, मानिसलाई मुक्ति दिने काम पूर्ण रूपमा सम्पन्न हुन्छ भन्‍ने होइन। विजयको काम अन्त्य भएको भए तापनि, मानिसलाई शुद्ध गर्ने काम अन्त्य भएको छैन; जब मानिसलाई पूर्ण रूपमा शुद्ध गरिन्छ, जब साँच्चै परमेश्‍वरमा समर्पित हुनेहरूलाई पूर्ण पारिन्छ, र जब आफ्नो हृदयमा परमेश्‍वर नभएका छद्मभेषीहरूलाई निकालिन्छ, तब मात्रै काम समाप्त हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। ‘अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ’ भन्‍ने वचनहरूमा, ‘पछ्याउनु’ को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्‍ने हुन्छ। आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन् तर जब परमेश्‍वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले ‘पछ्याउनु’-को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, सङ्कष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू आफ्‍नो कामको जाँच खप्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्‍ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्‍वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। ‘गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन’ भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले नराम्रो व्यवहार गर्नुहुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने आखिरी दिनहरूमा, परमेश्‍वरले हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने काम गरिरहनुभएको छ। सामा र गहुँ, असल दास र दुष्ट दास, अनि भेडा र बाख्राहरू केवल परीक्षा र सङ्कष्टहरूमार्फत मात्रै प्रकट हुन सक्छन्। परमेश्‍वरले हामीमाथि सतावट र सङ्कष्ट आउन दिनुको पछाडि अर्थ छ। परमेश्‍वरमा साँचो रूपमा विश्वास गर्नेहरूका लागि, यो सिद्ध पारिनु हो; अवसरवादी भई आशिष् खोज्ने र झारा टार्नेहरूका लागि, यो प्रकाश गरिनु र हटाइनु हो। परमेश्‍वरलाई साँचो रूपमा चाहनेहरूले जस्तोसुकै सतावट वा सङ्कष्टको सामना गर्नुपरे पनि न त परमेश्‍वरलाई इन्कार गर्छन् न धोका दिन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न सक्छन् र तिनीहरू आफ्नो गवाहीमा दृढ रहन सक्छन्। तर परमेश्‍वरलाई निष्कपट भई नपछ्याउनेहरूले, केही समयका लागि बाहिरी रूपमा कामकुरा त्यागेर आफूलाई समर्पित गर्न सके पनि र परमेश्‍वरको घरमा विश्वासीको भेष धारण गरे पनि, जब परमेश्‍वरले योजनाबद्ध गर्नुभएको वातावरण तिनीहरूको शरीरका लागि प्रतिकूल बन्छ र आशिष्‌ पाउने तिनीहरूको चाहना चकनाचुर हुन्छ, तब तिनीहरूले तत्कालै परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन सक्छन्। परीक्षाको बीचमा सत्यता अभ्यास गर्न र आफ्नो गवाहीमा दृढ रहन सक्नेहरू नै तिनीहरू हुन् जसलाई परमेश्‍वर मुक्ति दिन र सिद्ध पार्न चाहनुहुन्छ। आफ्नो गवाहीमा दृढ रहन नसक्नेहरू प्रकट भएका सामा हुन्। परमेश्‍वरको काम कति बुद्धिमान् छ! मैले मण्डलीको चलचित्र ‘मेरो जवानीका यादहरू’ का त्यस ब्रदरलाई सम्झेँ जो केवल २० वर्षका थिए। परमेश्‍वरमा विश्वास गरेको कारण, तिनले चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ र सतावट भोग्नुपरेको थियो। परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन तिनलाई बाध्य पार्न, प्रहरीले क्रूरतापूर्वक तिनको शरीरमा कपका कप उम्लिरहेको पानी खन्यायो। तर यो साँचो मार्ग हो भन्ने कुरामा ती ब्रदर निश्चित थिए, र सबै प्रकारका यातना सहेर पनि तिनले परमेश्‍वरलाई इन्कार गरेनन् र धोका दिएनन्। त्यस्तै, ‘सुनारको आगो’ भन्ने चलचित्र पनि छ, जहाँ प्रहरीले सिस्टरलाई परमेश्‍वरलाई धोका दिन बाध्य पार्न निर्लज्ज भई नाङ्गै बनायो र करेन्ट लगाउन विद्युतीय लट्ठी प्रयोग गर्‍यो। ती सिस्टरले ठूलो अपमान र पीडा सहिन्। पीडामा हुँदा, उनले शैतानसमक्ष झुक्नुभन्दा बरु मर्न तयार हुने सङ्कल्प गर्दै प्रार्थना गरिन्, परमेश्‍वरलाई इन्कार नगरी र धोका नदिई, यसरी सुन्दर तथा गुञ्जायमान गवाही दिइन् र शैतानलाई लज्जित पारिन्। मैले के देखेँ भने, परमेश्‍वरमा साँचो रूपमा विश्वास गर्ने ब्रदर-सिस्टरहरूले जतिसुकै खतरा वा सङ्कष्टको सामना गर्नुपरे पनि न त परमेश्‍वरलाई इन्कार गर्छन् न धोका दिन्छन्। तर लिन हुइ, जो लामो समयदेखि मण्डलीमा अगुवा थिए, तिनी पक्राउ परेपछि यहुदा बने र मण्डलीको हितलाई बेचे। क्रूर यातनाबाट बच्न, छोरीको भविष्य सुरक्षित गर्न र आफ्नो ज्यान जोगाउने प्रयास गर्न तिनी ठूलो रातो अजिङ्गरको मतियार र दास बने। तिनले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेका थिए र प्रायः ब्रदर-सिस्टरहरूसँग धेरै सङ्गति गरेका थिए, तर मानिसहरूको भाग्य परमेश्‍वरको हातमा हुन्छ भन्ने कुरामा तिनले विश्वास गरेनन्। जब नाजुक घडी आयो, तब तिनले परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन सके। त्यसोभए, तिनले अरूलाई गरेका सबै सङ्गति केवल शब्द र धर्मसिद्धान्तहरू मात्र थिएनन् र? तिनमा अलिकति पनि सत्यता वास्तविकता थिएन भन्ने कुरा तथ्यहरूले प्रकाश गरे। तिनी त केवल परमेश्‍वरको घरमा लुसुक्क छिरेका अविश्वासी थिए, जसले अवसरवादमार्फत आशिष्‌ पाउने व्यर्थको आशा राख्थे। विगतमा, मैले तिनको बाहिरी व्यवहार मात्र हेरेकी थिएँ। तिनी अगुवा बनिसकेकाले र राम्रोसँग बोल्न सक्ने भएकाले, तिनमा सत्यता वास्तविकता छ भन्ने मलाई लाग्थ्यो। परमेश्‍वरको प्रकाशमार्फत नै म खुट्ट्याउने क्षमतामा वृद्धि भएँ। साथसाथै, मैले आफ्नो साँचो कद पनि देखेँ। प्रायजसो, ममाथि कुनै खतरनाक परिस्थिति नआउँदा, मलाई आफूसँग केही विश्‍वास छ जस्तो लाग्थ्यो, तर जब कसैले यातना पाएको र परमेश्‍वरलाई धोका दिएको थाहा पाएँ, तब म डर र कायरतामा जिएँ। मैले पाठ सिक्नका लागि सत्यताको खोजी गरिनँ, न त आफ्नो कर्तव्यलाई कसरी जोगाइराख्ने भन्नेबारे नै सोचेँ। मसँग कुनै सत्यता वास्तविकता छैन भन्ने कुरा मैले देखेँ। अहिले परमेश्‍वरले मानिसहरूको काम जाँच्ने समय हो। मैले आफूलाई थप सत्यताले सुसज्जित गर्नु आवश्यक छ ताकि म परीक्षा र सङ्कष्टहरूमा दृढ रहन सकूँ।

पछि, मैले आफ्नो नकारात्मकताको मूल कारणबारे पनि चिन्तन गरेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “त्यसोभए तिमीहरूलाई मानिसहरूको हृदयको गहिराइमा के-कस्ता कुराहरू लुकेका हुन्छन् भन्‍ने थाहा छ? (आशिष्हरू पाउनका लागि परमेश्‍वरमाथि गरिने विश्‍वास; यो मानिसहरूको हृदयमा लुकेर रहने कुरा हो।) ठीक भनिस्। मानिसहरू सबैले आशिष्‌, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष्‌ प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्‍वरमाथि विश्‍वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष्‌ प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरूको प्रकाशमा आफूलाई हेर्दा, अन्ततः मैले के बुझेँ भने मेरो नकारात्मकता र ममा प्रेरणाको कमी हुनु मुख्यतया मेरो आशिष्‌ पाउने अभिप्रायले गर्दा आएका थिए। विगतमा, जब वातावरण सहज हुन्थ्यो, तब म खोजी गर्न उत्साही हुन्थेँ र सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्थेँ। तर फर्केर हेर्दा, मेरो प्रेरणा मुख्यतया राम्रोसँग कर्तव्य निर्वाह गरेर मात्र मैले राम्रो भविष्य र गन्तव्य पाउन सक्छु भन्ने सोचबाट आएको रहेछ। अहिले, लिन हुइ यहुदा बनेको र तिनले परमेश्‍वरलाई धोका दिएको देख्दा, यदि म पक्राउ परेँ भने म पनि लिन हुइ जस्तै हुनेछु र आफ्नो गवाहीमा दृढ रहन असफल हुनेछु, अनि त्यसपछि मेरो राम्रो परिणाम वा गन्तव्य हुनेछैन भन्ने चिन्ताले गर्दा, म पछि हट्न थालेँ। कर्तव्य निर्वाह गर्दा पनि, मैले झारा टार्ने काम मात्र गरिरहेकी थिएँ, र यदि कुनै खतरा आयो भने, म लुक्नका लागि तुरुन्तै घरतिर भाग्थेँ, आफ्नो कर्तव्य कति राम्रोसँग गरेँ भन्ने वास्तै गर्थिनँ, मलाई आफू सुरक्षित भए पुग्थ्यो। परमेश्‍वरमाथिको मेरो विश्वास केवल आशिष्‌ र राम्रो गन्तव्य पाउनका लागि मात्र थियो, र म कुनै पनि खतरा वा सङ्कष्टको सामना गर्न चाहन्नथेँ। परमेश्‍वरले मिलाइदिनुभएको परिस्थितिहरूमा पाठ सिक्नका लागि मैले सत्यताको खोजी गरिनँ। परमेश्‍वरको घरमा मिसिएर बस्‍ने सत्यता नपछ्याउने र आशिष्‌को व्यर्थ आशा गर्ने अविश्वासीहरूको विश्वास र परमेश्‍वरमाथिको मेरो विश्वासमा के भिन्‍नता थियो र? यदि मैले यो स्थितिलाई समाधान गर्न सत्यताको खोजी गरिनँ भने, ममाथि परीक्षाहरू आउँदा म लड्छु भन्‍ने कुरा निश्चित थियो। यस पटक, परमेश्‍वरले यस्तो परिस्थितिद्वारा मलाई प्रकट गर्नुभयो, र यो मेरा लागि उहाँको मुक्ति थियो। मैले हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिएँ।

पछि, मैले यो पनि मनन गरेँ: एक जना अगुवा पक्राउ परेको र यहुदा बनेको देख्दा ममा किन यस्तो तीव्र प्रतिक्रिया आयो त? अगुवाहरू भनेका सत्यताको राम्रो बुझाइ भएका र वास्तविकता भएका मानिसहरू हुन्, अनि यदि तिनीहरू पक्राउ परे भने, तिनीहरू आफ्नो गवाहीमा दृढ रहन सक्नुपर्ने हो भन्‍ने मैले सोचेकी थिएँ। तर के मेरा दृष्टिकोणहरू सत्यतासँग मेल खान्थे त? खोज्ने क्रममा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्‍वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्‍वरलाई चिन्छ, र ऊ परमेश्‍वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्‍वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। “परमेश्‍वरका वचनहरूलाई समातेर तिनलाई धृष्टतापूर्वक व्याख्या गर्न सक्नुको अर्थ तँसँग वास्तविकता छ भन्‍ने हुँदैन; कुराहरू तैँले कल्पना गरेजस्तो सरल हुँदैनन्। वास्तविकता हुनु भनेको तैँले बोल्ने कुरा होइन, बरु तैँले जिउने कुरा हो। जब परमेश्‍वरका वचनहरू तेरो जीवन र तेरो प्राकृतिक प्रकटीकरण बन्छन्, तब मात्रै तँसँग वास्तविकता छ भनेर भन्न सकिन्छ, र तब मात्रै तैँले साँचो बुझाइ र वास्तविक कद प्राप्त गरेको छस् भनी मान्न सकिन्छ। लामो समयसम्म परीक्षाहरू सहन सक्नु, र परमेश्‍वरका मागहरू पूरा गर्ने रूपमा जिउनु—ढोँग गर्नुको सट्टा, त्यसलाई प्राकृतिक रूपमा प्रकट गर्नु—यसलाई मात्र साँचो रूपमा वास्तविकता भएको, र जीवन भएको मानिन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्‍वरको घरले मण्डलीको कामको आवश्यकताअनुसार मानिसहरूलाई बढुवा र संवर्धन गर्छ। अगुवा वा कामदार बन्ने क्षमता र पूर्वाधार भएका केहीलाई अगुवा वा कामदारको रूपमा चुनिएको छ वा केही काम गर्न बढुवा गरिएको छ। यो तिनीहरूलाई तालिमको अवसर दिनका लागि हो। तर, यसको अर्थ यो होइन कि तिनीहरूसँग सत्यता वास्तविकताहरू हुन्छन्, न त यसको अर्थ तिनीहरूको कद अन्य ब्रदर-सिस्टरहरूको भन्दा ठूलो हुन्छ भन्ने नै हो। यति हो कि तिनीहरूले निर्वाह गर्ने कर्तव्य र तिनीहरूले निभाउने भूमिकाहरू फरक हुन्छन्। परमेश्‍वरका वचनहरूको प्रकाशमा आफूलाई हेर्दा, अगुवा र कामदारहरूप्रतिको मेरो दृष्टिकोण गलत थियो भन्ने मैले देखेँ। उदाहरणका लागि, जब मैले लिन हुइ पक्राउ परेको देखेँ, तब मलाई तिनी अगुवा भएकाले र तिनको सङ्गति एकदमै स्पष्ट हुने भएकाले, तिनले पक्कै पनि सत्यता पछ्याएका थिए र तिनमा वास्तविकताहरू थिए, अनि यदि पक्राउ परेमा, तिनी आफ्नो गवाहीमा दृढ रहन सक्नुपर्छ भन्‍ने लागेको थियो। जब मैले तिनलाई पूर्ण रूपमा यहुदा बनेको देखेँ, तब मैले त्यो कुरा बुझ्न सकिनँ। म अगुवा वा कामदार नभएकाले, यदि म पक्राउ परेँ भने म दृढ रहन सक्नेछैनँ होला भनेर मलाई चिन्तासमेत लाग्यो। अब मैले के बुझेँ भने कुनै व्यक्तिसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गरेको छ वा कति धर्मसिद्धान्त बोल्न सक्छ भन्ने आधारमा निर्धारण हुँदैन, तर मुख्यतया मामिलाहरूको सामना गर्दा उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भन्ने आधारमा निर्धारण हुन्छ। मैले मण्डलीमा भेटीहरू सुरक्षित राख्ने जिम्मेवारी पाएकी एक वृद्ध सिस्टरलाई सम्झेँ। जब एक जना यहुदाले प्रहरीलाई उनको घर खानतलासी गर्नलाई लग्यो र प्रहरीले उनलाई धम्की दिँदै भेटीहरू सुम्पन लगाउने प्रयास गर्‍यो, तब ती सिस्टर शैतानका दुष्ट शक्तिहरूसँग डराइनन्, अनि उनले भेटीहरू जोगाउन आफ्नो ज्यान जोखिममा पारिन्, र प्रहरीलाई बुद्धिमानीपूर्वक जवाफ दिन परमेश्‍वरमा भर परिन्, प्रहरी गइसकेपछि, उनले तुरुन्तै भेटीहरूलाई सुरक्षित स्थानमा सारिन्। मानिसहरूको नजरमा, ती वृद्ध सिस्टर अगुवा थिइनन् र उनले सङ्गति गर्न वा प्रवचन दिन सक्दिनथिन्, तर मामिलाहरूको सामना गर्दा, उनले आफ्नो सुरक्षाको परवाह नगरी भेटीहरू जोगाउन र परमेश्‍वरको घरको हितलाई सुरक्षित राख्न सकिन्। यस्तो व्यक्तिले गवाही दिइन्।

लिन हुइको असफलताको एउटा कारण जेलमा दुःख भोग्नुपर्छ भन्‍ने उनको डर थियो। अर्को कारण के थियो भने, जब ठूलो रातो अजिङ्गरले तिनलाई धम्की दिन तिनकी छोरीको भविष्य प्रयोग गर्‍यो, तब मानिसहरूको भाग्य परमेश्‍वरको हातमा हुन्छ भन्ने कुरामा तिनले विश्वास गरेनन्। मेरो आफ्नै उस्तै स्थितिको बारेमा सोच्दै, मैले स्थितिको यस पक्षबारे परमेश्‍वरका वचनहरू खोजेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र? … मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, मानिस सृजित प्राणी हो, र मानिसहरूको भाग्य परमेश्‍वरको हातमा हुन्छ। मानिसको भाग्य कस्तो हुन्छ भन्ने कुरा धेरै पहिलेदेखि नै परमेश्‍वरद्वारा पूर्वनिर्धारित र योजनाबद्ध गरिएको हुन्छ। मानिसहरूले आफ्ना लागि जतिसुकै योजना र चालबाजी गरे पनि, तिनीहरूले आफ्नो भाग्यलाई नियन्त्रण गर्न सक्दैनन्। चिनियाँ कम्युनिस्ट पार्टीको प्रहरी बलले मलाई धम्की दिन मेरो परिवारको भविष्य प्रयोग गर्नेछ भन्ने मेरो चिन्ता मुख्यतया परमेश्‍वरको सार्वभौमिकताबारे मेरो साँचो बुझाइको कमीबाट आएको थियो। मैले के बुझेँ भने यदि म एक दिन साँच्चै पक्राउ परेँ र जेल परेँ भने, मेरो परिवार मुछिनेछ कि मुछिनेछैन भन्ने कुरा सबै परमेश्‍वरको हातमा छ। म एउटा सृजित प्राणी हुँ, र मैले आफ्‍नो भाग्यलाई त नियन्त्रण गर्न सक्दिनँ, तैपनि मैले आफ्नो परिवारको भविष्यबारे चिन्ता गरिरहेकी थिएँ। म कति मूर्ख! पक्राउ पर्नुभन्दा पहिले समेत, म यहुदाको रूपमा प्रकट हुनेछु कि भनेर चिन्तित थिएँ, त्यसैले मैले घरमै लुकेर आफ्नो ज्यान जोगाउने प्रयास गरेँ, म आफूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू समेत नगरी, र आफ्नो कर्तव्यप्रति अलिकति पनि वफादार नभई बसेँ। बाहिरी रूपमा, मैले लिन हुइले जस्तो यहुदाको रूपमा परमेश्‍वरलाई प्रत्यक्ष रूपमा धोका नदिए पनि, राम्रोसँग कर्तव्य निर्वाह नगरेर, के म शैतानको चालमा फसेकी र मैले आफ्नो गवाही गुमाएकी थिइनँ र? त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, लिन हुइ यहुदाको रूपमा प्रकट भएका छन्। मैले धेरै गलत दृष्टिकोणहरू प्रकट गरेकी छु र म कातर तथा भयभीत भएकी छु, तर यो प्रकटीकरणमार्फत, मैले आफ्नो साँचो कद स्पष्ट रूपमा देखेकी छु र मसँग कति कम विश्‍वास छ भन्ने देखेकी छु। हे परमेश्‍वर, कृपया मलाई भविष्यमा कर्तव्य पूरा गर्दा आफ्नो गवाहीमा दृढ रहन मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले सफा गर्ने कामको जिम्मेवारी पाएका ती सिस्टरहरूलाई सम्झेँ जो खराब स्थितिमा थिए, र उनीहरूसँग अझै छलफल गर्नुपर्ने काम बाँकी छ भन्ने सोचेँ। त्यसैले मैले उनीहरूसँग भेट्न समय मिलाएँ, र हाम्रो भेलाले केही नतिजाहरू हासिल गर्‍यो।

यस पटक, एक जना यहुदा प्रकट भएको घटनाले मलाई आफ्नो साँचो कद चिन्न र मेरो आशिष्‌ पाउने चाहना कति प्रबल छ भन्ने देख्न मद्दत गर्‍यो। मैले आफ्नो स्वार्थी र नीच शैतानी स्वभावबारे केही बुझाइसमेत प्राप्त गरेँ। साथसाथै, यसले मलाई चिनियाँ कम्युनिस्ट पार्टीद्वारा शासित देशमा सत्यता पाउनका लागि परमेश्‍वरमा विश्वास गर्नु सजिलो छैन भन्‍ने कुरा अझ स्पष्ट रूपमा देखायो। साँच्चै नै आफ्नो ज्यान बाजीमा लगाउनुपर्छ! मेरो कद अझै सानो भए पनि, म यस्तो वातावरणमा परमेश्‍वरका वचनहरू र कामलाई अनुभव गर्न र समर्पित हुन इच्छुक छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: २६. हैसियतको पछ्याइबारे चिन्तन

अर्को: २८. के आमाबुबाले आफ्ना छोराछोरीको भाग्य बदल्न सक्छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्