२३. के प्राप्त दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ?

ओउयाङ स्यु, चीन

२०१५ मा, अगुवाहरूले मलाई लेखन-पठनको काम गर्न खटाए। त्यतिबेला, अगुवाहरूले टोली अगुवा चेङ नुओलाई आफ्नो कर्तव्य निर्वाह गर्दा खराब मनोवृत्ति देखाएकीमा काँटछाँट गरेका थिए। अगुवाहरूले उनलाई प्रतिस्थापित गर्न चाहेकाले मलाई यहाँ आउन खटाएका हुन् भने उनले विश्वास गरिन्, त्यसैले उनले मलाई हरमोडमा कामकुराहरू कठिन बनाइदिइन्। अक्सर, भेलाहरूमा उनी मलाई प्रवचनसम्बन्धी समस्याहरूबारे सोध्थिन्। यदि मैले जवाफ दिन सकिनँ भने, चेङ नुओ मलाई उपहास गर्दै यसो भन्थिन्, “तपाईँसँग केही क्षमता छैन? नत्र अगुवाहरूले तपाईँलाई किन यहाँ पठाउँथे र?” उनको कुरा सुन्दा मलाई हृदयमा साह्रै विवश महसुस हुन्थ्यो। हरेक भेला यातना थियो। मेरो स्थिति खराब भएकाले, प्रवचनहरू जाँच गर्दा ममा कुनै विचाहरू हुँदैनथे, र म आफूलाई सिद्धान्तहरूले सुसज्जित पार्न सक्दिनथेँ। मलाई यो कर्तव्य निर्वाह गर्न एकदमै गाह्रो, र म यसको लायक छैनँ भन्ने लाग्यो। मेरो हृदयमा वेदना थियो, र मलाई घर फर्कन मन लाग्यो। मेरो स्थिति सबैभन्दा नाजुक हालतमा भएकै बेला, मेरी सहकर्मी सिस्टर याङ गुवाङले मेरो स्थिति खराब भएको देखिन् र धैर्यपूर्वक मसँग सङ्गति गरेर मद्दत गरिन्। उनले मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने मौका नत्याग्न प्रोत्साहन पनि दिइन्, र मैले नबुझेको कुनै पनि कुराबारे उनीसँग सङ्गति र छलफल गर्न सक्छु, अनि हामी सँगै काम गर्न सक्छौँ भनेर भनिन्। याङ गुवाङले मसँग धेरै सङ्गति गरिन्, र मेरो हृदय धेरै स्पष्ट र झन् धेरै अन्तर्दृष्टिपूर्ण भयो। ममा आफ्नो कर्तव्य निरन्तर गर्ने इच्छा पनि थियो। पछि, मैले आफूलाई सिद्धान्तहरूले सुसज्जित पार्न समय र मिहिनेत लगाएँ, अनि आफूले नबुझेका कुनै पनि कुराबारे याङ गुवाङलाई मसँग सङ्गति गर्न लगाएँ। बिस्तारै, मैले कर्तव्य निर्वाह गर्ने केही मार्ग पत्ता लगाएँ र म याङ गुवाङप्रति एकदमै आभारी भएँ। पछि, चेङ नुओ बर्खास्त भइन् अनि ब्रदर-सिस्टरहरूले मलाई टोली अगुवाका लागि सिफारिस गरे। म आफू यस कामको योग्य छैनँ भन्ने डरले, यसलाई अस्वीकार गर्न चाहन्थेँ, तर याङ गुवाङले फेरि मलाई हौसला दिइन्, र के भनिन् भने मैले गर्न नसकेको कुनै पनि कुरा अरू टोली सदस्यहरू र मैले सँगै छलफल गर्नेछौँ, र उनले पनि मलाई मद्दत गर्नेछिन् भनेर बताइन्। त्यसैले, मैले टोली अगुवाको कर्तव्य स्वीकार गरेँ। यस अवधिमा, याङ गुवाङ मसँग कर्तव्य निर्वाह गर्ने मार्गबारे प्रायः छलफल गर्थिन्, र काम निकै सहज रूपमा अघि बढिरहेको थियो। म याङ गुवाङप्रति अत्यन्तै कृतज्ञ थिएँ, र मैले यो उपकार आफ्नो हृदयमा राख्नुपर्छ जस्तो लाग्यो। यदि भविष्यमा उनलाई कुनै समस्या भएमा, मैले उनलाई मद्दत गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। म बैगुनी हुनु हुँदैनथ्यो।

केही समयपछि, याङ गुवाङ भेटघाटका लागि घर फर्किन्, तर उनको छोरा उनलाई फेरि कर्तव्य निर्वाह गर्नका लागि बाहिर जान दिन राजी भएन। तिनले त उनी बूढी भएपछि उनको हेरचाहसमेत नगर्ने बताए। र त्यसैले याङ गुवाङलाई विवश महसुस भयो। उनी निरन्तर रूपमा नकारात्मक स्थितिमा जिइन्, र आफ्नो कर्तव्य निर्वाह गर्नमा कुनै बोझ उठाउँदिनथिइन्। मैले उनलाई धेरैपटक सङ्गति गरेँ र मद्दत गरेँ, तर उनमा फिटिक्कै सुधार आएन। पछि, अगुवाहरूबाट पत्र आयो, जसमा याङ गुवाङको स्थितिले काममा पहिल्यै गम्भीर रूपमा रोकावट ल्याइरहेको छ, र यदि उनले छिट्टै सुधार गरिनन् भने उनलाई बर्खास्त गर्नुपर्छ भनिएको थियो। त्यो पत्र पढेपछि म एकदमै चिन्तित भएँ। मैले आफूलाई कठिनाइहरू आइपर्दा याङ गुवाङले मलाई कसरी मद्दत गरेकी थिइन् भनेर सम्झेँ, त्यसैले यस घडी मैले उनलाई धेरै मद्दत गर्नुपर्थ्यो। त्यसपछि, मैले याङ गुवाङलाई भेटेर सङ्गति गरेँ। उनले आफ्नो स्थिति अलिक राम्रो छ भनेर बताइन्, र मलाई अलिक राहत महसुस भयो। अर्कोपटक, याङ गुवाङसँग तत्कालै जाँच गर्नुपर्ने केही प्रवचन थिए, तर आधा महिना बितेपछि पनि उनले ती जाँच गरिसकेकी थिइनन्। मैले याङ गुवाङको हृदय र मन आफ्नो कर्तव्यमा छैन, र यदि यस्तै भइरह्यो भने काममा ढिलाइ हुनेछ भन्ने देखेँ। मैले त्यो गर्न अरू कसैलाई खटाउने बारेमा सोचेँ, तर फेरि मैले यो पनि सोचेँ, “यदि याङ गुवाङले प्रवचनहरू जाँच गरिन् भने, त्यो उनले आफ्नो कर्तव्य निर्वाहमा केही नतिजा हासिल गरेको मानिनेछ र उनलाई अर्को काममा खटाइनेछैन। यो बेला मैले उनलाई सघाउनुपर्छ।” त्यसपछि म याङ गुवाङसँग सङ्गति गर्न गएँ र मैले उनलाई आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति बदल्न र तत्काल प्रवचनहरू जाँच्न अनुरोध गरेँ। तर, थप केही दिन बिते र अझै कुनै प्रगति भएन। मैले उनलाई खास कारणबारे सोधेँ, तर उनले इमानदारीसाथ जवाफ दिइनन्। मैले के बुझेँ भने म उनलाई प्रवचनको काममा लगाइरहन सक्दिनँ, र हतार-हतार त्यो गर्न अरू कसैलाई खटाएँ। काममा ढिलाइ भइसकेको देख्दा, मलाई असाध्यै आत्मग्लानि भयो। मलाई याङ गुवाङ आफ्नो स्थिति बदल्न निरन्तर असक्षम भएकीले उनलाई बर्खास्त गर्नुपर्छ भन्ने थाहा थियो, तर फेरि मैले सोचेँ, “सुरुदेखि नै उनको स्थिति राम्रो छैन। यदि बर्खास्त भएपछि, उनी यसबाट बाहिर निस्कन सकिनन् भने के होला?” मैले त्यो गर्न सकिनँ; मेरो हृदय उल्झनमा पऱ्यो। त्यतिबेला, संयोगवश अर्को कामका लागि मानिसहरू चाहियो, र मैले याङ गुवाङलाई गएर त्यो काम गर्ने प्रबन्ध मिलाएँ। त्यसपछि, मैले उनको कुनै खबर सुनिनँ।

एक वर्षपछि, म मण्डलीमा अगुवाका रूपमा निर्वाचित भएँ। एकपटक, म कार्य प्रतिवेदन पढ्दै थिएँ र याङ गुवाङ आफ्नो कर्तव्य निर्वाहमा अत्यन्तै निष्क्रिय छिन्, प्रायः घर गइरहन्छिन् र आफ्नो सबै काम सहकर्मीलाई थोपर्छिन् भन्ने थाहा पाएँ। यसबाहेक, याङ गुवाङको आफ्नै सुरक्षालाई जोखिम थियो, र ओहोर-दोहोर गरिरहनु सुरक्षित थिएन। यसबारे उनलाई सङ्गति दिइएको थियो, तर उनले स्विकारेकी थिइनन्। मैले याङ गुवाङको व्यवहार पहिलेकै जस्तो छ र फिटिक्कै बदलिएको छैन भनेर पढ्नेबित्तिकै, याङ गुवाङलाई मसँगै सहकार्य गर्ने सिस्टरसँग नयाँ काममा खटाउनुपर्छ कि भनेर छलफल गर्नेबारे सोचेँ। तर, तुरुन्तै मैले मलाई मेरो सबैभन्दा अन्धकार समयमा याङ गुवाङले कति धेरै मद्दत गरेकी थिइन् भनेर पनि सोचेँ, तर अहिले मैले अगुवा हुनेबित्तिकै उनलाई बर्खास्त गर्न चाहेँ। यदि उनले थाहा पाइन् भने, के उनले ममा विवेक छैन र म बैगुनी रहेछु भनेर भन्नेछैनन् र? भविष्यमा भेट्दा, म उनलाई मुख देखाउन सक्नेछैनँ। त्यसैले, मैले उप्रान्त मसँग सहकार्य गर्ने सिस्टरलाई यो मामिला बताउन चाहिनँ। त्यसपछि, मैले याङ गुवाङलाई देख्दा, यसरी आफ्नो कर्तव्य निर्वाह गर्नुको प्रकृति र परिणामहरूबारे उनीसँग सङ्गति गरेँ, र यदि उनले कामकुराहरू सुधार गरिनन् भने उनलाई बर्खास्त गरिनेछ भनेर चेतावनी दिएँ। मेरो अगाडि, याङ गुवाङ सहजै सहमत भइन्। तर, मैले एक महिना नबित्दै, याङ गुवाङसँग सहकार्य गर्ने सिस्टरले उनी अझै पनि आफ्नो कर्तव्य छोड्न प्रवृत्त हुन्छिन्, र यसले काममा गम्भीर रोकावट ल्याएको छ भनेर बताउँदै पत्र पठाउलिन् भनेर अपेक्षा गरेकी थिइनँ। मलाई हृदयमा गहिरो आत्मग्लानि भयो। यदि मैले उनलाई तुरुन्तै बर्खास्त गरेकी भए, उनले काममा थप एक महिना ढिलाइ गराउनेथिइनन्। मैले के बुझेँ भने याङ गुवाङको व्यवहार निरन्तर उस्तै छ, र उनलाई केहीपटक मद्दत गरेर मात्र सुधार्न सकिँदैन, र मैले उनलाई बर्खास्त गर्ने निर्णय गरेँ।

त्यसपछि, मैले आत्मचिन्तन गरेँ। किन म याङ गुवाङसँग सम्बन्धित कुनै पनि मुद्दा सिद्धान्तअनुसार सम्हाल्न असमर्थ थिएँ? मैले परमेश्‍वरका वचनहरूका दुइटा खण्ड पढेँ: “कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, र आफूलाई आचरणमा ढाल्ने र मामलाहरू सम्हाल्ने तिनीहरूको तरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति भावनाहरू अनुभूत गर्छन्, र तिनीहरूले सम्बन्ध र भावनासम्बन्धी मामलाहरूमा ध्यान दिँदै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। जब त्यस्तो व्यक्तिको गैरविश्‍वासी आफन्तको मृत्यु हुन्छ, ऊ तीन दिनसम्‍म रुनेछ, र उसले शव गाड्न दिनेछैन, उसले मरेको व्यक्तिप्रति अझै पनि भावनाहरू पाल्नेछ। ऊ अत्यन्तै भावुक हुन्छ। यो भन्‍न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरू प्रायः परमेश्‍वरविरुद्ध विद्रोह गरिरहन्छन्। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्‍वरप्रति समर्पित हुन असक्षम हुन्छन्। यस्ता बलिया भावनाहरूका साथ, तिनीहरूले गर्न सक्ने भनेको देहको ख्याल गर्नु मात्रै हो; तिनीहरू मूर्ख र अन्योलग्रस्त मानिस हुन्। यस्ता मानिसहरूको प्रकृति धेरै भावुक हुनु हो। तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “भावनाहरू विशेषतः कस्ता हुन्छन्? अवश्यै सकारात्मक हुँदैनन्। ती दैहिक सम्‍बन्धहरूमा र देहका रुचिहरू पूरा गर्नमा केन्द्रित हुने चरित्रका हुन्छन्। पक्षपात गर्नु, गलत कार्यको बचाउ गर्नु, आसक्तिपन देखाउनु, पुलपुल्याउनु, र लिप्त हुन दिनु, यी सबै नै भावनाहरूमा पर्छन्। कतिपय मानिसहरूले भावनाहरूलाई धेरै महत्त्व दिन्छन्, र आफूलाई जेसुकै आइपरे पनि, तिनीहरूले आफ्‍नो भावनाको आधारमा प्रतिक्रिया जनाउँछन्; तिनीहरूलाई हृदयमा यो गलत हो भन्‍ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू वस्तुनिष्ठ हुन सक्दैनन्, सिद्धान्तअनुसार काम गर्नु त परको कुरा हो। जब मानिसहरू सधैँ भावनाद्वारा बाधित हुन्छन्, के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त अत्यन्तै कठिन छ! धेरै मानिसहरूले सत्यता अभ्यास गर्न नसक्‍नुको कारण भावनाहरू नै हुन्छ; तिनीहरू भावनाहरूलाई विशेष महत्त्व दिन्छन्, र तिनलाई सबैभन्दा अगाडि राख्छन्। के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् त? अवश्यै होइनन्। भावनाहरूको सार के हो? त्यो दैहिक भावनाहरूलाई सबैभन्दा अगाडि राख्नु र सत्यता सिद्धान्तहरूलाई पाखा लगाउनु हो। भावनाहरूका प्रकटीकरणहरूलाई कैयौँ शब्‍द र वाक्यांशहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, दैहिक सम्‍बन्धहरू कायम राख्नु, र निष्पक्षताको अभाव। भावनाहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्‍वर एकदमै भावुक मानिसहरू सबै कुरामा भावनाद्वारा बाँधिएका हुन्छन् भनेर खुलासा गर्नुहुन्छ। तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन् र सिद्धान्तअनुसार कामकुराहरू गर्न सक्दैनन्। तिनीहरूलाई आफ्नो हृदयमा आफूले गरिरहेको कुरा गलत छ भनेर राम्ररी थाहा भए पनि, तिनीहरू अझै आफ्नो काम निष्पक्ष रूपमा सम्हाल्न सक्दैनन्। म एकदमै भावुक व्यक्ति थिएँ, र मैले याङ गुवाङसँगको अन्तरक्रियामा आफ्ना भावनाहरू प्रकट गरेकी थिएँ। जब मैले भर्खरै लेखन-पठनको कर्तव्य गर्न सुरु गरेको थिएँ, तब म प्रायः नकारात्मकतामा जिउँथेँ र आफ्नो कर्तव्य छोड्नेबारे सोच्थेँ। याङ गुवाङले नै मलाई बारम्बार धैर्यपूर्वक मद्दत गरेकी थिइन्, जसले गर्दा ममा कर्तव्य निर्वाह गर्ने आस्था भयो। मलाई उनी मप्रति असल छिन् र मलाई दया देखाएकी छिन् भन्ने लाग्यो। मैले आफू टोली अगुवा बनेपछि, याङ गुवाङ निरन्तर रूपमा आफ्नो परिवारप्रतिको स्नेहमा जिइरहेकी थिइन्, जसले काममा रोकावट ल्याइइरहेको थियो। तर, मैले उनलाई बर्खास्त गरेकी थिइनँ, बरु उनको सुरक्षा गरेकी थिएँ। मैले अगुवाहरूलाई उनको साँचो अवस्था रिपोर्ट गरेकी थिइनँ, र उनलाई एकपछि अर्को मौका दिएकी थिएँ ताकि उनले कर्तव्यहरू जारी राख्न सकून्। फलस्वरूप, यसले काममा ढिलाइ गरायो। म मण्डलीमा अगुवा बनेपछि, मैले के देखेकी थिएँ भने याङ गुवाङले निरन्तर आफ्नो कर्तव्यमा बोझ बोकेकी थिइनन् र उनलाई बर्खास्त गर्नुपर्थ्यो, तर मैले उनले मलाई देखाएको दया सम्झेकी थिएँ। मैले उनले मलाई दिएको मद्दतबारे सोच्दा, उनलाई बर्खास्त गर्न सकिनँ, र भावनाका आधारमा उनको सुरक्षा गरिरहेँ। मैले याङ गुवाङलाई एकपछि अर्को मौका दिइरहेकी थिएँ, तर यसले काममा अवरोध र बाधा ल्यायो। मैले के बुझेँ भने भावनाका आधारमा व्यवहार गर्दाको नतिजा मैले परमेश्‍वरलाई प्रतिरोध गर्नु र धोका दिनु मात्र हुन सक्छ। मैले आफ्नो व्यवहारका लागि आफूलाई एकदमै दोष दिएँ, अनि दैहिक भावनामा जिएकीमा र मण्डलीको कामको रक्षा नगरेकीमा आफूलाई घृणा गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर! म उप्रान्त भावनाका आधारमा व्यवहार गर्न चाहन्नँ। मैले सिद्धान्तहरूअनुसार अभ्यास गर्नैपर्छ र मण्डलीको कामको सुरक्षा गर्नैपर्छ। मलाई अगुवाइ गर्नुहोस् ताकि म सत्यता अभ्यास गर्न सकूँ।” त्यसपछि, मैले मसँग सहकार्य गर्ने सिस्टरसँग यो मामिला छलफल गरेँ र याङ गुवाङलाई बर्खास्त गरेँ। त्यसपछि मात्र मलाई हृदयमा निश्चिन्त महसुस भयो।

त्यसपछि, मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत विचारलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढेँ, र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने कुरा चिनियाँ संस्कृतिमा कुनै व्यक्तिको आचरण नैतिक छ कि अनैतिक भनेर मूल्याङ्कन गर्ने एक विशिष्ट मापदण्ड हो। व्यक्तिको मानवता असल छ कि खराब छ र उसको आचरण कति नैतिक छ भनेर मूल्याङ्कन गर्ने क्रममा, एउटा मापदण्ड भनेको उसले आफूले पाएको निगाह वा सहयोगको ऋण तिर्छ कि तिर्दैन—ऊ आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्ने व्यक्ति हो कि होइन भन्‍ने कुरा हो। चिनियाँ परम्‍परागत संस्कृति र मानवजातिको परम्‍परागत संस्कृतिमा, मानिसहरू यसलाई नैतिक आचरणको महत्त्वपूर्ण मानकको रूपमा लिन्छन्। यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्दैन र ऊ बैगुनी हुन्छ भने, उसलाई विवेक नभएको र सङ्गत गर्न लायक नभएको व्यक्ति मानिन्छ, र सबैले उसलाई घृणा, तिरस्कार वा इन्कार गर्नुपर्छ। अर्कोतर्फ, यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्छ भने—यदि ऊ कृतज्ञ हुन्छ र आफूले पाएको निगाह र सहयोगको ऋण आफूसँग भएको हर माध्यमले तिर्छ भने—उसलाई विवेक र मानवता भएको व्यक्ति मानिन्छ। यदि कसैले अर्को व्यक्तिबाट फाइदा वा सहयोग प्राप्त गर्छ, तर त्यसको ऋण तिर्दैन, वा केवल ‘धन्यवाद’ भनेर साधारण रूपमा थोरै कृतज्ञता व्यक्त गर्छ र त्योभन्दा बढी केही गर्दैन भने, त्यो अर्को व्यक्तिले के सोच्‍नेछ? के उसलाई यसबारे असहज लाग्ला? के उसले यसो भन्‍न सक्‍नेछ, ‘यो मान्छे सहयोग गर्न लायक छैन, यो राम्रो व्यक्ति होइन। मैले उसलाई यति धेरै सहयोग गर्दा त यस्तो प्रतिक्रिया दिन्छ भने, उसमा कुनै विवेक वा मानवता छैन, र ऊ सङ्गत गर्न लायक छैन’? फेरि यस्तो व्यक्ति भेट्टाउँदा, के तिनीहरूले अझै सहयोग गर्नेछन्? तिनीहरूले कम्तीमा पनि सहयोगचाहिँ गर्न चाहनेछैनन्। के तिमीहरूले पनि यस्तो परिस्‍थितिमा साँच्‍चै सहयोग गरूँ कि नगरूँ भनेर सोच्दैनौ र? तिमीहरूले आफ्‍नो पहिलेको अनुभवबाट यस्तो पाठ सिकेका हुन्छौ, ‘मैले जसलाई पायो त्यसलाई सहयोग गर्नु हुँदैन—तिनीहरूले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्नुपर्छ। यदि तिनीहरू मैले दिएको सहयोगको ऋण नतिर्ने अकृतज्ञ खालका हुन् भने, मैले सहयोग नगर्दा नै राम्रो हुन्छ।’ के तिमीहरूको दृष्टिकोण यस्तै हुँदैन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। “तिमीहरू सत्यता बुझ्नुभन्दा पहिले, आफ्नो विवेकअनुसार जिउँथ्यौ र तिमीहरूलाई जसले दया वा सहयोग गरे पनि, ऊ दुष्ट मानिस वा ग्याङस्टर भए पनि, उसको गुण निश्‍चित रूपमा तिर्थ्यौ, र साथीका लागि गोली खान र आफ्‍नो ज्यान जोखिममा पार्नसमेत बाध्य हुन्थ्यौ। पुरुषहरूले आफ्नो उपकारको गुण तिर्न आफूलाई दास बनाउनुपर्छ भने महिलाहरूले आफूलाई विवाह बन्धनमा बाँधेर तिनीहरूका लागि बच्‍चा जन्माउनुपर्छ—परम्परागत संस्कृतिले मानिसहरूलाई आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्न आदेश दिँदै तिनीहरूमा हालिदिने विचार यही हो। परिणामस्वरूप, मानिसहरू यस्तो सोच्छन्, ‘दयाको ऋण तिर्ने मानिसहरूमा मात्र विवेक हुन्छ, र यदि तिनीहरू दयाको ऋण तिर्दैनन् भने, तिनीहरूमा विवेकको कमी हुन्छै हुन्छ र तिनीहरू अमानवीय हुन्छन्।’ यो विचारले मानिसहरूको हृदयमा गहिरो जरा गाड्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मैले याङ गुवाङले मलाई देखाएको दयाबारे निरन्तर सम्झेर उनलाई बर्खास्त नगर्दा, म “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत सांस्कृतिक विचारद्वारा बाँधिएकी रहेछु। म निकै सानो छँदा, मेरी हजुरआमाले यसो भन्नुभएको प्रायः सुन्थेँ, “तैँले आफ्नो आत्म-आचरणा, कृतज्ञता बुझ्नुपर्छ। तैँले ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भनेर जान्‍नुपर्छ। यदि तँलाई दयाको ऋण तिर्नुपर्छ भन्‍ने थाहा छैन भने, तँ बैगुनी व्यक्ति हुनेछस्, र कसैले पनि तँसँग सङ्गत गर्न चाहनेछैन।” मेरी आमाले यसरी आफूलाई आचरणमा ढाल्नुभयो। मलाई याद छ, मेरो भाइ बिरामी हुँदा, हाम्रो परिवारको सबै बचत सकिएको थियो। गाउँका मानिसहरूले हाम्रो परिवारलाई मद्दत गर्न रकम सङ्कलन गरेका थिए। मेरी आमा अरू गाउँलेहरूको त्यो दया सम्झनुहुन्थ्यो, अनि हरेक वर्ष शरद ऋतुको फसलको समयमा, उहाँ हाम्रो परिवारको काम हतार-हतार सिध्याउनुहुन्थ्यो ताकि अरू गाउँलेहरूलाई उनीहरूको काममा सघाउन सकियोस्। गाउँका मानिसहरू मेरी आमामा असल मानवता छ र उहाँ सङ्गत गर्न लायक हुनुहुन्छ भनेर भन्थे। त्यतिबेला, मेरी आमा मलाई प्रायः के भन्‍नुहुन्थ्यो भने हामी कठिनाइमा पर्दा गाउँलेहरूले मद्दत गरेका थिए, र त्यसैले हामी कृतज्ञ हुनुपर्छ। जब-जब कोही समस्यामा पर्छ, तब-तब हामीले सहयोगको हात बढाउनुपर्छ, र हामी विवेकहीन हुनु हुँदैन। बिस्तारै, यसले मेरो सोचाइलाई प्रभाव पाऱ्यो र मलाई पनि “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भनेर बुझ्ने मानिसहरू मात्र असल मानिस हुन्, र यदि कसैले दयाको ऋण तिर्ने महत्त्व बुझेन भने, ऊसँग विवेक छैन र ऊ सङ्गत गर्न लायक हुँदैन भन्ने विश्वास भएको थियो। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, याङ गुवाङले मलाई कठिनाइ आइपर्दैपिच्छे वा म नकारात्मक र कमजोर हुँदैपिच्छे धेरैपटक मद्दत र साथ दिएकी थिइन्। फलस्वरूप, मैले यो दयाको ऋण तिर्नुपर्छ भनेर सोचेकी थिएँ, त्यसैले मैले उनलाई बर्खास्त गर्नुपर्दा, मैले उनलाई सिद्धान्तहरू उल्लङ्घन गरेर सुरक्षा गरेकी थिएँ। मैले उनलाई एकपछि अर्को मौका दिएकी थिएँ, र नतिजास्वरूप, मैले मण्डलीको काममा ढिलाइ गरेँ। मैले त्यस दयाको ऋण तिरेकी थिएँ, तर मण्डलीको काममा बाधा पुगेको थियो। म “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत सांस्कृतिक विचारद्वारा जिइरहेकी थिएँ, र मैले आफूलाई आचरणमा ढालेको वा काम गरेको तरिकामा रत्तिभर सिद्धान्त लागू गरेकी थिइनँ। मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने दृष्टिकोण सकारात्मक कुरा होइन, र यो सत्यताअनुरूप छैन भनेर बुझेँ।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने विचारको भ्रमात्मकता अझ स्पष्ट रूपमा बुझेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ जस्ता नैतिक आचरणका अभिव्यक्तिहरूले मानिसहरूलाई समाजमा र मानवजातिमाझ आफ्ना जिम्‍मेवारीहरू ठ्याक्‍कै के-के हुन् त भनेर भन्दैनन्। बरु ती त मानिसहरूले चाहे पनि नचाहे पनि, र तिनीहरूले दयाका यी कार्यहरू गर्नुपर्ने परिस्‍थिति वा प्रसङ्ग जस्तोसुकै भए पनि, तिनीहरूलाई निश्‍चित तरिकामा काम गर्न र सोच्‍न जोड दिने वा बाध्य पार्ने तरिका हुन्। प्राचीन चीनबाट आएका यस्ता प्रशस्‍त उदाहरण छन्। जस्तै, एक जना भोको भिखारी केटालाई एउटा परिवारले लगेर खानेकुरा दिन्छ, लुगा दिन्छ, मार्सल आर्ट सिकाउँछ, र हरकिसिमका ज्ञान दिन्छ। तिनीहरूले ऊ ठूलो हुइन्जेल पर्खन्छन्, त्यसपछि उसलाई आम्दानीको स्रोतको रूपमा प्रयोग गर्छन्, उसलाई दुष्ट काम गर्न, मानिसहरूलाई मार्न, र सबै कुरा गर्न पठाउँछन्, जुन काम गर्ने उसलाई चाहना हुँदैन। यदि तिमीहरूले यो कथालाई उसले पाएका सबै दयाको आधारमा हेर्छौ भने, उसलाई बचाउनु राम्रो कुरा थियो। तर पछि उसलाई जुन काम जबरजस्ती गर्न लगाइयो त्यसबारे विचार गर्दा, यो असल थियो कि खराब? (खराब थियो।) तर ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने परम्‍परागत संस्कृतिको शिक्षाले गर्दा, मानिसहरूले यस कुराको भिन्‍नता छुट्याउन सक्दैनन्। झट्ट हेर्दा, त्यस केटासँग दुष्कर्म गर्ने, मानिसहरूलाई हानि गर्ने, र हत्यारा बन्‍नेबाहेक कुनै विकल्‍प नभएको देखिन्छ—जुन धेरैजसो मानिसले गर्न चाहँदैनन्। तर के उसले मालिकको दयाको ऋण तिर्ने भित्री इच्‍छाबाट तिनको आदेशमा यी खराब काम र हत्या गरेको हुँदैन र? विशेष गरी ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍नेजस्ता चिनियाँ परम्‍परागत संस्कृतिको शिक्षाले गर्दा, मानिसहरू यी विचारहरूको प्रभाव र नियन्त्रणमा नपरी बस्‍न सक्दैनन्। तिनीहरूले गर्ने कार्य, र तिनीहरूका कार्यपछाडि रहेका तिनीहरूका अभिप्राय र मनसायहरू पनि यी विचारहरूद्वारा अवश्य नै नियन्त्रित हुन्छन्। जब त्यस केटालाई त्यो परिस्थितिमा पारियो, उसमा पहिलो सोच के आएको थियो होला? ‘मलाई यो परिवारले बचाएको हो, र उनीहरूले मसँग राम्रो व्यवहार गरेका छन्। म अकृतज्ञ हुनु हुँदैन, उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मलाई जीवन दिने उनीहरू नै हुन्, त्यसैले मैले यो जीवन उनीहरूमै समर्पित गर्नुपर्छ। उनीहरूले मलाई जे भन्छन् मैले त्यही गर्नुपर्छ, चाहे त्यसको लागि दुष्ट काम गर्नु र मानिसहरूलाई मार्नु नै किन नपरोस्। यो सही हो कि गलत हो भनेर मैले विचार गर्नु हुँदैन, मैले चुपचाप उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मैले त्यसो गरिनँ भने के म अझै पनि मानव कहलिन लायक हुन्छु?’ फलस्वरूप, जबजब त्यो परिवारले उसलाई कसैको हत्या गर्न वा खराब काम गर्न लगाउँथ्यो, उसले नहिचकिचाई वा कुनै कसर नराखी त्यो गर्थ्यो। त्यसकारण के उसको आचरण, कार्य, र पूर्ण आज्ञापालन ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने सोचबाट सञ्चालित होइन र? के उसले नैतिक आचरणको त्यो मापदण्ड पालन गरिरहेको थिएन र? (हो।) यो उदाहरणबाट तिमीहरूले के बुझ्यौ? ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने भनाइ राम्रो हो कि होइन? (होइन, यसमा कुनै सिद्धान्त छैन।) वास्तवमा, दयाको ऋण तिर्ने व्यक्तिमा सिद्धान्त हुन्छ, र त्यो हो दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ। कसैले तँलाई दया गर्छ भने, तैँले पनि दया फर्काउनुपर्छ। यदि तैँले त्यसो गर्न सकिनस् भने, तँ मानव होइनस् र तँलाई यसको दोषी ठहराइयो भने तैँले भन्‍न सक्‍ने केही हुँदैन। भनिन्छ: ‘सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,’ तर यो घटनमा त, त्यो केटाले सानोतिनो दया होइन तर जीवन बचाउने दया पायो, त्यसैले उसले ज्यान दिएर नै ऋण तिर्नु स्वभाविकै थियो। दयाको ऋण तिर्ने सीमा वा सिद्धान्तहरू केके हुन् भन्‍ने उसलाई थाहा थिएन। उसले आफ्नो जीवन त्यो परिवारले दिएको हो भन्‍ने विश्‍वास गर्थ्यो, त्यसैले यसको सट्टा आफ्‍नो जीवन तिनीहरूमा समर्पित गर्‍यो र तिनीहरूले जे अह्राए पनि, हत्या वा अन्य दुष्कर्म सबै गर्‍यो। दयाको ऋण तिर्ने यस्तो तरिकामा कुनै सिद्धान्त वा सीमा हुँदैन। उसले दुष्कर्मीहरूको मतियारको रूपमा काम गऱ्यो र यस क्रममा आफूलाई बरबाद पार्‍यो। के उसले यसरी दयाको ऋण तिर्नु सही थियो? अवश्यै थिएन। यो काम गर्ने मूर्ख तरिका थियो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्‍वरका वचनहरूमार्फत, मैले के देखेँ भनेशैतानले मानिसहरूमा “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने विचार हालिसकेपछि, तिनीहरू हरकुराको बाबजुद, अनि सही र गलतको पर्बाह नगरी अन्धाधुन्ध रूपमा यस दयाको ऋण तिर्छन्। तिनीहरू सिद्धान्तविना र आफ्नो विवेकमा कुनै न्यूनतम मापदण्ड नराखी कार्य गर्छन्। म “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने विचारद्वारा जिइरहेकी थिएँ। याङ गुवाङलाई उनले मलाई दिएको मद्दतको ऋण चुकाउनका लागि, मैले उनलाई बर्खास्त गर्न सकेकी थिइनँ मात्र होइन, तर मलाई उनी कर्तव्य निर्वाह गर्न उपयुक्त छैनन् भन्ने स्पष्टसित थाहा भइसकेको भए पनि, उनलाई मद्दत र एकपछि अर्को मौका दिएकी थिएँ। नतिजास्वरूप, मण्डलीको काममा ढिलाइ भयो। म “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने विचारद्वारा बाँधिएकी थिएँ र ममा सही र गलत खुट्ट्याउने क्षमता थिएन। मैले सिद्धान्तहरू उल्लङ्घन गरेर कार्य गरेकी थिएँ र मण्डलीको काममा ढिलाइ गरेकी थिएँ। म असाध्यै अलमल्ल भएकी रहेछु! यदि परमेश्‍वरका वचनको खुलासा नभएको भए, र मैले यसलाई परमेश्‍वरका वचनहरूअनुसार नखुट्ट्याएकी भए, म अझै आफूले गरेको कुरा सही हो भनेर विश्वास गर्नेथिएँ, आफूलाई परम्परागत संस्कृतिले हानि पुऱ्याएको छ भनेर मलाई थाहा हुनेथिएन।

२०२३ अप्रिलको एक दिन, अगुवाहरूले मलाई याङ गुवाङको मूल्याङ्कन लेख्न आग्रह गर्दै एउटा पत्र पठाए। मैले भर्खरै मेरी सहकर्मीले भनेको के कुरा सम्झेँ भने याङ गुवाङका लागि कर्तव्यहरू प्रबन्ध गरिँदा, उनले ती स्वीकार गरिनन्, र उनलाई कर्तव्य निर्वाह गर्न भन्नु भनेको उनको स्वतन्त्रता हनन गर्नु हो भनेरसमेत भनिन्। याङ गुवाङले पहिले आफ्नो कर्तव्य निर्वाह गर्दाको उनका केही व्यवहारबाहेक, अहिलेसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइनन्। यदि मैले यो सब लेखेँ भने, याङ गुवाङलाई निकालिने धेरै सम्भावना छ भन्ने मलाई थाहा थियो। यदि उनले मैले उनको व्यवहारबारे जानकारी दिएकी थिएँ भनेर थाहा पाइन् भने, के उनले मलाई घृणा गर्लिन्? के उनले ममा मानवीय भावनाको कमी छ भन्ने सोच्नेछिन्? तर फेरि, यदि मैले त्यो नलेखेकी भए, सत्यता अभ्यास गर्ने मौका गुमाउनेथिएँ। यो परमेश्‍वरलाई चिढ्याउनु हो। त्यो रात, म ओछ्यानमा कोल्टे फेरिरहेँ, निदाउनै सकिनँ। मैले खोजी र मनन गर्दा, परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ र त्यो खोजेर पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “कहिलेकाहीँ, परमेश्‍वरले मानिसहरूलाई सहयोग गर्न शैतानका सेवाहरू प्रयोग गर्नुहुनेछ, तर हामीले यस्तो अवस्थामा परमेश्‍वरलाई अवश्यै धन्यवाद दिनुपर्छ र शैतानलाई दयाको ऋण तिर्नु हुँदैन—यो सिद्धान्तको कुरा हो। जब तँमाथि कुनै दुष्ट व्यक्तिले तँलाई दया देखाउने रूपमा परीक्षा आइपर्छ, तब तँ पहिले उसले तँलाई मद्दत र भरणपोषण गर्नुपछाडिका उसका अभिप्राय र उद्देश्यहरू के हुन्, र ऊ वास्तवमा असल व्यक्ति हो कि दुष्ट व्यक्ति हो भन्नेबारे आफ्नो हृदयमा स्पष्ट हुनुपर्छ। दया चुक्ता गर्ने विचार गलत नभए पनि, तैँले यो कसरी अभ्यास गर्छस् भन्‍नेबारे तँमा सिद्धान्त र सीमाहरू हुनुपर्छ। यो तेरो उपकारी कस्तो प्रकारको व्यक्ति हो र तैँले उसको दया चुक्ता गर्नुले के-कस्ता परिणामहरू ल्याउनेछ भन्‍नेमा पनि निर्भर हुन्छ। तैँले त्यस्ता परिस्थितिहरूलाई लचिलो तरिकाले सम्हाल्नैपर्छ। यदि परमेश्‍वर तँलाई मुक्ति दिन चाहनुहुन्छ भने, यो पूरा गर्न उहाँले जसका सेवाहरू प्रयोग गर्नुभए पनि, तैँले पहिला परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र परमेश्‍वरबाट यो स्विकार्नुपर्छ। तैँले मानिसहरूप्रति मात्र कृतज्ञता जाहेर गर्नु हुँदैन, कसैमाथि कृतज्ञ बन्दै आफ्नो जीवन अर्पण गर्न मिल्ने कुरै नगरौँ। यो ठूलो गल्ती हो। महत्त्वपूर्ण कुरा भनेको तेरो हृदय परमेश्‍वरप्रति कृतज्ञ हुनु र तैँले यो उहाँबाट स्वीकार गर्नु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई हृदयमा अचानक मुक्त भएको महसुस भयो। म सधैँ याङ गुवाङप्रति कृतज्ञ बनेकी थिएँ, र म त्यतिबेला याङ गुवाङले मलाई सङ्गति र मद्दत दिएकीले गर्दा नै मैले आफ्नो कर्तव्य त्यागेकी थिइनँ भनेर विश्वास गर्थेँ। आफ्नो हृदयमा, मैले यो दया कहिल्यै त्याग्न सकिनँ, र म उनको ऋण तिर्न चाहन्थेँ। म साँच्चै एकदमै मूर्ख र अन्धो थिएँ! परमेश्‍वर मानिसले के कर्तव्य गर्न सक्छ र कहिले निश्चित कर्तव्य निर्वाह गर्छ भन्ने कुरामा सार्वभौम हुनुहुन्छ र त्यो पूर्वनियोजित गर्नुहुन्छ। जब याङ गुवाङले मलाई मद्दत गरिन्, तब त्यो परमेश्‍वरद्वारा योजनाबद्ध र बन्दोबस्त गरिएको थियो। मैले त्यो सबै दयाको श्रेय याङ गुवाङलाई दिनु हुँदैनथ्यो। मैले त परमेश्‍वरलाई धन्यवाद दिनुपर्थ्यो।

मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “सबै वास्तविकतालाई हेर्दा, तैँले तिनीहरूलाई गुण फर्काए पनि नफर्काए पनि, तँ मानव नै होस् र सामान्य मानवताको ढाँचामा नै जिउँछस्—यसरी गुण फर्काएर केही परिवर्तन हुँदैन। तैँले तिनीहरूलाई गुण फर्काउँदैमा तेरो मानवता परिवर्तन हुनेछैन र तेरो भ्रष्ट स्वभाव वशमा आउनेछैन। त्यसै गरी, तैँले तिनीहरूलाई खराब रूपमा गुण फर्काइस् भन्दैमा तेरो भ्रष्ट स्वभाव अझै खराब हुनेछैन। तैँले गुण फर्काउँछस् कि फर्काउँदैनस् र दया गर्छस् कि अरू नै कुरा दिन्छस् भन्‍ने कुरासँग तेरो भ्रष्ट स्वभावको कुनै सम्बन्ध हुँदैन। अवश्य नै, सम्‍बन्ध भए पनि नभए पनि, मेरा लागि त यस प्रकारको ‘दया’ छँदै छैन, र सायद तिमीहरूलाई पनि त्यस्तै लाग्छ भन्‍ने आशा छ। त्यसोभए, तिमीहरूले यसलआई कसरी लिनुपर्छ? यसलाई केवल दायित्व र जिम्‍मेवारी, अनि मानवको नैसर्गिक क्षमता भएको व्यक्तिले गर्नुपर्ने कुराको रूपमा लिनुपर्छ। तिमीहरूले यसलाई मानवको रूपमा आफ्नो जिम्‍मेवारी र दायित्वको रूपमा लिनुपर्छ, र यसलाई आफ्‍नो क्षमताले भ्याइञ्‍जेल गर्नुपर्छ। त्यति भए पुग्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्‍वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्‍वर मानिसबाट यही माग गर्नुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले परमेश्‍वरसँग “दया” जस्तो कुनै कुरा नै हुँदैन भनेर बुझेँ। तपाईँले कुनै न्यूनतम मापदण्ड नराखी आफूलाई मद्दत गर्ने मानिसहरूको दयाको ऋण चुकाउनु पर्दैन। यसको सट्टा, तपाईँले आफ्ना जिम्मेवारीहरू क्षमताले भ्याएसम्म पूरा गर्नुपर्छ, तर तपाईँले सत्यता सिद्धान्त उल्लङ्घन गर्नु हुँदैन। यदि कुनै कुराले सत्यता सिद्धान्त उल्लङ्घन गर्छ भने, तपाईँले त्यो गर्न अस्वीकार गर्नुपर्छ, र परमेश्‍वरका मागहरूअनुसार अभ्यास गर्नुपर्छ। सत्यता पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक मानिसहरूको हकमा भन्दा, तिनीहरूले भ्रष्टताहरू प्रकट गरे पनि, जबसम्म तिनीहरू पश्‍चात्ताप गर्न र परिवर्तन हुन इच्छुक हुन्छन्, तबसम्म तपाईँले तिनीहरूलाई प्रेमिलो हृदयले मद्दत गर्न सक्दो प्रयास गर्नुपर्छ। तपाईँले तिनीहरूले मद्दत गरेका छन् कि छैनन् वा तिनीहरूले तपाईँलाई दया देखाएका छन् कि छैनन् भनेर हेर्नु हुँदैन। सत्यता नपछ्याउने, कर्तव्य निर्वाह गर्न अनिच्छुक, बारम्बारको सङ्गतिपछि समेत पश्‍चात्ताप नगर्ने र परिवर्तन नहुने, अनि निरन्तर दुष्टतासमेत गर्ने मानिसहरूको हकमा भन्दा, तिनीहरू परमेश्‍वरको घृणाका पात्र हुन्। हामीले पनि तिनीहरूलाई अस्वीकार र घृणा गर्नुपर्छ। याङ गुवाङको हकमा भन्दा, मैले उनलाई धेरै मद्दत गरेकी थिएँ, तर उनले प्रवेश नै गरिनन्। केही वर्षपछि, उनले अलिकति पनि परिवर्तन देखाएकी थिइनन्। उनले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएकी थिइन्, तर सत्यता अभ्यास गर्दिनथिइन् र उनी आफ्नो कर्तव्य निर्वाह गर्न अनिइच्छुक थिइन्। उनी परमेश्‍वरको कामद्वारा प्रकट गरिएका अविश्‍वासीहरूमध्ये एक थिइन्। मैले सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्थ्यो, परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम र परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर्नुपर्थ्यो। त्यसैले, मैले याङ गुवाङको मूल्याङ्कन लेखेँ। मूल्याङ्कन बुझाएपछि, मलाई हृदयमा निश्चिन्त महसुस भयो। पछि, याङ गुवाङलाई निकालियो।

यस अवधिमा मेरा अनुभवहरूमार्फत्, मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत विचारबारे केही खुट्ट्याइ प्राप्त गरेँ, र परमेश्‍वर परम्परागत संस्कृतिका भ्रमहरूलाई जसरी चिरफार गर्नुहुन्छ, त्यो नै उहाँले मानवजातिलाई गर्ने मुक्ति हो भन्ने अनुभव गरेँ। यदि मैले परमेश्‍वरका वचनहरू नपढेकी भए, म अझै पनि “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत विचारद्वारा निरन्तर रूपमा जिइरहेकी हुनेथिएँ, र मैले सत्यता उल्लङ्घन गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने कति धेरै कुरा गरेकी हुनेथिएँ, मलाई थाहा छैन। ममा यो सानो परिवर्तन आउन सक्नु नै परमेश्‍वरका वचनहरूद्वारा प्राप्त गरिएको नतिजा हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: २०. बिमारबारे मेरा चिन्ता र फिक्रीहरू त्याग्नु

अर्को: २४. आराममा लिप्त भएकोमा गरिएको चिन्तन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्