१०. एउटी कलेज विद्यार्थीको विश्वासको कठिन मार्ग

न्यान्सी, भारत

सेप्टेम्बर २०२१ मा, म कलेजको पहिलो वर्षमा थिएँ। महामारीको कारणले हामीले अनलाइन कक्षा मात्र लिन सक्थ्यौँ, तर यही परिस्थितिले गर्दा, मैले अनलाइनमा एक जना सिस्टरलाई चिन्न पाएँ जसले मलाई अनलाइन भेलाहरूमा सहभागी हुन निम्तो दिनुभयो। जब ती सिस्टरले मलाई प्रभु येशू फर्किसक्नुभयो र उहाँ नै सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनी गवाही दिनुभयो, तब म धेरै उत्साहित भएँ। मेरो खोजीकार्यको अवधिमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ र आखिरी दिनहरूको परमेश्‍वरको कामबारे निश्चित गरेँ। म धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार प्रचार गर्न उत्सुक भएँ, र मैले मेरो परिवारलाई सम्झेँ। मैले सोचेँ, “प्रभु फर्किसक्नुभयो भन्ने सुन्दा उहाँहरू पक्कै पनि धेरै खुसी हुनुहुनेछ।” मैले मेरा आमाबुबा र हजुरआमालाई सँगै भेलामा सहभागी हुन निम्तो दिएँ, तर उहाँहरूले अनलाइनका आधारहीन अफवाहहरू पत्याउनुभएको थियो, त्यसैले उहाँहरू कोही पनि खोजी र छानबिन गर्न राजी हुनुभएन। उहाँहरूले मलाई यसो समेत भन्नुभयो, “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भेलाहरूमा नजा। धार्मिक मण्डलीमा जाँदा नै काफी हुन्छ,” अनि मलाई मेरो पढाइमा ध्यान केन्द्रित गर्न भन्नुभयो। म सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्न अडिग रहेकीले, मेरा आमाबुबा धेरै रिसाउनुभयो। उहाँहरूले प्रायजसो मेरो फोन खोस्नुहुन्थ्यो र मलाई अनलाइन भेलाहरूमा सहभागी हुन दिनुहुन्नथ्यो। धेरैचोटि, म मेरो फोन फिर्ता लिन चाहन्थेँ, तर मेरो बुबाको बानी रन्किहाल्ने खालको थियो, र उहाँ प्रायजसो मलाई कराउनुहुन्थ्यो र कुट्नुसमेत हुन्थ्यो। एकचोटि त, उहाँले मेरो कपालमा समातेर घिसार्दै मलाई बाहिर धकेल्नुभयो। मेरी आमाले त्यो देख्नुभयो तर उहाँलाई रोक्नुभएन, उल्टै मलाई सराप्दै, मलाई यस्तै हुनुपर्छ भन्नुभयो, र म झूटो ख्रीष्टद्वारा भ्रममा परेकी छु भन्नुभयो। म भ्रममा परेकी छैनँ भन्ने मलाई थाहा थियो। प्रभु येशूले भन्‍नुभयो: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ छ वा त्यहाँ छ भनी भन्छ भने विश्‍वास नगर्नू। किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलाठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै बहकाउन सकून्(मत्ती २४:२३-२४)। झूटा ख्रीष्टहरूले परमेश्‍वरको विगतको कामको नक्कल मात्र गर्न सक्छन् र मानिसहरूलाई भ्रममा पार्न ठूला चिन्‍ह र अचम्‍मका कामहरू देखाउन सक्छन्। तैपनि, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न। उहाँले आफूले पहिले गरिसक्नुभएको काम दोहोर्याउनुहुन्न। परमेश्‍वरले मानवजातिको आवश्यकताअनुसार काम गर्नुहुन्छ। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले न्यायको काम गर्न सत्यता व्यक्त गर्नुहुन्छ, र मानवजातिलाई यसको भ्रष्टताबाट शुद्ध गर्नुहुन्छ। तैपनि, झूटा ख्रीष्टहरूले सत्यता व्यक्त गर्न सक्दैनन्; मानिसहरूलाई शुद्ध गर्न वा मुक्ति दिन त परको कुरा हो। किनभने झूटा ख्रीष्टहरूसँग सत्यता हुँदैन। यसका साथै, त्यस समयमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले पहिले नबुझेका धेरै सत्यता र रहस्यहरू बुझेँ: मैले परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको योजना र उहाँको देहधारणका रहस्यहरूबारे थाहा पाएँ। मैले परमेश्‍वरले मानिसहरूलाई कसरी डोर्याउनुहुन्छ, उहाँले मानिसहरूलाई कसरी शुद्ध गर्नुहुन्छ, उहाँले तिनीहरूको भ्रष्ट स्वभाव कसरी परिवर्तन गर्नुहुन्छ, र उहाँले तिनीहरूलाई कसरी तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, यस्तै अन्य कुराहरूबारे पनि थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूबाट, प्रभु येशू फर्किसक्नुभयो र उहाँ नै सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त भएको थिएँ। मैले मेरा आमाबुबालाई भनेँ, “जेसुकै भए पनि, म सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्वास त्याग्नेछैनँ।” म सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्न अडिग रहेको देखेर मेरी आमाले मेरो गालामा थप्पड हान्नुभयो। मेरी आमाले मलाई पहिले कहिल्यै कुट्नुभएको थिएन, र मलाई असाध्यै दुःख लाग्यो; म रुन थालेँ।

त्यसपछिका चार दिनसम्म, मेरा आमाबुबाले मेरो फोन फिर्ता दिनुभएन। उहाँहरूले मलाई कलेज नजा, घरमै बसेर घरधन्दा गर् र भाइबहिनीको हेरचाह गर् भन्नुभयो। उहाँहरूले मलाई मेरा भाइबहिनीसँग परमेश्‍वरमाथिको विश्वासबारे केही कुरा नगर्न चेतावनी पनि दिनुभयो। यस्तो वातावरणको सामना गर्नुपदा, म अलि कमजोर भएँ। मलाई कसैले पनि बुझ्दैनन् जस्तो लाग्यो। मैले परमेश्‍वरको अभिप्राय बुझिनँ: परमेश्‍वरले मेरो लागि किन यस्तो वातावरण मिलाउनुभयो होला? मलाई त भेलामा जान र आफ्नो कर्तव्य निर्वाह गर्न छोडिदिऊँ जस्तो समेत लाग्यो। मलाई परमेश्‍वरका वचनका दुईवटा खण्ड याद आयो: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … मानिसहरूले गर्ने हरेक कुरामा तिनीहरूले निश्चित मात्रामा रगत-पसिना बगाउनुपर्ने हुन्छ। खास दुःख नभोगी, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्ने नजिक पनि आउँदैनन्, र तिनीहरू खोक्रा नाराहरू मात्र फलाकिरहेका हुन्छन्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। “निराश नबन्, कमजोर नबन्, अनि म तँलाई कामकुराहरू प्रकाश गरिदिनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मेरो सामु बारम्बार घुँडा टेक्दै मेरो आशिष्को भिक माग्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही शुभ शब्दहरू मेरा आशीर्वादहरू हुन्, तैपनि तिक्तता मेरो आशिष् हो भन्‍ने कहिल्यै विश्‍वास गर्दैनौ। तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरका वचनहरूले मलाई सामर्थ्य दिए, र मैले के बुझेँ भने बाहिरी रूपमा मेरा आमाबुबाले मलाई कुटेको, सरापेको, र मलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न मेरो फोन खोसेको जस्तो देखिए तापनि, वास्तवमा यसको पछाडि शैतानका दाउपेचहरू थिए। ठीक अय्यूबलाई जस्तै, जसलाई शैतानले विभिन्न तरिकाले जाँच्यो, जसले गर्दा उनले आफ्ना छोराछोरी र सम्पत्ति गुमाउनुपर्यो, र उनको शरीरभरि खटिराहरू आए। शैतानले यसलाई प्रयोग गरेर अय्यूबलाई परमेश्‍वरलाई इन्कार गर्न लगाउन चाहन्थ्यो, तर अय्यूबले परमेश्‍वरको नामलाई त्यागेनन्; बरु, उनले अझै पनि परमेश्‍वरको नामको प्रशंसा गरे र तिनी परमेश्‍वरको गवाहीमा दृढ रहे। ममाथि आइपरेका यी सबै कुराहरूको पछाडि शैतानका दाउपेचहरू थिए, र यसमा परमेश्‍वरको अनुमति पनि थियो। म कमजोर भए तापनि, म परमेश्‍वरको गवाहीमा दृढ रहन चाहन्थेँ। मेरा आमाबुबाले मलाई जतिसुकै कुटे पनि वा मलाई रोक्न जुनसुकै उपाय अपनाए पनि, मैले परमेश्‍वरमा विश्वास गर्नैपर्थ्यो र आफ्नो कर्तव्य निर्वाह गर्नैपर्थ्यो। मैले शैतानका दाउपेचहरूलाई सफल हुन दिनु हुँदैनथियो। मलाई घरमा बसेर परमेश्‍वरमा विश्वास गर्न धेरै गाह्रो भएको महसुस भयो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्नमा ध्यान केन्द्रित गर्न सकिरहेकी थिइनँ। त्यसैले मैले घर छोड्ने निर्णय गरेँ।

त्यसपछि जे भयो त्यो मैले सोचेजस्तो सरल थिएन। मैले घर छोडेपछि, मेरो परिवारले म हराएको भन्दै पुलिसमा उजुरी गरे, र कसैले मलाई देखेमा पुलिसलाई खबर गर्न भने। यस्तै भइरह्यो भने मेरा ब्रदर-सिस्टरहरू र मण्डलीलाई समस्या पर्छ भन्ने मलाई चिन्ता लाग्यो। त्यसैले मैले उहाँहरूलाई फोन गरेर म एकदिन फर्कनेछु भनेँ। उहाँहरू रोकिन मान्नुभएन। उहाँहरू एउटी सिस्टरको घरमा जानुभयो र म कहाँ छु भनेर उहाँलाई सोध्नुभयो। उहाँहरूले ती सिस्टरलाई धम्की समेत दिनुभयो। मेरी सिस्टरलाई मुछ्न नचाहेकोले, म घर फर्कनुको विकल्प थिएन। जब म घर पुगेँ, तब मैले धेरै गाउँलेहरू र आफन्तहरू मेरो घरवरिपरि भिड लागेको देखेँ। मेरा आमाबुबाले मिडियालाई बोलाउनुभएको रहेछ। मिडियाले सोधे, “तिमी कहाँ गएकी थियौ? तिमीले आफ्ना आमाबुबालाई किन छोड्यौ? तिमी किन घर आइनौ?” उहाँहरूले धेरै नमिठा कुराहरू पनि भन्नुभयो, म आमाबुबाको अवहेलना गर्ने र अटेरी सन्तान भएको दाबी गर्दै त्यसो गरे, अनि मलाई पढाइको कुनै मतलब नभएको भन्दै भने। त्यसबेला, मेरो वरपरका सबैजना गैरविश्‍वासीहरू थिए। मलाई कसैले बुझेनन्। मलाई धेरै एक्लो महसुस भयो, नितान्त एक्लो, त्यसैले मैले मौन रूपमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर, अब जेसुकै भए पनि, मलाई यो सब सामना गर्ने साहस दिनुहोस्।” मैले पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूबाट, मैले सत्यताको खातिर दुःख भोग्नैपर्छ र सत्यताको खातिर अपमान सहनैपर्छ, र मैले परमेश्‍वरमा विश्वास गर्नुपर्छ, अनि जुनसुकै बेला पनि सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्वास छोड्नु हुँदैन भन्ने कुरा बुझेँ। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन धेरै दुःख भोग्नुभएको छ: उहाँलाई चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले निन्दा गर्यो र सतावट दियो अनि उहाँलाई सिङ्गो पुस्ताले नै तिरस्कार गर्यो। परमेश्‍वरले मानवजातिका लागि धेरै नै बलिदान दिनुभएको छ। मैले परमेश्‍वरका यति धेरै वचनहरूको मलजल र आपूर्तिको आनन्द लिएकी छु; यो सानो दुःखको मात्रा कति नै छ र? अझ, मैले यो पीडा भोगिरहँदा, परमेश्‍वर मेरो साथमा हुनुहुन्थ्यो। परमेश्‍वरले मलाई डोर्याउनुहुनेथियो र निर्देशन दिनुहुनेथियो। जब मैले यो कुरा बुझेँ, तब मेरो हृदयमा विश्वास र सामर्थ्य आयो, र मलाई अब एक्लो महसुस भएन। मानिसहरूले मेरो बारेमा के सोच्छन् भन्ने कुराको पनि मलाई अब वास्ता भएन। मेरा काका र मेरो परिवारले मलाई अन्तर्वार्ता दिन कर गर्नुभयो। मैले जे भने पनि, उहाँहरूले मलाई विश्वास गर्नुभएन। पछि, मेरो परिवारले ममाथि निगरानी गर्न थाल्यो। उहाँहरूले म सुतिरहेको बेला पनि बाहिरबाट ढोका लगाइदिनुहुन्थ्यो। मलाई धेरै दुःख लाग्थ्यो। मैले केही नराम्रो गरेकी थिइनँ। मैले त केवल परमेश्‍वरमा विश्वास गरेकी थिएँ र आफ्नो कर्तव्य निर्वाह गरेकी थिएँ, तर उहाँहरूले मलाई यसरी व्यवहार गर्नुभयो।

जब मैले दुःखी महसुस गरिरहेकी थिएँ र पीडामा थिएँ, मेरो भाइ अचानक कोठामा आयो र मलाई साथ दिन चाहेको कुरा बतायो। उसले मलाई एउटा पुरानो मोबाइल फोन दियो, र मलाई अनलाइन जान मद्दत गर्यो। मैले “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” शीर्षकको परमेश्‍वरका वचनहरूको पठनको भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आज तँ परमेश्‍वरलाई साँच्चै कति प्रेम गर्छस्? र परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले ठ्याक्कै कति जान्दछस्? तैँले सिक्नुपर्ने पाठहरू यिनै हुन्। जब परमेश्‍वर पृथ्वीमा आइपुग्नुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देख्ने तुल्याउनुभएको छ, त्यो सबै मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नु र यति टाढासम्‍म आउन सक्‍नु, एक हिसाबमा, परमेश्‍वरको प्रेमका कारण हो, र अर्को हिसाबमा, परमेश्‍वरको मुक्तिका कारण हो। त्यो भन्दा पनि बढी, परमेश्‍वरले मानिसमा गर्नुभएको न्याय र सजायको कामका कारण हो। यदि तिमीहरू परमेश्‍वरको न्याय, सजाय, र परीक्षाहरूरहित छौ भने, अनि यदि परमेश्‍वरले तिमीहरूलाई कष्ट भोग्ने तुल्याउनुभएको छैन भने, इमानदारीसाथ भन्नुपर्दा, तिमीहरू परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, त्यसले परमेश्‍वरको काम कति अर्थपूर्ण छ भनी त्यत्ति नै बढी देखाउँछ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कसरी सिकिन्छ? यदि कुनै कष्ट र शोधनविना, पीडादायक परीक्षाहरूविना—र यदि, त्यसमाथि, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेमिलो दयालुपन, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने बिन्दुमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरका परीक्षाका अवधिमा, मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ नगण्य, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ; अर्कोतिर, परीक्षाका अवधिमा परमेश्‍वरले मानिसका लागि केही वातावरणहरू प्रबन्ध गर्नुहुन्छ, ताकि मानिस तीभित्र, परमेश्‍वरको प्रेमिलो स्वभाव अनुभव गर्न झन् बढी सक्षम होस्। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ अपराजेय भए तापनि—चरम दुःखको तहसम्म समेत पुग्‍ने भए तापनि—त्यो अनुभव गरिसकेपछि, मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी देख्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरका निम्ति साँचो प्रेमको जन्म हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। मैले यस कठिन परिस्थितिमा कमजोर महसुस गरिरहेकी भए तापनि, परमेश्‍वरका वचनहरूले मलाई प्रेरित गरे। मैले के बुझेँ भने यदि ममाथि आउने सबै कुरा सहज रूपमा भयो र मलाई कुनै कठिनाइ भएन, तथा मैले परमेश्‍वरको अनुग्रह, कृपा र प्रेम मात्र पाएँ भने, परमेश्‍वरको कामप्रतिको मेरो बुझाइ अत्यन्तै सीमित हुनेथियो। परमेश्‍वरप्रतिको मेरो विश्वासलाई सिद्ध पार्न नै कष्ट र परीक्षाहरू आएका थिए। मलाई मेरो परिवारबाटको प्रतिबन्ध र सतावट, अनि वरपरका मानिसहरूले तुच्छ ठानेको कुरा र हेपेको कुरा सहन सक्दिन जस्तो लाग्यो। मलाई म उम्कने कुनै बाटो नभएको जेलमा बसिरहेको छु जस्तो लाग्यो। तैपनि, यस वातावरणमार्फत, मैले आफ्ना कमीकमजोरीहरू महसुस गरेँ। मैले के देखेँ भने म धेरै कमजोर छु र मेरो कद धेरै सानो छ। जब मैले सुरुमा सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्न थालेँ, तब मलाई मसँग परमेश्‍वरमाथि धेरै विश्वास छ जस्तो लाग्थ्यो, र म जस्तोसुकै आइपर्ने परिस्थितिको सामना गर्न सक्छु जस्तो लाग्थ्यो। तैपनि, जब मैले साँच्चै कष्ट र कठिनाइको सामना गर्नुपर्यो, तब मलाई यो धेरै गाह्रो लाग्यो, र परमेश्‍वरले ममाथि किन यस्तो वातावरण आउन दिनुभयो भनेर मैले मनमनै गुनासो समेत गरेँ। त्यस समयमा, मैले आफ्ना कमीकमजोरीहरू साँच्चै बुझेँ, र कष्टको वातावरण अनुभव गरेर मात्र मैले आफैँलाई साँचो रूपमा बुझ्न र परमेश्‍वरप्रति साँचो प्रेम राख्न सक्छु भन्ने कुरा बुझेँ।

पछि, मेरा आमाबुबाले मलाई जबरजस्ती एक जना पाष्टरकहाँ लैजानुभयो र पाष्टरलाई मेरो लागि प्रार्थना गर्न लगाउनुभयो। उहाँहरूले मलाई उहाँहरूसँग बाइबल अध्ययन गर्न बाध्य पार्नुभयो, र मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्वास त्याग्न लगाउने प्रयास गर्नुभयो। उहाँहरूले भन्नुभयो, “तिमी भ्रममा परेकी छौ। तिमी हराएको छोरा जस्तै हौ। यदि तिमी फर्किएर आफ्ना आमाबुबाको साथमा आउन सक्यौ भने, प्रभुले अझै पनि तिम्रो हेरचाह गर्नुहुनेछ। यदि तिमीले विद्रोह गरिरह्यौ भने, प्रभुले तिम्रो हेरचाह गर्नुहुनेछैन। तिमी एउटा आज्ञाकारी असल सन्तान बन्नुपर्छ र आफ्ना आमाबुबालाई आदर र प्रेम गर्नुपर्छ। अहिले तिमी गलत बाटोमा हिँडिरहेकी छौ!” मलाई यो शैतानको परीक्षा हो भन्ने थाहा थियो। उहाँहरूले म भ्रममा परेकी छु र मैले गलत कुरामा विश्वास गरेकी छु भन्नुभयो, तर मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर केही सत्यताहरू बुझेकी थिएँ र प्रभु येशू फर्किसक्नुभयो; उहाँ नै सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भन्ने कुरामा दृढ विश्वास गरेकी थिएँ। मैले परमेश्‍वरको आवाज सुनेकी थिएँ र म परमेश्‍वरको घरमा फर्किसकेकी थिएँ। म भ्रममा परेकी थिइनँ। मलाई थाहा थियो साँचो परमेश्‍वरमा विश्वास गर्न सजिलो छैन। यो ठीक अनुग्रहको युगका मानिसहरूले प्रभु येशूमा विश्वास गरेजस्तै हो। त्यसबेला, धेरै मानिसहरूले प्रभु येशूमा विश्वास गर्नु गलत हो भन्थे, र कतिपय मानिसहरूले फरिसीहरूलाई पछ्याए र उहाँलाई अस्वीकार गरे। तैपनि, अन्ततः प्रभु येशूले क्रुसमा टाँगिने र सम्पूर्ण मानवजातिलाई छुटकारा दिने काम पूरा गर्नुभयो। उहाँलाई पछ्याउने चेलाहरूले अरूले के भन्छन् भन्ने वास्ता गरेनन्। तिनीहरू दुःख सहन तयार भए, र बाटोको अन्त्यसम्म प्रभुलाई पछ्याउन आफ्ना ज्यान बलिदान दिन पनि तयार भए। अहिले मैले परमेश्‍वरको आवाज सुनिसकेकी थिएँ र धेरै सत्यता र रहस्यहरू बुझिसकेकी थिएँ, र म फेरि धर्ममा फर्कन चाहन्नथेँ। धर्ममा कुनै नयाँ ज्योति छैन, र पवित्र आत्माको काम पनि छैन। तपाईंले धर्ममा सत्यता र जीवन कहिल्यै प्राप्त गर्न सक्नुहुन्न। उहाँहरूले मलाई परमेश्‍वरलाई पछ्याउनबाट रोक्न मात्र ती शब्दहरू भन्नुभएको थियो, तर मलाई त्यसले अलिकति पनि असर पारेन।

एक हप्तापछि, मेरा आमाबुबाको दबाबमा परेर म फेरि कलेज जान थालेँ। मेरी आमाले परमेश्‍वरको निन्दा गर्न प्रायजसो आधारहीन अफवाहहरू फैलाउनुहुन्थ्यो, र मलाई अनाज्ञाकारी भन्नुहुन्थ्यो। मेरा सहपाठीहरूले पनि मलाई गलत बुझे, मेरो बारेमा नराम्रो सोचे र मलाई होच्याए। कलेजका प्रधानाध्यापकले समेत भन्नुभयो, “के तिमी मण्डलीको अगुवा हौ? तिमीले आफ्ना कुनै पनि सहपाठीलाई तिम्रो भेलामा बोलाउनु हुँदैन। तिम्री आमाले तिम्रो कति धेरै वास्ता गर्नुहुन्छ। तिमीले आफ्नो पढाइमा ध्यान दिनुपर्छ र आमाबुबाको आज्ञापालन गर्नुपर्छ। नत्र भने, तिमीलाई कलेजबाट निष्कासित गरिनेछ। यदि तिमी परमेश्‍वरमा विश्वास गर्न चाहन्छौ भने, धार्मिक मण्डलीमा जान सक्छौ र त्यहीँ येशूलाई प्रार्थना गर्न सक्छौ। त्यति गरे पुग्छ।” मेरा आमाबुबा र प्रधानाध्यापकले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भेलाहरूमा जान दिनुभएन। उहाँहरूले मलाई निगरानी गर्न हरेक दिन मान्छे खटाउनुभयो। मेरा शिक्षकहरू, सहपाठीहरू, साथीहरू, परिवार, र कलेजका सुरक्षागार्डहरू समेत सबैले ममाथि निगरानी गरिरहेका थिए। मेरा आमाबुबा सधैँ मलाई समयमै कलेज पुर्याउनुहुन्थ्यो र लिन आउनुहुन्थ्यो। यदि मेरी आमाको काम सकिन ढिला भयो भने, उहाँले कलेजका सुरक्षागार्डलाई ममाथि निगरानी गर्न भन्नुहुन्थ्यो। मैले प्रधानाध्यापकको कार्यालय नजिकै मेरी आमालाई पर्खनुपर्थ्यो। मेरी आमालाई म अझै परमेश्‍वरमा विश्वास गरिरहन्छु भन्ने डर थियो, र उहाँले मलाई चेतावनी दिनुभयो, “तँ फेरि परमेश्‍वरमा विश्वास गरेको थाहा पाएँ भने, म पुलिसलाई खबर गरिदिन्छु, र उनीहरूले तँसँगै सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्ने अरू सबैलाई पक्राउ गर्नेछन्!” यी शब्दहरू सुन्दा, मैले मनमनै सोचेँ, “तपाईं अझै मेरी आमा नै हुनुहुन्छ र? तपाईं मेरो हरेक कुरा नियन्त्रण गर्नुहुन्छ र मेरो भावनाको अलिकति पनि वास्ता गर्नुहुन्न।” मेरी छ्यामाले पनि भन्नुभयो, “तँ भाग्ने कुरा मात्र सोच् त, हामी तेरा खुट्टा भाँचिदिन्छौँ अनि हेरौँला तँ कसरी भाग्दी रहिछेस्!” त्यस समयमा, म न त भेलामा सहभागी हुन सक्थेँ न त आफ्नो कर्तव्य नै निर्वाह गर्न सक्थेँ। म हरेक दिन गहिरो पीडामा हुन्थेँ। कहिल्यैकाहीँ त, म यस्तो पनि सोच्थेँ, “यसरी बाँच्नुभन्दा त मर्नु नै बेस।” यी विचारहरू शैतानबाट आएका हुन् भन्ने मैले महसुस गरेँ, त्यसैले मैले आफैँलाई भनेँ: जेसुकै भए पनि, यसको सामना गर्न मैले परमेश्‍वरमा भरोसा गर्नुपर्छ।

पछि, मैले कलेजमा मेरी साथीलाई भेटेँ। उनी पनि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्छिन्। उनले मलाई आफ्नो फोन दिइन् र सिस्टर क्लोइलाई सम्पर्क गर्न भनिन्। सिस्टर क्लोइले मलाई “मेरो कथा, हाम्रो कथा” भन्ने चलचित्रको कहानी सुनाउनुभयो, जसमा जेलमा परेका ब्रदरहरूले परमेश्‍वरका वचनहरू पुर्याउने गर्थे। उहाँले भन्नुभयो, “तीमध्ये केही ब्रदरहरू दश वर्षसम्म जेलमा थुनिएका थिए। उनीहरूसँग निर्वाह गर्नुपर्ने कुनै कर्तव्य थिएन र कुनै मण्डली जीवन पनि थिएन, तर उनीहरूले परमेश्‍वरप्रतिको विश्वास कहिल्यै गुमाएनन्। उनीहरूले जेलभित्रै निरन्तर परमेश्‍वरलाई प्रार्थना गरे र परमेश्‍वरमा भरोसा गरे, र उनीहरूले परमेश्‍वरका कामहरू देखे अनि परमेश्‍वरको प्रेम र अगुवाइ महसुस गरे।” मैले ती जेलमा परेका ब्रदरहरूलाई सम्झेँ, जसमध्ये कोही त एक दशकदेखि त्यहाँ थिए, जबकि मैले त केवल मेरो परिवारबाट आएका अवरोध र प्रतिबन्धहरू मात्र सामना गरिरहेकी थिएँ। मैले म त्यति कमजोर हुनु हुँदैन भन्ने महसुस गरेँ। मैले पनि परमेश्‍वरमा विश्वास राख्नैपर्थ्यो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनका केही अनुच्छेदहरू पढेँ: “परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्‍वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्‍वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्‍ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्‍वास थामेर राख्यो। मानिसहरूका अनुभवहरूमा, तिनीहरूले परमेश्‍वरका वचनबाट चाहे जे शोधन भोगे पनि, समग्रमा, परमेश्‍वरले चाहनुहुने कुरा भनेको, तिनीहरूको आस्था र परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूका हृदय नै हो। यस्तो प्रकारले काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्‍ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुग्यो, परमेश्‍वर उसकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न। … आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानव धारणाहरूअनुरूप नहुँदा, वा त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिसहरूसँग हुनुपर्ने साँचो विश्वास र सच्चा हृदय हो। मैले यही आस्थाका बारेमा कुरा गरेको हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् र तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब तँसँग परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुने अभिप्राय र चाहना छ भनेर प्रदर्शन गर्न, अनि यस समर्पणको वास्तविकता प्रदर्शन गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। ‘प्रतीक्षा गर्नु’ भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँका अभिप्रायहरू तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। ‘खोजी गर्नु’ भनेको परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिस, घटना, र कामकुराहरूमार्फत तँप्रति उहाँका श्रमसाध्य अभिप्रायहरूलाई जाँच गर्नु र बुझ्‍नु हो, तिनीहरूसित सम्बन्धित सत्यता बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, र परमेश्‍वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। ‘समर्पित हुनु’ ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत, सृष्टिकर्ताले कसरी मानिसको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर अनुभव गर्नुलाई जनाउँछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने जब ममाथि परिवारका सदस्यहरू र शिक्षकहरूबाट सतावट र अवरोध आयो, ममा कमजोरी आए तापनि, मैले परमेश्‍वरप्रतिको विश्वास गुमाउनु हुँदैन, परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन, वा परमेश्‍वरप्रति गुनासो गर्नु हुँदैन। मैले अय्यूबको सिको गर्नुपर्थ्यो। अय्यूबमाथि परीक्षाहरू आउँदा उनले आफू जन्मेको दिनलाई सरापे तापनि, उनले परमेश्‍वरलाई कहिल्यै इन्कार गरेनन् वा परमेश्‍वरप्रति गुनासो गरेनन्। तर, यी सतावटहरूको सामना गर्दा मैले भने निरन्तर परमेश्‍वरप्रति गुनासो गरिरहेकी थिएँ: उहाँले ममाथि यो सब किन आउन दिनुभयो? म आफ्नो कर्तव्य निर्वाह गर्न तयार थिएँ, तैपनि ममाथि यी कष्ट र अपमानहरू किन आए? म यी वातावरणहरू अनुभव गर्न चाहन्नथेँ, र म तीबाट भाग्न चाहन्थेँ। यस्ता वातावरणहरूमा म परमेश्‍वरप्रति समर्पित हुन सकिनँ। तैपनि, परमेश्‍वरका वचनहरूले स्पष्ट रूपमा के बताउँछन् भने जब हामीमाथि कुनै वातावरण आइपर्छ, तब हामीले पहिले प्रतीक्षा गर्नुपर्छ, अनि खोजी गर्नुपर्छ र हामी समर्पित हुनुपर्छ। मैले प्रतीक्षा गर्न, परमेश्‍वरको अभिप्राय के हो भनी खोजी गर्न, र अन्ततः परमेश्‍वरले प्रबन्ध गर्नुभएका सबै मानिस, घटना, र कामकुराहरूलाई स्वीकार गर्न र तीप्रति समर्पित हुन सिक्नैपर्छ। परमेश्‍वरले प्रबन्ध गर्नुभएका सबै कुरा असल हुन्छन्। मैले अझ धेरै प्रार्थना गर्नुपर्छ र सबै थोक परमेश्‍वरलाई सुम्पिनुपर्छ। मैले मौन रूपमा परमेश्‍वरलाई प्रार्थना गरेँ। “प्यारो परमेश्‍वर, मलाई यस्ता वातावरणहरू कठिन लाग्‍ने भए पनि, र मेरो हृदयमा कमजोरी भए तापनि, तपाईंका वचनहरूले मलाई सामर्थ्य दिएका छन्, र तपाईंका वचनहरूले मेरो हृदयमा शान्ति ल्याएका छन्। म सबै थोक तपाईंलाई सुम्पिन चाहन्छु।”

त्यसपछिका दिनहरूमा, मेरी आमाले अझै पनि निरन्तर सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रतिरोध र निन्दा गरिरहनुभयो। हरेक साँझ, उहाँले सबैलाई मेरो लागि प्रार्थना गर्न लगाउनुहुन्थ्यो, र उहाँले आफ्नो प्रार्थनामा परमेश्‍वरको ईश्वरनिन्दासमेत गर्नुहुन्थ्यो। उहाँका शब्दहरूले मेरो मुटुमा छुरा रोपेजस्तै हुन्थ्यो। परमेश्‍वरको निन्दा र प्रतिरोध गर्ने ती शब्दहरू म सहन सक्दिनथेँ। अनि मेरा बुबा पनि हुनुहुन्थ्यो। उहाँले रक्सी पिएको बेला, मैले परमेश्‍वरमा विश्वास गरेको कारण मलाई सराप्नुहुन्थ्यो र कुट्नुसमेत हुन्थ्यो। पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “हिजोआज, पछ्याउने र नपछ्याउनेहरू दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू फरक छन्। सत्यता जान्न र सत्यता अभ्यास गर्न पछ्याउनेहरू नै ती मानिस हुन्, जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? … देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू पिशाच हुन्, र, यस अलावा, उनीहरूलाई नष्ट गरिनेछ। विश्‍वास गर्ने तर सत्यता अभ्यास नगर्नेहरू, परमेश्‍वरको देहधारणमा विश्‍वास नगर्नेहरू, र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू सबै विनाशका पात्रहरू हुनेछन्। रहन सक्नेहरू सबै शोधनको कष्ट भोगेका र दृढ रहेकाहरू हुन्; यिनीहरू साँचो रूपमा परीक्षाहरू भोगेका मानिस हुन्। परमेश्‍वरलाई पहिचान नगर्ने जोकोही पनि शत्रु हो; अर्थात्, परमेश्‍वरको देहधारणलाई पहिचान नगर्ने—चाहे ऊ यस प्रवाहभित्रको होस् वा यस प्रवाह बाहिरको होस्—ऊ ख्रीष्टविरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतानहरू को हुन्, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने मेरा आमाबुबा र म पूर्ण रूपमा फरक बाटोमा हिँडिरहेका छौँ। मेरा आमाबुबाले देहधारी परमेश्‍वरलाई स्वीकार गर्नुभएन, उल्टै उहाँहरूले उहाँको प्रतिरोध र निन्दा गर्नुभयो। विशेष गरी, मेरी आमाले निरन्तर परमेश्‍वरको ईश्वरनिन्दा गर्नुभयो र परमेश्‍वरको निन्दा गर्नुभयो। आफ्नो सारमा नै, उहाँहरू परमेश्‍वरको प्रतिरोध गर्ने हुनुहुन्छ; उहाँहरू परमेश्‍वरका शत्रुहरू हुनुहुन्छ, र उहाँहरू दियाबलसहरू र शैतानहरू हुनुहुन्छ। अन्तमा, उहाँहरू परमेश्‍वरद्वारा विनाशको भागीदार हुनुहुनेछ। म अब उहाँहरूको बन्धनमा पर्न सक्दिनथेँ।

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्‍वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्‍वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका कीराहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्‍वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो। यसको प्रकृति जतिसुकै दुर्भावपूर्ण भए पनि, र यसको सार जतिसुकै दुष्ट भए पनि, यसले गर्न सक्ने एउटै कुरा भनेको आज्ञाकारी भई आफ्नो कार्य पूरा गर्नु हो: परमेश्‍वरलाई सेवा प्रदान गर्नु—एक प्रतिभारका रूपमा राम्ररी सेवा गर्नु। शैतानको सार र मौलिक स्थान यही हो। जीवन, शक्ति, वा अख्तियारसँग यसको सारको कुनै सम्बन्ध छैन; यो परमेश्‍वरको हातमा भएको एउटा खेलौना मात्रै हो, परमेश्‍वरले सेवाका लागि प्रयोग गर्नुहुने एउटा यन्त्र मात्रै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरूले मलाई विश्वास र सामर्थ्य दिए। अहिले, म परमेश्‍वरमा विश्वास नगर्ने मानिसहरूद्वारा घेरिएकी थिएँ, र मेरा आमाबुबाले मलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न सबै प्रकारका उपायहरू निकालिरहनुभएको थियो। चाहे म कलेजमा हुँदा होस् वा घरमा हुँदा, उहाँहरूले हरेक दिन ममाथि निगरानी गर्नुहुन्थ्यो, र मलाई परमेश्‍वरका वचनहरू पढ्न वा प्रार्थना गर्नबाट रोक्न धेरै दाउपेचहरू र तरिकाहरू प्रयोग गर्नुहुन्थ्यो। उहाँहरूले मेरो जीवनलाई पूर्ण रूपमा नियन्त्रण गर्नुभयो। तैपनि, परमेश्‍वरका वचनहरूले मलाई आशा दिए। मैले के बुझेँ भने उहाँहरू बाहिरबाट जतिसुकै शक्तिशाली देखिए तापनि, परमेश्‍वर नै सबै थोकमाथि सार्वभौम हुनुहुन्छ र उहाँले नै सबै थोकको जिम्मा लिनुहुन्छ। मसँग सम्बन्धित हरेक कुरा परमेश्‍वरको हातमा छ। शैतानले मलाई बाधा दिन मेरो परिवारलाई जसरी प्रयोग गरे पनि, शैतानले परमेश्‍वरको लागि सेवा मात्र गर्छ। यी कुराहरू नभएको भए, मैले परमेश्‍वरको प्रतिरोध गर्ने मेरो परिवारको सारलाई देख्न सक्नेथिइनँ। मेरो परिवारको हातबाट सतावट भोग्दा परमेश्‍वरलाई पछ्याउने मेरो दृढता अझ बलियो भएको छ। जतिसुकै गाह्रो भए पनि, मैले परमेश्‍वरमा भरोसा गर्नुपर्छ र म आफ्नो गवाहीमा दृढ रहनुपर्छ। यो कुरा बुझेपछि, मलाई अब मनमा डर लागेन।

पछि, मसँग कक्षाका नोटहरू धेरै भएकाले, मेरा आमाबुबाले मलाई एउटा ल्यापटप किनिदिनुभयो। कलेजभरि CCTV क्यामेराहरू भएकाले र मेरा साथीहरू तथा सहपाठीहरूले ममाथि निगरानी गरिरहने हुनाले, मैले बाथरुममा मात्र आफ्नो ल्यापटप लगेर कलेजको Wi-Fi मा जोडी अनुभवात्मक गवाहीका भिडियोहरू र परमेश्‍वरको प्रशंसा गरिएका भजनका भिडियोहरू हेर्न सक्थेँ। मेरो परिवारले मेरा साथीहरूलाई ममाथि निगरानी गर्न भनेको थियो, त्यसैले म स्वतन्त्र रूपमा परमेश्‍वरका वचनहरू पढ्न सक्दिनथेँ र मण्डली जीवन बिताउन सक्दिनथेँ; सृजित प्राणीको कर्तव्य निर्वाह गर्न त झन् सक्ने कुरै थिएन। मलाई यसरी जिउनुको कुनै अर्थ छैन जस्तो लाग्यो। त्यसैले, एक बिहान सबेरै, म घरबाट भागेँ। अहिले, म मेरो परिवारको बन्धनबाट बाहिर निस्केकी छु, र मेरा ब्रदर-सिस्टरहरूसँग मण्डली जीवन बिताउन सक्छु। म स्वतन्त्र रूपमा परमेश्‍वरका वचनहरू पढ्न र आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु, र मेरो हृदय अत्यन्तै शान्त र मुक्त भएको छ। मलाई मुक्ति दिनुभएकोमा म परमेश्‍वरप्रति धेरै कृतज्ञ छु!

अघिल्लो: ८. छोराले बुढेसकालमा हेरचाह गर्नेछ भन्ने मेरो आशा चकनाचुर भएपछि

अर्को: ११. खोज्नुहोस्, अनि तपाईंले भेट्टाउनुहुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्