९८. मुकुण्डो पछाडि के लुकेको थियो

लु यि, चीन

मे २०२३ मा, मैले मण्डलीका पोस्टरहरू डिजाइन गर्ने काम गरिरहेकी थिएँ। अगुवाले मेरो सीप राम्रो भएको देख्नुभयो र मलाई टोली अगुवामा पदोन्नति गर्नुभयो। अगुवाले ममाथि भरोसा गर्नुभएको देख्दा मलाई साह्रै खुशी लाग्यो। तर मलाई केही चिन्ता पनि लाग्यो। पहिले, म केवल टोली सदस्य थिएँ, र त्यस भूमिकामा अलि कम सीप हुनु ठूलो कुरा थिएन, तर अब म टोली अगुवा भएकीले, मागहरू अझ उच्च थिए। के मेरो हालको सीपको स्तरले यी मागहरू पूरा गर्ला त? यदि मैले काम सम्हाल्न सकिनँ र मलाई बर्खास्त गरियो भने मलाई कत्ति धेरै लाज हुनेछ! जब म टोली अगुवा थिइनँ, तब मप्रति दाजुभाइ तथा दिदीबहिनीहरूको धारणा निकै राम्रो थियो। तर यदि तिनीहरूले मेरो सीपको खास स्तर थाहा पाए भने, के तिनीहरूले मैले बाहिरी आवरण मात्र ओढिरहेकी रहेछु र मसँग वास्तविक प्रतिभा त रहेनछ भनी सोच्नेछन्? के त्यसले मप्रतिको तिनीहरूको राम्रो धारणालाई नष्ट गर्दैन र? ठ्याक्कै त्यतिबेला, अगुवाले मैले डिजाइन गरेको चलचित्रको पोस्टरमा केही समस्याहरू औंल्याउनुभयो। मलाई साह्रै लाज लाग्यो र अगुवाले मेरो बारेमा के सोच्नुहुन्छ होला भनेर मलाई चिन्ता लाग्यो। के उहाँले मेरो सीप निर्देशन र सुपरिवेक्षण प्रदान गर्नका लागि नसुहाउने गरी साह्रै कमजोर रहेछ भनी सोच्नुहुनेछ? यो कुरा मनमा राखेर, मैले एउटा जुक्ति निकालेँ। समस्याहरूबारे छलफल गर्दा, म सुरुमै आफ्नो विचार राख्दिनथिएँ र अरूलाई पहिले बोल्न दिन्थेँ। यदि सबैको विचार मिल्यो भने, म तिनीहरूकै कुरामा सहमति जनाउँथेँ, तर यदि मिलेन भने, म अस्पष्ट कुरा गर्थेँ। यसरी, गल्ती नै भए पनि, मेरा कमीकमजोरीहरू खुलासा हुनेथिएनन्, र मेरो इज्जत जानेथिएन। एक पटक, हामी एउटा डिजाइनबारे छलफल गरिरहेका थियौं। मलाई त्यसमा केही संयोजनसम्बन्धी समस्याहरू छन् जस्तो लाग्यो, तर म निश्चित थिइनँ। मलाई म गलत हुन्छु र मलाई होच्याइन्छ भन्ने डर लाग्यो, त्यसैले मैले सङ्गति गर्न अग्रसरता देखाइनँ। पछि, जब अगुवाले मेरो राय माग्नुभयो, तब म आत्तिएँ, तर बाहिरचाहिँ मैले शान्त देखिने मुकुण्डो लगाएकी थिएँ। मैले भनेँ, “मेरो विचार पनि अरू सबैको जस्तै छ; म अरू कुनै समस्या देख्दिनँ।” अगुवाले टाउको हल्लाउनुभयो र अरू केही भन्नुभएन। फर्केर सोच्दा, मैले “मैले बुझिनँ, मलाई यस विषयमा स्पष्ट छैन” समेत भन्न सकिनँ। मलाई अलि खिन्न लाग्यो, तर म यस कुरालाई त्यति ध्यान नदिई अघि बढेँ।

अर्को दिन, अगुवा र मैले एउटा डिजाइन योजनाबारे छलफल गर्यौं। म अलि आत्तिएकी थिएँ। मैले लामो समयसम्म डिजाइनलाई हेरेँ तर आफ्नो विचार व्यक्त गर्ने आँट गरिनँ। यदि म गलत भएमा अगुवाले मलाई कसरी हेर्नुहुन्छ होला भनेर म डराएकी थिएँ। अर्को पटक, मैले एउटा डिजाइनमा समस्याहरू देखेँ तर मसँग कुनै समाधान थिएन। म इमानदारीसाथ बोल्न चाहन्थेँ, तर यदि म बोलेँ भने अगुवाले मेरो बारेमा के सोच्नुहुन्छ होला भनेर म चिन्तित भएँ। के यस्तो साधारण समस्या पनि हल गर्न नसक्ने रहेछ भनेर उहाँ अचम्म मान्नुहुन्छ होला? के मेरो सीप साह्रै कम रहेछ भनी उहाँले सोच्नुहुन्छ होला? यो कुरा मनमा राखेर, म इमानदारीसाथ बोलिनँ। मैले गहिरो सोचमा डुबेको बहाना गरेँ र अगुवालाई भनेँ, “मलाई यस डिजाइनबारे सोच्न अझै समय चाहिन्छ। बरु पहिले तपाईं आफ्नो विचार राख्नुहोस् न?” अगुवाले सिद्धान्तहरूमा आधारित भएर आफ्ना विचारहरू राख्नुभयो र मेरो दृष्टिकोण माग्नुभयो। मलाई मेरो खुट्टामुनिबाट जमिन भासिएजस्तै महसुस भयो। म इमानदार हुन चाहन्थेँ, तर मेरो मुख बन्द भएजस्तै भयो। अन्तमा, मैले भनेँ, “म पनि ठ्याक्कै त्यही सोच्दै थिएँ।” यति भनेपछि, मलाई एकदमै सकस भयो, मानौं मैले भर्खरै एउटा मरेको झिँगा निलेकी छु। त्यसलाई कसरी सही तरिकाले परिमार्जन गर्ने भन्ने मलाई थाहा छैन भन्ने कुरा स्पष्ट थियो, तैपनि म सक्षम छु र समस्या विश्लेषण गर्न सक्छु भनी देखाउनका लागि मैले के गर्ने भन्ने थाहा छ जस्तो गरेर बहाना गरेँ। के मैले मानिसहरूलाई धोका दिन र मूर्ख बनाउन खोजिरहेकी थिइनँ र? मलाई साह्रै दिक्दार लाग्यो। दिनको अन्त्यमा, म लखतरान भएँ र मैले केही उपलब्धि हासिल गरिनँ।

मेरो आत्मिक भक्तिको समयमा, मैले विचार गरेँ, “अगुवासँग डिजाइनहरूको समीक्षा गर्दा त्यो मेरो सीप सुधार गर्ने मौका हुन सक्थ्यो। यो एउटा राम्रो कुरा हो, तर मलाई मुक्त महसुस हुनुको साटो किन यति धैरे थकाइ महसुस भइरहेको छ?” त्यसपछि मैले परमेश्‍वरका यसो भन्‍ने वचनहरू पढेँ: “सृजित प्राणीको सही स्थानमा उभिनु र सामान्य व्यक्ति हुनु: के यसो गर्न सजिलो छ? (यो सजिलो छैन।) कठिनाइ केमा छ? कठिनाइ यस्तो छः मानिसहरू सधैँ आफ्नो शिर धेरै महिमा र मानपदवीहरू भरिएको अनुभूति गर्छन्। तिनीहरू आफूलाई महान् व्यक्ति र महामानवको पहिचान र हैसियत पनि दिन्छन्, अनि ती सबै ढोँगी र झूटा अभ्यासहरू र देखावटीपनमा संलग्न हुन्छन्। यदि तँ यी कुराहरू त्याग्दैनस् भने, यदि तेरो बोली र काम सधैँ यी कुराहरूको बन्धन र नियन्त्रणमा हुन्छ भने, तँलाई परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्न कठिन लाग्नेछ। तँलाई आफूले नबुझ्ने कुराहरूको समाधानमा अधीर हुन छोड्न र त्यस्ता मामिलाहरूलाई बारम्बार परमेश्‍वरसामु राख्न, अनि उहाँलाई सच्चा हृदय चढाउन गाह्रो हुनेछ। तैँले यसो गर्न सक्नेछैनस्। तेरो हैसियत, तेरा मानपदवीहरू, तेरो पहिचान, र त्यस्ता सबै कुरा झूटा र गलत भएकाले, ती परमेश्‍वरका वचनविरुद्ध जाने र उहाँका वचनहरूसँग बाझिने हुनाले गर्दा नै यी कुराहरूले तँलाई बाँधेर राख्छन्, जसले गर्दा तँ परमेश्‍वरसामु आउन सक्दैनस्। अनि, यी कुराहरूले तँलाई के दिन्छन्? यी कुराहरूले तँलाई आफ्नो भेष बदल्न, कुरा बुझेको ढोँग गर्न, आफू अक्‍कलमन्द, महान्, सेलेब्रिटी, सक्षम, र बुद्धिमान् भएको नाटक गर्न, र आफूले सबै कुरा जानेको, आफू सबै कुरामा सक्षम भएको र आफू सबथोक गर्न सक्‍ने भएको भनेरसमेत नाटक गर्न होनहार बनाउँछन्। यसले गर्दा तँलाई अरूले आराधना र प्रशंसा गर्नेछन्। तिनीहरू आफ्ना सारा समस्या लिएर तँकहाँ आउनेछन्, तँमा भर पर्नेछन् र तँलाई आदर गर्नेछन्। तसर्थ, यो त तैँले आफ्नो हात आगोमा हाल्नुजस्तै हो। ल भन् त, के आगोमा हात हाल्दा मज्जा आउँछ? (आउँदैन।) तँ बुझ्दैनस्, तर बुझ्दिनँ भन्न आँट गर्दैनस्। तँ भित्रैसम्‍म छर्लङ्ग देख्‍न सक्दैनस्, तर भित्रैसम्‍म छर्लङ्ग देख्न सक्दिनँ भन्‍ने आँट गर्दैनस्। तैँले प्रष्ट रूपमा गल्ती गरेको हुन्छस्, तर तँ त्यो स्वीकार्न आँट गर्दैनस्। तेरो हृदय वेदनामा हुन्छ, तर तँ यसो भन्‍ने आँट गर्दैनस्, ‘यसपटक त्यो साँच्चै मेरै गल्ती हो, म परमेश्‍वर र मेरा दाजुभाइ-दिदीबहिनीहरूप्रति ऋणी छु। मैले परमेश्‍वरको घरलाई त्यस्तो ठूलो क्षति पुऱ्याएको छु, तर ममा सबैसामु उभिएर त्यो कुरा स्विकार्ने साहस छैन।’ किन तँ बोल्ने आँट गर्दैनस्? तँलाई लाग्छ, ‘म मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई दिएको यश र महिमाअनुरूप जिउनुपर्छ, मैले तिनीहरूले मलाई दिएको उच्च सम्मान र भरोसालाई धोका दिन मिल्दैन, झन् तिनीहरूले मबाट कैयौँ वर्षदेखि राखेको उत्सुक अपेक्षाहरूलाई धोका दिने त कुरै आउँदैन। त्यसकारण, मैले देखावा गरिराख्नुपर्छ।’ त्यस्तो छद्म भेष कस्तो हुन्छ? तैँले सफलतापूर्वक आफूलाई महान् व्यक्ति र महामानव बनाएको हुन्छस्। दाजुभाइ-दिदीबहिनीहरू जस्तोसुकै समस्याहरू सामना गर्नुपर्दा पनि तँकहाँ सोधपुछ गर्न, परामर्श लिन, र तेरो सल्लाह-सुझाव माग्नसमेत आउन चाहन्छन्। तिनीहरू तँविना जिउनसमेत नसक्नेजस्तो देखिन्छ। तर के तेरो हृदय वेदनामा हुँदैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरूले मेरो साँचो स्थितिलाई खुलासा गरिदिए। अगुवासँग डिजाइन योजनाहरूबारे छलफल गर्दा, मैले कहिल्यै छुटकाराको महसुस गर्थिनँ। यसको मुख्य कारण के थियो भने, मेरो प्रकृति साँच्चै नै अहङ्कारी थियो र म आफैलाई गल्ती गर्न दिँदिनथिएँ, अझ आफूलाई केही नबुझ्ने वा गर्न नसक्ने जस्तो देखाउने कुरा त परै जाओस्। मैले आफैलाई आगोमा हालिरहेकी थिएँ। जबदेखि म टोली अगुवामा पदोन्नति भएँ, तबदेखि नै मप्रति अगुवाको धारणा राम्रो थियो र उहाँले मलाई महत्त्व दिनुहुन्थ्यो, त्यसैले मेरो काममा धेरै कमीकमजोरीहरू खुलासा हुँदा अरूले मलाई हेर्ने दृष्टिकोणमा असर पर्ला भनेर म चिन्तित थिएँ। विशेष गरी मैले डिजाइन गरेको चलचित्रको पोस्टरमा समस्याहरू आएपछि, म झन् बढी सतर्क भएँ। मेरा आफ्नै धेरै समस्याहरू खुलासा नहोऊन् भनेर म अरूलाई पहिले आफ्नो विचार राख्न दिन्थेँ। जब अगुवा र म सँगै डिजाइनहरूको समीक्षा गर्थ्यौं, तब मैले केही समस्याहरू देख्न सक्थेँ, तर म गलत हुन डराउँथेँ, त्यसैले म इमानदारीसाथ बोल्दिनथिएँ। कहिलेकाहीँ मसँग सुधार गर्ने कुनै योजना हुँदैनथियो, तर अगुवाले मलाई होच्याउनुहोला भन्ने डरले, म जान्नेबुझ्ने भएको बहाना गर्थेँ, र अगुवाकै विचारमा सहमति जनाउँदै आफूले पनि कुराहरू त्यसरी नै देखेको बताउँथेँ। मैले बाहिरी आवरण ओढिरहेकी थिएँ। मैले खुल्लमखुल्ला छल गरिरहेकी थिएँ। “म बुझ्दिनँ, मलाई यस विषयमा स्पष्ट छैन” भन्न समेत म डराउँथेँ। आफ्नो इज्जत जोगाउनका लागि मैले मेरा कमीकमजोरीहरूलाई निरन्तर ढाकछोप गरेँ। प्रतिष्ठा र हैसियतप्रतिको मेरो चिन्ता साह्रै ठूलो थियो! साँचो कुरा त के थियो भने, मैले भर्खरै तालिम सुरु गरेको हुनाले, गल्ती गर्नु एकदमै सामान्य कुरा थियो। मेरो सीपको खास स्तर सबैले स्पष्ट रूपमा देख्न सक्थे, त्यसैले यसलाई ढाकछोप गर्नुपर्ने कुनै आवश्यकता थिएन। दाजुभाइ तथा दिदीबहिनीहरूले मेरा कमीकमजोरीहरू देखे भने पनि, तिनीहरूले मलाई होच्याउनेथिएनन्—तिनीहरूले मलाई सहायता गर्नेथिए। तर मैले आफूलाई सबै कुरा थाहा छ र म सबै कुरा गर्न सक्छु भन्ने बहाना गरिरहेँ। आफ्ना अभाव र कमीकमजोरीहरू लुकाउन मैले सकेसम्म प्रयास गरेँ। म कत्ति मूर्ख र अज्ञानी थिएँ! मैले आफूलाई लुकाइराखेँ र अरूसँग अन्तरक्रिया गर्दा म इमानदार हुन सकिनँ। यसरी जिउनु कत्ति धेरै कपटी, चिप्लो र छली कार्य थियो!

पछि, मैले परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्‍वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। … यदि कुनै ठूलो घटना घट्यो भने, र कसैले उसलाई त्यो घटनाको बुझाइबारे सोध्यो भने, उसले आफ्नो दृष्टिकोण खुलासा गर्न चाहँदैन, बरु अरूलाई नै सुरुमा बोल्न लगाउँछ। उसले बोल्‍न नचाहनुका कारणहरू हुन्छन्: ऊसँग कुनै दृष्टिकोण नभएर भन्दा पनि, उसलाई आफ्‍नो दृष्टिकोण गलत होला कि, यो कुरा ठूलो स्वरमा बताए भने, अरूले यसलाई खण्डन गर्लान् कि, जसले गर्दा ऊ लज्जित हुनुपर्ला कि भन्‍ने डरले यो कुरा भन्दैन; कि त ऊसँग कुनै दृष्टिकोण नै हुँदैन, र स्पष्ट रूपमा मामला बुझ्‍न नसकेको हुनाले, मानिसहरू उसको गल्तीमा हाँस्लान् भन्‍ने डरले स्वेच्छाले बोल्ने आँट गर्दैन—त्यसकारण चुपचाप बस्‍नु नै उसको एउटै मात्र विकल्प हुन्छ। छोटकरीमा भन्दा, ऊ आफ्नो दृष्टिकोण खुलेर व्यक्त गर्न तयार हुँदैन, किनभने उसलाई आफ्‍नो वास्तविकता खुलासा होला, ऊ दरिद्र र दयनीय छ भनेर मानिसहरूले देख्लान्, र यसरी अरूमा भएको उसको छविमा असर पर्ला भन्‍ने डर हुन्छ। त्यसकारण, अरू सबैले आफ्नो दृष्टिकोण, विचार, र ज्ञानबारे सङ्गति गरिसकेपछि, उसले केही उच्च र बलियो दाबीहरूलाई आफ्नो बनाउँछ, जसलाई उसले आफ्नै दृष्टिकोण र बुझाइको रूपमा प्रस्तुत गर्छ। उसले ती कुरालाई सारांशित गर्छ र सबैलाई तीबारे सङ्गति दिन्छ, र यसरी उसले अरूको हृदयमा उच्च हैसियत प्राप्त गर्छ। ख्रीष्टविरोधीहरू अत्यन्तै धूर्त हुन्छन्: जब दृष्टिकोण व्यक्त गर्ने समय हुन्छ, तब तिनीहरूले हृदय खोलेर अरूसामु आफ्नो साँचो स्थिति खुलस्त पार्ने, वा तिनीहरूले वास्तवमा के सोच्छन्, तिनीहरूको क्षमता कस्तो छ, तिनीहरूको मानवता कस्तो छ, तिनीहरूको बुझ्‍ने शक्ति कस्तो छ, र तिनीहरूसँग सत्यताको साँचो ज्ञान छ कि छैन भनी मानिसहरूलाई बताउने गर्दैनन्। र त्यसकारण, आत्मिक, र सिद्ध व्यक्ति भएको धाक देखाउने र ढोँग गर्ने क्रममा, तिनीहरूले आफ्‍नो साँचो अनुहार र साँचो कद लुकाउन सक्दो गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको बीचमा कहिल्यै पनि आफ्‍ना कमजोरीहरू प्रकाश गर्दैनन्, न त तिनीहरूले आफ्‍ना कमी र कमजोरीहरू पहिचान गर्ने प्रयास नै गर्छन्; बरु, तिनीहरूले यी कुराहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने ख्रीष्ट विरोधीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि वा तिनीहरू जुनसुकै परिस्थितिमा रहे पनि, जब तिनीहरूमाथि केही आइपर्छ, तब तिनीहरूले कहिल्यै पनि सजिलै आफ्नो विचार व्यक्त गर्दैनन्। तिनीहरूले अरूलाई आफ्नो साँचो स्थिति थाहा दिँदैनन्, न त तिनीहरूले अरूलाई आफ्नो क्षमता वा मानवताको बारेमा नै थाहा दिन्छन्, किनकि तिनीहरूलाई आफ्ना कमजोरीहरू खुलासा होला भन्ने डर हुन्छ। आफ्ना कमीकमजोरीहरू लुकाउनका लागि, तिनीहरूले अरूका राम्रा सुझाव र विचारहरूलाई समेत आफ्नै हो भनी दाबी गर्छन्, अनि तिनको सारांश निकाल्छन् र आफूले नै सोचेजस्तो गरी प्रस्तुत गर्छन्, र यसरी तिनीहरूसँग अन्तर्दृष्टि र क्षमता छ भनी अरूलाई गलत रूपमा सोच्न लगाउँछन्, अनि तिनीहरूले अरूद्वारा प्रशंसित र पुजित हुने लक्ष्य हासिल गर्छन्। यसलाई आफूसँग तुलना गर्दा, मैले मेरो व्यवहार ठ्याक्कै ख्रीष्ट विरोधीको जस्तै भएको देखेँ! जब अगुवा र मैले डिजाइन योजनाबारे छलफल गरिरहेका थियौं, अगुवाले मेरो व्यावसायिक सीपलाई नराम्रो ठान्नुहोला भनेर म डराएकी थिएँ, त्यसैले आफ्नो विचार व्यक्त गर्दा, मैले बुझेको बहाना गर्दै र अगुवाकै कुरामा सहमति जनाउँदै अस्पष्ट कुरा गरेँ। मैले मसँग पनि अगुवाकै जस्तो विचार छ जस्तै गरी व्यवहार गरेँ, र यसरी मेरा कमीकमजोरीहरू लुकाएँ। फर्केर सोच्दा, मैले सधैँ यसरी नै आफ्नो कर्तव्य निर्वाह गरेकी थिएँ: मानिसहरूको हृदयमा मेरो छवि र हैसियतको सुरक्षा गर्नका लागि, म कहिल्यै पनि अरूले मेरा अभाव वा कमीकमजोरीहरू देखून् भन्ने चाहन्नथिएँ। कुनै जान्नेबुझ्ने व्यक्तिसँग सङ्गति गरेर छिट्टै समाधान गर्न सकिने खालका स्पष्ट समस्याहरू हुन्थे, तर अरूको मद्दत माग्दा म असक्षम र तुच्छ देखिन्छु भन्ने मलाई लाग्थ्यो, त्यसैले म गुपचुप सामग्रीहरू खोज्न र आफैले कुराहरू पत्ता लगाउन सङ्घर्ष गर्न रुचाउँथेँ, र म अरूसँग सल्लाह माग्दिनथिएँ। यसले गर्दा कामको प्रभावकारिता कम भयो र अन्य कार्यहरूमा ढिलाइ भयो। म सधैँ आफूलाई सबै कुरा जान्ने र गर्न सक्ने व्यक्तिको रूपमा बाहिरी भेष देखाउन चाहन्थेँ, र अरूलाई देखाउनका लागि बाहिरी आवरण ओढ्थेँ। के मैले मानिसहरूलाई भ्रममा पारिरहेकी थिइनँ र? ख्रीष्ट विरोधीहरूले सधैँ यसरी नै आफूलाई लुकाउँछन् र भेष बदल्छन्। तिनीहरूले आफ्नो वास्तविक कदलाई ढाकछोप गरेर मानिसहरूलाई धोका दिन्छन् र भ्रमित पार्छन्, र मानिसहरूलाई आफ्नो सामु ल्याउनका लागि डोर्याउँछन्। मेरो व्यवहार कसरी ख्रीष्ट विरोधीको भन्दा फरक थियो र? मैले जे प्रकाश गरिरहेकी थिएँ त्यो त ख्रीष्ट विरोधीको स्वभाव थियो! यो बोधले मलाई तर्सायो। यदि मैले आफूलाई बदलिनँ भने, मेरो प्रकाश हुनेछ र मलाई हटाइनेछु भन्ने मलाई लाग्यो। मैले पश्चाताप गर्न र परिवर्तन हुन इच्छुक हुँदै तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ। म आफ्नो स्वभिमान र छवि जोगाउनका लागि अब उप्रान्त भेष बदल्न र अरूलाई धोका दिन चाहन्नथिएँ।

पछि, मैले आफ्ना समस्याहरूको आधारमा अभ्यासको बाटो खोजेँ। मैले परमेश्‍वरका वचनहरूमा यस्तो लेखिएको पढेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट, मैले अभ्यासको बाटो फेला पारेँ। आफ्नो कर्तव्य निर्वाह गर्दा र नबुझेका वा सम्हाल्न नसक्ने कुराहरू आइपर्दा, व्यक्ति खुल्नुपर्छ र अरूसँग अझ बढी मद्दत माग्नुपर्छ, र इमानदार व्यक्ति बन्नुपर्छ। व्यक्ति वास्तविक हुनुपर्छ र उसले आफ्नै प्रतिष्ठाको सुरक्षा गर्नु हुँदैन। त्यसरी, तिनीहरू परमेश्‍वरको अभिप्राय अनुरूप हुन सक्छन् र तिनीहरूले प्रगति गर्न सक्छन्। तर मैले आफ्नो स्वभिमानको बारेमा मात्र सोचेकी थिएँ, र निरन्तर आफ्ना कमीकमजोरीहरू लुकाउँदै आफ्‍नो भेष बदलिरहेकी थिएँ। काम कति राम्रोसँग भइरहेको छ, वा मेरो व्यावसायिक सीपलाई कसरी सुधार्ने भन्ने बारेमा मैले विचारै गरिनँ। त्यस बिन्दुसम्म, मैले सिद्धान्तहरू बोध गरेकी थिइनँ, मेरो सीप सुधार भएको थिएन, र मैले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइनँ। केवल आफ्नो स्वभिमान जोगाउन खोज्नुको के अर्थ थियो र? यदि मैले परमेश्‍वरका मागहरू पालन गरेँ र इमानदार व्यक्ति भएर काम गरेँ भने, मेरो प्रतिष्ठामा थोरै आँच आए पनि, मेरो सीप सुधार हुन सक्थ्यो, र मैले मेरा कर्तव्यहरू अझ राम्रोसँग पूरा गर्न सक्थेँ, र परमेश्‍वर प्रसन्‍न बन्‍नुहुनेथियो। के त्यो धेरै राम्रो हुनेथिएन र? यो सोचेर, मैले पश्चाताप गर्न इच्छुक हुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, सबैसँग कुराकानी गर्दा, मैले कुनै कुरा नबुझ्दा उप्रान्त मैले आफ्‍नो कुरा लुकाउन छोडेँ, र मैले छलफलका लागि आफ्ना प्रश्नहरू सक्रिय रूपमा समूहमा ल्याउन थालेँ। यसरी अभ्यास गर्दा मलाई छुटकाराको महसुस भयो, र मैले अरूबाट केही कुरा प्राप्त गरेँ।

त्यसपछि, मैले केही खोजी गरेँ, र विचार गरेँ, “टोली अगुवामा पदोन्नति भएपछि मैले आफ्ना कमीकमजोरीहरूलाई किन सही रूपमा हेर्न सकिनँ? कुन-कुन गलत दृष्टिकोणहरूले मलाई नियन्त्रण गरिरहेका थिए?” खोजी गर्दै गर्दा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्‍वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्‍वरलाई चिन्छ, र ऊ परमेश्‍वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्‍वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। … त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुसार, र परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्। यी बुँदाहरूका आधारमा मूल्याङ्कन गर्दा, के परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्‍नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरूबाट, मैले के थाहा पाएँ भने जब परमेश्‍वरको घरले कसैलाई पदोन्नति गर्छ र संवर्धन गर्छ, तब यसको मतलब त्यो व्यक्तिले पहिले नै सत्यता बुझेको छ र उसमा वास्तविकता छ वा उसले सिद्धान्तहरू पूर्ण रूपमा बोध गरेको छ भन्ने हुँदैन। पदोन्नति भनेको तालिम लिने एउटा अवसर मात्र हो, र यसका लागि मानिसहरूले आफ्ना कमीकमजोरीहरूलाई सही रूपमा हेर्नु आवश्यक छ। मैले आफूलाई निकै उच्च ठानेकी थिएँ, र टोली अगुवामा पदोन्नति हुनु भनेको मसँग अरूको भन्दा राम्रो क्षमता, सीप र त्यस्तै अन्य गुणहरू हुनुपर्छ भन्ने सोचेकी थिएँ। मैले आफूले आफैलाई उच्च स्थानमा राखेँ, र अरूले मेरो वास्तविकता नदेखून् भनेर, मैले आफ्‍नो भेष बदलेँ र आफूलाई लुकाएँ, आफ्ना कमीकमजोरीहरू लुकाउन विभिन्न उपायहरू लगाएँ, र विचार बाँड्दा पनि, म धेरै सोच्थेँ। अरूसँग अन्तरक्रिया गर्दा म पारदर्शी हुन्थिनँ, र मैले आफैलाई लखतरान हुने गरी बन्धनमा पारिरहेकी थिएँ। फर्केर सोच्दा, टोली अगुवामा पदोन्नति हुनु भनेको तालिम लिने एउटा अवसर मात्र थियो। यस परिस्थितिले मलाई सत्यता पछ्याउन र सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्नका लागि घचघचायो। आफ्नो कर्तव्य निर्वाह गर्दा कमीकमजोरीहरू र विचलनहरू आउनु सामान्य कुरा थियो, र मैले यी अवसरहरूलाई मेरा कमीकमजोरीहरूको परिपूर्ति गर्नका लागि प्रयोग गर्न सक्थेँ, ताकि अनुभवद्वारा, मैले अझ धेरै सत्यताहरू बुझ्न र अझ धेरै सिद्धान्तहरू बोध गर्न सकूँ, र बिस्तारै, म मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुनेथिएँ। भविष्यमा, मैले आफ्ना कमीकमजोरीहरूलाई सही रूपमा हेर्नुपर्छ र यथार्थवादी बन्न सिक्नुपर्छ, र मैले सिद्धान्तहरू र सीपहरू सिक्नमा बढी मेहनत गर्नुपर्छ। यो नै मैले पछ्याउनुपर्ने र म प्रवेश गर्नुपर्ने कुरा थियो।

एक पटक, अगुवाले हाम्रो काममा हामीलाई निर्देशन दिइरहनुभएको थियो, र हामीलाई ब्याकड्रपको बारेमा आफ्नो राय दिन भन्नुभयो। मैले सहकार्य गरिरहेका दुई दिदीबहिनीहरूको राय मेरोभन्दा फरक सुनेँ, र मैले सोचेँ, “ती दुई दिदीबहिनीहरूको राय एउटै छ। यदि म गलत साबित भएँ भने, यो कत्ति लाजमर्दो हुनेछ। के तिनीहरूले मसँग क्षमता र ठीक रुचिको साह्रै कमी रहेछ भनेर सोच्नेछन्?” जब मैले यो सोचेँ, तब म हिचकिचाएँ, र मैले विचार गरेँ, “सायद मैले ती दिदीबहिनीहरूकै कुरामा सहमति जनाउनुपर्छ, ताकि यदि म गलत भएँ भने पनि मलाई लाज हुनेछैन।” तर त्यही क्षणमा, मैले अघि पढेका परमेश्‍वरका वचनहरू सम्झेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। … तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको बाटो देखाए। कसैको राय सही होस् वा गलत, यदि आफूले नबुझेको केही कुरा छ भने खोजी गर्न र सङ्गति गर्नका लागि उसले कुरा उठाउनुपर्छ। आफ्नो कर्तव्यमा जिम्मेवार हुनु भनेको यही हो। यो विचारले मेरो हृदय उज्यालो बनायो, र आफ्नो घमण्ड पन्छाएर सत्य बोल्न इच्छुक हुँदै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। अचम्मको कुरा, अगुवा मेरै रायमा सहमत हुनुभयो, र हामीलाई परिमार्जनका लागि केही निर्देशनहरू दिनुभयो। सुनिसकेपछि, मैले अझ स्पष्टसँग बुझेँ। आफ्नो स्वभिमानको सुरक्षा नगर्दा र आफूलाई नलुकाउँदा, इमानदार हुँदा र सत्य बोल्दा, मेरो हृदयमा शान्ति र चैन आएको महसुस भयो।

उप्रान्त म मेरो स्वभिमानद्वारा बाँधिएकी थिइनँ, र मैले आफू स्पष्ट नभएका विषयहरूमा दाजुभाइ तथा दिदीबहिनीहरूसँग खुलेर र सरल रूपमा छलफल गर्न सक्थेँ। जब अगुवाले मेरा समस्याहरू औंल्याउनुभयो, तब म तिनलाई स्वीकार गर्न, मेरा कमीकमजोरीहरूलाई सही रूपमा हेर्न, र सिक्नका लागि सम्बन्धित सिद्धान्तहरू र व्यावसायिक ज्ञान खोज्न सक्थेँ। केही समयपछि, मैले मेरा प्राविधिक सीपहरूमा केही प्रगति गरेँ, र मेरा कर्तव्यहरूमा हुने गल्तीहरू कम गरेँ। यस अनुभवबाट, परमेश्‍वरले इमानदार मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ, र आफ्ना अभाव र कमीकमजोरीहरू स्वीकार गर्नु र इमानदार व्यक्ति बन्ने अभ्यास गर्नु लज्जास्पद कुरा होइन, र यसरी अभ्यास गर्दा मेरो हृदयमा शान्ति र चैन आउँछ भन्ने कुरा मैले साँच्चै महसुस गरेँ।

अघिल्लो: ९७. पैसाको पछि दौडने दिनहरूलाई बिदाइ

अर्को: ९९. आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउनु स्वार्थीपन हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्