९७. पैसाको पछि दौडने दिनहरूलाई बिदाइ

झेङ यि, चीन

म एउटा गरिब परिवारमा जन्मिएको थिएँ, जहाँ मेरा निष्कपट र इमानदार आमाबुबाले खेतीकिसानी गरेर हाम्रो परिवार पाल्नुहुन्थ्यो। सानो छँदा, मैले गाउँका धनी मानिसहरूले राम्रो लाउने-खाने गरेको अनि अरूबाट प्रशंसा र समर्थन पाएको देख्थेँ। मलाई उनीहरूको डाहा लाग्थ्यो र म पैसा हुनु नै सबथोक हो भन्ने ठान्थेँ। सपनामा समेत म धेरै पैसा कमाउने चाहना राख्थेँ। मैले मनमनै भविष्यमा धनी बन्ने र उच्चस्तरको जीवन जिउने सङ्कल्प गरेँ।

विवाह गरेपछि, आफ्नो सपना छिटो पूरा गर्न, म डकर्मी काम गर्न एक्लै सहर पसेँ। कयौँ वर्षसम्म ओभरटाइम काम गरे पनि, मेरो बचत एकदमै थोरै थियो। मैले मनमनै के गुन्न थालेँ भने जीवनभर यस्तो परिश्रम गरेर आफ्ना सपनाहरू कहिल्यै पूरा गर्न सकिँदैन। धेरै सोचविचार गरेपछि, मैले ठेकेदार बन्ने र आफ्नै निर्माण व्यवसाय सुरु गर्ने निर्णय गरेँ। मैले नातेदार र साथीभाइसँग पैसा सापटी लिएँ, बजारमा जग्गा किनेँ र एउटा भवन बनाएँ। ठेक्का पाउन र छिटो पैसा कमाउन, मैले पहुँच लगाएँ, उपहार दिएँ अनि एउटा निर्माण कम्पनीबाट प्रोजेक्ट हात पारेँ। काम राम्रो होस् भनेर पक्का गर्न, म हरेक दिन बिहान सबेरै निर्माण स्थलको सुपरिवेक्षण गर्न थालेँ, प्रायः बिहानको नास्ता छुटाउँथेँ, र अनि साँझ कामदारहरूले काम सकाएपछि निरीक्षण गर्थेँ। गुणस्तरहीन कामलाई भत्काएर ओभरटाइम काम लगाएर फेरि बनाउन लाउँथेँ। अन्ततः, मैले कम्पनीका हाकिमहरूको भरोसा जितेँ र सहायक प्रोजेक्टहरू पाएँ। दुई वर्षपछि, मैले केही पैसा कमाएँ, ऋण तिरेँ, र आफ्नो घर मर्मतसम्भार गरेँ। मेरो हृदयमा अवर्णनीय खुसी अनुभूत भयो। लुनार नयाँ वर्षमा, नातेदार र साथीभाइहरू मेरो घरमा चाड मनाउन आए। केहीले मुस्कुराउँदै मलाई भने, “बोस, हामी तपाईँलाई नयाँ वर्षको शुभकामना दिन आएका! तपाईँको उत्तरोत्तर प्रगतिको र व्यापार फलोस्-फुलोस् भन्ने कामना छ!” अरूहरूले मसँग हात मिलाउँदै भने, “पैसा कमाउन हामी सबै तपाईँमै निर्भर छौँ!” त्यो क्षण, प्रशंसाले घेरिएर आकर्षणको केन्द्र बन्दा मलाई निकै आनन्द लाग्यो। मैले मनमनै सोचेँ, “पैसा हुनु त साँच्चै गज्जब रहेछ। पैसा भएपछि, मानिसहरूले प्रशंसा र आदर गर्छन्, र उच्चस्तरको जीवन जिउन सकिन्छ।” यसबारे सोचेर मलाई निकै खुसी लाग्यो। अझ धेरै पैसा कमाउन, मैले अरू धेरै निर्माण प्रोजेक्टहरू लिएँ र हरेक दिन बिहानदेखि बेलुकासम्म अथक रूपमा काम गरेँ। समय बित्दै जाँदा, मलाई राती निद्रा लाग्दैनथ्यो, किनभने मजदुरहरू खटबाट खस्लान् र दुर्घटना होला, जसले गर्दा ठूलो आर्थिक नोक्सानी होला भन्ने चिन्ता लाग्थ्यो। मलाई हरेक दिन साह्रै उकुसमुकुस महसुस हुन्थ्यो र मलाई प्रायः ज्वरो आउने, रुघा लाग्ने र रिँगटा लाग्ने हुन्थ्यो। पाँच फिट आठ इन्च अग्लो भए पनि, मेरो तौल जम्मा चौवन्न-पचपन्न केजी जति मात्र थियो, बोल्दा पनि कमजोर आवाज आउँथ्यो र उभिँदा समेत निद्रा लाग्थ्यो। म साँच्चै केही समय विश्राम चाहन्थेँ। तर यदि मैले निर्माण प्रोजेक्टहरू लिइनँ भने, म पैसा कमाउने वा अरूको प्रशंसा पाउने थिइनँ। मसँग आफ्नो ऊर्जा बटुलेर काम गरिरहनुको विकल्प थिएन। जब मैले झन्-झन् धेरै पैसा कमाउँदै गएँ, तब मलाई मेरा सारा कष्ट र थकान सार्थक छन् भन्ने लाग्यो। मेरो निर्माण व्यवसाय फस्टाइरहेकै बेला, मेरी श्रीमती तेस्रो तल्लाको खटमा भित्ताको काम गर्दै थिइन्, तब उनी गल्तीले एउटा फल्याकमा ठोक्किइन् र भुइँ तलामा खसिन्, र तुरुन्तै बेहोस भइन्। उनलाई हतार-हतार अस्पताल लगियो र एक घण्टाभन्दा बढी आकस्मिक उपचार गरेपछि बल्ल उनको अवस्था स्थिर भयो र होस आयो। निको भएर अस्पतालबाट डिस्चार्ज हुन उनलाई एक महिनाभन्दा बढी लाग्यो।

पछि, मेरी दिदीले मेरी श्रीमती अस्पतालबाट डिस्चार्ज भएकी छिन् भन्ने थाहा पाउनुभयो र हामीलाई भेट्न आउनुभयो। उहाँले हामीलाई परमेश्‍वरको आखिरी दिनहरूको कामबारे प्रचार गर्नुभयो। त्यतिबेला परमेश्‍वरका केही वचनद्वारा म गहन रूपमा प्रभावित भएको मलाई याद छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको निर्धारणका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्‍माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्‍वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्‍वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यो सब कुरामा विश्‍वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्‍वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्‍वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने सबैको भाग्य परमेश्‍वरको हातमा हुन्छ। मेरी श्रीमती तेस्रो तल्लाबाट खसेर पनि बाँच्नु, त्यो उनी भाग्यमानी भएर होइन, तर परमेश्‍वरको सुरक्षाले गर्दा थियो। मैले अरू ठेकेदारहरूको निर्माण स्थलमा भएका दुर्घटनाहरूबारे सोचेँ। केही मजदुरहरू तेस्रो तल्लाको खटबाट खस्दा अस्पताल पुर्‍याएपछि पनि बचाउन सकिएको थिएन। अरू कतिपय दोस्रो वा पहिलो तल्लाको खटबाट खसेर घटनास्थलमै मरेका थिए। के यो सब परमेश्‍वरले भनेको कुराको प्रमाण थिएन र? “कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ”? आज, मेरी दिदीले हामीलाई सुसमाचार प्रचार गर्नु पनि परमेश्‍वरले नै योजनाबद्ध गर्नुभएको र बन्दोबस्त मिलाउनुभएको थियो। उहाँको सङ्गतिमार्फत्, मैले मानिस र यावत् थोक परमेश्‍वरले सृष्टि गर्नुभएको हो भन्ने थाहा पाएँ। मानवजातिलाई मुक्ति दिन परमेश्‍वरले कामको तीन चरणहरू पूरा गर्नुभएको छ, आजसम्म मानवजातिलाई अगुवाइ र भरणपोषण गर्दै आउनुभएको छ। आखिरी दिनहरूको यो काम मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अन्तिम चरणको काम हो, र यो मानिसहरूले मुक्ति पाउने दुर्लभ अवसर हो। हामी परमेश्‍वरमा विश्वास गरेर र उहाँसामु उहाँको आराधना गरेर मात्र राम्रो नियति पाउन सक्छौँ। श्रीमती र मैले खुसीसाथ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार स्वीकार गर्‍यौँ, र त्यसबेलादेखि हामी सक्रिय रूपमा भेलाहरूमा सहभागी भयौँ। भेलाहरूको दौरान, ब्रदर-सिस्टरहरूले परमेश्‍वरका वचनहरू सङ्गति गरे, र मैले केही सत्यता बुझेँ जसले मेरो हृदयलाई एकदमै सुरक्षित र शान्ति महसुस गराए, र मेरो पहिलेको दमित भावना हटेर गयो।

पछि, अगुवाले म भेलाहरूमा सक्रिय रूपमा सहभागी भएको देख्नुभयो, र मलाई तीन जना नयाँ विश्वासीहरूको मलजल गर्ने समूहको अगुवा बनाउन चाहनुभयो। तर म अलि हिचकिचाएँ, किनभने म दिउँसो निर्माण कार्यको व्यवस्थापन गर्थेँ र राती मजदुरहरूको हाजिरी राख्नुपर्थ्यो र हिसाबकिताब गर्नुपर्थ्यो। नयाँ विश्वासीहरूलाई मलजल गर्न म कहाँ समय पाउँथेँ र? म यो कर्तव्य निर्वाह गर्न चाहन्नथेँ। तर, मलाई अलि ग्लानि महसुस भयो: मैले सुरुमा परमेश्‍वरमा विश्वास गर्दा र म निर्माण काममा व्यस्त हुँदा, ब्रदर-सिस्टरहरूले मसँग दिउँसो भेला हुने समय छैन भन्ने देखे, त्यसैले उनीहरू साँझमा मलाई मलजल गर्न र साथ दिन आउँथे, र परमेश्‍वरका वचनहरू सङ्गति गरेर मलाई सत्यता बुझ्न मदत गर्थे। अहिले मण्डलीमा धेरै नयाँ विश्वासीहरू छन् र मलजल गर्ने व्यक्तिहरू पर्याप्त छैनन्, त्यसैले मैले आफ्नो योगदान दिनुपर्छ। यो सोचेर, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, सही छनौट गर्न मलाई मार्गदर्शन र अन्तर्दृष्टि दिनुहोस् भनी बिन्ती गरेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत नै मानिस बिस्तारै परिवर्तन हुन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तँ आफ्नो कर्तव्य जति निर्वाह गर्छस्, तैँले त्यति नै धेरै सत्यता प्राप्त गर्न सक्नेछस्, र तेरो अभिव्यक्ति त्यति नै व्यावहारिक हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्न मदत गरे भने, सृजित प्राणीका रूपमा, आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो, किनभने हाम्रो जीवन परमेश्‍वरबाट आउँछ, र हामीले भोग गर्ने सबथोक उहाँद्वारा नै दिइएको हो। आफ्नो कर्तव्य निर्वाह गर्नु हामी हरेकको पन्छिन नमिल्ने जिम्मेवारी र दायित्व हो। मैले यो कर्तव्य स्वीकार नगर्दा, म साँच्चै विवेकहीन हुनेथिएँ। अझ, नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम हप्ताको दुई पटक साँझमा मात्र हुन्थ्यो, त्यसैले यसले मेरो निर्माण कार्यको व्यवस्थापनलाई त्यति असर गर्नेथिएन। यो बुझेर, म यो कर्तव्य लिन राजी भएँ। कहिलेकाहीँ, जब म नयाँ विश्वासीहरूका स्थिति वा धारणाहरू समाधान गर्न सक्दिनथेँ, तब परमेश्‍वरलाई प्रार्थना गर्थेँ र उहाँलाई मद्दत माग्थेँ। परमेश्‍वरका वचनहरू पढेर, मैले थाहै नपाई केही सत्यता बुझेँ। नयाँ विश्वासीहरूको स्थिति र धारणाहरू समाधान भए, र दर्शनसम्बन्धी सत्यताको मेरो बुझाइ अझ स्पष्ट भयो, त्यसैले म कर्तव्य निर्वाह गर्न अझ सक्रिय भएँ। मलाई लाग्यो, आफ्नो कर्तव्य निर्वाह गरेर म पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइ प्राप्त गर्न, अझ धेरै सत्यता बुझ्न, अनि हृदयमा शान्ति र चैन अनुभूति गर्न सक्छु।

पछि, जब ब्रदर-सिस्टरहरूले मेरो उत्साहजनक पछ्याइ देखे, तब उनीहरूले मलाई सुसमाचार डिकनका रूपमा सेवा गर्न चुने। यो कर्तव्य मलाई आउनु परमेश्‍वरको प्रेमको अभिव्यक्ति हो भन्ने जानेर म निकै खुसी थिएँ। म यसको कदर गर्न र यो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्थेँ। तर, मेरो हृदयमा केही चिन्ता थिए: धेरै मेहनतपछि, मेरो निर्माण व्यवसाय उल्लेखनीय रूपमा बढेको थियो, र त्यसको नाफा निरन्तर बढ्ने सम्भावना थियो। यदि मैले सुसमाचार डिकनको कर्तव्य स्विकारेको भए, ममा निर्माण व्यवसाय व्यवस्थापन गर्न निश्चय नै कम ऊर्जा हुनेथ्यो, जसले गर्दा मेरो कमाइमा ठूलो कमी आउनेथ्यो। म दोधारमा परेँ। तब, मैले आखिरी दिनहरूको काम त मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अन्तिम काम हो भन्ने सम्झिएँ। यदि मैले पैसा कमाउन मात्रै ध्यान दिएको र आफ्नो कर्तव्यलाई बेवास्ता गरेको भए, म कसरी सत्यता प्राप्त गर्न सक्थेँ र? त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र सत्यता खोज्न र आफ्ना कठिनाइहरू समाधान गर्न उहाँको अगुवाइ मागेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेको थप मागहरू नभई मानिसको कर्तव्य, र सबै मानिसले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्य निर्वाह गर्न वा त्यो राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? तिमीहरूले कसरी अझै पनि भविष्य र प्रत्याशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको काम मानवजातिका खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनका खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यास खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको काममा, मानिसले सक्दो गर्नुपर्छ, उसले आफूलाई अर्पित गर्नुपर्छ र विभिन्‍न धारणामा लुप्त हुनु वा निष्क्रिय बसेर मृत्यु पर्खिनुहुँदैन। परमेश्‍वर मानिसका लागि आफैलाई बलि चढाउन सक्‍नुहुन्छ भने, मानिस चाहिँ किन आफूलाई परमेश्‍वरप्रति अर्पित गर्न सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ भने, मानिस चाहिँ किन सानो सहकार्य गर्न सक्दैन? परमेश्‍वरले मानवजातिका लागि काम गर्नुहुन्छ भने, मानिस चाहिँ किन परमेश्‍वरको व्यवस्थापनका खातिर आफ्‍ना केही कर्तव्य निर्वाह गर्न सक्दैन? परमेश्‍वरको काम यहाँसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर कदम चाल्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले आफ्‍नो सब थोक मानिसलाई अर्पित गरिसक्‍नुभएको छ, तर आज मानिस किन लगनशीलता साथ आफ्‍नो कर्तव्य निर्वाह गर्न असमर्थ छ? परमेश्‍वरका लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसका लागि, परमेश्‍वरका वचनहरू अभ्यास गर्नु र परमेश्‍वरका मागहरू पूरा गर्नु नै उसको पहिलो प्राथमिकता हो। तिमीहरू सबैले यो कुरा बुझ्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, म ज्यादै अत्यन्तै भावुक भएँ। परमेश्‍वरले मानवजातिलाई छुटकारा दिनका लागि, पहिले मानिसको देहधारण गर्नुभयो र मानव पाप क्षमा गर्न मानवजातिका लागि क्रुसीकरण हुनुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर मानवजातिको पूर्ण मुक्तिका लागि आवश्यक सबै सत्यता व्यक्त गर्न फेरि देहधारी हुनुभयो, हामीलाई सत्यता अझ राम्ररी बुझ्न, सत्यता र मुक्ति प्राप्त गर्नका लागि मद्दत दिन उहाँले यी सत्यताहरू स्पष्ट र विस्तृत रूपमा सङ्गति गर्नुभयो। परमेश्‍वरले गर्ने हरेक काम हाम्रै लागि हो। त्यसोभए म परमेश्‍वरको प्रेमको प्रतिदान गर्न आफ्नो कर्तव्य किन गर्न सक्दिनँ? मैले परमेश्‍वरका अभिप्रायहरूलाई पटक्कै ख्याल गरिनँ, र यो कर्तव्य स्विकार्दा मेरो आम्दानीमा असर पर्छ भन्ने चिन्ता गरेर त्यो इन्कार गर्न चाहेँ। मेरो ध्याउन्न कसरी पैसा कमाउने भन्नेमा थियो, र मलाई आफ्नो कर्तव्यबारे वास्तै थिएन—म साँच्चै स्वार्थी र घृणास्पद थिएँ! जब ब्रदर-सिस्टरहरूले मलाई सुसमाचार डिकनको रूपमा सेवा गर्न छाने, तब त्यो परमेश्‍वरबाट मलाई आएको कर्तव्य—जिम्मेवारी र दायित्व—थियो र मैले त्यो स्विकार्नुपर्थ्यो र म समर्पित हुनुपर्थ्यो। यदि मैले इन्कार गरेँ भने, म मानिस कहलाउन लायक हुने थिइनँ, र मैले सत्यता प्राप्त गर्ने मौका गुमाउनेथिएँ र अन्ततः म हटाइनेथिएँ। मैले तुरुन्तै धनको मोह त्याग्न नसके पनि, म परमेश्‍वरका वचनहरूअनुसार काम गर्न र यो कर्तव्य स्वीकार गर्न, अनि यसलाई पूरा गर्न सक्दो प्रयास गर्न राजी भएँ।

सुरुमा, मैले भेलाहरूका लागि समय निकाल्न सकेँ, ब्रदर-सिस्टरहरूसँग सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने तालिम लिएँ। तर, जब मैले धेरै निर्माण प्रोजेक्टहरू लिन थालेँ, तब मैले आफ्नो कर्तव्य र भेलाहरूका लागि छुट्याएको समय त्याग्दै गएको पाएँ। एक पटक, एक जना जग्गाधनीले मलाई चार कोठाको चौडाइ भएको तीन-तल्ले घर र केही सहायक प्रोजेक्टहरू निर्माण गर्न अनुरोध गरे। म हिचकिचाएँ: यो प्रोजेक्ट ठूलो थियो, र मसँग अझै अर्को पूरा नभएको र मैले व्यवस्थापनको फिक्री लिनुपर्ने प्रोजेक्ट थियो। नयाँ प्रोजेक्ट स्विकार्नुको अर्थ मेरो कर्तव्य र भेलाहरूका लागि झनै कम समय हुनु थियो। मैले जग्गाधनीसँग काम सुरु गर्ने मिति पछि सार्नका लागि कुरा मिलाउने कोसिस गरेँ, तर उनी राजी भएनन्। मलाई दबाब महसुस भयो किनभने समयमै सुरु नगरे हस्ताक्षर गरिएका सम्झौताहरू बदर हुनेथिए। मैले पैसा कमाउन त सक्दिनँ थिएँ नै, मैले क्षतिपूर्ति पनि तिर्नुपर्थ्यो र मेरो प्रतिष्ठामा आँच आउनेथियो। यदि मैले आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सकिनँ भने भावी प्रोजेक्टहरूका लागि मलाई कसले विश्वास गर्ला? प्रोजेक्टहरू भएनन् भने के म अझै पनि पैसा कमाउन सकूँला र? यी चिन्ताहरूले गर्दा, म अन्ततः जग्गाधनीका मागहरूमा सहमत भएँ र नयाँ निर्माण कार्यमा व्यस्त भएँ। कहिलेकाहीँ, निर्माण स्थलमा धेरै समस्या हुँदा, म बिहान बाहिर निस्कनुअघि परमेश्‍वरका वचनहरू सरसर्ती मात्र हेर्थेँ। यसले मेरो सामान्य आत्मिक जीवनमा अवरोध पुर्‍याएको मात्र होइन, तर मसँग सुसमाचारको काम अनुगमन गर्ने समय पनि रहेन। त्यो अवधिमा, सुसमाचारको काममा कुनै नतिजा नदेख्दा, मलाई अलिकति ग्लानि महसुस भयो। मेरो हृदयमा, मैले मौन सङ्कल्प गरेँ: भविष्यमा निर्माणको काम जतिसुकै व्यस्त भए पनि, म भेलाहरूमा सहभागी हुनेछु र मेरो कर्तव्य पूरा गर्नेछु।

एकदिन, मैले भेलामा सहभागी हुने समय मिलाएको मात्र के थिएँ, म बाटोमा हुँदा अचानक मेरो फोन बज्यो। निर्माण स्थलमा एउटा समस्या आयो जसलाई मैले तत्काल ध्यान दिनुपर्ने भयो। म हिचकिचाएँ: यसपटक मैले भेला हुन र सुसमाचार कामबारे सङ्गति गर्न सुरुमा चाहेको थिएँ, तर अहिले यो समस्या आइलाग्यो। म समस्या समाधान गर्न साइटमा जाँदा, भेलामा सहभागी हुन पाउनेथिइनँ—के यो परमेश्‍वरलाई धोका दिनु हुनेथिएन र? तर यदि म गइनँ र जग्गाधनीले उजुरी गरे भने नि? यसले मेरो प्रतिष्ठा र आर्थिक स्तरलाई हानि गर्न सक्थ्यो। यदि यस्तै चलिरह्यो भने, म कसरी मेरो निर्माण प्रोजेक्टहरू व्यवस्थापन गर्न सक्थेँ? मैले निर्माणको समस्या समाधानलाई प्राथमिकता दिने निर्णय गरेँ अनि भेलाहरू र मेरो कर्तव्यका लागि पछि समय निकाल्ने बाचा गरेँ। त्यसैले म निर्माण स्थलमा गएँ। साँझ घर फर्केपछि, दिनका घटनाहरूबारे चिन्तन गर्दा, मलाई ग्लानि महसुस भयो। मैले भेलामा सहभागी हुने योजना बनाएको थिएँ तर मेरो आर्थिक चिन्तालाई आफ्नो कर्तव्य निर्वाहमा रोकावट ल्याउन दिएँ। यस अवधिमा, मैले निर्माण कार्यमा ध्यान केन्द्रित गर्दा सुसमाचार कामको प्रगति रोकियो, र मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह नगरेको महसुस गरेँ। तर, यदि मैले निर्माण प्रोजेक्टहरू छाडेँ र पैसा कमाउन बन्द गरेँ भने, म कसरी सम्पन्न र सम्मानित जीवन जिउन सक्थेँ? दुबिधामा परेर, मैले परमेश्‍वरसामु आई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो हृदय बेचैन छ। मलाई थाहा छ, तपाईँमा विश्वास गर्नु र मेरो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो, तर मलाई पैसा त्याग्न गाह्रो भइरहेको छ। कृपया मलाई सही छनौट गर्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थनापछि, मेरो हृदय बिस्तारै शान्त भयो। मेरो खोजीमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्नेथ्यौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रनेथिए र अर्को हातले सत्यता समात्नेथिए। के तिमीहरूको साँचो रूप त्यसपछि आफै स्पष्ट हुनेथिएनन् र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! … मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक ख्याल गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरले जे खुलासा गर्नुभयो त्यो मेरो स्थिति थियो। के म एक हातमा पैसा र अर्को हातमा सत्यता समात्ने व्यक्ति थिइनँ र? मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न कर्तव्य निर्वाह गर्न इच्छुक रहेको घोषणा गरेँ, र मैले हृदयमा देहविरुद्ध विद्रोह गर्ने र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने सङ्कल्प गरेँ। तर, मेरो कर्तव्य र आर्थिक हित बाझिँदा, मैले पैसा, ख्याति र प्राप्तिको लालचलाई प्रतिरोध गर्न सकिनँ। मैले आफूलाई अनायासै आफ्नै चाहनाहरू पछ्याउँदै र पैसा रोज्दै गरेको पाएँ। मलाई थाहा थियो, यो ठूलो निर्माण प्रोजेक्ट लिँदा धेरै समय र प्रयास चाहिन्छ, जसले गर्दा मसँग कर्तव्य निर्वाह गर्न कुनै समय हुँदैन। तैपनि, अझ धेरै पैसा कमाउन र अरूको प्रशंसा पाउन मैले हठ गर्दै यसलाई स्वीकार गरेँ, यो गलत हो भन्ने जान्दाजान्दै पनि। मेरो हृदय पैसा कमाउनमा केन्द्रित भएको थियो, र मैले एक महिनाभन्दा बढी समयसम्म सुसमाचारको कामको अनुगमनलाई बेवास्ता गरेँ, फलस्वरूप सुसमाचारको काम ठप्प भयो। मैले परमेश्‍वरले दिएको कर्तव्यलाई यसरी लिएको थिएँ, जसले साँच्चै मलाई परमेश्‍वरप्रति ऋणी बनायो।

त्यसपछि, मैले सोचेँ कर्तव्य निर्वाह गर्दा सत्यता प्राप्त हुन्छ भन्ने राम्ररी जान्दाजान्दै पनि म किन पैसा त्याग्न सक्दिनँ भन्ने बारे सोचेँ। पछि मैले आफ्नो खोजीमा, परमेश्‍वरका वचनहरूका दुईवटा खण्ड पढेँ: “शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने मानिसहरूलाई पैसा, ख्याति र प्राप्ति पछ्याउन लोभ्याउनुको शैतानको उद्देश्य उनीहरूलाई भ्रष्ट तुल्याउनु र नियन्त्रण गर्नु हो, उनीहरूको हृदयलाई परमेश्‍वरबाट अझ टाढा लैजानु हो, र अन्ततः उनीहरूलाई शैतानको पासोमा फसाउनु हो जहाँबाट उनीहरू उम्कन सक्दैनन्। हरेक दिन, म पैसा कमाउन निर्माण प्रोजेक्टहरूमा बिहानदेखि बेलुकासम्म अथक काम गर्थेँ। यो मेरो बाल्यकालदेखि नै शैतानका विषहरूको प्रभावबाट आएको थियो, जस्तै “दुनियाँ पैसाको इसारामा चल्छ” र “पैसा सबथोक होइन, तर योविना काम चल्दैन”। मलाई ठान्थे पैसा हुनु भनेको सबथोक हुनु हो, अरूको प्रशंसा कमाउनु हो, र उच्च जीवनशैली पाउनु हो। जब मेरो निर्माण प्रोजेक्टहरू ठूला हुँदै गए र नातेदार र साथीभाइहरूले मेरो धेरै प्रशंसा गरे, तब म धनले नै मानिसहरूको प्रशंसा कमाउन सकिन्छ भनेर झनै विश्वस्त भएँ। मैले पैसाको पछ्याइलाई आफ्नो जीवनको लक्ष्य बनाएँ, त्यसका लागि हरेक दिन अथक रूपमा परिश्रम गरेँ, निरन्तर बेचैनी र डरमा जिएँ, सधैँ कार्यस्थलमा हुन सक्ने सम्भावित दुर्घटनाहरू र मैले बेहोर्नुपर्ने परिणामहरूबारे चिन्तित रहेँ। बाहिरबाट हेर्दा, मैले पैसा कमाइरहेको र ख्याति पाइरहेको थिएँ, गौरव र प्रशंसाको आनन्द लिइरहेको देखिन्थ्यो, तर भित्रभित्रै, मैले दमित महसुस गरिरहेको थिएँ। मेरो शरीरले कष्ट भोग्यो, र मेरी श्रीमतीले झन्डै आफ्नो ज्यान गुमाइन्। तैपनि, यी अनुभवहरूको बाबजुद मैले अझै धन, ख्याति र प्राप्तिको पछ्याइलाई त्याग्न सकिनँ। परमेश्‍वरको घरमा आएपछि, मैले आफ्नो विश्वासमा सत्यता पछ्याउनुपर्छ भन्ने बुझेँ। तर, म शैतानका युक्तिहरू छर्लङ्ग देख्न असमर्थ थिएँ र मैले अनायासै आफू ख्याति र प्राप्तिका लागि लागिपरिरहेको पाएँ। मण्डलीमा सुसमाचार डिकनका रूपमा, सुसमाचार काम राम्ररी गर्नु मेरो कर्तव्य थियो। तर, अझ धेरै पैसा कमाउनका लागि, मैले एक महिनासम्म सुसमाचार कामको अनुगमनलाई बेवास्ता गरेँ, आफ्नो कर्तव्यलाई पन्छाएँ। यो व्यवहारको प्रकृति परमेश्‍वरलाई छल्नु र विश्वासघात गर्नु बराबर थियो। म दैनिक रूपमा निर्माण प्रोजेक्टहरूको व्यवस्थापनमा व्यस्त थिएँ, आत्मिक भक्ति र भेलाहरूलाई बेवास्ता गर्थेँ, जसले गर्दा मेरो हृदय परमेश्‍वरबाट अझ टाढा भयो र मेरो जीवनले नोक्सानी बेहोर्‍यो। यदि म यसरी नै चलिरहेँ भने, अन्ततः मैले आफ्नो कर्तव्य निर्वाह गर्ने र मुक्ति प्राप्त गर्ने अवसर गुमाउनेथिएँ। मैले अन्ततः के बुझेँ भने धन, ख्याति र प्राप्तिको पछ्याइ राम्रो मार्ग होइन; यो शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने र हानि गर्ने माध्यम हो, बन्धनको औजार हो। यदि मैले यसरी नै पछ्याइरहेँ भने, अन्ततः म शैतानद्वारा खेलाइनेछु, हानि गरिनेछु र निलिनेछु।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, न आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍ने सम्बन्धी सिद्धान्तहरू हो, न त मेरो श्रमसाध्य काम नै हो। बरु तिमीहरूलाई आवश्यक कुरा भनेको तिमीहरूको देहमै सब थोक हो: सम्पत्ति, हैसियत, परिवार, विवाह, आदि। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपले उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको आस्थालाई एउटै शब्दमा सारांशीकृत गर्न सक्छु: झाराटारुवा। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले बफादार हुन्छौ, ती कुराहरू प्राप्त गर्न जेसुकै गर्न सक्छौ, तर परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वाससम्बन्धी कुराहरूका खातिर त्यसो गर्दैनौ भन्‍ने कुरा मैले पत्ता लगाएको छु। बरु तिमीहरू तुलनात्मक रूपले बफादार छौ, अनि तुलनात्मक रूपले गम्भीर छौ। त्यसैकारण म भन्छु, पूर्ण रूपमा निष्कपट हृदय नहुनेहरू परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूको माझमा थुप्रै असफलहरू छन् कि?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा)। “सामान्य मानिस, र परमेश्‍वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्‍वरका मानिसहरू बन्‍नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरका लागि जिउँछौ, र परमेश्‍वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छ: पृथ्वीमा अरू कोही पनि तिमीहरूको जस्तो त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्न मद्दत गरे भने, परमेश्‍वरमा विश्वास गर्नका लागि सत्यता पछ्याउनुपर्छ र आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ। हामी आफ्ना कर्तव्यहरू निर्वाह गरेर र सत्यता बुझेर, बिस्तारै आफ्नो भ्रष्ट स्वभाव फाल्छौँ र यसरी परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छौँ। मलाई प्रभु येशूले भन्नुभएको कुरा याद आयो: “तिमीहरूमध्ये जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन(लूका १४:३३)। अनुग्रहको युगमा, पत्रुसले धन, ख्याति वा प्राप्ति पछ्याएनन्। जब प्रभु येशूले उनलाई बोलाउनुभयो, उनी आफ्नो माछा मार्ने काम छोडेर प्रभुलाई पछ्याउन सक्षम भए। उनको पछ्याइ केवल सत्यताका लागि थियो, उनले सृजित प्राणीका कर्तव्यहरू पूरा गरे, र परमेश्‍वरका वचनहरूमार्फत् आफूलाई चिनेँ, आफ्नो भ्रष्ट स्वभाव फाले। अन्त्यमा, उनले परमेश्‍वरका लागि सुन्दर र जोरदार गवाही दिए, उनी उहाँद्वारा सिद्ध पारिए र उनले अर्थपूर्ण जीवन जिए। पत्रुसको अनुभवबारे चिन्तन गर्दा, मैले सत्यता पछ्याउनु र आफ्ना कर्तव्यहरू निर्वाह गर्नु हाम्रा लागि कति अर्थपूर्ण छ भनेर बुझेँ। अब महाविपत्तिहरू आइसकेका हुनाले, यदि म अझै पैसा, ख्याति र प्राप्तिको पछ्याइमै टाँसिएँ, र मैले सत्यता पछ्याइनँ वा आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गरिनँ भने, धेरै ढिलो हुने थियो। अन्तमा, म केवल महाविपत्तिहरूमा पर्ने थिएँ, र रुँदै दाह्रा किट्नेथिएँ। मैले पत्रुसको उदाहरण अनुसरण गरी सत्यता पछ्याउनैपर्थ्यो। मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्नुभन्दा अधिक पैसा कमाउनुलाई प्राथमिकता दिन हुँदैनथ्यो। नियमित रूपमा भेलाहरूमा सहभागी हुन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्ने हुन, मैले आफ्ना सबै निर्माण औजारहरू अरू कसैलाई बेच्ने र जीविका धान्न सानातिना जागिरहरू खाने विचारबारे श्रीमतीसँग छलफल गरेँ। सुरुमा, मेरी श्रीमती असहमत भइन्, त्यसैले मैले यस अवधिको मेरो बुझाइ र सोचहरू उनलाई बताएँ, र उनले आपत्ति जनाउन छाडिन्। पछि, मैले सबै औजार बेचेँ र पूर्णकालीन रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफूलाई अर्पित गरेँ। कर्तव्य निर्वाह गर्दा, मैले ब्रदर-सिस्टरहरूसँगको सहकार्यमा पवित्र आत्माको काम र मार्गदर्शन अनुभव गरेँ अनि मैले स्वतन्त्र र मुक्त महसुस गरेँ। जब-जब म आफ्नो भ्रष्टता प्रकट गर्थेँ, तब-तब म सत्यता खोज्थेँ, आफ्ना अभिप्रायहरू अनि आफ्ना कार्यहरूको प्रकृति र परिणामहरू चिन्ता गर्थेँ र जान्ने प्रयास गर्थेँ। जब म आफूविरुद्ध विद्रोह गर्न र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम भएँ, तब मलाई खुसी र भित्री शान्ति, अनि चैन महसुस भयो। यस अनुभवमार्फत्, मैले सत्यता पछ्याउनु र आफ्ना कर्तव्यहरू निर्वाह गर्नुको महत्त्वबारे व्यावहारिक बुझाइ प्राप्त गरेँ।

केही समयपछि, मैले सानातिना जागिरहरू खाइरहेको बेला, मेरो हाकिमले मलाई भने, “मलाई थाहा छ तपाईँ निर्माण प्रोजेक्टहरू व्यवस्थापन गर्न सक्षम हुनुहुन्छ। त्यहाँ धेरै काम छ र त्यो निकै नाफादायी छ। हामी साझेदारी गरौँ—तपाईँ र मलाई आधा-आधा हिस्सा। प्रत्येकले केही लाख युआन कमाउनु असम्भव छैन।” हाकिमको कुरा सुनेपछि, म अलि डगमगाएँ र सोचेँ, “यो राम्रो पैसा कमाउने दुर्लभ अवसर हो। यदि मैले यो केही वर्ष गरेँ भने, म लाखौँ युआन कमाउन सक्छु। जीवन अलि राम्रो हुनेथ्यो। के मैले हाकिमको प्रस्ताव स्विकार्नुपर्छ?” तर त्यसपछि मेरो मनमा अर्को विचार आयो, “यदि म पैसाका लागि प्रोजेक्ट व्यवस्थापन गर्न गएँ भने, म कसरी भेलाहरूमा सहभागी हुनेछु र आफ्ना कर्तव्यहरू निर्वाह गर्नेछु? म सत्यता र परमेश्‍वरको मुक्ति प्राप्त गर्ने मौका गुमाउनेछु। के यो शैतानको युक्ति होइन र? शैतानले फेरि मलाई पैसाले लोभ्याउन खोजिरहेको छ, तर म त्यसको चालमा पर्नु हुँदैन।” त्यसैले, मैले मेरो हाकिमको प्रस्ताव इन्कार गरेँ। मेरो सङ्कल्पित मनोवृत्ति देखेर, मेरो हाकिम निराश भएर गए।

यी अनुभवहरूमार्फत्, मैले धन, ख्याति र प्राप्ति पछ्याउनुका हानि र परिणामहरू बुझेँ। मैले शैतानले मानिसहरूलाई परीक्षामा पार्न र भ्रष्ट तुल्याउन पैसाको प्रयोग गर्छ भन्ने तथ्य छर्लङ्ग देखेँ। मैले के पनि बुझेँ भने परमेश्‍वर हामीले सत्यता पछ्याएको चाहनुहुन्छ ताकि हामी शैतानको हानिबाट मुक्त होऔँ अनि सत्यता र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्षम बनौँ। यो सबैभन्दा अर्थपूर्ण र मूल्यवान कुरा हो। अब, म काम र पैसालाई पन्छाएर आफूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा पूर्ण रूपले लगाउन सक्छु। परमेश्‍वरका वचनहरूको मार्गदर्शनद्वारा नै मैले यो सब ज्ञान र रूपान्तरण प्राप्त गरेको छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ९१. मैले ईर्ष्या कसरी त्यागेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्