९६. साँचो कुरा भन्‍ने इच्छा नगर्नुका पछाडि के लुकेको हुन्छ

ये चिउ, चीन

सन् २०२२ को सेप्टेम्बरको सुरुमा, म मण्डलीमा मलजल गर्ने टोली अगुवा थिएँ। त्यतिबेला, दुई जना नयाँ विश्वासीहरू, सिस्टर चिउ जेन र सिस्टर याङ युन भर्खरै अर्को मण्डलीबाट सरुवा भएर आउनुभएको थियो। अगुवाले मलाई छिटो मानिसहरूको प्रबन्ध गरेर उहाँहरूलाई मलजल गर्न भन्नुभयो, अनि यी दुई सिस्टरहरूको क्षमता र बुझाइ राम्रो भएको, मैले पछि मलजल गर्दा उहाँहरूको स्थितिमा बढी ध्यान दिनुपर्ने, र उहाँहरूलाई जतिसक्दो चाँडो कर्तव्यहरूको लागि संवर्धन र तालिम दिन सकिने कुरा बताउनुभयो। अगुवाले के पनि उल्लेख गर्नुभयो भने, चिउ जेनको स्थितिमा हालै उहाँको परिवारबाट आएको सतावट र अवरोधका कारण बाधा पुगेको छ, र उहाँलाई अझ बढी सङ्‍गति र मदतको खाँचो छ। यसपछि, मैले मलजल गर्ने व्यक्तिहरूलाई चिउ जेन र याङ युनसँग भेट्ने प्रबन्ध मिलाएँ, र मैले परमेश्‍वरका वचनहरू प्रयोग गरेर चिउ जेनसँग सङ्‍गति पनि गरेँ। याङ युनको स्थिति ठीकै थियो, त्यसैले मैले उहाँलाई ढुक्क भएर मलजल गर्ने व्यक्तिहरूको जिम्मा लगाइदिएँ।

एक महिना बित्यो, अनि अगुवाले मलाई चिउ जेन र याङ युनको स्थिति कस्तो छ, उहाँहरूले केही प्रगति गर्नुभएको छ कि छैन, र उहाँहरूलाई संवर्धन गर्न सकिन्छ कि सकिँदैन भनेर सोध्नुभयो। अगुवाको पत्र देख्दा म अलि आत्तिएँ, र मैले मनमनै सोचेँ, “मैले सुरुमा मात्र चिउ जेनसँग सङ्‍गति गरेकी थिएँ, र उहाँको स्थितिमा सुधार आएको देखेपछि मैले उहाँको फलो-अप गरिनँ, साथै मैले यी दुई नयाँ विश्वासीहरूको स्थितिबारे विस्तृत रूपमा बुझ्न र फलो-अप गर्न बिर्सिएछु। अब म के गरूँ? मैले कसरी जवाफ दिने? यदि मैले सिधै फलो-अप गर्न बिर्सिएँ भनेर भनिदिएँ भने, अगुवाले पक्कै पनि म झाराटारुवा भएछु, मैले वास्तविक काम गरिनछु, मैले मलाई तोकेर नै भनिएको काम गरिनछु, र ममाथि पटक्कै भर पर्न सकिँदैन भनेर भन्नुहुनेछ। त्यसले मेरो इज्जतमा दाग लाग्नेछ, र मेरो काटछाँट पनि हुन सक्छ।” मैले वास्तविक काम गरेकी छैन भन्ने कुरा अगुवाले नदेखून् भनेर, मैले एउटा उपाय सोचेँ, “म तुरुन्तै मलजल गर्ने व्यक्तिहरूलाई चिउ जेन र याङ युनको स्थिति बुझ्न पत्र पठाउँछु, अनि त्यसपछि मैले फलो-अप गरिरहेकी छु भनेर अगुवालाई जवाफ दिन्छु। तर स्पष्ट रूपमा भन्नुपर्दा, मैले सुरुमा एक पटक मात्र चिउ जेनसँग सङ्‍गति गरेकी थिएँ, अनि त्यसपछि उहाँ र याङ युनको फलो-अप गर्न बिर्सिएँ। मैले उहाँहरूको फलो-अप गरेँ भन्दा त यो सोझै झूट बोलेको ठहरिँदैन र? अहँ, मैले यसरी सोझै झूट बोल्नु हुँदैन।” त्यसैले मैले अर्को जुक्ति निकालेँ। म न त सिधै मैले फलो-अप गरेँ भन्नेछु, न त मैले फलो-अपमा ध्यान दिइनँ नै भन्नेछु। बरु, म कुरा घुमाएर यसो भन्नेछु, “संयोगवश मैले दुई जना मलजल गर्ने व्यक्तिहरूसँग एउटा भेला राखेकी छु। म त्यो भेलामा नयाँ विश्वासीहरूको पछिल्लो स्थितिबारे बुझ्ने योजनामा छु। त्यसपछि लगत्तै म तपाईंलाई खबर गर्नेछु।” पत्र लेखिसकेपछि, मलाई मेरो मनमा अस्पष्ट किसिमको बेचैनी महसुस भयो। मलाई के महसुस भयो भने, म साँच्चै चिप्लो र छली बनिरहेकी छु, तर यदि मैले यसरी जवाफ दिइनँ भने, अगुवाले मलाई मैले वास्तविक काम गरिरहेकी छैन भनेर भन्नुहुनेछ भन्‍ने डर लागेको थियो। त्यसैले अन्त्यमा, मैले यसरी नै जवाफ दिएँ।

भोलिपल्ट, मलाई अचानक रिँगटा लाग्यो, वाकवाकी लाग्यो र म उभिन पनि सकिनँ। एउटी सिस्टरले मलाई अचानक बिरामी पर्दा, त्यसमा सिक्नुपर्ने कुनै पाठ छ कि भनेर खोजी गर्नुपर्छ भनेर सम्झाउनुभयो। पछि, मैले अगुवाले मलाई याङ युन र चिउ जेनको स्थितिबारे फलो-अप गर्न भन्नुभएको कुरामा चिन्तन गरेँ। मैले त्यो काम राम्ररी गर्छु भनेर वाचा गरेकी थिएँ, तर पछि त्यसबारे बिर्सिएँ। म यो विषयमा यति विघ्न गैरजिम्मेवार भइसकेकी थिएँ, तैपनि म इमानदार भइनँ, बरु मैले पन्छिने, छली बन्ने र कुराहरू ढाकछोप गर्ने बाटो रोजेँ। के यो परमेश्‍वरका लागि झन् घृणित कुरा हुने थिएन र? मैले के देखेँ भने, मेरा बोलीवचन र व्यवहारहरू सर्पजस्तै बाङ्गोटिङ्गो घुमेका हुन्छन्, त्यसैले मैले यस्तो व्यवहारलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू खोजी गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “पहिले हामी यहोवा परमेश्‍वरले शैतानलाई कस्तो किसिमको प्रश्‍न सोध्‍नुभयो सो हेरौँ। ‘तँ कहाँबाट आइस्?’ के यो सीधा प्रश्‍न होइन र? के यसमा कुनै गुप्‍त अर्थ छ त? छैन; यो त एउटा सीधा प्रश्‍न हो। यदि मैले तिमीहरूलाई ‘तँ कहाँबाट आइस्?’ भनेर सोध्‍नुपर्‍यो भने, तिमीहरूले कसरी जवाफ दिनेथियौ? के यो जवाफ दिन गाह्रो प्रश्‍न हो? के तिमीहरूले ‘यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ’ भनेर जवाफ दिनेथियौ? (थिएनौ।) तिमीहरूले यस किसिमले जवाफ दिनेथिएनौ। त्यसो भए, शैतानले यसरी जवाफ दिँदा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? (शैतान हास्यास्पद र छली भएको हामी महसुस गर्छौं।) मैले कस्तो महसुस गरिरहेको छु भनी के तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी वचनहरूलाई देख्छु, तब मलाई घृणाको महसुस हुन्छ, किनभने शैतान बोल्छ तर यसका वचनहरूमा कुनै सारतत्व हुँदैन। के शैतानले परमेश्‍वरको प्रश्‍नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्‍वरको प्रश्‍नको उत्तर थिएनन्। ‘पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।’ तैँले यी शब्‍दहरूबाट के बुझ्छस्? शैतान कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्‍नको जवाफ पाएका छौ त? (छैनौँ।) यही नै शैतानको धूर्त योजनाको ‘विशिष्ट प्रतिभा’ हो—त्यसले वास्तवमा आफूले के भन्‍न खोजेको हो भनी कसैलाई पत्ता लगाउन दिँदैन। तैँले यी शब्दहरू सुनिसकेपछि पनि त्यसले के भन्‍न खोजेको हो भनी अझै छुट्याउन सक्दैनस्, यद्यपि त्यसले जवाफ भने दिइसकेको छ। तैपनि आफूले उत्तम रूपमा जवाफ दिएको छु भनी शैतानले विश्‍वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस् त? घिनाउँछस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा घिन महसुस गर्न थाल्छस्। शैतानका शब्दहरूमा केही निश्‍चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्‍चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्‍वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्‍नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्‍ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्‍कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्‍ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्‍चित जवाफ दिँदैन।) यस किसिमको बोल्‍ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्‍ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्‍नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्‍नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्‍न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्‍न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्‍न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र? यस किसिमको प्रकृति भएको व्यक्ति शैतानसँग नजिकको सम्बन्ध भएको व्यक्ति हुन्छ, होइन भने त्यो त्यसको परिवार हुन्छ। हामी यसलाई यसरी भन्‍न सक्छौँ, के हामी त्यस्तै हुँदैनौँ र? सामान्यतया भन्‍नुपर्दा, यस्तो प्रकटीकरण घृणित र तिरस्कारयोग्य हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। शैतानलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने, शैतानको बोल्ने तरिका साँच्चै घृणित छ। जब परमेश्‍वरले एउटा साधारण प्रश्न सोध्नुहुन्छ, तब शैतानले स्पष्ट जवाफ दिन सक्छ, तर त्यसको सट्टा, यसले आफ्ना साँचो अभिप्राय र उद्देश्यहरू लुकाउन घुमाउरो पाराले बोल्छ, जसले गर्दा यसका साँचो विचार र मनसायहरू खुट्ट्याउन गाह्रो र अन्योलपूर्ण हुन्छ। यो साँच्चै कपटी र छली छ। परमेश्‍वरका वचनहरूको प्रकाशमा, मैले के देखेँ भने, परमेश्‍वरले खुलासा गर्नुभएको कुरा मेरै आफ्नै व्यवहार हो। जब अगुवाले दुई जना नयाँ विश्वासीहरूको स्थितिबारे सोधपुछ गर्नुभयो, तब मैले सुरुमा एक पटक मात्र चिउ जेनसँग सङ्‍गति गरेकी थिएँ, तर पछि म अन्य कामहरूमा व्यस्त भएकोले, उहाँहरूलाई मलजल गर्ने व्यक्तिहरूको जिम्मा लगाएपछि मैले उहाँहरूको फलो-अप गरेकी थिइनँ भन्‍ने कुरा महसुस गरेँ। उहाँहरूको प्रगति, उहाँहरूले भोगिरहनुभएका कुनै पनि समस्याहरू, वा उहाँहरूको संवर्धनको सम्भावनाबारे मलाई कुनै जानकारी थिएन। यदि मैले सिधै फलो-अप गरेकी थिइनँ भनिदिएँ भने, यसले अगुवालाई मैले वास्तविक काम गरिनँ र मैले केवल झाराटारुवा र गैरजिम्मेवार तरिकाले कामकुराहरू सम्हालिरहेकी थिएँ भन्ने कुरा देखाउने थियो। त्यसले मेरो इज्जत र छविमा आँच आउने थियो, अनि मेरो काटछाँट पनि हुन सक्थ्यो। त्यसैले मैले छलको बाटो रोजेँ, अनि दुई जना मलजल गर्ने व्यक्तिहरूसँग एउटा भेला राखेकी छु भन्ने दाबी गरेँ, यसको अभिप्राय नयाँ विश्वासीहरूको पछिल्लो स्थितिबारे बुझ्ने र त्यसपछि रिपोर्ट गर्ने हो भनेर बताएँ, यसरी अगुवाले मैले वास्तविक काम गरिरहेकी थिएँ, र मैले निरन्तर फलो-अप गरिरहेकी थिएँ अनि नयाँ विश्वासीहरूको स्थितिमा ध्यान दिइरहेकी थिएँ भनेर सोच्‍नेथिए। मैले मलजल गर्ने व्यक्तिहरूले के गरिरहनुभएको छ भनेर बुझ्न उहाँहरूलाई व्यक्तिगत रूपमा भेट्ने कुरा पनि उल्लेख गरेँ, ताकि ममा ठूलो बोझ छ जस्तो सुनियोस्, र यसरी मैले मेरो इज्जत र छवि जोगाउँदै समस्यालाई लुकाएँ। मैले मेरा अभिप्रायहरू कति कपटी थिए, र मेरा बोलीवचन र व्यवहारहरू कसरी ठ्याक्कै शैतानका जस्तै थिए भन्‍ने देखेँ। मैले त पन्छिने, कुरा मोड्ने र भ्रमित पार्ने काम गरिरहेकी थिएँ। म साँच्चै चिप्लो र छली बनिरहेकी थिएँ! मैले एउटा राम्रो उपाय निकालेर सही जवाफ दिएर आफूलाई चलाख ठानिरहेकी थिएँ, तर यो कुटिल र छली स्वभावले परमेश्‍वरलाई दिक्क बनायो र उहाँको घृणा निम्त्यायो। यदि मैले तुरुन्तै पश्चात्ताप गरिनँ भने, म अन्ततः परमेश्‍वरद्वारा प्रकाश गरिनेथिएँ र हटाइनेथिएँ।

पछि, परमेश्‍वरका वचनहरू पढेपछि, मैले मेरो छलको पछाडिका अभिप्रायहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब मानिसहरू छलमा संलग्‍न हुन्छन्, यो के-कस्ता अभिप्रायहरूबाट आउँछन्? तिनीहरू के उद्देश्य हासिल गर्न खोजिरहेका हुन्छन्? कुनै अपवाद छैन, यो ख्याति, प्राप्ति र हैसियत प्राप्त गर्नको लागि हो; समग्रमा, यो तिनीहरूको आफ्‍नै हितको लागि हो। अनि, त्यो स्वार्थको खोजीको केन्द्रमा के लुकेको हुन्छ? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्‍नै हितहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्‍याउनको निम्ति छलमा संलग्‍न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभाव प्रकट हुन्छ। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? सुरुमा तैँले हितहरू के हुन्, तिनले मानिसहरूलाई ठ्याक्कै के दिन्छन्, र तिनको पछि लाग्दा के-कस्ता परिणामहरू आउँछन्, त्यो खुट्ट्याउनु र जान्‍नुपर्छ। यदि तैँले त्यस्तो गर्न सक्दैनस् भने, तिनलाई त्याग्‍ने काम भन्‍न सजिलो तर गर्न गाह्रो हुन्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूको लागि आफ्‍ना हितहरू त्याग्‍नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ र ‘पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो’ भन्‍ने हुन्छ। स्पष्‍टै छ, तिनीहरू आफ्‍नै हितहरूका लागि जिउँछन्। मानिसहरू सोच्छन्, यदि तिनीहरूको आफ्नो हित भएन वा तिनीहरूले त्यो गुमाए भने, तिनीहरू बाँच्न सक्नेछैनन्, मानौँ तिनीहरूको बचाइ तिनीहरूको आफ्नै हितमा निर्भर छ। त्यसैले धेरैजसो मानिस आफ्नो हितबाहेक अरू सबै कुराप्रति अन्धा हुन्छन्। तिनीहरू आफ्नो हितलाई अरू सबै कुराभन्दा माथि देख्छन्, र केवल आफ्नै हितका लागि जिउँछन्। तिनीहरू आफ्ना लागि केही नभएसम्म एउटा औँलो पनि उठाउँदैनन्, र तिनीहरूलाई आफ्नो हित त्याग भन्नु त जीवन नै त्याग भन्नुजस्तै हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्‍वरका वचनहरूले मलाई मेरा आफ्ना गल्तीहरू ढाकछोप गर्न मैले किन सकेजति हरेक जुक्ति लगाइरहेकी थिएँ भन्ने कुरा बुझायो। यसको मुख्य कारण के थियो भने, म शैतानको “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ” भन्ने सिद्धान्तअनुसार जिइरहेकी थिएँ र मैले व्यक्तिगत स्वार्थहरूलाई सबैभन्दा माथि राखिरहेकी थिएँ। उदाहरणका लागि, जब अगुवाले मलाई दुई जना नयाँ विश्वासीहरूको स्थितिबारे सोधपुछ गर्यौ कि गरेनौ भनेर सोध्नुभयो, तब मैले स्पष्ट रूपमा उहाँहरूको फलो-अप गर्न बिर्सिएकी थिएँ, जसले ममा कामप्रतिको बोझ र जिम्मेवारीको कमी थियो भन्ने देखायो, तर तुरुन्तै आफैबारे चिन्तन गरेर आफैलाई सच्याउनुको सट्टा, म केवल मेरो इज्जत र स्वार्थहरूबारे मात्र चिन्तित भएँ। म जेले मलाई फाइदा गर्थ्यो त्यही गर्थेँ, अनि जब कुनै कुरा मेरो लागि हानिकारक हुन्थ्यो, मेरो इज्जतमा आँच पुऱ्याउँथ्यो, वा मेरो काटछाँट हुन सक्थ्यो, तब म आफूलाई जोगाउन चिप्लो जुक्तिहरू लगाउने बाटो रोज्थेँ, मानिसहरूलाई धोका दिन र उल्लु बनाउन बनावटी शब्दहरू प्रयोग गर्दै झूटा प्रभावहरू खडा गरेँ, जसले गर्दा अगुवालाई मेरा समस्याहरू पत्ता लगाउन र मेरा कर्तव्यहरूमा वास्तवमा के भइरहेको थियो भनेर बुझ्नदेखि रोकेँ। मैले के देखेँ भने, जब म यी शैतानी विषहरूद्वारा जिइरहेकी थिएँ, तब म झन्-झन् चिप्लो, छली, खराब र दुष्ट बन्दै गइरहेकी थिएँ, र ममा मानव स्वरूपको कमी भइरहेको थियो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुन माग गर्नुले के प्रमाणित गर्छ भने उहाँले वास्तवमै छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ, र तिनीहरूलाई पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूका स्वभाव, साथै तिनीहरूका अभिप्राय, र तिनीहरूले छल गर्ने माध्यमहरूप्रतिको घृणा हो; परमेश्‍वर यी सबै कुरालाई मन पराउनुहुन्न। यदि छली मानिसहरू सत्यतालाई स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न सक्छन्, र तिनीहरू इमानदार मानिस बन्नका लागि परमेश्‍वरको मुक्ति स्विकार्न र सत्यता अभ्यास गर्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ, किनभने परमेश्‍वरले कसैलाई पूर्वाग्रह देखाउनुहुन्न, न त सत्यताले नै त्यसो गर्छ। र त्यसकारण, यदि हामी परमेश्‍वरलाई प्रसन्न बनाउने मानिस बन्‍न चाहन्छौँ भने, हामीले सुरुमा आत्म-आचरणका सिद्धान्तहरूलाई परिवर्तन गर्नैपर्छ, शैतानी दर्शनहरूअनुसार जिउन छोड्नैपर्छ, आफ्नो जीवन जिउनका लागि झूट र छलमा भर पर्न छोड्नैपर्छ, र आफ्ना सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्न खोज्नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, मानिसहरू अरूमाझ जिउँदा सधैँ झूट, छल, र ढोँगमा भर पर्थे, र तिनीहरू शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, आफ्नो जीवन, र आफ्‍नो जगका रूपमा लिएर आफूलाई आचरणमा ढाल्थे। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। गैरविश्‍वासीहरूमाझ, यदि तैँले इमानदार व्यक्ति बनेर सत्य कुरा बताउने कोसिस गरिस् भने, तँलाई बदनाम, आलोचना, र अस्वीकार गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झूट बोल्‍न झन्झन्‌ सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न धूर्त माध्यमहरू प्रयोग पनि गर्छस् र यसरी आफ्नो सुरक्षा गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस् र तैँले आफूलाई उम्काउन नै सक्दैनस्। परमेश्‍वरको घरमा, कामकुराहरू ठीक विपरीत हुन्छन्। तँ झूट बोल्न र छल गर्न जति सिपालु हुन्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै वितृष्ण हुनेछन् र तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शनहरू र तर्कहरूलाई पक्रिरहिस्, र तैँले भेष बदल्न र ढोँग गर्न षड्यन्त्र र जालझेल साथै परिष्कृत रणनीतिहरू पनि प्रयोग गरिरहिस् भने, तँलाई प्रकाश गरिने र हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरू सबैलाई अन्त्यमा अस्वीकार गरिनेछ र हटाइनेछ। यो कुरा परमेश्‍वरले धेरै पहिले पूर्वनियोजन गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तँ आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तँ आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पवित्र आत्माको काम वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको स्वभाव पवित्र र धर्मी छ भन्‍ने देखेँ। परमेश्‍वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि कुनै व्यक्तिले इमानदार हुनुको सट्टा तत्कालका स्वार्थहरू पूरा गर्न छली युक्तिहरू प्रयोग गर्छ भने, तिनीहरूले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनन् र तिनीहरू उहाँद्वारा तिरस्कार गरिनेछन् र हटाइनेछन्। मलाई एक जना मलजल गर्ने कामको जिम्मेवारी सम्हाल्दै आएकी सिस्टरको याद आयो। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, अनि अगुवाको नजरमा आफ्नो छवि कायम राख्न, नयाँ विश्वासीहरूका धेरै समस्याहरू स्पष्ट रूपमा उहाँद्वारा समाधान हुन बाँकी नै रहे पनि, उहाँले यो कुरा सबैसँग लुकाउन छल प्रयोग गर्नुभयो, र आफ्नो कामको रिपोर्टमा उहाँले नयाँ विश्वासीहरूका समस्याहरू समाधान भइसकेको लेख्नुभयो। नतिजास्वरूप, परमेश्‍वरले सत्यता प्रकाश गर्न परिस्थितिहरू मिलाउनुभयो, अन्य सिस्टरहरूले नयाँ विश्वासीहरूको स्थितिबारे विस्तृत विवरण सोधेको तथ्य प्रयोग गर्दै सत्यताको खुलासा गर्नुभयो। अन्ततः, वास्तविक काम गर्नुको सट्टा प्रतिष्ठा र हैसियतको पछि लागेकोले ती सिस्टरलाई बर्खास्त गरियो। मैले के देखेँ भने, परमेश्‍वरले हरेक कुराको छानबीन गर्नुहुन्छ, अनि मानिसहरूले जतिसुकै ढाकछोप गर्न वा लुकाउन खोजे पनि, सत्यता अन्ततः प्रकाश गरिनेछ। मैले म पनि यस्तै थिएँ भन्‍ने महसुस गरेँ; मैले स्पष्ट रूपमा वास्तविक काम गरिरहेकी थिइनँ, तैपनि मैले सत्यता लुकाउन विषयलाई पन्छाउने र अस्पष्ट पार्ने प्रयास गरेँ, यसरी अगुवालाई मेरा समस्याहरू देख्नबाट रोकेँ। मेरा व्यवहारहरू मूलतः कपटी र छली थिए। मैले आफ्नो इज्जत र छवि जोगाउन आफूलाई चलाख ठानेर युक्तिहरू प्रयोग गरे तापनि, परमेश्‍वरले हरेक कुराको छानबीन गर्नुहुन्छ, अनि यस्ता चालबाजी र छलले गर्दा परमेश्‍वरले मलाई तिरस्कार र घृणा मात्र गर्नुभयो। यो कुरा महसुस गरेपछि, मैले आफूलाई खतरामा पारेकी छु र म मूर्ख बनेकी छु, अनि यदि मैले तुरुन्तै पश्चात्ताप गरेर आफूलाई सच्याइनँ भने, म अन्ततः प्रकाश गरिनेछु र हटाइनेछु भन्‍ने देखेँ।

पछि, अगुवालाई लेख्दा, मैले आफू कति छली र कुटिल भएकी थिएँ भन्ने, अनि मैले कसरी गोलमटोल कुरा र छल प्रयोग गरेकी थिएँ भन्ने विस्तृत विवरण दिने विचार गरेँ, तर कम्प्युटरमा केही शब्द टाइप गरेपछि म हिचकिचाएँ, र मनमनै सोचेँ, “यदि मैले यो लेखेँ भने, यो फलो-अप नगरेको र गैरजिम्मेवार भएको कुरा मात्र हुनेछैन, तर छल गरेको र चालबाजी खेलेको कुरा पनि हुनेछ, जुन झन् खराब कुरा हो। यदि अगुवाले यो कुरा थाहा पाउनुभयो भने उहाँले मलाई कसरी हेर्नुहोला? मेरो काटछाँट हुन सक्छ, त्यसैले सायद यो कुरा नलेख्नु नै राम्रो होला। जे होस्, यदि मैले केही भनिनँ भने, अगुवाले थाहा पाउनुहुनेछैन, र मैले यी कष्टहरू भोग्नुपर्ने छैन।” मभित्र द्वन्द्व चलिरहँदा, मलाई परमेश्‍वरका यी वचनहरूको याद आयो: “इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्‍वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। मैले तुरुन्तै पढ्नका लागि परमेश्‍वरका वचनहरू खोजेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्‍नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्‍न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्‍नु तेरो जीवनमा हुने वृद्धि र मुक्ति प्राप्त गर्ने मार्ग हो, र यो तेरो लागि परमेश्‍वरको छानबिन, न्याय र सजाय स्विकार्न, अनि सत्यता र जीवन प्राप्त गर्न उहाँको अघि आउने मौका हो। यदि तँ ख्याति र हैसियत, अनि तेरो आफ्‍नै हितलाई पछ्याउनको लागि सत्यता पछ्याउन छोड्छस् भने, यो परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्‍नुसरह हो। तैँले ख्याति, प्राप्ति र हैसियत अनि तेरा आफ्‍नै हितहरू रोजिरहेको हुन्छस्, तर तैँले जे त्यागिरहेको हुन्छस् त्यो नै सत्यता हो, र तैँले जे गुमाइरहेको हुन्छस् त्यो जीवन, र मुक्ति पाउने मौका हो। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्‍नै हित छनौट गर्छस् र सत्यतालाई त्याग्छस् भने, के यो मूर्ख कुरा होइन र? ठेट शब्दमा भन्नुपर्दा, यो सानो फाइदाको लागि ठूलो घाटा बेहोर्नु हो। ख्याति, प्राप्ति, हैसियत, पैसा, र स्वार्थहरू सबै क्षणिक हुन्, ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्‍ने तुल्याउने आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले मानिसहरूबाट सत्यताहरू खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तँ तेरा हितहरूलाई त्याग्छस् तर तैँले प्राप्त गर्ने भनेको सत्यता र मुक्ति हुन्; यी परिणामहरू तेरै हुन्, र तिनीहरू तैँले आफ्नै लागि प्राप्त गर्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्‍ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्‍वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्‍वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्। व्यक्तिले के रोज्छ—आफ्नो हित कि सत्यता—भन्‍ने कुराले धेरै खुलासा गरिरहेको हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यतालाई छनौट गर्नेछन्; तिनीहरूले परमेश्‍वरप्रति समर्पित हुने, र उहाँलाई पछ्याउने कार्यको छनौट गर्नेछन्। तिनीहरूले सत्यतालाई पछ्याउन आफ्‍नै हितलाई त्याग्न चाहन्छन्। तिनीहरूले जति नै धेरै कष्ट भोग्‍नु परे पनि, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गवाहीमा खरो उत्रिने अठोट गरेका हुन्छन्। सत्यतालाई अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने आधारभूत मार्ग यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्‍वरका वचनहरूले एक चेतावनीका रूपमा काम गरे र मलाई अभ्यासको मार्ग दिए। परमेश्‍वरको धर्मी र पवित्र स्वभावले कुनै पनि उल्लङ्घन सहँदैन। परमेश्‍वरको राज्यमा, उहाँले चाहनुहुने मानिसहरू इमानदार मानिसहरू हुन्, र उहाँले इमानदार मानिसहरूलाई मुक्ति दिनुहुन्छ। यदि मैले आफ्नो स्वार्थ जोगाउन सत्यताको अभ्यास गर्न छोडेँ भने, यो सत्यता प्राप्त गर्ने र मुक्ति पाउने अवसर गुमाउनुसरह हो। सायद एक पटक सत्यताको अभ्यास नगर्दा गम्भीर परिणामहरू नआउलान्, तर लामो समयसम्म, यदि मैले कामकुराहरू आइपर्दा कहिल्यै व्यक्तिगत स्वार्थहरू छोड्न सकिनँ वा देहका विरुद्ध विद्रोह गर्न सकिनँ भने, त्यसोभए मेरो परिणाम वा गन्तव्य राम्रो हुने थिएन। यदि मैले सत्यताको अभ्यास गर्न बिस्तारै व्यक्तिगत स्वार्थ छोड्न र देहका विरुद्ध विद्रोह गर्न सकेँ भने, म परमेश्‍वरका आवश्यकताहरूका मानकहरूको झन्-झन् नजिक पुग्ने थिएँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढ्दा यसो भनिएको देखेँ: “मानिसहरूको सुपरिवेक्षण गर्नु, तिनीहरूलाई नियाल्नु, तिनीहरूलाई बुझ्ने प्रयास गर्नु—यो सबै तिनीहरूलाई परमेश्‍वरमाथिका विश्‍वासमा सही मार्गमा प्रवेश गर्न सहयोग गर्न, परमेश्‍वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्‍नो कर्तव्य पूरा गर्न सक्षम तुल्याउन, तिनीहरूलाई कुनै पनि बाधा वा अवरोध सिर्जना गर्न नदिन, र तिनीहरूलाई व्यर्थको काम गर्न रोक्नका लागि हो। यसो गर्नुको उद्देश्य पूर्णतया तिनीहरूप्रति र परमेश्‍वरको घरको कामप्रतिको जिम्‍मेवारी देखाउनु हो; यसमा कुनै दुर्भाव लुकेको हुँदैन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७))। परमेश्‍वरका वचनहरूले मलाई के बुझायो भने, इमानदार व्यक्ति बन्ने अभ्यास गर्दा अरूले मेरो काममा भएका भ्रष्टता र कमीकमजोरीहरू देख्न सक्छन्, अनि अगुवाहरूले मेरो कामको अझ राम्रो सुपरिवेक्षण र जाँचबुझ गर्न सक्छन्, मेरा समस्याहरू पहिचान गर्न सक्छन्, र समयमै मार्गदर्शन र मदत प्रदान गर्न सक्छन्, ताकि म आफ्ना कर्तव्यहरू निर्वाह गर्ने सन्दर्भमा अझ सतर्क र जिम्मेवार बन्न सकूँ, जुन आफ्‍ना कर्तव्यहरू राम्ररी पूरा गर्नका लागि मलाई लाभदायक हुनेछ। यो महसुस गरेपछि, मलाई अचानक हृदय छर्लङ्ग भएको महसुस भयो र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो इज्जत र हैसियत जोगाउन, मैले छल प्रयोग गरेँ र तपाईंलाई दिक्क बनाएँ। यस पटक, ब्रदर-सिस्टरहरूले जेसुकै सोचे पनि, म तपाईंको छानबीन स्वीकार गर्न, सत्यताको अभ्यास गर्न, र एउटा इमानदार व्यक्ति बन्न तयार छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” यसपछि, मैले अगुवासँग आफ्नो स्थिति र भ्रष्टताको प्रकटीकरणबारे खुलासा गरेँ, र मलाई केही हदसम्म चिन्तामुक्त र स्वतन्त्र महसुस भयो।

पछि, सुपरिवेक्षकले मलाई हालसालै मलजल गर्ने काम कसरी भइरहेको थियो भनेर रिपोर्ट गर्न भन्नुभयो, अनि मलाई अचानक धेरै चिन्ता लाग्यो। पछिल्ला केही दिनहरूमा, म अन्य कामहरूमा व्यस्त भएकोले, मैले केही मलजल गर्ने व्यक्तिहरूले उठाएका समस्याहरूको विस्तृत जवाफ दिएकी थिइनँ। अगुवाले हामीलाई मलजल गर्ने व्यक्तिहरूका लागि केही राम्रा मार्गहरू प्रदान गर्न भन्नुभएको थियो, र मैले त्यो पनि लागू गरेकी थिइनँ। यदि मैले यो कुरा सुपरिवेक्षकलाई इमानदारीपूर्वक रिपोर्ट गरेँ भने, के उहाँले मैले ढिलासुस्ती गरिरहेकी छु र वास्तविक काम गरिरहेकी छैन भन्ने सोच्नुहोला? राति ओछ्यानमा पल्टिँदा मलाई निद्रा लागेन, किनकि म आफ्नो इज्जत र छवि कसरी जोगाउने भनेर सोचिरहेकी थिएँ। मैले म फेरि छली बन्न चाहेँ भन्‍ने महसुस गरेँ, अनि मैले यो परिस्थिति परमेश्‍वरले मलाई जाँचिरहनुभएको परिस्थिति हो अनि उहाँले म उहाँको छानबीनलाई स्वीकार गर्न र एउटा इमानदार व्यक्ति बन्न सक्छु कि सक्दिनँ भनेर जाँचिरहनुभएको छ भन्‍ने पनि महसुस गरेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू, इमानदारीसाथ बोल्नू र इमानदार कामकुरा गर्नू, र छली नहुनू भनेर भन्‍नुहुन्छ। परमेश्‍वरले यसो भन्‍नुको महत्त्व मानिसहरूलाई साँचो मानव रूप राख्न, र घुमाउरो, बाङ्गो बाटो समातेर जमिनमा घस्रिहिँड्ने सर्पको जस्तो बोली बोल्ने र अरू मानिसहरूलाई विषयको सत्यता बोध गर्नबाट रोक्‍ने शैतानजस्तो नबन्‍न सक्षम तुल्याउनु हो। अर्थात्, त्यो कुरा भन्‍नुको उद्देश्य मानिसहरूले वचन र कर्म दुवैमा मानव स्वरूप जिऊन्, र तिनीहरू सम्मानित, इमानदार र शालीन होऊन्, नराम्रो पक्ष र लज्जास्पद कुराहरू नपालून्, र तिनीहरू सफा हृदयका होऊन् भन्‍ने हो। त्यसो भन्‍नुको उद्देश्य मानिसहरू बाहिरी रूपमा पनि भित्री रूपमा भएजस्तै होऊन्, मनमा जे छ त्यही भनून्, परमेश्‍वर वा अन्य कसैलाई पनि नठगून्, कुनै कुरा नलुकाऊन्, शुद्ध भूमिजस्तो हृदयका होऊन् भन्‍ने हो। परमेश्‍वरले माग्नुहुने कुरा यही हो, र परमेश्‍वरले मानिसहरू इमानदार हुनुपर्ने माग राख्नुको उद्देश्य यही नै हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो)। परमेश्‍वरका वचनहरूले मलाई फेरि के सम्झाए भने, इमानदार व्यक्ति हुनु भनेको सोझो र खुलस्त तरिकाले बोल्नु र काम गर्नु हो, के गरिएको छ र के गरिएको छैन भन्ने कुरामा परमेश्‍वरको छानबीन स्वीकार गर्नु हो, र परमेश्‍वर र मानिस दुवैसँग सरल र खुलस्त हुनु हो। मेरो काटछाँट नै हुने भए तापनि, मैले सत्य कुरा लुकाउनका लागि युक्तिहरू वा छल प्रयोग नगरी इमानदारीपूर्वक बोल्नुपर्छ। यसरी इमानदारीपूर्वक व्यवहार गर्नु नै एउटा इमानदार व्यक्तिको उचित रूप हो। पछि, मैले सुपरिवेक्षकलाई काम कस्तो भइरहेको थियो भनेर सत्यतथ्य रूपमा रिपोर्ट गरेँ, त्यसपछि मैले मलजल गर्ने व्यक्तिहरूका समस्याहरू समाधान गर्न सङ्‍गति गरेँ, अनि सबैसँग नयाँ विश्वासीहरूलाई मलजल गर्ने केही राम्रा तरिकाहरू बताएँ। यसरी अभ्यास गरेर, मैले प्रत्यक्ष रूपमा के कुरा अनुभव गरेँ भने, परमेश्‍वरको छानबीन र मानव सुपरिवेक्षणलाई स्वीकार गर्ने एउटा इमानदार व्यक्ति बन्दा यसले मलाई मेरो कामप्रति जिम्मेवारी हुन र यसमा लगनशीलताका साथ लाग्न मदत गर्छ, जसले मलाई मेरा कर्तव्यहरू निर्वाह गर्दा वास्तवमै सुरक्षा दिन्छ।

यो अनुभवबाट गुज्रिएपछि, मैले के देखेँ भने, परमेश्‍वरका वचनहरूको न्याय र सजायविना, मेरो छली र दुष्ट स्वभाव रत्तिभर परिवर्तन हुने थिएन। परिस्थितिहरू आइपर्दा परमेश्‍वरको छानबीनलाई अझ बढी स्वीकार गरेर, व्यक्तिगत स्वार्थहरू त्यागेर, र सचेत भई एउटा इमानदार व्यक्ति बन्ने अभ्यास गरेर मात्र, मेरो भ्रष्ट स्वभावले क्रमिक परिवर्तन हासिल गर्न सक्यो।

अघिल्लो: ९५. के कसैको दयाको ऋण तिर्नु आत्म-आचरणको सिद्धान्त हो?

अर्को: ९७. पैसाको पछि दौडने दिनहरूलाई बिदाइ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्