९५. के कसैको दयाको ऋण तिर्नु आत्म-आचरणको सिद्धान्त हो?
सन् २०२२ को फेब्रुअरीको एक दिन, मण्डली अगुवाले मलाई उ जुनको मूल्याङ्कन लेख्न भन्नुभयो। म झसङ्ग भएँ र सोचेँ, “यस कालखण्डमा मण्डलीले सफा गर्ने काम गरिरहेको छ। कतै मण्डलीले उ जुनलाई निकाल्ने तयारीस्वरूप उसको मूल्याङ्कन सङ्कलन गरिरहेको त होइन?” त्यस क्षणमा, उनीसँगको मेरो अन्तरक्रियाका दृश्यहरू मेरो दिमागमा झल्झली आए। सन् २०१९ मा, उ जुन लेखन-पठनको कर्तव्य निर्वाह गर्दै थिए, र म मण्डलीको लेखन-पठनको कामको जिम्मेवारीमा थिएँ। त्यतिबेला, उनी आफ्ना सहकर्मी ब्रदरसँग सानातिना मामलामा प्रायः अनन्त बहस गर्थे। भेलाको समयमा, उनले हामीलाई ती विवादहरूको न्यायनिसाफ गर्न भन्थे। उनलाई धेरै नाटिकुटी नगर्न बरु यसलाई परमेश्वरबाट आएको भनी स्विकार्न र पाठ सिक्न आग्रह गर्दै हामीले उनीसँग सङ्गति गर्यौँ। तर, उनले यो कुरा स्वीकार गर्न मानेनन् र पछि पनि त्यसै गरिरहे। त्यो अवधिमा, हरेक भेला उनका समस्याहरू समाधान गर्नमै केन्द्रित हुनुपर्थ्यो, र हामीले सामान्य सङ्गति गर्नै पाएनौँ। मण्डली जीवन र मण्डलीको काम दुवैमा ठूलो बाधा पुग्यो। उ जुनले सत्यता नखोज्ने, निरन्तर सही र गलतको तर्कवितर्क गर्ने, अनि अरूको मार्गदर्शन वा सहयोग स्वीकार नगर्ने भएकोले, अन्ततः उनलाई कर्तव्यबाट बर्खास्त गरियो। सन् २०२१ मा, म केही मण्डलीहरूको सुसमाचारको कामको जिम्मेवारीमा थिएँ। त्यतिबेला, उ जुन मण्डलीमा सुसमाचारसम्बन्धी कामदार थिए र सुसमाचार डिकन ली छङलाई धेरै समर्थन गर्थे। ली छङले खास काम गर्दैनथे, त्यसैले अगुवाहरूले ब्रदर-सिस्टरहरूसँग ली छङको मूल्याङ्कन मागे, तर उ जुनले ब्रदर-सिस्टरहरूलाई भने, “यदि कसैले ली छङको कुरा काट्यो भने, त्यसमा मेरो विमति हुनेछ!” त्यसपछि, अगुवाहरूले सिद्धान्तका आधारमा ली छङलाई बर्खास्त गरे। उ जुन यो कुरामा असाध्यै असन्तुष्ट थिए र उनी स्वाङ पार्दै र आफूलाई त्यसविरुद्ध उभ्याएर प्रतिरोधको स्थितिमा जिइरहेका थिए। सुसमाचारको कामबारे छलफल हुँदा, उनी सन्किएर चुपचाप बस्थे। केहीपटक त उनले सबै जना आइपुग्नुअघि नै भेलामा यसो भन्दै आफ्नो असन्तुष्टि पोखे, “अगुवाहरू कामका बारेमा मेरा सहकर्मी ब्रदरसँग मात्र छलफल गर्छन्, र मकहाँ आउँदैनन्। अब त मलाई म बर्खास्त भएँ कि भइनँ भन्ने समेत थाहा छैन!” धेरै नाटिकुटी गरिरहेका छौ भनेर मैले उनलाई त्यतिबेलै सम्झाएँ, र यसलाई परमेश्वरबाट आएको भनी स्विकार्न, पाठ सिक्न र आत्म-चिन्तनमा केन्द्रित हुन सल्लाह दिएँ। तर उनले यो स्वीकार गर्न नमानेको मात्र होइन, उल्टै तर्क गरे र आफूलाई सही साबित गर्न खोजे। केही समय नबित्दै उनी बर्खास्त भए, तर उनमा आफूबारे धेरै ज्ञान थिएन र निरन्तर समस्या खडा गर्ने र दुखेसो पोख्ने काम गरिरहे। उनले अगुवाहरूलाई काम गर्न आउँदैन भन्दै उनीहरूको आलोचना समेत गरे। उनको यस्तै अन्य धेरै व्यवहारहरू थिए।
यसबारे चिन्तन गर्दा, मैले परमेश्वरका वचनहरू सम्झेँ: “कतिपय मानिसले केही आइपर्दा ससाना कुराहरूको भेद केलाउन र निकासहीन दिशातिर लाग्न रूचाउनु नीचता होइन र? यो ठूलो समस्या हो। प्रस्ट रूपमा सोच्न सक्ने मानिसहरूले यो गल्ती गर्नेछैनन्, तर बेतुके मानिसहरू यस्तै हुन्छन्। तिनीहरू सधैँ अरूले तिनीहरूका लागि परिस्थितिहरू कठिन बनाइरहेका छन्, अरूले जानाजानी तिनीहरूलाई दुःख दिइरहेका छन् भनी कल्पना गर्छन्, त्यसैले तिनीहरू सधैँ अरू मानिसहरूका लागि परिस्थितिहरू कठिन बनाउँछन्। के यो विचलन होइन र? तिनीहरू सत्यतामा प्रयास लगाउँदैनन्, र आफूलाई चिन्न सत्यता खोज्दैनन्; तिनीहरू आफूलाई केही आइपर्दा सधैँ नगण्य विवरणहरूमा अल्झिन्छन्, स्पष्टीकरण माग्छन्, आफ्नो इज्जत बचाउन खोज्छन्, र सधैँ यी मामिलाहरू सम्हाल्न मानव समाधानहरू प्रयोग गर्न चाहन्छन्। यो जीवन प्रवेशमा सबैभन्दा ठूलो अड्चन हो। यदि तँ यसरी परमेश्वरमा विश्वास गर्छस्, वा यसरी अभ्यास गर्छस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस् किनभने तँ कहिल्यै परमेश्वरसामु आउँदैनस्। तँ परमेश्वरले तेरा लागि खडा गरेका सबै कुरा स्वीकार गर्न कहिल्यै परमेश्वरसामु आउँदैनस्, न त तँ यो सब सम्हाल्न सत्यता प्रयोग नै गर्छस्। बरु, तँ सधैँ कामकुराहरू सम्हाल्न मानव समाधानहरू प्रयोग गर्छस्। फलस्वरूप, तँ परमेश्वरको नजरमा, उहाँबाट भड्किएर धेरै टाढा भएको हुन्छस्। तेरो हृदय उहाँबाट भड्किएको हुन्छ मात्रै होइन, तर तेरो सम्पूर्ण सत्त्व नै उहाँको उपस्थितिमा जिउँदैन। परमेश्वर प्रावधानहरूमा टाँसिने र सधैँ नगण्य विवरणहरूमा अल्झिनेहरूलाई यसरी नै हेर्नुहुन्छ। … म तिमीहरूलाई के भन्छु भने, परमेश्वरमा विश्वास गर्ने व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि—चाहे उसले बाहिरी मामिलाहरू सम्हालोस् वा परमेश्वरको घरको विभिन्न काम वा विशेषज्ञताका क्षेत्रहरूसँग सम्बन्धित कर्तव्य निर्वाह गरोस्—यदि ऊ बारम्बार परमेश्वरसामु आउँदैन र उहाँको उपस्थितिमा जिउँदैन, अनि उसले उहाँको छानबिनलाई स्विकार्ने आँट गर्दैन, र परमेश्वरबाट सत्यताको खोजी गर्दैन भने ऊ अविश्वासी हो र ऊ गैरविश्वासीभन्दा फरक होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने जो मानिस र कामकुरालाई लिएर धेरै नाटिकुटी गर्छ र के सही र के गलत भनी तर्क गर्छ, सधैँ आफ्नै दृष्टिकोणमा अडिग रहन्छ, आफू सही छु भन्नेमा ढुक्क हुन्छ, र कामकुरालाई परमेश्वरबाट आएको भनी स्विकार्दैन वा सत्यता खोज्दैन, ऊ परमेश्वरको सच्चा विश्वासी होइन। सारमा भन्दा, यस्तो व्यक्ति अविश्वासी हो। परमेश्वरका वचनको खुलासाका आधारमा, मैले सोचेँ, “उ जुन ठ्याक्कै यस्तै छ। यदि मैले उनको व्यवहारबारे सत्यतथ्य लेख्ने हो भने, ऊ निकालिने सम्भावना धेरै छ।” उनको मूल्याङ्कन लेख्छु भनेर सोच्नेबित्तिकै, विगतमा उनले मलाई मद्दत गरेका दृश्यहरू मेरो दिमागमा आए। मैले परमेश्वरमा विश्वास गरेको दुई-तीन वर्ष हुँदा, मेरी श्रीमती बितिन् र घरमा केही कठिनाइहरू आइपरे, जसले गर्दा म नकारात्मकताको स्थितिमा फसेँ। त्यो समयमा, मैले परमेश्वरका वचनहरू पढ्न छोडेँ, भजन गाउन छोडेँ, र म भेलाहरूमा समेत सहभागी भइनँ। एक महिनाभन्दा बढी समयसम्म, म पूर्ण रूपमा अन्धकारमा जिएँ र ममा अब बाँच्न चाहन्नँ भन्ने सोचसमेत आयो। मेरो अवस्थाबारे थाहा पाएपछि, उ जुनले मलाई मद्दत गर्दै र साथ दिँदै बारम्बार मसँग सङ्गति गरे। हरेक पटक, उनी निकै अबेर घर फर्कन्थे। उनका गतिविधिले मलाई भित्रैदेखि छोयो। केही समयपछि, म बिस्तारै नकारात्मकताबाट बाहिर निस्केको थिएँ। मेरो सबैभन्दा नकारात्मक र पीडादायी समयमा मलाई मद्दत गर्ने उ जुन नै थिए। यसबारे सोच्दा, ममा उनीप्रति कृतज्ञताको भाव बढेर आयो। मैले सोचेँ, “पहिले उनले मलाई परमेश्वरको सामु ल्याउन मद्दत गरेका र साथ दिएका थिए। अहिले, यदि मैले उनको मूल्याङ्कन लेखेँ भने, उनी मण्डलीबाट निकालिने वा ननिकालिने भन्ने कुरामा यसले प्रभाव पार्न सक्छ। यदि उ जुन साँच्चै निकालिए र मैले नै उनको खुलासा गरेको हो भन्ने उनलाई थाहा भयो भने, उनले अवश्यै मलाई बैगुनी भन्नेछन्। त्यसपछि मैले उनलाई कसरी मुख देखाउने?” यस्तो सोचेर, मैले बेइमानीपूर्वक लेखेँ, “हालसालै, उ जुनसँग मेरो खासै सम्पर्क भएको छैन; हामी एकदुईवटा भेलामा मात्र सँगै सहभागी भएका थियौँ, र मलाई उनका बारेमा खासै थाहा छैन।”
केही दिनपछि, मैले मण्डली अगुवाको अर्को पत्र पाएँ, जसमा उ जुनको व्यवहारबारे लेख्न भनिएको थियो। मैले सोचेँ, “अगुवाले मलाई बारम्बार उ जुनको मूल्याङ्कन लेख्न भनिरहनुभएको छ। यदि मैले उनका सबै व्यवहारबारे लेखेँ भने, अन्य ब्रदर-सिस्टरहरूले दिएको जानकारीसँगै, उनलाई अविश्वासी भनेर चित्रण गर्नु न्यायोचित हुने सम्भावना धेरै छ। मण्डलीले मानिसहरूलाई उनीहरूको निरन्तरको व्यवहारका आधारमा पखाल्छ। असल व्यक्तिलाई अन्यायपूर्ण न्याय गरिँदैन, न त दुष्ट व्यक्ति नै उम्कन सक्छ। मैले मण्डलीको सफा गर्ने काममा सहकार्य गर्नुपर्छ र उसको व्यवहारबारे लेख्नुपर्छ, नत्र भने यो उसको ढाकछोप र बचाउ गरेको ठहर्नेछ।” तर फेरि मैले सोचेँ, “यदि उ जुन साँच्चै निकालिए भने, मैले उनलाई फेरि कसरी मुख देखाउने? यदि मैले नै उनको मूल्याङ्कन लेखेको भनेर उनले थाहा पाए भने, के उनले ममा विवेक छैन भन्नेछन्? कुरा त्यस्तो भयो भने, म साँच्चै बैगुनी ठहरिनेछु, त्यसपछि को चाहिँ मसँग काम गर्न वा सङ्गत गर्न तयार होला र?” यसबारे सोचेपछि, म मूल्याङ्कन लेख्नुअघि उ जुनसँग सङ्गति गर्ने अवसर खोज्न चाहन्थेँ। त्यसैले, मैले आफ्ना दृष्टिकोणहरू व्यक्त नगरी केही छोटा वाक्यहरू मात्र लेखेँ। पत्र पठाएपछि, मलाई केही असहज महसुस भयो, “के म मण्डलीको हितभन्दा व्यक्तिगत सम्बन्धलाई प्राथमिकता दिँदै छु?” तर फेरि मैले सोचेँ कि यो त्यति ठूलो कुरा नहुन सक्छ, र यो सिद्धान्तहरूको धेरै ठूलो उल्लङ्घन होइन, किनकि मेरो अभिप्राय ब्रदरलाई मद्दत गर्नु थियो। मैले यसबारे एकैछिन सोचेँ, र त्यसपछि त्यो कुरालाई त्यत्तिकै छोडिदिएँ। केही समयपछि, केही कामले गर्दा अगुवा म बस्ने अतिथि सत्कारक घरमा आउनुभयो, र मलाई देख्नेबित्तिकै उहाँले ठाडै भन्नुभयो, “ब्रदर, तपाईँलाई उ जुनको मूल्याङ्कन लेख्न भनिएको छ। तपाईँले किन यति लामो समयसम्म ढिलाइ गर्नुभएको? के तपाईँ इमानदार व्यक्ति बनेर हरेक विवरणसहित सबै कुरा लेख्न सक्नुहुन्न? तपाईँले यसो गर्दा काममा साँच्चै ढिलाइ भइरहेको छ।” यस्तो हप्काइ खाएपछि, म असाध्यै लज्जित भएँ र मैले मनमनै सोचेँ, “मैले यो मूल्याङ्कन एक महिनाभन्दा बढी ढिला गरिसकेँ, र यसका लागि साँच्चै बहाना बनाउने ठावैँ छैन।” यही क्षणमा मैले चिन्तन गर्न थालेँ, र मैले साँचो मूल्याङ्कन लेख्न हिचकिचाउनुपछाडिको मूल कारण के हो भनी सोच्न थालेँ।
पछि, मैले परमेश्वरका वचनका दुईवटा खण्ड पढेँ जसले मेरो स्थितिलाई प्रत्यक्ष रूपमा सम्बोधन गरेका थिए। परमेश्वर भन्नुहुन्छ: “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्ने कुरा चिनियाँ संस्कृतिमा कुनै व्यक्तिको आचरण नैतिक छ कि अनैतिक भनेर मूल्याङ्कन गर्ने एक विशिष्ट मापदण्ड हो। व्यक्तिको मानवता असल छ कि खराब छ र उसको आचरण कति नैतिक छ भनेर मूल्याङ्कन गर्ने क्रममा, एउटा मापदण्ड भनेको उसले आफूले पाएको निगाह वा सहयोगको ऋण तिर्छ कि तिर्दैन—ऊ आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्ने व्यक्ति हो कि होइन भन्ने कुरा हो। चिनियाँ परम्परागत संस्कृति र मानवजातिको परम्परागत संस्कृतिमा, मानिसहरू यसलाई नैतिक आचरणको महत्त्वपूर्ण मानकको रूपमा लिन्छन्। यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्दैन र ऊ बैगुनी हुन्छ भने, उसलाई विवेक नभएको र सङ्गत गर्न लायक नभएको व्यक्ति मानिन्छ, र सबैले उसलाई घृणा, तिरस्कार वा इन्कार गर्नुपर्छ। अर्कोतर्फ, यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्छ भने—यदि ऊ कृतज्ञ हुन्छ र आफूले पाएको निगाह र सहयोगको ऋण आफूसँग भएको हर माध्यमले तिर्छ भने—उसलाई विवेक र मानवता भएको व्यक्ति मानिन्छ। यदि कसैले अर्को व्यक्तिबाट फाइदा वा सहयोग प्राप्त गर्छ, तर त्यसको ऋण तिर्दैन, वा केवल ‘धन्यवाद’ भनेर साधारण रूपमा थोरै कृतज्ञता व्यक्त गर्छ र त्योभन्दा बढी केही गर्दैन भने, त्यो अर्को व्यक्तिले के सोच्नेछ? के उसलाई यसबारे असहज लाग्ला? के उसले यसो भन्न सक्नेछ, ‘यो मान्छे सहयोग गर्न लायक छैन, यो राम्रो व्यक्ति होइन। मैले उसलाई यति धेरै सहयोग गर्दा त यस्तो प्रतिक्रिया दिन्छ भने, उसमा कुनै विवेक वा मानवता छैन, र ऊ सङ्गत गर्न लायक छैन’? फेरि यस्तो व्यक्ति भेट्टाउँदा, के तिनीहरूले अझै सहयोग गर्नेछन्? तिनीहरूले कम्तीमा पनि सहयोगचाहिँ गर्न चाहनेछैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। “जब कतिपय मानिस कठिनाइ वा खतरामा पर्छन् र दुष्ट व्यक्तिबाट सहयोग पाएर आफ्नो दुर्दशाबाट छुटकारा पाउँछन्, तब तिनीहरू दुष्ट व्यक्तिलाई असल ठान्छन् र कृतज्ञता देखाउन केही गर्न इच्छुक हुन्छन्। तर, त्यस्ता अवस्थामा, दुष्ट व्यक्तिले तिनीहरूलाई उसको घृणित कार्यहरूमा संलग्न गराएर खराब कामहरू गराउन प्रयोग गर्ने प्रयास गर्नेछ। यदि तिनीहरूले अस्वीकार गर्न सकेनन् भने, यो खतरनाक हुन सक्छ। त्यस्ता केही मानिसलाई यस्ता परिस्थितिमा दोधार हुन्छ, किनभने तिनीहरूलाई के लाग्छ भने यदि आफ्नो दुष्ट मित्रलाई केही नराम्रा कामहरू गर्न सहयोग गरिएन भने, आफूले यो मित्रतालाई पर्याप्त मात्रामा निभाइरहेको छैन जस्तो देखिनेछ, तैपनि यसो गर्नु तिनीहरूको विवेक र समझविपरीत हुनेछ। यसरी, तिनीहरू यस दुबिधामा पर्छन्। यो नै परम्परागत संस्कृतिको दयाको ऋण तिर्ने विचारबाट प्रभावित हुनुको परिणाम हो—तिनीहरू यस विचारको जन्जिर, बन्धन र नियन्त्रणमा पर्छन्। धेरैपटक, परम्परागत संस्कृतिबाट आएका यी भनाइहरूले मानिसको विवेक र उसको सामान्य न्यायबोधको स्थान लिन्छन्; स्वाभाविक रूपमा, तिनले मानिसको सोचाइ र सही निर्णय लिने तरिकामा पनि प्रभाव पार्छन्। परम्परागत संस्कृतिका विचारहरू गलत छन् र तिनले कामकुराबारे मानिसको दृष्टिकोणलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छन्, जसले गर्दा उसले खराब निर्णयहरू गर्न पुग्छ। प्राचीन समयदेखि अहिलेसम्म, अनगिन्ती मानिसहरू दयाको ऋण तिर्नेसम्बन्धी नैतिक आचरणबारेको यो विचार, दृष्टिकोण र मापदण्डद्वारा प्रभावित हुँदै आएका छन्। तिनीहरूप्रति दया देखाउने त्यो व्यक्ति दुष्ट वा खराब व्यक्ति हुँदासमेत र उसले तिनीहरूलाई दुष्कर्म र खराब काम गर्न बाध्य पार्दासमेत, तिनीहरू विवेक र समझविपरीत जान्छन्, र उसको दयाको ऋण तिर्न आँखा चिम्लेर उसको आज्ञापालन गर्छन् र धेरै घातक परिणामहरू निम्त्याउँछन्। यो भन्न सकिन्छ कि, नैतिक आचरणको यो मापदण्डको प्रभाव, पकड, नियन्त्रण र बन्धनमा परेर कैयौँ मानिसहरूले अन्धाधुन्ध र गलत रूपमा दयाको ऋण तिर्ने यो दृष्टिकोण परिपालन गर्छन्, र दुष्ट मानिसहरूलाई मदत गर्न र उक्साउन सक्छन्। अहिले तिमीहरूले मेरो सङ्गति सुनेका छौ, र यो परिस्थिति प्रस्टसित बुझेका छौ, र तिमीहरूले यो मूर्ख बफादारी हो र यो व्यवहार भनेको आफूलाई कुनै सीमा नतोकी व्यवहारमा ढाल्नु, र बिनासमझ लापर्बाहीसाथ दयाको ऋण तिर्नु हो, र यसको कुनै अर्थ र मूल्य छैन भनी निर्धारण गर्न सक्छौ। मानिसहरू आम विचारको आलोचना खेप्नुपर्ला वा अरूको निन्दा भोग्नुपर्ला भन्ने डरले मन नलागीनलागी अरूको दयाको ऋण तिर्न आफ्नो जीवन समर्पित गरिदिन्छन्, र यस क्रममा आफ्नो जीवन नै बलिदानसमेत गरिदिन्छन्, तर काम गर्ने यस्तो तरिका भ्रामक र मूर्ख तरिका हो। परम्परागत संस्कृतिको यो भनाइले मानिसहरूको सोच मात्र जकडेको छैन, यसले त तिनीहरूको जीवनमा अनावश्यक बोझ र अप्ठ्यारो स्थिति थोपरिदिएको र तिनीहरूको परिवारमाथि थप कष्ट र बोझसमेत लादिदिएको छ। कैयौँ मानिसहरूले दयाको ऋण तिर्न ठूलो मूल्य चुकाएका छन्—तिनीहरू दयाको ऋण तिर्नुलाई सामाजिक जिम्मेवारी वा आफ्नै कर्तव्य ठान्ने गर्छन् र अरूको दयाको ऋण तिर्न आफ्नो सम्पूर्ण जीवनसमेत खर्चिदिन्छन्। तिनीहरू यसलाई गर्नुपर्ने पूर्ण प्राकृतिक र न्यायसङ्गत कुरा, र पन्छाउन नमिल्ने कर्तव्य मान्छन्। के यो दृष्टिकोण र काम गर्ने यस्तो तरिका मूर्ख र निरर्थक होइन र? यसले मानिसहरू कति अज्ञानी र अन्तर्दृष्टिहीन छन् भन्ने कुरा प्रकट गर्छ। कुनै घटनामा, दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्ने नैतिक आचरणसम्बन्धी यो भनाइ मानिसहरूको धारणासँग त मेल खाला, तर यो सत्यता सिद्धान्तअनुरूप हुँदैन। यो परमेश्वरका वचनहरूसँग मेल खाँदैन, र यो गलत दृष्टिकोण हो र यो काम गर्ने गलत तरिका हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने विचार चिनियाँ परम्परागत संस्कृतिमा व्यक्तिको आचरण नैतिक छ कि अनैतिक छ भनी न्याय गर्ने मापदण्डहरूमध्ये एक हो। यही परम्परागत सांस्कृतिक शिक्षाले नै मानिसहरूको विचार र दृष्टिकोणलाई विकृत बनाएको हो। जब कसैले अरूबाट निगाह वा मद्दत पाउँछ, यदि उसले कृतज्ञतापूर्वक त्यो दयाको ऋण तिर्न सकेमा, उसलाई विवेक र मानवता भएको व्यक्तिका रूपमा हेरिन्छ र उसले अरूको अनुमोदन पाउँछ। अन्यथा, उसलाई बैगुनी, र विवेक तथा मानवता नभएको संज्ञा दिइन्छ, र फलस्वरूप उसले अरू र समाजबाट तिरस्कार, साथै अस्वीकार र एक्लोपन समेत सामना गर्नुपर्छ। विगतलाई फर्केर हेर्दा, जबदेखि मैले कुरा बुझ्न थालेँ, म “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” र “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्ने विचारहरूबाट प्रभावित र शिक्षित भएको थिएँ। यदि मैले अरूबाट निगाह वा मद्दत पाएँ भने, म त्यो ऋण कसरी तिर्न सकिन्छ भनेर सोच्थेँ। यदि मैले तत्कालै त्यसो गर्न सकिनँ भने, म पछि त्यसलाई पूर्ति गर्ने मौका खोज्थेँ। यसो गरे मात्र म विवेक र मानवता भएको, उच्च नैतिक चरित्र भएको व्यक्ति ठहरिन सक्छु भनेर म विश्वास गर्थेँ। मैले सधैँ नैतिक आचरणसम्बन्धी यो भनाइलाई संसारमा आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने मार्गदर्शक सिद्धान्तको रूपमा लिएको थिएँ, र यसलाई मानक तय गर्न तथा मेरा बोली र व्यवहारलाई नियमित गर्न प्रयोग गर्थेँ। उदाहरणका लागि, मेरा भिनाजुले मलाई पहाडबाट सहरको छेउछाउमा बसाइँ सर्न मद्दत गर्नुभयो, र मलाई घरजम गर्न पनि मद्दत गर्नुभयो। त्यसैले, मैले उहाँलाई ठूलो हितकारी ठानेँ, र उहाँले मप्रति देखाउनुभएको दया कहिल्यै बिर्सिनँ। हरेक छुट्टी वा चाडपर्वमा, म उपहार लिएर उहाँलाई भेट्न जान्थेँ। मलाई यसो गरेपछि मात्र ढुक्क महसुस हुन्थ्यो, र विवेक भएको असल व्यक्ति हुनुको अर्थ यही हो भन्ने लाग्थ्यो। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने नैतिक आचरणको यो मानकअनुसार नै काम गर्न र आफूलाई आचरणमा ढाल्न जारी राखेँ। जब म सबैभन्दा कमजोर र नकारात्मक थिएँ, उ जुन नै अथक रूपमा मसँग सङ्गति गर्न, मलाई मद्दत गर्न र साथ दिन आउँथे। त्यसैले मैले उनलाई मेरो हितकारी ठानेँ र यदि मैले उनको खुलासा गर्दै मूल्याङ्कन लेखेँ भने, मलाई बैगुनी र विवेक नभएको भन्ने नराम्रो दाग लाग्ला भनेर म डराएको थिएँ। यसै कारणले गर्दा, म उनको व्यवहारबारे सत्यतथ्य लेख्न अनिच्छुक थिएँ। मैले तथ्यहरू ढाकछोप गर्न झूट बोल्ने र छली व्यवहार गर्नेसम्म गरेँ, र “हालसालै, उ जुनसँग मेरो खासै सम्पर्क भएको छैन; हामी केही भेलामा मात्र सँगै सहभागी भएका थियौँ, र मलाई उनका बारेमा खासै थाहा छैन” भनेर बहाना बनाएँ। जब अगुवाले मलाई फेरि मूल्याङ्कन लेख्न भन्नुभयो, मैले कुनै स्पष्ट रायसमेत व्यक्त नगरी, सानातिना कुराहरू मात्र उल्लेख गरेर सरसर्ती लेखेँ। मलाई राम्ररी थाहा थियो कि उ जुनले सत्यता स्वीकार गर्दैनथे, र मानिस तथा कामकुरालाई बढ्ता विश्लेषण गर्ने प्रवृत्ति राख्थे, जसले मण्डली जीवन र मण्डलीको काम दुवैमा अवरोध र बाधा पुर्यायो। त्यसैले मैले सत्यतथ्यमा कडाइका साथ अडिग रहँदै सोझै र इमानदारीपूर्वक तथ्यहरू लेख्नुपर्ने थियो, तैपनि उनको दयाको ऋण तिर्नका लागि, मैले विलम्ब गरेँ र आफ्नो विवेकविपरीत काम गरेँ। म साँच्चै विद्रोही थिएँ! त्यसपछि मात्र मैले महसुस गरेँ कि “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने परम्परागत सांस्कृतिक विचारअनुसार जिउँदा मैले सिद्धान्तविपरीतका कामहरू गरेँ र परमेश्वरविरुद्ध विद्रोह गरेँ, जसले गर्दा उहाँले मलाई घृणा र तिरस्कार गर्नुभयो। यो समस्या समाधान गर्न मैले तुरुन्तै सत्यता खोज्नुपर्ने भयो।
मेरो खोजाइमा, मैले परमेश्वरका थप वचनहरू पढेँ: “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ जस्ता नैतिक आचरणका अभिव्यक्तिहरूले मानिसहरूलाई समाजमा र मानवजातिमाझ आफ्ना जिम्मेवारीहरू ठ्याक्कै के-के हुन् त भनेर भन्दैनन्। बरु ती त मानिसहरूले चाहे पनि नचाहे पनि, र तिनीहरूले दयाका यी कार्यहरू गर्नुपर्ने परिस्थिति वा प्रसङ्ग जस्तोसुकै भए पनि, तिनीहरूलाई निश्चित तरिकामा काम गर्न र सोच्न जोड दिने वा बाध्य पार्ने तरिका हुन्। प्राचीन चीनबाट आएका यस्ता प्रशस्त उदाहरण छन्। जस्तै, एक जना भोको भिखारी केटालाई एउटा परिवारले लगेर खानेकुरा दिन्छ, लुगा दिन्छ, मार्सल आर्ट सिकाउँछ, र हरकिसिमका ज्ञान दिन्छ। तिनीहरूले ऊ ठूलो हुइन्जेल पर्खन्छन्, त्यसपछि उसलाई आम्दानीको स्रोतको रूपमा प्रयोग गर्छन्, उसलाई दुष्ट काम गर्न, मानिसहरूलाई मार्न, र सबै कुरा गर्न पठाउँछन्, जुन काम गर्ने उसलाई चाहना हुँदैन। यदि तिमीहरूले यो कथालाई उसले पाएका सबै दयाको आधारमा हेर्छौ भने, उसलाई बचाउनु राम्रो कुरा थियो। तर पछि उसलाई जुन काम जबरजस्ती गर्न लगाइयो त्यसबारे विचार गर्दा, यो असल थियो कि खराब? (खराब थियो।) तर ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्ने परम्परागत संस्कृतिको शिक्षाले गर्दा, मानिसहरूले यस कुराको भिन्नता छुट्याउन सक्दैनन्। झट्ट हेर्दा, त्यस केटासँग दुष्कर्म गर्ने, मानिसहरूलाई हानि गर्ने, र हत्यारा बन्नेबाहेक कुनै विकल्प नभएको देखिन्छ—जुन धेरैजसो मानिसले गर्न चाहँदैनन्। तर के उसले मालिकको दयाको ऋण तिर्ने भित्री इच्छाबाट तिनको आदेशमा यी खराब काम र हत्या गरेको हुँदैन र? विशेष गरी ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्नेजस्ता चिनियाँ परम्परागत संस्कृतिको शिक्षाले गर्दा, मानिसहरू यी विचारहरूको प्रभाव र नियन्त्रणमा नपरी बस्न सक्दैनन्। तिनीहरूले गर्ने कार्य, र तिनीहरूका कार्यपछाडि रहेका तिनीहरूका अभिप्राय र मनसायहरू पनि यी विचारहरूद्वारा अवश्य नै नियन्त्रित हुन्छन्। जब त्यस केटालाई त्यो परिस्थितिमा पारियो, उसमा पहिलो सोच के आएको थियो होला? ‘मलाई यो परिवारले बचाएको हो, र उनीहरूले मसँग राम्रो व्यवहार गरेका छन्। म अकृतज्ञ हुनु हुँदैन, उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मलाई जीवन दिने उनीहरू नै हुन्, त्यसैले मैले यो जीवन उनीहरूमै समर्पित गर्नुपर्छ। उनीहरूले मलाई जे भन्छन् मैले त्यही गर्नुपर्छ, चाहे त्यसको लागि दुष्ट काम गर्नु र मानिसहरूलाई मार्नु नै किन नपरोस्। यो सही हो कि गलत हो भनेर मैले विचार गर्नु हुँदैन, मैले चुपचाप उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मैले त्यसो गरिनँ भने के म अझै पनि मानव कहलिन लायक हुन्छु?’ फलस्वरूप, जबजब त्यो परिवारले उसलाई कसैको हत्या गर्न वा खराब काम गर्न लगाउँथ्यो, उसले नहिचकिचाई वा कुनै कसर नराखी त्यो गर्थ्यो। त्यसकारण के उसको आचरण, कार्य, र पूर्ण आज्ञापालन ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्ने सोचबाट सञ्चालित होइन र? के उसले नैतिक आचरणको त्यो मापदण्ड पालन गरिरहेको थिएन र? (हो।) यो उदाहरणबाट तिमीहरूले के बुझ्यौ? ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्ने भनाइ राम्रो हो कि होइन? (होइन, यसमा कुनै सिद्धान्त छैन।) वास्तवमा, दयाको ऋण तिर्ने व्यक्तिमा सिद्धान्त हुन्छ, ‘र त्यो हो दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ। कसैले तँलाई दया गर्छ भने, तैँले पनि दया फर्काउनुपर्छ। यदि तैँले त्यसो गर्न सकिनस् भने, तँ मानव होइनस् र तँलाई यसको दोषी ठहराइयो भने तैँले भन्न सक्ने केही हुँदैन। भनिन्छ: “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” तर यो घटनमा त, त्यो केटाले सानोतिनो दया होइन तर जीवन बचाउने दया पायो, त्यसैले उसले ज्यान दिएर नै ऋण तिर्नु स्वभाविकै थियो।” दयाको ऋण तिर्ने सीमा वा सिद्धान्तहरू केके हुन् भन्ने उसलाई थाहा थिएन। उसले आफ्नो जीवन त्यो परिवारले दिएको हो भन्ने विश्वास गर्थ्यो, त्यसैले यसको सट्टा आफ्नो जीवन तिनीहरूमा समर्पित गर्यो र तिनीहरूले जे अह्राए पनि, हत्या वा अन्य दुष्कर्म सबै गर्यो। दयाको ऋण तिर्ने यस्तो तरिकामा कुनै सिद्धान्त वा सीमा हुँदैन। उसले दुष्कर्मीहरूको मतियारको रूपमा काम गऱ्यो र यस क्रममा आफूलाई बरबाद पार्यो। के उसले यसरी दयाको ऋण तिर्नु सही थियो? अवश्यै थिएन। यो काम गर्ने मूर्ख तरिका थियो। साँचो हो, यो परिवारले उसलाई बचायो र उसलाई जिइरहन मद्दत गऱ्यो, तर आफूले दयाको ऋण तिर्दा त्यसमा सिद्धान्त, सीमा र सन्तुलन हुनैपर्छ। तिनीहरूले उसको जीवन बचाए, तर उसको जीवनको उद्देश्य खराबी गर्नु होइन। जीवनको अर्थ र मूल्य, साथै मानिसको मिसन भनेको, खराबी गर्नु र हत्या गर्नु होइन, र उसले दयाको ऋण चुक्ता गर्ने एकमात्र उद्देश्य लिएर बाँच्नु हुँदैन। त्यो केटाले गल्तीले के विश्वास गर्यो भने जीवनको अर्थ र मूल्य भनेको आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्नु नै हो। यो ठूलो गलतफहमी थियो। के यो नैतिक आचरणको ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्ने यस मापदण्डबाट प्रभावित भएको परिणाम थिएन र? (थियो।) ऊ दयाको ऋण तिर्नेसम्बन्धी यो भनाइको प्रभावमा बहकिएएको थियो वा उसले अभ्यासको सही मार्ग र सिद्धान्त फेला पारेको हो? एकदमै स्पष्ट छ, ऊ बहकिएको थियो—यो सङ्लो पानीझैँ छर्लङ्ग छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरू धेरै स्पष्ट छन्। मानिसहरू परम्परागत संस्कृतिमा रहेको “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने नैतिक मानक पालना गर्छन्, र अरूले तिनीहरूलाई दया देखाएसम्म, तिनीहरूले नहिचकिचाइ त्यो ऋण तिर्न बाध्य महसुस गर्छन्। यस तरिकाले काम गर्दा र आफूलाई आचरणमा ढाल्दा सजिलै सिद्धान्तहरू र न्यूनतम मानकहरू गुमाउने अवस्थामा पुर्याउन सक्छ। कहिलेकाहीँ, दयाको ऋण तिर्ने प्रयासमा, मानिसहरूले आफ्नै ज्यान जोखिममा पारेर अपराध वा दुष्टता समेत गर्न सक्छन्। यो साँच्चै मूर्खता हो! परमेश्वरका वचनहरूको खुलासाका आधारमा, मैले आत्मचिन्तन गरेँ। जब अगुवाले मलाई उ जुनको व्यवहारबारे लेख्न भन्नुभएको थियो, त्यतिबेला उनले निरन्तर सत्यतालाई अस्वीकार गरेका छन् र मण्डलीको काममा बाधा पुर्याएका छन् भनेर मलाई राम्रोसँग थाहा थियो। तर, उसको दयाको ऋण तिर्ने र बैगुनी तथा विवेकहीन संज्ञा पाउनबाट बच्ने प्रयासमा, मैले विलम्ब गरेँ र उनको खुलासा गरिनँ, यहाँसम्म कि मैले आफ्नै आत्म-ग्लानिको भित्री बोधलाई पनि बेवास्ता गरेँ। फलस्वरूप, मैले एक महिनाभन्दा बढी ढिलाइ गरेको थिएँ। परमेश्वरको घरले मण्डलीलाई शुद्ध पार्न अविश्वासीहरू र दुष्ट मानिसहरूलाई निकाल्छ, र ब्रदर-सिस्टरहरूका लागि राम्रो वातावरण र सुव्यवस्था सिर्जना गर्छ, ताकि उनीहरूले सामान्य मण्डली जीवन जिउन सकून्। यो परमेश्वरको अभिप्राय हो। तर मैले, मण्डलीको हित र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई बेवास्ता गर्दै, उ जुनलाई मण्डलीमै राख्न चाहेको थिएँ। मेरा गतिविधिहरू वास्तवमा एउटा अविश्वासीको ढाकछोप र बचाउ गर्ने, उसलाई मण्डलीमा बाधा र अवरोध खडा गर्न स्वतन्त्र छोड्ने प्रकृतिका थिए। मैले गरिरहेको कामले मण्डलीको सफा गर्ने काममा बाधा पुर्याइरहेको थियो। म वास्तवमा दुष्टता र परमेश्वरको प्रतिरोध गरिरहेको थिएँ! मैले आफूलाई आचरणमा ढाल्ने सिद्धान्त र न्यूनतम मानकहरू गुमाएको थिएँ। मैले जे गरिरहेको थिएँ त्यो अन्धाधुन्ध दयाको ऋण तिर्नुबाहेक अरू केही थिएन। यसको प्रकृति दयाको ऋण तिर्नका लागि कुनै भिखारीले हत्याजस्तो दुष्ट काम गर्नुको जस्तै थियो। यो साँच्चै मूर्खता थियो! त्यस क्षणमा, मैले बल्ल थाहा पाएँ कि मानिसहरूले सामान्यतया राम्रो ठान्ने नैतिक आचरणसम्बन्धी परम्परागत संस्कृतिका भनाइहरूलाई शैतानले मानिसहरूलाई भ्रमित र भ्रष्ट तुल्याउन प्रयोग गर्ने रहेछ। यो असाध्यै कपटी र दुष्ट कुरा हो!
त्यसपछि, मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने विचार किन गलत छ भनेर मनन गरेँ। अनि मैले परमेश्वरका यी वचनहरू पढेँ: “मानिसहरूले पूरा गर्न सक्ने सामाजिक जिम्मेवारी र दायित्व, मानिसहरूले नैसर्गिक प्रवृत्तिअनुसार गर्न सक्नुपर्ने र गर्नुपर्ने कार्यहरू, अनि अरूलाई उपयोगी र लाभदायी हुने सेवाका सरल कार्यहरू—यी कुराहरूलाई कसै गरी पनि दयालुपन मान्न सकिँदैन, किनभने ती सबै कुरामा मानिसहरूले मद्दतको हात मात्र बढाइरहेका हुन्छन्। खाँचो पर्ने कसैलाई उचित समय र स्थानमा मदत दिनु एकदमै सामान्य घटना हो। यो मानवजातिको हरेक सदस्यको जिम्मेवारी पनि हो। यो एक प्रकारको जिम्मेवारी र दायित्व मात्र हो। परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा नै यो नैसर्गिक प्रवृत्ति दिनुभयो। यहाँ म कस्तो नैसर्गिक प्रवृत्तिको कुरा गरिरहेको छु? म मानिसहरूको विवेक र समझको कुरा गरिरहेको छु। … त्यसै गरी, मानिसहरूले परमेश्वरको घरमा आफ्नो जिम्मेवारीहरू र कर्तव्यहरू निर्वाह गर्न सक्छन् अनि विवेक र समझ भएको जोकोहीले गर्नुपर्ने कुरा यही हो। तसर्थ, मानिसहरूलाई मदत गर्नु र उनीहरूप्रति दयालु हुनु मानवजातिले त्यति प्रयत्न लगाउनुपर्ने कुरो होइन, यो मानव नैसर्गिक क्षमताभित्र पर्छ, र यो मानिसहरूले सम्पूर्ण रूपमा पूरा गर्न सक्ने कुरा हो। यसलाई दया जत्तिको उच्च दर्जामा राख्नुपर्दैन। तथापि, धैरे मानिस अरूलाई सहयोग गर्नुलाई दयाको बराबरीमा राख्छन्, र सधैँ यसबारे कुरा गरिरहेका हुन्छन् र निरन्तर यसको ऋण तिरिरहेका हुन्छन्, अनि यसो नगर्दा आफूसँग विवेक छैन भनेर सोच्छन्। तिनीहरू आफूलाई तुच्छ ठान्छन् र घृणा गर्छन्, समाजको आम विचारको भर्त्सना भोग्नुपर्ला भनेर चिन्तासमेत गर्छन्। के यी कुराबारे चिन्ता गर्नु आवश्यक छ र? (छैन।) धेरै मानिसहरू यसलाई छर्लङ्ग देख्न सक्दैनन्, र निरन्तर यो समस्याको बन्धनमा हुन्छन्। सत्यता सिद्धान्तहरू नबुझ्नु भनेकै यही हो। उदाहरणका लागि, यदि तँ साथीसँग मरुभूमिमा गइस् र उसको पानी सकियो भने, पक्कै पनि उसलाई आफ्नो केही पानी दिनेछस्, र उसलाई तिर्खाले मर्न दिँदैनस्। तेरो एक बोतल पानीले जति पुग्नुपर्ने हो त्यो दुई जनाले पिउँदा त्यसको आधा मात्र पुग्ने भए पनि, तैँले साथीसँग पानी बाँड्नेछस्। तँ किन त्यसो गर्छस्? किनभने तँ आफ्नो साथी तिर्खाले तड्पिरहेको बेला आफू मात्रै पानी पिउन सक्दैनस्—तँ यस्तो दृश्य हेरेर बस्न सक्दैनस्। तिर्खाले व्याकुल आफ्नो साथी देख्दा तैँले सहन नसक्नुको कारण के हो? यो तेरो विवेकले तँमा पैदा गर्ने बोध हो। तैँले यस्तो जिम्मेवारी र दायित्व पूरा गर्न नचाहे पनि, तेरो विवेकले यस्तो अवस्था सिर्जना गर्नेछ कि तैँले त्यो नगरी धर पाउँदैनस्, र यसले तँलाई अशान्त बनाउनेछ। के यो सबै मानव नैसर्गिक क्षमताको परिणाम होइन र? के यो सब मानिसको विवेक र समझले तय गर्दैन र? यदि साथीले ‘त्यो अवस्थामा मलाई पानी दिएकोमा म तिमीप्रति कृतज्ञताको ऋणी छु!’ भनेर भन्यो भने, के यसो भन्नु पनि गलत हुनेछैन र? यसको दयासँग कुनै सम्बन्ध हुँदैन। यदि परिस्थिति ठिक उल्टो भयो, र त्यो साथीसँग मानवता, विवेक र समझ थियो भने, उसले तँसँग आफ्नो पानी बाँड्नेथियो। यो त आधारभूत सामाजिक जिम्मेवारी वा मानिसहरूबीचको सम्बन्ध मात्रै हो। यी सबैभन्दा आधारभूत सामाजिक सम्बन्ध वा जिम्मेवारी वा दायित्वहरू सबै मानिसको विवेक, उसको मानवता र मानव सृष्टिको समयमा परमेश्वरले मानिसलाई दिएका नैसर्गिक क्षमताको कारण उत्पन्न हुन्छन्। सामान्य परिस्थितिमा, यी कुरा आमाबुबाले सिकाउनु पर्दैन वा समाजले सिकाउनु पर्दैन, झन अरूले तँलाई यसो गर्नुपर्छ भनेर बारम्बार अर्ती दिइरहनु त पटक्कै पर्दैन। विवेक र समझको कमी भएकाहरू, सामान्य बोध क्षमताको कमी भएकाहरूलाई मात्र शिक्षाको आवश्यकता हुनेछ—जस्तै, मानसिक रूपमा अशक्त मानिसहरू वा सामान्य समझ नभएकाहरू—वा कमजोर क्षमता भएका र अज्ञानी र जिद्दी मानिसहरू यसका उदाहरण हुन्। सामान्य मानवता भएकाहरूलाई यी कुरा सिकाउनु पर्दैन—विवेक र समझ भएका मानिसहरू सबैमा यस्ता कुरा हुन्छन्। त्यसकारण, नैसर्गिक क्षमताबाट आउने अनि विवेक र समझअनुरूपको कुनै व्यवहार वा कार्यलाई अत्यधिक बढाइचढाइ गर्नु उचित होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। “यदि परमेश्वर तँलाई मुक्ति दिन चाहनुहुन्छ भने, यो पूरा गर्न उहाँले जसका सेवाहरू प्रयोग गर्नुभए पनि, तैँले पहिला परमेश्वरलाई धन्यवाद दिनुपर्छ र परमेश्वरबाट यो स्विकार्नुपर्छ। तैँले मानिसहरूप्रति मात्र कृतज्ञता जाहेर गर्नु हुँदैन, कसैमाथि कृतज्ञ बन्दै आफ्नो जीवन अर्पण गर्न मिल्ने कुरै नगरौँ। यो ठूलो गल्ती हो। महत्त्वपूर्ण कुरा भनेको तेरो हृदय परमेश्वरप्रति कृतज्ञ हुनु र तैँले यो उहाँबाट स्वीकार गर्नु हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरू मनन गर्दा, मैले महसुस गरेँ कि अरूलाई मद्दत गर्नु भनेको परमेश्वरले मानिसलाई सृष्टि गर्दा दिनुभएको एउटा नैसर्गिक गुण हो। जबसम्म कोहीसँग विवेक र समझ हुन्छ, उसले यो गर्न सक्छ। यो एउटा सामान्य सेवा हो र यसलाई दयाका रूपमा लिन मिल्दैन। उदाहरणका लागि, जब उ जुनले म कमजोर हुँदा मलाई मद्दत गरे र साथ दिए, त्यो दया थिएन, किनकि उनी त्यतिबेला मण्डली अगुवा थिए, र कमजोर ब्रदर-सिस्टरहरूलाई मद्दत र सहयोग गर्नु उनको कर्तव्य र जिम्मेवारी थियो। यसबाहेक, यदि उनी मण्डली अगुवा नभएको भए पनि, उनीसँग विवेक र समझ भएसम्म, कुनै ब्रदर वा सिस्टर नकारात्मक वा कमजोर भएको देख्दा उनले मद्दत र सङ्गति दिने नै थिए। अझ भन्नुपर्दा, मुख्यतया मभित्र परमेश्वरका वचनहरूले प्रभावकारी काम गरेका कारण मेरो स्थितिमा सुधार आएको थियो। सधैँ उ जुनको दयाबारे र उनको ऋण कसरी तिर्ने भनेर सोच्नुको सट्टा, मैले परमेश्वरको प्रेमप्रति आभारी हुनुपर्छ र परमेश्वरलाई सन्तुष्ट पार्न तथा परमेश्वरको ऋण तिर्न आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मलाई उ जुनको मूल्याङ्कन लेख्न भनिएको हुनाले, अब मैले सत्यता अभ्यास गर्नुपर्छ र इमानदार भएर साँचो कुरा लेख्नुपर्छ। मण्डलीले सिद्धान्तका आधारमा उनको मूल्याङ्कन र चित्रण गर्नेछ। अन्त्यमा उनी निकालिए पनि, यो मानिस र कामकुरालाई बढ्ता विश्लेषण गर्ने, सत्यतालाई अस्वीकार गर्ने, र मण्डलीको काममा बाधा र अवरोध पुर्याउने उनको निरन्तरको व्यवहारको परिणाम हुनेछ। यो उनीमाथि परमेश्वरको धर्मी स्वभाव आइपरेको हुनेछ। त्यसपछि, मैले पश्चात्ताप गर्दै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, उ जुनको व्यवहारबारे लेख्दा, म इमानदार भइनँ। मैले केवल झाराटारुवा तरिकाले लेखेँ, झूट बोलेँ र छल गरेँ, र सफा गर्ने काममा ढिलाइ गरेँ। मेरो व्यवहारले तपाईँमा घिन र खिन्नता उत्पन्न गरायो। हे परमेश्वर, म तपाईँतिर फर्कन र उ जुनको व्यवहारबारे साँचो कुरा लेख्न इच्छुक छु। तपाईँले मेरो हृदय छानबिन गर्नुहोस्।” त्यसपछि, मैले मूल्याङ्कन पूरा गरेँ र मण्डली अगुवालाई बुझाएँ। पछि, उ जुनलाई अविश्वासी भनेर चित्रण गरियो र मण्डलीबाट निकालियो। यो खबर सुनेर, मैले ऋणी र आत्म-ग्लानि महसुस गरेँ। मैले सत्यता अभ्यास गर्न नसक्दा कसरी सफा गर्ने काममा ढिलाइ भयो भन्ने देखेँ।
यो अनुभवमार्फत, मैले स्पष्ट रूपमा देखेँ कि “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने विचार सकारात्मक कुरा होइन, र यसलाई जतिसुकै राम्रोसँग पालन गरे पनि, यो सत्यता अभ्यास गरेको होइन, बरु सत्यतासँग नमिल्ने कुरा हो। भविष्यमा, मैले परमेश्वरका आवश्यकताअनुसार अभ्यास गर्नुपर्छ, र परमेश्वरका वचनहरूअनुसार मानिस र कामकुरालाई हेर्नुपर्छ, कार्य गर्नुपर्छ र आफूलाई आचरणमा ढाल्नुपर्छ। धन्यवाद परमेश्वर!