९४. मेरो कर्तव्य फेरबदलबाट सिकेका पाठहरू

सुन यान, चीन

सन् २०२३ को अप्रिलमा, मैले महिनौँसम्म आफ्नो लेखन-पठनको कर्तव्यमा कुनै नतिजा नल्याएकाले मेरो कर्तव्य फेरबदल गरियो। अगुवाले मेरो क्षमता कमजोर छ र म लेखन-पठनको कर्तव्यका लागि उपयुक्त छैन, त्यसैले मलाई ब्रदर-सिस्टरहरूलाई चिठी पुर्‍याउने काममा खटाउन लागेको भन्‍नुभयो। यो सुन्दा, मेरो मनमा अनेक कुरा खेल्न थाल्यो, अनि मैले सोचेँ, “यसो भनेर, अगुवाले मलाई कमजोर क्षमता भएको व्यक्तिको छाप लगाइदिनुभयो, र अब मैले फेरि लेखन-पठनको कर्तव्यजस्तो कर्तव्य निर्वाह गर्ने मौका कहिल्यै पाउनेछैनँ!” त्यसपछि ब्रदर-सिस्टरहरूलाई चिठी पुर्‍याउनुपर्ने कुरा सोच्दा, मेरो मन झन् भारी भयो। मलाई यो त केवल तल्लो स्तरको काम हो, र यसको कुनै महत्त्व छैन भन्ने लाग्यो। मैले मनमनै सोचेँ, “पढे-लेखेका र वैचारिक गहिराइ भएका मानिसहरूले मात्र लेखन-पठनको कर्तव्य निर्वाह गर्न सक्छन्, अनि यो कर्तव्यमा जीवन प्रवेश पनि समावेश हुन्छ र सत्यताको राम्रो बुझाइ आवश्यक पर्छ। यो तुलनात्मक रूपमा मर्यादित कर्तव्य हो। अहिले मलाई सामान्य मामिलाको कर्तव्यमा सारिएको छ, अब मेरो वरपरका ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? पक्कै पनि, तिनीहरूको हृदयमा मेरो महत्त्व पहिलाको जस्तो हुनेछैन। मेरो क्षमता कमजोर छ, त्यसैले म अगुवा वा कामदारको कर्तव्य निर्वाह गर्न सक्दिनँ, अनि म बोल्नमा पनि सिपालु छैनँ, त्यसैले म सुसमाचारको काम वा नयाँ सदस्यहरूलाई मलजल गर्न पनि उपयुक्त छैनँ। त्यसैले अबदेखि, म सामान्य मामिलाको कर्तव्यमै अड्किनेछु जस्तो देखिन्छ।” यी सोचहरूले मेरो मुटुमा घोचेजस्तो भयो। मलाई मेरो हैसियत खस्किएको र मेरो मूल्य घटेको महसुस भयो, मानौँ म सम्मानित व्यक्तिबाट सडकको मामुली मान्छे बनेकी थिएँ। मैले यो स्वीकार गर्न सकिनँ, र म साँच्चै नकारात्मक र खिन्न भएँ। अगुवाले मलाई मेरो विचार सोध्नुभयो, र म खासमा यो कर्तव्य निर्वाह गर्न चाहन्नँ भनेर भन्न चाहन्थेँ, तर त्यसो भन्दा ममा समझ नभएको देखिन्छ भन्ने मलाई लाग्यो। आखिर, के त्यो मेरो कर्तव्य अस्वीकार गर्नु र परमेश्‍वरलाई धोका दिनु हुनेथिएन र? अन्त्यमा, मैले आफ्नो विचार व्यक्त गरिनँ। त्यो रात, मेरो मन शान्त हुनै सकेन, र मेरो कमजोर क्षमताको कारण म लेखन-पठनको कर्तव्यका लागि उपयुक्त छैनँ भनी अगुवाले भन्नुभएका कुराहरू म सम्झिरहेँ। मेरो स्थिति राम्रो छैन भन्ने मैले महसुस गरेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, मेरो स्थिति बदल्न मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनी बिन्ती गरेँ।

त्यसपछि मैले कर्तव्य फेरबदलसम्बन्धी परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “जब एउटा यस्तो अवस्था आइपर्छ जसमा कुनै व्यक्ति आफ्नो उचित स्थान ग्रहण गर्न र उसले गर्नुपर्ने कुरा पूरा गर्न असफल हुन्छ—अर्थात्, जब ऊ आफ्नो कर्तव्य पूरा गर्न असफल हुन्छ—तब उसको हृदयमा एउटा गाँठो पर्छ। यो एक सबैभन्दा व्यावहारिक समस्या हो, र यसलाई समाधान गर्नैपर्छ। त्यसोभए यो कसरी समाधान गरिनुपर्छ? व्यक्तिमा कस्तो किसिमको मनोवृत्ति हुनुपर्छ? सबैभन्दा पहिले, तिनीहरूसँग आफूलाई बदल्ने चाहना हुनुपर्छ। अनि यदि तिनीहरूसँग यस्तो चाहना छ भने, तिनीहरूले कसरी अभ्यास गर्नुपर्छ? उदाहरणका लागि, मानौँ कोही एकदुई वर्ष अगुवा बनेको छ र, उसको कमजोर क्षमताको कारणले, ऊ उक्त कामका लागि योग्य छैन, उसले कुनै पनि कुरा छर्लङ्गै देख्न सक्दैन, उसलाई सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न आउँदैन, र ऊ वास्तविक काम गर्न असक्षम छ, जसले गर्दा ऊ बर्खास्त हुन्छ। यदि, बर्खास्त भएपछि, ऊ समर्पित हुन सक्छ, र उसले निरन्तर आफ्नो कर्तव्य निर्वाह गरिरहन सक्छ र बदलिने चाहना राख्छ भने, उसले के गर्नुपर्छ? सबैभन्दा पहिले, ऊसँग यो बुझाइ हुनुपर्छ: ‘परमेश्‍वरले जे गर्नुभयो त्यो सही थियो। मेरो क्षमता अति नै कमजोर छ। यति लामो समयसम्म मैले कुनै वास्तविक काम गरेको छैन, जसले गर्दा मण्डलीको काम र दाजुभाइ दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ भएको छ। परमेश्‍वरको घरले मलाई निष्कासित गरेन, त्यो नै राम्रो कुरा हो। म त यति निर्लज्ज रहेछु, मैले यति लामो समयसम्म यो पदमा आफूलाई टिकाइराखेँ, र अझै पनि मैले ठूलो काम गरिरहेको छु भनेर सोचिरहेँ। म कति समझविहीन छु!’ यदि उसले आफूलाई घृणा गर्न सक्छ र हृदयमा पछुतो महसुस गर्छ भने, के त्यो बदलिने चाहना भएको प्रकटीकरण होइन र? यसो भन्न सक्नुको अर्थ उसमा चाहना छ भन्‍ने हो। मानौँ उसले हृदयमा यसो भन्छ: ‘यति लामो समयसम्म अगुवाको पदमा रहेर मैले हैसियतका फाइदाहरू पछ्याउनुबाहेक केही गरिनँ; म केवल धर्मसिद्धान्तहरू प्रचार गरिरहेको थिएँ र आफूलाई धर्मसिद्धान्तहरूले सुसज्जित गरिरहेको थिएँ, जीवन प्रवेश पछ्याइरहेको थिइनँ। अब जब मलाई बर्खास्त गरियो, तब मात्रै मैले देखेँ कि म धेरै पछि परेको छु र ममा धेरै कमी छ। परमेश्‍वरले ठिक गर्नुभयो, र मैले समर्पित हुनैपर्छ। पहिले, मसँग हैसियत हुँदा, दाजुभाइ-दिदीबहिनीहरूले मप्रति धेरै राम्रो व्यवहार गर्थे; म जहाँ गए पनि तिनीहरू मेरो वरिपरि झुम्मिन्थे। अहिले कसैले मेरो वास्ता गर्दैन, र मलाई सबैले अस्वीकार गर्छन्; म यसको योग्य छु, यो मैले पाउनुपर्ने प्रतिफल हो। त्यसमाथि, परमेश्वरसामु एक सृजित प्राणीको कुनै हैसियत कसरी हुन सक्छ? कसैको हैसियत जतिसुकै उच्च भए पनि, त्यो न त उसको परिणाम हो न त उसको गन्तव्य हो। मलाई मेरो आज्ञा दिँदा, परमेश्‍वरले मैले आफ्नो धाक जमाऊँ वा आफ्नो हैसियतमा रमाऊँ भन्‍ने अभिप्राय राख्नुहुन्न, बरु मैले आफ्नो कर्तव्य निर्वाह गरूँ भन्‍ने अभिप्राय राख्नुहुन्छ। मैले आफ्नो सामर्थ्यले भ्याएजति गर्नुपर्छ। ममा परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको घरका प्रबन्धहरूप्रति समर्पणको मनोवृत्ति हुनुपर्छ। समर्पित हुन गाह्रो भए पनि, मैले त्यसो गर्नैपर्छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो ठिक हो, र मानौँ मसँग हजारौँ वा दशौँ हजार कारणहरू भए पनि, तीमध्ये कुनै पनि सत्यता हुनेछैन। परमेश्‍वरप्रति समर्पित हुनु नै सत्यता हो!’ बदलिनुका प्रकटीकरणहरू ठ्याक्कै यिनै हुन्। यदि कुनै व्यक्तिसँग यी कुराहरू छन् भने, परमेश्‍वरले त्यो व्यक्तिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ। परमेश्‍वरले यो विवेक र समझ भएको व्यक्ति हो भन्नुहुनेछ। के यो मूल्याङ्कन उच्च हो? यो धेरै उच्च होइन—ऊसँग विवेक र समझ भएको मात्र हो; उसले अझै पनि परमेश्‍वरद्वारा सिद्ध पारिने मानक पूरा गरेको छैन। तर यस प्रकारको व्यक्तिको हकमा, यो पहिले नै मूल्यवान् ठानिनुपर्ने कुरा हो—समर्पित हुन सक्नु दुर्लभ र बहुमूल्य कुरा हो। त्यसपछि, व्यक्तिले कसरी पछ्याउँछ ताकि परमेश्‍वरले ऊप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहुन्छ भन्‍ने कुरा उसले रोज्ने बाटोमा निर्भर हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले मेरो कर्तव्य फेरबदलको विषयमा ममा पश्‍चात्तापको मनोवृत्ति हुनुपर्छ भन्ने महसुस गरेँ। जुनसुकै कारण भए पनि वा मैले बुझ्न नसकेका कुराहरू भए पनि, मैले आफूलाई पन्छाएर, पहिले स्विकार्नु र समर्पित हुनुपर्थ्यो, आफ्ना समस्याहरू स्विकार्नुपर्थ्यो, अनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगरेकोमा पछुतो र ग्लानि महसुस गर्नुपर्थ्यो। मैले मेरो लेखन-पठनको कर्तव्यमा कुनै नतिजा हासिल गरेकी थिइनँ र काममा लामो समय ढिलाइ गरेकी थिएँ, त्यसैले मैले यो आवश्यक फेरबदल स्विकार्नुपर्छ। मण्डलीले मेरा लागि जे बन्दोबस्त गरे पनि वा मलाई जस्तो व्यवहार गरे पनि, मेरा आफ्नै छनौटहरू हुनु हुँदैन, र मैले स्विकार्नु र पालन गर्नुपर्छ। समझदार हुनुको अर्थ यही हो। तर मैले कर्तव्यमा असफल भएको र मण्डलीको काममा ढिलाइ गरेकोमा पछुतो वा ग्लानि महसुस गर्नु त कता हो कता, उल्टै आफ्नो प्रतिष्ठा र हैसियत गुमाएको ठानेर म दिक्दार र प्रतिरोधी भावनाहरूमा डुबिरहेकी थिएँ। ममा साँच्चै समझको कमी थियो! यी कुराहरू बुझिसकेपछि, मैले आफ्नो मानसिकता केही हदसम्म समायोजन गर्न सकेकी भए पनि, कहिलेकाहीँ ब्रदर-सिस्टरहरूले मलाई कसरी हेर्लान् भनेर म अझै चिन्तित हुन्थेँ, र जब म यी कुराहरू सम्झन्थेँ, मलाई निकै नरमाइलो लाग्थ्यो। मेरो हृदयमा अझै पनि आशाको झिनो किरण थियो, र म सोच्थेँ, “सायद अगुवाले मलाई फेरि लेखन-पठनको कर्तव्य निर्वाह गर्ने अर्को मौका दिनुहुन्छ कि? त्यसो भयो भने, मैले आफ्नो अभिमान फिर्ता पाउन सक्नेथेँ,” तर फेरि मैले सोचेँ, “मेरो कर्तव्यको नतिजा सबैको सामु छर्लङ्ग छ। यदि मलाई फेरि लेखन-पठनको कर्तव्य निर्वाह गर्न दिइयो भने, के म मण्डलीको काममा ढिलाइ गरिरहने छैनँ र?” मेरो स्थिति साँच्चै बद्लिएको छैन भन्ने महसुस गरेर, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो कर्तव्य फेरबदल हुनु मेरा लागि सही हो भन्ने मलाई थाहा छ, तर मलाई अझै पनि निकै नराम्रो लागिरहेको छ। मलाई सामान्य मामिलाको कर्तव्य निर्वाह गर्नु भनेको अरूभन्दा कम हुनु हो भन्ने लागिरहन्छ, र म अझै पनि अरूले मलाई के भन्लान् भनेर धेरै वास्ता गर्छु। हे परमेश्‍वर, म समर्पित हुनै सक्दिनँ, र अझै पनि आफ्नो प्रतिष्ठा र हैसियतमा केन्द्रित छु। यो मेरो भ्रष्ट स्वभाव हो, तर म यसलाई समाधान गर्नका लागि सत्यताको खोजी गर्न तयार छु। कृपया मलाई मेरो गलत स्थिति बदल्न मार्गदर्शन गर्नुहोस्।”

प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ र पढ्नका लागि त्यो भेटाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको पर्याप्त प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले ख्याति र हैसियतको पछ्याइलाई छोड्न सक्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि तिनीहरूले ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो ख्याति र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथि विश्‍वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि ख्याति र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—ख्याति र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरले खुलासा गर्नुहुन्छ—ख्रीष्टविरोधीले जेसुकै काम गर्दा पनि सधैँ पहिले आफ्नो प्रतिष्ठा र हैसियतबारे विचार गर्छ र प्रतिष्ठा र हैसियतले उसको हृदयमा प्रभुत्व जमाउँछ। परिस्थिति जेसुकै भए पनि वा उसले जे गरिरहेको भए पनि, प्रतिष्ठा र हैसियत पछ्याउने उसको लक्ष्य परिवर्तन हुँदैन। किनभने यो उसको हड्डीमा र उसको जीवनमा गढेको हुन्छ। यो उसको प्रकृति सार हो। म ठ्याक्कै ख्रीष्टविरोधीले जस्तै व्यवहार गरिरहेकी थिएँ। मेरो क्षमता लेखन-पठनको कर्तव्यका लागि अपर्याप्त छ भनी अगुवाले भन्नुहुँदा र मलाई सामान्य मामिलाको कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाउनुहुँदा, मैले आफ्ना समस्याहरूलाई सही ढङ्गले लिन र समझदार भएर समर्पित हुन सकिनँ। बरु, मैले एक्कासि मेरो मूल्य घटेको महसुस गरेँ। अरूले मलाई कसरी हेर्लान् भन्नेबारे म सोचिरहेँ, र ब्रदर-सिस्टरहरूको हृदयमा मेरो स्थान खस्किनेछ भनी म भयभीत भएँ, अनि तिनीहरूले मलाई एक नगण्य सामान्य मामिलाको कामदारका रूपमा मात्र हेर्नेछन् भनेर म डराएँ। मेरो क्षमता कमजोर थियो र म लेखन-पठनको कर्तव्यमा राम्रो थिइनँ, त्यसैले अगुवाले मलाई फरक कर्तव्यमा सार्नुभयो, जुन मण्डलीको कामलाई ध्यानमा राखेर गरिएको थियो, र यो पूर्णतया उचित थियो। विवेकी व्यक्तिले यस कुरालाई स्वीकार गर्नेथियो र सही रूपमा लिनेथियो, तर मैले प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिएँ। सामान्य मामिलाको कर्तव्य निर्वाह गर्दा अरूले मलाई हेप्नेछन् भनेर म निरन्तर चिन्तित भएँ, त्यसैले म समर्पित हुनै सकिनँ, यहाँसम्म कि मेरो प्रतिष्ठा र हैसियतको चाहना पूरा भइरहेको छैन भन्ने महसुस भएपछि, मैले आफ्ना कर्तव्यहरूमा कुनै अर्थ देखिनँ। ममा आफ्नो कर्तव्य अस्वीकार गर्ने र परमेश्‍वरलाई धोका दिने सोचसमेत आयो। म “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” र “बाँच्दा मानिसहरूमाझ वीर भएर बाँच, र मर्दा भूतहरूमाझ पनि नायक होइन्छ” जस्ता शैतानी दर्शनहरूअनुसार जिएँ। म जीवनमा मानिसले अरूलाई उछिन्नुपर्छ र अरूलाई आफ्नो प्रशंसा गर्न लगाउनुपर्छ, अनि तब मात्र जीवनमा महिमा र मूल्य हुन्छ भन्ने ठान्थेँ। परमेश्‍वरलाई पाएदेखि नै, मैले सधैँ मण्डलीमा उच्च पदको, अनि मेरा ब्रदर-सिस्टरहरूद्वारा उच्च सम्मानित हुने चाहना राखेँ। मेरा कर्तव्यहरूमा, मैले प्रायः प्रतिष्ठा र हैसियतको पछि लाग्ने भ्रष्ट स्वभाव प्रकट गरेँ, र यसबारेमा मैले परमेश्‍वरका धेरै वचन पढेकी भए पनि, म अझै हठी भई प्रतिष्ठा र हैसियतको पछि लागिरहेकी थिएँ। यी शैतानी विषहरू ममा कति गहिरो गरी गाडेका थिए! यदि म परिवर्तन नभई प्रतिष्ठा र हैसियतको पछि लागिरहेँ भने, म दिक्दारीको यस स्थितिमा रहिरहनेथिएँ, र अन्तमा, प्रतिष्ठा र हैसियतका मेरा चाहनाहरू पूरा नभइरहेको कारण म निस्सन्देह परमेश्‍वरलाई छोड्नेथिएँ। मैले आफैविरुद्ध विद्रोह गर्नुपर्थ्यो र प्रतिष्ठा र हैसियतको पछि लाग्न छाड्नुपर्थ्यो।

एकदिन, अगुवाले मलाई ब्रदर-सिस्टरहरूलाई केही चिठीहरू पुर्‍याउन भन्नुभयो। मेरो मनमा फेरि यस्तो विचार आयो, “यो कर्तव्य त केवल दौडधूप गर्ने काम हो।” दमित भावनाहरू बाहिर निकाल्न म लामो सास नफेरी बस्नै सकिनँ। मेरो गलत स्थिति बुझेर, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, म आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्न र घमण्ड वा हैसियतमा ध्यान नदिन इच्छुक भएँ। यसरी सोच्दा अन्ततः मलाई अलिकति शान्ति मिल्यो। मैले पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार कुरा चल्छ। त्यसोभए, कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? बृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ। खास रूपमा भन्दा, मानवजातिबीच परमेश्‍वरको व्यवस्थापनको कार्य गरिने क्रममा, विविध प्रकारका काम उत्पन्न हुन्छन्, र ती सबैका लागि मानिसहरूले आफ्नो भागको काम गर्नु र त्यो पूरा गर्नु आवश्यक हुन्छ। यसरी, मानिसहरूका जिम्‍मेवारी र मिसनहरू उत्पन्न हुन्छन्, अनि यी जिम्‍मेवारी र मिसनहरू नै परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्ने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूले आफ्नो भाग पूरा गर्न आवश्यक हुने विभिन्‍न कार्यहरू नै तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्‍ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको माग हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार फैलावटमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “त्यसैले, यस कर्तव्यलाई तेरो सांसारिक मिसनसित तुलना गर्दा, कुन चाहिँ बढी महत्त्वपूर्ण छ त? (मेरो कर्तव्य।) त्यस्तो किन भएको हो? परमेश्‍वरले तँबाट कर्तव्य निर्वाह नै माग गर्नुहुन्छ, यो उहाँले तँलाई सुम्पनुभएको जिम्मेवारी हो—यो पनि एउटा कारण हो। अर्को मुख्य कारण भनेको के हो भने, जब तैँले परमेश्‍वरको घरमा कर्तव्य सम्हाल्छस् र परमेश्‍वरको आज्ञा स्विकार्छस्, तब तँ परमेश्‍वरको व्यवस्थापनको कार्यमा सान्दर्भिक हुन्छस्। परमेश्‍वरको घरमा, जब तँलाई केही गर्नका लागि प्रबन्ध गरिन्छ, चाहे त्यो कठिन वा थकाइलाग्दो काम होस्, वा तँलाई त्यो गर्न मन परोस् वा नपरोस्, त्यो तेरै कर्तव्य हो। यदि तँ यसलाई परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा र जिम्मेवारीका रूपमा लिन सक्छस्, र त्यो कुरा आफ्नो सम्पूर्ण हृदय र शक्तिले पूरा गर्न सक्छस् भने, तैँले गर्ने काम—तैँले निर्वाह गर्ने कर्तव्य—मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामसँग सान्दर्भिक छ भनेर भन्न सकिन्छ। यदि तँ परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा इमानदारीपूर्वक र निष्कपटतासाथ स्वीकार गर्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? उहाँले तँलाई उहाँको परिवारको सदस्यका रूपमा हेर्नुहुनेछ। त्यो आशिष्‌ हो कि श्राप हो? (आशिष्‌।) यो एउटा ठूलो आशिष्‌ हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने एउटै काम वा कार्यको प्रकृति गैरविश्‍वासीहरूको संसारमा र परमेश्‍वरको घरमा फरक हुन्छ। परमेश्‍वरको घरमा हरेक कर्तव्य मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाबाट र मण्डलीको कामको आवश्यकताबाट उत्पन्न हुन्छ, र त्यहाँ दर्जामा कुनै भिन्नता हुँदैन, न त राम्रो वा नराम्रो, उच्च वा नीच भन्ने सम्बन्धमा नै कुनै फरक हुन्छ। कुनै काम जतिसुकै नगण्य देखिए पनि, यो अझै पनि मानिसले निर्वाह गर्नुपर्ने कर्तव्य हो। तर मैले कर्तव्यहरूलाई विभिन्न दर्जामा विभाजन गरेँ र मानिसहरूको हैसियत र पद वर्गीकरण गर्न कर्तव्यहरू प्रयोग गरेँ। म सोच्थेँ, अगुवा वा कामदार हुनु, वा लेखन-पठनको कर्तव्य निर्वाह गर्नु भनेको जीवन प्रवेशसँग सम्बन्धित बौद्धिक कार्य हुन्, र यी कर्तव्यहरू गर्नु मर्यादित, महिमित, उच्च-वर्गीय कुरा हो, र यसले व्यक्तिलाई महत्त्व दिन्छ। अर्कोतर्फ, मैले सामान्य मामिलाको कर्तव्यहरूलाई मण्डलीको किनाराको कामका रूपमा हेरेँ, यी कर्तव्यहरूमा शारीरिक श्रम मात्र समावेश हुन्छ र यसको महत्त्व कम हुन्छ, र यी काम गर्नेहरू कमसल हुन्छन्, र अन्य कर्तव्य निर्वाह गर्नेहरूभन्दा तल्लो स्तरमा रहन्छन् भन्ने ठानेँ। यसरी मूल्याङ्कन गर्नु सत्यताअनुरूप थिएन। परमेश्‍वरको घरमा, सबैले सुसमाचारको कामको विस्तारमा आफ्नो प्रयास लगाउन आफ्ना कर्तव्यहरू गर्छन्। मेसिनका पुर्जाहरूजस्तै, प्रत्येक भागले आ-आफ्नो भूमिका खेल्छ र यो समग्रताका लागि अपरिहार्य हुन्छ। मैले निर्वाह गरिरहेको सामान्य मामिलाको कर्तव्य पनि मण्डलीको कामका लागि आवश्यक थियो। ब्रदर-सिस्टरहरूलाई चिठी र परमेश्‍वरका वचनका पुस्तकहरू पुर्‍याउने जस्ता कामहरू केवल सामान्य मामिलाका कामहरू जस्तो देखिएला, तर तिनीहरू मण्डलीको कामसँग जोडिएका हुनाले, यी कर्तव्यहरू कुनै एक व्यक्तिका लागि गरिने काम होइनन्, बरु परमेश्‍वरको सामु पूरा गरिने जिम्मेवारी हुन्। यसबाहेक, मेरो कर्तव्य फेरबदल मार्फत, प्रतिष्ठा र हैसियत पछ्याउने मेरो गलत मार्ग, साथै कर्तव्यहरूप्रति मेरा भ्रामक दृष्टिकोणहरू प्रकट भए। यो मेरा लागि परमेश्‍वरको मुक्ति थियो!

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र कर्तव्यहरूको फेरबदललाई कसरी सही रूपमा लिने भनेर सिकेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले सबैलाई निष्पक्ष र समान रूपमा व्यवहार गर्नुहुन्छ; तैँले केही पनि गर्न नसक्ने भएकाले, तँलाई सुसमाचार प्रचार गर्न भनिन्छ—यो तैँले अरू कुनै कर्तव्य लिन नसक्ने परिस्थितिमा तँलाई तेरो अन्तिम सम्भावित कार्य गर्न सक्षम बनाउनका लागि गरिन्छ। यसमार्फत, तँलाई एउटा अवसर र आशाको किरण दिइएको हो; तँलाई आफ्नो कर्तव्य पूरा गर्ने अधिकारबाट वञ्चित गरिएको होइन। परमेश्‍वरसित अझै पनि तेरा लागि एउटा आज्ञा छ र उहाँ तँविरुद्ध पक्षपाती हुनुहुन्‍न। त्यसकारण, सुसमाचार समूहहरूमा खटाइनेहरूलाई भुलिएको पछिल्लो पङ्क्तिमा पठाइएको होइन, न त तिनीहरूलाई त्यागिएको नै हो, बरु तिनीहरूले फरक ठाउँमा आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्। … तँलाई चाहे जहाँ राखिए पनि, तँ जुनसुकै समय वा स्थानमा भए पनि, तँ जस्तोसुकै मानिसहरूको सम्पर्कमा आए पनि र तैँले चाहे जे-जस्तो कर्तव्य पूरा गरे पनि, त्यसले फरक पार्दैन। परमेश्‍वरले सधैँ तँलाई हेर्नुहुनेछ र तेरो हृदयको गहनतम भागको छानबिन गर्नुहुनेछ। यस्तो नसोच् कि तँ एउटा सुसमाचार समूहको सदस्य भएकाले परमेश्‍वरले तँलाई ध्यान दिनुहुन्‍न वा परमेश्‍वरले तँलाई देख्न सक्नुहुन्‍न, र त्यसकारण तैँले जे मन लाग्यो त्यही गर्न सक्छस्। अनि यदि तँलाई कुनै सुसमाचार समूहमा खटाइयो भने, तँसँग उप्रान्त मुक्ति प्राप्त गर्ने कुनै आशा हुनेछैन भनेर सोच्ने, त्यसपछि त्यसलाई नकारात्मक रूपमा हेर्ने नगर्। यी सोच्ने दुवै शैलीहरू गलत छन्। तँलाई चाहे जहाँ राखिए पनि वा तँलाई चाहे जे कर्तव्य पूरा गर्न प्रबन्ध गरिए पनि, तैँले त्यही नै गर्नुपर्छ, र तैँले त्यो काम लगनका साथ र जिम्मेवारीपूर्वक गर्नुपर्छ। परमेश्‍वरले तँबाट गर्नुहुने मागहरू परिवर्तन हुँदैनन्, र त्यसैले परमेश्‍वरका प्रबन्धहरूप्रति तेरो समर्पणता पनि परिवर्तन हुनु हुँदैन। सुसमाचारसम्बन्धी कामदारहरूको अवस्था अन्य कर्तव्यहरू पूरा गर्नेहरू सरह हुन्छ; कुनै व्यक्तिको मूल्य उसले गर्ने कर्तव्यद्वारा नभई, बरु उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र ऊसँग सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुराद्वारा मापन गरिन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९))। परमेश्‍वरका वचनहरूको यो खण्ड पढिसकेपछि, कर्तव्यहरूको फेरबदलसम्बन्धी मेरा भ्रामक दृष्टिकोणहरू सच्चिए। सुरुमा, मलाई सधैँ यस्तो लाग्थ्यो मैले सामान्य मामिलाको कर्तव्य निर्वाह गर्नु भनेको म सम्मानित व्यक्तिबाट सडकको मामुली मान्छे बन्नु हो। मलाई त एउटा कुनामा बिर्सिनका लागि फालिएको, र सधैँभरि कसैको नजरमा नपर्ने बनाइएको जस्तो समेत महसुस भयो। तर परमेश्‍वरका वचनहरूको प्रकाशमा, मैले यो बुझाइ भ्रामक थियो भनेर महसुस गरेँ। मेरो कमजोर क्षमताको कारण, म लेखन-पठनको कर्तव्यका लागि अनुपयुक्त थिएँ। मण्डलीले मेरो क्षमताअनुसार मलाई सामान्य मामिलाको कर्तव्य निर्वाह गर्ने बन्दोबस्त मिलाएको थियो। यसमा, मलाई मेरो क्षमताले भ्याएसम्म कर्तव्य निर्वाह गर्ने, र आफ्नो भूमिका निर्वाह गर्ने मौका दिइएको थियो। यो महसुस गरेर, मलाई साँच्चै ग्लानि भयो। मसँग कुनै विशेष सीप थिएन र म अन्य कर्तव्यहरू गर्न सक्दिनथेँ, तैपनि परमेश्‍वरको घरले अझै पनि मेरा लागि अधिकतम हदसम्म कर्तव्यको बन्दोबस्त गरिदिएको थियो, र मलाई मुक्तिको मौका दिएको थियो। तर मैले यसलाई कसरी हेरेकी थिएँ? मैले कर्तव्यहरूको यो फेरबदललाई मलाई होच्याइएको र पाखा लगाइएका रूपमा हेरेकी थिएँ। मेरो बुझाइ एकदमै बेतुके थियो, र मेरा लागि के सही हो मलाई थाहा थिएन! मैले यसबारे जति सोचेँ, मलाई उति नै परमेश्‍वरप्रति ऋणी महसुस भयो। मैले सामान्य मामिलाको कामको माग र सिद्धान्तअनुसार राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र यसलाई परमेश्‍वरको आज्ञाका रूपमा लिनुपर्छ, अनि परमेश्‍वरको श्रमसाध्य अभिप्रायलाई विफल हुन नदिन मैले यो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ भन्ने सोचेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। तिमीहरूमध्ये प्रत्येकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, अनि तिमीहरूमध्ये प्रत्येकले आफ्नो स्थानमा रहँदै आफूले सक्दो गर्नुपर्छ—प्रत्येक झिल्काका लागि प्रकाशको एउटा चमक हुनुपर्छ—र तिमीहरूले जीवनमा परिपक्वता खोज्नुपर्छ। यसो गरेमा म सन्तुष्ट हुनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २१)। म जे गर्न सक्छु त्यो मैले गर्नुपर्थ्यो र मसँग जे छ त्यसको पूर्ण सदुपयोग गर्नुपर्थ्यो। मैले आफ्नो प्रतिष्ठा वा हैसियतको वास्ता नगरी आफ्नो स्थानमा उभिनुपर्थ्यो र सक्दो प्रयास गर्नुपर्थ्यो। आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले सत्यता र जीवन प्रवेशलाई पछ्याउनुपर्थ्यो र आफ्नो क्षमताले भ्याएसम्म परमेश्‍वरको अभिप्राय र मागहरू पूरा गर्न प्रयत्न गर्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र मेरो हृदयमा अझै अन्तर्दृष्टि मिल्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि परमेश्‍वरले कसैलाई पीडा र गरिबी भोग्न लगाउनुभयो भने, के यसको मतलब ऊसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने हो? यदि ऊ कम मूल्यको र कम सामाजिक पदको हो भने, के परमेश्‍वरले उसलाई मुक्ति दिनुहुनेछैन र? यदि समाजमा उसको हैसियत कम छ भने, के ऊ परमेश्‍वरका नजरमा पनि कम हैसियतको हुन्छ त? त्यस्तो हुन्छ भन्‍ने जरुरी छैन। त्यो केमा निर्भर गर्छ त? त्यो कुरा यो व्यक्ति हिँड्ने मार्ग, उसको पछ्याइ, अनि सत्यता र परमेश्‍वरप्रतिको उसको मनोवृत्तिमा निर्भर गर्छ। यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार निकै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्‍वरका नजरमा उसको मूल्य उच्च हुन्छ कि न्यून, के त्यो कुलीन हुन्छ कि नीच? ऊ मूल्यवान् हुन्छ। त्यसलाई यस दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिको मूल्य—उच्च वा न्यून, कुलीन वा नीच—केमा निर्भर हुन्छ? यो कुरा परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्‍वर तँलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा हेर्नुहुन्छ भने, तेरो मूल्य छ र तँ मूल्यवान् होस्—तँ मूल्यवान्‌ पात्र होस्। यदि परमेश्‍वरले तँ सत्यता पछ्याउँदैनस् र निष्कपट रूपमा उहाँप्रति आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान्‌ होइनस्—तँ नीच पात्र होस्। तँ चाहे जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत चाहे जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, उच्च पारे पनि, र पुजे पनि, तँ काम नलाग्ने वस्तु नै होस्। … अब त्यसलाई हेर्दा, कसैको मूल्य कुलीन हो कि नीच हो भनेर परिभाषित गर्ने आधार के हो? (त्यो परमेश्‍वर, सत्यता र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति हो।) त्यो सही हो। सर्वप्रथम, परमेश्‍वरको मनोवृत्ति के हो भनेर बुझ्नैपर्छ। परमेश्‍वरको मनोवृत्ति अनि परमेश्‍वरले मानिसहरूको फैसला गर्ने सिद्धान्त र मानकहरू बुझ्नुपर्छ, अनि त्यसपछि परमेश्‍वरले मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्त र मानकका आधारमा तिनीहरूलाई मापन गर्नुपर्छ—यो मात्र सबैभन्दा सही, उचित र निष्पक्ष हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्‍वरले व्यक्तिको बाहिरी सामाजिक हैसियत वा उसले निर्वाह गर्ने कर्तव्यका आधारमा उसको मूल्य मापन गर्नुहुन्न, बरु सत्यता र परमेश्‍वरप्रतिको उसको मनोवृत्तिका आधारमा मापन गर्नुहुन्छ। जसले सत्यतालाई प्रेम गर्छन् र पछ्याउँछन्, चाहे तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरून् वा अरूले तिनीहरूको प्रशंसा गरून् वा नगरून्, तिनीहरू परमेश्‍वरको नजरमा बहुमूल्य हुन्छन्। तर सत्यता नपछ्याउनेहरूका हकमा, तिनीहरूको कर्तव्यले तिनीहरूलाई महिमित र प्रख्यात बनाए पनि, र धेरैले तिनीहरूको प्रशंसा गरे पनि, तिनीहरू अझै पनि परमेश्‍वरको नजरमा तुच्छ र व्यर्थका हुनेछन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई बेवास्ता मात्र होइन, घृणा र तिरस्कार पनि गर्नुहुन्छ। यी कुराहरू बुझिसकेपछि, मेरो हृदय उज्ज्वल र शान्त भयो। ममा केवल एउटै विचार थियो, “मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, म केवल सत्यता पछ्याउनमा ध्यान दिनेछु।” यस क्षणमा, म सामान्य मामिलाको कामलाई मेरो कर्तव्यका रूपमा साँचो अर्थमा स्वीकार गर्न सक्षम भएँ, र मैले यो कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने भनेर सक्रिय रूपमा सोच्न थालेँ। जब अगुवाले मलाई फेरि ब्रदर-सिस्टरहरूलाई चिठी र परमेश्‍वरका वचनका पुस्तकहरू पुर्‍याउने काम सुम्पनुभयो, तब मलाई कुनै प्रतिरोध महसुस भएन। बरु, मैले यसलाई मेरो कर्तव्य र मैले गर्नुपर्ने कामका रूपमा हेरेँ, र मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने सङ्कल्प गरेँ। मेरो स्थिति बदलिएपछि, मेरो हृदय स्थिर हुन सक्यो, र मैले मनमा शान्ति लिएर आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ। मलाई यो बुझाइ र रूपान्तरण प्राप्त गर्न मदत गर्ने परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनप्रति म साँच्चै आभारी छु!

अघिल्लो: ९३. आशिष्‌ पाउने मेरो अभिप्राय कसरी हरायो

अर्को: ९५. के कसैको दयाको ऋण तिर्नु आत्म-आचरणको सिद्धान्त हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्