९३. आशिष्‌ पाउने मेरो अभिप्राय कसरी हरायो

यी शान, चीन

सन् २००३ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। म निकै उत्साहित थिएँ, किनभने हामीले लामो समयदेखि प्रतीक्षा गरेका प्रभु येशू आखिरमा फर्कनुभएको थियो। त्यसपछि, परमेश्‍वर देखा पर्नुहुने कुराको तृष्णा गर्ने अझ धेरै मानिसहरूलाई यो ठूलो खबर बाँड्ने चाहना राख्दै म सक्रिय रूपमा सुसमाचार प्रचार गर्न गएँ। धर्मका मानिसहरूले जतिसुकै अवरोध गरे पनि, कुटपिट गरे वा सरापे पनि, वा ठूलो रातो अजिङ्गरले मलाई सताउने र पक्रने जस्तोसुकै प्रयास गरे पनि, मैले निरन्तर सुसमाचार प्रचार गरिरहेँ। केही समयपछि, मलाई धेरै वर्षदेखि भएको स्तनको ट्युमर शल्यक्रियाविना नै चमत्कारिक रूपमा निको भयो, हाम्रो पारिवारिक व्यवसायको आम्दानी तीन गुणा भयो र त्यसपछि, मैले मेरा कर्तव्यहरूमा अझ बढी प्रयास लगाएँ। म सुसमाचार प्रचार गर्न जहाँसुकै गए पनि, त्यो जतिसुकै टाढा वा परिस्थिति जतिसुकै कठिन भए पनि, म भित्रैदेखि राजी हुन्थेँ। सन् २०१२ मा, मैले मण्डली अगुवाको रूपमा सेवा गरिरहेकी थिएँ र मेरा कर्तव्यहरूमा व्यस्त थिएँ, त्यसैले म केही समयदेखि घर फर्केकी थिइनँ। एक दिन, भेलामा जाँदै गर्दा, मेरो छोरासँग भेट भयो। उसले मेरी नातिनीलाई घातक ब्रेन ट्युमर भएको छ, लाखौँ युआन खर्च गरे पनि निको हुन सकेको छैन, र डाक्टरले उनी अब दुई महिना मात्र बाँच्छिन् भनेका छन् भनी बतायो। मेरो मुटु धक्क फुल्यो र दिमाग रन्थनियो: “हे परमेश्‍वर, त्यति सानी बच्चीलाई कसरी यस्तो रोग लाग्न सक्यो?” जब म घर पुगेँ, तब मैले मेरी नातिनीको टाउकोमा पट्टि बाँधेको र एउटा आँखा अन्धो भइसकेको देखेँ, तैपनि उनी टिभीको अगाडि नाचिरहेकी थिइन्। मलाई दुःखको लहरले छोप्यो, र मैले यो वास्तविकतालाई स्वीकार गर्नै सकिनँ, अनि म धरधरी रोएँ। मेरी नातिनी जम्मा तीन वर्षकी थिइन्, चञ्चल थिइन्; के उनको कलिलो जीवन साँच्चै समाप्त हुन लागेको थियो त? मेरो हृदय बयान गर्न नसकिने पीडाले भरियो, र मैले हतारिँदै मेरो श्रीमान्‌लाई हामीले उनलाई फेरि जाँच्नका लागि सबैभन्दा राम्रो अस्पतालमा लैजान सक्छौँ कि भनेर सोधेँ, तर उहाँले भन्नुभयो, “केही फाइदा छैन, धेरै ढिलो भइसक्यो, उनी निको हुन सक्दिनन्, उनीसँग बाँच्‍नका लागि अब दुई महिना मात्र बाँकी छ।” मेरो श्रीमान्‌को कुरा सुनेपछि, त्यो रात म निदाउनै सकिनँ। मैले सोचेँ, “मेरी नातिनीलाई यो रोग कसरी लाग्न सक्यो? मैले परमेश्‍वरलाई पाएदेखि नै मेरा कर्तव्यहरू निर्वाह गर्दै आएकी छु, र मैले धेरै कष्ट भोगेकी छु। परमेश्‍वरले मेरी नातिनीको सुरक्षा किन गर्नुभएन? ममाथि किन यति ठूलो परीक्षा आइलाग्यो?” मैले जति धेरै सोचेँ, मलाई उति नै धेरै पीडा महसुस भयो, र मलाई अब बाहिर गएर मेरा कर्तव्यहरू निर्वाह गर्न मन लागेन। मलाई यो स्थिति ठीक होइन भन्ने थाहा थियो, त्यसैले मैले आफैविरुद्ध विद्रोह गर्न परमेश्‍वरलाई प्रार्थना गरेँ, तर मेरो हृदयमा, म अझै पनि परमेश्‍वरले मेरी नातिनीलाई निको पार्नुहुनेछ भन्ने आशा गर्थेँ। मलाई बाइबलको एउटा कथा याद आयो जहाँ एउटी सानी केटी मरेकी थिइन्। प्रभु येशूले उनको हात समात्नुभयो, र उनी जीवित भइन्। त्यसैले मैले प्रार्थना गरेँ र मेरी नातिनीलाई परमेश्‍वरको हातमा सुम्पेँ। मैले हतारिएर मेरा कर्तव्यहरू निर्वाह गर्नलाई निरन्तरता दिनुपर्छ भन्ने सोचेँ, र यदि परमेश्‍वरले मैले कति धेरै त्याग र समर्पण गरिरहेकी छु भन्ने देख्नुभयो भने, सायद उहाँले मेरी नातिनीलाई निको पार्नुहुनेछ भन्ने विश्वास गरेँ। मैले मेरा छोरा र श्रीमान्‌लाई पनि उनको लागि अझ धेरै प्रार्थना गर्न भनेँ।

त्यतिबेला मेरो हृदयमा, म मेरी नातिनी निको होऊन् भन्ने आशा गरिरहेकी थिएँ, र मेरा कर्तव्यहरू निर्वाह गर्दा म उनलाई नसम्झी बस्नै सकिनँ। उनी चञ्चल र प्यारी भएकी यादहरू चलचित्रजस्तै मेरो दिमागमा आइरहे। मैले अझै मेरा कर्तव्यहरू निर्वाह गरिरहेको भए पनि, त्यो पहिलेको जस्तो बोझको साथ गरेको थिइन, र विशेष गरी मेरी नातिनी कति प्यारी थिइन् र उनीसँग अब दुई महिना मात्र बाँकी छ भन्ने सोच्दा, मेरो मुटु चक्कुले काटेझैँ दुख्थ्यो। म राती सुत्न सक्दिनथेँ, र मलाई पत्तै नभई प्रायजसो मेरा आँसु खस्न थाल्थे। म कमजोरी र नकारात्मकतामा जिएँ, म कर्तव्य निर्वाहमा प्रभावकारी छैनँ, र मेरो अवस्था खतरनाक छ भन्ने मैले महसुस गरेँ। यदि मैले आफ्नो अवस्थालाई चाँडै सच्याइनँ भने, मैले पवित्र आत्माको काम गुमाउनेछु भन्ने मलाई थाहा थियो। त्यसैले मैले परमेश्‍वरको सामु आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरी नातिनीलाई यस्तो गम्भीर रोग लागेको छ, र म धेरै पीडामा छु। कृपया मेरो हृदयको रक्षा गर्नुहोस् र तपाईंको अभिप्राय बुझ्न मलाई अन्तर्दृष्टि दिनुहोस्।” पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्‍वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्‍वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्‍ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्‍वास थामेर राख्यो। मानिसहरूका अनुभवहरूमा, तिनीहरूले परमेश्‍वरका वचनबाट चाहे जे शोधन भोगे पनि, समग्रमा, परमेश्‍वरले चाहनुहुने कुरा भनेको, तिनीहरूको आस्था र परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूका हृदय नै हो। यस्तो प्रकारले काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्‍ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुग्यो, परमेश्‍वर उसकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने, मेरी नातिनीको रोग परमेश्‍वरले अनुमति दिनुभएको हो, र यो परमेश्‍वरबाट आएको परीक्षा हो, जसको उद्देश्य मेरो विश्वासलाई सिद्ध पार्नु हो। मैले अय्यूबलाई सम्झेँ, जसलाई आफ्ना सारा सम्पत्ति र आफूसँग भएका सबै कुरा परमेश्‍वरले नै दिनुभएको हो, र परमेश्‍वरले ती सबै फिर्ता लिनु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो भन्ने थाहा थियो। जब परमेश्‍वरले उनलाई परीक्षाहरूमा पार्नुभयो, तब अय्यूबले परमेश्‍वरप्रति गुनासो गर्नुको साटो बरु आफ्नै जन्मको दिनलाई धिक्कारे। अनि उनले भन्न सके: “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। उनीसँग साँचो विश्वास थियो र उनले आफ्नो जीवन परमेश्‍वरलाई सुम्पेका थिए, र उनी सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्यको अधीनमा रहे। अय्यूबको मानवता कति सोझो र असल थियो। मैले आफ्नै बारेमा सोचेँ। पहिले ममा कर्तव्य निर्वाह गर्ने जोस थियो, र सुसमाचार प्रचार गर्दा मैले जतिसुकै कष्ट भोगे पनि, र धार्मिक जगत वा ठूलो रातो अजिङ्गरले मलाई जतिसुकै खेदो गर्ने र दोषी ठहराउने प्रयास गरे पनि, म कहिल्यै नकारात्मक भइनँ। यसको सट्टा, मैले सधैँझैँ सुसमाचार प्रचार गर्ने र त्याग गर्ने कामलाई जारी राखेँ। तर यो साँचो विश्वास थिएन। किनभने, परमेश्‍वरलाई पाएपछि, मेरो पारिवारिक व्यवसायमा सुधार आएको थियो, र परमेश्‍वरले मेरो रोग निको पार्नुभएको थियो। मैले परमेश्‍वरको अनुग्रह र आशिष्‌हरूको आनन्द लिइरहेकी थिएँ। तर अहिले मेरी नातिनीलाई ब्रेन क्यान्सर भएको थियो, र उनीसँग जिउनका लागि दुई महिना मात्र बाँकी थियो, अनि मैले बिन्ती गरेजसरी परमेश्‍वरले उनलाई निको पार्नुभएन, त्यसैले मैले मेरा विगतका त्याग र समर्पणका आधारमा परमेश्‍वरसँग तर्क गर्न थालेँ, र मेरी नातिनीको सुरक्षा नगर्नुभएकोमा उहाँप्रति गुनासो गरेँ। परमेश्‍वरले जे गरिरहनुभएको थियो त्यसमा उहाँले मेरो ख्याल गरिरहनुभएको छैन, र उहाँले ममाथि यस्तो कठोर परीक्षा आउन दिनुहुँदैनथियो भन्ने मलाई लाग्यो। मसँग मानवता र समझको कमी रहेछ भन्ने मैले महसुस गरेँ। ममा परमेश्‍वरप्रति कुनै वास्तविक विश्वास वा समर्पणता थिएन। यस्तो सोच्दा, मैले परमेश्‍वरप्रति धेरै ऋणी भएको महसुस गरेँ। परमेश्‍वरले मलाई धेरै थोक दिनुभएको थियो, म अब यसरी लोभी भइरहनु हुँदैनथियो। मैले अय्यूबको अनुकरण गर्नुपर्थ्यो र म परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुनुपर्थ्यो।

पछि, कर्तव्य निर्वाह गर्दा, जब म दाजुभाइ-दिदीबहिनीहरूका छोराछोरीलाई देख्थेँ, तब म मेरी नातिनीलाई सम्झन्थेँ, र मेरी नातिनी कहिले फेरि स्वस्थ भएर उफ्रिँदै मेरो वरिपरि कुद्लिन् भनी कल्पना गर्थेँ। मलाई मेरो स्तनको ट्युमरको याद आयो, र डाक्टरले ट्युमर बढेर ठूलो भएको छ र शल्यक्रिया नगरे खतरनाक हुन्छ भनेका थिए। म परमेश्‍वरमा भर परेँ र आफ्नो कर्तव्य निर्वाह गरिरहेँ, र चमत्कारिक रूपमा ट्युमर हरायो। यसपटक, म फेरि लगनशील भई आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्थेँ, त्यसैले म आफ्नो हरेक दिनको समय काममा नै लगाउँथेँ, म प्रायः दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुन्थेँ र कामको बारेमा छलफल गर्थेँ। दाजुभाइ-दिदीबहिनीहरूले सक्रिय रूपमा सुसमाचार प्रचार गरे र नयाँ विश्वासीहरूलाई सहायता गरे, अनि कुनै पनि काममा ढिलाइ भएन। मैले मनमनै सोचेँ, “सायद कुनै दिन, मेरी नातिनीको रोग अचानक निको हुनेछ।” दुई महिनापछि, जब म घर फर्केँ, तब मेरी नातिनीको रोगमा सुधार नभएको मात्र होइन, बरु क्यान्सर उनको शरीरभरि फैलिसकेको मैले पाएँ। उनी आफ्नो अन्तिम सासमा थिइन्। एउटा सानो शवबाकस तयार भइसकेको थियो। मेरा छोरा-बुहारी लगातार रोइरहेका थिए। मेरो मुटु छियाछिया भयो र मैले आफूलाई रुनबाट रोक्नै सकिनँ। मैले फेरि मनमनै परमेश्‍वरसँग तर्क गर्न थालेँ, “नातिनी बिरामी भएको यी दुई महिनामा पनि मैले आफ्नो कर्तव्य निर्वाहमा कुनै ढिलासुस्ती गरेकी छैन। मैले परमेश्‍वरमा विश्वास गर्न थालेदेखि नै सधैँ त्याग र समर्पण गर्दै आएकी छु। मैले व्यवसाय छोडेँ, संसारले मेरो निन्दा गर्छ, आफन्तहरूले मलाई त्यागेका छन्, र ठूलो रातो अजिङ्गरले पनि मलाई पक्रन खोज्छ। वातावरण जतिसुकै कठोर भए पनि, मैले मेरा कर्तव्यहरू निरन्तर निर्वाह गरिरहेकी छु। यस्तो परिणाम कसरी हुन सक्छ? मैले परमेश्‍वरको स्पष्ट विरोध गर्ने कुनै काम गरेकी छैन! मलाई किन यस्तो भयो? परमेश्‍वरले मेरी नातिनीको सुरक्षा किन गर्नुभएन?” मेरो अवस्था एक्कासि खस्कियो। ममा हिँड्ने सामर्थ्य पनि थिएन, र मलाई खाना खान पनि मन लाग्दैनथियो। म धेरै पीडा र नकारात्मकतामा थिएँ, र ममा कर्तव्य निर्वाह नगर्ने विचारहरू आउन थाले। मलाई थाहा थियो मैले गुनासो गर्नु हुँदैन, तर जब मैले मेरी नातिनीलाई मृत्युको मुखमा देखेँ, तब मैले आफैलाई रोक्नै सकिनँ। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर! म तपाईंप्रति गुनासो गर्न चाहन्नँ, तर म यस कुरालाई जित्नै सकिरहेकी छैन। म एकदमै कमजोर र असहाय महसुस गर्दैछु, कृपया मेरो हृदयलाई गुनासो गर्नबाट जोगाउनुहोस्।” त्यसको केही समयपछि नै, मेरी नातिनीको मृत्यु भयो। मेरो हृदय धेरै पीडामा थियो। मलाई परमेश्‍वरका वचनहरूको पढ्न वा भेलाहरूमा सङ्गति गर्न कुनै इच्छा थिएन। विशेष गरी जब म दाजुभाइ-दिदीबहिनीहरूका मेरी नातिनीकै उमेरका छोराछोरीलाई देख्थेँ, तब म नरोई बस्नै सक्दिनथेँ। म नकारात्मकता र गलतफहमीमा जिएँ, र केही समयसम्म मेरो अवस्थामा सुधार आएन। मेरो कर्तव्यबाट पनि कुनै प्रतिफल आएन। त्यसपछि मात्र म प्रार्थना गर्न र खोजी गर्न परमेश्‍वरको सामु आएँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो मनमा धेरै उज्यालो छायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “व्यक्तिको जन्मलाई उसको अघिल्लो जीवनले निर्धारित गरेको हुन्छ भने, उसको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्म यो जीवनमा उसको मिसनको सुरुवात हो भने, उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। प्रत्येक व्यक्तिको जन्मका लागि सृष्टिकर्ताले निश्‍चित परिस्‍थितिहरू तय गर्नुभएको हुँदा, पक्‍कै पनि उहाँले तिनीहरूको मृत्युका लागि पनि निश्‍चित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्‍दमा भन्दा, कोही पनि संयोगले जन्‍मँदैन, कसैको पनि मृत्यु अचानक आउँदैन, अनि जन्‍म र मृत्यु दुवै व्यक्तिको अघिल्‍लो जीवन र वर्तमान जीवनसँग अपरिहार्य रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्‍मका परिस्थितिहरू कस्ता हुन्छन् र उसको मृत्युका परिस्‍थितिहरू के हुन् भन्ने कुरा सृष्टिकर्ताले गर्नुहुने पूर्वनिर्धारणहरूसँग सम्बन्धित हुन्छन्; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्‍मसम्‍बन्धी विभिन्‍न व्याख्याहरू रहेका हुनाले, व्यक्तिको मृत्युका पनि विशेष परिस्थितिहरू अवश्य नै हुन्छन्। यसरी, मानवजातिका बीचमा फरक-फरक आयुहरू अनि तिनीहरूको मृत्युका गरक-फरक तरिका र समयहरू अस्तित्वमा आए। कतिपय मानिसहरू बलिया र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू बुढेसकालसम्म बाँच्‍छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अप्राकृतिक कारणले मर्छन्, अरूहरू प्राकृतिक रूपमा मर्छन्। कतिपय घरबाट टाढा हुँदा मर्छन्, अरूहरूले आफ्‍ना प्रियजन आफ्‍नै छेउ हुँदा आफ्‍ना आँखाहरू अन्तिम पटक चिम्‍लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुबेर मर्छन्, अरू विपत्तिमा परेर मर्छन्। कोही बिहान मर्छन्, कोही राती। … हरेक व्यक्तिले चहकिलो जन्‍म, शानदार जीवन, अनि गौरवशाली मृत्यु चाहन्छ, तर कसैले पनि आफ्‍नो नियतिलाई उछिन्न सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्‍कन सक्दैन। मानव नियति यही हो। मानिसहरूले आफ्‍नो भविष्यका लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छन्, तर कसैले पनि आफू जन्मने तरिका र संसारबाट बिदा हुने तरिका र समयको योजना बनाउन सक्दैन। सबै मानिसहरूले मृत्युको आगमनबाट बच्‍न र त्यसलाई प्रतिरोध गर्न सक्दो कोसिस गरे पनि, तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। आफ्नो मृत्यु कहिले वा कसरी हुने हो भन्ने कुरा कसैलाई थाहा हुँदैन, यो कहाँ हुनेछ भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा, जीवन र मृत्युमाथिको सर्वोच्च शक्ति मानिससँग छैन, न त प्राकृतिक संसारको कुनै प्राणीसँग नै छ, तर सृष्टिकर्तासँग छ, जोसँग अद्वितीय अख्तियार छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको नतिजा हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, मानिसको भाग्य, जीवन र मृत्यु सबै परमेश्‍वरको हातमा हुन्छ। मानिस कहिले जन्मन्छ र कहिले मर्छ भन्ने कुरा सबै परमेश्‍वरले पहिले नै निर्धारण गर्नुभएको हुन्छ। मानिसले त्यसलाई बदल्न सक्दैन। जस्तै मेरी नातिनीको रोग र उनको मृत्यु कहिले हुने भन्ने कुरा पनि परमेश्‍वरले पहिले नै तय गर्नुभएको थियो, र यो मेरो चाहनाले बदल्न सक्ने कुरा थिएन। यस कुरालाई मेरो काम, कष्ट वा त्यागद्वारा बदल्न सकिँदैन। म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सकिनँ, अनि उल्टै मेरो काम र समर्पणले परमेश्‍वरलाई मेरी नातिनीको भाग्य बदल्न लगाउने आशा गरेँ। के यो त परमेश्‍वरको विरोध गर्नु नै थिएन र? मेरी नातिनीको जीवन र मृत्यु उनको अघिल्लो जुनी र अहिलेको जुनीसँग जोडिएको थियो। उनी यति वर्ष मात्र बाँच्न सक्थिन्, र उनको भाग्य नै त्यही थियो। वास्तवमा, गैरविश्‍वासी परिवारका धेरै बालबालिका पनि विभिन्न निको नहुने रोगहरूबाट मर्छन्। उदाहरणका लागि, म एक जना गैरविश्‍वासीलाई चिन्थेँ जसको बच्चालाई पनि ब्रेन ट्युमर भएको थियो। सुरुमा, त्यो निको भयो, तर बाह्र वर्षको हुँदा त्यो रोग बल्झियो र अन्ततः उसको मृत्यु भयो। यसबाट, मैले मानिस कति बाँच्छ भन्ने कुरा परमेश्‍वरले निर्धारण गर्नुहुन्छ, र उनीहरूको परिवारका सदस्यहरूले परमेश्‍वरमा विश्वास गर्छन् कि गर्दैनन् भन्ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन भन्ने देखेँ। तर म परमेश्‍वरमा विश्वास गर्छु, त्यसैले मेरी नातिनी रोगले मर्नु हुँदैन भन्‍ने मलाई लागेको थियो। त्यो एउटा भ्रामक दृष्टिकोण थियो। यो कुरा बुझेपछि, मेरो हृदयमा त्यति धेरै पीडा भएन। म मेरी नातिनीको मृत्युलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन पनि सक्षम भएँ। मैले यी बुझाइहरू मेरा श्रीमान् र छोरालाई पनि बताएँ ताकि उनीहरूले पनि परमेश्‍वरप्रति गुनासो नगरून्।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आशिष् र प्रतिकूलताहरूका सम्बन्धमा, एउटा सत्यता खोज्नुपर्छ। मानिसहरूले पालना गर्नुपर्ने बुद्धिमानी भनाइ के हो? अय्यूबले भन्यो, ‘के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?’ (अय्यूब २:१०)के यी शब्दहरू सत्यता हुन्? यी मानिसका शब्दहरू हुन्; यिनलाई सत्यताको उचाइमा राख्न मिल्दैन, तर यी कुनै रूपमा सत्यतासँग मिल्छन्। यी कुन रूपमा सत्यतासित मिल्छन्? मानिसहरूले आशिष् पाउनु वा प्रतिकूलता भोग्नु सबै परमेश्‍वरकै हातमा हुन्छ, त्यो सबै परमेश्‍वरको सार्वभौमिकतामा पर्छ। यो सत्यता हो। के ख्रीष्टविरोधीहरू यो विश्‍वास गर्छन्? अहँ, गर्दैनन्। तिनीहरू यो कुरा मान्दैनन्। तिनीहरू किन यो कुरा विश्‍वास गर्दैनन् वा मान्दैनन्? (तिनीहरू आशिषित् हुनकै निम्ति परमेश्‍वरमा विश्‍वास गर्छन्—तिनीहरू आशिषित् हुन मात्र चाहन्छन्।) (किनकि तिनीहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरूले देहगत स्वार्थहरू मात्र पछ्याउँछन्।) ख्रीष्टविरोधीहरू, आफ्नो विश्‍वासमा, आशिषित् हुने चाहना मात्र राख्छन्, तर प्रतिकूलता भोग्न चाहँदैनन्। जब तिनीहरूले आशिष्, लाभ, अनुग्रह, र बढी भौतिक आनन्द र ठूला फाइदाहरू प्राप्त गरेको व्यक्ति देख्छन्, तब तिनीहरू यो परमेश्‍वरले गर्नुभएको हो भनी विश्‍वास गर्छन्; अनि यदि तिनीहरूले यस्ता भौतिक आशिष्‌हरू प्राप्त गरेनन् भने, यो परमेश्‍वरको काम नै होइन भन्ने विश्‍वास गर्छन्। यसको आशय हो: ‘यदि तिमी साँच्चिकै परमेश्‍वर हौ भने, तिमीले मानिसहरूलाई आशिष् मात्र दिनुपर्छ; तिमीले मानिसहरूको प्रतिकूलता हटाएर तिनीहरूलाई कष्ट भोग्न दिनु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तिमीमाथि विश्‍वास गर्नुको महत्त्व र अर्थ रहन्छ। यदि तिमीलाई पछ्याएपछि पनि मानिसहरू अझै प्रतिकूलताले ग्रसित हुन्छन् भने, र यदि अझै तिनीहरूले कष्ट भोग्छन् भने, तिमीमा विश्‍वास गर्नुको के अर्थ?’ तिनीहरू यावत्‌ थोक र घटनाहरू परमेश्‍वरका हातमा हुन्छन्, र यावत्‌ थोकमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर मान्दैनन्। अनि, तिनीहरू यो कुरा किन मान्दैनन्? किनकि ख्रीष्टविरोधीहरू प्रतिकूलता भोग्न डराउँछन्। तिनीहरू लाभ प्राप्त गर्न, फाइदा लिन, आशिष्‌हरूको आनन्द उठाउन मात्र चाहन्छन्; तिनीहरू परमेश्‍वरको सार्वभौमिकता वा योजनाबद्ध कार्य स्वीकार नगर्न, र परमेश्‍वरबाट केवल लाभहरू प्राप्त गर्न चाहन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणास्पद दृष्टिकोण हो। यो परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरूजस्ता उहाँका वचनहरूबारे ख्रीष्टविरोधीहरूले देखाउने प्रकटीकरणको शृङ्खला हो। समग्रमा, यी प्रकटीकरणहरूमा मूलतः ख्रीष्टविरोधीहरूको पछ्याइपछाडि रहेका तिनीहरूका दृष्टिकोणहरू, साथै परमेश्‍वरले मानिसहरूका निम्ति गर्नुहुने यसप्रकारको कामप्रतिका तिनीहरूका दृष्टिकोण, मूल्याङ्कन, र बुझाइहरू संलग्न हुन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। परमेश्‍वरका वचनहरूले परमेश्‍वरमाथिको ख्रीष्टविरोधीहरूको विश्वासको पछाडिका घृणास्पद अभिप्रायहरूलाई खुलासा गरेका छन्। ख्रीष्टविरोधीहरू आशिष् र फाइदाहरू प्राप्त गर्नका लागि मात्र परमेश्‍वरमा विश्वास गर्छन्, तर जब उनीहरूमाथि विपत्ति आइलाग्छ, तब उनीहरूले परमेश्‍वरको बारेमा गुनासो गर्छन् र उहाँलाई धोका दिन्छन्। उनीहरूले गर्ने हरेक काम आशिष् र फाइदाहरूको अपेक्षामा आधारित हुन्छ। उनीहरूले खासमा परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गरिरहेका हुन्छन्। परमेश्‍वरमा विश्वास गर्नुका आफ्ना अभिप्राय र लक्ष्यहरूबारे विचार गर्दा, ती ख्रीष्टविरोधीका भन्दा खासै फरक रहेनछन् भन्ने मैले महसुस गरेँ। मैले पनि आशिष् नै खोजिरहेकी थिएँ। मैले पहिलोपटक परमेश्‍वरमा विश्वास गरेको समयलाई फर्केर सम्झिँदा, मलाई पत्तै नभई मेरो स्तनको ट्युमर निको भयो, र मेरो पारिवारिक व्यवसाय फस्टायो। परमेश्‍वरले मलाई धेरै आशिष् र अनुग्रहहरू दिनुभयो, र म यति खुसी थिएँ कि म नमुस्कुराई बस्नै सक्दिनथेँ र बाटोमा हिँड्दासमेत गीत गाउँथेँ। हाम्रो परिवार हाँसो र खुसीले भरिएको थियो, र मेरा श्रीमान् र छोराछोरीसमेत परमेश्‍वर साँच्चै असल हुनुहुन्छ भनेर भन्थे। मलाई मेरा कर्तव्यहरू निर्वाह गर्न असीमित ऊर्जा महसुस हुन्थ्यो, र मलाई त्याग, समर्पण र कष्ट भोग्नु सार्थक छ जस्तो लाग्थ्यो। म मेरो हृदयको अन्तस्करणदेखि नै परमेश्‍वरको प्रशंसा र धन्यवाद चढाउँथेँ। तर जब मैले मेरी नातिनीलाई ब्रेन ट्युमर भएको र उनीसँग दुई महिना मात्र बाँकी रहेको देखेँ, तब मैले उनको सुरक्षा नगर्नुभएकोमा परमेश्‍वरप्रति गुनासो गरेँ। मेरी नातिनी निको होऊन् भन्ने आशा गर्दै, र परमेश्‍वरले उनलाई निको पारिदिनुहुनेछ भन्ने इच्छा राख्दै मैले हरेक दिन परमेश्‍वरलाई प्रार्थना र बिन्ती गरेँ। मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्न कडा परिश्रम पनि गरेँ, परमेश्‍वरले कर्तव्य निर्वाहमा मैले देखाएको बफादारीका आधारमा मेरी नातिनीलाई चमत्कारिक रूपमा फेरि निको पार्नुहुनेछ भन्ने आशा गरेँ। तर जब मेरी नातिनीको मृत्यु भयो, तब म नकारात्मक भएँ र मैले फेरि गुनासो गर्न थालेँ, र मलाई मेरा कर्तव्यहरू निर्वाह गर्नसमेत मन लाग्न छोड्यो। मैले परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्न मेरा विगतका त्याग र समर्पणका कुराहरूसमेत उठाएँ। म कुन अर्थमा परमेश्‍वरकी विश्वासी थिएँ र? मैले पावलले कसरी जताततै मण्डलीहरू स्थापना गरेर, र झ्यालखानामा कष्ट समेत भोगेर आफ्नो जीवन परमेश्‍वरलाई सुम्पेका थिए भन्‍ने सोचेँ, र यो सब परमेश्‍वरका इनाम र आशिष्‌हरू पाउने आशामा गरेकी थिएँ। उनले आफ्ना सबै समर्पणलाई धार्मिकताको मुकुट साट्ने आधारका रूपमा हेरे, र यी कुराहरू प्रयोग गरेर परमेश्‍वरलाई बाध्य पार्न खोजे। उनले परमेश्‍वरको स्वभावलाई गम्भीर रूपमा चिढ्याए, र अन्ततः उनले परमेश्‍वरको दण्ड र सराप भोग्नुपर्‍यो। पछ्याइबारे मेरो दृष्टिकोण पावलको जस्तै थियो। मैले जति धेरै परमेश्‍वरका लागि त्याग र समर्पण गर्छु, उहाँले मलाई उति नै धेरै प्रतिफल दिनुपर्छ भन्‍ने म सोच्थेँ, र जब परमेश्‍वरले मलाई आशिष् दिनुभएन, तब मैले उहाँ अन्यायी हुनुहुन्छ भनी गुनासो गरेँ। म नाफा मात्र खोज्ने, साँच्चै कति स्वार्थी र घृणास्पद रहेछु भन्ने मैले देखेँ, मैले संसारमा काम गरेजस्तै, जति धेरै काम गर्यो, मैले उति नै धेरै ज्याला पाउनुपर्छ, र यदि मैले त्यो पाइनँ भने, म काम गर्दिनँ भन्ने सोचेँ। आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, तर म त परमेश्‍वरले मलाई आशिष् र अनुग्रह दिनुभएको होस् भनेर मात्र आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ। म आफ्नै स्वार्थका लागि मात्र मेरा कर्तव्यहरू निर्वाह गरिरहेकी थिएँ। ममा कुनै इमानदारी थिएन र म पूर्ण रूपमा लेनदेनमा केन्द्रित थिएँ। मेरा घृणास्पद अभिप्रायहरूले साँच्चै परमेश्‍वरलाई मप्रति घृणा जगाएका थिए।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधी प्रकारको व्यक्तिले आफूलाई चाहे जति धेरै कुराहरू आइपरे पनि परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गरेर तिनलाई सम्बोधन गर्ने प्रयास कहिल्यै गर्दैन, कामकुराहरूलाई परमेश्‍वरका वचनहरू मार्फत हेर्ने कोसिस गर्नु त परै जाओस्—जुन पूर्ण रूपमा यस कारणले हो कि उनीहरू परमेश्‍वरका वचनहरूको प्रत्येक पङ्क्ति सत्यता हो भनी विश्‍वास गर्दैनन्। परमेश्‍वरको घरले चाहे जसरी सत्यतामा सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरू त्यसलाई ग्रहण गर्दैनन्, र परिणामस्वरूप तिनीहरूले जस्तोसुकै परिस्थितिको सामना गर्दा पनि तिनीहरूमा सही मनोवृत्ति हुँदैन; विशेषगरी, तिनीहरूले परमेश्‍वर र सत्यतालाई कसरी लिन्छन् भन्‍ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू जिद्दी हुँदै आफ्ना धारणाहरू पन्छाउन मान्दैनन्। तिनीहरूले विश्‍वास गर्ने ईश्‍वर त चिन्ह र आश्चर्यकर्महरू देखाउने अलौकिक ईश्‍वर हो। चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्ने जोकोही होस्—चाहे त्यो गुआनयिन बोधिसत्त्व, बुद्ध, वा माजु होस्—तिनीहरू तिनलाई ईश्‍वर भनी बोलाउँछन्। तिनीहरू चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्नेहरू मात्र ईश्‍वरको पहिचान बोकेका ईश्‍वरहरू हुन्, र नसक्नेहरूले जतिसुकै सत्यताहरू व्यक्त गरे पनि, तिनीहरू ईश्‍वर नै हुन् भन्ने जरुरी छैन भन्ने विश्‍वास गर्छन्। तिनीहरू सत्यता व्यक्त गर्नु भनेको परमेश्‍वरको महान् शक्ति र सर्वशक्तिमान्‌ता हो भन्ने बुझ्दैनन्; बरु, तिनीहरूले चिन्ह र आश्चर्यकर्महरू देखाउनु मात्र ईश्‍वरहरूको महान् शक्ति र सर्वशक्तिमान्‌ता हो भन्ठान्छन्। त्यसकारण, मानिसहरूलाई विजय गर्न र मुक्ति दिन सत्यता व्यक्त गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूलाई मलजल, रखवारी, र अगुवाइ गर्नु, तिनीहरूलाई वास्तवमै परमेश्‍वरको न्याय, सजाय, परीक्षा, र शोधन अनुभव गर्न र सत्यता बुझ्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, र परमेश्‍वरप्रति समर्पित हुने र उहाँको आराधना गर्ने मानिस बन्‍न सक्षम बनाउनु, आदि जस्ता देहधारी परमेश्‍वरको व्यावहारिक कामका सम्बन्धमा भन्नुपर्दा—ख्रीष्टविरोधीहरूले यी सबै मानिसको काम भएको, र परमेश्‍वरको नभएको ठान्छन्। ख्रीष्टविरोधीहरूका मनमा, ईश्‍वरहरूले वेदीको पछाडि लुकेर उनीहरूलाई भेटीहरू चढाइन लगाउनुपर्छ, मानिसहरूले चढाएका खानेकुराहरू खानुपर्छ, उनीहरूले बालेका धूपको धुँवामा सास लिनुपर्छ, उनीहरू समस्यामा पर्दा सहयोगको हात फैलाउनुपर्छ, उनीहरू आफैँ निकै शक्तिशाली भएको देखाएर तिनीहरूले बुझ्न सक्ने दायराभित्रबाटै तिनीहरूलाई तत्काल सहायता प्रदान गर्नुपर्छ, र मानिसले सहायता माग्दा र तिनीहरू आफ्नो बिन्तीमा इमानदार हुँदा तिनीहरूका आवश्यकताहरू पूरा गर्नुपर्छ। ख्रीष्टविरोधीहरूका लागि, यस्तो ईश्‍वर मात्र साँचो ईश्‍वर हो। यसबीचमा, आज परमेश्‍वरले गर्नुहुने सबै कुरालाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्छन्। अनि त्यस्तो किन हुन्छ? ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई विचार गर्दा, उनीहरूलाई सृष्टिकर्ताले सृजित प्राणीहरूमाथि गर्नुहुने मलजल, रखवारी र मुक्तिको काम चाहिँदैन, बरु सबै कुरामा समृद्धि र आफ्ना इच्छाहरूको परिपूर्ति चाहिन्छ, यो जीवनमा दण्डित नहुने, र आउँदो संसारमा स्वर्गमा जाने कुरा चाहिन्छ। उनीहरूको दृष्टिकोण र आवश्यकताहरूले तिनीहरूको सत्यताप्रतिको घृणाको सारलाई पुष्टि गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक))। परमेश्‍वरका वचनहरूको खुलासामार्फत, धेरै वर्षदेखि परमेश्‍वरलाई पछ्याए पनि, म अझै पनि अस्पष्ट परमेश्‍वरमा पो विश्वास गर्दो रहेछु भन्ने मैले महसुस गरेँ। मैले परमेश्‍वरलाई बोधिसत्त्वजस्तो व्यवहार गरेँ, उहाँलाई केवल आशिष् दिने वस्तुका रूपमा हेरेँ, र जबसम्म मैले इमानदारीसाथ परमेश्‍वरमा विश्वास गर्छु र मेरा कर्तव्यहरू निर्वाह गर्छु, तबसम्म परमेश्‍वरले मलाई आशिष् दिनुहुनेछ र मेरो परिवारको शान्ति सुनिश्चित गर्नुहुनेछ, र उनीहरूलाई रोग र विपत्तिबाट मुक्त राख्नुहुनेछ भन्ने विश्वास गरेँ। जब मेरी नातिनीलाई घातक रोग लाग्यो, तब मैले आफ्ना कर्तव्यहरू अझ बढी निर्वाह गरेर परमेश्‍वरलाई चमत्कार गर्न र उनलाई निको पार्नका लागि माग गर्न सक्छु भन्ने सोचेँ। मैले परमेश्‍वरलाई ठूला आशिष्‌हरू दिने वस्तुका रूपमा व्यवहार गरेँ, र परमेश्‍वरले मेरा “इमानदार” त्यागहरूका आधारमा मेरा मागहरू पूरा गर्नुपर्छ भन्ने सोचेँ। यो कसरी परमेश्‍वरमाथिको साँचो विश्वास भयो र? परमेश्‍वरले आखिरी दिनहरूमा गर्ने काम चमत्कार देखाउने वा मानिसहरूलाई निको पार्ने र प्रेतहरू धपाउने काम होइन, बरु न्याय र सजायको काम गर्न सत्यता व्यक्त गर्नु हो, जसद्वारा मानिसहरूलाई शुद्ध पार्न र उनीहरूलाई आफ्नो भ्रष्ट स्वभावबाट बचाउन सकियोस्, ताकि उनीहरूले मुक्ति पाउन सकून्। तैपनि मैले परमेश्‍वरको कामलाई बुझिनँ, र विश्वासका वर्षहरूमा पछ्याइबारे मेरा दृष्टिकोणहरू कस्ता थिए, र मैले कस्तो बाटो लिएकी थिएँ भन्नेबारे चिन्तन गरिनँ। मैले परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यतामा ध्यान दिइनँ, न त मैले व्यावहारिक रूपमा परमेश्‍वरका वचनहरू अनुभव गरेँ वा परमेश्‍वरले योजनाबद्ध गर्नुभएका वातावरणहरूमा स्वभाव परिवर्तनको पछ्याइ नै गरेँ। यसको सट्टा, मैले त केवल अनुग्रह र आशिष् माग्दै परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गरिरहेकी थिएँ। परमेश्‍वरमा विश्वास गर्ने मेरो मनोवृत्ति र मूर्तिपूजा गर्नेहरूको मनोवृत्तिमा के फरक थियो र? के यो परमेश्‍वरको निन्दा गर्नु थिएन र? मैले परमेश्‍वरमा विश्वास गर्दा सत्यताको पछ्याइ गर्नमा होइन, बरु उहाँको अनुग्रह र आशिष् प्राप्त गर्नमा ध्यान दिएँ। मेरी नातिनीको मृत्युको कारणले मेरो हृदयमा प्रतिरोध र गुनासोसमेत आएको थियो, र मैले परमेश्‍वर अन्यायी हुनुहुन्छ भन्ने समेत सोचेँ। मलाई मेरा कर्तव्यहरू निर्वाह गर्नसमेत मन लाग्न छोड्यो। म परमेश्‍वरको पूर्ण विरोधमा उभिएकी थिएँ, र यदि मैले पश्चात्ताप गरिनँ भने, मैले जतिसुकै त्याग वा समर्पण गरे पनि, मैले परमेश्‍वरको अनुमोदन पाउने थिइनँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ, र परमेश्‍वरमा विश्वास गर्दा मेरो पछ्याइ कस्तो हुनुपर्छ भन्नेबारे मैले स्पष्ट बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नु हो, वा उहाँका निम्ति धेरै कुरा गर्नु हो, वा तेरो देह शान्तिमा हुनु हो, वा तेरा लागि सबै कुरा सहज रूपमा चल्नु हो, र सबै कुरामा तँलाई आरामदायी र सहजता होस् भन्‍ने लाग्न सक्छ। मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यीमध्ये कुनै पनि उद्देश्यहरू राख्‍नु हुँदैन। यदि तँ यी उद्देश्यहरूले विश्‍वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु बिलकुलै असम्भव हुन्छ। परमेश्‍वरका कार्यहरू, परमेश्‍वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, अनि उहाँको अद्भुतता र बुझ्न नसकिने अवस्था, यी सबै मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेमार्फत तैँले आफ्नो हृदयलाई आफ्ना व्यक्तिगत मागहरू, आशाहरू, र धारणाहरूबाट मुक्त गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तैँले परमेश्‍वरद्वारा माग गरिएका सर्तहरू पूरा गर्न सक्छस्। यसमार्फत मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस समूहमार्फत उहाँका कार्यहरू र महिमा प्रकट हुन सकून्। यो नै परमेश्‍वरमा विश्‍वास गर्नेबारे सही दृष्टिकोण हो, अनि तैँले पछ्याउनुपर्ने लक्ष्य पनि यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्‌हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, परमेश्‍वरमा विश्वास गर्नु भनेको आशिष् खोज्नु वा आफ्ना लक्ष्यहरू हासिल गर्न मेरा कर्तव्यहरू प्रयोग गर्नु होइन, बरु मैले परमेश्‍वरले प्रबन्ध गर्नुभएका वातावरणहरूमा मेरो भ्रष्ट स्वभाव समाधान गर्न सत्यताको पछ्याइ गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, र मेरा वास्तविक अनुभवहरू प्रयोग गरेर परमेश्‍वरको गवाही दिनुपर्छ र एउटा सृजित प्राणीको रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ। परमेश्‍वरमा विश्वास गर्दा पछ्याइबारे राख्नुपर्ने सही दृष्टिकोण यही हो। साथै, मैले के पनि महसुस गरेँ भने, मेरो विश्वासमा आशिष् पाउनु वा विपत्ति भोग्नुसँग मेरा कर्तव्यहरू निर्वाह गर्नुको सम्बन्ध हुँदैन, किनकि सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु भनेको हाम्रो जिम्मेवारी हो, र चाहे हामीले आशिष्‌को सामना गरौँ वा विपत्तिको, हामीले निष्ठापूर्वक र नपन्छिईकन आफ्ना कर्तव्यहरू निर्वाह गर्नुपर्छ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले तपाईंप्रति गुनासो गर्नु वा तपाईंसँग अनुग्रह र आशिष् माग्नु हुँदैन। तपाईंले गर्नुहुने सबै कुरा असल छन्, र सत्यताको पछ्याइ नगर्दा वा तपाईंको काम नबुझ्दा म अन्धी भएकी थिएँ, र मैले तपाईंसँग सौदाबाजी गर्ने प्रयास गरिरहेकी थिएँ। अब म पछ्याइबारे मेरो गलत दृष्टिकोण त्याग्न र तपाईंको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन इच्छुक छु।”

यो परीक्षा र शोधनको अनुभव गरेपछि, मैले परमेश्‍वरमा विश्वास गर्दा आशिष्‌को पछ्याइ गर्ने मेरो अशुद्ध अभिप्रायबारे केही बुझाइ प्राप्त गरेँ, परमेश्‍वरमा विश्वास गर्ने मेरो दृष्टिकोण अलिकति परिवर्तन भएको छ, र मैले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गरेकी छु। परीक्षाहरू र शोधन अनुभव गर्नु राम्रो कुरा हो, र यो मेरो लागि परमेश्‍वरको प्रेम हो भन्ने पनि मैले बुझेकी छु। परमेश्‍वरलाई उहाँको मुक्तिको लागि धन्यवाद होस्!

अघिल्लो: ९२. पैसा कमाउने तीव्र होडबाजीका बारेमा चिन्तन

अर्को: ९४. मेरो कर्तव्य फेरबदलबाट सिकेका पाठहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्