९२. पैसा कमाउने तीव्र होडबाजीका बारेमा चिन्तन
म एउटा विकट र गरिब गाउँमा जन्मिएको थिएँ, अनि मेरो परिवार गरिब भएकाले गर्दा सानै उमेरदेखि आफन्तहरूले मलाई हेप्थे। मैले मनमनै यस्तो सङ्कल्प गरेँ, “मैले कडा मिहिनेत गरेर पढ्नैपर्छ, अनि भविष्यमा धेरै पैसा कमाएपछि, म अरूभन्दा माथि उठेर विशिष्ट बन्न सक्छु र मैले परिवारको इज्जत बढाउन सक्छु।” स्कूलमा छँदा, मैले पढाइमा हरेक पलको सदुपयोग गरेँ, म प्रायजसो बिहानको दुई-तीन बजेसम्म मैनबत्तीको उज्यालोमा पढ्थेँ। एक पटक त, म असाध्यै थाकेकाले गर्दा निदाएछु, अनि मेरो कपालमा आगो सल्किएपछि मात्रै म बिउँझिएँ। जीवन कठिन भए पनि, म दृढतापूर्वक यो विश्वास गर्थेँ, “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ।” तर अचम्मको कुरा, कलेज भर्ना परीक्षा दिँदा मैले एउटा साधारण विश्वविद्यालयमा मात्रै नाम निकाल्न सकेँ। म महत्त्वाकांक्षी थिएँ र यो परिणामलाई मैले स्वीकार गर्न सकिनँ। त्यसकारण मैले अर्को वर्ष पुनः परीक्षा दिने निर्णय गरेँ। त्यो वर्ष, मैले झन् कडा मिहिनेत गरेर पढेँ, तर जब परीक्षाको परिणाम आयो, तब म फेरि असफल भएँ। जब मैले मेरो परिणाम प्राप्त गरेँ, तब मेरो हृदय छियाछिया भयो। प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुनु नै मेरो भाग्य बदल्ने एक मात्र मौका थियो, अनि मैले परीक्षामा फेल हुन्छु भनेर सोचेकै थिइनँ। त्यो अवधिमा, म दिनभरि टोलाएर बस्थेँ र के गर्ने भन्ने मलाई थाहा थिएन, त्यसैले म निर्माण स्थलमा इँटा बोक्ने श्रमिकको रूपमा काम गर्न गएँ। मेरा हातहरू यति खस्रा भए कि ती काटिएर रगत जमेका फोकाहरूले भरिएका थिए, अनि राती पीडाले गर्दा म निदाउन सक्दिनथेँ, र म सिरकभित्र लुकेर सुक्कसुक्क रुन्थेँ। मैले मनमनै सोचेँ, “के म मेरो बाँकी जीवन यसरी नै सामान्य रूपमा जिउनेछु त? म त्यो स्वीकार गर्न सक्दिनँ!” म आफ्नो नियति आफ्नै हातमा हुन्छ भन्ने विश्वास गर्थेँ, त्यसैले म मेरो भाग्य बदल्न फेरि कोसिस गर्न चाहन्थेँ, र अर्को वर्ष मैले अझ कडा मिहिनेत गरेर पढेँ। तर मैले जति नै कडा परिश्रम गरे पनि, अझै पनि शीर्ष विश्वविद्यालयमा नाम निकाल्न सकिनँ। मसित मेरो भाग्य स्वीकार गर्नु र सामान्य एभिएसन कलेजमा भर्ना हुनुको विकल्प थिएन।
स्नातक गरेपछि, मैले स्वदेशी विमान मर्मतसम्भार कम्पनीमा काम गरेँ। सुरुमा, मैले वर्कसपमा शारीरिक श्रम पर्ने काम मात्र गर्न पाएँ। चर्को गर्मीमा मेरा लुगाहरू पसिनाले निथुक्क भिज्थे, अनि म सोच्थेँ, “यो जीवन कति कठिन छ। म यस्तो सामान्य कामदार मात्र भएर सन्तुष्ट हुन सक्दिनँ। मैले अङ्ग्रेजी सिक्नुपर्छ र मेरो प्राविधिक सीपहरू सुधार्नुपर्छ, ताकि मैले मालिकको कदर पाउन सकूँ र मेरो बढुवा होस्। त्यसपछि मैले माथिल्लो पद र राम्रो तलब पाउन सक्छु।” दक्ष सहकर्मीहरूबाट सिक्नुको अलावा, म काममा आउजाउ गर्दा लाग्ने समयलाई पनि कामसम्बन्धी सामग्रीहरू पढ्न प्रयोग गर्थेँ। कहिलेकाहीँ, जब मध्यरातमा विमानमा समस्याहरू आउँथे, र अरू सुतेका हुन्थे र जान मान्दैनथे, तब समस्या सुल्झाउन स्वेच्छाले जान्थेँ यसरी म सीप र अनुभव हासिल गर्थेँ। अभ्यास र तालिमका लागि म हरेक अवसरको सदुपयोग गर्थेँ। केही महिनापछि, म प्रशिक्षार्थी इन्जिनियर मात्र भइनँ, मेरो तलब पनि दोब्बर भयो, अनि मलाई विभिन्न परियोजनाहरूमा विदेशी विशेषज्ञहरूको टोलीसँग काम गर्न खटाइयो। तर मेरो हैसियत र तलब बढे पनि, म अझै सन्तुष्ट थिइनँ। सहरमा छिट्टै गाडी र घर किन्न अनि उत्कृष्ट जीवन जिउनका लागि, म दिउँसो काम गर्थेँ र राती आंशिक काम पनि गर्थेँ। म प्रायजसो यति व्यस्त हुन्थेँ कि मलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो, म हरेक दिन औसतमा तीन वा चार घण्टा मात्र सुत्थेँ, अनि कहिलेकाहीँ त म रातभरि काम गर्थेँ। म दिनरात नभनी अथक रूपमा काम गर्ने एउटा “पैसा कमाउने मेसिन” जस्तै भएको थिएँ। केवल दुई वर्षको छोटो अवधिमा, मैले दश लाख युआनभन्दा बढी कमाएँ, सहरमा गाडी र घर किनेँ, अनि साथीभाइ र सहकर्मीहरूको प्रशंसा र डाहा कमाउन सफल भएँ। विशेषगरी जब म चिनियाँ नयाँ वर्षको बेला आफ्नो गाउँ फर्कन्थेँ, तब मेरो परिवारलाई कहिल्यै गन्ती नगर्ने मानिसहरू टाढाटाढाबाट मलाई भेट्न आउँथे, अझ मलाई खाना खान आफ्नो घरमा निम्तो दिन्थे। पाका मानिसहरूले समेत मेरो सम्मानमा प्याला उचाल्थे, अनि आफ्ना छोराछोरीलाई जागिर खोजिदिन मद्दत गर्न सक्छु कि भनेर सोध्थे। म वर्णन गर्नै नसकिने उपलब्धि हासिल गरेको महसुस गर्थेँ र सोच्थेँ, “पैसा र हैसियत हुनु कति गजबको कुरा रहेछ। बल्ल म शिर ठाडो गरेर हिँड्न सक्ने भएको छु!” तर यसरी दिनरात काम गर्दा, मेरा कपाल मुठ्ठीका मुठ्ठी झर्न थाले, अनि मेरो शरीर सुन्निन थाल्यो। मेरा खुट्टाहरू दुख्थे र लट्टिन्थे, अनि हिँड्न पनि गाह्रो हुन थाल्यो। मलाई साँच्चै एक-दुई दिन बिदा लिन मन लाग्थ्यो, तर बिरामी बिदा लिँदा अर्को वर्षको मूल्याङ्कन र बढुवा हुने मौका गुम्छ भन्ने सोचेर, मैले त्यो सहनुपर्थ्यो। हरेक दिनले सास्ती दिन्थ्यो।
ती वर्षहरूमा म सासूआमालाई भेट्न जाँदा हरेक पटक, उहाँले मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरू देखाउनुहुन्थ्यो र परमेश्वरमा विश्वास गर्नेबारे धेरै कुरा गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, “पैसा पछ्याउने बाटोको अन्त्य छैन। पैसाका लागि तिमीले आफ्नो स्वास्थ्य र जीवन बर्बाद गर्नु हुँदैन। मानवजातिलाई शैतानले गहिरो रूपमा भ्रष्ट तुल्याएको छ, अनि हरेक जना पैसा, ख्याति र प्राप्तिका लागि मरिहत्ते गरेर सङ्घर्ष गरिरहेका छन्, र यस्तो दयनीय अवस्थामा जिइरहेका छन्! मानिसहरूलाई शैतानको हानिबाट मुक्ति दिन सर्वशक्तिमान् परमेश्वरले आखिरी दिनहरूमा सत्यता व्यक्त गर्नुभएको छ, अनि साँचो पश्चात्ताप गरेर परमेश्वरलाई पछ्याए मात्र मानिसले उहाँबाट मुक्ति पाउन सक्छ, र मानिस महाविपत्तिबाट बच्न सक्छ। परमेश्वरको काम अब चाँडै सकिन लागेको छ, त्यसैले तिमीले पैसा कमाउनमा मात्र ध्यान दिन छोडेर परमेश्वरमा पनि विश्वास गर्नुपर्छ!” मलाई परमेश्वरमा विश्वास गर्नु राम्रो कुरा हो भन्ने थाहा थियो, तर मेरो करियर भर्खर सुरु भएको छ जस्तो मलाई लाग्थ्यो, अनि म आफ्नो नाम कमाउन चाहन्थेँ, त्यसैले मैले सासूआमाको कुरा मानिनँ, र पैसाका लागि अथक रूपमा काम गरिरहेँ, म सम्पत्तिको भुमरीमा झन्-झन् भासिँदै गएँ। मेरी सासूआमाले मलाई यसो पनि भन्नुभयो, “तिमी त साँच्चै पैसाका लागि आफ्नो जीवन बलिदान दिन तयार रहेछौ।”
आँखा झिम्काउन नपाउँदै, २०१५ साल लागिसकेछ। मैले दुईवटा घर र दुईवटा गाडी किनिसकेको थिएँ, अनि दुईवटा कम्पनी खोलिसकेको थिएँ, तर म अझै सन्तुष्ट थिइनँ। अझ धेरै पैसा कमाउन र विलासी गाडी किन्नका लागि, मैले एउटा कारखाना सुरु गरेँ, म प्रायजसो दिनरात नभनी आरामै नगरी काम गर्थेँ। मैले झन् धेरै पैसा कमाउन थालेँ, अनि म जहाँ जाँदा पनि मानिसहरूले मलाई “बोस” भनेर बोलाउँथे। म निकै सन्तुष्ट महसुस गर्थेँ, र म गर्वका साथ हिँड्थेँ। म सोच्थेँ, “धनी हुनुको मज्जा नै बेग्लै हुन्छ।” तर यो उच्च-तनाव र दौडधूपपूर्ण जीवनशैलीले मेरो स्वास्थ्यलाई गम्भीर असर पारिरहेको थियो। काममा जाँदा गाडी चलाउँदाचलाउँदै मलाई प्रायजसो झपझप निद्रा लाग्थ्यो, अनि एक पटक त, म फ्लाइओभरबाट झन्डै खसेको थिएँ। खर्च बचाउनका लागि, म अरू कामदार राख्न चाहन्नथेँ, त्यसैले वर्कसपको धेरैजसो काम म आफै गर्थेँ। एक पटक, हतारहतार अर्डर पूरा गर्ने क्रममा, नेल गनले मेरो औँला छेडेको थियो। रगत बगेको बग्यै भयो, अनि पीडाले गर्दा मेरा आँखा रसाए, तर अर्डर छिटो पूरा गर्नका लागि, मैले साधारण उपचार मात्र गराएँ र काम जारी राख्न वर्कसपमा फर्किएँ। मैले तुरुन्तै उपचार नगराएकोले, मेरो औँला नराम्ररी सुन्नियो र त्यसमा दीर्घकालीन असर पर्यो, अनि जब जाडो हुन्थ्यो वा पानी पर्थ्यो, तब यो दुख्थ्यो र चिलाउँथ्यो। म हरेक दिन निरन्तर तनावमा जिइरहेको हुन्थेँ। म शारीरिक र मानसिक रूपमा थकित महसुस गर्थेँ, अनि म ठूलो पीडामा हुन्थेँ। म सोच्थेँ, “मैले किन यति कडा मिहिनेत गरिरहेको छु? के मैले खोजेको जीवन साँच्चै यही हो त? म यो संसारमा केका लागि बाँचिरहेको छु?”
२०१७ मा, मेरी श्रीमतीले सर्वशक्तिमान् परमेश्वरको राज्यको सुसमाचार स्वीकार गरिन्, अनि उनले मलाई परमेश्वरका वचनहरूको एउटा भजनको भिडियो देखाइन्। यो गीतका शब्दहरूले मेरो हृदयलाई गहिरो रूपमा छोए।
परमेश्वरले तेरो हृदय र आत्मा खोजी गर्दै हुनुहुन्छ
१ सर्वशक्तिमान्को जीवन आपूर्ति छोडेर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तर ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा सहारारहित छन्, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्, र तिनीहरू भावना नभएको आत्मा बोकेर आफ्नो देहलाई थाम्नका लागि आफैलाई दह्रिलो बनाउँछन्, र यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व लतार्छन्। तँ यसरी आशाबिना जिउँछस्, त्यसै गरी अन्य चाहिँ लक्ष्यबिना जिउँछन्। केवल किंवदन्तीका पवित्र उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ, जो आफ्नो कष्टमाझ विलाप गर्दै उहाँको आगमनको व्यग्र तृष्णा गर्छन्। त्यस्तो विश्वास चेतनाको कमी हुनेहरूमा लामो समयदेखि साकार नभएर नै रहेको छ। तथापि, तिनीहरू अझै पनि यसको यसरी तृष्णा गर्छन्।
२ सर्वशक्तिमान्ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान् परमेश्वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ।
…………
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सर्वशक्तिमान्को सुस्केरा
सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्दा, मैले पहिले कहिल्यै अनुभव नगरेको न्यानोपन महसुस गरेँ। वर्षौँदेखि, म पैसा कमाउनका लागि असाध्यै सङ्घर्ष गरिरहेको थिएँ र ठूलो पीडा र थकानमा जिइरहेको थिएँ। म धेरै थाकेको थिएँ र अलमल्लमा परेको थिएँ, तर मलाई कसरी मुक्त हुने भन्ने थाहा थिएन, अनि अब मैले आशा देखेँ। मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो। परमेश्वरले मात्र मानिसहरूलाई यो कष्टबाट मुक्ति दिन सक्नुहुन्छ। सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्नु नै परमेश्वरको हेरचाह र सुरक्षा पाउने, र परमेश्वरको मुक्ति प्राप्त गर्ने एउटै मात्र बाटो हो, जसले गर्दा मानिस चिन्तारहित र बन्धनमुक्त भएर जिउन सक्छ। विगतमा, म पैसा कमाउन चाहन्थेँ, त्यसैले मैले परमेश्वरको मुक्तिलाई इन्कार गरेको थिएँ। परमेश्वरले अझै पनि ममाथि कृपा गर्नुहुनेछ र मलाई मुक्ति दिने कुरामा हरेस खानुहुन्न भन्ने मैले कहिल्यै सोचेको थिइनँ। उहाँ अझै पनि म फर्कने बाटो हेरिरहनुभएको थियो। यसले मलाई गहिरो रूपमा छोयो, त्यसैले मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको मुक्ति स्वीकार गरेँ। त्यसपछि, म प्रायजसो ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनहरू सङ्गति गर्न भेलाहरूमा सहभागी हुन थालेँ।
एक पटक, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब मानिसहरूले भाग्य के हो भनेर जान्दैनन् वा परमेश्वरको सार्वभौमिकतालाई बुझ्दैनन्, तिनीहरू आफूखुसी सङ्घर्ष गरिरहेका र कुहिरोभित्र ठक्कर खाँदै अघि बढिरहेका हुन्छन्, र त्यो यात्रा अत्यन्तै कठिन हुन्छ, र यसले हृदयलाई ज्यादै चोट दिन्छ। त्यसकारण, जब मानिसहरूले मानवको भाग्यमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर थाहा पाउँछन्, तब चलाख मानिसहरू भाग्यविरुद्ध सङ्घर्ष गरिरहनु र आफ्ना तथाकथित जीवन लक्ष्यहरू आफ्नै तरिकाले पछ्याइरहनुभन्दा बरु परमेश्वरको सार्वभौमिकता थाहा पाउन र त्यसलाई स्वीकार गर्न, अनि ‘आफ्नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका’ पीडादायी दिनहरूलाई बिदा गर्न रोज्छन्। जब कुनै व्यक्ति परमेश्वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्न सक्दैन, जब उसले परमेश्वरको सार्वभौमिकतालाई साँचो र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय रूपमा पीडादायी हुन्छ। कुनै व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका जीवन धान्ने उपायहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अनन्त मनोव्यथा र बिर्सन गाह्रो पीडाबाहेक केही दिँदैनन्, जुन उसले फर्केर हेर्नै नसक्ने अनुभवहरू हुन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवनको प्राप्तिलाई पछ्याएर मात्रै, व्यक्ति क्रमिक रूपमा सबै मनोव्यथा र पीडाबाट उम्कन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै खोक्रोपनबाट मुक्त गर्न सक्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरू एकदम स्पष्ट छन्। हामी यति धेरै पीडामा जिउँछौँ किनभने हामीलाई परमेश्वरको सार्वभौमिकता थाहा हुँदैन र हामीसँग जीवनको सही लक्ष्य हुँदैन। मैले पैसा, ख्याति र प्राप्तिलाई मेरो जीवनको लक्ष्य बनाएको थिएँ, आफ्नै प्रयासले मेरो भाग्य बदल्ने आशामा यसो गरेको थिएँ। धेरै पैसा कमाउनका लागि, म हरेक दिन आफैलाई ठूलो दबाबमा राख्थेँ, म धेरै तनावमा हुन्थेँ, र मेरो स्वास्थ्य बिग्रँदै गयो। म झुक्किएर गाडीसहित फ्लाइओभरबाट झन्डै खसेको समेत थिएँ। मैले केही पैसा कमाएर आफन्त तथा साथीभाइहरूको प्रशंसा र डाहा पाए पनि, त्यस्तो जीवन साँच्चै पीडादायी र कष्टकर थियो। पैसाले राम्रा घर र गाडीहरू किन्न सके पनि, र मलाई राम्रो भौतिक जीवनको आनन्द लिन दिए पनि, अनि अरूको प्रशंसा पाउँदा मेरो सेखी सन्तुष्ट हुने भए पनि, यसले मलाई शान्ति वा सुरक्षा दिन सकेन। मैले पछ्याएको पैसाले मलाई साँचो खुशी दिएन; बरु, यसले मलाई पैसाको दास बनायो, र मलाई वेदनामा जिउने तुल्यायो। विशेष गरी अहिले, जब महाविपत्ति आइसकेको थियो र महामारी विश्वभर फैलिरहेको थियो, अनि धनी मानिसहरूले पनि ज्यान गुमाएका थिए, यस बेला मैले जतिसुकै पैसाले पनि जीवन किन्न सक्दैन भन्ने महसुस गरेँ। यो त प्रभु येशूको यो वचनले भनेजस्तै हो: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। त्यसैले मैले जीवनमा मेरो गलत खोजलाई बदल्ने, र सत्यता पछ्याउन सुरु गर्ने, मेरा कर्तव्यहरू राम्ररी निर्वाह गर्ने, र एउटा अर्थपूर्ण जीवन जिउने निर्णय गरेँ।
पछि, मैले यो पनि सोचेँ, “किन सम्पत्ति, ख्याति र प्राप्तिको खोजले मानिसहरूलाई सधैँ पीडा दिन्छ?” मेरो आत्मिक भक्तिको समयमा, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूका दुईवटा खण्डहरू पढेँ, र मैले यस विषयमा केही बुझाइ हासिल गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? … शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने, शैतानले चर्चित व्यक्तिहरू र महान् हस्तीहरूका भनाइहरू, ज्ञानको संस्कार, र स्कूलहरूको शिक्षा प्रयोग गरेर मानिसहरूमा बाँच्ने विभिन्न भ्रामक नियमहरू र जीवनप्रतिका दृष्टिकोणहरू हालिदिन्छ, जसले गर्दा पुस्तौँदेखि मानिसहरू ख्याति र प्राप्तिलाई पछ्याउँछन् र त्यसका लागि सङ्घर्ष गर्छन्, र अन्ततः यही पछ्याइको भुमरीमा परेर विनाश हुन्छन्। मलाई बाल्यकालदेखि नै यस्तै शिक्षा दिइएको थियो, जस्तै “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ,” र “दुनियाँ पैसाको इसारामा चल्छ,” जस्ता विचारहरू र शैतानका अन्य बाँच्ने नियमहरू मेरो हृदयमा गहिरो गरी जरा गाडेर बसेका थिए। मैले के विश्वास गर्थेँ भने, मानिस पैसाविना बाँच्न सक्दैन, भौतिक आनन्दका लागि र अरूको प्रशंसा र डाहा पाउनका लागि पैसा हुनु आवश्यक छ, अनि यसरी मात्र मानिस इज्जतका साथ बाँच्न सक्छ, र पैसाविना, मानिसलाई तुच्छ मानिन्छ र हेपिन्छ, जसले गर्दा जीवन दयनीय र उकुसमुकुसपूर्ण हुन्छ। ख्याति र प्राप्ति हासिल गर्नका लागि, मैले एक दशकभन्दा बढी कडा मिहिनेत गरेर पढेँ, र काम सुरु गरेपछि, बढुवा र तलब वृद्धिका लागि मैले दिनरात नभनी परिश्रम गरेँ। मेरा इच्छाहरू झन्-झन् ठूला हुँदै गए, र म जति धेरै पाउँथेँ, त्यति नै धेरै चाहन्थेँ, म कहिल्यै सन्तुष्ट भइनँ। बिरामी हुने हदसम्म शरीरलाई थकाउँदा पनि, म अझै आराम गर्न मान्दिनथेँ। मेरी सासूआमाले मलाई परमेश्वरको आखिरी दिनहरूको मुक्तिबारे धेरै पटक गवाही दिनुभयो, र मलाई परमेश्वरमा विश्वास गर्नु राम्रो हो भन्ने थाहा थियो, तर म अझै पनि पैसाको पछि लाग्न छोड्न मान्दिनथेँ, म आफ्नो सारा समय र ऊर्जा ख्याति र प्राप्तिका पछि लाग्नमा खर्च गर्थेँ। अन्तमा, मैले ख्याति र प्राप्ति हासिल गरे पनि, मेरो आत्माले कहिल्यै शान्ति र चैन पाएन; बरु, म पूर्ण रूपमा थकित र व्याकुल भएँ। अब मैले के स्पष्ट रूपमा देखेँ भने, यो सबै पीडा शैतानले भ्रष्ट तुल्याएको र हानि गरेको कारण आएको थियो। ख्याति र प्राप्ति भनेका मानिसहरूलाई नर्कमा लोभ्याएर लैजानका लागि शैतानले थापेका पासोहरू हुन्, यी त शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन र हानि गर्नका लागि प्रयोग गर्ने दुर्भावपूर्ण माध्यमहरू हुन्, जसले गर्दा मानिसहरू परमेश्वरबाट टाढा जान्छन् र अझ धेरै पीडामा जिउँछन्, र अन्ततः शैतानको हानिद्वारा तिनीहरूको मृत्यु हुन्छ। यदि परमेश्वरका वचनहरूको खुलासा नपाएको भए, मैले ख्याति र प्राप्ति प्रयोग गरेर मानिसहरूलाई भ्रष्ट तुल्याउने र हानि गर्ने शैतानका कुटिल अभिप्रायहरू देख्न सक्ने थिइनँ, अनि म शैतानद्वारा सास्ती पाउने क्रम जारी रहने थियो, यहाँसम्म कि मेरो आफ्नै ज्यान पनि जोखिममा पर्ने थियो। अब म केवल निष्ठापूर्वक परमेश्वरमा विश्वास गर्न र सत्यता पछ्याउन चाहन्थेँ, र अब उप्रान्त शैतानको छलकपटमा परी पैसाको पछि लाग्न चाहन्नथेँ। त्यसपछि, जब हामीसँग समय हुन्थ्यो, तब हाम्रो परिवारले सँगै परमेश्वरका वचनहरू पढ्थ्यौँ, भजन सुन्थ्यौँ, र अनुभवात्मक गवाहीका भिडियोहरू हेर्थ्यौँ। म अब पैसाका लागि हाड घोटेर काम गर्ने ती दिनहरूमा जिउन छोडेको थिएँ, बरु, म प्रायजसो ब्रदर-सिस्टरहरूसँग सत्यताबारे सङ्गति गर्थेँ, र परमेश्वरका वचनहरूको मलजल र आपूर्तिको आनन्द लिन्थेँ। मैले पहिले कहिल्यै नपाएको शान्ति र चैनको महसुस गरेँ।
२०२१ को दोस्रो भागमा, उद्योगमा मन्दी आएको कारण, अर्डरको कमीले गर्दा मेरो कारखाना बन्द भयो। मलाई अलिकति दुःख लागे पनि, म पहिलेको जस्तो थिइनँ, कारखानाको सामान्य सञ्चालन कायम राख्नका लागि म अब दिमाग खियाउदिनथेँ। बरु, म समर्पित भएँ र यसलाई अनुभव गर्न परमेश्वरमा भर परेँ, यसरी पैसाले नबाँधिदा मलाई धेरै राहत महसुस भयो। त्यस बेला, मैले कतै आंशिक काम पाएँ, र तलब धेरै नभए पनि, हाम्रो परिवारको खर्च धान्न यो पर्याप्त थियो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले मलाई भेलाहरूमा सहभागी हुन र मेरा कर्तव्यहरू राम्ररी निर्वाह गर्न समय दियो।
त्यसको केही समय नबित्दै, एउटा कुराद्वारा मेरो परीक्षा भयो। एक दिन, एउटा पब्लिक लिमिटेड कम्पनीको मालिक मकहाँ आए, र उनले भर्खरै अधिग्रहण गरेको कम्पनी व्यवस्थापन गर्नका लागि मलाई प्रस्ताव गरे, जसका लागि पाँच लाख युआन वार्षिक तलब दिइने थियो। मैले मनमनै सोचेँ, “यो कम्पनीसँग धेरै राम्रो पुँजी छ। यदि मैले यो जागिर खाएँ भने, म एउटा उच्च पदमा हुनेछु, अनि मेरा आफन्त र साथीभाइहरूले पक्कै पनि मलाई फेरि उच्च सम्मानका साथ हेर्नेछन्।” तर त्यसपछि मैले सोचेँ, “यदि मैले सहमति जनाएँ भने, म बारम्बार यात्रा गर्नुपर्नेछ र विभिन्न किसिमका भेटघाट तथा भोजभतेरमा जानुपर्नेछ; परमेश्वरका वचनहरू खानु र पिउनु अनि भेलाहरूमा सहभागी हुनु त आकाशको फल जस्तै हुनेछ, आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा त परै जाओस्। बल्लतल्ल म पैसा कमाउने भुमरीबाट उम्केको छु, र मसँग परमेश्वरका वचनहरू खान र पिउन, भेलाहरूमा सहभागी हुन र मेरा कर्तव्यहरू निर्वाह गर्न समय छ। म अब यी अर्थहीन कुराहरूमा मेरो समय बर्बाद गर्न सक्दिनँ।” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “सामान्य मानिस, र परमेश्वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्वरका मानिसहरू बन्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरका लागि जिउँछौ, र परमेश्वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने, स्वभावमा परिवर्तन हासिल गर्न र परमेश्वरका मानिसहरूको रूपमा राज्यमा प्रवेश गर्नका लागि सत्यता पछ्याउनु नै जीवन जिउने सबैभन्दा अर्थपूर्ण तरिका र साँचो भविष्य हो। शैतानले मलाई “उच्च पद” दिएर परीक्षा गर्न यो मालिकलाई प्रयोग गर्यो, र मलाई ख्याति र प्राप्तिका लागि व्यस्त रहने भुमरीमा फेरि फसाउन, र परमेश्वरको मुक्ति पाउने मेरो मौका पूर्ण रूपमा गुमाउन लगाउन खोज्यो। म शैतानको दाउपेचमा पर्नु हुँदैनथ्यो। अहिले परमेश्वरको मुक्ति र मानिसहरूलाई सिद्ध पार्ने कामका लागि यो महत्त्वपूर्ण समय थियो, मैले परमेश्वरमा विश्वास गरेको छोटो समय मात्र भएको थियो र मैले थोरै मात्र सत्यता बुझेको थिएँ, त्यसैले सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने यो मेरो अन्तिम मौका थियो। यदि यो अवसर गुम्यो भने, परमेश्वरको काम सकिएपछि सत्यता पछ्याउनलाई धेरै ढिलो भइसकेको हुनेछ। त्यसैले मैले उनको कुरा अस्वीकार गरेँ, र मलाई ठूलो राहत महसुस भयो।
अहिले म मण्डलीमा मेरा कर्तव्यहरू निर्वाह गर्छु र प्रायजसो ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनहरू सङ्गति गर्छु। बिस्तारै, मैले केही सत्यताहरू बुझेको छु र धेरै कुराहरूको वास्तविकता देखेको छु, अनि अहिले मलाई पहिलेको जस्तो पीडा र थकान छैन। म मेरो हृदयमा यस्तो चैन र छुटकारा महसुस गर्छु जुन मैले पहिले कहिल्यै महसुस गरेको थिइनँ। यी सबै प्राप्तिहरू जतिसुकै पैसाले पनि किन्न सकिँदैन। यो साँच्चै परमेश्वरको प्रेम र मुक्ति हो!