७९. समस्याहरू रिपोर्ट गर्न लागेको डर
अप्रिल २०२३ मा, म मण्डलीमा मलजल डिकनका रूपमा सेवा गर्दै थिएँ। त्यतिबेला, कर्तव्य निर्वाह गर्ने धेरै ब्रदर-सिस्टर सीसीपीको गिरफ्तारीमा परेका थिए र मण्डलीको काम ठप्प भएको थियो। केही ब्रदर-सिस्टर र म बाँकी काम सम्हाल्न सहकार्य त गर्दै थियौँ, तर प्रगति निकै सुस्त थियो। केही समयपछि, सिस्टर चेन पिङ मण्डली अगुवा चुनिइन्, र मैले सोचेँ, “अब त राम्रो भयो, अगुवा भएपछि, काम धेरै छिटो अघि बढ्नेछ।”
एक दिन, माथिल्ला अगुवाहरूले प्रचारक सिस्टर सु जिङको मूल्याङ्कन लेखेर पठाउनु भन्दै एउटा पत्र पठाउनुभयो। सु जिङले हाम्रो मण्डलीकै काम हेर्ने भएकाले, हामी सबै उनलाई राम्ररी चिन्थ्यौँ, तर चेन पिङ केही लेख्न इच्छुक थिइनन्, र उनले सु जिङलाई राम्ररी चिन्दिनँ समेत भनिन्। म अलमल्ल परेँ, र सोचेँ, “चेन पिङलाई के भयो? उनको पहिले सु जिङसँग धेरै अन्तरक्रिया भएको छ, ती अन्तरक्रियाबाट उनले सु जिङका बारेमा जे बुझेकी छिन्, त्यसका आधारमा वस्तुगत मूल्याङ्कन दिन सक्छिन्। उनले किन केही लेख्न नचाहेको?” केही दिनपछि, मेरो भेट चेन पिङसँग भयो, र उनले मलाई भनिन्, “तपाईँलाई थाहा छ, त्यस दिन मैले किन सु जिङको मूल्याङ्कन लेख्न चाहिनँ? अगुवाहरूले सु जिङलाई कुन कर्तव्य दिने विचार गरेका छन् कुन्नि, तर मलाई सु जिङ सही व्यक्ति हुन् जस्तो लाग्दैन।” मैले उनलाई विस्तृत कुरा सोधेँ, र चेन पिङले रिसाउँदै भनिन्, “तपाईँलाई थाहा छैन, सन् २०१२ मा सु जिङले अगुवाका रूपमा सेवा गर्दै थिइन्, र उनले कहिल्यै कुनै वास्तविक काम गरिनन्। एकपटक, हामीले श्रमसाध्य गरेर एक जना ख्रीष्टविरोधीलाई निष्कासन गर्ने सामग्री तयार पारेका थियौँ, तर सु जिङले कुनै कारण नदिई त्यो प्रक्रिया रोकिदिइन्। त्यो व्यक्तिले मण्डलीमा पूर्ण रूपमा अराजकता मच्चाएको थियो, तर सु जिङले हामीलाई ऊबारे सामग्री सङ्कलन गर्न दिइनन्। के यो मण्डलीको सफाइ स्वच्छकरण काममा बाधा पुर्याउनु होइन र? के उनी झूटो अगुवा थिइनन् र?” मलाई विश्वास नलाग्ला भनेर डराउँदै, चेन पिङले आफूले पहिले स्वच्छकरणको काम गरेको र मानिसहरूबारे केही खुट्याइ रहेको धाक समेत लगाइन्। तर सु जिङबारे मेरो बुझाइको आधारमा, उनी चेन पिङले भनेजस्तो व्यक्ति थिइनन्। मलाई चेन पिङ र सु जिङबीच कुनै व्यक्तिगत रिसइबी पो छ कि भन्ने शङ्का लाग्यो, नत्र भने चेन पिङले सु जिङप्रति यति ठूलो पूर्वाग्रह किन राख्थिन् र? तर के भएको थियो भन्ने मलाई थाहा थिएन, त्यसैले मैले केही पनि भनिनँ। चेन पिङले भन्दै गइन्, “हालसालै, मैले मण्डलीका समस्याबारे सु जिङलाई रिपोर्ट गरिरहेकी छु, तर उनले कुनै जवाफ दिएकी छैनन्। प्रचारकका रूपमा, उनले वास्तविक समस्याहरू समाधान गरिरहेकी छैनन्!” यो सुनेर, म केही छक्क परेँ, किनकि मलाई चेन पिङले भनिरहेका कतिपय कुरा यथार्थसँग मेल खाँदैनन् जस्तो लाग्यो। मैले सु जिङसँग एक वर्षभन्दा बढी सहकार्य गरेको थिएँ, र उनको क्षमता अलि कम भए पनि, उनी अझै पनि केही वास्तविक काम गर्न सक्थिन्। यसबाहेक, चेन पिङले समस्या रिपोर्ट गर्दा म पनि त्यहीँ थिएँ, र सु जिङले त्यतिबेला समाधान फेला नपारेकी भए तापनि, उनले सबैसँग छलफल गरेर र समाधानको बाटो खोजेर केही वास्तविक समस्या हल गरेकी थिइन्। चेन पिङले भनेजस्तो सु जिङले कुनै वास्तविक काम नै गरिनन् भन्ने कुरा साँचो थिएन। केही समयपछि, चेन पिङले नाडी छाम्ने हिसाबले मलाई सोधिन्, “मेरो बुझाइ पूरै सही नहुन सक्छ। तपाईँले सु जिङलाई धेरै समयदेखि चिन्नुभएको छ, त्यसैले तपाईँले उनलाई अझ राम्ररी बुझेको हुनुपर्छ। तपाईँलाई के लाग्छ?” त्यसैले मैले सु जिङका सबल पक्ष र कमजोरी दुवैबारे बताएँ। जब मैले सु जिङका कमजोरी बताएँ, तब चेन पिङ धेरै खुसी देखिइन्, तर जब मैले सु जिङका राम्रा पक्षबारे कुरा गरेँ, तब चेन पिङ खुसी देखिइनन् र सुन्न चाहिनन्। अन्त्यमा, उनले नचाही-नचाही भनिन्, “सायद म उनीप्रति पूर्वाग्रही छु कि।” त्यसपछि, चेन पिङले मसँग फेरि त्यसबारे कुरा गरिनन्। मलाई लाग्यो कि चेन पिङको सु जिङप्रति पूर्वाग्रह रहेको छ, र उनले मसँग यी कुरा भन्दैगर्दा उनले सु जिङको पिठ्यूँ पछाडि कुरा काटिरहेकी छिन्, र फाटो ल्याउने प्रयास गरिरहेकी छिन् जस्तो देखिन्थ्यो। मैले सोचेँ, “के मैले यो कुरा माथिल्ला अगुवाहरूलाई रिपोर्ट गरेर समाधान गर्न लगाउनुपर्छ? नत्र भने, उहाँहरूबीच सौहार्दपूर्ण सहकार्य नहुँदा काममा असर पर्नेछ।” तर फेरि मैले सोचेँ, “मलाई पूरै अवस्था थाहा छैन, र यदि मैले यो रिपोर्ट गरेँ र चेन पिङले थाहा पाइन् भने, के उहाँले मलाई छुचुन्द्रो भएको आरोप लगाउनेछिन् र मलाई दुःख दिनेछिन्?” यस्तो सोचेर, मैले रिपोर्ट गर्ने आँट गरिनँ।
केही दिनपछि, चेन पिङले सु जिङप्रतिको आफ्नो पूर्वाग्रह अर्को मण्डलीको अगुवा वु सिनलाई पनि सुनाइछिन्, र उनले सुसमाचार डिकन ली युनलाई समेत तानेछिन्, अनि उनीहरूलाई सु जिङ झूटो कामदार हुन् भनेछिन्। म अलि छक्क परेँ, र सोचेँ, “ली युन कसरी यसमा मुछिइन्? अब उनले पनि चेन पिङको पक्ष लिइरहेकी छिन्। यो सानो समस्या होइन जस्तो छ। मैले तुरुन्तै माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ; नत्र भने, यसले मण्डलीको काममा भद्रगोल मच्चाउनेछ।” तर मलाई चिन्ता पनि लाग्यो, र सोचेँ “चेन पिङ मेरो कामको प्रभारी हुन्, यदि मैले उनका समस्याहरूबारे रिपोर्ट गरेँ र उनले थाहा पाइन् भने, के उनले मलाई दमन गर्नेछिन् वा सास्ती दिनेछिन्?” यस्तो सोचेर, म अलि डराएँ, त्यसैले मैले रिपोर्ट गर्ने आँट गरिनँ।
केही दिनपछि, स्वच्छकरण कामको जिम्मा लिएकी सिस्टर डानचुनले मलाई एउटा पत्र पठाइन्, जसमा चेन पिङले उनीसम्म पनि सु जिङप्रतिको पूर्वाग्रह फैलाएकी, र चेन पिङले आफूले सु जिङसँग राम्ररी सहकार्य गर्न नसकेको र सु जिङले आफूले दिएको कुनै पनि सुझाव नस्विकारेको दाबी गरेको कुरा उल्लेख थियो। चेन पिङले डानचुनलाई सु जिङको एकनासको व्यवहार कस्तो छ भनेर छानबिन गर्न समेत भनेछिन्। म धेरै छक्क परेँ। सुरुमा त मलाई चेन पिङको सु जिङप्रति व्यक्तिगत पूर्वाग्रह मात्र छ जस्तो लागेको थियो, तर यी कुरा थाहा पाएपछि, यो मामिला त्यति साधारण छैन भन्ने मलाई महसुस भयो; चेन पिङ त गुटबन्दी गर्न र जानिबुझी अराजकता मच्चाउन खोज्दै रहेछिन्। मैले परमेश्वरको वचनको एउटा खण्ड भेटेँ: “कुनै व्यक्तिलाई स्वेच्छाचारी रूपमा निन्दा गर्ने, संज्ञा दिने, र कष्ट दिने घटना प्रायजसो हरेक मण्डलीमा घट्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले निश्चित अगुवा वा कामदारप्रति पूर्वाग्रह राख्छन् र बदला लिनका लागि, तिनीहरूको पिठ्यूँपछाडि तिनीहरूबारे टिप्पणी गर्छन्, र सत्यताबारे सङ्गति गर्ने बहानामा तिनीहरूको खुलासा र चिरफार गर्छन्। त्यस्ता कार्यहरूका पछाडिका अभिप्राय र लक्ष्यहरू गलत हुन्छन्। यदि कसैले साँच्चै नै परमेश्वरको गवाही दिन र अरूलाई फाइदा पुऱ्याउनका लागि सत्यताबारे सङ्गति गरिरहेको छ भने, उसले आफ्ना साँचो अनुभवहरूबारे सङ्गति गर्नुपर्छ, र आफूलाई चिरफार गरेर अनि चिनेर अरूलाई फाइदा पुर्याउनुपर्छ। यस्तो अभ्यासले अझै राम्रा नतिजाहरू दिन्छ, र परमेश्वरका चुनिएका मानिसहरूले यसलाई अनुमोदन गर्नेछन्। यदि कसैको सङ्गतिले अर्को व्यक्तिलाई आक्रमण गर्ने वा बदला लिने प्रयासमा उसको खुलासा गर्छ, उसलाई आक्रमण र हेला गर्छ भने, सङ्गतिको अभिप्राय गलत हुन्छ, यो न्यायोचित हुँदैन, परमेश्वरले यस कुरालाई तिरस्कार गर्नुहुन्छ र यो दाजुभाइ-दिदीबहिनीहरूका लागि आत्मोन्नति गर्ने हुँदैन। यदि कसैको अभिप्राय अरूलाई निन्दा गर्नु वा कष्ट दिनु हो भने, ऊ दुष्ट व्यक्ति हो र उसले दुष्टता गरिरहेको हुन्छ। दुष्ट मानिसहरूको कुरा आउँदा परमेश्वरका चुनिएका सबै मानिसहरूसँग सुझबुझ हुनुपर्छ। यदि कसैले जानी-जानी मानिसहरूलाई प्रहार गर्छ, खुलासा गर्छ, वा हेला गर्छ भने, उसलाई प्रेमपूर्ण ढङ्गले सहयोग गर्नुपर्छ, सङ्गति दिनुपर्छ र चिरफार, वा काटछाँट गर्नुपर्छ। यदि उसले सत्यतालाई स्विकार्न सक्दैन, र जिद्दी भएर आफ्नो मार्ग सच्याउन मान्दैन भने, यो पूर्ण रूपमा फरक मामला हो। प्रायजसो स्वेच्छाचारी ढङ्गले अरूलाई निन्दा गर्ने, संज्ञा र कष्ट दिने दुष्ट मानिसहरूका हकमा, तिनीहरूको राम्ररी खुलासा गरिनुपर्छ, ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सिकून्, त्यसपछि तिनीहरूलाई मण्डलीबाट प्रतिबन्धित वा निष्कासित गर्नुपर्छ। यो अत्यावश्यक कुरा हो, किनभने त्यस्ता मानिसहरूले मण्डली जीवन र मण्डलीको काममा बाधा दिन्छन्, र तिनीहरूले मानिसहरूलाई भ्रममा पार्ने र मण्डलीमा अराजकता ल्याउने सम्भावना हुन्छ। … यी मानिसहरूको व्यवहारले मण्डली जीवनमा असर गर्ने मात्र होइन, मण्डलीमा द्वन्द्व पनि खडा गर्छ। यसले समग्र मण्डलीको काम र सुसमाचार फैलाउने कार्यमा समेत असर पार्न सक्छ। त्यसकारण, अगुवा र कामदारहरूले यस्तो प्रकारको व्यक्तिलाई चेतावनी दिनु, साथै उनीहरूलाई रोक्नु र तह लगाउनु पनि आवश्यक हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१५))। परमेश्वरका वचन धेरै स्पष्ट छन्। मनलागी ढङ्गले अरूको आलोचना गर्नु र दोषी ठहर्याउनु भनेको दुष्ट काम गर्नु हो। यसले मण्डलीको काममा बाधा पुर्याउँछ र यसो गर्ने मानिसहरूलाई तुरुन्तै निषेधित गरिनुपर्छ। हालैका घटनाहरूबारे चिन्तन गर्दै मैले सोचेँ, “सु जिङमा केही समस्या त छन्, तर उनले अझै पनि केही वास्तविक काम गर्न सक्छिन्, त्यसोभए चेन पिङ किन उनका कमजोरी र समस्यामा मात्रै झुण्डिरहेकी छिन्? यदि चेन पिङले सु जिङबाट केही अनुचित काम भइरहेको देखेकी भए, उनले त्यो कुरा सु जिङलाई औँल्याउन वा माथिल्लो नेतृत्वसमक्ष रिपोर्ट गर्न सक्थिन्, तर चेन पिङले मलाई यी कुरा किन भनिरहेकी छिन्, र वर्षौँ पुराना सु जिङप्रतिका गुनासा अहिले किन पोखिरहेकी छिन्? के यो फाटो ल्याउनु होइन र? के यो सु जिङको खुट्टा तान्नु होइन र? यसबाहेक, उनले मेरो अगाडि सु जिङको आलोचना मात्र गरिरहेकी छैनन्, अर्को मण्डलीको अगुवा र सुसमाचार डिकनलाई पनि तान्न खोजिरहेकी छिन्, र स्वच्छकरणको काम हेर्ने सिस्टरसम्म पनि यो कुरा फैलाइरहेकी छिन्। चेन पिङले जे गरिरहेकी छिन्, त्यो पक्कै पनि मण्डलीको कामको रक्षा गर्न होइन, न त सु जिङलाई मद्दत गर्न नै हो। उनी गुटबन्दी गर्न र अराजकता मच्चाउन खोज्दै छिन्, जसको उद्देश्य मानिसहरूलाई आफ्नो पक्षमा पारेर सु जिङको आलोचना गर्नु र उनलाई एक्लो बनाएर सिध्याउनु हो।” यी विचारले मलाई चिन्तित बनायो, “भर्खरै मण्डलीले सीसीपीको धरपकड भोगेको छ, धेरै ब्रदर-सिस्टरले सामान्य मण्डली जीवन जिउन पाउँदैनन्, र मण्डलीका सबै काम अझै पुनर्बहालीको क्रममा छन्। यदि यस्तो बेलामा अराजकता मच्चियो भने, मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवनले ठूलो नोक्सान बेहोर्नेछ।” मैले यो मामिला रिपोर्ट गर्न पत्र लेख्नेबारे सोचेँ। तर लेख्नै लागेको बेला, म फेरि हिचकिचाएँ, र सोचेँ, “चेन पिङ मेरो कामको प्रभारी हुन्, यदि मैले पत्र लेखेको कुरा उनले थाहा पाइन् भने, के उनले ममाथि प्रहार गरी मलाई बहिष्कार गर्नेछिन्? के उनले मेरो जीवन कठिन बनाउनेछिन्, वा मेरा गल्ती समातेर मलाई सास्ती दिने वा निष्कासन गर्ने समेत गर्नेछिन्? यदि त्यस्तो भयो भने, के मेरो मुक्ति पाउने मौका बर्बाद हुनेछैन र?” यो सोचले मलाई तर्सायो र मैले आफैलाई भनेँ, “कुनै व्यक्ति होचो छानामुनि उभिँदा, उससँग टाउको निहुराउने बाहेक अरू कुनै विकल्प हुँदैन! चेन पिङ मेरो काम हेर्ने व्यक्ति हुन्, र यदि मैले उनलाई चिढ्याएँ र उनले मलाई सास्ती दिइन् भने, कसलाई थाहा हुन्छ र? कसले मलाई मद्दत गर्छ र? जे सुकै होस्, म यसमा नमुछिएको नै बेस, नत्र म आफैमाथि विपत्ति निम्त्याउनेछु।” त्यसैले म समस्या रिपोर्ट नगरी त्यत्तिकै बसेँ, तर पछि, मलाई भित्रभित्रै ग्लानि महसुस भइरह्यो।
एक दिन आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका यी वचन भेटेँ: “तिमीहरू सबै भन्छौ, तिमीहरू परमेश्वरको भारलाई ख्याल गर्छौ र मण्डलीको गवाही कायम राख्नेछौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै ख्याल गरेका छौ? आफैलाई सोध्: के तँ परमेश्वरको बोझलाई ख्याल गर्ने व्यक्ति होस्? के तैँले परमेश्वरका निम्ति धार्मिकता अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तैँले दृढताको साथ सत्यता अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूका विरुद्धमा लड्न सक्नेगरी साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तैँले मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले निर्णायक क्षणहरूमा आफ्नो हृदय अर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्नहरू प्रायः सोध्ने गर्, र तिनीहरूको बारेमा बारम्बार सोच्ने गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। “एउटा व्यक्तिको दिमाग यन्त्रमानवको भन्दा फुर्तिलो नै हुन्छ: उसलाई कसरी परिस्थितिअनुकूल हुने भन्ने थाहा हुन्छ, उसलाई केही परिस्थितिहरू आइपर्दा कुन कार्यहरूले उसका स्वार्थमा योगदान पुर्याउँछन् र कुनले पुर्याउँदैनन् भन्ने कुरा थाहा हुन्छ, र ऊ मामलाहरू सम्हाल्न सिपालु हुन्छ र उसले सजिलै त्यो काम गर्छ। अन्ततः जब तँलाई केही आइपर्छ, तब परमेश्वरमाथिको तेरो थोरै आस्था दृढ रहन सक्दैन। तँ परमेश्वरसित धूर्त व्यवहार गर्छस्, उहाँविरुद्ध जालझेलमा संलग्न हुन्छस्, र चालबाजी गर्छस्, र यसले तँमा परमेश्वरमाथि साँचो आस्था नभएको खुलासा गर्छ। तँ परमेश्वर भरोसायोग्य हुनुहुन्न, उहाँले तँलाई रक्षा गर्न वा तेरो सुरक्षाको सुनिश्चितता गर्न नसक्नुहोला, र परमेश्वरले तँलाई मर्न दिन समेत सक्नुहोला भन्ने सोच्छस्। तँलाई परमेश्वरको भर पर्न सकिँदैन र आफूमाथि भर परे मात्र सुनिश्चित हुन सकिन्छ भन्ने महसुस हुन्छ। अन्त्यमा के हुन्छ? तैँले जस्तोसुकै परिस्थिति वा मामलाहरू सामना गरे पनि, तिनलाई सम्हाल्न यी विधि, कार्यनीति र रणनीतिहरू प्रयोग गर्छस्, अनि तँ परमेश्वरको गवाहीमा अडिग रहन सक्दैनस्। परिस्थितिहरू जेजस्ता भए पनि, तँ योग्य अगुवा वा सेवक बन्न सक्दैनस्, एउटा परिचारकका गुण वा व्यवहारहरू प्रस्तुत गर्न सक्दैनस्, र पूर्ण वफादारी देखाउन सक्दैनस्, र यसरी आफ्नो गवाही गुमाउँछस्। तैँले जति वटा मामलाहरू सामना गरे पनि, तँ परमेश्वरमाथिको आस्थामार्फत आफ्नो वफादारी देखाउन र आफ्नो जिम्मेवारी पूरा गर्न असफल हुन्छस्। फलस्वरूप, अन्तिममा तैँले केही पनि प्राप्त गर्दैनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचनले मेरो ठ्याक्कै स्थिति खुलासा गरिदिए। जब परिस्थिति सहज रूपमा चलिरहेको थियो, मैले परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र मेरो भाग्य परमेश्वरकै हातमा छ भनेर उद्घोष गरेँ, तर जब मैले चेन पिङले गुटबन्दी गर्न र अराजकता मच्चाउन खोजिरहेको देखेँ, मलाई यो कुरा छिटो समाधान गर्न माथिल्ला अगुवाहरूसमक्ष रिपोर्ट गर्नुपर्छ भन्ने थाहा थियो, तर ममा परमेश्वरप्रति साँचो आस्थाको कमी थियो र मेरो हृदय चिन्ता र फिक्रीले भरिएको थियो। मलाई डर थियो, यदि चेन पिङले उनीबारे रिपोर्ट गर्ने म हो भन्ने थाहा पाइन् भने मलाई सास्ती दिने र मसँग बदला लिने मौका खोज्नेछिन्, र मलाई निष्कासन समेत गराउन सक्नेछिन्। आफ्नो रक्षा गर्न, मैले चेन पिङका समस्या रिपोर्ट गरिनँ। मैले परमेश्वरमा विश्वास गर्छु भनेर दाबी त गरेँ तर उहाँको सार्वभौमिकतामा भरोसा गरिनँ। मैले मेरो भाग्य त अगुवाहरूको हातमा छ, र यदि कुनै अगुवाले मलाई सास्ती दिए भने, परमेश्वरले मलाई रक्षा गर्नुहुन्छ कि हुन्न भन्ने कुरा अनिश्चित छ भन्ने ठानेँ। यो दृष्टिकोण अविश्वासीको भन्दा कसरी फरक थियो र? मैले समस्याको प्रकृति स्पष्ट रूपमा देखेँ तर रिपोर्ट गर्न चाहिनँ। मैले सधैँ आफ्नै हितको रक्षा गरिरहेको थिएँ, अगुवाद्वारा दमन वा बहिष्कार गरिएला भनेर डराइरहेको थिएँ। मैले परमेश्वरको घरको हितको रक्षा कत्ति पनि गरिरहेको थिइनँ। म कति धेरै स्वार्थी र घृणित भएको रहेछु!
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचन पढेपछि, मलाई निकै लज्जित महसुस भयो। मानिसहरूका लागि परमेश्वरका मागहरू उच्च छैनन्, उहाँ यति मात्र आशा गर्नुहुन्छ कि जब कुनै परिस्थिति आइपर्छ, तब मानिसहरूले उहाँको घरको हितको रक्षा गरून्, र आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य निर्वाह गरून्। यसो गर्दा परमेश्वर सन्तुष्ट हुनुहुनेछ। मैले चेन पिङले अरूको खुट्टा तानिरहेकी छिन्, मण्डलीमा बाधा दिइरहेकी छिन् र अराजकता मच्चाइरहेकी छिन् भन्ने कुरा पक्का गरिसकेको थिएँ, र यो समस्या तुरुन्तै समाधान गरिएन भने, यसले मण्डलीको काममा ठूलो रोकावट ल्याउनेछ भन्ने पनि मलाई थाहा थियो। तर सास्तीको डरले, म यसबारे रिपोर्ट गर्न इच्छुक भइनँ। यसको साटो, मैले पन्छिने र यसलाई बेवास्ता गर्ने बाटो रोजेँ। मेरो विवेक र समझ कहाँ थियो? मेरो मनोवृत्तिले शैतानलाई मण्डलीको काममा बाधा दिन अनुमति दिइरहेको थियो, जुन परमेश्वरप्रतिको विश्वासघात थियो! अब म आफ्नो रक्षा गर्ने कुरातिर लाग्न सक्दिनथेँ। मैले परमेश्वरको घरको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्थ्यो। परमेश्वर धर्मी हुनुहुन्छ, र परमेश्वरको घरमा सत्यताले शासन गर्छ, र यदि मैले सही तरिकाले यो मामिला रिपोर्ट गरेँ भने, चेन पिङले मलाई केही गर्न सक्ने थिइनन्। यदि मैले सास्ती र दमन नै भोगे पनि, यो मैले अनुभव गर्नुपर्ने कुरा हुनेथ्यो र त्यहाँ मैले सिक्नुपर्ने पाठ हुनेथ्यो। मैले केही ब्रदर-सिस्टरका अनुभवात्मक गवाहीहरू पनि पढेँ। जब उनीहरूले ख्रीष्टविरोधी र दुष्ट मानिसहरूको सामना गरे, उनीहरूमध्ये कतिपय सुरुमा सास्ती पाइन्छ कि भन्ने चिन्ताले आफ्नो रक्षा गर्ने स्थितिमा गए, तर प्रार्थना र खोजीमार्फत परमेश्वरको अभिप्राय बुझेपछि, उनिहरूले यी ख्रीष्टविरोधी र दुष्ट मानिसका दुष्ट कार्यहरू रिपोर्ट गरे, र छानबिन तथा पुष्टि भएपछि, यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरू अन्ततः निष्कासित भए, र मण्डलीको काम सामान्य अवस्थामा फर्कियो। उनिहरूका गवाही पढेपछि, म एकदमै उत्साहित भएँ। मैले सोचेँ, “यो समस्या रिपोर्ट गर्न म परमेश्वरमा भर पर्नुपर्छ, ताकि माथिल्ला अगुवाहरूले अवस्था बुझ्न सकून्, यो अराजकतालाई छिट्टै समाधान गर्न मानिसको व्यवस्था गर्न सकून्, र मण्डलीको कामलाई सामान्य रूपमा फर्काउन सकून्। यो मेरो जिम्मेवारी र कर्तव्य हो र म यसबाट पछि हट्न मिल्दैन।” त्यसैले मैले भएका सबै घटनाहरू लेखेँ र माथिल्ला अगुवाहरूलाई रिपोर्ट पठाएँ। यसरी अभ्यास गर्दा, मलाई ढुक्क महसुस भयो।
पछि, मैले चिन्तन गरेँ, “चेन पिङले गुटबन्दी गर्न खोजेको कुराको खुलासा वा रिपोर्ट गर्ने आँट ममा किन आएन? यसको पछाडिको कारण के थियो?” एक दिन, मैले परमेश्वरका वचन पढेँ: “त्यसोभए तिमीहरूले दुष्ट मानिसहरूलाई सम्हाल्न र सम्बोधन गर्न नसक्नुको मूल कारण के हो? के तिमीहरू अन्तर्निहित रूपमै कायर, डरपोक र समस्यादेखि त्रसित भएर हो? यो न त समस्याको मूल कारण हो, न त्यसको सार हो। यो समस्याको सार के हो भने, मानिसहरू परमेश्वरप्रति वफादार छैनन्; तिनीहरू आफैलाई, आफ्नो व्यक्तिगत सुरक्षा, गौरव, हैसियत र निकासलाई रक्षा गर्छन्। तिनीहरू वफादार नभएको कुरा तिनीहरूले कसरी सधैँ आफूलाई बचाउँछन्, केही आइपर्दा कछुवाले टाउको लुकाएझैँ पछि सर्छन्, र सबै साम्य भएपछि मात्र फेरि टाउको बाहिर निकाल्छन् भन्ने कुरामा प्रकट हुन्छ। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू सधैँ कायर हुन्छन्, तिनीहरूमा धेरै व्यग्रता, चिन्ता र डर हुन्छ, र तिनीहरू मण्डलीको कामको रक्षामा उभिन सक्दैनन्। यहाँ के समस्या छ? के यो आस्था नहुनु होइन र? तँसित परमेश्वरप्रति साँचो आस्था छैन, तँ परमेश्वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनेर विश्वास गर्दैनस्, र तँ तेरो जीवन र तेरो सबथोक परमेश्वरको हातमा छ भनेर विश्वास गर्दैनस्। तँ परमेश्वरले भन्नुभएको यो कुरा विश्वास गर्दैनस्: ‘परमेश्वरको अनुमतिविना, शैतानले तेरो शरीरको एउटा रौँ समेत हल्लाउने आँट गर्दैन।’ तँ तैँले देखेकै कुराहरूका भरमा तथ्यहरूको मूल्याङ्कन गर्छस्, तँ आफ्नै हिसाबकिताबका आधारमा कामकुराको मूल्याङ्कन गर्छस्, र हरेक मोडमा आफ्नो बचाउ गर्छस्। तँ एउटा व्यक्तिको भाग्य परमेश्वरको हातमा हुन्छ भन्ने कुरालाई विश्वास गर्दैनस्; तँ शैतान, दुष्ट शक्ति र दुष्ट मानिसदेखि डराउँछस्। के यो परमेश्वरमाथि साँचो आस्था नहुनु होइन र? (हो।) परमेश्वरमाथि साँचो आस्था किन नभएको? के यो मानिसहरूका अनुभवहरू अति सतही हुने र यी कुराहरू छर्लङ्गै देख्नका लागि तिनीहरूले बुझेका सत्यताहरू ज्यादै कम हुने भएर हो, कि के हो? के मानिसहरूका भ्रष्ट स्वभावहरूसँग यसको केही सम्बन्ध छैन र? के यो मानिसहरू अत्यन्तै छली भएर होइन र? (हो।) तिनीहरूले जति नै कुराहरू अनुभव गरे पनि, तिनीहरूसामु जति धेरै तथ्यहरू प्रस्तुत गरे पनि, तिनीहरू यो परमेश्वरको काम हो, वा व्यक्तिको भाग्य परमेश्वरको हातमा हुन्छ भनेर विश्वास गर्दैनन्। यो एउटा पक्ष हो। अर्को घातक समस्या भनेको मानिसहरूले आफूलाई ज्यादै प्रिय ठान्छन्। तिनीहरू परमेश्वर, उहाँको काम, परमेश्वरको घरका हितहरू, उहाँको नाम र उहाँको महिमाका निम्ति कुनै मूल्य चुकाउन वा कुनै त्याग गर्न इच्छुक हुँदैनन्। तिनीहरू त्यस्तो कुनै पनि काम गर्न इच्छुक हुँदैनन्, जसमा सानोभन्दा सानो खतरा हुन्छ। मानिसहरूले आफूलाई ज्यादै प्रिय ठान्छन्! मरिने, अपमानित हुने, दुष्ट मानिसहरूको पासोमा परिने, र कुनै पनि खालको दुर्दशामा परिने डरले, मानिसहरू आफ्नै देहलाई बचाउन हरसम्भव प्रयास गर्छन्, आफूलाई कुनै खतरनाक परिस्थितिमा पर्न नदिने प्रयत्न गर्छन्। एकातिर, मानिसहरू अत्यन्तै छली हुने भएकाले तिनीहरूले यस्तो व्यवहार गर्छन्; अर्कोतिर, यो तिनीहरूले आफूलाई ज्यादै प्रिय ठान्ने र तिनीहरू ज्यादै स्वार्थी हुने भएर हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचनको खुलासाबाट मैले के बुझेँ भने, मैले सत्यता अभ्यास गर्न वा मण्डलीको कामको रक्षा गर्न नसक्नुको मुख्य कारण मेरो प्रकृति साँच्चै स्वार्थी र छली हुनु थियो। “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” र “बुद्धिमान मानिसहरू आत्मरक्षामा सिपालु हुन्छन्, तिनीहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्छन्,” जस्ता शैतानी विषहरूले मलाई नियन्त्रण गरेका थिए। त्यसैले जब परिस्थिति आइपर्थे, म सबैभन्दा पहिले मेरो हितमा हानि पुग्छ कि पुग्दैन भनेर विचार गर्थेँ। मलाई फाइदा हुने कुराहरू गर्न म इच्छुक थिएँ, तर यदि कुनै कुराले मेरो हितमा हानि पुर्याउँथ्यो वा मेरो सुरक्षा खतरामा पार्थ्यो भने, त्यसले मण्डलीको कामको रक्षा गर्ने भए पनि, म त्यो गर्दिनथेँ। चेन पिङले गुटबन्दी गरी अराजकता मच्चाउन खोजिरहेकी छिन्, र यो तुरुन्तै समाधान गरिएन भने, यसले मण्डलीको काममा ठूलो बाधा र अवरोध पुर्याउनेछ भन्ने कुरा मलाई राम्ररी थाहा थियो। तर म लगातार डरले भरिएको थिएँ। मलाई समस्या रिपोर्ट गरेपछि चेन पिङले मसँग बदला लिनेछिन्, मलाई सास्ती दिनेछिन्, वा मलाई निष्कासन समेत गराउनेछिन् भन्ने चिन्ता थियो, त्यसैले मैले रिपोर्ट गर्ने आँट गरिनँ र यसको सट्टा म कछुवाले आफ्नो टाउको खबटाभित्र लुकाए जसरी लुकेर बसेँ। ममा परमेश्वरप्रति अलिकति पनि साँचो आस्था थिएन। म कस्तो कायर थिएँ! मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको थिएँ, र उहाँले मलाई उन्नयन गर्नुभएकाले म मण्डलीमा आफ्ना आफ्नो कर्तव्य गर्दै थिएँ। परमेश्वरको अभिप्राय मैले निर्णायक क्षणहरूमा परमेश्वरको घरको हितको रक्षा गरूँ भन्ने थियो, तर जब चेन पिङले गुटबन्दी गर्ने र अराजकता मच्चाउने प्रयास गरिन् र यसले मण्डलीको कामलाई ठप्प पार्ने खतरा निम्त्यायो, मैले आफ्नै हितबारे मात्र विचार गरेँ। म कति धेरै स्वार्थी र छली थिएँ! आफ्नो रक्षा गर्न, आफूले बुझेको सत्यता समेत अभ्यास गर्न म तयार थिइनँ—के म यसरी कायरतापूर्ण र लज्जास्पद जीवन जिइरहेको थिइनँ र? यदि मैले यो बानी नबदलेको भए, म पक्कै पनि परमेश्वरद्वारा तिरस्कृत हुनेथेँ र हटाइने थिएँ। विशेष गरी मण्डलीले भर्खरै सीसीपीको धरपकड भोगेको, र कामका विभिन्न पक्ष पुनर्बहाली नभइसकेको अवस्थामा, यदि फेरि अर्को अराजकता मच्चियो भने, मण्डलीको काममा बाधा पुग्ने मात्र होइन, ब्रदर-सिस्टरहरूको जीवन प्रवेशले पनि ठूलो नोक्सान बेहोर्नेछ। यो कुरा मनमा आउँदा, मैले आफ्ना आँसु रोक्न सकिनँ। मैले आफैलाई भनेँ, “मैले अब परमेश्वरलाई निराश पार्नुहुँदैन। यो समस्यालाई जतिसक्दो चाँडो समाधान गर्न र मण्डलीको कामको रक्षा गर्न मैले सत्यता अभ्यास गर्नैपर्छ।”
पछि, मैले परिस्थिति बुझ्न र पुष्टि गर्न माथिल्ला अगुवाहरूसँग सहकार्य गरेँ। छानबिन गरेपछि, हामीले चेन पिङको सन् २०१२ देखि नै सु जिङप्रति रिसइबी रहेको पायौँ। त्यतिबेला सु जिङ अगुवा थिइन्, र चेन पिङ, हैसियतको भोको भएर, आफू अगुवा बन्न चाहन्थिन् र सु जिङलाई हटाउने प्रयासमा अरूसँग मिलेर गुटबन्दी गरेकी थिइन्। तर उनीहरूको योजना सफल भएन। पछि, चेन पिङलाई बर्खास्त गरियो, तर उनले सधैँ सु जिङप्रति रिसइबी राखिरहिन्, र उनका गल्ती समात्ने कोसिस गरिरहिन्। चेन पिङले सु जिङमाथि लगाएका धेरैजसो आरोप निराधार थिए। सबै कुराको मूल्याङ्कन गरेपछि, के स्पष्ट भयो भने सु जिङले वास्तविक काम नगरेकी होइन रहेछ, बरु चेन पिङले निरन्तर सु जिङका गल्ती समातेर तिललाई पहाड बनाइरहेकी रहेछिन्, र अरू धेरै मानिस समेटेर सु जिङलाई बहिष्कार गर्न खोजिरहेकी रहेछिन्। चेन पिङले ख्रीष्टविरोधीको गम्भीर स्वभाव देखाइन् र उनलाई बर्खास्त गरियो। माथिल्ला अगुवाहरूले उनका व्यवहारको प्रकृति र हानिबारे चिरफार गर्नुभयो र उनलाई चेतावनी दिनुभयो। सङ्गति र खुट्याइको माध्यमबाट, सुसमाचार डिकन ली युनले आफू चेन पिङद्वारा प्रयोग भएको महसुस गरिन्। उनले आफूबाट मण्डलीको काममा अवरोध र बाधा पुगेको पनि महसुस गरे, र पछि उनले पश्चात्तापको पत्र लेखे। सिद्धान्तका आधारमा, मण्डलीले ली युनलाई पश्चात्ताप गर्ने मौका दियो र उहाँलाई काममा राखिराख्यो।
यो मामिलाबाट गुज्रिएपछि, मलाई हृदयमा के महसुस भयो भने परमेश्वरको घरमा सत्यताले शासन गर्छ, र परमेश्वरको धर्मी स्वभावले कुनै पनि उल्लङ्घन सहँदैन। सत्यता अभ्यास नगर्ने र सत्यताको प्रतिरोध गर्ने वा त्यसप्रति वितृष्णा राख्ने ख्रीष्टविरोधी र दुष्ट मानिसहरू अन्ततः परमेश्वरद्वारा प्रकट हुनेछन् र हटाइनेछन्। सत्यता बुझ्नु र इन्साफको बोध हुनु कति महत्त्वपूर्ण रहेछ भन्ने पनि मैले देखेँ। यदि हामीले मण्डलीका दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुलासा र रिपोर्ट गरेनौँ भने, मण्डलीको काममा गम्भीर बाधा पुग्ने मात्र होइन, ब्रदर-सिस्टरहरूको जीवन प्रगतिमा पनि अवरोध आउनेछ। यो वास्तविक वातावरणमार्फत, मैले आफू कति गहिरो रूपमा भ्रष्ट र कमी भएको, अनि कति स्वार्थी र छली छु भन्ने देखेँ। साथै, यो मामिलाले मलाई केही सुझबुझ प्राप्त गर्न मद्दत गर्यो। म भित्री हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिन्छु!