७७. म आफ्नो कर्तव्य निर्वाह गर्न किन सधैँ अरूमा भर पर्छु?

वु नान, चीन

मे २०२३ मा, म मण्डलीको अगुवा चुनिएँ। अगुवा हुनु भनेको कामका सबै पक्षको जिम्मेवारी लिनु हो, र आफू पहिले कहिल्यै अगुवा नभएकी अनि विभिन्न कामबारे आफूलाई राम्ररी थाहा नभएको कुरा विचार गर्दै, यो राम्रोसँग काम गर्न कति प्रयास गर्नुपर्ला र कस्तो मूल्य चुकाउनुपर्ला भनेर म सोच्थेँ। मैले त्यो भूमिका अस्वीकार गर्न बहाना बनाऊँ कि भन्ने सोचेँ, तर ब्रदर-सिस्टरहरूले मलाई चुनेका थिए, र बहाना खोजेर इन्कार गर्नु साह्रै असमझदार कुरा हुनेथियो। यस्तो सोचेर, मैले अरू केही बोलिनँ। मसँग सहकार्य गरिरहेकी सिस्टर चेन जिङ धेरै वर्षदेखि अगुवा भएकी र कामका सबै पक्षसित परिचित भएकी मैले देखेँ, त्यसैले मलाई प्रश्न सोध्नुपर्दा म जहिले पनि चेन जिङलाई सोध्थेँ, र उनले मलाई कामकुरा कसरी सम्हाल्ने भनेर बताउँथिन्। उनको मदत पाउँदा मलाई आफू धेरै भाग्यमानी भएको महसुस हुन्थ्यो। पहिले, मैले एकल-कार्यको काम गर्दा, म नै मुख्य जनशक्ति थिएँ र सबै कुराको चिन्ता आफै लिनुपर्थ्यो, तर अहिले चेन जिङ मसँग सहकार्य गरिरहेकीले, गाह्रा र जटिल समस्याहरू उनले नै सम्हाल्थिन् र समाधान गर्थिन्, त्यसैले मैले उनको पछि लागेर उनलाई सघाए मात्र पुग्थ्यो। कार्यभार उल्लेखनीय भए तापनि, चेन जिङ साथमा हुँदा मलाई त्यो धेरै गाह्रो लाग्दैनथ्यो। मभन्दा चेन जिङ धेरै कामका लागि जिम्मेवार थिइन्, र कहिलेकाहीँ उनी कामले थिचिएकी देख्दा म सोच्थेँ, “चेन जिङको जिम्माको कामबारे मलाई थाहा छैन, त्यसैले म उनलाई मदत गर्न सक्दिनँ, र जे भए पनि, उनी लामो समयदेखि अगुवा भएकी छिन्, त्यसैले जसले धेरै काम गर्न सक्छ उसैले धेरै गर्नुपर्छ!” त्यसैले चेन जिङलाई काममा कठिनाइ पर्दा, म कहिलेकाहीँ मात्र आफ्ना रायहरू दिन्थेँ र ती समस्याहरूबारे खासै चासो राख्दिनथेँ।

अगस्टको एक दिन, चेन जिङको अचानक बढुवा भयो। जब मैले चेन जिङको सरुवा हुन लागेको सुनेँ, मलाई तत्काल दबाब महसुस हुन थाल्यो। मैले तालिम लिइरहेको केही महिना मात्र भएको थियो र मलाई कसरी सम्हाल्ने भनी थाहा नभएका थुप्रै कुरा थिए। चेन जिङ साथमा हुँदा, मलाई कठिनाइ पर्दा उनलाई सोध्न सक्थेँ, अब उनी गइन् भने मैले यी जिम्मेवारीहरू कसरी थाम्न सक्छु र? म चाहन्नथेँ चेन जिङ जाऊन्, तर माथिल्लो अगुवाहरूले पहिले नै बन्दोबस्त गरिसकेका थिए, त्यसैले मैले त्यो स्वीकार गर्नुपर्थ्यो। तर सबै काम म एक्लैले सम्हाल्नुपर्छ भन्ने सोचले मलाई अत्यायो र मेरो मुड साह्रै खराब भयो। मैले सोचेँ, “चेन जिङले हेर्ने गरेको कामबारे मलाई ज्ञान छैन, र मैले सुरुदेखि नै सबै कुरासँग परिचित हुनुपर्नेछ। मैले कति कष्ट भोग्नुपर्ने हो? मैले कस्तो मूल्य चुकाउनुपर्ने हो?” मलाई साह्रै उकुसमुकुस भयो। चेन जिङ गएपछि, कामबारे मैले आफै रिपोर्ट गर्नुपर्ने थियो, तर चेन जिङ साथमा छँदा मैले धेरैजसो कामबारे सोधपुछ नगरेकी वा चासो नराखेकी हुनाले, म ती कामहरूसँग परिचित थिइनँ र तीबारे बुझ्न र पोख्त हुन मैले धेरै समय खर्च गर्नुपर्थ्यो। मलाई शारीरिक रूपमा थकाइ लाग्थ्यो र मानसिक रूपमा झन् धेरै लखतरान हुन्थेँ, र म माथिल्लो अगुवाहरूप्रति प्रतिरोधी र असन्तुष्ट नभई बस्नै सकिनँ। मैले सोचेँ, “तपाईँहरू मेरो दृष्टिकोणबाट परिस्थितिलाई किन विचार गर्नुहुन्न? म पहिले कहिल्यै अगुवा भएकी छैन र मैले छोटो समयका लागि मात्र तालिम गरेकी छु, त्यसैले म यो कर्तव्य स्वतन्त्र रूपले निर्वाह गर्न सक्दिनँ। चेन जिङ धेरै वर्षदेखि अगुवा थिइन् र कामका सबै पक्षमा निपुण थिइन्; तपाईँहरूले किन उनलाई सरुवा गरेर मलाई यहाँ एक्लै छोड्नुभयो?” जति धेरै सोच्थेँ, उति नै धेरै पीडा र उकुसमुकुस महसुस गर्थेँ। मेरो छातीमा ठूलो ढुङ्गाले थिचेजस्तै सास फेर्न गाह्रो भइरहेको थियो। मलाई म आफ्नो शरीरको वास्ता गरिरहेकी छु भन्ने महसुस भयो, त्यसैले मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई आफूलाई चिन्न र समर्पित हुन अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनेर बिन्ती गरेँ।

मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले ख्रीष्टका वचनहरू, आदेशहरू, वा उहाँले सङ्गति गर्ने सिद्धान्तहरू सामना गर्नुपर्दा—त्यसले तिनीहरूलाई कठिनाइहरू निम्त्याउनेबित्तिकै वा दुःख भोग्नुपर्ने वा मूल्य चुकाउनुपर्ने तुल्याउनेबित्तिकै—तिनीहरूको पहिलो प्रतिक्रिया प्रतिरोध र इन्कार हुन्छ, र तिनीहरू हृदयमा घिन महसुस गर्छन्। तर तिनीहरूलाई गर्न इच्छा भएको वा फाइदा हुने कुराको सन्दर्भमा, तिनीहरूको मनोवृत्ति त्यस्तो हुँदैन। ख्रीष्टविरोधीहरू आराममा लिप्त हुने र अरूभन्दा अलग देखिने चाहना राख्छन्, तर तिनीहरूले दैहिक कष्टहरू सामना गर्नुपर्दा, मूल्य चुकाउनुपर्दा, वा अरूलाई चिढ्याउने जोखिम लिनुपर्दा, के तिनीहरू प्रसन्‍न र खुसीसाथ स्विकार्न इच्छुक हुन्छन्? के त्यसपछि तिनीहरूले पूर्ण समर्पण हासिल गर्न सक्छन्? कति पनि सक्दैनन्; तिनीहरूमा पूर्णतः अनाज्ञाकारिता र अवज्ञाको मनोवृत्ति हुन्छ। जब ख्रीष्टविरोधी मानिसहरूले आफूले गर्न नचाहेका काम, र तिनीहरूका अभिरूचि, रुचि, वा स्वार्थसँग नमिल्ने कुरा सामना गर्छन्, तब ख्रीष्टका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति पूर्ण इन्कार र प्रतिरोध बन्छ, र त्यसमा एकै थोपा पनि समर्पण हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। परमेश्‍वर खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरू परमेश्‍वरद्वारा योजनाबद्ध र बन्दोबस्त गरिएका परिवेशहरूलाई आफ्नै प्राथमिकता र चाहनाअनुसार लिन्छन्, यसले आफ्नो देहलाई फाइदा गर्छ कि गर्दैन भनेर सधैँ विचार गर्छन्, आफूलाई फाइदा हुने कुरालाई मात्र स्वीकार गर्छन् र समर्पित हुन्छन्, र यदि कुनै परिवेशले तिनीहरूलाई फाइदा गर्दैन वा कष्ट दिन्छ भने, तिनीहरू समर्पित हुन सक्दैनन्, र तिनीहरूले गुनासो र प्रतिरोध समेत गर्छन्, अनि परमेश्‍वरप्रति गनगन पोख्छन्। मैले ख्रीष्टविरोधीले जस्तै व्यवहार गरिरहेकी थिएँ; मेरा कर्तव्यहरूमा, मैले सबैभन्दा पहिले आफ्ना दैहिक हितहरूलाई मात्र विचार गरेकी थिएँ। चेन जिङसँग सहकार्य गर्दा, उनले सबै कठिनाइहरू सम्हाल्थिन् र समाधान गर्थिन्, त्यसैले मैले धेरै प्रयास खर्च गर्नुपर्दैनथ्यो, र म स्वीकार गर्न र समर्पित हुन सक्थेँ। चेन जिङको बढुवा भएर मण्डलीको काम मैले एक्लै सम्हाल्नुपर्ने भएपछि, मैले कामको हरेक पक्षमा वास्तवमै कष्ट भोग्नुपर्थ्यो र मूल्य चुकाउनुपर्थ्यो, त्यसैले म समर्पित हुन सकिनँ। म चाहन्नथेँ चेन जिङ जाऊन्, अनि अगुवाहरूले मेरो कठिनाइप्रति सहानुभूति देखाएनन् भनेर गुनासो गरेँ। म आफ्नो कर्तव्यहरूमा व्यस्त जस्तो देखिए तापनि, मेरो हृदय प्रतिरोध र गुनासाहरूले भरिएको थियो, र म सधैँ यो कर्तव्य निर्वाह गर्दा साह्रै ठूलो दबाब भएको महसुस गर्थेँ। मण्डलीको कामको आवश्यकताका आधारमा माथिल्लो अगुवाहरूले चेन जिङलाई कसरी सरुवा गरे भन्नेबारे चिन्तन गर्दा, मलाई यो बन्दोबस्त सिद्धान्तअनुरूप नै छ भन्ने महसुस भयो, तर म प्रतिरोधी र असन्तुष्ट थिएँ। यो सत्यताप्रति समर्पित नहुनु र परमेश्‍वरको प्रतिरोध गर्नु थियो।

त्यसपछि मैले कसरी म तीन महिनाभन्दा बढी समयदेखि अगुवाको कर्तव्य निर्वाह गर्दै आएकी छु, तर अझै पनि मण्डली अगुवाले गर्नुपर्ने कामको बोध गर्न सकेकी छैन भन्नेबारे सोचेँ। चेन जिङको जिम्मामा रहेको कामको त कुरै छोडौँ, मेरो आफ्नै जिम्मामा रहेको काम पनि मैले आंशिक रूपमा मात्र बुझेकी थिएँ। विगतका ती केही महिनाहरूमा, म खासै नबुझीकनै आराममा लिप्त हुने र लटरपटर गर्ने स्थितिमा जिइरहेकी थिएँ। मैले मेरो स्थितिसँग सम्बन्धित परमेश्‍वरका वचनहरू पढेँ: “यदि मानिसहरूले निरन्तर शारीरिक सहजता र खुसी खोज्छन् भने, यदि तिनीहरू निरन्तर शारीरिक सुख र सहजताको पछि लाग्छन्, र कष्ट भोग्‍न चाहँदैनन् भने, थोरै शारीरिक कष्ट, अरूको भन्दा अलिक बढी कष्ट, वा सामान्यभन्दा अलिक बढी काम गर्नुपर्ने अवस्थाले पनि तिनीहरूलाई दबाब महसुस गराउँछ। यो दबाबको एउटा कारण हो। यदि मानिसहरू सानोतिनो शारीरिक कष्टलाई ठूलो मान्दैनन्, र शारीरिक सहजताको पछि लाग्दैनन्, बरु त्यसको साटो सत्यता पछ्याउँछन् र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन् भने, तिनीहरूले प्राय शारीरिक कष्ट अनुभव गर्नेछैनन्। बेलाबेला तिनीहरूलाई व्यस्त, थकित, वा लखतरान भएको महसुस हुने भए पनि, सुतेपछि तिनीहरूलाई ठीक भइहाल्छ, र त्यसपछि तिनीहरू आफ्‍नो कार्य जारी राख्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र काममा ध्यान केन्द्रित गर्छन्; तिनीहरू अलिअलि शारीरिक थकानलाई ठूलो कुरा ठान्दैनन्। तर जब मानिसहरूको सोचमै समस्या पैदा हुन्छ र जब तिनीहरू निरन्तर शारीरिक सहजताको पछि लाग्छन्, तब तिनीहरूको शरीरमा अलिकति समस्या हुँदा पनि वा सन्तुष्टि प्राप्त गर्न नसक्‍नेबित्तिकै, तिनीहरूमा निश्‍चित नकारात्मक संवेगहरू प्रकट हुन्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। “तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण होस्, अथवा कठिन वा सरल होस्, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि कामचोर हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्‍नो जिम्‍मेवारी अरू मानिसहरूको काँधमा थोपर्न चाहन्छन्, कुनै जिम्‍मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, जीविकोपार्जनका लागि कसले पो आफ्‍नै भर पर्नु पर्दैन र? व्यक्ति वयस्क भएपछि, उसले आफ्‍नो ज्यान आफै पाल्‍नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्‍नो जिम्‍मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्छा गरे पनि, तिनीहरूलाई त्यो कुरामा अप्ठ्यारो लाग्‍छ। तिनीहरूले आफ्ना आमाबुबाले आफूलाई हुर्काउने आफ्‍नो मिसन पूरा गरेका छन् र आफू सक्षम वयस्क हुँ, र आफू आत्मनिर्भर भई बाँच्‍न सक्‍नुपर्छ भन्‍ने कुरा बुझ्न सक्‍नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको समझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्‍ना आमाबुबासँग हात पसारिरहनु नपर्ने हो; उसलाई अरू हाँस्लान्, र आफ्नो इज्जत जाला भन्‍ने डर हुनेछ। त्यसोभए, सहजतालाई मन पराउने र कामलाई घृणा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) तिनीहरू सधैँ सित्तैमा केही पाउन चाहन्छन्; तिनीहरू कहिल्यै कुनै जिम्‍मेवारी पूरा गर्न चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्‍ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीन पटक खान चाहन्छन्, बस कसैले भात पस्केर देओस् भन्‍ने चाहना गर्छन्, र मिठो-मिठो खान र पिउन चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा सत्यनिष्ठा र मर्यादा हुन्छ त? कदापि हुँदैन। तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको घरमा रहन लायक हुँदैनन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वर भन्नुहुन्छ, सामान्य समझ भएको व्यक्ति, जब ऊ वयस्क हुन्छ र स्वतन्त्र रूपमा जिउन सक्छ, तब उसले आफ्नै श्रमद्वारा आफैलाई पाल्न सक्षम हुनुपर्छ, तर जो आराम-प्यारो गर्छ र कामलाई घृणा गर्छ, बाँच्न सक्षम भए तापनि काम गर्न इच्छुक हुनेछैन, र आमाबुबाको कमाइ खाएर बाँच्नेछ। त्यस्तो व्यक्ति परजीवीजस्तै हो। उसमा निष्ठा र मर्यादा हुँदैन र ऊ जिउन लायक हुँदैनन्। परमेश्‍वरले खुलासा गर्नुभएझैँ, म पनि आमाबुबाको कमाइ खाने मानिसहरूजस्तै व्यवहार गरिरहेकी थिएँ। चेन जिङसँग काम गर्दा, म निष्क्रिय थिएँ र हरेक कुरामा उनीमाथि भर पर्थें, र मण्डलीको काममा कठिनाइ र समस्याहरू आउँदा, मैले आफूले मेहेनत गर्न नपरोस् र सजिलो होस् भनेर ती समस्याहरू समाधान गर्न चेन जिङलाई दिन्थेँ। चेन जिङको सरुवा भएपछि, मैले सबै कामको चिन्ता आफैले लिनुपर्ने र आफैले सम्हाल्नुपर्ने भएको देखेँ, त्यसैले मलाई पीडा र उकुसमुकुस महसुस भयो, म स्वीकार गर्न र समर्पित हुन इच्छुक थिइनँ, र आफूले कष्ट भोग्न र मूल्य चुकाउन नपरोस् भनेर, मैले चेन जिङलाई राख्न समेत चाहेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “तिनीहरू आफ्‍नो कर्तव्य र काममा ध्यान केन्द्रित गर्छन्; तिनीहरू अलिअलि शारीरिक थकानलाई ठूलो कुरा ठान्दैनन्। तर जब मानिसहरूको सोचमै समस्या पैदा हुन्छ र जब तिनीहरू निरन्तर शारीरिक सहजताको पछि लाग्छन्, तब तिनीहरूको शरीरमा अलिकति समस्या हुँदा पनि वा सन्तुष्टि प्राप्त गर्न नसक्‍नेबित्तिकै, तिनीहरूमा निश्‍चित नकारात्मक संवेगहरू प्रकट हुन्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। मेरो शरीर यति अल्छी थियो कि कामको दबाब बढ्दा, मलाई उकुसमुकुस र प्रतिरोध महसुस भयो। मेरो मुख्य समस्या मेरा सोच र दृष्टिकोणहरूमा थियो। शैतानले सिकाएका “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ” र “मानिसले बाचुन्जेल आफैलाई राम्रो गर्नुपर्छ” जस्ता विचारहरूले मलाई नियन्त्रण गरेका थिए, जसले मलाई साह्रै स्वार्थी र अल्छी बनायो, र म देहमा लिप्त हुन, अरूमा भर पर्न र अरूको श्रमको फल खान मात्र चाहन्थेँ। म आफै अलिकति पनि दुःखकष्ट भोग्न चाहन्नथेँ, र परजीवी वा आमाबुबाको कमाइ सित्तैमा खाने व्यक्तिजस्तै जिउन चाहन्थेँ, र यसरी जिउनु नै आरामदायी हुन्छ भन्ने ठान्थेँ। विगतका केही महिनायता, मेरो देह आराममा बसेको थियो, तर मैले कर्तव्यमा कुनै प्रगति गरेकी थिइनँ, र मैले धेरै कम सत्यता प्राप्त गरेकी थिएँ। अगुवाका रूपमा, मैले आफ्नो सहकर्मीसँग मिलेर सबै काम थामिरहेको हुनुपर्थ्यो, तर म अल्छी भएँ, दैहिक सुखमा लिप्त भएँ, र कर्तव्यमा थोरै मात्र योगदान दिएँ, र मैले मानकअनुरूप श्रम समेत गरिरहेकी थिइनँ। मैले संसारमा आमाबुबाको कमाइ सित्तैमा खाएर बस्नेहरूले कसरी देह लिप्तमा रहन्छन्, तर निष्ठा र मर्यादाविना जिउँछन्, सबैद्वारा हेपिन्छन्, अनि आमाबुबाले पनि यस्ता सन्तान हुनुमा लज्जित महसुस गर्छन् भन्नेबारे सोचेँ। यदि मैले यो अल्छे, परजीवी सोच परिवर्तन गरिनँ भने, मैले पक्कै पनि परमेश्‍वरको घृणा र तिरस्कार पाउनेथिएँ र म कर्तव्य गर्नेहरूको श्रेणीबाट हटाइनेथिएँ, अनि मुक्ति पाउने मौका गुमाउनेथिएँ। शैतानका विचार र दृष्टिकोणअनुसार जिउँदा परिणाम कति गम्भीर हुन्छन् भन्ने देखेर, मैले आफ्नो कर्तव्य निर्वाह गर्दाको स्थिति परिवर्तन गर्न परमेश्‍वरमा भर पर्न चाहेँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ र अभ्यासको मार्ग प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ सङ्कल्प भएको व्यक्ति होस् भने, यदि तैँले मानिसहरूले लिनुपर्ने जिम्‍मेवारी र दायित्वलाई, सामान्य मानवता भएका मानिसहरूले हासिल गर्नुपर्ने कुराहरूलाई, र वयस्क व्यक्तिले हासिल गर्नुपर्ने कुराहरूलाई आफ्‍नो खोजका उद्देश्य र लक्ष्‍यहरूको रूपमा लिन सक्छस् भने, र यदि तैँले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न सक्छस् भने, तैँले जस्तो मूल्य चुकाए पनि र जस्तो पीडा भोगे पनि, गुनासो गर्नेछैनस्, र यो परमेश्‍वरको माग र अभिप्राय हो भनेर पहिचान गरेसम्‍म, तैँले जुनसुकै कष्ट भोग्‍न र आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछस्। त्यस समयमा, तेरो मनस्थिति फरक हुनेछ; तेरो हृदयमा, तैँले शान्ति र स्थिरता महसुस गर्नेछस्, र आनन्द अनुभव गर्नेछस्। हेर् त, यदि मानिसहरूले आफ्ना कर्तव्यहरू सामान्य रूपमा पूरा गर्न सक्छन्, परमेश्‍वरको आज्ञा वहन गर्न सक्छन्, र जीवनको सही मार्गमा लाग्न सक्छन् भने, तिनीहरूले आफ्नो हृदयभित्र शान्ति र हर्ष महसुस गर्छन्, र स्थिरता र आनन्द अनुभव गर्छन्। यदि तिनीहरू यसबाहेक सत्यता पछ्याउन सक्छन् र सिद्धान्तहरूअनुसार कार्य गर्ने र आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्ने बिन्दुमा पुग्छन् भने, तिनीहरूमा केही परिवर्तन आएका हुनेछन्। यस्ता मानिसहरू विवेक र समझ भएकाहरू हुन्; तिनीहरू सीधा मानिसहरू हुन् जसले कुनै पनि कठिनाइ पार गर्न र कुनै पनि काम वहन गर्न सक्छन्। तिनीहरू ख्रीष्टका असल सिपाहीहरू हुन्, तिनीहरू तालिमबाट गुज्रेका छन्, र कुनै पनि कठिनाइले तिनीहरूलाई हराउन सक्दैन। मलाई भन्, के यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो? (हजुर, हो।) यस्ता मानिसहरूसँग सङ्कल्प हुन्छ; तिनीहरूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। विवेक र समझ भएको वयस्क व्यक्तिका रूपमा, काममा जस्तोसुकै कठिनाइ आए पनि, उसले दबाब खप्नुपर्छ र कामको बोझ उठाउनुपर्छ। सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नेहरू मात्र इमानदार र सही मानिसहरू हुन्। मैले सम्झेँ, जब परमेश्‍वरले नूहलाई जहाज बनाउने आज्ञा दिनुभयो, नूहले जहाज कस्तो हुन्छ भनेर कहिल्यै देखेका थिएनन्, र उनले अभूतपूर्व कठिनाइहरूको सामना गरे, तर उनले आफूले कति कष्ट भोग्नुपर्छ वा कस्तो मूल्य चुकाउनुपर्छ भनेर सोचेनन्, र उनी परमेश्‍वरले दिनुभएको आज्ञा कसरी पूरा गर्ने भन्नेमा मात्र केन्द्रित भए। त्यतिबेला, कुनै विकसित मेसिनहरू थिएनन्, र नूहले काठ खोज्नुपर्थ्यो, रूख काट्नुपर्थ्यो, र तीबाट जहाज बनाउने सामग्री तयार गर्नुपर्थ्यो, र यी कुनै पनि चरण हामीले कल्पना गरेजस्तो सरल वा सजिलो थिएन। तर नूहको दिमागमा एउटै मात्र सोच थियो, त्यो हो, परमेश्‍वरले भनेअनुसारको जहाज कसरी सकेसम्म चाँडो बनाउने। नूहको चरित्रलाई मेरो आफ्नै चरित्रसँग तुलना गर्दा, मलाई लाज लाग्यो। मेरो यो कर्तव्यमा समावेश सबै सिद्धान्तबारे परमेश्‍वरले धेरै स्पष्टसँग बोल्नुभएको थियो। यदि केही कुरामा अन्योल भएमा, म माथिल्लो अगुवाहरूसँग मार्गदर्शन खोज्न सक्थेँ, र सन्दर्भ लिन र सिक्नका लागि धेरै व्यावसायिक ज्ञान पनि थिए। मैले अझ बढी समय र प्रयास खर्च गरेसम्म, म आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्थेँ। अगुवाको कर्तव्य निर्वाह गर्दा, मैले विभिन्न कामहरू गरिरहेको हुनुपर्थ्यो, तर मेरो अल्छीपना र अघि बढ्ने चाहनाको कमीले गर्दा म चेन जिङ जिम्मेवार रहेको कामप्रति उदासीन भएँ, र म त्यसमा सहभागी भइनँ। तर अहिले चेन जिङको सरुवा भइसकेकीले, म कामको अनुगमन गर्न र समस्याहरू समाधान गर्न बोझको भाव विकास गर्न बाध्य थिएँ, जसले मलाई सत्यताको अभ्यास गर्न र सिद्धान्तहरूमा प्रवेश गर्न मदत र प्रोत्साहन दिनेथियो। यदि चेन जिङको सरुवा नभएको भए, म अझै पनि अरूमा भर पर्ने स्थितिमै जिइरहेकी हुनेथिएँ, र मैले धेरै प्रगति गर्ने थिइनँ, न त म स्वतन्त्र रूपमा समस्याहरूबारे सोच्न र समाधान गर्न नै सक्नेथिएँ। परमेश्‍वरको अभिप्राय अलि बढी बुझेपछि मेरो धेरै उकुसमुकुस कम भयो।

सेप्टेम्बर महिनाको एक दिन, चिनियाँ कम्युनिस्ट पार्टीले कयौँ ब्रदर-सिस्टरलाई एकै समयमा गिरफ्तार गरेको थाहा पाउँदा, म तुरुन्तै अत्तालिएँ, र मैले सोचेँ, “विगतमा, मण्डलीमा गिरफ्तारी हुँदा पछिको अवस्था सधैँ चेन जिङले सम्हाल्थिन्, तर अब मैले त्यो अवस्था आफै सम्हाल्नुपर्नेछ, र मैले सत्यतामा सङ्गति गरी डरमा जिइरहेका ब्रदर-सिस्टरहरूको अवस्था स्थिति समाधान गर्नुपर्नेछ। मैले धेरै प्रयास गर्नुपर्नेछ र ठूलो मूल्य चुकाउनुपर्नेछ! यो साह्रै पीडादायी हुनेछ। यदि चेन जिङ नगएकी भए कति राम्रो हुनेथियो; मैले यस्तो सङ्घर्ष गर्नुपर्ने त थिएन।” जब मैले यसरी सोचेँ, मलाई म फेरि देहको वास्ता गर्ने स्थितिमा जिइरहेकी छु भन्ने महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई मौन प्रार्थना गरेँ। मैले ब्रदर-सिस्टरहरूको पक्राउबारे, र परमेश्‍वरको अभिप्राय भनेको मैले सङ्कटपछिको अवस्था सकेसम्म उचित तरिकाले सम्हालौँ, परमेश्‍वरका वचनका पुस्तकहरू अनि ब्रदर-सिस्टरहरूको सुरक्षा गरौँ, साथै नकारात्मक र कमजोर ब्रदर-सिस्टरहरूलाई सहयोग र मदत गरौँ हो भनेर सम्झेँ। यसो गर्दा शारीरिक रूपमा थकाइ लाग्न सक्ने भए तापनि, यो अचानक आइपरेको परिस्थिति मेरा लागि एउटा परीक्षा थियो, र यसले कामकुरा आफै सम्हाल्ने मेरो क्षमतालाई प्रशिक्षित गर्न सक्थ्यो। यस्तो सोचेर, मैले तुरुन्तै ब्रदर-सिस्टरहरूसँग मामिलाबारे छलफल गरेँ र बन्दोबस्त मिलाएँ, परमेश्‍वरका वचनका पुस्तकहरू सुरक्षित छन् कि छैनन् भनेर सोधपुछ गरेँ, जोखिममा रहेकालाई सार्न तुरुन्तै बन्दोबस्त गरेँ, र कुनै अन्योल हुँदा माथिल्लो अगुवाहरूको मार्गदर्शन खोजेँ। सङ्कटपछिको परिस्थिति छिट्टै सम्हालियो, र मण्डलीको हितमा ठूलो नोक्सानी भएन। पछि, मण्डलीले फेरि पक्राउको सामना गर्दा, यसलाई कसरी सम्हाल्ने भनेर मलाई थाहा भयो।

मेरो सहकर्मीको कर्तव्यमा यस फेरबदलले आराममा लिप्त हुने मेरो प्रकृतिलाई प्रकट गर्‍यो, र यसले म अरूमा कति धेरै भर परिरहेकी रहेछु भन्ने कुरा पनि देखायो। यस्तो परिस्थितिबाट नगुज्रिएको भए, मैले अहिलेसम्म कुनै प्रगति गरेकी हुने थिइनँ। मेरो अहिलेको बुझाइ र प्राप्तिहरू परमेश्‍वरका वचनहरूको नतिजा हुन्। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ७६. के बाआमाको भरणपोषण गर्नु परमेश्‍वरले सुम्पनुभएको मिसन हो?

अर्को: ७९. समस्याहरू रिपोर्ट गर्न लागेको डर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्