७४. खतरनाक वातावरणहरूमा कर्तव्यपालन

जिङ्रु, चीन

सन् २०१७ मा, मण्डलीमा सफाइको काम मेरो जिम्मामा थियो। जुलाई २ मा धेरै अगुवा र कामदारहरू अनि ब्रदर-सिस्टरहरू पक्राउ परे। त्यतिबेला मण्डलीमा केही रिपोर्ट पत्रहरू तत्काल सम्हाल्नुपर्ने थियो, तर ती पत्रहरू सम्हाल्न तयार गरिएका केही व्यक्तिहरू सबै पक्राउ परेका थिए। यो कामको जिम्मा लिएकी सिस्टर याङ्ग चेन पनि पक्राउ परेकी थिइन्। माथिल्ला अगुवाहरूले मेरा लागि रिपोर्ट पत्रहरू सम्हाल्ने प्रबन्ध मिलाए, तर मलाई अलिकति अनिच्छा महसुस भयो। मैले मनमनै सोचेँ, “यी मानिसहरू सबै आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर गइरहने हुनाले प्रहरीको निगरानीमा परे र समातिए। जताततै निगरानी उपकरणहरू छन्, कतिमा त अनुहार पहिचान गर्ने क्षमता पनि छ। यदि मैले यो कर्तव्य स्वीकार गरेँ भने, मैले ब्रदर-सिस्टरहरूलाई बारम्बार भेट्नुपर्छ, र अझ सुरक्षाको जोखिम भएका मानिसहरूको सम्पर्कमा समेत आउनुपर्छ। यदि म निगरानी उपकरणद्वारा पहिचान गरिएँ भने, प्रहरीलाई मलाई पछ्याउन र समात्‍न सजिलो हुनेछ। चिनियाँ कम्युनिष्ट पार्टीले परमेश्‍वरका विश्‍वासीहरूलाई राज्य विरुद्धका गम्भीर अपराधीसरह व्यवहार गर्छ, त्यसैले यदि म पक्राउ परिहालेँ भने, मलाई कुटेर मारिएन भने पनि, कम्तीमा अपाङ्ग त पक्कै बनाइनेछ। यदि ममा त्यसका असरहरू रहिरहे भने, मेरो जीवनका पछिल्ला वर्षहरूमा शारीरिक कष्ट मात्र हुनेछैन, मैले अरूको तिरस्कार र कटु टिप्पणीहरू पनि सहनुपर्नेछ।” मैले प्रहरीले ब्रदर-सिस्टरहरूलाई सास्ती दिन कस्ता-कस्ता क्रूर यातनाहरू प्रयोग गर्छन्, र तिनीहरूको तरिका कति क्रूर हुन्छ भन्‍नेबारे पनि सोचेँ। मेरो कद सानो थियो, र यदि म यातना सहन नसकेर यहुदा बन्थेँ भने, मसँग मुक्ति पाउने कुनै मौका हुनेथिएन र म दण्डित पनि हुनेथिएँ। मैले यसबारे जति धेरै सोचेँ, म त्यति नै डराएँ, र मलाई यो कर्तव्य निर्वाह गर्नु निकै खतरनाक लाग्यो। मलाई लाग्यो, मेरो अहिलेको कर्तव्य नै ठीक छ, किनकि यसका लागि म बाहिर जानुपर्दैनथ्यो र यो सुरक्षित थियो। यस्तो सोचेर, म त्यो कर्तव्य अस्वीकार गर्न चाहन्थेँ, तर सिधै बहाना बनाएर यो कर्तव्यबाट पन्छिन खोज्दा मसँग समझको कमी भएको देखिन्थ्यो, त्यसैले मैले माथिल्ला अगुवाहरूलाई जवाफ दिँदै, मेरो क्षमता कमजोर छ, म मानिसहरूलाई खुट्ट्याउन सक्दिनँ, मेरो कामको दक्षता कम छ, र मलाई यो काम सम्हाल्न लगाउँदा काममा ढिलाइ हुन्छ भनेर भनेँ। केही दिनपछि, अगुवाहरूले मसँग परमेश्‍वरको अभिप्रायबारे सङ्गति गर्दै एउटा पत्र पठाए, जसमा रिपोर्ट पत्रहरू सम्हाल्न कसैको तत्काल आवश्यकता रहेको र मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्नेछु भन्‍ने आशा उनीहरूले गरेको कुरा उल्लेख थियो। त्यसपछि म यो कर्तव्यबाट पन्छिन सकिनँ, त्यसैले मैले नचाहँदा-नचाहँदै पनि यो गर्न मन्जुरी जनाएँ, तर अझै पनि भित्रभित्रै अलिकति गुनासो गर्दै विचार गरेँ, “मलाई नै किन यस्तो खतरनाक कर्तव्यमा खटाइँदैछ?” तर त्यसपछि मैले चिनियाँ कम्युनिष्ट पार्टीसँग मेरो कुनै आपराधिक रेकर्ड नरहेको, र अहिले म नै सबैभन्दा उपयुक्त व्यक्ति भएकोबारे सोचेँ। अगुवाहरूले मेरो वास्तविक अवस्थाको वृहत् मूल्याङ्कनका आधारमा यो प्रबन्ध गरेका थिए, त्यसैले उनीहरूले मेरा लागि यो कर्तव्यको प्रबन्ध गरेका थिए, तर म किन सधैँ यसबाट पन्छिन र यसलाई अस्वीकार गर्न चाहन्थेँ? मैले मेरो स्थिति ठीक छैन भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँको अभिप्राय बुझ्न मलाई डोर्‍याउनुहोस् भनी बिन्ती गरेँ।

मैले परमेश्‍वरका वचनका दुई खण्ड पढेँ: “सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: ‘किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। “आशिष् एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; त्यसलाई धेरै मूल्य चुकाएर कमाउनुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्‍वास हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्‍वरले माग गर्नुहुने धेरै सत्यताहरू तिमीहरूमा हुनैपर्छ; त्यसमाथि, तिमीहरूले अटल मनोवृत्तिका साथ इन्साफको सामना गर्नुपर्छ, हार मान्नुहुँदैन। अनि तिमीहरूमा मृत्युसम्‍मै स्थिर रहने परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभावमा परिवर्तनहरू हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्‍वरका सबै योजनाबद्ध कार्यहरू स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्‍मै समर्पित हुनैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्‍वरको कामको अन्तिम लक्ष्य यही नै हो, अनि परमेश्‍वरले मानिसहरूको यस समूहबाट माग गर्नुहुने कुरा पनि यही नै हो। उहाँले नै तिमीहरूलाई दिनुहुन्छ, त्यसैले उहाँले तिमीहरूबाट माग्नु नै हुनेछ, अनि निश्चय नै तिमीहरूबाट उचित मागहरू पनि गर्नु नै हुनेछ। त्यसकारण परमेश्‍वरले गर्नुहुने सबै कामको कारण हुन्छ, जसले परमेश्‍वरले बारम्बार उच्च मानक र कठोर मागहरू तोक्ने काम किन गर्नुहुन्छ भनी देखाउँछ। यसैकारण, तिमीहरू परमेश्‍वरमा भएको विश्‍वासले भरिनैपर्छ। संक्षिप्तमा, परमेश्‍वरले सबै काम तिमीहरूकै खातिर गर्नुहुन्छ, ताकि तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्न योग्य बन्न सक। यो परमेश्‍वरको आफ्नै महिमाको खातिर हो भन्नुको सट्टा, यो तिमीहरूको मुक्ति अनि अशुद्ध देशमा गहन रूपमा पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध पार्नका खातिर हो भन्नु राम्रो हुन्छ। तिमीहरूले परमेश्‍वरको अभिप्राय बुझ्नैपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनहरूले मलाई ठूलो रातो अजिङ्गरको सार नै परमेश्‍वरप्रतिको घृणा हो, र यसले सधैँ परमेश्‍वरको विरोध गर्दै आएको छ, इसाईहरूलाई निगरानी, पिछा र पक्राउ गर्न उच्च-प्रविधिका माध्यमहरू प्रयोग गर्छ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई अवरोध गर्न र सताउन हर प्रकारका उपायहरू लगाउँछ, र परमेश्‍वरको मण्डलीलाई उन्मूलन गर्ने व्यर्थको प्रयास गर्छ भन्‍ने कुरा बुझाए। तर परमेश्‍वरले हाम्रो आस्था र प्रेमलाई सिद्ध पार्न ठूलो रातो अजिङ्गरको सतावट प्रयोग गर्नुहुन्छ। मैले युगौँदेखिका प्रेरितहरूलाई सम्झेँ। तिनीहरूले परमेश्‍वरको सुसमाचार प्रसार गरेकोमा संसारबाट निन्दा र उपहास भोगे, तर आफ्नो ज्यान दाउमा पर्दा पनि तिनीहरूले परमेश्‍वरको आज्ञालाई त्यागेनन्। यी मानिसहरूले साँच्चिकै परमेश्‍वरलाई पछ्याए। आत्मचिन्तन गर्दा, मैले मेरा ब्रदर-सिस्टरहरू पक्राउ परेको, र कतिलाई त यातना दिइएको देख्दा, म कायर र भयभीत भएकी थिएँ, र आफ्नो ज्यान जोगाउन मैले रिपोर्ट पत्रहरू नसम्हाली आफ्नो कर्तव्यबाट पन्छिन चाहेकी थिएँ, मण्डलीका हितबारे अलिकति पनि विचार गरेकी थिइनँ। म साँच्चै स्वार्थी र घृणित भएकी थिएँ, ममा अलिकति मानवता थिएन! अहिले, म पक्राउ नपरेको भए पनि, म यति डराएकी थिएँ कि मसँग आफ्नो कर्तव्य निर्वाह गर्ने साहस समेत थिएन। के म जीवनको लालसा गर्ने र मृत्युदेखि डराउने कायर बनेकी थिइनँ र? म कुन अर्थमा परमेश्‍वरको विश्‍वासी थिएँ? प्रकाशको पुस्तकमा कायरहरू स्वर्गको राज्यको ढोकाभित्र पस्न सक्दैनन् भनेर भनिएको छ, यदि म यसरी नै कायर भइरहन्थेँ र कर्तव्य निर्वाह गर्ने आँट गर्थिनँ, अनि आफ्नो ज्यानको डरले आफैलाई बचाउन चाहिरहन्थेँ भने, अन्ततः मलाई हटाइनेथ्यो। त्यतिबेला, मैले बल्ल बुझेँ कि परमेश्‍वरले मेरो आस्थालाई सिद्ध पार्न र मेरो भ्रष्टतालाई पखाल्न यो वातावरण प्रयोग गरिरहनुभएको छ, र यो सबै मेरो मुक्तिका खातिर हो।

त्यसपछि मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “धेरै पहिले इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउन जब परमेश्‍वरले मोशालाई पठाउनुभयो, तब परमेश्‍वरले उसलाई दिनुभएको यस्तो आज्ञाप्रति उसको प्रतिक्रिया के थियो? (उसले आफू बोल्‍न सिपालु नरहेको, र आफ्नो मुख र जिब्रो ढिलो चल्ने गरेको बतायो।) ऊ बोल्‍नमा सिपालु छैन, उसको मुख र जिब्रो ढिलो चल्छ भन्‍ने उसमा सानो आशङ्का थियो। तर के ऊ परमेश्‍वरको आज्ञाप्रति अटेरी थियो त? उसले यसलाई कसरी लियो? ऊ घोप्टो पर्‍यो। घोप्टो पर्नुको अर्थ के हो? यसको अर्थ समर्पित हुनु र स्वीकार गर्नु हो। आफ्ना व्यक्तिगत इच्‍छाहरूबारे चासो नराखी र आफूमा हुनसक्ने कठिनाइहरू उल्‍लेख नगरी, उसले घोप्टो परेर आफ्‍नो सम्पूर्णता परमेश्‍वरको अघि समर्पित गरिदियो। परमेश्‍वरले उसलाई जे गर्न लगाउनुहुन्थ्यो, उसले तुरुन्तै त्यो काम गरिहाल्थ्यो। … ऊ लागिपर्‍यो भन्‍नुको अर्थ के हो? यसको अर्थ उसमा परमेश्‍वरमाथिको साँचो भरोसा थियो, उहाँमाथिको साँचो निर्भरता थियो, र उहाँप्रतिको साँचो समर्पण थियो। ऊ कायर थिएन, तर उसले आफै निर्णय लिने वा नमान्ने प्रयास गरेन। बरु, उसले त पूर्ण रूपमा विश्‍वास गर्‍यो, अनि भरोसाले भरिपूर्ण भएर ऊ परमेश्‍वरको आज्ञा पूरा गर्न तयार भयो। उसले यस्तो विश्‍वास गर्‍यो: ‘यदि परमेश्‍वरले नै यो आज्ञा दिनुभएको हो भने, यो काम परमेश्‍वरले भन्‍नुभएजस्तै गरी पूरा हुनेछ। परमेश्‍वरले मलाई इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउने आज्ञा दिनुभएको छ, त्यसकारण म जान्छु। यो परमेश्‍वरले दिनुभएको आज्ञा भएकोले, उहाँले काम गर्नुहुनेछ, र उहाँले मलाई शक्ति दिनुहुनेछ। मैले सहकार्य मात्रै गर्नुपर्छ।’ मोशामा यस्तो अन्तर्दृष्टि थियो। आत्मिक बुझाइ नभएका मानिसहरूले परमेश्‍वरद्वारा सुम्पिएका कुराहरू आफू एक्लैले गर्न सक्छु भन्‍ने ठान्छन्। के मानिसहरूमा यस्तो क्षमता हुन्छ त? कदापि हुँदैन। यदि मानिसहरू कायर छन् भने त झन् तिनीहरूसँग मिश्रको फारोलाई भेट्ने साहससमेत हुँदैन। हृदयमा, तिनीहरूले यसो भन्‍नेछन्: ‘मिश्रको फारो दियाबलस राजा हो। उसको अधीनमा ठुलो फौज छ र उसले मलाई एकै वचनमा मार्न सक्छ। म त्यति धेरै इस्राएलीहरूलाई कसरी अगुवाइ गरेर लैजान सक्छु र? के मिश्रको फारोले मेरो कुरा सुन्ला त?’ यी वचनहरूमा अस्वीकार, प्रतिरोध र विद्रोह छ। यी वचनहरूले परमेश्‍वरमाथिको विश्‍वास देखाउँदैनन्, र यो वास्तविक भरोसा होइन। त्यो बेलाको परिस्‍थिति इस्राएलीहरू वा मोशाको निम्ति अनुकूल थिएन। मानव नजरमा, इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउने काम असम्‍भव थियो, किनभने मिश्रअघि लाल समुद्र खडा थियो, र त्यो पार गर्नु ठूलो चुनौती हुन्थ्यो। के यो आज्ञा पूरा गर्न कति कठिन छ भन्‍ने कुरा मोशालाई साँच्‍चै थाहा थिएन त? उसलाई हृदयमा यो कुरा थाहा थियो, तैपनि उसले आफ्नो मुख र जिब्रो ढिलो चल्छ, र आफ्नो कुरा कसैले सुन्दैन भनेर मात्रै बतायो। उसले हृदयबाट परमेश्‍वरको आज्ञा इन्कार गरेन। परमेश्‍वरले मोशालाई इस्राएलीहरूलाई मिश्रबाहिर निकाल्ने आज्ञा दिनुभएपछि, उसले घोप्टो पर्दै यो आज्ञा स्वीकार गर्‍यो। किन उसले कठिनाइहरूबारे केही उल्‍लेख गरेन? के चालीस वर्ष उजाड स्थानमा बिताएकोले, उसले मानव संसारका खतराहरू, वा मिश्रका कुराहरू प्रगति भएर कुन स्थितिमा पुगेका थिए, वा इस्राएलीहरूको वर्तमान दुर्दशा के छ भनी जान्दैनथ्यो? के उसले यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैनथ्यो? के यस्तै भएको थियो? अवश्य होइन। मोशा बुद्धिमान्‌ र ज्ञानी थियो। मानव संसारमा ती सबै कुरा व्यक्तिगत रूपमा भोगेको, र अनुभव गरेको कारण उसलाई यी सबै कुरा थाहा थियो, अनि उसले ती कुराहरू कहिल्यै बिर्सँदैनथ्यो। उसलाई ती सबै कुरा राम्ररी थाहा थियो। त्यसकारण, के परमेश्‍वरले दिनुभएको आज्ञा कति कठिन छ भन्‍ने कुरा उसलाई थाहा थियो? (थियो।) यदि थाहा थियो भने, उसले कसरी त्यो आज्ञा स्वीकार गर्न सक्यो? उसले परमेश्‍वरमाथि भरोसा राख्यो। आफ्‍नो जीवनभरिको अनुभवको आधारमा, उसले परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्थ्यो, त्यसकारण उसले भरोसाले भरिपूर्ण हृदयसाथ अलिकति पनि शङ्का नगरी परमेश्‍वरको आज्ञा स्वीकार गर्‍यो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ)। परमेश्‍वरले मोशालाई इस्राएलीहरूलाई मिश्रबाट बाहिर लैजान आज्ञा दिनुभयो। त्यतिबेला, मिश्रका फारो अति शक्तिशाली र साह्रै क्रूर थिए। मोशासँग केही पनि थिएन, तर उनी परमेश्‍वरको आज्ञा पालन गर्न सक्षम भए। उनीसँग परमेश्‍वरमा साँचो आस्था थियो, र सबै कुरा परमेश्‍वरको हातमा छ, र परमेश्‍वरले पूरा गर्न चाहनुभएको कुरालाई कुनै पनि शक्तिले रोक्न सक्दैन भन्‍ने कुरामा उनी विश्‍वास गर्थे। उनको हृदयमा कुनै डर वा चिन्ता थिएन। सम्पूर्ण प्रक्रियाको दौरान परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुभएको थियो भन्‍ने कुरा तथ्यहरूले पुष्टि गरे। परमेश्‍वरले दशवटा महामारीहरू ल्याउनुभयो, लाल समुद्रलाई दुई भाग पार्नुभयो, र अन्ततः इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन मोशालाई अगुवाइ गर्नुभयो। यी घटनाहरू अनुभव गरेर मोशाले परमेश्‍वरको ठूलो शक्ति देखे, त्यसैले परमेश्‍वरप्रतिको उनको आस्था झन् बढ्यो। मोशाको परमेश्‍वरप्रतिको आस्थाको विपरित, मलाई साह्रै लाज लाग्यो। अगुवाले मेरा लागि रिपोर्ट पत्रहरू सम्हाल्ने प्रबन्ध गरेका थिए, तर मलाई निगरानीमा पर्ने र पक्राउ पर्ने डर थियो, त्यसैले मैले समर्पित भएर यो कर्तव्य स्वीकार गर्नै सकिनँ। मैले यी उच्च-प्रविधिका उपकरणहरू धेरै शक्तिशाली छन् भन्‍ने ठानेँ, र प्रहरीद्वारा पक्राउ गरिनु धेरै सजिलो भएजस्तो महसुस गरेँ। म प्रायः सबै कुरा परमेश्‍वरको हातमा छ र मैले परमेश्‍वरको अख्तियारमा भरोसा गर्नुपर्छ भन्थेँ, तर अहिले तथ्यहरू मेरो सामुन्ने आउँदा, म कायर र भयभीत थिएँ, ममा अलिकति पनि आस्था थिएन। मैले आफूलाई परमेश्‍वरको सार्वभौमिकताबारे केही थाहा रहेनछ भन्ने कुरा महसुस गरेँ। जताततै अनुहार पहिचान गर्ने क्षमता भएका निगरानी क्यामेराहरू भए पनि, म समातिन्छु कि समातिन्नँ भन्‍ने कुरा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा निर्भर थियो। यो कुरा महसुस गरेपछि ममा आस्था जाग्यो र म परमेश्‍वरमा भर परेर यसलाई पार गर्न इच्छुक भएँ।

रिपोर्ट पत्रहरू सम्हाल्ने क्रममा, एक जना मण्डली अगुवाले हामीलाई हरेक दिन ब्रदर-सिस्टरहरूसँग भेटेर ती मामिलाहरूको जाँचबुझ गर्न लैजानुहुन्थ्यो, र वातावरण खतरनाक भए पनि, तर हामीले प्रार्थना गर्‍यौँ र परमेश्‍वरमा भर पर्‍यौँ, र हामीले सफलतापूर्वक रिपोर्ट पत्रहरू सम्हाल्यौँ। हामीले त्यो मण्डली छोडेपछि मात्र प्रहरीले ती अगुवालाई समात्‍न सार्वजनिक सूचना पाटीमा उनको फोटो टाँसिसकेको रहेछ, तर उनी समयमै लुकेकाले समातिएनछन् भन्ने थाहा पायौँ। मैले परमेश्‍वरको कामको सुरक्षा स्वयम् परमेश्‍वरले नै गर्नुहुन्छ, र उहाँ हामीलाई पनि सुरक्षा दिइरहनुभएको छ भन्ने कुरा देखेँ। यो अनुभवमार्फत, मैले केही आस्था प्राप्त गरेँ।

समय बित्दै गयो र २०२० को मार्च महिना आयो, मैले याङ्ग चेन पक्राउ परेपछि प्रहरीले उनलाई यातना दिएको, र जमानतमा छुटेको केही समयपछि नै उनको मृत्यु भएको कुरा थाहा पाएँ। त्यसलगत्तै, मैले चिनियाँ कम्युनिष्ट पार्टीले मे महिनाको अन्त्यमा विश्‍वासीहरूमाथि ठूलो कारबाही गर्न लागेको खबर पनि सुनेँ। एउटा भेलामा, अगुवाले हामीलाई केही रिपोर्ट पत्र तत्काल सम्हाल्नुपर्ने छ, तर त्यो काम गर्न अहिलेसम्म कोही भेटिएका छैनन् भनेर भन्नुभयो। अगुवा बोल्दै गर्दा, उहाँले मतिर हेर्नुभयो। मेरो मुटु ढुकढुक गर्‍यो र मैले सोचेँ, “तपाईँले जे गरे पनि, मलाई चाहिँ रिपोर्ट पत्रहरू सम्हाल्न नभन्नुहोस्। चिनियाँ कम्युनिष्ट पार्टीले मे महिनामा अर्को ठूलो कारबाही सुरु गर्दैछ, र हालैका वर्षहरूमा, विश्‍वासीहरूलाई समात्‍न सडक र गल्लीहरूमा धेरै निगरानी क्यामेराहरू थपिएका छन्। यदि म यसरी नै बाहिर हिँडडुल गरिरहेँ भने, म पक्राउ पर्ने सम्भावना धेरै हुन्छ। याङ्ग चेनलाई कलिलै उमेरमा प्रहरीले यातना दिएर मार्‍यो; म त याङ्ग चेनभन्दा १० वर्षभन्दा बढी जेठी छु, त्यसैले यदि म पक्राउ परेँ भने, म त्यो यातना झनै सहन सक्नेछैनँ। यदि मलाई मारिएन भने पनि, मलाई सम्भवतः अपाङ्ग बनाइनेछ।” यस्तो सोच्दा मलाई अलिकति डर लाग्यो। त्यही क्षणमा, अगुवाले मलाई सोध्नुभयो, “तिमीले पहिले पनि रिपोर्ट पत्रहरू सम्हालेकी छौ, त्यसैले म चाहन्छु कि यसपटक पनि तिमी नै जाऊ। तिमीलाई के लाग्छ?” मलाई हृदयमा कर्तव्यबाट पन्छिनु परमेश्‍वरको अभिप्रायअनुरूप छैन भन्ने थाहा भए पनि, मलाई यो कर्तव्य साँच्चै धेरै खतरनाक लाग्यो, त्यसैले मैले यसबाट पन्छिन एउटा बहाना बनाएँ र भनेँ, “सिस्टर शेन रानसँग सुझबुझ छ र उनी राम्रोसँग सङ्गति गर्न जान्दछिन्। तपाईँ उनलाई पठाउने प्रबन्ध गर्न सक्नुहुन्छ। उनी संयोगले नजिकैको मण्डलीमा छिन्, त्यसैले उनलाई जान सजिलो पनि हुन्छ।” तर अगुवाले भन्नुभयो कि शेन रानले पहिले रिपोर्ट पत्रहरू सम्हालेकी छैनन्, र मलाई उनीसँगै जान भन्नुभयो, त्यसैले मसँग स्विकार्नुको विकल्प भएन। त्यसपछि, मैले रिपोर्ट पत्रहरू पुष्टि गर्न शेन रानसँग मिलेर ब्रदर-सिस्टरहरूलाई भेट्ने प्रबन्ध गरेँ, र हामीले चाँडै तीनवटा रिपोर्ट पत्रहरू सम्हाल्यौँ।

पछि, मैले आत्मचिन्तन गरेँ, र सोचेँ, “खतरनाक कर्तव्यहरूको सामना गर्दा म किन सधैँ पहिले आफ्नै बारेमा सोच्छु र कर्तव्यबाट पन्छिन समेत खोज्छु? म के कुराद्वारा नियन्त्रित भइरहेकी छु?” पछि, मैले परमेश्‍वरका वचनको यो खण्ड पढेँ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। … मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्‍न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्‍वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनको खुलासाबाट मैले के महसुस गरेँ भने, कर्तव्यबाट पन्छिएर मैले बारम्बार आफैलाई सुरक्षित राख्ने प्रयास गरेकी रहेछु। किनभने “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ,” र “खराब जीवन असल मृत्युभन्दा राम्रो हो” भन्‍ने शैतानी विषहरूले मेरो हृदयमा गहिरो गरी जरा गाडेका थिए र धेरै पहिलेदेखि नै मेरो प्रकृति बनिसकेका थिए। जब-जब मेरो स्वार्थको कुरा आउँथ्यो, म आफ्नै बारेमा नसोची बस्नै सक्दिनथेँ। गम्भीर परिस्थितिहरूको दौरान, रिपोर्ट पत्रहरू थुप्रिएका थिए, र अगुवाले मलाई यो कर्तव्य पूरा गर्ने प्रबन्ध गर्नुभएको थियो, तर मैले निरन्तर आफ्नै स्वार्थबारे सोचेँ। म समतिने, अपाङ्ग बनाइने वा कुटेर मारिने, अनि राम्रो परिणाम वा गन्तव्य नपाउने कुराले डराएकी थिएँ, त्यसैले मैले कर्तव्यबाट पन्छिन बहानाहरू बनाएँ र अगुवाले अरूलाई त्यो सम्हाल्ने प्रबन्ध नगरेको भन्दै गुनासो समेत गरेँ। मैले सोचेँ, सिस्टर शेन रानलाई सुरक्षाको जोखिम हुँदाहुँदै पनि उहाँ यो कर्तव्य पूरा गर्न इच्छुक हुनुहुन्थ्यो, जबकि म चाहिँ घरमै बस्न चाहन्थेँ, र यसो गर्दा समातिने सम्भावना कम हुन्छ भन्‍ठान्थेँ। म साँच्चै स्वार्थी र घृणित थिएँ, ममा अलिकति पनि मानवता थिएन! मैले परमेश्‍वरका वचनको सिञ्चन र भरणपोषणको आनन्द लिएकी थिएँ, परमेश्‍वरको यति धेरै प्रेमको आनन्द लिएकी थिएँ, त्यसैले अति महत्त्वपूर्ण क्षणहरूमा, परमेश्‍वरको गुन तिर्न मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्थ्यो, र जतिसक्दो चाँडो मण्डलीबाट ख्रीष्टविरोधी, दुष्ट मानिसहरू र अविश्‍वासीहरूलाई निकाल्नुपर्थ्यो, जसले गर्दा ब्रदर-सिस्टरहरूले राम्रो मण्डली जीवन र कर्तव्य निर्वाह गर्ने ठाउँ पाउन सकून्। तर मैले मण्डलीको हित वा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशबारे कुनै विचार गरिनँ, केवल आफ्नै सुरक्षाको विचार गरेँ। के म परमेश्‍वरलाई धोका दिइरहेकी थिइनँ र? म साँच्चै परमेश्‍वरको सामु जिउन अयोग्य थिएँ! यो कुरा महसुस गरेपछि, म त्यस उप्रान्त मेरो भ्रष्ट स्वभावमा जिइरहन र परमेश्‍वरविरुद्ध विद्रोह गरिरहन चाहिनँ। मेरो भ्रष्ट स्वभावलाई समाधान गर्न मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग खोजेँ।

मैले परमेश्‍वरका वचनका यी खण्डहरू पढेँ: “परमेश्‍वरले तँलाई उहाँको घरको एउटा सदस्य र उहाँको कामको विस्तारको एउटा पाटोको रूपमा मान्नुहुन्छ। यस बिन्दुमा, तँसँग तैँले निभाउनुपर्ने कर्तव्य हुन्छ। तँ जे गर्न सक्षम भए पनि, तैँले जे हासिल गर्न सक्ने भए पनि, ती तेरा जिम्मेवारीहरू र तेरा कर्तव्य हुन्। यो भन्‍न सकिन्छ कि ती परमेश्‍वरको आज्ञा, तेरो मिसन, र तेरो अनिवार्य कर्तव्य हुन्। कर्तव्यहरू परमेश्‍वरबाट आउँछन्; ती परमेश्‍वरले मानिसलाई सुम्पनुहुने जिम्मेवारी र आज्ञाहरू हुन्। त्यसो भए, मानिसले यसलाई कसरी बुझ्‍नुपर्छ? ‘यो मेरो कर्तव्य र परमेश्‍वरले मलाई दिनुभएको आज्ञा भएकोले, यो मेरो दायित्व र जिम्मेवारी हो। मैले यसलाई मेरो अनिवार्य कर्तव्यको रूपमा स्वीकार गर्नु पूर्ण रूपमा सही हो। मैले यसलाई अस्वीकार वा इन्कार गर्नु हुँदैन; मैले रोज्नु र छनौट गर्नु मिल्दैन। ममाथि जे आइपर्छ त्यो निश्‍चय नै मैले गर्नुपर्ने कुरा हो। मसँग छनौट गर्ने अधिकार नभएको होइन—तर मैले छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो।’ यो समर्पणको मनोवृत्ति हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्‍वरले तँसँग जेसुकै माग गर्नुभए पनि, तैँले त्यसतर्फ आफ्नो सारा सामर्थ्यले काम मात्र गर्नुपर्दछ, र म आशा गर्दछु कि यी अन्तिम दिनहरूमा तँ मेरो सामु आफ्नो बफादारी पूरा गर्न सक्नेछस्। यदि यो क्षण तेरो मृत्यु तोकिएको समय नै भए पनि, जबसम्म परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सक्छस्, तबसम्‍म तैँले आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्न र मुस्कुराउन सक्नुपर्छ। तँ पृथ्वीमा रहने समयावधिमा, तैँले परमेश्‍वरप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नैपर्छ। विगतमा, परमेश्‍वरका खातिर पत्रुसलाई क्रूसमा उल्टो टाँगियो; तर यी अन्तिम दिनहरूमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै ऊर्जा उहाँका लागि खर्चनुपर्छ। एक सृजित प्राणीले परमेश्‍वरका लागि के गर्न सक्छ? त्यसैले परमेश्‍वरले चाहेअनुसार तँलाई योजनाबद्ध गर्नका लागि तैँले अग्रिम रूपमा आफूलाई परमेश्‍वरप्रति अर्पण गर्नुपर्छ। त्यसले परमेश्‍वरलाई खुसी र प्रसन्न तुल्याएसम्म उहाँले आफ्नो अभिप्रायअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका शब्दहरू बोल्ने के अधिकार छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय ४१)। परमेश्‍वरका वचनहरू मनन गर्दा मैले के बुझेँ भने, परमेश्‍वरको घरले मेरा लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरिदिए पनि, त्यो मेरो जिम्मेवारी र दायित्व हो, र मैले यसलाई मेरो अपरिहार्य कर्तव्यका रूपमा स्वीकार गर्नुपर्छ। हामीले कहिले र कस्तो कष्ट भोग्नेछौँ भन्‍ने कुरा सबै परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ। यदि परमेश्‍वरले मलाई समातिन दिनुभयो भने, म विना कुनै गुनासो परमेश्‍वरको सार्वभौमिकताप्रति समर्पित हुन इच्छुक हुनेछु, र मलाई अपाङ्ग बनाइयो वा कुटेर मारियो भने पनि, म ठूलो रातो अजिङ्गरसामु कहिल्यै झुक्ने छैन। ठूलो रातो अजिङ्गरलाई अपमानित गर्न म मेरो गवाहीमा दृढ रहनुपर्छ। मैले इतिहासभरिका ती सन्तहरूलाई सम्झेँ, जो प्रभु येशूको सुसमाचार प्रसार गरेको कारण ढुङ्गाले हानेर मारिएका थिए, घोडाले तानेर टुक्रा पारिएका थिए, आराले चिरेर मारिएका थिए, वा झुन्ड्याइएका थिए। बाहिरबाट हेर्दा तिनीहरूको मृत्यु पीडादायी देखिएको थियो होला, तर तिनीहरूको आत्मा मरेको थिएन, तिनीहरूले प्रभु येशूको गवाही दिन आफ्नो जीवन प्रयोग गरे, र तिनीहरू परमेश्‍वरद्वारा अनुमोदित भए। यसको ठीक विपरीत, परमेश्‍वरले दिनुभएको सबै थोकको आनन्द लिने सृजित प्राणी भएर पनि, खतरनाक परिस्थितिहरू सामना गर्दा, मैले आफैलाई सुरक्षित राख्न आफ्ना कर्तव्यहरूबाट पन्छिने काम गरेँ। यस्तो व्यक्ति परमेश्‍वरको नजरमा कायर गद्दार हो, र शरीर जसरी तसरी बाँचे पनि, त्यो एउटा खोक्रो खोल मात्र हो। प्रभु येशूले भन्नुभएजस्तै: “आफ्नो जीवन भेट्टाउनेले त्यो गुमाउनेछ: र मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ(मत्ती १०:३९)

सन् २०२३ को जुन महिनामा, चिनियाँ कम्युनिष्ट पार्टीले फेरि ठूलो धरपकड अभियान चलायो, र मेरो गृहनगरका धेरै मण्डलीबाट सयभन्दा बढी मानिसहरू पक्राउ परे। धेरै ब्रदर-सिस्टरहरू डरत्रासमा बाँचे र उनीहरूको सामान्य मण्डली जीवन गुम्यो। अक्टोबरको मध्यतिर, तीमध्ये एउटा मण्डलीमा एउटा झूटो ख्रीष्टले मानिसहरूलाई बहकाएको घटना घट्यो, धेरै ब्रदर-सिस्टर बहकाउमा परे, र एक जना यहुदाको धोकाका कारण, सिङ्गो मण्डली नै प्रहरीको निगरानीमा पर्‍यो। त्यहाँ घटनापछिको परिणाम सम्हाल्न कसैको तत्काल आवश्यकता थियो, र अगुवाहरू मलाई पठाउने प्रबन्ध गर्न चाहनुहुन्थ्यो। त्यो मण्डलीको अवस्था कति गम्भीर छ भन्‍नेबारे सोच्दा, मलाई घटनापछिको परिणाम सम्हाल्ने काम गर्दा समातिने सम्भावना अत्यन्तै उच्च भएजस्तो लाग्यो, र मैले अलि कायर र भयभीत महसुस गरेँ। तर, मेरा अघिल्ला अनुभवहरू सम्झँदा, मैले यो म परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुन सक्छु कि सक्दिनँ र उहाँप्रति बफादार रहिरहन सक्छु कि सक्दिनँ भनेर हेर्नका लागि उहाँबाट आएको एउटा परीक्षा हो भन्ने महसुस गरेँ। यसपटक, म परमेश्‍वरलाई फेरि निराश पार्न चाहन्नथेँ, त्यसैले मैले यो कर्तव्य स्वीकार गरेँ। पछि, सहकार्यको दौरान, मैले केही कठिनाइ सामना गरेँ, तर परमेश्‍वरमा भर परेर र वास्तवमै काम गरेर, मैले सफलतापूर्वक परमेश्‍वरका वचनका पुस्तकहरू अन्यत्र स्थानान्तरण गरेँ, र झूटो ख्रीष्टद्वारा बहकाइएका धेरैजसो ब्रदर-सिस्टरहरूको उद्धार गरियो।

यस अनुभवमार्फत, मैले परमेश्‍वरमा अझ बढी आस्था प्राप्त गरेँ, र मैले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताबारे पनि केही बुझाइ प्राप्त गरेँ, र चिनियाँ कम्युनिष्ट पार्टीका उन्मत्त कार्यहरू परमेश्‍वरकै हातमा छन् भन्‍ने महसुस गरेँ। परमेश्‍वरले भन्नुभएझैँ: “परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका कीराहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्‍वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो। यसको प्रकृति जतिसुकै दुर्भावपूर्ण भए पनि, र यसको सार जतिसुकै दुष्ट भए पनि, यसले गर्न सक्ने एउटै कुरा भनेको आज्ञाकारी भई आफ्नो कार्य पूरा गर्नु हो: परमेश्‍वरलाई सेवा प्रदान गर्नु—एक प्रतिभारका रूपमा राम्ररी सेवा गर्नु। शैतानको सार र मौलिक स्थान यही हो। जीवन, शक्ति, वा अख्तियारसँग यसको सारको कुनै सम्बन्ध छैन; यो परमेश्‍वरको हातमा भएको एउटा खेलौना मात्रै हो, परमेश्‍वरले सेवाका लागि प्रयोग गर्नुहुने एउटा यन्त्र मात्रै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)

अघिल्लो: ७२. परमेश्‍वरप्रतिको मेरो गलत बुझाइ र सतर्कता हट्यो

अर्को: ७५. के अरूले जिम्मा दिएको कुरामा निष्ठावान् रहनु सही तरिका हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्