७३. मर्यादासाथ जिउन इमानदारीसाथ जिउने गर

मेरिडिथ, अमेरिका

सन् २०१५ मा, सिसिपिको पक्राउ र सतावटबाट जोगिन, म विदेश भागेँ। मैले परमेश्‍वरमा विश्वास गर्दै काम गरेँ। मैले एउटा ठूलो सुपरमार्केटमा क्यासियरको जागिर पाएँ, र संसारमा यो मेरो पहिलो जागिर थियो। म यस जागिरको कदर गर्थेँ र यो जागिर राम्रोसँग गर्न चाहन्थेँ, तर मसँग अनुभवको कमी भएकाले, त्यसमाथि सुपरमार्केटमा धेरै किसिमका सामानहरू बेचिने र सबै कुराकानी विदेशी भाषामा हुने भएकाले, म त्यो कुनै कुरामा अभ्यस्त थिइनँ। म सुस्त हुँदा हाकिम रिसाउँथे र मलाई हतार लगाउँथे, तर जब म छिटो काम गर्थेँ, तब झन् सजिलै गल्ती गर्थेँ, अनि हाकिमले मलाई लापरवाह भएको भन्दै गाली गर्थे, अनि हिसाबकिताब नमिल्दा, मैले ठ्याक्कै त्यति नै रकम तिर्नुपर्थ्यो। यसरी काम गर्दा, म हरेक दिन व्याकुल हुन्थेँ। राती समेत, म सपनामा काउन्टरमा पैसा गनिरहेको सपना देख्थेँ। त्यतिबेला, म हरेक दिन ठूलो दबाब महसुस गर्थेँ र मलाई काममा गइरहन एकदमै मन लाग्दैनथ्यो, तर त्यसपछि मैले सोचेँ, विदेशमा जागिर पाउन कति गाह्रो छ, र यदि मैले यो जागिर छोडेँ भने अर्को पाउन कति गाह्लो होला। यस्तो अवस्थामा, मैले त्यो सहनु नै पर्थ्यो। एक दिन, मैले एक जना अनुभवी क्यासियरलाई सोधेँ, “यति धैरे ग्राहक र यति धेरै चहलपहल हुँदा म कसरी गल्ती गर्नबाट जोगिन सक्छु?” ती क्यासियरले मलाई मुस्कुराउँदै भनिन्, “गल्ती त भइहाल्छ नि। आखिर, गल्ती कसले पो गर्दैन र? मुख्य कुरा त समस्या कसरी समाधान गर्ने भनेर पत्ता लगाउनु हो। विचार गर त, हाकिमकी श्रीमती हरेक दिन व्यस्त हुन्छिन्, त्यसोभए उनले कसरी हरेक लेनदेनलाई छानबिन गर्न सकिरहेकी छिन्? जबसम्म कुल रकम प्रणालीसँग मिल्छ, तबसम्म ठिकै छ। कहिलेकाहीँ ग्राहकहरूले केही सामान किन्दा, म रसिद नदिई वा रेकर्ड नराखी पैसा मात्र लिन्छु; त्यसरी, म चुपचाप हिसाब मिलाउन र गाली खानबाट जोगिन, वा त्यो अन्तर अलि कम गर्न सक्छु।” म छक्क परेँ। त्यसैले गाली नखाने युक्ति त धोका दिनु र चाल चल्नु पो रहेछ, र त्यो सब हाकिमकी श्रीमतीलाई उल्लु बनाउने कुरा मात्र थियो। मैले यसलाई हृदयमा स्वीकार गर्न सकिनँ। म परमेश्‍वरमा विश्वास गर्थेँ र इमानदार व्यक्ति बन्नुपर्थ्यो। छल र चालबाजीलाई परमेश्‍वर घृणा गर्नुहुन्छ, त्यसैले म त्यो गर्न सक्दिनथेँ। मैले सावधान बनेर आफ्नो काम राम्ररी गर्नुपर्थ्यो; त्यसरी मेरो मनमा शान्ति हुन्थ्यो।

तर, म होसियार र सावधान भए पनि, धेरै ग्राहकू र धेरै चहलपहल भएको बेला, गल्तीहरू अनिवार्य रूपमै हुन्थे। एक दिन, हाकिमले मलाई फेरि चेतावनी दिए, “यदि तिमीले फेरि अर्को गल्ती गऱ्यौ भने, तीनगुना रकम तिर्नेछौ, वा तिमी यहाँबाट निकालिन्छौ!” जब मैले हाकिमले अलिकति पनि कृपा नराखी त्यस्ता कठोर शब्दहरू बोलेको सुनेँ, तब म तुरुन्तै हताश भएँ। यदि मैले चाँडै कुनै समाधान ननिकालेकी भए, म जागिरबाट निकालिनेथिएँ। त्यसैले, मैले ती अनुभवी क्यासियरले जस्तै काम गर्न थालेँ। जब म हिसाबमा बेमेलहरू देख्थेँ, तब म ग्राहकहरूले सानातिना सामानहरू किन्दा रसिद नदिई पैसा लिन्थेँ। यसरी, पैसा बराबर हुन्थ्यो, र कम्प्युटर प्रणालीमा रेकर्ड हुँदैनथ्यो, र त्यो बेमेल करिबकरिब मिलेपछि, म नियमित क्यासियरको अभ्यासमा फर्कन्थेँ। सुरुमा, म निकै घबराएँ, र कसैले थाहा पाउला कि भनेर डराएँ, किनकि आखिर, क्यास काउन्टर ठिक सिसी क्यामेराको मुनि थियो, त्यसैले यदि कसैले फुटेज हेरिरहेको भए, उसले मेरो हरेक चाल स्पष्टसित देख्न सक्थ्यो। कहिलेकाहीँ, मेरा हाकिम आएर सोध्थे, “तिमीले त्यस ग्राहकलाई किन रसिद दिइनौ?” अनि म सामान्य व्यवहार गर्दै भन्थेँ, “उसले थोरै मात्र रकम भएकाले रसिद चाहिँदैन भन्यो, र मैले त्यो बिर्सिदिएँ।” त्यो सुनेपछि, हाकिमले थप केही भन्दैनथे। यसरी हिसाबको गडबडीलाई “पूर्ण रूपमा” ढाकछोप गरिन्थ्यो। तर जे भए पनि, मलाई त्यसबारे अझै खुसी लागेन। घर पुगेपछि, म ओछ्यानमा पल्टेँ, सोचेँ, म कसरी परमेश्‍वरको विश्वासी हुँ, अनि मैले साँचो बोल्नुपर्छ र म इमानदार व्यक्ति बन्नुपर्छ, तर मैले आफ्नो स्वार्थको अगाडि मेरो मूल अडान यति सजिलै चकनाचुर हुन्छ भन्ने कहिल्यै सोचेकी थिइनँ। मलाई अलि दोषी महसुस भयो, र मेरो विवेकले मलाई अलि घोच्यो, तर फेरि मैले सोचेँ, “मैले यो कुनै विकल्प नभएकाले गरेँ।” त्यसैले मैले आफूलाई सान्त्वना दिन यो सफाइ दिएँ।

तर अचम्म, त्यसपछि केही दिनको दौरान, मलाई केही अप्रत्याशित कुराहरू भए। केही ग्राहकले सामानको मूल्य ट्यागसमेत साटेछन्, र केही सामानमा बारकोड नभएकाले, र मैले केही औजार नचिनेकीले, ५५ डलर पर्ने सामान ५ डलरमै बेचियो। ४०० डलरभन्दा बढीको एउटा चेक पनि थियो जुन मैले ग्राहकको हस्ताक्षरविना नै स्विकारेँ। मेरा हाकिमले यी सब घटनाबारे थाहा पाए। म स्तब्ध भएँ, सोचेँ, “यत्रो ठूलो रकमसँग सम्बन्धित यति धेरै गल्ती मैले कसरी गर्न सकेँ?” यी कुराहरूबारे सुनेपछि, मेरा हाकिमले कठोरता साथ भने, “तिमी अब सकियौ। म तिमीले यी गल्तीहरू कसरी गऱ्यौ भनेर हेर्न पछि सिसीटिभी फुटेज चेक गर्दै छु। यदि त्यो पैसा फिर्ता आएन भने, तिमीले तीनगुना तिर्नेछौ!” मलाई लाग्यो अब मेरो काम तमाम भयो, सायद मेरो जागिर गुम्न सक्छ, र मेरो परिश्रमको सबै कमाइ सबै फिर्ता तिर्नुपर्नेछ। मलाई सबै कुरा भताभुङ्ग भइरहेको जस्तो महसुस भयो। घर पुगेपछि, म शान्त हुन सकिनँ, र मलाई असहाय महसुस भयो। यी नोक्सानीहरू कसरी भरपाई गर्ने भन्ने मलाई थाहा थिएन, तर यी अवस्थाहरूमा परमेश्‍वरको अभिप्राय समावेश छ भन्ने मैले बुझेँ, त्यसैले म परमेश्‍वरसामु आएँ र प्रार्थना गरेँ, परमेश्‍वरलाई उहाँको अभिप्राय बुझ्न मार्गदर्शन र अन्तर्दृष्टि मागेँ, ताकि मैले कसरी उचित रूपमा कार्य गर्ने भनेर जानूँ। प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वर इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। परमेश्‍वरसँग विश्वासयोग्यताको सार छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्। यसै कारण परमेश्‍वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ। इमानदारी भनेको तिमीहरूको हृदय परमेश्‍वरलाई दिनु, कुनै पनि कुरामा परमेश्‍वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्‍वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्‍वर वा मानिस कसैलाई पनि छल नगर्नु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। हो। परमेश्‍वरको सार पवित्र र विश्वासयोग्य छ, र उहाँ साँचो बोल्नुहुन्छ। परमेश्‍वर इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ। उहाँ हामीलाई इमानदार व्यक्ति बनेर मात्र हामी मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ भनेर भन्नुहुन्छ। इसाईका रूपमा, मैले परमेश्‍वरका वचनहरूअनुसार इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ, हरेक कुरामा परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्छ, र जे हो त्यही भन्नुपर्छ अनि कहिल्यै छली हुनु हुँदैन। अरूसँग अन्तरक्रिया र काम गर्दा, मैले भरपर्दो बन्ने कोसिस गर्नुपर्छ, जसले गर्दा अरूले सुरक्षित महसुस गर्छन् र मलाई भरोसा गर्न सक्छन्। यसरी जिउँदा मर्यादा प्राप्त हुन्छ र यो परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। तर त्यस दौरान, हाकिमको गाली खानबाट वा आफ्ना गल्तीहरू पत्ता लाग्नबाट बच्न, मैले गैरविश्‍वासीहरूले जस्तै छली व्यवहार गर्न थालेँ। म बेमेलहरू ढाकछोप गर्न सामानहरू बेच्थेँ, पैसा लिन्थेँ, र रसिद दिँदिनथेँ। मैले हाकिमलाई धोका दिन र मानिसहरूलाई उल्लु बनाउन यी घृणास्पद उपायहरू अपनाएँ। मलाई मेरो विवेकले घोचे पनि, मैले आफूलाई ढाडस दिन केही मर्यादित बहानाहरू बनाएँ। मानिसहरूले मैले गरेको कुरा तुरुन्तै नदेख्न सक्छन्, तर परमेश्‍वर हरेक कुरा स्पष्ट रूपमा छानबिन गर्नुहुन्छ। त्यतिबेला, मैले परमेश्‍वरका अझ बढी अभिप्राय र मागहरू बुझेँ। मैले इमानदार व्यक्ति बन्नुले साँचो मानव रूप झल्काउँछ भनेर बुझेँ, र हालका यी अड्चन र रोकावटहरू परमेश्‍वरले मलाई गलत मार्गमा लागी नरहन सम्झाउने र चेताउने तरिका हुन् भनेर पनि चिनेँ।

त्यसपछि, मैले आफूलाई यसरी सोध्दै आत्मचिन्तन गर्न थालेँ, “केले गर्दा म छल गर्नमा आफू वरपरका मानिसहरूलाई पछ्याउन इच्छुक भएँ? मलाई केले नियन्त्रण गरिरहेको थियो?” खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरू किन छलमा भर पर्छन्? यो आफ्‍नै उद्देश्यहरू पूरा गर्न, आफ्नै लक्ष्यहरू हासिल गर्नका लागि हुन्छ, र त्यसैले तिनीहरू गुप्त माध्यमहरू प्रयोग गर्छन्। यसो गर्ने क्रममा, तिनीहरू खुलस्त र निष्कपट हुँदैनन्, र तिनीहरू इमानदार मानिसहरू पनि होइनन्। यस्तै बेलामा मानिसहरूले आफ्‍नो कपटीपन र धूर्तता, वा आफ्नो दुर्भावना र नीचता प्रकट गर्छन्। मानिसहरूका हृदयमा यी भ्रष्ट स्वभावहरू हुँदा, तिनीहरूलाई इमानदार व्यक्ति बन्‍नु अत्यन्तै कठिन हुन्छ भन्ने लाग्छ। इमानदार व्यक्ति बन्नुको कठिनाइ त्यहीँ हुन्छ। तर यदि तँ सत्यतालाई प्रेम गर्ने, र सत्यतालाई स्विकार्न सक्ने व्यक्ति होस् भने, तँलाई इमानदार व्यक्ति बन्‍न त्यति कठिन हुनेछैन। तैँले यो निकै सहज रहेछ भन्‍ने महसुस गर्नेछस्। व्यक्तिगत अनुभव भएकाहरूलाई इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा ठूला व्यवधानहरू भनेको मानिसहरूको धूर्तता, छलीपन, दुर्भावना, र घृणित अभिप्रायहरू हुन्। जबसम्म यी भ्रष्ट स्वभावहरू रहन्छन्, तबसम्म इमानदार व्यक्ति बन्न अत्यन्तै गाह्रो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरूबारे चिन्तन गर्दा, म गहिरो सोचमा परेँ। मैले आफ्ना व्यक्तिगत हितहरूलाई जोगाउन छलपूर्ण व्यवहार गरेकी रहेछु। पैसा र आत्मसम्मान गुम्ने, र जागिरसमेत गुम्ने अवस्था सामना गर्दा, मैले छली र कपटी व्यवहार गर्न थालेँ, र आफ्ना गल्तीहरू ढाकछोप गर्न अरूका हितहरूलाई हानिसमेत गरेँ। अझ खराब त, आफ्नो विवेकको घोच्दासमेत म ब्युँझिनँ। मैले सोचेँ, सबैले यसरी नै धोका दिइरहेका छन्, त्यसैले मेरा कार्यहरूले सीमा नाघेका छैनन्। गल्ती गरेपछि, मैले चाल चलेँ, र छलपूर्ण व्यवहार गरेँ, र मलाई लाज लागेन, बरु आफ्ना लागि भव्य लाग्ने सफाइहरू खोजेँ। ममा साँच्चै मानवताको कमी थियो! म आफ्नो शैतानी भ्रष्ट स्वभावअनुसार जिइरहेकी थिएँ, झुट बोलिरहेकी र धोका दिइरहेकी थिएँ। यसले गर्दा परमेश्‍वरले मलाई घृणा गर्नुभयो, र मलाई ठूलो पीडा भयो। मैले परमेश्‍वरलाई पश्चात्ताप गरेर अनि साँचो बोल्न र इमानदार हुनमा ध्यान केन्द्रित गरेर मात्र शान्ति पाउन सक्थेँ र थकित महसुस गर्नेथिइनँ। परमेश्‍वरले मेरो भावशून्य हृदयलाई ब्युँझाउन यी अवस्थाहरू प्रयोग गरिरहनुभएको थियो, र मैले अबदेखि झुट बोल्नु वा धोका दिनु हुँदैनथ्यो। पैसा वा आत्मसम्मान गुमाउनु सानो कुरा थियो, तर आफ्नो मर्यादा र निष्ठा गुमाउनु गल्भीर कुरा थियो। यो कुरा मनमा राखेर, मैले जिम्मेवारी लिने, र त्यस महिनाको आफ्नो तलब यी नोक्सानीहरूको क्षतिपूर्ति गर्न प्रयोग गर्ने निर्णय गरेँ। अप्रत्याशित रूपमा, सुपरमार्केटका अन्य कर्मचारीहरूले सिसीटिभी फुटेज हेरेर चेकमा हस्ताक्षर नगर्ने व्यक्तिलाई चिनेछन्, र उनीहरूले त्यस व्यक्तिलाई पत्ता लगाउने उपाय फेला पारे। मैले गलत दाममा बेचेका औजारहरूका सम्बन्धमा, हाकिमकी श्रीमतीले ग्राहकहरूको पनि जिम्मेवारी छ, र म कलिलै भएकीले, मैले केही औजार चिन्ने अपेक्षा खासै गर्न सकिँदैन भनेर भनिन्, त्यसैले मलाई आधा रकम मात्र तिर्न भनियो। यी समस्याहरू सजिलै समाधान भए। मलाई त्यो त परमेश्‍वरले मलाई मदत गर्न मेरो वरपरका मानिस, घटना र कामकुराहरूलाई योजनाबद्ध र बन्दोबस्त गरिरहनुभएको हो भन्ने थाहा भयो। मैले परमेश्‍वरलाई हार्दिक धन्यवाद र प्रशंसा चढाएँ, र इमानदार व्यक्ति बन्ने मेरो आस्था बलियो भयो।

एक रात, हिसाब जाँच गर्दा, मैले मसित आठ डलर कम भएको देखेँ। मैले सोचेँ, “मैले हिजो राती सट्टा पैसा अत्यन्तै धेरै राखेँ कि? होइन। कतै केही कुपन गन्ती गरिएनन् कि? होइन। हिसाबमा गल्ती छ कि? होइन।” मैले त्यसबारे हरकोणबाट सोचेँ तर गल्ती कहाँ भयो भनेर पत्ता लगाउन सकिनँ। मलाई अचानक चिन्ता भयो, भोलिपल्ट हाकिमकी श्रीमतीले कसरी गाली गर्नेछिन् भनेर सोचेँ, अनि मलाई हैरानी र फिक्री भयो। मेरा हाकिमले यदि मैले अर्को गल्ती गरेँ भने, मलाई कामबाट निकालिनेछ भनेर भनेका थिए, र अब मैले अर्को गल्ती गरेकीले, मेरो जागिर रहन सक्छ कि सक्दैन भनेर म अनिश्चित थिएँ। तर फेरि मैले सोचेँ, “हाकिमकी श्रीमतीले सामान्यतया हरेक दुई-तीन दिनमा मात्र हिसाब जाँच गर्छिन्, त्यसैले उनले आज सायद जाँच गर्दिनन्। भोलि म त्यो पैसा ‘भरपाई’ गर्ने मौका खोज्न सक्छु; त्यसरी, मैले गाली खानेछैनँ र मेरो जागिर गुम्नेछैन।” तर जब मैले आफूले परमेश्‍वरसामु सत्य बोल्न र इमानदार हुन कसरी सङ्कल्प गरेकी थिएँ भनेर सोचेँ, तब मलाई अलि दोषी महसुस भयो। घर पुगेपछि, मैले फेरि एकपटक आफ्ना कठिनाइहरूबारे परमेश्‍वरलाई प्रार्थना गरेँ, मलाई फेरि मार्गदर्शन गर्न र अघि बढ्ने मार्ग प्रदान गर्न बिन्ती गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूले यसो भनेको पढेँ: “जब मानिसहरू शैतानको प्रभावअन्तगर्त, र यसका शक्तिहरूबाट शासित र नियन्त्रित भएर, यस संसारमा जिउँछन् तब तिनीहरूका लागि इमानदार हुनु असम्भव हुन्छ। तिनीहरू झन् धेरै छली मात्र बन्न सक्छन्। यस भ्रष्ट मानवजातिका बीचमा जिउँदा इमानदार व्यक्ति हुन वास्तवमै धेरै कठिनाइहरू समावेश हुन्छन् साथै हामीलाई गैरविश्‍वासीहरू, दियाबलसका राजाहरू, र जिउँदा पिशाचहरूले गर्ने गिल्‍ला, निन्दा, दोषारोपण, बहिस्कार र खेदाइ समावेश हुन्छ। त्यसकारण, के यो संसारमा इमानदार व्यक्तिका रूपमा बाँच्नु सम्‍भव छ? के यो संसारमा बाँच्न हाम्रा लागि कुनै ठाउँ छ? हो, छ। हामी निश्चय नै बाँच्न सक्छौँ। परमेश्‍वरले हामीलाई पूर्वनिर्धारण गर्नुभएको र चुन्‍नुभएको छ, र उहाँले अवश्य नै हाम्रा लागि बाटो खोलिदिनुहुन्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र उहाँकै मार्गदर्शनमा उहाँलाई पछ्याउँछौँ, र हामी पूर्णतया उहाँद्वारा दिइएको सास र जीवनद्वारा नै जिउँछौँ। हामीले परमेश्‍वरका वचनहरूको सत्यता स्विकारेका हुनाले, हामीसँग कसरी जिउने भन्‍ने नयाँ नियमहरू छन्, र हाम्रो जीवनका लागि नयाँ उद्देश्यहरू छन्। हाम्रा जीवनका जग परिवर्तन भएका छन्। हामीले पूर्ण रूपमा, सत्यता प्राप्त गर्न र मुक्ति पाउनका लागि जिउने नयाँ शैली, आफूलाई आचरणमा ढाल्ने नयाँ तरिका अपनाएका छौँ। अर्थात्, हामीले जिउने नयाँ पद्धति अपनाएका छौँ: हामी आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि जिउँछौँ। हामी के खान्छौँ, हामी के लाउँछौँ, वा हामी कहाँ जिउँछौँ भन्‍ने कुरासँग यसको बिलकुलै कहीँकतै कुनै सम्बन्ध छैन; हाम्रो हृदयलाई चाहिने कुरा यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्‍नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र नीच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्‍ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका यी वचनहरू पढ्दा, मलाई साँच्चै चैन महसुस भयो। यस दुष्ट समाजमा, मानिसहरू संसारसँग व्यवहार गर्ने शैतानका दर्शनहरूमा भर परेर बाँच्छन्। हामी आफ्ना स्वार्थहरूका खातिर, एकअर्कालाई धोका दिन्छौँ, र जस्तालाई त्यस्तै गर्ने बुझाइ छ। यस्तो लाग्छ, यदि हामीले यसरी व्यवहार गरेनौँ भने, बाँच्ने उपाय नै हुँदैन। म परमेश्‍वरमा विश्वास गर्छु र मलाई थाहा छ मेरो जीवन उहाँबाट आउँछ, परमेश्‍वर मेरो नियतिमाथि सार्वभौम हुनुहुन्छ, र म जीवित छु र सास फेरिरहेको छु भन्ने तथ्य परमेश्‍वरको सार्वभौमिकता र सुरक्षाले गर्दा हो। मसँग कस्तो प्रकारको काम छ भन्ने कुरा परमेश्‍वरका नियोजन र बन्दोबस्तहरूमा निर्भर हुन्छ, कुनै व्यक्तिमा होइन। किन मैले छल गरेर कामकुराहरूका लागि लडाइँ गर्न खोज्दै आफ्नो दिमाग खियाइरहनुपर्छ र? खुला हृदय राख्नु, आफूले गर्नुपर्ने कुरा गर्नु, र सबै कुरा परमेश्‍वरलाई सुम्पनु नै उत्तम होइन र? यो सोच्दा, मलाई अझ धेरै चैन महसुस भयो, र मैले इमानदार व्यक्ति बन्ने र आफूले गरेका जुनसुकै काममा परमेश्‍वरको छानबिन स्विकार्ने अठोट गरेँ। मैले गल्ती गरेकीले जिम्मेवारी लिनुपर्थ्यो, र क्षतिपूर्ति कसरी गर्ने र मेरो जागिर रहन्छ कि रहँदैन भन्ने सन्दर्भमा, यी सबै कुरा परमेश्‍वरको हातमा थिए, र म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन इच्छुक थिएँ।

भोलिपल्ट क्यास काउन्टरमा ड्युटीमा हुँदा, संयोगवश मैले रसिद नदिने मौका पाएँ, जसको अर्थ म त्यो आठ डलरको कमीलाई पूर्ति गर्न सक्थेँ। मेरो हृदय फेरि एकपटक डगमगायो, र मैले त्यो काम गर्नै लाग्दा, अचानक परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तँ निष्कपट व्यक्ति बन्नुपर्छ, चतुर हुने कोसिस नगर्, र छली व्यक्ति नबन्। (यहाँ मैले तिमीहरूलाई फेरि पनि एक इमान्दार व्यक्ति बन्नू भनी अनुरोध गरिरहेको छु।)(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ)। मैले परमेश्‍वर मलाई इमानदार व्यक्ति बन्न र छली नहुन सम्झाउँदै हुनुहुन्छ भनेर बुझेँ। छली मानिसहरू लाजमर्दा हुन्छन्। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “मानिसहरूलाई हुने सबै कुरामा, परमेश्‍वर उनीहरू उहाँको गवाहीमा दृढ रहून् भन्ने माग गर्नुहुन्छ। अहिले तँलाई कुनै उल्लेखनीय कुरा नभइरहेको भए पनि, र तैँले ठुलो गवाही नदिने भए पनि, तेरो दैनिक जीवनका सारा विवरणहरू नै परमेश्‍वरलाई दिइने गवाहीसँग सम्बन्धित हुन्छ। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका सबैको सम्मान जित्न सक्छस्; यदि, कुनै दिन, गैरविश्‍वासीहरू आउँछन् र तैँले गर्ने सबै कुरालाई सम्मान गर्छन्, र परमेश्‍वरले गर्ने सबै कुरा अद्भुत छ भन्‍ने देख्छन् भने, तैँले गवाही दिएको हुनेछस्। तेरो बोधको दायरा फराकिलो नभए पनि र तेरो क्षमता कमजोर भए पनि, तँ परमेश्‍वरद्वारा सिद्ध पारिएर, उहाँलाई सन्तुष्ट पार्न र उहाँका अभिप्रायलाई ख्याल गर्न सक्षम हुन्छस्, अरूलाई उहाँले सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूमा कति महान् काम गर्नुभएको छ भनी देखाउँछस्। जब मानिसहरू परमेश्‍वरलाई जान्न पुग्छन् र शैतानको अगाडि विजेता बन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति बफादार हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। मैले यतिबेला म सत्यता अभ्यास गर्न सक्छु कि सक्दिनँ भनेर हेर्न परमेश्‍वरले मलाई छानबिन गरिरहनुभएको छ भनेर बुझेँ। यो ठूलो कुराजस्तो नदेखिए तापनि, यस छनौट र यस कार्यमा गवाही समावेश थियो। मलाई परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ भन्ने राम्ररी थाहा थियो, तैपनि म अझै शैतानका बचाइ सिद्धान्तहरूअनुसार जिउँदै थिएँ, चाल र छल प्रयोग गर्दै थिएँ। के मैले परमेश्‍वरको नाउँलाई लज्जित पारिरहेकी थिइनँ र? मैले कुनै ठूलो गवाही दिन नसके पनि, दैनिक जीवनमा आउने सानातिना मामिलाहरूमा सत्यता अभ्यास गर्नुपर्थ्यो। परमेश्‍वरको अभिप्राय बुझेपछि, मैले परिस्थिति जस्तोसुकै भए पनि, म इमानदार व्यक्ति बन्नेछु र परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु भनेर दृढ सङ्कल्प गरेँ। त्यसपछि, मैले त्यो आठ डलरको कमी कसरी भरपाई गर्ने भनेर सोच्न छोडेँ, र लगनशील भई काम गर्न थालेँ। दिन यसरी नै बित्यो, र साँझमा हिसाब मिलाउने बेला, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, र पैसा गुम्न सक्ने सम्भावनाका लागि आफूलाई तयार पारेँ। प्रार्थना गरेपछि, मैले पैसा गन्न थालेँ, र मलाई अचम्म लाग्यो, रकम ठ्याक्कै मिल्यो! म छक्क परेँ। अघिल्लो रात निश्चित रूपमा मसित आठ डलर कम थियो, त्यसोभए अहिले कुल रकम कसरी ठ्याक्कै मिल्न सक्यो? मैले अझै केही पटक गनेँ, र त्यसमा कुनै शङ्का थिएन, रकम सही नै थियो! म परमेश्‍वरप्रति एकदमै कृतज्ञ भएँ र आफूले छलको सहारा लिनु नपरेकामा मलाई राहत मिल्यो। परमेश्‍वरका वचनहरूअनुसार इमानदार व्यक्ति बन्ने अभ्यास गरेकामा मलाई हृदयमा चैन महसुस भयो।

त्यस उप्रान्त, काममा जस्तोसुकै समस्या आए पनि वा मैले कुनै कुराको जिम्मेवारी लिनुपर्ने भए पनि, म ती समाधान गर्न आफ्ना हाकिमसँग सक्रिय रूपमा कुरा गर्थेँ। मेरा हाकिम र सहकर्मीहरूले मलाई काममा लगनशील र जिम्मेवार भएकीमा प्रशंसा गरे, र केही महिनापछि, हाकिमले मेरो तलब बढाइदिए। पछि, मैले हाकिमलाई मेरो कार्य समय छोट्याउन मिल्छ कि भनेर सोधेँ, र अचम्मको कुरा, कर्मचारीहरूसँग प्रायः कडिकडाउ गर्ने हाकिमले खुसीसाथ मेरो अनुरोध माने। एक दिन, मैले अनजानमै एक जना क्यासियर र अर्का कर्मचारीबीचको कुराकानी सुनेँ। क्यासियरले भनिन्, “हाकिम साह्रै पक्षपाती छन्; उनी मेरिडिथप्रति असाध्यै नरम छन्, उनको तलब बढाइदिए, काम गर्ने समय छोट्याइदिए, र उनलाई तालिका मिलाउनसमेत दिए। उनी मैले गरेको कुनै पनि अनुरोधहरू सिधै अस्वीकार गर्छन्।” अर्की कर्मचारीले जवाफ दिइन्, “खैर, को चाहिँ इमानदार, अडिग र अरूलाई चैन महसुस गराउने व्यक्तिसँग काम गर्न चाहँदैन र?” यो सुनेर, मैले हृदयको गहिराइदेखि परमेश्‍वरलाई धन्यवाद र प्रशंसा चढाएँ, किनकि मलाई मेरा हाकिमको मप्रतिको आलोचना आदर र हेरचाहमा बदलिनुको कारण, म राम्रो भएकीले नभई, परमेश्‍वरका वचनहरूले मलाई परिवर्तन गरेकाले गर्दा हो भन्ने थाहा थियो। जब मैले परमेश्‍वरका वचनहरूअनुसार इमानदार व्यक्ति बन्ने अभ्यास गरेँ, तब मैले व्यक्तिका रूपमा आफ्नो मर्यादा पुनः प्राप्त गरेँ र अरूको आदर कमाएँ। मलाई भित्रैदेखि परमेश्‍वरका वचनहरू सत्यता हुन्, र ती मानव आचरण र व्यवहारका मापदण्ड हुन् भन्ने महसुस भयो। परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु साँच्चै अद्भुत कुरा हो!

अघिल्लो: ७२. परमेश्‍वरप्रतिको मेरो गलत बुझाइ र सतर्कता हट्यो

अर्को: ७४. खतरनाक वातावरणहरूमा कर्तव्यपालन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्