७२. परमेश्‍वरप्रतिको मेरो गलत बुझाइ र सतर्कता हट्यो

चोङ्सिन, चीन

सन् २०२३ मा, मैले मण्डलीमा सुसमाचारको कामको जिम्मेवारीमा पाएकी थिएँ, तर केही समयपछि, मेरो कमजोर कार्य सामर्थ्य भएकोले र मैले टोली अगुवाको कर्तव्य सम्हाल्न नसकेको कारण मलाई बर्खास्त गरियो। अगुवाहरूले मेरो क्षमताको आधारमा मलाई सुसमाचार प्रचार गर्ने कामको प्रबन्ध मिलाइदिए। मैले सोचेँ, “मैले अझै सुसमाचार प्रचार गर्न सक्‍ने भए पनि, मेरो क्षमता साधारण छ, र म समूहमा मुख्य भूमिका खेल्न सक्दिनँ। यदि मैले यो कर्तव्य निर्वाह गर्दा पनि कुनै परिणाम आएन भने, मैले आफ्नो कर्तव्य गुमाउने र हटाइने जोखिममा पर्न सक्छु।” त्यसैले, मैले धेरै मानिसहरू प्राप्त गर्ने आशामा अथक प्रयास गरेर सुसमाचार प्रचार गरेँ।

एक पटक, मसँग सहकार्य गर्ने सिस्टर, लि सियाओले, मैले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू उल्लङ्घन गरिरहेको र सिद्धान्तअनुरूपका सुसमाचार स्विकार्ने सम्भावना भएका केहीलाई त्यागेको कुरा याद गरिन्। मलाई भित्रभित्रै असहज महसुस भयो, सोचेँ, “मैले यति लामो समयदेखि तालिम लिइरहेकी छु तर पनि यति ठूलो विचलन ल्याएँ। यदि अगुवाहरूले थाहा पाए भने, उनीहरूले मैले आफ्नो कर्तव्यमा सिद्धान्तहरू बोध गरेकी छैनँ भन्‍ने सोच्न सक्छन्, र उनीहरूले मलाई यो भूमिकाको लागि अयोग्य ठानेर मलाई नयाँ काममा खटाउन सक्छन्। अहिले, परमेश्‍वरको काम पूरा हुन लाग्दा, यदि मैले यो महत्त्वपूर्ण क्षणमा आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने, के त्यसले मलाई परमेश्‍वरद्वारा हटाइने सामाको रूपमा प्रकट गर्दैन र?” मैले जति धेरै यसबारे सोचेँ, त्यति नै धेरै कष्ट महसुस गरेँ। लि सियाओले मभन्दा राम्रोसँग सिद्धान्तहरू बुझ्छिन् भन्ने कुरा विचार गरेर, मैले उनका सुझावहरू धेरै पटक सुन्ने निर्णय गरेँ, जसले गल्तीहरू कम गर्न मद्दत गर्ने थियो, र यदि गल्तीहरू भइहाले पनि, म त्यसका लागि कम जिम्मेवार हुनेथिएँ। त्यसपछि, कुनै पनि अस्पष्ट विषयहरूमा, मैले ध्यान दिएर सोचिनँ, किनकि मेरो कमजोर क्षमताले गर्दा सोच्दा पनि कुनै परिणाम निस्कँदैन भन्ने लाग्थ्यो, र म सबैसँग छलफल गर्नलाई पर्खन्थेँ। छलफलको क्रममा, म आफ्ना विचारहरू छोटकरीमा मात्रै राख्थेँ, त्यसपछि लि सियाओले आफ्नो दृष्टिकोण दिन्छिन् भनेर पर्खन्थें। कहिलेकाहीँ मेरा फरक विचारहरू हुन्थे तर म ती व्यक्त गर्ने आँट गर्दिनथेँ, किनकि यदि मैले गल्ती गरेँ भने, मलाई जिम्मेवार ठहराइनेछ र यसले मेरो भविष्यको सम्भावना र गन्तव्यमा असर पार्न सक्छ भन्ने डर लाग्थ्यो। त्यसैले, धेरैजसो समय, म अरूलाई पछ्याउँथेँ, र मेरा आफ्ना विचारहरू कम हुँदै गए।

एक पटक, हामीले एक जना धर्मको व्यक्ति प्रचार गर्न सकिने सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्ति हो कि होइन भनेर छलफल गर्‍यौँ। उनी सुसमाचार प्रचारका सिद्धान्तअनुसारका छन् भन्‍ने मलाई लाग्यो, तर लि सियाओले के भनिन् भने, उनले सत्यता बोध गर्न सक्दैनन् र त्यसैले उनलाई प्रचार गर्नु हुँदैन। मैले सुरुमा आफ्नो दृष्टिकोणबारे थप सङ्गति गर्न चाहेँ, तर त्यसपछि मैले सोचेँ, “यदि मेरो दृष्टिकोण गलत भयो र गल्तीहरू भयो भने के गर्ने? होस्, म केही पनि भन्दिनँ। लि सियाओले सिद्धान्तहरू राम्ररी बुझेकी छिन् र सुसमाचार प्रचारको बारेमा उनीसँग मभन्दा धेरै अनुभव छ, त्यसैले म उनको कुरा सुन्छु।” त्यसैले हामीले सुसमाचार स्विकार्ने सम्भावना भएको यो व्यक्तिलाई त्याग्ने निर्णय गर्‍यौँ। पछि, सुपरिवेक्षकले यो स्थितिको बारेमा थाहा पाउनुभयो, र के भन्नुभयो भने, सुसमाचार स्विकार्ने सम्भावना भएको यो व्यक्तिमा धेरै धार्मिक धारणाहरू मात्र थिए, तर उनी सत्यता स्वीकार गर्न नसक्ने थिएनन्, र उनलाई सजिलै त्याग्नु सिद्धान्तअनुसारको कार्य थिएन। काममा यस्तो विचलन देखेपछि, मैले त्यस समयमा थप खोजीका लागि यो मुद्दा नउठाएकोमा मलाई गहिरो पछुतो लाग्यो। तर त्यसपछि मैले सोचेँ, “यो लि सियाओको सुझाव थियो, त्यसैले यसको जिम्मेवार म एक्लै थिइनँ।” त्यसैले मलाई कम दोषी महसुस भयो।

म हरेक कुरा अरूलाई सोध्थेँ र मेरा आफ्नै विचारहरू हुँदैनथिए, त्यसकारण म बिस्तारै आफूले गर्ने हरेक काममा निकै सुस्त हुँदै गएँ, मलाई सुसमाचार प्रचार गर्न झन् झन् गाह्रो लाग्न थाल्यो, र परिणामहरू झन् खराब हुँदै गए। पहिले फर्केर सोच्दा, मैले सुसमाचार प्रचार गर्दा धर्मका मानिसहरूका केही प्रश्नहरूमा सङ्गति गर्न र समाधान गर्न सक्थें, तर अहिले किन मसँग भन्नलाई यति थोरै कुराहरू थिए? मलाई केही गडबड छ जस्तो लाग्यो तर कारण थाहा थिएन, त्यसैले मैले यो मेरो कमजोर क्षमता र सत्यताको सतही बुझाइको कारणले होला भनेर असहाय भएर सोचेँ। जब मैले यसरी सोचेँ, तब म केही हदसम्म नकारात्मक भएँ। मेरो स्थिति गलत छ भन्‍ने मलाई थाहा थियो तर यसलाई परिवर्तन गर्न शक्तिहीन महसुस गरेँ। पछि, सुपरिवेक्षकले हामीसँग भेला आयोजना गर्नुभयो र मेरा धेरै समस्याहरू औंल्याउनुभयो, जस्तै म कर्तव्यमा निष्क्रिय हुनु, सधैं अरूमा भर पर्नु, र मैले वास्तविक काम नगर्नु, आदि। जब यी मूल्याङ्कनहरू एक-एक गरी मेरो अगाडि प्रस्तुत गरियो, तब म छक्क परेँ, र मैले सोचेँ, “मेरो कर्तव्यमा यति धेरै समस्याहरू कसरी हुन सक्छ? मैले समूहमा के भूमिका खेलेकी छु?”

पछि, मैले परमेश्‍वरका वचनहरूको एक खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌ र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्‍वरको समेत भर पर्नु हुँदैन। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तँ सबभन्दा बढी भर पर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्‍ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने, ख्रीष्ट विरोधीहरूले आशिष्‌ पाउनका लागि मात्र परमेश्‍वरमा विश्वास गर्छन्, आशिष्‌को खोजीलाई आफ्नो जीवन-रक्त ठान्छन्, र तिनीहरू परमेश्‍वरको घर र ब्रदर-सिस्टरप्रति शङ्का र सतर्कताले भरिएका हुन्छन्, किनकि यदि तिनीहरूले दुष्ट काम गरे, बाधा उत्पन्न गरे, र खुलासा भए भने, तिनीहरूलाई बर्खास्त गरी हटाइनेछ, र तिनीहरूले आफ्नो राम्रो सम्भावना र गन्तव्य गुमाउनेछन् भन्ने तिनीहरूलाई डर हुन्छ। मैले के देखेँ भने, मेरो खोजी र दृष्टिकोणहरू ख्रीष्ट विरोधीको जस्तै थियो। जबदेखि मलाई टोली अगुवाको रूपमा बर्खास्त गरियो, तबदेखि मलाई के डर थियो भने, यदि मेरो सुसमाचार प्रचारले राम्रो परिणाम दिएन भने, मलाई फेरि नयाँ काममा खटाइनेछ, र मसँग गर्नलाई कुनै कर्तव्य हुनेछैन, त्यसैले मैले आफ्नो कर्तव्य कायम राख्न र राम्रो सम्भावना र गन्तव्य सुरक्षित गर्न आफ्नो कर्तव्यको प्रभावकारिता सुधार गर्ने लक्ष्य राखेँ। मसँग सहकार्य गर्ने सिस्टरले मेरो काममा विचलनहरू याद गरिन्, तर मैले तुरुन्तै कारण पत्ता लगाएर त्यसलाई सच्याइनँ। बरु, अगुवाहरूले थाहा पाउँछन्, मलाई अयोग्य ठान्छन् र नयाँ काममा खटाइदिन्छन् भन्ने डरले, म आफ्ना कमीकमजोरीहरू ढाकछोप गर्ने प्रयास गर्थेँ, मैले सिद्धान्तहरू नबुझेको कुरालाई एउटा ढाल बनाउँथेँ, अनि म अस्पष्ट भएका विषयहरूमा खोजी गर्थिनँ, न त म फरक विचारहरू नै व्यक्त गर्थेँ। म मसँग सहकार्य गर्ने सिस्टरमा मात्रै भर परेँ, र गल्तीहरू भइहाले पनि, म कम जिम्मेवार हुनेछु, र मलाई नयाँ काममा खटाइनेछैन भन्ने विश्वास गर्थेँ। कर्तव्य निर्वाह गर्नका लागि सुरुमा त सामञ्जस्यपूर्ण सहकार्य र एक-अर्काको सबल पक्षहरूलाई पूरक बनाउनु आवश्यक थियो, तर म केवल आफूलाई सुरक्षा दिनमा मात्र चिन्तित थिएँ र मण्डलीको कामको बारेमा पटक्कै विचार गर्थिनँ। म आफ्नो जिम्मेवारीसमेत पूरा गर्थिनँ। म साँच्चै स्वार्थी, घृणास्पद, चिप्लो र छली थिएँ! पहिले मलाई किन बर्खास्त गरियो भनेर फर्केर हेर्दा के देखिन्छ भने, एकातिर, ममा मान्छे खुसी पारिहिँड्ने स्वभाव गम्भीर थियो र मैले मण्डलीको कामको रक्षा गरिरहेकी थिइनँ, त्यसैले थियो, र अर्कोतिर, यो मेरो कमजोर क्षमता र टोली अगुवाको काम सम्हाल्न नसक्नुको कारण थियो। मैले मान्छे खुसी पारिहिँड्ने मेरो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्नुपर्थ्यो, र तुरुन्तै सुसमाचार प्रचारको सत्यता र सिद्धान्तहरूद्वारा आफूलाई सुसज्जित गर्नुपर्थ्यो। यसरी अभ्यास गरेर मात्र, मैले आफ्नो कर्तव्यमा प्रगति गर्न सक्थेँ। तर मैले सत्यता खोजिनँ, र आफ्ना कमीकमजोरीहरू ढाकछोप गर्न चलाखी प्रयोग गर्ने प्रयास गरेँ, जसले मेरो जीवनलाई हानि मात्र पुर्‍याएन तर मेरो कर्तव्यको प्रभावकारितामा पनि असर गर्‍यो। मेरा कार्यहरूले गर्दा परमेश्‍वरले मलाई धेरै अघिदेखि नै घृणा गरिसक्‍नुभएको थियो। अहिले पवित्र आत्माको निर्देशन गुमाउँदै, म अन्धकारमा बाँचिरहेकी थिएँ। यो परमेश्‍वरको धर्मी स्वभाव ममाथि आइपरेको थियो, यदि म होसमा आइनँ भने, मलाई परमेश्‍वरले घृणा गरेर हटाइदिनुहुनेथ्यो! त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, पश्चात्ताप गर्ने र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने इच्छा व्यक्त गरेँ।

केही समयपछि, लि सियाओलाई नयाँ काममा खटाइयो, र समूहको काम सिस्टर सिन्युए र मैले सम्हाल्ने भयौँ। म चिन्तित नभई रहन सकिनँ, र मैले सोचेँ, “पहिले मैले नबुझेका कुराहरू लि सियाओले नै जाँच्ने गर्थिन्, त्यसैले समस्याहरू उत्पन्न हुँदा म कम जिम्मेवार हुन्थेँ। अहिले, सिन्युएले भर्खरै तालिम सुरु गरेकी छिन्, त्यसैले भविष्यमा समस्याहरू उत्पन्न भएमा, जिम्मेवारी स्वाभाविक रूपमा मेरो नै हुनेछ—यो त दिनको घाम जस्तै छर्लङ्ग छ। त्यसपछि काटछाँटमा पर्नु त सानो कुरा हो; गम्भीर अवस्थामा, मलाई बर्खास्त गरेर हटाइन पनि सक्छ।” मैले आफ्नो स्थिति गलत भएको महसुस गरेँ, त्यसैले मैले आफै विरुद्ध विद्रोह गर्न परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “इमानदारी भनेको तिमीहरूको हृदय परमेश्‍वरलाई दिनु, कुनै पनि कुरामा परमेश्‍वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्‍वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्‍वर वा मानिस कसैलाई पनि छल नगर्नु हो। … यदि तँलाई सत्यताको मार्ग खोजी गर्दा साँच्चै आनन्द लाग्छ भने, तँ सधैँ उज्यालोमा जिउने व्यक्ति होस्। यदि तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुनमा निकै खुसी छस्, गुमनाम रही लगनशील र निष्ठावान् भई काम गर्छस्, सधैँ दिन्छस् र कहिल्यै लिँदैनस् भने म भन्छु, तँ बफादार सन्त होस् किनभने तँ कुनै इनाम खोज्दैनस्, तँ केवल इमानदार व्यक्ति भइरहेको छस्। यदि तँ खुलस्त हुन इच्छुक छस् भने, यदि तँ आफ्नो सबथोक समर्पित गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरका लागि आफ्नो जीवन बलिदान गर्न र आफ्नो गवाहीमा दृढ रहन सक्षम छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफूबारे नसोच्ने र आफ्ना लागि केही नलिने हदसम्मको इमानदार छस् भने, तब म भन्छु, त्यस्ता मानिसहरू ज्योतिमा पोषित हुनेहरू हुन् र तिनीहरू राज्यमा सदासर्वदा जिउनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने, इमानदार मानिसहरूले आफूलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गर्न र तिनीहरू उहाँको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन सक्छन्, तिनीहरूले आफ्नो लागि योजना नबनाई वा विचार नगरी आफ्नो कर्तव्य निर्वाह गर्छन्, केवल परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी गर्ने बारेमा सोच्छन्। यस्ता मानिसहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। परमेश्‍वरका वचनहरूमा चिन्तन गरेपछि, मैले के बुझेँ भने, आफ्ना कमीकमजोरीहरू प्रकट हुनबाट जोगिँदैमा राम्रो सम्भावना र गन्तव्य पाइँदैन। यसको विपरीत, मैले जति धेरै आफ्ना कमीकमजोरीहरू लुकाउँछु र परमेश्‍वरलाई धोका दिन छल प्रयोग गर्छु, परमेश्‍वरले मलाई त्यति नै धेरै घृणा गर्नुहुनेछ, र मैले पवित्र आत्माको काम गुमाउने सम्भावना त्यति नै बढी हुन्छ। मैले यो कर्तव्य निर्वाह गर्न परमेश्‍वरको अनुमति पाएकी थिएँ, परमेश्‍वरलाई मेरा सबै कमी र कमजोरीहरू थाहा थियो, तर म सधैं ती लुकाउन र ढाक्न चाहन्थेँ। मैले आफैलाई र अरूलाई धोका दिने प्रयास गरिरहेकी थिएँ! म कति मूर्ख थिएँ! मैले इमानदार व्यक्ति हुने अभ्यास गर्नुपर्छ, आफूले नबुझेका कुराहरू ब्रदर-सिस्टरलाई स्पष्ट पारिमाग्‍न खोज्नुपर्छ, गल्तीहरूलाई साहसपूर्वक सामना गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, कमीकमजोरीहरू भए पनि सुधार गर्न प्रयास गर्नुपर्छ, र मैले गर्न सक्ने सबै जिम्मेवारीहरू पूरा गर्नुपर्छ। यो बुझेपछि, मैले आफ्नो हृदयमा शान्ति महसुस गरेँ। सिन्युएसँग सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूका विषयमा छलफल गर्दा, यदि हामीले नबुझेका कुराहरू आए भने, हामीले सम्बन्धित परमेश्‍वरका वचनहरू खोज्थ्यौँ, र आपसी सङ्गतिद्वारा, सुरुमा नबुझिएका केही कुराहरू स्वाभाविक रूपमा स्पष्ट हुँदै जान्थे। छलफलबाट स्पष्ट पार्न नसकेका केही विषयहरूमा, हामी सुपरिवेक्षकहरूबाट मद्दत माग्थ्यौँ, र उहाँहरूको सङ्गतिद्वारा, हामीले अझ बढी स्पष्टता प्राप्त गर्न सक्थ्यौं। यस अवधिमा, मेरा धेरै कमीकमजोरीहरू प्रकट भए, तर मैले बाँधिएको महसुस गर्न छोडेँ। जब समस्याहरू उत्पन्न हुन्थे, तब मैले समयमै तिनको विश्लेषण गर्थेँ, र थाहै नपाई, हाम्रो सुसमाचार प्रचारको प्रभावकारितामा सुधार भयो। मैले हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिएँ।

केही समयपछि, अगुवाहरूले हाम्रो सुसमाचार प्रचारको प्रभावकारिता कस्तो छ भनेर सोध्न पत्र पठाउनुभयो, र मैले फेरि केही दबाब महसुस गरेँ। प्रभावकारिता पहिलेभन्दा राम्रो भए पनि, यसले अझै पनि उल्लेखनीय सुधार देखाएको थिएन, र म फेरि चिन्तित नभई रहन सकिनँ, “यदि समूहको प्रभावकारितामा उल्लेखनीय सुधार भएन भने, के अगुवाहरूले म यो कर्तव्यका लागि योग्य छैनँ भनी सोच्लान् र त्यसपछि मलाई नयाँ काममा खटाइदिन्छन्?” यी विचारहरूले मलाई अलिकति दिक्दार बनायो। मैले के महसुस गरेँ भने, म फेरि एक पटक आफ्नो भविष्यको बारेमा चिन्तित भइरहेकी छु। एक पटक मेरो आत्मिक भक्तिको समयमा, मैले एउटा अनुभवात्मक गवाहीको भिडियोमा परमेश्‍वरका वचनहरूको एक खण्ड पढेँ जुन वास्तवमा मलाई चाहिएको कुरा थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू परमेश्‍वरको घरले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्छ भनेर विश्‍वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्‍वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू विश्‍वास गर्छन् कि कुनै व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्‍वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, उसको कर्तव्य निर्वाह गर्ने योग्यता खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के साँच्चै त्यस्तै हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्‍वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्‍ने कुरालाई मात्र हेर्नुहुन्‍न; उहाँले व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, र उसको मनोवृत्तिलाई हेर्नुहुन्छ। विशेषगरी, उहाँले कुनै व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ कि सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूका आधारमा समस्याको सार छर्लङ्ग बुझ्न सक्छ कि सक्दैन, र यसरी सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैसित सही मनोवृत्ति छैन, अनि ऊ व्यक्तिगत अभिप्रायहरूले दूषित छ, यदि ऊ धूर्त षड्यन्त्रहरूले भरिएको छ र उसले भ्रष्ट स्वभावहरू मात्र प्रकट गर्छ, अनि, यदि समस्या पैदा हुँदा, उसले ढोँग, कुतर्क, आफूलाई सही साबित गर्ने काम समेत गर्छ, र जिद्दीपूर्वक आफ्ना गल्तीहरू स्विकार्न मान्दैन भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। उसले सत्यता बिलकुलै स्विकार्दैन, र ऊ सच्चा मानिस होइन; ऊ पूर्ण रूपमा प्रकाश भएको हुन्छ। जसले अलिकति पनि सत्यता स्विकार्दैनन् तिनीहरू सारमा अविश्‍वासी हुन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। … मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइमा पुग्छ र पश्‍चात्ताप गर्न इच्‍छुक छ भने, के परमेश्‍वरको घरले उसलाई मौका दिँदैन र? परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, निर्वाह गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर यदि तँमा कुनै विवेक वा समझ छैन, र तँ आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निर्वाह गर्ने अवसर प्राप्त गरेको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता खोजी गर्दैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्‍नो कर्तव्य निर्वाह गर्नमा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँटको सामना गर्दा तँ पटक्‍कै समर्पित हुँदैनस् भने, के परमेश्‍वरको घरले अझै पनि तँलाई कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छ? परमेश्‍वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ, र सबै कुरामा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्‍लेषण गर्न आवश्यक छैन; तैँले सुन्‍ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्वीकार गर्नुपर्छ र आफ्‍ना गल्तीहरू सच्याउनुपर्छ। यदि तैँले त्यसो गरिस् भने, परमेश्‍वरको घरले कर्तव्य निर्वाह गर्ने तेरो योग्यता खोस्‍ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ आफूलाई सही साबित गर्न खोज्छस्, सधैँ कुतर्क प्रयोग गरेर आफ्नो बचाउ गर्छस् भने, त्यो समस्या हो। तैँले अलिकति पनि सत्यता स्विकार्दैनस्, र तँ पूर्ण रूपमा असमझदार छस् भनेर अरूले देख्नेछन्। यसले समस्या निम्त्याउँछ, र मण्डलीले तँलाई तह लगाउनुपर्ने हुन्छ। तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पटक्‍कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस्। तेरो यो डर मानव आशयले दूषित हुन्छ; यही डरभित्र भ्रष्ट शैतानी स्वभावहरू, साथै शङ्का, सतर्कता, र गलतफहमी हुन्छन्। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने, परमेश्‍वरको घरले मानिसहरूलाई सिद्धान्तहरूका आधारमा हटाउँछ, व्यक्तिको क्षणिक गल्तीका आधारमा होइन, न त उनीहरूको क्षमताको आधारमा, तर सत्यता र आफ्नो कर्तव्यप्रतिको उनीहरूको मनोवृत्तिको आधारमा, र गल्ती गरेपछि उनीहरूले सत्यता स्वीकार गर्छन् कि गर्दैनन् र परमेश्‍वरसामु पश्चात्ताप गर्छन् कि गर्दैनन् भन्ने आधारमा। जसले गल्ती गर्छन् तर पश्चात्ताप गर्न मान्दैनन्, र जसले आफ्नो प्रकृति सारले नै सत्यताप्रति वितृष्णा राख्छन्, तिनीहरू नै हटाइनेहरू हुन्। यसका साथै, मैले सधैं के सोच्थेँ भने, नयाँ काममा खटाइनुको अर्थ हटाइनु हो, तर यो दृष्टिकोण परमेश्‍वरका वचनहरूसँग पटक्कै मिल्दैनथियो। कतिपय मानिसहरूलाई उनीहरूको गम्भीर भ्रष्ट स्वभावको कारणले बर्खास्त गरिन्छ, किनभने उनीहरूले काममा अवरोध र बाधा दिने गरेका हुन्छन्, तर यदि उनीहरूले बर्खास्त गरिएपछि चिन्तन गर्छन् र पश्चात्ताप गर्छन् भने, मण्डलीले उनीहरूलाई अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर दिन्छ। यदि कसैको क्षमता कमजोर छ र उसले आफ्नो काम सम्हाल्न सक्दैन त्यसकारण उसलाई नयाँ काममा खटाइन्छ भने, मण्डलीले उसको क्षमता र शक्तिअनुसार उपयुक्त कर्तव्यहरूको प्रबन्ध मिलाइदिन्छ, जसले मण्डलीको काम र व्यक्तिको जीवन प्रवेश दुवैलाई फाइदा पुऱ्याउँछ। बर्खास्त गरिनु र नयाँ काममा खटाइनुले व्यक्तिलाई सत्यता पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरबाट वञ्चित गर्दैन, यसको अर्थ हटाइनु हो भन्ने त झन् हुँदै होइन। उदाहरणका लागि, मसँग पहिले सहकार्य गर्ने सिस्टर हान युलाई, उनको अहङ्कारी स्वभावको कारणले बर्खास्त गरिएको थियो, किनभने उनले आफ्नो हैसियत स्थापित गर्न र अरूलाई नियन्त्रित गर्न खोज्थिन्, जसले गर्दा ब्रदर-सिस्टरहरूले बाँधिएको महसुस गर्थे, र काममा बाधा र अवरोध आयो। तैपनि, हान युले चिन्तन गरेपछि र आफ्नो अहङ्कारी स्वभावको बारेमा केही ज्ञान प्राप्त गरेपछि, मण्डलीले उनको लागि फेरि कर्तव्यहरूको प्रबन्ध मिलाइदियो। विगतमा, मलाई पनि ख्याति, प्राप्ति, र हैसियतको खोजी गरेकोले बर्खास्त गरिएको थियो, तर जब म पश्चात्ताप गर्न इच्छुक भएँ, तब मण्डलीले मेरो लागि फेरि कर्तव्यहरूको प्रबन्ध मिलाइदियो। यसबाट, मैले के देखेँ भने, परमेश्‍वरले मानिसहरूलाई हटाउने कार्य उनीहरूले गल्ती गरेका छन् कि छैनन् वा उनीहरूको क्षमता कस्तो छ भन्ने आधारमा होइन, तर उनीहरूले सत्यता स्वीकार गर्न र साँच्चै पश्चात्ताप गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा गर्नुभएको हुन्छ। यो परमेश्‍वरको धर्मी स्वभाव हो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ: “जब सृजित प्राणीले परमेश्‍वरको आज्ञा स्वीकार गर्छ र आफ्नो कर्तव्य निर्वाह गर्न र आफूले गर्न सक्‍ने कार्य गर्न सृष्टिकर्तासँग सहकार्य गर्छ, तब यो कुनै कारोबार वा लेनदेन होइन; मानिसहरूले मनोवृत्तिका अभिव्यक्तिहरू वा कार्य र व्यवहारहरूलाई परमेश्‍वरबाट आउने आशिष्‌हरू वा प्रतिज्ञाहरू साट्नका लागि प्रयोग गर्ने प्रयास गर्नु हुँदैन। जब सृष्टिकर्ता यो काम तिमीहरूलाई सुम्पनुहुन्छ, तब सृजित प्राणीका रूपमा, तिमीहरूले यो कर्तव्य र आज्ञा स्वीकार गर्नु सही र उचित हुन्छ। के यसमा लेनदेनको कुनै कुरा छ? (छैन।) सृष्टिकर्ता आफ्‍नो पक्षबाट तिमीहरू हरेकलाई मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू सुम्पन इच्छुक हुनुहुन्छ; अनि सृजित मानवजातिको पक्षबाट मानिसहरूले यो कर्तव्य खुसीसाथ स्वीकार गर्नुपर्छ, यसलाई आफ्नो जीवन दायित्वका रूपमा लिनुपर्छ, र यस जीवनमा आफूले जिउनुपर्ने मूल्यका रूपमा लिनुपर्छ। यहाँ कुनै लेनदेन छैन, यो बराबरको आदानप्रदान होइन, झन् यसमा मानिसहरूले कल्पना गर्ने कुनै इनाम वा अरू अभिव्यक्ति समावेश हुनु त परको कुरा हो। यो कुनै पनि हालतमा कारोबार होइन; यो मानिसहरूले कर्तव्य निर्वाह गर्दा चुकाउने मूल्य वा तिनीहरूले प्रदान गर्ने कठिन परिश्रम अर्को कुराका लागि साट्नु होइन। परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन, र मानिसहरूले यस कुरालाई यसरी बुझ्नु हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। “‘मेरो क्षमता कमजोर भए पनि, मसँग इमानदार हृदय छ।’ यी वचनहरू निकै सच्चा सुनिन्छन्, र तिनमा परमेश्‍वरले मानिसबाट गर्ने एउटा माग छ। के माग? के हो भने, कमजोर क्षमता हुनु ठूलो कुरा होइन, तर उनीहरूमा इमानदार हृदय हुनैपर्छ र उनीहरूमा त्यो छ भने, उनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति वा पृष्ठभूमि जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्‍नुपर्छ, तँ आफ्नो कर्तव्यप्रति अर्पित हुनुपर्छ, तैँले छट्टु व्यवहार गर्नु हुँदैन, तँ धूर्त वा छली व्यक्ति हुनु हुँदैन, झुट बोल्नु वा धोका दिनु हुँदैन, र घुमाएर कुरा गर्नुहुँदैन। तँ त्यस्तो व्यक्ति बन्‍नुपर्छ, जसले सत्यताअनुसार कार्य गर्छ, र जो सत्यतालाई पछ्याउँछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूमा चिन्तन गरेपछि, मैले के बुझेँ भने, परमेश्‍वरले मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर दिनुको कारण उनीहरूलाई इनामका लागि परिश्रम गर्न र आफूलाई समर्पित गर्न लगाउनका लागि होइन, तर कर्तव्य निर्वाह गर्नु सृजित प्राणीहरूको जिम्मेवारी र दायित्व भएको हुनाले हो, र मानिसहरूले यसलाई पूरा गर्न कुनै कसर बाँकी राख्नु हुँदैन। यो हामीलाई सत्यता पछ्याउन र हाम्रो भ्रष्ट स्वभावहरू फाल्न परमेश्‍वरले दिनुभएको अवसर पनि हो। परमेश्‍वरले व्यक्तिको क्षमतालाई हेर्नुहुन्न तर कर्तव्यप्रति उसमा इमानदार हृदय छ कि छैन, उसले आफ्नो व्यक्तिगत स्वार्थलाई पन्छाएर, आफ्नो हृदय र प्रयास लगाएर, र आफूले सक्दो उत्तम तरिकाले कर्तव्य पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई हेर्नुहुन्छ। कर्तव्यप्रति हामीमा हुनुपर्ने मनोवृत्ति यही हो। अब उप्रान्त, आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले त्यति धेरै बोझ महसुस गरिनँ। मेरो क्षमता कमजोर भए पनि, मैले आफूले सक्ने सबै कुरामा सक्दो प्रयास गर्नुपर्छ। यदि मैले नबुझेका समस्याहरू आए भने, म प्रार्थना गर्छु र परमेश्‍वरमा भर पर्छु, वा सुपरिवेक्षकहरूबाट मद्दत माग्छु। कहिलेकाहीँ, समस्याहरू उत्पन्न हुँदा, मलाई सुपरिवेक्षकहरूले मेरो वास्तविकता थाहा पाउँछन्, र यति लामो समय तालिम लिएर पनि मैले प्रगति गरेकी छैनँ भनेर भन्छन् भन्ने चिन्ता लाग्छ। तर जब मैले परमेश्‍वरले सबै कुराको छानबीन गर्नुहुन्छ भनी सोच्छु, तब म के महसुस गर्छु भने परमेश्‍वरलाई मेरा कमीकमजोरीहरू थाहा छ, र ती लुकाउनु व्यर्थ छ। मेरो कद र क्षमताको आधारमा, म कहाँ आफ्नो कर्तव्य निर्वाह गर्न उपयुक्त छु भन्ने बारेमा परमेश्‍वरसँग उपयुक्त बन्दोबस्तहरू छन्, उहाँले मलाई उपयुक्त ठाउँमा राख्नुहुन्छ। यी कुराहरू मैले चिन्ता वा फिक्री गर्नुपर्ने विषय होइनन्। म इमानदार व्यक्ति हुनुपर्छ, मैले आफ्ना स्वार्थहरूलाई पन्छाउनुपर्छ, र आफ्नो वर्तमान कर्तव्यहरू कसरी राम्ररी निर्वाह गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ। यदि मैले आफ्नो सम्पूर्ण प्रयास दिएँ र अझै पनि यो कर्तव्य सम्हाल्न सकिनँ भने, मलाई नयाँ काममा खटाइए पनि म परमेश्‍वरको योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित नै हुनेछु। यो कुरा मनमा राखेर, मैले खुलेर सुपरिवेक्षकहरूसँग समस्याहरूको बारेमा मार्गदर्शन खोजेँ, र सुपरिवेक्षकहरूले केही समस्याहरू औंल्याएपछि, मैले यी विचलनहरूको विश्लेषण गरेँ र तुरुन्तै सच्याएँ। यसरी केही समय अभ्यास गरेपछि, हाम्रो सुसमाचार प्रचारको प्रभावकारिता पहिलेको भन्दा उल्लेखनीय रूपमा सुधार भयो। म आफ्नो हृदयमा परमेश्‍वरप्रति आभारी छु। यो परिणाम पूर्ण रूपमा परमेश्‍वरको अगुवाइको कारणले आएको हो।

अघिल्लो: ७१. देखावटीपनको पीडादायी पाठ

अर्को: ७६. के बाआमाको भरणपोषण गर्नु परमेश्‍वरले सुम्पनुभएको मिसन हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्