७५. के अरूले जिम्मा दिएको कुरामा निष्ठावान् रहनु सही तरिका हो?

यिन आन, चीन

मेरो हजुरबुबा हाम्रो गाउँमा निकै प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो र उहाँ सधैँ अरूलाई खुसीसाथ मद्दत गर्नुहुन्थ्यो। म सानो छँदा, उहाँ र मेरी हजुरआमा सहरमा बसाइँ सर्नुभयो, तर गाउँमा कसैलाई केही चाहिँदा, उहाँ आफ्नो व्यापार-व्यवसाय छोडेर मद्दत गर्न गाउँ फर्कनुहुन्थ्यो। सबैले मेरो हजुरबुबालाई असल मान्छे भन्थे र उहाँलाई धेरै आदर गर्थे, अनि उहाँको कुरा चल्दा, मानिसहरूले उहाँको निकै तारिफ गर्थे। त्यस्तो हजुरबुबा हुनुभएकोमा मलाई गर्व लाग्थ्यो। हजुरबुबाको देहान्तपछि, मानिसहरूले उहाँबारे कुरा गरेको म अक्सर सुन्थेँ, उनीहरू उहाँलाई उच्च नैतिक आचरण र ख्याति भएको मान्छे भन्थे। यी कुराहरू सुन्दा मलाई हजुरबुबाको आचरण राम्रो र भरोसायोग्य रहेछ, अनि मरेपछि पनि उहाँको राम्रो नाम रहेछ भन्ने लाग्थ्यो। पछि, कसैले मसँग मद्दत माग्दा, म सक्रिय भएर उनीहरूलाई मदत गर्थेँ, र मलाई यसरी अरूलाई मद्दत गर्नु राम्रो हो, यसले मलाई असल मान्छे बनाउँछ भन्ने लाग्थ्यो।

परमेश्‍वरलाई पाएपछि, मैले मण्डलीमा भिडियो बनाउने काम गरेँ। मलाई कम्प्युटर प्रविधिबारे केही कुरा थाहा भएको हुनाले, ब्रदर-सिस्टरहरू कम्प्युटरमा समस्या आउँदा मद्दत माग्न मकहाँ आउँथे। मलाई ब्रदर-सिस्टरहरूको कम्प्युटरको समस्या समाधान गर्न मद्दत गर्नु भनेको असल कर्म गर्नु हो जस्तो लाग्थ्यो। अझ, ब्रदर-सिस्टरहरूले मसँग मद्दत माग्नु उनीहरूले मलाई भरोसा गर्छन् भन्ने थियो, र म सोच्थेँ, “मैले मद्दत गरिनँ भने, मलाई सबैले के भन्लान्? के उनीहरूले मलाई साह्रै स्वार्थी र मानवता नभएको ठान्लान्?” त्यसैले समस्या समाधान गर्न सकुञ्जेल, म कसैलाई नाइँनास्ति गर्दिनथेँ। कहिलेकाहीँ, समस्या समाधान गर्न नसक्दा, म जानकारी खोज्नका लागि दिमाग खियाउँथेँ र त्यसपछि समाधान निकाल्ने प्रयास गर्थेँ। यसो गर्दा मेरो धेरै समय खाने र मेरो मुख्य काममा ढिलाइ हुने भए तापनि, तैपनि म ब्रदर-सिस्टरहरूको कम्प्युटरको समस्या सुल्झाउने कुरालाई नै प्राथमिकता दिन्थेँ। मलाई लाग्थ्यो, उनीहरूको अनुरोध स्वीकार गरिसकेपछि, मैले राम्रो काम गर्नुपर्छ। आखिरकार, यदि मैले राम्रोसँग काम गरिनँ भने, के मेरो साख गिर्दैन र? यदि त्यसो भयो भने, भविष्यमा मलाई कसले विश्वास गर्ला? बिस्तारै, मैले ब्रदर-सिस्टरहरूबाट प्रशंसा पाउन थालेँ, र सबैले ममा असल मानवता छ र म अरूलाई मद्दत गर्न चाहन्छु भन्ने ठान्थे। त्यसैले मलाई आफूले चुकाएको मूल्य सार्थक रहेको महसुस हुन्थ्यो।

पछि, कामका आवश्यकताले गर्दा, मैले एउटा नयाँ प्रविधि सिक्न सुरु गरेँ। अगुवाले मलाई विशेष गरी निर्देशन दिनुहुन्थ्यो, “तपाईँले यो प्रयोग गर्न चाँडै सिक्नुपर्छ र त्यसपछि अरू सबैलाई सिकाउनुपर्छ। नत्रभने, ब्रदर-सिस्टरहरूले यसको उपयोग गर्न ढिलो हुनेछ र कामको कार्यकुशलतामा असर पार्नेछ।” म नयाँ प्रविधि अध्ययन गर्नमा केन्द्रित भइरहेको बेला, सिस्टर शिआओसुएको कम्प्युटरमा अचानक समस्या आएर नीलो स्क्रिन देखियो र खुल्दै खुलेन, र उनले मलाई के समस्या हो भनेर हेरिदिन आग्रह गरिन्। त्यो नीलो स्क्रिनको कोड हेर्दा, त्यो त मैले पहिले कहिल्यै नदेखेको कुरा थियो, र मलाई त्यो कसरी बनाउने भन्ने थाहा थिएन, त्यसैले मैले उनलाई त्यो मर्मत गर्न पठाउन भनेँ। तर उनले मर्मत गर्न धेरै समय लाग्ने फिक्री गरिन्, र मैले नै बनाइदिनुपर्छ भन्दै जिद्दी गरिन्। उनले भनिन्, “म यो कम्प्युटर तपाईँकहाँ छोड्दैछु; तपाईँले ठिक गरिदिन सक्नुहुनेछ भन्नेमा म पक्का छु।” मैले उनको ममाथि कति धेरै भरोसा रहेछ भन्ने देखेँ, र सोचेँ, “यदि मैले फेरि अस्वीकार गरेँ भने, उनले मेरो बारेमा के सोच्लिन्?” मलाई इन्कार गर्न गाह्रो भयो, त्यसैले म सहमत भएँ। त्यसपछिका दुई दिनसम्म, मैले घरमै बसेर अनलाइनमा जानकारीहरू खोजेँ, त्यो कम्प्युटर कसरी बनाउने भनेर पत्ता लगाउन धेरै दिमाग खियाएँ। मैले केही तरिका अपनाएँ र अन्त्यमा बल्लतल्ल त्यसलाई बनाउन सकेँ। ती सिस्टर कम्प्युटर बनेको देखेर धेरै खुसी भइन्, र म पनि यी दुई दिनको कडा परिश्रम आखिरमा सार्थक भयो भन्ने सोचेर धेरै खुसी भएँ, तर म अलि खिन्न पनि भएँ, मैले सोचेँ, “मैले अरूको समस्या त समाधान गरिदिएँ, तर आफूले अध्ययन गर्नुपर्ने प्रविधिको कुराचाहिँ सिक्न पाएको छैन। तर अरूलाई यस्तो वचन दे भनेर मलाई कसले भनेको थियो र? बरु म आफैँ अलिक बढी मूल्य चुकाउनेछु र राति अबेरसम्म बसेर पढ्नेछु।” त्यसपछि, जबजब ब्रदर-सिस्टरहरूको कम्प्युटरमा समस्या आउँथ्यो, तब त्यो हल गर्न उनीहरूले मलाई बोलाउँथे, र मलाई नाइँ भन्न धेरै अप्ठ्यारो लाग्थ्यो। म यसमा धेरै समय बिताउँथेँ, जसले गर्दा मेरो मुख्य काममा ढिलाइ हुन्थ्यो। मैले ब्रदर-सिस्टरहरूलाई उनीहरूको उपकरणमा समस्या आए पहिले अरू कतै मर्मत गर्न पठाउनुहोस्, र यो व्यस्त समय सकिएपछि यी कुरा म फेरि सम्हाल्नेछु भनौँ कि भन्ने पनि सोचेँ। तर जब ब्रदर-सिस्टरहरूले मलाई फेरि मद्दतका लागि बोलाए, म आफैँलाई रोक्नै नसकी मद्दत गर्न गएँ। म दिनभरि माहुरी झैँ व्यस्त भए पनि, पछि सबैको प्रशंसा सुन्दा त्यो परिश्रम सार्थक भएजस्तो लाग्थ्यो। म हरेक दिन अरूका कम्प्युटर उपकरणहरू मर्मत गर्न व्यस्त भएकीले, मेरो अध्ययनको योजना रोकिएको थियो। सुपरिवेक्षकले मेरो सिकाइ कस्तो भइरहेको छ भनेर सोध्नुभयो, र मसँग सङ्गति गर्दै प्रविधिबारे अझ बढी सिक्न र ब्रदर-सिस्टरहरूलाई जतिसक्दो चाँडो सिकाउन आग्रह गर्नुभयो। मलाई यो काम तुरुन्तै गर्नुपर्ने छ, र यो नसिकेमा भिडियोको कामको प्रभावकारिता र प्रगतिमा असर पर्छ भन्ने थाहा थियो। तर फेरि सोचेँ, “ब्रदर-सिस्टरहरूले मद्दत माग्दा मैले अस्वीकार गरेँ भने, उनीहरूले मलाई स्वार्थी र प्रेम नभएको पो ठान्लान् कि?” त्यस समयमा, म एकातिर प्राविधिक सीपहरू सिक्न मेहनत गरिरहेकी थिएँ भने अर्कोतिर ब्रदर-सिस्टरहरूलाई कम्प्युटरको समस्या हल गर्न मद्दत पनि गरिरहेकी थिएँ। मलाई दिनको समय कहिल्यै पुग्दैन जस्तो लाग्थ्यो र म धेरै थाकेकी हुन्थेँ, तर म अभ्यास गर्न जान्दिनथेँ।

पछि, जब मैले परमेश्‍वरका वचनहरू पढेँ, तब मैले आफूभित्र भएका पछ्याइपछाडिका गलत दृष्टिकोणहरू थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले आफ्नो बोली फुटेको क्षणदेखि नै मानिसहरू, अविश्‍वासीहरू, शैतान, र संसारबाट अनेक किसिमका भनाइहरू सिक्छन्। यो कुरा मानिसहरूलाई तिनीहरूका आमाबुबा र परिवारले के-कस्तो व्यवहार अँगाल्ने, के-कस्ता कुरा बोल्ने, के-कस्तो नैतिकता अपनाउने, के-कस्तो विचार र चरित्र धारण गर्ने, आदि इत्यादि सिकाउने प्रारम्‍भिक शिक्षाबाटै सुरु हुन्छ। समाजमा प्रवेश गरिसकेपछि पनि अझै व्यक्तिहरूले अचेत रूपमा शैतानका विभिन्‍न वाद र सिद्धान्तहरूको शिक्षा ग्रहण गर्छन्। ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’—यो एउटा अत्यावश्यक नैतिक आचरण हो, जुन हरेकमा उसको परिवार वा समाजले हालिदिएको हुन्छ। यदि तँसँग यो नैतिक आचरण छ भने, मानिसहरूले तँलाई उच्च, सम्माननीय, र निष्ठावान् भन्‍नेछन्, र समाजमा तँलाई आदर र उच्च सम्मान गरिनेछ। ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’ वाक्यांश मानिसहरूबाट, शैतानबाट आउने हुनाले, यो हामीले चिरफार गर्नुपर्ने र खुट्ट्याउनुपर्ने वस्तु हो, र अझ भन्नुपर्दा हामीले त्याग्नुपर्ने वस्तु हो। हामीले यस वाक्यांशलाई किन खुट्ट्याउनुपर्छ र त्याग्नुपर्छ? पहिले हामी यो वाक्यांश सही छ कि छैन र यो वाक्यांशलाई मूर्त रूप दिने प्रकारको व्यक्ति हुनु सही हो कि होइन भनी जाँच गरौँ। ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’ भन्‍ने वाक्यांशअनुसार जिउन सक्ने, र यस प्रकारको नैतिक चरित्र भएको व्यक्ति हुनु के साँच्चै उच्च कुरा हो? के त्यस्तो व्यक्तिसँग सत्यता वास्तविकता हुन्छ? के तिनीहरूसँग सृजित प्राणीहरूमा हुनुपर्ने मानवता, र परमेश्‍वरले भन्नुभएझैँ तिनीहरूले पालन गर्नुपर्ने आत्म-आचरणका सिद्धान्तहरू हुन्छन्? के तिमीहरू सबै ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’ भन्‍ने वाक्यांश बुझ्छौ? पहिले तिमीहरूका आफ्नै शब्दहरूमा यो वाक्यांशको अर्थ के हो भनी व्याख्या गर। (यसको अर्थ के हो भने, जब कसैले तँलाई कुनै काम सुम्पन्छ, तब तैँले त्यो पूरा गर्न कुनै कसर बाँकी राख्नु हुँदैन।) त्यसोभए के तैँले साँच्चै त्यसरी नै कार्य गर्नुपर्छ? ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’ भन्‍ने वाक्यांशको अर्थ के हो भने, यदि कसैले तँलाई कुनै काम सुम्पन्छ भने, यसको अर्थ तिनीहरूले तँलाई उच्च ठान्छन्, तँमाथि विश्‍वास गर्छन्, र तँलाई विश्‍वसनीय ठान्छन्, र त्यसैले, त्यो व्यक्तिले तँलाई जे गर्न भने पनि, तँ सहमत हुनुपर्छ, र त्यो तिनीहरूका मागहरूअनुसार राम्ररी र उचित रूपमा गर्नुपर्छ, र तिनीहरूलाई खुसी पार्नुपर्छ र सन्तुष्ट पार्नुपर्छ—तब तँ एक असल व्यक्ति होस्। यसको तात्पर्य तँ असल व्यक्ति होस् कि होइनस् भनी निर्धारण गर्ने मानक भनेको तँलाई काम सुम्पने व्यक्ति सन्तुष्ट छ कि छैन भन्‍ने हो। के यसलाई यसरी व्याख्या गर्न सकिन्छ? (सकिन्छ।) त्यसोभए अरूको नजरमा असल व्यक्ति हुन र समाजद्वारा त्यस्तो रूपमा चिनिन सजिलो छैन र? (छ।) यो ‘सजिलो’ छ भनी भन्‍नुको अर्थ के हो? यसको अर्थ मापदण्ड अत्यन्तै तल्‍लो स्तरको छ र आदर्शमय छैन भन्‍ने हुन्छ। यदि तैँले ‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर’ भन्‍ने नैतिक मापदण्ड पूरा गरिस् भने, तँलाई त्यस्ता मामलाहरूमा नैतिक आचरण भएको व्यक्ति ठानिन्छ। स्पष्टतः यसको अर्थ तैँले मानिसहरूबाट भरोसा र कामको जिम्मा पाउन लायक छस्, तँ प्रतिष्ठित व्यक्ति होस्, र तँ असल व्यक्ति होस् भन्‍ने हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। परमेश्‍वरका वचनहरू मनन गर्दा मैले के बुझेँ भने, म परमेश्‍वरका वचनअनुसार नभई, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” जस्ता शैतानले भरिदिएका परम्परागत विचारहरूअनुसार आफूलाई आचरणमा ढालिरहेकी र कार्य गरिरहेकी रहेछु। मेरा आमाबुबाले नै यो विचार ममा प्रस्टसँग भरिदिनुभएको नभए पनि, मैले सानैदेखि मेरो हजुरबुबाले अरूले जिम्मा दिएका कुराहरूलाई निकै ध्यान दिएर सम्हाल्ने गरेको, र काम जतिसुकै गाह्रो वा समय लाग्ने भए पनि, उहाँले त्यो पूरा गर्ने गरेको, अन्त्यमा आफ्ना वरपरका मानिसहरूको आदर कमाउनुभएको, र मृत्युपछि पनि मानिसहरूले स्नेहपूर्वक उहाँको सम्झना गरेको देखेकी थिएँ। मलाई लाग्थ्यो, आफूलाई आचरणमा ढाल्ने सही तरिका यो नै हो, यसरी नै म मानिसहरूको प्रशंसा कमाउन सक्छु, र म मर्यादा र निष्ठा भएको व्यक्ति बन्न सक्छु। निरन्तर यो विचारको सम्पर्कमा आएर, म थाहै नपाई आफैँ पनि त्यस्तो व्यक्ति बन्न खोज्न थालेछु। ब्रदर-सिस्टरहरूले मसँग कम्प्युटर मर्मत गर्ने केही सीप छ भन्ने थाहा पाएदेखि, समस्या आउनेबित्तिकै उनीहरू मद्दतका लागि मकहाँ आउँथे। मैले कसैलाई कहिल्यै नाइँ भनिनँ, र नतिजास्वरूप, मैले केही राम्रा मूल्याङ्कन पाएँ। यसले मलाई आफूलाई आचरणमा ढाल्ने सही तरिका यही हो भनी अझ दह्रो गरी महसुस गरायो। ब्रदर-सिस्टरहरू फेरि समस्या लिएर आउँदा, मेरो आफ्नै कर्तव्य पूरा गर्न बाँकी हुँदा पनि, म उनीहरूलाई मद्दत गर्थेँ। म उनीहरूले मलाई भरोसा गरेर नै मद्दत मागेका हुन् भन्ने सोच्थेँ, र यदि मैले उनीहरूको कम्प्युटर बनाइनँ भने, मैले उनीहरूलाई निराश पारेको हुनेछैन र भन्ने लाग्थ्यो। ब्रदर-सिस्टरहरूले मेरो बारेमा राम्रो कुरा गरून्, र उनीहरूको नजरमा म प्रेम र असल मानवता भएको व्यक्ति बन्न सकूँ भन्ने कुराको सुनिश्चितताका लागि, म सबैको अनुरोध जतिसुकै गाह्रो भए पनि पूरा गर्थेँ, केवल अरूले जिम्मा दिएका कामहरू पूरा गर्नको लागि आफ्नो केही विश्राम गुमाउन वा मुख्य काममा ढिलाइ गर्न समेत तयार हुन्थेँ। म “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्ने तथाकथित सद्गुणअनुसार जिइरहेकी थिएँ, सिद्धान्तविना कामकुरा गरिरहेकी थिएँ, अनि कामहरूलाई प्राथमिकतामा राखिरहेकी थिइनँ। म मानिसहरूको नजरमा आफूलाई भरोसायोग्य र असल व्यक्ति देखाउनुको पछि मात्र लागेँ, जसको नतिजास्वरूप मैले सिक्नुपर्ने भिडियो निर्माणका सीपहरू सिकिनँ, र मेरो मुख्य काममा ढिलाइ भयो। मैले मेरा सोचाइ र दृष्टिकोणहरूलाई शैतानले भ्रष्ट र विकृत तुल्याएको रहेछ, र मलाई वास्तवमा असल मान्छे भनेको के हो भन्ने थाहा नै रहेनछ भन्ने देखेँ।

पछि, मैले परमेश्‍वरका अझ धेरै वचन पढेँ, र एउटा सृजित प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू के हुन् भन्ने कुरा बुझेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर’ भन्‍ने नैतिक अभिव्यक्तिमा चिन्‍नुपर्ने अर्को एउटा पक्ष पनि छ। यदि तँलाई सुम्पिएका कार्यहरूले तेरो त्यति धेरै समय र ऊर्जा लिँदैनन्, र ती तेरो क्षमताको सीमाभित्र पर्छन् भने, वा यदि तँसँग सही वातावरण र अवस्था छ भने, मानव विवेक र समझको आधारमा तँ अरूका लागि आफूले गर्न सक्ने दायराभित्रका केही कुरा गर्न र तिनीहरूका केही यथोचित र उचित माग पूरा गर्न सक्छस्। तर, यदि तँलाई सुम्पिएका कार्यहरूले तेरो धेरै समय र ऊर्जा लिन्छन्, र तेरो धेरै समय चोरेर लान्छन्, यहाँसम्‍म कि तिनले तँलाई तेरो जीवन, र यो जीवनका तेरा जिम्‍मेवारी र दायित्वहरूको बलि चढाउन लगाउँछन्, र अनि सृजित प्राणीका रूपमा तैँले निर्वाह गर्नुपर्ने कर्तव्यहरू नै व्यर्थ हुन्छन् र प्रतिस्थापन गरिन्छन् भने, तैँले के गर्नुपर्छ? तैँले यसलाई इन्कार गर्नुपर्छ किनभने यो तेरो जिम्‍मेवारी वा दायित्व होइन। व्यक्तिको जीवनका जिम्‍मेवारी र दायित्वहरूको कुरा गर्दा, आमाबुबाको हेरचाह गर्ने र बालबच्‍चा हुर्काउने, अनि समाज र कानुनको मातहतमा रही सामाजिक जिम्‍मेवारीहरू पूरा गर्नेबाहेक, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले आफ्नो ऊर्जा, समय र जीवन सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गरेर बिताउनुपर्छ, कुनै पनि मानिसले सुम्पिएको कार्यमा आफ्नो समय र ऊर्जा सकाउनु हुँदैन। यस्तो किन हुनुपर्छ भने, परमेश्‍वर व्यक्तिले अन्य कुनै मानवका खातिर कामकुरा गर्न वा जिम्मेवारीहरू पूरा गर्नका लागि उसलाई सृष्टि गर्ने, उसलाई जीवन दिने, र उसलाई संसारमा ल्याउने गर्नुहुन्न। मानिसहरूले अन्य सबै कुराभन्दा माथि परमेश्‍वरको आज्ञा नै स्विकार्नुपर्छ। परमेश्‍वरको आज्ञा मात्रै सच्‍चा आज्ञा हो; तँलाई अर्को मानवले सुम्पिएको कार्य स्वीकार गर्नु भनेको आफ्ना उचित कर्तव्यहरूलाई बेवास्ता गर्नु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, ब्रदर-सिस्टरहरूलाई मद्दत गर्नु गलत होइन, र सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने प्रेम यही हो। तर, सिद्धान्तहीन तरिकाले अरूलाई मद्दत गर्न समय र ऊर्जा खर्च गर्नु, मण्डलीको कामको ख्याल नगर्नु, र आफ्ना कर्तव्यहरूमा ढिलाइ गर्नु, यस्तो प्रकारको मद्दत अनुचित हो र मैले यसमा संलग्न हुन इन्कार गर्नुपर्छ। परमेश्‍वरले मेरो जन्म आखिरी दिनहरूमा नियोजित गर्नुभएको छ, र मैले पूरा गर्नुपर्ने आफ्नै मिसन र कर्तव्यहरू छन्। यदि म अरूले जिम्मा दिएका कामहरू पूरा गर्न मेरा कर्तव्यहरूमा ढिलाइ गर्छु भने, मैले आफ्नो मूल कामलाई बेवास्ता गरिरहेकी हुनेछु। अगुवा वर्गले मलाई नयाँ प्रविधि अध्ययन गर्न प्रबन्ध गरिदिएको कुरा विचार गर्दा, मैले त्यो छोटो समयमा नै सिक्नुपर्ने थियो, जसले सबैको भिडियो निर्माणको कार्यकुशलतामा सुधार ल्याउनेथियो। तर, जब अरूको उपकरणमा समस्या आउँदा र उनीहरूले मसँग मद्दत माग्दा, उपकरण मर्मत गर्दा धेरै समय र ऊर्जा खर्च हुन्छ अनि मेरो मुख्य काममा ढिलाइ हुन्छ भन्ने जान्दाजान्दै पनि, उनीहरूमा मेरो राम्रो छाप पार्नकै लागि म आफ्नो काम पन्छाएर उनीहरूलाई मद्दत गर्थेँ जसले गर्दा भिडियो निर्माण प्रविधिबारे मेरो अनुसन्धानमा ढिलाइ भयो। मैले के महसुस गरेँ भने मेरो तरिकामा सिद्धान्तहरूको कमी रहेछ, कुन काम इन्कार गर्ने र कुन काममा मद्दत गर्ने भन्ने मलाई थाहा रहेनछ, र म अन्धाधुन्ध शैतानको दर्शन पछ्याइरहेकी रहेछु। नतिजास्वरूप, म आफ्ना दिनहरू व्यस्तता र थकानमा बिताइरहेकी थिएँ, र आत्मिक भक्ति गर्ने अनि परमेश्‍वरका वचन खाने-पिउने समयलाई समेत बलि चढाइरहेकी थिएँ, र मेरो मुख्य काममा पनि ढिलाइ भयो। अब मैले के बुझेँ भने, मैले सधैँ आफ्ना कर्तव्यहरूलाई नै प्राथमिकता दिनुपर्छ। परमेश्‍वरले मसँग माग गर्ने कुरा यही हो। यदि म अरूको प्रशंसा पाउन वा अरूले मलाई जिम्मा दिएका कामहरू पूरा गर्न आफ्ना कर्तव्यहरूमा ढिलाइ गर्छु भने, यो मेरो उचित कामलाई बेवास्ता गर्नु हो र यो परमेश्‍वरको अभिप्रायसँग मिल्दैन।

पछि, मैले परमेश्‍वरका अझ धेरै वचन पढेँ र “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्ने सद्गुणबारे केही सुझबुझ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यो मानव समाजमा, हरेक व्यक्तिमा लेनदेनको मानसिकता हुन्छ, र हरेक व्यक्ति नै लेनदेनमा संलग्‍न हुन्छ। हरेकले अरूलाई केही न केही माग गर्छन् र तिनीहरू सबैले कुनै घाटा नबेहोरी अरूबाट फाइदा लिन चाहन्छन्। कतिपय मानिसहरू भन्छन्, ‘“अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्ने” मानिसहरूमध्ये, अरूको बेफाइदाबाट फाइदा लिन नखोज्‍नेहरू पनि धेरै हुन्छन्। तिनीहरूले राम्ररी काम गर्न सक्दो प्रयास गर्छन्, र ती मानिसहरूमा साँच्‍चै नै यो नैतिक आचरण हुन्छ।’ यो अभिव्यक्ति गलत छ। तिनीहरूले धन, भौतिक सम्पत्ति, वा कुनै फाइदा खोज्दैनन् भने पनि प्रसिद्धि त अवश्यै खोज्छन्। यो ‘प्रसिद्धि’ के हो? यसको अर्थ, ‘मैले मानिसहरूको काम गर्न तिनीहरूको भरोसा जितेको छु। मलाई काम सुम्पिने व्यक्ति साथमा भए नि नभए नि, मैले यसलाई राम्ररी पूरा गर्न सक्दो गरेँ भने, मेरो प्रतिष्ठा राम्रो हुनेछ। कम्तीमा पनि केही मानिसहरूले म असल व्यक्ति हुँ, उच्च चरित्र भएको, र अनुकरणलायक व्यक्ति हुँ भनी थाहा पाउनेछन्। मैले मानिसहरूमाझ स्थान लिन सक्छु र मानिसहरूको समूहमा राम्रो छाप बसाल्न सक्छु। यो सार्थक पनि छ!’ अरू मानिसहरू भन्छन्, ‘“अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर,” र मानिसहरूले हामीलाई काम सुम्पेका हुनाले, तिनीहरू साथमा भए नि नभए नि, हामीले तिनीहरूको काम राम्ररी सम्हाल्नुपर्छ र अन्तिमसम्‍मै यसमा लागिरहनुपर्छ। हामीले दीर्घकालीन छाप छोड्न नसके नि, कम्तीमा तिनीहरूले हामीमा विश्‍वसनीयता छैन भनेर कुरा काट्न सक्दैनन्। हामीले भावी पुस्तालाई यस्तो पक्षपात र गम्भीर अन्याय हुन दिनु हुँदैन।’ तिनीहरूले के खोजिरहेका हुन्छन्? तिनीहरूले अझै प्रसिद्धि खोजिरहेका हुन्छन्। कतिपय मानिसहरूले धन र सम्पत्तिलाई ठूलो महत्त्व दिन्छन्, र अरूले प्रसिद्धिलाई महत्त्व दिन्छन्। ‘प्रसिद्धि’ भनेको के हो? मानिसहरूमाझ ‘प्रसिद्धि’ का खास अभिव्यक्तिहरू के-के हुन्? यो असल व्यक्ति र उच्‍च नैतिक चरित्रवान्, सिद्ध, सद्‌गुणी वा सन्त भनेर चिनिनु हो। कतिपय मानिसहरू एउटा मामलामा ‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्न’ सफल भएकाले र तिनीहरूमा यस्तो नैतिक चरित्र हुने हुनाले, तिनीहरूलाई निरन्तर तारिफ गरिन्छ, र तिनीहरूको प्रसिद्धिबाट तिनीहरूका सन्तानले फाइदा पाउँछन्। हेर् त, त्यो कुरा तिनीहरूले अहिले प्राप्त गर्नेभन्दा बढी बहुमूल्य छ। त्यसकारण, ‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्नुपर्ने’ तथाकथित नैतिक मापदण्ड पालना गर्ने जोकोहीको सुरुवात बिन्दु नै सरल हुँदैन। तिनीहरूले व्यक्तिको रूपमा आफ्‍नो दायित्व र जिम्‍मेवारी पूरा गर्ने प्रयास मात्रै गरिरहेका हुँदैनन्, बरु तिनीहरूले कि त व्यक्तिगत फाइदा कि त प्रतिष्ठाका लागि, कि त यो जीवन कि त आउँदो जीवनका लागि यो मापदण्ड पालना गरिरहेका हुन्छन्। अवश्‍य नै, अरूले आफ्‍नो कुरा काट्ने र बदनाम हुने अवस्थाबाट जोगिन चाहनेहरू पनि छन्। छोटकरीमा भन्दा, यस्तो कुरा गर्ने मानिसहरूको सुरुवात बिन्दु नै सरल हुँदैन, यो वास्तवमा मानवताको दृष्टिकोणबाट हुने सुरुवात बिन्दु होइन, न त यो मानवजातिको सामाजिक जिम्‍मेवारीबाट हुने सुरुवात बिन्दु नै हो। यस्ता कुराहरू गर्ने मानिसहरूको अभिप्राय र सुरुवात बिन्दुबाट हेर्दा, ‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर’ भन्‍ने वाक्यांशलाई पालना गर्ने मानिसहरूमा सरल उद्देश्य कदापि हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, मानिसहरू “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्ने परम्परागत विचारअनुसार जिउनुको पछाडि उनीहरूले व्यक्तिगत अभिप्रायहरू लुकाएका हुन्छन्। उदाहरणका लागि, जब म ब्रदर-सिस्टरहरूलाई कम्प्युटर मर्मत गर्न मद्दत गरिरहेकी थिएँ, त्यतिबेला मैले उनीहरूबाट कुनै भौतिक लाभको अपेक्षा गरेकी नगरेकी भए पनि, म उनीहरूबाट राम्रो मूल्याङ्कन पाउन, र उनीहरूको हृदयमा मेरो राम्रो छवि बनोस् भन्ने चाहन्थेँ। त्यसैले, उनीहरूले मलाई जिम्मा दिएका कामहरू पूरा गर्न म आफ्नो समय र ऊर्जालाई बलि चढाउन तयार हुन्थेँ ताकि उनीहरूले मलाई भरोसायोग्य र भरपर्दो ठानून्। मैले मेरो हजुरबुबालाई सम्झेँ। उहाँले आफ्नो जीवन “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्ने सद्गुणका आधारमा जिउनुभयो। सहरमा बसाइँ सरेपछि, गाउँलेहरूलाई हेपेको भनेर अरूले आलोचना गर्लान् कि भनेर उहाँ डराउनुहुन्थ्यो, त्यसैले गाउँलेहरूलाई जस्तोसुकै समस्या परे पनि, उहाँ सधैँ मद्दत गर्न सक्दो प्रयास गर्नुहुन्थ्यो। यसले उहाँलाई राम्रो प्रतिष्ठा दिलायो, र सबैले उहाँलाई एक परोपकारी र असल मान्छेका रूपमा लिए। म हजुरबुबाबाट गहन रूपमा प्रभावित थिएँ, र म पनि “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्ने परम्परागत विचारअनुसार जिउँथेँ। मेरा वरपरका चिनजानका मानिसहरूलाई समस्या पर्दा, उनीहरू मकहाँ आएसम्म, उनीहरूले मेरो बारेमा नराम्रो नबोलून् भन्ने डरले, म उनीहरूलाई मद्दत गर्न जीउज्यान दिएर लाग्थेँ। जब ब्रदर-सिस्टरहरूको कम्प्युटरमा समस्या आउँथ्यो र उनीहरू मसँग मद्दत माग्थे, म आफ्ना कर्तव्यहरू वा कामको तात्कालिकताको ख्याल गर्दिनथेँ, र उनीहरूको भरोसा नगुमोस् भनेर, म आफ्ना कर्तव्यहरूलाई पन्छाउँथेँ, र सिद्धान्तहीन तरिकाले उनीहरूलाई मद्दत गर्थेँ, जसले गर्दा मण्डलीको काममा ढिलाइ हुन्थ्यो। अब मैले के बुझेँ भने, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्नु” को अर्थ साँचो मानवता वा महान् चरित्र भएको व्यक्ति हुनु होइन रहेछ। यो त मानिसहरूको मन जित्ने माध्यम, अरूलाई मद्दत गर्नुलाई प्रशंसा कमाउने र राम्रो प्रतिष्ठा छोड्ने तरिकाका रूपमा प्रयोग गर्नु रहेछ। मेरो यो पछ्याइ साँच्चै भ्रामक र पाखण्डपूर्ण थियो! म उप्रान्त यो परम्परागत विचारअनुसार जिउन सक्दिनथेँ। मैले परमेश्‍वरका वचनअनुसार आफूलाई आचरणमा ढाल्नु र कार्य गर्नुपर्थ्यो। मानिस परमेश्‍वर र आफ्नै कर्तव्यप्रति बफादार हुनुपर्छ। एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्नु नै मेरो मिसन र जिम्मेवारी हो। पछि, यस्तै परिस्थिति आइपर्दा, मैले सचेत रूपमा परमेश्‍वरका वचनअनुसार अभ्यास गरेँ।

एकपटक, एक जना सिस्टरले नयाँ कम्प्युटर किनिन् र मलाई सिस्टम रिइन्स्टल गरिदिन भनिन्। जब मैले त्यो कम्प्युटर सबैभन्दा नयाँ मोडेलको भएको, र मैले यो पहिले कहिल्यै इन्स्टल नगरेको, अनि यसमा केही ड्राइभर पनि नरहेको देखेँ, तब मलाई मद्दत गर्न सहमत हुँदा जानकारी खोज्नका लागि समय र ऊर्जा खर्च हुन्छ भन्ने महसुस भयो। म दोधारमा परेँ, र सोचेँ, “यदि मैले ती सिस्टरलाई मद्दत गर्न अस्वीकार गरेँ भने, के उनले म उनलाई मद्दत गर्न अनिच्छुक छु भन्ठान्नेछैनन् र, अनि उनमा रहेको मेरो राम्रो छानेप गुम्नेछैन र?” तर फेरि मैले मसँग केही जरुरी कामहरू छन्, जसका लागि अनुसन्धानमा समय र ऊर्जा खर्च गर्नुपर्छ, र ती सिस्टरको कम्प्युटर सेटअप गर्न मद्दत गर्दा मेरो काममा ढिलाइ हुन्छ भन्ने विचार गरेँ। यस बिन्दुमा, मलाई आफूले फेरि पनि अरूले मलाई कसरी हेर्छन् भन्ने कुराको ख्याल गरिरहेकी छु भन्ने महसुस भयो। त्यसैले ख्याति र प्राप्तिका लागि काममा ढिलाइ गर्न नचाहँदै, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्‍वरका अझ धेरै वचन पढेँ: “यदि कसैले तँलाई कुनै काम सुम्पन्छ भने, तैँले के गर्नुपर्छ? यदि तँलाई सुम्पिएको काम गर्न त्यति मेहनत लाग्दैन, जसको लागि तैँले बोल्‍नु मात्रै पर्छ वा सानो काम मात्रै गर्नुपर्छ, र तँसँग त्यसो गर्न चाहिने क्षमता छ भने, तैँले आफ्‍नो मानवता र करुणाको आधारमा सहयोग गर्न सक्छस्; यसलाई गलत मानिँदैन। यो सिद्धान्त हो। तैपनि, यदि तँलाई सुम्पिएको कामले तेरो धेरै समय र ऊर्जा लिन्छ, वा तेरो धेरै समय बरबादसमेत गर्छ भने, तँसँग इन्कार गर्ने अधिकार हुन्छ। तँलाई काम गर्न लगाउने चाहे तेरा आमाबुबा नै भए पनि, तँसँग अस्वीकार गर्ने अधिकार हुन्छ। तिनीहरूप्रति निष्ठावान्‌ हुनुपर्ने वा तिनीहरूले दिएको काम स्विकार्नुपर्ने कुनै आवश्यकता हुँदैन, यो तेरो अधिकार हो। अनि, यो अधिकार कहाँबाट आउँछ? यो अधिकार परमेश्‍वरले तँलाई दिनुभएको अधिकार हो। यो दोस्रो सिद्धान्त हो। तेस्रो सिद्धान्त के हो भने, यदि कसैले तँलाई कुनै काम दिन्छ, र यसको लागि धेरै समय र ऊर्जा लाग्दैन, तर यसले तेरो कर्तव्यमा बाधा वा असर पार्न, वा कर्तव्य पूरा गर्ने तेरो इच्छा वा परमेश्‍वरप्रतिको तेरो निष्ठा नष्ट गर्न सक्छ भने, यसलाई पनि तैँले इन्कार गर्नुपर्छ। यदि कसैले तँलाई सत्यता पछ्याउने कार्यमा असर गर्न सक्‍ने, सत्यता पछ्याउने तेरो इच्छा र सत्यता पछ्याउने तेरो गतिमा बाधा र व्यवधान ल्याउन सक्‍ने, र तँलाई आधा बाटोमा लत्तो छोड्ने बनाउन सक्‍ने काम जिम्मा दिन्छ भने, यसलाई तैँले अझै बढी रूपमा इन्कार गर्नुपर्छ। तेरो कर्तव्य निर्वाह वा सत्यता पछ्याउने कार्यमा असर गर्ने जुनसुकै कुरालाई तैँले इन्कार गर्नुपर्छ। यो तेरो अधिकार हो; तँसँग ‘नाइँ’ भन्‍ने अधिकार छ। तैँले त्यसमा आफ्‍नो समय र शक्ति लगानी गर्नु आवश्यक छैन। तैँले अर्थ र मूल्य नभएका, अनि तेरो कर्तव्यमा, तेरो सत्यता पछ्याउने कार्यमा, वा तेरो मुक्तिमा सुधार नल्याउने र सहयोग वा फाइदा नपुर्‍याउने सबै कुरा इन्कार गर्न सक्छस्। के यसलाई सिद्धान्तको रूपमा लिन सकिन्छ? सकिन्छ, यो एक सिद्धान्त हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। अरूले हामीलाई जिम्मा दिएका कामहरू कसरी सम्हाल्ने भन्नेबारेमा परमेश्‍वरले तीन वटा सिद्धान्तमा सङ्गति गर्नुभयो, जसले मलाई अभ्यासको मार्ग प्रदान गर्‍यो। यदि ती सिस्टरको कम्प्युटरको समस्या जटिल नभएको र यो सामान्य काम भएको भए, म उनलाई मद्दत गर्न सक्थेँ, किनकि यो ब्रदर-सिस्टरहरूबीच हुनुपर्ने प्रेम हो। तर यदि उनको समस्या तुरुन्तै समाधान हुन सक्दैनथ्यो, र त्यसका लागि मैले मेरा कर्तव्यहरू पन्छाउनुपर्ने, समय र ऊर्जा खर्च गर्नुपर्ने हुन्थ्यो भने, मैले फाइदा-बेफाइदा तौलेर हेर्नुपर्ने र पहिले आफ्नै कर्तव्यहरूलाई ख्याल गर्नुपर्ने हुन्थ्यो, र यदि यसले मेरो कामको प्रगतिमा ढिलाइ गर्थ्यो भने, म मद्दत गर्न सहमत हुन सक्दिनथेँ। म पहिलेझैँ मानिसहरूको प्रशंसा पाउनकै लागि आफ्नै जिम्मेवारी र दायित्वहरूलाई ख्याल नगरी, हरेक अनुरोधलाई त्यसको महत्त्वको विचारै नगरी स्वीकार गर्दै चलिरहन सक्दिनथेँ, यसले मण्डलीको काममा ढिलाइ गराउनेथ्यो। परमेश्‍वरको आज्ञाप्रति बफादार हुनु र आफ्नै कर्तव्यहरू पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। परमेश्‍वरका वचनअनुसार हेर्दा, ती सिस्टरको कम्प्युटर रिसेट गर्न मद्दत गर्दा मेरो समय र ऊर्जा खर्च हुनेथ्यो, र यसले मेरा कर्तव्यहरूमा ढिलाइ गर्नेथ्यो, साथै, ती सिस्टरलाई यो काम तुरुन्तै गरिहाल्नुपर्ने पनि थिएन, त्यसैले मैले उनलाई नाइँ भनेँ र मसँग समय भएको बेला सेट गर्न मद्दत गर्नेछु भनेर बताएँ। जब मैले आफ्नै स्वार्थको ख्याल नगरी वा अरूको नजरमा मेरो छविको रक्षा नगरी, परमेश्‍वरका वचनअनुसार अभ्यास गरेँ, तब मैले स्वतन्त्र, सहज र मेरो विवेक सफा भएको महसुस गरेँ।

यस अनुभवमार्फत, मैले के महसुस गरेँ भने, हरेक कुरामा सत्यता खोज्नु र सिद्धान्तअनुसार अभ्यास गर्नु नै सही मार्ग हो। मैले मेरा कर्तव्यहरू नपन्छाइकन स्वीकार गर्नुपर्छ र ती पूरा गर्न आफ्नो सक्दो प्रयास गर्नुपर्छ, किनकि यो मेरो जिम्मेवारी र दायित्व हो। तर, अरूले मलाई जिम्मा दिएका कामहरूको हकमा, मैले ती काम सिद्धान्तहरूसँग मेल खान्छन् कि खाँदैनन् र तिनले मेरा कर्तव्यहरूमा ढिलाइ गर्छन् कि गर्दैनन् भनेर मूल्याङ्कन गर्नुपर्छ। मैले आफ्नै स्वार्थहरू मिसाउनु हुँदैन वा शैतानका दर्शनहरूअनुसार जिउनु हुँदैन। यो परमेश्‍वरका यी वचनहरूसँग मिल्छ: “पूर्णतया परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (२))

अघिल्लो: ७४. खतरनाक वातावरणहरूमा कर्तव्यपालन

अर्को: ७६. के बाआमाको भरणपोषण गर्नु परमेश्‍वरले सुम्पनुभएको मिसन हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्