६८. अरूसँग आफूलाई दाँज्दाको पीडा
सन् २०२३ मा, म मण्डलीमा नयाँ सदस्यहरूलाई मलजल गर्दै थिएँ। तालिमद्वारा, मैले विभिन्न पक्षका केही सिद्धान्तहरू बुझ्न सकेकी थिएँ। मसँग सहकार्य गर्ने सिस्टरहरूले तालिम थालेको धेरै भएको थिएन, र उनीहरूलाई आफ्नो कर्तव्य वा व्यक्तिगत जीवन प्रवेशमा कुनै कठिनाइ हुँदा, तिनीहरू समाधानका लागि मकहाँ मद्दत माग्न आउँथे। मैले टोलीमा आफ्नो उपस्थितिको केही बोध गरेँ, र अरूले ममाथि भर पर्नु र मेरो आदर गर्नु मलाई मन पर्थ्यो। एकदिन, मैले अचानक सुपरिवेक्षकबाट एउटा सन्देश पाएँ, जसमा मलाई सुसमाचारका वचनहरूको मूल्याङ्कन गर्न भनिएको थियो। मेरो मन बेचैन नभई रहन सकेन, “मैले नयाँ सदस्यहरूलाई मलजल गर्ने केही सिद्धान्तहरू बुझिसकेकी छु, र मलाई यो कर्तव्यमा मेरो हात बसिसकेको जस्तो लाग्छ, तर यदि मैले नयाँ कर्तव्य लिएँ भने, मैले फेरि तालिम लिनुपर्छ र सबै कुरा सुरुबाट सिक्नुपर्छ, र यदि मैले यो कर्तव्य राम्रोसँग पूरा गरिनँ र पछि बर्खास्त भएँ भने, ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्? के म घोर अपमानित हुनेछैन र?” यसबारे सोचेपछि, मैले आफ्नो हालको कर्तव्यमा नै सुरक्षित महसुस गरेँ। तर जब मैले मण्डलीले यस्तो प्रबन्ध गरेको छ भनी सोचेँ, मलाई इन्कार गर्दा ममा समझ नै नभए जस्तो देखिन्छ भन्ने लाग्यो, त्यसैले म अनकनाउँदै समर्पित भएँ।
सुरुमा, सिस्टर यु शिनले मलाई सिद्धान्तहरू सिक्न मार्गदर्शन गरिन्। हामीले नबुझेको कुनै कुरा हुँदा सँगै जानकारी खोज्थ्यौँ, र बिस्तारै, मैले प्रवचनहरूको मूल्याङ्कन गर्ने केही सिद्धान्तहरू बुझ्न थालेँ। मैले मनमनै सोचेँ, “यस्तो लाग्छ, म यो कर्तव्य गर्न सक्षम छु।” केही दिनपछि, सिस्टर छिङ मिङ टोलीमा सामेल भइन्। सुरुमा, छिङ मिङले धेरै विचारहरू व्यक्त गरिनन्, तर एक हप्तापछि, मैले छिङ मिङले छिटो प्रगति गरिरहेकी मैले देखेँ। हामीले कुनै वचन पढेर मैले त्यसमा कुनै समस्या फेला पार्न नसक्दै, उनले त्यसका समस्याहरू पत्ता लगाइसकेकी हुन्थिन्। एकपछि अर्को धेरै प्रवचनमा, पहिले समस्याहरू पत्ता लगाउने उनी नै हुन्थिन्। मलाई सङ्कटको महसुस नभइरहन सकेन, “छिङ मिङ मभन्दा पछि सामेल भइन् तर छिटो प्रगति गरिरहेकी छिन्। यदि यस्तै चलिरह्यो भने, के म उनीभन्दा झनै पछि पर्नेछैन र? के यसले मलाई टोलीमा सबैभन्दा कमजोर बनाउनेछैन र?” यो सोचले मलाई निकै दुःखी बनायो। पछि, जब हामी सँगै प्रवचनहरूको मूल्याङ्कन गर्थ्यौँ, तब मलाई मैले समस्याहरू पत्ता लगाउन नसकूँला वा मेरा विचारहरू गलत पो होलान् कि भन्ने चिन्ता लाग्थ्यो। कहिलेकाहीँ, हामीले एउटा प्रवचन पढिसकेपछि, म सोचिरहेकी नै हुन्थेँ, तर छिङ मिङले आफ्ना तर्कसङ्गत विचारहरू व्यक्त गर्न थालेकी हुन्थिन्। यु शिन पनि उनको विश्लेषणसँग सहमत हुन्थिन्, र जब मैले यु शिन र छिङ मिङलाई हाँस्दै र यी कुराबारे छलफल गर्दै गरेको देख्थेँ, तब मलाई आफू छायामा परेको जस्तो महसुस हुन्थ्यो, र म दमनको भावनाले भरिन्थेँ र त्यो ठाउँ छोडेर जान चाहन्थेँ। मैले यस्तो शङ्कासमेत गर्न थालेँ, “यदि सुपरिवेक्षक कुनै दिन भेलामा आएर मेरो प्रगति नभएको देख्नुभयो भने, के उहाँले ममा क्षमताको कमी छ र मलाई यो कर्तव्य दिएर गल्ती गर्नुभयो भनी सोच्नुहोला? यदि मलाई मेरो कमजोर क्षमताका कारण बर्खास्त गरियो भने, म त पूरै अपमानित हुनेछु!” मलाई नयाँ सदस्यहरूलाई मलजल गर्ने आफ्नो कर्तव्य पूरा गर्दाको समय याद नआइरहन सकेन। त्यतिबेला, म टोलीको एक महत्त्वपूर्ण व्यक्ति थिएँ, र मसँग सहकार्य गर्ने सिस्टरहरूले कामसम्बन्धी समस्याहरूमा मेरो मद्दत खोज्थे, र धेरैजसो समय, छलफलका क्रममा मेरा सुझावहरू स्वीकारिन्थे। तर अहिले म टोलीमा सबैभन्दा कमजोर बनेकी थिएँ! म यस्तो अयोग्य आफूलाई स्वीकार्नै सकिनँ। जति धेरै मैले यसबारे सोचेँ, त्यति नै धेरै पछुतो लाग्यो, र सोचेँ, “यदि यस्तो हुन्छ भनेर थाहा पाएको भए, म यो कर्तव्य लिने नै थिइनँ र आफूलाई यसरी लाजमा पार्ने थिइनँ!” लगातार धेरै दिनसम्म, मैले आफूलाई दिक्दारीको स्थितिमा फसेकी पाएँ। म आफ्नो कर्तव्यमा झन् निष्क्रिय भएँ र मैले प्रवचनहरूको मूल्याङ्कन गर्दा समस्याहरू खुट्ट्याउन सकिनँ। मलाई आफ्नो स्थिति ठीक नरहेको लाग्यो, त्यसैले म प्रार्थनामा परमेश्वरसामु आएँ, “हे परमेश्वर, मलाई साँच्चै नकारात्मक महसुस भइरहेको छ, र मेरो कमजोर क्षमताका कारण मेरो कर्तव्यमा हेरफेर गरिन्छ भन्ने सोचले मात्र पनि मलाई अपमानित महसुस गराउँछ। म यो स्थितिमा रहन र शैतानको चालबाजीमा पर्न चाहन्नँ। कृपया मलाई यो स्थितिबाट निस्कन मार्गदर्शन गर्नुहोस्।”
मेरो उपासना समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “सबै मानिसहरूभित्र केही न केही गलत स्थितिहरू हुन्छन्, जस्तै नकारात्मकता, कमजोरीपन, हतोत्साह, र दुर्बलता; वा तिनीहरूसँग तुच्छ अभिप्रायहरू हुन्छन्; वा तिनीहरू आफ्नो आत्मगौरव, स्वार्थी चाहनाहरू, र स्वार्थद्वारा निरन्तर समस्याग्रस्त बन्छन्; वा तिनीहरू आफ्नो क्षमता कमजोर छ भन्ठान्छन्, र तिनीहरूले केही नकारात्मक स्थितिहरू अनुभव गर्छन्। यदि तँ सधैँ यी स्थितिहरूमा जिउँछस् भने, तँलाई पवित्र आत्माको काम प्राप्त गर्न निकै कठिन हुनेछ। यदि तँलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुन्छ भने, तँभित्र सकारात्मक तत्वहरू कमै मात्र हुनेछन्, र नकारात्मक तत्वहरू प्रकट भई तँलाई बाधा पुर्याउनेछन्। मानिसहरू ती नकारात्मक स्थितिहरूलाई दबाउन सधैँ आफ्नै इच्छामा भर पर्छन्, तर जसरी दबाए पनि तिनीहरू ती स्थितिहरूबाट मुक्त हुन सक्दैनन्। यसको मुख्य कारण के हो भने, मानिसहरूले यी नकारात्मक कुराहरू पूर्ण रूपमा खुट्ट्याउन सक्दैनन्; तिनीहरूले प्रष्ट रूपले ती कुराहरूको सार देख्न सक्दैनन्। यसले तिनीहरूलाई देह र शैतानविरुद्ध विद्रोह गर्न कठिन तुल्याउँछ। साथै, मानिसहरू सधैँ यी नकारात्मक, उदास, र विकृत स्थितिहरूमा फस्छन्, र तिनीहरू परमेश्वरलाई प्रार्थना गर्ने वा उहाँलाई आदरभावले हेर्ने गर्दैनन्, बरु ती कुराहरूमा झारा टार्ने काम मात्र गर्छन्। फलस्वरूप, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र अन्त्यमा तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा मार्गको कमी हुन्छ, र तिनीहरूले कुनै मामिला पनि प्रष्ट रूपमा देख्न सक्दैनन्। तँभित्रै अत्यन्तै धेरै नकारात्मक कुराहरू छन्, र ती चीजहरूले तेरो हृदय भरिएको छ, त्यसैले तँ बारम्बार नकारात्मक, आत्मिक रूपमा उदास हुन्छस्, र तँ परमेश्वरबाट झन्झन् टाढा हुन्छस्, अनि झन्-झन् कमजोर बन्छस्। यदि तँ पवित्र आत्माको अन्तर्दृष्टि र काम प्राप्त गर्न सक्दैनस् भने, तँ यी स्थितिहरूबाट उम्कन सक्नेछैनस्, र तेरो नकारात्मक स्थिति परिवर्तन हुनेछैन, किनकि यदि पवित्र आत्मा तँमा काम गर्दै हुनुहुन्न भने, तैँले मार्ग भेट्टाउन सक्दैनस्। यी दुई कारणहरूले गर्दा, तँलाई आफ्नो नकारात्मक स्थिति त्यागेर सामान्य स्थितिमा प्रवेश गर्न निकै कठिन हुन्छ। … मानिसहरूको हृदय शैतानी कुराहरूले पूरै ओगटिएको हुन्छ। सबैले यो प्रष्ट देख्न सक्छन्। यदि तँ यी कुराहरू फाल्दैनस्, यदि यी नकारात्मक स्थितिहरू त्याग्न सक्दैनस् भने, तँ बालकको रूपमा जीवन्त, प्रेमिलो, निर्दोष, सरल, सत्यवान्, र शुद्ध तरिकाले परमेश्वरसामु आउन सक्षम हुनेछैनस्। त्यसपछि, तँलाई पवित्र आत्माको काम वा सत्यता प्राप्त गर्न कठिन हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूमा मनन गर्दै जाँदा, मैले के बुझ्न थालेँ भने यदि कसैले शुद्ध र इमानदार हृदयविना आफ्नो कर्तव्य निर्वाह गर्छ, र आफ्नो कर्तव्यमा केन्द्रित हुनुको सट्टा आफ्नो अभिमान र हैसियतका लागि निरन्तर हिसाबकिताब गरिरहन्छ भने, पवित्र आत्माको काम प्राप्त गर्न धेरै गाह्रो हुन्छ। पछाडि फर्केर हेर्दा, मैले किन पछिल्ला केही दिनदेखि मेरो दिमाग प्रायः खाली रहन्थ्यो, किन मैले प्रवचनहरूमा समस्याहरू छन् कि छैनन् भनी खुट्ट्याउन सकिनँ, र किन मैले पवित्र आत्माको मार्गदर्शन महसुस गर्न सकिनँ भनी सोचेँ। थाहा भयो, परमेश्वरसँगको मेरो सम्बन्ध असामान्य भएको रहेछ। मैले प्रवचनहरूको मूल्याङ्कन गर्न सुरु गर्दाको समयलाई सम्झेँ, र मलाई के महसुस भयो भने मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि सत्यताका सिद्धान्तहरूले आफूलाई कसरी सुसज्जित पार्ने भनेर सोचिरहेकी रहिनछु, बरु, म आफ्नो अभिमान, हैसियत र टोलीमा आफ्नो उपस्थितिको बोधमा नै अल्झिरहेकी रहेछु। जब हामी सँगै प्रवचनहरूको मूल्याङ्कन गर्थ्यौँ र मैले छिङ मिङलाई मभन्दा छिटो प्रगति गरिरहेकी देख्थेँ, तब मलाई सङ्कटको बोध हुन्थ्यो। मलाई छिङ मिङले मलाई उछिन्नेछिन् र सबैभन्दा पछाडि छाड्नेछिन् भन्ने डर लागिरहन्थ्यो। म कुराहरूबारे सोचिरहेकी नै हुँदा, छिङ मिङले आफ्ना विचारहरू व्यक्त गर्न थालिसकेको र यु शिनको स्वीकृति पाइरहेकी देख्दा, मलाई यति हीन महसुस हुन्थ्यो कि म यो अवस्थाबाट उम्कन चाहन्थेँ, र मैले यो लेखन-पठनको काम लिएकोमा पछुतोसमेत लाग्थ्यो। मेरा सबै सोच अभिमान र हैसियतका बारेमा मात्र थिए, र ममा परमेश्वरप्रति अलिकति पनि निष्ठा थिएन। परमेश्वरले मलाई यस्तो महत्त्वपूर्ण कर्तव्य काँधमा बोक्न उचाल्नुभएको थियो, र मैले परमेश्वरको गवाही दिन मूल्यवान् प्रवचनहरू छनोट गर्नका लागि जतिसक्दो चाँडो सिद्धान्तहरू गम्भीरतासाथ अध्ययन र बोध गर्नुपर्थ्यो। तब मात्र मैले परमेश्वरलाई सन्तुष्ट पार्न सक्थेँ। तर मेरो कर्तव्यमा मेरा मनसायहरू गलत भएकाले, र मैले आफ्नो हृदय सही ठाउँमा नराखेकीले, मैले परमेश्वरको अगुवाइ र मार्गदर्शन प्राप्त गर्न सकिनँ। यति लामो समयसम्म, मैले कुनै प्रगति गरेकी थिइनँ। मैले जीवनमा हानि भोगेकी मात्र होइन, मण्डलीको काममा पनि ढिलाइ भयो। यदि म आफ्नो उचित जिम्मेवारीमा केन्द्रित नभई अभिमान र हैसियतमा केन्द्रित भइरहेँ भने, मैले आफ्नो कर्तव्य गुमाउनेथिएँ। यसबारे चिन्तन गर्दा, मलाई डरको बोध भयो, र त्यसैले म पश्चात्तापको प्रार्थना गर्न परमेश्वरसामु आएँ, “हे परमेश्वर, मैले आफ्नो उचित जिम्मेवारीमा ध्यान दिएकी छैन, र म निरन्तर प्रतिष्ठा र हैसियत पछ्याइरहेकी छु, जसलाई तपाईं घृणा गर्नुहुन्छ। हे परमेश्वर, म अब यो गलत बाटोमा हिँडिरहन चाहन्नँ, म भविष्यमा धरातलमा टेकेर आफ्नो कर्तव्य पूरा गर्न तयार छु, र म तपाईंले मेरो हृदय छानबिन गर्नुहोस् भनी अनुरोध गर्दछु।”
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “जब कसैसित कुनै विचार वा केही अन्तर्दृष्टि हुन्छ, र उसले सङ्गतिमा तँसित त्यो विचार वा अन्तर्दृष्टि बाँड्छ, वा जब तिनीहरूको सिद्धान्तअनुसार केही कुरा अभ्यास गरिन्छ र तैँले त्यसको नतिजा ठिकै देख्छस्, के त्यो केही कुरा हासिल गर्नु होइन र? त्यो निगाह गरिनु हो। दाजुभाइ-दिदीबहिनीहरूबीचको सहकार्य भनेको एउटाको कमजोरीलाई अर्कोको सबल पक्षले परिपूर्ति गर्ने प्रक्रिया हो। तैँले आफ्ना बलिया पक्षहरूलाई अरूका कमजोरीहरू पूर्ति गर्नलाई प्रयोग गर्छस्, अनि अरूले तेरा अपर्याप्तताहरूलाई पूर्ति गर्न आफ्ना बलिया पक्षहरूलाई प्रयोग गर्छन्। एउटाका कमजोरीहरूलाई अर्काका बलिया पक्षहरूले सन्तुलित गर्नु र सामञ्जस्यपूर्वक सहकार्य गर्नु भनेको यही हो। मानिसहरूले सौहार्दपूर्वक सहकार्य गर्दा मात्र तिनीहरू परमेश्वरसामु आशिषित् हुन सक्छन्, अनि तिनीहरूले जति बढी कामकुरा अनुभव गर्छन्, त्यति नै बढी वास्तविकता प्राप्त गर्न थाल्छन्, र तिनीहरू आफ्नो मार्गमा जति धेरै हिँड्छन्, त्यो त्यति नै चहकिलो बन्छ, अनि तिनीहरूले झन् बढी सहजता महसुस गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्जस्यपूर्ण सहकार्यको विषयमा)। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो। मैले के बुझेँ भने परमेश्वरले छिङ मिङ र मेरा लागि सहकार्यको प्रबन्ध गर्नु उहाँको अभिप्राय थियो। छिङ मिङले पहिले सुसमाचार प्रचार गरेकी थिइन् र आम धार्मिक धारणाहरूबारे राम्रो बुझाइ थियो, त्यसैले उनले आफूले देखेका समस्याहरू औँल्याउँदा, त्यसले मेरा कमीलाई पूर्ण रूपमा पूरा गरिदियो, जसले मलाई धार्मिक मानिसहरूको धारणा र स्थितिहरू चाँडो बुझ्न र बोध गर्न मद्दत गर्यो। यसबाट मैले ठूलो प्राप्ति गर्दै थिइनँ र? परमेश्वरको अभिप्राय बुझेपछि, मैले केही हदसम्म राहत महसुस गरेँ। त्यसपछिका हाम्रा प्रवचन मूल्याङ्कनका क्रममा, मैले आफूलाई निरन्तर छिङ मिङसँग दाँज्न छोडेँ, र बरु, मैले आफैले बुझ्न नसकेका विषयहरूमा पहिले उनको राय सुन्थेँ, र यसरी अभ्यास गर्दा, म आफ्नो अभिमानको चिन्ताले बाँधिन छाडेँ। केही अवधिको अभ्यासबाट, मैले केही प्रगति गरेँ र कर्तव्यमा धेरै ढुक्क र स्वतन्त्र महसुस गरेँ।
केही समयपछि, अर्की सिस्टर, फाङ ह्वा, हाम्रो टोलीमा सामेल भइन्। फाङ ह्वाले परमेश्वरमा धेरै लामो समयदेखि विश्वास गरेकी थिइन्, र हाम्रो प्रवचन मूल्याङ्कनका क्रममा, फाङ ह्वाले प्रवचनहरूमा रहेका समस्याहरू छिट्टै चिन्न र तिनलाई तर्कसङ्गत र विश्वस्त ढङ्गले बताउन सक्थिन्। यसैबीच, म त छेउमा मात्रै बसिरहेँ, र आफूले कुनै योगदान दिन नसकेको जस्तो लाग्यो। मेरो हृदयमा भुमरी चल्यो, र मलाई असहज महसुस भयो। बिस्तारै, मैले मसँग सहकार्य गर्ने सिस्टरहरूले फाङ ह्वालाई उच्च सम्मान गरेको याद गरेँ। उनीहरूले केही नबुझेको कुरा हुँदा उनको मार्गदर्शन खोज्थे, र मेरो हृदयमा हल्का असहजताको महसुस भयो, र मैले मनमनै सोचेँ, “फाङ ह्वा सबै कुरामा मभन्दा उत्कृष्ट छिन्। के यसले मलाई फेरि टोलीमा सबैभन्दा तल्लो स्तरको बनाउँदैन र?” मेरा दुई जना सिस्टरले मेरो गलत स्थिति देखे र मलाई मद्दत गर्न परमेश्वरका वचनहरू प्रयोग गरे, तर मैले सुन्न सकिनँ, र म नकारात्मकता र प्रतिरोधको स्थितिमा जिइरहेँ। प्रवचन मूल्याङ्कनका क्रममा, मैले समस्याहरू खुट्ट्याउन सकिनँ। मैले मनमनै सोचेँ, “मेरो क्षमता कमजोर छ र म टोलीमा धेरै योगदान दिन सक्दिनँ। लाजबाट बच्नका लागि म एउटा कुनामा बस्नु र कसैसँग सम्पर्क नगर्नु नै सबैभन्दा राम्रो हो।” रातमा, म निदाउन नसकेर छटपटिरहेँ र पीडा र यातना महसुस गरिरहेकी थिएँ। त्यस क्षणमा, मैले बल्ल के महसुस गरेँ भने मैले जुन अभिमान र हैसियत, अनि मानिसहरूको प्रशंसालाई अनमोल ठानेकी थिएँ, ती सबै बेकार र खोक्रा रहेछन्, र तिनले मेरो आत्माको पीडालाई अलिकति पनि कम गर्न सक्दैनथे। मलाई ती दिनहरू एकदमै याद आए जतिबेला मसँग परमेश्वरको उपस्थिति थियो, किनकि मेरो आत्मामा यस्तो शान्ति र आनन्द थियो जुन अरू कुनै कुरासँग साट्न सकिँदैनथ्यो। मलाई आफ्नो विद्रोहीपन र आफ्नो शरीर विरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न नसक्ने असक्षमताप्रति घृणाबाहेक केही थिएन। परमेश्वरद्वारा घृणा गरिनु र अन्धकारमा छोडिनु मेरो आफ्नै गल्ती थियो। आफ्नो पीडामा, म परमेश्वरसामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई थाहा छ म हिँडिरहेको बाटो गलत छ। म अरूको प्रशंसा कमाउन निरन्तर प्रतिष्ठा र हैसियतको खोजी गरिरहेकी छु। म अब यसरी शैतानद्वारा छलिन चाहन्नँ। कृपया मलाई मेरो भ्रष्ट स्वभावको विरुद्ध विद्रोह गर्न मद्दत गर्नुहोस्।” भोलिपल्ट बिहान, मैले आफ्नो अवस्थाबारे मसँग सहकार्य गर्ने एक सिस्टरसँग खुलेर कुरा गरेँ। उनले मलाई भनिन्, “तिम्रो समस्या तिम्रो कमजोर क्षमता होइन। समस्या त तिमी हिँडिरहेको बाटो गलत हुनु हो। तिमी सधैँ प्रतिष्ठा र हैसियतको खोजी गर्छौ र आफूलाई अरूसँग दाँज्छौ।” ती सिस्टरले आफ्ना अनुभवहरू पनि सङ्गति गरिन् र मलाई मद्दत गर्न परमेश्वरका वचनहरूको एउटा खण्ड खोजिन्। मैले परमेश्वरका यी वचनहरू पढेँ: “मानिसहरूले आफूलाई धेरै सिद्ध, धेरै विशिष्ट, धेरै कुलीन, वा अरूभन्दा धेरै फरक सोच्नु हुँदैन; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; अरूलाई कहिल्यै आफूभन्दा श्रेष्ठ, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूको शक्तिलाई आफ्नोभन्दा बढी हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई आफ्नो घमण्ड जोगाउन खोज्नुका कारण अरूले दिएको सच्याइ स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउन सक्छ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, र तैँले आफ्नो कर्तव्य समेत पूरा गर्ने इच्छा गर्दैनस् र कर्तव्य पूरा गर्दा झारा टार्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरूको खुलासाद्वारा, मैले अन्ततः के बुझेँ भने किन म हरेक चोटि मभन्दा राम्रो क्षमता भएका मानिसहरूसँग अन्तरक्रिया गर्दा नकारात्मक अवस्थामा डुब्न पुग्थेँ, र आफ्नो कर्तव्य त्याग्न र परमेश्वरलाई धोका दिनसमेत चाहन्थेँ। यो मेरो अत्यधिक अहङ्कारी प्रकृति र अरूमाझ आफ्नो उपस्थितिको बोध गराइरहने मेरो निरन्तर पछ्याइका कारण थियो। जब म आफूभन्दा बलिया वा आफ्नोभन्दा राम्रो क्षमता भएकाहरूलाई देख्थेँ, र उनीहरूमाझ अब आफू विशिष्ट देखिन सक्दिनँ भन्ने लाग्थ्यो, तब म अयोग्य महसुस गर्थें, नकारात्मक स्थितिमा बस्थेँ, र आफैलाई सीमित बनाउँथेँ। वास्तवमा, सबैको क्षमता, चाहे राम्रो होस् वा नराम्रो, परमेश्वरद्वारा नियोजित हुन्छ। मेरो निरन्तर अरूसँगको दँजाइ र पछि पर्दा नकारात्मक महसुस गराइमा, मैले परमेश्वरको प्रतिरोध गरिरहेकी र म उहाँको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन असफल भइरहेकी थिएन र? मैले म साँच्चिकै कति अहङ्कारी रहेछु भन्ने देखेँ!
पछि, मैले थप चिन्तन गरेँ, र आफैलाई सोधेँ, “किन म, आफ्नो कर्तव्य राम्रोसँग गर्न चाहँदाचाहँदै पनि, निरन्तर अभिमान र हैसियतको खोजी नगरी रहन सक्दिनँ?” यसलाई समाधान गर्न मैले सत्यता खोज्न जारी राखेँ। मेरो उपासनाको दौरान, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसमाझ राख्न सक्छस् तर तिनीहरूले सोच्न सक्ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथिको तिनीहरूको विश्वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, प्राप्ति वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने ख्रीष्टविरोधीहरूले प्रतिष्ठा र हैसियतलाई एकदमै अनमोल ठान्छन्। उनीहरू जोसुकैसँग भए पनि वा परमेश्वरको घरमा जुनसुकै कर्तव्य पूरा गरे पनि, उनीहरू सधैँ आफ्नो प्रतिष्ठा र हैसियतबारे सोचिरहेका हुन्छन्। उनीहरू प्रतिष्ठा र हैसियतलाई आफ्नो पछ्याइको लक्ष्य र आफ्नो जीवनसमेत मान्छन्। जब उनीहरूले अरूबाट प्रशंसा वा सम्मान पाउँदैनन्, र अरूको हृदयमा आफ्नो स्थान गुमाउँछन्, तब उनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने प्रेरणा गुमाउँछन्। यस प्रकाशमा आफूलाई हेर्दा, मैले आफ्नो व्यवहार र आफूले लिएको बाटो ख्रीष्टविरोधीको जस्तै रहेको देखेँ। पछाडि फर्केर हेर्दा, मैले के देखेँ भने म जोसुकैसँग भए पनि, मेरा सोचहरू कहिल्यै पनि आफ्नो कर्तव्य कसरी तनमनले राम्रोसँग गर्ने भन्नेमा थिएनन्, र म केवल मानिसहरूको प्रशंसा पाउन सक्छु कि सक्दिनँ र अरूको हृदयमा मेरो राम्रो छवि र उपस्थिति छ कि छैन भन्नेमा मात्र ध्यान दिन्थेँ। जब मेरो अभिमान र हैसियतको चाहना सन्तुष्ट हुँदैनथ्यो, र मलाई समूहमा मेरो कुरा चल्दैन वा उपस्थिति छैन भन्ने महसुस हुन्थ्यो, तब म नकारात्मक र निष्क्रिय बन्थेँ, र आफ्नो कर्तव्य पूरा गर्ने प्रेरणा गुमाउँथेँ, र म आफ्नो कर्तव्य त्याग्ने र परमेश्वरलाई धोका दिने विचारसमेत गर्थेँ। जब म मलजल गर्ने कर्तव्य निर्वाह गर्दै थिएँ, जुनसुकै विषयमा छलफल भए पनि, धैरैजसो समय, सबैले मेरा विचार र सुझावहरू अपनाउँथे, तब म मेरो उपस्थिति छ र मेरो कुरा चल्छ भन्ने महसुस गर्थेँ, र मेरो घमण्ड सन्तुष्ट हुन्थ्यो। त्यसैले म आफ्नो कर्तव्यमा धेरै सक्रिय भएँ, र कामको जतिसुकै दबाब भए पनि, मैले कहिल्यै गुनासो गरिनँ। तर जबदेखि प्रवचन मूल्याङ्कन सुरु भयो, तब मैले मसँग सहकार्य गर्ने सबै सिस्टर मभन्दा उत्कृष्ट देखेँ, र मलाई आफू टोलीमा सबैभन्दा खराब बनेकी छु भन्ने लाग्यो। फलस्वरूप, आफ्नो अभिमान र हैसियतको चाहना सन्तुष्ट नहुँदा मैले आफ्नो कर्तव्य पूरा गर्ने प्रेरणा गुमाएँ, र यो कर्तव्य त्याग्न चाहेँ। मैले सधैँ प्रतिष्ठा र हैसियत पछ्याएकी थिएँ, र म गलत बाटोमा हिँडिरहेकी थिएँ। “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ।” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ।” “सानो दहको ठूलो माछा बन्नु नै असल हो।” जीवन बाँच्ने यी शैतानी सिद्धान्तहरूले मेरो हृदयमा गहिरो जरा गाडेका थिए, मैले प्रतिष्ठा र हैसियतलाई आफ्नो पछ्याइको लक्ष्यका रूपमा लिएँ र यी कुरालाई आफ्नो जीवनजस्तै अनमोल ठानेँ। मानिसहरूको प्रशंसाविना, मलाई मेरो जीवन नै खोसिएको जस्तो लाग्थ्यो। प्रवचन मूल्याङ्कन मण्डलीमा एउटा महत्त्वपूर्ण काम हो भन्ने मलाई हृदयमा प्रस्टसँग थाहा थियो, तर मैले यो कर्तव्यमा आफ्नो हृदय लगाइनँ। मेरा सोचहरू सबै मेरा प्रतिष्ठा र हैसियतका बारेमा थिए, र फलस्वरूप, प्रवचनहरूको मूल्याङ्कन गर्दा, मैले समस्याहरू बुझ्न सकिनँ, र मेरो कर्तव्यले कुनै नतिजाहरू दिएन। यसरी आफ्नो कर्तव्य गर्दा निश्चय नै परमेश्वरलाई घृणा लाग्थ्यो। यसबारे चिन्तन गरेपछि, मेरो सुन्न भएको हृदयले केही महसुस गर्न थाल्यो, मैले मेरो हृदयमा केही डर महसुस गरेँ, र यसबाहेक, मैले दोषी र ऋणी भएको महसुस गरेँ। म परमेश्वरसामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईंले मलाई आफ्ना वचनहरूमार्फत खुलासा र न्याय गर्नुभएकोमा धन्यवाद ताकि मैले आफू हिँडिरहेको गलत बाटो चिन्न सकूँ। यो मेरा लागि तपाईंको मुक्ति हो। हे परमेश्वर, म अब यी बेकारका कुराहरू पछ्याउन चाहन्नँ। म तपाईंसामु पश्चात्ताप गर्न तयार छु, र अबदेखि, म आफ्ना अपराधहरूको परिपूर्ति गर्न धरातलमा टेकेर आफ्नो कर्तव्य पूरा गर्नेछु।”
मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र मानिसहरूका लागि उहाँका अभिप्राय र मागहरू बुझ्न पाएँ। परमेश्वर भन्नुहुन्छ: “यदि परमेश्वरले तँलाई मूर्ख बनाउनुभएको हो भने, तेरा मूर्खतामा अर्थ लुकेको छ; यदि उहाँले तँलाई तेज दिमागवाला बनाउनुभएको छ भने, तेरो तेज दिमागको पनि अर्थ छ। परमेश्वरले तँलाई जुनसुकै प्रतिभा दिनुभए पनि, तेरा सबल पक्षहरू जेसुकै भए पनि, तेरो बौद्धिक स्तर जेजस्तो भए पनि, परमेश्वरका लागि ती सबैको उद्देश्य हुन्छ। यी सबै कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तैँले जीवनमा खेल्ने भूमिका र तैँले पूरा गर्ने कर्तव्य परमेश्वरले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हो। कतिपय मानिसहरू आफूमा नभएको सबल पक्ष अरूमा देख्छन् र तिनीहरू असन्तुष्ट हुन्छन्। तिनीहरू अझै धेरै सिकेर, अझै धेरै खोजेर, अनि अझै धेरै लगनशील भएर परिस्थिति बदल्न चाहन्छन्। तर तिनीहरूको लगनशीलताले हासिल गर्न सक्ने कुराको सीमा हुन्छ, र तिनीहरूले यी प्रतिभा र विशेषज्ञता भएकाहरूलाई उछिन्न सक्दैनन्। तैँले जति नै संघर्ष गरे पनि यो व्यर्थ हुन्छ। तँ के बन्नेछस् भन्ने कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र यसलाई कसैले पनि केही गरी परिवर्तन गर्न सक्दैन। तँ जुन कुरामा सिपालु छस्, तैँले त्यही कुरामा प्रयास गर्नुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। तेरो सीपको क्षेत्रबाहिर आफूलाई जबरजस्ती लैजाने प्रयास नगर् र अरूको डाहा नगर्। हरेकको आ-आफ्नै कार्य हुन्छ। तैँले सधैँ अरूको स्थान लिने र आफूलाई प्रदर्शन गर्ने इच्छा गर्दै सबै कुरा राम्ररी गर्न सक्छु वा तँ अरूभन्दा सिद्ध वा असल छस् भनेर नसोच्। यो भ्रष्ट स्वभाव हो। आफूले कुनै पनि काम राम्ररी गर्न सक्दिनँ, र आफूसँग कुनै सीपै छैन भनेर सोच्ने मानिसहरू पनि हुन्छन्। यदि त्यस्तो अवस्था छ भने, तँ व्यावहारिक तरिकामा सुन्ने र समर्पित हुने व्यक्ति बन्नुपर्छ। आफूले गर्न सक्ने काम गर् र आफ्नो सारा शक्तिले राम्रोसित गर्। त्यही नै पर्याप्त छ। परमेश्वर सन्तुष्ट हुनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मसँग भएको क्षमता परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएको हो, मैले मेरो क्षमताअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नुपर्छ, र यसले परमेश्वरको अभिप्रायहरूलाई सन्तुष्ट पार्छ। तर मैले के पछ्याउने भन्नेबारे मेरो दृष्टिकोण गलत भएकाले, मसँग सधैँ आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्थे। अरूलाई मभन्दा राम्रो क्षमताको देख्दा, म असन्तुष्ट महसुस गर्थेँ र निरन्तर आफूलाई उनीहरूसँग दाँज्थेँ, र म निरन्तर उनीहरूलाई उछिन्न र मानिसहरूको प्रशंसा पाउन चाहन्थेँ। म परमेश्वरको नियोजनमा समर्पित भइनँ, र मैले सधैँ परमेश्वरको सार्वभौमिकतालाई नाघ्न खोज्थेँ। के मैले यसमा परमेश्वरको प्रतिरोध गरिरहेकी थिइनँ र? त्यही समयमा, मैले के पनि बुझेँ भने परमेश्वरले कसैको क्षमता राम्रो छ कि नराम्रो भनी हेर्नुहुन्न, बरु, उहाँले आफ्नो कर्तव्यप्रति एउटा व्यक्तिले राख्ने मनोवृत्ति, ऊसँग जिम्मेवारी बोध छ कि छैन, र उसले सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। कुनै व्यक्तिको क्षमता कमजोर छ, तर उसले सुन्न, समर्पित हुन र सिद्धान्तहरूअनुसार धरातलमा टेकेर आफ्नो कर्तव्य पूरा गर्न सक्छ भने, उसले अझै पनि परमेश्वरको अनुमोदन पाउन सक्छ। केही मानिसको क्षमता राम्रो हुन्छ र कामकुरा छिट्टै बुझ्छन्, तर आफ्नो कर्तव्य निर्वाह गर्दा, उनीहरू सधैँ चिप्ले हुन्छन्, झारा टार्ने काम गर्छन्, र आलस्य गर्छन्। उनीहरूले आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी भाव देखाउँदैनन्, र परमेश्वरले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ। अबदेखि, मेरा वरपरका मानिसहरूको क्षमता जस्तोसुकै भए पनि, मैले आफूलाई अरूसँग दाँज्नु हुँदैनथ्यो, किनकि परमेश्वरले प्रत्येक व्यक्तिलाई फरक क्षमता दिनुभएको छ र उनीहरूका लागि फरक मागहरू राख्नुभएको छ। मेरो क्षमता अलि कमजोर होला, तर मैले आफ्नो क्षमताअनुसार सक्दो राम्रोसँग आफ्नो कर्तव्य पूरा गर्न र सबैसँग मेलमिलापमा सहकार्य गर्न सक्थेँ। तब मात्र मैले शान्ति र ढुक्क भएर आफ्नो कर्तव्य गर्न सक्थेँ। परमेश्वरका वचनहरूको मार्गदर्शनमार्फत, मेरो स्थिति बिस्तारै सुधारियो, र मैले थप सहज र स्वतन्त्र महसुस गरेँ। त्यसपछि, मैले मेरो हृदय आफ्नो कर्तव्यमा लगाएँ, र केही समयपछि, मेरो कर्तव्यले केही नतिजा दिन थाले। मैले मेरो हृदयमा परमेश्वरलाई धन्यवाद दिएँ।
पछि, म एक प्रचारक चुनिएँ। जब मैले मसँग सहकार्य गर्ने सिस्टरहरू मभन्दा कान्छा थिए र उनीहरूको क्षमता पनि मेरोभन्दा राम्रो देखेँ, तब मलाई केही दबाब महसुस नभइरहन सकेन। विशेष गरी हामीले सँगै सङ्गति र काम गर्दा, मैले मसँग सहकार्य गर्ने सिस्टरहरूले सत्यता स्पष्ट रूपमा सङ्गति गरेको, र मानिसहरूले सजिलै बुझेको देखेँ। तुलनामा, मेरो अभिव्यक्ति त्यति स्पष्ट वा विस्तृत थिएन, र मैले आफैलाई सीमित गर्न थालेँ, र सोचेँ, “मेरो यस्तो क्षमताले, के म यो कर्तव्य राम्रोसँग पूरा गर्न सक्नेछु र?” यस बिन्दुमा, मलाई मेरो स्थिति फेरि गलत भएको महसुस भयो, र मैले मेरो हृदयमा चुपचाप प्रार्थना गरेँ, “हे परमेश्वर, म अब आफूलाई अरूसँग दाँज्न चाहन्नँ, र म आफ्नो भ्रष्ट स्वभावमा बस्न र शैतानद्वारा छलिन दिन चाहन्नँ। कृपया मलाई सुरक्षा दिनुहोस्।” मैले परमेश्वरका वचनहरूले यसो भन्छ भनी पढेँ: “जब मानिसहरूले आफ्नो क्षमतालाई विवेकपूर्ण रूपमा लिन र त्यसपछि आफ्नो पदलाई सही रूपमा चिन्न सक्छन्, परमेश्वरले चाहनुभएझैँ सृजित प्राणीका रूपमा व्यावहारिक तरिकाले व्यवहार गर्छन्, आफ्नो अन्तर्निहित क्षमताका आधारमा आफूले गर्नुपर्ने काम उचित रूपमा पूरा गर्छन्, साथै आफ्नो बफादारी र सारा मेहनत समर्पित गर्छन्, तब तिनीहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउँछन्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो। मसँग भएको क्षमता परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएको छ, र मैले यसलाई सही रूपमा हेर्नुपर्छ र आफ्नो स्थान चिन्नुपर्छ। परमेश्वरले हामी प्रत्येकलाई फरक क्षमता प्रदान गर्नुभएको छ, र हाम्रा लागि उहाँका मागहरू पनि फरक छन्। जब हामी हाम्रो कर्तव्यमा सहकार्य गर्छौँ, हामीले एकअर्काको सबल पक्षबाट सिक्ने र एकअर्काको कमजोरीहरू परिपूर्ति गर्ने अपेक्षा गरिन्छ। हरेक व्यक्तिसँग उपयोग गर्नका लागि आफ्नै सबल पक्षहरू हुन्छन्, र केवल सक्दो प्रयास गरेर सहकार्य गर्दा मात्र मेरो कर्तव्य निर्वाह परमेश्वरको अभिप्रायसँग मिल्न सक्छ। पछि, कर्तव्यमा सहकार्य गर्दा, जब म मेरा सिस्टरहरूले मभन्दा राम्रो गरिरहेको देख्थेँ, मैले मेरा आफ्ना कमीकमजोरीहरू परिपूर्ति गर्न उनीहरूको सबल पक्षबाट सिक्ने प्रयास गरेँ, र जब मैले यसरी अभ्यास गरेँ, तब मैले धेरै सहज र स्वतन्त्र महसुस गरेँ। मैले यो बुझाइ र प्रवेश प्राप्त गर्न सक्नु पूर्ण रूपमा परमेश्वरका वचनहरूका कारणले हो।